विगतमा ममाथि लागेको लाञ्छना

25 फेब्रुअरी 2023

लि यी, चीन

२०१५ को अगस्टमा, म र मेरो परिवार सिनजियाङ सर्यौँ मैले त्यहाँ कम्युनिष्ट पार्टीले उइघुर जनहरूको हिंसा र अशान्तिविरुद्ध लड्ने नाममा कडा निगरानी र नियन्त्रणका उपायहरू अपनाएको छ भन्ने सुनेकी थिएँ, त्यसैले त्यो ठाउँमा अलि खतरा थियो। सिनजियाङ पुगेपछि त्यहाँको परिवेश मैले कल्पना गरेभन्दा तनावपूर्ण लाग्यो। सबैतिर प्रहरीहरू गस्तीमा थिए, र सुपरमार्केट जाँदा सुरक्षा जाँच पार गर्न पूरै जिउ स्क्यान गर्नुपर्थ्यो। हामी बसको प्रतीक्षामा हुँदा, ढाडमा बन्दुक भिरेका प्रहरीहरू बस बिसौनीहरूमा गस्ती गरिरहेका हुन्थे। यो सबै देखेर म साँच्चिकै घबराउँथेँ। कम्युनिष्ट पार्टीले विश्वासीहरूलाई गिरफ्तार गरेर सताउन थालिसकेको थियो, त्यसैले त्यसमाथि यी कडा निगरानी र नियन्त्रणका उपायहरू थप्नुको मतलब म जुनसुकै समयमा गिरफ्तारमा पर्ने वा मारिने खतरामा थिएँ। अक्टोबरतिर, मैले दुईजना सिस्टरहरू परमेश्वरका वचनका पुस्तकहरू पुर्याउन जाने क्रममा पक्राउ परे अनि १० वर्ष जेल परे भन्ने कुरा सुनेँ। त्यो सुनेर म निकै स्तब्ध भएँ, उनीहरू अगुवा र सेवक थिएनन्, तैपनि उनीहरूले परमेश्वरका वचनका पुस्तकहरू पुर्याएका कारण १० वर्ष जेल बस्नुपर्यो। म मण्डलीको कामको रेखदेखकर्ता भएकाले म पक्राउ परेकी भए, कम्तीमा १० वर्ष जेल पर्नेथिएँ। ब्रदर-सिस्टरहरूले जेलमा यातना भोगिरहेका तस्बिरहरू मेरो दिमागमा दौडिरहन्थे। मलाई साँच्चिकै डर लाग्यो, र मलाई आफूले पक्राउ परेर यातना भोग्नुपर्ने चिन्ता लाग्थ्यो, र यो मृत्युभन्दा नराम्रो नियति हुनेथ्यो। म झन्-झन् डराउन थालेँ र मैले त्यसबारे थप सोच्ने आँट नै गरिनँ। पछि, मैले केही ब्रदर-सिस्टरहरूले यस्तो परिवेशमा आफ्ना कर्तव्य पूरा गर्न परमेश्वरको मार्गदर्शन खोजेको र उहाँमाथि भर परेको, उनीहरूले उहाँको सर्वशक्तिमान् सार्वभौमिकतालाई देखेको, र उहाँको हेरचाह र सुरक्षा अनुभूत गरेको बारे उनीहरूले सङ्गति गरेको सुनेँ। यो कुराले मलाई यो परिस्थितिलाई पार गर्न साँच्चिकै हौसला र विश्वास दिलायो।

२०१६ को फेब्रुअरीमा, मैले रेखदेख गर्ने एउटा मण्डलीमा रहेको वाङ बिङ नाम गरेका एउटा दुष्ट व्यक्तिले निरन्तर अगुवाहरूमा खोट औँल्याइरहेको, र गम्भीर रूपमा मण्डली जीवन बिथोलिरहेको थाहा पाएँ। यसलाई चाँडोभन्दा चाँडो समाधान नगरिए यसले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा असर पार्नेथियो। म र केही सहकर्मीहरूले यस मामलाबारे छलफल गर्यौँ र उनीहरूलाई लाग्यो कि यो समस्या समाधान गर्न म मण्डलीमा जानुपर्छ। तर म अलि डराएकी थिएँ, र मैले मनमनै सोचेँ: “१० वर्षे सजाय पाएका सिस्टरहरू त्यही मण्डलीमा पक्राउ परेका थिए। कम्युनिष्ट पार्टीले उक्त सूचना घोषणा गर्नका लागि स्थानीय गाउँलेहरू समेत भेला पार्यो, उनीहरूलाई परमेश्वरमा विश्वास नगर्न तर्सायो र धम्क्यायो। त्यो ठाउँमा धेरै खतरा छ। के म गएँ भने पक्राउ पर्नेछु?” यो कुरा मेरो दिमागमा परेपछि, मैले नजाने एउटा बहाना भेट्टाएँ। तर मैले मेरो एकजना साथी त्यहाँ जान इच्छुक भएको देखेँ, र मलाई अलि लाज लाग्यो। उनी विश्वासी बनेको धेरै भएको थिएन र भर्खरै अगुवाको तालिम लिन थालेकी थिइन्। उक्त मण्डलीमा धेरै नै समस्याहरू थिए र त्यहाँको परिवेश राम्रो थिएन। उनलाई त्यहाँ जान दिन मलाई नराम्रो लाग्यो, त्यसैले मैले भनेँ, “सायद म जानु नै बेस होला।” जब म मण्डलीमा पुगेँ, मैले वाङ बिङ भेलाहरूमा परमेश्वरका वचनहरूको कुनै पनि बुझाइबारे सङ्गति गर्न असक्षम भएको, र उसले प्रायजसो अगुवाहरूको खोट औँल्याएको, र मण्डली जीवन गम्भीर रूपमा बिथोलेको देखेँ। मैले प्रचारकसित पहिला वाङ बिङलाई प्रतिबन्ध लगाउने र उसलाई अरूलाई सम्पर्क गर्न वा भ्रममा पार्नबाट रोक्ने, त्यसपछि ब्रदर-सिस्टरहरूलाई सत्यतामाथि सङ्गति गरेर उसलाई खुट्ट्याउन मद्दत गर्नेबारे कुरा गरेँ। यसो गर्दा उसले तिनीहरूलाई थप अवरोध गर्नबाट रोक्नेथ्यो, र त्यसपछि हामीले सिस्टर जोङ सिनलाई चाँडोभन्दा चाँडो मण्डलीको काम सम्हाल्न तालिम दिन सक्नेथ्यौँ। तर मसित अझै केही चिन्ताका विषयहरू थिए, र मलाई थाहा थियो कि उक्त मण्डलीका समस्याहरू पूर्ण रूपमा समाधान गर्न सायद अलि समय लाग्नेछ। मण्डलीका झण्डै आधा ब्रदर-सिस्टरहरू पक्राउ परेका थिए, त्यसैले म त्यहाँ जति लामो समय बसेँ, त्यति बढी जोखिम मोलिरहेकी हुनेथिएँ। परमेश्वरको घरले झनै ठूला क्षतिहरूबाट बच्नका लागि खतरनाक परिवेशहरूमा मण्डलीका केही काममा ढिलाइ गर्न सकिन्छ भनी गरेको सङ्गतिबारे मैले सोचेँ। हामीले उक्त समस्याको समाधान पहिल्यै तय गरिसकेका कारण, मैले त्यसपश्चात प्रचारकलाई परिस्थितिहरू रेखदेख गर्ने र सम्हाल्ने जिम्मा लगाउन सक्छु भन्ने सोचेँ। त्यसैले हतारमा बाँकी कामहरू सुम्पेर म घर फर्केँ।

प्रचारकले पछि वाङ बिङ झन्-झन् निर्लज्ज बनिरहेको छ र अगुवाहरूलाई आक्रमण गर्नका लागि मण्डलीभित्रै एउटा गुट निर्माण गरिरहेको छ, जसले मण्डली जीवनमा गम्भीर अवरोध पुर्याइरहेको छ भनेर रिपोर्ट गरे। मैले प्रचारकसित केही समाधानहरूमाथि सङ्गति गरेँ, तर समस्या समाधान भएन। मलाई अलि दोषी महसुस भयो। मण्डलीभित्र अनियमितता सामना गर्नु मेरो जिम्मेवारी थियो, तर म पक्राउ पर्ने डरले यो समस्या समाधान गर्न इच्छुक थिइनँ। त्यो ठिक थिएन। तर त्यसपछि मैले हालसालै एउटी सिस्टर रेल चढेर भेलामा जाने क्रममा झण्डै पक्राउ परेकोबारे सोचेँ। “रेल चढेर त्यहाँ जाँदा म पक्राउ परेँ भने के होला? म एक अगुवा हुँ, म मेरो सुरक्षा सुनिश्चित नहुन्जेल आफ्नो काम गर्न सक्दिनँ।” त्यसैले मैले मण्डलीका समस्याहरू प्रचारकलाई थमाइरहेँ। तर उनको सामर्थ्य सीमित भएकाले, यी समस्याहरू समाधान भएनन्।

