खतराको माझमा
ली सिन, चीन२०११ को डिसेम्बरमा, केही मण्डलीका ब्रदर-सिस्टरहरू एकपछि अर्को गर्दै पक्राउ परे। हाम्रो मण्डलीले सिस्टर चेन सी, सिस्टर लियाङ सिन...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २०२१ को सुरुतिर, सिस्टर झाङ यिचेन र मैले मिलेर भर्खरै स्थापित एउटा मण्डलीलाई सहयोग गरिरहेका थियौँ। यिचेन नयाँ विश्वासी थिइन् र उनीसँग त्यति धेरै जीवन अनुभव थिएन, तर उनी राम्रो क्षमता भएको र सक्रिय रूपमा सत्यता पछ्याउने व्यक्ति थिइन्, त्यसकारण म उनलाई जतिसक्दो चाँडो जगेर्ना गर्न चाहन्थेँ, किनभने यसले गर्दा मण्डलीको काम अझ सुचारु ढङ्गमा अघि बढ्नेथियो। मैले जानीबुझी यिचेनलाई मण्डलीका विभिन्न परियोजनाहरूमा संलग्न गराएँ र उनका कुनै पनि कमीकमजोरी देखेँ भने सहयोग गरिहाल्थेँ। केही समयको तालिमपछि, यिचेनले राम्रो प्रगति गरिन्। तर केही महिनापछि, उनलाई बढुवा गरी अर्को काममा खटाइयो। म उनलाई जान दिन चाहन्नथेँ र मलाई अत्यन्तै सक्षम सहयोगी गुमाउँदै छु जस्तो लाग्यो। अब आउने समयमा मैले मण्डलीका सबै काम एकलै सम्हाल्नुपर्दा, धेरै परिश्रम गर्नु एउटा कुरा हो, तर मेरो कार्य प्रस्तुतिमा असर पऱ्यो भने मानिसहरूले मलाई के सोच्लान् भनेर सोचेँ। त्यसपछि, उनले अझै ठूलो बोझ लिँदा मण्डलीको काममा फाइदा नै पुग्छ भन्ने मलाई लाग्यो। म त्यति धेरै स्वार्थी हुनु हुँदैन—यिचेन गएपछि, मैले अरू कसैलाई जगेर्ना गर्न सक्थेँ।
त्यसको चाँडैपछि, नजिकका केही मण्डलीहरूले आफ्ना अनुभवहरू सारांशमा बताउन र बाँड्न मलजलकर्ताहरूका लागि भेला आयोजना गरे। अगुवाले मलाई भेलामा सहभागी गराउन एक जना मलजलकर्ता छनौट गर्न लगाइन्। त्यो बेला, मैले सिस्टर वाङ मिङ्सीलाई सिफारिस गर्ने कि भनेर सोचेँ। उनी प्रभावकारी मलजलकर्ता अनि अत्यन्तै सावधान र जिम्मेवार थिइन्। यदि मैले उनलाई भेलामा पठाएँ भने, उनले फर्केर आएपछि अझै धेरै ब्रदर-सिस्टरहरूलाई जगेर्ना गर्न सक्थिन्, त्यसपछि मण्डलीको मलजल कार्य अझै प्रभावकारी हुनेथियो, र म राम्रो देखिनेथिएँ। त्यसकारण मैले मिङ्सीलाई भेलामा पठाएँ। तर मिङ्सी भेलाबाट फर्केको केही दिनपछि, अगुवाले उनलाई खोजिरहिन्। म यस्तो नसोची बस्नै सकिनँ: “के अगुवाले मिङ्सीलाई बढुवा गर्दै छिन्? हाम्रो मण्डलीमा उनी अनुभवी मलजलकर्ता हुन्। यदि उनी गइन् भने, के हाम्रो मलजलको काममा असर पर्दैन र? त्यसपछि ब्रदर-सिस्टरहरूले मलाई के सोच्लान्? यदि यो थाहा भएको भए, म उनलाई त्यो भेलामा सहभागी हुन दिने नै थिइनँ।” पछि, मिङ्सीले मलाई अर्को मण्डलीमा मलजलकर्ताहरूको धेरै खाँचो भएको हुँदा अगुवाले उनलाई स्थानान्तर गर्ने योजना बनाएकी छिन् भनेर भनिन्। मलाई यसमा सहमत हुन मन थिएन, तर सहमत भइनँ भने, अगुवाले मलाई स्वार्थी र परमेश्वरको इच्छा विचार नगर्ने भन्लिन् भन्ने चिन्ता लाग्यो। मसँग मिङ्सीलाई जान दिनुबाहेक कुनै विकल्प थिएन। उनी गएपछि, मलाई निकै निराश लाग्यो। मैले मनमनै सोचेँ: “मलजल गर्ने सक्षम मलजलकर्ताहरू नभएको कारण, यदि नयाँ विश्वासीहरूले मण्डली छोडे भने, कतै अगुवाले मेरो निराकरण गर्ने र मैले आफ्नो जिम्मेवारी पूरा गरिनँ भनेर भन्ने त होइनन्? मैले त्यस्तो बेइज्जत कसरी सहने?” यसबारे जति विचार गरेँ, मलाई त्यति नै प्रतिरोधको भावना जाग्यो।
