मानिसहरूलाई खुसी पार्नेहरू हो, अलविदा!

17 अक्टोबर 2021

ली फेइ, स्पेन

मानिसहरूलाई खुसी पार्ने व्यक्तिहरूबारे कुरा गर्दा मैले परमेश्‍वरमा विश्‍वास गर्नुअघि उनीहरूलाई महान् सोच्थेँ। उनीहरू भद्र स्वभावका हुन्थे, कसैसित कहिल्यै टक्‍कर लिँदैनथे, सबैले उनीहरूलाई मन पराउँथे र उनीहरूले कसैलाई कहिल्यै ठेस पुर्‍याउँदैनथे। यस्तै प्रकारको व्यक्ति बन्‍ने मैले आकांक्षा गरेँ, किनकि म जवान थिएँ, मैले मेरो शिक्षा र समाजमार्फत यस्ता कुराहरू जानेको थिएँ, जस्तै “मैत्रीभाव सम्पत्ति हो भने धैर्यता चमक हो,” “कुनै कुरा गलत छ भन्‍ने थाहा छ भने, त्यो नभनेकै बेस,” “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्,” “कुनै पनि कुरालाई कहिल्यै गम्भीर रूपमा नलिनु,” “अज्ञानता परमानन्द हो भने घाटा बेहोर्नु आशिष्‌ हो,” अनि “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।” मैले यी विचारहरूलाई आफू जिउने आफ्नै वचनहरूको रूपमा लिएँ। परिवार, साथीहरू वा चिनजानका जोसुकै हुन्, मैले कसैलाई ठेस पुर्‍याइन, सधैँ अरूको चाहनाअनुसार गरेँ। मानिसहरूसितको व्यवहारमा असल भएकोले र मसित हेलमेल गर्न सहज भएकोले सबैले मेरो प्रशंसा गर्थे। मलाई पनि लाग्यो, यस अन्धकार दुष्ट समाजमा बाँच्नको लागि आफू वरपरका व्यक्तिहरूसित राम्रो सम्बन्ध राख्‍नुपर्छ किनभने आफ्नो निम्ति ठाउँ बनाउने त्यो मात्र एक तरिका हो। पछि मैले आखिरी दिनहरूका सर्वशक्तिमान परमेश्‍वरको कामलाई स्वीकार गरेपछि, परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेपछि र केही सत्यता बुझेपछि मात्र बल्ल यी जीवन-अस्तित्वका सिद्धान्तहरू त शैतानी दर्शन र विष रहेछन् र मानिसले पालन गर्नुपर्ने सिद्धान्तहरू रहेनछन् भनेर बुझेँ। यसरी जिउँदा मैल आफू झन्‌झनै फटाहा, छली, स्वार्थी र घृणित भएको, ममा सामान्य मानव रूप नभएको देखेँ। अन्ततः मैले आफूलाई घिनाउन थालेँ र परमेश्‍वरसामु पश्‍चात्ताप गरेँ।

सन् २०१८ मा म जिल्ला अगुवा चयन भएँ। पहिले त मलाई मण्डलीको सबै कामबारे त्यति थाहा थिएन। मेरी सहकर्मी सिस्टर लिऊले यो कर्तव्य एक वर्षभन्दा धेरै समयदेखि निभाइरहनुभएको थियो, र उहाँले मण्डलीको कामका विभिन्‍न पक्षहरू बुझ्नुभएको थियो, त्यसैले मैले उहाँलाई ममा कुनै समस्या वा कठिनाइहरू छन् कि भनेर सोधेँ, अनि उहाँले मलाई धेरै मदत गर्नुभयो। पछि, सिस्टर लिऊले उहाँ जिम्मेवार भएको मण्डलीका अगुवा सिस्टर झाङले आफ्नो कर्तव्य निर्वाह गरेजस्तो मात्र गरिरहेकी, र व्यवहारिक काम नगरिरहेकी, भेलाहरूमा उक्ति र सिद्धान्तहरू मात्र ठाँटसित फलाकिरहेकी छिन् र उनी अहङ्कारी, आत्म-धर्मी र अरूको सुझाउ वा मदतलाई अस्वीकार गर्ने खालकी छिन् भनी धेरैपटक उल्लेख गर्नुभएको सुनेँ। त्यतिबेला मैले सोचेँ, यी सबै कुरा व्यवहारिक काम नगर्ने एक झुटो अगुवाका प्रकटीकरण हुन सक्छन्, तर सिस्टर लिऊलाई यसबारे थाहा भए पनि उहाँले किन केही परिवर्तन गर्नुहुन्‍न, किन सिस्टर झाङलाई पदबाट हटाउनुहुन्‍न भनी अचम्म मानेँ। म उहाँलाई केही कुरा भन्‍न चाहन्थेँ, तर मलाई लाग्यो, मैले भर्खरै यो कर्तव्य निभाउन थालेको छु र सिस्टर झाङबारे मलाई राम्रोसित थाहा छैन। यदि मैले केही कुरा सिधै भनेँ भने, मैले अविवेकी भई अरूलाई प्रेमपूर्वक व्यवहार नगरेको भनेर सिस्टर लिऊले मेरो आलोचना गर्न सक्‍नुहुन्थ्यो। यो कुरालाई मनमा राख्दै, मैले आफ्नो विचार सिस्टर लिऊलाई घुमाउरो पाराले बताएँ, तर उहाँले त्यस कुरालाई त्यति महत्व दिनुभएन बरु सिस्टर झाङलाई प्रेमपूर्वक मदत गर्न भन्‍नुभयो। मैले सोचेँ, “सिस्टर लिऊले अगुवाहरू फेर्नेसम्बन्धी सिद्धान्तहरू जान्‍नैपर्छ, त्यसैले मैले यसबारे फेरि बताएँ भने, उहाँले व्यवहारिक काम गर्नुहुन्‍न भनेर मैले भन्‍न खोजिरहेको हो भनेर उहाँले ठान्‍नुहुन्‍न र? अनि उहाँले निश्‍चय नै मैले निकै समस्याहरू खडा गर्छु र मसित ताल मिलाउनु गाह्रो छ भनेर सोच्नुहुनेछ। यदि यसले हामीबीच झगडा उत्पन्‍न गरायो भने, कसरी हामीले भविष्यमा सहकर्मीको रूपमा हाम्रा कर्तव्यहरू पूरा गर्ने?” यस्तो सोची, मैले थप केही कुरा नभन्‍ने निर्णय गरेँ।

