समस्या रिपोर्ट गर्नेबारे आशङ्का

25 फेब्रुअरी 2023

सेप्टेम्‍बर २०२१ मा, मैले मण्डलीमा सुसमाचार सुनाउने काम गरिरहेको थिएँ। केही समयपछि, मैले सुसमाचार सुपरभाइजरले आफ्‍नो कर्तव्यमा कुनै बोझ लिइरहेकी छैनन्, र हाम्रो कर्तव्य कस्तो भइरहेको छ भनेर हामीलाई नसोधेको धेरै भएको छ भन्‍ने मलाई महसुस भयो। उनी हामीकहाँ आउँदैपिच्छे, अल्याङटल्याङ मात्रै गर्थिन् र वास्तविक समस्याहरू कहिल्यै समाधान गर्दिनथिइन्। उनीबाट हाम्रो कर्तव्यमा कुनै सहयोग वा फाइदा हुँदैनथ्यो। सुरुमा, मलाई उनले सुसमाचार काम रेखदेख गर्न भर्खर मात्र थालेकी हुन्, उनलाई यसबारे थाहा छैन, र केही समयसम्‍म उनी अन्योलमा पर्नु सामान्य कुरा हो, र केही समय अभ्यास गरेपछि, उनलाई यसबारे थाहा हुनेछ भन्‍ने लागेको थियो। तर केही समयपछि, मैले सोचेको जस्तो होइन रहेछ भन्‍ने थाहा पाएँ।

एकपटक, हाम्रो सुसमाचारको काममा समस्या आयो, त्यसकारण हामीले समाधान खोज्दै सुपरभाइजरलाई पत्र पठायौँ। तर उनको जवाफमा कुनै स्पष्ट दृष्टिकोण वा सुझाव थिएन। उनले हाम्रो समस्यासँग कुनै सम्‍बन्ध नरहेको परमेश्‍वरको वचनको एउटा खण्ड मात्रै पढ्न पठाइन्। मलाई त विश्‍वासै लागेन। यी सुपरभाइजर आफ्‍नो कर्तव्यमा कसरी यति लापरवाह हुन सकिन्? उनले कामको अनुगमन गर्दा प्रायः कुनै समस्या भेट्टाउन सक्थिनन्, र उनलाई भेटेर सोध्दा, उनले कुनै स्पष्ट दृष्टिकोण वा सुझाव दिन्थिनन्। यो उनको अत्यन्तै गैरजिम्‍मेवार व्यवहार थियो। सुरुमा त, म उनलाई भेलामा यो कुरा बताउन चाहन्थेँ, तर मलाई केही आशङ्का भयो। के उनले मलाई अहङ्कारी भन्‍नेछिन्? के मैले अति बढी सोधिरहेको छु भन्नेछिन्? के मेरो अभिप्राय उनको कमजोरी खोतल्नु हो भन्नेछिन्? यदि उनले मेरो कुरा स्विकार्न सकिनन् र बरु मेरा जिम्‍मेवारीहरूबारे अनुसन्धान गरिन् भने, के मैले समस्या खोजिरहेको हुनेथिइनँ र? यो सोचेपछि, उनको अघि यो कुरा उठाउने साहस हरायो। पछि हाम्रो भेट हुँदा, मैले यस मामिलालाई त्यति महत्त्व दिइनँ र यसो भन्दै सम्झाएँ मात्रै, “समय मिल्यो भने, हाम्रो कामको अनुगमन गर्नुहोला र कुनै समस्याहरू छन् कि हेरिदिनुहोला।” तर अचम्‍मको कुरो, उनले भनिन्, “तपाईंहरूले सुसमाचार काम गर्नुभएको धेरै भयो र मैले भन्दा राम्ररी सबै सिद्धान्त बुझ्‍नुहुन्छ। तपाईंहरूले एकदम राम्रो परिणाम पनि प्राप्त गरिरहनुभएको छ। म त यहाँ तपाईंहरूबाट सिक्‍न मात्रै आएकी हुँ।” यसपछि, मैले जब-जब उनलाई हाम्रो काममा अझै बढी ध्यान दिनुहोला भनी सम्झाउँथेँ, तब-तब उनले सधैँ त्यस्तै कुरा भन्थिन्। म मनमनै सोच्थेँ, “उनले कुनै वास्तविक काम गरिरहेकी छैनन् र सधैँ बहाना बनाउँछिन्। यो सत्यता स्विकार्नु होइन।” सुपरभाइजरको मुख्य काम भनेको ब्रदर-सिस्टरहरूलाई आफ्ना कर्तव्यमा आइपर्ने समस्या र कठिनाइहरू पत्ता लगाएर समाधान गर्नु, अनि कामको रेखदेख र अनुगमन गर्नु हो। तर उनले कुनै समस्या पत्ता लगाउन वा समाधान गर्न सक्थिनन्, त्यसकारण उनी कुनै व्यावहारिक काम गर्न असमर्थ थिइन्। अवस्था यस्तै भइरह्यो भने, यसले अवश्य नै सुसमाचार काममा असर पार्नेथियो। पछि, मलाई फेरि यो कुरा उनलाई बताउन, अनि उनलाई उनको समस्या थाहा दिएर त्यसलाई तुरुन्तै समाधान गर्न लगाउन मन