स्वार्थीपनको समाधान कसरी गर्ने

17 अक्टोबर 2021

झाङ्ग जिङ्ग, चेक गणतन्त्र

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो कुरा तेरा विचारहरू, शब्दहरू, र व्यवहारहरूमा तँसँग सत्यतालाई अभ्यास गर्ने र सत्यता वास्तविकतामा जिउने गवाही छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ दुष्ट कार्य गर्ने व्यक्ति होस् भन्‍ने कुरामा कुनै शङ्का छैन। दुष्ट काम गर्नेहरूलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ? तेरा विचारहरू र बाहिरी कार्यहरूले परमेश्‍वरको साक्षी दिँदैन, न त तिनले शैतानलाई सर्ममा पार्छन् वा शैतानलाई हराउँछन्; यसको साटो, ती कुराले परमेश्‍वरलाई सर्ममा पार्छन्, र परमेश्‍वरलाई लज्जित पार्ने दागहरूले भरिएका छन्। तैंले परमेश्‍वरको लागि गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरको लागि समर्पित गरिरहेको पनि हुँदैनस्, न त तैंले परमेश्‍वरप्रतिको आफ्नो जिम्मेवारी र दायित्वहरूलाई पूरा गरिरहेको हुन्छस्; बरु, तैंले आफ्नै लागि मात्रै काम गरिरहेको हुन्छस्। ‘तेरो आफ्नै लागि’ भन्‍ने वाक्यांशको अर्थ के हो? शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्‍वरको नजरमा तैंले राम्रा कामहरू गरेको छैनस्, बरु तेरो व्यवहार बदलेर दुष्ट बनेको छ। परमेश्‍वरको स्वीकृति प्राप्त गर्नुको सट्टा, तँलाई दोषी ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के प्राप्त गर्न खोज्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरूले हामीलाई के देखाउँछन् भने हामीले आफूलाई समर्पित गर्न सक्छौं र हाम्रो कर्तव्यको लागि थोरै कष्ट भोग्‍न सक्छौं, तर यदि यसमा हाम्रो अभिप्राय परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनु होइन र हामीसँग सत्यता अभ्यासको कुनै पनि गवाही छैन, तर हामीले आफूलाई मात्रै सन्तुष्ट पार्छौं भने, परमेश्‍वरले यसलाई दुष्ट कामको रूपमा लिनुहुन्छ। उहाँको लागि यो घृणास्पद हुन्छ। केही वर्ष पहिलेको कुरा हो, मैले एक जना सिस्टरले मण्डलीको काममा वाधा दिने गरेकी देखेँ, तर मैले सत्यताको अभ्यास गर्ने वा सिद्धान्तहरू लागू गर्ने आँट गरिन। मैले उनलाई रिस उठाउँछु कि भन्‍ने डर थियो। मैले उनका कार्यहरूको बारेमा समयमा नै खुलासा गरेर उजुरी गरिन, र यसले हाम्रो सुसमाचारको काममा असर गर्‍यो। यसमा मेरो पनि गल्ती थियो। यसको बारेमा विचार गर्दा हरेक पटक म ग्‍लानि र आत्मतिरस्कारले भरिन्छु।

२०१८ को मार्च अन्तिमतिर सिस्टर चेन हाम्रो समूहमा समूह अगुवाको रूपमा समावेश भइन्। केही समयपछि, मैले के पत्ता लगाएँ भने, उनले आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी लिँदैन रहेछिन्। कहिलेकहीँ हामीले प्रचार गरेको कुनै व्यक्तिले परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा अनुसन्धान गर्न चाहन्थ्यो र उनले तुरुन्तै सङ्गति र गवाही मिलाउने काम गर्दिनथिइन्। यसले सुसमाचारको कामलाई पछि पार्थ्यो। मैले उनलाई सङ्गति दिनको लागि प्रयास गर्थेँ, तर उनले यस कुरालाई नकरात्मक रूपमा लिनेछिन् भन्‍ने डरले, मैले उनका मामलाहरूको बारेमा बिरलै कुरा उठाउथें। उनले उनको अरू पनि कर्तव्य छ र उनले यो सब गर्न भ्याउँदिनन्, तर भविष्यमा उनले अझै राम्रो गर्नेछिन् भनेर भन्दै कुरा टार्थिन्। उनले यस कुरालाई निकै हल्‍कासाथ लिइरहेकी छिन् भन्‍ने मैले तुरुन्तै देखिहालेँ। उनले समस्याको गम्भीरतालाई देखिनन्। मैले थप कुनै कुरा भन्‍नुपर्छ भन्‍ने मलाई लाग्यो ताकि फेरि यस्तो नहोओस् र मण्डलीको काममा वाधा नपुगोस्। तर मैले मेरो मुख खोल्‍न लागेकै बेला, मैले यो विचार गरेँ, “इन्चार्ज उनी नै हुन्, र म त समूह सदस्य मात्रै हुँ। यदि मैले उनको समस्यालाई औंल्याइदिइन भने के म हदभन्दा बाहिर गइरहेकी छु, अरूको काममा हात हाल्‍ने हुँ भन्‍ने ठानेर, म अहङ्कारी र अनुचित व्यक्ति हुँ भनेर भन्‍नेछैनन् र? यसको बारेमा बिर्सिदिन्छु। म केही पनि भन्‍नेछैन। इन्चार्ज उनी नै हुन्, त्यसकारण यो कर्तव्य कति महत्त्वपूर्ण छ भन्‍ने कुरा उनले जान्‍नुपर्छ। उनले भविष्यमा काम-कुराको समाधान गर्नेछिन्।” मलाई अलिक असहज लाग्यो, तर मैले उनको छेउमा यो कुरा फेरि उठाइन।

