डुब्न लागेको जीवन
वाङ फ्याङ, चीनसन् २००८ मा, मैले मण्डलीको साहित्य ओसारपसार गर्ने कामको जिम्मा लिएकी थिएँ। धार्मिक स्वतन्त्रता भएको देशमा यो एकदमै सामान्य...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २००० मा, मैले भाग्यवश सर्वशक्तिमान् परमेश्वरको राज्यको सुसमाचार सुन्न पाएँ। परमेश्वरका वचनहरू पढेर, मैले परमेश्वरका नाउँहरूको रहस्य, परमेश्वरका देहधारणहरूको रहस्य, अनि परमेश्वरका तिन चरणका कामले कसरी मानवजातिलाई मुक्ति दिन्छन्, र तिनले कसरी मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्छन्, शुद्ध र सिद्ध पार्छन् भन्ने जस्ता सत्यताहरू बुझेँ। सर्वशक्तिमान् परमेश्वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनी म निश्चित भएँ, र मैले खुसीका साथ परमेश्वरको राज्यको सुसमाचार स्वीकार गरेँ। त्यसपछि, म मण्डली जीवनमा, अनि सुसमाचार प्रचार गर्ने र परमेश्वरको गवाही दिने काममा सक्रिय रूपमा सामेल भएँ। सन् २००२ मा, म सुसमाचार प्रचार गरेकीले स्थानीय क्षेत्रमा चिनिएँ र प्रहरीद्वारा पक्राउ पर्ने निरन्तर खतरामा थिएँ। आफ्नो कर्तव्य निर्वाह गरिरहन सकूँ भनेर मसँग घरबाट भाग्नुबाहेक अरू कुनै विकल्प थिएन।
चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले टेलिफोनलाई सधैँ इसाईहरूलाई निगरानी र पक्राउ गर्ने साधनका रूपमा प्रयोग गर्दै आएको छ, त्यसैले मैले घर छोडेपछि मेरो परिवारलाई कल गर्ने आँट गरिनँ। सन् २००३ को सुरुतिर म मेरो परिवारबाट अलग भएको लगभग एक वर्ष भइसकेको थियो, त्यसैले म मेरो श्रीमानलाई भेट्न सासूको घर गएँ किनकि मलाई उनीहरूको धेरै याद आएको थियो। मेरो देवरले म फर्केको देखेपछि, मेरी आमालाई कल गरेर म सासूको घरमा भएको कुरा सुनाए। अचम्म त के भयो भने, तीन घण्टापछि नगर सार्वजनिक सुरक्षा ब्युरोका चारजना प्रहरी एउटा प्रहरी गाडीमा मेरी सासूको घरमा आए। तिनीहरू घरभित्र पस्नेबित्तिकै, तिनीहरूले मलाई उग्र रूपमा भने, “हामी नगर सार्वजनिक सुरक्षा ब्युरोबाट आएका हौँ। तिमी ली झी हौ, होइन? तिमी लगभग एक वर्षदेखि हाम्रो खोजी सूचीमा थियौ, हामीले बल्ल तिमीलाई भेट्टायौँ! तिमी हामीसँग जानुपर्छ!” म असाध्यै डराएकी थिएँ; र मैले हृदयमा निरन्तर परमेश्वरलाई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्वर! आज म तपाईँको अनुमतिले पक्राउ परेकी छु। तर मेरो कद अत्यन्तै सानो छ, र म कायर र डराएकी छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस् र सुरक्षा दिनुहोस्, अनि मलाई विश्वास र शक्ति प्रदान गर्नुहोस्। तिनीहरूले मलाई जस्तोसुकै व्यवहार गरे पनि, म तपाईँमाथि भर पर्न र आफ्नो गवाहीमा दृढ रहन चाहन्छु। यहूदा बनेर तपाईँलाई धोका दिनुभन्दा बरु म मेरो बाँकी जीवन जेलमा बिताउँछु!” प्रार्थना गरेपछि, मैले परमेश्वरका यी वचनहरू सोचेँ: “उहाँको स्वभाव अख्तियारको प्रतीक हो, सबै इन्साफको प्रतीक, सबै सुन्दर र असल कुराको प्रतीक हो। त्योभन्दा पनि बढी, उहाँको स्वभाव अन्धकार वा कुनै शत्रु शक्तिद्वारा पराजित हुनु वा त्यसको आक्रमणमा पर्नुविरुद्धको अभेद्यताको प्रतीक …” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको स्वभाव बुझ्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ)। मैले मनमनै सोचेँ, “हो त। परमेश्वरले यावत् थोकमाथि सार्वभौमिकता सार्वभौमिकता राख्नुहुन्छ र शासन गर्नुहुन्छ। विगत केही वर्षदेखि, चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले परमेश्वरको राज्यको सुसमाचार फैलाउने कामलाई बाधा दिन र अवरोध गर्न सक्दो कोसिस गरेको छ, तर पनि सत्यताका लागि तिर्खाउने र परमेश्वरको आवाज सुन्ने हरेक सम्प्रदायका मानिसहरू उहाँको सिंहासनसामु फर्केर आएका छन् र उनीहरूले उहाँका आखिरी दिनहरूको मुक्ति स्वीकार गरेका छन्। यसले परमेश्वरको सर्वशक्तिमान्ता र सार्वभौमिकता, अनि परमेश्वरले पूरा गर्न चाहनुभएको कुराको बाटोमा कुनै पनि शक्तिले बाधा दिन सक्दैन भन्ने देखाउँछ। हुन त म अहिले प्रहरीको हातमा परेकी छु, तर तिनीहरू आफै पनि परमेश्वरकै हातमा छन्। परमेश्वर नै मेरो साथमा हुनुभएपछि, डराउनुपर्ने के छ र?” परमेश्वरका वचनहरूले मलाई विश्वास र शक्ति दिए, र मेरो मन बिस्तारै शान्त हुन थाल्यो।
हामी नगर सार्वजनिक सुरक्षा ब्युरोमा पुगेपछि मलाई स्कर्टिङ गरेर सोधपुछ कक्षमा लगियो। प्रहरीले मेरो पेटी खोस्यो, मेरो लुगा, जुत्ता र मोजा फुकाल्यो, र त्यसपछि मेरो खानतलासी गर्यो। त्यसपछि, एक जना प्रहरीले चिच्याउँदै भन्यो, “तैँले जानेका सबै कुरा छिटो-छिटो हामीलाई भन्! तँ विश्वासी भएको कति वर्ष भयो? तँलाई सुसमाचार कसले सुनायो? तेरा मण्डली अगुवाहरू को-को हुन्? तैँले कति जनालाई प्रचार गरेकी छेस्? तँ मण्डलीमा के गर्छेस्?” मैले उसका प्रश्नहरूको जवाफ दिइन, र लज्जित भएर उसले तुरुन्तै रिसाउँदै सराप्यो, “धत्तेरि। यदि तैँले बोल्न थालिनस् भने, तँलाई बोल्न लगाउने हामीसँग थुप्रै तरिकाहरू छन्!” यसो भन्दै उसले मलाई आक्रामक रूपमा कुर्सीबाट तानेर भुइँमा लडायो। दुई