सुसमाचार सुनाउने सही मानसिकता
एकपटक, एक जना ब्रदरले मलाई उनकी बहिनी ली पिङ सानैदेखि विश्वासी हुन्, र तिनले वर्षौँदेखि प्रभुको लागि उत्साहका साथ काम गर्दै आएकी छिन्, र...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २०११ को शरद ऋतुमा, मैले फाङ मिन नाउँ गरेकी एक जना गाउँलेलाई भेटेँ, जो असल मानवता भएकी र निकै दयालु थिइन्। उनले बीस वर्षभन्दा बढी समयदेखि प्रभुमा विश्वास गर्दै आएकी थिइन्, र सधैँ भेलामा सहभागी हुने र बाइबल पढ्ने गर्थिन्। उनी साँचो विश्वासी थिइन्, त्यसैले मैले उनलाई सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको सुसमाचार सुनाउन चाहेँ। त्यतिबेला, मैले परमेश्वरमा विश्वास गरेको धेरै समय भएको थिएन, र मैले थोरै मात्र सत्यता बुझेकी थिएँ, त्यसैले मैले सोङ जिआयिन नाउँ गरेकी एक जना सिस्टरलाई फाङ मिनलाई परमेश्वरका आखिरी दिनहरूको कामको गवाही दिन लगाएँ। आखिरी दिनहरूका परमेश्वरको कामबारे सङ्गति गरेर, र उहाँका वचनहरू पढेर, फाङ मिनले तुरुन्तै अझ अनुसन्धान गर्ने निर्णय गरिन्। त्यतिबेला म धेरै खुसी भएँ। तर केही दिनपछि, म फाङ मिनलाई भेट्न जाँदा, उनले मलाई आफूले अनुसन्धानलाई निरन्तरता दिन नचाहेको बताइन्। उनले भनिन्, “मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेँ र मलाई राम्रो लाग्यो, त्यसैले मैले मेरी आमालाई फोन गरेर प्रभुको पुनरागमनको शुभ समाचार सुनाएँ। मेरी आमाले तिमीहरूले प्रचार गर्ने कुरा ‘पूर्वीय ज्योति’ हो, र मैले यसमा विश्वास गर्नु हुँदैन भन्नुभयो। हाम्रा प्रचारकहरू प्रायः परमेश्वरका वचन र काम सबै बाइबलमा छन्, र परमेश्वरका कुनै वचन र काम बाइबलबाहिर छैनन्। उहाँहरूले पूर्वीय ज्योतिको प्रचार बाइबलबाट बाहिर गएको छ, र यो प्रभुको पुनरागमन हुनै सक्दैन भन्नुहुन्छ।” फाङ मिनलाई उनकी आमा र उनको मण्डलीका प्रचारकहरूले बहकाएको र बाधा दिएको देखेर मैले चिन्तित हुँदै भनेँ, “यदि धार्मिक मानिसहरूले परमेश्वरका वचन र काम बाइबलमा मात्र छन्, र बाइबलबाहिर देखा पर्दैनन् भनी विश्वास गर्छन् भने, के यसले परमेश्वरलाई धर्मशास्त्रमा भएको कुरामा सीमित गरिरहेको हुँदैन र? के साँच्चै परमेश्वरले बाइबलबाहिर नयाँ काम गर्न र नयाँ वचनहरू बोल्न सक्नुहुन्न र? परमेश्वर सृष्टिकर्ता, जीवनको स्रोत हुनुहुन्छ। उहाँ कति सर्वशक्तिमान्, बुद्धिमान् र सम्पन्न हुनुहुन्छ। के एउटा बाइबलले मात्रै परमेश्वरको समग्रतालाई प्रतिनिधित्व गर्न सक्छ र? कसरी बाइबलमा अभिलिखित कुराहरू मात्र परमेश्वरका वचन र काम हुन सक्छन् र? परमेश्वरको काम सधैँ नयाँ हुन्छ र कहिल्यै पुरानो हुँदैन। उहाँको कामको हरेक चरण अघिल्लो चरणमा आधारित हुन्छ, र उहाँले हरेक चरणमा पहिलेभन्दा नयाँ र उच्च काम गर्नुहुन्छ। उदाहरणका लागि, पुरानो करारको व्यवस्थाको युगमा, परमेश्वरले पृथ्वीमा मानिसहरूको जीवनको अगुवाइ गर्न व्यवस्थाहरू जारी गर्नुभयो। तर, नयाँ करारको अनुग्रहको युगमा, परमेश्वरले व्यवस्थाको युगको काम दोहोऱ्याउनुभएन। बरु, व्यवस्थाको युगमा उहाँले गर्नुभएको कामका आधारमा, उहाँले सम्पूर्ण मानवजातिलाई छुटकारा दिन क्रूसीकरणको काम गर्नुभयो। के यो नयाँ काम पुरानो करारमा अभिलिखित छ? छैन। पुरानो करारलाई मात्र मान्नेहरूले प्रभु येशूको नयाँ कामलाई स्वीकार गरेनन्, र तिनीहरू सबै परमेश्वरद्वारा त्यागिए र हटाइए। आखिरी दिनहरूको कामको यो चरणका लागि पनि त्यही कुरा सत्य हो। मुक्तिको कामसम्बन्धी आफ्नो योजनाका आधारमा, परमेश्वरले मानिसहरूको आवश्यकताअनुसार मानिसहरूको पापको समस्यालाई पूर्ण रूपमा समाधान गर्न न्यायको काम गर्नुहुन्छ, ताकि मानिसहरूलाई शुद्ध पार्न सकियोस्। थुमाका पदचापहरू पछ्याएर र परमेश्वरको नयाँ कामलाई स्वीकार गरेर मात्र हामीले परमेश्वरको मुक्ति पाउन र उहाँको राज्यमा प्रवेश गर्न सक्छौँ। तिम्री आमाले परमेश्वरका नयाँ वचनहरू पढेकी छैनन्— उनले नबुझेकीले त्यसो भनेकी हुन्। तिमीले पहिले अनुसन्धान गर्न सक्छौ। अन्धाधुन्ध निर्णय नगर। यदि तिमीले प्रभुको पुनरागमनलाई गुमायौ भने, तिमीले परमेश्वरद्वारा मुक्ति