लाग्यो। तर मैले फेरि यस्तो सोचेँ, “मैले पनि विगतमा सुपरभाइजरको काम गरेको छु, र व्यावहारिक काम गर्न नसकेको कारण मलाई बर्खास्त गरिएको थियो। यदि मैले उनलाई आफ्ना विचारहरू बताइरहेँ भने, के उनले म हैसियतलाई बढी महत्त्व दिन्छु भनेर सोच्नेछिन्? मलाई सुपरभाइजर नबनाउनु अनुचित हो भन्‍ने लागेर, मैले जानाजानी गल्ती खोतलिरहेको छु भनेर सोच्‍नेछिन्? के उनले मप्रति गलत दृष्टिकोण राखेर मलाई कर्तव्यबाट बर्खास्त गर्नेछिन्? यसलाई बिर्सीदिनु नै ठिक हुन्छ। सायद उनले यस कामलाई बुझ्ने पर्याप्त समय पाएकी छैनन्। उनलाई यसबारे अझ धेरै थाहा हुन पर्खेँ भने सायद उनले राम्रै काम गर्नेछिन्।” त्यसकारण मैले उनलाई यो कुरा बताइनँ।

केही समयपछि, हामीले हाम्रो सुसमाचार काममा केही समस्या सामना गर्‍यौँ र उनलाई सहयोग माग्यौँ। तर उनले अझै पनि त्यसलाई पन्छाइन् र हामी आफैलाई ती समस्या समाधान गर्न लगाइन्। अर्कोपटक, मैले अनजानमै उनले के भनेको सुनेँ भने हामीले नयाँ विश्‍वासीहरू ल्याउने स्थितिबारे उनलाई ठ्याक्कै थाहा नभएकोले, अगुवाले उनलाई सोध्दा, उनले हावामा एउटा सङ्ख्या बताइदिइन्, जुन हाम्रो वास्तविक सङ्ख्याभन्दा धेरै फरक थियो। यो सुनेपछि मलाई रिस उठ्यो। हरेक महिना म उनलाई हाम्रो सुसमाचार कामको अवस्थाबारे बताउँथेँ र हाम्रो कामको अनुगमन गर्न र अझै बढी मार्गदर्शन दिन अनुरोध गर्थेँ, तर एक महिनामा कति जना नयाँ विश्‍वासीहरू भित्रिएका छन् भन्‍नेसमेत उनलाई थाहा थिएन। उनले कसरी व्यावहारिक काम गरिरहेकी थिइन् र? आफ्‍नो कर्तव्यप्रति यस्तो मनोवृत्ति राखेर, उनले कसरी सुपरभाइजरको काम गर्न सक्थिन्? उनले कुनै समस्या पत्ता लगाउन नसक्‍नु स्वभाविकै थियो। यी सबै व्यवहारहरूलाई एकसाथ हेर्दा, मलाई यी सुपरभाइजरले व्यावहारिक काम गर्न सक्दिनन्, उनी झूटो सेवक हुन्, र उनी सुसमाचार कामको रेखदेख गर्न योग्य छैनन् भन्‍ने लाग्यो। यसपटक, मलाई साँच्‍चै नै उनका समस्याहरूबारे रिपोर्ट लेख्‍न मन लाग्यो, तर त्यसपछि सोचेँ, “यदि सुपरभाइजरले उनको रिपोर्ट गर्ने म नै हुँ भन्‍ने थाहा पाइन् भने, के उनले मैले जानाजानी उनको गल्ती खोतलेर उनको जीवन गाह्रो बनाइरहेको छु भनेर सोच्‍नेछिन्? त्यसपछि यदि उनले मेरोबारे अगुवालाई नराम्रो कुरा भनिन् भने, के अगुवाले मलाई सरुवा वा बर्खास्त गर्नेछन्?” यो सोचेर म फेरि पछि हटेँ। केही दिनपछि, अर्को समूहकी सिस्टर लिउ झियाङगीले यी सुपरभाइजरले तिनीहरूका कुनै समस्या कहिल्यै समाधान गरेकी छैनन् भनी भनेको सुनेँ। तिनीहरूले अहङ्कारी स्वभाव भएको, हैसियतप्रति मरिहत्ते गर्ने, प्रायः अरूको कमजोरी खोतल्‍ने, तिनीहरूलाई आक्रमण गर्ने र विवश पार्ने, र मानिसहरूलाई कर्तव्य पूरा गर्न बाधा दिइसकेका समूह सदस्यबारे उनलाई जानकारी दिँदा, उनले केही गरिनन्, र त्यसलाई महत्त्वपूर्ण ठानिनन्। अन्त्यमा, त्यो समस्या समाधान गर्ने एउटै उपाय भनेको अगुवालाई त्यसबारे रिपोर्ट गर्नु थियो। सिस्टर लिउ झियाङगीले यसो भनेको सुन्दा मलाई निकै ग्‍लानि भयो। यी सुपरभाइजरमा समस्या छ भनेर मैले धेरैपहिले नै थाहा पाएको थिएँ, तर मैले आफूलाई जोगाउन केही पनि भनेको थिइनँ। म किन सत्यता अभ्यास गरेर मण्डलीको कामको रक्षा गर्न सक्दिनँ?