मैले सिस्टर झाङका समस्याहरू खुलासा र विश्‍लेषण गर्न उनीसित धेरैपटक संगति गरेँ। उनले त्यसलाई अस्वीकार त गर्नुभयो नै, मसित बहस पनि गरिन्। त्यसपछि चाँडै केही दाजुभाइ-दिदीबहिनीहरूले सिस्टर झाङले व्यवहारिक काम नगरिहेको रिपोर्ट गर्न थाले। त्यतिबेला मैले बुझेँ कि सिस्टर झाङको समस्या गम्भीर रहेछ, अनि हामीले समयमै यसको निराकरण गरेनौँ भने, यसले मण्डलीको काम र हाम्रा दाजुभाइ-दिदीबहिनहरूको जीवन प्रवेशलाई विलम्ब गराउनेछ। त्यसैले, सिस्टर झाङलाई पदबाट हटाउनुपर्छ भनेर मैले सिस्टर लिऊसित कुरा उठाएँ। तर सिस्टर लिऊले भन्‍नुभयो, “यी रिपोर्टहरू हाम्रा वरिष्ठहरूकहाँ पठाइएका छन्। उनलाई पदबाट हटाउनुअघि उहाँहरू यस विषयको गहिराइसम्म नपुगुन्जेल हामी पर्खौँ।” मैले सोचेँ, “रिपोर्टहरूअनुसार र परिस्थितिलाई नियाल्दा, हामी देख्‍न सक्छौं कि सिस्टर झाङले व्यवहारिक काम गरेकी छैनन्, उनले झारा टार्ने काम मात्र र केवल उक्ति र सिद्धान्तबारे लामो-लामो भाषण छाट्ने गरेकी छिन्। उनी झुटो अगुवा हुन् भनेर हामीलाई थाहा भइसकेको छ, त्यसैले सिद्धान्तअनुसार उनलाई चाँडोभन्दा चाँडो पदमुक्त गर्नुपर्छ। हामी जिल्ला अगुवाहरू हौँ, र एक जना झुटो अगुवा मण्डलीमा देखा परेको छ तर यो समस्यालाई तुरुन्तै हल गर्नुको सट्टा हामीले यस कुरालाई हाम्रा वरिष्ठहरूकहाँ पठाइरहेका थियौँ। के यो ढिलासुस्ती र हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई निरन्तर हानि गर्न झुटो अगुवालाई छुट दिएको भएन र? यसो गर्नु त शैतानको पक्षमा उभिनु र परमेश्‍वरको विरुधमा खडा हुनुजत्तिकै हो! यो एकदमै गम्भीर समस्या हो!” म यसबारे फेरि सिस्टर लिऊसित कुरा गर्न चाहन्थेँ, तर सोचेँ, “अघिल्लोपटक मैले यसबारे बताउँदा, उहाँले सिस्टर झाङलाई हटाउन चाहनुभएन र मलाई उनीसित प्रेमपूर्वक व्यवहार गर्न भन्‍नुभएको थियो। उहाँहरूको राम्रो ताल मिलेको जस्तो देखिन्छ, त्यसैले, सिस्टर झाङलाई पदमुक्त गर्ने कुरा मैले फेरि उठाएँ भने, मलाई असाध्यै अहङ्कारी रहेको भनेर सिस्टर लिऊले भन्‍न सक्‍नुहुन्छ। ‘काममा नयाँ आएकाहरूले आफ्‍नो क्षमता प्रमाणित गर्नुपर्छ’ भने जस्तै मैले केवल रबाफ देखाइरहेको उहाँले ठान्‍नुहुन्‍न र? बरू केही नभन्नु राम्रो होला। कमसेकम हाम्रा वरिष्ठहरूले यस मामिलाको छानबिन र सत्य-तथ्यको जाँच गरिरहेका छन्। केही दिन कुर्दा केही बिग्रँदैन।” त्यसैले, भन्‍नै लागेको कुरा पनि जिब्रैमा अड्कियो। केही दिनपछि, हाम्रा वरिष्ठहरूले त्यस विषयबारे छानबिन गरेपछि, झुटो अगुवालाई तुरन्तै पदमुक्त नगरेकोमा हाम्रो कठोर निराकरण गरे, हामीले मण्डलीको कामलाई अवरुद्ध र बाधा गरेको अनि दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा ढिलाइ गराएको बताए। यसो गर्नु भनेको शैतानको सहयोगीको काम गर्नु र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याउनु हो भनेर उनीहरूले भने। यो कुरा सुनेर मलाई दुःख लाग्यो। मैले आफूलाई स्पष्टसित थाहा भएको सत्यता अभ्यास र सिद्धान्तहरूको पालन नगरेको महसुस भयो। मैले साँच्‍चै झुटो अगुवालाई जोगाएको थिएँ। मैले उनको निम्ति