स्वार्थ खराब हुन्छ

25 फेब्रुअरी 2023

याङ शुओ, चीन

सन् २०२१ को सुरुतिर, सिस्टर झाङ यिचेन र मैले मिलेर भर्खरै स्थापित एउटा मण्डलीलाई सहयोग गरिरहेका थियौँ। यिचेन नयाँ विश्‍वासी थिइन् र उनीसँग त्यति धेरै जीवन अनुभव थिएन, तर उनी राम्रो क्षमता भएको र सक्रिय रूपमा सत्यता पछ्याउने व्यक्ति थिइन्, त्यसकारण म उनलाई जतिसक्दो चाँडो जगेर्ना गर्न चाहन्थेँ, किनभने यसले गर्दा मण्डलीको काम अझ सुचारु ढङ्गमा अघि बढ्नेथियो। मैले जानीबुझी यिचेनलाई मण्डलीका विभिन्‍न परियोजनाहरूमा संलग्‍न गराएँ र उनका कुनै पनि कमीकमजोरी देखेँ भने सहयोग गरिहाल्थेँ। केही समयको तालिमपछि, यिचेनले राम्रो प्रगति गरिन्। तर केही महिनापछि, उनलाई बढुवा गरी अर्को काममा खटाइयो। म उनलाई जान दिन चाहन्‍नथेँ र मलाई अत्यन्तै सक्षम सहयोगी गुमाउँदै छु जस्तो लाग्यो। अब आउने समयमा मैले मण्डलीका सबै काम एकलै सम्‍हाल्‍नुपर्दा, धेरै परिश्रम गर्नु एउटा कुरा हो, तर मेरो कार्य प्रस्तुतिमा असर पऱ्यो भने मानिसहरूले मलाई के सोच्‍लान् भनेर सोचेँ। त्यसपछि, उनले अझै ठूलो बोझ लिँदा मण्डलीको काममा फाइदा नै पुग्छ भन्ने मलाई लाग्यो। म त्यति धेरै स्वार्थी हुनु हुँदैन—यिचेन गएपछि, मैले अरू कसैलाई जगेर्ना गर्न सक्थेँ।

त्यसको चाँडैपछि, नजिकका केही मण्डलीहरूले आफ्‍ना अनुभवहरू सारांशमा बताउन र बाँड्न मलजलकर्ताहरूका लागि भेला आयोजना गरे। अगुवाले मलाई भेलामा सहभागी गराउन एक जना मलजलकर्ता छनौट गर्न लगाइन्। त्यो बेला, मैले सिस्टर वाङ मिङ्सीलाई सिफारिस गर्ने कि भनेर सोचेँ। उनी प्रभावकारी मलजलकर्ता अनि अत्यन्तै सावधान र जिम्‍मेवार थिइन्। यदि मैले उनलाई भेलामा पठाएँ भने, उनले फर्केर आएपछि अझै धेरै ब्रदर-सिस्टरहरूलाई जगेर्ना गर्न सक्थिन्, त्यसपछि मण्डलीको मलजल कार्य अझै प्रभावकारी हुनेथियो, र म राम्रो देखिनेथिएँ। त्यसकारण मैले मिङ्सीलाई भेलामा पठाएँ। तर मिङ्सी भेलाबाट फर्केको केही दिनपछि, अगुवाले उनलाई खोजिरहिन्। म यस्तो नसोची बस्नै सकिनँ: “के अगुवाले मिङ्सीलाई बढुवा गर्दै छिन्? हाम्रो मण्डलीमा उनी अनुभवी मलजलकर्ता हुन्। यदि उनी गइन् भने, के हाम्रो मलजलको काममा असर पर्दैन र? त्यसपछि ब्रदर-सिस्टरहरूले मलाई के सोच्लान्? यदि यो थाहा भएको भए, म उनलाई त्यो भेलामा सहभागी हुन दिने नै थिइनँ।” पछि, मिङ्सीले मलाई अर्को मण्डलीमा मलजलकर्ताहरूको धेरै खाँचो भएको हुँदा अगुवाले उनलाई स्थानान्तर गर्ने योजना बनाएकी छिन् भनेर भनिन्। मलाई यसमा सहमत हुन मन थिएन, तर सहमत भइनँ भने, अगुवाले मलाई स्वार्थी र परमेश्‍वरको इच्‍छा विचार नगर्ने भन्लिन् भन्‍ने चिन्ता लाग्यो। मसँग मिङ्सीलाई जान दिनुबाहेक कुनै विकल्‍प थिएन। उनी गएपछि, मलाई निकै निराश लाग्यो। मैले मनमनै सोचेँ: “मलजल गर्ने सक्षम मलजलकर्ताहरू नभएको कारण, यदि नयाँ विश्वासीहरूले मण्डली छोडे भने, कतै अगुवाले मेरो निराकरण गर्ने र मैले आफ्‍नो जिम्‍मेवारी पूरा गरिनँ भनेर भन्‍ने त होइनन्? मैले त्यस्तो बेइज्जत कसरी सहने?” यसबारे जति विचार गरेँ, मलाई त्यति नै प्रतिरोधको भावना जाग्यो।

एक दिन, म भेलाबाट फर्किँदा नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम गरिरहेका दुई जना सिस्टरले मलाई भने: “हामीले अगुवाबाट एउटा पत्र प्राप्त गर्‍यौँ जसमा तपाईंलाई थप दुई जना मलजलकर्ताहरू खोज्‍न र हामी दुई जनाबारे मूल्याङ्कन लेख्‍न अनुरोध गरिएको छ।” यो सुन्दा, मैले आफ्नो बेखुसी लुकाउनै सकिनँ। मैले मनमनै सोचेँ: “के अगुवाले तिनीहरूलाई पनि अर्कै काममा खटाउने योजना बनाइरहेकी छिन्? मैले यी दुई सिस्टरलाई भर्खरै मात्र तालिम दिएकी छु। मैले तिनीहरूलाई धेरै काम सुम्पन सकेकी छु र अहिले त्यति धेरै चिन्ता गर्नु पर्दैन। यदि तिनीहरूलाई अर्को काममा खटाइयो