आफ्‍नो गवाही लेखेर मैले के प्राप्त गरेँ

25 फेब्रुअरी 2023

हालसालै मैले धेरै ब्रदर-सिस्टरहरूले आफ्‍नो अनुभवका गवाहीहरू लेखिरहेको देखेँ र मलाई पनि लेख्‍न मन लाग्यो। मैले विश्‍वास गरेको वर्षौं भएको थियो, मैले परमेश्‍वरको धेरै भरणपोषण प्राप्त गरेकी र केही अनुभव बटुलेकी थिएँ। म लेख लेख्‍नको लागि मेरो भक्तिको केही समय प्रयोग गर्न चाहन्थेँ, तर हरेकपटक सुरुको अंश लेखपछि, त्यसपछि के लेख्‍ने मलाई थाहा हुँदैनथ्यो। मलाई आफूले धेरै बर्खास्ती, असफलता, र गल्तीहरू भोगेकी, र धेरै निराकरण सामना गरेकी छु जस्तो लाग्थ्यो। केही हदसम्‍म, मसँग केही अनुभव थियो। तर मैले लेख्‍न थाल्नेबित्तिकै किन मेरो मन खाली भयो? मैले परमेश्‍वरको वचनसम्‍बन्धी आफ्‍नो बुझाइबारे, आफूलाई विश्‍लेषण गर्न र बुझ्‍न परमेश्‍वरको वचन प्रयोग गरेकोबारे, र परमेश्‍वरको वचनमा मैले अभ्यासका के-कस्ता मार्ग भेट्टाएँ, र पश्‍चात्ताप गर्दै म कसरी परिवर्तन भएँ भन्‍नेबारे लेख्दा, म साँच्‍चै नै यी भागहरूमा अड्किएँ। यसरी एकदुई महिना बित्यो, तर अन्त्यमा मैले लेख पूरा गर्न सकिनँ। मलाई यो निकै गाह्रो लाग्यो। साथै ममा क्षमता र विचारको कमी छ भन्‍ने अगुवालाई थाहा थियो। मैले आफूलाई जबरजस्ती गर्नु हुँदैनथ्यो। हरदिन मैले धेरै कुरा गर्नुपर्थ्यो, र म परमेश्‍वरका वचनहरू मनन गर्न आफूलाई शान्त राख्‍न सक्दिनथेँ। साथै, राम्रो क्षमता र अनुभव भएका कतिपय ब्रदर-सिस्टरहरूले लेख्‍न सक्थे। तिनीहरूले लेख लेख्‍नु नै उचित हुन्छ—मैले लेख्‍नुपर्ने जरुरी छैन भन्‍ने सोच्थेँ। त्यसकारण मैले लेख लेख्‍ने सोच पूरै त्यागिदिएँ। कहिलेकहीँ ब्रदर-सिस्टरहरूले मलाई एउटा लेख लेखे हुन्छ नि भन्दै स्मरण गराउँथे, तर मलाई झर्को लाग्थ्यो र तिनीहरूको मेसेजको जबाफसमेत दिन मन लाग्दैनथ्यो। केही समयपछि, मेरो भक्तिको समय त्यति राम्रो बितिरहेको थिएन। म परमेश्‍वरका वचनहरू पढ्थेँ तर पवित्र आत्‍माको अन्तर्दृष्टि पाउँदिनथेँ, र परमेश्‍वरलाई अनुभूत गर्न सक्दिनथेँ। काममा मैले बुझ्‍न वा समाधान गर्न नसकेका कैयौँ समस्या थिए, र ती एकपछि अर्को देखा परिरहेका थिए। मलाई धेरै तनाव हुन्थ्यो, र म साँच्‍चै पीडामा थिएँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्, मेरा समस्याहरू बुझ्‍न मदत गर्नुहोस् भनेर बिन्ती गरेँ।

