जोखिममा पर्दाको निर्णय

17 डिसेम्बर 2024

धेरै वर्षपहिले हिउँदमा, माथिल्‍लो तहका अगुवाले मलाई के बताए भने, छिमेकी मण्डलीका अगुवा र सेवकहरूलाई प्रहरीले पक्रेको छ। त्यो मण्डलीमा अनुगमन गर्नुपर्ने केही कामहरू थिए, र ब्रदर-सिस्टरहरूले कुनै सहयोग पाएका थिएनन्। कति जना डराएका, नकारात्मक र कमजोर भएका थिए, र मण्डली जीवनमा सहभागी हुन सकेका थिएनन्। उनले मलाई म त्यो मण्डलीको काम रेखदेख गर्न इच्‍छुक छु कि भनेर सोधिन्। उनले सोध्दा, म अलिक दोधारमा पारेँ: त्यो मण्डलीका केही ब्रदर-सिस्टरहरू भर्खरै पक्राउ परेका थिए। मैले त्यो मण्डली रेखदेख गर्न थालेँ, र म पक्राउ परेँ भने के हुन्छ? मेरो पाको उमेरमा, के मेरो शरीरले साँच्‍चै त्यो ठूलो रातो अजिङ्गरको यातना र कुटपिट सहन सक्छ? यदि मैले यातना सहन नसकेर यहूदा बनी परमेश्‍वरलाई धोका दिएँ भने, के मेरो वर्षौँको विश्‍वास व्यर्थ हुनेछैन र? तर त्यसपछि मैले वर्तमान प्रतिकूल परिस्‍थितिहरूमा, मण्डलीको कामलाई यस्तो नाजुक क्षणमा कसैले अघि बढाउनुपर्छ भनेर सोचेँ, त्यसकारण म मन नलागी-नलागी राजी भएँ।

त्यो मण्डलीमा पुगेपछि, सिस्टर वाङ सिन्जिङले मलाई केही अगुवा, सेवक र ब्रदर-सिस्टरहरू पक्राउ परेका छन्, र उनले सम्पूर्ण मण्डलीका केही ब्रदर-सिस्टरहरूलाई मात्रै सम्पर्क गर्न सकिन् भनेर बताइन्। उनले धेरैजसो मण्डली सदस्यहरूलाई सम्पर्क गर्न नसकेकोले तिनीहरू भेला हुन सकेका थिएनन्। यो सुनेर, मैले मनमनै सोचेँ: “ठूलो रातो अजिङ्गरले हाम्रो निगरानी गर्न हाम्रा छिमेकीहरू प्रयोग गरिरहेको छ। म गएर यी ब्रदर-सिस्टरहरूलाई सहयोग गर्दा, छिमेकीहरूले देखेर मेरो रिपोर्ट गरे भने के गर्ने? साथै, निकै धेरै ब्रदर-सिस्टरहरू पक्राउ परेका थिए—यदि तिनीहरूमध्ये कसैले यातना सहन नसकेर अरू ब्रदर-सिस्टरहरूको पोल खोलिदिए भने, प्रहरीले तिनीहरूको निगरानी गर्नेछन्। त्यसैले यदि म यी ब्रदर-सिस्टरहरूलाई भेट्न गएँ भने के म सिधै तिनीहरूको फन्दामा परिरहेको हुनेछैन र? म पक्राउ परेँ र यातना सहन नसकेर यहूदा बनेँ भने, के विश्‍वासीको रूपमा मेरो दिन सकिनेछैन र? त्यसपछि त मैले अवश्य नै मुक्ति पाउनेछैनँ।” जति सोचेँ, मलाई त्यति नै डर लाग्यो र त्यहाँ कर्तव्य पूरा गर्नु अति खतरनाक छ जस्तो देखिन्थ्यो। मलाई त यो बम बिछ्याएको ठाउँमा हिँड्नुजस्तै लाग्यो—एक गलत कदम, सबै खतम। त्यो बेला, मलाई यो मण्डलीको काम रेखदेख गर्न आएकोमा निकै पछुतो लाग्यो र ममा आफ्‍नो कर्तव्य पूरा गर्ने जोसजाँगर नै पलाउन सकेन। त्यसपछि सोचेँ, “सिन्जिङ यस मण्डलीकी सदस्य हुन् र यहाँको समग्र परिस्थितिसँग उनी अलिक परिचित छिन्, त्यसकारण ब्रदर-सिस्टरहरूलाई भेट्न जानु उनलाई अलिक सहज हुनेछ। म त भर्खरै आइपुगेको हुँ र मलाई अहिलेसम्‍म सबै कुरा थाहा भइसकेको छैन। म सिन्जिङलाई ब्रदर-सिस्टरहरू भेट्न पठाउन सक्छु, त्यसरी मैले खतरा मोल्‍नु पर्दैन।” तर त्यसपछि सोचेँ, “सिन्जिङले धेरै सिद्धान्तहरू बुझेकी छैनन् र उनमा अनुभवको कमी छ। के यस्तो स्थितिमा तिनले साँच्‍चै रम्ररी अनुगमन गर्न सक्छिन्? के उनले ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सक्नेछिन्? तर म आफै गएँ भने, के मैले आफूमाथि विपत्ति निम्त्याइरहेको हुनेछैनँ र?” यसबारे सोचविचार गरेपछि, मैले सिन्जिङलाई त्यो काम गर्न लगाउने निर्णय गरेँ। तर केही दिनपछि, उनले कुनै प्रगति गरेकी थिइनन्। यो देखेपछि, म नै ब्रदर-सिस्टरहरूलाई सहयोग गर्न जानुपर्छ भन्‍ने मलाई थाहा भयो। नत्र भने, तिनीहरूका समस्याहरू समाधान हुनेथिएनन् र जीवन प्रवेश क्षतिग्रस्त हुनेथ्यो। तर वर्तमान परिस्‍थिति कति खतरनाक छ भन्‍ने हेर्दा, मैले ब्रदर-सिस्टरहरूलाई सम्पर्क गरेँ भने म कुनै पनि बेला पक्राउ पर्ने खतरामा पर्नेथेँ। त्यसकारण मलाई यो काम गर्ने आँट नै आएन। परिणामस्वरूप, पूरै महिना बित्यो र हामीले मण्डलीको काममा त्यति प्रगति गरेका थिएनौँ। सिन्जिङ नकारात्मक स्थितिमा जिइरहेकी थिइन्। मलाई यो थाहा थियो, तर म त्यो बेला सङ्कोच र डरमा जिइरहेको थिएँ त्यसकारण मैले काममा उनीसँग सहकार्य गर्ने आँट गरिनँ।

