परमेश्‍वरमा भरोसा गर्नु सबैभन्दा बुद्धिमानी कुरा हो

25 फेब्रुअरी 2023

२०११ को शरद ऋतुमा, मैले गाउँकी साथी फेङ मिनलाई भेटेँ। उनको मानवता राम्रो थियो र उनी निकै दयालु थिइन्, उनले प्रभुमा विश्‍वास गरेको २० वर्षभन्दा बढी भएको थियो, र उनले निरन्तर भेलाहरूमा सहभागिता जनाउने र बाइबल पढ्ने गर्दै आएकी थिइन्। उनी साँचो विश्‍वासी थिइन्, त्यसकारण म उनलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनाउन चाहन्थेँ। त्यो बेला, मैले भर्खरै परमेश्‍वरमा विश्‍वास गरेकी थिएँ, र थोरै मात्र सत्यता बुझेकी थिएँ, त्यसकारण, फेङ मिनलाई परमेश्‍वरका आखिरी दिनहरूको कामको गवाही दिन सिस्टर सोङ जियायिनलाई अनुरोध गरेँ। फेङ मिनले त्यही बेला नै सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामबारे अनुसन्धान गर्ने निर्णय गरिन्। त्यो बेला, म निकै खुसी थिएँ। तर केही दिनपछि, म फेङ मिनलाई भेट्न जाँदा, उनले अनुसन्धानलाई जारी राख्न चाहिनन्। फेङ मिनले भनिन्, “मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेँ र मलाई ती निकै राम्रो लाग्यो, त्यसकारण मैले मेरी आमालाई फोन गरेर प्रभुको पुनरागमनको शुभ समाचार बताएँ। मेरी आमाले भन्‍नुभएको तपाईंले पूर्वीय ज्योतिमा विश्‍वास गर्नुहुन्छ र मैले यसमा विश्‍वास गर्नु हुँदैन अरे। हाम्रा प्रचारकहरूले परमेश्‍वरका वचनहरू र कार्य सबै बाइबलमा नै छन् र बाइबलभन्दा बाहिर परमेश्‍वरका कुनै वचन र काम छैनन्, पूर्वीय ज्योतिको प्रचार बाइबलभन्दा बाहिरको हो, र यो सम्भवतः प्रभुको पुनरागमन हुन सक्दैन भनेर प्रायजसो भन्‍ने गर्छन्।” फेङ मिनलाई उनकी आमाले छल गरेकी छिन् भन्‍ने देखेर, मैले चिन्तित हुँदै भनेँ, “यदि हामी परमेश्‍वरका वचनहरू र काम बाइबलमा छन्, र ती बाइबलभन्दा बाहिर छैनन् भनी विश्‍वास गर्छौँ भने, के यो त परमेश्‍वरलाई धर्मशास्‍त्रमा भएका कुरामा सीमित गर्नु होइन र? के परमेश्‍वरले बाइबलभन्दा बाहिर नयाँ काम गर्न नसक्नु, र कुनै पनि नयाँ वचन बोल्‍न नसक्‍नु सम्भव छ? परमेश्‍वर सृष्टिकर्ता, जीवनका स्रोत हुनुहुन्छ। उहाँ अत्यन्तै सर्वशक्तिमान्, बुद्धिमान्, र विविध हुनुहुन्छ। के बाइबल एकलैले पूर्ण रूपमा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ? बाइबलमा लेखिएका कुरा मात्रै कसरी परमेश्‍वरका वचनहरू र काम हुन सक्छन्? परमेश्‍वरको काम सधैँ नयाँ हुन्छ र कहिल्यै पुरानो हुँदैन। उहाँको कामको हरेक चरण अघिल्‍लो कामको जगमा निर्मित हुन्छ, र हरेक चरणमा उहाँ नयाँ र उच्‍च काम गर्नुहुन्छ। व्यवस्थाको युगमा, परमेश्‍वरले मानिसहरूलाई पृथ्वीमा जिउनका लागि अगुवाइ गर्न व्यवस्था जारी गर्नुभयो। अनुग्रहको युगमा, परमेश्‍वरले व्यवस्थाको युगको कामलाई दोहोर्‍याउनुभएन। बरु, व्यवस्थाको युगको आधारमा उहाँले छुटकाराको काम गर्नुभयो। के यो नयाँ कामबारे पुरानो करारमा लेखिएको छ? छैन। पुरानो करारलाई पालना गरिरहनेहरूले प्रभु येशूको नयाँ कामलाई स्वीकार गरेनन्, र तिनीहरू सबैलाई परमेश्‍वरले त्याग्‍नुभयो र हटाउनुभयो। आखिरी दिनहरूको कामको यो चरणमा पनि यही कुरा लागू हुन्छ। परमेश्‍वरले मुक्तिको कामका निम्ति आफ्नो योजनाको आधारमा, मानिसहरू शुद्ध हुन सकून् भनेर तिनीहरूको पापको समस्यालाई पूर्ण रूपमा समाधान गर्न मानिसहरूका आवश्यकताहरूअनुसार न्यायको काम गर्नुहुन्छ। थुमाका पाइलाहरू पछ्याएर अनि परमेश्‍वरको नयाँ कामलाई स्वीकार गरेर मात्रै हामी परमेश्‍वरको मुक्ति प्राप्त गरेर उहाँको राज्यमा प्रवेश गर्न सक्छौँ। तपाईंकी आमाले परमेश्‍वरका नयाँ वचनहरू देख्‍नुभएको छैन, त्यसकारण उहाँले तपाईंलाई यी कुरा भन्नुभएको हो। तपाईंले पहिला अनुसन्धान गर्नुपर्छ। अन्धाधुन्ध निर्णय नगर्नुहोस्। यदि तपाईंले प्रभुको पुनरागमनलाई छुटाउनुभयो भने, परमेश्‍वरको मुक्ति प्राप्त