प्रतिकूल परिस्थितिमा पनि आफ्नो कर्तव्यप्रति निष्ठावान रहनु
सन् २०१६ मा, मण्डलीमा मेरो कर्तव्य मलजल डिकनको थियो। त्यो समयमा, एउटा ख्रीष्टविरोधीको थिचोमिचोमा परेकी मण्डली अगुवा नकारात्मकतामा जिइरहेकी थिइन्। उनले पवित्र आत्माको काम गुमाइन् र उनलाई बर्खास्त गरियो। मेरो माथिका अगुवाले यस मण्डलीमा अझै पनि पूर्ण रूपमा ख्रीष्टविरोधीहरूको खुलासा भएको छैन, अरूमा अझै पनि सुझबुझको कमी छ भन्दै निर्देशन दिइन्, उनी मैले सिस्टर वाङ्ग युईसँग मिलेर मण्डलीका विभिन्न काम गर्न सकूँ भन्ने आश गर्दै थिइन्। पछि मेरो स्वास्थ्य त्यति राम्रो नभएकाले र मसँग बल वा ऊर्जा नभएकाले मण्डलीले मेरो कर्तव्य परिवर्तन गर्न लागेको थियो। तर सरुवा हुनुअघि एउटा घटना घट्यो। त्यसबेला, माथिल्लो अगुवाले मलाई केही सिस्टरसँग बैठकका लागि बोलाइन्। सधैँझैँ, म मेजमानको घरमा सही समयमा आइपुगेँ, तर अचम्म, म धेरै बेरसम्म पर्खेँ, तर कोही आएनन्। त्यसैले म याङ्ग युईलाई खोज्दै उनको घर गएँ। मैले ढोका ढकढक्याइरहेँ, तर कुनै जवाफ आएन। मलाई केही तनाव भयो, उनी पक्राउ परिन् कि भन्ने डर लाग्यो। अनपेक्षित रूपमा, दुई दिनपछि चेन हुईले मलाई भनिन् कि याङ्ग युई र दुई जना माथिल्ला अगुवालाई त्यो दिन प्रहरीले पक्रेर लग्यो, र प्रहरीले उनको घरको पूरै खानतलासी गरेको थियो। यो भयानक समाचार सुनेर, यो मैले परमेश्वरको परीक्षा र शोधनको सामना गरिरहेको हो भन्ने थाहा भए पनि म निकै आत्तिएकी थिएँ। मैले सम्झेँ, त्यो दिन म याङ्ग युईको घरमा गएर ढोका ढकढक्याएकी थिएँ, भाग्यवश, परमेश्वरको सुरक्षाका कारण प्रहरीसँग जम्काभेट भएन, नत्र तिनीहरूको चङ्गुलबाट बच्ने थिइनँ। धन्न बचेछु!
पछि, सहरभरि मानिसले त्यो पक्राउबारे कुरा गरेको सुनेँ, त्यसबाट यो राष्ट्रव्यापी धरपकड रहेको थाहा पाएँ। हाम्रो सहरमा धेरै सशस्त्र प्रहरी परिचालन गरिएका थिए, तिनीहरूले सहरभरि छापा मार्दै परमेश्वरका चुनिएका मानिसलाई पक्राउ गरिरहेका थिए। हर सडक र गल्लीमा ब्यानर थिए, भित्ता र पर्खालमा हर प्रकारका नकारात्मक प्रचार थिए। पूरै सहरमा डरको वातावरण थियो। मैले सोचेँ, कर्तव्य गर्ने धेरै ब्रदर-सिस्टरहरू पक्राउ परेका छन्, ठूलो रातो अजिङ्गरले कुनै पनि समय त्यसमा मुछिएका सबै घरमा छापा मारेर मण्डलीका सामान जफत गर्न सक्थ्यो, त्यसैले मैले छिटो गरी मण्डलीका सामान र सम्बन्धित ब्रदर-सिस्टरलाई कतै सुरक्षित स्थानमा लैजानु पर्छ, तर प्रहरीले अझै पनि खोजतलास र निगरानी गरिरहेको छ। के गर्न सकिन्छ? म एकदमै आत्तिएकी थिएँ। घर पुगेपछि, मेरो छोरीले फोनतर्फ इसारा गर्दै भनिन्, “आमा, सावधान रहनुहोला, केही दिन घरबाहिर ननिस्कनु। जनसुरक्षामा रहेका मेरो एक जना ग्राहकले एउटा भिडियो मलाई पठाएर ७० जना विश्वासी पक्राउ परिसकेका, र अझै खानतलासी चलिरहेको बताए।” यो सुनेर म झन् डराएँ, निकै आत्तिएँ पनि। म वाङ्ग युई र म कसरी सधैँ सँगै काम गरिरहेका हुन्थ्यौँ भन्नेबारे सोचिरहेको थिएँ। म उनको घरमा धेरै पटक समेत गएकी थिएँ, अहिले उनी पक्राउ परेकीले प्रहरीले निगरानी गरेर मलाई पनि फेला पार्ला कि भनेर सोचेँ। तिनीहरूले मेरोबारे थाहा पाइसकेका छन् भने कर्तव्य निर्वाह गर्न फर्कनु बन्दुकको नालतर्फ बढ्नु हुँदैन र? मलाई पहिल्यै पेशागत रोग लागेको थियो, म निकै कमजोर थिएँ। यदि म साँच्चै पक्राउ परेँ भने, मैले कति कुटाइ सहन सक्छु होला, थाहा थिएन। प्रहरीले याताना दिएर अपराध स्विकार्न लगायो र कुटेर मार्यो भने के मैले मुक्तिको मौका गुमाउनेछु? मेरो दिमागले ब्रदर-सिस्टरलाई यातना दिइरहेको भिडियोबारे सोचिरह्यो, र जति यसबारे सोचेँ उति छटपटी भयो। डरले शरीर पसिनाले भिजेको थियो, म स्तब्ध थिएँ, शक्ति नै हराएर गएजस्तो, शान्त हुन सकेकी थिइनँ। मैले सोचैँ यो खतराबाट म अहिल्यै भाग्नुपर्छ, यहाँबाट निक्लेर कतै लुक्नुपर्छ। तर फेरि मण्डलीको अवस्था सम्झेँ, सफाइको सबै काम गर्नु थियो, अनि याङ्ग युई पक्राउ परेकीले मण्डलीको काम मैले सम्हाल्नु पर्नेथ्यो। मैले खतरामा रहेकालाई लुक्न भन्नुपर्ने थियो, मैले परमेश्वरका पुस्तकलाई तुरुन्तै अन्यत्र सार्नुपर्ने थियो। यो ठूलो जिम्मेवारी थियो। यदि मैले यो काम राम्ररी गरिनँ भने, यसले परमेश्वरको घरको कामलाई झन् हानि गर्नेथ्यो। मेरो सम्पत्ति गुम्यो भने नि म काम चलाउन सक्छु, तर परमेश्वरका पुस्तक खोसेर लगेमा, त्यसले परमेश्वरका चुनिएका मानिसको जीवनमा हानि गर्नेथ्यो, जसलाई पैसामा नाप्न सकिन्न। यदि म यस्तो कठिन समयमा लुकेँ भने के मलाई अझै पनि विश्वासी भन्न सकिन्छ र? ममा मानवता नै हुने छैन। मेरो जिम्मेवारी बोध कहाँ हुनेछ र? तर म एक्लैले यो काम राम्रोसँग गर्न सक्दिनँथेँ। प्रहरीले मलाई निगरानीमा राखिसकेको हुन