एक दिन, म भेलाबाट फर्किँदा नयाँ विश्वासीहरूलाई मलजल गर्ने काम गरिरहेका दुई जना सिस्टरले मलाई भने: “हामीले अगुवाबाट एउटा पत्र प्राप्त गर्यौँ जसमा तपाईंलाई थप दुई जना मलजलकर्ताहरू खोज्न र हामी दुई जनाबारे मूल्याङ्कन लेख्न अनुरोध गरिएको छ।” यो सुन्दा, मैले आफ्नो बेखुसी लुकाउनै सकिनँ। मैले मनमनै सोचेँ: “के अगुवाले तिनीहरूलाई पनि अर्कै काममा खटाउने योजना बनाइरहेकी छिन्? मैले यी दुई सिस्टरलाई भर्खरै मात्र तालिम दिएकी छु। मैले तिनीहरूलाई धेरै काम सुम्पन सकेकी छु र अहिले त्यति धेरै चिन्ता गर्नु पर्दैन। यदि तिनीहरूलाई अर्को काममा खटाइयो भने, मेरो कामको बोझ बढ्ने मात्रै होइन, मेरो कार्य प्रस्तुतिमा पनि पक्कै असर पुग्नेछ। यसो भयो भने, के अगुवाले म असल अगुवा होइन भनेर नसोच्लिन् त?” मलाई यस्तो लागेपछि, मैले बेखुस हुँदै भनेँ: “अगुवाले के सोचिरहनुभएको छ मलाई वास्तवमै थाहा छैन।” ती दुई सिस्टरले मलाई घोसे मुन्टो पारेको देखेर छक्क पर्दै सोधे: “तपाईंलाई के भयो? के अगुवाले तपाईंलाई थप दुई मलजलकर्ताहरू खोज्न मात्रै भनिरहनुभएको छैन र?” तिनीहरूको प्रतिक्रिया सुनेपछि, मलाई अलिक अप्ठ्यारो लाग्यो। मैले आफूलाई शान्त पारिसकेपछि झारा टार्ने हिसाबले जवाफ दिएँ, “ठिकै छ त्यसोभए, हामीले केही योग्य व्यक्तिहरूलाई छनौट गर्नुपर्छ।” मुखले त मैले त्यसो भनेँ, तर मनमा भने त्यो निर्णयको विरोध गरिरहेकी थिएँ: “के अगुवाले हाम्रो मण्डलीलाई प्रतिभा तालिम केन्द्र ठानिरहेकी छिन्? कहिले उनलाई त्यो चाहिन्छ, कहिले उनलाई यो चाहिन्छ। मण्डलीको काममा बल्ल प्रगति हुन थालेको छ, तर उनले यी प्रतिभाहरूलाई अर्कै काममा खटाइन् भने हामी कसरी अघि बढ्ने?” यसबारे जति सोचेँ, मलाई त्यति नै नराम्रो लाग्यो र ममा अगुवाप्रति केही वैरभाव पैदा हुन थाल्यो। मैले आफ्नो कर्तव्य पूरा गरिरहेँ, तर पहिलेको जस्तो उत्साह थिएन। केही समयपछि नै, एउटा भेलामा अगुवाले ब्रदर झाओ चेङ्झीबारे थप कुरा सुन्न चाहेको कुरा बताइन्, किनभने उनी तिनलाई बढुवा र जगेर्ना गर्न चाहन्थिन्। यो सुन्नेबित्तिकै त्यो वैरभाव ममा फेरि पलायो। मैले मनमनै विचार गरेँ, “चेङ्झीले आफ्नो कर्तव्य राम्ररी पूरा गरेका छन् र म तिनलाई मलजल कार्य रेखदेख गर्ने काम दिन चाहन्छु। यदि यी सबै मानिसलाई अर्को काममा खटाइयो भने, मैले कसरी यी सबै काम एकलै गर्ने? त्यसपछि के मैले साँच्चै नै राम्रा नतिजाहरू प्राप्त गर्न सक्छु?” यसबारे जति विचार गरेँ, मलाई त्यति नै रिस उठ्यो। “ठिक छ, अर्कै काममा खटाएर लैजाऊ! मण्डलीको काममा म कसरी बाधा बन्न सक्छु र?” त्यसपछि, मैले आफूलाई शान्त पार्न सकिनँ र भेलामा मलाई असाध्यै हडबडी भयो। भेलापछि, म भारी मन लिएर घर फर्किएँ र चेङ्झिलाई अर्को काममा नखटाउन अनुरोध गर्दै अगुवालाई पत्र लेख्ने निर्णय गरेँ। त्यो बेला, मलाई म अविवेकी बन्दै छु भन्ने महसुस भयो, त्यसकारण मैले पत्र नलेख्नु नै राम्रो हुन्छ भन्ने सोचेँ। तर म अझै पनि व्याकुल र निराश थिएँ।
पछि, अगुवाले हामीसँग भेलाको आयोजना गरिन्, र मैले मेरो हालैको स्थिति र व्यवहारबारे सङ्गति गरेँ। अगुवाले मलाई परमेश्वरको वचनको एउटा खण्ड देखाइन्: “ख्रीष्टविरोधीहरूको स्वार्थीपन र दुष्टताको सार प्रस्टै छ; तिनीहरूका यस्ता प्रकटीकरणहरू एकदमै स्पष्ट हुन्छन्। मण्डलीले तिनीहरूलाई काम सुम्पन्छ र यदि त्यसले नाम र फाइदा दिन्छ र तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिन्छ भने तिनीहरू अत्यन्तै चासो लिएर त्यो काम स्विकार्न इच्छुक हुन्छन्। यदि त्यो काममा जस पाइँदैन वा मानिसलाई चिढ्याउनुपर्ने हुन्छ वा त्यसले तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिँदैन वा तिनीहरूको ख्याति, प्राप्ति वा हैसियतलाई फाइदा गर्दैन भने तिनीहरू चासो देखाउँदैनन् र त्यो काम स्विकार्नेछैनन्, मानौँ यो कामको तिनीहरूसँग कुनै सम्बन्ध छैन र