जिम्‍मेवारीको डर मान्‍नुपछाडि लुकेका कारणहरू

25 अप्रिल 2023

म मण्डलीमा मलजल गर्ने कामको इन्‍चार्ज थिएँ। धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्न थालेपछि, हाम्रो मण्डली तीन वटा मण्डलीमा विभाजित भयो, र मलाई एउटा मण्डलीको इन्‍चार्ज बनाइयो। विभाजनपछि, नियमित रूपमा भेलामा सहभागी नहुने धेरैजसो नयाँ विश्‍वासीहरूलाई मेरो मण्डलीमा हालिएको रहेछ। मैले सोचेँ, हामीसँग मलजलकर्ताको कमी भएकोले, नियमित रूपमा भेला नहुने ती सबै मानिसहरूलाई सहयोग गर्नको लागि धेरै समय र ऊर्जा लाग्छ। मलजल राम्ररी नपाएर तिनीहरूले छोडे भने, ब्रदर-सिस्टरहरूले मलाई म सक्षम छैन र मेरो क्षमता कमजोर छ भनी भन्न सक्छन्। त्यो निकै लाजमर्दो कुरा हुनेछ। त्यसपछि मलाई काँटछाँट र निराकरण गरिनेछ वा तिनीहरू पछि हटेकोमा मलाई जिम्‍मेवार तुल्याइनेछ। म इन्‍चार्जको सट्टा, मलजलकर्ता भएकी भए, मैले त्यो जिम्‍मेवारी लिनुपर्ने थिएन। मलाई धेरै तनाव भयो, मानौँ मलाई ठूलो भारी बोकाइएको छ, र मेरो हृदय भारी भयो। अगुवाले मलजलकर्ताको कमीलाई समाधान गर्न हामीले धेरै मानिसहरूलाई तालिम दिएको चाहन्थे। तर कति जना नयाँ विश्‍वासीहरू नियमित भेला नभएको देख्दा, म कठिनाइदेखि अत्तालिएँ। म मानिसहरूलाई चाँडै तालिम दिन सक्दिनँ भन्‍ने सोचेर निरुत्साहित भएँ। त्यसपछि, म काममा साह्रै निष्क्रिय हुन थालेँ। मैले जसलाई तालिम र मलजल गर्नुपर्थ्यो तिनीहरूलाई तालिम वा मलजल गरिरहेकी थिइनँ, जसले हाम्रो काममा हानि भयो। निकै व्याकुल र दोषी महसुस गरेर, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, ममा कदको कमी छ। यो नयाँ मण्डलीमा धेरै समस्या र कठिनाइ देखेर, मलाई भाग्‍न मन लागेको थियो। त्यो तपाईंको इच्‍छा होइन भन्‍ने थाहा छ। मलाई आत्मचिन्तन गर्न र आफ्‍नो गलत स्थितिलाई सुधार गर्न अगुवाइ गर्नुहोस् ताकि मैले यो काम लिन सकूँ।”

मैले भक्तिको समयमा परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरू आफ्‍नो कर्तव्य निर्वाह गर्दा जिम्‍मेवारी लिन डराउँछन्। यदि मण्डलीले तिनीहरूलाई कुनै काम गर्न दियो भने, सुरुमा तिनीहरूले यो काम गर्दा जिम्‍मेवारी लिनुपर्छ कि पर्दैन भनेर विचार गर्छन्, र पर्छ भने, तिनीहरूले त्यो काम स्विकार्दैनन्। कर्तव्य निर्वाह गर्ने तिनीहरूका सर्त यस्ता हुन्छन्: पहिलो, यो फुर्सदिलो काम हुनुपर्छ; दोस्रो, यो व्यस्त हुने वा थकाउने हुनु हुँदैन; र तेस्रो, जे काम गरे पनि, तिनीहरूले कुनै जिम्‍मेवारी लिनुपर्ने हुनु हुँदैन। तिनीहरूले लिने एउटै मात्र कर्तव्य यही हो। यो कस्तो प्रकारको व्यक्ति हो? के यो चिप्ले र छली व्यक्ति होइन र? तिनीहरूले सानोभन्दा सानो जिम्‍मेवारी पनि लिन चाहँदैनन्। तिनीहरू रूखबाट पात खस्दा त्यसले तिनीहरूको खप्‍पर फुटाउँछ भनेर समेत डराउँछन्। यस्तो व्यक्तिले कस्तो कर्तव्यचाहिँ पूरा गर्न सक्छ र? परमेश्‍वरको घरमा तिनीहरू के काम लाग्छन् र? परमेश्‍वरको घरको काम शैतानसँग युद्ध गर्नु, साथै राज्यको सुसमाचार फैलाउनुसँग सम्बन्धित छ। कुन कर्तव्यमा जिम्‍मेवारी हुँदैन र? के तिमीहरू अगुवा बन्दा जिम्‍मेवारी लिनुपर्छ भनेर सोच्छौ? के तिनीहरूको जिम्‍मेवारी झन् ठूलो हुँदैन र, अनि तिनीहरूले जिम्‍मेवारी झनै लिनु पर्दैन र? तैँले सुसमाचार प्रचार गरे पनि, गवाही दिए पनि, भिडियो बनाए पनि, र