सक्थ्यो। म साँच्चै पक्राउ परेँ भने कर्तव्य सम्हाल्न मानिस झन् कम हुने छैनन् र? तब अचानक के कुरा सम्झेँ भने चेन हुई र झाङ्ग मिन नामका दुई जना सिस्टर पछ्याइमा उत्सुक छन् र जिम्मेवारी सम्हाल्न सक्छन्, घटनापछिको परिणाम सम्हाल्न मैले उनीहरूलाई लगाउनुपर्छ, र म पर्दा पछाडि बसेर काम गर्न सक्छु। मेरो स्वास्थ्य राम्रो नभएको तिनीहरूलाई थाहा छ, त्यसैले तिनीहरूले सम्भवतः बुझ्नेछन्। यसरी मण्डलीको काम रोकिने छैन, र म खतराबाट बाहिर रहनेछु। तर, माथिल्लो अगुवाले भनेको कुरा मेरो दिमागमा घुमिरह्यो। उनले मलाई याङ्ग युईसँग मिलेर मण्डलीको काम सम्हाल्न भनेकी थिइन्। उनी पक्राउ परिसकेकी थिइन्, अब त्यो जिम्मेवारी मैले नै उठाउनु थियो, तर म खतरादेखि डराएकी थिएँ। म सङ्कटको यो समयमा आफूलाई बचाउन भाग्न र लुक्न चाहन्थेँ। म त्यो खतरा र कठिनाइ अरू सिस्टरमाथि पनि थोपर्न चाहन्थेँ, म निकै स्वार्थी भइरहेकी थिएँ। म कर्तव्य छोड्दै थिएँ, जुन दुष्ट कार्य गर्नु हो। मलाई अचानक परमेश्वरका वचन याद आयो। “परमेश्वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो एकदमै गम्भीर विषय हो! यदि परमेश्वरले मानिसहरूलाई सुम्पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरका वचन तत्काल जगाउने खालको थियो। त्यसरी सोचेकोमा मलाई दोषी र पछुतो महसुस भयो। मण्डलीका लागि मैले पाएको आज्ञा अरूमाथि कसरी थोपर्न सकेँ? परमेश्वरका सत्यताबाट मैले धेरै भरणपोषण पाएकी थिएँ, त्यसैले परमेश्वरको ऋण चुक्ता गर्न कसरी राम्ररी कर्तव्य गर्ने भन्नेमा मैले चिन्तन गर्नुपर्थ्यो। मण्डली खतरामा रहेको बेला मैले ब्रदर-सिस्टरहरूको सुरक्षा, र परमेश्वरको घरको हितको रक्षा गर्नुपर्छ। सबै जिम्मेवारी ममाथि थियो, तर म यस गम्भीर समयमा डरले लुक्न र जोखिम अरूमा थोपर्न चाहन्थेँ। मेरो स्वार्थीपनका कारण परमेश्वरका वचनका पुस्तक र परमेश्वरका घरको सम्पत्ति ठूलो रातो अजिङ्गरले लुट्यो भने, त्यो अपूरणीय अपराध हुने थियो। म केही समय सुरक्षित रहे पनि, परमेश्वरको नजरमा म लाजमर्दो जीवन जिउने कायर, युद्धबाट भागेको गद्दार ठहरिनेथिएँ। तब के म परमेश्वरको सामु जिउन लायक हुनेथेँ र? मैले कर्तव्य त्यागेँ भने त्यो परमेश्वरप्रति विश्वासघात हुने थिएन र? तब मेरो जीवनको अर्थ नै के रहनेथ्यो? यो सोचले मलाई असहज र ग्लानि महसुस गरायो। मलाई आफू परमेश्वरप्रति निकै ऋणी भएको लाग्यो, यति घृणित र निर्लज्ज भएकोमा आफैलाई घृणा गरेँ। म सधैँ आफ्नै लागि जिइरहेकी थिएँ, तर एकपटक मैले सत्यता अभ्यास गरी परमेश्वरका लागि जिउनु जरुरी थियो। जेजस्तो आइपरे पनि परमेश्वरलाई प्रार्थना गर्नु, उहाँमा भर पर्नु सबभन्दा बुद्धिमानी हो भन्ने मलाई थाहा थियो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर, प्रहरीले ममाथि नजर राखिरहेको छ कि छैन थाहा छैन। मलाई कमजोर र डर महसुस भइरहेको छ, तर म पक्राउ पर्ने नपर्ने तपाईँकै हातमा छ। म नीच जीवन जिउन चाहन्न, आफ्नो विवेकलाई धोका दिएर तपाईँविरुद्ध विद्रोह गर्न पनि चाहन्न। अहिले मण्डलीका लागि धेरै सफाइका काम सम्हाल्नु छ। मैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, हे परमेश्वर, बिन्ती मेरो हृदयको रेखदेख गरी कठिनाइ झेल्ने इच्छाशक्ति दिनुहोस्। म पक्राउ परेर कुटाइबाट मृत्यु भयो भने पनि, यो तपाईँले नै हुन दिने कुरा हो। म तपाईँका बन्दोबस्तमा समर्पित हुन तयार छु, तपाईँको घरको हितमा कहिल्यै विश्वासघात गर्नेछैन।” प्रार्थना गरेपछि मैले परमेश्वरका केही वचन पढेँ। परमेश्वर भन्नुहुन्छ: “तँ यो र त्यो कुराप्रति डराउनु हुँदैन; तैँले जतिसुकै अप्ठ्यारा र खतराको सामना गर्नुपरे पनि, तँ कुनै पनि बाधाबाट अवरोधमा नपरी मेरो अगाडि स्थिर रहन सक्छस्, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो…। त्यसपछि तैँले अन्त्यहीन मानसिक दुःख भोग्नेछस्। तैँले सबै भोग्नुपर्छ; तँसँग भएका सबै कुराहरू मेरो लागि त्याग्न र मलाई पछ्याउनको लागि तैँले गर्नसक्ने सबै कुरा गर्न, र तेरो सबै कुरा अर्पण गर्न तँ तयार हुनुपर्छ। मैले तँलाई जाँच गर्नुपर्ने समय यही हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्छस्? के यो मार्गको अन्त्यसम्म तँ मलाई निष्ठापूर्वक पछ्याउन सक्छस्? नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्न सक्छ र? यो कुरा याद राख्! यसलाई नबिर्सी! जे घट्छ त्यो सबै मेरो सदिच्छाबाट हुन्छ, र सबै कुरा मेरो निगरानीमा छ। तैँले बोल्ने र गर्ने सबैमा तैँले मेरो वचनलाई पछ्याउन सक्छस्? जब तँमाथि आगोको परीक्षा आउनेछ, के तैँले घुँडा टेकेर पुकार्नेछस्? कि तँ अगाडि बढ्न नसकेर, पछि हट्नेछस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। “यो कुरा