त्यो तिनीहरूले गर्नुपर्ने काम होइन। तिनीहरूलाई कठिनाइहरू आइपर्दा तिनीहरू ती समाधान गर्न मरे-काटे सत्यता खोज्दैनन्, झन् त्यसलाई समग्रतामा हेरेर मण्डलीको कामबारे सोच्ने त कुरै छाडौँ। उदाहरणका लागि परमेश्वरको घरको कामको दायराभित्र, कामको समग्र आवश्यकताको आधारमा, केही व्यक्तिहरूलाई स्थानान्तर गरिनुपर्ने हुन सक्छ। यदि मण्डलीबाट एकदुई जना मानिसलाई स्थानान्तर गरियो भने मण्डलीका अगुवाहरूले यस मामिलालाई सम्हाल्ने बुद्धिमानी तरिका के होला? तिनीहरू समग्र हितहरूबारे नभई आफ्नै मण्डलीको हितबारे मात्रै चिन्तित हुन्छन् भने र यदि ती मानिसलाई सरुवा गर्न बिलकुलै अनिच्छुक हुन्छन् भने के समस्या हुन्छ? किन मण्डली अगुवाका रूपमा तिनीहरूले परमेश्वरको घरका केन्द्रीकृत बन्दोबस्तहरू पालना गर्न सक्दैनन्? के त्यस्तो व्यक्तिले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्छ? के उसले कामको समग्र परिदृश्यमा ध्यान दिन्छ? यदि तिनीहरूले परमेश्वरको घरको कामलाई समग्र रूपमा सोच्दैनन्, केवल आफ्नै मण्डलीका हितहरूबारे सोच्छन् भने के तिनीहरू अत्यन्तै स्वार्थी र दुष्ट हुँदैनन् र? मण्डली अगुवाहरू बिनासर्त परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा अनि परमेश्वरको घरका केन्द्रीय बन्दोबस्त र समन्वयमा समर्पित हुनुपर्छ। यो कुरा सत्यता सिद्धान्तअनुरूप हुन्छ। परमेश्वरको घरको कामले मागेमा व्यक्ति जोसुकै भए पनि हरेक व्यक्तिले परमेश्वरको घरका समन्वय र बन्दोबस्तहरूलाई मान्नुपर्छ, र कुनै पनि व्यक्तिगत अगुवा वा कामदारको स्वामित्वमा वा उसको निर्णयको अधीनमा भएजस्तै गरी उसको नियन्त्रणमा बस्नु हुँदैन। परमेश्वरका चुनिएका मानिसले परमेश्वरको घरका केन्द्रीय बन्दोबस्तहरूलाई पालना गर्नु पूर्णतया स्वाभाविक र जायज कुरा हो, र कुनै अगुवा वा कामदारले सिद्धान्तविपरीत आफूखुसी सरुवा नगरेसम्म यी बन्दोबस्तहरूलाई कसैले पनि उल्लङ्घन गर्न मिल्दैन, आफूखुसी सरुवा गरेको खण्डमा यो बन्दोबस्तलाई अवज्ञा गर्न सकिन्छ। यदि सिद्धान्तहरूबमोजिम सामान्य सरुवा गरिएको छ भने परमेश्वरका चुनिएका मानिस सबैले पालना गर्नुपर्छ, र कुनै पनि अगुवा वा कामदारसँग अरू कसैलाई नियन्त्रण गर्ने अधिकार वा कारण हुँदैन। के तिमीहरू यस्तो कुनै काम हुन्छ भनेर भन्छौ जुन परमेश्वरको घरको काम हुँदैन? के यस्तो कुनै काम हुन्छ जसमा परमेश्वरको राज्यको सुसमाचार फैलाउने काम सामेल हुँदैन? यो सबै परमेश्वरको घरको काम हो, प्रत्येक काम बराबर छ, र यहाँ ‘तेरो’ र ‘मेरो’ हुँदैन। यदि सरुवा सिद्धान्तहरूअनुरूप छ र मण्डलीको कामका मागहरूका आधारमा गरिएको हो भने यी मानिसको आवश्यकता जहाँ धेरै छ तिनीहरू त्यहीँ जानुपर्छ। तर यस प्रकारको परिस्थितिको सामना गर्दा ख्रीष्टविरोधीहरूको प्रतिक्रियाचाहिँ कस्तो हुन्छ त? तिनीहरू यी उचित मानिसहरूलाई आफ्नो नजिक राख्न विभिन्न निहुँ र बहाना बनाउँछन्, अनि तिनीहरू दुईजना साधारण मानिस मात्र उपलब्ध गराउँछन्, त्यसपछि कि त व्यस्तता छ भनेर वा काम गर्ने हातहरूको कमी छ, मानिसहरू भेट्टाउन गाह्रो छ भनेर, यदि यी दुईलाई सरुवा गरियो भने काम प्रभावित हुनेछ भन्दै तँ तिरै दबाब पारिदिने बहाना खोज्छन्। अनि उनीहरूले के गर्नुपर्छ भनी तँलाई सोध्छन् र तँलाई मानिसहरूलाई सरुवा गर्नुको मतलब तँ उनीहरूप्रति ऋणी भएको अर्थ लाग्छ भन्ने महसुस गराउँछन्। के दियाबलसहरू यस्तै प्रकारले काम गर्दैनन् र? गैरविश्वासीहरूले यसरी नै कामकुरा गर्छन्। मण्डलीमा सधैँ आफ्नै हितहरू रक्षा गर्न प्रयास गर्ने मानिसहरू—के ती असल मानिसहरू हुन्? के