गर्ने मौका पाउनुहुनेछैन।” तर मैले जे भने पनि, उनले सुन्नेथिइनन्। म अर्की सिस्टरलाई सङ्गति गर्न लगाउन चाहन्थेँ, तर फेङ मिन तिनीहरूलाई भेट्न मान्नेथिइनन्, मलाई मात्रै भेट्न चाहन्थिन्। उनले आफू केही दिनपछि आफ्‍नो गृहनगर फर्किन लागेकी छिन्, र ट्रेन टिकटसमेत लिइसकेकी छिन् भनेर पनि भनिन्। उनी अत्यन्तै व्याकुल र अलिक ढलपल भएकी थिइन्। उनी आफ्‍नो गृहनगर फर्किन् भने, के उनका पाष्टर र प्रचारकहरूले उनलाई अझै बढी बाधा दिनेथिएनन् र? मलाई पनि चिन्ता लाग्यो, तर फेङ मिनले निर्णय गरिसकेकी थिइन्, र मसँग कुनै विकल्‍प थिएन। त्यो बेला मैले भनेको कुरा उनले मान्दिनन् भन्‍ने मलाई थाहा थियो, त्यसकारण म त्यहाँबाट आउनुपर्‍यो।

घर पुगेपछि, मलाई फेङ मिन आफ्‍नो गृहनगर फर्केपछि उनलाई प्रचार गर्ने आशा एकदमै थोरै हुन्छ भन्‍ने लागेर, मेरो विश्‍वास कमजोर भयो र सुसमाचार प्रचार गर्नु अत्यन्तै गाह्रो लाग्यो। मैले यसबारे जति विचार गरेँ मलाई त्यति नै नरमाइलो लाग्यो। मलाई नकारात्मक महसुस हुन थाल्‍नेबित्तिकै, परमेश्‍वरको वचन याद आयो, “अनुग्रहको युगमा, येशूले मानिसहरूलाई दया र अनुग्रह गर्नुभयो। यदि एक सयमा एउटा भेडा हरायो भने, उहाँले एउटालाई खोज्‍न उनान्सयलाई छोड्नुहुन्थ्यो। यो हरफले यान्त्रिक कार्यलाई प्रतिनिधित्व गर्दैन, न त नियमलाई नै प्रतिनिधित्व गर्छ; बरु, यसले मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको आतुरी अभिप्राय, साथै तिनीहरूप्रतिको उहाँको गहन प्रेमलाई देखाउँछ। यो काम गर्ने तरिका होइन; यो त एक किसिमको स्वभाव, एक प्रकारको मानसिकता हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू निकै हृदयस्पर्शी थिए। सयमा एउटा भेडा पनि हराएमा, परमेश्‍वर उनान्सयलाई छोडेर त्यो हराएको भेडालाई खोज्‍नुहुन्छ। मैले मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको इच्छा सच्‍चा र इमानदार छ भन्‍ने देखेँ। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने कसैलाई पनि उहाँ गुमाउन चाहनुहुन्‍न, मानिसहरूप्रति परमेश्‍वरको प्रेम अत्यन्तै महान् छ। मैले परमेश्‍वरका वचनहरूमा मनन गर्दा, मलाई लाज लाग्यो। भ्रष्ट मानवजातिलाई मुक्ति दिन, परमेश्‍वर देहधारी भएर पृथ्वीमा आउनुभयो र ठूलो मोल चुकाउनुभयो, र यो सब परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरू उहाँसामु आउनेछन् र परमेश्‍वरको मुक्ति ग्रहण गर्नेछन् भन्‍ने आशामा गरिएको थियो। तैपनि मलाई प्रचार गर्न गाह्रो हुँदा, म पछि हटेँ र निष्क्रिय भएँ। मैले परमेश्‍वरको इच्‍छालाई पटक्‍कै विचार गरिनँ। फेङ मिन छलमा परेकी र व्याकुल भएकी भए पनि, र उनमा केही धार्मिक धारणाहरू भए पनि, उनी परमेश्‍वरको साँचो विश्‍वासी थिइन्। मैले उनलाई सत्यता बुझ्‍न, उनका धारणाहरू हटाउन, र परमेश्‍वरकहाँ फर्कन सहयोग गर्नको लागि सक्दो गर्नुपर्थ्यो। यो मेरो कर्तव्य थियो। मलाई परमेश्‍वरका वचनहरूको अर्को खण्ड याद आयो, “मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यस कुरालाई विश्‍वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्‍वरको वचनले मलाई आत्मविश्‍वास र बल दियो। मानिसहरूका सोचाइ र विचारलगायत सबै कुरा परमेश्‍वरका हातमा छन्। मानव नजरमा, फेङ मिन अहिले व्याकुल भएकी थिइन्, उनी गृहनगर फर्किनुपरेको थियो, र उनलाई सुसमाचार सुनाउने आशा कम थियो, तर परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ। यदि उनी परमेश्‍वरको भेडा थिइन् भने, तिनले परमेश्‍वरको आवाज बुझ्‍नेथिइन्। मैले गर्न सक्‍ने भनेको सहकार्य गर्न सक्दो गर्नु हो, र अन्त्यसम्‍मै, मैले हार मान्नु हुँदैनथियो। मैले यो बुझेपछि, परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर! फेङ मिन व्याकुल भएकी छिन्, र अहिले उन साँचो मार्ग अनुसन्धान