कर्तव्य करियर होइन

20 जनवरी 2022

चेङ्ग नुओ, फ्रान्स

गत वर्ष म दुई वटा मण्डलीहरूको काममा नवआगन्तुकहरूको लागि जिम्मेवार थिएँ। कहिलेकाहीं, हाम्रा मण्डलीहरूबाट अन्य कतै कर्तव्य पूरा गर्न मानिसहरूलाई स्थानान्तरण गर्न आवश्यक पर्थ्यो। सुरुमा त म सहयोग गर्न खुसी थिएँ र तुरुन्तै मानिसहरूलाई सिफारिश गर्थें। तर केही समयपछि, असल मानिसहरूलाई स्थानान्तरण गरिंदा मैले मेरो काम पूरा गर्न गाह्रो भएको महसुस गरें। मेरो प्रस्तुति खराब होला, र काममा राम्रा नतिजा ननिस्केकोले गर्दा अगुवाले मलाई बर्खास्त गर्लान् अनि मेरो हैसियत खतरामा पर्ला भनेर म चिन्तित भएँ। त्यसैले, मानिसहरू उपलब्ध गराउन म त्यति तयार र इच्छुक भइनँ। त्यसको केही समयपछि, मैले देखेँ कि सिस्टर राना नामकी एक नवविश्‍वासीमा राम्रो क्षमता थियो, तिनी आफ्नो काममा उत्सुक थिइन्, सधैँ परमेश्‍वरका वचनहरू पढिरहेकी र मण्डलीका भिडियो हेरिरहेकी हुन्थिन्, अनि सत्यता अभ्यास गर्ने र त्यसको वास्तविकतामा प्रवेश गर्नेबारे मलाई प्रश्‍न सोधिरहन्थिन्। हाम्रो मण्डलीमा सिञ्‍चन टोली अगुवाको खाँचो थियो र उनलाई त्यसको लागि तुरुन्तै तयार पार्नुपर्छ भनेर मलाई थाहा थियो, त्यसकारण, मैले उनलाई निकै मदत गरें ताकि अझ धेरै सत्यता बुझेर उनी त्यो जिम्मेवारी सम्हाल्न सक्षम होऊन्। मैले नयाँ विश्‍वासीहरूलाई सिञ्‍चन गर्ने काम मात्र गरिरहेकी थिइनँ, यसबाट मैले राम्रा नतिजाहरू निकालिरहेको देखिने र मानिसहरूले मलाई वास्तवमै सक्षम ठान्छन् भन्‍ने सोचें—यो त सबैलाई फाइदा हुने काम हुनेथियो। त्यसपछि, एकदिन एक जना अगुवाले मलाई अर्को मण्डलीमा सिञ्‍चन कार्यको लागि मान्छे चाहिएको छ, र सिस्टर रानाले यो काम राम्ररी गरिरहेकी र उनी प्रेरणादायी भएकीले, उनले यो कर्तव्य सम्हाल्दा एकदमै राम्रो हुनेछ भनेर बताइन्। यो कुरा सुनेर म साह्रै खिन्‍न भएँ र सोचें मैले उनलाई सिञ्‍चन टोली अगुवा बनाउनलाई तयार गरिरहेकी छु, र काम गर्ने मान्छे आवश्यकता परेको मण्डली त्यो मात्र त होइन नि। मलाई वास्तवमै प्रतिरोध गर्न मन लाग्यो। केही दिनपछि, ती अगुवाले सिस्टर रानालाई स्थानान्तरण गर्ने विचार फेरि अघि सार्दै उनीसित राम्रो क्षमता छ र उनलाई थप जिम्मेवारीको लागि प्रशीक्षण दिन सकिन्छ भनेर भनिन्। मेरो प्रतिरोध झनै बढ्यो र सोचें, “तपाईं उनलाई त्यतिकै लग्‍न चाहनुहुन्छ? हाम्रो मण्डलीको काममा धक्‍का लागिरह्यो भने, म बर्खास्त हुनेछु।” त्यसैले, मैले भनें, “मेरो विचारमा उनलाई यहीं राखेर अगुवा पदको लागि जगेर्ना गर्न सकिन्छ।” अर्को मण्डलीमा अझ धेरै नवआगन्तुकहरू आएका छन् र तिनीहरूलाई सिञ्‍चन गर्नु आवश्यक छ भनेर मलाई थाहा थियो। मैले उनलाई पठाउँदिनँ भनेर सोझै भन्‍ने आँट गरिनँ, तर ममा भित्रभित्रै रिस भरिएको थियो र मलाई नराम्रो लागिरहेको थियो, मैले त्यो कुरा स्विकार्नै सकिनँ। ती अगुवाले भर्खरै हाम्रा मण्डलीहरूबाट दुई जना टोली अगुवाहरूलाई स्थानान्तरण गरेकी थिइन्, त्यसकारण, मैले निरन्तर रिक्त स्थान भरिररहेकी र नयाँ मानिसहरूलाई जगेर्ना गरिरहेकी थिएँ, र सबभन्दा महत्वपूर्ण कुरा त, राम्रो मान्छे पाउनु गाह्रो थियो। यदि मैले राम्रा नतिजाहरू निकालिनँ भने, आफूलाई असल देखाउने मौका कहिल्यै पाउनेथिइनँ। मलाई त्यो कर्तव्य गर्न सक्दिनँ जस्तो लाग्यो र म झनै दयनीय स्थितिमा पुगें। मलाई अन्याय भएजस्तो