मार्गदर्शन र रेखदेख स्वीकार गर्न सिक्दै

1 अप्रिल 2025

लिन युचियान, चीन

जुन २०२२ मा, म भिडियोसम्बन्धी कामका लागि जिम्मेवार अगुवा चुनिएँ। केही समयपछि, मैले कामको लय समातेँ र समूहका सदस्यहरूको स्थिति र कामको प्रगति निगरानी गर्न र बुझ्न सक्षम भएँ। ममा अझै सीपहरूको अभाव भए पनि, मैले म काम सम्हाल्न सक्छु भन्ने महसुस गरेँ।

एक दिन, समूहको कार्यस्थिति बुझ्न अगुवा आउनुभयो। मैले हालसालै मात्र कामको सुस्त प्रगतिका कारणहरू बुझेकी थिएँ, जस्तै, समूहका सदस्यहरूबीच निकट सहकार्यको अभाव, सम्वादको आवश्यकता भएका र सहमति हुन नसकेका मतभेदहरू, जसले गर्दा पछि काम दोहोर्याउनु पर्यो र प्रगतिमा ढिलाइ भयो, र केही झन्झटिला प्रक्रियाहरू पनि अपनाउनु पर्यो, जसले गर्दा पनि कामको प्रगतिमा ढिलाइ भयो। यी परिस्थितिहरू बुझिसकेपछि, मैले सङ्‍गति गरेकी र तिनलाई सच्याएकी थिएँ, र यी स्थितिहरूबारे अगुवालाई रिपोर्ट गरेँ। मैले सोचेँ कि मैले केही वास्तविक काम गरेकीले, अगुवाले मैले राम्रो काम गरेकी छु भनेर भन्नुहुनेछ। तर आश्चर्यको कुरा, मैले बोलेर सक्नेबित्तिकै, अगुवाले सोध्नुभयो, “किन समूहका सदस्यहरू सौहार्दपूर्ण रूपमा सहकार्य गर्न सक्दैनन्? तिनीहरूका मुख्य समस्याहरू के हुन्?” यी प्रश्नहरूको सामना गर्दा, मैले जवाफ दिन जानिनँ किनभने मैले वास्तवमै कारणहरू बुझेकी थिइनँ। तिनीहरू कहाँ अड्किएका थिए भन्नेबारे म निश्चित थिइनँ। सतहबाट हेर्दा, म तिनीहरू निकट रूपमा सहकार्य गर्न नसकेको मात्र देख्न सक्थेँ। त्यसपछि, अगुवाले केही थप प्रश्नहरू सोध्नुभयो, र मैले अझै जवाफ दिन सकिनँ। त्यसपछि अगुवाले मलाई भन्नुभयो, “के तपाईँ दाजुभाइ-दिदीबहिनीहरूले रिपोर्ट गरेका कुराबाट मूल समस्याहरू पत्ता नलगाई केवल उनीहरूले भनेको जुनसुकै कुरा सुनिरहनु हुन्छ? के तपाईँ वास्तवमै यसरी समस्याहरू समाधान गर्न सक्नुहुन्छ?” अगुवाको यस्तो कुरा सुनेर म लज्जित भएँ। म यस्तो नसोची बस्न सकिनँ, “तपाईँ म समस्याहरू समाधान गर्न जान्दिनँ भनेर सङ्केत गरिरहनुभएको छैन र? यो त म कामको व्यवस्थापन गर्न जान्दिनँ भनेजस्तो सुनिन्छ।” त्यसपछि, अगुवाले म केवल समस्याहरूको सतह कोट्याइरहेकी थिएँ, र तिनलाई जरोमा पुगेर समाधान गर्न सक्दिनँ भनेर औँल्याउनुभयो, र मसँगको सङ्गतिमा सिद्धान्तहरू समावेश गर्नुभयो, जसले मलाई काम गर्दा मुख्य र महत्त्वपूर्ण मुद्दाहरू बुझ्न सिक्नैपर्छ भन्ने कुरा बुझ्न मद्दत गर्यो। म त्यति आश्वस्त भइनँ: मैले समस्याहरू पत्ता लगाउन र समूहका सदस्यहरूसँग संवाद गर्न सक्दो प्रयास गरेकी थिएँ, र म कामको व्यवस्थापन गर्न जान्दिनथेँ भन्ने थिएन। म उदास अनुहार लिएर कम्प्युटरतिर हेरिरहेँ, अगुवासँग कुरा गर्न चाहिनँ। टाइप गर्दा, म आफ्नो असन्तुष्टि पोख्न यस्तो सोच्दै जानीजानी जोडले किबोर्डमा थिचेँ, “अगुवाले मेरा दुई सहकर्मीसामु यसो भन्नुभयो, अरूले मलाई कसरी हेर्नेछन्? उहाँले किन मेरा समस्याहरू मात्र औँल्याउनुभयो? के अरू सहकर्मीहरूले आफ्नो काम राम्रोसँग गरिरहेका छन्?” मलाई अगुवाका वचनहरूले मेरा सबै प्रयासहरूलाई नकारेजस्तो महसुस भयो। मैले यसबारे जति सोचेँ, उति नै रिसाएँ। मलाई लाग्यो, अगुवा मसँग निकै कठोर भइरहनुभएको थियो।