उनीहरू सिद्धान्तअनुसार काम गर्ने मानिसहरू हुन्? अवश्यै होइनन्। तिनीहरू गैरविश्वासीहरू र अविश्वासीहरू हुन्। अनि के यो स्वार्थी र दुष्ट कुरा होइन र? यदि कुनै ख्रीष्टविरोधीको अधीनमा रहेर काम गर्ने राम्रो क्षमता भएको व्यक्तिलाई अर्को कर्तव्य पूरा गर्न सरुवा गरियो भने, ख्रीष्टविरोधीले हठी भएर यसलाई विरोध र इन्कार गर्छ—ऊ आफ्नो हृदयमा राजीनामा दिन चाहन्छ र ऊसँग अगुवा वा समूह प्रमुख भएर काम गर्ने कुनै जाँगर हुँदैन। यो कस्तो समस्या हो? मण्डलीका बन्दोबस्तहरूप्रति किन तिनीहरूमा कुनै आज्ञापालन हुँदैन? तिनीहरूले आफ्नो ‘दाहिने हात’ को सरुवा हुँदा यसले तिनीहरूको कामको नतिजा र प्रगतिमा असर गर्छ, फलस्वरूप तिनीहरूको हैसियत र प्रतिष्ठामा असर पुग्नेछ, जसले गर्दा तिनीहरूले कामका नतिजाहरू सुनिश्चित गर्नका लागि आफूले अझै धेरै परिश्रम गर्न र कष्ट भोग्न बाध्य हुनुपर्छ भन्ने सोच्छन्—जुन तिनीहरूले अन्तिम विकल्पको रूपमा मात्र गर्न चाहने कुरा हो। तिनीहरूलाई आरामको बानी परेको हुन्छ, तिनीहरू अलिक बढी काम गर्न वा अलिक बढी कष्ट भोग्न चाहँदैनन्, त्यसैले तिनीहरू त्यस व्यक्तिलाई जान दिन चाहँदैनन्। यदि परमेश्वरको घरले जे भए पनि स्थानान्तरणलाई अघि बढायो भने, तिनीहरू धेरै गुनासो गर्छन् र आफ्नो कामसमेत त्याग्न चाहन्छन्। के यो स्वार्थी र दुष्ट कुरा होइन र? परमेश्वरका चुनिएका मानिसलाई परमेश्वरको घरले केन्द्रीय रूपमा अह्राउखटाउ गर्छ। यसको कुनै अगुवा, समूह प्रमुख वा व्यक्तिसँग कुनै सरोकार हुँदैन। सबैले सिद्धान्तअनुसार काम गर्नुपर्छ; यो परमेश्वरको घरको नियम हो। ख्रीष्टविरोधीहरू परमेश्वरको घरका सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्; तिनीहरू आफ्नै हैसियत र हितहरूका खातिर निरन्तर षड्यन्त्र रच्छन्, आफ्नै शक्ति र हैसियतलाई दह्रिलो बनाउनका लागि आफ्नो सेवा गर्न लगाउन असल क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूको उपयोग गर्ने आशा गर्छन्। के यो स्वार्थी र दुष्ट होइन र? बाहिरबाट हेर्दा असल क्षमता भएका मानिसलाई आफ्नै साथमा राख्दा र परमेश्वरको घरलाई ती मानिसलाई सरुवा गर्न नदिँदा तिनीहरूले मण्डलीको कामको बारेमा सोचेर तिनीहरूलाई सरुवा हुन नदिएजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले आफ्नै शक्ति र हैसियतको बारेमा मात्र सोचिरहेका हुन्छन्, मण्डलीको कामको बारेमा बिलकुलै सोचिरहेका हुँदैनन्। तिनीहरू आफूले मण्डलीको काम राम्रोसित नगर्ने, र यसरी आफूलाई बर्खास्त गरिने, अनि यसले गर्दा आफ्नो हैसियत गुम्ने हो कि भनी डराउने गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको बृहत् कामको बारेमा सोच्दैनन्, बरु आफ्नै हैसियतको बारेमा मात्रै सोच्छन्, परमेश्वरको घरका हितहरूमा पुग्ने क्षतिको बारेमा कुनै हिसाबकिताब नगरी आफ्नै हैसियत जोगाउँछन्, र मण्डलीको काममा हानि पुर्याउँदै आफ्नै हैसियत र हितहरूको रक्षा गर्छन्। यो स्वार्थी र दुष्ट हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्वरका वचनहरूले ख्रीष्टविरोधीहरू कसरी गहन रूपमा स्वार्थी र घृणित हुन्छन् भनेर खुलासा गर्छन्। तिनीहरू आफ्नो हैसियत र प्रतिष्ठा जोगाउन मानिसहरूलाई जम्मा गर्छन् र तिनीहरूलाई अरूकहाँ पठाउन अनिच्छुक हुन्छन्, यसरी मण्डलीको कामलाई अलिकति पनि विचार गर्दैनन्। मेरो आफ्नै व्यवहार पनि ख्रीष्टविरोधीको जस्तै रहेछ भन्ने मलाई थाहा भयो। विशेष गरी यी हरफहरू पढ्दा मलाई त्यस्तो लाग्यो: “ख्रीष्टविरोधीहरू परमेश्वरको घरका सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्; तिनीहरू