“असल अगुवा” को चिन्तन-मनन

25 फेब्रुअरी 2023

म सानै हुँदादेखि, मेरा आमाबुबाले मलाई मानिसहरूसँग मिलनसार हुन अनि मिलनसार र बुझकी व्यक्ति बन्‍न सिकाउनुभयो। मेरो चिनेजानेका मानिसहरूसँग कुनै समस्या वा कमीकमजोरी थिए भने, म तिनीहरूको साँचो रूप प्रकट गर्न सक्दिनथिएँ, र मैले तिनीहरूको प्रतिष्ठाको बारेमा सोच्‍नुपर्थ्यो। यो शिक्षाको कारण, कहिल्यै कसैसँग मेरो द्वन्द्व वा विवाद हुँदैनथियो, र मलाई चिने-जानेका मानिसहरूले मलाई असल व्यक्ति ठान्थे र मसँग सङ्गत गर्न चाहन्थे। मलाई पनि यसरी मानिसहरूलाई व्यवहार गर्नु राम्रो हो भन्‍ने लाग्थ्यो। परमेश्‍वरमा विश्‍वास गरेपछि, मैले मेरा ब्रदर-सिस्टरहरूसँग अझै यसरी नै व्यवहार गर्थेँ। विशेष गरी म मण्डली अगुवा बनेपछि, मलाई म अरूसँग मिलनसार हुनुपर्छ र अरूको गल्तीमा कहिल्यै पनि दोष लगाउनु हुँदैन भन्‍ने लाग्थ्यो। त्यसरी, मैले हामी बीचको राम्रो सम्‍बन्धलाई बरबाद गर्दिनथिएँ, र तिनीहरू मसँग सङ्गत गर्न चाहन्थे, र मलाई प्रिय र असल अगुवा भनी प्रशंसा गर्थे।

पछि, मैले समूह अगुवा, सिस्टर जोआनले कुनै बोझविना आफ्‍नो कर्तव्य पूरा गर्छिन् भन्‍ने पत्ता लगाएँ। मैले उनलाई धेरै पटक यसो भन्दै सम्झाएँ, “समूह अगुवा हुनुभएकोले, तपाईंले आफ्‍ना ब्रदर-सिस्टरहरूको स्थितिलाई बुझ्‍नुपर्छ र समूहको कामको बारेमा फलो-अप गर्नुपर्छ।” तर उनले यसरी काम गरिनन्, त्यसकारण मैले उनलाई फेरि पनि सोधेर किन यसो गरिनन् भनी सोध्‍नु परेको थियो। उनले आफूसँग एक घण्टा मात्रै खाली समय हुने गरेको, तर उनले फेसबुक चलाउन र चलचित्रहरू हेर्नको लागि यो प्रयोग गर्ने गरेकी, त्यसैले उनले कुनै पनि कुराको बारेमा फलो-अप नगर्ने गरेकी बताइन्। यो सुनेपछि, मलाई रिस उठ्यो, र सोचेँ, “तिमी कति अल्छी रहेछौ, र कुनै बोझ लिँदैन रहेछौ। जब ब्रदर-सिस्टरहरू भेलामा सहभागी हुन्छन्, तब तिमीले तिनीहरूलाई सहयोग गर्ने बारेमा सोच्दैनौ!” उनले आफ्‍नो कर्तव्यमा झारा टारेको र गैरजिम्‍मेवार व्यवहार गरेको कारण म उनलाई निराकरण गर्न चाहन्थेँ, तर मैले उनलाई निराकरण गरेँ भने, उनी मबाट टाढा हुनेछिन् र म मिलनसार असल अगुवा होइन भनेर भन्‍नेछिन् भन्‍ने मैले सोचेँ। म हाम्रो मैत्रीपूर्ण सम्‍बन्धलाई बरबाद गर्न चाहन्‍नथिएँ, त्यसकारण मैले उनलाई निराकरण गर्नुको सट्टा, प्रोत्साहन दिएँ। मैले भनेँ, “तपाईंले आफ्‍ना ब्रदर-सिस्टरहरूको स्थिति बुझ्‍ने प्रयास गर्न यो एक घण्टाको समय प्रयोग गर्न सक्‍नुहुन्छ, त्यसपछि तपाईंले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍नुहुन्छ।” उनले केही दिनसम्‍म राम्रो काम गरिन्, तर कतिपय समस्या सधैँ देखा परिरहन्थे। उनले आफ्‍नो कर्तव्यमा झारा टार्ने गरेकीले धेरैभन्दा धेरै नयाँ विश्‍वासीहरू नियमित रूपमा भेलाहरूमा आउन छोडे र कतिपय नयाँ विश्‍वासीले त आउने झमेला समेत लिन छोडे। मलाई अत्यन्तै रिस उठ्यो। यो समूह अगुवा अत्यन्तै अजिम्‍मेवार थिए! म साँच्‍चै तिनलाई निराकरण गर्न चाहन्थेँ, तर उनी मबाट टाढा हुनेछिन् भन्‍ने सोच्दा, मैले केही पनि भनिनँ, र मैले यी नयाँ विश्‍वासीहरूलाई आफै मलजल र सहयोग गर्नुपर्थ्यो। यी कुराहरूका बारेमा नयाँ विश्‍वासीहरूलाई बताइसकेपछि, मैले के पत्ता लगाएँ भने विभिन्‍न कठिनाइहरू समाधान नगरिएका हुनाले तिनीहरू भेलाहरूमा नआएका रहेछन्, तर जोआनले पहिले मलाई तिनीहरूले मेसेजको प्रतिक्रिया दिँदैनन् भनेर भनेकी थिइन्। आफ्‍नो कर्तव्यप्रतिको जोआनको आचरण देखेर, म साँच्‍चै नै तिनलाई निराकरण गर्न चाहन्थेँ। उनको अजिम्‍मेवार व्यवहारका गम्‍भीर परिणामहरूका बारेमा म उनलाई सम्‍झाउन चाहन्थेँ। तर म प्रिय र मिलनसार असल अगुवा पनि बन्‍न चाहन्थेँ, त्यसकारण मैले मन परिवर्तन गरेँ, र उनलाई उत्साह दिने कुराहरू बताएँ। त्यसकारण, उनी कहिल्यै परिवर्तन भइनन्। एउटा भेलामा, जोआनले यसो भन्दै गुनासो गरिन्, “समूहमा मैले काम गरेको लामो समय भयो। किन मलाई उच्‍च हैसियत भएको पदमा बढुवा दिइएको छैन?” जोआनले भनेको कुरा सुनेपछि, मैले सोचेँ, “तिमी कति अल्छी छौ, आफ्‍नो कर्तव्यमा झारा