याद राख्। नबिर्सी!” भन्ने परमेश्वरको वचन पढ्दा म निकै प्रभावित भएँ। यो बुबाआमाले छोराछोरीलाई “नडराऊ, म छु” भने जस्तै थियो। ममा अचानक आस्था र शक्ति आयो, सहयोग पाएको महसुस भयो। म सधैँ डर चिन्तामा जिएको परमेश्वर चाहनुहुन्नथ्यो भन्ने महसुस भयो। कर्तव्य राम्ररी नगरेको, अनि ठूलो रातो अजिङ्गरले समात्ला कि भनेर म डराउनुहुँदैन, र परमेश्वर सधैँ हाम्रो साथ हुनुहुन्छ भनेर त बिर्सनु नै पर्दैन। ठूलो रातो अजिङ्गर जतिसुकै धूर्त र दुष्ट भए पनि परमेश्वरले पूरा गर्न चाहेको कुरालाई रोक्न सक्दैन। प्रहरीले विश्वासीमाथि हरेक दिन नजर राखे पनि, मण्डलीको काम बिगार्न सक्दैनथ्यो, किनभने सबथोक परमेश्वरद्वारा शासित र योजनाबद्ध छन्। मसँग आस्था हुनुपर्छ, आफूलाई परमेश्वरको हातमा छोडिदिनुपर्छ, र सकेसम्म छिटो सफाइको काम सक्नुपर्छ। यो डरमर्दो परिस्थिति भनेको परमेश्वरले मेरो आस्था र साँचो कदको परीक्षा लिएको थियो, जीवन जोखिममा पारेर भए पनि कर्तव्यनिष्ठ हुन र ब्रदर-सिस्टरको रक्षा गर्न, मण्डलीको कामको सुरक्षा गर्न सक्छु कि सक्दिनँ भनेर हेर्नका लागि थियो। त्यो सोचले मेरो दिमागमा केवल एउटा मात्र कुरा आयोः जे भए पनि, आफू सामुन्नेको कठिनाइ हल गर्ने तरिका मैले खोज्नुपर्थ्यो, हाम्रो क्षति कम गर्नुपर्थ्यो, र कर्तव्य राम्ररी निर्वाह गर्नुपर्थ्यो, नत्र मैले शान्ति पाउने थिइनँ। म समर्पित हुन, यो परिस्थिति भोग्न तयार भएपछि, आश्चर्यजनक रूपले चेन हुई र झाङ्ग मिन मेरो मेजमानको घरमा घटनापछिको परिणाम सम्हाल्नेबारे छलफल गर्न अप्रत्याशित रूपमा देखा परे। तिनीहरूलाई देखेर, मलाई साँच्चै खुसी पनि लाग्यो र लाज पनि। तिनीहरूलाई मैले खतरामा पार्न खोजेको कुरालाई विचार गर्दा म आफू घृणित र स्वार्थी भएको पाएँ। मेरो सोच घटिया र लाजमर्दो थियो। मैले तिनीहरूलाई सम्पर्क नगरेको भए पनि यो गम्भीर समयमा, तिनीहरू परमेश्वरको घरमा हुनसक्ने हानि रोक्न विना हिचकिचाहट त्यहाँ पुगे। म धेरै प्रभावित भएँ र परमेश्वरलाई धन्यवाद दिइरहेँ। परमेश्वरले सबथोकलाई शासन र योजनाबद्ध गरिरहेको म देख्न सक्थेँ, र उहाँले ममाथि वहन गर्नै नसक्ने गरी भार थोपर्नु भएको थिएन। हामीले त्यसपछि छोटो-मीठो छलफल गर्यौँ, जिम्मेवारी बाँडफाँड गर्यौँ र तुरुन्त निक्लियौँ। सुरुमा, मेजमानलाई सतर्क रहनु भन्नका लागि म एक्लै नजिकको धारमा गएँ, जहाँ याङ्ग युई भेलामा सहभागी भएकी थिइन्। बाटोभरि मैले प्रार्थना गरिरहेकी थिएँ, छातालाई मेरो अनुहार छोप्ने गरी तल समातेकी थिएँ। म त्यहाँ एकदमै छिटो पुगेँ र मेजमान सिस्टरलाई खबर गरेँ। दोस्रो घरमा चेन हुई र म मिलेर परमेश्वरका वचनका केही पुस्तक स्थानान्तरण गर्नुथियो। यो निकै टाढा थियो, बाटाभरि निगरानी थियो। पर प्रहरीको कार गुडिरहेको म देख्न सक्थेँ। मलाई फेरि थोरै डर लाग्यो। मैले सोचेँ, “प्रहरीले खोजतलास कडा पारिरहेका छन्। यदि म निगरानी गरेको ठाउँ हुँदै गएँ र चिनिएँ भने समस्यामा पर्नेछु। परमेश्वरका वचनका पुस्तक पनि लैजानेछन् र चेन हुई पनि फस्नेछिन्।” म चेन हुईको इलेक्टिक स्कुटरको पछाडि उनको लुगा समातेर बसेकी थिएँ, मेरो हातमा पसिना छुटिरहेको थियो। हामी त्यो घर पुग्नुअघि सम्म मेरो मुटुले ढ्याङ्ग्रो ठोकिरहेको थियो, र प्रहरी पर्खेर बसेका होलान् कि भन्ने चिन्ता थियो। मैले मनमनै परमेश्वरलाई पुकारिरहेँ, र त्यसपछि मैले परमेश्वरले भनेका यी कुरा सम्झेँ: “विश्वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अल्झिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफूलाई बलिदान दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। परमेश्वरका वचनले यो प्रतिकूल वातावरणको सामना गर्ने साहस दिए। मैले आफैलाई भनेँ, “मैले आफ्नो जीवन दाउमा लगाएर भए पनि परमेश्वरका वचनको पुस्तकको सुरक्षा गर्नुपर्छ। मैले आस्था राख्नुपर्छ र परमेश्वरले सबथोकमाथि शासन गर्नुहुन्छ भनेर विश्वास गर्नुपर्छ। ठूलो रातो अजिङ्गर जतिसुकै उन्मत्त भए पनि, परमेश्वरको अनुमतिविना, त्यसले हामीलाई केही गर्न सक्दैन।” त्यसपछि, म आत्तिन र डराउन छोडेँ। एकै हृदय बनाएर, चेन हुई र मैले परमेश्वरलाई प्रार्थना गर्यौँ, र अन्तमा हामीले कुनै समस्यामा नपरी पुस्तकहरूलाई सुरक्षित स्थानमा सार्यौँ। मेरो हृदयबाट बल्ल ठूलो भारी हटेको थियो।