भने, मेरो कामको बोझ बढ्ने मात्रै होइन, मेरो कार्य प्रस्तुतिमा पनि पक्‍कै असर पुग्नेछ। यसो भयो भने, के अगुवाले म असल अगुवा होइन भनेर नसोच्लिन् त?” मलाई यस्तो लागेपछि, मैले बेखुस हुँदै भनेँ: “अगुवाले के सोचिरहनुभएको छ मलाई वास्तवमै थाहा छैन।” ती दुई सिस्टरले मलाई घोसे मुन्टो पारेको देखेर छक्‍क पर्दै सोधे: “तपाईंलाई के भयो? के अगुवाले तपाईंलाई थप दुई मलजलकर्ताहरू खोज्‍न मात्रै भनिरहनुभएको छैन र?” तिनीहरूको प्रतिक्रिया सुनेपछि, मलाई अलिक अप्ठ्यारो लाग्यो। मैले आफूलाई शान्त पारिसकेपछि झारा टार्ने हिसाबले जवाफ दिएँ, “ठिकै छ त्यसोभए, हामीले केही योग्य व्यक्तिहरूलाई छनौट गर्नुपर्छ।” मुखले त मैले त्यसो भनेँ, तर मनमा भने त्यो निर्णयको विरोध गरिरहेकी थिएँ: “के अगुवाले हाम्रो मण्डलीलाई प्रतिभा तालिम केन्द्र ठानिरहेकी छिन्? कहिले उनलाई त्यो चाहिन्छ, कहिले उनलाई यो चाहिन्छ। मण्डलीको काममा बल्‍ल प्रगति हुन थालेको छ, तर उनले यी प्रतिभाहरूलाई अर्कै काममा खटाइन् भने हामी कसरी अघि बढ्ने?” यसबारे जति सोचेँ, मलाई त्यति नै नराम्रो लाग्यो र ममा अगुवाप्रति केही वैरभाव पैदा हुन थाल्यो। मैले आफ्‍नो कर्तव्य पूरा गरिरहेँ, तर पहिलेको जस्तो उत्साह थिएन। केही समयपछि नै, एउटा भेलामा अगुवाले ब्रदर झाओ चेङ्झीबारे थप कुरा सुन्‍न चाहेको कुरा बताइन्, किनभने उनी तिनलाई बढुवा र जगेर्ना गर्न चाहन्थिन्। यो सुन्‍नेबित्तिकै त्यो वैरभाव ममा फेरि पलायो। मैले मनमनै विचार गरेँ, “चेङ्झीले आफ्‍नो कर्तव्य राम्ररी पूरा गरेका छन् र म तिनलाई मलजल कार्य रेखदेख गर्ने काम दिन चाहन्छु। यदि यी सबै मानिसलाई अर्को काममा खटाइयो भने, मैले कसरी यी सबै काम एकलै गर्ने? त्यसपछि के मैले साँच्‍चै नै राम्रा नतिजाहरू प्राप्त गर्न सक्छु?” यसबारे जति विचार गरेँ, मलाई त्यति नै रिस उठ्यो। “ठिक छ, अर्कै काममा खटाएर लैजाऊ! मण्डलीको काममा म कसरी बाधा बन्न सक्छु र?” त्यसपछि, मैले आफूलाई शान्त पार्न सकिनँ र भेलामा मलाई असाध्यै हडबडी भयो। भेलापछि, म भारी मन लिएर घर फर्किएँ र चेङ्झिलाई अर्को काममा नखटाउन अनुरोध गर्दै अगुवालाई पत्र लेख्‍ने निर्णय गरेँ। त्यो बेला, मलाई म अविवेकी बन्दै छु भन्‍ने महसुस भयो, त्यसकारण मैले पत्र नलेख्‍नु नै राम्रो हुन्छ भन्‍ने सोचेँ। तर म अझै पनि व्याकुल र निराश थिएँ।

पछि, अगुवाले हामीसँग भेलाको आयोजना गरिन्, र मैले मेरो हालैको स्थिति र व्यवहारबारे सङ्गति गरेँ। अगुवाले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड देखाइन्: “ख्रीष्टविरोधीहरूको स्वार्थीपन र दुष्टताको सार प्रस्टै छ; तिनीहरूका यस्ता प्रकटीकरणहरू एकदमै स्पष्ट हुन्छन्। मण्डलीले तिनीहरूलाई सानो काम सुम्पन्छ, र यदि त्यसले नाम र दाम दिन्छ र तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिन्छ भने, तिनीहरू अत्यन्तै चासो लिएर त्यो काम स्विकार्न इच्छुक हुन्छन्। यदि त्यो काममा जस पाइँदैन वा मानिसलाई चिढ्याउनुपर्ने हुन्छ, वा त्यसले तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिँदैन वा तिनीहरूको प्रसिद्धि, प्राप्ति वा हैसियतलाई फाइदा गर्दैन भने, तिनीहरू चासो देखाउँदैनन् र त्यो काम स्विकार्नेछैनन्, मानौँ यो कामको तिनीहरूसँग कुनै सम्बन्ध छैन, र त्यो तिनीहरूले गर्नुपर्ने काम होइन। तिनीहरूलाई कठिनाइहरू आइपर्दा, तिनीहरू ती समाधान गर्न मरेकाटे सत्यता खोज्दैनन्, झन् त्यसलाई समग्रतामा हेरेर मण्डलीको कामबारे सोच्ने त कुरै छाडौँ। उदाहरणका लागि, परमेश्‍वरको घरको कामको दायराभित्र, कामको समग्र आवश्यकताको आधारमा, केही व्यक्तिहरूलाई स्थानान्तर गरिनुपर्ने हुन सक्छ। यदि मण्डलीबाट एकदुई जना मानिसहरूलाई स्थानान्तर गरियो भने, मण्डलीका अगुवाहरूले यस मामिलालाई सम्हाल्ने