क्रूर यातनाले मेरो विश्‍वास बलियो बनायो

15 अक्टोबर 2021

झाओ रुइ, चीन

२००९ को वसन्तमा, चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका सदस्यहरूलाई लक्षित गरी गिरफ्तार गर्ने एउटा ठूलो अभियान चलायो। देशभरिका मण्डलीहरूका अगुवाहरूलाई एकपछि अर्को गरी गिरफ्तार गरेर झ्यालखानमा हालियो। अप्रिल ४, रातको करिब ९ बजे म र मसँग हाम्रो कर्तव्य पूरा गर्न सहकार्य गर्ने एउटी सिस्टर, सिस्टर वाङको घरबाट निस्केर बाटोमा हिँडिरहेका बेला सादा पोसाक लगाएका तीन जना व्यक्ति हाम्रो पछि आए र हाम्रो पाखुरामा समातेर घिस्स्याउँदै लगे र यसो भन्दै चिच्याए, “हिँड्! तिमीहरू हाम्रो साथमा आउनुपर्छ!” हामीले कुनै प्रतिक्रिया दिन पाउनुभन्दा पहिले नै हामीलाई सडकको छेउमा खडा गरिएको गाडीभित्र कोचियो। त्यो कुरा सिनेमामा गिरोहका सदस्यहरू आएर दिनको उज्यालोमा कसैलाई अपहरण गरेर लैजाने घटनाजस्तो थियो, यति हो त्यो हाम्रो वास्तविक जीवनमा भइरहेको थियो, र पूर्ण रूपमा डरलाग्दो थियो। म पूरै व्याकुल भएकी थिएँ र म बारम्बार चुपचाप परमेश्‍वरलाई पुकार्न मात्र सक्थें: “प्रिय परमेश्‍वर! मलाई बचाउनुहोस्! हे परमेश्‍वर, दया गरी मलाई बचाउनुहोस्…।” मैले मेरो आत्मसंयम फेरि प्राप्त गर्नुभन्दा अघि गाडी नगरपालिकाको सार्वजनिक सुरक्षा संस्थानको हातामा पस्यो। तब मात्र मलाई हामी पुलिसको हातमा परेको थाहा भयो। त्यसको लगत्तै सिस्टर वाङलाई पनि भित्र ल्याइयो। हामी तीन जनालाई दोस्रो तलाको अफिसमा लगियो, अनि एक जना अधिकृतले अलिकति पनि स्पष्टीकरण नदिई हाम्रा ब्यागहरू खोसिन् अनि हामीलाई भित्तापट्टि अनुहार फर्काएर खडा हुन लगाइन्। त्यसपछि उनले हामीलाई जबरजस्ती नाङ्गो पारिन् र शरीरको तलासी लिन थालिन्, मण्डलीको कामसित सम्बन्धित हाम्रा केही सामानहरू, मण्डलीको राखिएका पैसाका रसिदहरू जबरजस्ती खोसिन्, यस प्रक्रियामा हामीसित र हाम्रो ब्यागमा भएका अन्य व्यक्तिगत सामानहरूमा हाम्रा सेलफोनहरू, करिब ५०० युआन नगद, बैङ्कको एउटा कार्ड, र एउटा नाडी घडी लगिन्। यी सब भइरहँदा सात-आठ जना पुरुष पुलिस अधिकृतहरू कोठाभित्र र बाहिर गर्दै थिए र हामीलाई निगरानी गरिरहेका दुई जना अधिकृत मध्ये एक जना ठूलो सोरमा हाँस्न थाले र मलाई इसारा गरी यसो भन्दैथिए, “यो मण्डलीको ठूलो सन्की हो, यस्तो लाग्छ, हामीले आज ठूलो चाहिँलाई समातेका छौं।” त्यसपछि लगत्तै सादा पोसाक लगाएका चार जना पुलिस अधिकृतले मलाई हतकडी लगाए, मेरा आँखाहरू टोपीले छोपिदिए, र मलाई सुरक्षा दिएर सहरदेखि बाहिर धेरै टाढा सार्वजनिक सुरक्षा संस्थानको शाखामा लगे।

जब म सोधपुछ कोठामा पसेँ र त्यो मास्तिर, फलामको जालोको झ्याल र त्यो डरलाग्दो, भावहीन बाघे कुर्सी देखेँ, तब विगतमा यातना दिइएका दाजुभाइ-दिदीबहिनीहरूका भयानक कथाहरू मेरो दिमागमा तैरिरहेका थिए। त्यसपछि ती दुष्ट पुलिस अधिकृतहरूले मलाई दिने अज्ञात यातनाको बारेमा सोच्दै, म अत्यन्तै डराएँ र नचाहेर पनि मेरा हातहरू काँप्न थाले। त्यस्तो निराशाजनक स्थितिमा, मैले परमेश्‍वरको यो वचन सम्झेँ: “तँ आफ्नो हृदयमा अझै पनि भय बोक्छस्। त्यसो भए के यो तेरो हृदय अझै शैतानको विचारहरूले भरेको छ भन्ने होइन?” “विजेता के हो? आत्मिक रूपमा बलियो बन्न ख्रीष्टका असल सेनाहरू साहसी हुनु र ममा भर पर्नु जरुरी छ; तिनीहरूले योद्धाहरू हुन र शैतानलाई मृत्युसम्मै युद्ध गर्न संग्राम गर्नु पर्छ” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय १२”)। परमेश्‍वरको वचनको अन्तर्दृष्टिले बिस्तारै मेरो डराएको हृदय शान्त भयो र मलाई मेरो डर शैतानबाट आएको हो भन्‍ने महसुस भयो। मैले मनमनै विचार गरें: “शैतानले त्यसको अत्याचारको अघि मलाई हार मान्न लगाउन मेरो देहलाई यातना दिन चाहन्छ। मैले त्यसको गुप्त षड्यन्त्रको अघि हार मान्‍नु हुँदैन। हरसमय, परमेश्‍वर सधैँ मेरो बलियो सहारा र मेरो अनन्त सहायक हुनुहुनेछ। यो एउटा आत्मिक लडाइँ हो र म परमेश्‍वरको साक्षीको रूपमा खडा हुनु जरुरी छ। म परमेश्‍वरको पक्षमा उभिनैपर्छ र म शैतानको अघि हार मान्‍नु हुँदैन।” यो बुझेपछि, मैले चुपचाप परमेश्‍वरसँग प्रार्थना गरें: “हे सर्वशक्तिमान् परमेश्‍वर! तपाईंको असल उद्देश्यहरूका कारणले नै म आज यी दुष्ट पुलिसहरूको हातमा परेकी छु। तैपनि, मेरो कद धेरै सानो भएकोले म आत्तिएकी र डराएकी छु। तपाईं मलाई विश्‍वास र साहस दिनुहोस् भनी म प्रार्थना गर्छु, ताकि म शैतानको प्रभावका आलोचनाहरूबाट मुक्त हुन सकूँ, त्यसको अगि आत्मसमर्पण नगरूँ, र दृढतासाथ तपाईंको साक्षी बनी खडा हुन सकूँ!” मेरो प्रार्थना समाप्त भएपछि, मेरो हृदय साहसले भरियो, र ती दुर्भावनाको नजरले हेर्ने दुष्ट पुलिसहरूसित मलाई अलिकति पनि डर लागेन।