पछि मैले माथिल्लो अगुवाबाट एउटा पत्र पाएँ, पत्रमा परिस्थिति जोखिमपूर्ण छ, मण्डलीका काम रोकिएका छन् भनिएको थियो। उनले चेन हुई, झाङ्ग मिन र म भएर परिस्थिति सम्हाल्नु भनेकी थिइन्। मैले सोचेँ, ख्रीष्टविरोधी र दुष्कर्मीहरूलाई निकालिएको छैन, तिनले अझै पनि कामकुरामा बाधा गरिरहेका छन्, मैले जिम्मेवारी लिएर ती मानिसलाई पखाल्नुपर्छ, ताकि ब्रदर-सिस्टरहरूले चाँडै सामान्य मण्डली जीवन सुरु गर्न सकून्। तर परिस्थितिमा कुनै सुधार भएको थिएन। हरेक केही दिनमा ब्रदर-सिस्टरहरू पक्राउ परेको, घरमा छापा मारिएको भयानक समाचार आउँथ्यो। मलाई पछि भनियो कि ठूलो रातो अजिङ्गरले हर प्रकारका दुष्ट चाल चल्दै पक्राउ परेकालाई बहकाउन र एकअर्कालाई धोका दिऊन् भनी लोभ्याउन खोजिरहेको छ, तिनले त्यसो गरेनन् भने निचोरेर कुरा निकाल्न यातनाको प्रयोग गरिरहेको छ। पछि समाचार आयो कि हाम्रो मण्डलीबाट बर्खास्त गरिएका एक जना झुटा अगुवा झू फेङ्गले ठूलो रातो अजिङ्गरको बहकाउमा परेर र यातना सहन नसकेर केही दिनमा नै यहुदा बनेर परमेश्वरलाई धोका दिइन्। यो खबर सुनेर म फेरि आत्तिएँ। मैले यसबारे सोचिरहेँ, त्यो रात सुत्नै सकिनँ। लाग्थ्यो यातनाको कुर्सीमा बसिरहेका ब्रदर-सिस्टरहरूको पीडाले भरिएको अनुहार देख्दैछु। मैले झु फेङ्गलाई मण्डलीको काम र म बसेको ठाउँबारे सबै कुरा थाहा भएको बारे पनि सोचेँ। उनी परमेश्वरलाई विश्वासघात गर्न सक्छिन् भने उनले मलाइ पनि धोका दिन सक्छिन्। म पक्राउ परेँ भने क्रूर यातना सहन सक्छु र? म जेलमै मरेँ भने निकै नराम्रो हुने छैन र? यस्ता कुराबारे सोच्दै गर्दा आफूलाई अँध्यारोमा डुबेको पाएँ। आफूले गर्नुपर्ने कर्तव्यको बोझ महसुस भएन र मेरो शक्ति पूरै सकिएको थियो। ससाना भेलामा जाँदै गर्दा प्रहरीको कार छेवैबाट गुड्दा म निकै अत्तालिन्थेँ। केही ब्रदर-सिस्टरहरू पक्राउ परेको ठाउँ पार गर्दा म आत्तिन्थेँ, पक्राउ पर्ने हुँ कि भनेर डराउँथेँ। केही समय लुकेर परिस्थिति केही राम्रो हुन्जेल पर्खौँ र त्यसपछि अरूसँग भेटघाट गरौँ कि भनेर सोचिरहेकी हुन्थेँ। तर त्यसो सोचबारे बेचैनी हुन्थ्यो। मैले मण्डलीमा घुमिरहेका ख्रीष्टविरोधी र दुष्कर्मीलाई सम्झेँ। तिनीहरूले कामकुरामा बाधा ल्याइरहने थिए, अनि म कायरता र मृत्युको डरको स्थितिमा जिइरहेर कर्तव्य राम्ररी गरिनँ भने मैले राम्रो काम गर्ने थिइनँ वा गवाही दिने थिइनँ, अनि म शैतानको हाँसोको पात्र बन्नेथिएँ। मैले सोचेँ, हरेक व्यक्ति जन्मन्छ, बुढो हुन्छ, बिरामी भएर मर्छ, अनि म किन मृत्युदेखि यति डराइरहेको? मुख्य गरी म अति नै आत्मसुरक्षात्मक थिएँ। मलाई डर थियो, आस्था भए पनि राम्रो अन्त पाउँदिनँ, यसको साटो ठूलो रातो अजिङ्गरको यातना र कुटाइले म धेरै पीडा भोग्दै मर्नेछु। म विश्वासी भएको भर्खर केही वर्ष भएको थियो र अझै पनि सत्यता बुझेकी थिइनँ। म त्यसरी मरेँ भने मैले परमेश्वरका वचन खाने र पिउने, उहाँको काम अनुभव गर्ने र मुक्ति पाउने मौका गुमाउने थिएँ। अनि मेरो आस्था व्यर्थ हुने थिएन र? मैले यसबारे जति सोचेँ, यसलाई स्वीकार गर्न त्यति नै गाह्रो भयो, त्यसैले मैले तुरुन्त परमेश्वरलाई प्रार्थना गरेँ, मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिन बिन्ती गरेँ, ताकि मैले सत्यता बुझेर यस्ता खालका कुरालाई राम्रोसँग बुझ्न सकूँ। पछि मैले परमेश्वरका वचनको यो खण्ड भेटेँ। “परमेश्वरसित उहाँका हरेक अनुयायीका लागि योजना हुन्छ। यी हरेक अनुयायीसँग परमेश्वरले मान्छेका लागि प्रदान गरेको वातावरण हुन्छ जसमा उसले कर्तव्य निभाउनुपर्छ, अनि हरेकसँग परमेश्वरको अनुग्रह र निगाह हुन्छ जुन मानव उपभोगका लागि दिइएको हो। तिनीहरूसँग परमेश्वरले मानिसका लागि तय गरेका विशेष परिस्थितिहरू, र तिनीहरूले भोग्नुपर्ने धेरै कष्टहरू पनि हुन्छन्—यो कुरा मानिसले कल्पेको सहज यात्राजस्तो हुँदैन। … प्रभु येशूका यी चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, कतिलाई घोडामा बाँधेर घिस्स्याइयो, कतिलाई उँधोमुन्टो क्रूसमा टाँगियो, कतिलाई पाँचवटा घोडाले तानेर हातखुट्टा र टाउको चुडाइँयो—तिनीहरूले हरकिसिमको मृत्यु भोगे। तिनीहरूको मृत्युको कारण के थियो? के तिनीहरूलाई तिनीहरूको अपराधका निम्ति कानुनअनुसार दण्ड दिइयो? दिइएन। प्रभुको सुसमाचार प्रचार गरेका कारण तिनीहरूलाई निन्दा गरियो, कुटियो, हप्काइयो, र मारियो र संसारका मानिसहरूले तिनीहरूलाई इन्कार गरे—तिनीहरू त्यसरी नै शहीद भए। ती शहीदहरूको अन्तिम परिणाम, वा तिनीहरूका आचरणलाई परमेश्वरले परिभाषित गरेको विषयमा कुरा नगरौँ, बरु यो सोधौँ: जब अन्त्यमा तिनीहरूको जीवनको जसरी अन्त्य भयो के त्यो मानव धारणासँग मिल्दो थियो? (अहँ, थिएन।) मानिसका धारणाहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले परमेश्वरको काम फैलाउनका लागि त्यति ठूलो मूल्य चुकाए भने, तर तिनीहरूलाई अन्त्यमा सैतानले मारिदियो। यो मानिसका धारणाहरूसँग मेल खाँदैन, तर तिनीहरूलाई ठ्याक्कै त्यस्तै नै भयो। परमेश्वरले त्यस्तै हुन दिनुभयो। यसमा कुन सत्यता खोज्न सकिन्छ? के परमेश्वरले तिनीहरूलाई यसरी मर्न दिनु उहाँको सराप र दण्ड