ढाकछोप गरिरहेको थिएँ। त्यसैले, मैले उनलाई पदमुक्त गर्न समय खेर फालिनँ। तर त्यसपछि, मलाई अलिअलि मात्र आत्मग्लानि र असहज महसुस भयो, अनि आफूबारे चिन्तन गर्न थप कुनै अवसर खोजिनँ। पछि मलाई थाहा भयो, सिस्टर लिऊले भेलाहरूमा सधैँ उक्ति र सिद्धान्तहरू बताउनुहुँदो रहेछ, र उहाँले दाजुभाइ-दिदीबहिनीहरूको समस्या र कठिनाइहरू समाधान गर्न सक्‍नुहुँदो रहेनछ। मैले उहाँका केही समस्या र कमजोरीहरूलाई औँल्याइदिँदा, उहाँले ती स्वीकार्नुभएन र मसित बहस र तर्क गर्ने प्रयास गर्नुभयो। उहाँले जिम्मा लिनुभएको कामबाट केही हासिल भएन, हाम्रा वरिष्ठहरूले उहाँलाई काँटछाँट र निराकरण गर्दा उहाँले त्यो स्विकार्नुभएन। उहाँ नकारात्मक हुनुभयो र काममा सुस्ताउनुभयो, गुनासो र भ्रममा फस्‍नुभयो। त्यतिबेला म उहाँको अवस्था खुलासा गर्न चाहन्थेँ, तर मैले के महसुस गरेँ भने, उहाँ मेरी सहकर्मी थिइन्, यसैले यदि हामीले हाम्रो काम ठीकसित गरेका थिएनौँ भने त्यसमा म पनि जिम्मेवार थिएँ, र यदि मैले उहाँको समस्यालाई विश्‍लेषण गरेँ भनेँ उहाँले मलाई अबुझ भन्‍नुहुन्थ्यो, त्यसैले मैले त्यसो गर्ने आँट गरिनँ। बरु, मैले उहाँलाई केवल सान्त्वना दिने प्रयास गरेँ र नकारात्मक नहुन प्रोत्साहन दिएँ। तर त्यसपछि पनि सिस्टर लिऊ अलिकति पनि परिवर्तन नहुनुभएको मैले महसुस गरेँ। उहाँमा आत्म-जागरूकता पटक्‍कै थिएन! यदि समस्या यस्तै रहिरहेमा, मण्डलीको काम विलम्ब मात्र हुनेथियो र हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुग्‍नेथियो। मैले चाँडोभन्दा चाँडो यी समस्याहरूबारे हाम्रा वरिष्ठहरूलाई रिपोर्ट गर्नुपर्छ भन्‍ने महसुस गरेँ। मण्डलीमा आम राय सर्वेक्षण भइरहेको थियो, र हाम्रा वरिष्ठहरूले मलाई सिस्टर लिऊको मूल्यांकन गरेर त्यसको लिखित रिपोर्ट दिन भने। म त्यो लेख्‍न तयार थिएँ, तर धेरैजसो दाजुभाइ-दिदीबहिनीसित उहाँबारेमा बुझाइको कमी भएको र उहाँलाई वास्तवमै समर्थन गर्ने गरेको कुरा मैले सम्झेँ। त्यसैले, यदि मैले सिस्टर लिऊको समस्याबारे रिपोर्ट गर्न खतरा मोलेँ भने, के उनीहरूले मलाई मेरो पूर्ण अधिकार होस भनी उहाँलाई षड्यन्त्र गरी हटाउन चाहँदैछु भनेर भन्दैनन् र? त्यसअलावा, हामी हाम्रो कर्तव्यमा सहकर्मी थियौं र उहाँले मलाई धेरै मदत गर्नुभएको थियो। यदि उहाँलाई साँच्‍चै पदमुक्त गरिएमा, के उहाँले मलाई घृणा गर्नुहुन्‍न र? मेरो मनमा हलचल भयो, र अन्त्यमा मैले उहाँले व्यवहारिक काम नगर्नुभएको वा सत्यतालाई नस्विकार्नुभएको कुरालाई ढाकछोप गर्ने निर्णय गरेँ। तर मैले मूल्यांकन गरेको लिखित रिपोर्ट पेश गरेपछि मनभित्रको असहजतालाई शान्त पार्न सकिनँ। मलाई थाहा थियो, मैले सत्य कुरा लुकाइरहेको र परमेश्‍वरलाई धोका दिइरहेको थिएँ, मैले आफू अझ धेरै आध्यात्मिक अन्धकारमा परेको महसुस गरेँ। परमेश्‍वरको वचन पढ्दा म सधैँ झुल्थेँ र भेलाहरूको संगतिबाट अन्तर्दृष्टि वा ज्योति पाउँदिनथेँ। दाजुभाइ-दिदीबहिनीमा भएको कुनै समस्या पनि पत्ता लगाउन सक्दिनथेँ। म हरेक दिन उर्जाविहीन र अस्तव्यस्त भइरहन्थेँ, परमेश्‍वरले मलाई त्याग्‍नुभएको महसुस गर्थेँ।