केही समयपछि नै सोला फाइड चर्चको एक जना प्रचारकले परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा खोजी-निधो गर्न चाहन्थ्यो। समय निकै अपुग थियो, तर यो महत्त्वपूर्ण क्षणमा, मैले सिस्टर चेनलाई सम्पर्क गर्न सकिन। मैले सङ्गति प्रदान गर्नको लागि हतार-हतार अर्को सुसमाचार समूहको अगुवालाई बोलाएँ। सिस्टर चेनले यसको बारेमा थाहा पाएपछि, उनले यसो भन्दै मलाई हकारिन्, “यसको ख्याल राख्न तपाईंले किन अर्को समूह अगुवालाई ल्याउनुभयो? मैले यो कुरा समयमा नै गर्न नसकेको मेरो समस्या हो र कुनै पनि मामिला मेरै जिम्‍मेवारी हो। अरू कसैलाई नै ल्याउनु सिद्धान्तहरूअनुरूप छैन।” त्यो समयमा, मैले उनको मामिलाको बारेमा सङ्गतिमा उनीसँग कुरा गर्न चाहेको थिएँ तर मैले यो विचार गर्दै मन परिवर्तन गरेँ, “यदि उनले मलाई निराकरण गरेको र मलाई हप्काएको केही समयपछि नै मैले उनको समस्याहरू औंल्याएँ भने, उनले मेरो बारेमा के विचार गर्नेछिन्? हामीले सधैँ एक-अर्कालाई भेट्ने गर्छौं—यदि हामी प्रतिरोधमा रह्यौं भने उनले अवश्य नै मेरो लागि समस्याहरू खडा गर्नेछिन्। यो कुरा बिर्सीदिन्छु। एउटा भए पनि चिन्ता घटाउनु नै राम्रो हो। म मेरो आफ्‍नै कर्तव्य राम्ररी पूरा गर्नेछु।” तब, मैले उनलाई भन्‍न चाहेको कुरा उनीबाट लुकाएँ।

लगभग एक महिनापछि, एउटा इसाई मण्डलीको सहकर्मीले सर्वशक्तिमान् परमेश्‍वरको काममा चासो देखायो। मैले यसको बारेमा सिस्टर चेनलाई धेरै पटक स्मरण गराएँ। मैले भनेँ, “उहाँलाई सङ्गति दिनको लागि तपाईंले कसैलाई खटाउनुपर्छ।” त्यो बेला उनले सहमति जनाइन्, तर कुनै पनि बन्दोबस्त नगरिकन नै दुई दिन बितेको देख्दा म छक्‍क परेँ। मलाई अत्यन्तै रिस उठ्यो। मलाई लाग्यो, “मैले तिमीलाई धेरै पटक बताइसकेको छु र मैले यसमा आतुरी छ भनेर भनेको छु। तिमी किन यसलाई अलिकति पनि गम्‍भीर रूपमा लिँदैनौ? हुँदैन, हाम्रो सुसमाचारको काममा यसरी बाधा पुगेको म हात बाँधेर हेर्न सक्दिन। मैले समूहका दाजुभाइ-दिदीबहिनीहरूसँग यसको बारेमा छलफल गर्नुपर्छ र उनको समस्याको बारेमा हामीले के गर्न सक्छौं हेर्नुपर्छ।” तर अरूसँग सम्पर्कमा आउन लागेको बेला ममा द्वन्दको अनुभूति भयो। यदि सिस्टर चेनले मैले यस कुराको बारेमा सबैसँग छलफल गरिरहेकी थिएँ भन्‍ने थाहा पाइन् भने, मैले उनलाई जानी-जानी निसाना बनाइरहेकी छु भनेर उनले ठान्‍नेछिन्। यदि मैले उनलाई रिस उठाएँ भने उनले बदला लिन सक्छिन् र मलाई मेरो कर्तव्यबाट निकाल्‍ने निहुँ खोज्‍न सक्छिन्। सबैभन्दा अल्गो कीलालाई नै पहिले ठोकिन्छ भन्‍ने मैले विचार गरेँ। मैले अरू कसैले नै यसको बारेमा कुरा नउठाइञ्‍जेलसम्‍म पर्खने निर्णय गरेँ।