२०१६ को सेप्टेम्बरमा, मैले अचानक त्यस मण्डलीका चार ब्रदर-सिस्टरहरू पक्राउ परेको बेहोरासहितको एउटा पत्र पाएँ। तीमध्येका एकजना, झोङ सिङ, निर्घात रूपमा कुटिएकी थिइन्। दुई दिनपछि उनलाई प्रहरीले कुटेर मारेका छन् भन्ने बेहोरासहितको अर्को पत्र आयो। यो समाचारले मलाई इँटाको थुप्रोले हानेझैँ बनायो। मैले त्यो स्विकार्नै सकिनँ। मलाई कम्युनिष्ट पार्टीका यातना विधिहरू एकदमै निर्मम हुन्छन् भन्ने थाहा थियो, तर मैले तिनीहरूले कसैलाई केही दिनभित्रै कुटेर मार्नेछन् भनेर कहिल्यै कल्पना गरेकी थिइनँ। त्यो भयानक थियो। मलाई अत्यन्तै ठण्डा महसुस भयो। मैले आफ्ना भावनाहरू नियन्त्रण गर्न सकिनँ, र म रुन थालेँ। मैले त्यसबारे जति बढी सोचेँ, म त्यति उदास बनेँ, र मैले यो कसरी भयो भनी आफैलाई सोधिरहेँ। एक दुष्ट व्यक्तिले उक्त मण्डलीमा अवरोध पुर्‍याइरहेको छ र त्यसका सदस्यहरू सामान्य मण्डली जीवन जिउन सकिरहेका छैनन् भनेर मैले केही समयदेखि थाहा पाएकी थिएँ। म मण्डलीको एक अगुवा थिएँ, पक्राउ परिने डरले मैले त्यहाँ गएर समस्याहरू राम्ररी समाधान गर्न सकिनँ। यदि मैले अलि बढी जिम्मेवारी लिएकी, वा मण्डलीका अन्य सदस्यहरूसँग सहकार्य गर्ने उपायबारे सोचेकी, र ती समस्याहरू समाधान गरेकी भए, यदि मैले ब्रदर-सिस्टरहरूलाई सावधान रहन भनेकी भए, सायद झोङ सिङ प्रहरीको फन्दामा परेर कुटिएर मारिने थिइनन्। उनको मृत्युले मलाई अत्यन्तै दोषी महसुस गरायो। म भयभीत भएँ र दबिएँ। मलाई आफू साँच्चिकै डरलाग्दो ठाउँमा छु भन्ने अनुभूति भयो र मलाई सास फेर्नै गाह्रो भयो। तर मलाई थाहा थियो कि यस्तो महत्त्वपूर्ण मोडमा, म भागिरहन मिल्दैन, त्यसैले म प्रचारकलाई घटनापछिको अवस्था सम्हाल्न मद्दत गर्नमा व्यस्त रहेँ। हामीले परिस्थितिलाई ठिक ठाउँमा पुर्‍याउन नपाउँदै मैले मेरा एकजना साथी पनि पक्राउ परेकी छिन् र प्रहरीले हाम्रो मण्डलीका मुख्य अगुवा र सेवकहरूबारे केही जानकारी पाएका छन् भन्ने थाहा पाएँ। म ती ब्रदर-सिस्टरहरूसित निरन्तर सम्पर्कमा रहेकी थिएँ, त्यसकारण यदि प्रहरीले उनीहरूको निगरानी फुटेज हेरेमा, तिनीहरूले मलाई भेट्टाउने प्रबल सम्भावना थियो। म जुनसुकै क्षणमा पक्राउ पर्न सक्छु भनेर निकै चिन्तित थिएँ। यदि मलाई जेल सजाय भयो भने म जिउँदो फर्कने निश्चित थिएन। मलाई प्रहरीले झोङ सिनलाईझैँ सानै उमेरमा कुटेर मार्ने ठूलो सम्भावना थियो। मैले त्यसबारे जति सोचेँ, म त्यति डराएँ र आफ्नो कर्तव्य निभाउने इच्छा त्यति नै घट्यो। म त्यसउप्रान्त त्यो ठाउँमा बसिरहन पनि चाहिनँ। मैले यो स्थितिलाई कहिल्यै सम्बोधन नगरेको र कैयौँ महिनासम्म वाङ बिङले मण्डलीमा पुर्‍याएको अवरोधलाई निप्टाउन नसकेकीले, अन्त्यमा म बरखास्त भएँ। बरखास्त भएपछि, मैले मण्डलीमा पाठ्यपुस्तकसम्बन्धी केही काम गरेँ, तर मलाई अझै पनि त्यहाँ बस्न खतरा छ भन्ने महसुस भयो। म जुनसुकै दिन पक्राउ पर्न सक्छु भनेर चिन्तित थिएँ र साँच्चिकै आफ्नो गृहनगरमा गएर आफ्नो कर्तव्य निभाउन चाहन्थेँ। घटनापछिको अवस्था सम्हाल्न मैले त्यहीँ रहेर मद्दत गर्नेछु भन्ने आशाले ब्रदर-सिस्टरहरूले मसित सङ्गति गरे। म यति डराएकी थिएँ कि मैले उनीहरूको अर्ती बिलकुलै सुनिनँ, र मैले त्यहाँबाट जान जिद कसेँ।

