साँचो कुरा भन्ने इच्छा नगर्नुका पछाडि के लुकेको हुन्छ
ये चिउ, चीनसन् २०२२ को सेप्टेम्बरको सुरुमा, म मण्डलीमा मलजल गर्ने टोली अगुवा थिएँ। त्यतिबेला, दुई जना नयाँ विश्वासीहरू, सिस्टर चिउ जेन र...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
पहिले मेरो मान्छे रिझाउने बानी थियो। कुनै ब्रदर वा सिस्टरले भ्रष्टता प्रकट गरेको वा लापरवाहीपूर्वक आफ्नो कर्तव्य पूरा गरेको देख्दा, उनीहरूको प्रतिष्ठा खराब गर्ने र उनीहरूमा मेरो नराम्रो छाप छोड्ने डरले उनीहरूलाई त्यो औँल्याउने हिम्मत गर्दिनथिएँ, ब्रदर-सिस्टरहरूसँग अन्तर्क्रिया गर्दा म शैतानको, “बोल्नुभन्दा पहिले सोच्नू र कुरा गर्दा पेट नरित्याउनू” भन्ने दर्शनअनुरूप चल्थेँ, कसैलाई सहयोग गर्न कुराहरू औँल्याउँदा, परिस्थितिलाई हल्का बनाउने दुई-चार साधारण शब्द छिराउँथेँ। कहिलेकाहीँ, ब्रदर सिस्टरहरूले मलाई मिलनसार भनेको सुन्दा, मेरो मुटु खुसीले उड्थ्यो। उनीहरू मलाई मन पराउँछन्, त्यसकारण परमेश्वरले पनि मलाई पक्कै मन पराउनुहुन्छ भन्ने लाग्थ्यो। काटछाँट गरिएपछि, असफल भएपछि र ठेस लागेपछि मात्र आफूलाई अलिकति बुझ्न, र मानिसलाई रिझाउने व्यक्ति हुनुका प्रकृति, हानि र परिणामहरू स्पष्ट रूपमा देख्न सकेँ।
म २०१८ मा मण्डली अगुवा चुनिएँ। अगुवाका रूपमा सेवा गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमध्ये एक सत्यताको सङ्गति गर्नु र अरूको जीवन प्रवेशका कठिनाइहरू समाधान गर्न, र मण्डली जीवनको सुरक्षा गर्नु हो भन्ने मलाई थाहा थियो। तर मलाई कोही चिढिएला कि भन्ने डर थियो, त्यसैले कुनै समस्या पत्ता लगाउँदा, म त्यसलाई सम्हाल्न सधैँ दयालु र नम्र सुझाव दिने रणनीति अपनाउँथेँ। त्यो समयमा, मैले मलजल गर्ने डिकन, ब्रदर लिउ लिया आफ्नो कर्तव्यमा लापरवाह भइरहेको, उनले आफ्नो कर्तव्यमा बोझ नउठाएको, र नव-विश्वासीहरू समस्यामा पर्दा उनले समाधान निकाल्न तत्कालै सङ्गति नगर्ने गरेको, जसले गर्दा तिनीहरूमध्ये केही नकारात्मक र कमजोर बनको देखेँ। मलाई यो समस्याको प्रकृति कति गम्भीर छ, र मैले उनीसँग सङ्गति गरेर उनी कसरी कर्तव्यमा लापरवाह भइरहेका थिए भनेर विश्लेषण गर्नुपर्छ भन्ने थाहा थियो। कुनै पश्चात्ताप बिना उनी यसरी नै अघि बढिरहेमा त्यसलाई निश्चय नै परमेश्वरले घिनाउनुहुनेथ्यो। तर लिउ लियांगलाई देख्ने बित्तिकै म पछि हट्न खोजेँ। मैले सोचेँ, “उनी आफ्नो प्रतिष्ठालाई साँच्चै महत्त्व दिन्छन्, त्यसैले मैले यी समस्याहरू औँल्याएर उनको भावनामा चोट पुर्याएँ भने, उनले मेरो बारे पक्कै राम्रो सोच्ने छैनन्। यदि उनले यसलाई अस्वीकार गरी मप्रति एक प्रकारको द्वेष वा दूरी विकास गरे भने, यो मेरा लागि लाजमर्दो मात्र हैन, त्यसपछि उनीसँग मिलिजुली रहन गाह्रो हुनेछ। यदि ब्रदर-सिस्टरहरूले अगुवा बनेपछि मैले मानिसहरूलाई हकार्न र गाली गर्न थालेकी छु भन्ने सोचे भने, के तिनीहरूले मलाई अझै राम्रो सोच्लान्? भयो, म उनीसँग सङ्गति वा उनका समस्याहरूको विश्लेषण नै गर्दिनँ।” त्यसैले, मैले उनलाई नम्र तरिकाले सल्लाह दिँदै मामिलालाई हल्का बनाएँ। “आफ्नो कर्तव्यमा हामीले बढी मन लगाउनु पर्छ, भार वहन गर्नुपर्छ…।” परिणामस्वरूप, लिउ लियांगले आफ्नो कर्तव्यमा रहेको लापरवाह तौरतरिकाको सार बुझेनन्, र सधैँझैँ गैर-जिम्मेवार शैलीमा अगाडि बढिरहे। यो देखेर म बेचैन भएँ। मण्डलीको अगुवाका रूपमा, मैले एउटा ब्रदरले आफ्नो कर्तव्यमा झारा टारिरहेको र मण्डलीको काममा असर गरेको देखिरहेकी थिएँ, तर म सत्यतामा सङ्गतिमार्फत यसलाई समाधान गरिरहेकी थिइन। यो कसरी वास्तविक काम गर्नु थियो र? यो गम्भीर कर्तव्यविमुखता थियो। यो बारे जति सोच्यो त्यति नराम्रो लाग्न थाल्यो, तैपनि मैले उनको खुलासा गर्न मुख खोल्न सकिन। उनको खुलासा र काटछाँट गरेँ भने, उनले ममा करुणा छैन भन्ने सोच्लान, र उनी नकारात्मक भए, उनले हार माने र आफ्नो कर्तव्य नै त्यागे भने, अन्य ब्रदर-सिस्टरहरूले म काम गर्न असक्षम छु भनेर सोच्लान् भन्ने चिन्ता थियो। यसले हाम्रो सामान्य सम्बन्धलाई प्रभावित गर्ने मात्र नभई मेरो प्रतिष्ठामा आँच पनि पुर्याउनेथियो। मैले सोचेँ, “छोड, मैले यसै पनि लिउ लियांगलाई केही भनिसकेकी नै छु, त्यसैले उनलाई समयसँगै यसमा चिन्तन गर्न छोडिदिन्छु।” यसरी, मैले कहिल्यै उनको समस्याको खुलासा वा चिरफार गरिनँ।
पछि, म सँगै काम गर्ने दुई अन्य ब्रदरहरूका बीच कामकुराबारे भिन्न विचारका कारण सधैँ मतभेद हुने गरेको मैले देखेँ। दुवै पछि हट्दैनथे र उनीहरूबिच कामबारे हुने छलफल कहिल्यै फलदायी हुन्थेन। कहिलेकाहीँ बहस गरिसकेपछि उनीहरूको एकअर्काबाट टाढिन्थे, जसले मण्डलीको काममा असर गर्थ्यो। विषयको गाम्भीर्य मलाई थाहा थियो, र मैले उनीहरूको घमन्ड, आत्म-धार्मिकता, र जिद्दीपनका प्रकटीकरण, प्रकृति, र परिणामहरू खुलासा गर्न समय खेर फाल्नुहुन्न भन्ने सोचेँ। तर फेरी उनीहरूलाई देख्नेबित्तिकै आफ्नो पुच्छर लुकाउँथेँ। मैले सोचेँ, “उनीहरू दुवै वर्षौँदेखि अगुवा रहिआएका छन्, त्यसैले मैले उल्लेख नगरीकनै उनीहरूलाई यो समस्याबारे थाहा हुनुपर्ने हो। साथै, दुवै मसँग राम्रो व्यवहार गर्छन्, त्यसैले, मैले उनीहरूको समस्याका प्रकृति र गम्भीर परिणामहरूबारे सङ्गति गरेँ भने, मैले उनीहरूमा खोट निकाल्न मात्र खोजिरहेको छु भनेर सोच्न सक्छन्। त्यसपछि उनीहरूसँग मिलजुल गर्न गाह्रो हुनेछ। भयो, यसलाई बिर्स। उनीहरू यसै पनि प्रायः परमेश्वरका वचनहरू पढ्ने गर्छन्, त्यसैले समयसँगै उनीहरूले यसमा आफैँ विचार गर्न सक्छन्।” त्यसैले, उनीहरू फेरि झगडा गरिरहेको देखेपछि मैले थोरै सल्लाह मात्र दिएँ, उनीहरूका समस्या ठाडै खुलासा नगरी शान्त हुन आग्रह गरेँ।
एक दिन, एक सिस्टरले मलाई भनिन्, “हाम्रो मण्डलीका काम राम्रोसँग भइरहेको छैन। केही ब्रदर सिस्टरहरूको कर्तव्यमा स्पष्ट समस्या छन् र तिनलाई समाधान गर्न तपाईँहरूले सङ्गति गरिरहनुभएको छैन। यसरी वास्तविक काम गर्न नसक्नुले तपाईंहरूलाई झुटा अगुवा बनाउँदैन र?” उनको यस्ता कुरा सुन्दा निकै दुःख लाग्यो। मलाई आफू केही ब्रदर-सिस्टरहरूका समस्याबारे चुपचाप बसिरहेकी छु भनेर स्पष्टसँग थाहा थियो। म एक अगुवाको जिम्मेवारी पटक्कै पूरा गरिरहेकी थिइनँ। म झूटो अगुवा बनिरहेकी थिइन र? म सत्यता अभ्यास गर्न असफल भइरहेँ भने, परमेश्वरले मलाई तिरस्कार गरी हटाउनुहुनेछ भन्ने मलाई थाहा थियो। यो सम्भावनाले मलाई त्रसित बनायो र मैले एउटा प्रार्थना गरेँ: “परमेश्वर, मैले केही ब्रदर सिस्टरहरू आफ्नो भ्रष्ट स्वभावमा जिइरहेको देखेकी छु, र हाम्रो मण्डली जीवन र मण्डलीका कामका विभिन्न पक्ष गम्भीर रूपले प्रभावित भएका छन्, तर म यो समाधान गर्न सत्यता अभ्यास गर्न सक्दिनँ। परमेश्वर, कृपया आफूलाई नै जान्नका लागि मलाइ मार्गदर्शन गर्नुहोस्।”
