के मिलनसारी असल मानवताको उपयुक्त मापदण्ड हो?

25 अप्रिल 2023

म सानो छँदा, मानिसहरूले सधैँ म समझदार र राम्रो चालचलनको छु भन्थे; अर्थात्, राम्रो बच्चा। म अरूसँग कमै रिसाउँथेँ र कहिल्यै कुनै समस्या निम्त्याउँदिनथिएँ। विश्‍वासमा प्रवेश गरेपछि म अरू ब्रदर-सिस्टरहरूसँग पनि निकै मिलनसार हुन्थेँ। म सहनशील, धैर्यवान र मायालु थिएँ। मलाई याद छ, एकपटक मैले केही पुराना सदस्यलाई कम्प्युटर कसरी चलाउने भनेर सिकाउँदा, म धैर्य राख्दै तिनीहरूलाई दोहोर्याएर सिकाउँथेँ। कहिलेकाहीँ तिनीहरू ढिलो सिक्थे र म अलि उत्तेजित हुन्थेँ, तैपनि, अरूले ममा दयामायाको कमी रहेछ भन्लान् भन्‍ने डरले अधीरता नदेखाउने कोसिस गर्थें। फलस्वरूप, ब्रदरसिस्टरहरू प्रायः मसँग राम्रो मानवता छ भन्थे, र मेरा अगुवाले दया र धैर्य भएका मानिसले मात्रै त्यो कर्तव्य राम्रोसँग गर्न सक्छ भन्दै मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्न छाने। त्यो सुनेर मलाई धेरै आत्मसन्तुष्टि मिल्यो, अनि मिलनसार र दयालु हुनु असल मानवताको सङ्केत हो भन्‍ने कुरा अझ पक्का भयो।

पछि, सिस्टर ली मिङ र म मण्डलीमा अगुवाको रूपमा सहकर्मी भयौँ। केही समय सँगै काम गरेपछि, मैले के देखेँ भने ली मिङ आफ्नो तरिकाले काम गर्न चाहन्थिन्, र उनी अलिक रिसाउने खालकी थिइन्। यदि कामकुरा आफूले चाहेअनुसार भएन भने, उनी प्रायः क्रोधित हुन्थिन्। साथै, उनी आफ्नो काममा पारदर्शी थिइनन् र प्रायः छल गर्थिन्। उनले सिद्धान्तअनुसार काम गरिनन् र मण्डलीको कामको रक्षा गरिनन्। केही समयका लागि, उनले ब्रदर-सिस्टरहरूसँग सम्पर्क गर्न आफ्नो मोबाइल प्रयोग गरिरहिन्। मलाई थाहा थियो, यसो गर्दा प्रहरीले तिनीहरूको निगरानी गर्न सक्थ्यो र मण्डलीका लागि समस्या ल्याउन सक्थ्यो, र मैले धेरैपटक उनलाई रोक्नेबारे सोचेँ, तर भन्नै लागेको बेलामा म पछि हट्थेँ। मलाई लाग्यो, यदि मैले उनको समस्या सिधै औँल्याएँ भने, उनले म बाहिरबाट राम्रो मान्छेजस्तो व्यवहार गर्ने तर बोली र काममा निर्दयी छु, त्यसैले मिलेर बस्नु सजिलो छैन भनेर सोच्लिन्। मैले यसबारे धेरै सोचेपछि, सम्झौता गर्ने र उनलाई आफ्नो मोबाइल प्रयोग गरिरहेकी छिन् वा छैनन् भनेर मात्र सोध्ने निर्णय गरेँ। उनले स्वीकार नगर्दा, मलाई थाहा भयो उनी झूट बोल्दै छिन्, तर मैले उनलाई खुलासा गरिनँ र रोकिनँ, यसो गर्दा हामी बीच फाटो आउने डर थियो र उनले मबारे नराम्रो सोच्नेथिइन्। पछि, मैले ली मिङको समस्या झन् गम्भीर बन्दै गएको देखेँ। एकपटक, केही ब्रदर-सिस्टरहरूले मलाई भने, उनका श्रीमान् सधैँ भेलाहरूमा देखाउन धर्मसिद्धान्त बारे बोलिरहेका हुन्छन्, व्यावहारिक समस्याहरू समाधान गर्दैनन्, र अरूको प्रशंसा बटुल्न तिनले कर्तव्यमा कति धेरै कष्ट भोगेका र त्याग गरेका छन् भन्‍ने कुरा अरूलाई बताउँछन्। अनुसन्धानपछि, उनी अगुवा हुन उपयुक्त छैनन् र बर्खास्त गर्नुपर्छ भन्‍ने निर्धारित गरियो। जब मैले ली मिङलाई यो कुरा बताएँ, उनी ब्रदर-सिस्टरहरूको मूल्याङ्कन गलत छ र उनको पतिलाई अन्याय भयो भन्दै निकै रिसाइन्। हामीले यो समस्या रिपोर्ट गर्नेहरूलाई अनुसन्धान नगरी उनको श्रीमानको मात्र अनुसन्धान गऱ्यौँ भनेर प्रश्न पनि उठाइन्। म छक्क परेँ—ली मिङको यस्तो खराब मनोवृत्ति होला भनेर मैले कल्पना पनि गरेकी थिइनँ। मैले परिस्थिति सहज बनाउन खोज्दै, उनलाई भनें “आफ्नो हृदयलाई शान्त पार्नुहोस् र यस मामिलामा परमेश्‍वरको इच्छा खोज्नुहोस्। आफूलाई भावनामा