गर्ने आँट गर्दिनन्। म उनलाई तपाईंका हातमा सुम्पन्छु। यदि उनी तपाईंको भेडा हुन् भने, उनलाई सुसमाचार सुनाउन म सक्दो गर्न चाहन्छु।” त्यसपछि, मलाई के थाहा भयो भने, फेङ मिनले उनको ट्रेन राती ९:१० को हो भन्‍ने सोचेकी थिइन्, तर वास्तवमा त्यो बिहान ९:१० बजेको रहेछ, त्यसकारण उनी जान सकिनन्। मानिसहरूको हृदय र आत्मा सबै परमेश्‍वरका हातमा हुन्छन्, र सबै कुरालाई योजनाबद्ध गर्ने र मिलाउने परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने मैले देखेँ। मैले हृदयबाट परमेश्‍वरलाई बारम्‍बार धन्यवाद दिएँ, र फेङ मिनलाई सुसमाचार प्रचार गर्ने अझै बढी आत्मविश्‍वास पाएँ।

त्यसपछि, म फेङ मिनलाई भेट्न गएँ, र उनी अझै पनि आफ्‍ना धारणाहरूमा अल्झिरहेकी छिन् भन्‍ने देखेर, मैले उनलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेर सुनाएँ। “हामीहरू परमेश्‍वरका पाइलाहरूलाई खोजिरहेका भएकाले, यसले हामीलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कामहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छ। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले ‘परमेश्‍वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ’ भन्ने वचनहरू लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्य ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वर देखा पर्नुभएको कुरालाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वर देखा पर्नुहुने कुरा मानिसको धारणाहरूसँग मेल खान सक्दैन, परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्ने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुहुँदा, उहाँले यसको बारेमा कुनै मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, प्रत्येक र हरेक व्यक्तिलाई उहाँको कामको बारेमा सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई अझ भन्ने हो भने सबैले पहिचान गर्नुपर्छ। यदि तिमीहरू परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले आफ्नै सीमित स्थानमा राख्‍न र तिमीहरूका आफ्नै धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पण गर्नुपर्छ आफूले आफैलाई सोध्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले उनीसँग यसो भन्दै सङ्गति गरेँ, “यदि हामी प्रभुको पुनरागमनलाई स्वागत गर्न चाहन्छौँ भने, हामीले हाम्रा धारणाहरू त्याग्‍न सिक्नैपर्छ। तपाईंलाई थाहै छ, परमेश्‍वरका विचारहरू मानव सोचभन्दा पर छन्। परमेश्‍वरले मानव धारणा र कल्‍पनाअनुसार काम गर्नुहुन्‍न। तपाईं सोच्‍नुहुन्छ, परमेश्‍वरका सबै वचन र काम बाइबलमा नै छन्, र बाइबलभन्दा बाहिर ती कुनै पनि देखा पर्दैनन्, तर के परमेश्‍वरको वचनमा यसको आधार छ? छैन। त्यसोभए के यो मानव धारणा र कल्‍पनाहरूमा आधारित होइन र? जब प्रभु येशू काम गर्न आउनुभयो, तब फरिसीहरूले प्रभु येशूले कति धेरै सत्यता व्यक्त गर्नुभएको छ भनेर हेरेनन्। बरु, तिनीहरू पुरानो करारमा नै अल्झिरहे, अनि प्रभु येशूका वचनहरू र काम बाइबलभन्दा बाहिर छन् भन्‍ने सोचे, त्यसकारण तिनीहरूले यसलाई प्रभु येशूलाई दोष दिने बहाना बनाए, र अन्त्यमा, तिनीहरूले प्रभुलाई क्रूसमा टाँगेर जघन्य पाप गरे। हामीले फरिसीहरूको असफलताबाट पाठ सिक्‍नुपर्छ! परमेश्‍वरका वचनहरू र कामलाई कहिल्यै कुनै व्यक्ति वा थोकले सीमित गर्दैन, बाइबलले सीमित गर्नु त परको कुरा हो। परमेश्‍वरले सधैँ आफ्‍नो व्यवस्थापन योजना र मानवजातिको मुक्तिका आवश्यकताहरूअनुसार अझै धेरै वचन बोल्‍नुहुन्छ र अझै धेरै नयाँ काम गर्नुहुन्छ। त्यसकारण, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ कि हुनुहुन्‍न भनेर निर्धारित गर्न, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू र काम बाइबलभन्दा बाहिर जान्छन् कि