अन्धाधुन्ध मानिसहरूको पूजा गरेपछिको चिन्तन

25 फेब्रुअरी 2023

सन् २०१९ मा म मण्डली अगुवा छँदा, मैले माथिल्लो तहका दुई अगुवालाई भेटेँ। उनीहरूले सत्यता सङ्गति गर्दै समस्या समाधान गर्दा, सतहमा देखिने कुराबाट सुरु गर्थे र त्यसपछि गहिरिएर व्यवस्थित ढङ्गमा अघि बढ्दै परिस्थितिबारे सङ्गति र विश्‍लेषण गर्दै मामिलाको गाँठी कुरासम्म पुग्थे। मलाई यो कुरा सुन्दा लाभ पुगेको महसुस हुन्थ्यो। मलाई लाग्यो, उनीहरूसँग विविध कुराहरूबारे गहन दृष्टिकोण र सत्यताको वास्तविकता छ। मेरो जीवन अनुभव सीमित भएकोले, मैले यस्ता मानिसहरूको मार्गदर्शन पाएँ भने, मैले अवश्य नै चाँडो प्रगति गर्न र अझ धेरै सत्यता सिक्‍न सक्छु, र मेरो मुक्ति सुनिश्‍चित हुनेछ भन्‍ने ठानेँ। त्यसपछि, मैले काममा जुनसुकै समस्या वा कठिनाइ सामना गरे पनि, सर्वप्रथम म उनीहरूलाई पत्र लेखेर मदत माग्थेँ। उनीहरूले उत्तर दिँदा मेरा समस्याहरूको समाधान बताउँदै मार्गदर्शनका विस्तृत मार्गर्देशनहरू प्रदान गर्थे। अनि, मैले उनीहरूलाई झनै धेरै मान र भरोसा गर्न थालेँ। समयसँगै, म सानाठूला हरेक समस्या र सामान्य मामिलाहरूसमेत समाधन गर्न उनीहरूलाई मदत माग्थेँ। म नकारात्मक स्थितिमा हुँदा, मेरी साझेदार सहकर्मी सिस्टरसित परमेश्‍वरका वचनहरू पढ्न र सत्यता खोजी गर्न वा सङ्गति गर्नमा ध्यान दिन्‍नथेँ, बरु ती अगुवाहरूले त्यो समाधान गरिदिऊन् भनी भेला पर्खेर बस्थेँ। उनीहरूले भेलामा सङ्गति दिँदा, म एकाग्र भई सुन्थेँ र केही छुट्छ कि भन्‍ने डरले मन लगाएर नोट गर्थेँ। भेलाहरूमा, उनीहरूले प्रायः हाम्रा समस्याहरू औँल्याउँथे र विश्‍लेषण गर्थे, र निराकरण गरिँदा यदि हामीले बहस गर्दै आफूलाई जायज ठहराउने प्रयास गर्‍यौँ भने, त्यति नै बेला आलोचना गर्थे। कहिलेकाहीँ मैले आफूलाई थाहै नभई केही भ्रष्टता देखाउँदा, उनीहरूले त्यसपछाडि लुकेको मनसाय औँल्याउन र मेरा कार्यहरूको प्रकृति केलाउन सक्थे। यसले गर्दा झनै बढी मलाई उनीहरूले सत्यता बुझेका छन् र उनीहरूमा यसको वास्तविकता छ भन्‍ने लाग्यो, अनि मैले उनीहरूलाई झन्झन् धेरै मान र प्रशंसा गर्न थालेँ। तर केही समयसम्म तिनीहरूलाई जानेपछि, मलाई के महसुस भयो भने, उनीहरूले समस्याहरू हल गर्दा, हामीले देखाएको भ्रष्ट स्वभाव मात्र औँल्याउँथे, तर आफूले देखाएका भ्रष्टता वा आफ्ना वास्तविक अनुभवहरूबारे सायदै मात्र सङ्गति गर्थे। उनीहरू प्रायजसो आफ्नो सकारात्मक प्रवेशबारे मात्र बोल्थे, मानौँ उनीहरूसँग कुनै भ्रष्टता थिएन र उनीहरू साँच्‍चै सत्यता अभ्यास गर्न सक्थे। उनीहरूले काममा पूरै ध्यान लगाएजस्तो देखिन्थ्यो तर उनीहरूको जीवनप्रवेश भएकै छैन भन्‍ने मलाई कताकता लाग्थ्यो, तर त्यसपछि मैले सोचेँ, उनीहरूले अरूका समस्याहरू देख्‍न र हाम्रो काममा मार्गदर्शन गर्न सक्छन्, अनि के त्यो एक प्रकारको जीवनप्रवेश र वास्तविकता होइन र? त्यसकारण, मैले उनीहरूको आदर र प्रशंसा गरिरहेँ, र उनीहरूको कार्यशैली अनुकरणसमेत गरेँ। मैले ब्रदर-सिस्टरहरूका कर्तव्यमा समस्याहरू, वा उनीहरूले प्रकट गरेको भ्रष्ट स्वभाव देख्दा, ती अगुवाहरूले जस्तै तिनीहरूलाई निरन्तर खुलासा र निराकरण गरेँ। फलस्वरूप, तिनीहरूमध्ये कतिपय नकारात्मक भए र मसँग डराउन थाले; तिनीहरू मद्वारा विवश बने। म उनीहरूलाई हदै आदर गर्थेँ, त्यसैले, मैले समस्याहरू भोग्दा परमेश्‍वरमा भर पर्दिनथेँ र सत्यता खोज्दिनथेँ, बरु त्यो ठिक गर्न उनीहरूलाई मदत माग्थेँ। क्रमिक रूपमा, मलाई आफ्नो सोच झन् धमिलिँदै गएजस्तो लाग्यो र कामकुराबारे म झन् अष्पष्ट भएँ। मैले ब्रदर-सिस्टरहरूका स्थिति र कामका समस्याको सन्दर्भमा, परिस्थितिको छेउटुप्पो केही पत्ता लगाउन सक्दिनथेँ। मैले पहिले समाधान गर्न सकेका समस्याहरूबारे पनि के गर्ने मलाई थाहा हुन्‍नथ्यो। मैले पवित्र आत्माको काम महसुस गर्न सकिनँ, र म झन्झन धरमराइरहेकी थिएँ, तैपनि आत्मचिन्तन गरिनँ।