पाउने मौका फेरि कहिल्यै पाउनेछैनौ।” तर मैले जे भने पनि उनले सुन्न मानिनन्। मैले फाङ मिनसँग सङ्गति गर्न अर्को सिस्टरलाई भन्न चाहेँ, तर उनले मानिनन्। उनले आफू केही दिनमा गृहनगर फर्किने र त्यसका लागि रेलको टिकट किनिसकेको पनि बताइन्। मलाई गहिरो चिन्ता लाग्यो—उनी बाधामा परेकी थिइन् र पहिल्यै डगमगाउन थालिसकेकी थिइन्। यदि उनी आफ्नो गृहनगर फर्किन् भने, के उनका पाष्टर र प्रचारकहरूले उनलाई अझ बढी बाधा दिने थिएनन् र? तर फाङ मिनले पहिल्यै निर्णय गरिसकेकी थिइन्, र मलाई थाहा थियो कि उनले त्यतिबेला मैले भनेको कुरा सुन्नेछैनन्, त्यसैले मैले त्यहाँबाट जानुपर्यो।
घर पुगेपछि, फाङ मिन गृहनगर फर्किन लागेकीले उनलाई सुसमाचार प्रचार गर्ने आशा कति कम छ भन्ने सोचेर मेरो विश्वास कम भयो, र सुसमाचार प्रचार गर्न धेरै गाह्रो छ जस्तो लाग्यो। जति सोच्थेँ, उति नै नराम्रो लाग्थ्यो। जब म नकारात्मक हुन थालेकी थिएँ, मैले परमेश्वरका वचनहरू सम्झिएँ: “अनुग्रहको युगमा, येशूले मानिसहरूलाई कृपा र अनुग्रह गर्नुभयो। यदि एक सयमा एउटा भेडा हरायो भने, उहाँले एउटालाई खोज्न उनान्सयलाई छोड्नुहुन्थ्यो। यो हरफले यान्त्रिक कार्यलाई प्रतिनिधित्व गर्दैन, न त नीतिहरूलाई नै प्रतिनिधित्व गर्छ; बरु, यसले मानिसहरूलाई मुक्ति दिने परमेश्वरको आत्तुरी अभिप्राय, साथै तिनीहरूप्रतिको उहाँको गहन प्रेमलाई देखाउँछ। यो काम गर्ने तरिका होइन; यो त एक किसिमको स्वभाव, एक प्रकारको मानसिकता हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू निकै मनछुने थिए। सयवटा भेडामध्ये एउटा मात्र हरायो भने पनि, परमेश्वर उनान्सयवटालाई छोडेर हराएको एउटा भेडा खोज्न जानुहुन्छ। मैले मानिसहरूलाई मुक्ति दिने परमेश्वरको चाहना साँचो र इमानदार छ भन्ने देखेँ। परमेश्वर उहाँमा साँचो विश्वास गर्ने कसैलाई पनि गुमाउन चाहनुहुन्न, मानिसहरूका लागि उहाँको प्रेम अति महान् छ। परमेश्वरका वचनहरू मनन गर्दा मलाई लाज लाग्यो। भ्रष्ट मानवजातिलाई मुक्ति दिन, परमेश्वर देहधारी भएर पृथ्वीमा आउनुभयो र उहाँले ठूलो मूल्य चुकाउनुभयो, यही आशामा कि परमेश्वरका सच्चा विश्वासीहरू उहाँसामु आएर उहाँको मुक्ति स्वीकार गर्नेछन्। तर सुसमाचार प्रचारमा कठिनाइ सामना गर्नुपर्दा म नकारात्मक भएकी र पछि हटेकी थिएँ। मैले परमेश्वरको अभिप्रायलाई कत्ति पनि ख्याल गरेकी थिइनँ। फाङ मिन बहकाउ र बाधामा परेकी भए तापनि, र तिनमा केही धार्मिक धारणाहरू भए तापनि, उनी परमेश्वरमा साँचो विश्वास गर्ने व्यक्ति थिइन्। उनलाई सत्यताबारे सङ्गति दिन, उनका धारणाहरू हटाउन र उनलाई परमेश्वरसामु ल्याउन मैले सक्दो प्रयास गर्नुपर्थ्यो यो मेरो कर्तव्य थियो। मैले परमेश्वरका वचनहरूको अर्को खण्ड सम्झिएँ: “मानिसको हृदय र आत्मा परमेश्वरको पकडभित्र हुन्छन्, र उसको जीवनको सबै थोकमा परमेश्वरले नजर राख्नुहुन्छ। तैँले यो सब कुरामा विश्वास गरे वा नगरे पनि, कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्वरका विचारअनुसार सर्नेछन्, परिवर्तन हुनेछन्, नवीकरण हुनेछन् र लोप हुनेछन्। परमेश्वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्वरको वचनले मलाई विश्वास र शक्ति दियो। सबै कुरा परमेश्वरका हातमा छन्, जसमा मानिसका सोच र विचारहरूसमेत पर्छन्। मानिसको नजरमा, फाङ मिन अहिले बाधित थिइन्, आफ्नो गृहनगर फर्किनेवाला छिन्, र उनलाई सुसमाचार प्रचार गर्ने आशा झिनो थियो। तर, परमेश्वर सबै कुरामाथि सार्वभौम हुनुहुन्छ। यदि उनी परमेश्वरकी भेडा थिइन् भने, उनले परमेश्वरको आवाज बुझ्नेथिइन्। मैले सहयोग गर्न सक्दो कोसिस मात्र गर्न सक्थेँ, र यो मामिलाको अन्त्य नहुञ्जेलसम्म, मैले सजिलै हार मान्नु हुँदैनथ्यो। यो कुरा बुझेपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! फाङ मिन बाधामा परेकी छिन्, र अहिले साँचो मार्गको अनुसन्धान गर्न डराइरहेकी छिन्। म उनलाई तपाईँको हातमा सुम्पन्छु। यदि उनी तपाईँको भेडा हुन् भने, म उनलाई सुसमाचार प्रचार गर्न सक्दो प्रयास गर्न चाहन्छु।” त्यसपछि, मैले थाहा पाएँ कि फाङ मिनले आफ्नो रेल रातिको ९:१० बजेको हो भन्ने सोचेकी थिइन्, तर खासमा त्यो बिहानको ९:१० बजेको थियो, त्यसैले उनी जान सकिनन्। मैले मानिसहरूको हृदय र आत्मा सबै परमेश्वरका हातमा छन्, र परमेश्वरले नै सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ र सबै कुराको बन्दोबस्त गर्नुहुन्छ भन्ने कुरा देखेँ। मैले हृदयमा परमेश्वरलाई बारम्बार धन्यवाद दिएँ, र फाङ मिनलाई सुसमाचार प्रचार गर्न ममा अझ धेरै विश्वास आयो।
