मानिसलाई खुसी पार्ने व्यक्तिहरू पछाडिको वास्तविकता

20 जनवरी 2022

सु जिइ, चीन

गत अक्टोबरमा, मण्डलीले मलाई ग्राफिक डिजाइन टोलीको निरीक्षण गर्न वाङ लीसँग खटायो, उनीसित मैले पहिला पनि काम गरेकी थिएँ। उनी आफ्नो छवि जोगाउन मरिमेट्ने व्यक्ति थिइन् र उनलाई चिढ्याउने जो कोहीलाई समस्यामा पार्थिन्। तर हाम्रो चाहिँ तालमेल मिल्थ्यो, कुनै ठूलो समस्या भएन। हामीबीच सधैँ सुमधुर सम्बन्ध रह्यो। अहिले फेरि हामीले सँगै कर्तव्य पूरा गरिरहेका थियौं, हाम्रो सहकार्य सुमधुर ढङ्गले अघि बढेको म चाहन्थें। पछि उनले मलाई टोली सदस्यहरूबारे जानकारी गराइन्। उनले सिस्टर सीनबारे बताउँदा भने रिसाएर भनिन्, “उनीसित असल मानवता छैन र उनी हदैसम्‍मको अहङ्कारी छिन्। उनले सल्लाह-सुझाव अस्वीकार गर्ने मात्र होइन, सधैँ मेरा समस्याहरू कोट्याउने गर्छिन्। उनले टोलीमा सकारात्मक भूमिका निर्वाह गर्दिनन्। मैले उनको बारेमा अगुवालाई पत्र लेखेकी छु र अरूबाट पनि आकलनहरू सङ्कलन गरेकी छु। उनलाई बर्खास्त गरिनेछ।” मैले सबै आकलनहरू पढेँ, र धेरैजसोले सिस्टर सीनसित आफ्नो कर्तव्यको लागि खुबी र असल क्षमता छ, तर उनी अलिक अहङ्कारी छिन् र कहिलेकाहीँ आफ्नो धारणामा अडिग रहन्छिन् भनेर भनेका रहेछन्। तर असल सङ्गति गरेपछि उनले कामकुरा स्वीकार्न सक्थिन्। समग्रमा, उनी सुधार गरिन योग्य व्यक्ति थिइन्। वाङ लीले उनीबारे गरेको आकलन वस्तुगत वा निष्पक्ष थिएन, उनलाई मनपरी ढङ्गले बर्खास्त गरिनु हुँदैन भनेर मैले सोचिरहेकी थिएँ। के सिस्टर सीनले वाङ लीलाई नराम्रो देख्‍ने प्रतिक्रिया दिएकी थिइन्, जसले गर्दा वाङ ली उनी विरुद्ध पक्षपाती भइन् र उनलाई कर्तव्यबाट हटाउन चाहिन्? यदि त्यसो हो भने, वाङ लीले आत्मसमीक्षा गर्नुपर्थ्यो। म यो कुरा तिनलाई देखाइदिन चाहन्थें, तर फेरि सोचें, तिनी आफ्नो इज्जतको एकदमै ख्याल गर्छिन्—त्यसपछि त तिनले मलाई मन नपराउलिन् कि? यति कुरा बिग्रियो भने, कसरी हाम्रो हामी मिलेर बस्‍न सक्छौं र? त्यसैले, मैले तिनलाई युक्ति लगाएर भनें, “सिस्टर सीन विश्‍वासमा नयाँ हुन् र उनी अलिक हठी छिन्। तर उनको समस्या उनलाई बरखास्तै गर्नुपर्ने खालको गम्भीर चाहिँ होइन। उनलाई सङ्गति गरेर मदत गरौं न।” उनको पुरै बरताव बद्लियो र उनले झोकिँदै भनिन्, “उनी हठी होइन, उनको स्वभाव नै खराब छ। मैले पनि तपाईंले जस्तै सोच्थें तर अहिले मैले कुरा बुझेकी छु। परमेश्‍वरका वचनहरू अनुसार, उनलाई हटाउनुपर्छ। तपाईं चाहनुहुन्छ भने, उनलाई मदत गर्नुहोस्। तपाईंले उनको कामको जिम्मा लिन सक्‍नुहुन्छ।” के गर्ने हो, मलाई थाहा भएन। म भर्खरै टोलीमा सामेल भएकी थिएँ र कामकुराबारे भेउ पाएकी थिइनँ। तर तिनले त उनका जिम्मेवारीहरू ममाथि लादिन्, र यसले हाम्रो काममा बाधा पुऱ्याउन सक्थ्यो। यसो गर्नु त एकदमै अजिम्मेवार कार्य थियो। म तिनलाई आफ्नो विचार अझ धेरै बताउन चाहन्थें, तर तिनी अति रूखो भएको देखेर, हाम्रो तालमेल बिग्रिएला कि भनेर विवाद गर्न डर लाग्यो, त्यसैले मुखमा बुच्‍चो लगाएँ।

केही दिनपछि, हामीले आफ्नो कामको लागि आवश्यकताअनुसार स्थान परिवर्तन गर्ने तयारी गर्दैथियौं। वाङ लीले अचानक मलाई भनिन्, “सिस्टर सीनलाई नलैजाऊँ। उनले यहीं बसेर चिन्तन गर्नुपर्छ।” मलाई अनौठो लाग्यो। के उनलाई यहाँ एक्लै छोड्नु भनेको एक्ल्याउने तरिका होइन र? त्यो त उनलाई हटाएकै बराबर भएन र? सिस्टर सीनले प्रमुख भूमिका निर्वाह गर्ने गर्थिन्। उनलाई नलगे, हाम्रो काममा बाधा पुग्‍नेथियो र उनीप्रति पक्षपात हुनेथियो। म चिन्तित भएँ। वाङ लीले भ्रष्ट भएर काम गर्दैछिन् भनेर मैले बुझें, र तिनले आफ्नो ओहोदाको दुरुपयोग गरेकी र सिस्टर सीनलाई बहिष्कार गर्ने गरेकी कुरा खुलासा गर्न चाहन्थें। तर केही दिनअघि सिस्टर सीनबारे कुरा गर्दा, उनले साह्रै विरोध गरेकी थिइन् र मप्रति नराम्रो दृष्टिकोण राखेकी थिइन्, त्यसैले, यदि