भेटपछि, अगुवाको आलोचना सम्झँदा मलाई निकै अपमानित महसुस भयो। मैले मेरा सहकर्मीहरूले निश्चित रूपमा म मेरो काममा राम्रो नभएको सोच्लान् भन्ने अनुमान गरेँ, त्यसैले म अलिक रिसाएँ, र सोचेँ, “अबदेखि, म आफ्नो कर्तव्यमा कडा मेहनत गर्नेछैनँ किनकि कसैले देख्ने होइनन् क्यारे! अर्कोपटक अगुवाले प्रश्नहरू सोध्दा, म जवाफ दिन त्यति धेरै उत्साहित हुनेछैन।” म रिस र गुनासोले भरिएर निकै खिन्न महसुस गरिरहेकी थिएँ, रुन चाहिरहेकी थिएँ। साँझमा, मैले एक सहकर्मीद्वारा लेखिएको एउटा पत्रमा एउटा वाक्य पढेँ, “यदि दाजुभाइ-दिदीबहिनीहरू साँचो रूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहन्छन् भने, तिनीहरूका अगुवाहरूले कामको सुपरिवेक्षण गर्न र तुरुन्तै तिनीहरूका समस्या र विचलनहरू औँल्याउन अनुगमन गर्दा, तिनीहरू यो स्विकार्न इच्छुक हुनुपर्छ।” यो वाक्य पढेपछि, मैले निकै लज्जित महसुस गरेँ। अगुवाको सुपरिवेक्षण र सूचकको सामना गर्दा, म आफ्नो कर्तव्य राम्रोसँग पूरा नगरेकोमा दुःखी थिइनँ, तर अगुवाले मेरो आत्म-सम्मानको ख्याल नगरी बोल्नुभएको कारण रिसाएकी थिएँ। म कसरी इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गरिरहेकी व्यक्ति थिएँ? म परमेश्‍वरसामु आएँ र प्रार्थना गरेँ, “परमेश्‍वर, आज अगुवाले मेरा समस्याहरू औँल्याउनु भयो, र मैले प्रतिरोधी महसुस गरेँ। मलाई थाहा छ, यो मनोवृत्ति तपाईँका अभिप्रायसँग मेल खाँदैन, तर मैले के-कस्ता पाठहरू सिक्नुपर्छ, र कसरी आम्त-चिन्तन गर्नुअप्र्छ र आफूलाई चिन्नुपर्छ? मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस्।”

अर्को बिहान, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि तैँले परमेश्‍वरको घरलाई तेरो सुपरिवेक्षण, अवलोकन गर्न, र त्यसले गर्ने तँलाई बुझ्ने प्रयासलाई स्विकार्न सक्छस् भने त्यो राम्रो कुरा हो। यसले तँलाई आफ्नो कर्तव्य पूरा गर्न मदत गर्छ, मानक पूरा गर्ने रूपमा कर्तव्य पूरा गर्न र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्षम हुन मदत गर्छ। यसबाट तँलाई फाइदा र सहयोग पुग्छ, यसमा कुनै पनि घाटा छैन। तैँले यो सिद्धान्त बुझेपछि, अगुवाहरू, अगुवाहरू, र परमेश्‍वरका चुनिएका मानिसहरूको सुपरिवेक्षणप्रति तँमा उप्रान्त प्रतिरोध वा सावधानीको भावना नहुनुपर्ने होइन? कहिलेकहीँ कसैले तँलाई बुझ्ने, अवलोकन गर्ने, तेरो कामलाई सुपरिवेक्षण गर्ने प्रयास गरे पनि, तैँले यो मनमा लिनुपर्ने कुरा होइन। म किन यसो भन्छु? किनभने तैँले अहिले पाएका कामहरू, तैँले निभाउने कर्तव्य, र तैँले गर्ने कुनै पनि काम तेरो निजी मामला वा व्यक्तिगत जागिर होइन; ती परमेश्‍वरको घरको कामसँग सम्‍बन्ध भएका र परमेश्‍वरको कामको एक भागसँग जोडिएका हुन्छन्। त्यसकारण, जब कसैले तँसँग खुला हृदयले कुरा गर्ने र यस बेला तेरो अवस्था के छ भनेर पत्ता लगाउने कोसिस गर्दै केही समय तेरो निरीक्षण वा अवलोकन गर्छ, वा तँलाई गहन रूपमा बुझ्ने प्रयास गर्छ, अनि तिनीहरूको मनोवृत्ति कहिलेकाहीँ केही कठोर भएको बेला तिनीहरूले तँलाई अलि काटछाँट गर्छन्, अनुशासनमा राख्छन्, र हप्काउँछन्, तब यो सबै परमेश्‍वरको घरप्रतिको तिनीहरूको कर्तव्यनिष्ठ र जिम्मेवार आचरणकै कारणले गर्दा हो। यसप्रति तँसँग नकारात्मक विचार वा संवेग हुनु हुँदैन। यदि अरूले तँलाई निरीक्षण, अवलोकन र बुझ्ने प्रयास गर्दा तैँले स्विकार्न सक्छस् भने त्यसको अर्थ के हुन्छ? त्यसको अर्थ, तैँले