त्यसपछि, म फाङ मिनलाई भेट्न गएँ, र उनी अझै पनि आफ्ना धारणाहरूमा टाँसिएको देखेर, मैले उनलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा खण्ड पढेर सुनाएँ: “हामीले परमेश्वरका पदचापहरू खोजिरहेका हुनाले, हामीले परमेश्वरका अभिप्रायहरू, परमेश्वरका वचनहरू, उहाँका वाणीहरू खोज्नुपर्छ। किनभने जहाँ परमेश्वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्वरको आवाज हुन्छ, र जहाँ परमेश्वरका पदचापहरू हुन्छन्, त्यहाँ परमेश्वरका कार्यहरू हुन्छन्; जहाँ परमेश्वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ, र परमेश्वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्वरका पदचापहरू खोज्दा, तिमीहरूले ‘परमेश्वर सत्य, मार्ग र जीवन हुनुहुन्छ’ भन्ने वचनहरूलाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्यता प्राप्त गर्दा पनि, तिनीहरूले परमेश्वरका पदचापहरू भेट्टाएका छन् भनी विश्वास गर्दैनन्, र तिनीहरूले परमेश्वरको देखापराइलाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्वरको देखापराइ मानिसका धारणाहरूसँग मेल खानै सक्दैन, परमेश्वर मानिसले माग गरेअनुसार त झनै देखा पर्न सक्नुहुन्न। परमेश्वरले आफ्नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँले जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, हरेक व्यक्तिलाई उहाँको कामका बारेमा सूचित गर्नु त परै जाओस्। यो परमेश्वरको स्वभाव हो, र अझ भन्ने हो भने, यसलाई सबैले चिन्नैपर्छ। यदि तिमीहरू परमेश्वरको देखापराइ देख्न, परमेश्वरका पाइलाहरू पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्ना धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्वरसँग यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न त झनै हुँदैन। त्यसको सट्टा, तिमीहरूले परमेश्वरका पाइलाहरू कसरी खोज्नुपर्छ, कसरी परमेश्वर देखापराइलाई स्विकार्नुपर्छ, र कसरी परमेश्वरको नयाँ काममा समर्पित हुनुपर्छ भनेर आफैसँग माग गर्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ)। परमेश्वरका वचनहरू पढेर सुनाएपछि, मैले उनीसँग सङ्गति गरेँ, “यदि हामी प्रभुको पुनरागमनलाई स्वागत गर्न चाहन्छौँ भने, हामीले आफ्ना धारणाहरू त्याग्न सिक्नैपर्छ। तिमीलाई थाहा छ कि परमेश्वरका विचारहरू मानिसकाभन्दा बाहिर छन्। परमेश्वरले मानिसका धारणा र कल्पनाहरूअनुसार काम गर्नुहुन्न। ‘परमेश्वरका सबै वचन र काम बाइबलमा छन्, र बाइबलबाहिर ती कुनै पनि देखिँदैन’— के यसको परमेश्वरको वचनमा कुनै आधार छ? छैन। प्रभु येशूले यस्तो कहिल्यै भन्नुभएन, न त पवित्र आत्माले नै यसको गवाही दिनुभएको छ। त्यसैले, के यो मानिसका धारणा र कल्पनाहरूमा आधारित छैन र? जब प्रभु येशू काम गर्न आउनुभयो, फरिसीहरूले प्रभु येशूले कति सत्यता व्यक्त गर्नुभयो भनेर हेरेनन्। बरु, प्रभु येशूका वचनहरू र काम बाइबलभन्दा बाहिर छन् भन्ने सोचेर तिनीहरू पुरानो करारमा टाँसिएर बसे। तिनीहरूले यसलाई नै प्रभु येशूलाई दोषी ठहराउने बहाना बनाए, र अन्तमा उहाँलाई क्रूसमा टाँगेर घोर पाप गरे। हामीले फरिसीहरूको असफलताबाट पाठ सिक्नुपर्छ! परमेश्वरका वचनहरू र काम कहिल्यै कुनै व्यक्ति वा वस्तुद्वारा बाँधिदैनन्, बाइबलद्वारा त झन् बाँधिने कुरै भएन। परमेश्वरले सधैँ आफ्नो व्यवस्थापनको योजना र मानवजातिका आवश्यकताअनुसार अझ धेरै वचनहरू बोल्नुहुन्छ र अझ धेरै नयाँ काम गर्नुहुन्छ। त्यसैले, सर्वशक्तिमान् परमेश्वर नै प्रभु येशूको पुनरागमन हो कि होइन भनी निर्धारण गर्न, हामीले सर्वशक्तिमान् परमेश्वरका वचनहरू र काम