२०१७ को अप्रिलमा, मेरो व्यवहारका कारण मण्डलीले मलाई भेलाहरूमा सामेल हुन रोक लगायो र घरमै एक्लै बसेर आत्मचिन्तन गर्न लगायो। त्यो समाचार सुन्दा मैले आँसु थाम्नै सकिनँ। तर मैले त्यस्तो महत्त्वपूर्ण समयमा आफ्नो कर्तव्य त्यागेर मण्डली छोडेकाले, मलाई म यसको हकदार छु भन्ने थाहा थियो। मैले त्यसमा परमेश्वरको धार्मिकता देखेँ र म समर्पित हुन इच्छुक भएँ। मैले एक दिन उपासनामा परमेश्वरका वचनको यो कुरा पढेँ: “यदि तँ सुसमाचार सुनाउने कामको महत्त्वपूर्ण भूमिकामा छस् र परमेश्‍वरको अनुमतिविना आफ्‍नो पद छोडेर भाग्छस् भने, योभन्दा ठूलो अपराध अरू केही हुँदैन। के यो परमेश्‍वरविरुद्धको धोकाका रूपमा गनिँदैन र? (छ।) तिमीहरूका विचारमा, परमेश्‍वरले भगुवाहरूसँग कस्तो व्यवहार गर्नुपर्छ? (तिनीहरूलाई पन्छाइनुपर्छ।) पन्छाइनु भनेको बेवास्ता गरिनु, तँलाई जे मन लाग्छ त्यही गर् भनेर छोडिदिनु हो। यदि पन्छाइएका मानिसहरूलाई पश्‍चात्ताप महसुस भयो भने, परमेश्‍वरले तिनीहरूको मनोवृत्ति पर्याप्त रूपमा पश्‍चात्तापी छ भनी देखेर तिनीहरूलाई अझै पनि फर्काउन चाहनुहुने कुरा सम्‍भव छ। तर आफ्‍नो कर्तव्य छोडेर भाग्‍ने मानिसहरूप्रति—र केवल यी मानिसहरूप्रति—परमेश्‍वरको यस्तो मनोवृत्ति हुँदैन। त्यस्ता मानिसहरूसँग परमेश्‍वर कस्तो व्यवहार गर्नुहुन्छ? (परमेश्‍वर तिनीहरूलाई मुक्ति दिनुहुन्‍न। परमेश्‍वर तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ।) यो पूर्णतया सही हो। अझै किटेर भन्दा, महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने मानिसहरूलाई परमेश्‍वरले आज्ञा दिनुभएको हुन्छ, र यदि तिनीहरूले आफ्‍नो पद छोडेर भागे भने, तिनीहरूले त्यसभन्दा पहिले जति नै राम्रो काम गरेका भए पनि वा पछि जति नै राम्रो काम गरे पनि, परमेश्‍वरका नजरमा, तिनीहरू परमेश्‍वरलाई धोका दिइसकेका मानिसहरू हुन्, र तिनीहरूलाई फेरि कहिल्यै पनि कर्तव्य निभाउन दिइनेछैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्‍वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। “आफ्‍नो कर्तव्य छोड्ने वा यसलाई ठट्टाको रूपमा लिने मानिसहरूप्रति र उहाँविरुद्धका विभिन्‍न धोकापूर्ण व्यवहार, कार्य, र प्रकटीकरणहरूप्रति परमेश्‍वर चरम घृणा गर्नुहुन्छ, किनभने परमेश्‍वरले बन्दोबस्त गर्नुभएका विभिन्‍न प्रसङ्ग, मानिस, घटना, र कामकुरामाझ, यी मानिसहरूले परमेश्‍वरको कामका प्रगतिमा अवरोध, हानि, ढिलाइ, बाधा, वा असर गर्ने भूमिका खेलेका हुन्छन्। अनि यसले गर्दा, भगुवाहरू र परमेश्‍वरलाई धोके दिने मानिसहरूबारे परमेश्‍वर कस्तो महसुस गर्नुहुन्छ र कस्तो प्रतिक्रिया दिनुहुन्छ? परमेश्‍वरमा कस्तो मनोवृत्ति हुन्छ? (उहाँ तिनीहरूलाई घृणा गर्नुहुन्छ।) तिरस्कार र घृणाबाहेक अरू केही गर्नुहुन्‍न। के उहाँलाई दया लाग्छ? अहँ—उहाँलाई कहिल्यै दया लाग्‍न सक्दैन। कतिपयले भन्छन्, ‘के परमेश्‍वर प्रेम हुनुहुन्‍न र?’ किन परमेश्‍वर यस्ता मानिसहरूलाई प्रेम गर्नुहुन्‍न? यी मानिसहरू प्रेम पाउनलायक हुँदैनन्। यदि तँ तिनीहरूलाई प्रेम गर्छस् भने, तेरो प्रेम मूर्खता हुन्छ, र तैँले तिनीहरूलाई प्रेम गर्छस् भन्दैमा, परमेश्‍वरले पनि प्रेम गर्नुहुन्छ भन्‍ने होइन; तैँले तिनीहरूलाई प्रिय ठान्‍न सक्छस्, तर परमेश्‍वर प्रिय ठान्‍नुहुन्‍न, किनभने यस्ता मानिसहरूमा प्रिय ठान्‍नलायक केही पनि हुँदैन। त्यसकारण, परमेश्‍वरले त्यस्ता मानिसहरूलाई दृढ रूपमा त्याग्‍नुहुन्छ, र तिनीहरूलाई कुनै दोस्रो मौका दिनुहुन्‍न। के यो उचित छ? यो उचित मात्र होइन, यो त परमेश्‍वरको स्वभावको एउटा सबैभन्दा उच्‍च पक्ष हो, र यो सत्यता पनि हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्‍वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनका न्याय र खुलासाले मलाई गहिरो रूपमा लज्जित तुल्याए। झोङ सिनलाई कुटेर मारिएको थियो र मेरी साथीलाई गिरफ्तार गरिएको थियो। यस्तो महत्त्वपूर्ण घडीमा, परिस्थिति सम्हाल्न म ब्रदर-सिस्टरहरूसँग काम गरिरहेको हुनुपर्थ्यो, तर त्यसको साटो म लुसुक्क भागेकी थिएँ। अलिकति विवेक भएको जो कोहीले पनि त्यस्तो हरकत गर्नेथिएन। मैले त्यस्तो कार्य गरेबापत आफैलाई माफ गर्न सकिनँ। म मैले परमेश्वरसामु पश्चात्ताप गरुन्जेल आफूले जस्तोसुकै गल्ती गरे पनि उहाँले मलाई कृपा र क्षमा गर्नुहुन्छ भन्ने विश्वास गर्थेँ। तर त्यसपछि मैले त्यो धारणा र कल्पना मात्र रहेछ भन्ने अनुभुति गरेँ। परमेश्वर भन्नुहुन्छ कि उहाँ महत्त्वपूर्ण क्षणहरूमा आफ्ना कर्तव्य त्याग्ने र उहाँलाई विश्वासघात गर्नेहरूलाई त्याग्नुहुन्छ, र उहाँले तिनीहरूलाई दोस्रो मौका दिनुहुनेछैन। मैले परमेश्वरका वचनहरू पढेर उहाँको कृपा र क्षमाका सिद्वान्तहरू छन् भन्ने थाहा पाएँ। परमेश्वरले आफूलाई चिढ्याउने कसैलाई पनि क्षमा र कृपा प्रदान गर्नुहुनेछैन। म भागेको क्षणदेखि, मैले परमेश्वरले मलाई त्याग्नुभएको महसुस गरेँ। मेरो हृदय शान्त थिएन, पछुतोले भरिएको थियो। मैले यो कुरामा कति पटक प्रार्थना गरेँ वा कति पटक आँसु झारेँ भन्ने मलाई थाहा छैन। चाहे परमेश्वरले मलाई त्याग्नु भएको होस् या नहोस्, म उहाँको सेवा गरेर आफ्नो ऋण तिर्न चाहन्थेँ, र मलाई उहाँले मलाई जस्तो व्यवहार र जेसुकै गर्नुभए पनि त्यो धर्मी हुनेछ भन्ने थाहा थियो। मैले परमेश्वरप्रति गरेको हरकत यति चोटिलो थियो कि उहाँले मलाई नरकमा पठाउनुभए पनि म कुनै गुनासो गर्नेथिइँन। म विश्वासी छँदा मैले केही त्यागहरू गरेकी थिएँ, र मुक्ति पछ्याउन चाहन्थेँ—कम्युनिष्ट पार्टीको गिरफ्तारी र सतावट सामना गर्दा, म मृत्युदेखि डराएर, आफ्नो कर्तव्य त्यागेर र परमेश्वरलाई विश्वासघात गरेर गम्भीर अपराध गर्नेछु भनी मैले कहिल्यै कल्पना गरेकी थिइनँ। त्यो कुरा सोच्नाले म साँच्चै नै दयनीय अवस्थामा पुगे र दु:खित भएँ। मैले आँशु रोक्नै सकिन र मलाई धेरै पछुतो लाग्यो। मैले छोड्ने जिद्दी नगरेकी, र कर्तव्य निर्वाह गरिरहेकी अनि त्यो महत्त्वपूर्ण क्षणमा अरूसँगै गिरफ्तारीको परिणाम सामना गरेकी भए हुन्थ्यो। त्यसो गरेकी भए, म यस्तो दु:ख र कष्टमा जिइरहेकी हुँदिनथेँ। मैले परिस्थितिहरू त्यस्तो भइदिऊन् भन्ने चाहेकी थिइनँ। तर त्यतिञ्जेल धेरै ढिला भइसकेको थियो। म आफैले यस्तो परिस्थिति निम्त्याएँ र यसका परिणामहरू भोगेँ। मैले मृत्युदेखि डराएको, धेरै स्वार्थी र दुष्ट भएकोमा आफूलाई घृणा गरेँ। म जस्तो व्यक्ति परमेश्वरको क्षमा र कृपाको लायक थिइनँ। मण्डलीले मलाई निष्कासित नगरेकाले, मैले सकेसम्म राम्ररी सेवा गरेर आफ्नो अपराधको परिपूर्ति गर्नुपर्छ भन्ने लाग्यो। त्यसपछिको मेरो कर्तव्यमा अगुवाहरूले मलाई जता जाने बन्दोबस्त गरे म त्यतै गएँ, चाहे मलाई खतरापूर्ण परिवेशका मण्डलीहरूलाई मद्दत गर्न पठाइएको नै किन नहोस्। केही समय यसो गरेपछि मैले कामबाट केही परिणामहरू दिन सकेँ। तर मैले कहिल्यै झोङ सिनको मृत्युबारे र त्यस्तो महत्त्वपूर्ण क्षणमा म मण्डलीबाट भागेको बारेमा कुरा गर्न चाहिनँ। म यो कुराबाट आफूलाई जोगाउन र त्यसलाई बिर्सन चाहन्थेँ, तर सकिनँ। मलाई मेरो हृदयमा यसको गहिरो छाप परेको छ र यो कहिल्यै हट्नेछैन भन्ने महसुस भयो। हरेक पटक मेरो मनमा यो सोच आउँदा, मलाई पीडा र साँच्चिकै दोषी महसुस हुन्थ्यो।