थियो, कि यो उहाँको योजना र आशिष् थियो? यीमध्ये कुनै पनि थिएन। यो के थियो? मानिसहरू अहिले हृदयमा पीडा लिएर तिनीहरूको मृत्युबारे विचार गर्छन्, तर अवस्था त्यस्तै थियो। परमेश्वरमा विश्वास गर्नेहरू त्यसरी नै मरे, र यसलाई कसरी व्याख्या गर्नुपर्ने हो? जब हामी यो विषय उल्लेख गर्छौँ, तिमीहरूले आफैलाई तिनीहरूका अवस्थामा राख्छौ, त्यसैले के तिमीहरूको हृदय दुःखी हुन्छ, अनि के तिमीहरू गोप्य पीडा महसुस गर्छौ? तिमीहरू विचार गर्छौ, ‘यी मानिसहरूले परमेश्वरको सुसमाचार फैलाउने आफ्नो कर्तव्य निर्वाह गरे, र तिनीहरूलाई असल मानिसहरू मानिनुपर्छ, त्यसोभए तिनीहरूलाई कसरी त्यस्तो अन्त्य र त्यस्तो परिणाम आइलाग्न सक्यो?’ वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; यो मानिसको संसारबाट प्रस्थान गर्ने तिनीहरूको आफ्नो माध्यम थियो, तापनि यसको अर्थ तिनीहरूको परिणाम एकै प्रकारको थियो भन्ने होइन। तिनीहरूको मृत्यु र प्रस्थानको माध्यम चाहे जे नै भए पनि, र त्यो जसरी भए पनि परमेश्वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यसरी परिभाषित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले यस संसारलाई दोषी ठहराउन र परमेश्वरका कामहरूको गवाही दिन ठ्याक्कै तिनै माध्यमहरूको प्रयोग गरे। यी सृष्टि गरिएका प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान् जीवन प्रयोग गरे—तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण परमेश्वरका कार्यहरूको गवाही दिनका लागि, परमेश्वरको महान् शक्तिको गवाही दिनका लागि, र शैतान र संसारलाई परमेश्वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्नका लागि प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले सारा मानवजातिका निम्ति गरेको छुटकाराको कामले मानवजातिलाई निरन्तर जिउन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिको अगि पुष्टि गर्न आफ्नो जीवनको प्रयोग गरे—यो तथ्य सधैँ अपरिवर्तनीय छ। प्रभु येशूको सुसमाचार सुनाउँदा शहीद बनेकाहरूले, कुन हदसम्म आफ्नो कर्तव्य पूरा गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि जीवन सम्हालेर राख्नुपर्ने सबैभन्दा बहुमूल्य र प्रिय कुरा हो, अनि यी व्यक्तिहरूले मानवजातिप्रति परमेश्वरको प्रेमको पुष्टि गर्न र गवाही दिन भनेर आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति अर्थात् जीवन अर्पण गर्न सकेको देखिन्छ। तिनीहरूको मृत्यु भएको दिनसम्म, तिनीहरूले परमेश्वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य पूरा गर्ने सबैभन्दा राम्रो तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा जब त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउन बाध्य बनायो, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो। मैले यसो भन्नुको अर्थ के हो? के मेरो भनाइको अर्थ तिमीहरूले पनि परमेश्वरको गवाही दिन र उहाँको सुसमाचार फैलाउन त्यस्तै तरिकाको प्रयोग गर भन्ने हो? तैँले त्यसै गर्नुपर्छ भन्ने जरुरी छैन, तर तैँले यो तेरो जिम्मेवारी हो, यदि परमेश्वरलाई आवश्यकता पऱ्यो भने, तैँले त्यसलाई पूरा गर्नैपर्ने एक दायित्वको रूपमा स्वीकार गर्नुपर्छ भन्ने कुरा बुझ्नैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनले मृत्युको विषय अझ स्पष्टसँग बुझ्न सहयोग गरे। जीवन वा मृत्युको परिस्थितिमा कस्तो मानसिकता राख्ने भनेर मैले सिकेँ, अनि म सधैँ मृत्युको डरले बाँधिनुको मुख्य कारण परमेश्वरले नै हाम्रो भाग्यमाथि शासन गर्नुहुन्छ भन्ने सत्यता पूर्णतः नबुझ्नु थियो। विश्वासी भएको नाताले परमेश्वरका धेरै वचन पढेको भए पनि सिद्धान्ततः परमेश्वरले हाम्रो जीवन र मृत्युलाई शासन र योजनाबद्ध गर्नुहुन्छ भन्ने बुझे पनि मसँग वास्तविक व्यक्तिगत अनुभव वा बुझाइ थिएन। मैले आफ्नो गम्भीर कमजोरी पनि देखेँ। यातना पाउँछु, मर्नुअघि शरीरलाई ठूलो कष्ट हुन्छ भन्ने डरले म मृत्युदेखि डराएकी थिएँ, अनि मरेँ भने राम्रो अन्त्य र गन्तव्य पाउनेछैन भन्ने डर थियो। ठूलो रातो अजिङ्गरलाई मलाई यातना दिएर मार्न दिनु भनेको दुखद मृत्यु हो भन्ने लाग्थ्यो। धेरै ब्रदर-सिस्टरहरू पक्राउ परी यातना पाएको कुरा सोचेपछि र झु फेङ्गले परमेश्वरलाई कसरी धोका दिइन् भन्ने कुरा सुनेपछि उनले मलाई पनि धोका दिन्छिन् भनी डराएकी थिएँ। मैले पनि त्यस्तै भयानक यातना भोग्नुपर्ला वा त्यसबाट मरूँला भन्ने मलाई चिन्ता थियो। म एकदमै दुःखी थिएँ। तर वास्तवमा शारीरिक कष्ट सबभन्दा ठूलो पीडा होइन। हामीले यातना सहन नसकी परमेश्वरलाई धोका दियौँ भने हाम्रो आत्मा दण्डित हुनेछ। त्यो नै सबभन्दा ठूलो कष्ट र असहनीय पीडा हो। मैले यहुदा बनेर परमेश्वरलाई धोका दिनेहरूबारे सोचेँ, जसलाई त्यसपछि पवित्र आत्माले त्याग्नु भएको थियो। तिनीहरूले त्यो मुटु नै लुछिएजस्तो, अनि, कसरी जिउने भनी थाहा नभएजत्तिको खराब भएको भनी बताए, मानौँ तिनीहरू निष्प्राण लाश हुन्, प्रेतभन्दा बढी केही होइनन्। त्यसरी जिउनु यातना पाएर मृत्यु हुनुभन्दा धेरै पीडादायी हुनेथ्यो। अनि मैले पत्रुसबारे सोचेँ। उनी जेलबाट भागेपछि प्रभु येशू उनीसामु देखापर्नु भयो, र भन्नुभयो, “के तँ मलाई तेरा लागि फेरि क्रुसमा टाँगिन लगाउँछस्?