बग्न नदिनुहोस्।” तर उनले मेरो कुरा पटक्कै सुनिनन् र उनी मत्थर भइनन्। ली मिङले जानाजानी अवरोध गरेकीले, उनका श्रीमानको समस्या समाधान भएन। त्यसपछि ली मिङले भेलामा ब्रदर-सिस्टरहरूलाई हप्काइन् र एउटी सिस्टरलाई त रोइञ्जेल बनाइन्। ली मिङको समस्या निकै गम्भीर बन्दै गएको थियो। अरूले उनका पतिलाई सही र निष्पक्षरूपमा मूल्याङ्कन गरी केवल तथ्यहरू बाहिर ल्याएका थिए, तर यसले उनको हितलाई खतरामा पारेको हुनाले उनी रिसाउँदै तिनीहरूमाथि खनिइन्। उनमा खराब मानवता थियो! म हाम्रा माथिल्लो अगुवालाई उनको समस्या रिपोर्ट गर्न चाहन्थेँ, तर लाग्यो: “के यो केवल पोल हाल्नु र उनलाई पिट्यूँमा छुरा घोप्नु होइन र? साथै, यदि मैले उनको रिपोर्ट गरेमा ती अगुवाले पक्कै पनि उनलाई सङ्गतिका लागि बोलाउनेछन्—यदि उनको रिपोर्ट गर्ने म नै हो भन्‍ने उनले थाहा पाइन् भने, मलाई के सोच्नेछिन्? मैले उनको पिठ्यूँपछाडि उनलाई अपमान गरिरहेकी छु र ममा खराब मानवता छ भनी भन्‍नेछैनन् र?” यो महसुस भएपछि, मैले उनको रिपोर्ट गरिनँ, तर मलाई आफू अलिक दबिएको, पीडा भएको महसुस भयो र एक बदमासले मलाई धम्काइरहेको छ जस्तो लाग्यो।

पछि, अन्य मानिसले ली मिङको रिपोर्ट गरेपछि उनलाई अन्ततः बर्खास्त गरियो। पछि, माथिल्लो अगुवाले यसो भन्दै मेरो खुलासा गरे: “यसो हेर्दा तपाईं सबैसँग राम्रोसँग घुलमिल हुने देखिए पनि, तपाईंमा परमेश्‍वरप्रति साँचो वफादारी छैन। ली मिङको समस्या देखेपछि किन उनलाई खुलासा गरी रोक्नुभएन? कसरी यस्तो ठूलो समस्या रिपोर्ट गर्न सक्नुभएन? तपाईं मण्डलीको कामको रक्षा गर्न चाहनुहुन्छ कि चाहनुहुन्न?” मेरो अगुवाबाट निराकरणमा परेपछि मात्र मेरो होस खुल्यो र मैले परमेश्‍वरलाई प्रार्थना गरी मनन गर्न थालेँ। मैले परमेश्‍वरको वचनको एउटा खण्ड भेट्टाएँ जसले यसो भन्छ: “असल मानवता हुनका लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरूलाई नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गरेर कृपा पाउने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई आफ्नो बारेमा राम्रो कुरा गर्न लगाउने कुरा समावेश हुँदैन। यो मापदण्ड होइन। त्यसो भए, मापदण्ड के हो त? परमेश्‍वर र सत्यताप्रति समर्पित हुन सक्‍नु हो। आफ्नो कर्तव्य अनि हरप्रकारका मानिस, घटना र परिस्थितिलाई सिद्धान्तहरू र जिम्मेवारीबोधको साथ लिनु हो। यो सबैले स्पष्ट देख्‍ने कुरा हो; सबै नै यो कुराबारे हृदयमा स्पष्ट हुन्छन। यसबाहेक, परमेश्‍वरले मानिसहरूको हृदय तलास गर्नुहुन्छ र तिनीहरू प्रत्येकको हर अवस्थाबारे जान्नुहुन्छ; तिनीहरू जोसुकै होऊन्, कसैले पनि परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैन। कतिपय मानिसहरू आफूसँग असल मानवता छ, आफू कहिल्यै अरूको बारेमा नराम्रो बोल्दिनँ, र अरूको हितहरूमा कहिल्यै हानि गर्दिनँ भनेर सधैँभरि घमन्ड गर्छन्, र आफूले अरू मानिसहरूका सम्पत्तिहरूको कहिल्यै लालच नगरेको दाबी गर्छन्। जब हितहरूको विषयमा विवाद हुन्छ, तिनीहरू अरूको फाइदा उठाउनुभन्दा घाटा सहन रुचाउँछन्, र अरू सबैले तिनीहरूलाई असल मानिस ठान्छन्। तापनि, परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू पूरा गर्दा तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, सधैँ तिनीहरूका आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको हितको बारेमा सोच्दैनन्, तिनीहरू परमेश्‍वरले जरुरी ठान्नुभएको कुरालाई जरुरी ठान्दैनन् वा परमेश्‍वरले