त्यस्तै अन्य काम गरे पनि, तैँले जुनसुकै काम गरे पनि, त्यो सत्यता सिद्धान्तहरूसँग सम्बन्धित छ भने, यसमा जिम्‍मेवारी निहित हुन्छ। यदि तेरो कर्तव्य निर्वाह गर्ने शैली सिद्धान्तहीन छ भने, यसले परमेश्‍वरको घरको काममा असर गर्छ, र यदि तँ जिम्‍मेवारी लिन डराउँछस् भने, तैँले कुनै पनि कर्तव्य निर्वाह गर्न सक्दैनस्। आफ्‍नो कर्तव्य निर्वाह गर्दा जिम्‍मेवारी लिन डराउने किसिमको व्यक्ति कायर हुन्छ, कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्‍नता छुट्याउन सक्‍नुपर्छ। वास्तवमा, यो कायरताको समस्या होइन। तिनीहरू धनी बन्ने कुरामा, वा आफ्नै फाइदाका लागि केही गरिरहँदा किन यति आँटिला हुन्छन्? तिनीहरूले यी कुराका लागि जुनसुकै जोखिम लिनेछन्। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्‍वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै जोखिम लिँदैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणास्पद हुन्छन्, र सबैभन्दा कुटिल हुन्छन्। आफ्‍नो कर्तव्य निर्वाह गर्दा जिम्‍मेवारी नलिने कुनै पनि व्यक्ति परमेश्‍वरप्रति रतिभर निष्कपट हुँदैन, उसको बफादारीको त कुरै नगरौँ। कस्तो व्यक्तिले जिम्‍मेवारी लिने आँट गर्छ? कस्तो प्रकारको व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्ति जो परमेश्‍वरको घरको कामको सबभन्दा निर्णायक क्षणमा अग्रसर हुँदै बहादुरीका साथ अघि बढ्छ, जसले सबैभन्दा महत्त्वपूर्ण र निर्णायक काम देख्दा बहादुरीका साथ गह्रौँ बोझ लिन्छ र कठिनाइ र खतरा सहन डर मान्दैन। त्यो परमेश्‍वरप्रति बफादार व्यक्ति हो, ख्रीष्‍टको असल सिपाही हो। के आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी लिन डराउने सबैले सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; तिनीहरूको मानवतामै एउटा समस्या छ। तिनीहरूमा इन्साफ वा जिम्‍मेवारीको कुनै बोध हुँदैन, तिनीहरू स्वार्थी र घृणास्पद मानिस हुन्, तिनीहरू परमेश्‍वरका सच्चा विश्‍वासी होइनन्, र तिनीहरूले कत्तिपनि सत्यता स्विकार्दैनन्। यो एउटै कारणले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्। परमेश्‍वरका विश्‍वासीहरूले सत्यता प्राप्त गर्न ठूलो मूल्य चुकाउनुपर्छ, र यो अभ्यास गर्दा तिनीहरूले धेरै बाधाहरू सामना गर्नेछन्। तिनीहरूले त्याग गर्नुपर्छ, आफ्‍ना देहगत हितहरू पन्छाउनुपर्छ, र केही कष्टहरू भोग्‍नुपर्छ। त्यसपछि मात्रै तिनीहरूले सत्यता अभ्यास गर्न सक्‍नेछन्। त्यसो भए, के जिम्‍मेवारी लिन डराउने यस किसिमको व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ? सत्यता अभ्यास गर्न निश्चय नै सक्दैन, त्यो प्राप्त गर्ने त कुरै छाडौँ। तिनीहरू सत्यता अभ्यास गर्न, र आफ्‍ना हितहरूमा हानि खेप्‍न डराउँछन्; तिनीहरू अपमानित हुने, मानहानि गरिने र गलत ठहराइने डर मान्छन्, साथै तिनीहरू सत्यता अभ्यास गर्ने आँट गर्दैनन्। फलस्वरूप, तिनीहरू सत्यता प्राप्त गर्न पनि सक्दैनन्, र परमेश्‍वरमा विश्‍वास गरेको जति वर्ष भए पनि, तिनीहरूले उहाँको मुक्ति प्राप्त गर्न सक्दैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरको वचनमा प्रकट गरिएको कुरा हेर्दा मलाई अप्ठ्यारो लाग्यो। आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी लिन डराउने मानिसहरू सबैभन्दा स्वार्थी, खराब, र