टारेर बस्छौ, र तिमी अजिम्‍मेवार छौ। तिमीलाई कसरी बढुवा दिन सकिन्छ?” मलाई उनीप्रति रिस उठेको भए पनि, मैले उनलाई यसो भन्दै सान्त्वना दिएँ, “हामीले पूरा गर्ने कुनै पनि कर्तव्यमा, हामीले परमेश्‍वरका सार्वभौम बन्दोबस्तहरूको कारण त्यो काम गरिरहेका हुन्छौँ। हाम्रो कर्तव्य फरक-फरक भए पनि, हामी सबैले नयाँ विश्‍वासीहरूलाई मलजल गरिरहेका र परमेश्‍वरको कामको अनुभव गरिरहेका छौँ।” मलाई यसले गर्दा म उनको कुरा बुझ्छु र उनलाई वास्ता गर्छु, र म असल अगुवा हुँ भन्‍ने उनलाई अनुभव गराउँछ भन्‍ने लागेको थियो। त्यसकारण, अरूका समस्याहरू देखेर पनि, मैले कहिल्यै पनि तिनीहरूको खुलासा गर्ने वा तिनीहरूलाई निराकरण गर्ने गरिनँ। बरु, तिनीहरूलाई सान्त्वना दिन र प्रोत्साहन दिन राम्रा कुराहरू भनेँ। यसले मेरो मिलनसार व्यक्तिको रूपमा रहेको राम्रो छविलाई सबैको हृदयमा कायम राख्‍न सक्छ भन्‍ने लागेको थियो।

अर्को पटकको कुरा हो, सुसमाचार डिकन एड्ना र समूह अगुवा एन्‍नी राम्ररी मिल्दिनथिइन्। एड्नाले मलाई रिसाउँदै भनिन्, “एन्‍नी अत्यन्तै अल्छी छिन्। मैले समूहका मानिसहरूको स्थिति र कठिनाइहरूको बारेमा सोधेँ, र उनले अत्यन्तै ढिलो प्रतिक्रिया दिइन्। म तिनीहरूको स्थितिलाई समाधान गर्न भ्याएर सक्दिनँ, उनले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दिनन्।” मलाई एड्ना अहङ्कारी स्वभावकी छिन्, र उनले प्रायजसो आदेश दिने वा खटन गर्ने शैलीमा बोल्‍ने गर्छिन् भन्‍ने मलाई थाहा थियो, जुन कुरालाई स्वीकार गर्न अरूलाई कठिन हुन्थ्यो, र एन्‍नी आफ्‍नै स्वाभिमानको बारेमा चिन्ता गर्थिन्। पक्‍कै पनि एड्नाको बोल्‍ने शैली देखेर उनले यो कुरा स्वीकार गर्न सकेकी थिइनन्, जसले गर्दा उनलाई प्रतिक्रिया दिन मन लागेको थिएन। म यो कुरा एड्नालाई औंल्याउन चाहन्थेँ, तर म उनलाई चोट नपुगोस् वा म उनको कुरा नबुझ्‍ने हुँ भन्‍ने उनले नसोचून् भन्‍ने चाहन्थेँ, त्यसकारण मैले उनलाई मिलनसार शैलीमा भनेँ, “सायद एन्‍नी व्यस्त भएकोले उनले तपाईंको मेसेज देखिन होलिन्।” त्यसपछि, म एन्‍नीकहाँ गएँ, र एन्‍नीले दुःखी हुँदै भनिन्, “एड्ना अत्यन्तै अहङ्कारी छिन्, मैले कसरी आफ्‍नो कर्तव्य गर्ने भन्‍ने बारेमा उनले खटन गर्छिन्, त्यसकारण मलाई उनको मेसेजको प्रतिक्रिया दिन मन लागेन।” उनले अरूबाट सल्‍लाह लिँदिनन् भन्‍ने थाहा भयो र उनलाई यसको बारेमा स्मरण गर्न मन लाग्यो, तर उनले यस्तो सल्‍लाह स्वीकार गर्दिनन्, र यसले हामी बीचको सद्भावलाई नष्ट गर्छ भन्‍ने चिन्ता लाग्यो, त्यसकारण मैले भनेँ, “सायद तपाईंले एड्नालाई गलत रूपमा बुझ्‍नुभयो होला। तपाईंले आफ्‍नो कर्तव्य राम्ररी पूरा गरेको मात्रै उनी चाहन्छिन्।” मैले सान्त्वनाको शब्‍दहरू बोल्दै तिनीहरूलाई प्रोत्‍साहन मात्रै दिएँ, र तिनीहरूका समस्याहरू औँल्याइदिइनँ। तिनीहरूमध्ये कसैले पनि आफूलाई बुझ्‍न सकेनन्। एड्नाले अझै पनि एन्‍नीको कामको बारेमा फलो-अप गर्न सकिनन्, र एन्‍नीले आफूमाथि अन्याय भएको छ र उनले यो कर्तव्य पूरा गर्न सक्दिनन् भन्‍ने अनुभव गरिन्। मैले अगुवाको रूपमा आफ्‍नो कर्तव्य पूरा गरिरहेकी छैन भन्‍ने मलाई थाहा थियो, जसको अर्थ तिनीहरूले आफ्‍नै समस्याहरूलाई पहिचान गरेनन् भन्‍ने हुन्छ। मैले गर्दा नै यी परिणामहरू आएका थिए। मैले आफूलाई चिन्‍न सकूँ भनेर मैले अन्तर्दृष्टि दिनुहोस् भनी अनुरोध गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ।

मैले परमेश्‍वरको वचनमा यो कुरा पढेँ, “सत्यताको अभ्यास गर्नु भनेको खोक्रा कुराहरू भन्नु र केही वाक्यांशहरू भन्नु होइन। व्यक्तिले जीवनमा जेसुकै सामना गर्नु परे पनि, जबसम्म त्यसमा मानव चालचलनका सिद्धान्तहरू, घटनाहरूसम्‍बन्धी दृष्टिकोण, वा आफ्‍नो कर्तव्य निभाउने विषय समावेश हुन्छ, तबसम्म उसले नै निर्णय गर्नुपर्ने परिस्थिति आइपर्नेछ, अनि उसले सत्यता खोजी गर्नुपर्छ, र उसले परमेश्‍वरका वचनहरूमा आधार र सिद्धान्त खोज्‍नुपर्छ, र त्यसपछि उसले अभ्यासको मार्ग खोज्‍नुपर्छ; यसरी अभ्यास गर्न सक्‍नेहरू नै सत्यताको खोजी गर्न सक्‍ने मानिसहरू