मैले आफ्नो भक्तिको समयमा परमेश्‍वरको वचनका केही खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “अलिअलि क्षमता भएका र अलिअलि काम गर्न सक्‍ने, हरप्रकारको व्यक्तिलाई सम्‍हाल्‍ने सिद्धान्तहरूका बारेमा अलिअलि थाहा भएका, तर अरूलाई चिढ्याइएला कि भनेर डराउने अनि दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई नियन्त्रणमा राख्‍न आँट नगर्ने कतिपय झूटा अगुवाहरू पनि छन्। तिनीहरू आफ्‍ना व्यक्तिगत चासोहरूसँग सम्बन्धित नरहेका कुराहरूबाट टाढै बसेर शैतानी दर्शनअनुसार जिउँछन्। मण्डलीको काम प्रभावकारी छ कि छैन, वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा यसले कति ठूलो हानि गर्छ भन्‍ने कुरामा तिनीहरूलाई कुनै चिन्ता हुँदैन; तिनीहरूले यस्तो कुराको आफूसित कुनै सम्‍बन्ध छैन भन्‍ने सोच्छन्। त्यसकारण, त्यस्तो झूटा अगुवाको कार्यकालमा, मण्डली जीवनको अवस्था सामान्य रहँदैन, र परमेश्‍वरका चुनिएका मानिसहरूका कर्तव्य र जीवन प्रवेशमा कुनै सुनिश्‍चितता हुँदैन। यो समस्याको प्रकृति कस्तो छ? त्यस्ता झूटा अगुवाहरूले आफ्नो क्षमता कमजोर भएर काम गर्न नसकेका होइनन्, त्यसो भए तिनीहरू कसरी झूटा भए त? तिनीहरूको मानवतामा समस्या हुने भएकोले तिनीहरू झूटा हुन्छन्। अगुवाको रूपमा तिनीहरूको कार्यकालमा, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउने समस्याको कुनै समाधान आउन सक्दैन। यसबाट कतिपय ब्रदरसिस्टरहरूलाई ठूलो हानि पुग्छ, र यो मण्डलीको कामको लागि ठूलो अड्चन हो। यस्ता झूटा अगुवाहरूले समस्या के हो भनी जान्दछन् र कसले बाधा र व्यवधान खडा गरिरहेको छ भनेर देख्छन्, र तिनीहरूलाई आफ्‍नो जिम्‍मेवारी के हो, आफूले के र कसरी गर्नुपर्छ भन्‍ने पनि थाहा हुन्छ, तैपनि तिनीहरूले केही गर्दैनन्। तिनीहरूले बहिरो र गुँगो भएको नाटक गर्छन्, न त केही सुन्छन् न त कुनै कुरामा प्रश्‍न नै गर्छन्, अनि यो कुराबारे आफूभन्दा माथिकाहरूलाई कुनै जानकारी पनि दिँदैनन्। तिनीहरूले केही थाहा नभएको र नदेखेको बहाना गर्छन्। के यो तिनीहरूको मानवताको समस्या होइन र? तिनीहरूको नेतृत्वको सिद्धान्त के हो? ‘म कुनै बाधा वा व्यवधान पैदा गर्दिनँ, तर म अरूलाई चिढ्याउने वा अरूको इज्‍जतमा हानि गर्ने पनि केही गर्दिनँ। मलाई झूटा अगुवा भन, तर पनि म अरूलाई चिढ्याउने केही गर्दिनँ। मैले आफ्‍नो लागि पनि त बाटो राख्‍नुपर्छ।’ यो कस्तो तर्क हो? यो शैतानको तर्क हो। अनि यो कस्तो प्रकारको स्वभाव हो? के यो अत्यन्तै चलाक र छलपूर्ण छैन र? यस्ता व्यक्तिहरूले परमेश्‍वरको आज्ञालाई अलिकति पनि इमानदारिताको साथ लिँदैनन्; तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्दा सधैँ कपटी र धूर्त हुन्छन्, कैयौँ घृणास्पद हिसाबकिताब गर्छन्, सबै कुरामा आफ्‍नो बारेमा मात्रै विचार गर्छन्। तिनीहरूले मण्डलीको कामप्रति अलिकति पनि विचार गर्दैनन् र तिनीहरूमा कुनै विवेक वा समझ हुँदैन। तिनीहरू नेतृत्वको काम गर्न बिलकुलै अयोग्य हुन्छन्। … यस्तो व्यक्ति जति बफादार, वा जति अनुशासित वा भलाद्मी, वा जति परिश्रमी र दक्ष देखिए पनि, तिनीहरू सिद्धान्तहीन रहेको र मण्डलीको कामको निम्ति तिनीहरूले कुनै जिम्‍मेवारी नलिएको तथ्यले म मेरो हृदयमा तिनीहरूलाई ‘नयाँ दृष्टिकोणले हेर्न’ बाध्य छु। समग्रमा भन्दा, म यस्ता व्यक्तिहरूलाई परिभाषित गर्नेछु। तिनीहरूले ठूलो गल्ती नगर्लान्, तर तिनीहरू अत्यन्तै चलाख र छली छन्; तिनीहरूले कुनै जिम्‍मेवारी लिँदैनन्, न त तिनीहरूले मण्डलीको काममा कुनै साथ नै दिन्छन्। तिनीहरूमा कुनै मानवता छैन। मलाई तिनीहरू पशुजस्तै लाग्छन्—धूर्ततामा तिनीहरू स्यालजस्तै छन्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। “सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्‍वरको निन्दा गर्ने, परमेश्‍वरको डर नमान्‍ने, र आफ्‍नो कर्तव्य पूरा गर्दा लापरवाह र झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यताका सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्‍नेछस्। यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि तेरो शैतानी स्वभावमा जिउँछस् भने, जब तैँले मण्डलीको काममा बाधा र खलबली पैदा गर्ने दुष्ट मानिसहरू र दियाबलसहरूलाई पत्ता लगाउँछस्, तब तैँले आँखा चिम्‍लनेछस् र नसुनेको जस्तो गर्नेछस्; आफ्‍नो विवेकमा कुनै धिक्कारको अनुभूति नगरीकन तैँले तिनीहरूलाई पन्छाउँछस्। कसैले मण्डलीको काममा खलबली पैदा गरिरहेको छ भने त्यस कुराको तँसँग कुनै सम्‍बन्ध छैन भन्‍ने समेत तँलाई लाग्‍नेछ। मण्डलीका कार्य र परमेश्‍वरको घरका हितहरूमा जति नै धेरै हानि भए पनि, तैँले वास्ता, हस्तक्षेप वा ग्‍लानि महसुस गर्दैनस् जसले तँलाई विवेक वा समझ नभएको व्यक्ति, एक गैरविश्‍वासी, एक सेवाकर्ता बनाउँछ। तँ परमेश्‍वरको कुरा खान्छस्, परमेश्‍वरको कुरा पिउँछस्, र परमेश्‍वरबाट आएका सबै कुरामा रमाउँछस्, तैपनि परमेश्‍वरको घरका हितहरूमा हुने कुनै पनि हानि तँसँग सम्‍बन्धित छैन भन्‍ने ठान्छस्—त्यसैले तँ जुन थालमा खायो त्यही थालमा थुक्‍ने धोकेबाज होस्। यदि तैँले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, तँ के मानव समेत होस् र? यो त मण्डलीमा आफै घुसेको नरपिशाच हो। तैँले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गर्छस्, चुनिएको जन भएको बहाना गर्छस्, र तँ परमेश्‍वरको घरमा फाइदा लुट्न चाहन्छस्। तँ मानवजातिको जीवन जिइरहेको छैनस्, र तँ स्पष्ट रूपमै गैरविश्‍वासी होस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्तिमा मात्रै उहाँको डर मान्‍ने हृदय हुन्छ)। परमेश्‍वरका वचनहरूले मलाई निकै व्याकुल तुल्याए। विशेष गरी यी वचनहरू पढ्दा, “तिनीहरूमा कुनै मानवता छैन,” “धूर्ततामा तिनीहरू स्यालजस्तै छन्,” “मण्डलीमा आफै घुसेको नरपिशाच” र “गैरविश्‍वासी”। मलाई परमेश्‍वरको स्वभावले अपराध सहँदैन भन्‍ने महसुस भयो। विशेष गरी परमेश्‍वरले छली मानिसहरूलाई घृणा गर्नुहुन्छ, र दिगमिगाउनुहुन्छ। परमेश्‍वरले यी मानिसहरूलाई भूतहरू र गैरविश्‍वासीहरू भन्‍नुहुन्छ। मलाई निकै डर र ग्‍लानि भयो, र परमेश्‍वरले मलाई खुलासा र भर्त्सना गरिरहनुभएको छ भन्ने लाग्यो। त्यस बेलाको आफ्‍नो व्यवहारलाई सम्झिँदा, सुपरभाइजरले आफ्‍नो कर्तव्यमा अल्याङटल्याङ गरिरहेकी छिन् र व्यावहारिक काम गरिरहेकी छैनन् भन्‍ने कुरा स्पष्टसित देखेको थिएँ, र मैले उनलाई यसबारे धेरैपटक बताउन चाहेको थिएँ, तर म सधैँ हदै सतर्क भएँ र उनले मलाई अहङ्कारी र अविवेकी भन्छिन् भन्‍ने डरले, उनीसँग कुरा गर्ने आँट गरिनँ। मैले उनलाई ती कुरा बताउँदासमेत, सधैँ त्यसलाई त्यति महत्त्व दिइनँ र सबै समस्या बताउने आँट गरिनँ, यहाँसम्‍म कि वास्तविक कुरा भन्छु भन्‍ने मेरो दृढ विश्‍वास भए पनि, मैले उनलाई प्रोत्साहनसमेत दिएँ, ताकि मैले आफ्‍नो प्रतिष्ठा र उनीसँगको सम्‍बन्ध जोगाउन सकूँ। पछि मैले उनी वास्तविक काम गर्न नसक्‍ने झूटो अगुवा हुन्, त्यसकारण उनलाई सरुवा वा बर्खास्त गर्नुपर्छ, र मण्डलीको कामलाई रक्षा गर्न, उनको खुलासा गरेर रिपोर्ट गर्नुपर्छ भन्‍ने कुरा निर्धारित गरेँ। तर मैले हैसियतको लागि होड गरिरहेको छु र जानाजानी उनको जीवन कठिन बनाइरहेको छु भनी उनले सोच्‍नेछिन्, र मलाई दमन गर्नेछिन् भन्‍ने मलाई चिन्ता लागेको थियो। त्यसकारण मैले आफूलाई जोगाउन केही थाहा नपाएको जस्तो गरेँ, र कुनै रिपोर्ट नगरी सुसमाचार काममा बाधा पुगेको हात बाँधेर हेरिरहेँ। म साँच्‍चै नै छली, स्वार्थी, र घृणित थिएछु! परमेश्‍वरप्रति ममा कुनै इमानदारी थिएन। मैले परमेश्‍वरमा यतिका वर्ष विश्‍वास गरेको, उहाँका वचनहरूका धेरै भरणपोषण प्राप्त गरेको कुराबारे सोच्दा, म कसरी मण्डलीको काममा हानि हुँदा चुपचाप हेरेर बस्‍न सकेँ र मण्डलीको कामलाई होइन तर आफूलाई मात्र जोगाउन चाहेँ? यदि मैले सुपरभाइजरको समस्याबारे चाँडै रिपोर्ट गरेको भए, उनले मण्डलीको काममा ढिलाइ गर्ने वा बाधा पुऱ्याउने थिइनन्।