यस समस्यालाई अझ सीधै बताएँ भने, मैले सिस्टर सीनलाई पुलपुल्याउँदैछु र वाङ लीको लागि समस्या खडा गर्दैछु भनेर तिनले भन्न सक्थिन्, र मलाई पक्षपात गर्न सक्थिन्। यदि यसले हाम्रो बीचमा फाटो ल्यायो अनि तिनी रिसाइन् र मलाई बहिष्कार गरिन् भने, कसरी हामी सँगै काम गर्न सक्छौं र? म हिचकिचाएँ र मुखमै आइसकेको कुरालाई भित्रै दबाएँ। यसलाई भुलिदिऊँ भन्ने मलाई लाग्यो। सत्य कुरा तीतो हुन्छ, त्यसैले मैले ठाडै बताउनु हुँदैन। मैले यसलाई ढाकछोप गर्नुपर्छ। तसर्थ, मैले अनकनाउँदै भनें, “अगुवाले उनको कर्तव्य परिवर्तन गर्ने कुरा पुष्टि गर्नुभएको छैन। के हामीले उनलाई यहाँ छोड्नु उचित होला त? हामीले उनलाई बर्खास्त गर्नुअघि अगुवाको स्वीकृति पर्खनुपर्दैन र? उनलाई हामीसँगै लैजाऊँ। त्यसो गर्दा, हामीलाई पनि काम अघि बढाउन मदत पुग्‍नेछ।” मैले त्यसो भनेपछि वाङ लीले जोर गरिनन्। मैले तिनको समस्या स्पष्टसित बताएकी थिइनँ भनेर मलाई थाहा थियो र तिनले सिस्टर सीनलाई तारो बनाइरहन्छिन् भनेर म चिन्तित थिएँ यसबारे मलाई दोषी महसुस भयो, तर त्यसपछि सोचें, हामी सँगै काम गर्ने भएकोले, तिनलाई नजर राखेर ठूलो गल्ती गर्नबाट जोगाउनुपर्छ। तिनले सिस्टर सीनलाई जानाजानी अलग पारिरहिन्। एक पटक, मण्डलीमा प्रशिक्षण दिन कसैको आवश्यकता पऱ्यो। सिस्टर सीनले नयाँ कुरा छिटो सिक्न सक्छिन् भन्ने कुरा स्पष्ट थियो, त्यसैले, उनलाई प्रशिक्षणका लागि पठाउनु र त्यसपछि अरूलाई सिकाउन लगाउनु सबैभन्दा राम्रो विकल्प थियो। तर वाङ लीले हाम्रो कामबारे राम्रोसित थाहा नभएकी सिस्टर लियुलाई पठाउन जोर गरिन्। मैले पनि अरू दाजुभाइ-दिदीबहिनीहरूबाट के थाहा पाएँ भने, सिस्टर सीनले धेरै पटक वाङ लीको विचारसित मेल नखाने दृष्टिकोणहरू व्यक्त गरेकी थिइन्, र सिस्टर लीको विचार नै सबैलाई राम्रो लागेको थियो, तर वाङ लीले ती स्वीकार्न इन्कार गरेकी थिइन् र सिस्टर सीनले उनकै कुरा सुन्नुपर्छ भनेर जोर दिएकी थिइन्। पछि सिस्टर सीनले वाङ लीको समस्याबारे भेलामा कुरा उठाउँदा, वाङ ली रिसाइन् र उनलाई बेवास्ता गरिन्। सिस्टर सीनलाई उनको कर्तव्यमा समस्याहरू आइपर्दा, वाङ लीले मदत गर्दैनथिइन्, उनलाई काममा अलपत्र पार्थिन्, उनको लागि कामकुरो कठिन बनाइदिन्थिन्। यी सबै सुन्दा मलाई साह्रै नराम्रो लाग्यो। वाङ ली जहिले पनि सिस्टर सीनप्रति पक्षपाती रहन्थिन् र उनलाई अलग पारिरहन्थिन्। यो समस्या निकै गम्भीर हुँदै गइरहेको थियो। यसले मण्डलीको काममा बाधा र हानि पुऱ्याइरहेको थियो। मैले वाङ लीसित कुरा गर्नुपर्छ भनेर मलाई थाहा थियो। अँ। त्यो दिन मैले केही हिम्मत जुटाएर भनें, “तपाईंले सिस्टर सीनप्रतिको पूर्वाग्रह त्याग्नुभएको छैन, त्याग्नुभयो त? सिस्टर सीनले नयाँ कुराहरू छिटो सिक्न सक्छिन्, तपाईंले उनलाई जान दिनुभएन, यो त पक्कै पनि उनीप्रति तपाईंको पूर्वाग्रहले गर्दा हुनुपर्छ।” मैले त्यसो भन्नसाथ तिनको अनुहार कालो भयो र रिसाउँदै भनिन्, “उनीप्रतिको पूर्वाग्रह त गयो तर अब तपाईंप्रति चाहिँ छ। सिस्टर सीनको टोलीले आफ्नो कर्तव्यमा केही पनि हासिल गरिरहेको छैन र यो उनको समस्या हो। मैले तपाईंलाई धेरै अघि उनलाई बर्खास्त गर्नुपर्छ भन्दा तपाईं मान्नुभएन।” तिनीसित आत्म-चेतना थिएन। टोलीबाट राम्रो काम नहुँदा तिनले टोली अगुवाको हैसियतमा आफूलाई नियालिनन्, तर बहाना बनाएर त्यसलाई पन्छाइन्। म पनि कम थिइनँ र तिनका कार्यहरूको प्रकृतिबारे सीधै बताउन चाहन्थें। तर तिनको त्यस्तो प्रतिरोध देखेर म पछि हटेँ। मैले सोचें, मैले तिनलाई सच्चाइको सार मात्र बताएकी थिएँ, तर तिनले त्यसलाई अत्यन्तै नराम्रो पाराले लिइन्। यदि मैले साँच्चै उनका सबै समस्याहरू उदाङ्गो पारेकी भए, उनी निश्चय नै रीसले चूर हुनेथिइन्। त्यसले हाम्रो सम्बन्धमा आँच पुऱ्याउनेथियो। थप केही नभन्नु नै उचित थियो, साथै मैले तिनलाई अलिकति चेतावनी त दिइसकेकी