अप्रिलको एक दिन, ती दुई अगुवाहरूले आफ्नो दोष स्विकारेर राजनीमा दिए, उनीहरूलाई सत्यतता खोजी नगर्ने मानिसहरू, झूटा अगुवाको रूपमा खुलासा गरियो भन्‍ने अप्रत्याशित खबर मैले पाएँ। मैले यो कुरा पत्याउनै सकिनँ। मैले केही दिनसम्म, उनीहरूले कसरी दोष स्विकारेर राजीनामा दिन सके भनेर सोचिरहेँ। उनीहरू धेरै कुरा जान्दथे र काम गर्न सक्षम थिए। उनीहरूलाई सत्यता खोजी नगर्ने मानिसहरूको रूपमा खुलासा गरियो र म उनीहरूको बराबर थिइनँ, त्यसैले यदि मैले त्यसरी आफ्नो विश्‍वास अभ्यास गरिरहेँ भने के मैले आफ्नो कर्तव्य राम्रोसँग निभाएर परमेश्‍वरबाट मुक्ति पाउन सक्छु? म त्यो बेला अत्यन्तै उदास भएँ। मलाई दोष स्विकारेर राजीनामा दिने सोचसमेत आयो। तर म सही स्थितिमा छैनँ भनेर मैले एकदमै स्पष्टिसित देख्‍न सक्थेँ। मैले आफूलाई मेरो विश्‍वास परमेश्‍वरमा छ कि मानिसहरूमा छ भनेर सोधेँ। ती दुई उच्‍च अगुवाहरूको राजीनामाले ममा किन त्यति ठूलो प्रभाव पार्‍यो, परमेश्‍वरको मुक्ति पाउने मेरो आशा छैन भनेर महसुस गर्ने हदसम्म किन पुर्‍यायो? मलाई थाहा भयो, मैले परमेश्‍वरमा विश्‍वास गरेर पनि मानिसहरूलाई पुज्थेँ, र मेरो हृदयमा परमेश्‍वरको लागि कुनै स्थान थिएन, र त्यो खतरनाक स्थिति थियो। मलाई डर लाग्यो र तुरुन्तै परेश्‍वरलाई प्रार्थना गर्दै आफ्नो भ्रष्टता जान्‍न डोऱ्याइ मागेँ। भोलिपल्ट, मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “परमेश्‍वरलाई पछ्याउँछौं भनी दाबी गर्नेहरूले आफ्ना आँखाहरू खोल्नु र उनीहरूले वास्तवमा कसमाथि विश्‍वास गर्छन् भनी राम्ररी हेर्नु राम्रो हुन्छ: तैंले विश्‍वास गरेको साँच्चै परमेश्‍वर हुनुहुन्छ कि शैतान हो? यदि तैंले विश्‍वास गरेको व्यक्ति परमेश्‍वर हुनुहुन्न, तर तेरा आफ्नै मूर्तिहरू हो भनी जान्दछस् भने तैंले आफैलाई एक विश्‍वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। यदि तैंले कसमाथि विश्‍वास गर्छस् भनी साँच्चै जान्दैनस् भने, फेरि तैंले आफैलाई एक विश्‍वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। त्यसो भन्नु ईश्‍वरनिन्दा हुनेछ! कसैले पनि तँलाई परमेश्‍वरमा विश्‍वास गर्न बाध्य पार्दैन। तिमीहरू ममा विश्‍वास गर्छु भनेर नभन; मसँग यस्तै कुराकानी धेरै भएको छ, र म त्यो फेरि सुन्न चाहन्‍नँ, किनकि जुन कुरामा तिमीहरू विश्‍वास गर्छौ ती तिमीहरूका हृदयभित्रका र तिमीहरूका स्थानीय बदमासहरूका मूर्तिहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्‍वरका वचनहरू, विशेष गरी यो भाग पढ्दा, म उत्प्रेरित भएँ, “आफ्ना आँखाहरू खोल्नु र उनीहरूले वास्तवमा कसमाथि विश्‍वास गर्छन् भनी राम्ररी हेर्नु।” त्यो मलाई साँच्‍चै मर्मस्पर्शी लाग्यो—मलाई परमेश्‍वरले बोलाइरहनुभएको महसुस भयो। मैले ती अगुवाहरूसँग गरेका सबै अन्तरक्रियाहरूबारे सोचेँ, समस्याहरू समाधान गर्नमा उनीहरू स्पष्ट र व्यवस्थित अनि बोलीमा सिलसिलेवार भएको देख्दा, उनीहरू सत्यता जान्दछन् र उनीहरूमा सत्यताको वास्तविकता छ, अनि मैले उनीहरूसँग अझ धेरै सङ्गति गरेँ भने मैले जीवनमा चाँडै