मेरो प्रार्थनापछि मैले परमेश्वरका वचनमा यो पढेँ: “सत्यता अभ्यास गर्नु भनेको खोक्रा कुराहरू भन्नु वा नाराहरू भट्ट्याउनु होइन। बरु यो, मानिसहरूले जीवनमा जेसुकै सामना गर्नु परे पनि, जबसम्म त्यसमा आफूलाई आचरणमा ढाल्ने सिद्धान्त, परिस्थितिबारे आफ्नो दृष्टिकोण, वा आफ्नो कर्तव्य निर्वाह गर्नु समावेश हुन्छ, तबसम्म कसरी तिनीहरूले नै निर्णय गर्नुपर्ने परिस्थिति आइपर्छ, अनि सत्यता खोज्नुपर्छ, र परमेश्वरका वचनहरूमा आधारका साथै अभ्यासका सिद्धान्तहरू र अभ्यासको मार्ग खोज्नुपर्छ भन्ने कुरा हो। यसरी अभ्यास गर्न सक्नेहरू सत्यता पछ्याउने मानिसहरू हुन्। व्यक्तिले सामना गर्ने कठिनाइहरू जति नै ठूला भए पनि, यदि ऊ यसरी सत्यता पछ्याउँछ भने, ऊ पत्रुसको मार्ग र सत्यता पछ्याउने मार्गमा हिँडिरहेको छ। उदाहरणका लागि: अरूसँग अन्तरक्रिया गर्दा कस्तो सिद्धान्त पालना गर्नुपर्छ? तेरो मूल दृष्टिकोण ‘सद्भाव खजाना हो; धैर्य सान हो,’ र तैँले सबैसित राम्रो सम्बन्ध कायम राख्नुपर्छ, अरूको इज्जतमा धक्का पुऱ्याउनु हुँदैन, र कसैलाई पनि चिढ्याउनु हुँदैन, ताकि भविष्यमा अरूसँग मिलेर रहन सजिलो होस्। यस दृष्टिकोणद्वारा बाँधिएर तँ अरूले खराब कामहरू गरिरहेको वा सिद्धान्तहरू उल्लङ्घन गरिरहेको देख्दा चुप रहन्छस्, न त तँ तिनीहरूलाई खुलासा गर्छस् न त रोक्छस्। तँ कसैलाई चिढ्याउनुभन्दा बरु मण्डलीको काममा क्षति हुन दिन्छस्। तँ चाहे जोसुकैसँग अन्तरक्रिया गरिरहेको होस्, तँ ऊसँग राम्रो सम्बन्ध कायम राख्न खोज्छस्। तँ बोल्दाखेरी सधैँ अरूसँगको आफ्नो सम्बन्ध र इज्जत जोगाउनेबारे सोच्छस्, र अरूलाई खुसी तुल्याउन सधैँ मिठा शब्दहरू बोल्छस्। तैँले कुनै व्यक्तिमा समस्याहरू छन् भन्ने थाहा पाइस् भने पनि, तँ ती सहनतिर लाग्छस्, र बस उसको पिठ्युँ पछाडि कुरा काट्छस्, तर उसलाई भेट्दा तँ अझै शान्ति बनाई राख्छस् र आफ्नो सम्बन्धलाई कायम राख्छस्। तैँले आफूलाई यसरी आचरणमा ढाल्नेबारे तँलाई के लाग्छ? के यो मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनु होइन र? के यो निकै धूर्त होइन र? यसले आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरू उल्लङ्घन गर्छ। के आफूलाई यस्तो आचरणमा ढाल्नु निकृष्ट कुरा होइन र? यस्तो व्यवहार गर्नेहरू असल मानिस होइनन्, र यो आफूलाई आचरणमा ढाल्ने मर्यादित तरिका होइन। तैँले जतिसुकै कष्ट भोगेको र जतिसुकै मूल्य तिरेको भए पनि, यदि तँ सिद्धान्तविना आफूलाई आचरणमा ढाल्छस् भने, तँ आफ्नो आचरणमा चुकेको छस्, र तँलाई परमेश्वरसामु मान्यता दिइनेछैन, सम्झिइनेछैन वा स्विकारिनेछैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ)। मानिसहरूलाई रिझाउनेहरूको खुलासा गर्ने परमेश्वरका वचन पढ्दा मलाई निकै तनाव भयो। मैले स्पष्ट देख्न नसकेर मण्डलीका