एक दिन, मलाई देब्रे घुँडा दुख्यो, र केही दिनपछि यो भुक्क फुलियो र कालो-नीलो भयो। यो हिँड्नै मुस्किल हुने गरी दुख्थ्यो। त्यो बेला, मलाई परमेश्‍वरले अनुशासन दिइरहनुभएको हुन सक्छ भन्‍ने लाग्यो, त्यसकारण मैले उहाँलाई प्रार्थना गरेर उहाँका अभिप्रायहरू जान्‍न सक्न अन्तर्दृष्टि मागेँ। प्रार्थनापछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड देखेँ। “उहाँको शोकको कारण मानवजाति नै हो, उहाँले मानवजातिमा आशा राख्‍नुभएको थियो, तर ती मानवजाति अन्धकारमा पतन भएका छन्, किनकि उहाँले मानवजातिमा गर्नुभएको काम उहाँको अपेक्षाहरूको नापसम्म आउँदैनन्, किनकि उहाँले प्रेम गर्नुभएका मानवजाति सबै जना ज्योतिमा जिउन सक्दैनन्। उहाँले निर्दोष मानवजातिप्रति दुःख महसुस गर्नुहुन्छ, साथै इमानदार तर अज्ञानी मानिस, र असल तर आफ्नै दृष्टिकोणको अभाव भएका मानिसप्रति पनि उहाँले दुःख महसुस गर्नुहुन्छ। उहाँको दुःख उहाँको भलोपन र उहाँको कृपाको सङ्केत हो, सुन्दरता र दयाको सङ्केत हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ)। परमेश्‍वरका वचनहरूले मलाई गहिरो प्रभाव पारे। विशेष गरी परमेश्‍वरका वचनहरूको यो भाग पढ्दा: “उहाँको शोकको कारण मानवजाति नै हो, उहाँले मानवजातिमा आशा राख्‍नुभएको थियो, तर ती मानवजाति अन्धकारमा पतन भएका छन्,” मलाई अलिक ग्‍लानि भयो। ठूलो रातो अजिङ्गरको पक्राउको कारण, ब्रदर-सिस्टरहरूले सामान्य मण्डली जीवन जिउन पाएका थिएनन्, त्यसैले तिनीहरू निराशा र अन्धकारमा डुबेका थिए अनि तिनीहरूको जीवनमा क्षति पुगेको थियो। यो देखेर, परमेश्‍वर चिन्तित र दुःखित हुनुभयो र तुरुन्तै कसैले उहाँको इच्छा पालना गरेर ब्रदर-सिस्टरहरूलाई सहयोग गर्न आऊन् ताकि तिनीहरूले सामान्य मण्डली जीवन जिउन सकून् भन्‍ने आशा गर्नुभयो। तर म भनेँ, आफ्‍नो सुरक्षा गर्न मैले स्वयंको काम सिन्जिङलाई भिराएँ, र नीच जीवन बाँचिरहन म आफ्‍नो सुरक्षित दूलोमा फर्केर लुकेँ। ब्रदर-सिस्टरहरूले सामान्य मण्डली जीवन जिउन सकेका छैनन्, र तिनीहरूको जीवन क्षतिग्रस्त भएको छ भन्‍ने मलाई राम्ररी थाहा थियो, तर मैले यो समस्या समाधान गर्न कदम चालिनँ। मेरो मानवता कहाँ गयो? म अत्यन्तै स्वार्थी र घृणित भइरहेको थिएँ! खतरनाक परिस्थितिमा नहुँदा म सामान्यतया आफूलाई कसरी परमेश्‍वरलाई प्रेम गर्ने र त्याग गर्न र आफूलाई समर्पित गर्न सक्‍ने व्यक्ति ठान्थेँ भनेर सोचेँ। म परमेश्‍वरलाई प्रेम गर्न र सन्तुष्ट पार्न आवश्यक छ भनेर अरूसँग प्रायः सङ्गतिसमेत गर्थेँ। तर यो परिस्थिति सामना गर्दा, मैले आफ्‍नो सुरक्षाबारे मात्रै विचार गर्न सकेँ। मैले परमेश्‍वरबारे वा ब्रदर-सिस्टरहरूको जीवनमा क्षति पो पुग्ने हो कि भनेर विचार गरिनँ। मैले त सैद्धान्तिक ज्ञानबारे मात्रै बोलिहेको थिएँ—मैले परमेश्‍वर र मानिसहरूलाई छल गरिरहेको थिएँ। यो परमेश्‍वरको निम्ति चित्त दुखाउने र घृणित कुरा थियो। यो महसुस गरेपछि, मलाई निकै ग्‍लानि भयो र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “प्यारो परमेश्‍वर, मैले सधैँ आफ्‍नै हितहरूको रक्षा गरिरहेको हुन्छु र तपाईंको इच्‍छा पालना गर्न सकिनँ। ममा साँच्‍चै नै विवेक र समझको कमी रहेछ। हे परमेश्‍वर, म तपाईंको इच्‍छा पालना गर्न र ब्रदर-सिस्टरहरूलाई सहयोग दिन सक्दो गर्न तयार छु।”

त्यसपछि, मैले ब्रदर-सिस्टरहरूलाई सहयोग र साथ दिन अनि तिनीहरूका समस्या समाधान गर्न थालेँ। एक दिन, एउटी सिस्टरले यसो भनेको सुनेँ: “दुई वर्षपहिले, यो मण्डलीबाट दश जनाभन्दा धेरै ब्रदर-सिस्टरहरू पक्राउ परेका थिए। अहिले पनि, तिनीहरूमध्ये कतिको रिहाइ भएको छैन। प्रहरीले हाम्रो मण्डलीलाई तहसनहस पार्ने धम्कीसमेत दिएको छ।” यो सुन्दा मलाई अत्यन्तै रिस उठ्यो—यी पिशाचहरू कति अहङ्कारी र निरङ्कुश छन्! तर मलाई अनजानमै डर पनि लाग्यो: दुई वर्षपछि नै, तिनीहरूले आएर अरू धेरै सदस्यहरूलाई पक्राउ गरे। अनि तिनीहरूले मण्डली तहसनहस पार्ने धम्की दिए। म मण्डली अगुवा हुँ भनेर प्रहरीलाई थाहा भएको