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्)। पत्रुसले परमेश्वरले भन्न खोजेको कुरा बुझेका थिए, र परमेश्वरको गवाही दिने दिन आयो भन्ने उनलाई थाहा थियो। उनी समर्पित भए, मृत्युसम्मै समर्पित हुन, आफ्नो सर्वस्व दिन र परमेश्वरका लागि सुलीमा चढ्न तयार भएए। पत्रुसलाई सुलीमा चढ्नु असहनीय पीडा भोग्नु हो भन्ने थाहा थियो, तैपनि उनले परमेश्वरप्रति समर्पित हुन, परमेश्वरका लागि सुन्दर, जोरदार गवाही दिन र शैतानलाई लज्जित पार्न रोजे। पत्रुसको परमेश्वरप्रतिको समर्पण देखेर मलाई निकै लाज भयो। मृत्युको सोचले मभित्र डर भरिएको थियो, पीडादायी मृत्यु नहोस् र सुन्दर गन्तव्य प्राप्त होस् भनेर मैले परमेश्वरसँग माग गरेकी थिएँ। त्यो कसरी समझदार वा समर्पित हुनु भयो? तर त्यसपछि महसुस भयो कि, शैतानले हानि गर्दा र मृत्युको सामना गर्दा आफ्नो जीवन बलिदान गर्न सक्नु मात्र पनि साँच्चै अर्थपूर्ण र सबभन्दा राम्रो गवाही हुन्छ। आफूलाई सुरक्षित राखेर मर्यादाविनाको जीवन जिउन रोजेमा मेरो शरीर जीवित रहिरहे पनि, पीडा सहनु नपरे पनि, परमेश्वरको नजरमा यो उहाँलाई धोका दिनु र गवाही दिन असफल हुनु भन्ने हुन्थ्यो। परमेश्वरको नजरमा मेरो आत्मा पहिले नै मरिसकेको थियो र अन्तमा उहाँले मलाई दण्डित गर्नुहुने थियो। त्यो नै वास्तवमा मर्नु हो। मैले आफ्नो जीवन बलिदान गर्न, मण्डलीको कामको रक्षा गर्न, मेरो कर्तव्य राम्ररी निर्वाह गर्न, परमेश्वरको गवाहीमा दृढ रहँदै शैतानलाई लज्जित बनाउन सक्थेँ भने मलाई कुटेर मारिए पनि मेरो आत्मा अझै पनि परमेश्वरको हातमा रहने र जिइरहने थियो। त्यो बेला मलाई अनुभूति भयो कि म निकै विद्रोही थिएँ, म परमेश्वरको सार्वभौमिकता र योजनाबद्ध कार्यप्रति समर्पित हुन तयार थिइनँ, र म परमेश्वरको गवाहीमा जीवन बलिदान दिन प्रतिबद्ध थिइनँ। परमेश्वरले यो कठिनाइ, यो उत्पीडन अनुभव गर्न दिनुभएको थियो, ताकि मैले सत्यता जानेर आफूलाई त्यसले सुसज्जित गर्न सकूँ र सृजित प्राणी परमेश्वरप्रति समर्पित हुनुपर्छ भन्ने जानूँ, र कुनै दिन परमेश्वरलाई त्यस प्रकारको गवाही दिन मेरो आवश्यकता पर्दा मैले विनाशर्त समर्पित हुन, पत्रुस जस्तै भएर परमेश्वरलाई सन्तुष्ट पार्न दृढ सङ्कल्पित हुन सकूँ। मैले अझै पनि परमेश्वरलाई राम्रोसँग नबुझेकी भए पनि परमेश्वरले गर्ने सबै कुरा धर्मी हुन्छ भनेर म मान्दथेँ। कसैलाई जिउन वा मर्न दिनुमा उहाँको सद्भावना र सार्वभौमिकता रहेको हुन्छ। यी कुरा बुझेपछि, म मृत्युको सोचले बाँधिइनँ। ठूलो रातो अजिङ्गरको सतावट जतिसुकै उन्मत्त भए पनि, म पक्राउ परे पनि म आफूलाई परमेश्वरको हातमा राखेर कर्तव्य पूरा गर्न तयार भएँ।
त्यसपछि म ब्रदर-सिस्टरहरसँग परमेश्वरका वचनबारे सङ्गति गर्न भेला स्थलहरू जान थालेँ, ताकि सबैले बुझ्न सकून् कि परमेश्वरले आफ्ना उद्देश्य पूरा गर्न, हामीलाई सिद्ध बनाउन ठूलो रातो अजिङ्गरको प्रयोग गरिरहनुभएको छ, त्यसका प्रकाउ र सतावट प्रयोग गरिरहनुभएको छ, ताकि हामीले यसको दुष्ट सार स्पष्ट देख्न, त्यसबारे सुझबुझ प्राप्त गर्न र त्यसलाई तनमनबाटै अस्वीकार गर्न सकौँ, साथै यी परीक्षाका माध्यमबाट हाम्रो आस्था र प्रेमलाई पूर्ण बनाउन सकौँ। यसले हामीलाई पक्राउ गर्न उन्मत्त भइरहँदा ख्रीष्टविरोधीले पनि मण्डलीमा तबाही र अवरोध ल्याइरहेका थिए। तर हामी सबै परमेश्वरमा भर पर्नुथियो, अझै पनि उहाँका वचन खानु र पिउनु थियो, त्यो वातावरणमा ख्रीष्टविरोधीलाई खुट्ट्याउनुथियो, हाम्रो कर्तव्य गर्दै परमेश्वरका लागि गवाही दिनु थियो। तिनीहरूले परमेश्वरको अभिप्राय बुझेपछि तिनीहरू सबै यो कठिनाइ सामना गर्न, मण्डली जीवनको पालना गर्न, कर्तव्य पूरा गर्दै शैतानलाई लज्जित पार्न तयार भए।