जना प्रहरीले मेरो खुट्टामा टेके भने अरू दुई जनाले मेरो ढाडमा जोडले टेके। मेरो टाउको झन्डै भुइँमा बजारिएको थियो र मलाई सास तान्न गाह्रो भइरहेको थियो। त्यसपछि एक जना प्रहरीले एउटा पेन्सिल लियो र मेरो पैतालाको खोपिल्टोमा बिस्तारै यताउता कोर्न थाल्यो, जसले मलाई दुखाइ पनि भयो र काउकुती पनि लाग्यो। त्यो असह्य थियो; सास फेर्न यति गाह्रो भयो कि म निसास्सिन लागेकी थिएँ, र मलाई मृत्युको डरले छोप्यो। तिनीहरूमध्ये एक जनाले मलाई धम्की दिन थाल्यो, “तँ बोल्छेस् कि बोल्दिनस्? बोल्दिनस् भने, हामी तँलाई यातना दिएर मार्नेछौँ!” यो प्रहरी गिरोहको सतावट र धम्कीको सामना गर्दा मलाई साँच्चै डर लाग्यो; मलाई तिनीहरूले यातना दिएर मार्छन् कि भन्ने चिन्ता लाग्यो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरिरहेँ, र मलाई विश्वास र शक्ति दिनुहोस्, अनि मलाई सुरक्षा दिनुहोस् ताकि म आफ्नो गवाहीमा दृढ रहन सकूँ र यहूदा बनेर उहाँलाई धोका नदिऊँ भनेर उहाँलाई बिन्ती गरेँ। प्रार्थना गरेपछि, मेरो मनमा परमेश्वरका यी वचनहरू आए: “विश्वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अल्झिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले आफ्नो मनमा डरपोक र भयका विचारहरू राख्छ भने शैतानले उनीहरूलाई मूर्ख बनाएको हुन्छ, हामी विश्वासको पुल पार गरी परमेश्वरमा प्रवेश गरौंला भनी त्यो डराएको हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। परमेश्वरका वचनहरूबाट प्रेरित भएर, मैले तुरुन्तै मभित्र शक्ति बढेको महसुस गरेँ, र मैले मेरो कायरता र मृत्युको डर शैतानले खेलाएको परिणाम थियो भन्ने महसुस गरेँ। चिनियाँ कम्युनिस्ट पार्टीले क्रूर यातना प्रयोग गरेर मलाई आफ्नो निरङ्कुश शक्तिसामु झुक्न, अनि मर्ने डरले मण्डलीलाई धोका दिन र परमेश्वरलाई धोका दिने यहूदा बन्न बाध्य पार्ने आशा गरिरहेको थियो। मैले शैतानको धूर्त षड्यन्त्रलाई कुनै हालतमा सफल हुन दिन सक्दिनथेँ, र मैले आफ्नो ज्यानको मूल्य चुकाउनु परे पनि परमेश्वरका लागि आफ्नो गवाहीमा दृढ रहने निर्णय गरेँ। त्यसबेला, प्रहरीले मलाई त्यसरी नै यातना दिइरहे, तर अब मलाई त्यति डर लागेको थिएन। मलाई यो परमेश्वरले मलाई उहाँको कृपा र सुरक्षा देखाइरहनुभएको हो भन्ने थाहा थियो, र म उहाँप्रति असाध्यै आभारी भएँ।
त्यसपछि दुई जना प्रहरीले मलाई फेरि हतकडी लगाएर कुर्सीमा राखे र कठोर रूपमा उही प्रश्नहरू सोधे। मैले अझै पनि जवाफ नदिएको देखेर, तिनीहरूले अझ तीव्र यातना दिन थाले। तिनीहरूले मेरा हात सिधा ताने, र त्यसपछि बलपूर्वक पछाडि लगेर माथितिर मोडे। तुरुन्तै, मेरा हातहरू भाँचिन लागेजस्तो महसुस भयो र त्यसको चर्को पीडाले मेरो शरीरभरि पसिना छुट्यो; म चिच्याउन बाध्य भएँ। त्यसपछि तिनीहरूले मेरा खुट्टालाई मेरो टाउकोभन्दा माथि नपुगुन्जेल ताने, र त्यसपछि मेरा दुइटा खुट्टालाई विपरीत दिशातर्फ ताने। त्यो च्यातिएको पीडाले म झन्डै बेहोस भएँ। हृदयमा, मैले परमेश्वरलाई निरन्तर प्रार्थना गरिरहेँ, “हे सर्वशक्तिमान् परमेश्वर! कृपया मलाई विश्वास र शक्ति अनि यो पीडा सहने दृढता प्रदान गर्नुहोस्। तपाईँ मेरो बलियो सहारा बनिदिनुहोस्, र मेरो आत्मालाई शक्ति दिनुहोस्। पिशाचहरूको यो गिरोहले जतिसुकै क्रूर विधिहरू प्रयोग गरेर मलाई यातना दिए पनि, म तपाईँमाथि भर पर्नेछु र आफ्नो गवाहीमा दृढ रहनेछु।” मैले प्रार्थना गरिसकेपछि, परमेश्वरका वचनहरूको एउटा भजन मेरो दिमागमा आयो:
जाँचहरूले विश्वास माग गर्छन्
1 परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु, वा परमेश्वरका अभिप्रायहरू वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर समग्रमा, तँमा परमेश्वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्वरलाई इन्कार गर्नु हुँदैन। अय्यूब कमजोर भए पनि र उसले आफू जन्मेको दिनलाई धिक्कारे पनि, उसले मानिसहरू जन्मेपछि, तिनीहरूसँग हुने सबै थोकहरू, यहोवाले नै दिनुहुन्छ, र यहोवाले नै ती लैजानु पनि हुन्छ भन्ने कुरा इन्कार गरेन। उसलाई जस्तोसुकै परीक्षाहरू भोगाइएको भए पनि, उसले यो विश्वास थामेर राख्यो।
2 … यस्तो प्रकारले काम गरेर उहाँ मानिसहरूको आस्था, प्रेम र सङ्कल्पलाई सिद्ध पार्नुहुन्छ। परमेश्वरले मानिसहरूमा सिद्धताको काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो छुन सक्दैनन्; त्यस्ता परिस्थितिहरूमा, आस्था आवश्यक हुन्छ। जब कुनै कुरा नाङ्गो आँखाले देख्न सकिँदैन, त्यतिबेला आस्था चाहिन्छ। जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्, आस्था त्यसबेला चाहिन्छ। जब परमेश्वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले आस्था राख्नुपर्छ र तैँले बलियो अडान लिनुपर्छ र आफ्नो गवाहीमा दृढ रहनुपर्छ भन्ने हुन्छ। जब अय्यूब यो अवस्थामा पुग्यो, परमेश्वर उसकहाँ देखा पर्नुभयो र ऊसँग बोल्नुभयो। अर्थात्, तँसँग आस्था हुँदा मात्र तैँले परमेश्वरलाई देख्न सक्नेछस्, जब तँसँग आस्था हुन्छ, परमेश्वरले तँलाई सिद्ध पार्नुहुनेछ.