बाइबलबाहिर छन् कि छैनन् भनेर हेर्नु हुँदैन। हामीले त सर्वशक्तिमान् परमेश्वरका वचनहरू सत्यता हुन् कि होइनन् र सर्वशक्तिमान् परमेश्वरले मानवजातिलाई मुक्ति दिने काम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेर हेर्नुपर्छ, किनभने परमेश्वर मात्र सत्यता, मार्ग र जीवन हुनुहुन्छ, र परमेश्वरले मात्र मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ। तिमीले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेकी छौ, र तिमीले उहाँको वचनको अख्तियार र शक्तिलाई स्वीकार गरेकी छौ। यसबाहेक, उहाँका वचनहरूले परमेश्वरको छ हजार वर्षे व्यवस्थापनको योजना, बाइबलका रहस्यहरू, स्वर्गको राज्यमा को प्रवेश गर्न सक्छ भन्ने कुरा, र मानवजातिको भविष्यको गन्तव्य प्रकट गर्छन्। यी सत्यताका रहस्यहरू कुनै पनि व्यक्तिलाई थाहा छैन, परमेश्वरले मात्र ती प्रकट गर्न सक्नुहुन्छ…।” तर मैले मेरो सङ्गति पूरा गर्न नपाउँदै, फाङ मिनले मलाई बीचैमा रोकिन् र मलाई थप केही भन्नै दिइनन्। मैले त्यो मेरो सङ्गति स्पष्ट नभएकाले हो भन्ने सोचेँ, त्यसैले त्यसपछि म जिआयिनले फाङ मिनलाई अझ सङ्गति दिऊन् भन्ने चाहन्थेँ, तर फाङ मिन मानिनन्। म धेरै चिन्तित थिएँ। मैले परमेश्वरमा विश्वास गरेको धेरै समय भएको थिएन, थोरै सत्यता बुझेकी थिएँ, र धेरै कुराहरूमा अस्पष्ट रूपमा सङ्गति गरेकी थिएँ। मलाई म उनका समस्याहरू समाधान गर्न सक्दिनँ भन्ने लाग्थ्यो। यी कठिनाइहरूको सामना गर्दा, म पछि हट्न चाहन्थेँ। मैले सोचेँ, “यदि साँच्चै यो गर्न सकिँदैन भने, म रोकिन्छु। यो धेरै गाह्रो छ!” मैले जति सोच्थेँ, उति नै नकारात्मक महसुस गर्थेँ, र घर फर्कने क्रममा, मलाई कत्ति पनि उत्साह लागेन।
एउटा भेलामा, ब्रदर-सिस्टरहरूले मेरो स्थितिबारे थाहा पाए, र उनीहरूले मलाई परमेश्वरको वचनको एउटा खण्ड पढेर सुनाए: “आस्थाले के जनाउँछ? आस्था भनेको मानिसहरूले कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्वरको काम मानव धारणाहरूसँग मेल नखाँदा, त्यो मानवको पहुँचभन्दा बाहिर हुँदा मानिससँग हुनुपर्ने साँचो विश्वास र निष्कपट हृदय हो। मैले यही आस्थाका बारेमा कुरा गरेको हुँ। कष्ट र शोधनका दौरान मानिसहरूलाई आस्थाको खाँचो पर्छ, र जब तिनीहरूसँग आस्था हुन्छ, तब तिनीहरूले शोधन सामना गर्छन्—शोधन र आस्थालाई अलग गर्न सकिँदैन। यदि, परमेश्वरले जसरीसुकै काम गर्नुभए पनि, र तेरो वातावरण जस्तोसुकै भए पनि, तँ जीवन पछ्याउन अनि सत्यता खोजी गर्न, परमेश्वरको कामको ज्ञान पछ्याउन, उहाँका कार्यहरू जान्ने खोजी गर्न सक्छस्, अनि तँ सत्यताअनुसार कार्य गर्न सक्छस् भने, यो नै साँचो आस्था हुनु हो, अनि यसले तैँले परमेश्वरमाथिको आस्था गुमाएको छैनस् भन्ने पुष्टि गर्छ। यदि, तँ शोधनका अवधिमा, सत्यता पछ्याउनमा अडिग रहन, साँच्चै परमेश्वरलाई प्रेम गर्न सक्छस्, र उहाँबारे शङ्काहरू विकास गर्दैनस्, अनि यदि, उहाँले चाहे जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न अझै पनि सत्यता अभ्यास गर्छस्, र भित्री गहिराइमा उहाँका अभिप्रायहरू खोज्न र उहाँका अभिप्रायहरूलाई ख्याल गर्न सक्छस् भने, परमेश्वरमाथि साँचो आस्था हुनु भनेको यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्वरका वचनहरू पढेपछि, एक जना सिस्टरले सङ्गति गरिन्, “यदि हामीलाई सुसमाचार प्रचार गर्नमा कठिनाइहरू आउँदा हामी नकारात्मक बन्छौँ र पछि हट्छौँ भने, यो मुख्यतया हामीले परमेश्वरको अभिप्राय नबुझेकोले हो। वास्तवमा, परमेश्वरले यी कठिनाइहरू हामीमाथि आउन दिनुहुन्छ ताकि हाम्रो आस्थालाई सिद्ध पार्न सकियोस् र हामीले परमेश्वरमा भरोसा गर्न सिक्न सकौँ, र साथसाथै, यी कठिनाइहरूद्वारा, हामीले आफूलाई सत्यताले सुसज्जित पार्न सकौँ र परमेश्वरको कामको गवाही दिन सिकौँ।” परमेश्वरको वचनमाथि उनको सङ्गतिमार्फत, मैले महसुस गरेँ कि सुसमाचार प्रचार गर्दा हामीले सामना गर्ने कठिनाइहरूमा परमेश्वरका असल अभिप्रायहरू हुन्छन्। परमेश्वरले हाम्रो आस्थालाई सिद्ध पार्न र हामीलाई अझ धेरै सत्यता बुझ्न मद्दत गर्न यो प्रयोग