छली हुन्छन् भनेर परमेश्‍वर भन्नुहुन्छ। तिनीहरूले सत्यता अभ्यास गर्न र सम्भवतः मुक्ति हासिल गर्न पनि सक्दैनन्। मैले पनि त्यस्तै गरिरहेकी थिएँ। जब मैले धेरै नयाँ विश्‍वासीहरू नियमित भेलामा नआइरहेको र तालिम लिने उम्मेदवारहरू थोरै रहेको देखेँ, मैले परमेश्‍वरको इच्‍छालाई कसरी ख्याल गर्ने, नयाँ विश्‍वासीहरूले साँचो मार्गमा चाँडै जरा गाड्न सकून भनी उचित व्यक्तिहरूलाई कसरी तालिम दिने र नयाँ विश्‍वासीहरूलाई कसरी राम्ररी मलजल गर्ने भनेर सोचिरहेकी थिइनँ। मैले त तिनीहरूलाई बोझको रूपमा लिइरहेकी थिएँ। तिनीहरूलाई सहयोग गर्न कति धेरै समय र ऊर्जा लाग्छ, र मैले राम्रो काम गरिनँ भने अरूले मलाई नीच ठान्छन् भन्‍ने सोचेँ। मलाई काँटछाँट र निराकरण गरिने थियो, र गम्‍भीर अवस्थामा जिम्‍मेवार ठहराइने थियो। यो कुनै परिणाम नल्याउने थकाइलाग्दो काम जस्तो लाग्यो र मनमा प्रतिरोध जाग्यो। मैले जबरजस्ती काम गरे पनि, म यसमा निष्क्रिय थिएँ। म गैरजिम्‍मेवार भएकीले, तालिम पाउनुपर्नेले तालिम पाएका थिएनन्, र कति त नियमित रूपमा आउनै छोडे। परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार अहिले तीव्र रूपमा फैलिरहेको छ, र धेरै मानिसहरू परमेश्‍वरकहाँ फर्किरहेका छन्। नयाँ विश्‍वासीहरूलाई राम्ररी मलजल र सहयोग गर्नु परमेश्‍वरको अत्यन्त जरुरी इच्‍छा हो, तर मैले परमेश्‍वरको इच्‍छाको सट्टा आफ्‍नै हितहरू मात्रै विचार गरेँ। मैले नयाँ विश्‍वासीहरूको जीवनको बारेमा पनि सोचिनँ। म अत्यन्तै स्वार्थी थिएँ र परमेश्‍वरलाई खिन्‍न पारेँ। अनि अरू नयाँ मण्डलीहरूमा, अरूले आफ्‍नो व्यक्तिगत नाफा-घाटाको विचार नगरी मण्डलीको काम कायम राख्न सकेका मैले देखेँ। जति नै गाह्रो भए पनि तिनीहरूले नयाँ विश्‍वासीहरूलाई मलजल गर्न सक्दो गर्थे। तिनीहरू आ-आफ्ना कर्तव्यमा समर्पित साँचो विश्‍वासी थिए। म लज्‍जित र अपमानित भएँ। मैले आफ्‍नो हितबारे मात्रै सोच्‍न र मण्डलीको काममा ढिलाइ गराउन छोड्नुपर्थ्यो। मैले यो जिम्‍मेवारी उठाएर नयाँ विश्‍वासीहरूलाई राम्रोसँग मलजल गर्न सर्वस्व सुम्पनुपर्थ्यो। त्यसपछि मैले सक्रिय रूपमा सहकार्य गर्न थालेँ र वृद्धिविकास गर्न लायक केही मानिसहरूलाई मलजल गर्न लागिपर्न थालेँ। परमेश्‍वरको इच्‍छा बुझेपछि तिनीहरू पनि आफ्‍नो कर्तव्यमा सक्रिय हुन थाले। हामीले आफ्‍नो काम गर्न र नयाँ विश्‍वासीहरूलाई मिलेर सहयोग गर्न सँगै काम गर्न थाल्यौँ। केही समय बितेपछि, धेरै नयाँ विश्‍वासीहरू नियमित रूपमा भेला हुन थाले। म निकै खुशी थिएँ र परमेश्‍वरप्रति कृतज्ञ भएँ।

तर केही समयपछि, म फेरि त्यस्तै अवस्थामा पुगेँ। एक दिन, अगुवाले मलाई भने, “सुइयुआन चर्च भर्खरै स्थापना भएको हो। धेरै नयाँ विश्‍वासीहरू नियमित भेलामा आइरहेका छैनन् र तिनीहरूलाई राम्रो मलजलकर्ताको खाँचो छ। काम निकै ढिलो भइरहेको छ। त्यो मण्डलीको काम तपाईं आफ्नो हातमा लिनुहोस्।” अगुवाले यसो भनेपछि, यो परिस्थितिको पछाडि परमेश्‍वरको इच्‍छा छ भन्‍ने महसुस भयो। यसभन्दा पहिले मण्डली विभाजन गरिँदा, मलाई जिम्‍मेवारी लिन डर लागेको थियो, जसले गर्दा मण्डलीको काममा ढिलाइ भयो। यसपटक मैले समर्पित भएर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्थ्यो। तर सुइयुआन मण्डलीको हालको अवस्थालाई फेरि हेर्दा मलाई डर लाग्यो। मैले जिम्‍मा