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधन भएर जानैपर्छ
परमेश्वरका वचनहरूले मलाई ठूलो विश्वास र शक्ति दिए। मैले अय्यूबले भोगेका ठूला परीक्षाहरूको बारेमा सोचेँ, जब तिनको पूरै शरीर पीडादायी खीलहरूले भरिएको थियो र तिनले भयानक पीडा भोगेका थिए। तर पनि, आफ्नो पीडाको बाबजुद, तिनी अझै पनि परमेश्वरको अभिप्राय खोज्न सक्षम थिए; तिनले आफ्ना शब्दहरूद्वारा पाप गरेनन् वा परमेश्वरलाई इन्कार गरेनन्, बरु तिनी परमेश्वरप्रति समर्पित भए र तिनले परमेश्वरको पवित्र नाउँको गुणगान गरे। अय्यूबसँग साँचो विश्वास र परमेश्वरको डर थियो, र त्यसैले गर्दा तिनी परमेश्वरका लागि आफ्नो गवाहीमा दृढ रहन र शैतानलाई पूर्ण रूपमा लज्जित पार्न र हराउन सक्षम भए—अन्ततः, परमेश्वर देखा पर्नुभयो र उहाँले तिनीसँग बोल्नुभयो। अहिले ममाथि आइपरेको सङ्कष्ट र परीक्षालाई पनि परमेश्वरले अनुमति दिनुभएको थियो। हुन त मैले परमेश्वरको अभिप्राय पूर्ण रूपमा बुझेकी थिइनँ र मेरो देहलाई चरम पीडा भइरहेको थियो, तर मेरो जीवन वा मृत्युको विषयमा अन्तिम निर्णय गर्ने अधिकार परमेश्वरसँग थियो, र उहाँको अनुमतिविना, प्रहरीले मलाई जतिसुकै यातना दिए पनि मेरो ज्यान कहिल्यै लिन सक्दैनथ्यो। यी प्रहरीहरू बाहिरबाट हेर्दा डरलाग्दा देखिन्थे, तर परमेश्वरको अगाडि तिनीहरू केवल कागजका बाघ थिए, केवल परमेश्वरका हातका औजार थिए। परमेश्वरले मेरो विश्वासलाई सिद्ध पार्न तिनीहरूको क्रूरता र सतावट प्रयोग गरिरहनुभएको थियो। म आफूलाई पूर्ण रूपमा उहाँका हातमा सुम्पनेथिएँ, र शैतानलाई जित्न परमेश्वरमा भर पर्नेथिएँ, र म अब प्रहरीहरूसँग डराउन छोडेकी थिएँ। प्रहरीले मलाई बारम्बार यातना दिए। मैले अझै पनि नबोलेको देखेर, एक जना प्रहरीले लगभग ५० सेन्टिमिटर लामो सेतो स्टिलको रुलर उठायो र त्यसले मेरो अनुहारमा क्रूरतापूर्वक हिर्काउन थाल्यो। मलाई कति पटक हिर्काइयो भन्ने मलाई कुनै पत्तो थिएन; मेरो अनुहार सुन्निएको थियो र दुखाइले पोलिरहेको थियो। मैले मेरो आँखाअगाडि ताराहरू घुमिरहेको मात्र देख्न सक्थेँ र मेरो टाउको भुनभुनाइरहेको थियो। त्यसपछि दुई जना प्रहरीले आफ्नो छालाको जुत्ताको कुर्कुच्चाले मेरो तिघ्रामा टेक्न थाले। प्रत्येक प्रहारले मलाई असह्य पीडा दिन्थ्यो। मेरो पीडामा, मैले हृदयमा गम्भीरतापूर्वक परमेश्वरलाई पुकारेँ, र चिनियाँ कम्युनिस्ट पार्टीको प्रहरीले मलाई दिएको क्रूर यातनालाई जित्न सकूँ भनेर मलाई सुरक्षा दिनुहोस् भनी उहाँसँग बिन्ती गरेँ।
भोलिपल्ट बिहान ८ बजे, आपराधिक प्रहरी वाहिनी प्रमुख सोधपुछ कक्षमा प्रवेश गर्यो। प्रहरीले मबाट कुनै पनि जानकारी पाउन सकेको छैन भन्ने थाहा पाएपछि, उसले उग्र रूपमा भन्यो, “तँ बोल्न मानिरहेकी छैनस्, होइन त? हँ! त्यसको त हामी हेरौँला नि!” त्यसपछि ऊ गयो। त्यो दिउँसो, हातमा एउटा परिचयपत्र लिएको एक जना मोटो अधिकारी मकहाँ आयो र सोध्यो, “यो व्यक्तिलाई चिन्छेस्?” मैले तुरुन्तै देखेँ कि त्यो मेरै गाउँको मण्डलीकी एउटी बहिनी थिइन्। मैले मनमनै सोचेँ, “चाहे जेसुकै होस्, मैले मेरी बहिनीलाई घात गर्नु हुँदैन।” त्यसैले, मैले जवाफ दिएँ, “अहँ, म उसलाई चिन्दिनँ।” उसले आँखा खुम्च्यायो, र टेबुलमा रहेको एउटा इलेक्ट्रिक लट्ठी उठायो। त्यसलाई मेरो अनुहारअगाडि हल्लाउँदै, उसले धम्कीपूर्ण पारामा भन्यो, “तँ जिद्दी रहिछस्। हामीलाई थाहा छ तँ मण्डलीकी एक अगुवा होस्, त्यसैले खुरुक्क भन्! तेरो मण्डलीमा कति जना सदस्यहरू छन्? मण्डलीको पैसा कहाँ छ? यदि तैँले मलाई भनिनस् भने, म तँलाई यो इलेक्ट्रिक लट्ठीको स्वाद चखाउँछु!” प्रहरीको द्वेषी अनुहार हेरेर, मलाई असाध्यै डर लाग्यो र मैले हतार-हतार परमेश्वरलाई मनमनै एउटा प्रार्थना गरेँ। ठीक त्यही बेला, परमेश्वरका वचनहरू मेरो मनमा आए: “यो वा त्यो कुराको डर नमान्, सेनाहरूका सर्वशक्तिमान् परमेश्वर अवश्य नै तेरो साथमा हुनुहुनेछ; उहाँ तेरो सहायक शक्ति हुनुहुन्छ, र उहाँ तेरो ढाल हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २६)। परमेश्वरका अख्तियारसम्पन्न वचनहरूले मलाई विश्वास र शक्ति दिए र मैले तुरुन्तै कसैको आड पाएजस्तो महसुस गरेँ। मैले मनमनै सोचेँ, “परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, र शैतान र पिशाचहरू जतिसुकै दुष्ट भए पनि, के तिनीहरू पनि परमेश्वरकै हातमा छैनन् र? मेरो बलियो सहाराका रूपमा सर्वशक्तिमान् परमेश्वर हुनुभएपछि, मैले डराउनुपर्ने केही छैन!” त्यसैले मैले शान्त भएर जवाफ दिएँ, “मलाई केही पनि थाहा छैन।” त्यो मोटो प्रहरीले दुर्भावपूर्ण शैलीमा भन्यो, “केही पनि थाहा नहुँदा तैँले पाउने नै यही हो!” यसो भन्दै गर्दा, उसले मेरो हतकडीमा इलेक्ट्रिक लट्ठीले छोयो र बिजुलीको एक शक्तिशाली झट्का मेरो पूरै शरीरभरि असह्य पीडादायी लहर बनेर फैलियो—त्यो पीडा अवर्णनीय थियो। प्रहरीले मलाई लट्ठीले झट्का दिइरह्यो, र जब म लगभग सहन नसक्ने अवस्थामा पुगेकी थिएँ, त्यतिबेला नै एउटा चमत्कार भयो: त्यसको पावर सकियो! म परमेश्वरको सर्वशक्तिमान्ता र सार्वभौमिकताको साक्षी बनेकी थिएँ, र अझ भन्नुपर्दा, मैले परमेश्वर सधैँ मेरो छेउमा हुनुहुन्छ, मलाई हेरिरहनुभएको छ, मेरो सुरक्षा गरिरहनुभएको छ, र मेरो कमजोरीलाई ख्याल गरिरहनुभएको छ भन्ने तथ्यको अनुभव गरेँ। मेरो विश्वास बढ्यो र परमेश्वरका लागि आफ्नो गवाहीमा दृढ रहने मेरो सङ्कल्प अझ बलियो भयो।
पछि, मैले अझै पनि बोल्न नखोजेको देखेर प्रहरीले दुई-दुई जनाको समूहमा पालैपालो मलाई निगरानी गर्न थाले। तिनीहरूले मलाई खान, पिउन वा सुत्नसमेत दिँदैनथे। म झुल्न थाल्नेबित्तिकै, तिनीहरूले मेरो इच्छाशक्ति तोड्ने आशामा मलाई कुट्थे र लात्तीले हान्थे। तर, परमेश्वरले मलाई तिनीहरूको धूर्त षड्यन्त्रलाई छर्लङ्ग देख्न मार्गदर्शन गर्नुभयो, र मैले परमेश्वरलाई मनमनै प्रार्थना गरेँ, मनमा भजनहरू गाएँ र परमेश्वरका वचनहरू मनन गरेँ र, मैले थाहै नपाई, मेरो आत्मा जाग्रित भयो। अर्कोतिर, यी प्रहरीहरू निरन्तर कफी पिइरहेका थिए तर पनि यति थाकेका थिए कि तिनीहरू हाई काढिरहन्थे। तिनीहरूमध्ये एक जनाले अचम्म मान्दै भन्यो, “उसलाई अघि बढाइराख्ने कुनै किसिमको जादुमयी शक्ति हुनुपर्छ, नत्र उसले यो सबै ऊर्जा कहाँबाट पाइरहेकी छे?” प्रहरीले यसो भनेको सुनेर, मैले परमेश्वरको महान् शक्तिको बारम्बार प्रशंसा गरेँ, किनकि यो सबै परमेश्वरका वचनहरूको मार्गदर्शनका कारणले भएको हो, र मलाई सम्हाल्ने र मलाई विश्वास र शक्ति प्रदान गर्ने परमेश्वरकै जीवन शक्ति हो भन्ने कुरा मलाई हृदयमा राम्ररी थाहा थियो। हुन त प्रहरीले मेरो लागि अरू कस्ता प्रकारका क्रूर यातनाहरू साँचेर राखेका छन् भन्ने मलाई थाहा थिएन, तर आउनेवाला सोधपुछहरूको सामना गर्न मसँग परमेश्वरमा भर पर्ने विश्वास थियो, र मैले सङ्कल्प गरेँ कि म चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश शक्तिसामु कहिल्यै झुक्नेछैन, बरु परमेश्वरका लागि आफ्नो गवाहीमा दृढ रहनेछु!