पछि हाम्रा वरिष्ठहरूले यी विषयमा जाँच-पड्ताल गरे, अनि सिस्टर लिऊलाई व्यवहारिक काम नगर्ने झुटो अगुवाको रूपमा पदमुक्त गरियो। मलाई त्यतिबेला, खास गरी परमेश्‍वरका यी वचनहरूबारे विचार गर्दा मलाई अत्यन्तै लाज र आत्मग्लानि महसुस भयो, “तिमीहरूले ठूलठूला कुराहरू गर्दै बोल्ने असल मानिसहरू समाजमा प्रशस्त भेट्टाउनेछौ, र बाहिरबाट हेर्दा तिनीहरूले कुनै ठूलो खराबी गरेको जस्तो नदेखिए पनि, भित्री रूपमा तिनीहरू छली र चलाक हुन्छन्। निश्‍चित रूपमा, तिनीहरूले कुनै पनि अवस्थालाई पहिचान गर्न सक्छन्, र तिनीहरूको बोल्ने शैलीमा तिनीहरू सहज र सांसारिक हुन्छन्। मेरो दृष्टिकोणमा, त्यस्तो ‘असल व्यक्ति’ एक झूटो, कपटी व्यक्ति हो; त्यस्तो व्यक्तिले असल भएको बहाना मात्रै गरिरहेको हुन्छ। यता पनि ठीकै, उता पनि ठीकै हुनेहरू अरू सबै भन्दा दुष्ट हुन्छन्। तिनीहरू कसैलाई दुःखी नबनाउने कोसिस गर्छन्, तिनीहरू मानिसहरूलाई खुसी तुल्याउनेहरू हुन्, तिनीहरू परिस्थितिहरूअनुसार चल्छन्, र कसैले पनि तिनीहरूलाई बुझ्न सक्दैन। त्यस्तो व्यक्ति एउटा जिउँदो शैतान जस्तो हो!(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यतालाई अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरूलाई तोड्न सकिन्छ”)। मानिसहरूलाई खुसी पार्नेहरू सबैभन्दा डरलाग्दा, धूर्त र जीवित शैतान हुन् भनेर परमेश्‍वरका वचनहरूले प्रकट गर्छन्। म त्यस्तै भएको महसुस गरेँ। सिस्टर लिऊ झुटो अगुवा हुनुहुन्छ भनेर मलाई केही समयसम्म थाहा थियो, तर मैले उहाँसितको मेरो सम्बन्धलाई र आफूलाई जोगाउन, परमेश्‍वरलाई दुःखी बनाउने विकल्प रोजेँ र सत्यताको अभ्यास गरिनँ। मैले फेरि पनि झुटो अगुवालाई ढाकछोप गरेँ, परमेश्‍वरको स्वभावलाई ठेस पुर्‍याएँ र गलत काम गरेँ। मलाई लाग्यो कि म समाप्त भएँ, परमेश्‍वरले मजस्तो व्यक्तिलाई मुक्ति दिनुहुन्‍न। म केही दिनसम्म दुःखी र नकारात्मक भएर बाँचेँ। मलाई केही गर्ने इच्छा भएन। तर पछि, मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “तैँले जस्तोसुकै गल्तीहरू गरेको भए तापनि, तँ बरालिएर जति टाढा गएको भए पनि वा तैँले जति गम्भीर अपराध गरेको भए पनि, परमेश्‍वरलाई बुझ्‍ने तेरो खोजीमा तिनलाई तैँले बोक्‍ने भारी वा भारीमाथि सुपारी बन्‍न नदे। निरन्तर अघि बढिराख्। सधैँ नै, परमेश्‍वरले मानिसको मुक्ति आफ्‍नो हृदयमा राख्‍नुहुन्छ; यो कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको सारको सबैभन्दा बहुमूल्‍य भाग यही हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। मैले परमेश्‍वरका यी वचनहरूलाई बारम्बर मनन गरेँ, अनि हरेक वचन र हरफमा मेरो निम्ति कृपा र आशा भएको महसुस गरेँ। मेरो दुष्टताले परमेश्‍वरको स्वभावलाई ठेस पुर्‍याएको भए तापनि, उहाँले अझै पनि मलाई सान्त्वना र प्रोत्साहन दिन र अघि बढिरहनू भनी भन्‍नको लागि आफ्ना वचनहरू प्रयोग गर्नुभयो। म अत्यन्तै कृतज्ञ भएँ, अबउप्रान्त नकरात्मक हुन सक्दिनँ भनेर आफैलाई भनेँ। जबजब म असफल हुन्थेँ, तबतब मैले आफैले आफूलाई माथि उठाउनुपर्थ्यो। मैले आत्मचिन्तन गर्न, मेरा समस्यालाई बुझ्न र तिनको समाधान गर्नको लागि सत्यता खोज्नुपर्छ।