आत्मतिरस्कारको वेदनामा परिरहेको बेला, मैले परमेश्‍वरको वचनले यसो भनेको पाएँ, “धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूको हृदयहरूलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्‍छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्‌लाई उछिन्‍ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्‍न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। परमेश्‍वरको वचनलाई विचार गर्दा, मलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ र शैतानका विषहरूले मेरो हृदयमा जरा गाडिसकेका छन् भन्‍ने मैले महसुस गरेँ। “आफ्‍नो रक्षा गर, दोषबाट उम्‍कन मात्र प्रयास गर,” “जति कम समस्या, उति राम्रो,” “सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ,” र “पछि पछुताउनुभन्दा पहिले होस पुर्‍याएकै बेस,” जस्ता शैतानी दर्शनहरू मेरो प्रकृति र मैले जिउने नियम बनेका थिए, र म तिनको बलियो नियन्त्रणमा थिएँ, जसले गर्दा म आफ्‍नो बोली र व्यवहारमा आफ्‍नै हित मात्रै विचार गर्थेँ। सुपरभाइजरले व्यावहारिक काम नगरेको कारण मण्डलीको काममा ढिलाइ हुँदा र असर पर्दासमेत मैले हात बाँधेर हेरिरहेँ। मैले केही थाहा नपाएको जस्तो गरेँ, केही बोलिनँ, र मण्डलीको कामलाई पटक्‍कै रक्षा गरिनँ। मैले अनजानमा शैतानको पक्ष लिएर त्यसको सेवकको रूपमा सेवा गरिरहेको थिएँ। परमेश्‍वरका लागि म साँच्‍चै घृणित थिएँ! यी सांसारिक दर्शनहरू मानिसहरूलाई बहकाउन र भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने भ्रम र झूट हुन् भन्‍ने मलाई थाहा भयो। यी कुराअनुसार जिएर म झन्-झन् छली, दुष्ट, स्वार्थी, र घृणित मात्रै बन्न सक्थेँ। आफ्‍ना हितहरूको रक्षा गर्न, म परमेश्‍वर र मानिसहरूबाट सतर्क रहेँ, र मण्डलीमा जस्तोसुकै बाधा वा व्यवधान आए पनि, केही वास्ता गरिनँ, उदासीन बनेँ र अलग रहेँ। मैले अभ्यास गर्नुपर्ने सत्यता अभ्यास गरिनँ, पूरा गर्नुपर्ने कर्तव्य पूरा गरिनँ, र ममा विवेक, समझ, मानवता, वा मर्यादा अलिकति पनि थिएन। पश्‍चात्ताप नगरेको भए, परमेश्‍वरले मलाई अन्त्यमा घृणा गरेर हटाउनुहुनेथ्यो। जति सोचेँ, मलाई त्यति नै पछुतो भयो। मलाई शैतानले अति गहन रूपमा भ्रष्ट तुल्याएकोले ममा कुनै मानवता छैन भन्‍ने मलाई लाग्यो। मलाई आफूप्रति अत्यन्तै घृणा जाग्यो। तर यसको साथै, मैले सत्यता अभ्यास गर्ने सङ्कल्प गरेँ। म यस्तो अविवेककी हुनु हुँदैनथियो। मैले परमेश्‍वरको इच्‍छा पालना गर्नुपर्थ्यो, सत्यता अभ्यास गर्नुपर्थ्यो, र जतिसक्दो चाँडो सुपरभाइजरको समस्या अगुवालाई रिपोर्ट गर्नुपर्थ्यो। पछि, मैले सुपरभाइजरले व्यावहारिक काम गर्दिनन् भनेर अगुवालाई रिपोर्ट गरेँ।

मैले रिपोर्ट पठाएपछि, मलाई काँधबाट ठूलो बोझ हटेको जस्तो लाग्यो। तर दुई-तीन दिनपछि पनि अगुवाले प्रतिक्रिया दिएनन्, र मलाई फेरि आशङ्का नहुने त कुरै भएन। के अगुवाले रिपोर्ट पढेर मैले हैसियतको लागि होड गरिरहेको छु भनी सोच्‍नेछन् कि मैले जानाजानी गल्ती खोतलिरहेको छु भन्ठान्नेछन्? के तिनले मलाई दुष्कर्मी ठहराएर बहिष्कार गर्नेछन्? त्यो सोच्दा मेरो मन व्याकुल भयो। मैले सिस्टर लिउ झियाङगीलाई मन खोलेर आफ्नो स्थिति बताएँ। उनले भनिन्, “के तपाईंले परमेश्‍वरको धार्मिकता र परमेश्‍वरको घरमा सत्यताले राज गर्छ भन्‍ने तथ्यलाई इन्कार गरिरहनुभएको छैन र? …” यो भनेपछि, उनले परमेश्‍वरको वचनको एउटा खण्ड पढेर सुनाइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “ख्रीष्टविरोधीहरूजस्ता यस्ता मानिसहरूले परमेश्‍वरको धार्मिकता र स्वभावलाई सधैँ धारणा, सन्देह, र प्रतिरोधको आधारमा लिन्छन्। तिनीहरू सोच्छन्, ‘परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने त सिद्धान्त मात्र हो। यो संसारमा धर्मी भन्‍ने कुनै कुरा छ र? मेरो जीवनको यतिका वर्षमा, मैले एकपटक पनि यस्तो कुरा भेटको वा देखेको छैन। संसार अति अँध्यारो र दुष्ट छ, र दुष्ट मानिसहरू र नरपिशाचहरू सफल भएका र सन्तुष्टिमा जिइरहेका छन्। तिनीहरू जेको लायक छन् त्यो तिनीहरूले पाएको मैले देखेको छैनँ। यसमा परमेश्‍वरको धार्मिकता कहाँ छ म देख्‍न सक्दिनँ; म सोच्छु, के परमेश्‍वरको धार्मिकता साँच्‍चै अस्तित्वमा छ त? यसलाई कसले देखेको छ? कसैले पनि देखेको छैन, र कसैले पनि यसलाई पुष्टि गर्न सक्दैन।’ तिनीहरूले मनमनै यस्तै विचार गर्छन्। तिनीहरूले परमेश्‍वरको सबै काम, उहाँका सबै वचनहरू, र उहाँका योजनाबद्ध सबै कार्यहरूलाई उहाँ धर्मी हुनुहुन्छ बन्‍ने जगको आधारमा हेर्दैनन्, बरु सधैँ शङ्का र टीकाटिप्पणी गरिरहेका हुन्छन्, सधैँ धारणाहरूले भरिएर बस्छन् तर ती धारणा हटाउन तिनीहरूले कहिल्यै सत्यता खोजी गर्दैनन्। ख्रीष्टविरोधीहरूले सधैँ यसरी नै परमेश्‍वरमा विश्‍वास गर्छन्। के परमेश्‍वरमाथि तिनीहरूले साँचो विश्‍वास गर्छन्? गर्दैनन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको धार्मिकताबारे सधैँ शङ्का गर्छन्। … उदाहरणको लागि, जब मण्डलीको काममा समस्या पैदा हुन्छ, तब यसको गम्‍भीरता वा परिणामहरू जे-जस्तो भए पनि, ख्रीष्टविरोधीको पहिलो प्रतिक्रिया भनेको आफूलाई दोषमुक्त पार्नु र अरूमाथि दोष थोपर्नु हो। आफूलाई जिम्‍मेवार नठहराइयोस् भनेर, तिनीहरूले साँचो कुरालाई ढाकछोप गर्न एक-दुईवटा सही, र राम्रा सुनिने कुराहरू गरेर अनि केही सतही चिन्ता व्यक्त गरेर आफूबाट अन्यत्र ध्यान मोड्छन्। सामान्य अवस्थामा, मानिसहरूले यस्तो कुरा देख्‍न सक्दैनन्, तर जब तिनीहरूको जीवनमा कुनै कुरा आइपर्छ, तब ख्रीष्टविरोधीको कुरूपता प्रकट हुन्छ। दुम्सीले काँडा ठाडो पारेर आफूलाई रक्षा गरेजस्तै, तिनीहरूले जिम्‍मेवारी नलिनका लागि आफूलाई सारा शक्तिले रक्षा गर्छन्। यो कस्तो प्रकारको मनोवृत्ति हो? के यो परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर नपत्याउने मनोवृत्ति होइन र? तिनीहरू परमेश्‍वरले सबै कुराको सूक्ष्म जाँच गर्नुहुन्छ वा उहाँ धर्मी हुनुहुन्छ भन्‍ने कुरा पत्याउँदैनन्; तिनीहरूले आफूलाई रक्षा गर्न आफ्‍नै विधिहरू अपनाउन चाहन्छन्। तिनीहरूले यस्तो विश्‍वास गर्छन्, ‘मैले आफ्‍नो रक्षा गरिनँ भने, कसैले मेरो रक्षा गर्नेछैन। परमेश्‍वरले पनि मेरो रक्षा गर्न सक्‍नुहुन्‍न। तिनीहरू त उहाँ धर्मी हुनुहुन्छ भनी भन्छन्, तर मानिसहरू समस्यामा पर्दा, के उहाँले तिनीहरूसँग साँच्‍चै निष्पक्ष व्यवहार गर्नुहुन्छ त? पक्‍कै गर्नुहुन्‍न—परमेश्‍वरले त्यसो गर्नुहुन्‍न।’ समस्या वा सतावटको सामना गर्दा, तिनीहरूले सहयोग नपाएको अनुभव गर्छन्, र सोच्छन्, ‘अनि, परमेश्‍वर खोइ त? मानिसहरूले उहाँलाई देख्‍न वा छुन सक्दैनन्। कसैले पनि मलाई सहयोग गर्न सक्दैन; कसैले पनि मलाई न्याय दिन र यो कुरा सुनिश्‍चित गर्न सक्दैन।’ तिनीहरूले आफूलाई रक्षा गर्ने एउटै उपाय भनेको आफ्‍नै विधिहरूको प्रयोग गर्नु मात्र हो, नत्र तिनीहरू अन्योलमा पर्छन्, तिनीहरूलाई हेला गरिने र सताइनेछ, र परमेश्‍वरको घरमा पनि यसको अपवाद हुँदैन भन्‍ने सोच्छन्। … तिनीहरूले प्रतिष्ठा र हैसियतसम्‍बन्धी तिनीहरूको खोजीको बारेमा मात्रै वास्ता गर्छन्, र मण्डलीको काममा साथ दिन केही पनि गर्दैनन्। कसैले कुनै खराब काम गरे पनि र परमेश्‍वरको घरका हितहरूमा हानि गरे पनि, तिनीहरूले त्यस्ता मानिसहरूको खुलासा वा रिपोर्ट गर्ने गर्दैनन्, बरु देखे पनि नदेखेको जस्तो गर्छन्। परिस्थिति सम्‍हाल्‍ने तिनीहरूका सिद्धान्तहरू र आफू वरपर घट्ने घटनाहरूलाई हेर्ने तिनीहरूको तरिकाको आधारमा हेर्दा, के तिनीहरूसित परमेश्‍वरको धर्मी स्वभावको ज्ञान छ त? तिनीहरूसित कुनै विश्‍वास छ? तिनीहरूसित कुनै विश्‍वास छैन। यहाँ ‘छैन’ को अर्थ तिनीहरूलाई यसबारेमा थाहै हुँदैन भन्‍ने होइन, बरु तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरको धर्मी स्वभावप्रति सन्देह गर्छन् भन्‍ने हुन्छ। तिनीहरूले परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरालाई न स्वीकार गर्छन् न त मान्यता नै दिन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु १०: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, सार्वजानिक रूपमा सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन् (भाग एक))। ख्रीष्टविरोधीहरूको प्रकृति अत्यन्तै धूर्त र छली हुन्छ भनेर परमेश्‍वरले प्रकट गर्नुभएको छ। तिनीहरू सबै थोक र मानिसहरूलाई आफ्‍नै अन्तर्ज्ञान चलाएर मूल्याङ्कन गर्छन्, र समस्याहरूलाई शङ्काको दृष्टिले हेर्छन्। तिनीहरू परमेश्‍वरको सार्वभौमिकतामा, वा परमेश्‍वरले सबै थोक छानबिन गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्, परमेश्‍वरको स्वभाव धर्मी छ भन्‍ने कुरामा विश्‍वास गर्नु त परै जाओस्। त्यसकारण तिनीहरूले कुनै कुराले मण्डलीको काममा हानि गरिरहेको देख्दा, सधैँ आफू र आफ्‍ना व्यक्तिगत हितहरूलाई रक्षा गर्छन्, र पटक्कै सत्यता अभ्यास गर्दैनन्। यस्तो लाग्छ, मानौँ तिनीहरू होसियार भएनन् र तिनीहरूले आफ्‍नो रक्षा गरेनन् भने, तिनीहरूलाई दमन गरिन्छ र दण्ड दिइन्छ। म ख्रीष्टविरोधीजस्तै रहेछु भन्‍ने मलाई थाहा भयो। मैले परमेश्‍वरको धार्मिकतामा, वा परमेश्‍वरको घरमा सत्यता र धार्मिकताले शासन गर्छ भन्‍ने कुरामा विश्‍वास गरिनँ। सुपरभाइजरले व्यावहारिक काम गरिरहेकी छैनन् भन्‍ने मैले देखेको थिएँ, तर मैले सधैँ अत्यधिक चिन्ता गर्दै यसबारे रिपोर्ट गर्ने आँट गरिनँ। अन्त्यमा मैले रिपोर्ट लेख्ने साहस बटुलेपछि पनि, परमेश्‍वरको धार्मिकता साँचोरूपमा नबुझेकोले, धेरै दिनसम्‍म पनि अगुवाले प्रतिक्रिया नदिएको देख्दा, मलाई शङ्का लाग्यो र म सचेत भएँ। अगुवाले झूटो सेवकलाई तह लगाउँदैनन्, र मलाई मानिसहरूको कमजोरी खोतल्‍ने दुष्कर्मीको रूपमा बहिष्कार गरिनेछ भन्‍ने मलाई डर लाग्यो। म साँच्‍चै नै छली थिएछु! ममा परमेश्‍वरप्रति कुनै विश्‍वास थिएन। के मैले परमेश्‍वरको धार्मिकता र सबै थोकमाथिको उहाँको सार्वभौमिकतालाई इन्कार गरिरहेको थिइनँ र? मैले त सबै थोकमाथिको परमेश्‍वरको योजनाबद्ध कार्यलाई गैरविश्‍वासीको दृष्टिकोणले हेरिरहेको थिएँ, र म मण्डलीका अगुवाहरूप्रति शङ्कालु र सतर्क भएँ। मैले मण्डली पनि बाहिरी संसारजस्तै पक्षपाती र अधर्मी रहेछ भन्‍ने सोचेँ। यो कसरी परमेश्‍वरमा विश्‍वास गरेको भयो र? के यो परमेश्‍वरविरुद्ध गिल्‍ला र निन्दा गरिएको होइन र?

त्यसपछि मैले परमेश्‍वरको वचनबारे विचार गरेँ, “के सत्यतालाई सबैभन्दा मनपर्ने कुराहरू हुन्छन्? के सत्यताले मानिसहरूलाई जानीजानी विरोध गर्न सक्छ? यदि सत्यताको खोजी गरिस्‌ भने, के यसले तँलाई परास्त गर्न सक्छ? यदि तँ न्यायको लागि दह्रिलो गरी खडा भइस्‌ भने, के यसले तँलाई ढाल्‍नेछ? यदि जीवनको खोजी गर्ने तेरो आकांक्षा साँचो हो भने, के जीवनले तँलाई छल्‍न सक्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। “परमेश्‍वरलाई साँच्‍चिकै खोज्‍ने व्यक्तिहरूमध्ये एक जनालाई कसरी परमेश्‍वरद्वारा श्राप दिइनसक्छ? स्वस्थ चेतना र संवेदनशील विवेक भएको व्यक्तिहरूमध्ये एक जनालाई कसरी परमेश्‍वरद्वारा श्राप दिइन सक्छ? परमेश्‍वरको साँचो आराधना गर्ने र उहाँको सेवा गर्ने व्यक्तिलाई कसरी उहाँको क्रोधको आगोद्वारा भस्म गरिनसक्छ? परमेश्‍वरको आज्ञापालन गर्न खुशी हुने व्यक्ति कसरी परमेश्‍वरको घरबाट बाहिर निकालिन सक्छ? परमेश्‍वरलाई पर्याप्त प्रेम गर्न नसक्‍ने व्यक्ति कसरी परमेश्‍वरको दण्डमा बाँच्न सक्छ? परमेश्‍वरको निम्ति सबै थोक त्याग्‍न खुशी हुने व्यक्ति कसरी कुनै थोक नभएको व्यक्ति बन्‍न सक्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो)। हो त, परमेश्‍वरको सार धर्मी र विश्‍वासयोग्य छ। परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरू मानिसले अभ्यास गर्नुपर्छ र तीअनुसार जिउनुपर्छ। सत्यता पछ्याउनु र अभ्यास गर्नु अनि मण्डलीको कामको रक्षा गर्नु वास्तवमा सकारात्मक कुरा हो, र यसलाई परमेश्‍वर अनुमोदन गर्नुहुन्छ। विशेष गरी, ख्रीष्टविरोधी, दुष्कर्मी, झूटा अगुवा र सेवकहरूको रिपोर्ट गर्ने