एक दिन भक्तिको समयमा मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “सत्यताको खोजी गर्नु स्वेच्छिक कार्य हो; यदि तँ सत्यतालाई प्रेम गर्छस् भने, पवित्र आत्‍माले काम गर्नुहुन्छ। जब तैँले तेरो हृदयमा सत्यतालाई प्रेम गर्छस्—तँमाथि जस्तोसुकै परीक्षा वा संकष्ट आइपरे पनि, जब तैँले परमेश्‍वरलाई प्रार्थना गर्छस् र परमेश्‍वरमा भरोसा गर्छस्, र आफ्‍नो बारेमा मनन गर्छस्, र आफूलाई चिन्‍ने प्रयास गर्छस्—जब, तैँले कुनै समस्या पत्ता लगाउँछस्, र समाधानको लागि सक्रिय भएर सत्यताको खोजी गर्छस्—तब तँ आफ्‍नो गवाहीमा खडा हुन सक्‍नेछस्। यी सबै प्रकटीकरणहरू मानिसहरूले सत्यतालाई प्रेम गर्नुका स्वाभाविक परिणाम हुन्, र ती सबै स्वेच्छाले, खुशीसाथ, र कुनै जबरजस्तीविना आउँछन्, त्यसकारण ती अत्यन्तै सर्तरहित हुन्छन्। यदि मानिसहरूले यसरी परमेश्‍वरलाई पछ्याउन सक्छन् भने, तिनीहरूले अन्त्यमा जे प्राप्त गर्छन् त्यो नै सत्यता र जीवन हो, र तिनीहरू जेमा प्रवेश गर्छन् त्यो नै सत्यताको वास्तविकता हो, अनि तिनीहरूले जे जिउँछन् त्यो मानिसको छवि हो। … यदि तैँले सत्यता प्राप्त गरेको छैनस् भने, तैँले गर्ने जुनसुकै तर्कवितर्क वा बहाना पनि प्रमाणित हुनेछैन; परमेश्‍वरले तेरा तर्कवितर्कहरूलाई वास्ता गर्नुहुन्‍न। चाहे तर्कवितर्क गर्ने प्रयास गर्, चाहे आफैलाई गाँठो पारेर बस्;—के परमेश्‍वरले वास्ता गर्नुहुन्छ? के परमेश्‍वरले तँसँग कुराकानी गर्नुहुन्छ? के उहाँले तँसँग विवाद र तर्क गर्नुहुन्छ? के उहाँले तँसँग सल्‍लाह लिनुहुन्छ? उत्तर के हो? गर्नुहुन्‍न। उहाँले अवश्य नै त्यसो गर्नुहुन्‍न। तेरो कारण जति नै राम्रो भए पनि, त्यो अमान्य हुन्छ। सत्यता खोजी नगर्नुको अनेक कारण र बहानाहरू प्रदान गर्न सक्छु भन्‍ने सोच्दै तैँले परमेश्‍वरलाई गलत रूपमा बुझ्‍नु हुँदैन। तैँले सबै परिस्थितिमा र आइपर्ने हरेक मामलामा सत्यताको खोजी गरेको परमेश्‍वर चाहनुहुन्छ, र यसरी अन्त्यमा तैँले सत्यताको वास्तविकतामा प्रवेश हासिल गरेको र सत्यता प्राप्त गरेको उहाँ चाहनुहुन्छ। परमेश्‍वरले तेरो लागि मिलाउनुभएका परिस्‍थितिहरू, अनि तैँले भेट्ने मानिसहरू र घटनाहरू, र तँमाथि आइपर्ने वातावरण जे-जस्ता भए पनि, तिनलाई तैँले परमेश्‍वरसित प्रार्थना गर्दै र सत्यताको खोजी गर्दै सामना गर्नुपर्छ। ती कुराहरू नै तैँले सत्यता खोजी गर्ने क्रममा सिक्‍नुपर्ने पाठहरू हुन्। यदि तैँले सधैँ बहाना बनाउन, कुरा टार्न, इन्कार गर्न, र विरोध गर्न खोज्छस् भने, परमेश्‍वरले तँलाई त्याग्‍नुहुनेछ। तैँले हठी वा कठिन बन्‍नु, वा तर्कवितर्क गर्नु व्यर्थ हुनेछ। यदि परमेश्‍वरले तँप्रति कुनै सरोकार राख्‍नुहुन्‍न भने, तैँले मुक्ति पाउने मौका गुमाउनेछस्। परमेश्‍वरको लागि, समाधान गर्न नसकिने कुनै समस्या हुँदैन; उहाँले हरेक व्यक्तिको लागि बन्दोबस्तहरू गर्नुभएको हुन्छ, र उहाँसँग तिनीहरूलाई सम्‍हाल्‍ने तरिका हुन्छ। तेरा तर्क र बहानाहरू मनासिब छन् कि छैनन् भनेर परमेश्‍वरले तँसँग छलफल गर्नुहुन्‍न वा तेरो प्रतिरक्षाका शब्‍दहरू सार्थक छन् कि छैनन् भनेर ध्यान दिनुहुन्न। उहाँले तँलाई यो मात्रै सोध्‍नुहुन्छ, ‘के परमेश्‍वरका वचनहरू सत्यता हुन्? के तँसँग भ्रष्ट स्वभाव छ? के तैँले सत्यताको खोजी गर्नुपर्छ?’ तँ केवल एउटा कुराको बारेमा स्पष्ट हुनुपर्छ: परमेश्‍वर सत्यता हुनुहुन्छ, तँ एक भ्रष्ट मानवजाति होस्, त्यसकारण तैँले जिम्मेवार भई आफै सत्यता खोजी गर्नुपर्छ। कुनै पनि समस्या वा कठिनाइ, वा तर्क वा बहानालाई यसो नगर्नुको मनासिब कारण मानिनेछैन; यदि तैँले सत्यता स्विकार्दैनस् भने, तँ नष्ट हुनेछस्(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (१))। परमेश्‍वरका वचनहरूले मलाई तुरुन्तै जागरूक बनाए। सत्यता खोजी गर्नु व्यक्तिगत र स्वेच्छिक कुरा हो। लेख नलेख्‍न वा सत्यता खोजी नगर्नको लागि मैले हर कारण वा बहाना खोज्‍ने गर्नु हुँदैन। कारणहरू जति नै उचित भए पनि परमेश्‍वरले वास्ता गर्नुहुन्‍न। हरेक परिस्थिति, र हरेक घटनामा हामीले परमेश्‍वरका वचनहरू सुनेर उहाँका मापदण्डहरू पालन गरेको उहाँ चाहनुहुन्छ। मैले त्यही गर्नुपर्छ। परमेश्‍वरले यसो पनि भन्‍नुभयो, “मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै आज्ञाकारी हुनु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्‍वरको लागि गवाही दिनु उहाँले तोक्‍नुभएको कुरा हो, र परमेश्‍वरको काम अनुभव गरेका हामी प्रत्येकले पूरा गर्नुपर्ने कर्तव्य हो। सत्यताबारे मेरो बुझाइ जति गहन वा सतही भए पनि, उहाँले ममा गर्नुभएको काम मैले लुकाएर राख्‍नु हुँदैन, परमेश्‍वरको गवाही दिन, मैले आफ्‍नो विश्‍वासमा सिकेको कुरा लेख्‍नुपर्छ। लेख लेख्‍ने क्रममा मलाई धेरै कठिनाइहरू भयो, तर ती समस्याहरू मैले नबुझेका मेरा भ्रष्टता र कमजोरीहरू थिए, ती विषयमा मैले आफूलाई शान्त पारेर, परमेश्‍वरका वचनहरू मनन गर्नुपर्थ्यो, र सत्यता खोजी गर्नुपर्थ्यो। तर यसको साटो, मैले सत्यता खोजी गर्ने वा परमेश्‍वरका वचनहरू मनन गर्ने प्रयास गरिनँ। लेख लेख्‍न इन्कार र अटेरी गर्नको लागि मैले अनेक किसिमका बहानाहरू बनाएँ। ममा क्षमताको कमी छ, र म काममा धेरै व्यस्त भएकोले मसँग समय छैन भनेर भनिरहेँ। मलाई लेख नलेख्‍नु सामान्य हो जस्तो लाग्थ्यो। कहिलेकहीँ अरूले मलाई लेख लेख्‍नुहोस् न भन्दा, मलाई झर्को लाग्थ्यो र म बहाना बनाउँथेँ। मलाई तिनीहरूका मेसेजहरूको जबाफ दिनसमेत मन लाग्दैनथ्यो। तर अहिले यसबारे शान्त भएर सोच्दा के थाहा पाएँ भने, मैले अगुवाको रूपमा कामको हरेक पक्षलाई पूरा गर्नुपरे पनि, सबै समस्या तुरुन्तै हल गरिहाल्‍नुपर्छ भन्‍ने थिएन—मैले धेरै कुराको लागि समय निकाल्‍न सक्थेँ। यसको साथै, कतिपय नियमित काम