सोच्नु भएजस्तो प्रकारले सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्न आफ्ना रुचिहरूलाई पन्साउन सक्दैनन्। तिनीहरू कहिल्यै आफ्नो रुचिहरू त्याग्दैनन्। दुष्कर्मीहरूले दुष्कर्म गरिरहेका देखेर पनि तिनीहरूले तिनीहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैन। यो कस्तो प्रकारको मानवता हो? यो राम्रो मानवता होइन। यस्ता व्यक्तिहरूले के भन्छन् त्यसमा ध्यान नदे; तिनीहरूले कसरी जिउँछन्, के प्रकट गर्छन्, र आफ्ना कर्तव्यहरू पूरा गर्दा तिनीहरूको आचरण कस्तो हुन्छ, साथसाथै तिनीहरूको आन्तरिक अवस्था कस्तो छ र तिनीहरूले कुन कुरालाई प्रेम गर्छन् त्यो तैँले हेर्नुपर्छ। यदि आफ्नै ख्याति र सम्पत्तिप्रतिको तिनीहरूको प्रेम परमेश्‍वरप्रतिको बफादारीभन्दा बढी छ भने, यदि आफ्नै ख्याति वा सम्पत्तिप्रतिको तिनीहरूको प्रेम परमेश्‍वरको हितप्रतिभन्दा बढी छ वा यदि आफ्नै ख्याति र सम्पत्तिप्रतिको तिनीहरूको प्रेम तिनीहरूले परमेश्‍वप्रति देखाएको विचारशीलताभन्दा बढी छ भने, के त्यस्ता व्यक्तिहरूमा मानवता हुन्छ? तिनीहरू मानवता भएका व्यक्ति होइनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरलाई आफ्नो साँचो हृदय दिँदा, सत्यता प्राप्त गर्न सकिन्छ)। मैले परमेश्‍वरको वचनमार्फत के बुझेँ भनें कुनै व्यक्तिको मानवता तिनीहरू नरम स्वभावका छन् छैनन्, मानिसहरूको कुरा काट्छन् काट्दैनन्, वा अरूसँग मिलनसार भएर बस्न सक्छन् सक्दैनन् भन्‍नेजस्ता बाहिरी विशेषताहरूको आधारमा मूल्याङ्कन गर्न सकिँदैन, तर परमेश्‍वर र सत्यताप्रति तिनीहरूको मनोवृत्ति, तिनीहरू आफ्नो कर्तव्यमा जिम्मेवार छन् छैनन्, र परमेश्‍वरको साथ खडा भई समस्याहरू आइपर्दा सत्यता र सिद्धान्तअनुसार काम गर्छन् गर्दैनन् भन्‍ने आधारमा गर्न सकिन्छ। विगतमा, मलाई लाग्थ्यो मसँग असल मानवता छ। म बाहिरीरूपमा दयालु थिएँ र मेरो व्यक्तित्व राम्रो थियो, तर जब मैले ली मिङले ब्रदर-सिस्टरहरूलाई सम्पर्क गर्न आफ्नो फोन प्रयोग गरेको देखेँ, जसले मण्डलीको सुरक्षा खतरामा पार्थ्यो, तब उनलाई सिधै भन्दा हाम्रो सम्बन्ध बिग्रन्छ भन्‍ने मलाई चिन्ता लाग्यो, त्यसैले मैले उनलाई चित्त नदुख्ने पाराले कुरा घुमाएर स्मरण गराएँ। उनले आफ्नो व्यवहार नस्विकार्दा, मैले उनलाई खुलासा गरिनँ वा रोकिनँ। मैले सोचेँ: “यदि केही गलत भयो भने, मैले स्मरण नगराएको उनले भन्न सक्दिनन्।” यसो गर्दा मेरो छविलाई असर पुग्नेथिएन र यदि केही गलत भैहाले पनि मैले जिम्मेवारी लिनु पर्थेन। मैले मण्डलीको काम वा ब्रदर-सिस्टरहरूहरूको सुरक्षामा ध्यान नदिई केवल आफ्नो हित, हैसियत र छविबारे सोचिरहेकी थिएँ। म धेरै स्वार्थी र विश्‍वासघाती थिएँ! मैले ली मिङ आफ्ना श्रीमानको कुरामा भावुक हुँदै अरूमाथि खनिएको देख्दा, तुरुन्तै हाम्रो माथिल्लो अगुवालाई यो रिपोर्ट गर्नुपर्थ्यो, तर म उनलाई पछाडिबाट छुरा प्रहार गरिरहेको छु भन्‍ने उनले सोच्नेछिन् भन्‍ने चिन्ता लाग्यो, त्यसैले म चुप रहेँ। यसले मण्डलीको काममा नकारात्मक प्रभाव पाऱ्यो, र ब्रदर-सिस्टरहरूलाई हानि पुर्‍यायो। मेरो मानवता कहाँ थियो? परमेश्‍वरको न्याय र खुलासाका वचनअनुसार आफ्ना कार्यहरूबारे विचार गर्दा, मलाई धेरै दोषी महसुस भयो। म सँधै सोच्थेँ, मसँग राम्रो मानवता छ, तर परमेश्‍वरका वचनहरूको प्रकाश र तथ्यहरूमार्फत अनि खुलासा भएपछि, आफूबारे मेरो धारणा पूर्णरूपमा परिवर्तन भयो। बाहिरीरूपमा म दयालु थिएँ, तर त्यो दयालुपनको पछाडि घृणित मनसाय थियो। मैले आफ्नो व्यक्तिगत हितको मात्र ख्याल गरेँ र मण्डलीको कामलाई बिलकुलै रक्षा गरिनँ। मेरो दयालु व्यवहार नक्कली थियो र मैले सबैलाई खुसी पार्ने प्रयास गरेँ। म झूटो भक्त र विश्‍वासघाती व्यक्ति थिएँ। त्यसपछि, मैले आफूलाई असल मानवता भएको व्यक्तिको रूपमा चित्रण गर्ने हिम्मत गरिनँ।

पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड भेट्टाएँ। “सौहार्दपूर्ण र मिलनसार जस्ता ‘असल’ व्यवहारको पछाडि रहेको सारलाई एउटै शब्‍दले व्याख्या गर्न सकिन्छ, र त्यो हो नाटक। त्यस्तो ‘असल’ व्यवहार परमेश्‍वरको वचनबाट आएको हुँदैन, न त सत्यता अभ्यास गरेको वा सिद्धान्तअनुसार व्यवहार गरेको कारण नै आएको हुन्छ। यसलाई केले पैदा गरेको हुन्छ? यो मानिसहरूको मनसाय, युक्ति, बहाना, देखावटी व्यवहार, र छलीपनबाट आएको हुन्छ। जब मानिसहरू यस्ता ‘असल’ व्यवहारहरूमा लागिरहन्छन्, त्यसको उद्देश्य तिनीहरूले चाहेको कुरा प्राप्त गर्नु हो; नत्र त तिनीहरूले कहिल्यै पनि आफूलाई यस्तो कष्टमा पारेर आफ्‍नै इच्‍छा विपरीत जिउने थिएनन्। आफ्‍नो इच्‍छा विपरीत जिउनु भनेको के हो? यसको अर्थ तिनीहरूको साँचो प्रकृति मानिसहरूले कल्‍पना गरेजस्तो शिष्ट, निष्कपट, नम्र, दयालु, र सद्गुणी छैन भन्‍ने हुन्छ। तिनीहरू विवेक र समझअनुसार जिउँदैनन्; बरु, तिनीहरूले निश्‍चित लक्ष्‍य वा माग पूरा गर्न जिउँछन्। मानिसको साँचो प्रकृति कस्तो हुन्छ? यो भ्रमित र अज्ञानी हुन्छ। परमेश्‍वरले प्रदान गर्नुभएका व्यवस्था र आज्ञाहरूविना, मानिसहरूलाई पाप के हो भन्‍ने नै थाहा हुनेथिएन। के मानवजाति पहिले यस्तै थिएन र? परमेश्‍वरले व्यवस्था र आज्ञाहरू जारी गर्नुभएपछि मात्रै मानिसहरूले पापको बारेमा केही मात्रामा बुझे। तर तिनीहरूमा अझै पनि सही र गलत, वा सकारात्मक र नकारात्मक कुराहरूको कुनै अवधारणा विकास भएको थिएन। अनि यस्तो अवस्थामा, तिनीहरूलाई कसरी बोल्‍ने र व्यवहार गर्नेबारेका सही सिद्धान्तहरूका बारेमा थाहा हुन सक्थ्यो र? सामान्य मानवतामा व्यवहार गर्ने कुन शैली र कस्तो असल व्यवहार हुनुपर्थ्यो भनेर तिनीहरूले जान्‍न सक्थे र? के कुराले साँचो रूपमा असल व्यवहार ल्याउन सक्छ, र मानव रूपमा जिउन तिनीहरूले कस्तो मार्ग अपनाउनुपर्छ भन्‍ने कुरा तिनीहरूले जान्‍न सक्थे र? सक्दैनथिए। मानिसहरूको शैतानी प्रकृतिको कारण, तिनीहरूको जन्‍मजात गुणको कारण, तिनीहरूले भलाद्मी रूपमा, र इज्‍जतको साथ जिएको नाटक र बहाना गर्न सक्थे—यही कारणले गर्दा परिष्कृत र समझदार हुने, कोमल व्यवहार गर्ने, विनम्र हुने, ठूलोलाई आदर गर्ने अनि सानालाई माया गर्ने, अनि मिलनसार र सौहार्दपूर्ण हुने जस्ता छली व्यवहारहरू पैदा भएका हुन्। अनि यी छली व्यवहारहरू प्रकट भएपछि, यीमध्ये एक-दुई वटालाई छानेर मानिसहरू त्यसैमा अल्झिरहे। कतिले मिलनसार र सौहार्दपूर्ण हुने निर्णय गरे, कतिले परिष्कृत र समझदार हुने अनि कोमल व्यवहार गर्ने निर्णय गरे, कतिले विनम्र बन्‍ने, ठूलोलाई आदर गर्ने अनि सानालाई माया गर्ने निर्णय गरे, अनि कतिले यी सबै कुरा छान्‍ने निर्णय गरे। तैपनि म यस्तो ‘असल’ व्यवहार भएका मानिसहरूलाई एउटै शब्‍दले व्याख्या गर्छु। त्यो शब्‍द के हो? ‘चिल्‍ला ढुङ्गाहरू।’ चिल्‍ला ढुङ्गाहरू भनेका के हुन्? यिनीहरू वर्षौं-वर्ष पानीको बहावले गर्दा रगडिएर चिल्‍ला भएका खोला किनारका चिल्‍ला ढुङ्गाहरू हुन्। तिनमा टेक्दा नदुखे पनि, होसियार भइएन भने मानिसहरू तिनमा चिप्‍लन सक्छन्। स्वरूप र आकारमा, ती ढुङ्गाहरू सुन्दर देखिन्छन्, तर घर लगेपछि तिनको केही काम हुँदैन। तिनलाई फाल्‍न पनि मन लाग्दैन, तर तिनलाई राख्‍नुको पनि कुनै औचित्य हुँदैन—‘चिल्‍लो ढुङ्गा’ यस्तै हुन्छ। मेरो लागि, यस्ता बाहिरी असल व्यवहार भएका मानिसहरू उत्साहहीन हुन्छन्। बाहिरबाट तिनीहरूले असल भएको बहाना गर्छन्, तर तिनीहरू सत्यतालाई पटक्‍कै स्विकार्दैनन्, तिनीहरूले मीठो सुनिने कुरा गर्छन्, तर वास्तविक काम केही पनि गर्दैनन्। तिनीहरू केवल चिल्‍ला ढुङ्गाहरू हुन्। यदि तैँले तिनीहरूलाई सत्यता र सिद्धान्तहरूबारे सङ्गति दिइस् भने, तिनीहरूले कोमल व्यवहार र शिष्टबन्‍ने बारेमा कुरा गर्नेछन्। यदि तैँले तिनीहरूलाई ख्रीष्टविरोधीहरू चिन्‍नेबारेमा बताइस् भने, तिनीहरूले तँलाई ठूलालाई आदर गर्ने र सानालाई प्रेम गर्ने, अनि सुसंस्कृत र समझदार बन्‍नेबारेमा बताउनेछन्। यदि तैँले तिनीहरूलाई व्यक्तिको आचरण सिद्धान्तहरूअनुरूप हुनुपर्छ, आफ्‍नो कर्तव्यमा सिद्धान्तहरू खोजी गर्नुपर्छ र मनोमानी ढङ्गले काम गर्नु हुँदैन भनेर भनिस् भने, तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले भन्‍नेछन्, ‘सत्यताका सिद्धान्तहरूअनुसार काम गर्नु फरक कुरा हो। म सुसंस्कृत र समझदार हुन, अनि अरूले मेरो व्यवहार अनुमोदन गरून् भन्‍ने मात्रै चाहन्छु। मैले ठूलालाई आदर र सानालाई प्रेम गरेँ, र अरूको अनुमोदन प्राप्त गरेँ भने, त्यो नै पर्याप्त हुन्छ।’ तिनीहरूले असल व्यवहारबारे मात्रै वास्ता गर्छन्, सत्यताप्रति कुनै ध्यान दिँदैनन्(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। मैले परमेश्‍वरको वचनमार्फत के बुझेँ भने परम्परागत संस्कृतिअनुसार राम्रो मानिने व्यवहार अर्थात् मिलनसार र सहयोगी हुनु भनेको सारमा एक बहाना मात्र हो। यस्तो व्यवहार गर्नेहरू मानिसबाट सम्मान पाउन र तिनीहरूलाई छल गरी आफ्नो आदर र प्रशंसा गर्न लगाउन झुटो अनुहार मात्र देखाइरहेका हुन्छन्। यो सबै षड्यन्त्र र विश्‍वासघात हो, र यसरी काम गर्दा हामी ठग बन्छौँ। मैले के पनि बुझेँ भने, यतिका वर्षसम्म असल मान्छे बन्ने प्रयास गर्दा पनि, म स्वार्थी र विश्‍वासघाती हुनुको कारण त यो सबैको पछाडि खराब मनसाय भएकोले पो रहेछ। म मानिसहरूमा राम्रो छाप बनाउन चाहन्थेँ ताकि तिनीहरूले मलाई आदर र प्रशंसा गरून्। म सानैदेखि असल आचरणलाई मूल्यवान् ठान्न सिकाउने परम्परागत संस्कृतिबाट प्रशिक्षित र शिक्षित थिएँ। असल आचरण हुँदा मलाई वरपरका मानिसहरूबाट प्रशंसा मिल्छ भन्‍ने मलाई लागेको थियो। विश्‍वासमा प्रवेश गरेपछि, विशेष गरी जब मैले ली मिङसँग साझेदारी गरेँ, तब ब्रदर-सिस्टरहरूमाझ राम्रो छवि र हैसियत कायम राख्न, म मिलनसार र व्यवहार गर्न सहज व्यक्ति बन्ने प्रयास गरिरहेँ। उनले सिद्धान्तहरू उल्लङ्घन गर्दै आफ्नो फोन धेरैपटक प्रयोग गरेको, ब्रदर-सिस्टरहरूलाई खतरामा पारेको, र मण्डलीका हितलाई उपेक्षा गरेको देख्दा, मैले उनलाई खुलासा गरी रोक्नुपर्थ्यो, तर उनमा मरो नराम्रो छाप पर्नेछ भन्‍ने चिन्ता गर्दै मैले यसलाई बेवास्ता गरेँ। मैले स्पष्टरूपमा देखेकी थिएँ, ली मिङले आफ्ना श्रीमानको रक्षा गरिरहेकी थिइन् र ब्रदर-सिस्टरहरूलाई दबाएकी समेत थिइन् र यो भ्रष्टाचारको सामान्य मामिला मात्र थिएन। उनको मानवता दुष्ट थियो, उनी उपयुक्त अगुवा थिइनन्, र उनको तुरुन्तै रिपोर्ट गर्नुपर्थ्यो। तर यसो गर्नुको सट्टा म आफ्नो हैसियत र छवि जोगाउन फेरि मौन बसेँ। मैले आफ्नो छवि बचाउन, आफ्नो