आफ्नो हृदयमा परमेश्‍वरको सूक्ष्म परीक्षणलाई स्विकार्छस् भन्‍ने हुन्छ। यदि तँ तँलाई मानिसहरूले निरीक्षण, अवलोकन र बुझ्ने प्रयास गर्दा त्यो स्विकार्दैनस् भने—यदि तँ यी सबैलाई इन्कार गर्छस् भने—के तँ परमेश्‍वरको सूक्ष्म परीक्षणलाई स्वीकार गर्न सक्षम हुन्छस्? मानिसहरूले तँलाई बुझ्ने प्रयास गर्नुभन्दा परमेश्‍वरको सूक्ष्म परीक्षण विस्तृत, गहन र सही हुन्छ; परमेश्‍वरका मागहरू अझ निश्‍चित, स्पष्ट र गहन हुन्छ। यदि तैँले परमेश्‍वरका चुनिएका मानिसहरूबाट गरिने निरीक्षण स्विकार्न सक्दैनस् भने, तैँले परमेश्‍वरको सूक्ष्म परीक्षण स्वीकार गर्छस् भन्‍ने तेरो दाबी खोक्रा शब्दहरू मात्र हुँदैनन् र? परमेश्‍वरको सूक्ष्म परीक्षण र जाँचलाई स्वीकार गर्न सक्षम हुनको निम्ति, सर्वप्रथम तँ परमेश्‍वरको घर, अगुवाहरू र कामदारहरू वा दाजुभाइ-दिदीबहिनीहरूको निरीक्षणलाई स्विकार्न सक्षम हुनुपर्छ। … एउटा अगुवाले तेरो काम सुपरिवेक्षण गर्नु असल कुरा हो। किन? किनकि त्यसको अर्थ उसले मण्डलीको कामको जिम्मेवारी लिइरहेको छ भन्ने हुन्छ; यो उसको कर्तव्य, उसको जिम्मेवारी हो। उसले यो जिम्मेवारी पूरा गर्न सक्नुले ऊ एउटा योग्य अगुवा, एउटा असल अगुवा हो भनी प्रमाणित गर्छ। यदि तँलाई पूर्ण रूपमा स्वतन्त्रता र मानव अधिकारहरू दिइयो भने, र तैँले जे मन लाग्यो त्यही गर्न, आफ्ना कामनाहरू पछ्याउन, र पूर्ण स्वतन्त्रता र लोकतन्त्रको आनन्द उठाउन पाउँथिस् भने, र तैँले चाहे जे गरे पनि वा त्यो जसरी गरे पनि, अगुवाले वास्ता वा सुपरिवेक्षण गरेन भने, तँलाई कहिल्यै प्रश्न गरेन भने, तेरो काम जाँचेन भने, समस्याहरू पत्ता लाग्दा बोलेन भने, र तँलाई कि त फुस्ल्याउने या तँसँग सम्झौता गर्ने मात्र गऱ्यो भने, के ऊ असल अगुवा हुनेथियो? स्पष्ट रूपमा हुनेथिएन। त्यस्तो अगुवाले तँलाई हानि गरिरहेको हुन्छ। उसले तेरो दुष्कर्मलाई जान दिन्छ, तँलाई सिद्धान्तहरू विरुद्ध जान अनि मनपरी गर्न दिन्छ—उसले तँलाई आगोको कुण्डतर्फ धकेलिरहेको हुन्छ। यो एउटा जिम्मेवार, मानक पूरा गर्ने अगुवा होइन। अर्कोतर्फ, यदि एउटा अगुवाले नियमित रूपमा तेरो सुपरिवेक्षण गर्न, तेरो काममा भएका समस्याहरू पहिचान गर्न र तँलाई तुरुन्तै सम्झाउन वा आलोचना अनि खुलासा गर्न, र तैँले कर्तव्य पुरा गर्ने क्रममा हुने तेरा गलत पछ्याइ र विचलनहरूलाई सामयिक रूपमा सच्याउन र तिनमा तँलाई सहयोग गर्न सक्छ भने, अनि, उसको सुपरिवेक्षण, फटकार, आपूर्ति, र सहयोगले कामतर्फको तेरो गलत मनोवृत्ति परिवर्तन हुन्छ, तैँले आफ्ना केही निरर्थक विचारहरूलाई खारेज गर्न सक्छस्, तेरो आवेगबाट उत्पन्न हुने तेरा आफ्नै अवधारणा र कुराहरू बिस्तारै कम हुन्छन्, र तैँले सही अनि सिद्धान्तअनुरूप हुने भनाइ र विचारहरूलाई शान्त रूपमा स्विकार्न सक्छस् भने, के यो तेरा लागि फाइदाजनक हुँदैन र? फाइदाहरू वास्तवमै अत्यन्तै धेरै हुन्छन्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (७))। परमेश्‍वरका वचनहरूले मेरो मनलाई शान्त पार्यो। परमेश्‍वर मैले यति धेरै क्रोध पालेको हेर्न मन पराउनुहुन्न भन्ने मैले महसुस गरेँ। बरु, उहाँ म आफूलाई शान्त पार्न सकूँ, पहिला मेरो काममा भएका विचलन र समस्याहरूबारे चिन्तन गरूँ, र अगुवाको सुपरिवेक्षण र मार्गदर्शन स्वीकार गरूँ भन्ने आशा गर्नुहुन्छ। परमेश्‍वरले