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को परिच्छेद पढेँ: “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँको निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरो लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्‍छा पूरा गर्ने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मलाई मुटु छेड्ने पीडा महसुस भयो। आफू अरू केही नभई केवल चतुर, चलाक र मानिसहरूलाई खुसी पार्ने व्यक्ति भएको देखेँ। समस्या आइपर्दा मैले आफूलाई जोगाउन सक्‍ने सबै गरेँ अनि परमेश्‍वरको मण्डलीको हितको बारेमा सोचिनँ, ममा आफ्नो कर्तव्यप्रति आफ्नो जिम्मेवारी वा भारको कुनै समझ थिएन। झुटा अगुवाहरू देखा पर्दा मैले त्यस मामिलालाई तुरुन्तै सम्हाल्नुपर्थ्यो, तर त्यसको सट्टा, आफूलाई जोगाउन र सिस्टर लिऊलाई ठेस पुग्ला भन्‍ने डरले, सत्यताको अभ्यास गर्न वा समस्याको खुलासा र रिपोर्ट गर्न एकदमै डराएँ। मैले जानाजानी सत्यता लुकाएँ र उहाँलाई जोगाउन समस्याको ढाकछोप गरेँ। परिणामतः, मण्डलीको कामको हरेक क्षेत्र प्रभावित भयो र दाजुभाइ-दिदीबहिनीहरूलाई सामान्य मण्डली जीवनको कमी हुन गयो। परमेश्‍वरको मण्डलीले मलाई यस्तो महत्वपूर्ण कर्तव्य सुम्पेको छ, तर मण्डलीमा झुटा अगुवाहरू देखा पर्दा, मैले आफ्नो हितको रक्षा गर्न सत्यताका सिद्धान्तहरूलाई धोका दिएँ, घरिघरि शैतानको पक्षमा उभिएँ र तिनीहरूलाई जोगाएँ। मण्डलीको कामलाई असर गर्छ भनेर मलाई राम्ररी थाहा थियो तर मैले सत्यता अभ्यास गरिनँ वा धार्मिकता कायम गरिनँ। जबजब कसैलाई ठेस पुर्‍याउन सक्‍ने सम्भावना हुन्थ्यो, तबतब मैले सत्यताका सिद्धान्तहरू त्यागेँ। मैले आफ्नै हितमा, स्वार्थी भएर काम गरिरहेको थिएँ। के यसरी काम गर्नु परमेश्‍वरको मण्डलीको काममा विघ्‍नबाधा पुर्‍याउनु र शैतानको सहयोगीको रूपमा काम गर्नु थिएन र? मैले सत्यताको अभ्यास वा सिद्धान्तहरूको पालना गर्ने आँट गरिनँ; मलाई धार्मिकताको बोध थिएन। कसरी म मण्डलीको अगुवा हुन योग्य थिएँ र? म स्वार्थी, घृणित, चतुर, छली र नीच थिएँ! विशेष गरी, यसबारेमा बोल्ने परमेश्‍वरका वचनहरूलाई विचार गर्दा यसले मलाई घोच्थ्यो, जस्तै परमेश्‍वरले मानिसहरूलाई खुसी पार्नेहरूलाई तुच्छ ठान्‍नुहुन्छ र घृणा गर्नुहुन्छ, तिनीहरूलाई बचाउनुहुन्‍न, प्रवचनहरूले पनि बारम्बार भन्छन् कि परमेश्‍वरको मण्डलीले मानिसहरूलाई खुसी पार्नेहरूलाई अगुवाको रूपमा दृढतासाथ नकार्छ, किनभने तिनीहरूको हृदय दुष्ट हुन्छ र तिनीहरूले परमेश्‍वरको मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई केवल हानि गर्न सक्छन्। मैले झुटा अगुवाहरूलाई जोगाएर र ढाकछोप गरेर परमेश्‍वरलाई र उहाँको स्वभावको उल्लंघन गरिरहेको थिएँ, त्यसैले परमेश्‍वरसामु गएर मैले प्रार्थना गरेँ: “हे परमेश्‍वर, मैले बारम्बार तपाईँको इच्छाको उल्लंघन गरेको छु। मलाई स्पष्टसित सत्यता थाहा थियो तर मैले त्यसको अभ्यास गरिनँ र भइरहेको मण्डलीको काममा हानि पुर्‍याएँ। म तपाईँको श्राप र सजाय स्विकार्न इच्छुक छु। भविष्यमा तपाईँले मलाई जसरी व्यवहार गर्नुभए तापनि, म तपाईँको आज्ञापालन गर्न र तपाईँसामु पश्‍चात्ताप गर्नु इच्छुक छु।”