त्यति नै बेला, दुई जना अधिकृतले मलाई बाघे कुर्सीमा धकेले र मेरो हात र खुट्टामा ताला लगाए। एक जना एक अग्लो, भद्दा क्रूर अधिकृतले भित्तामा केही शब्दहरू औँल्याएर देखाए, त्यहाँ यस्तो लेखिएको थियो, “कानुनको शिष्ट प्रवर्तन” र त्यसपछि उनले टेबलमा जोडले ठोके र चिच्याए, “तँलाई थाहा छ, तँ कहाँ छस्? सार्वजनिक सुरक्षा संस्थान चिनियाँ सरकारको शाखा हो, जुन हिंसा गर्न कुख्यात छ! यदि तैँले सबै कुरा भनिनस् भने, तैँले जे पाउनुपर्छ त्यो पाउनेछस्! बोल्! तेरो नाम के हो? तँ कति वर्ष पुगिस्? तँ कहाँबाट आएकी होस्? मण्डलीमा तेरो ओहदा के हो?” तिनको आक्रमक व्यवहार देखेर म रिसले चूर भएँ। मैले मनमनै सोचेँ: “तिनीहरू सधैँ ‘जनताको पुलिस’ भएको दाबी गर्छन् र तिनीहरूको लक्ष्य ‘दुष्टहरूलाई जराबाट उखेल्न र कानुन पालन गर्नेहरूलाई शान्तिमा बाँच्न दिनु’ हो भनी भन्छन्, तर वास्तवमा तिनीहरू ठगका झुन्ड, डाँकुहरू र भूमिगत व्यावसायिक हत्याराहरू मात्र हुन्। तिनीहरू न्यायको नाममा आक्रमण गर्ने भूतात्माहरू हुन् जसले असल, सोझा नागरिकहरूलाई दण्ड दिन्छन्! यी पुलिसहरू कानुन तोड्ने र अपराध गर्नेहरूप्रति आँखा बन्द गर्छन्, तिनीहरूलाई कानुनको हातले भेट्न नसक्ने गरी जिउन दिन्छन्। तापनि, हामीले परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरको वचन पढ्ने र जीवनको सही बाटो हिँड्ने बाहेक केही नगरे पनि हामी क्रूर हिंसाको मुख्य लक्ष्य बनेका छौं। चिनियाँ कम्युनिस्ट पार्टीको सरकार साँच्चै न्याय उल्टाउने भ्रष्ट दोषी हो।” मैले ती दुष्ट पुलिसहरूलाई मेरो सारा हृदयले घृणा गरे पनि, मेरो कद धेरै सानो छ र म त्यो क्रूर यातना सहन सक्दिनँ भन्ने मलाई थाहा थियो, त्यसैले मैले बारम्बार परमेश्‍वरलाई शक्ति माग्दै उहाँलाई पुकारिरहेँ। त्यही क्षणमा परमेश्‍वरका वचनहरूले मलाई अन्तर्दृष्टि दियो: “विश्‍वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अलझिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफूलाई बलिदान दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ६”)। परमेश्‍वरको वचनको सान्त्वना र प्रोत्साहनले मलाई खडा रहन सहायता गऱ्यो, र मैले मनमनै विचार गरें: “आज म सबै कुराको जोखिम उठाउन तयार हुनुपर्दछ—यदि स्थिति झन्-झन् नराम्रो हुन्छ र म मर्नुपर्छ भने पनि, त्यस्तै होस्। यदि भूतहरूको यो झुन्डले मबाट मण्डलीको पैसा, काम वा हाम्रा अगुवाहरूको बारेमा पत्ता लगाउनेछन् भनी सोच्छन् भने तिनीहरूले फेरि सोच्‍नुपर्छ!” पछि, तिनीहरूले मलाई जति नै सोधपुछ गरे पनि वा मबाट जानकारी लिने कोसिस गरे पनि, मैले एक शब्द पनि भनिनँ।

मैले बोल्‍न अस्वीकार गरिरहेकी छु भन्ने देखेर, अरू अधिकृत क्रोधित भए र, टेबल ठटाएपछि, मप्रति भयानक रीस देखाए, म बसेको बाघे कुर्सीलाई लात हाने र चिच्याउँदै मेरो टाउकोमा ठेले, “तँलाई जे थाहा छ त्यो हामीलाई भन्! हामीलाई केही थाहा छैन भनेर नसोच्। यदि हामीलाई केही थाहा नभएको भए हामीले तिमीहरू तीन जनालाई कसरी निर्णायक रूपले पक्रन सक्यौं भन्‍ने ठान्छौ?” त्यो अग्लो पुलिस अधिकृत गर्जिए, “मेरो धैर्यतालाई नजाँच्! यदि हामीले तँलाई पीडाको सानो स्वाद दिएनौं भने हामीले धम्कीहरू मात्र दिइरहेका छौं भनी तैँले सोच्‍नेछस्। उठ्!” तिनले बोलिसक्नेसाथ मलाई बाघे कुर्सीबाट तानेर झ्यालको मुनि लगे, जुन भित्ताको धेरै माथि थियो र जसमा फलामको जाली थियो। तिनीहरूले प्रत्येक हातमा एउटा घोच्ने हतकडी लगाए र त्यसको अर्को टुप्‍पो फलामको जालीसित जोडिएको थियो, यसरी मेरा हातहरू झ्यालमा झुन्डिए, र मेरो पैतालाले जमिन छुन मात्र सक्थ्यो। तिनीहरूमध्ये एक जनाले कोठाको तापक्रम घटाउन एयर कन्डिसनर चलाए, र त्यसपछि एउटा बेह्रेको पुस्तकले क्रूरतासाथ मेरो टाउकोमा हान्यो। जब उसले म अझै चुप लागेर बसेकी देख्यो तब रिसाउँदै चिच्यायो: “तँ बोल्छस् कि बोल्दिनस्? यदि तँ बोल्दिनस् भने, हामी तँलाई ‘रमाइलो’ गराउनेछौं!” त्यसपछि तिनले सेनाले सामान बाँध्‍न प्रयोग गर्ने लामो पेटी प्रयोग गरेर मेरो खुट्टा बाँधे, र त्यो पेटी बाघे कुर्सीमा बाँधे। तब तिनीहरूले बाघे कुर्सीलाई भित्ताबाट केही पर ताने, यसैले म हावामा झुन्डिरहेकी थिएँ। मेरो शरीर अगाडि बढ्दा, हतकडी सुल्किएर मेरो नाडीको आधारमा पुग्यो र हतकडीभित्रका चुच्चाहरू मेरो हातका पछाडि गाडिए। मलाई ठूलो पीडा भयो, तर मैले नचिच्याउनका निम्ति मेरो ओठ दह्रोसँग बन्द गरें, किनकि ती दुष्ट पुलिसहरू मेरो ठट्टा गर्दै हाँसून् भनी म चाहन्नँ थिएँ। तिनीहरूमध्ये एक जनाले भयानक मुस्कान दिँदै भने, “यस्तो लाग्छ, यो पीडादायी छैन! खै म तेरो लागि अलिकति घुमाउँछु।” त्यसो गरेपछि तिनले आफ्नो खुट्टा उठाए र मेरो पिँडौलामा जोरसँग टेके र मेरो शरीरलाई यता र उता हल्लाए। त्यसो गर्दा हतकडी मेरो नाडीको वरिपरि र मेरो हातको पछाडिको भागमा अझ कसिलो भयो र अन्त्यमा त्यो यति पीडादायी भयो कि म नचिच्याई रहन सकिनँ, जसले गर्दा तिनीहरू उच्‍च सोरमा हाँसे। तब मात्र तिनले मेरा खुट्टाहरूमा थिच्न छाडे, मलाई त्यहाँ हावाको बीचमा झुन्डिएको अवस्थामा छोडिदिए। करिब बीस मिनेटपछि, तिनले अचानक बाघे कुर्सी मतिर ताने, त्यसबाट चुइँकिएको डरलाग्दो आवाज आयो र मेरो शरीर भित्तामा झुन्डिएर मेरा पैतालाहरूले मात्र भुइँ छुने अवस्थामा पुग्दा म चिच्च्याएँ। त्यो सँगसँगै हतकडी सरेर मेरो नाडीमा आयो। मेरो हतकडी अचानक खुकुलो हुँदा मेरा हातबाट धरधरी रगत बग्न थाल्यो र मेरा पाखुराहरूतिर बग्यो, अनि फर्केको रगतको चापले तीव्र पीडा भयो। मेरो कष्ट देखेर तिनीहरू भयानक रूपले हाँसे अनि निहुरिएर मलाई सोधपुछ गर्न लागे, “तेरो मण्डलीमा कति जना मानिसहरू छन्? तिमीहरूले पैसा कहाँ राख्छौ?” तिनीहरूले मलाई जसरी प्रश्न गरे पनि, मैले बोल्न अस्वीकार गरें, तब तिनीहरू यति क्रोधित भए कि मलाई फोहोरी शब्दहरू भन्न थाले: “थुक्‍क! तँ त निकै कठोर रहेछस्! तँ कतिञ्जेलसम्म टिक्छस् हेरौं!” त्यसो भनेपछि तिनीहरूले फेरि एकचोटि बाघे कुर्सी भित्ताबाट परतिर ताने, फेरि मलाई हावाको बीचमा झुन्ड्याए। यस पल्ट मेरो हातको पछाडि पहिले नै बनेका खुल्ला घाउहरूमा हतकडी अझ कसियो, र मेरा हातहरू छिटोछिटो सुन्निँदै गए र रगतले भरिए, यस्तो लाग्थ्यो कि ती चाँडै विस्फोट हुनेछन्। त्यो पीडा पहिलेको भन्दा धेरै तीव्र थियो। तिनीहरूले कैदीहरूलाई यातना र सजाय दिने क्रममा तिनीहरूका “गौरवशाली विगतका शोषणहरू” सम्‍बन्धी एकअर्काका लागि ज्वलन्त चित्रहरू कोरे। पन्ध्र मिनेटसम्म यस्तो भयो, अनि अन्त्यमा तिनीहरूले लात्ती हानेर कुर्सीलाई भित्तामा पुऱ्याए, अनि म झ्यालको सीधा मुन्तिर जुन्डिएको मेरो पहिलेको अवस्थामा पुगेँ, र मेरो खुट्टाको पैतालाले मात्र भुइँ छोइरहेको थियो। त्यस प्रक्रियामा, मलाई फेरि एकचोटि असह्य पीडा भयो। ठीक त्यत्ति नै बेला, एक पुड्को, मोटो पुरुष अधिकृत भित्र पसे र सोधे, “के यिनी अझै बोलिनन्?” दुई जना अधिकृतले जबाफ दिए, “यो साँच्‍चै जासुस लियू हुलान नै हो!” त्यो मोटो, दुष्ट प्रहरी मेरो नजिकै आए र मेरो अनुहारमा जोडले थप्पड हाने, झर्किँदै भने, “हेरौं, तँ कति कठोर छस्! म तेरा हातहरू खुकुलो पारिदिन्छु।” मैले तल मेरो देब्रे हाततिर हेरें र त्यो धेरै नराम्रोसँग सुन्निएको र बैजनी=कालो भएको देखेँ। त्यति नै बेला उनले मेरो देब्रे हातका औँलाहरू समाते अनि बोधोपन हटेर फेरि पीडा महसुस नहुञ्जेल उनले ती अगाडि र पछाडि हल्लाउन र दल्न अनि चिमोट्न थाले। तब तिनले हतकडी मिलाएर अति नै कसिलो पारे अनि ती दुई अधिकृतलाई इसारा गरी मलाई फेरि हावामा तान्न लगाए। एक चोटि फेरि म बीस मिनेटसम्म हावाको बीचमा झुन्डिएँ र त्यसपछि तल झारिएँ। तिनीहरूले मलाई बारम्बार हावामा तान्ने अनि तल झर्ने गरिरहे, मलाई त्यस हदसम्म यातना दिए कि मैले त्यो पीडा खप्न नसकेर बरु मर्ने इच्छा गरें। प्रत्येक पटक हतकडी मेरो हातमा माथि र तल सर्दा त्यो अघिल्लो पटकभन्दा बढी पीडादायक हुन्थ्यो। आखिरमा, घोच्ने हतकडीले मेरो नाडीमा गहिरो घाउ बनायो र मेरो हातपछाडिको छाला च्यात्यो, जसबाट भलभल रगत बग्यो। मेरो हातमा रक्त संचार पूरै काटिएको थियो र ती बेलुनहरूजस्तै फुल्लिएका थिए। अक्सिजनको कमीले गर्दा मेरो टाउको जोडले हल्‍लिरहेको थियो र अब त्यो विस्फोट हुन लागेको जस्तो थियो। म साँच्चै मर्न लागेकी छु भनी मैले सोचेँ।