आफ्नै हैसियत र हितहरूका खातिर निरन्तर षड्यन्त्र रच्छन्, आफ्नै शक्ति र हैसियतलाई दह्रिलो बनाउनका लागि आफ्नो सेवा गर्न लगाउन असल क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूको उपयोग गर्ने आशा गर्छन्। के यो स्वार्थी र दुष्ट होइन र?” परमेश्वरका वचनहरू पढेर म मर्माहत भएँ। मैले आफ्नो हालैको व्यवहारबारे विचार गरेँ: मिङ्सीलाई बढुवा गरिने सम्भावना छ भन्ने थाहा पाएपछि, मलाई मलजलको काममा असर पर्नेछ र मेरो प्रतिष्ठामा धक्का पुग्नेछ भन्ने चिन्ता लाग्यो, त्यसकारण मैले उनलाई जान दिन चाहिनँ, र उनलाई भेलामा सहभागी हुन पठाएकोमा पछुतोसमेत गरेँ। अगुवाले मलाई मलजल गर्ने थप दुई जना व्यक्ति खोज्नू र मेरा दुई सिस्टरहरूबारे मूल्याङ्कन लेख्नू भन्दा, मैले अगुवाले तिनीहरूलाई अर्को काममा खटाउने योजना बनाइरहेको अनुमान लगाएँ अनि मलाई विरोध र तर्क गर्न मन लाग्यो। ममा अगुवाप्रति वैरभावसमेत जाग्यो। अगुवाले चेङ्झीलाई बढुवा गर्न चाहँदा, मलाई चेङ्झी बढुवा र तालिम दिने सिद्धान्तको मापदण्डभित्र पर्छन् भन्ने थाहा थियो, तर तिनी गए भने यसले कसरी सुसमाचार र मण्डलीको मलजल काममा असर गर्नेछ भनी सोच्दा, मलाई तिनलाई जान दिन मन लागेन। मैले ब्रदर-सिस्टरहरूलाई मेरा दाहिने हातका रूपमा काम गर्ने योग्य व्यक्ति ठानेँ, अनि आफ्नो हैसियत र प्रतिष्ठालाई दह्रिलो बनाउन र आफ्ना स्वार्थी इच्छाहरू पूरा गर्न तिनीहरू सबैलाई आफूसँगै राख्न चाहेँ। मैले मण्डलीका हितबारे सोचिनँ, न त परमेश्वरलाई सन्तुष्ट पार्न कसरी काम गर्ने भन्नेबारेमा नै विचार गरेँ। म अत्यन्तै स्वार्थी र नीच थिएँ। बाहिरी संसारका अविश्वासीहरूले आफ्नो उद्यमलाई फैलाउन र बढाउन सहयोगको लागि आफ्ना मुख्य प्रतिभालाई आफ्नै साथमा राख्न सकेजति सबै गर्छन्। मैले पनि आफ्नो कर्तव्य यस्तै तरिकाले गरेँ। मैले मेरो कर्तव्यलाई आफ्नो व्यक्तिगत उद्यमको रूपमा लिएँ, आफ्नै सेवा गर्ने सिद्धान्तहरूअनुसार चलेँ, र आफ्नै प्रतिष्ठा र हैसियतबारे मात्रै विचार गरेँ। परमेश्वरले त्यस्तो कार्यलाई तिरस्कार र घृणा गर्नुभयो—म परमेश्वरको विरोध गर्ने ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ।
पछि, मैले परमेश्वरको वचनको अर्को खण्ड भेट्टाएँ: “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने, आफ्नै उद्यममा संलग्न हुने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले आधारभूत रूपमा बाधा दिन्छन्, अवरोध पुऱ्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरू सामान्य रूपमा कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्ने कुरामा असर पुर्याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्न गर्छ, उनीहरूलाई परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्याउँछ—र यसले परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्छ र बरबादीमा पुर्याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको मार्ग हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? जब परमेश्वरले मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियत त्याग्न लगाउनुहुन्छ, तब उहाँले तिनीहरूको स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार हटाइरहनुभएको हुँदैन; बरु, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध पुर्याउँछन्, र अझ धेरै मानिसलाई परमेश्वरका वचनहरू खान र पिउन र सत्यता बुझ्न, अनि परमेश्वरको मुक्ति प्राप्त गर्नमा समेत असर पुर्याउँछन्, त्यसैले यसो गरिन्छ। यो नकार्न नसकिने