गर्न चाहनुहुन्छ। तर जब मलाई कठिनाइ आइपर्यो, परमेश्वरमा भरोसा गर्ने र सत्यता खोजेर फाङ मिनका धारणाहरू समाधान गर्ने र उनलाई परमेश्वरसामु ल्याउनेबारे सोच्नुको सट्टा, म कठिनाइमै अल्झिएर बसेँ, र पछि हट्न र हार मान्न चाहन्थेँ। मैले अझ बढी मेहनत गर्न वा मूल्य चुकाउन चाहिनँ, र मैले परमेश्वरको अभिप्रायलाई बिलकुलै ख्याल गरिनँ। तथ्यहरूले मलाई प्रकट गरेपछि, अन्ततः मैले देखेँ कि ममा परमेश्वरप्रति अलिकति पनि विश्वास रहेनछ, र मेरो कद दयनीय रूपमा सानो रहेछ। मैले परमेश्वरका वचनहरू सम्झिएँ: “मानिसले जति बढी सहकार्य गर्छ, र परमेश्वरले आवश्यक गराउनुभएका मानकहरूको प्राप्तिलाई उनीहरूले जत्ति बढी पछ्याउँछन्, पवित्र आत्माको काम उत्ति नै महान् हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने)। यो साँचो हो, मानिसहरूले जति धैरे सहकार्य गर्छन्, उनीहरूले त्यति नै धेरै पवित्र आत्माको काम पाउँछन्। फाङ मिनले २० वर्षभन्दा बढी समयदेखि प्रभुमा विश्वास गरेकी भए तापनि र उनलाई बाइबलको ज्ञान भए तापनि, मसँग सर्वशक्तिमान् परमेश्वरको वचन थियो। परमेश्वरको वचन सत्यता हो र यसले मानिसका सबै समस्याहरू समाधान गर्न सक्छ। यो बुझेपछि, म साँच्चै परमेश्वरमा भरोसा गर्न र मूल्य चुकाउन, साथै उनका धारणाहरू समाधान गर्न सक्दो प्रयास गर्न तयार भएँ।
त्यसपछि, मैले फाङ मिनले बोकेका धारणाहरूबारे सत्यता बुझ्ने ब्रदर-सिस्टरहरूसँग मद्दत मागेँ, र उहाँहरूले मलाई परमेश्वरको वचनका सम्बन्धित खण्डहरू फेला पार्न मद्दत गर्नुभयो। त्यसपछि, म फेरि फाङ मिनको घर गएँ र उनलाई सर्वशक्तिमान् परमेश्वरका वचनका दुइटा खण्ड पढेर सुनाएँ: “के परमेश्वरको कामका निम्ति नियमहरू प्रयोग गर्नु आवश्यक हुन्छ? के परमेश्वरको काम अगमवक्ताहरूका अगमवाणीअनुसार हुनै पर्छ? आखिरकार, ठूलो के हो: परमेश्वर वा बाइबल? परमेश्वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्ने हुनसक्छ? के परमेश्वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिनलाई ध्यानमा राख्दै र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुहुन्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धुनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा नभएका होइनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी प्रावधानहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ! शबाथका प्रभु हुनुभएकाले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुन्न र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१))। “यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो करार पढ्नुपर्छ; यदि तैँले अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ करार पढ्नुपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्छस् त? तैँले आज परमेश्वरको अगुवाइलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्वर देह बन्नुभएको छ र चीनमा अरू चुनिएका मानिसहरूलाई छान्नुभएको छ। परमेश्वरले यी मानिसहरूमा काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामलाई अघि बढ्नुहुन्छ, र अनुग्रहको युगमा भएको कामलाई निरन्तरता दिँदै अघि बढ्नुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो पृथ्वीमा परमेश्वरको नवीनतम काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्वरले पृथ्वीमा र इस्राएलदेखि बाहिर अझ ठूलो, अझ नयाँ काम गर्नुभएको छ, त्यो इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो भन्ने कुरा मानिसहरूलाई थाहा छैन, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बोध गर्न सक्छन् न कल्पना गर्न नै। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामका बारेमा एउटै कुरा पनि नछुटाई अग्रिम रूपमा कसले लेखेको हुन सक्थ्यो र? त्यो जीर्ण पुरानो पुस्तकको परम्परालाई चुनौती दिने यो अझ ठूलो, अझ बुद्धिमानी काम कसले अभिलेख गर्न सक्थ्यो र? आजको काम इतिहास होइन, र यस्तो भएकोले यदि तैँले आजको नयाँ मार्गमा हिंड्न चाहन्छस् भने तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१))। परमेश्वरका वचनहरू पढेपछि, मैले उनीसँग सङ्गति गरेँ, “तिमी विश्वास गर्छौ कि सर्वशक्तिमान् परमेश्वरका वचनहरू र काम बाइबलमा नभएकाले, उहाँ फर्कनुभएको प्रभु हुनुहुन्न। यो परमेश्वरलाई बाइबलमा भएको कुरामा सीमित तुल्याउनु हो, जुन परमेश्वरलाई सीमित गर्नु हो। पहिले परमेश्वर आउनुभएको हो कि बाइबल आएको हो? के परमेश्वरले सुरुमा स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्नुहुँदा बाइबल अस्तित्वमा थियो? अब्राहामसँग बाइबल थिएन। उनले बाइबलअनुसार परमेश्वरमा विश्वास गरेका थिएनन्। के हामी अब्राहामले परमेश्वरमा विश्वास गरेनन् भन्न सक्छौँ? हामीले यो बुझ्नुपर्छ कि बाइबल केवल परमेश्वरको कामको ऐतिहासिक अभिलेख हो। यो परमेश्वरले आफ्नो काम पूरा गरिसकेपछि र पछिका पुस्ताहरूले सङ्कलन गरेपछि मात्र बनेको हो। जब प्रभु येशू काम गर्न आउनुभयो, त्यसबेला नयाँ करार थिएन। मानिसहरूले पुरानो करार मात्र पढेका थिए। प्रभु येशूले काम गर्नुभएको शताब्दीयौँपछि मात्र पुरानो र नयाँ करार अस्तित्वमा आएका हुन्। यसले प्रमाणित गर्छ कि पहिले परमेश्वरका वचनहरू र काम आए, र त्यसपछि बाइबल लेखियो। यो एउटा तथ्य हो। परमेश्वर आखिरी दिनहरूमा देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ, त्यसोभए उहाँका वचनहरू र काम पहिले नै बाइबलमा कसरी अभिलिखित हुन सक्छन्? यदि हामी प्रभुलाई स्वागत गर्न चाहन्छौँ भने, हामीले बाइबलभन्दा बाहिर जानुपर्छ र परमेश्वरका अहिलेका वचनहरू र कामलाई अनुसन्धान र स्वीकार गर्नुपर्छ। परमेश्वरका पदचापहरू पछ्याउने एउटै तरिका यही हो।” मैले फाङ मिनलाई यी कुराहरू सङ्गति गरेपछि, उनले केही कुरा बुझेजस्तो देखिन्थ्यो, तर उनी अझै पनि अलमल्ल थिइन्, र उनले भनिन्, “सर्वशक्तिमान् परमेश्वरले भन्नुभएको कुरा ठीक हो। पहिले परमेश्वरको काम आएको, र त्यसपछि बाइबल आएको साँचो हो, र म बुझ्छु कि परमेश्वर बाइबलभन्दा महान् हुनुहुन्छ। तर मैले दशकौँदेखि बाइबल पढ्दै आएकी छु, र म यसलाई छोडिहाल्न सक्दिनँ। मैले अझै पनि बाइबल पढ्नुपर्छ।” त्यसपछि, फाङ मिनले मलाई धेरै नयाँ प्रश्नहरू सोधिन्। ती सुनेर मेरो दिमाग खाली भयो— तिनको जवाफ दिन मैले सत्यताका कुन पक्षहरूमा सङ्गति गर्ने भन्ने मलाई थाहा थिएन। घर फर्केपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, उहाँसँग मलाई अन्तर्दृष्टि दिन र मार्गदर्शन गर्न बिन्ती गरेँ। तब मैले महसुस गरेँ कि, मैले स्पष्ट रूपमा सङ्गति गर्न नसके पनि, म उनलाई परमेश्वरका वचनहरू पढेर सुनाउन सक्थेँ। त्यसैले म फेरि उनीसँग सङ्गति गर्न चाहन्थेँ। एक दिन, म उनको घर गएँ, र झ्यालको डिलमा एउटा बाइबल र सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा पुस्तक, दुवै खुला देखेँ। मैले महसुस गरेँ कि फाङ मिनले आफूले सर्वशक्तिमान् परमेश्वरको काम स्वीकार नगरेको बताए पनि, हृदयमा भने उनी यसको अनुसन्धान गर्न चाहन्थिन्, र मैले उनका लागि केही आशा देखेँ।
पछि, फाङ मिन बिरामी परिन् र अस्पतालमा भर्ना भइन्। मैले उनको हेरचाह गर्न र उनलाई परमेश्वरको वचन पढेर सुनाउन आफ्नो कामबाट छुट्टी लिएँ। मालिकले मैले बारम्बार छुट्टी मागेको देखे, त्यसैले उनले जानाजानी मलाई गाली गर्ने बहाना भेट्टाए। सुरुमा, मैले यो सहन सकेँ। मलाई लाग्यो कि मैले थोरै दुःख भोग्नुपरे पनि, यदि फाङ मिनले साँचो मार्ग स्वीकार गर्न सकिन् भने, ठीकै हुनेथियो। तर उनलाई धेरै पटक परमेश्वरको वचन पढेर सुनाएपछि पनि, उनले अनुसन्धान गर्न मानिनन्। यस बिन्दुमा, म फेरि निरुत्साहित भएँ। मलाई मैले यति धेरै मूल्य चुकाएकी छु भन्ने लाग्थ्यो, तर उनले अस्वीकार गरिरहिन्। उनले स्वीकार गर्नलाई मैले कहिलेसम्म प्रचार गर्नुपर्ने हो? म जति सोच्थेँ, उति नै निरुत्साहित महसुस गर्थेँ, र सहकार्य गर्ने मेरो इच्छा झन् कम हुँदै गयो। त्यसपछि, मैले परमेश्वरको वचनमा पढेँ: “के तँलाई तेरा काँधका बोझहरू, तँलाई दिइएको आज्ञा, र तेरो जिम्मेवारीबारे थाहा छ? ऐतिहासिक मिसनप्रतिको तेरो बोध कहाँ छ? अर्को युगको मालिकको भूमिका