गर्न त्यति धेरै समय लाग्दैनथ्यो। म लेख नै लेख्‍न नभ्याउने गरी व्यस्त भएकी थिइनँ। ती त मैले बनाएका बहाना मात्र थिए। मलाई यी नियमित कामहरू सहज र सजिला लाग्थे, तिनमा त्यति धेरै मानसिक प्रयास लगाउनु पर्दैन, तर लेखन मेरो सबल पक्ष होइन भन्‍ने लाग्थ्यो, त्यसैले म यसबाट पन्छिन चाहन्थेँ। मैले ममा क्षमता र विचारको कमी रहेको अगुवालाई थाहा छ भन्‍ने कारण पनि प्रयोग गरेँ। म साँच्‍चै नै कुरा बङ्ग्याउँदै भ्रमहरू छर्न सक्षम थिएँ। वास्तवमा, गवाही लेखनले हामीलाई सत्यताको खोजीमा बल लगाउन उत्साहित तुल्याउन सक्छ। परमेश्‍वरका वचनहरू मनन गरेर र सत्यता खोजी गरेर, हामीले आफ्‍नो भ्रष्टता समाधान गर्न सक्छौँ, सिद्धान्तअनुसार काम गर्न, र आफ्‍नो कर्तव्य अझै राम्ररी पूरा गर्न सक्छौँ। परमेश्‍वरको गवाही दिन लेख लेख्‍नु हाम्रो कर्तव्य हो, र त्यसो नगर्ने कुनै बहाना चल्दैन। परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर सत्यता हुनुहुन्छ, तँ एक भ्रष्ट मानवजाति होस्, त्यसकारण तैँले जिम्मेवार भई आफै सत्यता खोजी गर्नुपर्छ। कुनै पनि समस्या वा कठिनाइ, वा तर्क वा बहानालाई यसो नगर्नुको मनासिब कारण मानिनेछैन; यदि तैँले सत्यता स्विकार्दैनस् भने, तँ नष्ट हुनेछस्।” त्यसपछि महसुस भयो, आफ्‍ना बहानाहरूमा अल्झेर बस्दा, सत्यता खोजी वा स्वीकार नगर्दा त्यसले मलाई पूर्ण रूपमा नष्ट गर्नेछ, र मेरो अन्तिम गन्तव्य बरबाद हुनेछ। कस्तो डरलाग्दो स्थिति! अनि, मैले तुरुन्तै यसो भन्दै प्रार्थना गरेँ: “हे परमेश्‍वर! म सत्यता स्वीकार गर्ने व्यक्ति रहेनछु। मैले तपाईंको धेरै वचन पढेकी छु, धेरै प्रवचनहरू सुनेकी छु, तर ममा सत्यताको कुनै वास्तविकता छैन र म गवाही लेख लेख्‍न इच्छुक छैनँ। यो साँच्‍चै नै लाजमर्दो कुरा हो। अब मैले आफ्‍ना कमीकमजोरी र त्रुटिहरू देखेकी छु। म यो गलत स्थिति सुधार्न र तपाईंले भन्‍नुभएझैँ गर्ने प्रयास गर्न तयार छु।”

पछि, मैले सत्यता नपछ्याउनु र आफ्‍नो गवाही लेख्‍न नचाहनुको वास्तविक कारण खोजी गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ। चिन्तनको क्रममा, मैले परमेश्‍वरका वचनहरूमा केही कुरा पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “परमेश्‍वरमाथिको विश्‍वासमा, धेरै मानिसहरूले परमेश्‍वरको लागि काम गर्नेबारेमा मात्रै ध्यान दिन्छन्, र कष्ट भोगेको र मूल्य चुकाएकोमै सन्तुष्ट हुन्छन्। तिनीहरूले सत्यता खोजी गर्दै गर्दैनन्। अनि परिणाम के हुन्छ? परमेश्‍वरमा विश्‍वास गरेको दश वर्ष, बीस वर्ष, तीस वर्ष भए पनि, तिनीहरूमा अझै पनि परमेश्‍वरको कामको बारेमा साँचो ज्ञानको कमी हुन्छ, र तिनीहरूले सत्यता वा परमेश्‍वरका