बुद्धिमानी तरिका के होला? तिनीहरू समग्र हितहरूबारे नभई, आफ्‍नै मण्डलीको हितबारे मात्रै चिन्तित हुन्छन् भने, र यदि ती मानिसहरूलाई सरुवा गर्न बिलकुलै अनिच्छुक हुन्छन् भने, के समस्या हुन्छ? किन मण्डली अगुवाका रूपमा तिनीहरूले परमेश्‍वरको घरका केन्द्रीकृत बन्दोबस्तहरू पालना गर्न सक्दैनन्? के त्यस्तो व्यक्तिले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्छ? के उसले कामको समग्र परिदृश्यमा ध्यान दिन्छ? यदि तिनीहरूले परमेश्‍वरको घरको कामलाई समग्र रूपमा सोच्दैनन्, केवल आफ्‍नै मण्डलीका हितहरूबारे सोच्छन् भने, के तिनीहरू अत्यन्तै स्वार्थी र नीच हुँदैनन् र? मण्डली अगुवाहरू बिनासर्त परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा, अनि परमेश्‍वरको घरका केन्द्रीय बन्दोबस्त र समन्वयमा समर्पित हुनुपर्छ। यो कुरा सत्यता सिद्धान्तअनुरूप हुन्छ। परमेश्‍वरको घरको कामले मागेमा, व्यक्ति जोसुकै भए पनि, हरेक व्यक्तिले परमेश्‍वरको घरका समन्वय र बन्दोबस्तहरूलाई मान्‍नुपर्छ, र कुनै पनि व्यक्तिगत अगुवा वा सेवकको स्वामित्वमा वा उसको निर्णयको अधीनमा भएजस्तै गरी उसको नियन्त्रणमा बस्‍नु हुँदैन। परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरको घरका केन्द्रीय बन्दोबस्तहरूलाई पालना गर्नु पूर्णतया स्वाभाविक र जायज कुरा हो, र कुनै अगुवा वा सेवकले सिद्धान्तविपरीत आफूखुसी सरुवा नगरेसम्म यी बन्दोबस्तहरूलाई कसैले पनि उल्‍लङ्घन गर्न मिल्दैन, आफूखुसी सरुवा गरेको खण्डमा यो बन्दोबस्तलाई अवज्ञा गर्न सकिन्छ। यदि सिद्धान्तहरूबमोजिम सामान्य सरुवा गरिएको छ भने, परमेश्‍वरका चुनिएका मानिसहरू सबैले पालना गर्नुपर्छ, र कुनै पनि अगुवा वा सेवकसँग अरू कसैलाई नियन्त्रण गर्ने अधिकार वा कारण हुँदैन। के तिमीहरू यस्तो कुनै काम हुन्छ भनेर भन्छौ जुन परमेश्‍वरको घरको काम हुँदैन? के यस्तो कुनै काम हुन्छ जसमा परमेश्‍वरको राज्यको सुसमाचारको विस्तार सामेल हुँदैन? यो सबै परमेश्‍वरको घरको काम हो, प्रत्येक काम बराबर छ, र यहाँ ‘तेरो’ र ‘मेरो’ हुँदैन। यदि सरुवा सिद्धान्तहरूअनुरूप छ र मण्डलीको कामका मापदण्डहरूका आधारमा गरिएको हो भने, यी मानिसहरूको आवश्यकता जहाँ धेरै छ तिनीहरू त्यहीँ जानुपर्छ। तर, यस प्रकारको परिस्थितिको सामना गर्दा ख्रीष्टविरोधीहरूको प्रतिक्रियाचाहिँ कस्तो हुन्छ त? तिनीहरू यी उचित मानिसहरूलाई आफ्‍नो नजिक राख्‍न विभिन्‍न निहुँ र बहाना बनाउँछन्, अनि तिनीहरूले दुई साधारण मानिसहरू मात्र उपलब्ध गराउँछन्, र त्यसपछि कि त व्यस्तता छ भनेर, वा काम गर्ने हातहरूको कमी छ, मानिसहरू भेट्टाउन गाह्रो छ भनेर, र यदि यी दुईलाई सरुवा गरियो भने काम प्रभावित हुनेछ भन्दै तैँतिर दबाब पारिदिने बहाना खोज्छन्। अनि उनीहरूले के गर्नुपर्छ भनी तँलाई सोध्छन्, र तँलाई मानिसलाई सरुवा गर्नुको मतलब तँ उनीहरूप्रति ऋणी भएको अर्थ लाग्छ भन्ने महसुस गराउँछन्। के दियाबलसहरू यस्तै प्रकारले काम गर्दैनन् र? गैरविश्वासीहरूले यसरी नै कामकुरा गर्छन्। मण्डलीमा सधैँ आफ्‍नै हितहरू जाँच्ने र रक्षा गर्ने मानिसहरू—के तीअसल मानिसहरू हुन्? के उनीहरू सिद्धान्तअनुसार काम गर्ने मानिसहरू हुन्? अवश्यै होइनन्। तिनीहरू गैरविश्वासी र अविश्‍वासीहरू हुन्। अनि, के यो स्वार्थीपन र निकृष्टता होइन र? यदि कुनै ख्रीष्टविरोधीको अधीनमा रहेर काम गर्ने राम्रो क्षमता भएको व्यक्तिलाई अर्को कर्तव्य पूरा गर्न सरुवा गरियो भने, ख्रीष्टविरोधीले आफ्‍नो हृदयमा हठी भएर यसलाई विरोध र इन्कार गर्छ—तिनीहरू यसबाट सबै सकियो भन्‍न चाहन्छन्, र तिनीहरूसँग अगुवा वा समूह अगुवा भएर काम गर्ने कुनै जाँगर हुँदैन। यो कस्तो समस्या हो? मण्डलीका बन्दोबस्तहरूप्रति किन तिनीहरूमा कुनै आज्ञापालन हुँदैन? तिनीहरूले आफ्नो ‘दाहिने हात’ को सरुवा हुँदा यसले तिनीहरूको कामको नतिजा र प्रगतिमा असर गर्छ, र फलस्वरूप तिनीहरूको हैसियत र प्रतिष्ठामा असर पुग्‍नेछ, जसले गर्दा तिनीहरूले कामका नतिजाहरू सुनिश्‍चित गर्नका लागि आफूले अझै धेरै परिश्रम गर्न र कष्ट भोग्‍न बाध्य हुनुपर्छ भन्‍ने सोच्छन्—जुन तिनीहरूले अन्तिम विकल्पको रूपमा मात्र गर्न चाहने कुरा हो। तिनीहरूलाई आरामको बानी परेको हुन्छ, र तिनीहरू अझै बढी परिश्रम गर्न वा कष्ट भोग्‍न चाहँदैनन्, त्यसैले तिनीहरू त्यस व्यक्तिलाई जान दिन चाहँदैनन्। यदि परमेश्‍वरको घरले स्थानान्तरलाई जोड दिन्छ भने, तिनीहरूले धेरै गुनासो गर्छन् र तिनीहरूको आफ्नै काम समेत त्याग्न चाहन्छन्। के यो स्वार्थी र खराब कुरा होइन र? परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरको घरले केन्द्रीय रूपमा अह्राउखटाउ गर्छ। यसको कुनै अगुवा, समूह प्रमुख, वा व्यक्तिसँग कुनै सरोकार हुँदैन। सबैले सिद्धान्तअनुसार काम गर्नुपर्छ; यो परमेश्‍वरको घरको नियम हो। ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्, तिनीहरू आफ्‍नै हैसियत र हितहरूको खातिर निरन्तर षड्यन्‍त्र रच्छन्, र आफ्नै शक्ति र हैसियतलाई दह्रिलो बनाउन असल क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवा गर्न लगाउँछन्। के यो स्वार्थी र नीच होइन र? बाहिरबाट हेर्दा, असल क्षमता भएका मानिसहरूलाई आफ्नै साथमा राख्दा र परमेश्‍वरको घरलाई ती मानिसहरूलाई सरुवा गर्न नदिँदा, तिनीहरूले मण्डलीको कामको बारेमा सोचेर तिनीहरूलाई सरुवा हुन नदिएजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले आफ्‍नै शक्ति र हैसियतको बारेमा मात्र सोचिरहेका हुन्छन्, मण्डलीको कामको बारेमा बिलकुलै सोचिरहेका हुँदैनन्। तिनीहरू आफूले मण्डलीको काम राम्रोसित नगर्ने आफूलाई हटाइने, र आफ्‍नो हैसियत गुम्ने हो कि भनी डराउने गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको बृहत् कामको बारेमा सोच्दैनन्, बरु आफ्‍नै हैसियतको बारेमा मात्रै सोच्छन्, परमेश्‍वरको घरका हितहरूमा पुग्‍ने क्षतिको बारेमा कुनै हिसाबकिताब नगरी आफ्‍नै हैसियत जोगाउँछन्, र मण्डलीको काममा हानि पुर्‍याउँदै आफ्‍नै हैसियत र हितहरूको रक्षा गर्छन्। यो स्वार्थी र नीच हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभावको सारको सारांश (भाग एक))। परमेश्‍वरका वचनहरूले ख्रीष्टविरोधीहरू कसरी गहन रूपमा स्वार्थी र घृणित हुन्छन् भनेर खुलासा गर्छन्। तिनीहरू आफ्‍नो हैसियत र प्रतिष्ठा जोगाउन मानिसहरूलाई जम्‍मा गर्छन् र तिनीहरूलाई अरूकहाँ पठाउन अनिच्‍छुक हुन्छन्, यसरी मण्डलीको कामलाई अलिकति पनि विचार गर्दैनन्। मेरो आफ्‍नै व्यवहार पनि ख्रीष्टविरोधीको जस्तै रहेछ भन्‍ने मलाई थाहा भयो। विशेष गरी यी हरफहरू पढ्दा मलाई त्यस्तो लाग्यो: “ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्, तिनीहरू आफ्‍नै हैसियत र हितहरूको खातिर निरन्तर षड्यन्‍त्र रच्छन्, र आफ्नै शक्ति र हैसियतलाई दह्रिलो बनाउन असल क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवा गर्न लगाउँछन्। के यो स्वार्थी र नीच होइन र?” परमेश्‍वरका वचनहरू पढेर म मर्माहत भएँ। मैले आफ्नो हालैको व्यवहारबारे विचार गरेँ: मिङ्सीलाई बढुवा गरिने सम्‍भावना छ भन्‍ने थाहा पाएपछि, मलाई मलजलको काममा असर पर्नेछ र मेरो प्रतिष्ठामा धक्का पुग्नेछ भन्‍ने चिन्ता लाग्यो, त्यसकारण मैले उनलाई जान दिन चाहिनँ, र उनलाई भेलामा सहभागी हुन पठाएकोमा पछुतोसमेत गरेँ। अगुवाले मलाई मलजल गर्ने थप दुई जना व्यक्ति खोज्‍नू र मेरा दुई सिस्टरहरूबारे मूल्याङ्कन लेख्‍नू भन्दा, मैले अगुवाले तिनीहरूलाई अर्को काममा खटाउने योजना बनाइरहेको अनुमान लगाएँ अनि मलाई विरोध र तर्क गर्न मन