मैले समस्याहरू आउँदा किन मानिसहरूलाई खुसी पार्ने प्रयास गरेँ र सत्यता अभ्यास गर्न सकिनँ भनेर सोच्न थालेँ। मलाई कुन कुराले नियन्त्रण गरिरहेको थियो? अनि मैले परमेश्‍वरका वचनहरूको यो पङ्क्ति पढेँ: “शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन प्रकृति बनेका छन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। जीवन जिउने दर्शनहरूका पनि अन्य शब्दहरू छन् जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको उत्कृष्ट परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षित तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमा विहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्। … मानिसहरूका जीवन, तिनीहरूका आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्; तिनीहरूमा सत्यता लगभग हुँदैन। उदाहरणको लागि, तिनीहरूको जीवन जिउने दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र ती सबै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानबाट आएका कुराहरू हुन्। शक्ति हातमा भएका ती सबै अधिकारीहरू अनि तालिम र उपलब्धि हासिल गरेका व्यक्तिहरूको सफलताका आफ्नै बाटाहरू र गोप्य रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरूले संसारमा त्यति ठूला कामहरू गरेका छन् तर कसैले पनि तिनका पछाडिका योजनाहरू र षडयन्त्रहरूलाई देखे-बुझेका हुँदैनन्। यसले तिनीहरूको प्रकृति कति घातक र विषालु छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिक्रियावादी छ अनि शैतानका दर्शनहरूले भरिपूर्ण छ र ती दर्शनहरूमा डुबेको छ भन्‍ने देख्‍न सकिन्छ—यो यसको पूर्णतामा यस्तो प्रकृति हो जसले परमेश्‍वरलाई विश्‍वासघात गर्छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। मैले किन मानिसहरूलाई खुसी पार्ने काम गरेँ, त्यसको मूल कारण परमेश्‍वरको वचन पढेपछि पत्ता लगाएँ। यसको कारण के थियो भने, म सानै छँदादेखि मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा दिएकोले म सबै प्रकारका सांसारिक दर्शन, तर्क र नियमहरूले भरिएकी थिएँ, जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “मानिसहरू सन्त होइनन्; तिनीहरू कसरी त्रुटिरहित हुन सक्छन् र?” “कुनै कुरा गलत छ भन्‍ने थाहा छ भने, त्यो नभनेकै बेस,” अनि “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्,” “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” र यस्तै-यस्तै अन्य कुराहरू। यी कुराहरू मेरो हृदयमा जरा गाडेर बसेका थिए र म त्यसैअनुसार जिउँथेँ। म सदैव झन्-झन् अहङ्कारी, आत्म-धर्मी, स्वार्थी, घृणित, चतुर र छली भएँ। मैले यी कुरालाई जीवनको आदर्श बनाएँ। म मानिसहरूसित कुरा मिलाउन अरूले बोलेको हरेक शब्द र अभिव्यक्तिलाई होशियारीपूर्वक नियाल्थेँ, र सबैसित सावधानीसाथ सम्बन्ध सम्हाल्थेँ। म मानिसहरूलाई खुसी पार्ने व्यक्ति थिएँ, म मध्यमार्गी भएर हिँडेँ, कसैलाई बेखुसी तुल्याउँनँ, मैले सत्य बोल्ने वा धार्मिकता कायम राख्‍ने आँट गरिनँ, म कुनै मर्यादाबिना नै बाँचेँ। मण्डलीमा झुटा अगुवाहरू देखा पर्दा, सिस्टर लिऊलाई ठेस पुग्ला कि भन्‍ने डरले, मैले मेरा सिद्धान्तहरूलाई त्यागेँ, कायर हुने विकल्प रोजेँ, तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्न र परमेश्‍वरको मण्डलीको काममा बाधा पुऱ्याउन दिएँ। कसरी म आफूलाई असल व्यक्ति भन्‍न सक्छु र? म कालो मनको, ‘राम्रो व्यक्ति’, शैतानको घृणित दास थिएँ। ममा साहस वा धार्मिकताको बुझाइ थिएन। यदि मैले सिस्टर लिऊलाई पहिले नै विश्‍लेषण गरेर मदत गरेको भए, उहाँले त्यति धेरै गलत कामहरू गर्न सक्‍नुहुनेथिएन, परमेश्‍वरको मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा रोकावट आउने थिएन, अनि मैले परमेश्‍वरको स्वभावलाई पनि उल्लंघन गर्नेथिइनँ। त्यसलै त्यसपछि, अन्त्यमा मैले बुझेँ, यी शैतानी सांसारिक दर्शनहरूअनुसार जिउँदा र मानिसहरूलाई खुसी पार्ने व्यक्ति हुँदा, यसबाट मानिसहरूलाई केवल हानि पुग्छ वा उनीहरूको बर्बादी हुन सक्छ र मलाई पनि त्यस्तै हानि हुन सक्छ। प्रकट भएका तथ्यबाट अन्त्यमा मैले के बुझ्न सकेँ भने, यी शैतानी सांसारिक दर्शन, तर्क र नियमहरूले मानिसहरूलाई धोका दिन र भ्रष्ट पार्न मात्र सक्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू र सत्यताका शत्रु हुन्। यी शैतानी दर्शनहरूअनुसार जिउँदा, हामी जत्तिसुकै दयालु, भद्र वा सहज देखिए तापनि, हामी अझै चतुर, छली, घृणित र दयनीय नै हुन्छौँ। यदि हामी सत्यता अभ्यास गर्दैनौँ, पश्‍चात्ताप गर्दैनौँ र परिवर्तन हुँदैनौँ भने, निश्‍चय नै हामीलाई परमेश्‍वरले त्याग्‍नुहुनेछ र हटाउनुहुनेछ।