जब मैले अब म अझ सहन सक्दिनँ भनी सोचेँ, परमेश्‍वरको वचनको एक खण्ड मेरो दिमागमा आयो: “यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको जस्तो भएको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; त्यहाँ सधैँ एउटा प्रबल शक्ति थियो, जसले उहाँलाई त्यतातिर बढ्न बाध्य बनायो, जहाँ उहाँ क्रूसमा टाँगिनु हुनेथियो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको इच्छा अनुसार कसरी सेवा गर्ने”)। परमेश्‍वरको वचनले मलाई अचानक शक्ति दियो र मैले प्रभु येशूले कसरी क्रूसमा कष्ट भोग्नुभएको थियो त्यस बारेमा सोचेँ: रोमी सिपाहीहरूले उहाँलाई कोर्रा लगाए, गिल्ला गरे, र अपमान गरे अनि रगतपच्छे हुने गरी पिटे, र अझै पनि उहाँलाई त्यो गह्रौं क्रूस बोक्न लगाइए, अन्त्यमा त्यसैमा तिनीहरूले उहाँलाई जिउँदै काँटी ठोकिदिए र उहाँको रगतको अन्तिम थोपासम्म बग्यो। कस्तो क्रूर यातना! कस्तो अकल्पनीय दुःख! तैपनि प्रभु येशूले यो सब चुपचाप सहनुभयो। त्यो पीडा निश्चय शब्दहरूमा वर्णन गर्न नसकिने गरी ठूलो थियो तैपनि, प्रभु येशूले सारा मानवजातिको उद्धारका लागि स्वेच्छाले आफैलाई शैतानको हातमा सुम्पनुभयो। मैले मनमनै सोचेँ: “आज, परमेश्‍वर दोस्रो पटक फेरि देहधारी हुनुभएको छ र चीनको नास्तिक देशमा आउनुभएको छ। यहाँ, उहाँले अनुग्रहको युगमा सामना गर्नुभएको भन्दा धेरै नै सङ्कटपूर्ण खतराहरूको सामना गर्नुभएको छ। जबदेखि सर्वशक्तिमान् परमेश्‍वर प्रकट हुनुभयो र उहाँको काम गर्न थाल्नुभयो, चिनियाँ कम्युनिस्ट पार्टी सरकारले खिसी, निन्दा, पागलपनले ख्रीष्टको खेदो गर्न र कब्जा गर्नका लागि सम्भवतः सबै उपायहरू प्रयोग गरेको छ, यसरी परमेश्‍वरको कामलाई भत्काउने व्यर्थको आशा गरेको छ। परमेश्‍वरले उहाँका दुई वटा अवतारमा भोग्नुभएको पीडा कसैले कल्पना गर्न नसक्ने, सहन गर्नै नसक्ने छ। परमेश्‍वरले हाम्रा लागि त्यत्ति धेरै दु:ख सहनुभएको कुरालाई ध्यानमा राख्दा त, ममा धेरै विवेक हुनुपर्छ; मैले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ र उहाँलाई सान्त्वना दिनुपर्छ, चाहे त्यसको निम्ति मेरो मृत्यु नै किन नहोस्।” त्यो क्षणमा, युगौंयुगदेखि सबै सन्तहरू र अगमवक्ताहरूले भोगेका दुःख-कष्टहरू मेरो मनमा आयो: दानिएल सिंहको खोरमा परे, पत्रुस क्रूसमा उल्टो झुन्ड्याइए, याकूबको टाउको काटियो…। एउटै पनि अपवादविना, यी सन्तहरू र अगमवक्ताहरू सबै मृत्युको सँघारमा परमेश्‍वरको ठूलो साक्षी बनेर खडा भए, र मैले पनि तिनीहरूको विश्‍वास, भक्ति र परमेश्‍वरको अधीनताको अनुकरण गर्ने लक्ष्य राख्नुपर्छ भनी महसुस गरें। यसैले, मैले मनमनै परमेश्‍वरसँग प्रार्थना गरें: “प्रिय परमेश्‍वर! तपाईं पापको बारेमा निर्दोष हुनुहुन्छ तर हाम्रो मुक्तिका लागि क्रूसमा टाँगिनुभयो। तपाईं आफ्नो प्राणलाई जोखिममा पार्दै आफ्नो काम गर्न चीनमा अवतार हुनुभयो। तपाईंको प्रेम यति महान् छ कि म त्यसको मूल्य तिर्न सक्दिनँ। आज मैले तपाईंसँगै दु:ख भोग्न पाउनु मेरो निम्ति सबैभन्दा ठूलो सम्मानको कुरा हो र तपाईंको हृदयलाई सान्त्वना दिन म तपाईंको साक्षी बन्न तयार छु। यदि शैतानले मबाट मेरो जीवन खोस्छ भने पनि, म गुनासोको एक शब्द पनि बोल्नेछैनँ!” मेरो मनलाई परमेश्‍वरको प्रेममा केन्द्रित गर्दा मेरो शरीरको पीडा धेरै कम भएको जस्तो लाग्यो। त्यो रातको उत्तरार्धमा, दुष्ट पुलिसहरूले पालैपालो मलाई यातना दिइरहे। भोलिपल्ट बिहान करिब ९ बजे मात्र तिनीहरूले मेरा खुट्टाहरू खोलिदिए र मलाई झ्यालमा झुन्डिएको अवस्थामा छाडिदिए। मेरा दुवै हातहरू पूर्ण रूपमा बोधो भएका थिए, केही महसुस हुँदैनथियो र मेरो सम्पूर्ण शरीर सुन्निएको थियो। त्यस बेला, मसँग कर्तव्य पूरा गर्ने ती सिस्टर र मलाई छेवैको सोधपुछ गर्ने कोठामा ल्याइयो। अचानक, आठ-नौ जना अधिकृतहरू मलाई सोधपुछ गर्ने कोठामा आए, र एक पुड्को, मोटो पुलिस अधिकृत झोँक्‍किएर भित्र पसे र मलाई कसले हेर्दैछ भनी ती दुष्ट पुलिसहरूलाई सोधे: “के त्यो अझै बोलेकी छैन?” तिनीहरूले जबाफ दिए, “अझै बोलेकी छैन।” तिनीहरूको जबाफ सुन्ने बित्तिकै, तिनी ममाथि झम्टिए, मेरो अनुहारमा दुई पटक थप्पड हाने र रिसाएर मलाई चिच्याए, “तँ अझै पनि सहकार्य गर्दैनस्! हामीलाई तेरो नाम थाहा छ, र तँ मण्डलीको एक महत्त्वपूर्ण अगुवा होस् भन्‍ने पनि हामीलाई थाहा छ। हामीले केही पनि जान्दैनौं भन्ने भ्रममा नबस्! तिमीहरूले पैसा कहाँ राखेका छौ?” मलाई चुप बसेको देखेर तिनले धम्की दिँदै भने, “यदि तैँले दोष स्वीकार गर्दिनस् भने अनि हामी आफैले त्यो जानकारी थाहा पायौं भने तेरो अवस्था झन् नराम्रो हुनेछ। मण्डलीभित्र तेरो ओहदालाई हेरेर, तँलाई बीस वर्ष कैद सजाय हुनेछ!” पछि, तिनीहरूले मेरो बैङ्क कार्ड समाते र कार्डको नाम र पिन नम्बर सोधे। मैले मनमनै विचार गरें, “कसलाई मतलब रहेछ तिनीहरूले हेरून्। आखिर मेरो परिवारले त्यो बैङ्क खातामा धेरै पैसा स्थानान्तरण गरेको छैन। यदि तिनीहरूले त्यो देखे भने मलाई मण्डली कोषको बारेमा सताउनेछैनन्।” निर्णय गरेपछि, मैले तिनीहरूलाई नाम र पिन नम्बर बताएँ।