एक दिन मैले परमेश्वरका वचनमा त्यस्तो कुरा पढेँ जसले मेरो स्थितिलाई प्रकाश पार्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरू आफ्नो सुरक्षा कायम राख्न सक्दो प्रयास गर्छन्। तिनीहरू मनमनै यस्तो सोच्छन्: ‘मैले जसरी पनि आफ्नो सुरक्षा पक्कापक्की गर्नैपर्छ। जो पक्राउ परे पनि, मचाहिँ पर्नै हुँदैन।’ यस मामलामा, तिनीहरू प्राय: परमेश्वरसामु आएर आफूलाई समस्यामा पर्नबाट बचाउनुहोस् भनी याचना गर्छन्। तिनीहरूलाई, जे भए पनि आफूले मण्डली अगुवाको काम गरिरहेको छु र मलाई परमेश्वरले रक्षा गर्नुपर्छ भन्ने लाग्छ। आफ्‍नो सुरक्षाको खातिर र पक्राउ पर्नबाट जोगिन, सबै उत्पीडनबाट उम्‍केर आफूलाई सुरक्षित वातावरणमा राख्‍न, ख्रीष्टविरोधीहरू आफ्‍नो सुरक्षाको लागि प्रायजसो बिन्ती र प्रार्थना गर्छन्। तिनीहरू आफ्‍नै सुरक्षाको कुरा आउँदा मात्रै साँचो रूपमा परमेश्‍वरमा भरोसा गर्छन् र आफूलाई समर्पित गर्छन्। यस्तो बेला तिनीहरूको विश्‍वास साँचो हुन्छ र परमेश्‍वरमाथि तिनीहरूको भरोसा साँचो हुन्छ। तिनीहरू परमेश्‍वरलाई आफ्नो सुरक्षा गरिमाग्न मात्रै प्रार्थना गर्ने कष्ट गर्छन्, मण्डलीको काम वा आफ्‍नो कर्तव्यबारे अलिकति पनि विचार गर्दैनन्। तिनीहरूको काममा, व्यक्तिगत सुरक्षा नै तिनीहरूलाई डोऱ्याउने सिद्धान्त हो। यदि कुनै स्थान सुरक्षित छ भने, ख्रीष्टविरोधीहरूले काम गर्न त्यही स्थान रोज्नेछन्, र वास्तवमा तिनीहरू निकै सक्रिय र सकारात्मक देखिनेछन्, आफ्‍नो ठूलो ‘जिम्‍मेवारी बोध’ र ‘बफादारिता’ देखाउँछन्। यदि कुनै काममा खतरा हुन्छ र त्यसमा कुनै घटना घटित हुने सम्‍भावना छ, यो काम गर्ने व्यक्तिलाई ठूलो रातो अजिङ्गरले भेट्टाउने खतरा छ भने, तिनीहरूले यस्तो बहाना बनाएर यो काम अस्वीकार गर्छन्, र यसबाट भाग्‍ने मौका खोज्छन्। खतरा आउनेबित्तिकै, वा खतराको सङ्केत देख्‍नेबित्तिकै, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको कुनै वास्ता नगरी आफूलाई मुक्त गर्ने र आफ्‍नो कर्तव्य त्याग्‍ने उपाय सोच्छन्। तिनीहरूले आफूलाई खतराबाट मुक्त गर्ने बारेमा मात्रै सोच्छन्। तिनीहरूले पहिले नै हृदयमा तयारी गरिसकेका हुन सक्छन्। खतरा देखा पर्नेबित्तिकै, तिनीहरूले मण्डलीको काम कसरी अघि बढ्छ, वा परमेश्‍वरको घरका हितहरूमा के-कस्तो क्षति पुग्‍न सक्छ भन्‍नेबारे, वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाबारे कुनै वास्ता नगरी तिनीहरूले आफूले गरिरहेको कामलाई तुरुन्तै छोड्छन्। तिनीहरूलाई भाग्‍नुको मात्रै मतलब हुन्छ। तिनीहरूले आफूलाई रक्षा गर्नका लागि ‘कम्मरसमेत कसेका हुन्छन्’: तिनीहरूमाथि खतरा आइपर्नेबित्तिकै वा तिनीहरू पक्राउ पर्नेबित्तिकै, तिनीहरू आफूलाई थाहा भएका सबै कुरा बताउँछन्, आफ्नो सुरक्षा कायम राख्न आफूलाई खतरामुक्त पार्दै सबै जिम्‍मेवारीहरू त्याग्छन्। तिनीहरूले तयार पार्ने योजना यही हो। यी मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दा आइपर्ने सतावट भोग्‍न अनिच्‍छुक हुन्छन्; तिनीहरूलाई पक्राउ पर्ने, यातना भोग्‍ने, र जेल पर्ने डर हुन्छ। तथ्य के हुन्छ भने तिनीहरू आफ्नो हृदयभित्र शैतानको अधीनमा परेको लामो समय भइसकेको हुन्छ। तिनीहरूलाई शैतानी शासनको भय हुन्छ, र तिनीहरूमाथि यातना र कठोर सोधपुछ आइपर्ला भनेर तिनीहरूलाई अझै ठूलो डर हुन्छ। त्यसकारण ख्रीष्टविरोधीहरूका लागि, यदि सबै कुरा सहजतापूर्वक अघि बढिरहेको छ, र तिनीहरूको सुरक्षामा कुनै खतरा वा समस्या छैन, र कुनै जोखिम छैन भने, तिनीहरूले आफ्‍नो जोस र ‘बफादारिता,’ अनि आफ्नो सरसम्पत्तिसमेत अर्पण गर्न सक्छन्। तर परिस्‍थितिहरू खराब छन् र परमेश्‍वरमा विश्‍वास गरेको र आफ्‍नो कर्तव्य निभाएको कारण तिनीहरू कुनै पनि बेला पक्राउ पर्न सक्छन् भने, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको कारण तिनीहरूलाई तिनीहरूको पदबाट हटाइने वा तिनीहरूका नजिकका मानिसहरूले तिनीहरूलाई त्याग्‍ने सम्भावना छ भने, तिनीहरू अत्यन्तै सतर्क हुन्छन्, र यसरी तिनीहरूले न त सुसमाचार सुनाउँछन् अनि न त परमेश्‍वरको साक्षी दिन्छन् न त आफ्‍नो कर्तव्य नै पूरा गर्छन्। समस्याको सानो सङ्केत देखे भने पनि, तिनीहरू लुरुक्‍क पर्छन्; जब समस्याको सानो सङ्केत देखा पर्छ, तिनीहरूले आफूलाई सुरक्षित र सकुशल राख्‍नका लागि तुरुन्तै आफूसँग भएका परमेश्‍वरको वचनका पुस्तकहरू र परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी कुनै पनि कुरा मण्डलीमा फिर्ता गर्न चाहन्छन्। के तिनीहरू खतरनाक हुँदैनन् र? पक्राउ परे भने, के तिनीहरू यहूदा बन्दैनन् र? ख्रीष्टविरोधीहरू यति खतरनाक हुन्छन् कि तिनीहरू कुनै पनि बेला यहूदा बन्‍न सक्छन्; तिनीहरूले परमेश्‍वरलाई धोका दिने सम्‍भावना सधैँ हुन्छ। यसको साथै, तिनीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। यो कुरा ख्रीष्टविरोधीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। “ख्रीष्ट विरोधीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। परमेश्‍वरमाथि तिनीहरूसँग साँचो विश्‍वास हुँदैन, परमेश्‍वरप्रतिको बफादारी हुने कुरा त परै जाओस्; जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले केवल आफूलाई बचाउँछन् र आफ्नो सुरक्षा गर्छन्। तिनीहरूका लागि, आफ्नो सुरक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तिनीहरू जीवित रहेसम्म र प्रक्राउ नपरेसम्म पुग्यो, तिनीहरूले मण्डलीको काममा कति हानि पुगेको छ भन्ने कुराको वास्ता गर्दैनन्। यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीको कामबारे बिल्कुलै सोच्दैनन्, तिनीहरूले आफ्नै सुरक्षाबारे मात्र सोच्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वरका वचनका न्याय र खुलासाले मेरो हृदयमै घोचे। मेरो लागि लुक्ने ठाउँ कतै थिएन—म भाग्न सक्दिनथेँ। म परमेश्वरले वर्णन गर्नुभएको जस्तै व्यक्ति थिएँ, जसले खतराको सामना गर्दा आफूलाई जोगाउनमा मात्र ध्यान दिन्छ, जो स्वार्थी र घृणित हुन्छ र मण्डलीको काम वा ब्रदर-सिस्टरहरूको जीवनलाई ध्यानमा राख्दैन। मैले म पहिलो पटक सिनजियाङ आएको र त्यहाँको त्यसबेलाको त्रासदीपूर्ण परिस्थितिबारे सोचेँ। जब मैले आफू जुनसुकै बेला पक्राउ परिने वा आफ्नो जीवन गुमाउने खतरा देखेँ, मलाई त्यहाँ आफ्नो कर्तव्य निर्वाह गर्ने गएकोमा पछुतो लाग्यो। जब मैले कुनै दुष्ट व्यक्तिले एउटा मण्डलीमा अवरोध पुर्याएको थाहा पाएँ, यो कुरा तत्काल समाधान गर्नु पर्ने भए पनि मैले आफू गिरफ्तारी र यातनामा परिने डरले त्यहाँ नजाने बहाना बनाएँ। पछि अन्ततः म अनकनाउँदै गएँ, तर मैले मेरो सुरक्षाबारे मात्र सोचेकीले, म समस्याहरू समाधान नभई त्यहाँबाट निस्केँ। मलाई राम्ररी थाहा थियो कि त्यस मण्डलीमा गम्भीर समस्याहरू थिए र तिनलाई सम्बोधन गर्न म त्यहाँ जानैपर्थ्यो, तर म मृत्युदेखि डराउँथेँ, त्यसैले म साँचो काम गर्नुको सट्टा आदेशहरू मात्र दिन्थेँ। म यसलाई सम्हाल्न अरू ब्रदर-सिस्टरहरूलाई दबाब पनि दिन्थेँ, जब कि आफू चाहिँ लुकेर आफ्नो नीच अस्तित्व लम्ब्याउँथेँ। फलस्वरूप, त्यस मण्डलीका समस्याहरू धेरै महिनासम्म समाधान भएनन्। मैले अगुवा भएको नाताले आफ्नो काम गर्न आफ्नै सुरक्षा गर्नुपर्छ भनेर “उपयुक्त” बहाना समेत बनाएँ, तर वास्तवमा, म खतरादेखि भाग्नलाई बहाना खोजिरहेकी थिएँ। जब प्रहरीले झोङ सिनलाई गिरफ्तार गरेर कुटीकुटी मारे, मैले अझै आफ्नो सुरक्षाबारे मात्र सोचेँ, र मलाई गिरफ्तार गरी यातना दिएर मार्छन् कि भनेर चिन्ता लिएँ। मैले आफ्नो कर्तव्य त्याग्ने मौका खोजेर त्यो खतरापूर्ण ठाउँ छोड्न समेत चाहन्थेँ। म बर्खास्त भएपछि, म त्यो सबै घटनापछिको अवस्थामा मद्दत गर्न चाहन्नथेँ र म आफ्नो गृहनगर फर्किएँ। ब्रदर-सिस्टरहरूले मप्रति खेद जनाएनन्, तर मैले आफूभित्र परमेश्वरले मलाई परित्याग, घृणा र निन्दा गर्नुभएको महसुस गरेँ। मलाई सबैभन्दा पछुतो लागेको कुरा मण्डलीले मलाई अगुवा बन्ने मौका र धेरै ब्रदर-सिस्टरहरूको हेरचाहको जिम्मा दिएको थियो। तर विपत्ति आइपरेपछि, म अरू बाँचे कि मरे वास्ता नगरी, वा मण्डलीको काममा आउने अवरोधबारे सोचविचार नगरी भागेँ। म डरपोक भगौडा, गद्दार र शैतानको उपहासको पात्र बनेँ। त्यो भन्दा पनि यो अपराध मेरो हृदयमा कहिल्यै निको नहुने चोट बनेको थियो। यो सबै कुरा मार्फत, मैले म स्वार्थी र तुच्छ तरिकाले जिउने मानवताविनाको डरपोक हुँ भन्ने बुझेँ! परमेश्वरका वचनहरूले मेरो हृदयका घृणित, गोप्य मनसायहरू ठिकसँग उजागर गरे। म वास्तविकताबाट भागिरहन सक्दिनथेँ। त्यस बेला म मैले परमेश्वरलाई विश्वासघात गरेर ठुलो पाप गरेको रहेछु र म उहाँको मुक्ति पाउन योग्य छैन भनेर छर्लङ्गै भएँ। मैले परमेश्वर मानवजातिलाई मुक्ति दिनका निम्ति दुई पटक देहधारी भएर उहाँले सबथोक दिनुभएकोबारे समेत सोचेँ। दुई हजार वर्षअघि मानवजातिलाई छुटकारा दिनका निम्ति प्रभु येशूलाई क्रुसमा टाँगिएको थियो। अहिले, आखिरी दिनहरूमा, भ्रष्ट मानवजातिलाई मुक्ति दिन परमेश्वर पुन: एकपटक देहधारी बन्नुभएको छ, उहाँले ठूलो रातो अजिङ्गरको खतरापूर्ण ठाउँमा देखा पर्न र काम गर्न आफ्नो ज्यान जोखिममा पार्नुभएको छ, कम्युनिष्ट पार्टीको निरन्तरको खोजी र सतावटमा पर्नुभएको छ। तर परमेश्वरले मानवजातिलाई मुक्ति दिन कहिल्यै छाड्नुभएको छैन। उहाँले हामीलाई मलजल र भरणपोषण गर्नका लागि सत्यता व्यक्त गर्न जारी राख्नुभएको छ। परमेश्वरले मानवका लागि सबथोक दिनुभएको छ—हामीप्रतिको उहाँको प्रेम साँचो र अति निस्स्वार्थ छ! तर म अत्यन्तै स्वार्थी र नीच थिएँ। आफ्नो कर्तव्यमा मैले आफ्नो रक्षा मात्र गरेँ र मण्डलीको कामलाई पूर्ण रूपमा बेवास्ता गरेँ। म परमेश्वरप्रति अत्यन्तै ऋणी थिएँ र उहाँसामु जिउन योग्य थिइनँ। त्यसबेला म सेवा गर्न मात्र चाहन्थेँ। म त्यसरी आफ्नो पाप थोरै कम गर्न सक्छु कि भन्ने आशा गर्थेँ।