तथ्य हो। जब मानिसहरू आफ्नै ख्याति, प्राप्ति र हैसियत पछ्याउँछन्, तब तिनीहरू सत्यता पछ्याउँदैनन् र तिनीहरूले अर्पित भएर आफ्नो कर्तव्य पूरा गर्दैनन् भन्ने कुरा निश्चित हुन्छ। तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको खातिर मात्र बोल्ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्नेमा कुनै सन्देह छैन; यो परमेश्वरको काममा अवरोध गर्नु र बाधा दिनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचारको फैलावट र मण्डलीभित्रको परमेश्वरको इच्छा अघि बढाउनमा रोकावट पैदा गरिरहेका हुन्छन्। त्यसकारण, ख्याति, प्राप्ति र हैसियत पछ्याउने मानिसहरू परमेश्वरको प्रतिरोध गर्ने मार्गमा हिँडिरहेका छन् भनेर निश्चयका साथ भन्न सकिन्छ; उनीहरू जानीजानी उहाँको प्रतिरोध गरिरहेका र उहाँलाई इन्कार गरिरहेका छन्—अनि परमेश्वरको प्रतिरोध गर्न शैतानसँग सहकार्य गरिरहेका र उहाँविरुद्ध उभिरहेका छन्। यो मानिसहरूद्वारा गरिने ख्याति, प्राप्ति र हैसियतको खोजीको प्रकृति हो। मानिसहरूले आफ्ना हितहरू पछ्याउनुको त्रुटि भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानी हुन्—र ती दुष्ट र अन्यायपूर्ण लक्ष्यहरू हुन्। जब मानिसहरूले ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरू पछ्याउँछन्, उनीहरू अनजानमै शैतानको औजार, शैतानका लागि निकासद्वार, र त्योभन्दा पनि बढी, शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्वरको वचनबाट मैले के थाहा पाएँ भने, सत्यता अभ्यास गर्न असफल हुनु र सधैँ आफ्नै हितहरूको रक्षा गर्नुका प्रकृति र परिणामहरू साँच्चै गम्भीर हुन्छन्। यसले मण्डलीको काममा बाधा र रोकावट ल्याउँछ र यो शैतानप्रतिको सेवा हो। मण्डलीले उपयुक्त पदको लागि तालिम दिन मानिसहरूलाई जगेर्ना र बढुवा गर्छ, र तिनीहरूलाई आफ्नो सीपको अधिकतम सदुपयोग गर्न सहयोग गर्छ। यो ब्रदर-सिस्टरहरूको जीवन प्रवेश र मण्डलीको कामको लागि फाइदाजनक हुन्छ र यो परमेश्वरको इच्छाअनुरूप छ—यो मैले अगुवाको रूपमा संरक्षण र साथ दिनुपर्ने सकारात्मक कुरा हो। तर ब्रदर-सिस्टरहरूलाई बढुवा गरिएको देख्दा, म तिनीहरूप्रति खुसी भइनँ, अनि मैले आफ्नै प्रतिष्ठा र हैसियतलाई मात्रै विचार गरेँ। मलाई यी ब्रदर-सिस्टरहरू प्रभावकारी छन्, तिनीहरू मेरो दाहिने हात हुन्, र सक्षम सहायकहरू हुन् भन्ने लाग्यो। तिनीहरूले मेरो मण्डलीमा आफ्नो कर्तव्य पूरा गरे भने मैले त्यति चिन्ता गर्नु गर्नुपर्दैन, हामीले अझै प्रभावकारी रूपमा काम गर्न सक्थ्यौँ, र मेरो हैसियत अझै मजबुत हुनेथियो। त्यसकारण जब एकपछि अर्को व्यक्तिलाई बढुवा गरी अर्को काममा खटाइयो, तब ममा विरोध र आक्रोश जाग्यो अनि मैले तिनीहरूलाई जान दिन चाहिनँ। मण्डलीको कामको लागि के राम्रो हुन्छ भनेर मैले अलिकति पनि विचार गरिनँ, न त मैले तिनीहरूले कस्तो परिस्थितिमा सर्वोत्तम तालिम प्राप्त गर्न सक्छन् र आफ्नो सीप प्रयोग गर्ने मौका पाउँछन् भन्ने बारेमा नै विचार गरेँ। के यसलाई मैले आफ्नो कर्तव्य पूरा गरेको भन्ने? मैले स्पष्ट रूपमै मण्डलीको काममा बाधा पुऱ्याउँदै शैतानको दूत रूपमा काम गरिरहेकी थिएँ। मैले आफ्नै प्रतिष्ठा र हैसियतको लागि मात्रै आफ्नो कर्तव्य पूरा गरिरहेकी थिएँ, र मैले जति धेरै काम गरे पनि, परमेश्वरले यसलाई स्वीकार गर्नुहुनेथिएन। मलाई धार्मिक संसारका पाष्टर र एल्डरहरूबारे याद आयो जसलाई सर्वशक्तिमान् परमेश्वरको मण्डलीले प्रभु फर्केर आइसक्नुभएको छ भनेर गवाही दिएको राम्ररी थाहा छ, तैपनि तिनीहरूले आफ्नो हैसियत र आम्दानी जोगाउन