र खुलासा गर्ने कार्यलाई परमेश्‍वर अनुमोदन गर्नुहुन्छ र यो असल र न्यायसंगत कार्य हो। सोच्‍नुहोस् त, सत्यता अभ्यास गर्ने र न्यायबोध भएको व्यक्तिलाई कहिल्यै मण्डलीबाट बहिष्कार गरिएको छ? सत्यता पछ्याउने र त्यसलाई प्रेम गर्ने कुनै पनि व्यक्तिलाई परमेश्‍वरले कहिल्यै त्याग्‍नुभएको वा हटाउनुभएको छ? यसको विपरीत, सत्यता अभ्यास गर्नेहरूलाई दमन गरिएका वा दबाइएका त छैनन् नै, साथै, तिनीहरूले ब्रदर-सिस्टरहरूबाट सुरक्षा, अनुमोदन र आदर पाएका छन्। सत्यता अभ्यास गरेकोमा केहीलाई ख्रीष्टविरोधी र दुष्कर्मीहरूले दमन गरे पनि र दण्ड दिए पनि, यो क्षणिक मात्रै हो, र यी ख्रीष्टविरोधी र दुष्कर्मीहरूलाई खुलासा गरेर बहिष्कार गरिनेछ, वा मण्डलीबाट निकालिनेछ। यसबाहेक, ख्रीष्टविरोधी र दुष्कर्मीद्वारा दमन गरिएकाहरूले परमेश्‍वरलाई प्रार्थना गरेर र सत्यता खोजेर वास्तविक लाभहरू प्राप्त गरेका हुनेछन्। तिनीहरूले दुष्कर्मी र ख्रीष्टविरोधीहरूबारे बुझेका मात्र हुँदैनन्, परमेश्‍वरको शक्तिशाली सार्वभौमिकताबारे पनि केही बुझाइ र अनुभव प्राप्त गरेका हुनेछन्। यी कुराले परमेश्‍वरको धर्मी स्वभावलाई, र परमेश्‍वरको घरमा सत्यता र धार्मिकताले राज गर्छन् भनेर पूर्णरूपमा प्रकट गर्छन्। परमेश्‍वरको घरमा, ख्रीष्टविरोधीहरू र दुष्ट काम गर्ने मनसाय भएकाहरूलाई मात्रै मण्डलीले सफाइ वा बहिष्कार गर्छ। मैले कुनै खराब मनसायले सुपरभाइजरको समस्याबारे रिपोर्ट गरेको थिइनँ, न त उनको कमजोरीलाई जानाजानी खोतलेको नै थिएँ। यो त मण्डलीको कामलाई ध्यानमा राखेर गरिएको थियो। मैले रिपोर्ट गरेका कुराहरू सबै वस्तुगत तथ्य थिए र ती उनलाई नराम्रो गर्ने प्रयास थिएनन्। मेरा कार्यहरू सुपरभाइजर र मण्डलीको काम दुवैका भलाइका लागि थिए, हानि गर्न होइन। यदि उनी सत्यता पछ्याउन र स्विकार्न सक्ने व्यक्ति हुन् भने, रिपोर्ट गरिएपछि, उनले आत्मचिन्तन गरेर पाठ सिक्‍न सक्थिन्। यो परिस्थितिले उनलाई आफ्ना कमीकमजोरी र भ्रष्टता अझै स्पष्ट पार्न मदत गर्नेथ्यो, र उनको जीवन प्रवेशलाई वृद्धि गर्नेथ्यो। यसको कारण उनले मलाई घृणा गरेकी, वा मलाई दमन वा आवेगमा बर्खास्त गरेकी भए, उनले सत्यतालाई प्रेम वा स्वीकार गर्दिनन्, र उनी वृद्धि वा महत्त्वपूर्ण पदको लागि योग्य छैनन् भन्‍ने कुरा पूर्ण रूपमा प्रकट हुनेथ्यो। यो महसुस गरेपछि, मेरो हृदय निकै उज्यालो भयो र मलाई बन्धनमा परेको महसुस भएन। वास्तविक काम नगर्ने झूटा अगुवा र सेवकहरूको रिपोर्ट गर्नु मेरो जिम्‍मेवारी र मैले गर्नुपर्ने काम हो। परिणामहरू, जेजस्तो भए पनि म यसो गरेकोमा कहिल्यै पछुताउँदिनँ।

त्यो साँझ, सुपरभाइजरलाई बर्खास्त गरियो भनेर अगुवाबाट पत्र प्राप्त भयो। अगुवाको पत्र पढेर म उत्साहित भएँ। परमेश्‍वरको घरमा साँच्‍चै सत्यता र धार्मिकताले नै राज गर्छन्। मैले परमेश्‍वरलाई हार्दिक प्रशंसा र धन्यवाद दिएँ! मैले यस अनुभवबाट, झूटा अगुवा र सेवकहरूबारे केही बुझाइ प्राप्त गरेको मात्र होइन, तर मेरो प्रकृति कति छली रहेछ भनेर पनि थाहा पाएँ, र परमेश्‍वरको धर्मी स्वभावबारे केही बुझेँ। यो सबै परमेश्‍वरको अनुग्रहले नै सम्भव भएको थियो! भविष्यमा, मैले जस्तोसुकै परिस्थिति सामना गरे पनि, म परमेश्‍वरको इच्‍छा पूरा गर्न, सत्यता अभ्यास गर्न, मण्डलीको कामको रक्षा गर्न, र मैले पूरा गर्नुपर्ने जिम्‍मेवारी र कर्तव्यहरू पूरा गर्न इच्छुक छु। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मौनताको पछाडि

ली झी, ग्रीसम खासै धेरै बोल्ने मान्छे होइन, र म अकसर मनदेखि खुलेर कुरा पनि गर्दिँनँ। मैले सधैँ यो मेरो अन्तर्मुखी व्यक्तित्वले गर्दा भएको...

ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

एक पाष्टरलाई प्रचार गरेको कथा

यसै वर्ष, अप्रिलको एक साँझ, एक अगुवाले अचानक मलाई पचास वर्षभन्दा बढी विश्‍वास गरेका एक वृद्ध पाष्टरले परमेश्‍वरको आखिरी दिनहरूको कामबारे...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्