थिएँ। तिनले त्यो स्वीकार नगर्ने भएकीले, मैले नभन्ने निर्णय गरें। त्यसपछि प्रबन्धहरू परिवर्तन भए। मेरो मुख्य काम अन्य कामकुरोको देखरेख गर्नु भयो। अचम्मको कुरा, एक महिनापछि, वाङ लीको काम ठप्प भएको थियो र टोली सदस्यहरूले कमजोर र दुःखी महसुस गरिरहेका थिए। तिनले उनीहरूलाई कर्तव्य राम्ररी नगरेको देख्दा, निराकरण मात्र गर्ने गरेकी तर मार्गदर्शन नगरेकी कुरा उनीहरूले बताए। तिनले सबैलाई विवश बनाएको उनीहरूले महसुस गरे र आफ्नो कर्तव्य गर्नै नसक्ने गरी उनीहरू नकारात्मक भए। तिनले सिस्टर सीनको काममा महिनौंदेखि मार्गदर्शन नगरिरहेकी कुरा पनि उनीहरूले बताए। तिनीहरू सबैको आँखा आशु छल्किरहेको थियो। उप्रान्त म चुप लाग्नै सकिनँ। मैले वाङ लीका समस्या धेरैअघि नै देखेकी थिएँ, तर तिनलाई यी समस्याहरूको प्रकृति औंल्याइदिइनँ। तिनले आफ्नो भ्रष्ट स्वभावलाई बुझेकी थिइनन् तर मानिसहरूलाई पूर्वाग्रह गरेर बहिष्कार गरिरहिन्, यहाँसम्म कि, टोलीको काम लगभग ठप्प नै भयो। मलाई असाध्यै दोषी महसुस भयो। घर पुगेपछि, मैले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधीका वचनहरू प्रकट हुँदा, हर प्रकटीकरणमा ती वचनहरू विशेष रूपमा दयालु, सभ्य र विशिष्ट देखिन्छन्। सिद्धान्तको उल्लङ्घन गर्ने, हस्तक्षेप गर्ने र घुसपैठ गर्ने जोकोही भए पनि तिनीहरूलाई निराकरण, काँटछाँट वा पर्दाफास गरिँदैन; ख्रीष्टविरोधीले आँखा चिम्लिन्छ, र मानिसहरूलाई आफू हर मामिलामा उदार छ भनी सोच्ने तुल्याउँछ। मानिसहरूको हरेक भ्रष्टता र घिनलाग्दो कामले भलाइ र सहिष्णुताको व्यवहार पाउँछ; ख्रीष्टविरोधीले रिस पोखाउँदैन, क्रोध र रिसले मानिसहरूलाई चोट पुऱ्याउँदैन, वा कसैले गल्ती गरे उक्त व्यक्तिलाई हानि गर्दैन। तिनीहरू आफू सहनशील र धैर्यवान भएको र आफूले कसैलाई चोट पुऱ्याउने वा धम्की दिने नगरेको देखाउन चाहन्छन्। तर तिनीहरूको भित्री उद्देश्य भनेको आफैलाई कृपा-पात्र बनाउनु, र आफ्नो कार्य, आफ्नो व्यवहार, र आफ्नो चरित्रप्रति मानिसहरूलाई प्रशंसा र स्वीकृति महसुस गराउनु हुन्छ(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दस)”)। मेरो लागि यो साँच्चै मार्मिक थियो। मानिसहरूले परमेश्‍वरको घरको काममा बाधा पुऱ्याइरहेको देख्दा ख्रीष्टविरोधीहरू भित्र पस्दैनन्, त्यसकारण, तिनीहरूले आफ्नो राम्रो छवि बनाउन सक्छन्—तिनीहरू साह्रै स्वार्थी र घृणित छन्। मैले ख्रीष्टविरोधीकै जस्तो काम गरिरहेकी थिएँ भनेर मैले बुझें। परमेश्‍वरको घरले मलाई वाङ लीसित काम गर्ने प्रबन्ध मिलायो ताकि हामीले एकअर्काका कमजोरीहरू सुधार्न सकौं, एकअर्कालाई रेखदेख गरिरहन सकौं, परमेश्‍वरको घरको काम मिलेर कायम गर्न सकौं। तर तिनीसितको मेरो “सद्भावपूर्ण” सम्बन्धलाई जोगाउन, उनको नजरमा “असल व्यक्ति” बन्ने छविलाई बनाइराख्न, तिनले सिस्टर सीनलाई गरेको बहिष्कार र दमनकारी व्यवहारको खुलासा गर्ने आँट गरिनँ। भ्रष्टताको नियन्त्रणमा तिनले अरूलाई व्यवहार गरेकी र त्यसले काममा प्रभाव पारेको मैले देखें, तर म सत्यताका सिद्धान्तहरूमा अडिक रहिनँ र त्यसबारे पाइला चालिनँ वा अगुवालाई रिपोर्ट गरिनँ। तिनले मलाई मन नपराउलिन् र हामीबीच फाटो आउला भनेर म डराएँ। मैले केही कुरा भन्ने आँट गरे पनि, म फेरि पछि हटेँ, तिनको व्यवहारको प्रकृतिलाई सीधै र स्पष्टसित बताइनँ। मैले सधैँ तिनलाई उम्कने बाटो दिएँ। तिनले दाजुभाइ-दिदीबहिनीहरूलाई वास्तवमा के गर्दैछिन् भनेर मैले देखें, जुन कुराले परमेश्‍वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा गम्भीर बाधा पुऱ्यायो। अन्त्यमा मैले साँच्चै के बुझें भने, कसैलाई नचिढ्याइ असल व्यक्ति बन्ने अभिनय गर्नु भनेको वास्तवमा छट्टू र धूर्त मनसायको उपज हो। मैले गरेका सबै कुरा आफ्नै रक्षा गर्न, आफ्नै नाम र हैसियत कायम राख्नका लागि थिए। यी अरूको मन जित्न, दयालु देखिएर अरूलाई जालमा