समस्याहरू समाधान नगरिरहेकी थिइनँ, तर कसैलाई चिढ्याउन नचाहेर र अरूले मलाई नराम्रो ठान्लान् भन्ने डरले त्यसो गरिरहेकी थिएँ। म आफ्नै छवि र हैसियत जोगाउन प्रयास गरिरहेकी थिएँ। परमेश्वरले मजस्ता सिद्धान्तअनुसार कार्य नगर्ने, वा सत्यता अभ्यास नगर्ने स्वार्थी र कपटी मानिसहरू मन पराउनुहुन्न। मैले आफूले गर्दै आइरहेको व्यवहारबारे मनन गरेँ। मैले लिउ लियाङ्गले आफ्नो कर्तव्यमा सधैँ लापरवाही गरेको र उनले गर्दा हाम्रो मलजल कार्यमा ढिलाइ भइरहेको देखेकी थिएँ, त्यसैले मैले उनको व्यवहारको प्रकृति खुलासा र विश्लेषण गर्नुपर्थ्यो। तर म सबैले मलाई नराम्रो सोच्लान्, अगुवा भएपछि मैले मानिसहरूलाई गाली गर्ने र उनीहरूमा खोट निकाल्ने गरेको भनेर भन्लान् भनेर डराउँथेँ, त्यसैले, आफ्नो छवि जोगाउन, मैले कहिल्यै लिउ लियाङ्गको समस्याको प्रकृतिको विश्लेषण गरिनँ। मैले मद्दत गर्न केही नगरी समस्यालाई हल्का रूपमा छुने केही करा मात्र भनेँ। अनि मैले कहिल्यै मिल्न नसक्ने ती दुई ब्रदरहरू, र त्यसले हाम्रो मण्डलीको काममा पारेको गम्भीर असर देख्दा पनि, मैले कहिल्यै उनीहरूलाई आफूलाई बुझ्न सहयोग गर्न यस विषयको खुलासा वा विश्लेषण गरिनँ। परिणामस्वरूप, मण्डलको काम प्रभावित भयो। म “सद्भाव खजाना हो; सहनशीलता नै प्रभा हो,” “असल साथीहरूका कमजोरीमा मौन रहनुले मित्रतालाई दीर्घकालीन र उत्तम बनाउँछ,” र “एउटा थप साथी भनेको एउटा थप मार्ग हो” भन्ने जस्ता शैतानी दर्शनअनुसार जिइरहेको थिएँ। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउने र सबैको नजरमा राम्रो मान्छे देखिने चाहनाले, कामकुरा स्पष्ट देखे पनि आफ्नो विचार पूर्ण रूपमा बताइनँ। यसले अरू ब्रदर-सिस्टरहरूलाई हानि पुर्याउनुका साथै मण्डलीका काममा पनि ढिलाइ गर्यो। मैले आफूमा पूर्ण रूपमा विवेक र समझ, अनि परमेश्वरप्रतिको भक्ति फिटिक्कै नभएको देखेँ। यो राम्रो व्यक्ति हुनु कसरी भयो? बाहिरी रूपमा सबैसँग मिलजुल गरे पनि, र अरू सबले म राम्रो मान्छे हो भनेर भने पनि र तिनीहरूमा मेरो राम्रो छाप भए पनि, परमेश्वरसामु म कुनै कर्तव्य पूरा गरिरहेकी थिइनँ। परमेश्वरका नजरमा म एक निष्ठाहीन, विश्वास गर्न नसकिने व्यक्ति थिएँ। म परमेश्वरका लागि घिनलाग्दो बनिरहेकी थिएँ। यो महसुस गरी मैले झट्टै परमेश्वरसामु पश्चात्ताप गरेँ। मलाई म यसरी नै चलिरहन सक्दिनँ, र मेरो यो समस्या समाधान गर्न मैले सत्यताको खोजी गर्नैपर्छ भन्ने थाहा थियो।
त्यसपछि, मैले परमेश्वरका वचनहरूमा यो पढेँ: “तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरू सामान्य रूपमा कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्ने कुरामा असर पुर्याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्न गर्छ, उनीहरूलाई परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्याउँछ—र यसले परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्छ र बरबादीमा पुर्याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको मार्ग हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? जब परमेश्वरले मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियत त्याग्न लगाउनुहुन्छ, तब उहाँले तिनीहरूको स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार हटाइरहनुभएको हुँदैन; बरु, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध पुर्याउँछन्, र अझ धेरै मानिसलाई परमेश्वरका वचनहरू खान र पिउन र सत्यता बुझ्न, अनि परमेश्वरको मुक्ति प्राप्त गर्नमा समेत असर पुर्याउँछन्, त्यसैले यसो गरिन्छ। यो नकार्न नसकिने तथ्य हो। जब मानिसहरू आफ्नै ख्याति, प्राप्ति र हैसियत पछ्याउँछन्, तब तिनीहरू सत्यता पछ्याउँदैनन् र तिनीहरूले अर्पित भएर आफ्नो कर्तव्य पूरा गर्दैनन् भन्ने कुरा निश्चित हुन्छ। तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको खातिर मात्र बोल्ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्नेमा कुनै सन्देह छैन; यो परमेश्वरको काममा अवरोध गर्नु र बाधा दिनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचारको फैलावट र मण्डलीभित्रको परमेश्वरको इच्छा अघि बढाउनमा रोकावट पैदा गरिरहेका हुन्छन्। त्यसकारण, ख्याति, प्राप्ति र हैसियत पछ्याउने मानिसहरू परमेश्वरको प्रतिरोध गर्ने मार्गमा हिँडिरहेका छन् भनेर निश्चयका साथ भन्न सकिन्छ; उनीहरू जानीजानी उहाँको प्रतिरोध गरिरहेका र उहाँलाई इन्कार गरिरहेका छन्—अनि परमेश्वरको प्रतिरोध गर्न शैतानसँग सहकार्य गरिरहेका र उहाँविरुद्ध उभिरहेका छन्। यो मानिसहरूद्वारा गरिने ख्याति, प्राप्ति र हैसियतको खोजीको प्रकृति हो। मानिसहरूले आफ्ना हितहरू पछ्याउनुको त्रुटि भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानी हुन्—र ती दुष्ट र अन्यायपूर्ण लक्ष्यहरू हुन्। जब मानिसहरूले ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरू पछ्याउँछन्, उनीहरू अनजानमै शैतानको औजार, शैतानका लागि निकासद्वार, र त्योभन्दा पनि बढी, शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। मैले परमेश्वरको वचनमा देखेँ कि, आफ्नै स्वार्थ जोगाउने र सत्यता अभ्यास नगर्ने मानिस रिझाउ व्यक्ति हुनुका प्रकृति र परिणाम भनेको परमेश्वरको घरको काममा अवरोध र अन्तरध्वंस गर्नु र शैतानको चाकर बन्नु हो। यदि म त्यसरी नै पश्चात्ताप नगरी बसिरहेँ भने, परमेश्वरले मलाई तिरस्कार गर्नुहुनेछ र हटाउनुहुनेछ। मण्डलीको अगुवाका रूपमा मेरो जिम्मेवारी भनेको ब्रदर-सिस्टहरूको जीवन प्रवेशमा आउने समस्या र कठिनाइहरू सुल्झाउन सत्यतामा सङ्गति गर्नु र मण्डली जीवनको हेरचाह गर्नु हो। तर यसको सट्टा, मानिसहरूका समस्या देख्दा, मैले तिनीहरूलाई बदलिन मद्दत, अनि तिनीहरूको व्यवहारको खुलासा र विश्लेषण गरिरहेकी थिइनँ, बरु, म आफ्नो हैसियत र प्रतिष्ठा जोगाउन मानिस रिझाउने व्यक्ति बनिरहेकी थिएँ, शैतानको सेवक बनिरहेकी थिएँ, र मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवनमा हानि पुर्याइरहेकी थिएँ। म आफ्नो भ्रष्ट स्वभावको दह्रिलो नियन्त्रणमा थिएँ, सत्यता अभ्यास र न्याय कायम गर्न अत्यन्तै कायर थिएँ। म शैतानको सेवक, दुर्बल र असक्षम थिएँ, एकदमै घिनलाग्दो र दयनीय जीवन जिइरहेकी थिएँ। मैले सत्यता अभ्यास गर्न र आफूविरुद्ध विद्रोह गर्न सुरु नगरेमा, म साँच्चिकै परमेश्वरसामु जिउन योग्य हुनेथिइनँ! परमेश्वरका वचनहरूको न्याया र खुलासाबिना, मैले कहिल्यै आफ्नो भ्रष्टता थाहा पाउनेथिइनँ, वा मानिसलाई रिझाउने व्यक्ति बन्नु र सत्यता अभ्यास नगर्नुका खतरा र परिणाम जान्नेथिइनँ। म आफूविरुद्ध विद्रोह गर्न र अरूलाई रिझाउने व्यक्ति बन्न छोड्न तयार भएँ।