हुन्। कठिनाइहरू जति नै ठूला भए पनि यसरी सत्यताको खोजी गर्न सक्‍नु भनेको पत्रुसको मार्गमा र सत्यताको खोजी गर्ने मार्गमा हिँड्नु हो। उदाहरणको लागि: अरूसँग अन्तरक्रिया गर्दा कस्तो सिद्धान्त पछ्याउनुपर्छ? तेरो मूल दृष्टिकोण तैँले कसैलाई दुःखी बनाउनु हुँदैन, तर शान्ति कायम राख्नुपर्छ र कसैलाई अपमान गर्नुबाट जोगिनुपर्छ, ताकि भविष्यमा, सबै जना मिलेर बस्न सकियोस् भन्‍ने हो। यस्तो दृष्टिकोणमा खुम्चिएर जब तँ कसैले कुनै खराब काम गरेको, गल्ती गरेको, वा सिद्धान्तहरूको विरुद्धमा काम गरेको देख्छस्, तब तँ त्यो व्यक्तिको सामु कुरा उठाउनुभन्दा ती सबै सहन निको ठान्छस्। तेरो आफ्नै दृष्टिकोणमा खुम्चिएर, तँ कसैलाई पनि दुःखी बनाउन चाहँदैनस्। तँ जोसुकैसँग आबद्ध भए पनि, इज्‍जत, संवेग, वा धेरै वर्षदेखिको अन्तरक्रियाबाट उत्पन्न भावनाहरूसम्बन्धी सोचमा खुम्चिएर तँ त्यस व्यक्तिलाई खुसी पार्न सधैँ राम्रा कुराहरू भन्छस्। कुनै असन्तोषजनक कुराहरू भेट्टाउँदा पनि तँ सहनशील हुन्छस्; तँ एक्लै हुँदा अलिअलि फतफताउँछस्, अलिअलि आलोचना गर्छस्, तर तिनीहरूलाई प्रत्यक्ष भेट्दा, परिस्थिति बिगार्ने कुनै कुरा गर्दैनस् र तिनीहरूसँगको सम्‍बन्धलाई अझै पनि कायमै राख्छस्। यस्तो बेहोराको बारेमा तँ के सोच्छस्? के त्यो चाकडीबाजको बेहोरा होइन र? के त्यसमा एकदमै चिप्लेपन छैन र? यसले आचरणका सिद्धान्तहरू उल्लङ्घन गर्छ। त्यसैले, के त्यस्तो प्रकारको व्यवहार गर्नु तुच्छता होइन र? यस्तो व्यवहार गर्नेहरू असल मानिसहरू होइनन्, न त तिनीहरू आदर्शमय व्यक्तिहरू नै हुन्। तैँले जति धेरै दु:ख भोगेको भए पनि, र तैँले जस्तै मूल्य चुकाएको भए पनि, यदि तैँले सिद्धान्तहरूविना व्यवहार गर्छस् भने, तँ असफल भएको छस्, र परमेश्‍वरको सामु कुनै स्वीकृति पाउनेछैनस्, न त उहाँद्वारा सम्झना गरिनेछस्, न तैँले उहाँलाई खुसी पार्न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। राम्रोसित आफ्‍नो कर्तव्य निभाउनको लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र तर्कशक्ति हुनुपर्छ)। परमेश्‍वरका वचनहरू मनन गरिसकेपछि, मैले के बुझेँ भने, सत्यताको अभ्यास गर्नु भनेको जेसुकै भए पनि सत्यताका सिद्धान्तहरू अनुसार व्यवहार गर्नु, र मानिसहरूलाई चिढ्याउँछु भनेर नडराउनु हो। तर मेरा ब्रदर-सिस्टरहरूसँग व्यवहार गर्दा, मैले आफ्‍नो छवि र हैसियत र अरूसँगको सद्भावलाई कायम राख्‍नमा मात्रै ध्यान दिएँ, र ब्रदर-सिस्टरहरूको प्रशंसा पाउन मैले मिलनसार र सहानुभूति राख्‍ने व्यक्ति बन्‍ने प्रयास गरेँ, तर सत्यताको अभ्यास गर्न हेलचेक्र्याइँ गरेँ। जोआनले बोझ नलिई र अल्छी र धूर्त भएर आफ्‍नो कर्तव्य पूरा गरेको देख्दा, गैरजिम्‍मेवार व्यवहार गरेको कारण म उनलाई निराकरण गर्न चाहन्थेँ, तर उनीसँग राम्रो सम्‍बन्ध कायम राख्‍न र म असल र मिलनसार व्यक्ति हुँ भन्‍ने उनलाई अनुभव गराउनको लागि, मैले उनको समस्याको बारेमा खुलासा गरिनँ। यसको परिणामस्वरूप, उनको अजिम्‍मेवार व्यवहारको कारण, कतिपय नयाँ विश्‍वासीहरूले आफ्‍ना समस्याहरू समाधान गर्न सकेका थिएनन्, त्यसकारण तिनीहरू भेलाहरूमा आउन छोडेका थिए। अनि एड्ना र एन्‍नीको हकमा भन्दा, तिनीहरूले मैत्रीपूर्ण रूपमा सहकार्य गर्न सक्दैनथिए र तिनीहरूले आफैलाई चिनेका थिएनन्, तर तिनीहरूका समस्याहरू देखाइदिन वा आफ्‍नो बारेमा चिन्‍न तिनीहरूलाई सहयोग गर्नुको सट्टा, मैले तिनीहरूलाई अस्पष्ट प्रतिक्रिया दिएँ, सान्त्वना र प्रोत्‍साहनका शब्‍दहरू बोल्दै तिनीहरू बीचको द्वन्द्वलाई शान्त पार्ने प्रयास गरेँ। परिणाम स्वरूप, एड्नाले अझै पनि फलो-अप गर्न सकिनन्, र एन्‍नीले आफ्‍नो कर्तव्य राम्ररी पूरा गरिनन् र कसैलाई आफ्‍नो स्थान दिन चाहन्थिन्। मैले के थाहा पाएँ भने, प्रिय र मिलनसार किसिमको असल अगुवाको रूपमा रहेको आफ्‍नो छविलाई कायम राख्‍न, मैले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दै गरिनँ। मैले मानिसहरूसँगका सम्‍बन्धहरूलाई कायम राख्‍न काममा समस्या आउन दिन रुचाएँ। म अत्यन्तै स्वार्थी र घृणित थिएँ। म