उन्‍नति गर्नेछु र मेरो मुक्ति सुनिश्‍चित हुनेछ भन्‍ने लाग्यो। त्यसैले, मैले जुनसुकै समस्या वा कठिनाइ सामना गरे पनि, समाधानको लागि परमेश्‍वरमा भर पर्नु र सत्यता खोज्नुको सट्टा, म सधैँ उनीहरूलाई मदत माग्थेँ र भर गर्थेँ, अनि उनीहरूले जे भन्थे, त्यही गर्थेँ। मेरो हृदयमा उनीहरू मेरा आदर्श, मेरा आड बनिसकेका थिए। तर अब उनीहरूले दोष स्विकारेर राजीनामा दिएका थिए, मलाई आफू दिशाहीन भएको, मेरो कर्तव्यमा कुनै मार्ग नभएको महसुस भयो। त्यसपछि बल्ल थाहा पाएँ कि म यत्तिका समयसम्म परमेश्‍वरमा नभई, मानवजातिमा भर परिरहेकी र उनीहरूको मुख ताकिरहेकी रहेछु। यसो हेर्दा त, म परमेश्‍वरमा विश्‍वास गर्थेँ र कर्तव्य निर्वाह गरिरहेकी हुन्थेँ, र हरदिन परमेश्‍वरलाई मुखले प्रार्थना गर्थेँ, तर मेरो हृदयमा परेश्‍वरको लागि कुनै ठावै थिएन। समस्या सामना गर्दा, म सधैँ मानिसहरूलाई खोज्दै उनीहरूकै कुरा सुनिरहेकी हुन्थेँ। स्पष्टतः म मानिसहरूमै विश्‍वास गर्थेँ, तैपनि परमेश्‍वरमा विश्‍वास गर्छु भन्थेँ। मैले परमेश्‍वरलाई छल र निन्दा गरिरहेकी थिएँ! मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले उहाँको आज्ञापालन र आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्‍च ठान्‍ने नगर्; परमेश्‍वरलाई पहिलो स्थानमा, तैँले उच्‍च ठान्‍ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्‍वर समान वा उहाँको बराबर ठान्नु हुँदैन। यो परमेश्‍वरको निम्ती असहनीय हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। मलाई साँच्‍चै महसुस भयो, परमेश्‍वरको धर्मी स्वभावलाई चिढ्याउन सकिँदैन। परमेश्‍वरले स्पष्टसित भन्‍नुभएको छ, हामीले आफ्नो विश्‍वासमा उहाँको आराधना गर्नुपर्छ र उहाँलाई महान् मानी श्रद्धा गर्नुपर्छ। हामीले परमेश्‍वरमा भर पर्नुपर्छ र मानिसहरूको नभई उहाँको बाटो हेर्नुपर्छ। उहाँले कसैलाई पनि उहाँमा विश्‍वास गर्ने बहानामा कुनै व्यक्तिलाई अति आदर गर्न र पछ्याउन कदापि दिनुहुनेछैन। त्यो परमेश्‍वरको स्वभाव चिढ्याउने कुरा हो, त्यसलाई उहाँ सहनुहुनेछैन। केही समयसम्म, मैले परमेश्‍वरलाई धेरै प्रार्थना गरेँ, र ती दुई अगुवालाई किन यति धेरै आदर गर्थेँ भनेर मनन गरेँ। मैले परमेश्‍वरका केही वचन पढेँ, र यो समस्या अलिअलि बुझ्न मदत मिल्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “तैंले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैंले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्‍नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैंले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै यस्तो मनोवृत्तिमा अल्झिरहन्छस्, जसले गर्दा तँलाई ख्रीष्टको कामलाई पत्याउन गाह्रो हुन्छ र तँ यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्‍वासको कमी छ। तैंले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैंले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै सम्मानको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?)। “अगुवा वा सेवकको तह जे भए पनि, तिनीहरूले अलिअलि सत्यता बुझेकाले र तिनीहरूसँग अलिअलि वरदान भएकोले यदि तिमीहरूले तिनीहरूको आराधना गऱ्यौ, र तिनीहरूसँग सत्यताको वास्तविकता छ र तिनीहरूले तिमीहरूलाई मदत गर्न सक्छन् भन्‍ने विश्‍वास गर्‍यौ भने, र यदि तिमीहरूले सबै कुरामा तिनीहरूलाई आदर गऱ्यौ र तिनीहरूमाथि भर पऱ्यौ, र यसमार्फत मुक्ति पाउने प्रयास गऱ्यौ भने, यो तिमीहरूको मूर्खता र अज्ञानता हुनेछ। अन्त्यमा, यसबाट केही प्राप्त हुनेछैन, किनभने तिमीहरूको सुरुवाती विन्दु नै गलत छ। कसैले जतिसुकै सत्यता बुझे पनि, ऊ ख्रीष्टको ठाउँमा उभिन सक्दैन, र कोही जति नै वरदानप्राप्त भए पनि, यसको अर्थ ऊसँग सत्यता छ भन्‍ने हुँदैन—त्यसैले मानिसहरूलाई भक्ति गर्ने, आदर गर्ने र पछ्याउनेहरूलाई अन्त्यमा निष्कासन र निन्दा गरिनेछ। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले परमेश्‍वरलाई मात्र श्रद्धा गर्न र पछ्याउन सक्छन्। दर्जा जेसुकै भए पनि, अगुवा र सेवकहरू आम मानिस नै हुन्। यदि तैँले तिनीहरूलाई आफूभन्दा ठिक्‍क माथिको व्यक्तिको रूपमा हेर्छस्, यदि तँलाई तिनीहरू तँभन्दा माथि छन्, तिनीहरू बढी योग्य छन्, र तिनीहरूले तँलाई अगुवाइ गर्नुपर्छ, तिनीहरू सबै कुरामा अरूभन्दा निकै नै उच्‍च छन् भन्‍ने लाग्छ भने, तँ गलत छस्—त्यो तेरो भ्रम हो। अनि यो भ्रमले तँमा के-कस्ता परिणामहरू निम्त्याँछन् त? यसले तँलाई अचेतन रूपमा तेरा अगुवाहरूलाई वास्तविकतासँग नमिल्‍ने मापदण्डहरूअनुसार मापन गर्ने, र तिनीहरूका समस्या र कमीकमजोरीहरूलाई सही तरिकाले लिन नसक्‍ने तुल्याउँछ; यसको साथै, तँलाई थाहै नभई, तँ गहन रूपमा तिनीहरूको विशेष गुण, वरदान र प्रतिभाहरूतर्फ तानिन्छस्, यसरी तँलाई थाहा हुनुअगावै, तैँले तिनीहरूको आराधना गरिरहेको हुन्छस्, र तिनीहरू तेरो ईश्‍वर बन्छन्। तिनीहरू तेरो आदर्श व्यक्ति, तेरो आराधनाको पात्र बन्‍न सुरु गरेको क्षणदेखि, तँ तिनीहरूको अनुयायीहरूमध्येको एक बनेको क्षणसम्‍मको मार्ग नै तँलाई अचेत रूपमा परमेश्‍वरदेखि टाढा लैजाने मार्ग हो। अनि तँ परमेश्‍वरबाट क्रमिक रूपमा टाढा जाँदै गर्दा, तैँले आफूले अझै पनि परमेश्‍वरलाई पछ्याइरहेको छस्, तँ परमेश्‍वरको घरमा छस्, तँ परमेश्‍वरको उपस्थितिमा छस् भन्‍ने विश्‍वास गरिरहेको हुन्छस्। तर वास्तवमा, तँलाई शैतानका दास ख्रीष्टविरोधीहरूले टाढा लगिसकेका हुनेछन्, र तैँले यो कुरा थाहा पनि पाउनेछैनस्—र यो अत्यन्तै खतरनाक स्थिति भएको मामला हो। यो समस्या समाधान गर्न एकातर्फ, ख्रीष्टविरोधीहरूको प्रकृति र सार चिन्‍न सक्षम बन्‍नुपर्छ, र सत्यतालाई घृणा र परमेश्‍वरलाई विरोध गर्ने ख्रीष्टविरोधीहरूको कुरूप अनुहार छर्लङ्गै देख्‍न सक्‍नुपर्छ; त्यसैले, यसको लागि ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउन र फन्दामा पार्न प्राय प्रयोग गर्ने शैलीका साथै तिनीहरूले काम गर्ने तरिकासित परिचित पनि हुनुपर्छ। अर्कोतर्फ, तिमीहरूले परमेश्‍वरको स्वभाव र सारको ज्ञानको खोजी गर्नैपर्छ, ख्रीष्ट नै सत्यता, बाटो र जीवन हुनुहुन्छ, र कुनै व्यक्तिलाई पुज्दा तँमाथि विपत्ति र दुर्भाग्य आइपर्छ भनेर तँ स्पष्ट हुनैपर्छ। ख्रीष्टले मात्र मानिसहरूलाई मुक्ति दिन सक्‍नुहुन्छ भनेर तैँले भरोसा गर्नैपर्छ, र पूर्ण विश्‍वासका साथ ख्रीष्टलाई पछ्याउनैपर्छ र उहाँको आज्ञापालन गर्नैपर्छ। यो मात्रै मानव अस्तित्वको सही मार्ग हो। कतिपयले यसो भन्‍न सक्छन्: ‘ठीकै छ, म जुन अगुवाहरूको आराधना गर्छु, मसँग त्यसका कारणहरू छन्—म प्रतिभावान् जोकोहीलाई आफ्नो हृदयमा स्वतः आराधना गरिहाल्छु, म मेरा धारणाअनुरूपका कुनै पनि अगुवाको आराधना गर्ने गर्छु।’ तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि किन मानिसलाई आराधना गर्ने हठ गर्छस्? आखिरमा, तँलाई मुक्ति दिने को हुनुहुन्छ? कसले तँलाई साँचो रूपमा प्रेम गर्नुहुन्छ र रक्षा गर्नुहुन्छ—के तैँले यो कुरालाई साँच्‍चै देख्‍न सक्दैनस्? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र परमेश्‍वरलाई पछ्याउँछस् भने, तैँले उहाँको वचन सुन्‍नुपर्छ, र यदि कसैले सही तरिकाले बोल्छ र व्यवहार गर्छ, र यो सत्यताका सिद्धान्तहरूअनुरूप हुन्छ भने, के सत्यताको पालना गर्नु ठीक हुँदैन र? तँ किन यति नीच छस्? किन तँ पछ्याउनको लागि आफूले आराधना गर्ने कसैको खोजी गर्ने जिद्दी गर्छस्? तँ किन शैतानको दास हुन मन पराउँछस्? बरु किन सत्यताको सेवक नहुने र? यसले व्यक्तिसँग चेतना र गरिमा छ कि छैन भनी देखाउँछ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ६: तिनीहरूले कुटिल शैलीमा काम गर्छन्, तिनीहरू स्वेच्‍छाचारी र तानाशाही हुन्छन्, तिनीहरूले अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्)। यी खण्डहरू पढ्दा, म परमेश्‍वरले बताउनुभएझैँ शैतानको दास रहेछु भन्‍ने महसुस भयो। मैले मानिसहरूलाई पुज्न र पछ्याउन मन पराएँ। मैले हैसियत भएका र प्रतिभाशाली अनि बोल्न सिपालुहरूलाई श्रद्धा गरेँ। सत्यता सङ्गति गर्दा र समस्या समाधान गर्दा, ती उच्‍च अगुवाहरू मामिलाको जडसम्म पुगेको, साथै उनीहरूको सङ्गति स्पष्ट र सुव्यवस्थित रहेको देखेपछि, म उनीहरूका प्रतिभा र कार्य क्षमताप्रति आकर्षित भएँ। मलाई लाग्यो, उनीहरूले सत्यता बुझेका छन् र उनीहरूसँग सत्यताको वास्तविकता छ, त्यसैले मैले अन्धाधुन्ध उनीहरूलाई आदर र भरोसा गरेँ। मलाई लाग्यो, उनीहरूको अगुवाइमा म सत्यता सिक्‍न र आफ्नो काम राम्ररी गर्न सक्छु, जीवनमा चाँडै वृद्धि हुन्छु र मुक्तिको आशा पाउनेछु, र उनीहरूको सहयोग र डोऱ्याइबिना, मुक्ति पाउने मेरो आशा क्षीण हुनेछ। म एकदमै अन्योल र अन्धी थिएँ! परमेश्‍वर सत्यताका स्रोत हुनुहुन्छ। परमेश्‍वरले मात्र मानवजातिलाई सत्यता दिन, हाम्रा सबै समस्या र कठिनाइ समाधान गर्न, अनि हामीलाई शैतानका शक्तिहरूदेखि बचाउन सक्‍नहुन्छ। कसैको हैसियत जति नै उच्‍च भए पनि, उनीहरूमा जुनै प्रतिभा वा क्षमता भए पनि, उनीहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका व्यक्ति नै हुन् र हामीले उनीहरूलाई भरोसा वा उपासना गर्नु हुँदैन। म विश्‍वासी भएर पनि, मेरो हृदयमा परमेश्‍वरका निम्ति ठाउँ थिएन। मैले समस्या सामना गर्दा, परमेश्‍वरमा भर पर्ने वा सत्यता खोज्‍ने कहिल्यै गरिनँ, बरु ती मानिसहरूले स्थिति ठिक गरिदेलान् भनेर बाटो हेरेँ। के त्यो मूर्खता थिएन र? ती अगुवाहरूले केही समस्या बुझेका थिए र आफ्नो बुझाइ व्याख्या गर्न सक्थे, तर उनीहरूले परमेश्‍वरका वचनबाट सिकेको त्यति नै थियो। साथै, जति नै प्रतिभाशाली वा वाक्पटु भए पनि, उनीहरू भ्रष्ट मानव नै थिए र उनीहरूमा सत्यता छँदै थिएन। उनीहरूले पनि परमेश्‍वरको न्याय र सजाय स्विकार्नुपर्थ्यो, र उनीहरूलाई परमेश्‍वरको मुक्ति चाहिन्थ्यो। तर मैले उनीहरूलाई उपासना र मान गरेँ। मैले मुक्तितर्फको आफ्नो विश्‍वासको मार्गमा उनीहरूमाथि भर पर्नसमेत चाहेँ। म साँच्‍चि नै मूर्ख थिएँ। यो कुरा बुझेर म असाध्यै भयभीत भएँ। म सत्यता खोज्न छोड्छु, अन्धाधुन्ध मानिसहरूको उपासना गर्छु, कसैलाई आफ्नो हृदयमा परमेश्‍वरलाई भन्दा धेरै श्रद्धा गर्छु भनेर मैले कहिल्यै सोचेकी थिइनँ। मैले आफूलाई परमेश्‍वरबाट टाढा लगिसकेकी र उहाँलाई धोका दिइसकेकी थिएँ—म परमेश्‍वरविरोधी मार्गमा थिएँ! यो सोच्दा मलाई औधी ग्लानि र अफसोस भयो, अनि मैले परमेश्‍वरसामु पश्‍चात्ताप गर्न चाहेँ।