फसाउनका लागि थिए। मैले ख्रीष्टविरोधीको दुष्ट स्वभाव प्रकट गरिरहेकी थिएँ। आफ्ना कार्यहरूबारे चिन्तन गर्दा, मलाई साह्रै दोषी महसुस भयो र त्यतिविघ्न छट्टू र धूर्त भएकोमा आफैलाई घृणा गरें। यस्तो महत्वपूर्ण कर्तव्य पूरा गर्न परमेश्‍वरले मलाई उच्च पार्नुभएको थियो, तर समस्याहरू देख्दा म अजिम्मेवार भएँ र सिद्धान्तहरूमा अडिग रहिनँ। मैले परमेश्‍वरको घरको काममा हानि पुऱ्याएँ र अरूको जीवनमा रोकावट ल्याएँ। मैले आफ्नो खाने थालमा आफै थुकिरहेकी थिएँ। परमेश्‍वरले मलाई दिनुभएको कार्यलाई मैले तुच्छ तुल्याएँ। यो हदैको अनुचित काम थियो! मैले परमेश्‍वरलाई प्रार्थना गरें र पश्चात्ताप गरें, परमेश्‍वर विरुद्ध विद्रोह नगर्न र उहाँलाई चोट नपुऱ्याउन तयार भएँ। मैले सत्यता अभ्यास गर्नेथिएँ र परमेश्‍वरको घरको कायलाई रक्षा गर्नेथिएँ।

भोलिपल्ट, सिस्टर सीनको टोलीमा मैले त्यस समस्याबारे कुरा उठाउँदा, वाङ लीको बरताव बद्लियो र तिनले अरूलाई दुःखी बनाउँदै सिस्टर सीनबारे गुनासो गर्न थालिन्। तिनीसित आत्म-चेतना नभएको र तिनले प्रतिक्रिया स्वीकार गर्न नसकेको मैले देखें। कुरा अलिक अप्ठ्यारो लाग्यो। मैले के सोचिरहेकी थिएँ भने, मैले भन्न थालेको मात्र थिएँ, तिनी राँकिहालिन्। यदि मैले तिनका सबै समस्याहरू बताइदिएको भए, तिनी अवश्यै मसित रिसाउनेथिइन्। भनौं त? म हिचकिचाएँ र एक प्रकारको विवशता महसुस गरें, त्यसैले, मैले मनमनै प्रार्थना गरें र परमेश्‍वरले कसरी हामी इमानदार भएको र उहाँको घरका हितहरूलाई कायम राखेको माग गर्नुहुन्छ भनेर सोचें। यसले मलाई केही साहस दियो। तिनले जे सोचे पनि, मैले आफ्ना इमानदार धारणा बताउनुपर्छ भन्ने मलाई थाहा भयो। त्यसैले, तिनले कसरी सिस्टर सीनलाई दमन गरिरहेकी छन् भनेर गम्भीरतापूर्वक र निष्पक्ष भई बताएँ, र त्यसको प्रकृति र नतिजाहरूबारे सङ्गति गरें। तर तिनले कुनै कुरा पनि मानिरहेकी थिइनन्। तिनले सबै कुरामाथि बहस गरिरहिन्। तिनले सत्यता स्वीकार्न वा आफूलाई चिन्न मानिनन्। तिनको समस्या कत्ति गम्भीर रहेछ र तिनी त्यस कर्तव्यमा रहन सक्दिनन् भनेर मैले बुझें, त्यसैले, मैले यो कुरा अगुवालाई बताएँ। उनले यसबारे वाङ लीसित अघि पनि धेरै पटक सङ्गति गरेकी तर तिनी परिवर्तन नभएकी कुरा बताइन्। तिनी त्यस कामको लागि अयोग्य छिन् भनेर तिनको व्यवहारले देखाउँथ्यो। तिनीसित असल मानवता थिएन र तिनले सत्यता स्विकार गर्नेथिइनन्, त्यसैले तिनलाई बर्खास्त गर्नुपर्थ्यो। त्यो काम मैले गरेको अगुवा चाहन्थिन्। मेरो मुटु ढुकढुक भयो र मैले तिनका समस्याहरू खुलासा गरेदेखि मप्रति तिनको दृष्टिकोण फरक भएको छ भनेर सोचें। यदि मैले तिनलाई व्यक्तिगत तवरमा बर्खास्त गरें भने, तिनी नराम्रोसित चिढिनेथिइन्। के त्यसपछि तिनले मलाई घृणा गर्नेथिइन्? मैले नै अगुवालाई रिपोर्ट गरेको हो भनेर यदि तिनले ठानिन् भने, के मैले तिनलाई तारो बनाएको भनेर तिनले सोच्नेथिइन्? मेरो मनमा द्वन्द्व चल्यो र तिनको सामना कसरी गर्ने मलाई थाहा भएन। मलाई यसबारे चिन्ता लागिरहेको बेला, मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने संकल्प र इच्‍छा मात्रै हुन्छ; सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्‍लङ्घन गर्ने कार्य गरिरहेका—यसरी परमेश्‍वरको घरमा हानि पुर्‍याइरहेका, र परमेश्‍वरका चुनिएकाहरूलाई नोक्‍सानी पुर्‍याइरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्‍ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्‍ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्‍ने साहस नहुनु हो? यो यीमध्ये कुनै पनि होइन; यसको अर्थ के हो भने तँ धेरै प्रकारका भ्रष्ट स्वभावद्वारा नियन्त्रित छस्। यीमध्ये एउटा स्वभाव धूर्तता हो। तैँले पहिले आफ्‍नै बारेमा सोच्छस्, र यस्तो विचार गर्छस्, ‘यदि म बोलेँ भने, यसले मलाई कसरी फाइदा दिनेछ? यदि म बोलेँ र कसैलाई बेखुशी तुल्याएँ भने, भविष्यमा हामी कसरी मिलेर बस्‍न सक्‍नेछौं?’ यो धूर्त मानसिकता हो, होइन र? के यो धूर्त स्वभावको परिणाम होइन र? अर्को स्वार्थी र छुद्र स्वभाव हो। तँ यस्तो विचार गर्छस्, ‘परमेश्‍वरको घरका हितहरूमा हानि पुग्‍नुसँग मेरो के सम्‍बन्ध छ र? मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्‍बन्ध छैन। मैले यसो भएको देखेँ र सुनेँ भने पनि, मैले केही पनि गर्नु पर्दैन। यो मेरो जिम्‍मेवारी होइन—म अगुवा होइन।’ त्यस्ता कुराहरू तँभित्र हुन्छन्, मानौं ती तेरा अचेतन मनबाट पैदा भएका हुन्, मानौं तिनले स्थायी रूपमा तेरा हृदयका स्थानहरू ओगटेका छन्—ती मानिसका भ्रष्ट, शैतानी स्वभाव हुन्। … तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छस्। तैँले भन्‍ने र गर्ने कुरामा तेरो कुनै नियन्त्रण हुँदैन। तैँले चाहे पनि, तैँले सत्यता बताउन वा तैँले वास्तवमा के सोचेको छस् त्यो कुरा भन्‍न सक्दैनस्; तैँले चाहे पनि, तैँले सत्यताको अभ्यास गर्न सक्दैनस्; तैँले चाहे पनि, तैँले आफ्‍ना जिम्‍मेवारीहरूलाई पूरा गर्न सक्दैनस्। तैँले भन्‍ने, गर्ने, र अभ्यास गर्ने सबै कुरा झूट हुन्छ, र तँ लापरवाही र झारातिरुवा हुन्छस्। स्पष्ट रूपमा नै, तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावको बन्धन र नियन्त्रणमा हुन्‍छस्। तैँले सत्यतालाई स्वीकार गर्न र त्यसमा लागिपर्न चाहन्छस् होला, तर त्यो तेरो हातको कुरा होइन: तँ भ्रष्ट देहको कठपुतलीबाहेक केही पनि होइनस्, तँ शैतानको औजार बनेको छस्, तेरो शैतानी स्वभावले तँलाई जे भन्छ तँ त्यही गर्छस् र त्यही भन्छस्। तैँले आफ्‍नो हृदयमा यस्तो विचार गर्छस्, ‘यसपटक म कठिन परिश्रम गर्नेछु, र म परमेश्‍वरसँग प्रार्थना गर्नेछु। परमेश्‍वरको घरको काममा बाधा दिने, आफ्‍नो कर्तव्यमा जिम्मेवार नहुने व्यक्तिहरूको विरुद्धमा म खडा हुनैपर्छ र तिनीहरूलाई हप्काउनैपर्छ। मैले यो जिम्‍मेवारी लिनैपर्छ।’ त्यसरी, ठूलो कठिनाइको साथ तैँले आफ्‍नो साहस बटुल्छस् र बोल्छस्। परिणामस्वरूप, अर्को व्यक्तिले टेबल ठटाएर रिस देखाउनेबित्तिकै, तँ लुरुक्‍क पर्छस्। के तँ साँच्चै नै प्रभारी होस् त? तेरो दृढ़ता र संकल्पको के अर्थ भयो र? ती त व्यर्थ भए। अवश्य नै तँ धेरैपटक यस्तो परिस्थितिमा परेको छस्। पहिलो कठिनाइमा नै तैँले गर्न सक्‍ने केही पनि छैन भन्‍ने ठान्दै बहाना बनाउँछस्। तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्, र तँलाई हटाइएको छ भन्‍ने विश्‍वास गर्दै तैँले हरेस खान्छस्। तैँले सत्यतालाई प्रेम गर्दैनस् भन्‍ने कुरा साँचो हो, तर के तैँले सत्यताको खोजी गर्दै आएको छस् त? के तैँले सत्यताको अभ्यास गर्दै आएको छस्? … तैँले कहिल्यै सत्यताको खोजी गर्दैनस्, तैँले सत्यताको अभ्यास गर्ने कुरा त परै जाओस्। तँ प्रार्थना मात्र गरिरहन्छस्, आफ्‍नो संकल्प निर्माण गरिरहन्छस्, अठोट लिइरहन्छस्, र शपथ खाइरहन्छस्। अनि यो सबैबाट के आउँछ? तँ अझै पनि होमा हो मिलाउने मान्छे नै रहन्छस्; तैँले कसैलाई पनि रिसउठाउँदैनस्, न त तैँले कसैलाई चिढ्याउँछस्। यदि कुनै विषयसँग तेरो कुनै सम्‍बन्ध छैन भने, तँ यसबाट टाढै बस्‍नेछस्, र सोच्नेछस्: ‘मसँग कुनै सम्‍बन्ध नै नभएका कुराहरूको बारेमा म केही पनि बताउनेछैन, अनि यसमा कुनै अपवाद छैन। यदि कुनै कुराले मेरो चासोहरू, मेरो अभिमान, वा मेरो आत्मसम्‍मानलाई हानि गर्छ भने, म यसलाई कुनै ध्यान दिनेछैन, र म यसलाई होशियारीको साथ लिनेछु; मैले हतारमा काम गर्नु हुँदैन। सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ, र म त्यति मूर्ख पनि छैन!’ तँ तेरो दुष्टता, धूर्तता, कठोरता, अनि सत्यतालाई घृणा गर्ने तेरा भ्रष्ट स्वभावहरूद्वारा पूर्ण रूपमा नियन्त्रित छस्। तिनले तँलाई पूर्ण रूपमा काबुमा राखेका छन्, र तेरो लागि यो हनुमान राजाले लगाउने सुनौलो चक्रभन्दा पनि असहनीय र नियन्त्रण गर्न नसकिने भएको छ। भ्रष्ट स्वभावको नियन्त्रणमा जिउनु अत्यन्तै हैरानीपूर्ण र पीडादायी कुरा हो!