जाँदैनन् भन्‍ने कुरालाई हेर्न मिल्दैन। हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन् कि होइनन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने काम गर्न सक्‍नुहुन्छ कि सक्‍नुहुन्‍न भन्‍ने कुरालाई हेर्नैपर्छ, किनभने परमेश्‍वर मात्रै सत्यता, बाटो, र जीवन हुनुहुन्छ, र परमेश्‍वरले मात्रै मानवजातिलाई मुक्ति दिन सक्‍नुहुन्छ। तपाईंले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्नुभएको छ, र तपाईं सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको अख्‍तियार र शक्तिलाई स्वीकार गर्नुहुन्छ। यसका साथै, उहाँका वचनहरूले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना, बाइबलका रहस्यहरू, स्वर्गको राज्यमा को प्रवेश गर्न सक्छ भन्‍ने कुरा, र मानवजातिको भावी गन्तव्य प्रकट गर्छन्। सत्यताका यी रहस्यहरू कसैलाई पनि थाहा छैन, र परमेश्‍वरले मात्रै ती प्रकट गर्न सक्‍नुहुन्छ…।” तर मैले मेरो सङ्गति सिध्याउन नपाउँदै, फेङ मिनले मेरो कुरा बीचमै काटे र मलाई थप कुरा भन्‍न दिएनन्। मैले सोचेँ, “के यो मैले एकदमै थोरै सत्यता बुझेकोले र मेरो सङ्गति स्पष्ट नभएकोले हो?” त्यसपछि जियायिनले फेङ मिनलाई थप सङ्गति दिऊन् भन्‍ने म चाहन्थेँ, तर फेङ मिनले मलाई त्यसो गर्न दिइनन्। मलाई निकै चिन्ता लाग्यो। मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भएको थिएन र मैले थोरै मात्र सत्यता बुझेकी थिएँ, तर फेङ मिनले प्रभुमा विश्‍वास गरेको २० वर्षभन्दा बढी भइसकेको थियो, र मैले उनका समस्याहरू समाधान गर्न सकिनँ। यी कठिनाइहरू सामना गर्दा, म पछि हट्न चाहन्थेँ। मैले सोचेँ, “यदि म उनलाई साँच्‍चै प्रचार गर्न सक्दिनँ भने, म छोडिदिन्छु। यो काम अति गाह्रो छ।” मैले यसबारे जति विचार गरेँ, मलाई त्यति नै नकरात्मक महसुस भयो, र घर जाँदै गर्दा, ममा कुनै जोस-जाँगर थिएन।

पछि, एउटा भेलामा ब्रदर-सिस्टरहरूले मेरो स्थितिबारे थाहा पाए, र तिनीहरूले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पढेर सुनाए। “यो ‘विश्‍वास’ भन्‍ने शब्दले केलाई जनाउँछ? विश्‍वास भनेको कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्‍वरको काम मानिसका विचारहरूसँग मेल नखाँदा, त्यो मानव जातिको पहुँचभन्दा पर हुँदा मानव हृदयमा हुने सच्‍चा आस्था र इमानदार हृदय हो। मैले यही विश्‍वासको बारेमा कुरा गरेको हुँ। कठिनाइ र शोधनको समयमा मानिसहरूलाई विश्‍वास चाहिएको हुन्छ, अनि विश्‍वास यस्तो कुरा हो जुन शोधन पछि आउँछ; शोधन र विश्‍वासलाई अलग गर्न सकिँदैन। परमेश्‍वरले जसरी काम गर्नुभए पनि र तेरो वातावरण जस्तोसुकै भए पनि तँ जीवनलाई अनि सत्यतालाई खोजी गर्न अनि परमेश्‍वरको कामको ज्ञानलाई खोज्न, उहाँका कामहरूलाई बुझ्न सक्‍छस्, अनि तँ सत्यताअनुसार कार्य गर्न सक्छस्। यसो गर्नु नै साँचो विश्‍वास हुनु हो, अनि त्यसो गर्दा तैँले परमेश्‍वरमाथिको विश्‍वास हराएको छैनस् भन्ने देखिन्छ। यदि तँ शोधनद्वारा सत्यताको खोजीमा लागिरहन्छस् भने, यदि तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्न सक्छस् र उहाँमा शङ्का गर्दैनस् भने, यदि उहाँले जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न सत्यताको अभ्यास गर्छस् भने, र यदि तँ गहिरो रूपले उहाँको इच्छा खोज्छस् र उहाँको इच्छामा ध्यान दिन्छस् भने मात्र तैँले परमेश्‍वरमा साँचो विश्‍वास प्राप्त गर्न सक्छस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, एक जना सिस्टरले यसो भन्दै सङ्गति दिइन्, “सुसमाचार प्रचार गर्दा कठिनाइहरू आइपरेको बेला हामी निष्क्रिय भयौँ र पछि हट्यौँ भने, यसको मुख्य कारण हामीले परमेश्‍वरको इच्‍छा नबुझेकोले हो। वास्तवमा, परमेश्‍वरले हामीमाथि यस्ता कठिनाइहरू आउन दिनुहुन्छ ताकि हाम्रो विश्‍वास सिद्ध