पछि मैले परमेश्‍वरका अरू वचनहरू पढेँ: “वास्तवमा, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसको अलाबा, उहाँका कार्यहरू खोटरहित र निर्विवाद छन्, किनभने परमेश्‍वरले उहाँप्रति इमानदार हुनेलाई मन पराउनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। “परमेश्‍वरले मानिसहरूलाई इमानदार हुने आग्रह गर्नुभएको कुराले यो प्रमाणित गर्छ कि उहाँले छलीहरूलाई साँच्‍चै घृणा गर्नुहुन्छ, र उहाँले छली मानिसहरूलाई मन पराउनुहुन्‍न। परमेश्‍वरले छली मानिसहरूलाई मन पराउनुहुन्‍न भन्‍ने तथ्यको अर्थ यो हो कि उहाँले तिनीहरूका कार्यहरू, स्वभाव र उत्प्रेरणाहरूलाई मन पराउनुहुन्‍न; अर्थात्, उहाँले उनीहरूको काम गर्ने तरिका मन पराउनुहुन्‍न। त्यसकारण, यदि हामी परमेश्‍वरलाई खुसी पार्न चाहन्छौं भने हामीले पहिले हाम्रा कार्यहरू र हामी जुन प्रकारले अस्तित्वमा रहन्छौं त्यो परिवर्तन गर्नुपर्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”)। “तैँले विश्‍वास गरेपछि, जब तँ परमेश्‍वरको सामु आउँछस् तर अझै पुरानो चालचलनमा जिइरहेको हुन्छस् भने, के परमेश्‍वरमाथिको तेरो विश्‍वास अर्थपूर्ण हुन्छ? के त्यो कुनै मूल्यको हुन्छ? तेरो जीवनका लक्ष्यहरू र सिद्धान्तहरू, तेरो जिउने तरिका बदलिएको हुँदैन, र तँलाई अविश्‍वासीहरूभन्दा माथि राख्‍ने एउटै मात्र कुरा भनेको तैँले परमेश्‍वरलाई स्वीकार गरेको छस् भन्‍ने हो। तँ परमेश्‍वरको पछि लागिरहेको जस्तो देखिन्छ, तर तेरो जीवन स्वभाव अलिकति पनि परिवर्तन भएको हुँदैन। अन्त्यमा, तैँले मुक्ति पाउँदैनस्। त्यस्तो भएको हुनाले, के यो खोक्रो विश्‍वास र खोक्रो आनन्द मात्र होइन?(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यतालाई अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरूलाई तोड्न सकिन्छ”)। परमेश्‍वरको वचनहरू पढेपछि मैले बुझेँ कि परमेश्‍वर सार रूपमा विश्‍वासयोग्य हुनुहुन्छ। उहाँ इमानदार व्यक्तिलाई मन पराउनुहुन्छ र धोकेबाजहरूलाई घृणा गर्नुहुन्छ। म यी शैतानी दर्शनहरूअनुसार जिउँदा, कामकुरोप्रतिको मेरो दृष्टिकोण र मेरो व्यवहार गर्ने तरिका पटक्‍कै परिवर्तन भएनन्। म अविश्‍वासीहरूजस्तै थिएँ। मैले त्यसरी परमेश्‍वरमा विश्‍वास गरेको जति नै धेरै वर्ष भए पनि, सत्यता वा मुक्ति कहिल्यै पाउने थिइनँ। सत्यता अभ्यास गर्नेहरू, इमानदार व्यक्तिहरू, हृदयमा छल नभएकाहरू, सत्यताका सिद्धान्तहरू पालन गर्न साहस भएकाहरू, न्यायको बोध भएकाहरू, र सबै कुरामा परमेश्‍वरको पक्षमा खडा हुनेहरू र परमेश्‍वरको इच्छप्रति विचारशील हुनेहरू मात्र परमेश्‍वरले प्रेम गर्ने जनहरू हुन् जसलाई परमेश्‍वरले मुक्ति दिन सक्‍नुहुन्छ! परमेश्‍वर के चाहनुहुन्छ त्यो बुझेपछि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र म पश्‍चात्ताप गर्छु, सत्यता अभ्यास गर्छु र इमानदार व्यक्ति बन्छु भनी प्रतिज्ञा गरेँ।