त्यही साँझ, सिस्टर चेनले कति वटा कुराहरूलाई त्यतिकै जान दिइन् भन्‍ने बारेमा विचार गर्दा, म अत्यन्तै व्याकुल भएँ, तर अझै पनि बोल्‍ने आँट गरिन। मैले साँच्‍चै नै मेरा जिम्‍मेवारीहरूलाई पूरा गरिरहेकी थिइन। असहज लागेको हुनाले, म प्रार्थनामा परमेश्‍वरको अघि आएँ प्रार्थना गरिसकेपछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “विवेक र तर्कशक्ति दुवै व्यक्तिको मानवताको तत्वहरू हुनुपर्छ। यी दुवै सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण हुन्। अन्तस्करणको कमी भएको र सामान्य मानवजातिको विवेक नभएको व्यक्ति कस्तो प्रकारको मानिस हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवताको कमी भएको, अत्यन्तै कमजोर मानवता भएको एक व्यक्ति हो। यसलाई हामी यसलाई नजिकबाट विश्लेषण गरौं। यस व्यक्तिले पतित मानवताका के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्दछ जसको कारण मानिसहरूले ऊसँग मानवता नै छैन भनेर भन्छन्? त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन्? तिनीहरूले के-कस्ता खास प्रकटीकरणहरू प्रस्तुत गर्छन्? त्यस्ता मानिसहरू तिनीहरूको कार्यहरूमा लापरवाही हुन्छन् र तिनीहरूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्‍वरको भवनको हित विचार गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका इच्छाको बारेमा वास्ता नै राख्छन्। तिनीहरूले परमेश्‍वरको बारेमा गवाही दिने वा तिनीहरूका कर्तव्यहरू पूरा गर्ने भार बोक्दैनन्, र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन। … आफूले गरेको कर्तव्यमा समस्या देखेपछि चुप लागेर बस्‍ने किसिमका मानिसहरू समेत हुन्छन्। तिनीहरू अरूले रोकावट र बाधाहरू उत्पन्न गरेका देख्छन्, तापनि तिनीहरूलाई रोक्न केही पनि गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरको हितको बारेमा रत्तीभर पनि विचार गर्दैनन्, न त तिनीहरूले आफ्नो कर्तव्य र जिम्मेवारीहरूको बारेमा नै सोच्छन्। तिनीहरू आफ्नै गर्व, इज्जत, ओहदा, हितहरू र सम्मानका निम्ति मात्र बोल्छन्, काम गर्छन्, डटेर खडा हुन्छन्, कोसिस गर्छन्, र ऊर्जा खर्च गर्छन्। … के यस प्रकारको मानिसमा विवेक र तर्कशक्ति हुन्छ? के यस्तो व्यवहार गर्ने अन्तस्करण र विवेकहीन व्यक्तिले स्व-निन्दा महसुस गर्छ? यस प्रकारको व्यक्तिको अन्तस्करणले कुनै उद्देश्य पूरा गर्दैन, र तिनीहरूले कहिल्यै पनि स्व-निन्दाको महसुस गर्दैनन्। त्यसो भए, के तिनीहरूले पवित्र आत्माले गर्नुहुने निन्दा वा अनुशासनको महसुस गर्न सक्छन्?” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरू सीधै मेरो हृदयमा पुगे। के परमेश्‍वरले ठीक मजस्तै व्यक्तिलाई खुलासा गरिरहनुभएको थिएन र? ममा विवेक, मानवताको कमी थियो, र मेरो कर्तव्यमा म अजिम्‍मेवार थिएँ। मैले मेरा आफ्‍नै चासोहरूलाई रक्षा गर्न चीसो उदासीनताको आचरण अपनाएको थिएँ। मैले परमेश्‍वरको इच्‍छालाई बुझिरहेको थिइन वा मण्डलीको कामलाई साथ दिइरहेको थिइन। सिस्टर चेन आफ्‍नो कर्तव्यमा गम्‍भीर थिइनन् तर झारा टार्ने काम मात्रै गर्थिन्, र उनले पहिले नै हाम्रो सुसमाचारको काममा हानि गरिसकेकी छिन् भन्‍ने मलाई राम्ररी थाहा थियो। मैले यो कुरालाई सङ्गतिमा उठाउनु पर्नेथियो। तर उनले मलाई मैले आफ्‍नै काममा ध्यान दिनुपर्छ भनेर भन्‍नेछिन् भन्‍ने डर थियो, त्यसकारण मैले उनका समस्याहरूलाई बेवास्ता गरेँ। त्यसपछि उनी अलिकति पनि परिवर्तन भइनन्। उनले आफ्‍नो कर्तव्य त्यसरी पूरा गर्ने शैलीको प्रकृति र परिणामहरूको बारेमा छानबिन गर्नको लागि म फेरि यसको बारेमा उल्‍लेख गर्न चाहन्थेँ, तर मैले उनलाई रिस उठाउनेछु, त्यसपछि उनले मेरो लागि समस्याहरू पैदा गर्नेछिन् र मलाई मेरो कर्तव्यबाट निकाल्‍नेछिन् भन्‍ने कुराको डर मलाई थियो। मैले आँखा चिम्लेँ र यसलाई त्यतिकै छोडिदिएँ। मेरो आफ्‍नै इज्‍जत, हैसियत, र चासोहरूलाई रक्षा गर्नको लागि म परमेश्‍वरको घरको खातिर खडा हुने आँट गरिन, तर समूह अगुवाले आफ्‍नो कर्तव्यमा झारा टार्ने काम गरेको हेरिरहेँ। मेरो विवेक कहाँ थियो? विपत्तिहरू झन्-झन् खराब हुँदैछन्, त्यसकारण अवश्य नै धेरै मानिसहरूले साँचो मार्गको खोजी गरिरहेका छन्। मानिसहरूलाई परमेश्‍वरको आखिरी दिनहरूको मुक्ति स्वीकार गर्न लगाउनु नै मुख्य प्राथमिकताको कुरा हो। तर मैले यसको लागि जिम्‍मेवारी लिइरहेकी थिइन। मैले त आफैलाई रक्षा गर्न चाहन्थेँ, परमेश्‍वरको घरका हितहरूलाई होइन। त्यो परमेश्‍वरको इच्‍छालाई बुझ्‍ने काम होइन। म अत्यन्तै स्वार्थी र घृणित थिएँ। यी विचारहरूले गर्दा मलाई साँच्‍चै नै मैले परमेश्‍वरलाई निराश तुल्याएको छु भन्‍ने लाग्यो। मैले सोचेँ, “मैले यस्तो व्यवहारलाई जारी राख्‍नु हुँदैन। मैले यो समस्या समाधान गर्ने उपाय पत्ता लगाउनुपर्छ।” पछि, यसको बारेमा छलफल गर्नको र हामीले सिस्टर चेनको मामलालाई कसरी सम्‍बोधन गर्न सक्छौं भनेर हेर्नको लागि मैले समूहका केही दाजुभाइ-दिदीबहिनीहरूसँग कुरा गरेँ। सबैले सर्वसम्मत रूपमा उनको बोझ लिइदिनको लागि उनीसँग अर्को व्यक्तिले काम गर्नुपर्छ भन्‍ने कुरामा सहमति जनाए। त्यसरी उनीहरूले एक-अर्कालाई सहायता गर्न र एक-अर्कालाई रेखदेख गर्न सक्थे।