पछि मैले ती दुई उच्‍च अगुवाले राजीनामा दिनुका कारण थाहा पाएँ। एउटीचाहिँ नाम र हैसियतको पछि लागिरहेकी थिइन्, उनी सधैँ देखावटी गर्न र आफ्नो काममा प्रशंसा चाहन्थिन्। आफ्ना काममा नतिजा ननिस्कँदा, उनी निराश र सुस्त हुन्थिन्। ब्रदर-सिस्टरहरूले धेरैपटक उनलाई सङ्गति गरेर मदत गर्ने प्रयास गरे, तर उनी परिवर्तन भइनन्। अन्ततः उनले कुनै वास्तविक काम गर्न सकिनन्, त्यसलै राजीनामा दिइन्। अर्कीलाई चाहिँ आफ्नो परिवारबाट बाधा आइपऱ्यो र परमेश्‍वरमा विश्‍वास गर्न गाह्रो भयो भनेर गुनासो गरिन्, त्यसैले उनी आफ्नो कर्तव्य छोडेर परिवारसँग बस्‍न घर फर्किन्। त्यो सुनेर म स्तब्ध भएँ। उनीहरू भेलाहरूमा सङ्गति गर्दा प्राय ठूल्ठूला कुरा गर्थे र स्पष्ट कुरा गर्दै अरूका समस्या समाधान गर्थे, तर आफूले त्यस्तै समस्या सामना गर्नुपर्दा, उनीहरू कसरी डगमगिन सके? किन उनीहरूले सत्यता पालन गर्न सकेनन्? पहिले म उनीहरूले सत्यता अभ्यास गर्न सक्छन्, उनीहरूमा सत्यताको वास्तविकता छ भनेर सोच्थेँ, तर त्यसपछि बल्ल मैले उनीहरूसँग सत्यताको वास्तविकता छँदै छैन भनेर देखेँ। आफ्ना हितलाई असर गर्ने कुरा आइपर्दा, उनीहरूले गनगन गरेर आफ्ना कर्तव्य त्यागे। उनीहरू थोरै पनि सत्यताको पछि लागेनन्। मेरो हृदयमा सजिएको उनीहरूको भव्य छवि क्षणभरमै ध्वस्त भयो।

पछि, मैले यस समस्याबारे परमेश्‍वरका केही वचन पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “तैंले परमेश्‍वरका वचनहरू पक्डेको छस् अनि निर्लज्ज भई तिनको व्याख्या गर्न सक्छस् भन्दैमा त्यसको अर्थ तैंले वास्तविकता धारण गरेको छस् भन्ने हुँदैन; यी कुराहरू तैंले कल्पना गरेजस्तो सरल छैनन्। तैंले सत्यता धारण गरेको छस् कि छैन भन्‍ने कुरा तैंले जे भन्छस् त्यसमा आधारित हुँदैन; बरु तैंले जे जिउँछस् त्यस कुरामा आधारित हुन्छ। जब परमेश्‍वरका वचनहरू तेरो जीवन र तेरो प्राकृतिक अभिव्यक्ति बन्छन् तब मात्र तँसँग वास्तविकता छ भन्न सकिन्छ, र मात्र तैंले साँचो बुझाइ र वास्तविक कद प्राप्त गरेको मान्न सकिन्छ। तैँले लामो समयसम्म परीक्षाको सामना गर्न सक्‍नुपर्छ, र तँ परमेश्‍वरले माग गर्नुभएको स्वरूपमा जिउन सक्षम हुनुपर्दछ। यो शारीरिक स्थिति मात्र हुनु हुँदैन; यो तँबाट प्राकृतिक रूपमा बग्नुपर्छ। तब मात्र तैंले साँच्चै वास्तविकता धारण गर्नेछस्, तब मात्र तैंले जीवन प्राप्त गरेको हुनेछस्। … बतास र छालहरू जतिसुकै उग्र भए पनि, यदि तँ आफ्नो मनमा रत्तीभर शङ्का नगरी खडा रहन सक्छस्, र अरू कोही बाँकी नभए पनि तँचाहिँ दृढ भएर खडा रहन र इन्कार नगरी रहन सक्छस् भने, तँलाई वास्तविक बुझाइ भएको र सच्‍चा रूपमा वास्तविकता भएको व्यक्ति मानिनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई अभ्यास गर्नु मात्रै वास्तविकता धारण गर्नु हो)। “राज्यका असल सिपाहीहरूलाई केवल वास्तविकताको बारेमा कुरा गर्न वा घमण्ड गर्न सक्ने मानिसहरूको समूह हुनका निम्ति मात्र तालिम दिइँदैन; बरु, हरसमय परमेश्‍वरको वचन अनुसार जिउन, जस्तोसुकै अवरोधहरूको सामना गर्नु परे पनि अटल रहन, र निरन्तर परमेश्‍वरको वचनअनुसार जिउन र संसारमा नफर्कनको लागि तिनीहरूलाई तालिम दिइन्छ। परमेश्‍वरले बताउनुभएको वास्तविकता यही हो; परमेश्‍वरले मानिससँग गर्नुभएको माग यही हो। यसैले, परमेश्‍वरले बताउनुभएको वास्तविकतालाई अति नै साधारण नठान। पवित्र आत्माबाट अन्तर्दृष्टि मात्रै प्राप्त गर्नु वास्तविकता धारण गर्नु बराबर होइन। मानिसको कद यस्तो छैन—यो परमेश्‍वरको अनुग्रह हो, जसमा मानिसको