लाग्यो। ममा अगुवाप्रति वैरभावसमेत जाग्यो। अगुवाले चेङ्झीलाई बढुवा गर्न चाहँदा, मलाई चेङ्झी बढुवा र तालिम दिने सिद्धान्तको मापदण्डभित्र पर्छन् भन्‍ने थाहा थियो, तर तिनी गए भने यसले कसरी सुसमाचार र मण्डलीको मलजल काममा असर गर्नेछ भनी सोच्दा, मलाई तिनलाई जान दिन मन लागेन। मैले ब्रदर-सिस्टरहरूलाई मेरा दाहिने हातका रूपमा काम गर्ने योग्य व्यक्ति ठानेँ, अनि आफ्नो हैसियत र प्रतिष्ठालाई दह्रिलो बनाउन र आफ्ना स्वार्थी इच्छाहरू पूरा गर्न तिनीहरू सबैलाई आफूसँगै राख्‍न चाहेँ। मैले मण्डलीका हितबारे सोचिनँ, न त परमेश्‍वरलाई सन्तुष्ट पार्न कसरी काम गर्ने भन्‍नेबारेमा नै विचार गरेँ। म अत्यन्तै स्वार्थी र नीच थिएँ। बाहिरी संसारका अविश्‍वासीहरूले आफ्‍नो उद्यमलाई फैलाउन र बढाउन सहयोगको लागि आफ्‍ना मुख्य प्रतिभालाई आफ्‍नै साथमा राख्‍न सकेजति सबै गर्छन्। मैले पनि आफ्‍नो कर्तव्य यस्तै तरिकाले गरेँ। मैले मेरो कर्तव्यलाई आफ्नो व्यक्तिगत उद्यमको रूपमा लिएँ, आफ्नै सेवा गर्ने सिद्धान्तहरूअनुसार चलेँ, र आफ्‍नै प्रतिष्ठा र हैसियतबारे मात्रै विचार गरेँ। परमेश्‍वरले त्यस्तो कार्यलाई तिरस्कार र घृणा गर्नुभयो—म परमेश्‍वरको विरोध गर्ने ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ।

पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड भेट्टाएँ: “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको प्रतिष्ठा हासिल गर्नु, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्‍च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्‍वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने, आफ्नै कार्यप्रणाली चलाउने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले अनिवार्य रूपमा वाधा, व्यवधान ल्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू सामान्यतया कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्‍ने कुरामा असर पुर्‍याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्‍न गर्छ, उनीहरूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्‍याउँछ—र यसले चुनिएका जनहरूलाई हानि गर्छ र बरबादीमा पुर्‍याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको बाटो हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? जब परमेश्‍वरले मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियत पन्छ्याउन लगाउनुहुन्छ, तब उहाँले तिनीहरूलाई छनौट गर्ने तिनीहरूको अधिकारबाट वञ्‍चित गरिरहनुभएको हुँदैन; बरु, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध पुर्‍याउँछन्, र अझ धेरै मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान-पिउन र सत्यता बुझ्न, अनि परमेश्‍वरको मुक्ति पाउनमा असर पुर्‍याउँछन्, त्यसैले यसो गरिन्छ। यो निर्विवाद तथ्य हो। जब मानिसहरू आफ्‍नै ख्याति, प्राप्ति र हैसियतको पछि लाग्छन्, तिनीहरू सत्यताको पछि लाग्दैनन् र तिनीहरूले आफ्‍नो कर्तव्य विश्‍वासयोग्य तरिकाले पूरा गर्दैनन् भन्‍ने कुरा निश्‍चित हुन्छ। तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको खातिर मात्र बोल्‍ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्‍नेमा कुनै सन्देह छैन; यो परमेश्‍वरको काममा बाधा र अवरोध पुर्‍याउनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचार फैलने प्रक्रिया र मण्डलीभित्रको परमेश्‍वरको इच्‍छाको स्वतन्त्र बहावमा रोकावट पैदा गरिरहेको हुन्छ। त्यसकारण, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने मानिसहरूले हिँड्ने मार्ग परमेश्‍वरको प्रतिरोध गर्ने मार्ग हो भनेर निश्‍चयतापूर्वक भन्‍न सकिन्छ। यो उहाँविरुद्ध जानीजानी प्रतिरोध गर्नु, उहाँलाई इन्कार गर्नु हो—यो