हुन सकोस् र हामीले परमेश्‍वरमा भरोसा गर्न सिकौँ, यसका साथै, यी कठिनाइहरूबाट, हामीले आफूलाई सत्यताले सुसज्‍जित पार्न र परमेश्‍वरको कामको गवाही दिन सिक्न सकौँ।” परमेश्‍वरको वचनबाट उनले गरेको सङ्गतिद्वारा, मैले सुसमाचार प्रचार गर्दा सामना गरेका कठिनाइहरूको पछाडि परमेश्‍वरको असल अभिप्राय लुकेको रहेछ भन्‍ने थाहा पाएँ। परमेश्‍वरले मेरो विश्‍वासलाई सिद्ध तुल्याउन र मलाई अझै बढी सत्यता बुझ्‍न सहयोग गर्न यसलाई प्रयोग गर्न चाहनुहुन्थ्यो। तर मलाई कठिनाइहरू आइपर्दा, फेङ मिनका धारणाहरू समाधान गरेर उनलाई परमेश्‍वरसामु ल्याउनका लागि सत्यता खोजी गर्न परमेश्‍वरमा भरोसा गर्ने बारेमा सोच्‍नुको सट्टा, म कठिनाइको दलदलमा नै डुबेर बसेँ अनि पछि हट्न र हार मान्न चाहेँ। म थप प्रयास गर्न वा मूल्य चुकाउन चाहन्‍नथिएँ, र मैले परमेश्‍वरको इच्‍छाबारे विचार नै गरिनँ। तथ्यहरूले मलाई खुलासा गरेपछि, मैले बल्‍ल परमेश्‍वरमाथि मेरो विश्‍वास नै रहेनछ, र मेरो कद अत्यन्तै सानो छ भन्‍ने थाहा पाएँ। मलाई परमेश्‍वरको यो वचन याद आयो, “र मानिसले जति बढी सहकार्य गर्छ, र उनीहरूले परमेश्‍वरका आवश्यकताहरूका मापदण्डहरूको प्राप्तिको जत्ति बढी खोजी गर्छन्, पवित्र आत्माको काम उत्ति नै महान् हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने)। साँचो हो, मानिसहरूले जति धेरै सहकार्य गर्छन्, तिनीहरूसँग पवित्र आत्‍माको काम त्यति नै हुन्छ। फेङ मिनले प्रभुमा विश्‍वास गरेको २० वर्षभन्दा बढी भएको भए पनि र उनीसँग बाइबलको ज्ञान भए पनि, मसँग सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन थियो। परमेश्‍वरको वचन नै सत्यता हो र यसले सबै मानिसहरूका समस्याहरू समाधान गर्न सक्छ। मैले परमेश्‍वरमा साँचो भरोसा गरेँ र मूल्य चुकाएँ भने, परमेश्‍वरले उनलाई अन्तर्दृष्टि दिनुहुनेथियो।

त्यसपछि, मैले सत्यता बुझेका मानिसहरूसँग फेङ मिनका धारणाहरूबारे खोजी गरेँ, र मेरा ब्रदर-सिस्टरहरूले मलाई परमेश्‍वरको वचनका सम्‍बन्धित खण्डहरू भेट्टाउन सहयोग गरे। त्यसपछि, म फेरि फेङ मिनको घर गएँ र उनलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनका दुईवटा खण्ड पढेर सुनाएँ। “के परमेश्‍वरको कामका निम्ति सिद्धान्त प्रयोग गर्नु आवश्यक हुन्छ? के परमेश्‍वरको काम अगमवक्ताहरूका अगमवाणीअनुसार हुनै पर्छ? त्यसोभए, ठूलो को हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिनलाई ध्यानमा राख्दै र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ। शबाथका प्रभु हुनुभएकोले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुने थिएन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१))। “यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो नियम पढ्नुपर्छ; यदि तैँले अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ नियम पढ्नुपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्न सक्छस् त? तैँले आजको परमेश्‍वरको नेतृत्वलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्‍वर देह बन्नुभएको छ र चीनका अरू चुनिएका मानिसहरूलाई छान्नुभएको छ। परमेश्‍वरले यी मानिसहरूमा काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामबाट अघि बढ्नुहुन्छ, र अनुग्रहको युगमा भएको कामबाट अघि बढ्नुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो परमेश्‍वरले पृथ्वीमा भर्खरै गर्नुभएको काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्‍वरले पृथ्वी र इस्राएलदेखि बाहिर अझ ठुलो, अझ नयाँ काम गर्नुभएको छ भनी मानिसहरूलाई थाहा छैन, जुन इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामको बारेमा एउटै कुरा पनि नछोडी अग्रिम रूपमा कसले लेख्न सक्थ्यो र? त्यो जीर्ण पुरानो पुस्तकको