कुनै योगदान छैन। प्रत्येक व्यक्तिले पत्रुसको कष्ट सहनुपर्छ, यति मात्र होइन, तिनीहरूले पत्रुसको महिमा धारण गर्नुपर्दछ, जसमा तिनीहरू परमेश्‍वरको काम प्राप्त गरेपछि जिउँछन्। यसलाई मात्र वास्तविकता भन्न सकिन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई अभ्यास गर्नु मात्रै वास्तविकता धारण गर्नु हो)। “तैँले स्वीकार गरेको ज्ञान सत्यतासँग मेल खान्छ कि खाँदैन भन्‍ने कुरा तैँले व्यावहारिक रूपमा त्यसलाई अनुभव गरेको छस् कि छैनस् भन्‍ने कुरामा निर्भर रहन्छ। जब तेरो अनुभवमा सत्यता हुन्छ, तब तेरो ज्ञान व्यावहारिक र मूल्यवान् बन्‍नेछ। आफ्‍नो अनुभवबाट तैँले विवेक र अन्तर्दृष्टि पनि हासिल गर्न सक्छस्, आफ्‍नो ज्ञानलाई गहिराउन सक्छस्, र तैँले आफूसँग कसरी व्यवहार गर्नुपर्छ भन्‍ने बारेमा तैँले तेरो बुद्धि र सामान्य चेतनालाई वृद्धि गर्न सक्छस्। मानिसहरूले व्यक्त गर्ने त्यस्तो ज्ञान जसको सत्यता छैन, त्यो सिद्धान्त हो, चाहे त्यो जतिसुकै उच्‍चकोटीको किन नहोस्। यस किसिमको व्यक्ति शरीरका विषयमा धेरै बुद्धिमान ठहरिन सक्छ तर आत्मिक कुराको विषयमा कुनै भेद छुट्याउन सक्दैन। किनकि यस किसिमका मानिसहरूसँग आत्मिक मामिलाको बारेमा कुनै पनि अनुभव हुँदैन। यी मानिसहरूले आत्मिक मामिलामा प्रकाश पाएका हुँदैनन् र आत्मिक कुराहरू बुझ्दैनन्। तैँले जुनसुकै ज्ञान व्यक्त गरे पनि, यदि त्यो तेरो सारतत्त्व हो भने त्यो तेरो व्यक्तिगत अनुभव हो, तेरो वास्तविक ज्ञान हो। सिद्धान्तको बारेमा मात्र कुरा गर्ने मानिसहरू—यी मानिसहरूसँग न त सत्यता हुन्छ न त वास्तविकता नै हुन्छ—छलफललाई पनि तिनीहरूको अस्तित्व भन्‍न सकिन्छ, किनकि उनीहरूको गहिरो सोचविचारद्वारा मात्रै तिनीहरू आफ्नो सिद्धान्तको निर्क्योलमा आइपुगेका छन् र यो उनीहरूको गम्भीर चिन्तनको परिणाम हो। तैपनि यो केवल सिद्धान्त मात्र हो, यो कल्पनाभन्दा अरू केही होइन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम)

परमेश्‍वरका वचनहरू पढेर मेरो आँखा खुल्यो। म ती दुई अगुवालाई औधी गर्थेँ किनकि मैले धर्मसिद्धान्त के हो अनि वास्तविकता के हो भनेर बुझेकी थिइनँ। भेलामा उनीहरूले भव्य तरिकामा सङ्गति दिएको, अनि अरू मानिसको भ्रष्टता खुलासा र विश्‍लेषण गर्न सकेको देख्दा, उनीहरूसँग सत्यताको वास्तविकता छ भन्‍ने मलाई लाग्यो। तर पछि मैले यी खण्डहरूबाट के सिकेँ भने, परमेश्‍वरका वचनहरूको कुनै बुझाइ सङ्गति गर्नु र केही समस्याहरू विश्‍लेषण गर्नु भनेको सत्यताको वास्तविकता हुनु होइन। वास्तविकता हुनु भनेको त मानिसहरूले परमेश्‍वरका वचन पढ्नु, त्यसपछि ती स्वीकार र अभ्यास गर्नु, जुनै परीक्षा सामना गर्नुपरे पनि परमेश्‍वरमा समर्पित हुन सक्‍नु, अनि सत्यता अभ्यासबाट गवाही दिनु हो। साँच्‍चै वास्तविकता भएकाहरूले आफ्नो भ्रष्ट प्रकृतिलाई साँचो अर्थमा बुझ्छन्, र उनीहरूसँग परमेश्‍वरका वचनहरूको व्यक्तिगत अनुभव हुन्छ। उनीहरूले आफ्ना व्यावहारिक अनुभवहरू ब्रदर-सिस्टरहरूलाई परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न डोऱ्याउन र मदत दिन प्रयोग गर्न सक्छन्। सत्यताको वास्तविकता भएकाहरूले कामकुरा सिद्धान्तपरक रूपमा र आफ्नो कर्तव्य बफादार भई गर्छन्। उनीहरूले जुनै परिस्थिति सामना गरे पनि, मण्डलीको काममा साथ दिन र आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्। ती दुई अगुवा प्राय आफ्नो सङ्गतिमा साँच्‍चै सिपालु थिए र अरू मानिसका समस्याहरू समाधान गर्न सक्षम