परमेश्‍वरलाई विरोध गर्न शैतानसँग सहकार्य गर्नु र उहाँविरुद्ध उभिनु हो। यो मानिसहरूद्वारा गरिने ख्याति, प्राप्ति र प्रतिष्ठाको खोजीको प्रकृति हो। भन्‍नुको मतलब, मानिसहरू आफ्ना हितहरूको पछि लाग्‍नुमा भएको समस्या भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानका लक्ष्यहरू हुन्—ती दुष्ट र अनुचित लक्ष्यहरू हुन्। जब मानिसहरू ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरूको पछि लाग्छन्, उनीहरू अनजानमा शैतानको हतियार बन्छन्, उनीहरू शैतानका लागि निकासद्वार बन्छन्, र यसबाहेक, उनीहरू शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्‍वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्‍याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्‍वरको वचनबाट मैले के थाहा पाएँ भने, सत्यता अभ्यास गर्न असफल हुनु र सधैँ आफ्‍नै हितहरूको रक्षा गर्नुका प्रकृति र परिणामहरू साँच्चै गम्‍भीर हुन्छन्। यसले मण्डलीको काममा बाधा र रोकावट ल्याउँछ र यो शैतानप्रतिको सेवा हो। मण्डलीले उपयुक्त पदको लागि तालिम दिन मानिसहरूलाई जगेर्ना र बढुवा गर्छ, र तिनीहरूलाई आफ्‍नो सीपको अधिकतम सदुपयोग गर्न सहयोग गर्छ। यो ब्रदर-सिस्टरहरूको जीवन प्रवेश र मण्डलीको कामको लागि फाइदाजनक हुन्छ र यो परमेश्‍वरको इच्‍छाअनुरूप छ—यो मैले अगुवाको रूपमा संरक्षण र साथ दिनुपर्ने सकारात्मक कुरा हो। तर ब्रदर-सिस्टरहरूलाई बढुवा गरिएको देख्दा, म तिनीहरूप्रति खुसी भइनँ, अनि मैले आफ्‍नै प्रतिष्ठा र हैसियतलाई मात्रै विचार गरेँ। मलाई यी ब्रदर-सिस्टरहरू प्रभावकारी छन्, तिनीहरू मेरो दाहिने हात हुन्, र सक्षम सहायकहरू हुन् भन्‍ने लाग्यो। तिनीहरूले मेरो मण्डलीमा आफ्‍नो कर्तव्य पूरा गरे भने मैले त्यति चिन्ता गर्नु गर्नुपर्दैन, हामीले अझै प्रभावकारी रूपमा काम गर्न सक्थ्यौँ, र मेरो हैसियत अझै मजबुत हुनेथियो। त्यसकारण जब एकपछि अर्को व्यक्तिलाई बढुवा गरी अर्को काममा खटाइयो, तब ममा विरोध र आक्रोश जाग्यो अनि मैले तिनीहरूलाई जान दिन चाहिनँ। मण्डलीको कामको लागि के राम्रो हुन्छ भनेर मैले अलिकति पनि विचार गरिनँ, न त मैले तिनीहरूले कस्तो परिस्थितिमा सर्वोत्तम तालिम प्राप्त गर्न सक्छन् र आफ्‍नो सीप प्रयोग गर्ने मौका पाउँछन् भन्‍ने बारेमा नै विचार गरेँ। के यसलाई मैले आफ्‍नो कर्तव्य पूरा गरेको भन्ने? मैले स्पष्ट रूपमै मण्डलीको काममा बाधा पुऱ्याउँदै शैतानको दूत रूपमा काम गरिरहेकी थिएँ। मैले आफ्‍नै प्रतिष्ठा र हैसियतको लागि मात्रै आफ्‍नो कर्तव्य पूरा गरिरहेकी थिएँ, र मैले जति धेरै काम गरे पनि, परमेश्‍वरले यसलाई स्वीकार गर्नुहुनेथिएन। मलाई धार्मिक संसारका पाष्टर र एल्डरहरूबारे याद आयो जसलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले प्रभु फर्केर आइसक्‍नुभएको छ भनेर गवाही दिएको राम्ररी थाहा छ, तैपनि तिनीहरूले आफ्नो हैसियत र आम्दानी जोगाउन विश्‍वासीहरूलाई साँचो मार्गबारे अनुसन्धान गर्न र प्रभुलाई स्वागत गर्नबाट रोक्‍न हर कुरा गर्छन्। तिनीहरूले विश्‍वासीहरूलाई आफ्‍नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, र तिनीहरूलाई बलियो गरी आफ्‍नो शक्तिअन्तर्गत राख्छन्। तिनीहरू विश्‍वासीहरूका लागि परमेश्‍वरसँग होड गर्छन् अनि ख्रीष्टविरोधी र दुष्टका चाकर बन्छन्, परमेश्‍वरद्वारा दण्डित र श्रापित हुन्छन्। के मेरो कार्यशैली यी पाष्टर र एल्डरहरूको भन्दा कुनै फरक थियो र? यदि मैले पश्‍चात्ताप नगरेको भए, मेरो हालत पनि धार्मिक संसारका फरिसीहरूको जस्तै हुनेथियो, मैले परमेश्‍वरको स्वभावलाई चिढ्याउनेथिएँ र उहाँको दण्ड र श्राप भोग्‍नेथिएँ।