२०२१ को डिसेम्बरमा, म फेरि मण्डलीको अगुवा चुनिएँ। तर मैले परमेश्वरलाई विश्वासघात गरेको र म अगुवा हुन योग्य नभएकोबारे सोचेर, मैले रुँदै एक अगुवालाई म पहिला मण्डलीबाट भागेकोबारे बताएँ। अगुवाले भने, “वर्षौँ बितिसक्दा पनि तिमी अझै यही नकारात्मकता र गलत बुझाइको स्थितिमा अल्झिरहेकी छौ। यसरी तिमीलाई पवित्र आत्माको काम प्राप्त गर्न कठिन हुनेछ।” मलाई म किन त्यतिका समयपछि मेरो अपराधबारे त्यति विरक्तिएको छु र म कसरी आफ्नो स्थिति समाधान गर्न सक्छु भन्ने उत्सुकता भयो। त्यसपछि मैले प्रार्थना र खोजी गर्ने प्रयास गरेँ। मैले परमेश्वरका वचनमा यो कुरा पढेँ; “कहिलेकाहीँ तँलाई परमेश्‍वरले त्याग्‍नुभएको महसुस हुन्छ, र तँ अन्धकारमा डुबेको हुन्छस्, तर त्यस्तो बेलामा पनि तँ नडरा: जबसम्‍म तँ अझै जीवितै हुन्छस् र नरकमा हुँदैनस्, तबसम्‍म तँसँग अझै मौका हुन्छ। तर यदि तँ पावलजस्तै हठी हुँदै ख्रीष्टविरोधी मार्गमा हिँड्ने, र अन्ततः मेरा लागि त जिउनु नै ख्रीष्ट हो भनेर गवाही दिने बन्छस् भने, तेरा लागि सबै समाप्त हुन्छ। यदि तेरो होस खुल्न सक्यो भने, तँसँग अझै मौका हुन्छ। अनि, तँसँग कस्तो मौका हुन्छ? कस्तो भने, तँ अझै पनि परमेश्‍वरसामु आउन सक्छस्, र अझै उहाँलाई प्रार्थना गर्न र यसो भन्दै खोजी गर्न सक्छस्, ‘हे परमेश्‍वर! बिन्ती छ, मलाई सत्यताको यो पक्ष र अभ्यासको मार्गको यो पक्ष बुझ्‍न अन्तर्दृष्टि दिनुहोस्।’ जबसम्‍म तँ परमेश्‍वरका अनुयायीहरूमध्येको एक हुन्छस्, तबसम्‍म तँसँग मुक्तिको आशा हुन्छ, र तँ अन्त्यसम्‍मै टिक्‍न सक्छस्। के यी वचनहरू पर्याप्त रूपले स्पष्ट छन्? के तिमीहरू अझै पनि नकारात्मक बन्‍न सक्‍ने सम्‍भावना हुन्छ? (हुँदैन।) जब मानिसहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्छन्, तब तिनीहरूको मार्ग फराकिलो हुन्छ। यदि तिनीहरूले उहाँका अभिप्रायहरूलाई बुझ्दैनन् भने, यो मार्ग साँघुरो हुन्छ, तिनीहरूको हृदयमा अन्धकार हुन्छ, र तिनीहरूसँग पाइला चाल्‍ने कुनै मार्ग हुँदैन। सत्यता नबुझ्‍ने मानिसहरू यस प्रकारका हुन्छन्: तिनीहरू सङ्कुचित मनका हुन्छन्, तिनीहरू सधैँ सानातिना कुराहरूको तुलना गर्छन्, र तिनीहरू सधैँ परमेश्‍वरबारे गुनासो गर्ने र गलत बुझ्ने गर्छन्। परिणामस्वरूप, तिनीहरू जति अगाडि हिँड्छन्, तिनीहरूको मार्ग त्यति नै हराउँछ। वास्तवमा, मानिसहरू परमेश्‍वरलाई बुझ्दैनन्। यदि परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको कल्‍पनाअनुसार व्यवहार गर्नुभएको भए, मानवजाति धेरै पहिले नै नष्ट भइसकेको हुनेथियो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पावलको प्रकृति सार कसरी पहिचान गर्ने)। “म कसैले पनि परमेश्‍वरले तिनीहरूलाई चीसोमा छोडेर जानुभएको, परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुभएको वा तिनीहरूलाई आफ्‍नो पिठ्यूँ फर्काइदिनुभएको जस्तो अनुभव गरेको हेर्न चाहन्न। म के मात्र हेर्न चाहन्छु भने सबै जना सत्यताको खोजी गर्ने र परमेश्‍वरलाई बुझ्‍न खोज्‍ने मार्गमा कुनै पनि सन्देह वा भारविना नै अटल संकल्पको साथ साहसिक रूपमा अघि बढेका हुन्। तैँले जस्तोसुकै गल्तीहरू गरेको भए तापनि, तँ बरालिएर जति टाढा गएको भए पनि वा तैँले जति गम्भीर अपराध गरेको भए पनि, परमेश्‍वरलाई बुझ्‍ने तेरो खोजीमा तिनलाई तैँले बोक्‍ने भारी वा भारीमाथि सुपारी बन्‍न नदे। निरन्तर अघि बढिराख्। सधैँ नै, परमेश्‍वरले मानिसको मुक्ति आफ्‍नो हृदयमा राख्‍नुहुन्छ; यो कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको सारको सबैभन्दा बहुमूल्‍य भाग यही हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। “निनवेवासीका दुष्ट कार्यहरू उहाँको नजरमा परेको हुनाले परमेश्‍वर तिनीहरूप्रति रिसाउनुभयो; त्यसबेला उहाँको रिस उहाँको सारबाट आएको थियो। तथापि, परमेश्‍वरले आफ्‍नो रिस नियन्त्रण गरेर निनवेका मानिसहरूलाई फेरि एक पटक सहनशीलता प्रदान गर्नुभएको बेला, उहाँले प्रकट गर्नुभएका सबै कुरा पनि उहाँको आफ्‍नै सार नै थिए। सम्पूर्ण रूपमा यो परिवर्तन परमेश्‍वरप्रतिको मानिसको मनोवृत्तिमा आएको परिवर्तनको कारणले गर्दा थियो। यो पूरै समयावधिमा, परमेश्‍वरको चिढ्याउन नसकिने स्वभाव परिवर्तन भएन, परमेश्‍वरको सहनशील सार परिवर्तन भएन, अनि परमेश्‍वरको प्रेमिलो र कृपालु सार परिवर्तन भएन। जब मानिसहरूले दुष्ट कार्यहरू गर्छन् र परमेश्‍वरलाई रिस उठाउँछन्, उहाँले तिनीहरूमाथि आफ्‍नो रिस वर्साउनुहुन्छ। जब मानिसहरूले साँचो रूपमा पश्‍चात्ताप गर्छन्, परमेश्‍वरको हृदय परिवर्तन हुनेछ, अनि उहाँको रिस हट्नेछ। जब मानिसहरूले जिद्दी भई परमेश्‍वरको निरन्तर विरोध गर्छन्, उहाँको रिस रोकिनेछैन, र तिनीहरू नष्ट भइञ्‍जेलसम्म तिनीहरूमाथि उहाँको क्रोध एक-एक गरी आइरहनेछ। परमेश्‍वरको स्वभावको सार यही हो। परमेश्‍वरले उहाँको स्वभावको चाहे जेसुकै व्यक्त गर्नुभए पनि वा जेसुकै प्रकट गर्नुभए पनि, चाहे त्यो उहाँको क्रोध भए पनि वा चाहे उहाँको कृपा र प्रेमिलो दयालुपन भए पनि, त्यो कुरा मानिसहरूको चालचलन र बानीबेहोरा, साथै तिनीहरूले आफ्‍नो हृदयभित्र परमेश्‍वरप्रति राख्ने मनोवृत्तिको आधारमा हुने गर्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। परमेश्वरका ती वचनहरू पढ्दा म अत्यन्तै प्रभावित भएँ र मलाई उहाँप्रति गहिरो आभारीपन महसुस भयो। मैले थाहा पाएँ कि मैले यतिका वर्षसम्म परमेश्वरलाई गलत बुझेकी रहेछु। परमेश्वरको इच्छा भनेको सम्भव भएसम्म मानवजातिलाई मुक्ति दिनु हो। उहाँले कुनै व्यक्तिलाई उसको क्षणिक अपराधकै कारण त्याग्नुहुन्न—उहाँले उसलाई पश्चात्ताप गर्ने पर्याप्त अवसरहरू दिनुहुनेछ। ठ्याक्कै निनवेका मानिसहरूझैँ: तिनीहरूले दुष्टता गरिरहेका, परमेश्वरलाई प्रतिरोध गरिरहेका र रिस उठाइरहेका कारण मात्रै परमेश्वरले तिनीहरूलाई नष्ट पार्नुहुनेछ भनेर भन्नुभयो। तर निनवेलाई नष्ट पार्नुअघि, उहाँले तिनीहरूलाई परमेश्वरको वचन सुनाउनका लागि योनालाई पठाउनुभयो, र तिनीहरूलाई पश्चात्ताप गर्ने अन्तिम मौका दिनुभयो। तिनीहरूले साँचो रूपमा पश्चात्ताप गरेपछि, परमेश्वरको रिस क्षमा र कृपामा परिणत भयो, र उहाँले तिनीहरूका दुष्ट कार्यहरू क्षमा गर्नुभयो। यसमार्फत्, मैले मानिसका लागि परमेश्वरको महान प्रेम र कृपा देख्न सकेँ। परमेश्वरको क्रोध र दयालु कृपा सिद्धान्तपरक हुन्छन्, र पूर्णतया उहाँप्रति मानिसहरूको मनोवृत्तिका आधारमा बदलिन्छन्। परमेश्वरका न्याय र खुलासाका वचनहरू कठोर, वा निन्दात्मक र आलोचनात्मक नै भए पनि, ती वास्तविक टकराव हैनन्, ती वचनका टकराव मात्र हुन्। परमेश्वरको इच्छा मैले उहाँको धर्मी र नचिढिने स्वभाव बुझूँ, मसित परमेश्वरको डर मान्ने हृदय होस्, मैले उहाँप्रति साँचो रूपमा पश्चात्ताप गरूँ, र मैले उहाँप्रति इमानदार भएर जुनसुकै समयमा र जस्तोसुकै परिस्थितिमा आफ्नो कर्तव्य निर्वाह गरूँ भन्ने थियो। त्यो समयमा मैले आफू अति हठी र विद्रोही छु भन्ने महसुस गरेँ। मैले वर्षौँदेखि परमेश्वरलाई गलत बुझ्दै आएकी, मेरा आफ्नै धारणा र कल्पनाका आधारमा आफ्नो मूल्याङ्कन गरिरहेकी, र आफूलाई पासोमा पारिरहेकी थिएँ। परमेश्वरले वास्तवमा मलाई मुक्ति दिन छाड्नुभएको थिएन। मैले उहाँको मुक्ति पछाडिका असल अभिप्रायहरूलाई गलत बुझिरहेकी थिएँ। त्यसले मलाई परमेश्वरले भन्नुभएको एउटा कुरा याद दिलायो: “परमेश्‍वरको कृपा र सहनशीलता दुर्लभ छैनन्—मानिसको साँचो पश्चात्तापचाँहि दुर्लभ छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। परमेश्वरसित प्रताप र क्रोध भए पनि, उहाँले हामीलाई न्याय र खुलासा गर्नु भएपनि, र हामीलाई निन्दा र श्रापित गर्नुभए पनि, उहाँ प्रेम र करुणाले भरिपूर्ण हुनुहुन्छ। मानवजातिलाई मुक्ति दिने परमेश्वरको चाहना बुझेपछि मलाई साँच्चै पछुतो र दोषी महसुस भयो। मैले विगतका मेरा अपराधबाट भागिरहन वा परमेश्वरलाई गलत बुझ्न र उहाँप्रति सावधान रहन चाहिनँ। म पश्चात्ताप गर्न तयार थिएँ। म यो असफलताको पाठमार्फत आफूलाई सावधान पार्न चाहन्थेँ। म स्वार्थी, नीच, र मृत्युदेखि डराएकी थिएँ। खतराको मुखमा, म मण्डलीको कामलाई बेवास्ता गरेर भगौडा बनेकी थिएँ। मैले थाहा पाएँ कि मृत्युको डर नै मेरो सबैभन्दा ठूलो कमजोरी रहेछ, र त्यसलाई समाधान गर्न र त्याग्न मैले सत्यता खोज्नुुपर्थ्यो।