भए, के म मुख्य निसाना बन्‍नेथिइनँ र? पक्राउपछि ब्रदर-सिस्टरहरूलाई कसरी यातना दिइएको थियो भनेर सम्झिँदा म डरले कामेँ। म साँच्‍चै पक्राउ परेको भए, के मैले तिनीहरूको यातना सहन सक्नेथिएँ? यदि मलाई कुटेर मारिएको वा म यहूदा बनेको भए, के त्यो मेरो अन्त्य हुनेथिएन र? अझै थप ब्रदर-सिस्टरहरू पक्राउ परेका छन् भन्‍ने सुन्दा, यस्तो वातावरणमा कर्तव्य पूरा गर्नु अति नै खतरनाक देखिन्थ्यो। मलाई कुनै पनि बेला प्रहरीले पक्राउ गर्न सक्छ भन्‍ने मैले सोचेँ र अत्यन्तै सङ्कोच र डर लाग्यो। एक दिन, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ। “शैतान जति नै ‘शक्तिशाली’ भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानि पुऱ्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्‍मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्‍वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्‍वरका सबै आदेश र आज्ञाहरूलाई पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्‍लाउने स्वतन्त्रता समेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्‍वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। परमेश्‍वरको वचनबाट मैले के थाहा पाएँ भने, सबै कुरा परमेश्‍वरकै नियन्त्रणमा हुन्छन्। शैतान जति नै हिंस्रक भए पनि, यो अझै पनि परमेश्‍वरकै अधीनमा हुन्छ। परमेश्‍वरको अनुमतिविना, शैतानले कुनै पनि गलत कदम उठाउने आँट गर्दैन। मैले अय्यूबको कसरी जाँच भएको थियो भनेर सम्झेँ परमेश्‍वरको अनुमतिविना, शैतानले तिनको शरीरमा चोट पार्न मात्रै सक्यो, तर अय्यूबको ज्यान लिन सकेन। मेरो परिस्थितिमा, म पक्राउ पर्ने नपर्ने कुरा पूर्णतया परमेश्‍वरकै हातमा थिएन र? शैतान जति नै हिंस्रक र क्रूर भए पनि, परमेश्‍वरको अनुमतिविना त ठूलो रातो अजिङ्गरले मलाई पक्राउ गर्ने प्रयास गरे पनि त्यो सफल हुन्थेन। यदि परमेश्‍वरले अनुमति दिनुभएको भए, मैले प्रयास गरे पनि म उम्किन सक्दिनथेँ। मेरो जीवन परमेश्‍वरको हातमा थियो र यसमा केही बोल्‍ने शैतानको अधिकार थिएन। परमेश्‍वरको वचन मनन गर्दा, मैले उहाँको अख्‍तियार र सार्वभौमिकताबारे केही ज्ञान प्राप्त गरेँ र मलाई त्यति धेरै डर लाग्‍न छोड्यो र निकै स्वतन्त्र महसुस भयो। म ब्रदर-सिस्टरहरूका लागि फेरि मण्डली जीवन जिउन थाल्ने बन्दोबस्त तुरुन्तै मिलाउन चाहन्थेँ। त्यो बेला, सिन्जिङ र मैले परमेश्‍वरलाई प्रार्थना गर्‍यौँ र उहाँमा भर पऱ्यौँ। हामीले ब्रदर-सिस्टरहरूलाई सम्पर्क गरेर सहयोग गर्‍यौँ। परिणामस्वरूप, तिनीहरू क्रमिकरूपमा भेलामा सहभागी हुन, मण्डली जीवन जिउन र आफ्‍नो क्षमताले भ्याउञ्‍जेल कर्तव्य पूरा गर्न थाले।

पछि, पक्राउ परेर रिहाइ भएकी सिस्टरले मलाई पत्र पठाएर मेरो पोल खोलिएको छ भनी जानकारी दिइन्। म अगुवा हुँ र म कुन गाउँमा बस्छु भनेर प्रहरीलाई थाहा भइसकेको रहेछ र तिनीहरूले मेरो नाममा सुरक्षा ब्यूरोलाई पक्राउ पुर्जी जारी गर्न लगाइसकेका छौँ समेत भनेका रहेछन्। प्रहरीले मलाई खोज्न ती सिस्टरलाई मेरो पहिचान गराउन म बस्‍ने गाउँमा समेत लगेका थिए, तर सर्भेलेन्स फुटेज हराएकोले तिनीहरूको योजना असफल भएको थियो। यो थाहा पाएपछि, मेरो त सातोपुत्लो उड्यो र म असाध्यै चिन्तित र भयभीत भएँ। प्रहरीले मेरो बारेमा यति धेरै जानकारी पाइसकेको हुनाले, म कुनै पनि बेला पक्राउ पर्न सक्थेँ। अनि पक्राउ परेको भए, मलाई अवश्य यातना र कष्ट दिइनेथ्यो। जति सोचेँ, मलाई त्यति नै डर लाग्यो र केही समयसम्‍म कमजोर भएँ। ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वरलाई विश्‍वास गर्नु खुकुरीको धारमा हिँड्नुसरह देखिन्थ्यो, हरेक कदममा ज्यानको खतरा थियो। त्यो बेला मैले सोचेँ: “सायद म केही समय आफन्तकहाँ लुक्‍नुपर्छ। यहाँ अवस्था साम्य भएपछि म आफ्‍नो कर्तव्य जारी राख्‍न सक्छु।” तर त्यसपछि मलाई कतिपय ब्रदर-सिस्टरहरू डराइरहेका छन्, नकारात्मक र कमजोर महसुस गरिरहेका छन्, र तिनीहरूलाई मलजल र सहयोगको अति जरुरत छ भन्‍ने याद आयो। यदि मैले यो नाजुक क्षणमा आफ्‍नो पद त्यागेँ भने, के मैले परमेश्‍वरविरुद्ध विद्रोह गरिरहेको र उहाँका भावनामा चोट पुर्‍याइरहेको हुनेछैन र? म तड्पिएँ र छटपटिएँ, र के गर्नुपर्ने मलाई थाहा थिएन, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेर आफ्‍नो कर्तव्य पूरा गरिरहन शक्ति र विश्‍वास मागेँ। प्रार्थनापछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड देखेँ। “मुख्य भूमि चीनमा, ठूलो रातो अजिङ्गरले परमेश्‍वरका विश्‍वासीहरूमाथि निरन्तर क्रूर दमन र पक्राउ गर्छ, अनि सतावट ल्याउँछ, ती विश्‍वासीहरूले प्रायजसो केही खतरनाक परिस्‍थितिहरू सामना गर्छन्। उदाहरणको लागि, सरकारले विश्‍वासीहरूलाई विभिन्‍न बहानामा खानतलासी गर्छ। जब तिनीहरूले कुनै ख्रीष्टविरोधी बस्ने क्षेत्र भेट्टाउँछन्, तब त्यो ख्रीष्टविरोधीले पहिला के सोच्छ? उसले मण्डलीको कामलाई उचित रूपमा मिलाउने बारे सोच्दैन; बरु यो खतरनाक अवस्थाबाट कसरी उम्‍कने भनेर सोच्छ। मण्डलीले दमन वा पक्राउको सामना गर्दा, ख्रीष्टविरोधीले घटनाको नतिजालाई कहिल्यै सम्हाल्दैन। उसले मण्डलीका महत्त्वपूर्ण स्रोतसाधन वा व्यक्तिहरूका लागि योजनाहरू बनाउँदैन; बरु, आफ्‍नो लागि सुरक्षित स्थान खोज्‍न अनेक किसिमका निहुँ र बहानाहरू बनाउँछ, अनि आफूलाई सुरक्षित राखेपछि, यस कुराबाट हात धुन्छ। … ख्रीष्टविरोधीको हृदयभित्र, आफ्नो व्यक्तिगत सुरक्षा नै सबैभन्दा महत्त्वपूर्ण र मुख्य कुरा हुन्छ, जसबारे ऊ निरन्तर सोचिरहेको हुन्छ। उसले मनमनै विचार गर्छ, ‘मैले आफूलाई केही हुन दिनै हुँदैन। म पक्राउ पर्नु हुँदैन, चाहे अरू जोसुकै पक्राउ परून्। म बाँच्‍नुपर्छ। म अझै परमेश्‍वरको काम पूरा भएपछि उहाँसँग प्राप्त गर्ने महिमा पर्खिरहेको छु। म पक्राउ परेँ भने, यहूदा बन्‍नेछु र म यहूदा बनेँ भने—बरबाद हुन्छु; मैले परिणाम पाउनेछैनँ र आफूले पाउनुपर्ने सजाय पाउनेछु।’ … ख्रीष्टविरोधीले आफूलाई सुरक्षित गरेर आफूलाई केही हुनेछैन भन्‍ने सोचेपछि मात्रै, केही देखावटी काम गर्नेछ। ख्रीष्टविरोधीले कामकुरा होसियारीसाथ मिलाउँछ, तर यो कुरा उसले कसको लागि काम गरिरहेको छ त्यसमा निर्भर हुन्छ। यदि काम आफ्नो लागि फाइदाजनक छ भने, उसले यसबारे अत्यन्तै विस्तृत रूपमा सोचविचार गर्छ, तर त्यो मण्डलीको काम वा आफ्नो कर्तव्यसँग सम्‍बन्धित छ भने, उसले आफ्नो स्वार्थ, दुष्टता र गैरजिम्‍मेवार व्यवहार देखाउनेछ, र उसमा अलिकति पनि विवेक वा समझ हुँदैन। यही व्यवहारको कारण उसलाई ख्रीष्टविरोधीको रूपमा चित्रण गरिन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्‍वरले ख्रीष्टविरोधीहरू कसरी विशेष गरी स्वार्थी हुन्छन् र तिनीहरूमा मानवताको कमी हुन्छ भनेर प्रकट गर्नुभयो। तिनीहरू आफ्‍नै हित र भलाइको वास्ता गर्छन्, र मण्डलीको कामप्रति अलिकति पनि चिन्ता गर्दैनन्। शान्‍त समयमा, तिनीहरूले मानिसहरूमा आफू कर्तव्यमा जोसिलो भएको छाप पार्छन्, तर खतराको सानो सङ्केत पाउँदा, वा व्यक्तिगत सुरक्षा जोखिममा पर्ने सक्ने कुनै परिस्थितिमा, तिनीहरू आफ्‍नो कर्तव्य त्यागेर सुरक्षित दुलोभित्र लुक्छन्। मण्डलीको काममा र ब्रदर-सिस्टरहरूको जीवनमा यसले जति नै हानि गरे पनि, यी ख्रीष्टविरोधीहरू पटक्‍कै वास्ता गर्दैनन्। मलाई मेरा व्यवहारहरू ख्रीष्टविरोधीको भन्दा फरक छैनन् भन्‍ने महसुस भयो। कुनै खतरा नहुँदा, बाहिरबाट म आफ्‍नो कर्तव्यमा कष्ट भोग्‍न र समर्पित हुन सक्छु जस्तो देखिन्थ्यो, तर परिस्थिति साँच्‍चै खतरनाक बनेपछि, म पछि हटेँ, आफ्नो रक्षा गर्ने र जोखिमपूर्ण कर्तव्य मेरी सिस्टरलाई भिराउनेबारे मात्रै सोचेँ। मण्डलीको काम अघि बढ्न नसक्दा र ब्रदर-सिस्टरहरू मण्डली जीवनबाट वञ्‍चित हुँदा मैले निष्क्रिय भएर हेरिरहेँ। त्यतिबेला मैले खडा भएर मण्डलीको काम गरिनँ, र मलाई अनुशासनमा राखिएपछि मात्रै मेरो होस खुल्यो। मेरो पोल खोलिएको छ र प्रहरीले मलाई खोजिरहेको छ भन्‍ने सुनेपछि, मैले आफ्‍नो पद त्याग्‍न चाहेँ र मण्डलीको कामबारे पटक्‍कै विचार गरिनँ। म अत्यन्तै स्वार्थी र घृणित थिएँ र मैले अलिकति पनि विश्‍वासीले जस्तो काम गरिनँ। परमेश्‍वरमाथिको मेरो साँचो विश्‍वास कहाँ थियो? परिस्थितिको वास्तविकताले म स्वार्थी ख्रीष्टविरोधी हुँ र ममा अलिकति पनि विवेक वा समझ छैन भन्‍ने कुरा प्रकट गर्‍यो। मलाई आफू खतरामा छु भन्‍ने लाग्दा, आफ्‍नो कर्तव्य त्यागेर स्वयंको रक्षा सुनिश्चित गर्ने उपाय खोज्‍न मन लाग्थ्यो। परमेश्‍वरप्रति ममा अलिकति पनि बफादारिता थिएन र यो उहाँको लागि घृणास्पद कुरा थियो। आफूबारे यो महसुस गरेपछि, मलाई पछुतो र ग्‍लानि भयो। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड देखेँ। “सायद, तिमीहरू सबैलाई यी वचनहरू थाहा छ होला: ‘किनभने हाम्रो हल्का र क्षणिक कष्टले हाम्रो निम्ति अझै अत्याधिक र अनन्त महिमाको काम गर्छ।’ तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू त्यसको साँचो महत्त्वको बारेमा पूरै सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा फन्को मारेर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू उपहास र उत्पीडनको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरलाई विरोध गर्ने यही देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरैजसो वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरको वचनको कारण विशुद्ध गरिन्छन्, जो कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाको रूपमा प्रयोग गर्दै, उहाँको कार्यको एउटा चरण पूरा गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्‍वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि, यसद्वारा उहाँले महिमा पाउन सक्‍नुभएको होस्, अनि उहाँले आफ्‍ना कार्यहरूको साक्षी बन्‍नेहरूलाई प्राप्त गर्न सक्‍नुभएको होस्। मानिसहरूको यस समूहको निम्ति परमेश्‍वरले गर्नुभएका सबै त्यागहरूको पूर्ण महत्त्व यही नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले उहाँका अभिप्रायहरू बुझेँ। चिनियाँ कम्युनिस्ट पार्टीको अधिकारक्षेत्रमा जिउने हामी विश्‍वासीहरू सतावट र कठिनाइमा पर्नु अपरिहार्य र परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा थियो। परमेश्‍वरले हाम्रो विश्‍वास र प्रेमलाई सिद्ध पार्ने माध्यमको रूपमा ठूलो रातो अजिङ्गरको सतावटलाई प्रयोग गरिरहनुभएको थियो। तर खतरनाक परिस्थिति सामना गर्दा, मैले परमेश्‍वरको इच्‍छा खोजिनँ र हुतीहारा र भयभीत भएर, आफ्‍नै सुरक्षालाई मात्रै वास्ता गरेँ र आफ्‍नो कर्तव्यसमेत पूरा गर्न चाहिनँ। मलाई आफ्नो विश्‍वास साँच्‍चै कमजोर रहेछ र परमेश्‍वरअघि गवाही दिनुभन्दा, म शैतानको हाँसोको पात्र बनेको रहेछु भन्‍ने थाहा भयो। यो महसुस गरेपछि, मलाई निकै ग्‍लानि र ऋणी महसुस भयो, र म उप्रान्त आफ्‍नो पद त्यागेर नीच भई जिउन चाहन्‍नथेँ। म समर्पित भएर आफूलाई परमेश्‍वरको हातमा सुम्पन तयार भएँ। म आफू पक्रा पर्ने या नपर्ने र जिउने या मर्ने कुरा परमेश्‍वरकै हातमा सुम्पन खुसी थिएँ। यदि ठूलो रातो अजिङ्गरले मलाई पक्राउ गरेको भए, त्यो परमेश्‍वरको अनुमतिमा हुनेथ्यो र त्यसमा म मर्नु परे पनि, उहाँको गवाही दिनेथेँ। यदि तिनीहरूले मलाई पक्राउ नगरेका भए, त्यो परमेश्‍वरको कृपा र सुरक्षाले गर्दा हुनेथ्यो र म आफ्‍नो कर्तव्य पूरा गर्न अझै धेरै उत्प्रेरित हुनेथेँ। यो महसुस गरेपछि, मलाई अलिक शान्ति भयो र मेरो पहिलेको चिन्ता र डर हराएर गए।

त्यसपछि, मैले सोचेँ: खतराको सामना गर्दा किन मैले परमेश्‍वरको इच्‍छा पालना गर्नुको सट्टा आफ्‍नै हितहरूबारे विचार गरेँ? एक दिन मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ। “सबै भ्रष्ट मानव आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; जब तिनीहरूले उहाँको लागि विभिन्‍न कुराहरू त्याग्छन् र आफैलाई परमेश्‍वरमा समर्पित गर्छन्, यो आशिषित हुनको लागि हुन्छ, र जब तिनीहरू उहाँप्रति बफादार हुन्छन्, यो इनाम प्राप्त गर्नको लागि हुन्छ। सारांशमा भन्दा, यो सबै आशिषित हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्; र परमेश्‍वरको घरमा तिनीहरू आशिष्‌हरू प्राप्त गर्नको लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: मान्छेको शैतानी प्रकृतिको यो भन्दा राम्रो कुनै प्रमाण छैन। स्वभाव परिवर्तन भएका मानिसहरू फरक हुन्छन्, तिनीहरूलाई सत्यतामा जिउनु अर्थपूर्ण, मानव हुनुको आधार परमेश्‍वरमा समर्पित हुनु, परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु, परमेश्‍वरको आज्ञा मान्‍नु स्वर्गले तोकेको र पृथ्वीले स्विकार गरेको जिम्मेवारी हो, परमेश्‍वरको प्राणीका कर्तव्यहरू पूरा गर्ने मानिसहरू मात्रै मानव कहलाइन लायक हुन्छ—अनि यदि तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न र उहाँको प्रेमको ऋण तिर्न सक्दैनन् भने, तिनीहरू मानव कहलाइन लायक हुँदैनन् भन्‍ने लाग्छ; तिनीहरूलाई आफ्‍नो लागि जिउनु खोक्रो र अर्थहीन लाग्छ। तिनीहरूलाई के लाग्छ भने मानिसहरू परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, र अर्थपूर्ण जीवन जिउनको लागि जिउनुपर्छ, ताकि तिनीहरू मर्ने बेलामा पनि, तिनीहरूले सन्तुष्ट महसुस गर्न सकून र तिनीहरूले अलिकति पनि पछुतो गर्न नपरोस्, अनि तिनीहरू व्यर्थमा जिएका नहोऊन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनबाट मैले के देखेँ भने खतरनाक परिस्थितिहरूमा मैले निरन्तर आफ्नो रक्षा गर्नु, कर्तव्यलाई त्याग्‍न चाहनुको कारण त मेरो सोचाइ शैतानका दर्शनहरूद्वारा नियन्त्रित भएकोले रहेछ जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन,” “इनामविना औँलो पनि नउठाउनू,” इत्यादि। यी दर्शनहरू मेरो प्रकृतिको भाग बनेका थिए र जेहोस् जहिले पनि म आफ्‍नो हितको लागि काम गर्थेँ। जब मेरा हितहरू जोखिममा पर्थे, तब म परमेश्‍वरलाई धोका दिन्थेँ। म त्यो मण्डलीमा गएर जोखिम परिस्थितिमा पर्दा, कसरी मैले जहिले पनि आफ्‍नै सुरक्षाबारे मात्रै विचार गरेँ भनेर सोचेँ। ती ब्रदर-सिस्टरहरूले सामान्य मण्डली जीवन जिउन सकून् भनी मैले तुरुन्तै सहयोग गर्नुपर्छ भन्‍ने मलाई थाहा भए पनि, पक्राउ परेर यातना भोग्‍नुपर्छ भन्‍ने डरले म लुकेर बसेँ अनि मण्डलीको काम वा मेरी सिस्टरको सुरक्षाबारे अलिकति पनि नसोची आफ्‍नो काम मेरी सिस्टरलाई भिराएँ। यो काम सिस्टर एकलैले गर्न नसक्‍नेगरि धेरै भएको, र ब्रदर-सिस्टरहरूले मण्डली जीवन जिउन नपाएको देखेर पनि, मैले पाइला चालेर आफ्‍नो कर्तव्य पूरा गरिनँ। म शैतानको दर्शनअनुसार जिइरहेको थिएँ। मैले स्वार्थी र घृणित व्यवहार गरेँ र ममा अलिकति पनि मानवता, विवेक वा समझ थिएन। परमेश्‍वर उहाँप्रति बफादार र आज्ञाकारी मानिसहरूलाई, नाजुक क्षणमा आफ्‍ना व्यक्तिगत हितहरू त्यागेर मण्डलीको कामको रक्षा गर्नेहरूलाई मुक्ति दिनुहुन्छ; त्यस्ता मानिसहरूले मात्रै परमेश्‍वरको स्याबासी पाउँछन्। तर मैले नाजुक क्षणमा आफ्‍नो कर्तव्य त्यागेँ र ममा परमेश्‍वरप्रति कुनै इमानदारिता थिएन। म कति स्वार्थी र घृणित रहेछु भन्‍ने हेर्दा त, मैले प्रहरीबाट बचेर नीच जीवन जिइरहन सके पनि, परमेश्‍वरले किन मलाई मुक्ति दिन रोज्‍नुहुन्थ्यो र? मानवजातिलाई मुक्ति दिन, कसरी परमेश्‍वरले चीनमा देहधारी भएर अत्यधिक अपमान र कष्ट सहनुभयो, आफ्‍ना वचनहरू व्यक्त गर्न र आफ्‍नो काम पूरा गर्न ठूलो खतरा मोल्‍नुभयो, ठूलो रातो अजिङ्गरको निरन्तर खेदो र सतावट भोग्‍नुभयो, साथै धार्मिक संसारको इन्कार र निन्दा खेप्नुभयो, तर परमेश्‍वरले हामीलाई मुक्ति दिने कार्य कहिल्यै त्याग्‍नुभएको छैन। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने उहाँको एकाग्र प्रयासमा आफ्‍नो सर्वस्व सुम्पनुभएको छ। परमेश्‍वरको सार अत्यन्तै निस्स्वार्थ र दयालु छ। तर म भने, परमेश्‍वरप्रति ममा कुनै इमानदारिता थिएन, र म स्वार्थी, घृणित, र षड्यन्त्रकारी भएर शैतानको दर्शनअनुसार जिएँ। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा मैले आफ्‍नै सुरक्षालाई मात्रै विचार गरेँ र मण्डलीको कामको पटक्कै रक्षा गरिनँ। मैले पश्‍चात्ताप नगरेको भए, परमेश्‍वरले मदेखि दिक्‍क भएर मलाई हटाउनुहुनेथ्यो।