त्यो बेला, मैले परमेश्‍वरको वचनको अर्को खण्ड भेट्टाएँ: “आफ्‍नो कर्तव्य निभाउनेहरू सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितबारे विचार गर्नु, र आफ्ना स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियत त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य निभाउने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निभाइरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निभाएको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायको ख्याल राख्‍नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी दुई चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ, तब के तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैँले केही समयसम्‍म यसरी अभ्यास गरिस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न त्यति गाह्रो छैन रहेछ भन्‍ने महसुस गर्नेछस्। तर त्योभन्दा पनि बढी, तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, अनि आफ्ना स्वार्थी चाहना, आशय र अभिप्रायहरू पन्छाउन सक्षम हुनुपर्नेछ; तैँले परमेश्‍वरका अभिप्रायको ख्याल गर्नुपर्नेछ, र तैँले परमेश्‍वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्‍नुपर्नेछ। तैँले केही समय यस्तो अनुभव गरिसकेपछि, यो नै आफूलाई व्यवहारमा ढाल्ने राम्रो शैली हो भन्‍ने कुरा महसुस गर्नेछस्। यो सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र तुच्छ र निकृष्ठ व्यक्ति बन्‍नु होइन; यो त घृणित, तुच्छ, र बेकामे बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा व्यवहार गर्नुपर्छ र उसले जिउनुपर्ने स्वरूप यही हो भन्‍ने तैँले महसुस गर्नेछस्। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूले अभ्यासको मार्ग देखाउँछन्। आफ्नो कर्तव्य निभाउँदा मण्डलीका हितहरूलाई प्राथमिकता दिनु र मण्डलीको कामको रक्षा गर्न आफ्ना व्यक्तिगत हितहरूलाई पन्छ्याउनु महत्त्वपूर्ण छ। वास्तवमा, विवेक, समझ र मानवता भएका मानिसहरूले कामको आवश्‍यकतालाई विचार गर्छन्, र मानिसहरूलाई अर्को काममा खटाइँदा मण्डलीका बन्दोबस्तहरूलाई मान्छन्। तिनीहरू आफ्‍नै हितहरूबारे विचार गर्दैनन्। अगुवाको रूपमा व्यक्तिको कामको मुख्य पक्ष भनेको ब्रदर-सिस्टरहरूलाई मलजल गर्नु र प्रतिभालाई गोडमेल गर्नु अनि हरेक ब्रदर-सिस्टरलाई आफ्‍नो प्रतिभा प्रयोग गर्न र तिनीहरूलाई सबैभन्दा उपयुक्त कर्तव्य पूरा गर्न दिनु हो। परमेश्‍वरका चुनिएका जनहरू परमेश्‍वरका हुन्, कुनै एक व्यक्तिका होइनन्। मण्डलीले काममा के जरुरी छ र को कुन कर्तव्यको लागि सबैभन्दा उपयुक्त छ भन्‍ने आधारमा मानिसहरूलाई अर्को काममा खटाउने छनौट गर्न सक्छ। मानिसहरूलाई आफ्‍नै लागि जम्‍मा गर्ने मसित कुनै अधिकार थिएन। यो कुरा बुझेपछि, म आफ्‍नो देहसुखलाई त्याग्न र अबउप्रान्त स्वार्थी र घृणित भई आफ्‍नै हितहरूलाई अघि नराख्न तयार भएँ।

एक दिन, मैले अगुवाबाट पत्र प्राप्त गरेँ, जसमा मलाई चेङ्झीबारे मूल्याङ्कन लेख्‍न अनुरोध गरिएको थियो। तिनलाई बढुवा दिएर मलजलको कामबाट अर्कै काममा लगाउन सकिन्छ कि सकिँदैन भनेर उनले छानबिन गर्न चाहेकी थिइन्। मैले मनमनै सोचेँ: “अहिले हाम्रो मण्डलीको सुसमाचार र मलजल कार्यको रेखदेख चेङ्झीले नै गर्छन्। यदि तिनी गए र हाम्रो कार्य प्रस्तुतिमा असर पुग्यो भने, के अगुवाले म अदक्ष छु भनेर नभन्लिन् त?” त्यही बेला, मलाई म फेरि पनि स्वार्थी र स्वहित चाहने बनिरहेकी छु भन्‍ने महसुस भयो। चेङ्झी प्रतिभावान् मलजलकर्ता थिए, र तिनलाई अझै बृहत् कामको जिम्‍मेवारी दिइयो भने मण्डलीको कामका लागि अझै फाइदाजनक हुनेथियो। फलस्वरूप, तिनले अझै धेरै तालिम पाउनेथिए, त्यसकारण मैले यसमा साथ दिनुपर्थ्यो। त्यो बेला, मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “परमेश्‍वर सदासर्वदा सर्वोच्‍च हुनुहुन्छ र उहाँ आदरयोग्य हुनुहुन्छ भने