मानिसहरूलाई खुशी पार्दै हिँड्ने र छली व्यक्ति थिएँ। मैले जसरी व्यवहार गरेँ र मेरो चालचलन पूर्ण रूपमा मेरो भ्रष्ट स्वभावमा आधारित थियो। मैले सत्यताको अभ्यास गरिरहेकी थिइनँ। मैले अरूको प्रशंसा पाए पनि, मैले कहिल्यै पनि परमेश्‍वरको प्रशंसा पाउनेथिइनँ। यसको साथै, मैले मेरा ब्रदर-सिस्टरहरूका समस्याहरूको खुलासा गर्ने वा त्यसलाई औँल्याइदिने गरिनँ, र ती समस्याहरू समाधान गर्न मैले सत्यतामा सङ्गति गरिनँ, त्यसकारण तिनीहरूले आफ्‍नै भ्रष्ट स्वभावहरूलाई पहिचान गरेनन् वा आफ्‍नो कर्तव्य राम्ररी पूरा गरेनन्, जसले गर्दा सुसमाचारको काममा असर पुग्यो। त्यसपछि मात्रै मलाई म असल व्यक्ति होइन भन्‍ने महसुस भयो, किनभने मैले ब्रदर-सिस्टरहरूलाई जीवन प्रवेशमा वृद्धि हुन सहयोग गरिरहेकी थिइनँ। बरु, मैले सबैलाई मेरो प्रतिरक्षा गर्ने, मेरो प्रशंसा गर्ने, र मलाई आदर गर्ने तुल्याएँ, जुन परमेश्‍वरको लागि घृणित कुरा थियो। यो बुझेपछि मलाई निकै दुःख लाग्यो, त्यसकारण मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, र मलाई मेरा भ्रष्ट स्वभावहरू समाधान गर्न मार्गदर्शन दिनुहोस् भनेर अनुरोध गरेँ।

पछि, मैले आफ्‍नो स्थितिको बारेमा जानिसकेपछि, एक जना सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाइन्। “सौहार्दपूर्ण र मिलनसार जस्ता ‘असल’ व्यवहारको पछाडि रहेको सारलाई एउटै शब्‍दले व्याख्या गर्न सकिन्छ, र त्यो हो नाटक। त्यस्तो ‘असल’ व्यवहार परमेश्‍वरको वचनबाट आएको हुँदैन, न त सत्यता अभ्यास गरेको वा सिद्धान्तअनुसार व्यवहार गरेको कारण नै आएको हुन्छ। यसलाई केले पैदा गरेको हुन्छ? यो मानिसहरूको मनसाय, युक्ति, बहाना, देखावटी व्यवहार, र छलीपनबाट आएको हुन्छ। जब मानिसहरू यस्ता ‘असल’ व्यवहारहरूमा लागिरहन्छन्, त्यसको उद्देश्य तिनीहरूले चाहेको कुरा प्राप्त गर्नु हो; नत्र त तिनीहरूले कहिल्यै पनि आफूलाई यस्तो कष्टमा पारेर आफ्‍नै इच्‍छा विपरीत जिउने थिएनन्। आफ्‍नो इच्‍छा विपरीत जिउनु भनेको के हो? यसको अर्थ तिनीहरूको साँचो प्रकृति मानिसहरूले कल्‍पना गरेजस्तो शिष्ट, निष्कपट, नम्र, दयालु, र सद्गुणी छैन भन्‍ने हुन्छ। तिनीहरू विवेक र समझअनुसार जिउँदैनन्; बरु, तिनीहरूले निश्‍चित लक्ष्‍य वा माग पूरा गर्न जिउँछन्। तिनीहरूको साँचो प्रकृति अस्थिरता र अज्ञानता हो। परमेश्‍वरले प्रदान गर्नुभएका व्यवस्था र आज्ञाहरूविना, मानिसहरूलाई पाप के हो भन्‍ने नै थाहा हुनेथियो। के मानवजाति पहिले यस्तै थिएन र? परमेश्‍वरले व्यवस्था र आज्ञाहरू जारी गर्नुभएपछि मात्रै मानिसहरूले पापको बारेमा केही मात्रामा बुझे। तर तिनीहरूमा अझै पनि सही र गलत, वा सकारात्मक र नकारात्मक कुराहरूको कुनै अवधारणा विकास भएको थिएन। अनि यस्तो अवस्थामा, तिनीहरूलाई कसरी बोल्‍ने र व्यवहार गर्ने सही सिद्धान्तहरूका बारेमा थाहा हुन सक्थ्यो र? सामान्य मानवतामा व्यवहार गर्ने कुन शैली र कस्तो असल व्यवहार हुनुपर्थ्यो भनेर तिनीहरूले जान्‍न सक्थे र? के कुराले साँचो रूपमा असल व्यवहार ल्याउन सक्छ, र मानव रूपमा जिउन तिनीहरूले कस्तो मार्ग अपनाउनुपर्छ भन्‍ने कुरा तिनीहरूले जान्‍न सक्थे र? सक्दैनथिए। मानिसहरूको शैतानी प्रकृतिको कारण, तिनीहरूको जन्‍मजात गुणको कारण, तिनीहरूले भलाद्मी रूपमा, र इज्‍जतको साथ जिएको नाटक र बहाना गर्न सक्थे—यही कारणले गर्दा परिष्कृत र समझदार हुने, कोमल व्यवहार गर्ने, विनम्र, ठूलोलाई आदर गर्ने अनि सानालाई माया गर्ने, अनि मिलनसार र सौहार्दपूर्ण हुनु जस्ता छली व्यवहारहरू पैदा भएका हुन्। अनि यी छली व्यवहारहरू प्रकट भएपछि, यीमध्ये एक-दुई वटालाई छानेर मानिसहरू त्यसैमा अल्झिरहे। कतिले मिलनसार र सौहार्दपूर्ण हुने निर्णय गरे, कतिले परिष्कृत र समझदार हुने अनि कोमल व्यवहार गर्ने निर्णय गरे, कतिले विनम्र बन्‍ने, ठूलोलाई आदर गर्ने अनि सानालाई माया गर्ने निर्णय गरे, अनि कतिले यी सबै कुरा छान्‍ने निर्णय गरे। तैपनि म यस्तो ‘असल’ व्यवहार भएका मानिसहरूलाई एउटै शब्‍दले व्याख्या गर्छु। त्यो शब्‍द के हो? ‘चिल्‍ला ढुङ्गाहरू।’ चिल्‍ला ढुङ्गाहरू भनेका के हुन्? यिनीहरू वर्षौं-वर्ष पानीको बहावले गर्दा रगडिएर चिल्‍ला भएका खोला किनारका चिल्‍ला ढुङ्गाहरू हुन्। तिनमा टेक्दा नदुखे पनि, होसियार भइएन भने मानिसहरू तिनमा चिप्‍लन सक्छन्। स्वरूप र आकारमा, ती ढुङ्गाहरू सुन्दर देखिन्छन्, तर घर लगेपछि तिनको केही काम हुँदैन। तिनलाई फाल्‍न पनि मन लाग्दैन, तर तिनलाई राख्‍नुको पनि कुनै औचित्य हुँदैन—‘चिल्‍लो ढुङ्गा’ यस्तै हुन्छ। मेरो लागि, यस्ता बाहिरी असल व्यवहार भएका मानिसहरू उत्साहहीन हुन्छन्। बाहिरबाट तिनीहरूले असल भएको बहाना गर्छन्, तर तिनीहरू सत्यतालाई पटक्‍कै स्विकार्दैनन्, तिनीहरूले मीठो सुनिने कुरा गर्छन्, तर वास्तविक काम केही पनि गर्दैनन्। तिनीहरू केवल चिल्‍ला ढुङ्गाहरू हुन्(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। पहिले मलाई सधैँ के लाग्थ्यो भने, मिलनसार र प्रिय मानिसहरू असल मानिसहरू हुन्। त्यस्तो असल कार्यको पछाडि शैतानी भ्रष्ट स्वभाव र व्यक्तिगत उद्देश्य र लक्ष्‍यहरू लुकेका हुन्छन् भनेर मैले कहिल्यै पनि सोचेकी थिइनँ। म सानैदेखि मिलनसार र प्रिय व्यक्ति बन्‍न लागिपर्थेँ, र मेरा साथीहरू, दाजुभाइ-दिदीबहिनीहरू सबैले मलाई बुझकी र प्रिय बनेकोमा मलाई प्रशंसा गर्थे, र मेरो हृदयभित्र, मैले अरूलाई मेरो आदर गर्न र प्रशंसा गर्न मात्रै लगाउँथेँ। मैले मेरा ब्रदर-सिस्टरहरूको आँखामा छारो हाल्‍न र धोका दिनको लागि मिलनसार र प्रिय बनेको बहाना प्रयोग गरेँ। परमेश्‍वरले यस्तो असल व्यवहार भएका मानिसहरूलाई “चिल्‍लो ढुङ्गा” को रूपमा वर्गीकरण गर्नुहुँदो रहेछ। बाहिरपट्टि यी ढुङ्गाहरू चिल्‍ला देखिन्छन्, र टेक्दा दुखाउँदैनन्, तर तिनमा टेकेर सहजै चिप्‍लन सकिन्छ। ती ढुङ्गालाई हेर्दा राम्रो लाग्छ, तर तिनको कुनै पनि व्यवहारिक प्रयोग हुँदैन। मैले म को हुँ भन्‍ने कुरा बुझेँ, म मिलनसार र प्रिय देखिने, तर मेरा ब्रदर-सिस्टरहरूलाई कुनै व्यवहारिक सहयोग नगर्ने व्यक्ति थिएँ। मेरो हृदय छल र धूर्तताले भरिएको थियो। म सबैसँग दयालु व्यवहार गर्थेँ र कसैलाई चिढ्याउँदिनथिएँ। म त “चिल्‍लो ढुङ्गा” जस्तो मानिसहरूलाई खुशी पार्दै हिँड्ने अर्थात् खुशीको माध्यम प्रयोग गर्ने व्यक्ति, अनि धूर्त ढोङ्गी व्यक्ति थिएँ। यो त परमेश्‍वरको वचनले प्रकट गरेको जस्तै हो, “यता पनि ठीकै, उता पनि ठीकै हुनेहरू अरू सबै भन्दा दुष्ट हुन्छन्। तिनीहरू कसैलाई दुःखी नबनाउने कोसिस गर्छन्, तिनीहरू मानिसहरूलाई खुसी तुल्याउनेहरू हुन्, तिनीहरू परिस्थितिहरूअनुसार चल्छन्, र कसैले पनि तिनीहरूको वास्तविकतालाई देख्‍न सक्दैन। त्यस्तो व्यक्ति एउटा जिउँदो शैतान जस्तो हो!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरूलाई तोड्न सकिन्छ)। मैले परमेश्‍वर र अरू मानिसहरूलाई उस्तै ठानेँ र मिलनसार मानिसहरूलाई उहाँले अनुमोदन गर्नुहुन्छ भन्‍ने सोच्थेँ, तर अहिले मलाई मेरा कार्य-व्यवहार सत्यताका सिद्धान्तहरू र परमेश्‍वरको वचन अनुरूप थिएनछन्। मैले मेरो छली स्वभाव मात्रै प्रकट गरिरहेकी थिएँ। त्यस्ता मानिसहरूमा कुनै पनि इज्‍जत वा चरित्र हुँदैन, र परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुन्छ। यदि म पश्‍चात्ताप गरेर परिवर्तन भइनँ भने, परमेश्‍वरले एक दिन मलाई खुलासा गरेर निकाल्‍नुहुनेथियो। म त्यस्तो व्यक्ति बन्‍न चाहँदिनथिएँ। त्यसकारण मैले परमेश्‍वरसँग प्रार्थना गरेँ र पश्‍चात्ताप गरेँ, अनि मलाई मेरो स्वभाव परिवर्तन गर्न सहयोग गर्नुहोस्, सत्यता अभ्यास गर्न सामर्थ्य दिनुहोस्, र परमेश्‍वर र मेरा ब्रदर-सिस्टरहरूप्रति इमानदार हृदयले व्यवहार गर्न सहयोग गर्नुहोस् भनेर अनुरोध गरेँ।