तैँले कसरी राम्ररी निर्वाह गर्नेछस्? के तँसँग मालिक हुनुको प्रबल भावना छ? यावत् थोकका मालिकबारे कसरी व्याख्या गरिनुपर्छ? के त्यो साँच्चै सारा जीवित प्राणीहरू अनि संसारका सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिका लागि तँसँग के-के योजनाहरू छन्? कति धेरै मानिसहरूले गोठालो गरिन तेरो प्रतीक्षा गरिरहेका छन्? के तेरो कार्य गह्रौँ छ? तिनीहरू दरिद्र, दयनीय, अन्धा छन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई दमन गरेका अन्धकारका शक्तिहरूलाई, उल्काजस्तै गरी अचानक तल झरेर हटाओस् भनी ती मानिसहरू ज्योतिका लागि कति तृष्णा गर्छन्। तिनीहरू त्यसका लागि बेचैनीका साथ आशा गर्छन् र दिन-रात तृष्णा गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्न सक्छ र? ज्योति चम्केर गुज्रने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; तिनीहरूले कहिले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नपाएका यी नाजुक आत्माहरूको दुर्भाग्य भयानक छ, अनि निर्दयी बन्धनहरू र जमेको इतिहासद्वारा तिनीहरूलाई यो स्थितिमा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दुखी स्थिति कसले देखेको छ र? परमेश्वरको हृदय कति दुखी र बेचैन छ भनी के तैँले कहिल्यै विचार गरेको छस्? उहाँले आफ्नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले, त्यस्तो सास्ती भोगेको देख्दा उहाँ कसरी सहन सक्नुहुन्छ? आखिर, मानवजाति विषाक्त पारिएका पीडितहरू नै त हुन्। र मानवजाति आजको दिनसम्म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विषाक्त पारिएको छ भन्ने कुरा कसले थाहा पाएको छ र? के तैँले तँ पीडितहरूमध्येको एक होस् भन्ने बिर्सिस्? के परमेश्वरप्रतिको तेरो प्रेमका कारण, यी सबै बाँचेकाहरूलाई मुक्ति दिनका निम्ति लागिपर्न तँ इच्छुक छैनस्? के तँ मानवजातिलाई आफ्नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्वरलाई प्रतिदान गर्नका निम्ति आफ्नो सारा सामर्थ्य अर्पण गर्न इच्छुक छैनस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?)। परमेश्वरका वचनहरूबाट मैले उहाँको अत्यावश्यक अभिप्राय महसुस गर्न सकेँ। जो शैतानको शक्तिअन्तर्गत जिउँछन् र परमेश्वरसामु आएका छैनन्, परमेश्वर तिनीहरूप्रति चिन्तित र व्याकुल हुनुहुन्छ, र आशा गर्नुहुन्छ कि उहाँमा साँचो विश्वास गर्नेहरूले आखिरी दिनहरूमा मुक्ति प्राप्त गर्न सकून्। परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गर्ने व्यक्तिका रूपमा, मलाई थाहा थियो कि मैले परमेश्वरसामु नआएकाहरूलाई परमेश्वरको घरमा उहाँको मुक्ति स्विकार्न ल्याउनुपर्छ। यो मेरो परम कर्तव्य थियो। अनुग्रहको युगमा, धेरै मानिसहरू सुसमाचार फैलाउन शहीद भए, र अन्तमा, सुसमाचार संसारको हरेक कुनामा फैलियो र सबैलाई थाहा भयो। मैले नोआको बारेमा पनि सोचेँ। जहाज बनाउने परमेश्वरको आज्ञा पूरा गर्न, १२० वर्षसम्म लगातार, उनले त्यस अवधिमा सामना गरेका कठिनाइहरू, उपहास, र अपमानका बाबजुद कहिल्यै हार मानेनन्। अन्तमा, उनले परमेश्वरको आज्ञा पूरा गरे र परमेश्वरको अनुमोदन पाए। नोआमा परमेश्वरप्रति त्यति ठूलो आस्था थियो। मैले सुसमाचार प्रचार गर्दा केही कठिनाइ भोगेकी र केही दुःख सहेकी भए पनि, यी कुराहरू विगतका सन्तहरूले चुकाएको मूल्यको तुलनामा निकै कम थियो। मैले मेरा ब्रदर-सिस्टरहरूले विगतमा मलाई सुसमाचार प्रचार गर्नुभएको समय सम्झिएँ। मैले पनि उहाँहरूलाई बारम्बार अस्वीकार गरेकी थिएँ, र मैले स्वीकार गर्नुअघि उहाँहरूले मलाई धेरै पटक प्रेमले प्रचार गर्नुपरेको थियो। अहिले, मैले किन फाङ मिनलाई अझ धेरै प्रेमले व्यवहार गर्न सकिनँ? उनले अझै सत्यता बुझेकी थिइनन्, र उनी धार्मिक धारणाहरूका बन्धनमा थिइन्, त्यसैले के उनी प्रतिरोधी हुनु सामान्य थिएन र? थोरै गाह्रो भयो भन्दैमा मैले उनीमाथि हार मान्न मिल्दैनथ्यो। यो कुरा महसुस गरेपछि, मलाई गहिरो पछुतो लाग्यो, र मैले परमेश्वरसामु आफ्नो सङ्कल्प राखेँ: सुसमाचार प्रचार गर्दा जस्तोसुकै कठिनाइहरूको सामना गर्नुपरे पनि, म सहकार्य गर्न सक्दो प्रयास गर्नेथिएँ— यो मेरो जिम्मेवारी र मेरो कर्तव्य थियो।