वचनहरूसम्‍बन्धी अनुभव वा ज्ञानको बारेमा बताउन सक्दैनन्। भेलामा, जब तिनीहरूले थोरै गवाही बोल्‍ने प्रयास गर्छन्, तब तिनीहरूसँग बोल्‍ने केही हुँदैन; आफूले मुक्ति पाउँछु कि पाउँदिनँ भन्‍ने कुरा तिनीहरूको लागि पूर्णतया अज्ञात हुन्छ। यहाँ समस्या के हो त? सत्यता नपछ्याउने मानिसहरू यस्तै हुन्छन्। तिनीहरूले विश्‍वास गरेको जति नै वर्ष भए पनि, तिनीहरूले सत्यता बुझ्‍न सक्दैनन्, सत्यताको अभ्यास गर्न सक्‍नु त परको कुरा हो। सत्यता स्विकार्दै नस्विकार्ने व्यक्ति कसरी सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छ? यो समस्या देख्‍न नसक्‍ने, अनि धर्मसिद्धान्तका शब्‍दहरू सुगारटाइ गर्नेहरूले सत्यता अभ्यास गर्छन्, तिनीहरू सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन् भनी विश्‍वास गर्ने मानिसहरू पनि छन्। के यो सही हो? धर्मसिद्धान्तका शब्‍दहरू सुगा रटाइ गर्नेहरू अन्तर्निहित रूपमै सत्यता बुझ्‍न नसक्‍ने हुन्छन्—तब कसरी तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्? तिनीहरूले अभ्यास गरेको कुराले सत्यता उल्‍लङ्घन गरेको जस्तो नदेखिए पनि, र त्यो असल कार्य, असल व्यवहार जस्तो देखिए पनि, के त्यस्तो असल कार्य र असल व्यवहारलाई सत्यताको वास्तविकता भनेर भन्‍न मिल्छ? सत्यता नबुझ्‍ने मानिसहरूले सत्यताको वास्तविकता के हो सो बुझ्दैनन्; तिनीहरूले मानिसहरूको असल कार्य र असल व्यवहारलाई सत्यताको अभ्यासको रूपमा लिन्छन्। यो मूर्खता हो, होइन र? धर्मका मानिसहरूको वैचारिक दृष्टिकोणभन्दा यो कसरी फरक भयो र? अनि विकृत बुझाइका यस्ता समस्याहरू कसरी समाधान गर्न सकिन्छ? मानिसहरूलाई हेरेर तिनीहरूको वास्तविक रूप के हो भन्‍ने बुझ्‍न सक्‍ने, र तिनीहरूसँग सत्यताको वास्तविकता छ कि छैन भनेर भन्‍न सक्‍ने हुनको लागि तिनीहरूले सुरुमा परमेश्‍वरका वचनहरूबाट परमेश्‍वरको इच्‍छा बुझ्‍नुपर्छ, अनि सत्यता बुझ्‍नु भनेको के हो, र सत्यता अभ्यास गर्नु भनेको के हो भन्‍ने कुरा जान्‍नुपर्छ। मानिसलाई मुक्ति दिने परमेश्‍वरको कामको अर्थ मानिसहरूलाई सत्यता बुझ्‍न र अभ्यास गर्न सहयोग गर्नु हो; त्यसपछि मात्रै मानिसहरूले आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍न, र सिद्धान्तअनुसार अभ्यास गर्न, अनि सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन्। यदि तँ सत्यताको अभ्यास गर्दैनस्, अनि आफ्‍नै धारणा र कल्‍पनाहरूअनुसार परमेश्‍वरको लागि आफूलाई खर्चन, कष्ट भोग्‍न, र मूल्य चुकाउनमा मात्रै सन्तुष्ट हुन्छस् भने, के तैँले गर्ने सबै कुराले तँ सत्यताको अभ्यास गर्छस् र परमेश्‍वरमा समर्पित हुन्छस् भन्‍ने कुराको प्रतिनिधित्व गर्छ? के