तेस्रो दिनको साँझ, आपराधिक प्रहरी वाहिनी प्रमुखले मलाई एक कप तातो पानी दियो र, झूटो चासो देखाउँदै भन्यो, “अब मूर्ख नबन्। अरू कसैले तँलाई धोका दिइसकेको छ, त्यसैले अरू मानिसहरूका लागि यो सबै सहनुको के अर्थ छ र? तँलाई थाहा भएको सबै कुरा मलाई भनिस् भने म तँलाई जान दिने प्रतिज्ञा गर्छु। तेरो छोरो अझै सानै छ र उसलाई आमाको माया चाहिन्छ। तैँले राम्रो जीवन जिउन सक्थिस्, तैपनि तँ कुनै परमेश्वरमा विश्वास गरेर त्यसलाई खेर फाल्छेस्! परमेश्वरले तँलाई बचाउन सक्दैन, तर हामी सक्छौँ। तँलाई जस्तोसुकै कठिनाइ भए पनि हामी तँलाई मद्दत गर्न सक्छौँ, र यहाँबाट बाहिर निस्किएपछि हामी तँलाई राम्रो जागिर खोज्न मद्दत गर्न सक्छौँ...।” उसले बोलेको सुन्दै गर्दा, म मेरो सानो छोराको बारेमा नसोची बस्नै सकिनँ, र मैले आफू पक्राउ परेपछि ऊ कुन अवस्थामा छ होला भनी सोच्न थालेँ। के मेरा गैरविश्वासी साथीहरू र आफन्तहरूले उसको खिल्ली उडाउँछन् होला? के स्कूलमा उसलाई सहपाठीहरूले हेप्छन् होला? जब म कमजोर हुन थालेकी थिएँ, परमेश्वरले मलाई उहाँका वचनहरूको एउटा खण्डद्वारा अन्तर्दृष्टि दिनुभयो: “तिमीहरूले शैतानका विभिन्न षड्यन्त्रहरू र धूर्त चलाकीहरूलाई छर्लङ्ग देख्नैपर्छ, आत्माहरूलाई पहिचान गर्नुपर्छ, मानिसहरूलाई चिन्नुपर्छ, र हरेक प्रकारका मानिस, घटना, र कामकुराहरूलाई खुट्टयाउन सक्नुपर्छ …” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १७)। परमेश्वरका वचनहरूबाट प्रेरित भएर, म प्रस्ट रूपमा यो बुझाइमा पुगेँ कि शैतानले मेरो परिवारप्रतिको मेरो स्नेहलाई प्रयोग गरेर परमेश्वरलाई धोका दिन लगाउन मलाई लोभ्याउँदै थियो। म मेरो छोरालाई सबैभन्दा धेरै माया गर्छु भन्ने कुरा शैतानलाई थाहा थियो र उसले मेरो छोराप्रतिको मायाले गर्दा मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिऊँ भन्ने आशामा ममाथि आक्रमण गर्न र मलाई परीक्षा गर्न प्रहरीलाई आफ्नो मुखपत्रको रूपमा प्रयोग गरिरहेको थियो। त्यसपछि म परमेश्वरलाई धोका दिने यहूदा बन्नेथिएँ जो अन्ततः परमेश्वरद्वारा श्रापित र दण्डित हुनेवाला थियो—शैतान कति घातक र दुर्भावपूर्ण छ! म आफ्नो छोराको हेरचाह गर्न उसको साथमा हुन नसकेको बारेमा मैले सोचेँ, तर के चिनियाँ कम्युनिस्ट पार्टीले बौलाहा भएर इसाईहरूलाई पक्राउ गरेकाले र सताएकाले यो सबै भएको होइन र? तर पनि प्रहरीहरू यो मैले परमेश्वरमा विश्वास गरेकोले भएको हो भनिरहेका थिए। यसो भनेर, के तिनीहरूले सत्यलाई उल्टाइरहेका र तथ्यहरूलाई बङ्ग्याइरहेका थिएनन् र? चिनियाँ कम्युनिस्ट पार्टी कति निर्लज्ज र दुष्ट छ! त्यसैले, प्रहरीले जे भने पनि, मैले उसलाई कुनै ध्यान नै दिइनँ। मलाई न त प्रलोभन न त धम्कीले नै बहकाउन सकिन्छ भन्ने देखेर, ऊ रिसाउँदै बाहिरियो। परमेश्वरको मार्गदर्शन र सुरक्षामा, मैले फेरि एक पटक शैतानको परीक्षालाई जितेकी थिएँ।
त्यो साँझ ८ बजेपछि त्यो मोटो प्रहरी हातमा एउटा ठूलो इलेक्ट्रिक लट्ठी र पछाडि तीन जना अधीनस्थलाई लिएर फेरि आयो। तिनीहरूले मलाई एउटा जिममा लगे र मेरो लुगा उतारे (मेरो भित्री वस्त्र मात्र खोलेनन्), त्यसपछि मलाई एउटा ट्रेडमिलमा डोरीले बाँधे। तिनीहरूको अनुहार हेर्दा, एउटाभन्दा अर्को झन् द्वेषी देखिन्थ्यो, जसले मलाई असाध्यै भयभीत र असहाय महसुस गरायो, र तिनीहरूले अब मलाई कस्तो क्रूर यातना दिनेछन् वा यो कहिलेसम्म चल्नेछ भन्ने मलाई कुनै पत्तो थिएन। त्यो क्षण मलाई अत्यन्तै कमजोर महसुस भयो र ममा मृत्युको सोच आउन थाल्यो। तर तुरुन्तै, मलाई यी सोचहरू गलत हुन् भन्ने थाहा भयो, त्यसैले मैले हतार-हतार प्रार्थना गरेँ र परमेश्वरलाई पुकारेँ, “हे सर्वशक्तिमान् परमेश्वर! तपाईँ मेरो हृदय जान्नुहुन्छ, र म तपाईँलाई धोका दिने यहूदा बन्न र इतिहासमा एक विश्वासघातीको रूपमा चिनिन चाहन्नँ। तर मेरो कद अत्यन्तै सानो छ, र यो सास्ती भोग्नुपर्दा मलाई अत्यन्तै पीडा र कमजोरी महसुस भइरहेको छ—मलाई मैले यो सहन नसकेर तपाईँलाई धोका दिन्छु कि भन्ने डर छ। हे परमेश्वर! कृपया मलाई सुरक्षा दिनुहोस् र मलाई विश्वास र शक्ति प्रदान गर्नुहोस्। कृपया मेरो साथमा रहनुहोस्, मलाई मार्गदर्शन र अगुवाइ गर्नुहोस्, र यो क्रूर यातनाको बीचमा मलाई आफ्नो गवाहीमा दृढ रहन सक्षम तुल्याउनुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्वरका यी वचनहरू सोचेँ: “यी आखिरी दिनहरूका अवधिमा तिमीहरूले परमेश्वरको गवाही दिनैपर्छ। तिमीहरूका कष्टहरू जतिसुकै ठूला भए पनि, तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि, तिमीहरू परमेश्वरप्रति बफादार र उहाँकै योजनाबद्ध कार्यहरूका कृपामा रहनुपर्छ; यो मात्रै परमेश्वरलाई साँच्चै प्रेम गर्नु हो, र यो मात्र बलियो र गुन्जायमान गवाही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्वरका वचनहरूले मलाई सान्त्वना र हौसला दिए। ती वचनहरूले मलाई यो कुरा बुझ्न दिए कि परमेश्वरले यो क्रूर यातना ममाथि आइपर्न अनुमति दिइरहनुभएको थियो ताकि साँचो विश्वास र प्रेम मभित्र गडेर रहन सकून्, ताकि म मेरो पीडाको बीचमा परमेश्वरप्रति बफादार रहिरहन सकूँ, परमेश्वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन सकूँ, र परीक्षा जतिसुकै ठूलो होस् वा पीडा जतिसुकै भयानक होस्, म परमेश्वरका वचनहरूमा अडेर आफ्नो गवाहीमा दृढ रहन सकूँ। परमेश्वरको अभिप्राय बुझेपछि, मभित्र अन्तिमसम्मै शैतानसँग लड्ने साहस र सङ्कल्प जागृत भयो, र मैले यो सङ्कल्प गरेँ: मैले अझै जस्तोसुकै यातना भोग्नुपरे पनि, म जिइरहनेछु, र मेरो पीडा जतिसुकै ठूलो बने पनि, अन्तिम सास रहुन्जेलसम्म म परमेश्वरलाई पछ्याउनेछु! ठीक त्यही बेला, त्यो मोटो प्रहरी मुखमा चुरोट झुण्ड्याएर आयो र सोध्यो, “तँ बोल्छेस् कि बोल्दिनस्?” मैले दृढतापूर्वक जवाफ दिएँ, “तिमीले मलाई मारे पनि मार, तर मलाई अझै केही पनि थाहा छैन।” आक्रोशमा, उसले आफ्नो