त्यसपछि मैले आत्मचिन्तन समेत गरेँ। त्यो परिस्थितिमा ममा किन त्यति धेरै आस्थाको कमी हुन्थ्यो, म किन सधैँ स्वार्थी तरिकाले आफ्नैबारे सोचिरहन्थेँ? साँचो कारण के थियो? खोजी गर्ने क्रममा मैले परमेश्वरका यी वचन पढेँ: “ख्रीष्ट विरोधीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। परमेश्वरमाथि तिनीहरूसँग साँचो विश्वास हुँदैन, परमेश्वरप्रतिको बफादारी हुने कुरा त परै जाओस्; जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले केवल आफूलाई बचाउँछन् र आफ्नो सुरक्षा गर्छन्। तिनीहरूका लागि, आफ्नो सुरक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तिनीहरू जीवित रहेसम्म र प्रक्राउ नपरेसम्म पुग्यो, तिनीहरूले मण्डलीको काममा कति हानि पुगेको छ भन्ने कुराको वास्ता गर्दैनन्। यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीको कामबारे बिल्कुलै सोच्दैनन्, तिनीहरूले आफ्नै सुरक्षाबारे मात्र सोच्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। जब परमेश्वरप्रति बफादार र परमेश्वरमा साँचो विश्वास गर्नेहरूलाई यस्ता कुराहरू आइपर्छन्, उनीहरूले ती कुराको सामना कसरी गर्छन्? तिनीहरूले गर्ने कार्य ख्रीष्टविरोधीहरूले गर्ने कार्यभन्दा कसरी फरक हुन्छ? (परमेश्वरप्रति बफादार मानिसहरूको जीवनमा यस्ता कुराहरू आइपर्दा, तिनीहरूले परमेश्वरको घरको हित रक्षा गर्न, परमेश्वरको घरको भेटीमा घाटा हुनबाट जोगाउने उपायहरू सोच्छन् अनि तिनीहरूले नोक्सानी कम गराउन अगुवा र सेवकहरू, दाजुभाइ-दिदीबहिनीहरूको लागि आवश्यक व्यवस्था गर्छन्। ठीक यसै बेला, ख्रीष्टविरोधीहरूले चाहिँ सुरुमा आफूलाई रक्षा गर्ने कुरा सुनिश्चित गर्छन्। तिनीहरूलाई मण्डलीको काम वा परमेश्वरका चुनिएका मानिसहरूको सुरक्षाको चिन्ता हुँदैन, र जब मण्डलीले पक्राउहरू सामना गर्छ, तब यसले मण्डलीको काममा घाटा निम्त्याउँछ।) ख्रीष्टविरोधीहरू मण्डलीको काम र परमेश्वरको भेटी छोडेर हिँड्छन्, र तिनीहरू घटनाका असरहरू समाधान गर्न मानिसहरू खटाउँदैनन्। यो त ठूलो रातो अजिङ्गरलाई परमेश्वरको भेटी र उहाँका चुनिएका मानिसहरू हत्याउन अनुमति दिनुजस्तै हो। के यो परमेश्वरका भेटीहरू र उहाँका चुनिएका मानिसहरूप्रति गुप्त रूपमा धोका दिनु होइन र? परमेश्वरप्रति बफादार मानिसहरूलाई वातावरण खतरनाक छ भन्ने स्पष्टसित थाहा हुँदा पनि तिनीहरू घटनाको असर सम्हाल्ने खतरा मोल्छन्, अनि आफू पछि हट्नुअघि परमेश्वरको घरमा हुने नोक्सान कम बनाइराख्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दैनन्। मलाई भन्, ठूलो रातो अजिङ्गरको यो दुष्ट देशमा, परमेश्वरमा विश्वास गर्दा र आफ्नो कर्तव्य निभाउँदा पटक्कै खतरा छैन भनेर कसले सुनिश्चित गर्न सक्छ? व्यक्तिले जुनसुकै कर्तव्य लिए पनि, यसमा केही खतरा हुन्छ नै—तैपनि कर्तव्य निभाउनु परमेश्वरको आज्ञा हो, र परमेश्वरलाई पछ्याउने क्रममा, व्यक्तिले आफ्नो कर्तव्य निभाउने खतरा मोल्नैपर्छ। व्यक्तिले बुद्धि चलाउनुपर्छ, र आफ्नो सुरक्षा सुनिश्चित गर्न उपायहरू अपनाउनुपर्छ, तर व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिनु हुँदैन। उसले पहिले परमेश्वरको इच्छालाई विचार गर्नुपर्छ, उहाँको घरको कामलाई पहिलो स्थानमा राख्नुपर्छ र सुसमाचार सुनाउने कार्यलाई पहिलो स्थानमा राख्नुपर्छ। परमेश्वरले तिनीहरूलाई दिनुभएको आज्ञा पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यो नै पहिले आउँछ। ख्रीष्ट विरोधीहरूले आफ्नो व्यक्तिगत सुरक्षालाई उच्च प्राथमिकता दिन्छन्; तिनीहरू अरू कुनै कुरासित तिनीहरूको सम्बन्ध छैन भनी विश्वास गर्छन्। अरू कसैलाई केही भयो भने तिनीहरू वास्ता गर्दैनन्, चाहे त्यो व्यक्ति जोसुकै होस्। जबसम्म ख्रीष्ट विरोधीहरू आफैलाई केही नराम्रो हुँदैन, तबसम्म तिनीहरू ढुक्क नै हुन्छन्। तिनीहरूमा कुनै बफादारीता हुँदैन, जुन कुरा ख्रीष्टविरोधीको प्रकृति सारद्वारा निर्धारित हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वरका वचन सिधै मेरो हृदयमा पुग्यो। परमेश्वर खुलासा गर्नुहुन्छ कि ख्रीष्टविरोधी स्वभावैले अत्यन्त दुष्ट, स्वार्थी र घृणित हुन्छन्, परमेश्वरप्रति बफादार हुँदैनन्। खतरामा आफूलाई मात्र सुरक्षित राख्न खोज्छन्, ब्रदर-सिस्टरहरूको सुरक्षामा ध्यान दिँदैनन्। देगहत स्वार्थ, आफ्नै सुरक्षका बारेमा मात्र सोच्छन्, परमेश्वरका चुनिएका मानिस र परमेश्वरको भेटीलाई जफत हुन दिन्छन्। यसमा तिनीहरूले गुप्त रूपमा ब्रदर-सिस्टरहरू र परमेश्वरको घरको हितलाई धोका दिइरहेका हुन्छन्। ख्रीष्टविरोधीहरूले यसरी नै व्यवहार गर्छन्। तर सुरुमा ममा स्वार्थी र घृणित सोच र विचार थिए जसले वास्तवमा मेरो ख्रीष्टविरोधी स्वभाव प्रकाश गरेको थियो। याङ्ग युई पक्राउ पर्दा अरू धेरैलाई खबर गर्नुपर्ने थियो, र मैले परमेश्वरका वचनका पुस्तकहरू छिटो गरी सार्ने जिम्मेवारी लिनुपर्ने थियो, तर ठूलो रातो अजिङ्गरले मलाई लैजाला, यातना देला, कुटेर मार्ला अनि मैले मुक्तिको मौका गुमाउँला भनेर म डराएँ, अनि मैले आफ्नो कर्तव्य छोड्न चाहेँ। अगुवाको नाताले म मण्डलीको कामका लागि जिम्मेवार थिएँ। अरूको सुरक्षा गर्नु, मण्डलीको हित खतरामा नपरोस् भनेर सुनिश्चित