पछि, मैले शौचालय जान आग्रह गरें, तब मात्र तिनीहरूले मलाई तल झारे। त्यो स्थितिमा, म मेरो खुट्टाको प्रयोगको नियन्त्रणलाई पूर्ण रूपमा गुमाइसकेकी थिएँ, त्यसैले तिनीहरूले मलाई शौचालयमा बोकेर लगे र बाहिर पाले उभिए। मैले आफ्ना हातका सबै चेतना हराएकी थिएँ र मेरो मस्तिष्कबाट आउने आदेशहरू तीसम्म पुगिरहेका थिएनन्, त्यसैले म भित्तामा अडेसिएर उभिएँ, मेरो पाइन्ट पनि खोल्न सकिनँ। जब केही समय बितिसक्दा पनि म बाहिर आइनँ, तब एक पुलिसले लात्तीले हानेर ढोका खोल्यो र कामुक रूपले मुस्कुराउँदै मसँग चिच्च्याए, “तैँले अझै सकिनस्?” मैले मेरा हातहरू चलाउन नसकेको देखेर, ऊ मकहाँ आयो र मेरो पाइन्ट खोलिदियो र मैले शौच गरिसकेपछि मेरो पाइन्ट लगाइदियो। पुरुष अधिकृतहरूको एक समूह हरप्रकारको नीच र फोहोर भाषामा मेरो अपमान गर्दै शौचालयको बाहिर भेला भएका थिए। यी ठगहरू र राक्षसहरूको अन्यायले मजस्ती एक बीस वर्षकी निर्दोष केटीलाई अन्याय गर्दा म अचानक व्याकुल बनेँ र म रुन थालें। मलाई यस्तो लाग्यो, यदि मेरा हातहरू साँच्चै पक्षाघात भएको हो भने भविष्यमा म आफ्नै हेरचाह गर्न सक्नेथिइनँ, त्योभन्दा बरु मर्नु राम्रो हुन्थ्यो। यदि त्यो समयमा म ठीकसँगले हिँड्न सक्थें भने, म भवनबाट हाम फाल्थें र त्यहीँ जीवन समाप्त गर्थें। म मेरो सबैभन्दा कमजोर अवस्थामा हुँदा, मण्डलीको एउटा गीत “म परमेश्‍वरको महिमाको दिन देख्‍न चाहन्छु” मेरो मनमा सम्झना आयो: “म मेरो प्रेम र इमानदारीता परमेश्‍वरलाई चढाउने छु र परमेश्‍वरलाई महिमा दिन मेरो अभियान पूरा गर्ने छु। मैले परमेश्‍वरप्रतिको मेरो गवाहीमा दह्रिलो गरी खडा हुने र शैतानसामु कहिल्यै नझुक्ने अठोट गरेको छु। अहो, हाम्रो शिर भाँचिन र हाम्रो रगत बग्‍न सके पनि, परमेश्‍वरका मानिसहरूको मेरुदण्ड कहिल्यै निहुरने छैन। मैले परमेश्‍वरका अर्तीहरू मुटुमा बेरेर शैतान अर्थात् दियाबलसलाई लाजमा पार्ने प्रण गर्छु। पीडा र कठिनाइहरू परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हो। म मृत्युसम्‍मै उहाँप्रति विश्‍वासी र आज्ञाकारी हुने छु। म परमेश्‍वरलाई कहिल्यै रुवाउने छैन र म उहाँलाई कहिल्यै चिन्तित तुल्याउने छैन” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। यो भजनले ममा विश्‍वास हालिदियो र मेरो आत्मा बलियो भयो। मैले मनमनै सोचेँ: “म शैतानका चालहरूबाट मूर्ख हुनु हुँदैन र यस्तो कुरामा मैले मेरो जीवन समाप्त गर्नु हुँदैन। मैले परमेश्‍वरलाई दुःखी बनाऊँ र उहाँलाई धोखा दिऊँ भनेर तिनीहरूले मलाई अपमान र गाली गरिरहेका छन्। यदि म मरेकी भए म तिनीहरूको गुप्त षड्यन्त्रमा परेकी हुन्थें। मैले शैतानको षड्यन्त्र सफल हुन दिनु हुँदैन। यदि म साँच्चै अपाङ्ग भए पनि जबसम्म मभित्र सास रहन्छ, तबसम्‍म म परमेश्‍वरको साक्षी दिनका लागि बाँचिरहनुपर्छ।”