चुरोट भुइँमा फाल्यो र, क्रोधले चूर भएर, उसले इलेक्ट्रिक लट्ठी मेरो ढाड र तिघ्रामा पटक-पटक घोच्यो। असह्य पीडाले मेरो पूरै शरीरभरि चिसो पसिना आयो, र म दयनीय रूपमा विलाप गरिरहेँ। मलाई लट्ठीले घोच्दै गर्दा, ऊ गर्जियो, “नबोलेपछि तैँले यही पाउँछेस्! म तँलाई चिच्याउन लगाउँछु! तँ कतिन्जेल टिक्छेस्, हामी पनि हेरौँला!” कोठाभित्र छेउमा उभिएका अरू प्रहरीहरू चर्को स्वरले हाँसे र तिनीहरूले भने, “तेरो परमेश्वर तँलाई बचाउन किन आउँदैन?” तिनीहरूले परमेश्वरको निन्दा गर्दै अरू पनि धेरै कुराहरू भने। तिनीहरूको राक्षसी अनुहार देखेर, मैले गम्भीरतापूर्वक परमेश्वरलाई विश्वास र शक्ति दिनुहोस् भनी पुकारेँ ताकि मैले त्यो पीडा सहन र शैतानको मुहारबाट त्यो हाँसो मेटाउन सकूँ। प्रार्थना गरेपछि, मैले मेरो मुख बन्द गरेँ र तिनीहरूले मलाई जतिसुकै सास्ती दिए पनि छिसिक्क बोलिनँ। तिनीहरूले मलाई निरन्तर बिजुलीको झट्का दिए। जब एउटा इलेक्ट्रिक लट्ठीको पावर सकिन्थ्यो, तिनीहरूले अर्को साट्थे, र मलाई यतिसम्म यातना दिइयो कि मेरो दिमाग पूरै शून्य भयो र जीवनभन्दा मृत्यु नै उत्तम लाग्यो। म एक इन्च पनि चल्न सकिनँ र तिनीहरूले म बेहोस भएँ भन्ने सोचे। तिनीहरूले मलाई ब्यूँझाउन ममाथि चिसो पानी छर्के र त्यसपछि फेरि बिजुलीको झट्का दिन थाले। पीडामा हुँदा, मैले परमेश्वरका वचनहरू सोचेँ जसले भन्छन्: “यो अपराध गर्ने मतियारहरूको गिरोह! तिनीहरू भोगविलासमा लिप्त हुन मरणशील संसारमा ओर्लेर आउँछन् र यतिसम्म अराजकता मच्चाउँछन् र होहल्ला गर्छन् कि यो संसार नै भद्रगोल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यतिसम्म खेलबाड गरेका छन् कि उसको स्वरूप मैदानको अमानवीय जनावरको जस्तो अत्यन्त कुरूप बनेको छ, जसबाट मूल पवित्र मानिसको अन्तिम छाप समेत हराएको छ …यसबाहेक, तिनीहरूले पृथ्वीमा सार्वभौम शक्ति पनि हत्याउन चाहन्छन्। तिनीहरूले परमेश्वरको कामलाई यति बाधा दिन्छन् कि त्यो काम एक इन्च मात्र अगाडि बढ्न पनि कठिन हुन्छ, र तिनीहरूले तामा र स्टिलको पर्खाललाई जस्तै कसिलो गरी मानिसलाई बन्द गरी राख्छन्। यति धेरै भयङ्कर पापहरू गरिसकेपछि र यति धेरै विपत्तिहरू आउन दिइसकेपछि, के तिनीहरूले अझै पनि सजायबाहेक अरू केही कुराको आशा गरिरहेका छन्? भूत र दुष्टात्माहरू केही समयसम्म यस पृथ्वीमा यताउता उन्मादको साथ दौडिरहेका छन्, र परमेश्वरका इच्छाहरू र अथक प्रयास दुवैलाई यति कसिलो गरी बन्द गरेका छन् कि तिनलाई छेड्न नै सकिँदैन। साँच्चै, यो मरणशील पाप हो! परमेश्वर चिन्तित नभई कसरी बस्न सक्नुहुन्छ र? परमेश्वर कसरी क्रोधित नहुन सक्नुहुन्छ र? तिनीहरूले परमेश्वरको कामलाई अत्यन्तै गम्भीर रूपमा बाधा पुर्याएका र विरोध गरेका छन्: कस्तो विद्रोही! ती ठूला र साना भूतहरूले समेत सिंहको पिछा गरिरहेका स्यालहरूझैँ व्यवहार गर्छन् र खराब प्रवाहलाई पछ्याउँछन्, र अघि बढ्दै जाँदा बाधाहरू ल्याउँछन्। सत्य जानेपछि जानीजानी त्यसको विरोध गर्छन्, यी विद्रोहका छोराहरू!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (७))। परमेश्वरका वचनहरूको अन्तर्दृष्टिले मलाई चिनियाँ कम्युनिस्ट पार्टी सरकारको साँचो अनुहार स्पष्ट रूपमा देख्ने मौका दियो। यसले सत्यता र परमेश्वरलाई पूर्ण रूपमा घृणा गर्छ, र यो सर्वशक्तिमान् परमेश्वरका वचनहरू प्रचार गरिएकोमा भयभीत छ। यसले परमेश्वरको राज्यको सुसमाचार फैलिनबाट रोक्न सक्दो प्रयास गर्छ, र यसले परमेश्वरका चुनिएका मानिसहरूलाई पक्राउ गर्न, यातना दिन र क्रूरतापूर्वक व्यवहार गर्न कुनै कसर बाँकी राख्दैन, र आखिरी दिनहरूको परमेश्वरको कामलाई नष्ट गर्ने, मानिसहरूलाई परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउनबाट रोक्ने, र चीनलाई एक अविश्वासी क्षेत्रमा परिणत गर्ने इच्छा राख्छ, जसद्वारा चिनियाँ जनतालाई सदाका लागि नियन्त्रण गर्ने आफ्नो पागल उद्देश्य हासिल गर्न सकियोस्। चिनियाँ कम्युनिस्ट पार्टीले बाहिरी संसारलाई “आस्थाको स्वतन्त्रता” छ र “चीनका नागरिकहरूले कानुनी अधिकारहरूको उपभोग गर्छन्” भनी उद्घोष गरे पनि, वास्तवमा, यी सबै मानिसहरूलाई ठग्ने, फसाउने, र पासोमा पार्ने दुष्ट वचनहरू हुन्, र ती यसका दुष्ट कार्यहरू लुकाउने चालहरू हुन्। चिनियाँ कम्युनिस्ट पार्टीले विकृत व्यवहार गर्छ र स्वर्ग विपरीत काम गर्छ, र यसको सार दियाबलस शैतानको, परमेश्वरको शत्रुको सार हो! ठीक त्यही क्षणमा, मैले चुपचाप एउटा सङ्कल्प गरेँ: परमेश्वरले मेरो लागि अर्पित गर्नुभएको रगत-पसिनालाई मैले व्यर्थ हुन दिनु हुँदैन; मैले दृढता र विवेक राख्नैपर्छ, र मैले अझै जस्तोसुकै क्रूर यातना भोग्न बाँकी भए पनि, म सधैँ परमेश्वरप्रतिको गवाहीमा दृढ रहनेछु। ठीक त्यहीबेला, मभित्र इन्साफको भावना जागृत भयो, र मैले परमेश्वर मेरै छेउमा रहेरमलाई शक्ति दिइरहनुभएको छ भन्ने महसुस गरेँ। त्यसपछि, प्रहरीले मलाई जतिसुकै बिजुलीको झट्का दिए पनि, मलाई कुनै पीडा भएन। मैले फेरि एक पटक परमेश्वरका अद्भुत कार्यहरू देखेँ; मैले गहिरो रूपमा थाहा पाएँ कि परमेश्वर मेरो साथमा हुनुहुन्छ, र परमेश्वरले नै मेरो सुरक्षा र हेरचाह गरिरहनुभएको छ। प्रहरीले मलाई चार घण्टासम्म यातना दिए तर पनि मबाट कुनै जानकारी पाएनन्। कुनै उपाय नलागेपछि, तिनीहरूले मलाई ट्रेडमिलबाट फुकाल्नुबाहेक केही गर्न सकेनन्। मेरो शरीरको कुनै पनि भागमा एकरत्ती शक्ति थिएन र म भुइँमा ढलेँ। दुई जना प्रहरीले मलाई तानेर सोधपुछ कक्षमा लगे र कुर्सीमा राखे, त्यसपछि मलाई एउटा सेन्ट्रल हिटिङ पाइपमा हतकडी लगाए। तिनीहरूलाई यति निराश देखेर, मैले आफूलाई परमेश्वरप्रति धन्यवाद र प्रशंसा व्यक्त गर्नबाट रोक्न सकिनँ, “हे सर्वशक्तिमान् परमेश्वर! मैले तपाईँको सर्वशक्तिमान्ता र सार्वभौमिकताको अनुभव गरेकी छु, र म तपाईँको वचनले अरू सबै शक्तिहरूलाई हराउन सक्छ भन्ने देख्दैछु। परमेश्वरलाई धन्यवाद होस्!”