त्यही दिन दिउँसो, मैले सिस्टर चेनलाई फोन गरेँ र हामीले छलफल गरेको कुराको बारेमा बताएँ, अनि उनका हालैका कार्य-प्रस्तुतिको बारेमा र उनले सुसमाचारको काममा पुर्‍याएको क्षतिको बारेमा विस्तृत रूपमा बताएँ। म त छक्‍क परेँ, किनभने आफ्‍नो व्यवहारप्रति सिस्टर चेनलाई कुनै पनि पछुतो वा ग्‍लानि भएन, तर हाम्रो योजनालाई सीधै इन्कार गरिन्। उनले जिद्दी भई उनीसँग काम गर्न कसैको खाँचो नपर्ने पनि बताइन्। उनीसँग कुनै आत्मचेतना छैन भन्‍ने देखेपछि, मैले उनीसँग सङ्गति गर्न जारी राखेँ, तर मेरो कुरा भूइँमा खस्‍न नपाउँदै, काम पर्‍यो भनेर उनले फोन काटिन्। मलाई यस्तो लागिरहेको थियो, “सिस्टर चेनसँग हैसियत छ तर उनले व्यवहारिक काम गर्दिनन् र उनी सहकर्मी चाहँदिनन्। के त्यो त अत्याचार होइन र? यदि यस्तै भइरह्यो भने, परमेश्‍वरको घरको काम पछि पर्नेछ। मैले उनलाई यो समस्याको बारेमा औँल्याउनुपर्छ।” यसपछिको केही दिनसम्‍म, मैले उनलाई सन्देशहरू पठाइरहेँ, तर उनले कहिल्यै पनि प्रतिक्रिया दिइनन्। मैले परमेश्‍वरको घरको काममा वाधा पुगेको हेरिरहेकी थिएँ। यसको बारेमा मण्डली अगुवालाई उजुरी गर्नको लागि अरू समय गुमाउनु हुँदैन भन्‍ने मैले विचार गरिरहेकी थिएँ, तर मैले त्यसो गर्न लागेको बेला, मलाई फेरि पछि सर्न मन लाग्यो। मलाई लाग्यो, “यदि अगुवासँग कुरा गर्ने म नै हुँ भन्‍ने सिस्टर चेनले थाहा पाइन् भने, के हुनेछ? यदि उनलाई रिस उठ्यो र मलाई मेरो कर्तव्यबाट निकाल्‍नको लागि निहुँ पाइन् भने मैले के गर्ने? अनि यदि दाजुभाइ-दिदीबहिनीहरूले मलाई म सधैँ सिस्टर चेनको मामलामा हात हालिरहेकी हुन्छु र मैले उनीसँग निष्पक्ष व्यवहार गरिरहेकी छैन भनेर भने के हुन्छ?” ममा साँच्‍चै द्वन्द्व भइरहेको थियो। यदि मैले केही पनि भनिन भने, मैले समूहको काममा बाधा पुगेको हेरिरहेकी हुनेछु। तर यदि मैले केही बताएँ भने, मैले उनलाई रिस उठाउन सक्छु। ठीक त्यही बेला, म अर्को समूहमा संलग्‍न हुन इच्छुक छु कि भनेर एक जना सिस्टर मकहाँ आइन्। मैले सोचेँ, “अर्को कर्तव्य पूरा गर्नु राम्रो हुनेछ, त्यसपछि म मेरो समूहलाई छोडेर जान सक्छु। मैले हरेक दिन दोषी अनुभव गर्नु र कष्ट भोग्‍नु त पर्नेछैन।” मैले पछि समूहको अर्को सिस्टरलाई मेरा विचारहरू बताएँ। उनले मेरो कुरा सुनेर भनिन्, “हाम्रो समूहको सबैभन्दा उच्‍च सदस्य तपाईं नै हुनुहुन्छ र कामको बारेमा तपाईं नै सबैभन्दा परिचित हुनुहुन्छ। सिस्टर चेनले हाम्रो समूहका मामलाहरूलाई बेवास्ता गरिरहनुभएको छ। के तपाईंलाई यो समूहबाट निस्केर जाने ठीक समय हो भन्‍ने लाग्छ?” उनले यसो भन्दा मलाई निकै नमिठो अनुभूति भयो। मलाई समूहको कामको बारेमा अरूलाई भन्दा राम्ररी थाहा थियो, र मैले परमेश्‍वरको घरको काममा वाधा पुगेको लापरवाही भई हेरिरहेकी थिएँ भन्‍ने मलाई थाहा भयो। मैले देखे पनि नदेखेको जस्तो मात्रै गरेकी थिइन तर म तर्केर जान समेत जान चाहन्थेँ। त्यो परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नु थिएन। म प्रार्थनामा परमेश्‍वरको अघि आएँ र मलाई अगुवाइ गर्नुहोस् भनी उहाँलाई अनुरोध गरेँ।