पछि, मैले फाङ मिनको हेरचाह गर्न र उनलाई परमेश्वरका वचनहरू पढेर सुनाउन जारी राखेँ। एक दिन उनले मलाई भनिन्, “यो समयमा तिमीले मलाई पढेर सुनाएका परमेश्वरका वचनहरूमार्फत मैले बुझेँ मानिसहरूले परमेश्वरलाई बाइबलमा भएको कुरामा सीमित गर्नु हुँदैन। परमेश्वरको काम सधैँ नयाँ हुन्छ र कहिल्यै पुरानो हुँदैन, र बाइबलमा भएको कुरा परमेश्वरको विगतको काम हो। यदि परमेश्वर फर्कनुभयो र बाइबलमा अभिलिखित कुराहरू गर्नुभयो भने, तब परमेश्वरको काम दोहोरिनेथियो। त्यसरी त्यसले आफ्नो अर्थ गुमाउनेथियो। जब परमेश्वरले बाइबलभन्दा बाहिरको नयाँ काम गर्नुहुन्छ, जसले प्रभु येशूको छुटकाराको काम स्विकार्ने आधारमा मानिसहरूलाई न्यायको अनुभव गर्न र शुद्ध हुन मद्दत गर्छ, तब मात्र उनीहरूले साँच्चै मुक्ति पाउन सक्छन्। यदि म अझै पनि परमेश्वरको पहिलेको काममा टाँसिरहेँ भने, मैले जीवनभर बाइबल पढे पनि, मैले कहिल्यै सत्यता र जीवन प्राप्त गर्नेछैन। मैले परमेश्वरका पदचापहरू पछ्याउनु र आखिरी दिनहरूमा उहाँको मुक्ति स्वीकार गर्नुपर्छ।” जब मैले अन्ततः फाङ मिनको होस खुलेको देखेँ म धेरै खुसी भएँ। मैले यो पनि देखेँ कि परमेश्वरका भेडाले परमेश्वरको आवाज सुन्छन्। शैतानले उनीहरूलाई जतिसुकै बाधा दिए पनि वा उनीहरूमा जतिसुकै धारणाहरू भए पनि, अन्तमा, उनीहरूले सत्यता स्वीकार गर्नेछन् र परमेश्वरसामु आउनेछन्। त्यसपछि, फाङ मिनले सक्रिय रूपमा परमेश्वरका वचनहरू पढ्न र भेलाहरूमा सहभागी हुन थालिन्, र उनको बिमार बिस्तारै निको हुन थाल्यो। पछि, जिआयिनले फाङ मिनका कठिनाइ र धारणाहरूलाई सम्बोधन गर्न परमेश्वरको वचनमा धेरै सङ्गति दिइन्, र उनी परमेश्वरका आखिरी दिनहरूको कामबारे निश्चित भइन्। उनले मलाई भनिन्, “विगतमा जब तिमीले मलाई परमेश्वरको वचन पढेर सुनाउँथ्यौ, बाहिरी रूपमा मैले तिमीलाई बेवास्ता गरे पनि, वास्तवमा मैले केही कुराहरू मनमा लिइरहेकी थिएँ। मलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा सत्यता छ भन्ने लाग्थ्यो, तर म गलत कुरामा विश्वास गर्छु कि भनेर डराएँ, त्यसैले मैले स्वीकार गर्ने आँट गरिनँ। अब मैले बुझेँ र म स्वीकार गर्न तयार छु!” फाङ मिनलाई परमेश्वरको कामबारे निश्चित भएको देखेर, म धेरै खुसी भएँ, र मैले हरेक व्यक्ति परमेश्वरको घरमा कहिले फर्किन्छ भन्ने कुरा उहाँले कसरी निर्धारण गर्नुहुन्छ भनी गहिरो रूपमा अनुभूत गरेँ। जबसम्म हामी साँच्चै परमेश्वरमा भरोसा गर्छौँ, हामी उहाँका कामहरू देख्न सक्छौँ। पछि, फाङ मिनले आफ्ना साथीहरू र चिनेजानेका मानिसहरूलाई सुसमाचार प्रचार गर्ने प्रस्ताव राखिन्। केही समयको सहकार्यपछि, चौध जनाले परमेश्वरका आखिरी दिनहरूको मुक्ति स्वीकार गरे।
सुसमाचार प्रचारको यो अनुभवमार्फत, मैले साँच्चै परमेश्वरका कार्यहरू देखेँ। यस अवधिमा, मैले धेरै कठिनाइहरू सामना गरे पनि, र कहिलेकाहीँ म नकारात्मक बनेकी र पछि हटेकी भए पनि, मैले महसुस गरेँ कि परमेश्वरले मेरो आस्था र प्रेमलाई सिद्ध पार्न र मलाई अझ धेरै सत्यताले सुसज्जित हुन मद्दत गर्न यो प्रयोग गर्नुभएको रहेछ। मैले यो पनि अनुभव गरेँ कि परमेश्वरमा भरोसा गर्नु र उहाँतर्फ हेर्नु नै सबैभन्दा ठूलो बुद्धि हो। त्यसबेलादेखि, म सुसमाचार प्रचार गर्न र परमेश्वरको गवाही दिन अझ बढी दृढ भएँ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
एकपटक, एक जना ब्रदरले मलाई उनकी बहिनी ली पिङ सानैदेखि विश्वासी हुन्, र तिनले वर्षौँदेखि प्रभुको लागि उत्साहका साथ काम गर्दै आएकी छिन्, र...
म मण्डलीमा मलजल टोलीको अगुवा हुँ। मलाई योग्य र सक्षम टोली अगुवा बन्न चाहने जोकोहीले सबै कुरा आफैँले सम्हाल्नुपर्छ भन्ने लाग्थ्यो, र मैले...
गत डिसेम्बरको एक दिन, भेलापछि, मेरा अगुवाले उदेनाले सधैँ थकित भएको गुनासो गर्ने, काममा सुस्त हुने, मूल्य चुकाउन नमान्ने, र आफ्नो...
सन् २०२१ को मार्चमा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। त्यसपछि मैले सर्वशक्तिमान् परमेश्वरका धेरै...