चौथो दिन, पाँच जना प्रहरी सोधपुछ कक्षमा आए। तिनीहरूमध्ये एक जनाले इलेक्ट्रिक लट्ठी बोकेको थियो र त्यसलाई बिजुलीले घ्यार्र-घ्यार्र पार्यो। दिनौँको क्रूर यातनाले त्यो भयानक नीलो प्रकाश फ्याँक्ने लट्ठी देख्दा म आतङ्कित बनेकी थिएँ। पहिले मलाई सोधपुछ नगरेको एक जना प्रहरी मेरो अगाडि आएर उभियो, मलाई इलेक्ट्रिक लट्ठीले घोच्यो र भन्यो, “तँलाई तह लगाउन गाह्रो छ भन्ने सुन्छु। आज, म हेर्छु तँ कतिसम्म कठोर रहिछेस्। हामी तँलाई तह लगाउन सक्दैनौँ भनेर म पत्याउँदिनँ। तँ बोल्छेस् कि बोल्दिनस्? बोल्दिनस् भने, आजकै दिन तेरो अन्त्य हुनेछ!” मैले जवाफ दिएँ, “मलाई केही पनि थाहा छैन।” यो कुरा सुनेर ऊ लाजले क्रोधित भयो, र उसले मलाई हिंसात्मक रूपमा कुर्सीबाट तानेर भुइँमा लडायो र त्यहीँ समातिराख्यो। अर्को प्रहरीले इलेक्ट्रिक लट्ठी मेरो सर्टभित्र घुसार्यो, र मेरो ढाडमा झट्का दिँदै करायो, “तँ बोल्छेस् कि बोल्दिनस्? यदि बोल्दिनस् भने, हामी तँलाई मार्नेछौँ!” तिनीहरूको क्रूरता र तिनीहरूको घिनलाग्दो, कुदृष्टिपूर्ण अनुहार देखेर, म बिस्तारै आतङ्कित अवस्थामा पुगेँ, र हतार-हतार मैले परमेश्वरलाई पुकारेँ, “हे सर्वशक्तिमान् परमेश्वर! कृपया मलाई विश्वास र शक्ति प्रदान गर्नुहोस्...।” मैले निरन्तर विलाप गरिरहँदा प्रहरीले मलाई बिजुलीको झट्का दिइरह्यो। मेरो शरीरको सबै रगत मेरो टाउकोमा दौडिरहेको जस्तो महसुस भयो, र यति दुख्यो कि म पसिनाले पूरै भिजेँ र लगभग बेहोस भएँ। मैले अझै पनि बोल्न नखोजेको देखेर, प्रहरीले आक्रोशित हुँदै मलाई सराप्न थाले। केही बेरपछि जब म बेहोस हुन लागेकी थिएँ, तिनीहरूले मलाई फेरि तानेर कुर्सीमा हतकडी लगाए, त्यसपछि तिनीहरूमध्ये दुई जनाले म निदाउन नपाऊँ भनेर पालैपालो मलाई हेर्न थाले। त्यतिन्जेल, मैले केही पनि नखाएको, पानी नपिएको, वा सुत्दै नसुतेको चार दिन चार रात भएको थियो। त्यसमाथि तिनीहरूले मलाई दिइरहेको क्रूर यातना थपिँदा, मेरो शरीर सबैभन्दा कमजोर स्थितिमा पुगेको थियो। मलाई जाडो र भोक दुवै लागेको थियो, अनि भोक र कठ्याङ्ग्रिँदो चिसोको पीडा मेरो घाइते शरीरको चस्किने पीडासँग जोडिदा—मलाई मेरो जीवन अन्त्य हुन लागेको जस्तो महसुस भयो। मेरो अत्यन्तै कमजोर स्थितिमा, परमेश्वरका वचनहरूको एउटा हरफ मेरो दिमागमा आयो: “मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्नेछ” (मत्ती ४:४)। यसमा मनन गर्दा, मैले यस्तो अवस्थामा परमेश्वरका वचनहरू मात्रै मेरो बाँच्ने सहारा हुन सक्छन् भन्ने बुझेँ, र साथै मैले यो पनि महसुस गरेँ कि ठीक यही अवस्थामार्फत परमेश्वरले मलाई सत्यताको यस पक्षमा प्रवेश गर्न मार्गदर्शन गर्नुभएको छ। जब मैले यसलाई बारम्बार मनन गरेँ, मैले थाहै नपाई मेरो सबै पीडा, मेरो भोक र जाडोलाई बिर्सेँ।
पाँचौँ दिन, म दृढतापूर्वक मौन बसेको देखेर प्रहरीले मलाई दुर्भावपूर्ण ढङ्गले यसो भन्दै धम्की दिन थाले, “तँलाई सजाय नसुनाउन्जेल पर्खी न। तैँले कम्तीमा सात वर्षको सजाय पाउनेछेस्, तर अहिले बोल्न थालिस् भने अझै पनि बच्ने मौका छ!” त्यसपछि मैले परमेश्वरलाई मनमनै प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्वर! चिनियाँ कम्युनिस्ट पार्टीको प्रहरीले मलाई सात वर्षको जेल सजाय दिने भन्छ, तर मलाई थाहा छ कि अन्तिम निर्णय गर्ने अधिकार तिनीहरूमा छैन, किनकि मेरो भाग्य तपाईँको हातमा छ। हे परमेश्वर! म तपाईँलाई धोका दिनुभन्दा बरु मेरो बाँकी जीवन जेलमा बिताएर साँचो मार्गमा रहिरहन्छु!” त्यसपछि, प्रहरीले मेरो गैरविश्वासी श्रीमान्लाई भित्र ल्याएर मलाई परमेश्वरलाई धोका दिन लोभ्याउने प्रयास गरे। जब उनले मलाई हतकडी लगाएको र मेरो पूरै शरीरभरि काटिएको र चोट लागेको देखे, उनले दुःखित हुँदै मलाई भने, “मैले हतकडी टिभीमा मात्र देखेको थिएँ। मैले तिमीलाई हतकडी लगाएको देख्छु भनेर कहिल्यै सोचेको थिइनँ।” उनले यसो भनेको सुनेर र उनको दुःखी अनुहार देखेर, मैले हतार-हतार परमेश्वरलाई प्रार्थना गरेँ, र मलाई सुरक्षा दिनुहोस् ताकि मेरो परिवारप्रतिको स्नेहको कारण म शैतानको पासोमा नपरूँ भनेर उहाँलाई बिन्ती गरेँ। प्रार्थना गरिसकेपछि, मैले शान्त भएर मेरो श्रीमान्लाई भनेँ, “म परमेश्वरमा विश्वास गर्छु, म चोरी वा डकैती गर्दिनँ। म केवल भेलाहरूमा जान्छु र परमेश्वरका वचनहरू पढ्छु। मैले कुनै अपराध गरेकी छैन, तर तिनीहरू मलाई जेल सजाय दिन चाहन्छन्।” मेरो श्रीमान्ले जवाफ दिए, “म तिम्रो लागि एक जना वकिल खोज्छु।” मेरो श्रीमान्ले मलाई मण्डली र मेरा दाजुभाइ-दिदीबहिनीहरूका बारेमा जानकारी दिन लगाउने प्रयास नगरेको, बरु मेरो लागि वकिल खोज्ने प्रस्ताव राखेको देखेर, प्रहरीले उनलाई कोठाबाट घिसारेर बाहिर लगे। यो परमेश्वरले मलाई सुरक्षा दिइरहनुभएको हो भनेर मलाई थाहा थियो; किनकि मेरो परिवारप्रतिको मेरो स्नेह धेरै गहिरो थियो, यदि मेरो श्रीमान्ले मेरो शारीरिक अवस्थाप्रति चिन्ता देखाउने कुनै कुरा भनेको भए, म