गर्नु मेरो जिम्मेवारी थियो। तर खतरा आउँदा मैले अरूका बारेमा बिलकुलै सोचिनँ, मेरो आफ्नै जीवन वा मृत्युका बारेमा मात्रै सोचेँ। अरूको र मण्डलको हितका कुरा त्यो क्षणमा पछि सोच्ने कुरा ठानेँ, मानौँ तिनीहरू प्रक्राउ परे, कुटिए वा पीडामा भए पनि ममा उनीहरूप्रति सहानुभूति छैन। मलाइ लाग्यो, परमेश्वरको घरमा हुने हानि मेरो सरोकारको विषय होइन, र मैले आफूलाई सुरक्षित राख्नु नै पर्याप्त छ। म कसरी यति धेरै मानवतामा कमी भएकी, घृणित र दुभार्वनापूर्ण हुन सकेँ? परमेश्वरप्रति बफादार मानिसले परमेश्वरको घरका हितलाई प्राथमिकता दिन्छन्। तर केही आइपर्दा, म कर्तव्य त्यागेर पर्दा पछाडि लुक्न चाहन्थेँ। मैले खतरनाक काम गर्नु नपरोस् वा जीवन जोखिममा गर्ने कुनै कुरा सामना गर्नु नपरोस् भन्ने आशा गरिरहेकी हुन्थेँ। बारम्बार, म खतरापूर्ण काम चेन हुई र झाङ्ग मिनको काँधमा हाल्न चाहन्थेँ। मैले वास्तवमा त्यस्तो काम नगरेको भए पनि, मेरो सोच र विचार निकै बलियो गरी देखा परिरहेका थिए। मेरो यो स्वभाव ख्रीष्टविरोधीहरूको जस्तै दुष्ट र घृणित थियो। वास्तवमा, म दुष्कर्म गर्ने बिन्दुमा पुगिसकेकी थिएँ। सौभाग्यवश, परमेश्वरका वचनले बेलैमा मलाई न्याय, खुलासा र मार्गदर्शन गरे, यसरी म दुष्कर्म गर्नबाट बाल बाल बचेँ। अन्यथा परमेश्वरले मलाई घृणा गरी अस्वीकार गर्नुहुनेथियो। यसबाट मैले अन्ततः परमेश्वरका वचनको न्याय र सजाय अनुभव गर्नु कति महत्त्वपूर्ण रहेछ भन्ने बुझेँ।
त्यसपछिका दिनमा ठूलो रातो अजिङ्गरले लगातार मण्डलीका सदस्यहरूलाई पक्राउ गरी सताइरह्यो। अन्यत्रबाट सरुवा भएर आएकी एउटा सिस्टर कर्तव्य गर्ने क्रममा पक्राउ परिन्, पहिल्यै निकालिएका अर्को मण्डली सदस्य पनि पक्राउ परे। परिस्थिति अझै पनि तनावपूर्ण थियो। पछि मैले परमेश्वरका वचनमा यो कुरा पढेँ: “के तिमीहरू साँच्चिकै ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ? के तिमीहरू साँच्चै इमानदारीसाथ घृणा गर्छौ? मैले किन तिमीहरूलाई धेरै पटक सोधेको छु? म किन तिमीहरूलाई बारम्बार यो प्रश्न सोध्ने गर्छु? तिमीहरूको हृदयमा ठूलो रातो अजिङ्गरको कस्तो छवि छ? के यसलाई साँच्चै हटाइएको छ? के तँ त्यसलाई साँच्चै आफ्नो बुबा ठान्दैनस्? सबै मानिसले मेरा प्रश्नहरूमा रहेको मेरो अभिप्रायलाई बुझ्नुपर्छ। यो, मानिसको रिस उठाउनका निम्ति होइन, न त मानिसमाझ विद्रोह सुरु गर्नका लागि, न त मानिसले आफू उम्कने बाटो पाओस् भनेर नै हो, बरु यो त मानिसहरूलाई ठूलो रातो अजिङ्गरको बन्धनबाट छुटकारा दिनलाई हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय २८)। परमेश्वरका वचन सही थिए। ठूलो रातो अजिङ्गरको देश पृथ्वीमा रहेको नरक जस्तै छ। म आफैले यसको पक्राउ र सतावट अनुभव गर्नुअघि जब मैले “के तिमीहरू साँच्चिकै ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ?” भन्ने परमेश्वरको वचन पढेँ तब मैले घृणा गर्छु भनेपनि हृदयबाटै यसलाई घृणा गरेकी थिइनँ। मेरो आफ्नै आँखाले चिनियाँ कम्युनिष्ट पार्टीले विश्वासीलाई सताएको, क्रूर तरिका अपनाएको, असल, नियमित विश्वासीलाई विना तुक वा कारण पक्राउ गरेको, क्रूरतापूर्वक यातना दिएको, कतिलाई कुटेर मारेको देखेपछि मात्रै अन्ततः मैले त्यसलाई हृदयको गहिराइदेखि नै घृणा गरेँ। ठूलो रातो अजिङ्गरको दमन र कूरताबाट मैले साँच्चिकै शैतानको खराब, दुष्ट सार देखेँ। मैले परमेश्वरको शासन र अख्तियार पनि अनुभव गरेँ, र परमेश्वरमाथिको आस्था प्राप्त गरेँ। पछि मैले जस्तोसुकै परिस्थितिको सामना गरे पनि कर्तव्य पूरा गर्न आफूले सक्दो गर्न, उप्रान्त आफ्नै हित हेर्ने स्वार्थी र घृणित नबन्न इच्छुक भएँ। यसको साटो, म परमेश्वरमा भर पर्नेछु, उहाँको अभिप्रायलाई ध्यान दिनेछु, परमेश्वरका घरको हितलाई प्राथमिकता दिनेछु, र कर्तव्य राम्ररी निर्वाह गर्नेछु।
त्यसपछि, मैले परिस्थिति जतिसुकै भयानक होस्, ख्रीष्टविरोधी र दुष्कर्मीलाई खुलासा गर्न ढिलो गर्नुहुन्न भनी आफूसँग काम गर्ने सिस्टरहरूसँग सङ्गति गरेँ। सङ्गतिपछि हामीले सबै कुरा सिद्धान्तअनुसार गर्यौँ। परमेश्वरका वचनको मार्गदर्शन पाएपछि मलाई पक्राउ परिने कुराको डर लागेन, मैले आफ्नो कर्तव्य सामान्य रूपमा गर्न सकेँ। अन्तमा, हामीले मण्डलीबाट सजिलै ख्रीष्टविरोधीलाई निष्कासित गर्यौँ, अनि ब्रदर-सिस्टरहरू बिस्तारै सामान्य मण्डली जीवनमा फर्के। सबैजना परमेश्वरप्रति कृतज्ञ भई उहाँको स्तुति गरे। यो पटक, ठूलो रातो अजिङ्गरको पक्राउ र सतावटमा पर्दा मैले हार मानिनँ, र मैले कर्तव्य छोडिनँ। यो पूर्ण रूपमा परमेश्वरका वचनको मार्गदर्शनको परिणाम थियो। सर्वसक्तिमान परमेश्वरको सारा महिमा होस्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।