पछि मैले परमेश्वरका वचनको यो खण्ड पढेँ: “मानिसका धारणाहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले परमेश्‍वरको काम फैलाउनका लागि त्यति ठूलो मूल्य चुकाए भने, तर तिनीहरूलाई अन्त्यमा सैतानले मारिदियो। यो मानिसका धारणाहरूसँग मेल खाँदैन, तर तिनीहरूलाई ठ्याक्कै त्यस्तै नै भयो। परमेश्‍वरले त्यस्तै हुन दिनुभयो। यसमा कुन सत्यता खोज्न सकिन्छ? के परमेश्‍वरले तिनीहरूलाई यसरी मर्न दिनु उहाँको सराप र दण्ड थियो, कि यो उहाँको योजना र आशिष् थियो? यीमध्ये कुनै पनि थिएन। यो के थियो? मानिसहरू अहिले हृदयमा पीडा लिएर तिनीहरूको मृत्युबारे विचार गर्छन्, तर अवस्था त्यस्तै थियो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू त्यसरी नै मरे, र यसलाई कसरी व्याख्या गर्नुपर्ने हो? जब हामी यो विषय उल्लेख गर्छौँ, तिमीहरूले आफैलाई तिनीहरूका अवस्थामा राख्छौ, त्यसैले के तिमीहरूको हृदय दुःखी हुन्छ, अनि के तिमीहरू गोप्य पीडा महसुस गर्छौ? तिमीहरू विचार गर्छौ, ‘यी मानिसहरूले परमेश्‍वरको सुसमाचार फैलाउने आफ्नो कर्तव्य निर्वाह गरे, र तिनीहरूलाई असल मानिसहरू मानिनुपर्छ, त्यसोभए तिनीहरूलाई कसरी त्यस्तो अन्त्य र त्यस्तो परिणाम आइलाग्‍न सक्यो?’ वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; यो मानिसको संसारबाट प्रस्थान गर्ने तिनीहरूको आफ्नो माध्यम थियो, तापनि यसको अर्थ तिनीहरूको परिणाम एकै प्रकारको थियो भन्‍ने होइन। तिनीहरूको मृत्यु र प्रस्थानको माध्यम चाहे जे नै भए पनि, र त्यो जसरी भए पनि परमेश्‍वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यसरी परिभाषित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले यस संसारलाई दोषी ठहराउन र परमेश्‍वरका कामहरूको गवाही दिन ठ्याक्कै तिनै माध्यमहरूको प्रयोग गरे। यी सृष्टि गरिएका प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान्‌ जीवन प्रयोग गरे—तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण परमेश्‍वरका कार्यहरूको गवाही दिनका लागि, परमेश्‍वरको महान् शक्तिको गवाही दिनका लागि, र शैतान र संसारलाई परमेश्‍वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्‍वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्नका लागि प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले सारा मानवजातिका निम्ति गरेको छुटकाराको कामले मानवजातिलाई निरन्तर जिउन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिको अगि पुष्टि गर्न आफ्नो जीवनको प्रयोग गरे—यो तथ्य सधैँ अपरिवर्तनीय छ। प्रभु येशूको सुसमाचार सुनाउँदा शहीद बनेकाहरूले, कुन हदसम्म आफ्नो कर्तव्य पूरा गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्‍नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि जीवन सम्हालेर राख्नुपर्ने सबैभन्दा बहुमूल्य र प्रिय कुरा हो, अनि यी व्यक्तिहरूले मानवजातिप्रति परमेश्‍वरको प्रेमको पुष्टि गर्न र गवाही दिन भनेर आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति अर्थात् जीवन अर्पण गर्न सकेको देखिन्छ। तिनीहरूको मृत्यु भएको दिनसम्म, तिनीहरूले परमेश्‍वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्‍वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्‍च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य पूरा गर्ने सबैभन्दा राम्रो तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा जब त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउन बाध्य बनायो, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो। मैले यसो भन्‍नुको अर्थ के हो? के मेरो भनाइको अर्थ तिमीहरूले पनि परमेश्‍वरको गवाही दिन र उहाँको सुसमाचार फैलाउन त्यस्तै तरिकाको प्रयोग गर भन्‍ने हो? तैँले त्यसै गर्नुपर्छ भन्‍ने जरुरी छैन, तर तैँले यो तेरो जिम्मेवारी हो, यदि परमेश्‍वरलाई आवश्यकता पऱ्यो भने, तैँले त्यसलाई पूरा गर्नैपर्ने एक दायित्वको रूपमा स्वीकार गर्नुपर्छ भन्‍ने कुरा बुझ्‍नैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्‍वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनहरू पढेपछि मलाई साँच्चै लज्जित महसुस भयो। इतिहासभरि सन्तहरूले आफ्ना जीवनको बलिदान र रगत चढाएर प्रभु येशूको सुसमाचार फैलाएका छन्। परमेश्वरका निम्ति अनगिन्ती मानिसहरू सहिद भए। तिनीहरू ढुङ्गाले हानेर, घोडाले घिसारेर मारिए, जिउँदै पोलिए, वा उँधोमुन्टो पारेर क्रुसमा टाँगिए। धेरै धर्मप्रचारकहरूलाई चीनमा आउनु भनेको मृत्युको जोखिममा पर्नु हो भन्ने थाहा थियो, तैपनि तिनीहरूले आफ्नो ज्यान जोखिममा पारेर यहाँ आएर प्रचार गरे। अहिले, राज्यको सुसमाचार प्रचार गरेका कारण कैयौँ विश्वासीहरूलाई कम्युनिष्ट पार्टीले मरुन्जेल सताएको छ, उनीहरूले आफ्नो जीवनको बलिदान दिएर परमेश्वरको ठूलो साक्षी दिएका छन्। उनीहरूले धार्मिकताका निम्ति सतावट भोगे, र उनीहरू सबैको मृत्यु अर्थपूर्ण र परमेश्वरद्वारा अनुमोदित थियो। पहिले, मैले ती कुराहरू कहिल्यै प्रस्ट देख्न सक्दिनथेँ, ममा परमेश्वरको सर्वशक्तिमान् सार्वभौमिकताबारे कुनै बुझाइ थिएन। म खालि मृत्युदेखि डराउँथेँ र म मरेपछि सबथोक सक्किनेछ भन्ठान्थेँ। मैले आफ्नो कर्तव्य त्यागेँ, नीच अस्तित्व जिएँ, र कम्युनिष्ट पार्टीको सतावटमा परेर परमेश्वरलाई विश्वासघात गरेँ। यो एउटा गम्भीर अपराध र मेरो आस्थामाथिको नमेटिने दाग बन्यो। त्यसपछि मैले बुझेँ कि हामी जीवनमा जे सामना गर्छौँ र जस्तो दु:ख सहन्छौँ त्यो परमेश्वरले तोक्नुभएको हो। हामी त्यसबाट भाग्न सक्दैनौँ। यदि परमेश्वरले मलाई मर्न अनुमति दिनुभयो भने, मैले त्यो कुरा मान्नुपर्छ, र इतिहासभरि आफ्ना जीवनको बलिदान दिएर परमेश्वरको साक्षी दिएका सन्तहरूका पाइला पछ्याउनुपर्छ। यो सोचले मलाई उचित रूपमा मृत्यु सामना गर्न मद्दत गर्‍यो र परमेश्वरमाथिको आस्था बढायो। मैले भविष्यमा जे सामना गरे पनि, म परमेश्वरमाथि भर पर्न र आफ्नो गवाहीमा खरो उत्रन तयार थिएँ, र म फेरि आफ्नो कर्तव्य त्याग्ने वा परमेश्वरलाई विश्वासघात गर्ने थिइनँ।