मैले पछि परमेश्वरको वचनका केही खण्ड पढेँ, जसले मलाई अभ्यासका केही मार्गहरू दिए। परमेश्वरका वचनले भन्छन्: “परमेश्वरसँग विश्वासयोग्यताको सार छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्वास गर्न सकिन्छ; यसबाहेक, उहाँका कार्यहरू त्रुटिरहित र निर्विवाद छन्। यसै कारण परमेश्वर उहाँसँग पूर्ण रूपमा इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू)। “यदि तँमा मान्छे खुसी पारिहिँड्ने व्यक्तिको अभिप्राय र दृष्टिकोण छ भने, सबै मामिलामा, तैँले सत्यताको अभ्यास गर्नेछैनस् वा सिद्धान्तहरू कायम राख्नेछैनस्, र त्यसैले तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्यूँझिँदैनस् र कहिल्यै सत्यता खोज्दैनस् भने, तँ अविश्वासी होस्, र तैँले कहिल्यै सत्यता र जीवन प्राप्त गर्नेछैनस्। त्यसोभए, तैँले के गर्नुपर्छ? परमेश्वरको घरका हितहरू समावेश भएका मामिलाहरू सामना गर्दा, तैँले परमेश्वरलाई प्रार्थना गर्नैपर्छ र उहाँलाई पुकार्नैपर्छ, उहाँलाई विश्वास र शक्ति माग्नैपर्छ, ताकि तैँले सिद्धान्तहरू कायम राख्न, तैँले गर्नुपर्ने कुरा गर्न, सिद्धान्तहरूअनुसार मामिलाहरू सम्हाल्न, तैँले लिनुपर्ने अडानलाई दृढतापूर्वक पक्रिराख्न, परमेश्वरको घरका हितहरूको सुरक्षा गर्न, र परमेश्वरको घरको कामलाई कुनै पनि हानि हुनबाट रोक्न सकेस्। यदि तँ आफ्नो स्वार्थ, आफ्नो घमण्ड, र मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनेबारे आफ्नो दृष्टिकोणविरुद्ध विद्रोह गर्न सक्षम छस् भने, र यदि तँ आफूले इमानदार, अविभाजित हृदयले गर्नुपर्ने कुरा गर्छस् भने, तैँले शैतानलाई पराजित गरेको र सत्यताको यो पक्ष प्राप्त गरेको हुनेछस्। यदि तँ अरूसँगका तेरा सम्बन्धहरू बचाउँदै, सधैँ शैतानको दर्शनअनुसार जिउने जिद्दी गर्छस् भने, र यदि तँ कहिल्यै सत्यता अभ्यास गर्न सक्दैनस् र सिद्धान्तहरू कायम राख्ने आँट गर्दैनस् भने, के तैँले अरू मामलाहरूमा सत्यता अभ्यास गर्न सक्नेछस्? तँसँग अझै कुनै आस्था वा शक्ति हुनेछैन। यदि तँ कहिल्यै सत्यता खोज्दैनस् वा सत्यता स्विकार्दैनस् भने, के परमेश्वरमाथिको त्यस्तो आस्थाले तँलाई सत्यता हासिल गर्न दिनेछ? (दिनेछैन।) अनि यदि तँ सत्यता हासिल गर्न सक्दैनस् भने, के तैँले मुक्ति पाउन सक्छस्? सक्दैनस्। यदि तँ सधैँ शैतानको दर्शनअनुसार जिउँछस्, तँमा सत्यता वास्तविकता अलिकति पनि छैन, र अझै शैतानको शक्तिअन्तर्गत जिउँछस् भने, तैँले बिलकुलै कहिल्यै मुक्ति पाउन सक्दैनस्। सत्यता प्राप्त गर्नु मुक्ति पाउनका लागि पूरा गर्नैपर्ने अनिवार्य सर्त हो भन्ने कुरा तँलाई स्पष्ट हुनुपर्छ। त्यसोभए, तँ कसरी सत्यता प्राप्त गर्न सक्छस्? यदि तँ सत्यता अभ्यास गर्न सक्छस्, यदि तँ सत्यताअनुसार जिउन सक्छस्, र सत्यता तेरो अस्तित्वको जग बन्छ भने, तैँले सत्यता प्राप्त गरेको हुनेछस् र तँसँग जीवन