त्यसको केही महिनापछि, मेरो नयाँ सहकर्मी ब्रदर लीले सधैँ उक्ति र धर्मसिद्धान्तहरू बताउने र भेलाहरूमा रबाफ देखाउने गर्ने गरेको पत्ता लगाएँ। यसबारे मैले उहाँसित धेरैपटक सङ्गति गरेँ तर कुनै सुधार देखिएन, त्यसैले मैले यसबारे हाम्रा वरिष्ठहरूलाई बताएँ। तर त्यसपछि, उनीहरूले मलाई जाँच-पड्ताल गरेर उहाँको व्यवहार खुलासा गर्न भने, तर मलाई संकोच हुन थाल्यो। यी कुराबारे बोल्न मेरो जिब्रै नचलेको महसुस भयो, किनभने ब्रदर लीले अरूभन्दा लामो समयदेखि आफ्नो कर्तव्य पालन गर्दै आइरहनुभएको थियो। उहाँलाई एक प्रकारले एल्डरको रूपमा हेरिन्थ्यो, अनि उहाँले विगतमा मलाई मेरो काममा मदत गर्नुभएको थियो। यदि मैले उहाँको अवस्था खुलासा गरेँ भने, उहाँले मलाई के सोच्नुहुन्छ? के उहाँको मनमा ठेस पुग्छ? त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको यो पंक्ति पढेँ: “यदि तँसँग ‘सबैको चित्त बुझाउँदै हिँड्ने व्यक्तिको’ उत्प्रेरणा र दृष्टिकोणहरू छन् भने, त्यस्ता कुराहरूमा तँ सधैँ लड्नेछस् र असफल हुनेछस्। त्यसो भए त्यस्ता परिस्थितिहरूमा तैँले के गर्नुपर्छ त? त्यस्ता कुराहरूको सामना गर्दा, तैँले परमेश्‍वरसँग प्रार्थना गर्नैपर्छ। तैँले मलाई सामर्थ्य दिनुहोस् र मलाई सिद्धान्त पालन गर्ने, मैले गर्नुपर्ने कुरा गर्न सक्‍ने, सिद्धान्तहरूअनुसार काम-कुरालाई सम्‍हाल्‍ने, आफ्नो स्थानमा खडा हुने, र परमेश्‍वरको घरको काममा कुनै हानि आउन नदिने तुल्याउनुहोस् भनी उहाँसँग अनुरोध गर्। यदि तैँले आफ्‍नो आत्म-चासो, मर्यादा, र ‘सबैको चित्त बुझाउँदै हिँड्ने व्यक्ति’ को दृष्टिकोणलाई त्याग्‍न सकिस् भने, र यदि तैँले आफूले गर्नुपर्ने काम इमानदार, र एकाग्र हृदयले गर्छस् भने, तैँले शैतानलाई जितेको हुनेछस्, अनि सत्यताको यो पक्ष हासिल गरेको हुनेछस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “तैँले आफैलाई चिनेपछि मात्रै तैँले सत्यताको खोजी गर्न सक्छस्”)। परमेश्‍वरको वचनको यो पङ्क्ति पढेपछि म भित्रैबाट स्पष्ट भएँ कि परमेश्‍वरले मलाई जाँचिरहनुभएकोले र मलाई पश्‍चात्ताप गर्ने अवसर दिइरहनुभएकोले यो कुरा मामाथि आएको हो। मैले यस मामिलालाई कसरी सम्हाल्छु भनेर परमेश्‍वर हेर्न चाहनुहुन्थ्यो। म अरूसितको आफ्नो सम्बन्धलाई पहिलाको जस्तै बनाइराख्‍न सक्दिनथेँ। मैले मण्डलीको कामलाई पहिलो स्थानमा राख्‍नुपर्थ्यो, सत्यता अभ्यास गर्नुपर्थ्यो र धार्मिकता कायम राख्‍नुपर्थ्यो। यदि ब्रदर ली सत्यताको पछि लाग्‍ने व्यक्ति हो भने, उहाँले सङ्गति र विश्‍लेषणलाई आफूबारे चिन्तन गर्न र आफूलाई चिन्‍न प्रयोग गर्न सक्‍नुहुन्छ, यसले उहाँलाई उहाँको जीवन प्रवेशमा मदत गर्नेछ, अनि अझ धेरै गलत काम गर्नबाट जोगिनुहुने थियो। र त्यसैले, म ब्रदर लीकहाँ गएँ, अनि परमेश्‍वरका वचनहरू प्रयोग गरेर उहाँको अवस्था र व्यवहारलाई एक-एक गरी खुलासा र जाँच-पड्ताल गरेँ। मलाई के कुराले अचम्भित बनायो भने, उहाँ मसित रिसाउनु त भएन नै, बरु वास्तवमै पश्‍चात्ताप गर्दै भन्‍नुभयो, “यदि तपाईँले मलाई यसरी खुलासा र जाँच-पड्ताल नगरेको भए, मैले कहिल्यै आफ्ना समस्याहरूबारे थाहा पाउनेथिइनँ। मैले साँच्‍चै आत्मचिन्तन गर्नुपर्छ।” ब्रदर लीको त्यस्तो कुरा सुनेर म एकदमै उत्प्रेरित भएँ। उहाँको खुलासा गर्दा उहाँ रिसाउनुहुन्छ होला भनेर म चिन्तित भएको थिएँ, तर त्यो मेरो केवल कल्पना थियो। त्यतिबेला मैले साँच्‍चै के अनुभव गरेँ भने, सत्यता अभ्यास गर्दा र इमानदार व्यक्ति बन्दा मनको शान्ति मिल्छ, र परमेश्‍वरसित झन् नजिक होइन्छ। मैले साँचो रूपमा के पनि अनुभव गरेँ भने, परमेश्‍वरको मण्डलीको कामलाई जोगाउने एउटै मात्र तरिका भनेको सत्यता अभ्यास गर्नु र सिद्धान्तअनुसार कामकुरो सम्हाल्नु हो। वास्तवमा दाजुभाइ-दिदीबहिनीहरूलाई मदत गर्ने यो एकमात्र तरिका पनि हो। परमेश्‍वरको न्याय र सजायमार्फत मेरो कतिपय गलत दृष्टिकोणहरू परिवर्तन भए, र मेरा चतुर र छली शैतानी स्वभावहरू पनि केही मात्रामा परिवर्तन भए। अहिले, दाजुभाइ-दिदीबहिनीहरूले भ्रष्टता देखाउँदा वा सत्यताका सिद्धान्तहरूलाई धोका दिने तरिकामा कामकुरो सम्हालेको देख्दा, म त्यसलाई ढाकछोप गर्दै गर्दिनँ, उनीहरूलाई जोगाउदिनँ वा मानिसहरूसँगको मेरो सम्बन्धलाई जोगाउने प्रयास गर्दिनँ। म सचेतन भएर सत्यताको अभ्यास गर्न, सङ्गति गर्न, मदत गर्न, समस्या औँल्याउन, र परिस्थिति खुलासा गर्न सक्छु। कहिलेकाहीँ, अझै पनि म अरूको चित्त दुख्ला कि भनेर हिचकिचाए पनि र डराए पनि, परमेश्‍वरसँग प्रार्थना गर्न सक्छु, आफूलाई त्याग्‍न सक्छु, सत्यताका सिद्न्तहरूअनुसार अभ्यास गर्न सक्छु र शैतानी दर्शनहरूअनुसार पटक्‍कै जिउँदिनँ। यस प्रकारको अभ्यास गर्दा, म एकदमै शान्त र दृढ भएको महसुस गर्छु। यसले एकदमै स्वतन्त्र भएको महसुस गराउँछ। यी परिवर्तनहरू हासिल गर्नु र यो सब प्राप्त गर्नु पूर्णतया परमेश्‍वरका वचनहरूको न्याय र सजायको परिणाम थियो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफ्‍नो कर्तव्यलाई कसरी हेर्ने

झोङ्गचेङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरमाथिको मानिसको विश्‍वासको सबैभन्दा आधारभूत माग भनेको ऊसँग इमानदार हृदय...

मेरो प्रतिरक्षात्मक सोचाइ र गलतबुझाइलाई परमेश्‍वरको वचनले हटायो

सन् २०१४ मा, म मण्डली अगुवा हुँदा, म आफ्‍नो कर्तव्यमा तुलनात्मक रूपमा प्रभावकारी नै थिएँ, त्यसकारण मलाई मैले सत्यतालाई बुझेकी छु जस्तो...

झूटो अगुवाको रक्षा गर्दा के हुन्छ

सन् २०२० को अक्टोबरको अन्त्यतिर, व्यावहारिक काम गर्न नसकेकोमा मलाई अगुवाको पदबाट बर्खास्त गरियो र म मेरो स्‍थानीय मण्डलीमा फर्केँ। मेरो घर...

अहङ्कारी स्वभावका परिणामहरू

सन् २००६ मा म हाइस्कूलको विद्यार्थी नै थिएँ। हामीले बाइबल अध्ययन गर्दा, शिक्षकहरूले मलाई अक्सर सुरुमा मन्तव्य दिन र हामीलाई प्रचार गर्ने...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्