परम्परालाई चुनौती दिने यो अझ शक्तिशाली, अझ बुद्धिमानी काम कसले अभिलेख गर्न सक्थ्यो र? आजको काम इतिहास होइन, र यस्तो भएकोले यदि तैँले आजको नयाँ मार्गमा हिंड्न चाहन्छस् भने तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले उनीसँग यसो भन्दै सङ्गति गरेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू र काम बाइबलमा छैनन्, उहाँ फर्कनुभएका प्रभु हुनुहुन्‍न भन्‍ने तपाईंको विश्‍वास छ। यो त परमेश्‍वरलाई बाइबलमा लेखिएको कुरामा सीमित गर्नु हो, जुन परमेश्‍वरलाई हदबन्दी गर्नु हो। परमेश्‍वर पहिले आउनुभएको हो कि बाइबल? परमेश्‍वरले सुरुमा स्वर्गहरू, पृथ्वी, र यावत् थोक सृष्टि गर्नुहुँदा बाइबल अस्तित्वमा थियो? अब्राहामसँग बाइबल थिएन। तिनले बाइबलको आधारमा परमेश्‍वरलाई विश्‍वास गरेका थिएनन्। के हामी अब्राहामले परमेश्‍वरलाई विश्‍वास गर्दैनथिए भनेर भन्‍न सक्छौँ? हामीले के कुरा बुझ्नैपर्छ भने, बाइबल परमेश्‍वरको कामको ऐतिहासिक विवरण मात्रै हो। परमेश्‍वरले आफ्‍नो काम पूरा गर्नुभएपछि पछिका लेखकहरूले सङ्कलन र सम्पादन गरेर यसको रचना गरेका थिए। प्रभु येशू काम गर्न आउनुहुँदा, नयाँ करार थिएन। मानिसहरूले पुरानो करार मात्रै पढेका थिए। प्रभु येशूले काम गर्नुभएको शताब्दीयौँपछि मात्रै पुरानो र नयाँ करारलाई एउटैमा सङ्कलित गरिएको थियो। यसले परमेश्‍वरका वचनहरू र काम नै पहिले आए र त्यसपछि मात्रै बाइबल लेखियो भन्‍ने कुरा प्रमाणित गर्छ। तथ्य यही हो। आखिरी दिनहरूमा परमेश्‍वर देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ, त्यसकारण उहाँका वचनहरू र कामलाई कसरी बाइबलमा अग्रिम रूपमा लेख्‍न सकिन्थ्यो? यदि हामी प्रभुलाई स्वागत गर्न चाहन्छौँ भने, हामी बाइबलभन्दा बाहिर जानैपर्छ अनि परमेश्‍वरका वर्तमान वचनहरू र कामको खोजी र अनुसन्धान गर्नैपर्छ। परमेश्‍वरका पाइलाहरू पछ्याउने एउटै मात्र तरिका यही हो!” मैले फेङ मिनलाई यी कुराहरूबारे सङ्गति दिइसकेपछि, उनले यसमध्ये केही कुरा बुझिन् जस्तो देखिन्थ्यो, तर उनी अझै अन्योलमा थिइन्, र उनले भनिन्, “सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्‍नुभएको कुरा सही हो। परमेश्‍वरको काम पहिले आयो, अनि मात्रै बाइबल आयो भन्‍ने कुरा साँचो हो, र परमेश्‍वर बाइबलभन्दा ठूलो हुनुहुन्छ भन्‍ने कुरा म बुझ्छु। तर मैले दशकौँदेखि बाइबल पढ्दै आएकी छु, र म यसलाई त्यतिकै छोड्न सक्दिनँ। मैले अझै पनि बाइबल पढ्नुपर्छ।” त्यसपछि, फेङ मिनले मलाई केही नयाँ प्रश्‍नहरू सोधिन्। सुरुमा यी प्रश्‍नहरू सुन्दा अलिक अलमलिएकी थिएँ। उनका प्रश्‍नहरूको उत्तर दिन सत्यताको कुन पक्षबारे सङ्गति गर्ने मलाई थाहा थिएन। घर फर्केपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेर अन्तर्दृष्टि र डोऱ्याइ मागेँ। त्यसपछि मलाई फेरि फेङ मिनसँग सङ्गति गर्न मन लाग्यो। एक दिन, म फेङ मिनको घर गएँ र मैले खोलिएको बाइबल र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू झ्यालको फेदमा बनाइएको तखतामा राखिएको देखेँ। फेङ मिनले यस कुरालाई स्वीकार गर्दिनँ भनेर भनेको भए पनि, हृदयमा चाहिँ सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामबारे अनुसन्धान गर्न चाहेकी रहेछिन्, र मैले उनमा केही आशा देखेँ।