मैले आफ्नो भक्तिको समयमा यो खण्ड भेट्टाएँ। “परमेश्‍वरको सेवा गर्नेहरू परमेश्‍वरका घनिष्ठहरू हुनुपर्छ, तिनीहरू परमेश्‍वरलाई मनपर्दो हुनुपर्छ र परमेश्‍वरप्रति अत्याधिक बफादार हुन सक्ने हुनुपर्छ। चाहे तिमीहरू एकान्तमा व्यवहार गर वा सार्वजनिक स्थानमा, तिमीहरूले परमेश्‍वरको सामु परमेश्‍वरको आनन्द प्राप्त गर्न सक्छौ, तिमीहरू परमेश्‍वरको सामु दह्रिलो भई खडा हुन सक्छौ, अनि अरू मानिसहरूले तिमीहरूसँग जस्तोसुकै व्यवहार गरे पनि तिमीहरूले हिँड्नुपर्ने बाटो हिँड्नेछौ, अनि परमेश्‍वरको बोझलाई पूर्ण ध्यान दिनेछौ। यस्ता मानिसहरू मात्र परमेश्‍वरका घनिष्ठहरू हुन्। परमेश्‍वरसित घनिष्ठ रहेका व्यक्तिहरूले प्रत्यक्ष रूपमा उहाँको सेवा गर्न सक्छन्, किनकि तिनीहरूलाई परमेश्‍वरको महान् आज्ञा र परमेश्‍वरको बोझ दिइएको हुन्छ, तिनीहरू परमेश्‍वरको हृदयलाई आफ्नो हृदय बनाउन सक्षम हुन्छन्, र परमेश्‍वरको बोझलाई आफ्नै बोझ जस्तो गरी लिन्छन्, र तिनीहरूले आफ्नो भविष्यका सम्भावनाहरूमाथि विचार गर्दैनन्: तिनीहरूको कुनै सम्भावना नहुँदा, र तिनीहरूले केही कुरा प्राप्त गर्न नसक्‍ने हुँदा पनि, प्रेमिलो हृदयले सधैँ परमेश्‍वरमा विश्‍वास गर्छन्। यसैले यस्तो व्यक्ति परमेश्‍वरसँग घनिष्ठ हुन्छ। परमेश्‍वरसँग घनिष्ठ रहेका मानिसहरू परमेश्‍वरका विश्‍वासपात्रहरू पनि हुन्; परमेश्‍वरसँग घनिष्ठ रहेका व्यक्तिहरू मात्र उहाँको बेचैनी र उहाँका विचारहरूमा सहभागी हुन सक्छन्, अनि तिनीहरूका देह कष्टमय र कमजोर भए पनि, तिनीहरूले कष्ट सहन सक्छन्, अनि परमेश्‍वरलाई प्रसन्न तुल्याउनका निम्ति आफूलाई मन परेको थोक त्याग्छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अझ बढी बोझहरू दिनुहुन्छ, अनि परमेश्‍वरले गर्न चाहनुभएको कुरा त्यस्ता मानिसहरूको गवाहीमा उत्पन्न हुँदछ। यसैले, यस्ता मानिसहरू परमेश्‍वरका निम्ति मनपर्दो हुन्छन्, तिनीहरू परमेश्‍वरको आफ्नै हृदय अनुसारका परमेश्‍वरका सेवकहरू हुन्, त्यस्ता मानिसहरूले मात्र परमेश्‍वरसँग मिलेर शासन गर्न सक्छन्। जब तँ साँच्चै परमेश्‍वरप्रति घनिष्ठ व्यक्ति बनेको हुन्छस्, तैँले परमेश्‍वरसित शासन गर्ने बेला ठीक त्यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको इच्छा अनुसार कसरी सेवा गर्ने)। परमेश्‍वरको वचनबाट मैले के थाहा पाएँ भने, परमेश्‍वरले उहाँको इच्‍छा पालना गर्ने र उहाँका बोझहरू लिनेहरूलाई प्रेम गर्नुहुन्छ। परिस्थिति जस्तोसुकै आए पनि, तिनीहरूले जस्तोसुकै कष्ट सहे पनि, र अगाडिको बाटो आशाहीन देखिए पनि, परमेश्‍वरको आज्ञा पूरा गर्न कुनै पनि कष्ट सामना गर्छन्, र आफ्‍ना हितहरूबारे विचार गर्दैनन्। अन्तिममा परमेश्‍वरले प्राप्त गर्ने मानिसहरू यस्ता नै हुन्। मण्डलीले सतावट सामना गरिरहेको त्यो नाजुक क्षणमा, मैले परमेश्‍वरको इच्‍छा पालना गर्नुपर्छ, परमेश्‍वरले चिन्ता गर्ने कुरालाई मैले चिन्ता गर्नुपर्छ, मण्डलीको कामको रक्षा गर्नुपर्छ र आफ्‍ना जिम्‍मेवारी र कर्तव्यहरू पूरा गर्नुपर्छ भन्‍ने मलाई थाहा भयो। यो महसुस गरेपछि, मैले यो सङ्कल्‍प गरेँ: अगाडि जस्तोसुकै खतरा भए पनि, परमेश्‍वरको हृदयलाई सान्त्वना दिन म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नेछु।

एक दिन, मैले छिमेकी मण्डलीका अगुवा पक्राउ परेका छन् भन्‍ने सुनेँ। मण्डलीका पुस्तकहरू तुरुन्तै अर्को ठाउँ सार्नुपऱ्यो, नत्र ती ठूलो रातो अजिङ्गरको हातमा पर्थे। त्यसकारण मैले सँगै मिलेर पुस्तकहरू सार्न तुरुन्तै सिस्टर झाङ यिलाई सम्पर्क गरेँ। भेला हुने ठाउँमा पुगेपछि, उनी घबराउँदै मकहाँ हतारपतार आइन्, र उनको पिछा गरिएको छ भनेर बताइन्। उनलाई उम्कन गाह्रो भएको थियो र उनले पुस्तकहरू जतिसक्दो चाँडो सार्नुपर्छ भनेर भनिन्। यो सुनेपछि, मेरो सातोपुत्लो उड्यो अनि म घबराएँ र डराएँ। मैले सोचेँ: “हामी पूर्णरूपमा बाहिर खुल्ला छौँ, प्रहरी भने लुकिरहेको छ। प्रहरीले मलाई भेट्टाएर पक्र्यो भने, पक्‍कै पनि मलाई कुटेर मार्नेछ।” जति सोचेँ, मलाई त्यति नै डर लाग्यो र अरू कसैलाई पुस्तकहरू सार्न लगाउन मन लाग्यो। तर त्यसपछि मलाई पुस्तक