एक दिन एक जना सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको दुई वटा खण्ड पठाइन्: “कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो कुरा उसका विचारहरू, शब्दहरू, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यताको वास्तविकतामा जिउने गवाही छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ दुष्कर्मी होस् भन्‍ने कुरामा कुनै शङ्का छैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। “अगुवा तथा सेवकहरूका कर्तव्यहरू: १. मानिसहरूलाई परमेश्‍वरको वचन खान र पिउन तथा बुझ्‍न अनि परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नको निम्ति अगुवाइ गर्ने। २. हरेक किसिमका मानिसहरूको स्थितिसँग परिचित हुनु र तिनीहरूले आफ्नो जीवनमा सामना गर्ने विविध कठिनाइहरूको समाधान गर्ने। ३. हरेक कर्तव्य उचित तरिकाले पालना गर्नको निम्ति बुझ्‍नुपर्ने सत्यका सिद्धान्तहरू सङ्‍गति गर्ने। ४. विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामहरूप्रति जिम्मेवार व्यक्तिहरूका परिस्थितिहरूको बारेमा सुसूचित रहने र आवश्यक परेमा तिनीहरूलाई तुरुन्तै पुनः बाँडफाँड वा प्रतिस्थापन गर्ने ताकि मानिसहरूलाई अनुपयुक्त रूपमा प्रयोग गर्दा हुनजाने क्षतिलाई रोक्‍न वा घटाउन सकियोस् र कार्यकौशलता र प्रगति निर्बाध भइरहोस्। ५. कामको हरेक परियोजनाको स्थिति र प्रगतिको अद्यावधिक विवरण र बुझाइ कायम राख्‍ने, अनि समस्याहरूलाई तुरुन्तै समाधान गर्ने, विचलनहरूलाई सच्याउने र काममा नदेखिने त्रुटिहरूको निदान गर्ने ताकि कामको प्रगति सहज होस्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले के बुझेँ भने, हाम्रो मानवतालाई मूल्याङ्कन गर्ने परमेश्‍वरको मापदण्ड भनेको हामीले कति वटा बाहिरी सुकर्म गर्छौँ वा हामीलाई कति जना मानिसहरूले आदर गर्छन् भन्‍ने होइन। बरु, यो त हामीले परमेश्‍वरको आज्ञापालन गर्न सक्छौँ कि सक्दैनौँ र हाम्रा सोचाइ र कार्यले सत्यताको अभ्यास गरेको गवाही दिन्छन् कि दिँदैनन् भन्‍ने हो। यस्ता मानिसहरूमा मात्रै असल मानवता हुन्छ। मैले जोआनले आफ्‍नो कर्तव्यमा झारा टारेकी र गैरजिम्‍मेवार बनेकी देखेँ, साथै एड्ना र एन्‍नी आफ्‍नो भ्रष्ट स्वभावमा जिइरहेका र एक-अर्कालाई बेवास्ता गरिरहेका देखेँ। यी सबै कुराले मण्डलीको काममा निकै असर पारेका थिए। मण्डली अगुवा भएकी हुनाले, मैले तिनीहरूले गरेको व्यवहारको प्रकृतिको बारेमा सङ्गति, खुलासा, र विश्‍लेषण गर्नुपर्थ्यो, तर यसो गर्नुको सट्टा मैले तिनीहरूलाई राम्रा शब्‍दहरू बताएँ र शान्ति स्थापना गर्ने व्यक्ति बन्‍ने प्रयास गरेँ। मैले परमेश्‍वरको घरको काममा समस्या परेको देख्दा पनि, मैले आफ्‍नो राम्रो छविलाई कायम गर्नु पर्नेथियो। मसँग सत्यता अभ्यास गरेको गवाही नभएको मात्रै होइन, तर मैले मण्डली अगुवाको रूपमा पाएका आफ्‍ना जिम्‍मेवारीहरूलाई पूरा गर्न सकिनँ र मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा अलिकति पनि सहयोग गरिनँ। मलाई त के लाग्थ्यो भने यदि म मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर बस्‍न सकेँ र तिनीहरूलाई म मिलनसार र प्रिय छु भन्‍ने अनुभव गराउन सकेँ भने, म असल अगुवा हुन्छु। अहिले सोच्दा त यो बुझाइ गलत रहेछ। साँचो अगुवाले समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्न सक्छ, सिद्धान्तहरू अनुसार काम गर्न सक्छ, अरूलाई चिढ्याउँछु भनेर डराउँदैन, र ब्रदर-सिस्टरहरूको जीवनको निम्ति जिम्मेवार हुन्छ। मैले मेरा ब्रदर-सिस्टरहरूका समस्याहरूको सामना गर्दा, ती समस्याहरूलाई औँल्याएर तिनीहरूलाई सत्यताका वास्तविकताहरूमा प्रवेश गर्न सहयोग गर्नुको सट्टा, मैले आफ्‍नो छविलाई रक्षा गर्न चलाकी रचेँ, तिनीहरूलाई सान्त्वना र प्रोत्साहन दिएँ, र वास्तविक समस्याहरू समाधान गरिनँ। के मैले मेरा ब्रदर-सिस्टरहरूलाई मूर्ख बनाइरहेकी र छल गरिरहेकी थिइनँ र? अगुवा बन्‍ने सम्‍बन्धी मेरो पहिलेको बुझाइ गलत, र परमेश्‍वरको मापदण्डहरू अनुरूप पटक्‍कै रहेनछ भन्‍ने मलाई थाहा भयो। मेरा सबै बोलीवचन र कार्य परमेश्‍वरको वचनका सिद्धान्तहरूमा आधारित हुनुपर्छ। मेले सत्यताको अभ्यास गरिनँ भने, मैले परमेश्‍वरको विरोध गर्ने मार्ग हिँडिरहेकी हुन्छु। मानिसहरूले परम्‍परागत सांस्कृतिक सद्गुणहरूको पालना गर्ने, प्रशंसाको पछि लाग्‍ने, बेइमान तरिकाले बोल्‍ने र काम गर्ने, र सत्यताको अभ्यास नगर्ने होइन, तर परमेश्‍वरका वचनहरू र