लाग्यो र आँशु थाम्‍नै सकिनँ। मलाई त्यस्तो हालतमा देखेर ती अगुवाले परमेश्‍वरको इच्छा र मापदण्डहरूबारे सङ्गति गरिन्, तर त्यो केही पनि मेरो मनमा घुसिरहेको थिएन। पछि, मैले त्यसो गरेर मण्डलीको काममा बाधा पुर्‍याइरहेको छु भनेर उनले भनिन्, तर मैले त्यस कुरालाई स्विकार्नै सकिनँ। मैले सोचें, “तर यो त हाम्रो मण्डलीलाई विचार गरेर गरिएको कुरा होइन र? मैले बाधा पुर्‍याइरहेको भए, तपाईंले चाहेअनुसार गर्नुहोस्। मलाई निकालिदिनुहोस्, त्यसपछि त टन्टै खलास।” यसबारे त्यसरी सोच्दा मलाई नराम्रो लाग्यो, त्यसैले प्रार्थना गरें, “हे परमेश्‍वर, अहिले जे भइरहेको छ त्यसलाई म स्विकार्नै सक्दिनँ। मलाई एकदमै अन्याय भएको महसुस हुन्छ। कृपया मलाई मार्गदर्शन गर्नुहोस् ताकि ममा के गलत छ बुझ्न सकूँ।”

त्यतिबेला, ती अगुवाले सामान्य परिवर्तनहरू गर्नुपर्दा त्यसप्रति अरू मानिसहरूलाई कुनै समस्या थिएन तर किन मलाई मात्र समस्या भएको हो भनेर चिन्तन गरें। मैले बस यससित लड्नुथियो। भित्र-भित्र मैले त्यसको निकै प्रतिरोध गरें, अनि मैले त्यसो गरेको एक वा दुईपटक मात्र थिएन। मलाई त्यो स्वीकार गर्न यत्ति गाह्रो किन भएको? त्यसपछि, मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड याद गरेँ। “कर्तव्य भनेको तैँले व्यवस्थापन गर्ने कुरा होइन—यो तेरो आफ्‍नै जागिर वा तेरो आफ्‍नै काम होइन; बरु, यो त परमेश्‍वरको काम हो। परमेश्‍वरको कामलाई तेरो सहकार्यको आवश्यकता पर्छ, जसले तेरो कर्तव्य पैदा गर्छ। मानिसले सहकार्य गर्नैपर्ने परमेश्‍वरको कामको भाग नै मानिसको कर्तव्य हो। कर्तव्य भनेको परमेश्‍वरको कामको भाग हो—यो तेरो जागिर होइन, वा तेरो घरायसी कामकाज वा तेरो जीवनको व्यक्तिगत कामकाज पनि होइन। तेरो कर्तव्य बाहिरी मामलाहरूसँग सम्‍बन्धित भए पनि वा भित्री मामलाहरूसँग सम्‍बन्धित भए पनि, यो परमेश्‍वरको घरको काम हो, यो परमेश्‍वरको व्यवस्थापन योजनाको एउटा भाग हो, र यो परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा हो। यो तेरो व्यक्तिगत कामकाज होइन। त्यसो भए, तैँले आफ्‍नो कर्तव्यलाई कसरी लिनुपर्छ त? त्यसकारण, तैँले आफ्‍नो कर्तव्य आफूलाई जसरी मन लाग्यो त्यसरी गर्नु हुँदैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्य सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ”)। “कर्तव्य भनेको के हो? के तँलाई एकपटक कर्तव्य सुम्पिएपछि त्यो कर्तव्य तेरो व्यक्तिगत काम बन्छ भन्‍नु उचित हुन्छ? केही मानिसहरू भन्छन्, ‘मलाई एकपटक कर्तव्य दिएपछि के त्यो मेरो आफ्नै काम हुँदैन र? मेरो कर्तव्य मेरो जिम्मेवारी हो, र मलाई जुन जिम्मेवारी दिइन्छ के त्यो मेरो आफ्नै काम हुँदैन र? यदि मैले आफ्नो कर्तव्यलाई आफ्नै कामको रूपमा सम्हाल्छु भने, के त्यसको अर्थ म त्यो ठिकसँग गर्छु भन्‍ने हुँदैन र? यदि मैले त्यसलाई मेरो आफ्नै कामको रूपमा व्यवहार गरिनँ भने के म त्यो राम्रोसँग गर्नेछु र?’ यी कुराहरू सही छन् कि गलत? ती गलत छन्; ती सत्यसँग अमिल्दा छन्। कर्तव्य तेरो व्यक्तिगत काम होइन, यो परमेश्‍वरको कामको एउटा हिस्सा हो, र तैँले त्यही गर्नुपर्छ जे परमेश्‍वरले अह्राउनुहुन्छ, जुन अवस्थामा तैँले एक स्वीकार्य मापदण्डअनुरूप कर्तव्य पूरा गर्नेछस्। यदि यो तेरो परिकल्पनानअनुसार, तेरा मागहरूअनुसार, तेरा धारणा र कल्पनाहरूअनुसार गरियो भने, त्यो मापदण्डअनुसारको हुनेछैन; यो आफ्नो कर्तव्य निर्वाह गर्नु होइन, किनकि तैँले जे गरिरहेको छस् त्यो परमेश्‍वरको व्यवस्थापनको दायराभित्रको काम होइन, यो परमेश्‍वरको घरको काम होइन; तैँले आफ्नै कामकारबाही सञ्‍चालन गरिरहेको छस्, र यसैले परमेश्‍वरले त्यसलाई स्मरण गर्नुहुन्‍न” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्य सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ”)। मैले के बुझें भने, कर्तव्य भनेको करियर होइन। यो मेरो जागिर होइन। यो परमेश्‍वरको आज्ञा हो, त्यसैले, यसलाई परमेश्‍वरका आवश्यकताहरूअनुसार पूरा गर्नुपर्छ। मैले आफ्नो व्यक्तिगत इच्छा र योजनाअनुसार जे मन लाग्यो त्यही गर्नु हुँदैन। यसो हेर्दा मैले धेरै काम गरिरहेको जस्तो देखिएला, तर त्यो मैले कर्तव्य पूरा गरिरहेको हुँदैन। यो त मैले आफ्नै उद्यम चलाइरहेको र परमेश्‍वरको विरोध गरिरहेको हुन्छ। अहिले सम्झिँदा, मलाई कोही व्यक्ति उपलब्ध गराउन भनिएको बेला, यदि मैले राम्रो क्षमता भएका मण्डलीका सदस्यहरूलाई जान दिएँ भने, हाम्रा मण्डलीहरूले राम्रो नतिजा निकाल्न सक्दैनन् र मैले मेरो पद गुमाउन सक्छु भनेर म चिन्तित भएकी थिएँ। मैले आफ्नो हैसियत बचाउन सकूँ भनेर मान्छे उपलब्ध गराउन चाहिनँ। मेरो कर्तव्य मलाई परमेश्‍वरले दिनुभएको हो र यो मेरो जिम्मेवारी हो भनेर सैद्धान्तिक रूपमा त मलाई थाहा थियो, तर व्यवहारमा भने, मैले यसलाई आफ्नो काम, आफ्नो जागिर जस्तो ठानें। मलाई त्यो काम दिइएकोले, त्यो मेरो काम हो र यसमा अन्तिम निर्णय मेरै हुन्छ भन्‍ने मलाई लाग्यो। आफ्नो काममा असर नगर्दा मात्र, म मान्छे उपलब्ध गराउन इच्छुक हुन्थेँ, तर असर गर्नासाथ, मैले ठाह्रै इन्कार गर्थेँ। त्यसकारण, सिस्टर रानालाई स्थानान्तरण गरिँदै छ भनेको सुन्दा, म निराश भएँ र उनलाई पठाउन चाहिनँ। मलाई अन्याय भएको महसुस भयो, र रिस पोखाउन र आफ्नो कर्तव्य नगर्न समेत मन लाग्यो। त्यस्तो पनि कर्तव्य निभाएको हुन्थ्यो र? मैले परमेश्‍वरको घरको काममा बाधा र रोकावट ल्याइरहेको स्पष्ट थियो। मैले परमेश्‍वरको घरका हितहरूको रक्षा वा परमेश्‍वरलाई सन्तुष्ट पार्ने प्रयास गरिरहेकी थिइनँ, बरु आफ्नै योजना बनाइरहेकी थिएँ, र मैले आफ्नो कर्तव्यलाई प्रतिष्ठा र हैसियत पाउने मौकाको रूपमा प्रयोग गरिरहेकी थिएँ। मैले यी सबै आफ्नै लागि गरिरहेकी थिएँ। मैले जति नै धेरै काम गर्न सक्‍ने भए पनि, परमेश्‍वरले त्यसलाई कहिल्यै याद गर्नुहुनेथिएन। परमेश्‍वरले मलाई त्यो कर्तव्य दिनुभयो र त्यो काम उहाँको घरको लागि थियो। मण्डलीलाई कसैको खाँचो पर्दा त्यसमा मैले उत्साहपूर्वक सहयोग गर्नुपर्छ। म आफ्नैबारे मात्र सोच्ने अति स्वार्थी हुन सक्दिनँ।

भोलिपल्ट भेलामा एक जना अगुवाले बताउनुभयो कि दाजुभाइ-दिदीबहिनीहरूलाई मलजल गर्ने र काम गर्ने मान्छेहरूको जगेर्ना गर्ने जिम्मेवारी मण्डली अगुवाहरूको हो ताकि सबैले आफूसुहाउँदो कर्तव्य निभाउन सकून्। त्यो कुरा सुन्दा सपनाबाट ब्यूँझे जस्तो भयो। उहाँले सही भन्‍‍नुभयो। दाजुभाइ-दिदीबहिनीहरूलाई मलजल गर्नु र उनीहरूलाई सुहाउने कर्तव्य पाउन मदत गर्नु मेरो एउटा काम थियो। तर परमेश्‍वरको घरलाई कसैको आवश्यकता पर्दा मैले इन्कार गर्ने आँट नगरे पनि, मनभित्र झगडा गरिरहेकी थिएँ, र त्यो नगर्ने बहाना बनाउँदै थिएँ। त्यो मैले