यसले तेरो जीवन स्वभावमा परिवर्तन आएका छन् भन्‍ने प्रमाणित गर्न सक्छ? के यसले तँसँग परमेश्‍वरको साँचो ज्ञान छ भन्‍ने देखाउन सक्छ? सक्दैन। त्यसो भए, तैँले गर्ने सबै कुराले केलाई प्रतिनिधित्व गर्छ? यसले केवल तेरो व्यक्तिगत झुकाव, बुझाइ, र कामनालाई प्रतिनिधित्व गर्न सक्छ, यो तँलाई गर्न मन लाग्‍ने र तैँले गर्न इच्‍छा गरेको कुरा हो; तैँले गर्ने हरेक कुरा तेरा आफ्‍नै इच्‍छा, चाहना, र आदर्श पूरा गर्नका लागि गरिएका हुन्छन्। अवश्य नै, यो सत्यताको पछि लाग्‍नु होइन। तैँले गर्ने कुनै पनि कामले सत्यतासँग सम्‍बन्ध राख्दैन, न त त्यो परमेश्‍वरले अह्राउनुभएको काम नै हुन्छ। तैँले गर्ने हरेक कुरा तेरो आफ्‍नै लागि हुन्छ; तैँले आफ्‍नै आदर्श, प्रतिष्ठा, र हैसियतका लागि काम, लडाइँ, र दौडधूप गरिरहेको हुन्छस्, र त्यो कुरा पावलको भन्दा फरक छैन(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (२))। परमेश्‍वरको न्याय र प्रकाशका वचनहरूले मलाई पूरै उदाङ्गो पारे, र मलाई असहज र व्याकुल महसुस भयो। मैले विश्‍वास गरेको यतिका वर्ष भएको थियो, मैले परमेश्‍वरको वचन धेरै पढेकी थिएँ, र केही असफलता र अवरोहहरू, र काटछाँट र निराकरण भोगेकी थिएँ, तर कुनै गवाही लेखेकी थिइनँ। म सत्यतासम्‍बन्धी आफ्नो अनुभव र बुझाइ पनि व्यक्त गर्न सक्दिनथेँ, किनकि म सत्यता खोजी गर्दिनथेँ। म कष्ट भोग्‍न र मूल्य चुकाउन सक्‍ने, कुनै गल्ती नगरी वा काम नछुटाई आफ्‍नो जिम्‍माको काम गर्न सक्छु जस्तो देखिनमै सन्तुष्ट थिएँ। मैले आफ्नो दैनिक काममा ठूलो-सानो दुवै कुराहरू सम्‍हाल्थेँ, र यदि मैले कुनै काम थाती राखेँ भने, अरूले मैले व्यावहारिक काम गर्दिनँ वा वास्तविक समस्याहरू सुल्झाउँदिनँ भनेर भन्लान् भनी डराउँथेँ। त्यसपछि अगुवाले थाहा पाएर मलाई बर्खास्त गरे भने के गर्ने? त्यो सोचेपछि, मैले लेखहरू लेख्‍न र परमेश्‍वरका वचनहरूमा मनन गर्न छोडेँ, र मैले बिहान भक्तिमा समय बिताउनसमेत छोडेँ। लेखहरू लेख्दा यसले मेरो कामको प्रगतिमा ढिलाइ गर्छ भन्‍ने लाग्थ्यो। कहिलेकहीँ उठेपछि म बिहान भक्तिमा समय बिताउन चाहन्थेँ, तर कम्प्युटर खोल्दा जबाफ दिनुपर्ने हरप्रकारका मेसेजहरू देखेपछि, म भक्तिको समय छोडेर जबाफ दिन थाल्थेँ, र सबै समस्या समाधान गर्नतिर लाग्थेँ। तर वास्तवमा, सबै कुरा तुरुन्तै गरिहाल्‍नुपर्छ भन्‍ने थिएन। केही समय लिएर जबाफ दिँदा पनि, केही कुरामा ढिलाइ हुँदैनथ्यो। तर त्यस्तो कुरामा व्यस्त भएर, म परमेश्‍वरका वचनहरू खाने-पिउने, र मनन गर्ने समय त्याग्थेँ। मलाई त मैले आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी र बोझ लिइरहेकी छु, र म वास्तविक काम गर्न