खाने थालमा आफै थुकेँ। मैले मण्डलीको हितलाई पटक्कै रक्षा गरिनँ। मलाई गहनरूपमा थाहा भयो, मिलनसार र व्यवहार गर्न सहज व्यक्ति हुन खोज्दा, यसले मेरो भ्रष्ट स्वभाव परिवर्तन गर्न सहयोग नगरेको मात्र होइन, वास्तवमा मलाई झन्-झन् धेरै विश्‍वासघातीसमेत बनायो। मैले सत्यता अभ्यास गर्नुको सट्टा असल व्यवहारलाई लक्ष्य बनाएँ, आफ्ना घृणित मनसायहरू लुकाउन गलत छवि प्रस्तुत गरेँ सबैलाई मसँग सत्यताको वास्तविकता छ र म दयामाया भएको व्यक्ति हुँ भन्‍ने सोच्न लगाएँ, र मलाई भरोसा गरी सम्मान र अनुमोदन गर्न लगाउन तिनीहरूलाई मूर्ख बनाएँ। म झूटा भक्त फारिसीहरूको मार्गमा थिएँ र परमेश्‍वरको प्रतिरोध गर्दै थिएँ। यदि मैले त्यसै गरिरहेकी भए परमेश्‍वरले मलाई दोषीठहऱ्याएर हटाउनुहुनेथ्यो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को दुइटा खण्ड पढेँ। “अनि जब मानिसहरूले सधैँ आफ्‍नै हितहरूका बारेमा विचार गर्छन्, जब सधैँ आफ्‍नै गर्व र आडम्बरको रक्षा गर्ने प्रयास गरिरहन्छन्, जब भ्रष्ट स्वभाव प्रकट गर्छन् र पनि त्यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्, तब परिणाम के हुन्छ? परिणाम यो हुन्छ कि तिनीहरूले कुनै जीवन प्रवेश पाउँदैनन्, तिनीहरूमा साँचो अनुभव र गवाहीको कमी हुन्छ। अनि यो खतरनाक हुन्छ, होइन र? यदि तैँले कहिल्यै पनि सत्यताको अभ्यास गर्दैनस् भने, यदि तँमा कुनै अनुभव र गवाही छैन भने, समय आएपछि तँलाई खुलासा गरिनेछ र हटाइनेछ। परमेश्‍वरको घरमा अनुभव र गवाही नभएका मानिसहरूको के काम हुन्छ र? तिनीहरूले अवश्य नै कुनै कर्तव्य पनि राम्ररी पूरा गर्दैनन्; तिनीहरूले कुनै काम पनि उचित रूपमा गर्न सक्दैनन्। के तिनीहरू फोहोर होइनन् र? परमेश्‍वरलाई वर्षौंसम्‍म विश्‍वास गरेर पनि यदि मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गर्दैनन् भने, तिनीहरू गैरविश्‍वासीमध्येका एक हुन्, तिनीहरू दुष्ट हुन्। यदि तैँले सत्यताको अभ्यास कहिल्यै गर्दैनस् भने, यदि तेरा अपराधहरू झन्झन् धेरै हुँदै गए भने, तेरो अन्त्य निश्‍चित हुन्छ। यो स्पष्ट छ कि तेरा सबै अपराधहरू, तैँले हिँड्ने गलत मार्ग, र पश्‍चात्ताप गर्न तैँले गर्ने इन्कार—यी सबै कुरा जोडिएर दुष्कर्मको थुप्रो बन्छ; त्यसैले तेरो अन्त्य के हुन्छ भने, तँ नरक जानेछस् र तँलाई दण्ड दिइनेछ। के तँलाई यो सानोतिनो कुरा हो भन्‍ने लाग्छ? यदि तँलाई दण्ड भएको छैन भने, यो कति भयानक हुन्छ भन्‍ने बोधसमेत तँमा हुनेछैन। जब त्यो दिन आउँछ र जब तैँले साँच्‍चै नै सङ्कटको सामना गर्छस्, र तँ मृत्युको सम्‍मुख हुन्छस्, तब पछुतो गर्नको लागि धेरै ढिला भइसकेको हुनेछ। यदि तैँले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा सत्यता स्वीकार गर्दैनस्, यदि तैँले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौं भयो, र पनि तँमा कुनै परिवर्तन आएको छैन भने, अन्तिम परिणाम के हुन्छ भने तँलाई हटाइनेछ, र तँलाई त्यागिनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “परमेश्‍वरका वचनहरू अनुसार व्यवहार र काम गरेमा मात्रै मानिसहरूले साँचो जग प्राप्त गर्छन्। यदि तिनीहरूले परमेश्‍वरका वचनहरू अनुसार व्यवहार गर्दैनन्, बरु राम्रो व्यवहार गरेको बहाना गर्नमा मात्रै ध्यान दिन्छन् भने, के तिनीहरू असल मानिस बन्‍न सक्छन्? अवश्य सक्दैनन्। असल व्यवहारले मानिसहरूको सारलाई परिवर्तन गर्न सक्दैन। सत्यता र परमेश्‍वरका वचनहरूले मात्रै मानिसहरूको