लिएको मण्डलीले भर्खरै प्रगति गर्न सुरु गरेको थियो र काम धेरै बाँकी थियो। अर्को मण्डलीको काम लिँदा धेरै समय र ऊर्जा लाग्‍ने थियो। मैले सुइयुआनलाई राम्ररी सहयोग गर्न सकिनँ र अहिलेको मण्डलीको काम रेखदेख गर्न सकिनँ भने, अरूले मलाई के सोच्थे? एउटा मात्र मण्डलीको व्यवस्थापन गर्नु त्यति गाह्रो हुँदैनथ्यो, र मैले आफ्‍नो काम राम्ररी गर्न ध्यान दिन सक्थेँ। त्यसपछि सबैले मलाई नयाँ नजरले हेर्ने थिए र मैले बढुवासमेत पाउन सक्थेँ। यो सोचेपछि, मलाई सुइयुआनको मण्डलीमा धेरै मेहनत लाग्छ जस्तो लाग्यो। जे भए पनि, यसले मलाई फाइदा गर्ने थिएन, र मलाई यो काम स्वीकार गर्न मन लागेन। तर मैले यो काम इन्कार गरेँ र अरू कसैले लिएन भने, यसले मण्डलीको काममा असर गर्ने थियो। मलाई दोधार भयो। अगुवाले म कस्तो स्थितिमा छु भन्‍ने देखेर परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाइन्: “यदि तँ निश्‍चित प्रकारको व्यावसायिक काममा निकै दक्ष छस्, र तैँले यो काम अरूले भन्दा अलि लामो समयदेखि गर्दै आएको छस् भने, कठिन कामहरू तँलाई दिइनुपर्छ। तैँले यस कुरालाई परमेश्‍वरबाट आएको हो भनेर स्वीकार गर्नुपर्छ र समर्पित हुनुपर्छ। छानेर लिने र गनगन गर्ने नगर, र यसो नभन्, ‘किन मानिसहरूले सधैँ मेरो लागि अवस्था कठिन बनाइदिन्छन्? तिनीहरूले अरूलाई सजिलो काम, र मलाईचाहिँ गाह्रो काम दिन्छन्। के तिनीहरूले मेरो जीवन कठिन बनाउन खोज्दै छैनन् र?’ ‘तेरो जीवन कठिन बनाउन खोज्नु’ को अर्थ के हो? कार्य बन्दोबस्त हर व्यक्तिको अवस्थासित मिल्ने गरी तय गरिन्छ—सक्‍नेहरूले धेरै काम गर्नुपर्छ। तैँले धेरै कुरा सिकेको छस् र परमेश्‍वरले तँलाई धेरै कुरा दिनुभएको छ, त्यसकारण तँलाई गह्रौँ बोझ दिनु सही हुन्छ। यो तँलाई दुःख दिनका लागि गरिएको हुँदैन, तँलाई दिइएको बोझ तेरो लागि एकदमै सही हुन्छ। यो तेरो कर्तव्य हो, त्यसकारण रोज्‍ने र छान्‍ने, वा इन्कार गर्ने, वा यसबाट पन्छिने प्रयास नगर्। किन तँलाई यो कठिन लाग्छ? वास्तवमा, तैँले यसमा हृदय लगाइस् भने, यसलाई पूरा गर्न सकिहाल्छस्। तँलाई यो कठिन लाग्‍नु, र आफूलाई अनुचित व्यवहार गरिएको, र जानीजानी दुःख दिइएको जस्तो लाग्‍नु भनेको भ्रष्ट स्वभावको प्रकटीकरण हो, यो आफ्‍नो कर्तव्यलाई इन्कार गर्नु, र यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार नगर्नु हो; यो सत्यता अभ्यास गर्नु होइन। जब तँ आफ्‍नो कर्तव्यमा रोज्‍ने र छान्‍ने काम गर्छस्, अनि घिउजस्तो र सजिलो, र आफूलाई राम्रो देखाउने काम गर्छस् भने, यो शैतानको भ्रष्ट स्वभाव हो। यदि तँ आफ्‍नो कर्तव्यलाई स्वीकार गर्न, र समर्पित हुन सक्दैनस् भने, यसले तँ अझै पनि परमेश्‍वरप्रति विद्रोहपूर्ण छस्, र तैँले उहाँलाई विरोध गरिरहेको, इन्कारिरहेको र पन्छाइरहेको छस् भन्‍ने प्रमाणित गर्छ—यो एउटा भ्रष्ट स्वभाव हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यो खण्डले मेरो मन छोयो। अगुवाले मलाई अर्को मण्डलीको काम दिएर मलाई समस्यामा पार्ने प्रयास गरिरहेकी थिइनन्। मैले मलजलको काम गरेको निकै समय भएको थियो, त्यसकारण मैले अलिक बढी परित्याग गर्थेँ भने यो काम गर्न सक्थेँ। आफ्‍नै हितहरूका बारेमा सोच्दै र थप परित्याग गर्न अनिच्‍छुक हुँदै म स्वार्थी भइरहेकी थिएँ। मलाई मैले राम्रो काम गरिनँ भने म नराम्रो देखिनेछु