मापदण्डहरू अनुसार बोलेको र काम गरेको परमेश्‍वर चाहनुहुन्छ। यसको बारेमा विचार गरेपछि, मैले अरूसँग गर्ने व्यवहारलाई परिवर्तन गर्नुपर्छ भन्‍ने महसुस गरेँ। परिणाम स्वरूप, मैले अबदेखि आफ्‍नो इच्‍छा अनुसार आफ्‍नो कर्तव्य पूरा गर्नु हुँदैनथियो। बरु, मैले परमेश्‍वरको इच्‍छा अनुसार व्यवहार गर्नुपर्थ्यो र परमेश्‍वरको वचन अनुसार मेरा ब्रदर-सिस्टरहरूलाई समस्याहरू समाधान गर्न सहयोग गर्नुपर्थ्यो, ताकि तिनीहरूले सत्यता र सिद्धान्तहरू अनुसार आफ्‍नो कर्तव्य पूरा गर्न सकून्। यो मेरो जिम्‍मेवारी थियो। परमेश्‍वरको वचनमा, मैले अभ्यासको मार्ग भेट्टाएँ। त्यसकारण, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मेरो भ्रष्टता समाधान गर्न सत्यता अभ्यास गर्न सहयोग गर्नुहोस् भनी अनुरोध गरेँ।

पछि, मैले परमेश्‍वरको यो वचन पढेँ। “मानिसहरूले सबैभन्दा बढी हासिल गर्न प्रयास गर्नुपर्ने कुरा भनेको परमेश्‍वरको वचनलाई आफ्‍नो आधार बनाउनु, र सत्यतालाई आफ्‍नो मापदण्ड बनाउनु हो; तब मात्रै तिनीहरू ज्योतिमा जिउन र सामान्य मानवको रूपमा जिउन सक्छन्। यदि तिमीहरू ज्योतिमा जिउन चाहन्छौ भने, तिमीहरूले सत्यताअनुसार व्यवहार गर्नुपर्छ; यदि तिमीहरू इमानदार बन्‍न चाहन्छौ भने, तिमीहरूले इमानदार शब्‍दहरू बोल्‍नुपर्छ, र इमानदार काम गर्नुपर्छ। सत्यताका सिद्धान्तहरूमार्फत मात्रै तिमीहरूको चालचलनको आधार प्राप्त हुन्छ; मानिसहरूले सत्यताका सिद्धान्तहरू गुमाएपछि, र असल व्यवहारमा मात्रै ध्यान केन्द्रित गर्न थालेपछि, यसले अपरिहार्य रूपमै नाटक र बहानाबाजी पैदा गर्छ। मानिसहरूको चालचलनमा कुनै सिद्धान्त छैन भने, तिनीहरूको व्यवहार जति नै राम्रो भए पनि, तिनीहरू ढोँगी हुन्छन्; तिनीहरूले अरूलाई केही क्षणको लागि झुक्याउन सक्लान्, तर तिनीहरू कहिल्यै पनि विश्‍वासयोग्य हुनेछैनन्। परमेश्‍वरका वचनहरू अनुसार व्यवहार र काम गरेमा मात्रै मानिसहरूले साँचो जग प्राप्त गर्छन्। यदि तिनीहरूले परमेश्‍वरका वचनहरू अनुसार व्यवहार गर्दैनन्, बरु राम्रो व्यवहार गरेको बहाना गर्नमा मात्रै ध्यान दिन्छन् भने, के तिनीहरू असल मानिस बन्‍न सक्छन्? अवश्य सक्दैनन्। असल व्यवहारले मानिसहरूको सारलाई परिवर्तन गर्न सक्दैन। सत्यता र परमेश्‍वरका वचनहरूले मात्रै मानिसहरूको स्वभाव, विचार, र दृष्टिकोणलाई परिवर्तन गर्न सक्छन्, र ती मात्रै तिनीहरूको जीवन बन्‍न सक्छन्। … कहिलेकहीँ, अरूका कमीकमजोरी, त्रुटि, र गल्तीहरूलाई सीधै औँल्याउनु र आलोचना गर्नु अत्यावश्यक हुन्छ। यसले मानिसहरूलाई ठूलो फाइदा दिन सक्छ। यो तिनीहरूको लागि वास्तविक सहयोग हो, र यसले तिनीहरूलाई सुधार गर्छ, होइन र?(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। परमेश्‍वरको वचनले मलाई स्वभाव परिवर्तन गर्ने मार्ग देखायो, जुन मार्ग भनेको परमेश्‍वरका वचनहरू अनुसार काम गर्नु, सत्यतालाई मेरो मापदण्डको रूपमा प्रयोग गर्नु, देखावटी सुकर्मद्वारा बाहिरी रूप धारण नगर्नु, सत्यताको अभ्यास गर्नु, र इमानदार व्यक्ति बन्‍नु हो। जब म सत्यताका सिद्धान्तहरूको विपरीत कुराहरू भएको देख्छु, वा जब ब्रदर-सिस्टरहरूले भ्रष्ट स्वभावद्वारा आफ्‍नो कर्तव्य पूरा गरिरहेका हुन्छन्, म तिनीहरूप्रति इमानदार बन्‍नुपर्छ, तिनीहरूलाई सिद्धान्तहरू अनुसार व्यवहार गर्नुपर्छ, र आवश्यकता अनुसार सङ्गति गर्नुपर्छ, कुराहरू औँल्याउनुपर्छ र तिनीहरूलाई निराकरण गर्नुपर्छ। यसरी मात्रै ब्रदर-सिस्टरहरूले आफ्‍नो कर्तव्य पूरा गर्दा गरेका गल्तीहरूलाई महसुस गर्न सक्छन् र समयमा नै अवस्था परिवर्तन गर्न सक्छन्। यो साँच्‍चै मेरा ब्रदर-सिस्टरहरूलाई सहयोग गर्नु र परमेश्‍वरको वचनको आधारमा तिनीहरूसँगको सम्‍बन्ध कायम राख्‍नु हो। मानिसहरू बीचको सामान्य सम्‍बन्ध भनेको यही हो। कसरी सत्यताको अभ्यास गर्ने भनेर बुझेपछि, मैले आफैलाई भनेँ, “अरूका गल्तीहरूका बारेमा बोल्‍न नडरा, र सधैँ असल कुराहरू मात्र भन्‍ने नगर्। बहाना बनाउने र धोका दिनेहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। मेरा बोलीवचन र व्यवहार