पछि, फेङ मिन बिरामी भइन् र अस्पताल भर्ना भइन्। मैले उनको हेरचाह गर्न र उनलाई परमेश्‍वरको वचन पढेर सुनाउनका लागि आफ्‍नो कामबाट बिदा लिएँ। मैले बारम्‍बार बिदा लिएको देखेपछि, हाकिमले मलाई विभिन्‍न बहानामा जानाजानी हप्काउँथे। सुरुमा त, मैले यो सहन सकेँ। मैले अलि कष्ट भोगे पनि, फेङ मिनले साँचो मार्गलाई स्वीकार गर्न सकिन् भने त यो केही पनि होइन भन्‍ने लाग्थ्यो। तर फेङ मिनलाई धेरैपटक परमेश्‍वरको वचन पढेर सुनाइसकेपछि पनि, उनले अनुसन्धान गर्न मानिनन्। त्यो बेला, म अलिक निरूत्साहित भएँ। मलाई के लाग्यो भने मैले यस्तो मूल्य चुकाएकी छु, तर उनले मेरो कुरा निरन्तर इन्कार गर्छिन्। उनले स्वीकार नगरेसम्म मैले कति लामो समयसम्‍म प्रचार गर्नुपर्ने? मैले यसबारे जति विचार गरेँ, मलाई त्यति नै निराश लाग्यो, र सहकार्य गर्न मन लाग्‍न छोड्यो। त्यसपछि, मैले परमेश्‍वरको यो वचन पढेँ, “के तेरा काँधका बोझहरू, तेरो कार्यभार, र तेरो जिम्‍मेवारीबारे तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगमा मालिकको रूपमा तैँले कसरी पर्याप्त रूपमा सेवा गर्नेछस्? के तँमा मालिकपनको बलियो आभास छ? यावत् थोकका मालिकको बारेमा तैँले कसरी व्याख्या गर्नेछस्? के यो साँच्‍चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूका गोठालो हुनका लागि प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू अन्धकारमा बिलौना गरिरहेका गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू हराएका छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्का झैँ अचानक ज्योति तल झरेर हटाओस भनी ति मानिसहरु कति तड्पिन्छन्। तिनीहरूले यसको लागि उत्सुकताका साथ जुन हदसम्‍म आशा गर्छन्, र दिन-रात यसको लागि जसरी विलाप गर्छन् त्यो कसले जान्‍न सक्छ र? ज्योति चम्‍केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? कसले तिनीहरूलाई तिनीहरूको दयनीय अवस्थामा हेरेको छ र? परमेश्‍वरको हृदय कति शोकित र व्याकुल छ भन्‍ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्‍न सक्‍नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्‍ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्‍ने तैँले बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमको खातिर, यी बाँचेकाहरूलाई मुक्तगर्ने प्रयास गर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरको ऋण तिर्न आफ्‍नो सारा ऊर्जा अर्पण गर्न इच्‍छुक छैनस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ तेरो भविष्यको मिसनमा कसरी संलग्‍न हुनुपर्छ?)। परमेश्‍वरका वचनहरूबाट हामी उहाँको आतुरी इच्‍छा महसुस गर्न सक्छौँ। शैतानको अधीनमा जिउने र परमेश्‍वरको अघि नआएका मानिसहरूका लागि, परमेश्‍वरलाई चिन्ता र बेचैनी लाग्छ, र मानिसहरूले आखिरी दिनहरूको मुक्ति प्राप्त गर्न सकून् भन्‍ने परमेश्‍वर आशा गर्नुहुन्छ। परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेको व्यक्तिको रूपमा, मैले परमेश्‍वरको अघि नआएका मानिसहरूलाई उहाँको मुक्ति स्वीकार गर्न परमेश्‍वरको घरमा ल्याउनुपर्छ भन्‍ने मलाई थाहा थियो। यो मेरो जिम्‍मेवारी थियो। अनुग्रहको युगमा, सुसमाचार प्रचार गर्ने क्रममा धेरै मानिसहरू शहीद भए, र अन्त्यमा, संसारको हरेक कुनामा र सबै मानिसहरूकहाँ सुसमाचार पुग्यो। परमेश्‍वरको आज्ञा पूरा गर्न जहाज निर्माण गर्ने नोआबारे पनि मलाई याद आयो। तिनले १२० वर्षसम्‍म निरन्तर, र यो अवधिमा कठिनाइ, गिल्‍ला, र निन्दा भोग्नुपरे पनि, हरेस खाएनन्। अन्त्यमा, तिनले परमेश्‍वरको आज्ञा पूरा गरेर उहाँको अनुमोदन प्राप्त गरे। परमेश्‍वरमाथि नोआको विश्‍वास यति ठूलो थियो। सुसमाचार प्रचार गर्दा मैले केही कठिनाइ भोग्‍नुपरेको र केही कष्ट सहनुपरेको भए पनि, यी त युगौँदेखि सन्तहरूले तिरेको मूल्यको एक छेउ पनि थिएनन्। मेरा ब्रदर-सिस्टरहरूले मलाई सुसमाचार सुनाएको घटनाबारे मैले स्मरण गरेँ। मैले पनि तिनीहरूलाई बारम्बार इन्कार गरेकी थिएँ, र तिनीहरूले मलाई धेरैपटक प्रचार गरेपछि मात्रै मैले यसलाई स्वीकार गरेकी थिएँ। अहिले, मैले किन फेङ मिनलाई तिनीहरूले जत्तिकै प्रेमपूर्वक व्यवहार गर्न सकेकी छैनँ? उनले अझै पनि सत्यता बुझेकी थिइनन्, र उनी धार्मिक धारणाहरूको बन्धनमा थिइन्, त्यसकारण के उनले प्रतिरोध गर्नु सामान्य थिएन र? अलिकति गाह्रो भयो भन्दैमा मैले उनलाई छोड्नु हुँदैनथियो। यो बुझेपछि, मलाई गहन पछुतो भयो, र मैले परमेश्‍वरसँग शपथ खाएँ: सुसमाचार प्रचार गर्ने क्रममा मैले जे-जस्ता कठिनाइहरू सामना गरे पनि, सहकार्य गरेर सुसमाचार प्रचार गर्न म सक्दो गर्नेछु। यो मेरो जिम्‍मेवारी र कर्तव्य थियो।