व्यवस्थापकलाई भेट्न झाङ यिले समय मिलाइसकेकी छिन् र अर्को व्यक्ति खोज्‍ने समय छैन भन्‍ने याद आयो। साथै, सार्न जति ढिलो भयो, खतरा त्यति नै बढी हुन्थ्यो। मनमा यताउती कुरा खेलिरहेको बेला, मलाई म फेरि डरपोक भइरहेको महसुस भयो त्यसकारण परमेश्‍वरलाई निरन्तर पुकारेर विश्‍वास र बल मागेँ। ठिक त्यसपछि, मलाई परमेश्‍वरका वचनहरूको अर्को खण्ड याद आयो। “परमेश्‍वरप्रति बफादार मानिसहरूलाई वातावरण खतरनाक छ भन्‍ने स्पष्टसित थाहा हुँदा पनि तिनीहरू घटनाको नतिजा सम्‍हाल्‍ने खतरा मोल्‍छन्, अनि आफू पछि हट्नुअघि परमेश्‍वरको घरमा हुने नोक्सानलाई कम बनाइराख्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दैनन्। मलाई भन्, ठूलो रातो अजिङ्गरको यो दुष्ट देशमा, परमेश्‍वरमा विश्‍वास गर्दा र आफ्‍नो कर्तव्य पूरा गर्दा पटक्कै खतरा छैन भनेर कसले सुनिश्चित गर्न सक्छ? व्यक्तिले जुनसुकै कर्तव्य लिए पनि, यसमा केही खतरा हुन्छ नै—तैपनि कर्तव्य पूरा गर्नु परमेश्‍वरको आज्ञा हो, र परमेश्‍वरलाई पछ्याउने क्रममा, व्यक्तिले आफ्‍नो कर्तव्य पूरा गर्ने खतरा मोल्‍नैपर्छ। व्यक्तिले बुद्धि चलाउनुपर्छ, र आफ्‍नो सुरक्षा सुनिश्‍चित गर्न उपायहरू अपनाउनुपर्छ, तर व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिनु हुँदैन। उसले पहिले परमेश्‍वरको इच्‍छालाई विचार गर्नुपर्छ, उहाँको घरको कामलाई पहिलो स्थानमा राख्‍नुपर्छ र सुसमाचार सुनाउने कार्यलाई पहिलो स्थानमा राख्‍नुपर्छ। परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यो नै पहिले आउँछ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्‍वरप्रति बफादार मानिसहरूले उहाँको इच्‍छा पालना गर्न सक्छन्। परिस्‍थिति जति नै जोखिमपूर्ण भए पनि, तिनीहरूले अनुगमनको काम र जिम्‍मेवारीहरू पूरा गर्न सबै जोखिम उठाउन सक्छन्। मैले सोचेँ, यत्तिका वर्ष विश्‍वासीको रूपमा कसरी परमेश्‍वरका वचनहरूका धेरै मलजल र भरणपोषण प्राप्त गरेँ, तसर्थ अहिले मैले आफ्‍नो कर्तव्य पूरा गर्ने बेला थियो, मैले आफ्‍नो विवेकलाई धोका दिएर मण्डलीका हितहरू सङ्कटमा पर्दा चुपचाप उभिनु हुँदैनथ्यो। परिस्‍थिति जस्तोसुकै खतरनाक भए पनि, मैले ती पुस्तकहरू सार्ने उपाय खोज्‍नुपर्थ्यो। मैले ती पुस्तकहरू ठूलो रातो अजिङ्गरको हातमा पर्न दिनु हुँदैनथ्यो। मलाई प्रभु येशूका यी वचनहरू याद आयो: “जसले आफ्नो ज्यान जोगाउनेछ उसले त्यो गुमाउनेछ, तर जसले मेरो खातिर आफ्नो ज्यान गुमाउनेछ, उसले त्यो जोगाउनेछ(लूका ९:२४)। यदि म आफ्‍नो कर्तव्य पूरा गर्दा पक्राउ परेर कुटिएर मारिएको भए पनि, यो अर्थपूर्ण र परमेश्‍वरले तारिफ गर्ने कुरा हुनेथ्यो। मैले सम्झेँ, पत्रुसलाई परमेश्‍वरको खातिर कसरी उँधोमुन्टो क्रूसमा टाँगिएको थियो, तर तिनलाई आफ्‍नो जीवनको कुनै परवाह थिएन, यसरी तिनले परमेश्‍वरको दह्रिलो र सानदार गवाही दिए। मैले पत्रुसको अनुकरण गर्नुपर्छ, परिस्थिति जस्तो आए पनि परमेश्‍वरप्रति म वफादार हुनुपर्छ, र परमेश्‍वरको हृदयलाई सान्त्वना दिन कर्तव्य राम्ररी पूरा गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। त्यसपछि, ब्रदर-सिस्टरहरूसँग मिलेर ठूलो रातो अजिङ्गरबाट बच्‍न बुद्धी लगायौँ, र परमेश्‍वरको सुरक्षाद्वारा हामीले सफलतापूर्वक पुस्तकहरू साऱ्यौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो कर्तव्य कसरी लेनदेन बन्यो

झेनछेङ, चीनसन् २००८ मा, मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई ग्रहण गरेँ। परमेश्‍वरको वचन पढेर मैले आखिरी दिनहरूमा...

निराकरणपछिको परिवर्तन

गत मार्चमा, मैले मण्डलीको भिडियो काम जिम्‍मा लिएँ। त्यो कर्तव्यमा म नयाँ भएकोले मैले धेरै सत्यता पूर्णरूपमा बुझेको थिइनँ त्यसकारण हरेक दिन...

मैले किन अरूसँग सहकार्य गर्न इन्कार गरिरहेकी थिएँ?

एक दिन सुसमाचार कामको जिम्‍मा लिनका लागि कसैलाई छनौट गर्न मण्डलीमा चुनाव भयो। अचम्‍मको कुरा, नतिजा सुनाउँदा त ब्रदर-सिस्टरहरूले मलाई चुनेका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्