२०२२ को जुलाई ६ का दिन, मेरो साथीले मकहाँ आएर भने, “एउटा घटना घट्यो। तीनजना अगुवाहरू पक्राउ परेका छन्।” उनको कुरा सुनेर मलाई असहज महसुस भयो। ती तीन अगुवाहरू धेरै मानिस र मेजमान परिवारहरूसँग सम्पर्कमा हुने गर्थे, र एकजना त केही दिनअघि मात्र हामीसँग सम्पर्कमा थियो। थप क्षतिबाट जोगिनका लागि हामीले तुरुन्तै उनीहरूको गिरफ्तारी पछिको अवस्था सम्हाल्नुपर्थ्यो। तर मलाई अझै अलि डर लागेको थियो। यदि ती ब्रदर-सिस्टरहरू निगरानीमा राखिएका छन् भने, मैले उनीहरूलाई सम्पर्क गर्दा म सिधै प्रहरीको पासोमा पर्न सक्थेँ। तर त्यसपछि मैले पछिल्लो पटक मण्डली त्याग्दा सिकेको पीडादायी पाठ, र मैले परमेश्वरलाई विश्वासघात गरेर उहाँको स्वभाव चिढ्याएकोबारे सोचेँ। त्यो मैले कहिल्यै नबिर्सिने पीडा थियो र म त्यही गल्ती दोहोर्‍याउन चाहन्नथेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरिरहेँ, “हे परमेश्वर, म यो परिस्थितिमा आफ्नो कर्तव्यप्रति वफादार रहने र नभाग्ने प्रतिज्ञा गर्छु। कृपया मलाई आस्था र शक्ति दिनुहोस्।”