बलियो भएर रहन सक्छु कि सक्दिनँ भन्ने मलाई थाहा थिएन। परमेश्वरको मार्गदर्शन र सुरक्षाले नै मलाई शैतानको परीक्षालाई जित्न सक्षम बनाएको हो। प्रहरीले म तिनीहरूको चालमा नफसेको देखे र, रिसले चूर भएर, तिनीहरूले भने, “हामी एकैछिनमा तँलाई एउटा सुई लगाइदिन्छौँ जसले तँलाई पागल बनाइदिनेछ। त्यसपछि, हामी तँलाई जान दिनेछौँ। तँ मर्न चाहेर पनि मर्न सक्नेछैनस्, र तैँले आफ्नो जीवन पनि राम्ररी जिउन सक्नेछैनस्!” यसले मलाई तुरुन्तै चिन्ताको स्थितिमा पुर्यायो, र म फेरि एक पटक आतङ्कित बनेँ। मैले चिनियाँ कम्युनिस्ट पार्टीको सरकार कति निर्दयी र दुष्ट छ भन्ने बारेमा सोचेँ: यदि तिनीहरूले मण्डलीको कुनै जिम्मेवार व्यक्तिलाई पक्राउ गरे, र क्रूर कुटपिट र यातनापछि पनि ऊबाट मण्डलीको बारेमा केही कुरा निकाल्न सकेनन् भने, तिनीहरूले जबरजस्ती उसलाई पागल बनाउने र दिमाग खल्बलाउने सुई लगाइदिन्छन्—केही दाजुभाइ-दिदीबहिनीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीले यसरी नै निर्दयी रूपमा हानि पुर्याएको छ। त्यो सोचेर मेरो मुटु छातीमा ढुक-ढुक गर्न थाल्यो, र मैले सोचेँ, “के म साँच्चै दिमाग खुस्केर बौलाहाझैँ भौँतारिँदै हिँड्ने अवस्थामा नपुगुन्जेल मलाई यी चिनियाँ कम्युनिस्ट पार्टीका अनुचरहरूले सास्ती दिइरहनेछन्?” मैले यसबारे जति धेरै साच्थेँ, म त्यति नै डराउँथेँ, र मैले मेरो शरीरलाई चिसो पसिनाले भिजाउनबाट रोक्न सकिनँ। हतार-हतार, मैले प्रार्थना गरेँ र परमेश्वरलाई पुकारेँ, “हे सर्वशक्तिमान् परमेश्वर! चिनियाँ कम्युनिस्ट पार्टीका अनुचरहरू मलाई बौलाहा बनाउने सुई लगाउन चाहन्छन्, र मलाई म बौलाहा बन्छु कि भन्ने डर छ। हे परमेश्वर! मलाई अहिले असाध्यै डर लागेको छ। हे परमेश्वर! कृपया मेरो हृदयको रक्षा गर्नुहोस्, र मलाई विश्वास प्रदान गर्नुहोस् ताकि म तपाईँका योजनाबद्ध कार्य र प्रबन्धहरूप्रति समर्पित हुन सकूँ।” ठीक त्यही बेला, प्रभु येशूका वचनहरू मेरो मनमा आए: “अनि शरीर मार्ने तर आत्मा मार्न नसक्नेहरूसँग नडराओ, तर उहाँसँग डराओ जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्नुहुन्छ” (मत्ती १०:२८)। परमेश्वरका वचनहरूले मलाई विश्वास र शक्ति दिए। मैले सोचेँ, “हो। यी दियाबलसहरूले मेरो शरीरलाई मार्न र अपाङ्ग बनाउन सक्लान्, तर तिनीहरूले मेरो आत्मालाई मार्न वा अपाङ्ग बनाउन सक्दैनन्। परमेश्वरको अनुमतिविना, तिनीहरूले मलाई ती सुई लगाइदिए पनि म पागल हुनेछैन।” त्यसपछि मैले परमेश्वरका यी वचनहरूबारे सोचेँ: “जब मानिसहरूले आफ्नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ३६)। जब मैले परमेश्वरका वचनहरू मनन गरेँ, मभित्र गहिरो रूपमा रहेको डर बिस्तारै हरायो र मलाई अब त्यो आतङ्क महसुस हुन छोड्यो। बरु, चाहे म बाँचूँ वा मरूँ, र चाहे म बौलाऊँ वा मूर्ख बनूँ, म आफूलाई परमेश्वरका हातहरूमा राख्न र परमेश्वरको सार्वभौमिकताप्रति समर्पित हुन तयार भएँ। ठीक त्यही बेला, एक जना प्रहरीले सुई र औषधि ल्यायो, र मलाई यसो भन्दै धम्कायो, “तँ बोल्छेस् कि बोल्दिनस्? बोल्दिनस् भने, म तँलाई यो सुई लगाइदिन्छु!” मैले कुनै डर नमानी भनेँ, “तिमीलाई जे मन लाग्छ गर। जे हुन्छ, त्यो तिमीमा भर पर्ने कुरा हो।” म नडराएको देखेर, उसले क्रूरतापूर्वक भन्यो, “एड्सको भाइरस भएको सुई लिएर आऊ त! हामी यसलाई त्यो सुई लगाइदिन्छौँ।” म अझै पनि नडराएको देखेर, उसले रिसले दाह्रा किट्यो, र भन्यो, “तँ कुकुर्नी। तँलाई तह लगाउन साँच्चै गाह्रो रहेछ!” त्यसपछि उसले सुई टेबुलमा फालिदियो। तिनीहरूको कुरा सुनेर, म हर्षित भएँ। परमेश्वरका वचनहरूले मलाई कसरी फेरि एक पटक शैतानलाई अपमानित गर्न मार्गदर्शन गरेको देखेपछि, म परमेश्वरलाई कृतज्ञताको प्रार्थना नचढाई बस्नै सकिनँ। अन्तमा, प्रहरीले मबाट आफूले चाहेको जानकारी नपाइने महसुस गरे, त्यसैले तिनीहरू निराश भएर गए।
भएभरको उपाय लगाउँदा पनि असफल भएपछि, प्रहरीले मलाई हिरासतमा पठाउनुबाहेक केही गर्न सकेनन्। म त्यहाँ पुग्नेबित्तिकै, जेलका गार्डहरूले अरू कैदीहरूलाई उक्साए, “यिनी पूर्वीय ज्योतिका विश्वासी हुन्। यसलाई ‘न्यानो स्वागत’ गर!” मैले प्रतिक्रिया जनाउने मौका नपाउँदै, केही कैदीहरू मतिर अघि बढे र मलाई तानेर शौचालयमा लगे र त्यसपछि, मेरो लुगा फुकालेर, मलाई वरफझैँ चिसो पानीले नुहाइदिन थाले। तिनीहरूले ममाथि चिसो पानीका भाँडाहरू खन्याए, र म यति चिसो भएँ कि म पूरै काँपिरहेकी थिएँ। म भुइँमा टुक्रुक्क परेर बसेँ, मैले आफ्नो टाउको हातले छोपेँ, र हृदयमा बारम्बार परमेश्वरलाई पुकारेँ। केही बेरपछि, एक जना कैदीले भनी, “भयो, भयो, अब पुग्यो। यसलाई बिरामी हुन नदेऊ।” त्यो कैदीले यसो भनेको सुनेपछि मात्र मलाई सास्ती दिइरहेका कैदीहरू रोकिए। जब उसले मैले पाँच दिनदेखि केही नखाएको थाहा पाई, उसले बेलुकाको खानामा मलाई बाफमा पकाइएको मकैको आधा रोटी दिई। यो म कमजोर भएकीले परमेश्वरले मेरो ख्याल गर्नुभएको हो, र उहाँले यो कैदीलाई मलाई मद्दत गर्न उत्प्रेरित गर्नुभएको हो भन्ने मलाई राम्ररी थाहा थियो। मैले परमेश्वर सधैँ मेरो साथमा हुनुहुन्छ भन्ने देखेँ, र हृदयको गहिराइबाट नै परमेश्वरलाई धन्यवाद दिएँ।