(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”)। परमेश्‍वरका वचनहरूमा भएको हर कुराले मेरो हृदयलाई सीधै छोयो। वाङ ली चिढिएलान् भनेर म सधैँ डराएँ र सत्यता अभ्यास गर्ने र तथ्यहरू प्रकट गर्ने आँट गरिनँ। म दुष्ट, धूर्त र सत्यतालाई घृणा गर्ने शैतानी स्वभावहरूद्वारा नियन्त्रित थिएँ। “मैत्रीभाव सम्पत्ति हो भने धैर्यता चमक हो,” “अरूको मर्ममा कहिल्यै प्रहार गर्नु हुँदैन,” “कुनै कुरा गलत छ भन्‍ने थाहा छ भने, त्यो नभनेकै बेस,” “हकी कुरा गर्दा अरूलाई रिस उठ्छ।” यी शैतानी सांसारिक दर्शनहरू मेरो जीवनको नियम भएका थिए। आफूले देखेका समस्याहरूबारे बोल्ने आँट मैले गरिनँ वा परमेश्‍वरको घरको कामलाई रक्षा गर्न सिद्धान्तहरूमा अडिग भइनँ। म कायर थिएँ। वाङ लीलाई मैले बर्खास्त गरेको अगुवाले चाहँदा, मलाई के कुरा स्पष्ट भयो भने, त्यो काम तुरुन्तै गरिहाल्नुपर्छ ताकि परमेश्‍वरको घरको काममा ढिलाइ नहोस्। तर मैले तिनी चिढिन्छिन् भनेर मुख खोल्नै सकिनँ। म असल व्यक्ति हुँ र कसैलाई चोट पुऱ्याउन चाहँदिनँ भन्ने जस्तो देखिन्थ्यो, तर वास्तवमा मैले परमेश्‍वरको घरका हितहरूलाई अरूको दृष्टिमा आफ्नो छवि राम्रो बनाउन किनबेच गरिरहेकी थिएँ। मैले वाङ लीलाई हर मोडमा पुलपुल्याएँ, तिनलाई परमेश्‍वरको घरको काममा बाधा पुऱ्याउन दिएँ। म त परमेश्‍वरको घरमा रडाको मच्चाउने शैतानको ढाल सरह थिएँ। म कपटी र धूर्त व्यक्ति थिएँ! ती शैतानी दर्शनहरू मानिसहरूलाई बहकाउने र दुःख दिने भ्रमहरू मात्र हुन्! यो समाज अत्यन्तै अन्धकार र दुष्ट छ, किनभने मानिसहरू शैतानी दर्शनहरू अनुसार जिउँछन्। तिनीहरू कायर हुन्छन् र ज्योतिलाई घृणा गर्छन्। कसैले पनि खडा हुने, धार्मिकता कायम राख्ने र सत्यता खुलासा गर्ने आँट गर्दैन। तर कृपा पात्र बन्नेहरू र सधैँ जतातिर मल्को उतातिरै ढल्को गर्नेहरूले नै साथ पाउँछन् र शक्ति प्राप्त गर्छन्। कुनै न्याय वा धार्मिकता छैन। सबैले एकअर्कालाई धोका दिइरहेका छन्, कुनै इमानदारीता छैन। त्यस्तो कुरा शैतानको भ्रष्टताको उपज हो। अन्त्यमा मैले के बुझें भने, यी शैतानी दर्शनहरू मानव धारणाहरू अनुरूप त छन् नै, तर ती वास्तवमा शैतानले मानिसहरूलाई बहकाउन र भ्रष्ट पार्न चलाउने झूटहरू हुन्। तीअनुसार जिउँदा हामी झन्-झन् धेरै स्वार्थी, दुष्ट र धूर्त हुन्छौं। यो, नीच र अमानवीय बाँच्ने तरिका हो।

मैले परमेश्‍वरका वचनहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्” भन्‍ने खण्ड पढेँ। “यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, झुटो रूप देखाउँदैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरू लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय धेरै नै इमानदार छ, र धेरै नै परमेश्‍वरमा केन्द्रित छ भने र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरको हितको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्‍ने प्रमाण हो। जब सत्यता तेरो जीवन बन्छ, तब, यदि कसैले परमेश्‍वरको विरुद्धमा ईश्‍वरनिन्दा गर्छ, त्यो व्यक्तिसँग परमेश्‍वरप्रति कुनै आदर हुँदैन, आफ्‍नो कर्तव्यमा लापरवाही गर्छ, मण्डलीको काममा बाधा वा अवरोधहरू ल्याउँछ भने, र जब तैँले यसो भएको देख्छस्, तब तैँले यसलाई पत्ता लगाउन र आवश्यक परे यसलाई खुलासा गर्न, अनि सत्यता सिद्धान्तअनुसार यसलाई समाधान गर्न सक्छस्। … जब सत्यताले तेरो हृदयमा अधिकार जमाएको हुन्छ र यो तेरो जीवन बनेको हुन्छ, तब तैँले कुनै निष्क्रिय, नकारात्मक, वा दुष्टता खडा भइरहेको देख्‍नेबित्तिकै, तेरो हृदयमा पैदा हुने प्रतिक्रिया पूर्ण रूपमा फरक हुन्छ। पहिलो, तैँले भर्त्सना र असहजताको बोध अनुभूति गर्छस्, त्यसपछि तुरुन्तै तँमा यस्तो भावना आउँछ: ‘म हात बाँधेर आँखा चिम्लँदै बस्‍नु हुँदैन। मैले खडा भएर बोल्‍नैपर्छ, मैले खडा भएर जिम्‍मेवारी लिनैपर्छ।’ त्यसपछि तैँले खडा भएर यी दुष्ट कार्यहरूलाई प्रकट गर्दै, परमेश्‍वरको घरका हितहरूलाई रक्षा गर्न र परमेश्‍वरको कार्यमा वाधा हुन नदिन प्रयास गर्दै तिनलाई रोक्‍न सक्छस्। तँसँग यो साहस र सङ्कल्प मात्रै हुँदैन, र त्यस विषयलाई तैँले पूर्ण रूपमा बुझ्‍न मात्र सक्‍नेछैनस्, बरु तैँले त परमेश्‍वरको कार्य र उहाँको घरका हितहरूको लागि तैँले उठाउनुपर्ने जिम्‍मेवारी समेत पूरा गर्नेछस्, त्यसरी तेरो कर्तव्य पूरा हुनेछ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू)। यो पढ्दा मलाई दोषी र उत्प्रेरित दुवै महसुस भयो। मैले यत्तिका वर्ष परमेश्‍वरको भरणपोषण मार्फत सत्यता प्राप्त गरेपछि पनि, अझै सिद्धान्तहरू वा परमेश्‍वरको घरका हितहरूलाई कायम राख्न सकिनँ। यो त हदैको अनुचित कार्य थियो। मैले मानिसलाई खुसी पार्ने मेरो रूपलाई उदाङ्गो पार्नुपर्थ्यो। म आफ्नो दुष्ट, धूर्त र भ्रष्ट स्वभावअनुसार जिइरहन हुँदैनथियो, तर मैले सत्यता अभ्यास गर्नुपर्थ्यो र मण्डलीका हितहरूलाई कायम राख्नुपर्थ्यो। त्यसपछि, मैले गएर वाङ लीसित कुरा गरें र तिनलाई बर्खास्त गरें। मैले सङ्गतिमा खुलेर कुरा राखें, तिनले सत्यता स्वीकार्न इन्कार गरेकी, मानिसहरूलाई दमन गरेकी र मण्डलीको काममा हानि पुऱ्याएकी एक-एक कुरा बताएँ। ग्रहण गर्न सजिलो कुराहरू मैले भन्न छोडें। म तिनलाई साँचो अर्थमा मदत गर्न, तिनका समस्याहरू खुलासा गर्न चाहन्थें, ताकि तिनले आफ्नो भ्रष्ट स्वभाव बुझ्न र इमानदारीसाथ पश्चात्ताप गर्न सकून्। मैले त्यसो गर्दा तिनी यति साह्रो उदास भइन् कि धुरुधुरु रोइन्, अनि आफू परमेश्‍वरको घरद्वारा गरिएको प्रबन्धलाई स्वीकार्न, साँचो अर्थमा चिन्तन गर्न र पाठ सिक्न तयार भएकी कुरा तिनले बताइन्। त्यसपछि, दाजुभाइ-दिदीबहिनीहरू बिस्तारै ठीक हुँदै गए, र टोलीको काममा पनि बिस्तारै नतिजाहरू प्राप्त हुन थाल्यो। मैले सत्यता अभ्यास गर्दा प्राप्त हुने शान्ति र राहत वास्तवमै महसुस गरें। ज्योतिमा जिउने एकमात्र तरिका यही हो।

पछि केही स्थानान्तर कार्य भए, त्यसैले मैले अन्य केही बहिनीहरूसँग मिलेर नवआगन्तुकहरूलाई पानी हाल्न थालें। सिस्टर यानले आफ्नो कर्तव्यमा जिम्मेवारी नउठाएर बरु लापरवाह र अजिम्मेवार भएकी मैले देखें, जसले गर्दा हाम्रो काममा असर पऱ्यो। यसबारे म चिन्तित भएँ र तिनी परिवर्तन हुन सकून् भनी मैले त्यो कुरा औंल्याइदिन चाहें, तर हाम्रो भेट भर्खरै भएको र हामीबीच त्यति तालमेल मिलिनसकेको हुनाले, यदि मैले तिनी आफ्नो कर्तव्यमा अजिम्मेवार भएकी छन् भनेर सीधै बताएँ भने, के तिनी मसित नाराज हुनेथिइन्? फेरि मैले मानिसलाई खुसी पार्ने व्यक्तिको जस्तै सोचाइ राखिरहेकी महसुस गरें, त्यसैले तुरुन्तै प्रार्थना गरें। त्यसपछि, मैले परमेश्‍वरका वचनहरू वाचन गरिएको भिडियो हेरें। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “‘अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै भन्‍नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।’ … परमेश्‍वरले बोल्‍नुभएका यी संक्षिप्‍त वचनहरूमा, के तँ परमेश्‍वरको स्वभावको कुनै कुरा देख्‍न सक्छस्? के परमेश्‍वरका यी वचनहरू सत्य छन्? के यिनमा कुनै छल छ? कुनै झूट छ? कुनै धाकधम्की छ? (छैन।) परमेश्‍वरले इमानदारीसाथ, सत्यतापूर्वक र सच्‍चा रूपले मानिसलाई उसले के खानु हुन्छ र के खानु हुँदैन भनी बताउनुभयो। परमेश्‍वरले स्पष्‍ट र सरल रूपमा बोल्‍नुभयो। के यी वचनहरूमा कुनै गुप्‍त अर्थ छन्? के यी वचनहरू सीधा छैनन्? के अनुमान गर्नुपर्ने कुनै आवश्यकता छ? (छैन।) अनुमान गर्नुपर्ने आवश्यकता छैन। तिनीहरूको अर्थ एक झलकमै स्पष्‍ट हुन्छ। ती पढेपछि तिनीहरूको अर्थ पूर्णतया स्पष्‍ट भएको महसुस गर्न