त्यसपछि मेरो भक्तिका समयहरूमा मैले परमेश्‍वरका वचनहरूको केही खण्डहरू पढेँ। परमेश्‍वर भन्नुहुन्छ, “तैँले सकारात्मकताको पक्षबाट प्रवेश गर्नुपर्छ; सक्रिय होऊ, निष्क्रिय होइन। तँ कुनै पनि परिस्थितिहरूमा, कुनै पनि व्यक्ति वा वस्तुबाट अस्थिर हुनुहँदैन अनि तँ कसैको बोलीबाट प्रभावित हुनुहुँदैन। तँसँग स्थिर स्वभाव हुनुपर्द्छ; मानिसहरूले जेसुकै भने तापनि तैँले जे सत्य हो भनी जान्दछस्, त्यसलाई झट्टै व्यवहारमा उतार्नु पर्छ। कामको बेला सधैँ मेरा वचन तेरो मनभित्र हुनुपर्छ, तँ जोसुकैसँग सम्मुखिन हुनुपरे तापनि, मप्रतिको आफ्नो साक्षीमा तँ दृढ हुनुपर्छ अनि मेरा बोझहरूप्रति सोच-विचार राख्नुपर्छ। मानिसहरूको कुरामा अन्धाधुन्ध सहमति दिँदै, आफ्नो धारणा नराखी तँ अलमल्ल हुनुहुदैन, बरु मबाट नआएका ती कुराहरूको निम्ति तँसँग खडा हुने र विरोध गर्ने आँट हुनुपर्छ। यदि कुनै कुरा गलत छ भन्ने तँलाई प्रष्ट थाहा छ, तर पनि तँ चुप लागेर नै बस्छस् भने, तब सत्यलाई अभ्यासमा ल्याउने व्यक्ति तँ होइनस्। यदि केही कुरा गलत छ भन्ने तँजान्दछ, तर उक्त विषयलाई फनक्कै बंग्याउछस् अनि शैतानले रोक्दछ जसले कुनै असर विना बोल्न लगाउँछ अनि अन्तसम्मै दृढ रहन नसक्ने बनाई बाधा सृजना गर्छ भने, तब यसको अर्थ तँ आफ्नो हृदयमा अझै पनि भय बोक्छस् भन्ने बुझिन्छ। त्यसो भए के यो तेरो हृदय अझै शैतानको विचारहरूले भरेको छ भन्ने होइन?” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय १२”)। “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँको निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरो लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्‍छा पूरा गर्ने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय १३”)। एकपछि अर्को प्रश्‍न पढ्दै जाँदा, मलाई परमेश्‍वर मेरो अघि उभिएर लेखा मागिरहनुभएको जस्तो लाग्यो। हरेक शब्दले प्रहार गरिरहेको थियो। मैले आफूलाई यो पनि प्रश्‍न गरिरहेकी थिएँ, “के मैले परमेश्‍वरको बोझलाई बुझिरहेकी छु? के मैले परमेश्‍वरको लागि धार्मिकताको अभ्यास गरेकी छु? के मैले दृढ रूपमा सत्यताको अभ्यास गरेकी छु?” यी सबैको उत्तर “छैन” भन्‍ने नै थिए। मलाई परमेश्‍वरको अनुग्रहद्वारा यति महत्त्वपूर्ण कर्तव्य पूरा गर्नको लागि यति पदोन्‍नति गरिएको थियो, त्यसकारण मैले कर्तव्य पूरा गर्नुपर्थ्यो र यसलाई राम्ररी कर्तव्य गर्न दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर काम गर्नुपर्थ्यो। समूह अगुवाले बारम्‍बार सुसमाचार कार्यलाई बाधा दिँदै झारा टार्ने काम गरेको मैले देखेँ। तिनी एक झूटो अगुवा थिइन्, जसले व्यवहारिक काम गर्दैनथिइन्। मैले खडा भएर उनको बारेमा उजुरी गर्नु पर्नेथियो। तर उनलाई रिस उठाउने र मेरो कर्तव्य गुमाउने डर मलाई थियो त्यसकारण मैले आँखा चिम्लेँ र परमेश्‍वरको घरको काममा उनले वाधा दिएको हेरेँ। म यसको रक्षा गर्नको लागि खडा भइन। म कति स्वार्थी र धूर्त थिएँ। ममा कुनै न्याय वा जिम्‍मेवारीको बोध थिएन! मैले हरेक पाइलामा मेरो इज्‍जत र हैसियतलाई रक्षा गरेँ। मैले सिस्टर चेनले जस्तो परमेश्‍वरको घरको सुसमाचारको काममा कहिल्यै पनि बाधा नपुर्‍याएको भए पनि, मैले देखेको समस्यामा म चुप लागेँ र सत्यताको अभ्यास गरिन। त्यसलाई परमेश्‍वरको घरको काम तोड्न दिँदै के म शैतानको पक्षमा खडा भइरहेकी थिइन र? के मैले आफूलाई खुवाउने हातलाई चिथोर्दै शैतानको सहयोगीको रूपमा काम गरेर बाहिरको व्यक्तिलाई निगाह गरिरहेकी थिइन र? त्यो विचारले मलाई साँच्‍चै नै आफूप्रति घृणा जगायो। म कसरी यति स्वार्थी, त्यति मानवता रहीत बन्‍न सकेँ? मैले यस्तै व्यवहार गरिरहनु हुँदैन भन्‍ने मलाई थाहा थियो। म आफ्‍नो रक्षा गर्दै अरूलाई चित्त दुखाउँछु कि भनेर सत्य कुरा लुकाएर बस्‍नु हुँदैनथियो। मैले सत्यताको अभ्यास गर्नुपर्थ्यो, म न्यायको बोध भएको व्यक्ति हुनुपर्थ्यो, मैले परमेश्‍वरको पक्षमा खडा भएर उहाँको घरको रक्षा गर्नुपर्थ्यो। त्यो बेला मैले सिस्टर चेनको बारेमा उजुरी गर्ने निर्णय गरेँ। त्यही बेला, एक जना सिस्टरबाट मैले के सुनेँ भने, केही नयाँ विश्‍वासीहरूले झूटो हल्‍लाहरू सुनेपछि तिनीहरू कमजोर र नकारात्मक भए। तिनीहरूसँग सङ्गति गर्न र तिनीहरूको समस्याहरू समाधान गर्नको लागि सिस्टर चेनले कुनै पनि व्यक्तिलाई समयमा नै खटाइनन्, त्यसकारण तिनीहरू भ्रममा परेको कारण तिनीहरूले झण्डै विश्‍वास त्यागेका रहेछन्। यो कुरा सुनेपछि मलाई आफैप्रति घृणा लाग्यो। यो मैले सत्यता अभ्यास नगरेको कारण पैदा भएको भयानक परिणाम थियो! त्यसपछि, समूहका हामीमध्ये केहीले एकसाथ सिस्टर चेनका समस्याहरूका बारेमा मण्डली अगुवालाई बतायौं। उहाँले यसको बारेमा अनुसन्धान गरेपछि उनलाई त्यही दिन हटाउनुभएको देख्दा म छक्‍क परेँ। पछि मलाई अगुवाले यसो भन्दै हप्काउनुभयो, “उनले यति लामो समयसम्‍म कुराहरूमा वाधा गरिरहेकी रहेछिन्; तपाईंले यसको बारेमा कहिल्यै पनि भन्नुभएन?” त्यो कुरा सुनेपछि मलाई झन् पछुतो र ग्‍लानि भयो।