आफ्नो कर्तव्य निभाइरहेको कुरो थिएन। मैले आफ्नो जिम्मेवारी पूरा गरिरहेकी थिइनँ, तर म सन्तुष्ट भइरहेकी थिएँ। मैले आत्मसमीक्षा गर्दिनथेँ; बस मण्डलीको काममा बाधा पुर्‍याउँथेँ। ती सिस्टरले भनेझैँ के मैले मण्डलीको काममा बाधा पुर्‍याइरहेकी थिइनँ र? मैले पहिला त्यो कर्तव्य सम्हाल्दाको कुरा सम्झिएँ, म केवल परमेश्‍वरको घरको सुसमाचार प्रचार-कार्यमा आफ्नो भूमिका निभाउन चाहन्थें। तर म त एक अवरोध, ठेस लाग्‍ने ढुङ्गा पो हुन पुगें। यस कुराले मलाई केही पछुतो भयो र परमेश्‍वरसामु पश्‍चात्ताप गर्न चाहें।

केही दिनपछि, ती अगुवाले मलाई सुसमाचार टोलीका केही सदस्यहरूलाई अर्को मण्डलीमा स्थानान्तरण गर्न सन्देश पठाइन्। त्यो सन्देश पाउँदा म एकदमै शान्त थिएँ र यो परमेश्‍वरले मलाई सत्यता अभ्यास गर्ने मौका दिनुभएको हो भनेर बुझें। तर टोली सदस्यहरूको मूल्याङ्कन गर्दै गर्दा, उनीहरूसित छुट्टिनु अलिक मन लागेन र वास्तवमै टोलीका सबैभन्दा असल दुई जना सिस्टरहरूलाई पठाऊँ कि त्यति असल नभएका अर्का दुई जना सिस्टरलाई पठाउन सकिन्छ भनेर सोचें। त्यस्तो सोचाइ राखेकोमा, आफू स्वार्थी भएको र फेरि उही गल्ती गर्दै छु भन्‍ने महसुस भयो। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढें जुन म यहाँ बाँड्न चाहन्छु। “छली र दुष्ट मानिसहरूको हृदय उनीहरूका व्यक्तिगत महत्त्वाकांक्षा, योजना र युक्तिहरूले भरिएको हुन्छ। के यी चीजहरू पन्साउन सजिलो हुन्छ? (हुँदैन।) यसलाई पन्साउन नसक्दा पनि आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्षम हुनु नै साँचो खुबी हो। यो वास्तवमा कठिन छैन: तैँले भिन्‍नता छुट्ट्याउन मात्र सक्‍नुपर्छ। यदि कुनै कुराले परमेश्‍वरको घरलाई चिन्तित बनाउँछ भने र यो विशेष महत्त्वको छ भने, तैँले त्यसलाई टार्नु हुँदैन, गल्ती गर्नु हुँदैन, परमेश्‍वरको घरको हितलाई हानि पुर्‍याउनु हुँदैन, वा परमेश्‍वरको घरको काममा बाधा पुर्‍याउनु हुँदैन। यो सिद्धान्त तैँले पालन गर्नुपर्छ। यदि परमेश्‍वरको घरको हितलाई हानि पुग्दैन, तर तेरो महत्त्वाकांक्षा र इच्छाहरूमा केही हदसम्म असर पुगेको छ भने, त्यस्तो असरलाई तैँले स्वीकार गर्नुपर्छ, र परमेश्‍वरको स्वभावलाई उल्लङ्घन गर्नु हुँदैन, जुन तैँले पार गर्न नहुने सीमा हो। यदि तैँले आफ्ना तुच्छ महत्त्वाकांक्षा र अभिमानलाई सन्तुष्ट पार्नका लागि परमेश्‍वरको घरको कामलाई खराब पार्छस् भने, तेरो निम्ति अन्तिम परिणाम के हुनेछ? तेरो स्थानमा अरूलाई राखिनेछ, र सायद तँलाई निष्कासन गरिनेछ। तैँले परमेश्‍वरको स्वभावको क्रोध आर्जन गरेको हुन्छस्, र अरू कुनै मौकाहरू नपाउन सक्छस्। परमेश्‍वरले मानिसहरूलाई दिनुहुने मौकाहरूको सङ्ख्याको एउटा सीमा हुन्छ। मानिसहरूले परमेश्‍वरद्वारा जाँचिने कतिवटा मौकाहरू पाउँछन्? यो उनीहरूको सारअनुसार निर्धारण गरिन्छ। यदि तँलाई दिइएको मौकाहरूको तैँले धेरै सदुपयोग गर्छस् र तेरो घमण्ड र अभिमानभन्दा पहिले परमेश्‍वरको घरको काम पूरा गर्न सक्षम हुन्छस् भने, तँसित सही मानसिकता छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्य सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ”)। यो, ती अगुवाले परमेश्‍वरको घरको निम्ति प्रबन्ध गरिरहेकी थिइन्, र त्यसलाई म आफ्नो प्रतिष्ठा र हैसियत जोगाउनका लागि रोक्‍न सक्दिनथेँ। टोलीका उत्कृष्ट