जिम्मेवार अगुवा र कामदारहरूले प्रत्येक व्यक्तिको कामको अनुगमन गर्नेछन् र त्यसलाई बुझ्नेछन्, समस्या र विचलनहरू पहिचान गर्नेछन्, र समयमै मार्गदर्शन र सुधार दिनेछन् भनेर भन्नुभएको छ भनेर पढेकी थिएँ। कहिलेकाहीँ, तिनीहरूको मनोवृत्ति केही कडा, र आलोचना र काटछाँट समेत जोडिएको हुन सक्छ। वास्तवमा, तिनीहरू कामप्रति जिम्मेवार भएका हुन्, र यो त्यो काम राम्रोसँग गरिएको सुनिश्चित गर्नका लागि हो। एउटा मानकअनुरूपको अगुवाले यही गर्नुपर्छ। अगुवाको सुपरिवेक्षण र मार्गदर्शनको सामना गर्दा, एक समझदार व्यक्तिले तिनलाई सक्रिय रूपले स्विकार्नुपर्छ। तर, तिनीहरूप्रतिको मेरो प्रारम्भिक प्रतिक्रिया प्रतिरोधी महसुस गर्नु थियो, र मैले आफ्नो इज्जत जोगाउन आफ्नो हृदयमा आफूलाई उचित साबित गर्ने प्रयास गरेकी थिएँ। ममा कसरी स्वीकृतिको कुनै वास्तविक मनोवृत्ति थियो र? म कसरी भर्खर समूह अगुवा चयन भएकी थिएँ र ममा कसरी धेरै कमजोरीहरू थिए भन्नेबारे चिन्तन गर्दा, मैले अगुवाको सुपरिवेक्षण, सोधपुछ र मार्गदर्शनको अर्थ तिनीहरू कामप्रति जिम्मेवार भइरहेका थिए भन्ने हो भन्ने बुझेँ। यो कुरा मैले समस्याहरूको सतह मात्र कोट्याएकी थिएँ र समूहका सदस्यहरूबीच सौहार्दपूर्ण सहकार्य नहुनुका मूल कारणहरू बुझेकी थिइनँ, जसले गर्दा समस्याको समाधान अपूर्ण भएको थियो भनेर अगुवाले औँल्याएजस्तै थियो। सावधानीपूर्वक चिन्तन गर्दा, मैले यो वास्तवमा त्यस्तो थियो भन्ने महसुस गरेँ। मैले कामलाई सतही रूपमा व्यवस्थापन गरिरहेकी थिएँ र समस्याहरूको जडमा पुगेर तिनको समाधान गरिरहेकी थिइनँ, जसले स्वाभाविक रूपमा कमजोर नतिजा ल्याएको थियो। मैले अगुवाको मार्गदर्शन उचित रूपमा स्विकार्नुपर्थ्यो, र प्रतिरोधी महसुस गर्नु वा आफूलाई सही ठहर्याउनु हुन्नथ्यो। यसबारे सोच्दा, मैले त्यस उप्रान्त अगुवाप्रति कुनै प्रतिरोध महसुस गरिनँ। पछि, परमेश्‍वरले हामीले सामना गर्ने हरेक परिस्थितिमा आत्म-चिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ, र यसरी मात्र हामी प्रगति गर्न र परिवर्तन हुन सक्छौँ भनेर भन्नुभएको कुरा मैले सम्झिएँ। त्यसैले, मैले आत्मचिन्तन र मनन गर्न सचेत रूपमा परमेश्‍वरका सान्दर्भिक वचनहरू खोजेँ, साथै, आफूलाई चिन्न मार्गदर्शन गर्न र अन्तर्दृष्टि प्रदान गर्न बिन्ती गर्दै मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ।

एक बिहान, मेरो उपासनाको क्रममा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “जब माथिले कतिपय मानिसहरूलाई कुनै परियोजना दिन्छ, तब केही समय बित्छ र पनि कुनै प्रगति हुँदैन। तिनीहरूले यसमा काम गरिरहेका छन् कि छैनन्, वा यो कसरी अघि बढिरहेको छ, वा हस्तक्षेप गर्नुपर्ने कुनै कठिनाइ वा समस्याहरू छन् कि छैनन् भनेर माथिलाई बताउँदैनन्। तिनीहरूले कुनै प्रतिक्रिया दिँदैनन्। कतिपय कामहरू आतुर हुन्छन् र त्यसमा ढिलाइ गर्न सकिँदैन, तैपनि तिनीहरूले लामो समयसम्‍म काम नसकी ढिलासुस्ती गरिरहन्छन्। त्यसपछि माथिले सोधपुछ गर्नैपर्छ। जब माथिले सोधपुछ गर्छ, तब ती मानिसहरूलाई सोधपुछ असहनीय रूपमा लाजमर्दो लाग्छ, र तिनीहरूले हृदयदेखि प्रतिरोध गर्छन्: ‘मलाई यो काम दिइएको दश दिन मात्रै भएको छ। मैले यसमा राम्रोसित हातसमेत हालेको छैन र पनि माथिले सोधपुछ गर्न थालिसक्यो। मानिसहरूप्रति तिनीहरूका मापदण्डहरू अत्यन्तै उच्च छन्!’ तिनीहरू सोधपुछमा गल्तीहरू खोजिरहेका हुन्छन्। यसमा के समस्या छ? मलाई भन त, के माथिबाट सोधपुछ हुनु सामान्य कुरा होइन र? यसको एउटा भाग भनेको कामको प्रगतिको अवस्था, साथै समाधान गरिनुपर्ने कठिनाइहरू के-के हुन् भन्‍नेबारे थप जान्ने इच्छा हो; यसको साथै, यो तिनीहरूले काम सुम्पेका मानिसहरूको क्षमता कस्तो छ, र तिनीहरूले वास्तवमा समस्याहरू समाधान गर्न र काम राम्ररी गर्न सक्छन् कि सक्दैनन् भन्‍नेबारे थप जान्ने इच्छा पनि हो। माथिले वास्तविक तथ्यहरू जान्न चाहन्छन्, र प्रायजसो त्यस्ता परिस्थितिहरूमा सोधपुछ गरिरहन्छन्। के त्यो तिनीहरूले गर्नुपर्ने कुरा होइन र? तँलाई समस्याहरू कसरी समाधान गर्ने थाहा छैन र तैँले काम सम्हाल्न सक्दैनस् कि भन्‍ने चिन्ता माथिलाई हुन्छ। त्यसकारण तिनीहरूले सोधपुछ गर्छन्। कति मानिसहरू त्यस्ता सोधपुछप्रति निकै प्रतिरोधी हुन्छन् र तिनीहरूलाई यसप्रति घृणा लाग्छ। तिनीहरू मानिसहरूलाई सोधपुछ गर्न दिन अनिच्छुक हुन्छन्, र मानिसहरूले सोधपुछ गरे भने, तिनीहरू प्रतिरोधी हुन्छन् र तिनीहरूमा शङ्का हुन्छ, र सधैँ मनमनै विचार गर्छन्, ‘तिनीहरूले किन सधैँ सोधपुछ गरिरहेका र थप जान्न खोजिरहेका हुन्छन्? के तिनीहरूले मलाई भरोसा नगरेकोले र मलाई नीच ठानेकोले हो? यदि तिनीहरूले मलाई भरोसा गर्दैनन् भने, तिनीहरूले मलाई प्रयोग गर्नु हुँदैन!’ तिनीहरूले कहिल्यै पनि माथिका सोधपुछ र सुपरिवेक्षणलाई बुझ्दैनन्, बरु तिनलाई प्रतिरोध गर्छन्। के यस्ता मानिसहरूमा समझ हुन्छ? तिनीहरूले किन माथिलाई आफूसित सोधपुछ गर्न र सुपरिवेक्षण गर्न दिँदैनन्? यसको साथै, तिनीहरू किन प्रतिरोधी र अवज्ञाकारी हुन्छन्? यहाँ समस्या के हो? तिनीहरूले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्छन् कि गर्दैनन् वा यसले कामको प्रगतिमा बाधा दिन्छ कि दिँदैन भन्‍ने कुरालाई वास्ता गर्दैनन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू खोजी गर्दैनन्, बरु आफूलाई जे मन लाग्यो त्यही गर्छन्। तिनीहरूले कामका परिणामहरू वा प्रभावकारिताबारे कुनै विचार गर्दैनन्, र परमेश्‍वरको घरका हितहरूबारे पटक्‍कै विचार गर्दैनन्, परमेश्‍वरले के अभिप्राय राख्‍नुहुन्छ र के मापदण्ड दिनुहुन्छ भन्‍ने कुरा विचार गर्नु त परै जाओस्। तिनीहरूको सोचाइ यस्तो हुन्छ, ‘आफ्‍नो कर्तव्य निर्वाह गर्ने मेरा आफ्नै तरिका र तालिकाहरू छन्। मबाट धेरै माग गर्ने वा कामकुराहरू विस्तृत रूपमा गर्नुपर्ने मापदण्डहरू दिने नगर। मैले आफ्नो कर्तव्य निर्वाह गर्नु नै पर्याप्त कुरा हो। मैले अत्यन्तै थकित हुनु वा अत्यन्तै धेरै कष्ट भोग्‍नु हुँदैन।’ तिनीहरूले तिनीहरूका कामबारे थप जान्‍नको लागि माथिले गरेका सोधपुछ र प्रयासहरू बुझ्दैनन्। तिनीहरूको यो बुझाइको अभावमा के कुराको कमी छ? के यो समर्पणको कमी होइन र? के यो जिम्मेवारीबोधको कमी हुनु होइन र? बफादारिताको कमी? यदि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा साँच्‍चै नै जिम्मेवार र बफादार थिए भने, के तिनीहरूले आफ्नो कामबारे माथिले गरेका सोधपुछहरू इन्कार्नेथिए र? (थिएनन्।) तिनीहरूले यो कुरा बुझ्न सक्थे। यदि तिनीहरूले साँच्‍चै नै यो कुरा बुझ्‍न सक्दैनन् भने, एउटा मात्र सम्भावना हुन्छ: तिनीहरूले आफ्नो कर्तव्यलाई आफ्नो पेशा र जीविकोपार्जनको