त्यसपछि मैले मनमनै सिस्टर चेन आफ्नो कर्तव्यमा जिम्‍मेवार थिइनन् र परमेश्‍वरको घरको काममा सधैँ बाधा दिन्थिन् भन्‍ने मलाई थाहा भएर पनि मैले किन खडा भएर उनको कहिल्यै खुलासा र उजुरी गरिनँ भन्‍ने बारेमा मनन गरेँ। मैले सत्यता अभ्यास नगर्नुको जड के थियो? मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता हासिल नगरुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै तिमिहरूभित्र शैतानको विष हुनु हो। जहाँसम्म शैतानको विष के हो भन्ने कुरा छ, यसलाई शब्दहरूद्वारा पूर्ण रूपमा अभिव्यक्त गर्न सकिन्छ। उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको तर्क मानिसहरूको जीवन बनिसकेको छ। जेसुकै भए पनि, मानिसहरूले यो आफ्नै लागि मात्र गरिरहेका हुन्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन र दर्शनयही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। शैतानका यी शब्दहरू नै ठ्याक्‍कै शैतानको विष हो र जब मानिसहरूले यसलाई ग्रहण गर्छन्, तब यो तिनीहरूको प्रकृति नै बन्छ। शैतानको प्रकृति यी शब्दहरूबाट उदाङ्गो हुन्छ; यी शब्दहरूले त्यसको पूर्ण रूपमा प्रतिनिधित्व गर्छन्। यो विष मानिसहरूको जीवन र साथसाथै तिनीहरूको अस्तित्वको आधार स्तम्भ बन्छ, र भ्रष्ट मानवजाति हजारौं वर्षदेखि यही विषको प्रभुत्वमा रहिआएको छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”)। परमेश्‍वरका वचनहरूले मलाई सत्यता अभ्यास नगर्नुको कारण भनेको म शैतानका जीवन-दर्शनहरूले भरिएको भएर रहेछ, जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्,” “जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन,” “जति कम समस्या, उति राम्रो,” र “सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ।” यी भनाइहरू धेरै पहिले नै मेरो जीवनको भाग बनिसकेका थिए। ती मेरो प्रकृति बनेका थिए। म स्वार्थी, धूर्त, र आत्म-चासो राख्‍ने व्यक्ति बनेकी थिएँ किनभने म यी कुराहरूअनुसार जिइरहेकी थिएँ। मैले समस्याको सामना गर्दा आफ्‍ना चासोहरूलाई रक्षा नगरी बस्‍न सकिनँ। विश्‍वासी हुनुभन्दा पहिले, मेरो व्यावसायिक र व्यक्तिगत जीवनमा, जब मैले अनायसै कसैलाई चोट पुर्‍याउन सक्छु कि भनेर म मौन बस्थें, चाहे त्यो व्यक्तिले कुनै गल्ती नै गरेको किन नहोस्। विश्‍वासी बनिसकेपछि पनि म यी शैतानी दर्शनशास्‍त्रहरूको आधारमा जिइरहेकी थिएँ। म मेरो कर्तव्यमा मेरा आफ्‍नै चासोहरूको रक्षा नगरी बस्‍न सक्दिनथिएँ, त्यसपछि मैले सत्यताको अभ्यास गर्न सक्दिनथिएँ। त्यसको एउटा उदाहरण सिस्टर चेनको घटना थियो। उनले व्यवहारिक काम गरिरहेकी छैनन् र उनले सुझावहरू लिन सक्दिनन्, तिनी एक झूटो अगुवा हुन् भन्‍ने मलाई थाहा थियो, त्यसकारण मैले खडा भएर उनको बारेमा उजुरी गर्नु पर्नेथियो। तर मेरो उजुरी कहीँ पनि पुग्‍नेछैन र मैले मेरो कर्तव्य गुमाउनेछु भन्‍ने मलाई डर थियो। “सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ,” र “जति कम समस्या, उति राम्रो” जस्ता भनाइहरू नै मेरो जिउने दर्शनहरू थिए। म कायर थिएँ। मैले खडा हुने आँट नगरिकन अजिम्‍मेवार व्यक्तिलाई काममा वाधा पुर्‍याउन दिएँ। म कति स्वार्थी र छली थिएँ। मैले मेरो कर्तव्य पूरा गर्नु र परमेश्‍वरको