सदस्यहरूलाई स्थानान्तरण गरियो भने, हाम्रा मण्डलीहरूको काममा आँच आउनेछ र म बर्खास्त हुनेछु भनेर सधैं चिन्तित हुन्थें। यदि परमेश्‍वरको घरका हितहरू रक्षा गर्दा र उहाँको इच्छाको ख्याल गर्दा, को बर्खास्त हुन्छ र? कोही पनि बर्खास्त हुँदैन। स्वार्थी र घृणित अनि परमेश्‍वरको घरको काम र हितहरूमा बाधा पुर्‍याउँदै टोलीका असल सदस्यहरूलाई पठाउन नचाहने व्यक्तिलाई चाहिं बर्खास्त गरिन्छ र हटाइन्छ। अनि, मैले ती सिस्टरहरूलाई आफूसितै राख्दैमा हाम्रा मण्डलीहरूले राम्रो नतिजा निकाल्छन् भन्‍ने पनि त छैन। मेरा मनसायहरू गलत थिए। मैले आफ्नो नाम र ओहदालाई जोगाइरहेकी भए, पवित्र आत्माको कार्य प्राप्त गर्ने थिइनँ, त्यसैले, परमेश्‍वरको आशिष्‌बिना कसरी मैले आफ्नो कर्तव्यमा राम्रा नतिजाहरू प्राप्त गर्न सक्थें र? यी सोचाइले मेरो मन हलुको भयो र परमेश्‍वरलाई मनमनै भनें, “हे परमेश्‍वर, म सत्यता अभ्यास गर्न र तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु, आफ्नो नाम र हैसियत जोगाउन चाहन्‍नँ।” त्यसपछि, मैले उत्कृष्ट कार्य प्रस्तुति गर्न सक्‍ने सुसमाचार टोलीका दुई सदस्यहरू उपलब्ध गराएँ। मैले यो अभ्यास गर्नासाथ एकदमै शान्ति महसुस गरें। त्यसो गर्दा मलाई राम्रो लाग्यो।

त्यस अनुभवपछि, आफू अलिक बद्लेको जस्तो लाग्यो, तर अचम्म, त्यसपछि तुरुन्तै म पूर्ण रूपले उदाङ्गो पारिएँ। एकदिन एक जना सिस्टरले मलाई हाम्रा मण्डलीहरूमा द्विभाषी नवआगन्तुकहरू निकै धेरै भएकोले सिञ्‍चन टोलीका केही थप सदस्यहरू उपलब्ध गराउदिनुस् न भनेर भनिन्। मैले उनीहरूलाई जाँच्दा, प्रायः सबै द्विभाषी र राम्रो क्षमता भएकाहरूलाई पठाउनुपर्नेरहेछ भन्‍ने बुझें। फेरि मलाई आफ्नो प्रतिष्ठा र पदबारे चिन्ता लाग्‍न थालिहाल्यो। यदि यी मान्छेहरू गए भने, हाम्रा मण्डलीहरूको सुसमाचार कार्य निश्‍चय नै प्रभावित हुन सक्छ वा सायद प्रभावहीन हुन सक्छ भनेर म डराएँ। त्यो साँझ ती अगुवाले कुरा के हुँदैछ भनेर जान्‍नलाई सन्देश पठाइन्। मलाई निकै प्रतिरोध गर्न मन लाग्यो। उनले भनेका सबै नाममा मैले एउटै जवाफ दिएँ: “हवस,” “हुन्छ नि।” उनले विस्तृत जानकारी माग्दा मलाई केही पनि भन्‍न मन लागेन। मैले सोचें, “म यी मान्छेहरू पठाउन चाहन्‍नँ, तर तपाईं जिद्दी गर्न छाड्नुहुन्‍न। तपाईंले हाम्रा मण्डलीका कर्तव्य निभाउन सक्‍ने सबैलाई ओसार्नुहुँदै छ। मैलेचाहिं आफ्नो काम कसरी गर्ने हो?” मनभरि विरोध जाग्यो र म समर्पित हुनै सकिनँ।

त्यसपछि एउटा भेलामा, परमेश्‍वरका वचनहरू पाठ गरिएको भिडियो हेरें, त्यसबाट मलाई आफ्नो भ्रष्टता बुझ्न मदत मिल्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “ख्रीष्टविरोधीहरूको स्वार्थीपन र निकृष्टताको सार स्पष्ट रूपमा छर्लङ्ग छ; यो पक्ष विशेष स्पष्ट देखिन्छ। जब तँ उनीहरूसँग सङ्गति गर्छस्, उनीहरूलाई आफ्नो प्रतिष्ठा र इज्‍जतसँग सरोकार नराख्‍ने कुनै पनि कुरामा रुचि हुँदैन, उनीहरू वास्ता गर्दैनन्, मानौं यी चीजहरूसँग उनीहरूको कुनै सम्बन्ध छैन। उनीहरूले भित्र सत्य खोज्ने र परमेश्‍वरको इच्छा बुझ्ने कोसिस गर्दैनन्, उनीहरूले बृहत् परिप्रेक्ष्यमा परिस्थितिहरूलाई हेर्ने र परमेश्‍वरको घरको कामको बारेमा सोच्ने त कुरै नगरौँ। परमेश्‍वरको घरको कामको दायराभित्र कामको मागअनुसार केही व्यक्तिहरूलाई यताउता सरूवा गर्नु आवश्यक