भन्‍ने चिन्ता पनि थियो त्यसकारण म यो काम लिन चाहन्‍नथेँ, र यसलाई इन्कार गरिदिएँ—म आज्ञाकारी थिइनँ। मण्डलीले मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्नेजस्तो महत्त्वपूर्ण काम सुम्पिनु परमेश्‍वरको अनुग्रह र उत्थान थियो। मैले यसलाई निसर्त स्वीकार गरेर सक्दो गर्नुपर्थ्यो। विवेक र समझ भएको व्यक्तिले त्यसै गर्ने थियो। परमेश्‍वरमा भरोसा गरेर अनि साँच्‍चै उहासँग सहकार्य गरेर, मैले काम राम्ररी गर्न परमेश्‍वरको अगुवाइ पाउँछु भन्‍ने मलाई थाहा थियो। त्यसपछि मैले हृदयदेखि परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्‍ना चिन्ताहरूलाई त्यागेर जिम्‍मेवारी लिन तयार भएँ।

पछि मैले केही मनन र खोजी गरेँ। मैले किन सधैँ कर्तव्य इन्कार गर्न र बोझ कहिल्यै वहन नगर्न चाहेँ? मैले परमेश्‍वरको यो वचन पढेँ: “ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि तिनीहरू सुरुमा आफ्‍नै हितहरूलाई विचार गर्छन् र यो सबै विचार गरेपछि मात्रै तिनीहरू काम गर्छन्; तिनीहरू सम्झौता नगरी साँचो रूपमा, इमानदारीपूर्वक र पूर्ण रूपले सत्यतामा समर्पित हुँदैनन्, तर छनौट गरेर अनि सर्तमा मात्रै सो गर्छन्। यो कस्तो सर्त हो? यो तिनीहरूको हैसियत र प्रतिष्ठालाई रक्षा गरिनैपर्छ, र कुनै घाटा हुनै हुँदैन भन्ने सर्त हो। यो सर्त पूरा भएपछि मात्रै तिनीहरू के गर्ने भनेर निर्णय र छनौट गर्छन्। अर्थात् सत्यता सिद्धान्तहरू, परमेश्‍वरका आज्ञाहरू र परमेश्‍वरको घरको कामलाई कसरी लिने वा आफूले सामना गर्ने कुराहरू कसरी सम्‍हाल्‍ने भन्ने कुरालाई ख्रीष्टविरोधीहरू गम्‍भीर रूपमा विचार गर्छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायहरू कसरी पूरा गर्ने, परमेश्‍वरको घरका हितहरूलाई हानि गर्नबाट कसरी बच्‍ने, परमेश्‍वरलाई कसरी सन्तुष्ट तुल्याउने वा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी फाइदा पुऱ्याउने भन्नेबारे विचार गर्दैनन्; यी तिनीहरूले विचार गर्ने कुरा होइनन्। ख्रीष्टविरोधीहरू केलाई विचार गर्छन्? कतै आफ्नो हैसियत र प्रतिष्ठामा असर पो पुग्ने हो कि र प्रतिष्ठा पो घट्ने हो कि भनेर विचार गर्छन्। यदि सत्यता सिद्धान्तहरूअनुसार कुनै काम गर्दा मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्छ, तर तिनीहरूको आफ्‍नै प्रतिष्ठामा धक्का पुग्छ र धेरै मानिसले तिनीहरूको साँचो कद अनि तिनीहरूमा कस्तो प्रकृति सार छ भन्‍ने कुरा थाहा पाउँछन् भने तिनीहरूले अवश्य नै सत्यता सिद्धान्तहरूअनुसार काम गर्नेछैनन्। यदि केही वास्तविक काम गर्दा अझ धेरै मानिसले तिनीहरूको इज्जत गर्छन्, आदर र प्रशंसा गर्छन्, तिनीहरूलाई झन् ठूलो प्रतिष्ठा हासिल गर्न दिन्छन् वा तिनीहरूको बोली अख्‍तियारपूर्ण बन्छ र अझै धेरै मानिसले तिनीहरूको कुरा मान्छन् भने तिनीहरू त्यो काम त्यसरी गर्ने निर्णय गर्छन्; नत्र तिनीहरूले परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितका खातिर आफ्‍नै हितहरूलाई बेवास्ता गर्ने निर्णय कहिल्यै गर्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो। के यो स्वार्थी र घृणास्पद कुरा होइन र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। “मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? तँ किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, ‘अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ।’ यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्‍नै लागि जिउँछन्। ‘अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। मैले यसको उत्तर परमेश्‍वरका वचनहरूमा भेटेँ। म स्वार्थी र छली हुँदै ख्रीष्टविरोधी स्वभावअनुसार जिइरहेको कारण मैले गह्रौँ बोझ लिन चाहेकी थिइनँ। म आफूले गर्ने हरेक कुरालाई आफ्‍ना हितहरूसँग जोड्थेँ, र यसले मेरो हितमा हानि गर्नु हुँदैन भन्‍ने पूर्व सर्त राख्थेँ। मैले परमेश्‍वरको हितलाई ख्याल गरिरहेकी वा मण्डलीको कामलाई कायम राखिरहेकी थिइनँ। मेरो नयाँ मण्डलीमा धेरै विश्‍वासीहरू नियमित रूपमा भेला भइरहेका छैनन् भन्‍ने देख्दा, मैले मेरो कर्तव्यको सफलतामा असर पुग्‍नेछ, र मेरो प्रतिष्ठामा हानि हुनेछ भन्‍ने डर मानेँ। अगुवाले मलाई सुइयुआन मण्डलीको काम जिम्‍मा लिन अनुरोध गर्दा, त्यहाँका नयाँ विश्‍वासीहरूलाई चाँडै मलजल गरिएन भने, तिनीहरू धर्मका पाष्टरहरूको बाधामा परेर छोडिजानेछन् भन्‍ने मलाई थाहा थियो। तर म त्यहाँको मलजलको काम लिन चाहँदिनथेँ। मैले आफ्‍नै लागि नाफा-घाटा तुलना गरिरहेकी थिएँ, र मैले पहिले नै जिम्मा लिएको काम कसरी पूरा गर्ने भनेर मात्रै सोचेँ। त्यसरी, मलाई अत्यधिक तनाव र धेरै दुःख हुने थिएन। मैले अन्त्यमा कुनै कुरा हासिल गर्थेँ भने अरूको स्वीकृति पाउने थिएँ र राम्रो छवि बनाउने थिएँ। म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” जस्तो शैतानी विषको आधारमा जिइरहेकी थिएँ। कुनै कुराको सामना गर्दा, म सुरुमा यो आफ्‍नो प्रतिष्ठाको लागि फाइदाजनक छ कि छैन भनेर सोच्थेँ। यदि मेरो हितमा हानि हुने रहेछ भने, मण्डलीको कामको लागि राम्रो भए पनि, म त्यो काम गर्न चाहन्‍नथेँ। म प्रतिरोध र इन्कार गर्थेँ, र परमेश्‍वरप्रति पटक्‍कै सच्‍चा वा समर्पित हुँदिनथेँ। भर्खरै परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेकाहरूलाई सत्यता थाहा भइसकेको हुँदैन। तिनीहरू पाष्टरले हस्तक्षेप गर्दा छलमा परेर पछि हट्न सक्थे, त्यसकारण मण्डलीले मलाई तिनीहरूलाई मलजल र सहयोग गर्ने काम दिएको थियो। यस्तो मुख्य काम पाउँदा, मैले जिम्‍मेवारी लिएर कर्तव्य पुरा गरिनँ, तर मैले राम्रो काम गरिनँ भने मेरो प्रतिष्ठामा आँच आउनेछ भनेर डराएँ। त्यो त ख्रीष्टविरोधीको जस्तै स्वभाव हो—स्वार्थी, घृणित, र आत्मकेन्द्रित। मलाई पछुतो र ग्‍लानि भयो। मलाई साँच्‍चै परमेश्‍वरप्रति ऋणी अनुभव भयो र म उहाँसँग पश्‍चात्ताप गर्न चाहन्थेँ।

त्यसपछि मैले परमेश्‍वरका अझै धेरै वचनहरू पढेँ: “कुन मापदण्डअनुसार व्यक्तिका कार्य र व्यवहारहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो उसका विचार, प्रकटीकरण, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता जिउने गवाही छ कि छैन भन्‍ने आधारमा गरिन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ निस्सन्देह नै एक दुष्कर्मी होस्। दुष्कर्मीहरूलाई परमेश्‍वरले कसरी लिनुहुन्छ? परमेश्‍वरको नजरमा, तेरा विचार र बाहिरी कार्यहरूले उहाँको गवाही दिँदैनन्, न त ती कुराहरूले शैतानलाई अपमानित र पराजित नै गर्छन्; बरु, ती कुराहरूले त उहाँलाई लज्जित पार्छन्, र ती उहाँको बेइज्जतीका दागहरूले नै भरिएका हुन्छन्। तैँले परमेश्‍वरको गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरप्रति समर्पित गरिरहेको पनि हुँदैनस्, न त तैँले परमेश्‍वरका खातिर आफ्नो जिम्मेवारी र दायित्वहरू नै पूरा गरिरहेको हुन्छस्; बरु, आफ्नै लागि काम गरिरहेको हुन्छस्। यो ‘तेरो आफ्नै लागि’ भन्‍ने वाक्यांशको अर्थ के हो? ठ्याक्‍कै भन्दा, यसको अर्थ हो, शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्‍वरको नजरमा, तेरा कार्यहरू असल कार्य हुनेछैनन्, तिनलाई दुष्ट कार्य मानिनेछ। तिनलाई परमेश्‍वरद्वारा अनुमोदन नदिइने मात्र होइन—बरु दोषीसमेत ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के पाउने आशा लिएको हुन्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। हामीले कति कष्ट भोग्छौँ परमेश्‍वरले त्यसलाई होइन तर हाम्रो हृदयमा के छ र कर्तव्य पूरा गर्दा हामी के प्रकट गर्छौँ, र हामीसँग सत्यता अभ्यास गरेको गवाही छ कि छैन भनी हेर्नुहुन्छ। यदि कर्तव्यमा व्यक्तिको उद्देश्य परमेश्‍वरलाई सन्तुष्ट पार्ने हुँदैन, र उसले सत्यता अभ्यास गर्दै छैन भने, उसले जति नै धेरै दिए पनि, परमेश्‍वरले यसलाई दुष्कर्म गरेको र उहाँ विरुद्ध काम गरेको रूपमा हेर्नुहुन्छ। मेरो मानसिकताले त्यो अवधिमा प्रकट गरेको कुरालाई सोच्दा थाहा भयो, मैले सधैँ आफ्‍नै हितहरूमा केन्द्रित भई सोचिरहेकी र योजना गरिरहेकी हुन्थेँ, र कर्तव्यबाट भाग्‍न चाहिरहेकी हुन्थेँ। मैले मन नलागीनलागी स्वीकार गरे पनि, म जिम्‍मेवार भइरहेकी थिइनँ मैले तालिम दिइनुपर्नेलाई तालिम दिइनँ, र मैले समयमा मलजल नगरेको कारण कति जना नयाँ विश्‍वासीहरू नियमित भेलामा आइरहेका थिएनन्। मेरो मनसाय र व्यवहार परमेश्‍वरको लागि घिनलाग्दो थियो। परमेश्‍वरको नजरमा, मैले दुष्कर्म गरेर उहाँलाई विरोध गरिरहेकी थिएँ। मैले विश्‍वास गरेको वर्षौं भएको थियो र परमेश्‍वरको सत्यताबाट धेरै भरणपोषणको आनन्द प्राप्त गरेकी थिएँ, तर परमेश्‍वरको प्रेमको ऋण तिर्नेबारेमा कहिल्यै सोचिनँ। मण्डलीको काममा सबैभन्दा धेरै सहयोग चाहिएको बेला, मैले गह्रौँ बोझ लिन चाहिनँ। मैले कर्तव्य निभाएर परमेश्‍वरलाई सन्तुष्ट तुल्याइरहेकी थिइनँ। ममा वास्तवमै कुनै विवेक वा मानवता थिएन। मैले मनमनै प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले कर्तव्यमा मण्डलीको काम नगरी नाम र हैसियत मात्रै पछ्याइरहेकी रहेछु। म कति स्वार्थी छु। मैले आफ्‍नो कर्तव्य राम्ररी गरेकी छैन, र म तपाईंप्रति धेरै ऋणी छु। परमेश्‍वर, मलाई अर्को मौका दिनुभएकोमा, धन्यवाद। म पश्‍चात्ताप गरेर यो बोझ लिन चाहन्छु, र विगतका अपराधलाई पूर्ति गर्न कर्तव्यमा सक्दो लागिपर्न चाहन्छु।”

पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ जसले मलाई अभ्यासको मार्ग दियो। परमेश्‍वर भन्नुहुन्छ: “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्‍वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्‍ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्‍वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्‍ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्‍ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूबाट मैले अभ्यासको मार्ग भेट्टाएँ। कुनै कुरा आइपर्दा, मैले आफ्ना हितलाई त्यागेर मण्डलीको हितलाई पहिलो प्राथमिकता दिनुपर्थ्यो। म