मानिस सदैव तुच्छ र मूल्यहीन छन्। यसैकारण परमेश्‍वरले सधैँ मानिसजातिका निम्ति आफैलाई बलिदान गर्नुहुन्छ र समर्पित गर्नुहुन्छ; मानिसले चाहिँ सधैँ आफ्नो निम्ति राख्‍छ र आफ्नै निम्ति मात्र प्रयत्‍न गर्छ। परमेश्‍वरले सदैव मानिसहरूको अस्तित्व कायम राख्‍न पीडा उठाउनुहुन्छ, तैपनि मानिसले कहिल्यै पनि ज्योति वा न्यायको खातिर कुनै मूल्य चुकाउँदैन। मानिसले केही समयको लागि प्रयास गरे पनि, मानिसले एउटै प्रहार पनि सहन सक्दैन, किनभने मानिसको प्रयास सधैँ आफ्नै निम्ति मात्र हुन्छ, अरूको लागि हुँदैन। मानिस सधैँ स्वार्थी हुन्छ, भने परमेश्‍वर स्वार्थरहित हुनुहुन्छ। परमेश्‍वर न्याय, भलाइ र सुन्दर कुराहरूका स्रोत हुनुहुन्छ भने मानिसहरू घृणित र दुष्‍ट कुराहरू प्रकट गर्न मात्र सफल हुन्छन्। परमेश्‍वरले न्याय र सुन्दरताको आफ्नो सार कहिल्यै अदलबदल गर्नुहुनेछैन, तर मानिसले पूर्ण रूपमा कुनै पनि समयमा कुनै पनि परिस्थितिमा न्यायलाई धोखा दिएर परमेश्‍वरदेखि टाढा रहन सक्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ)। परमेश्‍वर अत्यन्तै पवित्र हुनुहुन्छ! परमेश्‍वर सदासर्वदा निस्स्वार्थ हुनुहुन्छ, र उहाँले जे गर्नुभए पनि वा मानिसहरूका लागि उहाँले जे-जस्तो परिस्थिति तय गर्नुभए पनि, सधैँ मानिसहरूको जीवनलाई ध्यानमा राखेर हाम्रा भ्रष्ट स्वभावलाई धुन र रूपान्तरण गर्न त्यसो गर्नुहुन्छ, यसरी हामी मुक्ति पाउन र सामान्य मानवतामा जिउन सक्छौँ। मैले आत्मचिन्तन गरेर के देखेँ भने, परमेश्‍वरले तय गर्नुभएको परिस्थितिले मेरा हितहरूलाई जोखिममा पार्दा, गुनासो गरेँ र विरोध गरेँ अनि म औधी स्वार्थी र घृणित बनेँ। परमेश्‍वरको पवित्रता र निस्स्वार्थपनबारे विचार गर्दा, मलाई लाज लाग्यो, पछुतो र ग्‍लानि भयो। यसरी जिउनु दुःखलाग्दो, नीच, र व्यर्थ रहेछ भन्‍ने मलाई महसुस भयो। मैले आफ्‍नै प्रतिष्ठा र हैसियतबारे मात्रै विचार गर्ने त्यस्तो स्वार्थी र घृणित व्यक्ति हुन छोड्नुपर्थ्यो। मैले मण्डलीका हितहरूलाई प्राथमिकता दिनुपर्थ्यो। त्यसकारण मैले चेङ्झीका सबै मूल्याङ्कनहरू सङ्कलन गरेँ र अगुवालाई बुझाएँ, अनि त्यसपछि उनलाई सुपरभाइजरको रूपमा बढुवा गरियो। त्यसरी अभ्यास गरेपछि, मलाई ढुक्क र शान्ति महसुस भयो।

केही समयपछि, मैले सिस्टर लि हुईसँग राम्रो क्षमता भएको, उनले विस्तृत र तहगत रूपमा सत्यतामा सङ्गति गर्ने गरेको, ब्रदर-सिस्टरहरूलाई प्रेम र धैर्यसाथ व्यवहार गर्ने गरेको, उनीसित सुसमाचार फैलाउन र नयाँ विश्‍वासीहरूलाई मलजल गर्न चाहिने प्रतिभाहरू भएको र उनी तालिम दिन योग्य रहेको देखेँ। चेङ्झी गएपछि, हाम्रो सुसमाचारको काममा असर मात्र परेन होइन, बरु यसमा अलिक सुधारसमेत भयो। पहिले, म सधैँ यी मानिसहरू गएपछि हाम्रो काममा असर पुग्छ भनेर सोच्‍ने गर्थेँ। तर अहिले म पूर्ण रूपमा गलत थिएँ भन्‍ने मलाई महसुस हुन्छ। यो त पहिले नै रहेका श्रोत-साधनमा भर परेर व्यावहारिक काम नगर्ने मेरो बहाना मात्रै थियो। वास्तवमा, हाम्रो हृदय ठिक ठाउँमा हुनु महत्त्वपूर्ण छ। यदि तपाईं परमेश्‍वरको इच्‍छाप्रति विचारशील हुन सक्‍नुभयो, स्वहित चिताएर चल्न छोड्नुभयो, अरूलाई अर्को काममा खठाइनासाथ नयाँ प्रतिभाहरूलाई तालिम दिनुभयो, र आफ्‍नो काममा आएका समस्याहरूलाई समयमै समाधान गर्नुभयो भने, तपाईंले परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्नुहुनेछ। अनि, तपाईंको काममा निरन्तर सुधार हुँदै जानेछ। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

रेखदेखप्रतिको प्रतिरोधबारे मनन

२०२१ मा, म मण्डलीमा मलजल कामको इन्‍चार्ज थिएँ। त्यो अवधिमा, अगुवाले हाम्रो कामको रेखदेख र जानकारी राख्‍न प्रायजसो हाम्रो कामको प्रगतिबारे...

असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्