सकिन्छ। त्यसैले, परमेश्‍वरले भन्‍न चाहनुभएको र उहाँले व्यक्त गर्न चाहनुभएको कुरा उहाँको हृदयबाट आउँछ। परमेश्‍वरले व्यक्त गर्नुहुने कुराहरू सफा, सीधा र स्पष्‍ट छन्। तिनमा कुनै गुप्‍त मनसायहरू हुँदैनन्, न त कुनै गुप्त अर्थहरू नै हुन्छन्। उहाँ मानिससँग सीधा रूपमा बोल्‍नुहुन्छ, उसले के खानु हुन्छ र के खानु हुँदैन भनी उसलाई बताउनुहुन्छ। भन्‍नुको अर्थ, परमेश्‍वरका यी वचनहरूमार्फत, परमेश्‍वरको हृदय पारदर्शी र सत्य छ भनी मानिसले देख्‍न सक्छ। यहाँ झूटको कुनै पनि निसान छैन; खानयोग्य खानेकुरा तैँले खानु हुँदैन भनी तँलाई बताउन खोजिएको होइन, वा तैँले खान नहुने खानेकुरा ‘खा अनि के हुन्छ हेर्’ भनी तँलाई बताउन खोजिएको होइन। परमेश्‍वरले यस्तो भन्‍न चाहनुभएको होइन। परमेश्‍वरले आफ्नो हृदयमा जे कुरा सोच्‍नुहुन्छ, उहाँले त्यही कुरा बताउनुहुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)। परमेश्‍वरले आदम र हव्वालाई भन्नुभएको कुरा एकदमै प्रष्ट छ। उहाँ इमानदार हुनुहुन्छ, केही कुरा लुकाउनुहुन्न। परमेश्‍वरको सार एकदमै पवित्र छ। आखिरी दिनहरूमा परमेश्‍वरले मानिसलाई न्याय गर्न र सजाय दिन सत्यता व्यक्त गर्नुहुन्छ। उहाँले शैतान मार्फत हुने हाम्रो भ्रष्टताको प्रकृतिलाई सीधै खुलासा र वारपार विच्छेद गर्नुहुन्छ, र हाम्रो भित्री कुरूपता र अधार्मिकतालाई प्रकट गर्नुहुन्छ। ती स्पष्ट छन् र कुनै कुरा लुकेको छैन। उहाँका वचनहरू कठोर हुन सक्छन् तर ती सबै प्रेम हुन् र हामीलाई धुन र परिवर्तन गर्नका लागि हुन्, यसरी, हामी आफूलाई चिन्न, शैतानलाई त्याग्न र साँचो मानव स्वभावमा जिउन सक्छौं। शैतान त्यसको ठीक विपरीत छ। त्यो गोलमाल, अस्पष्ट र दुष्ट छ र त्यसले कहिले आफूले भन्न चाहेको कुरा सीधै भन्दैन। त्यसले आदम र हव्वालाई बहकाउन प्रशंसनीय लाग्‍ने राम्रा कुराहरू, झूटा कुराहरू बोल्न थाल्यो, त्यसैले तिनीहरूले पाप गरे र परमेश्‍वरलाई धोका दिए। म शैतानी दर्शनहरू अनुसार जिइरहेकी थिएँ, मैले शैतानकै जस्तो दुष्ट र धूर्त स्वभाव देखाएँ। अरूसँगको आफ्ना सम्बन्ध र मप्रतिको अरूको दृष्टिकोणलाई जोगाउन, मैले एउटा कुरा सोचेर अर्को कुरा गरें, सर्प जत्तिकै धूर्त भएँ, मैले तलमाथि गोलमाल कुरा गरें। मैले भन्न खोजिरहेको कुरा कसैले पनि बुझ्न सकेन। यो त मेरो छट्टूपन थियो। म मानवभन्दा धेरै शैतान जस्तो थिएँ! यो कुरा बुझेपछि मलाई आफैदेखि घृणा लाग्यो र मानिसहरूलाई खुसी पार्ने व्यक्ति अर्थात् धूर्त स्यालजस्तो हुन चाहिनँ। म सत्यता अभ्यास गर्न र परमेश्‍वरको घरको कामलाई कायम राख्ने इमानदार व्यक्ति बन्न चाहन्थे। भोलिपल्टको भेलामा, मैले देखेको सिस्टर यानका समस्याहरूबारे खुलेर बताएँ, र त्यसपछि हामीले सँगै सङ्गति गऱ्यौं। तिनले आफ्ना समस्याहरू चिन्न सकिन्। मैले तिनको स्थिति बिस्तारै परिवर्तन हुँदै गएको देखें, मलाई अझ हलुका महसुस भयो।

यस अनुभवले मलाई के देखायो भने, हामी शैतानी दर्शनहरूअनुसार जिउनु हुँदैन र एकअर्कालाई छल गर्नु हुँदैन, तर खुलेर बोल्ने र इमानदार हुनुपर्छ। यो मात्र साँचो प्रेम हो र यसले सबैलाई पूर्ण रूपमा लाभ पुऱ्याउँछ। परमेश्‍वरका वचनहरू अनुसार इमानदार हुनु र सिद्धान्तहरू पालन गर्नु नै मानवता हासिल गर्नु, अनि आशिषित् हुने, शान्ति र आनन्द प्राप्त गर्ने तरिका हो भनेर मैले व्यक्तिगत तवरमा अनुभव गरें। त्यो त असल व्यक्ति हुनु हो। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

एक प्रतिभारको परीक्षा

क्षियाङदाओ, दक्षिण कोरिया“हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले...

मानिसहरूलाई हेपेर हप्काउँदा मेरो कुरूपताको खुलासा भयो

गत वर्षको अक्टोबरमा, मैले मण्डलीको सुसमाचार कार्यको रेखदेख गरिरहेको थिएँ। मण्डलीका केही सदस्यहरूले भर्खर आफ्‍नो कर्तव्य पूरा गर्न थालेका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्