विश्वासीहरूलाई साँचो मार्गबारे अनुसन्धान गर्न र प्रभुलाई स्वागत गर्नबाट रोक्न हर कुरा गर्छन्। तिनीहरूले विश्वासीहरूलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, र तिनीहरूलाई बलियो गरी आफ्नो शक्तिअन्तर्गत राख्छन्। तिनीहरू विश्वासीहरूका लागि परमेश्वरसँग होड गर्छन् अनि ख्रीष्टविरोधी र दुष्टका चाकर बन्छन्, परमेश्वरद्वारा दण्डित र श्रापित हुन्छन्। के मेरो कार्यशैली यी पाष्टर र एल्डरहरूको भन्दा कुनै फरक थियो र? यदि मैले पश्चात्ताप नगरेको भए, मेरो हालत पनि धार्मिक संसारका फरिसीहरूको जस्तै हुनेथियो, मैले परमेश्वरको स्वभावलाई चिढ्याउनेथिएँ र उहाँको दण्ड र श्राप भोग्नेथिएँ।
त्यो बेला, मैले परमेश्वरको वचनको अर्को खण्ड भेट्टाएँ: “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूले अभ्यासको मार्ग देखाउँछन्। आफ्नो कर्तव्य निभाउँदा मण्डलीका हितहरूलाई प्राथमिकता दिनु र मण्डलीको कामको रक्षा गर्न आफ्ना व्यक्तिगत हितहरूलाई पन्छ्याउनु महत्त्वपूर्ण छ। वास्तवमा, विवेक, समझ र मानवता भएका मानिसहरूले कामको आवश्यकतालाई विचार गर्छन्, र मानिसहरूलाई अर्को काममा खटाइँदा मण्डलीका बन्दोबस्तहरूलाई मान्छन्। तिनीहरू आफ्नै हितहरूबारे विचार गर्दैनन्। अगुवाको रूपमा व्यक्तिको कामको मुख्य पक्ष भनेको ब्रदर-सिस्टरहरूलाई मलजल गर्नु र प्रतिभालाई गोडमेल गर्नु अनि हरेक ब्रदर-सिस्टरलाई आफ्नो प्रतिभा प्रयोग गर्न र तिनीहरूलाई सबैभन्दा उपयुक्त कर्तव्य पूरा गर्न दिनु हो। परमेश्वरका चुनिएका जनहरू परमेश्वरका हुन्, कुनै एक व्यक्तिका होइनन्। मण्डलीले काममा के जरुरी छ र को कुन कर्तव्यको लागि सबैभन्दा उपयुक्त छ भन्ने आधारमा मानिसहरूलाई अर्को काममा खटाउने छनौट गर्न सक्छ। मानिसहरूलाई आफ्नै लागि जम्मा गर्ने मसित कुनै अधिकार थिएन। यो कुरा बुझेपछि, म आफ्नो देहसुखलाई त्याग्न र अबउप्रान्त स्वार्थी र घृणित भई आफ्नै हितहरूलाई अघि नराख्न तयार भएँ।
एक दिन, मैले अगुवाबाट पत्र प्राप्त गरेँ, जसमा मलाई चेङ्झीबारे मूल्याङ्कन लेख्न अनुरोध गरिएको थियो। तिनलाई बढुवा दिएर मलजलको कामबाट अर्कै काममा लगाउन सकिन्छ कि सकिँदैन भनेर उनले छानबिन गर्न चाहेकी थिइन्। मैले मनमनै सोचेँ: “अहिले हाम्रो मण्डलीको सुसमाचार र मलजल कार्यको रेखदेख चेङ्झीले नै गर्छन्। यदि तिनी गए र हाम्रो कार्य प्रस्तुतिमा असर पुग्यो भने, के अगुवाले म अदक्ष छु भनेर नभन्लिन् त?” त्यही बेला, मलाई म फेरि पनि स्वार्थी र स्वहित चाहने बनिरहेकी छु भन्ने महसुस भयो। चेङ्झी प्रतिभावान् मलजलकर्ता थिए, र तिनलाई अझै बृहत् कामको जिम्मेवारी दिइयो भने मण्डलीको कामका लागि अझै फाइदाजनक हुनेथियो। फलस्वरूप, तिनले अझै धेरै तालिम पाउनेथिए, त्यसकारण मैले यसमा साथ दिनुपर्थ्यो। त्यो बेला, मलाई परमेश्वरका यी वचनहरू याद आयो: “परमेश्वर सदासर्वदा सर्वोच्च हुनुहुन्छ र उहाँ सदासर्वदा आदरणीय हुनुहुन्छ भने, मानिसचाहिँ सदैव तुच्छ र सदैव मूल्यहीन हुन्छ। किनभने परमेश्वर सदासर्वदा मानवजातिका लागि आफैलाई अर्पित गर्नुहुन्छ र समर्पित गर्नुहुन्छ, जबकि मानिसले चाहिँ सधैँ आफ्नै निम्ति माग गर्छ र आफ्नै निम्ति लागिपर्छ। परमेश्वर सधैँ मानवजातिको अस्तित्वका लागि धेरै कष्ट उठाउनुहुन्छ, तैपनि मानिसले कहिल्यै इन्साफ वा ज्योतिका खातिर कुनै योगदान गर्दैन, र मानिसले केही अस्थायी प्रयास गरे पनि, त्यसले एउटै प्रहार पनि सहन सक्दैन, किनभने मानिसको प्रयास सधैँ आफ्नै निम्ति मात्र हुन्छ, र अरूका लागि हुँदैन। मानिस सदासर्वदा स्वार्थी हुन्छ, जबकि परमेश्वर सदासर्वदा