हिरासतभित्र, म अरू सबै किसिमका कैदीहरूसँगै बस्थेँ। हाम्रा तीनै छाक खानामा एक टुक्रा मकैको रोटी र दुई टुक्रा नुनिलो सलगम हुन्थ्यो, वा बन्दागोभीको झोल हुन्थ्यो जसमा कीरा तैरिरहेका हुन्थे तर बन्दागोभी लगभग हुन्थेन नै। हप्तामा एक पटक, हामीलाई मसिनो अन्नको खाना दिइन्थ्यो, तर त्यो पनि मुड्की जत्रो एउटा रोटी मात्र हुन्थ्यो—यसले मेरो पेट बिलकुलै भरिँदैनथ्यो। जेलका नियमहरू याद गर्ने र पढ्ने बाहेक, हरेक दिन त्यो ठाउँमा हामीलाई साना हस्तकलाहरू बनाउने कामको कोटा दिइन्थ्यो जुन पूरा गर्न असम्भव थियो। किनकि मेरा हातहरू कसिलो हतकडीले गर्दा बिग्रिएका थिए र बिजुलीको झट्काले गर्दा बोधो भएका थिए, र त्यसमाथि हामीले बनाउनुपर्ने हस्तकलाहरू यति साना थिए कि मैले समात्नै सक्दिनथेँ, र म मेरो अत्यधिक काम पूरा गर्न असक्षम थिएँ। एक पटक, मैले मेरो काम पूरा नगरेकोले, जेलका गार्डहरूले अरू कैदीहरूलाई म निदाउन नपाऊँ भनेर रातभरि मलाई हेर्न लगाए। मलाई बारम्बार पहरेदारी कर्तव्य दिएर पनि सजाय दिइन्थ्यो, र राति चार घण्टा मात्र सुत्न दिइन्थ्यो। यस समयमा, प्रहरीले मलाई बारम्बार सोधपुछ गर्थे। तिनीहरूले त मेरो छोरालाई नै पत्र लेख्न लगाएर मलाई झुक्याएर परमेश्वरलाई धोका दिन लगाउने प्रयास समेत गरेका थिए। तर परमेश्वरको सुरक्षा र मार्गदर्शनमा, म बारम्बार शैतानको धूर्त षड्यन्त्रहरूलाई छर्लङ्ग देख्न सक्षम भएँ। तिनीहरूले कुनै पनि दोषपूर्ण प्रमाण प्राप्त गर्न नसके पनि, तिनीहरूले ममाथि “सार्वजनिक सुव्यवस्था बिथोलेको” आरोप लगाए र मलाई तीन वर्षको श्रममार्फत पुनर्शिक्षाको सजाय सुनाए।
सन २००५ को डिसेम्बर २५ का दिन, मैले आफ्नो सजाय पूरा गरेँ र म रिहा भएँ। यो पक्राउ र सतावटको अनुभव गरेपछि, मेरो शरीर र मन दुवैले कष्ट भोगेका भए पनि, मैले चिनियाँ कम्युनिस्ट पार्टीको परमेश्वर-विरोधी, राक्षसी सारलाई स्पष्ट रूपमा देखेँ। मैले परमेश्वरको सर्वशक्तिमान्ता, सार्वभौमिकता, अद्भुतता, र बुद्धिको बारेमा केही साँचो बुझाइ पनि प्राप्त गरेँ, र मैले साँच्चै परमेश्वरको प्रेम र उहाँको मुक्तिको अनुभव गरेँ। जब ती दियाबलसहरूले मलाई यातना र सतावट दिइरहेका थिए, परमेश्वरका वचनहरूले मलाई समयमै दिएका अन्तर्दृष्टि र मार्गदर्शन नै मेरो बलियो सहारा बन्यो र त्यसले नै मलाई अन्तिमसम्मै शैतानसँग लड्ने सङ्कल्प र साहस दियो। जब शैतानले मलाई परीक्षा गर्न र परमेश्वरलाई धोका दिन लोभ्याउन सबै प्रकारका धूर्त षड्यन्त्रहरू प्रयास गरिरहेको थियो, त्यसबेला परमेश्वरले नै ठीक समयमा आफ्ना वचनहरू प्रयोग गरेर मलाई सम्झाउनुभयो र मार्गदर्शन गर्नुभयो, र मेरो आत्मिक आँखामा लागेको धूलो पुछेर सफा पारिदिनुभयो ताकि मैले शैतानका षड्यन्त्रहरूलाई छर्लङ्ग देख्न सकूँ; जब ती पिशाचहरूले मलाई भयानक यातना दिएर यस्तो अवस्थामा पुर्याए कि मलाई मृत्यु नै उत्तम लाग्यो र मेरो जीवन धागोमा झुन्डिएको थियो, परमेश्वरका वचनहरू म बाँच्नुको आधार बने। तिनले मलाई ठूलो विश्वास र शक्ति प्रदान गरे, र मलाई मृत्युको जन्जिरबाट मुक्त हुन सक्षम तुल्याए। यी सबै कुराका कारण मैले साँच्चै परमेश्वरको सुन्दर र दयालु सार देख्न पाएँ—परमेश्वरले मात्र मानवजातिलाई सबैभन्दा धेरै प्रेम गर्नुहुन्छ। अर्कोतिर, चिनियाँ कम्युनिस्ट पार्टी, यो शैतान दियाबलसले, मानिसहरूलाई केवल भ्रष्ट पार्ने, हानि गर्ने र निल्ने काम मात्र गर्न सक्छ! आज, चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीमाथि बढ्दो रूपमा बर्बर आक्रमणहरू गरिरहँदा, म यस पुरानो दियाबलस चिनियाँ कम्युनिस्ट पार्टीको विरुद्धमा पूर्ण रूपमा विद्रोह गर्न, मेरो हृदय परमेश्वरलाई दिन, र सत्य पछ्याउनका लागि सक्दो प्रयास गर्न दृढ रूपमा सङ्कल्पित छु। म परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नेछु र परमेश्वरमा इमानदारीपूर्वक विश्वास गर्ने र सत्यताको तृष्णा गर्ने सबैलाई परमेश्वरसामु फिर्ता ल्याउनेछु, र यसरी आफ्नो कर्तव्य पूरा गर्नेछु।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
वाङ फ्याङ, चीनसन् २००८ मा, मैले मण्डलीको साहित्य ओसारपसार गर्ने कामको जिम्मा लिएकी थिएँ। धार्मिक स्वतन्त्रता भएको देशमा यो एकदमै सामान्य...
वु मिङ, चीन सन् २००० डिसेम्बरको एक दिन दिउँसो करिब ५ बजेतिर एक जना ब्रदर र सिस्टरसहित म र मेरी श्रीमती घरमा भेला भइरहेका बेला हामीले अचानक...
गाओ लियाङ्ग, चीनसन् २००६, अप्रिल महिनाको एक दिन म इसाईहरूको एउटा समूहलाई सर्वशक्तिमान् परमेश्वरका राज्यको सुसमाचार सुनाउन गएँ, तर...
चेन छिन्जिए, चीनसन् २००६ को गर्मी यामको एक दिन बिहान ११ बजेतिर, मलाई पाहुना राख्ने सिस्टरको घरमा म परमेश्वरको वचनका केही भजनहरू सुन्दै...