रूपमा हेर्छन्, र यसबाट फाइदा लिन्छन्, र तिनीहरूले आफूले निर्वाह गर्ने कर्तव्यलाई सधैँ इनाम प्राप्त गर्ने सर्त र सौदाबाजीको रूपमा लिन्छन्। तिनीहरूले माथिलाई टार्नको लागि प्रतिष्ठाको काम मात्रै अलिअलि गर्छन्, र परमेश्‍वरको आज्ञालाई आफ्नो कर्तव्य र दायित्वको रूपमा लिने कुनै प्रयास गर्दैनन्। त्यसकारण, जब माथिले तिनीहरूको कामबारे सोधपुछ गर्छ वा यसको सुपरिवेक्षण गर्छ, तब तिनीहरू घृणा गर्ने प्रतिरोधी मानसिकतामा जान्छन्। के यस्तै हुँदैन र? (यस्तै हुन्छ।) यो समस्या कहाँबाट आएको हो? यसको सार के हो? त्यो के हो भने, कार्य परियोजनाप्रतिको तिनीहरूको मनोवृत्ति नै गलत हुन्छ। तिनीहरूले कामको प्रभावकारिता र परमेश्‍वरको घरका हितहरूबारे सोच्‍नुको सट्टा देहगत सहजता र आराम, र आफ्नै हैसियत र अभिमानबारे मात्रै विचार गर्छन्। तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्ने प्रयास पटक्‍कै गर्दैनन्। यदि तिनीहरूमा साँच्‍चै नै अलिकति विवेक र समझ थियो भने, तिनीहरूले माथिका सोधपुछ र सुपरिवेक्षणलाई बुझ्न सक्थे। तिनीहरूले हृदयदेखि यसो भन्‍न सक्थे, ‘माथिले सोधपुछ गर्नु राम्रो कुरा हो। नत्र त मैले सधैँ आफ्नै इच्छाअनुसार काम गरिरहेको हुन्थेँ, जसले गर्दा कामको प्रभावकारितामा बाधा पर्नेथ्यो, वा काम नै बरबादसमेत हुनेथ्यो। माथिले सङ्गति गरिरहन्छ र विभिन्‍न कुराहरू जाँचिरहन्छ, र यसले वास्तवमै वास्तविक समस्याहरू समाधान गरेको छ—यो कति राम्रो कुरा हो!’ यसले तिनीहरू जिम्मेवार व्यक्ति हुन् भन्‍ने देखाउँछ। यदि तिनीहरूले काम आफै लिए भने, यदि कुनै गल्ती वा दुर्घटना भयो, र यसले परमेश्‍वरको घरको काममा कुनै क्षति ल्यायो र त्यसलाई समाधान गर्ने कुनै उपाय हुनेछैन भने, त्यो तिनीहरूले लिन नसक्‍ने जिम्मेवारी हुनेछ भनेर तिनीहरूलाई डर लाग्छ। के त्यो जिम्मेवारीबोध होइन र? (हो।) यो जिम्मेवारीबोध हो, र यो तिनीहरूले आफ्नो बफादारिता पूरा गरिरहेको सङ्केत पनि हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने कर्तव्यमा साँच्चै जिम्मेवार र बफादार हुनेहरू आफ्ना कमजोरीहरूको परिपूर्ति गर्न र राम्रोसँग कर्तव्य पूरा गर्नमा सक्दो प्रयास लगाउन खुसीसाथ अरूबाट सुपरीवेक्षण र मार्गदर्शन स्वीकार गर्छन्। तर, आफ्नो कर्तव्यप्रति बफादार नहुनेहरू हरेक परिस्थितिमा आफ्नै इज्जत र हैसियतको मात्र ख्याल गर्छन्। जब अरूले तिनीहरूको कामको सुपरिवेक्षण वा तीबारे सोधपुछ गर्छन्, तिनीहरूलाई अरूले तिनीहरूलाई उच्च सम्मान गर्दैनन् वा तिनीहरूको ख्याल गर्दैनन् भन्ने लाग्छ, र तिनीहरू प्रतिरोधी महसुस गर्छन् र विरोधी बन्छन्, सत्यता स्वीकार गर्ने मनोवृत्ति पटक्कै देखाउँदैनन्। अगुवाको सुपरिवेक्षणप्रति मैले कस्तो प्रतिक्रिया दिएकी थिएँ भन्नेबारे चिन्तन गर्दा, के त्यो मेरो बफादारीको अभावको सङ्केत थिएन र? मैले आफ्नो कामको अवस्थाबारे अगुवालाई रिपोर्ट गरेकी गर्दा, मलाई आफूले केही वास्तविक काम गरेकी छु, र अगुवाले मेरोबारेमा राम्रो सोच्नुहोला भन्ने लाग्यो। तर अप्रत्याशित रूपमा, अगुवाले मैले अनुगमन गरेको काममा धेरै समस्याहरू भेट्टाउनुभएको थियो, र मैले सतही समस्याहरूलाई मात्र हेरेको र सङ्गति र समाधान गर्न समस्याको जड नबुझेको कुरा औँल्याउनु भएको थियो। मैले अगुवाले मेरो कामलाई नकारिरहनु भएको छ, र