त्यसपछि, मैले हतारहतार ब्रदर-सिस्टरहरूलाई उच्च सतर्कता अपनाउन सूचना दिएँ, र परमेश्वरका वचनका पुस्तकहरू सुरक्षित स्थानमा सारेँ। त्यसपछि मलाई मेरो घर पनि सुरक्षित छैन भन्ने लाग्यो, त्यसैले मैले घर गएर मेरी सासुलाई अन्त कतै कोठा भाडामा लिएर बस्न लगाउने निर्णय गरेँ। प्रवेशद्वारमा पुग्नेबित्तिकै, मैले कालो पहिरनका दुईजना जवान पुरुषहरू देखेँ, र भित्र जाने आँटै गरिनँ। पछि, मैले मेरी सासु गिरफ्तार भइसकेकी छिन् भन्ने थाहा पाएँ, र ती कालो पहिरनका पुरुषहरू प्रहरी अधिकृत रहेछन्। मैले यो पनि थाहा पाएँ कि अरूलाई अन्यत्र सर्न लगाउनका लागि मसँगै निस्केकी सिस्टर फर्केर आएकी थिइनन्, र सायद पक्राउ परेकी छिन्। मैले परिस्थितिका कारण त्यसबारे धेरै सोच्न सकिनँ, र म हतारहतार मसँगै खटिएकी सिस्टरसित परिस्थिति सम्हाल्नतिर लागेँ। मैले पछि थाहा पाएँ कि त्यो कम्युनिष्ट पार्टीको समन्वित गिरफ्तारी अभियान थिएछ, र ५ गतेको रात र ६ गतेको दिउँसोबीच २७ जना मानिसहरू पक्राउ परेका रहेछन्। यो अप्ठ्यारो परिस्थिति सामना गर्दा, मलाई थाहा थियो कि परमेश्वर मलाई फरक निर्णय गर्ने मौका दिइरहनुभएको थियो। पहिले, म भगुवा थिएँ, परमेश्वरलाई विश्वासघात गर्थेँ। म फेरि यसपटक परमेश्वरलाई निराश पार्न सक्दिनथेँ, मैले परमेश्वरमाथि भर पर्नुपर्ने, आफ्नो कर्तव्य निभाउनुपर्ने र यी गिरफ्तारीपछिको अवस्था सम्हाल्न अरूसँग मिलेर काम गर्नुपर्ने थियो। त्यसपछि, मैले मेरा ब्रदर-सिस्टरहरूसँगै परिस्थितिलाई सम्हाल्न जारी राखेँ। यसरी अभ्यास गर्नाले मलाई थप सहज अनुभूति भयो।

अहिले मैले आफ्नो अपराधबारे कुरा गर्दा, म मृत्युदेखि डराउने स्वार्थी र नीच व्यक्ति हुँ भन्ने कुरा सामना गर्न र स्विकार्न सक्छु। म उप्रान्त त्यस्तो व्यक्ति हुन चाहदिनँ। म त्यो अपराध चेतावनीको घन्टीझैँ होस् भन्ने चाहन्छु, जसले मलाई एउटै गल्ती नदोहोर्‍याउन सम्झाओस्। अहिले उस्तै स्थितिमा रहेका ब्रदर-सिस्टरहरू देख्दा, म उनीहरूलाई सङ्गति दिन्छु ताकि उनीहरूले परमेश्वरको धर्मी र चिढ्याउन नसकिने स्वभाव बुझ्न, र त्यसलाई चेतावनीका रूपमा लिन सकून्। त्यो अपराधको छाप मेरो हृदयमा अझै बाँकी छ र त्यसले अझै पीडा दिन्छ, तर त्यो मैले जीवनमा बहुमूल्य ठान्ने एउटा अनुभव पनि बनेको छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

रोगबाट आएका आशिषहरू

यो खण्ड पढ्दा मैले एक पटक अनुभव गरेको रोगको परीक्षा याद आउँछ। त्यसबेला केही पीडा र धेरै आँसु आएको थियो, तर मैले केही सत्यहरू बुझेँ, मैले आफ्नो विश्‍वासमा त्यति धेरै आशीर्वादहरू खोज्न छोडेँ र महसुस गरें कि परीक्षाहरू र शोधनहरू मानिसको लागि परमेश्‍वरका साँचो प्रेम र मुक्ति हुन्।

सुसमाचार प्रचार गर्न कठिनाइ हुँदा

सन् २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले प्रभुको पुनरागमनलाई स्वागत गर्न पाउनु ठूलो आशिष थियो। यो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्