हुन्छ। उदाहरणका लागि, एकजना अगुवा कुनै समूहको कामको निम्ति जिम्मेवार व्यक्ति छ, र परमेश्‍वरको घरको काम गर्नका लागि एकजना सदस्यलाई कर्तव्य निर्वाह गर्न अर्को समूहमा सार्न आवश्यक पर्‍यो, र यो आवश्यकता परमेश्‍वरको घरको कामद्वारा नै पर्‍यो। अब सामान्य मानवीय समझअनुसार, यसलाई कसरी सम्हाल्नुपर्छ? अगुवाले परिस्थितिसुहाउँदो रिक्त स्थानमा राख्‍नका निम्ति अर्को व्यक्तिलाई खोज्नुपर्छ। एकपटक उपयुक्त व्यक्ति भेटिएपछि, सुरुको व्यक्तिलाई मुक्त गर्नुर्छ र परमेश्‍वरको घरको कामका लागि आवश्यक परेको ठाउँमा जाने अनुमति दिनुपर्छ। यस्तो हुनुपर्छ किनकि परमेश्‍वरका मानिसहरू एक्लो प्राणीहरू होइनन्, तिनीहरू परमेश्‍वरको घरको हिस्सा हुन्। यदि उनीहरूलाई सिद्धान्त उल्लङ्घन गर्दै आफूखुसी सरूवा गरिएको होइन भने परमेश्‍वरको घरको जुनसुकै काममा आवश्यकता परे पनि उनीहरू सो कामको लागि जानुपर्छ। यदि यो सिद्धान्तमुताबिकको सामान्य स्थानान्तरण हो भने, कुनै पनि अगुवालाई त्यसलाई रोक्‍ने अधिकार हुँदैन। के तिमीहरू यस्तो कुनै हुन्छ भनेर भन्छौ जुन परमेश्‍वरको घरको काम हुँदैन? के यस्तो कुनै काम हुन्छ जसमा परमेश्‍वरको व्यवस्थापन योजनाको विस्तार सामेल हुँदैन? यो सबै परमेश्‍वरको घरको काम हो, प्रत्येक काम बराबर छ, र यहाँ ‘तेरो’ र ‘मेरो’ हुँदैन। … परमेश्‍वरको घरले आफ्ना कर्मचारीहरूलाई केन्द्रीय रूपमा र सिद्धान्तअनुसार समन्वय गर्दछ। यसको कुनै अगुवा, टोलीप्रमुख, वा व्यक्तिसँग कुनै सरोकार हुँदैन। सबैले सिद्धान्तअनुसार काम गर्नुपर्छ; यो परमेश्‍वरको घरको नियम हो। यसैले परमेश्‍वरको घरका सिद्धान्तहरू पालन नगर्नेहरू, सधैं आफ्ना स्वार्थहरू र प्रतिष्ठाका लागि षड्यन्त्र र योजना गर्नहरू, के उनीहरू स्वार्थी र नीच होइनन् र? उनीहरूले दाजुभाइ र दिदीबहिनीहरूलाई प्रयोग गर्छन्, उनीहरूले आफ्ना निम्ति काम गर्न, कार्य कुशलता कायम राख्‍न मद्दत गर्न र आफ्नो प्रतिष्ठा मजबुत बनाउन ती सक्षम दाजुभाइदिदीबहिनीहरूको फाइदा उठाउँछन्। उनीहरूको लक्ष्य यही हो। यदि तैँले ध्यान लाएर हेरिनस् भने, बाहिरबाट हेर्दा त यो व्यक्ति धेरै जिम्मेवार देखिन्छ। अविश्‍वासीहरूले उनीहरूलाई उच्‍च वर्गको, एक सशक्त मानिसहरू भन्छन्, र प्रतिभालाई साथमै राखिराख्‍नका निम्ति उनीहरूसँग ठूलो क्षमता र केही युक्तिहरू छन् भनी भन्छन्। यो अविश्‍वासीहरूमाझ डाह लाग्‍ने कुरा हो, यो मानिसहरूले आकांक्षा राख्‍ने, बहुमूल्य कुरा हो—तर परमेश्‍वरको घर यसको ठीक उल्टो हुन्छ: परमेश्‍वरको घरमा, यसको निन्दा गरिन्छ। परमेश्‍वरको घरको विस्तृत कार्यको बारेमा नसोच्नु, आफ्नै प्रतिष्ठाको बारेमा सोच्नु र परमेश्‍वरको घरको हित र मण्डलीको काममा हुने हानिका लागि कुनै खेद वा ग्लानि नगरी आफ्नै प्रतिष्ठा मात्रै सुनिश्‍चित गर्नु: के यो स्वार्थीपन र निकृष्टता होइन र? यस्तो परिस्थितिको सामना गर्दा, तैँले कम्तिमा आफ्नो अन्तस्करणले सोच्नुपर्छ: ‘यी मानिसहरू सबै परमेश्‍वरको घरका हुन्, उनीहरू मेरो व्यक्तिगत सम्पत्ति होइनन्। म पनि परमेश्‍वरको घरको सदस्य हुँ। परमेश्‍वरको घरलाई मानिसहरूको सरूवा गर्नबाट रोक्‍ने मलाई के अधिकार छ र? मैले आफ्नै समूहको काममा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा परमेश्‍वरको घरको समग्र हितलाई विचार गर्नुपर्छ।’ विवेक र तर्कशक्ति हुने व्यक्तिहरूमा यस्ता विचारहरू पाइनुपर्छ, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा यस्तो चेतना हुनुपर्छ; तब मात्र परमेश्‍वरको घरको बन्दोबस्तहरू पालन गर्न सम्भव हुन्छ। जब दुष्टसित शक्ति हुन्छ, उनीहरूसँग त्यस्तो विवेक र चेतना हुँदैन, र उसले परमेश्‍वरको घरको व्यवस्थालाई पूर्ण रूपमा पालन गर्दैन। यो कस्तो ‘चीज’ हो? परमेश्‍वरको घरमा, उनीहरू निडर भई बाधक बन्‍छन्, र अटेरी गर्ने दुस्साहस समेत गर्छन्, उनीहरू मानवताको कमी भएका मानिसहरू हुन्, उनीहरू दुष्ट मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू त्यस्तै प्रकारका मानिसहरू हुन्। उनीहरूले सधैं परमेश्‍वरको घरको कामलाई, र दाजुभाइ र दिदीबहिनीहरूलाई, र परमेश्‍वरको घरका सम्पत्तिहरूलाई—उनीहरूको अधिकारमा भएका सबै थोकलाई—समेत आफ्नै निजी सम्पत्तिजस्तो व्यवहार गर्छन्; यिनीहरूलाई कसरी वितरण, स्थानान्तरण र प्रयोग गर्ने त्यो उनीहरूकै तजबिजमा निर्भर हुन्छ। एकपल्ट ती कुराहरू उनीहरूको हातमा पुगेपछि यस्तो लाग्छ मानौं ती शैतानको कब्जामा छन्, र परमेश्‍वरको घरलाई हस्तक्षेप गर्ने कुनै अनुमति छैन र कसैलाई पनि ती कुराहरूलाई छुने कुनै अनुमति छैन। उनीहरूको क्षेत्रमा, उनीहरू ठूलो मानिस, प्रमुख रेखदेखकर्ता हुन्छन्, र त्यहाँ जाने जोकोहीले उनीहरूको आदेश र प्रबन्धहरू पालन गर्नुपर्छ, र उनीहरूअनुसार चल्नुपर्छ। यो ख्रीष्टविरोधीको चरित्रभित्रको स्वार्थीपन र निकृष्टताको प्रकटीकरण हो” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको मानवताको चरित्र र तिनीहरूको स्वभावको सारलाई सारांश गर्दा (भाग एक)”)। परमेश्‍वरका वचनहरूले मेरो आफ्नै स्थितिलाई प्रकट गरिदिए। दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो कब्जामा राख्‍नु र उनीहरूलाई परमेश्‍वरको घरका लागि नसुम्पनु स्वार्थी र घृणित कुरा थियो, अनि मैले ख्रीष्टविरोधी स्वभाव देखाइरहेकी थिएँ। अगुवाले हाम्रा मण्डलीहरूबाट कसैलाई स्थानान्तरण गर्न चाहँदा, मनमा प्रतिरोध जाग्यो र उक्त स्थानान्तरण स्विकार्न अनिच्छुक बनेँ। मैले रिसको झोंकमा काम गरेँ र अन्याय भएको महसुस गरें। अगुवाले मेरो सोचाइ परिवर्तन गर्न मदत गर्ने हेतुले सङ्गति नगरेसम्म र मलाई राम्रा कुराहरू नभनेसम्म म त्यस कुरामा सहमत भइनँ। म परमेश्‍वरले पर्दाफास गर्नुभएको हाकिम जस्तै थिएँ, जो आफू जिम्मेवार भएका मण्डलीहरूबाट मान्छे स्थानान्तरणको सन्दर्भमा आफ्नो निर्णय चलाउन चाहन्थ्यो। मान्छेहरूको खाँचो पर्दा मैले चाहें भने मात्र उनीहरू जान सक्थे, नत्र सक्दैनथे। मेरो सहमतिबिना कोही पनि जान सक्दैनथे। मैले मण्डलीहरूलाई आफ्नो कब्जामा जकडेर राखिरहेको थिएँ, सबैकुरा मेरो आदेशमा चल्थ्यो। मण्डलीहरूको इन्चार्ज ख्रीष्ट नभई म थिएँ। मानौं नवआगन्तुकहरू मेरै पेवा हुन्। तिनीहरूले आफ्नो कर्तव्यमा प्राप्त गरेका उपलब्धिलाई म आफ्नो पद सशक्त पार्न प्रयोग गर्न चाहन्थें। त्यो त लाजमर्दो कुरा थियो! यी परमेश्‍वरका मण्डलीहरू हुन् र यो परमेश्‍वरको घरको काम हो, तर मैले त शासकले झैँ काम गरिरहेकी थिएँ, आफ्नै राज्य स्थापित गरिरहेकी थिएँ। के म परमेश्‍वरविरुद्ध ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिइनँ र? यसले मलाई धार्मिक संसारको पादरीहरूको याद दिलायो। तिनीहरूलाई सर्वशक्तिमान परमेश्‍वरको मण्डलीले प्रभु आउनुभएको छ र उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ भनेर थाहा छ, तर तिनीहरू आफ्ना मण्डलीहरूले यी सत्यताहरू बुझेपछि सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउँछन्, र तिनीहरूले आफ्नो हैसियत, प्रतिष्ठा र जीविका गुमाउनुपर्नेछ भनेर डराउँछन्, र आफ्ना मण्डलीलाई साँचो मार्ग पछ्याउनदेखि रोक्‍न सक्दो प्रयास गर्छन्। तिनीहरूले भेडा तिनीहरूकै हो र भेडालाई परमेश्‍वरको आवाज सुन्‍न र उहाँलाई पछ्याउन दिनेछैनौं भनेर सीधै भन्छन्। तिनीहरूले विश्‍वासीहरूलाई आफ्नो व्यक्तिगत सम्पत्ति ठान्छन्, उनीहरूलाई कडा नियन्त्रणमा राख्छन् र उनीहरूको खातिर परमेश्‍वरसँग लडाइँ गर्छन्। तिनीहरू आखिरी दिनहरूमा खुलासा भएका दुष्ट दासहरू र ख्रीष्टविरोधीहरू हुन्। कसरी मेरा कार्यहरूको सार पाष्टर र एल्डरहरूका कार्यभन्दा फरक थिए र? मैले आफ्नो प्रतिष्ठा र पद जोगाउन अरूलाई नियन्त्रण गरिरहेकी थिएँ। मैले पश्‍चात्ताप गरिनँ भने, अन्ततः परमेश्‍वरले मलाई ख्रीष्टविरोधीहरूसँगै धिक्‍कार्नुहुनेछ र सजाय दिनुहुनेछ भनेर मलाई थाहा थियो। परमेश्‍वरका चुनिएका मानिसहरू उहाँका हुन्, कुनै मानिसका होइनन्। परमेश्‍वरको घरमा आवश्यक भएका कुनै पनि व्यक्तिलाई आवश्यकताअनुसार स्थानान्तरण गर्न सकिन्छ। आफूले सम्हालिरहेका मण्डलीहरूमा कसैलाई पनि राखिराख्‍ने अधिकार मसित थिएन। परमेश्‍वरको घरको कामका लागि मानिसहरूको जगेर्ना गर्नु मेरो कर्तव्य थियो र अगुवाहरूले मानिसहरूलाई स्थानान्तरण गर्नु एकदमै सामान्य कुरा हो। आदर गरेर मेरो राय मागिएको थियो र यो सुमधुर सहकार्यका लागि थियो। मेरो सहमति नलिई कसैलाई सिधै स्थानान्तरण गर्न पनि सकिन्थ्यो। मानिसहरूलाई आफ्नो नियन्त्रणमा राख्‍ने अधिकार र बहाना मसित थिएन। म त्यस्तो स्वार्थी भएर जिउन सक्दिनँ भन्‍ने मलाई थाहा थियो, परमेश्‍वरले मलाई त्यही क्षण जीवन दिनुभएको थियो, त्यसैले म केको लागि लडाइँ लड्दै थिएँ? मैले परमेश्‍वरको घरको लागि ठूलो योगदान त दिन नसकूँला, तर कम्तीमा पनि बाधाचाहिं पुर्‍याउनु हुँदैन। मैले परमेश्‍वरको घरको काममा लाभ पुर्‍याउने अझ धेरै कुरा गर्नुपर्थ्यो।

त्यसपछि, आवश्यकता पर्नासाथ मैले खुसीसाथ स्थानान्तरणमा मदत गरें र आफ्नै हितहरूबारे मात्र सोच्न छोडें। एकपटक, मैले अर्को मण्डलीमा स्थानान्तरण गरेकी एक जना सिस्टरले त्यहाँ उनीहरूले प्रचार-कार्यको प्रशिक्षणबाट धेरै कुरा प्राप्त गरेको बताउँदै मलाई सन्देश पठाइन्। म खुसी र लज्‍जित दुवै भएँ। म यो जानेर खुसी भएँ कि उनीहरूले राज्य सुसमाचार फैलाउने आफ्नो भूमिका निर्वाह गर्न सके। म लज्‍जित यो कारणले भएँ कि यदि मैले अवरोध नबनी स्वेच्छाले सुरुदेखि नै मानिसहरू उपलब्ध गराएकी भए, उनीहरू धेरै अघि नै प्रशिक्षित हुन सक्थे र असल कार्यहरू गर्न सक्थे। मैले परमेश्‍वरलाई प्रार्थना गरें र अबउप्रान्त आफ्नो भ्रष्ट स्वभावअनुसार जिउन चाहिनँ, बरु राम्रा मान्छेहरू उपलब्ध गराउन, सुसमाचार कामको लागि आफ्नो भूमिका निर्वाह गर्न र आफ्नो कर्तव्य गर्न चाहेँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

ईर्ष्या नगरी सहज श्‍वास फेर्ने

अन्जिङ्ग, चीनसन् २०१७ को जनवरीमा, मलाई मण्डलीभित्र सिञ्‍चन गर्ने काम दिइएको थियो। यो काममा प्रशिक्षित हुने मौकाको लागि म परमेश्‍वरप्रति...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्