निःस्वार्थ हुनुहुन्छ। परमेश्वर सबै न्यायवान्, असल र सुन्दर कुराहरूको मूल हुनुहुन्छ, जबकि मानिस त्यो हो, जसले सबै कुरूपता र दुष्टताको उत्तराधिकार लिन्छ र तिनलाई व्यक्त गर्छ। परमेश्वरले इन्साफ र सुन्दरताको आफ्नो सार कहिल्यै रूपान्तरण गर्नुहुनेछैन, तैपनि मानिस कुनै पनि समयमा र कुनै पनि स्थानमा इन्साफलाई धोका दिएर परमेश्वरदेखि टाढा जान सक्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको स्वभाव बुझ्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ)। परमेश्वर अत्यन्तै पवित्र हुनुहुन्छ! परमेश्वर सदासर्वदा निस्स्वार्थ हुनुहुन्छ, र उहाँले जे गर्नुभए पनि वा मानिसहरूका लागि उहाँले जे-जस्तो परिस्थिति तय गर्नुभए पनि, सधैँ मानिसहरूको जीवनलाई ध्यानमा राखेर हाम्रा भ्रष्ट स्वभावलाई धुन र रूपान्तरण गर्न त्यसो गर्नुहुन्छ, यसरी हामी मुक्ति पाउन र सामान्य मानवतामा जिउन सक्छौँ। मैले आत्मचिन्तन गरेर के देखेँ भने, परमेश्वरले तय गर्नुभएको परिस्थितिले मेरा हितहरूलाई जोखिममा पार्दा, गुनासो गरेँ र विरोध गरेँ अनि म औधी स्वार्थी र घृणित बनेँ। परमेश्वरको पवित्रता र निस्स्वार्थपनबारे विचार गर्दा, मलाई लाज लाग्यो, पछुतो र ग्लानि भयो। यसरी जिउनु दुःखलाग्दो, नीच, र व्यर्थ रहेछ भन्ने मलाई महसुस भयो। मैले आफ्नै प्रतिष्ठा र हैसियतबारे मात्रै विचार गर्ने त्यस्तो स्वार्थी र घृणित व्यक्ति हुन छोड्नुपर्थ्यो। मैले मण्डलीका हितहरूलाई प्राथमिकता दिनुपर्थ्यो। त्यसकारण मैले चेङ्झीका सबै मूल्याङ्कनहरू सङ्कलन गरेँ र अगुवालाई बुझाएँ, अनि त्यसपछि उनलाई सुपरभाइजरको रूपमा बढुवा गरियो। त्यसरी अभ्यास गरेपछि, मलाई ढुक्क र शान्ति महसुस भयो।
केही समयपछि, मैले सिस्टर लि हुईसँग राम्रो क्षमता भएको, उनले विस्तृत र तहगत रूपमा सत्यतामा सङ्गति गर्ने गरेको, ब्रदर-सिस्टरहरूलाई प्रेम र धैर्यसाथ व्यवहार गर्ने गरेको, उनीसित सुसमाचार फैलाउन र नयाँ विश्वासीहरूलाई मलजल गर्न चाहिने प्रतिभाहरू भएको र उनी तालिम दिन योग्य रहेको देखेँ। चेङ्झी गएपछि, हाम्रो सुसमाचारको काममा असर मात्र परेन होइन, बरु यसमा अलिक सुधारसमेत भयो। पहिले, म सधैँ यी मानिसहरू गएपछि हाम्रो काममा असर पुग्छ भनेर सोच्ने गर्थेँ। तर अहिले म पूर्ण रूपमा गलत थिएँ भन्ने मलाई महसुस हुन्छ। यो त पहिले नै रहेका श्रोत-साधनमा भर परेर व्यावहारिक काम नगर्ने मेरो बहाना मात्रै थियो। वास्तवमा, हाम्रो हृदय ठिक ठाउँमा हुनु महत्त्वपूर्ण छ। यदि तपाईं परमेश्वरको इच्छाप्रति विचारशील हुन सक्नुभयो, स्वहित चिताएर चल्न छोड्नुभयो, अरूलाई अर्को काममा खठाइनासाथ नयाँ प्रतिभाहरूलाई तालिम दिनुभयो, र आफ्नो काममा आएका समस्याहरूलाई समयमै समाधान गर्नुभयो भने, तपाईंले परमेश्वरको मार्गदर्शन प्राप्त गर्नुहुनेछ। अनि, तपाईंको काममा निरन्तर सुधार हुँदै जानेछ। परमेश्वरलाई धन्यवाद!
ली सिन, चीन२०११ को डिसेम्बरमा, केही मण्डलीका ब्रदर-सिस्टरहरू एकपछि अर्को गर्दै पक्राउ परे। हाम्रो मण्डलीले सिस्टर चेन सी, सिस्टर लियाङ सिन...
यान झेन, चीनसन् २०२४ को अप्रिलमा, मलाई जिल्ला अगुवा चुनियो, र त्यतिबेला, मैले धेरै दबाब महसुस गरेँ। मलाई यो कर्तव्यको जिम्मेवारी भारी छ,...
जिङ्रु, चीनसन् २०१७ मा, मण्डलीमा सफाइको काम मेरो जिम्मामा थियो। जुलाई २ मा धेरै अगुवा र कामदारहरू अनि ब्रदर-सिस्टरहरू पक्राउ परे। त्यतिबेला...
रोक्साना, ताइवानम दुई वर्षभन्दा बढी समयदेखि भिडियोको कामको सुपरिवेक्षक रहँदै आएको छु। केही समयअघि, कामको आवश्यकताले गर्दा हाम्रो समूहलाई...