जब म सोधपुछ गर्ने कोठामा फर्केँ, म थाकेकीले गर्दा भुइँमा ढलें। पुलिसहरूले मलाई घेरे अनि फेरि उभिन आदेश दिँदै मलाई चिच्याए। मलाई अनुहारमा थप्पड हान्ने त्यो पुड्को, मोटो अधिकृत ममाथि झम्टिए र मलाई कस्सेर लात हाने र मैले बहाना गर्दैछु भन्ने झूटो आरोप लगाए। त्यो समय, मेरो शरीर काँप्न थाल्यो, र मलाई सास फेर्न गाह्रो भयो र स्वाँ-स्वाँ गरी सास फेर्न थालें। मेरो देब्रे खुट्टा र मेरो छातीको देब्रे भाग बटारिन र एकअर्कातिर खुम्चन थाले। मेरो पूरै शरीर चिसो र कडा भयो र दुई जना अधिकृतले जति नै ताने र बल गरे पनि मलाई सीधा खडा गर्न सकेनन्। मेरो मनमा मलाई थाहा थियो, परमेश्‍वरले यो पीडा र कष्टलाई मेरो निम्ति उम्कने बाटो खोल्न प्रयोग गरिरहनुभएको छ, नत्र तिनीहरूले मलाई क्रूरतासाथ यातना दिइरहेका हुन्थे। मेरो अनिश्चित अवस्था देखेपछि मात्र ती दुष्ट अधिकृतहरूले अन्त्यमा मलाई पिट्न छाडे। त्यसपछि तिनीहरूले मलाई बाघे कुर्सीमा बन्द गरे, र मेरो मण्डलीकी सिस्टरलाई यातना दिन अर्को कोठामा गए, र ममाथि निगरानी गर्न दुई जना अधिकृतलाई छाडे। मेरी बहिनीको रगतपच्छे चीत्कार बारम्बार सुनेर, म ती राक्षसहरूकहाँ गएर नगरुञ्‍जेल तिनीहरूसँग लड्न चाहन्थें, तर परिस्थितिहरू यस्तो थियो, म बिलकुलै थकित भएर ढलेकी थिएँ, त्यसैले म परमेश्‍वरसँग प्रार्थना गर्न र परमेश्‍वरले मेरी सिस्टरलाई शक्ति दिनुभएको होस् र रक्षा गर्नुभएको होस् र उनी साक्षी बनेर खडा हुन सकून् भनी प्रार्थना मात्र गर्न सक्थें। यसको साथसाथै, मैले त्यो खराब, दुष्टलाई घृणा गर्दै सराप दिएँ, जसले आफ्ना जनतालाई दु:खको गहिराइमा डुबाएको थियो र मानिसको रूपमा रहेका ती जनावरहरूलाई दण्ड दिन परमेश्‍वरसित आग्रह गरें। पछि, मलाई त्यहाँ ढलेको, र सायद मैले अन्तिम सास लिइरहेको देखेर, अनि तिनीहरूको आँखाकै सामुन्ने कोही मरेको हेर्न नचाहेर तिनीहरूले आखिरमा मलाई अस्पताल पठाए। म अस्पताल आइपुगेपछि, मेरो खुट्टा र छाती बटारिन र फेरि एकअर्कोतर्फ खुम्चन थाले अनि मेरो शरीरलाई सीधा स्थितिमा फिर्ता ल्याउन धेरै जना व्यक्ति चाहियो। मेरा दुवै हातहरू बेलुन जस्तै सुन्निएका थिए र जमेको रगतका थोप्लाहरूले ढाकिएका थिए। मेरा हातहरू सबै पीपले भरिएको थियो र तिनीहरूले सुई लगाउने नसा भेट्टाउन सकेनन्, किनकि तिनीहरू सुई घुसाउने बित्तिकै त्यस ठाउँबाट रगत बग्थ्यो, छेउछाउको पट्टीलाई पूरा भिजाउँथ्यो र सुई हानेको ठाउँबाट रगत भलभल बग्थ्यो। जब डाक्टरले के भइरहेको छ भन्ने देखे, तब उनले भने, “हामीले यी हतकडीहरू खोल्नुपर्छ!” तिनले पुलिसलाई मेरो अरू परीक्षण गर्नका निम्ति मलाई नगरपालिकाको अस्पतालमा लैजाने सल्लाह दिए, किनकि तिनी मेरो मुटुमा समस्या छ भनी चिन्तित थिए। ती दुष्ट पुलिसहरू मलाई सहायता गर्नका लागि केही गर्न चाहँदैनथिए, तर त्यसपछि तिनीहरूले मलाई फेरि हतकडी लगाएनन्। भोलिपल्ट, मलाई सोधपुछ गर्ने अधिकृतले मेरो मौखिक बयानको रूपमा प्रयोग गर्नका लागि परमेश्‍वरको निन्दा र भर्त्सना गर्दै एउटा बयान लेखे र मलाई त्यसमा हस्ताक्षर गर्न आदेश दिए। जब मैले त्यस बयानमा हस्ताक्षर गर्न अस्वीकार गरें, तिनी चिढिए, मेरो हात समाते र त्यो बयानमा जबरजस्ती मेरो औंलाको छाप लगाए।

अप्रिल ९ को साँझतिर, डिभिजन निर्देशक र दुई अन्य पुरुष पुलिस अधिकृतले मलाई घेरेर थुना घरमा लगे। जब थुना घरका डाक्टरले मेरो सम्पूर्ण शरीर सुन्निएको र म हिँड्न नसक्ने, मेरो हातहरूमा कुनै चेतना नभएको र एउटा धागोमा झुन्डिएको जस्तो अवस्थामा देखे, तब म त्यहाँ मर्छु नै भन्ने सोचेर तिनीहरूले मलाई भर्ना गर्न अस्वीकार गरे। पछि, डिभिजन निर्देशकले करिब एक घण्टा जति थुना घरको गभर्नरसँग कुराकानी गरे अनि मलाई केही भयो भने थुना घर त्यसको जिम्मेवार हुनेछैन भनी वचन दिए, तब मात्र गभर्नर मलाई हिरासतमा लिन सहमत भए।