परमेश्‍वरका वचनहरू र सत्यताका सिद्धान्तहरू अनुरूप हुनैपर्छ।” पछि, जब मैले जोआन फेरि पनि अल्छी भएकी देखेँ, तब मलाई यो कुरा औँल्याइदिन मन लाग्यो, तर अभ्यास गर्ने बेलामा, मलाई निकै गाह्रो लाग्यो। मलाई अझै मैले उनको हृदयमा भएको असल छविलाई गुमाउँछु भन्‍ने चिन्ता लागिरहेको थियो। मलाई मैले पहिले पढेको परमेश्‍वरको वचन याद आयो र व्यवहार गर्दा र मेरो चालचलनमा म मिलनसार र प्रिय बन्‍ने विचारमा नै अझै पनि भरोसा गरिरहेकी छु भन्‍ने महसुस भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई सत्यता अभ्यास गर्न अगुवाइ गर्नुहोस् भनेर उहाँलाई अनुरोध गरेँ। त्यसपछि, म जोआनकहाँ गएँ र उनलाई भनेँ, “सिस्टर, तपाईंले याद गर्नुभयो गर्नुभएन, तर तपाईंले आफ्‍नो कर्तव्यमा अल्याङटल्याङ गर्ने र अजिम्‍मेवार व्यवहार गर्ने गर्नुभएकोले, धेरै जना नयाँ विश्‍वासीहरू भेलामा आउँदैनन्। तपाईंले यसरी आफ्‍नो कर्तव्य पूरा गर्दा यसले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काममा धेरै ढिलाइ गर्छ।…” उनको समस्यालाई औँल्याएपछि, मैले उनलाई आफ्‍नो अनुभव बताएँ। उनी रिसाउनेछिन् र मलाई बेवास्ता गर्नेछिन् भन्‍ने लागेको थियो, तर त्यसपछि जे भयो त्यसले मलाई चकित तुल्यायो। उनी नरिसाएकी मात्र होइन, तर उनले आफ्‍नो बारेमा मनन गरेर यसो समेत भनिन्, “यो मेरो कमजोरी हो, र मैले यसलाई परिवर्तन गर्नुपर्छ।” त्यसपछि, सिस्टर जोआनले आफ्‍नो कर्तव्य इमानदारी पूर्वक पूरा गर्न थालिन्, र उनले मलजल गर्ने गरेकी नयाँ विश्‍वासीहरू नियमित रूपमा भेलाहरूमा आउन थाले। मेरो मार्गनिर्देशन र सहयोगको कारण हामी बीचको सम्‍बन्ध तोडिएन, तर यसमा अझै सुधार आयो। पछि, जब मैले फेरि उनको भ्रष्टता देखेँ, तब मैले उनलाई सीधै औँल्याइदिएँ, र उनले य सलाई स्वीकार गरेर आफैलाई चिन्‍न सकिन्। अहिले, आफ्‍नो कर्तव्यप्रतिको उनको आचरण निकै परिवर्तन भएको छ, र पछि उनलाई मण्डली अगुवाको रूपमा बढुवा दिइयो। मैले एड्ना र एन्‍नीको समस्याहरू पनि औँल्याइदिएँ। एड्नाले आफ्‍नो अहङ्कारलाई महसुस गरिन् र उनले अरूसँग बोल्‍ने शैली परिवर्तन गर्नुपर्छ भनेर भनिन्, अनि एन्‍नीले आफ्‍नो भ्रष्ट स्वभाव पहिचान गरिन्, र आफू परिवर्तन हुन तयार रहेको कुरा बताइन्। यो कुराले मलाई निकै खुशी तुल्यायो। परमेश्‍वर धन्यवाद! परमेश्‍वरको वचनले मात्रै मानिसहरूलाई परिवर्तन गर्न सक्छ!

यी कुराहरू अनुभव गर्दा मैले के अनुभव गरेँ भने, मानिसहरूको नजरमा बाहिरी रूपमा राम्रो व्यवहार गर्ने मानिस साँचो रूपमा असल व्यक्ति हुँदैन। असल व्यक्ति हुनु भनेको परमेश्‍वरको वचन पालन गर्नु, सत्यताको अभ्यास गर्नु, र इमानदार व्यक्ति बन्‍नु हो। परमेश्‍वरले यस्तै व्यक्तिलाई प्रेम गर्नुहुन्छ। मैले के पनि चाल पाएँ भने अरूमा समस्याहरू देख्दा, मैले तुरुन्तै सङ्गति गर्नुपर्छ र सहयोग गर्नुपर्छ, र आवश्यक परे तिनीहरूको खुलासा गरेर निराकरण गर्नुपर्छ। यसरी मात्रै तिनीहरूले आफ्‍नो भ्रष्टता र कमजोरीलाई पहिचान गर्न सक्छन् र सत्यताको खोजी गर्न र सिद्धान्तहरू अनुसार आफ्‍नो कर्तव्य पूरा गर्न सक्छन्। तिनीहरूलाई सहयोग गर्ने सबैभन्दा राम्रो उपाय यही हो। अब, मलाई मेरा ब्रदर-सिस्टरहरूका समस्याहरू औँल्याउन डर लाग्दैन। तिनीहरूले मलाई जे सोचे पनि, म इमानदार व्यक्ति बन्‍ने, सिद्धान्तहरू पछ्याउने व्यक्ति बन्‍ने अभ्यास गर्न चाहन्छु, र परमेश्‍वरको घरको कामलाई रक्षा गर्न चाहन्छु। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले कसरी झूट बोल्न छोडेँ

मरिनेत्ते, फ्रान्स परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्नुअघि, म झूट बोल्थें र सोच्दै नसोची मानिसहरूको चापलुसी गर्थें किनभने मलाई...

कलेजो क्यान्सरबाट सिकेका पाठहरू

लि योङ्ग, चीनम इसाई भएपछि, म चिनियाँ कम्युनिस्ट पार्टीद्वारा धेरै पटक पक्राउ परेँ तर मैले कहिल्यै प्रभुलाई विश्‍वासघात गरिनँ। मैले केही...

आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

चेन युआन, चीनसेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्