घरका हितहरूलाई रक्षा गर्नु सकारात्मक कुरा हो र यो परमेश्‍वरको इच्‍छा अनुरूप छ। जब कसैले परमेश्‍वरको घरको काममा बाधा पुर्‍याउँछ, परमेश्‍वरको पक्षमा खडा भएर उहाँको घरका हितहरूलाई रक्षा गर्नुपर्ने समय ठीक त्यही हो। परमेश्‍वरले उहाँका चुनिएका मानिसहरूबाट यही माग गर्नुहुन्छ। यो मेरो कर्तव्य र जिम्‍मेवारी हो। तर मलाई म खतरामा पर्छु, मेरा चासोहरूमा सम्झौता हुन्छ भन्‍ने डर थियो, त्यसकारण मैले परमेश्‍वरको घरको पक्षमा खडा हुने आँट गरिनँ। मैले मेरो कर्तव्य वा जिम्‍मेवारीहरूलाई पूरा गरिनँ। म कस्तो प्रकारको विश्‍वासी थिएँ? मैले आफूलाई खतरामा पारिनँ; मैले शैतानसँग सम्झौता गरेँ र देखेर पनि नदेखे जस्तै गरेँ। मैले अजिम्‍मेवार व्यक्तिलाई परमेश्‍वरको घरको काममा वाधा पुर्‍याउन दिएँ। मैले खडा हुने आँट गरिन। ममा कुनै पनि आँट नै थिएन। म सत्यनिष्ठा वा इज्‍जतविना नै जिइरहेकी थिएँ। सिस्टर चेनले परमेश्‍वरको घरको काममा वाधा पुर्‍याइरहेकी छिन् भन्‍ने कुरा मैले स्पष्ट रूपमा नै देखेकी थिएँ, तर मैले देखे पनि नदेखेको जस्तो मात्रै गरिन तर यसबाट भाग्‍न समेत इच्‍छा गरेकी थिएँ। के त्यो शैतानको पक्षमा खडा हुनु, परमेश्‍वरको विरोध गर्नु होइन र? त्यो परमेश्‍वर विरुद्धको ठूलो अपराध हो। यसको बारेमा विचार गर्दा, मैले सत्यताको अभ्यास गर्न सकेकी रहेनछु र मैले सिस्टर चेनको बारेमा उजुरी गरेँ भने मैले मेरो कर्तव्य गुमाउनेछु भन्‍ने मलाई डर लागेको रहेछ। तर वास्तवमा के भयो भने हामी सबैले सिस्टर चेनको बारेमा उजुरी गरिसकेपछि, उनलाई तुरुन्तै हटाइयो। यो तथ्यले मलाई लाजमा पार्‍यो र यसले मलाई के देखायो भने, परमेश्‍वरको घरमा, ख्रीष्‍ट र सत्यता नै बोलबाला हुन्छ। सत्यताको अभ्यास नगर्ने र परमेश्‍वरको घरको काममा वाधा दिने जोकोही व्यक्ति त्यहाँ खडा हुन सक्दैन। तिनीहरूले पश्‍चात्ताप गरेनन् भने तिनीहरूलाई ढिलोचाँडो हटाइन्छ। तर मैले कुराहरूलाई सत्यताका सिद्धान्तहरूको आधारमा हेरिरहेकी थिइनँ। म त खालि शक्ति र हैसियतको बन्धनमा परेकी थिएँ। मैले इन्चार्जलाई मभन्दा उच्‍च स्तरको व्यक्तिको रूपमा हेरेकी थिएँ अनि यदि मैले उनलाई रिस उठाएँ भने, म परमेश्‍वरको घरमा खडा हुन सक्दिन भन्‍ने मलाई लागेको थियो। मैले परमेश्‍वरको घरलाई निष्पक्षता वा न्याय नै नभएको संसार जस्तै अँध्यारो स्थानको रूपमा ठानेकी थिएँ। के मैले परमेश्‍वरको निन्दा गरिरहेकी थिइन र? परमेश्‍वरले मलाई खुलासा गर्न वातावरणको बन्दोबस्त नगर्नुभएको भए, उहाँका वचनहरूको न्याय र सजाय नभएको भए, मलाई अझै पनि शैतानी दर्शनशास्‍त्रहरूको जियाइबाट के-कस्ता भयानक परिणामहरू आउनेथिए थाहा हुनेथिएन। मैले यसबाट साँच्‍चै नै सिकेको कुरा के हो भने, विश्‍वासी भएको हैसियतले, परमेश्‍वरका वचनहरूमा जिएर, सत्यताको अभ्यास गरेर, अनि सिद्धान्तहरूलाई पालन गरेर यसले मलाई साँच्‍चै नै शान्ति र सौहार्दता दिन्छ। यो विश्‍वासीले गर्नु पर्ने धर्मी कुरा पनि हो। पछि, समूहमा रहेका हामी सबैले हामीले के अनुभव गर्‍यौं र प्राप्त गर्‍यौं भन्‍ने विषयमा सङ्गति गर्‍यौं। हरेकले फरक-फरक हदमा पाठहरू सिकेका रहेछन्, विशेष गरी परमेश्‍वरको धर्मी स्वभावको बारेमा। हाम्रो समूहको काम क्रमिक रूपमा सुधार हुँदै गयो।