दस दिनभन्दा बढी भएपछि, करिब एक दर्जन दुष्ट पुलिस अन्य क्षेत्रहरूबाट स्थानान्तरण गरियो र अस्थायी रूपमा थुना घरमा राखियो जसले दिनरात मलाई पालैपालो सोधपुछ गरे। त्यहाँ कैदीलाई सोधपुछ गर्ने समयको सीमा तोकिएको हुन्छ, तर पुलिसले यो धेरै गम्भीर प्रकृतिको एउटा ठूलो, महत्त्वपूर्ण मामला हो भनी भने, त्यसैले तिनीहरूले मलाई एक्लै छोडेनन्। तिनीहरूले मलाई धेरै लामो समयसम्म प्रश्न गरे भने मेरो कमजोर शारीरिक अवस्थाको कारण ममा कुनै प्रकारको स्वास्थ्य आपत्कालिन स्थिति हुन सक्छ भनी तिनीहरू डराएको कारण तिनीहरूले आफ्नो सोधपुछ बिहानको १ बजे समाप्त गर्थे र मलाई मेरो थुना कोठामा वापस पठाउँथे, मलाई बिहान सबेरै बोलाउँथे। तिनीहरूले मलाई सरासर तीन दिनसम्‍म, दिनको १८ घण्टासम्म सोधपुछ गर्थे। तर तिनीहरूले मलाई जत्ति नै केरकार गरे पनि, म एक शब्द पनि बोलिनँ। जब तिनीहरूका कठोर युक्तिहरूले काम नगरेको तिनीहरूले देखे, तब त्यो बदलेर तिनीहरूले नरम युक्तिहरू अपनाए। तिनीहरूले मेरा चोटहरूप्रति चिन्ता व्यक्त गर्न थाले र मेरा घाउहरूमा मलम लगाउन थाले। अचानक “दया” देखाएको देखेर म ज्यादा होसियार हुन छाडेँ, यो सोचेँ: “यदि मैले तिनीहरूलाई मण्डलीका केही महत्त्वहीन कुराहरूको बारेमा बताएँ भने सायद केही नहोला…।” तुरुन्तै, परमेश्‍वरको वचन मेरो मनमा देखापर्‍यो: “लापरवाही विधि लागू नगर्, बरु जब कुराहरू तँमाथि आइपर्छन् बारम्बार तँ मेरो झनै नजिक आइज; मेरो सजायलाई नबिर्गान, र शैतानका धूर्त योजनाहरूको शिकार बन्नबाट रोकिनका लागि सबै हिसाबमा झनै बढी सचेत र सावधान बन्” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ९५”)। मैले अचानक थाहा पाएँ, कि म शैतानको धूर्त षडयन्त्रमा फसेकी छु। के तिनीहरू मलाई केही दिन पहिले यातना दिने तिनै मानिसहरू थिएनन् र? तिनीहरूले आफ्नो व्यवहार परिवर्तन गर्न सक्थे, तर तिनीहरूको दुष्ट प्रकृति अपरिवर्तनीय थियो—एक पटकको राक्षस, सधैँ दानव। परमेश्‍वरको वचनले मलाई तिनीहरू भेडाको भेस लगाएका ब्वाँसा मात्र हुन्, तिनीहरू सधैँ मनमा गुप्त उद्देश्यहरू राख्छन् भन्‍ने तथ्यप्रति सचेत बनायो। अगाडि बढ्दै जाँदा, तिनीहरूले मलाई जसरी प्रलोभन देखाए पनि वा केरकार गरे पनि, म एक शब्द पनि बोल्दिनथिएँ। परमेश्‍वरले चाँडै तिनीहरूको वास्तविक रङ्ग देखाउनुभयो; एक जना अधिकृत जसलाई तिनीहरूले क्याप्टेन वु भन्थे, तिनले डरलाग्दो प्रकारले मलाई प्रश्न गरे: “तँ मण्डलीको एक अगुवा होस्, र पनि पैसा कहाँ छ भन्ने तँलाई थाहा छैन? यदि तैँले हामीलाई बताइनस् भने, हामीसँग त्यो पत्ता लाउने तरिका छ!” एक जना बूढो, घमन्डी पुलिस अधिकृत अपशब्दहरू बोल्दै चिच्याए, “साला, हामीले औंला दिँदा डुँडुलो निल्छेस्! यदि तँ बोल्दिनस् भने, तँलाई बाहिर पठाएर फेरि झुन्ड्याउँछौं। तँ अझै पनि एक जासुस लियू हुलान हुन चाहन्छेस् र हामीबाट जानकारी लुकाउँछस्, त्यो हेर्छौं! तँलाई निराकरण गर्ने मसँग धेरै तरिकाहरू छन्!” उनले यस प्रकारले जति धेरै बोले, मैले त्यत्ति नै धेरै चुप लाग्‍ने दृढ संकल्‍प गरेँ। आखिरमा तिनी चिढिए र हिँडे अनि मलाई धक्का दिँदै भने, “यस प्रकारको व्यवहार गर्नेलाई बीस वर्षको कैद पनि एउटा हलुका सजाय हुनेछ!” त्यत्ति भनेर तिनी निराश भएर कोठाबाट हानिएर बाहिर निस्किए। पछि, राष्ट्रिय सुरक्षा मामिलाको प्रभारी सार्वजनिक सुरक्षा विभागको एक अधिकृत मलाई प्रश्न गर्न आए। उनले परमेश्‍वरमाथि आक्रमण र विरोध गर्ने धेरै वटा अभिव्यक्ति दिए र उनी कति अनुभवी र जानकार थिए भनी बारम्बार घमण्ड गरे, जसको कारण अन्य अधिकृतहरूले उनको भरपूर प्रशंसा गरे। तिनको धमिलो, आत्म-सन्तुष्ट कुरूपता, र सत्यतालाई भ्रष्ट पार्ने, अफवाह फैलाउने उनका असत्य र झूटा आरोपहरू सबै सुनेपछि त्यस अधिकृतप्रति ममा घृणा र अरुचि दुवै जाग्यो। मैले तिनलाई हेर्न समेत सकिनँ, यसैले मैले मेरो अगाडि भित्तामा सीधा हेरें, र मेरो दिमागमा तिनको प्रत्येक तर्कलाई खण्डन गरें। तिनको कटु आलोचना पूरै बिहानभरि चलेको थियो र आखिरमा जब तिनी बोलिसके तब तिनले मेरो विचार के छ भनेर सोधे। मैले अधीर हुँदै भनें: “म अशिक्षित छु, त्यसैले तपाईंले कुन विषयमा कुरा गर्नुभयो मैले केही पनि बुझिनँ।” रिसले चूर हुँदै तिनले सोधपुछ गर्ने अरूलाई भने, “यसको कुनै आशा छैन। मलाई लाग्छ, त्यसलाई पहिले नै ईश्‍वरको मात लागिसकेको छ, त्यसलाई फर्काउन सकिँदैन!” यति भनेर तिनी निराश हुँदै बम्किएर गए।