परमेश्‍वरका वचन मान्‍न, मेरो हितमा बाधा पुगे पनि नपुगे पनि त्यसलाई विचार गर्न छोड्न र अरूले मलाई के सोच्छन् भनी सोच्‍न छोड्न चाहन्थेँ। मैले आफ्‍नो जिम्‍मेवारी पूरा गरेर यो काम लिनुपर्थ्यो। मलाई यो पनि थाहा भयो कि म कहिल्यै चुनौतीपूर्ण काम गर्न चाहन्‍नथेँ, र काम राम्ररी गरिनँ भने अरूले नीच ठान्छन् वा मलाई निराकरण गरिन्छ भन्‍ने डर मान्थेँ। मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायलाई मैले बुझेकी थिइनँ। मलाई अझै गाह्रो काम दिनु परमेश्‍वरको अनुग्रह थियो। मलाई परमेश्‍वरमा आड लिन र समस्या हल गर्नहेतु सत्यता खोजी गर्न सिकाउनलाई परमेश्‍वरले यो चुनौती प्रयोग गरिरहनुभएको थियो। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, गह्रौँ बोझ बोक्‍नु, र कठिनाइको बेला काटछाँट र निराकरण, वा खुलासामा पर्नु सबै असल कुरा हुन्। यी कुराले मलाई मेरो त्रुटि र कमीकमजोरीहरू अझ राम्रोसँग देख्ने मौका दिन्छन् ताकि मैलेआफ्‍नो कमजोरीलाई हटाउनको निम्ति सत्यता खोजी गर्न र त्यसद्वारा सुसज्‍जित हुन अझै ध्यान दिन सकूँ। सत्यतासम्‍बन्धी बुझाइ र जीवनमा प्रगतिको लागि त्यो फाइदाजनक छ। यो परमेश्‍वरको प्रेम हो।

परमेश्‍वरको इच्‍छा बुझेपछि, आफ्‍नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति परिवर्तन भयो। मैले देखेँ कि दुई वटा मण्डलीको काम रेखदेख गर्न, म आफ्‍नै क्षमतामा मात्रै भर पर्न सक्दिनँ। मैले गर्न सक्‍ने कुरा सीमित थिए, त्यसकारण मैले मानिसहरूलाई तालिम दिनमा ध्यान दिनुपर्थ्यो। अझै धेरै ब्रदर-सिस्टरहरूले परमेश्‍वरको इच्‍छा बुझेपछि, तिनीहरूले कर्तव्य लिन सक्थे र काम सहज हुने थियो। त्यसपछि मैले आफ्नो उर्जा महत्त्वपूर्ण काममा लगाउन सक्थेँ। त्यसकारण, मैले मलजलकर्तासँग छलफल गरेर तालिम पाउने मानिसहरू निश्चित गरेँ, अनि तिनीहरूको वास्तविक समस्या र कठिनाइ समाधान गर्न भेलाहरू गराएर परमेश्‍वरको वचनमा सङ्गति गरेँ। केही ब्रदर-सिस्टरहरूले परमेश्‍वरको कामको बारेमा बुझेर विश्‍वास पाएको, र कर्तव्य पूरा गर्न चाहेको देख्दा म छक्‍क परेँ। जब हामीले मिलेर काम गर्‍यौँ, म आफ्‍नो कर्तव्यमा अझै प्रभावकारी भएँ, र कतिपय प्रोजेक्ट चाँडै पूरा भए। तिनीहरूले केही अभ्यास पनि गरे र कर्तव्य निभाउनको लागि थप उर्जा पाए। केही समयसम्‍म मलजल र सहयोग पाएपछि, धेरै नयाँ विश्‍वासीले परमेश्‍वरको कामको बारेमा केही बुझे, साँचो मार्गमा जग बसाले, र सक्रिय रूपमा भेलामा आउन थाले। यो सब देख्दा म निकै उत्प्रेरित हुन्थेँ। मैले आफ्‍नो हितलाई त्यागेर बोझ लिई आफ्‍नो कर्तव्य पूरा गर्न सक्दो गर्न थालेपछि, थाहै नपाई मैले केही प्रगति गर्दै कर्तव्यमा धेरै काम पूरा गरिरहेकी थिएँ। अहिले, मलाई जिम्‍मेवारी लिन डर लाग्दैन, र म सत्यता अभ्यास गरेर परमेश्‍वरलाई सन्तुष्ट पार्न कर्तव्य पूरा गर्न चाहन्छु।

सम्बन्धित विषयवस्तु

अरूलाई संवर्धन गर्दा म प्रकट भएँ

लोगन, दक्षिण कोरियाम मण्डलीमा भिडियोहरू बनाउँछु। कामको बोझ बढेपछि, हाम्रो टोलीमा केही नयाँ ब्रदर-सिस्टरहरू आबद्ध भए। सुपरिवेक्षकले मलाई...

बर्खास्त हुँदा मैले सिकेको पाठ

रिले, अमेरिकापरमेश्‍वरका वचनहरूले भन्छन्: “मानिसहरूको स्वभाव मानिसहरू आफैद्वारा परिवर्तन गर्न सकिँदैन; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्