हुनेछ, र तँ मुक्ति पाउनेहरूमध्येको एक हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यो पढेर मैले परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ भन्ने बुझेँ। इमानदार मानिसहरू अरूसँगको सम्बन्ध जोगाउनमा केन्द्रित हुँदैनन् र उनीहरूलाई अरूले आफूलाई कसरी हेर्छन् भन्ने चिन्ता पनि हुँदैन, तर उनीहरूको हृदयमा परमेश्वरका लागि स्थान हुन्छ। उनीहरूले सबै कुरामा सिद्धान्त पालन गर्छन्, तिनीहरूमा न्यायबोध हुन्छ, र तिनीहरू परमेश्वरप्रति निष्ठावान् हुन्छन्। तर आफूबारे पुनः सोच्दा, मैले आफू अन्तर्वैयक्तिक सम्बन्ध, प्रतिष्ठा, र हैसियतबारे धेरै चिन्तित भएको देखेँ। मण्डलीका हितको सुरक्षा र सत्यता अभ्यास गर्नुपर्ने आवश्यकता हुने कामकुरा आइपर्दा, मैले सत्यता सिद्धान्त पालन गर्ने आँट नगरी सधैँ शैतानको पक्ष लिएँ; मैले सधैँ परमेश्वरविरुद्ध विद्रोह र उहाँलाई प्रतिकार गरेँ, उहाँलाई चोट पुर्याएँ र निराश पारेँ। वास्तवमा, सत्य बोल्नु र कसैको समस्या औँल्याउनु उसलाई लज्जित पार्नका लागि होइन। त्यसो गर्नु साँच्चै फाइदाजनक हुन्छ, चाहे त्यो ब्रदर वा सिस्टरका बारेमा होस्, वा मण्डलीको कामका बारेमा। मैले कसैले आफ्नो भ्रष्टता प्रकट गरेको देखेर पनि त्यस्तो कार्यको प्रकृति वा परिणामबारे सुसूचित गरिनँ भने, उनीहरूले कहिल्यै आफ्ना समस्याको गाम्भीर्य बुझ्न सक्नेछैनन्, र उनीहरूले आफूलाई बदल्न पनि सक्नेछैनन्। यसले तिनीहरूको जीवन प्रवेशलाई बाधा पुर्याउने मात्र नभई मण्डलीको काममा पनि असर गर्छ, र परमेश्वरले यसलाई घिनाउनुहुन्छ, किनकि म भ्रष्ट स्वभावभित्र जिइरहेकी छु र मण्डलीको कामको सुरक्षा गरिरहेकी छैन। म सधैँ आफ्नो प्रतिष्ठा र हैसियतबारे मग्न हुन्थेँ, परमेश्वरका धारणालाई प्राथमिकता नदिई सधैँ अरूका धारणाको मात्र चिन्ता गर्थेँ। मैले सत्यताअनुरूप कसरी व्यवहार गर्ने भन्नेबारे ख्याल गरिरहेकी थिइनँ। म सधैँ आफ्नै भ्रष्ट स्वभावले बाँधिएकी हुन्थेँ—म निकै मूर्ख थिएँ। मैले आफ्नो भ्रष्ट स्वभावलाई अगुवाइ गर्न दिइरहन मिल्दैनथ्यो म शैतानको कमजोर हाँस्यपात्र बन्न चाहन्नथेँ। म परमेश्वरलाई खुसी पार्ने न्यायबोध भएको एक इमानदार व्यक्ति हुनुपर्थ्यो। यो बुझ्दै, मैले सत्यता अभ्यास गर्ने र देहविरुद्ध विद्रोह गर्ने दृढ सङ्कल्प पाएँ। अरूले मलाई जसरी हेरे पनि, मैले सिद्धान्तहरू परिपालन गर्ने र मण्डलीको काम जोगाउन परमेश्वरको पक्षमा उभिने निधो गरेँ। अर्को दिन मैले ती दुई ब्रदरहरूलाई खोजेर उनीहरूको समस्या औँल्याउने तयारी मात्र के गर्दै थिएँ, मैले यस्तो सोच्दै चिन्ता गर्न थालेँ, “उनीहरूले आफ्नो खुलासा र काटछाँट स्वीकार गर्न नसकी उल्टै ममाथि रिस पोखे भने के गर्ने? त्यसपछि मैले आफ्नो अनुहार कसरी देखाउने?” मैले आफू आफ्नो भ्रष्ट स्वभावद्वारा बाँधिइरहेकी छु भन्ने बुझेँ, त्यसैले मैले परमेश्वरसँग सत्यता अभ्यास गर्न मद्दत माग्दै प्रार्थना गरेँ। त्यसपछि मलाई परमेश्वरले भनेको केही सम्झना आयो: “मेरा गवाही र चासोहरूलाई समर्थन गर्न नसक्नु विश्वासघात हो। हृदयमा मदेखि धेरै टाढा रहेर झूटा मुस्कानहरू प्रस्तुत गर्नु विश्वासघात हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (१))। परमेश्वरका