स्वभाव, विचार, र दृष्टिकोणलाई परिवर्तन गर्न सक्छन्, र ती मात्रै तिनीहरूको जीवन बन्‍न सक्छन्। … मानिसहरूको बोलीवचन र कार्यहरूको आधार के हुनुपर्छ? परमेश्‍वरका वचनहरू। त्यसो भए, परमेश्‍वरले मानिसहरूको बोलीवचन र कार्यहरूको लागि तय गर्नुभएका सर्त र मापदण्डहरू के-के हुन्? (ती कुराहरू मानिसहरूलाई सुधार गर्ने किसिमको हुनुपर्छ।) ठीक भनिस्। सबैभन्दा आधारभूत रूपमा, तैँले सत्य कुरा भन्‍नुपर्छ, इमान्दारीपूर्वक बोल्‍नुपर्छ, र अरूलाई फाइदा पुर्‍याउनुपर्छ। कम्तीमा पनि, बोलीवचनले मानिसहरूलाई सुधार गर्नुपर्छ, अनि छल्‍ने, बहकाउने, हाँसोमा उडाउने, व्यङ्ग गर्ने, अपमान गर्ने, गिल्‍ला गर्ने, बन्देज लगाउने, तिनीहरूका कमजोरीहरू खुलासा गर्ने, र तिनीहरूलाई निन्दा गर्ने वा चोट पुर्‍याउने गर्नु हुँदैन। यो सामान्य मानवताको अभिव्यक्ति हो। यो मानवजातिको सद्‌गुण हो। … यसको साथै, कतिपय विशेष अवस्थाहरूमा, अरू मानिसहरूको गल्तीलाई सीधै खुलासा गरेर तिनीहरूलाई काटछाँट गर्नुपर्ने आवश्यकता हुन्छ, ताकि तिनीहरूले सत्यताको ज्ञान र पश्‍चात्ताप गर्ने इच्‍छा प्राप्त गर्न सकून्। त्यसपछि मात्रै उचित प्रभाव हासिल हुन्छ। यस प्रकारको अभ्यासले मानिसहरूलाई ठूलो फाइदा दिन सक्छ। यो तिनीहरूको लागि वास्तविक सहयोग हो, र यसले तिनीहरूलाई सुधार गर्छ, होइन र?(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। परमेश्‍वरका वचनहरूले मलाई तर्साए। यदि कसैले एकपछि अर्को परिस्थितिमा आफ्नो हित जोगाउन रोज्छ र कहिल्यै सत्यता अभ्यास गर्दैन भने, उसले धेरैभन्दा धेरै अपराधहरू थुपार्नेछ, र अन्ततः परमेश्‍वरबाट पूर्णरूपमा खुलासा भएर हटाइनेछ। मैले मेरा ब्रदर-सिस्टरहरूको सुरक्षा खतरामा परेको र मण्डलीको काम प्रभावित भएको देख्दा पनि, सिद्धान्तहरू कायम राखी मण्डलीको कामको रक्षा गरिनँ, बरु सधैँ तथाकथित असल व्यक्ति बन्न खोजेँ। मैले अरूको सम्मान र अनुमोदन पाए पनि, परमेश्‍वरको नजरमा म दुष्कर्मी थिएँ र अन्ततः उहाँद्वारा तिरस्कृत र दण्डित हुनेथिएँ। यी परिणामहरू थाहा पाएपछि म डराएँ र मेरो गलत खोजी सुधार गर्न तयार भएँ। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको सही मार्ग पनि देखाए। हामीले परमेश्‍वरका वचनअनुसार काम गर्दा र बोल्दा मात्र अरूलाई लाभ पुऱ्याउन र ज्ञान दिन सक्छौँ। हामी जसरी बोलौँ, चाहे कडा वा नरम स्वरमा बोलौँ, वा जतिसुकै कुशल तरिकाले शब्द प्रयोग गरौँ, त्यो महत्वपूर्ण छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको ब्रदर-सिस्टरहरूलाई ज्ञान दिने तरिकामा बोल्नु हो। त्यो सही व्यक्ति हो, र सत्यता स्वीकार गर्न सक्छ भने हामीले तिनीहरूलाई प्रेमपूर्वक मद्दत गर्नुपर्छ। यदि तिनीहरूले सत्यता बुझेनन् र काममा हानि पुर्‍याउँछन् भने, हामी तिनीहरूलाई मार्गदर्शन र सहयोग गर्न सङ्गति गर्न सक्छौँ। यदि सङ्गतिपछि पनि कुनै वास्तविक सुधार भएन भने, हामी तिनीहरूलाई निराकरण र काटछाँट गर्न सक्छौँ, र तिनीहरूको समस्याको सारलाई खुलासा गर्न सक्छौँ। यसो गर्नु कठोर वा मानिसहरूको भावनालाई बेवास्ता गरेको जस्तो लागे पनि, यो तरिका काम गर्दा तिनीहरूलाई साँच्चै फाइदा र सहयोग पुग्न सक्छ। यदि तिनीहरू मण्डलीको काममा बाधा पुर्‍याइरहेका ख्रीष्टविरोधी वा दुष्कर्मी हुन् भने तिनीहरूलाई खुलासा गर्न र रोक्न वा मण्डलीको कामलाई कायम राख्न र ब्रदर-सिस्टरहरूलाई बाधा र छलमा पर्न नदिन हाम्रा उच्च अगुवाहरूसमक्ष तिनीहरूको रिपोर्ट गर्ने