पछि, मैले फेङ मिनलाई निरन्तर हेरचाह गरेँ र परमेश्‍वरका वचनहरू पढेर सुनाएँ। एक दिन उनले मलाई यसो भनिन्, “तपाईंले यो अवधिमा मलाई पढेर सुनाएका परमेश्‍वरका वचनहरूबाट मैले मानिसहरूले परमेश्‍वरलाई बाइबलमा लेखिएको कुरामा सीमित गर्नु हुँदैन भनेर बुझेँ। परमेश्‍वरको काम सधैँ नयाँ हुन्छ र कहिल्यै पुरानो हुँदैन, र बाइबलमा भएको कुरा परमेश्‍वरको विगतको काम हो। यदि परमेश्‍वर फर्केर आउनुभयो र बाइबलअनुसार काम गर्नुभयो भने, उहाँको काम दोहोरिनेथियो। त्यसरी त यसले अर्थ गुमाउनेथियो। परमेश्‍वरले बाइबलभन्दा बाहिर नयाँ काम गर्नुभयो, प्रभु येशूको छुटकाराको कामलाई स्वीकार गरेको आधारमा मानिसहरूलाई न्यायबाट गुज्रन र शुद्ध हुन मौका दिनुभयो भने मात्रै, तिनीहरूले साँचो अर्थमा मुक्ति पाउन सक्छन्। यदि म अझै पनि परमेश्‍वरको पहिलेकै काममा अल्झिरहेँ भने, मैले सारा जीवनभरि बाइबल पढे पनि, कहिल्यै पनि सत्यता र जीवन प्राप्त गर्नेछैनँ। मैले परमेश्‍वरका पाइलाहरू पछ्याउनुपर्छ र परमेश्‍वरका आखिरी दिनहरूको मुक्ति ग्रहण गर्नुपर्छ।” आखिर फेङ मिन पूर्ण रूपमा परिवर्तन भएकी छिन् भन्‍ने देख्दा, मलाई निकै खुसी लाग्यो। मैले परमेश्‍वरको भेडाले उहाँको आवाज सुन्छ भन्‍ने पनि देखेँ। शैतानले तिनीहरूलाई जति नै बाधा दिए पनि वा तिनीहरूसँग जे-जस्तो धारणा भए पनि, अन्त्यमा, तिनीहरू सत्यता स्वीकार गरेर परमेश्‍वरको अघि आउनेछन्। त्यसपछि, फेङ मिनले सक्रिय भएर परमेश्‍वरका वचनहरू पढ्न र भेलाहरूमा सहभागिता जनाउन थालिन्, र उनको रोग क्रमिक रूपमा निको हुँदै गयो। फेङ मिनका कठिनाइ र विचारहरू हटाउन जियायिनले परमेश्‍वरको वचनबारे धेरै सङ्गति दिइन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामबारे फेङ मिन चाँडै निश्‍चित भइन्। उनले मलाई यसो पनि भनिन्, “विगतमा तपाईंले मलाई परमेश्‍वरको वचन पढेर सुनाउनुहुँदा, बाहिरी रूपमा मैले तपाईंको कुरा बेवास्ता गरे पनि, तीमध्ये केही कुरा सुनिरहेकी हुन्थेँ, र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा सत्यता रहेछ भन्‍ने लाग्थ्यो, तर म गलत हुन सक्छु भन्‍ने डरले मैले त्यो स्वीकार गर्ने आँट गरिनँ। अब मैले बुझेँ र म यसलाई स्वीकार गर्न इच्छुक छु।” परमेश्‍वरको कामबारे फेङ मिन निश्‍चित भएको देख्दा, मलाई निकै खुसी लाग्यो, साथै म निकै भावुक पनि भएँ। हरेक व्यक्ति परमेश्‍वरको घरमा फर्कने क्षणलाई उहाँले नै निर्धारित गर्नुहुन्छ, र हामीले परमेश्‍वरमा साँचो रूपमा भरोसा गर्‍यौँ भने, परमेश्‍वरका कार्यहरू देख्‍न सक्छौँ। पछि, फेङ मिनले उनका साथीहरू र आफन्तहरूलाई सुसमाचार सुनाउने प्रस्ताव राखिन्। केही समयसम्‍म सहकार्य गरिसकेपछि, चौध जनाले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरे।

सुसमाचार प्रचारको यो अनुभवद्वारा, मैले साँचो रूपमा परमेश्‍वरका कामहरू देखेँ। यो अवधिमा, मैले धेरै कठिनाइहरू सामना गरे पनि, र कहिलेकहीँ कमजोर अनुभव गरेर पछि हटे पनि, परमेश्‍वरले कसरी मेरो विश्‍वास र प्रेमलाई सिद्ध पार्न यस्तो परिस्थिति प्रयोग गर्नुहुन्छ, र मलाई अझै धेरै सत्यताले सुसज्‍जित गर्न सहयोग गर्नुहुन्छ भन्‍ने अनुभव गरेँ। मैले परमेश्‍वरमा भरोसा गर्नु र उहाँको बाटो हेर्नु सबैभन्दा ठूलो बुद्धि हो भन्‍ने पनि अनुभव गरेँ। अहिले, मैले सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिने अझै धेरै अठोट गरेकी छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्