जब दुष्ट पुलिसले मलाई घिसार्दै झ्यालखानको कोठामा लग्यो र मैले सिस्टर वाङलाई पनि त्यही कोठामा देखेँ, यस प्रिय व्यक्तिलाई देखेर मेरो हृदय न्यानो भएर आयो। त्यो परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्त हो र परमेश्‍वरको प्रेमले मलाई खोजिरहेको थियो भन्‍ने मलाई थाहा थियो, र त्यस बेला म आधारभूत रूपमा अपाङ्ग थिएँ र नै परमेश्‍वरले त्यो गर्नुभएको थियो भन्‍ने मलाई थाहा थियो—मेरा हातहरू र खुट्टाहरू नराम्रोसँग सुन्निएका थिए र पीपले फुलिएका थिए, मेरा औँलाहरूमा म केही थाहा पाउँदिन थिएँ, जुन ससेजहरू जस्ता मोटा भएका थिए, र छुँदा कडा थिए, म मुस्किलले मेरा खुट्टाहरू चलाउन सक्थें, मेरो सम्पूर्ण शरीर कमजोर भएको थियो र पीडाले भरेको थियो। त्यस समयमा, मेरी सिस्टरले हरेक दिन मेरो हेरचाह गरिन्—उनले मेरा दाँत माझिदिन्थी, मुख धोइदिन्थी, नुहाइदिन्थी, कपाल कोरिदिन्थी र खुवाउँथी…। एक महिनापछि, मेरी सिस्टर रिहा भइन्, र मलाईचाहिं औपचारिक रूपमा गिरफ्तार गरिएको छ भनी सूचित गरियो। मेरी सिस्टर रिहा भएपछि, म अझै पनि आफ्नो हेरचाह गर्न नसक्ने छु भनी सोचेर र म अझै कति लामो समयसम्म कैदमा रहनेछु भनी केही थाहा नभएकोले, मैले अति नै असहाय र निराश महसुस गरें। म परमेश्‍वरलाई पुकारा नगरी रहन सकिनँ: “हे परमेश्‍वर, म एक अपाङ्ग जस्तै महसुस गर्छु—म कहिलेसम्म यस प्रकारले रहनुपर्ने हो? म बिन्ती गर्छु, तपाईंले मेरो हृदयको रक्षा गरिदिनुहोस्, यसैले कि म यो परिस्थितिमाथि विजयी बन्न सकूँ।” म आफ्नो बुद्धिको अन्त्यमा पुग्दा र बिलकुलै अन्योल महसुस गर्दा, मैले परमेश्‍वरका यी वचनहरू विचार गरें: “एक दिन तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सबैभन्दा अपरिचित ठाउँमा राख्‍नुहुनेछ भन्‍ने कुरालाई तिमीहरूले ध्यान दिएका छौ? एक दिन मैले तिमीहरूबाट सबै थोक खोसेँ भने तिमीहरूको के हाल हुनेछ के त्यसबारे तिमीहरूले कल्पना गर्न सक्छौ? के तिमीहरूको त्यस दिनको ऊर्जा अहिलेको जस्तै हुनेछ? तिमीहरूको विश्‍वास पुनः देखा पर्नेछ?” (वचन देहमा देखा पर्नुहुन्छको “तिमीहरूले कामलाई बुझ्नै पर्छ—दुबिधामा नपछ्याओ!”)। परमेश्‍वरका वचनहरू मेरो हृदयलाई उज्यालो पार्ने सङ्केत-बत्ती जस्तै थिए, जसले मलाई उहाँको इच्छा बुझ्‍न सहायता गरे। मैले मनमनै विचार गरें: “मैले अहिले सामना गरेकी परिस्थिति त्यस्तो छ, जुनसित म थोरै परिचित छु। मेरो विश्‍वासलाई सिद्ध पार्न परमेश्‍वरले मैले यस प्रकारको परिस्थितिभित्र पनि उहाँको कामको अनुभव गरूँ भन्ने चाहनुहुन्छ। मेरी सिस्टरले मलाई छोडेर गए पनि, परमेश्‍वरले निश्चय छोड्नुभएको थिएन! मैले विगतमा हिँडेकी बाटोको बारेमा विचार गर्दा परमेश्‍वरले मलाई बाटोको हरेक पाइलालाई डोऱ्याउनुभएको छ! यदि मैले परमेश्‍वरमा भरोसा गरेँ भने विजय पाउन नसकिने कुनै कठिनाइ छैन।” मैले आफ्नो विश्‍वास अति सानो रहेछ भनी देखेँ, यसैले मैले परमेश्‍वरसित यसरी प्रार्थना गरें: “प्रिय परमेश्‍वर, म आफैलाई पूर्ण रूपमा तपाईंको हातमा सुम्पन्छु र तपाईंको प्रबन्धमा समर्पित हुन तयार छु। भविष्यमा मैले जस्तोसुकै परिस्थितिहरूको सामना गर्नु परे पनि म तपाईंको अधीनमा बस्नेछु र कुनै गुनासो गर्नेछैनँ।” प्रार्थना गरिसकेपछि, मैले शान्ति र ढुक्क महसुस गरें। भोलिपल्ट दिउँसो, सुधार अधिकृतले एक जना नयाँ कैदी ल्याए। जब उनले मेरो अवस्था देखी, तब मैले नभनी नै उनले मेरो हेरचाह गर्न थाली। यसमा, मैले परमेश्‍वरको चमत्कार र विश्‍वासयोग्यता देखेँ; परमेश्‍वरले मलाई त्याग्नुभएको थिएन—मानिसको विचार लगायत स्वर्ग र पृथ्वीमा भएका सबै कुरा परमेश्‍वरको हातमा छन्। यदि परमेश्‍वरको योजनाबद्ध कार्य र व्यवस्था नभएको भए, मैले कहिल्यै नभेटेकी त्यस महिलाले मप्रति कसरी त्यस्तो राम्रो व्यवहार गर्थिन् र? त्यसपछि, मैले परमेश्‍वरको प्रेमको अझ धेरै साक्षी देखेँ। जब ती महिला हिरासत घरबाट रिहा भइन्, परमेश्‍वरले मैले अघि कहिल्यै नभेटेकी एकपछि अर्को महिलालाई मेरो हेरचाह गर्न खडा गर्नुभयो, र तिनीहरूले मेरो हेरचाह गर्ने काम एकअर्कालाई हस्तान्तरण गरे मानौं तिनीहरूले रिले दौडमा ब्याटन हस्तान्तरण गर्दैथिए। कतिपय कैदीहरूले त रिहा भएपछि मेरो बैङ्क खातामा पैसा समेत स्थानान्तरण गरे। यस अवधिमा, मेरो शरीरमा केही पीडा भए पनि, मैले प्रत्यक्ष रूपमा परमेश्‍वरको प्रेमको इमानदारीको अनुभव गर्न सकेँ। मानिसलाई जस्तो-सुकै परिस्थितिमा पारिए पनि परमेश्‍वरले उसलाई कहिल्यै त्याग्नुहुन्न, तर उसको निरन्तर सहयोगीको रूपमा उसको सेवा गर्नुहुन्छ। जबसम्म मानिसले परमेश्‍वरमाथिको विश्‍वास गुमाउँदैन, तबसम्‍म उसले निश्चय परमेश्‍वरका कामहरू देख्न सक्नेछ।

मलाई एक वर्ष तीन महिना हिरासतमा राखियो, त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टी सरकारले ममाथि “कानुनको कार्यान्वयनमा बाधा पुर्‍याउन झी जिओ संगठनको माध्यमबाट काम गरेको” आरोप लगायो र तीन वर्ष छ महिना कैदको सजाय सुनायो। मेरो दोषसिद्ध गरेपछि मलाई मेरो सजाय पूरा गर्न प्रान्तीय महिला झ्यालखानमा सारियो। झ्यालखानमा, हामी अझ बढी अमानवीय व्यवहारमा परेका थियौं। हामीलाई हरेक दिन शारीरिक परिश्रमको काम गर्न लगाइन्थ्यो र हाम्रो दैनिक कामको बोझका मापदण्डहरू कसैले पनि तार्किक रूपमा पूरा गर्न नसक्‍ने गरी बढी हुन्थ्यो। यदि हामीले आफ्नो काम पूरा गर्न सकेनौं भने हामीलाई शारीरिक दण्ड दिइन्थ्यो। हाम्रो श्रमद्वारा हामीले कमाएका लगभग सबै पैसा झ्यालखानका गार्डहरूका खल्तीमा जान्थ्यो। हामीलाई जीविका भत्ताको रूपमा प्रत्येक महिना थोरै युआन मात्र दिइन्थ्यो। झ्यालखानले प्रयोग गरेको आधिकारिक भनाइचाहिं तिनीहरूले परिश्रमद्वारा कैदीहरूलाई पुन शिक्षित गरिरहेका छन् भन्ने थियो, तर वास्तवमा, हामी तिनीहरूको पैसा कमाउने मेसिन, तिनीहरूको ज्यालाविनाका नोकरहरू थियौं। बाहिरबाट हेर्दा, कैदीहरूको सजाय घटाउने झ्यालखानको नियम धेरै मानवीय जस्तो देखिन्थ्यो—केही सर्तहरू पूरा गरेर, कैदीहरूले आफ्नो सजायमा एक उपयुक्त कटौती गर्न सक्थे। तर वास्तवमा, यो बाहिरी र देखाउनका निम्ति मात्र थियो। वास्तविकतामा, तिनीहरूको तथाकथित मानवीय व्यवस्था कागजमा लेखिएका खोक्रा शब्दहरूबाहेक अरू केही थिएन: गार्डहरूले व्यक्तिगत रूपमा जारी गर्ने आदेशहरू मात्र त्यस त्यहाँको वास्तविक कानुन थिए। झ्यालखानाले पर्याप्त श्रम क्षमता र झ्यालखानाका गार्डहरूको आम्दानी नघटाउने कुरालाई सुनिश्चित गर्न सोही प्रकारले वार्षिक सजाय घटाउने कार्यलाई कडाइका साथ नियन्त्रण गर्थ्यो। सजाय घटाउने कार्य झ्यालखानले श्रम उत्पादकता बढाउनका लागि प्रयोग गर्ने एक तरिका थियो। झ्यालखानमा हुने सयौं कैदीमध्ये, दस जना जतिको मात्र सजायमा कटौती हुन्थ्यो र त्यसैले मानिसहरू कटौती पाउन एकअर्काको विरुद्ध षड्यन्त्र गर्दै हड्डी घोटेर काम गर्थे। तापनि, अन्त्यमा कटौती पाउने कैदीहरूमध्ये धेरैजसो सुरुदेखि कुनै परिश्रम काम नगरेका तर पुलिससँग राम्रो सम्बन्ध भएका कैदीहरू हुन्थे। कैदीहरूसँग तिनीहरूको त्यो अप्रसन्नता आफैमा राख्नुबाहेक अरू कुनै विकल्प हुँदैनथियो। केहीले त्यसको विरोधमा आत्महत्या गरे, तर त्यस्तो घटनापछि झ्यालखानाले पीडितको परिवारलाई मनाउन त्यसै मनगढन्ते कुराहरू बनाउँथ्यो, र त्यसरी तिनीहरूका मृत्यु व्यर्थ हुन्थे। झ्यालखानमा, गार्डहरूले हामीलाई कहिल्यै मानिससँग जस्तो व्यवहार गरेनन्; यदि हामी तिनीहरूसँग कुरा गर्न चाह्यौं भने, भुइँमा ठिङ्ग्रिएर टाउको उठाएर तिनीहरूलाई हेर्नु पर्थ्यो, र यदि कुनै कुरा तिनीहरूलाई मन परेन भने तिनीहरूले हामीलाई झपार्थे र फोहोर, अश्लील भाषामा अपमान गर्थे। अन्त्यमा, जब मेरो साढे तीन वर्षको सजाय समाप्त भयो र म घर फर्केँ, मेरो परिवारले मलाई एक मानव कंकालजस्तो, अति कमजोर र चिन्नै नसकिने गरी हड्डी र छाला मात्रै भएको विकृत रूपमा देखेर आफ्नो वेदना लुकाउन सकेन, र धेरै आँसुहरू बगे। तापनि, हाम्रा हृदय परमेश्‍वरप्रतिको कृतज्ञताले भरिएका थिए। हामीले म अझै जीवित रहेकोमा र उहाँले मेरो रक्षा गर्नुभएकोमा परमेश्‍वरलाई धन्यवाद दियौं, किनभने त्यसैले गर्दा म पृथ्वीको त्यस नरकबाट सिङ्गै बाहिर आउन सकेकी थिएँ।