अडान लिनुपर्छ। त्यसो गरेर मात्र हामी सत्यताको साँचो अभ्यास गरिरहेका, साँचो मानवता र दया देखाइरहेका हुन्छौँ। मैले आफ्नो गलत दृष्टिकोण पनि सुधारेँ। म सोच्थेँ, सिद्धान्तहरू उल्लङ्घन गरेको कारण कसैको रिपोर्ट गर्नु कुरौटे हुनु, विश्‍वासघात गर्नु वा बफादार नहुनु हो। यो गलत दृष्टिकोण थियो। रिपोर्ट गर्दा वास्तवमा मण्डलीको कामको रक्षा हुन्छ र यो असल काम हो। वास्तवमा, जब मैले ली मिङमा गम्भीर समस्या रहेको देखेँ जसले ब्रदर-सिस्टरहरूलाई विवश बनाइरहेको र हानि पुऱ्याइरहेको थियो, यो मण्डलीको कामसँग सम्बन्धित सिद्धान्तको समस्या थियो र मैले यसलाई माथिल्लो नेतृत्ववर्गलाई तुरुन्तै खबर गर्नुपर्थ्यो वा उनको रिपोर्टसमेत गर्नुपर्थ्यो। यो पिठ्यूँमा छुरा घोपेको हुनेथिएन; यो मण्डलीको कामको रक्षा गरेको हुनेथ्यो। मैले यो बुझेपछि, मेरा धेरै चिन्ताहरू हराए र मलाई धेरै ढुक्क महसुस भयो।

पछि, एक जना ब्रदर सुस्त बनेको, कुनै पनि कठिनाइदेखि पछ हट्ने गरेको कसैले रिपोर्ट गरेछ, र अरूले यो कुरा औँल्याएर उनलाई धेरैपटक निराकरण गरेपछि पनि उनले योस्वीकार गरेनन्। सिद्धान्तहरूको आधारमा, हामीले के निर्णय गऱ्यौँ भने उनलाई बर्खास्त गर्न जरुरी छ, र हामीले उनका समस्यालाई स्पष्टरूपमा विश्लेषण गर्नुपर्छ ताकि उनले आत्मचिन्तन गर्न सकून्। त्यो बेला मैले सोचेँ: “कसैको समस्याहरू विश्लेषण गर्दा उसलाई ठेस पुग्न सक्छ। सायद मेरी सहकर्मीलाई उनीसँग सङ्गति गर्न लगाउनुपर्ला र म यसबाट बाहिर रहन सक्छु। नत्र उनमा मेरो नराम्रो छाप पर्नेछ।” तर, अचानक मलाई महसुस भयो म फेरि आफ्नो हैसियत र छवि जोगाउन खोज्दै थिएँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ, जसले यसो भन्छन्: “आफ्‍नो कर्तव्य पूरा गर्ने सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यताको वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितको बारेमा विचार गर्नु, र स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियतलाई त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग देखाए। समस्याहरू आइपर्दा हामीले हाम्रो चाहना र प्रतिष्ठालाई पन्छाउनैपर्छ, मण्डलीका हितलाई प्राथमिकता दिनैपर्छ र परमेश्‍वरको इच्छा पालना गर्नैपर्छ। यो कार्य गर्ने एकमात्र स्पष्ट तरिका हो र यसलाई परमेश्‍वरले प्रशंसा गर्नुहुनेछ। परमेश्‍वरका मागहरू बुझेपछि म उत्प्रेरित भएँ, र मैले ती ब्रदरको व्यवहारलाई परमेश्‍वरका वचनअनुसार विस्तृत रूपमा विश्लेषण गरेँ। यसरी अभ्यास गरेपछि मलाई एकदमै ढुक्क लाग्यो। सत्यता अभ्यास गरेर मात्रै साँचो शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ भन्‍ने मैले बुझेँ।

यो अनुभवपछि, म परमेश्‍वरप्रति अति कृतज्ञ भएँ। यो परमेश्‍वरको वचनले नै मलाई मिलनसार र व्यवहार गर्न सहज व्यक्ति हुनु भनेर परम्परागत संस्कृतिले जोड दिनु कति वाहियात छ र यसले मानिसहरूलाई कस्तो हानि पुर्‍याउँछ भनी बुझ्न मद्दत गरेको थियो। यसले मलाई परम्परागत संस्कृतिको बन्धनबाट निस्केर स्वतन्त्रता र मुक्ति अनुभव गर्न पनि मद्दत गऱ्यो। परमेश्‍वरलाई उहाँको मुक्तिको लागि धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सधैँ अरूलाई खुसी पार्दा के हुन्छ

म मण्डलीमा सुसमाचारको काम गर्छु। सिस्टर वान्डा र म समूह अगुवाका रूपमा सँगै काम गर्छौँ। सुरुमा, म वान्डा आफ्‍नो कर्तव्यमा सक्रिय, र आफ्‍नो...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्