शब्दहरूबाट मैले बुझेँ कि, यदि म मान्छेलाई रिझाउने व्यक्ति भइरहेँ र सत्यता अभ्यास वा मण्डलीको हितको रक्षा गरिनँ भने, मैले परमेश्वरलाई विश्वासघात गरेको हुनेछु। मलाई थाहा थियो कि मैले अन्तर्वैयक्तिक सम्बन्धहरूको रक्षा गर्न बन्द गर्नुपर्छ, मैले उनीहरूको समस्याबारे बोलेपछि उनीहरूले मबारे जे सोचे पनि, मैले परमेश्वरको सामना र सत्यता अभ्यास गर्नैपर्छ। त्यसैले, मैले उनीहरूको अहङ्कार र असहयोगी व्यवहार, र यी कुराहरूको सार र परिणामको खुलासा गरेँ। मैले उनीहरूलाई पढेर सुनाउन परमेश्वरका केही वचन पनि भेटेँ। त्यो सुनेपछि उनीहरू आत्मचिन्तन गर्न र परमेश्वरका वचनहरूको ज्योतिमा आफैलाई चिन्न सक्षम भए अनि पश्चात्ताप गर्न र बदलिन चाहे। उनीहरूले आफूलाई चिन्न सकेको देख्दा म अत्यन्त खुसी भएँ, तर अलिअलि दोषी महसुस पनि गरेँ। यदि मैले सत्यता अभ्यास गर्न र पहिल्यै उनीहरूको समस्या कति गम्भीर थियो भनेर उनीहरूलाई बुझ्न मद्दत गर्न सकेको भए, उनीहरूले कामकुरालै चाँडै सुधार्न सक्नेथिए। उनीहरू शैतानको हानि भोगी र खेलबाडमा परी भ्रष्टतामा जिइरहने थिएनन्, र खास गरी उनीहरूले मण्डलीको कामलाई रोक्ने थिएनन्। म सधैँ मैले अरूका समस्या औँल्याएँ भने उनीहरू चिढिएर मेविरुद्ध द्वेष पाल्लान् भनेर डराउने गर्थेँ। तर वास्तवमा त्यो सब मेरो सोचाइ मात्र रहेछ। व्यक्तिले सत्यता स्विकार्न सकुन्जेल उसले कुनै पूवाग्रह राख्नेछैन, तर उसले पाठ सिक्न सक्नेछ। अभ्यासको यो तरिका अरू र म स्वयम्का लागि फाइदाजनक छ।
त्यसपछि मलाई सत्यता अभ्यास गर्न र इमानदार व्यक्ति बन्न थप आत्मविश्वास मिल्यो। म पहिले जस्तो हैसियत र प्रतिष्ठाका सोचद्वारा बाँधिइनँ। मैले ब्रदर सिस्टरहरूका समस्या देख्दा म उनीहरूसँग सङ्गति गरी तुरुन्तै मद्दत गर्दै उनीहरूका समस्याहरू खुलासा र विश्लेषण गर्न सक्थेँ। यी अनुभवहरूबाट मैले परमेश्वरको प्रेम र मुक्ति महसुस गरेँ। परमेश्वरका वचनको न्याय र खुलासाले नै मेरो मान्छे रिझाउने मानसिकता परिवर्तन गर्यो। मलाई सत्यता अभ्यास गर्नु धेरै आरामदायी भएको र त्यसले वास्तविक मनोशान्ति दिएको महसुस भयो, र यो अरूको अपमान होला भन्ने डरले सधैँ आफ्नो हड्डी घोट्नुभन्दा धेरै राम्रो थियो। म अलिकति मानव रूपमा जिउन पनि सकेँ। मैले केवल परमेश्वरका वचनहरू सत्यता हुन्, र तिनले हामीलाई हामी के गर्छौँ र हामी को हौँ भन्ने कुराका लागि दिशा र मार्ग दिन सक्छन् भन्ने देखेँ। परमेश्वरका वचनअनुसार इमानदार व्यक्तिका रूपमा जिउनु नै राम्रो व्यक्ति बन्ने एक मात्र तरिका हो।
ये चिउ, चीनसन् २०२२ को सेप्टेम्बरको सुरुमा, म मण्डलीमा मलजल गर्ने टोली अगुवा थिएँ। त्यतिबेला, दुई जना नयाँ विश्वासीहरू, सिस्टर चिउ जेन र...
लियु यि, चीनम एक विश्वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...
नान्यी, चीनअप्रिल २०२३ मा, मैले अनायासै अगुवाले गरेको मेरो मूल्याङ्कन देखेँ, जसमा उनले म मानिस रिझाउने व्यक्ति भएकी र ममा न्यायको भावना कम...
स्यु ह्वेई, चीनपहिला, मेरो एउटा छिमेकी थिइन् जो एकदमै ठाडै बोल्थिन्। जब उनी कसैले केही गल्ती गरिरहेको देख्थिन्, उनी त्यो कुरा सीधै...