देखिन्थे। तर वास्तविक समस्या सामना गर्नुपर्दा, उनीहरूले आफ्नो हित रक्षा गर्न कर्तव्य त्यागे। मैले उनीहरूले धर्मसिद्धान्त मात्र बाँडिरहेको, त्यो व्यावहारिक नभएको, र वास्तविकताको पहिलो प्रहारमै उनीहरू ढलेको देखेँ। त्यसबाट उनीहरू सत्यता पछ्याउँदैनथे, उनीहरूमा सत्यताको वास्तविकता छँदै थिएन भन्‍ने प्रमाणित भयो। साथै, उनीहरूले अरू मानिसका समस्याहरू समाधान गर्दा, उनीहरूको बुझाइमा मदत गर्ने परमेश्‍वरका वचनहरूसँग ती मामिला तुलना गर्थे, तर आफ्नो भ्रष्टता र कमीकमजोरीबारे सायदै कुरा गर्थे, वा आफ्ना त्रुटि र मनसायको सायदै विश्‍लेषण गर्थे। उनीहरूले सत्यताको खोजी र अभ्यासबारे आफ्ना अनुभव बताएको म विरलै सुन्थेँ। धेरैजसो समय उनीहरू अरूलाई विश्‍लेषण र निन्दा मात्र गर्दै गमक्‍क पर्थे, मानौँ उनीहरू भ्रष्ट मानिस होइनन्, मानौँ उनीहरूमा भ्रष्ट स्वभाव छैन। उनीहरूको आलोचनाले गर्दा कतिपय ब्रदर-सिस्टरहरू आँशु झार्थे अनि नकारात्मक र कमजोर भएर जिउँथे, उनीहरूलाई देख्दा डराउँथे र उनीहरूद्वारा विवश पारिएको महसुस गर्थे। त्यसपछि बल्ल स्पष्टसित देखेँ, ती दुई अगुवा त सत्यताद्वारा समस्या समाधान गर्न अलिकति पनि सक्षम रहेनछन्। उनीहरू बस खोक्रो धर्मसिद्धान्त प्रयोग गर्थे अनि आफ्नो दिमाग र कार्य अनुभवमा भर पर्थे। उनीहरू हाम्रा जीवनप्रवेशका समस्या समाधान गर्न सक्दै सक्दैनथे। पहिले म वास्तविकता देख्‍दिनथेँ, र मैले उनीहरूको आराधना र मान गरेँ, र उनीहरूको कार्यशैली अनुकरणसमेत गरेँ। म अति अन्धी थिएँ!

त्यसपछि मैले आफ्नो काममा कठिनाइहरू सामना गर्दा, परमेश्‍वरमा भर पर्ने, उहाँको बाटो हेर्ने र सत्यताका सिद्धान्तहरू खोज्ने सुनिश्‍चित गरेँ। केही समयसम्म त मैले गर्न नजानेका केही काम र मलाई समाधान गर्न नआउने केही समस्याहरू हुन्थे। त्यसैले, मैले प्रार्थना गर्थेँ र परमेश्‍वरमा धेरै भर पर्थेँ, अनि ब्रदर-सिस्टरहरूसँग खोजी र सङ्गति गर्थेँ। त्यसो गर्दा, ती समस्यामध्ये केही समाधान भए। मैले सत्यताका केही सिद्धान्त पनि बुझेँ र आफ्नो काममा केही प्रगति गरेँ। समयसँगै, आफ्नो कर्तव्यमा मेरो आत्मविश्‍वास बढ्यो र मैले जीवनप्रवेशमा प्रगति गरेँ। मलाई साँच्‍चै सन्तुष्टि मिल्यो। त्यो बेला, मलाई आफ्नो कर्तव्यमा परमेश्‍वरमाथि भर पर्नु मात्र अघि बढ्ने मार्ग प्राप्त गर्नु हो भनेर भित्रैदेखि महसुस भयो। यदि म आफ्नो कर्तव्य राम्रोसँग गर्दै सत्यता प्राप्त गर्न चाहन्थेँ भने, मैले वास्तवमै परमेश्‍वरको डोऱ्याइदेखि तर्किनु हुन्‍नथ्यो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म यी अध्ययनहरूको पछि लाग्दिनँ

मेरो जन्‍म इसाई परिवारमा भएको हो। मेरा आमाबुबा दुवै किसान हुनुहुन्छ। मेरो परिवारले सागसब्‍जी र धान खेती गरेर जीविकोपार्जन गर्छ। विद्यालयमा...

आफ्नो कर्तव्यमा लागिरहनु

याङ्ग्मु, दक्षिण कोरियाम ब्रदर-सिष्टरहरूले प्रदर्शन गरेको, परमेश्‍वरको प्रशंसा गर्दै गीत गाएको देख्दा म डाह गर्थें। म एक दिन मञ्चमा गएर...

लापरवाह बन्दा भएको क्षति

सन् २०२१ को अक्टोबरमा, मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम थालेँ। एक हप्तापछि, मलाई आफूले सिक्‍नुपर्ने कुरा धेरै रहेछन् भन्‍ने महसुस...

कसले हाम्रो परिवार बरबाद गर्‍यो?

मेरा श्रीमान र म एउटै गाउँमा हुर्केका हौँ र हामीले सानैदेखि हाम्रा आमाबुबासँगै प्रभु येशूमा विश्‍वास गर्दै आएका थियौँ। विवाह गरेपछि, मैले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्