म घर फर्केपछि मात्र मैले थाहा पाएँ, कि म हिरासतमा हुँदा दुष्ट पुलिस दुई पटक घरमा आएर अनावश्यक तोडफोड र खोजतलास गरेको रहेछ। परमेश्‍वरमा विश्‍वास गर्ने मेरो बुबाआमा दुवै घरबाट भागेका थिए, र सरकारद्वारा गिरफ्तार हुनदेखि बच्नका लागि करिब दुई वर्षदेखि भाग्दै हिँडेका थिए। जब उहाँहरू घर फर्किनुभयो, तब आँगनका घाँसहरू बढेर घर जत्तिकै अग्लो भएका थिए, घरको छानोको केही भाग भत्केका थिए, र सम्पूर्ण ठाउँ भयानक रूपले लथालिङ्ग भएको थियो। पुलिसले गाउँभरि घुमेर हाम्रो विषयमा झूट कुराहरू फैलाएको थियो: तिनीहरूले भनेका रहेछन् भने, मैले कसैबाट दस लाखदेखि एक करोड रकम ठगेकी छु, र मेरा आमाबुबाले मेरो सानो भाइलाई कलेज पढाउन हजारौं रकम ठगेका छन्। राक्षसहरूको यो गिरोह प्रमाणित पेसेवर झूटा व्यक्तिहरूको सबैभन्दा पोख्त एउटा झुन्ड थियो! वास्तवमा, मेरा आमाबुबा घरबाट भागेकाले मेरो सानो भाइले उसको ट्यूसनको खर्च र कलेज समाप्त गर्नका लागि छात्रवृत्तिको पैसा र ऋण प्रयोग गर्नु परेको थियो। यसबाहेक, ऊ काम गर्न घरबाट बाहिर जाँदा उसले हाम्रो परिवारले उब्जाएको अन्न बाली बेचेर र बेच्नका निम्ति काँढा-घारीबाट ऐँसेलु टिपेर यात्रा खर्चका लागि केही बचाउनुपर्थ्यो। तापनि ती शैतानहरूले निर्लज्ज बनी कार्य गरिरहेका थिए, मेरो परिवारलाई झूटो आरोप लगाएका थिए, ती अफवाहहरू आजसम्म पनि फैलिएका छन्। मलाई राजनीतिक अपराधी र जालझेल गर्ने व्यक्तिको दोष लागेकोले अहिले पनि मेरो गाउँमा मलाई तिरस्कार गरिन्छ। चिनियाँ कम्युनिस्ट पार्टी—शैतानहरूको गिरोहलाई म साँच्चै घृणा गर्छु!

मैले परमेश्‍वरको पछि लागेर बिताएकी वर्षहरूलाई फर्केर विचार गर्दा, चिनियाँ कम्युनिस्ट पार्टी सरकारको शैतानी स्वभाव र सार प्रकट गर्ने परमेश्‍वरका वचनहरूलाई सैद्धान्तिक स्तरमा मात्र स्वीकार गरेकी थिएछु, तर ती वचनलाई साँच्चै कहिल्यै पनि बुझेकी थिइनछु। मलाई कलिलै उमेरदेखि देशभक्तिको शिक्षा दिइएकोले त्यसले मलाई विशेष प्रकारले सोचविचार गर्न र व्यवस्थित रूपले धोखा खान तयार पारेको थियो, मैले परमेश्‍वरको वचनले बढाइचढाइ कुरा गरेको हो भन्ने पनि सोच्थें—मैले आफ्नो देशको मूर्तिपूजा गर्नबाट आफैलाई छुटाउन सकिनँ, म कम्युनिस्ट पार्टी सधैँ सही छ, सेनाले हाम्रो देशको रक्षा गरेको छ, अनि पुलिसले समाजका दुष्ट तत्वहरूलाई दण्ड दिन्छ र तिनीहरूलाई हटाउँछ अनि सर्वसाधारणको हितको रक्षा गर्छ भनी सोच्थें। ती राक्षसहरूको हातमा सतावट भोगेपछि मात्र मैले चिनियाँ कम्युनिस्ट पार्टी सरकारको साँचो अनुहार देख्न सकेँ; त्यो अति नै छली र पाखण्डी छ, यसले वर्षौंदेखि चीन र सारा संसारका मानिसहरूको आँखा छलेको छ। यसले बारम्बार विश्‍वासको स्वतन्त्रता र लोकतान्त्रिक कानुनी अधिकारको समर्थन गर्ने दाबी गर्दछ, तर वास्तवमा यसले जानाजानी धार्मिक विश्‍वासलाई सताउँछ। यसले साँच्चै समर्थन गर्ने भनेको त्यसको आफ्नै अत्याचार, जबरजस्ती नियन्त्रण र निरङ्कुशता हो। मेरो शरीर चिनियाँ कम्युनिस्ट पार्टीको क्रूर सतावटको क्रममा नराम्रोसँग चोटग्रस्त भए पनि र म पीडित अनि कमजोर भए पनि परमेश्‍वरका वचनहरूले लगातार मलाई अन्तर्दृष्टि प्रदान गऱ्यो र मलाई विश्‍वास र शक्ति दियो, यसैले गर्दा मैले शैतानका योजनाहरूलाई देख्न सकेँ र परमेश्‍वरका लागि साक्षी बनी खडा हुन सकेँ। यसको साथसाथै, ममा परमेश्‍वरको प्रेम र दयाका गहिरो बोध भयो र परमेश्‍वरको पछि लाग्नका निम्ति मेरो विश्‍वास बलियो भयो। जसरी सर्वशक्तिमान् परमेश्‍वरको वचनले भन्छ: “समय अहिले नै हो: त्यस भूतको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसतिर आफ्नो पिठिउँ फर्काउने अनुमति दिनका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ” (वचन देहमा देखा पर्नुहुन्छको “काम र प्रवेश (८)”)। म अब मण्डलीमा फर्किएकी छु, र सुसमाचार प्रचार गर्दै आफ्नो कर्तव्य पूरा गर्दैछु। परमेश्‍वरलाई धन्यवाद होस्!

अर्को: जेलको कष्ट

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

बिमारीको माध्यमबाट आशिष पाउने मेरो मनसाय खुलासा भयो

झेन्क्षिङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यको लागि...

जेलको कष्ट

जियाओ फान, चीनमे २००४ को एक दिन, म केही दाजुभाइ-दिदीबहिनीहरूसँग भेलामा सहभागी भइरहेकी थिएँ त्यही बेला अचानक २० जनाभन्दा बढी प्रहरीहरू अचानक...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्