त्यसपछिको मेरो कर्तव्यमा, अर्को समूहको अगुवा, सिस्टर लीयुसँगको एक महिनाको सहकार्यमा, उनी अहङ्कारी र एकतन्त्री रहेछिन् भन्‍ने मैले पत्ता लगाएँ। उनले अरू मानिसहरूको सुझावलाई विरलै स्वीकार गर्थिन् र उनले पहिले नै परमेश्‍वरको घरको काममा वाधा पुर्‍याइसकेकी थिइन्। यस पटक मैले यसको बारेमा मण्डली अगुवालाई बताउनुपर्छ भन्‍ने मलाई थाहा थियो। तर त्यसपछि मलाई लाग्यो, “हामीले एकसाथ काम गरेको त्यति लामो समय भएको छैन, त्यसकारण मैले उनलाई त्यति राम्ररी चिनेकी छैन। के यसको बारेमा म गलत हुन सक्छु? यदि मैले यसलाई नियालेँ र उनमा त्यति ठूलो समस्या छैन भन्‍ने पत्ता लगाएँ भने के गर्ने? मण्डली अगुवाले र अरूले मेरो बारेमा के विचार गर्नेछन्? के उनीहरूले मलाई अरूको गल्ती खोतल्‍ने व्यक्ति ठान्‍नेछन्? अनि सिस्टर लीयुले थाहा पाइन् भने मलाई के सोच्‍नेछिन्? होस्, मैले केही पनि भन्‍नु हुँदैन।” मैले यो कुरालाई डाक-छोप गर्न लागेकी थिएँ, तर मलाई साँच्‍चै मेरो विवेकले दोष दिएको जस्तो लाग्यो। यसभन्दा पहिले मैले सिस्टर चेनको बारेमा समयमा नै उजुरी नगरेको कारण कसरी यसले सुसमाचारको काममा सम्झौता गरेको थियो मैले त्यसको बारेमा सम्झें। मलाई त्यसको बारेमा गहन रूपमा पछुतो भएको थियो। मैले सोचेँ, “म स्वार्थी, घृणित तरिकाले जिउनु हुँदैन। यस पटक म पछुताउनेगरि छोड्न सकिदैन।” त्यही बेला मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “आफ्‍नो कर्तव्य पूरा गर्ने सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितको बारेमा विचार गर्नु, र स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, प्रतिष्ठा, र हैसियतलाई त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य पूरा गर्दै गरेको व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य पूरा गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? यो त आफ्नो कर्तव्य पूरा गरेको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, परमेश्‍वरको आफ्नै हितको बारेमा सोच्नुपर्छ, अनि उहाँको कामको बारेमा सोच्नुपर्छ र यी सोचहरूलाई सबैभन्दा पहिलो र प्रमुख ठान्‍नुपर्छ; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी हेर्छन् सो बारेमा सोच्न सक्छस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दियो, जुन मेरो आफ्‍नै चासोहरूलाई विचार नगरी परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दिनु थियो। अरूले मेरो बारेमा के सोच्छन् भनेर मैले विचार गर्नु हुँदैन, तर परमेश्‍वरको घरको कामको लागि सही काम गर्नुपर्छ। हामीले एक-अर्कालाई चिनेको धेरै भएको थिएन र मैले उनलाई त्यति राम्ररी चिनेकी थिइनँ, तर मैले उनको व्यवहारले परमेश्‍वरको घरमा वाधा पुर्‍याएको छ भन्‍ने साँच्‍चै नै देखेकी थिएँ। मैले जे देखेकी थिएँ त्यो मैले बताउनुपर्छ, मेरा मनसायहरूलाई सुधार गर्नुपर्छ, र मेरो कर्तव्य र जिम्‍मेवारीहरूलाई पूरा गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। मैले पछि सिस्टर लीयुका मामलाहरूको बारेमा मण्डली अगुवालाई बताएँ, र अनुसन्धान गरिसकेपछि, उनलाई सिद्धान्तहरू अनुरूप नै निकालियो। मैले यो खबर सुनेपछि मलाई सुनिश्‍चितता र सान्त्वना मिल्यो र मैले परमेश्‍वरको घरका हितहरूलाई साथ दिएकी छु भन्‍ने अनुभव भयो। अर्थपूर्ण रूपमा जिउने एउटै मात्र तरिका भनेको परमेश्‍वरका वचनहरूअनुसार जिउनु हो भन्‍ने कुरालाई पनि मैले साँच्‍चै नै अनुभव गरेँ।

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

पतनअघि अहङकार आउँछ

क्षिन्‍जिए, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले...

मानिसहरूलाई खुसी पार्ने हुनुको सत्यतालाई मैले देखेको छु

नुलि, चीनमैले मेरा इष्टमित्र, परिवार र छिमेकीहरूसित अन्तरक्रियाहरू गर्दा व्यक्तिगत सम्बन्धलाई कायम राख्न निकै प्रयास गर्ने गर्थेँ। म कुनै...

कलेजो क्यान्सरबाट सिकेका पाठहरू

लि योङ्ग, चीनम इसाई भएपछि, म चिनियाँ कम्युनिस्ट पार्टीद्वारा धेरै पटक पक्राउ परेँ तर मैले कहिल्यै प्रभुलाई विश्‍वासघात गरिनँ। मैले केही...

मोआबका सन्तानहरूको परीक्षा

झुवान्वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्