उहाँले प्रतिरोधी र असन्तुष्ट महसुस गर्नुभएको छ भन्ने सोचेकी थिएँ। विशेष गरी अगुवाले कसरी मेरा सहकर्मीहरूसामु मेरो कामबारे निकट रूपमा प्रश्न गर्नुभएको थियो र मेरा समस्याहरू औँल्याउनु भएको थियो मैले अपमानित महसुस गरेकी थिएँ भन्नेबारे सोच्दा, म निकै आक्रोशित भएँ। मैले इज्जत जोगाउन कोसिस गर्दै, आफ्नो हृदयमा आफूलाई निरन्तर सही ठहर्यारहेकी र आफ्नो बचाउ गरिरहेकी थिएँ, अनि ठुस्किएकी पनि थिएँ। वास्तवमा, अगुवाको सुपरिवेक्षण र मार्गदर्शन मलाई मेरो कर्तव्य राम्रोसँग पूरा गर्न मद्दत गर्नका लागि थियो, जुन मण्डलीको कामलाई फाइदाजनक थियो। तर, ममा स्वीकार गर्ने कुनै मनोवृत्ति थिएन र मैले अगुवाले नियतवश नै मलाई होच्याउँदै र तुच्छ ठान्दै हुनुहुन्थ्यो भन्ने समेत महसुस गरेँ। मैले परमेश्‍वरको घरको कामको ख्यालै नगरी केवल आफ्नो इज्जत र हैसियतको मात्र ख्याल गरेकी थिएँ। म आफ्नो कर्तव्यप्रति बफादार व्यक्ति थिइनँ। अझ, म निकै अहङ्कारी र आत्म-धर्मी भएकी थिएँ, सधैँ मेरो जिम्मेवारीको काम राम्रै थियो र अगुवाले भनेजत्तिको खराब थिएन भन्ने सोच्थेँ। त्यसैले अगुवाले असल नियतले दिनुभएको मार्गदर्शन र सहयोगप्रति मैले खोज्ने वा स्वीकार गर्ने कुनै मनोवृत्ति नराखी निकै प्रतिरोधी महसुस गरेकी र विकर्षित भएकी थिएँ। म साँच्चै आत्म-धर्मी र हठी भएकी थिएँ, सत्यप्रति वितृष्ण हुने शैतानी स्वभाव प्रकट गरेकी थिएँ। मैले आफ्नो कर्तव्य पूरा गर्दा अरूको सामान्य मार्गदर्शन समेत स्वीकार गर्न सक्दिनथेँ भने, म कसरी सत्यता स्विकार्न र प्राप्त गर्न सक्थेँ? यी कुराहरू बुझिसकेपछि, मैले अगुवाले औँल्याएका समस्याहरूको विश्लेषण गरेँ, र मेरो समूहका सदस्यहरूसँग कामबारे छलफल गर्दा, सतहमा देखिने समस्याहरूको प्रकृति र जडबारे सचेत रूपले मनन गरेँ। त्यसपछि मैले ती वास्तविक समस्याहरूको समाधान औँल्याइदिएँ। तिनीहरूले यस प्रकारको सङ्गति प्रभावकारी छ र यसले केही समस्याहरू समाधान गर्न सक्छ भनेर भने। यो नतिजा देखेर मलाई खुसी लाग्यो। कहिलेकाहीँ मेरो काममा अझै पनि केही पक्षहरू थिए, जसलाई मैले राम्ररी ख्याल गरेकी थिइनँ, र अगुवाले तिनलाई औँल्याइदिनु हुन्थ्यो। मैले सचेत भई स्वीकार गरेँ, गल्ती सुधारेँ, र केही प्रवेश पाएँ, अनि बिस्तारै मैले केही प्राप्त गरिरहेको छु भन्ने महसुस गर्न थालेँ।

पछि, मलाई अझ धेरै समूहहरूको कामको जिम्मा दिइयो। केही महिनापछि, एक दिन अगुवाले मसँग कामको अवस्थाबारे सोध्नुभयो। त्यहाँ केही विवरणहरू थिए, जसलाई मैले स्पष्ट रूपमा व्याख्या गर्न सकिनँ। त्यस पछि अगुवाले मलाई कडासँग भन्नुभयो, “तपाईँ केही समयदेखि यी समूहहरूका लागि जिम्मेवार हुनुहुन्छ, तर तपाईँलाई यी विवरणहरू समेत थाहा छैन। के यो गैर-जिम्मेवार हुनु र वास्तविक काम नगर्नु होइन र?” अगुवाको वचन सुनेर, मेरो अनुहार लाजले जलिरहेको महसुस भयो। अगुवाले सत्य बोलिरहनुभएको छ भन्ने थाहा भए पनि, मलाई त्यो स्विकार्न गाह्रो भयो, अगुवाले मप्रति नकारात्मक दृष्टिकोण राख्नुभयो र मेरा सहकर्मीहरू मेरो बारेमा के सोच्लान् भन्नेबारे चिन्ता लाग्यो। तर त्यसपछि मैले केही समय पहिले पढेको परमेश्‍वरका वचनहरूबारे सोचेँ: “यदि तिनीहरूमा साँच्‍चै नै अलिकति विवेक र समझ थियो भने, तिनीहरूले माथिका सोधपुछ र सुपरिवेक्षणलाई बुझ्न सक्थे। तिनीहरूले हृदयदेखि यसो भन्‍न सक्थे, ‘माथिले सोधपुछ गर्नु राम्रो कुरा हो। नत्र त मैले सधैँ आफ्नै इच्छाअनुसार काम गरिरहेको हुन्थेँ, जसले गर्दा कामको प्रभावकारितामा बाधा पर्नेथ्यो, वा काम नै बरबादसमेत हुनेथ्यो। माथिले सङ्गति गरिरहन्छ र विभिन्‍न कुराहरू जाँचिरहन्छ, र यसले वास्तवमै वास्तविक समस्याहरू समाधान गरेको छ—यो कति राम्रो कुरा हो!’ यसले तिनीहरू जिम्मेवार व्यक्ति हुन् भन्‍ने देखाउँछ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। मैले परमेश्‍वरका वचनहरू मनन गरिरहँदा, मेरो मन बिस्तारै शान्त भयो। मेरो कामप्रति अगुवाको सोधपुछ कामको जिम्मेवारीका कारण गरिएको थियो; मैले नै वास्तविक काम गरेकी थिइनँ। अरूको आलोचना र काट-छाँटको प्रतिरोध गर्न मसँग के कारण थियो? मैले सधैँ आफ्नै इज्जतको मात्र चिन्ता गरेकी थिएँ, के त्यो अझै पनि आफ्नो रक्षा गर्ने प्रयास थिएन? के त्यो अझै पनि परमेश्‍वरको घरको कामभन्दा पहिले मेरो आफ्नै इज्जतलाई प्राथमिकतामा राख्नु थिएन र? यसबारे सोच्दा, म यी समूहहरूको कामका लागि जिम्मेवार भएकीले कामको बोझ उठाउने जिम्मेवारी मेरो हुनुपर्थ्यो। तर अहिले अगुवाले विस्तृत रूपमा कामबारे प्रश्न उठाउन थालिसकेपछि, मैले यी कामका विशिष्टताहरू बुझेकी थिइनँ र कुनै वास्तविक काम गरेकी थिइनँ भन्ने कुरा स्पष्ट भइसकेको थियो। तैपनि, म अझै इज्जत जोगाउन चाहन्थेँ र अरूले मेरो खुलासा वा आलोचना गरून् भन्ने चाहँदिनथेँ। के यो अझै पनि सत्यलाई अस्वीकार गर्नु थिएन र? यो बुझेर, मलाई केही आत्मग्लानि भयो र आफ्ना समस्याहरू सच्याउन अगुवाको मार्गदर्शन स्विकार्न इच्छुक भएँ। पछि, मैले समूहको काममा संलग्न हुन र यसको प्रत्येक पक्षका विशिष्ट परिस्थितिहरू वास्तवमै बुझ्न पहल गर्न थालेँ। मैले आफूले पहिचान गरेका समस्याहरूबारे टोलीका सदस्यहरूसँग छलफल गरेँ, र तिनीहरूले पनि यी समस्याहरू तुरुन्त समाधान गर्ने इच्छा पनि व्यक्त गरे। वास्तवमा काममा सहभागी भएर, मैले धेरै कुरा पाएँ। मैले काममा रहेका समस्याहरूलाई ध्यानपूर्वक मनन गरेँ र पछि केही उपायहरू निकालेँ। यसरी अभ्यास गर्दा मलाई अझ सहज महसुस भयो।

यस अनुभवबाट, मैले बुझेँ कि आफ्नो कर्तव्य पूरा गर्दा सुपरिवेक्षण र मार्गदर्शन स्वीकार गर्नु भनेको मण्डलीको कामप्रति जिम्मेवार हुने मनोवृत्ति हो। मेरो कर्तव्यमा अझै पनि धेरै विचलन र त्रुटिहरू छन्, जसका लागि अगुवाको सुपरिवेक्षण र मार्गदर्शन आवश्यक छ। आफैंमा मात्र भर परेर, म धेरै कार्यहरू राम्रोसँग गर्न सक्दिनँ र यसले गर्दा मण्डलीको काममा ढिलाइ पनि हुन सक्छ। अगुवाले गर्ने मेरो कामको सुपरिवेक्षण र मार्गदर्शन मलाई अप्ठ्यारोमा पार्नका लागि होइन। यसको विपरीत, ती मेरो कर्तव्य राम्रोसँग पूरा गर्न र मेरा कमीकमजोरीहरूमा चिन्तन गर्न र तिनलाई जान्न मेरा लागि लाभदायक छन्। अब, म दाजुभाइ-दिदीबहिनीहरूको सुपरिवेक्षण र मार्गदर्शनलाई सही तरिकाले सम्हाल्न सक्छु र तिनलाई स्वीकार गर्न, आत्मचिन्त गर्न र आफ्ना विचलन सच्याउन इच्छुक छुँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

ती सब कष्ट-भोग केका लागि?

एन्जेला, इटालीविश्‍वासी बनेपछि, धेरै अगुवा र सेवकहरूले वास्तवमै धेरै कठिनाइ भोग्‍न सक्छन् भन्‍ने देखेँ। तिनीहरूले झरी बतासमा पनि काम...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्