सक्छु भन्‍नेसमेत लाग्थ्यो, तर वास्तवमा, म मेरो सतही कष्टभोग र प्रयासहरूलाई आदर कमाउन प्रयोग गर्न चाहन्थेँ। त्यो कसरी कर्तव्य निभाएको भयो र? म आफ्‍नो नाम र हैसियत रक्षा गर्न र आफ्‍ना व्यक्तिगत महत्त्वाकाङ्क्षाहरू पूरा गर्न आफ्‍नो कर्तव्यलाई प्रयोग गर्न चाहन्थेँ। म परमेश्‍वरविरुद्धको बाटोमा थिएँ। लेख लेख्‍ने प्रक्रिया सत्यता खोजी गर्ने प्रक्रिया हो भन्‍ने मलाई थाहा थियो, तर मैले सत्यता खोजी गरिनँ र गवाही दिनको लागि लेख लेख्‍न चाहिनँ। म हरदिन अरू कुरामा व्यस्त हुन्थेँ, र समय हुँदासमेत, म हर बहाना बनाउँथेँ र लेख लेख्‍दिनथेँ। के मैले सेवा मात्रै गरिरहेकी थिइनँ र? मैले सत्यता खोजी गर्नमा बल लगाइरहेकी थिइनँ, केवल काममा ध्यान दिइरहेकी थिएँ, यसको अर्थ ब्रदर-सिस्टरहरूले कर्तव्य निभाउँदा जीवन प्रवेशमा ध्यान दिइरहेका थिएनन्। समस्याहरू भोग्दा तिनीहरूले आत्मचिन्तन गरिरहेका वा परमेश्‍वरका वचनहरूमार्फत आफ्‍नो बारेमा सिकिरहेका थिएनन्। मैले अरूलाई परमेश्‍वरको इच्‍छाबाट टाढा लगिरहेकी थिएँ। मैले परमेश्‍वरका यी वचनहरू याद गरेँ: “तैँले गर्ने कुनै पनि कामले सत्यतासँग सम्‍बन्ध राख्दैन, न त त्यो परमेश्‍वरले अह्राउनुभएको काम नै हुन्छ। तैँले गर्ने हरेक कुरा तेरो आफ्‍नै लागि हुन्छ; तैँले आफ्‍नै आदर्श, प्रतिष्ठा, र हैसियतका लागि काम, लडाइँ, र दौडधूप गरिरहेको हुन्छस्, र त्यो कुरा पावलको भन्दा फरक छैन।” मनन गर्दा मैले पावलको बाटो अपनाइरहेको महसुस भयो। म सधैँ काम गर्न, र आफूलाई मनपर्ने, सजिलो लाग्‍ने कुरा गर्नमा चासो दिन्थेँ, तर सत्यतासँग सम्‍बन्धित परमेश्‍वरले आज्ञा गर्नुभएको कामको हकमा, सत्यता खोजी गर्नु त कता हो कता, बरु दिक्‍क मानेर यसबाट टाढा बस्थेँ। म हैसियतप्रतिको आफ्‍नै इच्‍छा तृप्त पार्न काम गरिरहेकी थिएँ। म परमेश्‍वरको शत्रु बन्‍ने बाटोमा हिँडिरहेकी थिएँ। यदि त्यस्तै भइरहेको भए, मैले जति नै काम गरे पनि, अन्त्यमा परमेश्‍वरले मलाई हटाउनुहुने थियो। यो महसुस गरेपछि मलाई डर लाग्यो, र म तुरुन्तै यो परिस्थिति बदल्न चहान्थेँ।

एकपटक मैले मेरो भक्तिको समयमा परमेश्‍वरका केही वचनहरू पढेँ। “सत्यताप्रति दिक्‍क मान्‍ने मानिसहरूको सबैभन्दा स्पष्ट स्थिति भनेको तिनीहरू सत्यता र सकारात्मक कुराप्रति चासो राख्दैनन्, बरु ती कुराप्रति छिःछिः र दुरदुर गर्छन्, र तिनीहरूलाई सांसारिक प्रचलनहरू पछ्याउन धेरै मन पर्छ। परमेश्‍वरले प्रेम गर्नुहुने कुराहरू र उहाँले मानिसहरूलाई गर्न लगाउनुहुने कुराहरूलाई तिनीहरूले आफ्‍नो हृदयबाट स्वीकार गर्दैनन्। बरु, तिनीहरू ती कुरालाई बेवास्ता गर्छन् र उदासीन बन्छन्, अनि कतिपय मानिसहरूले त परमेश्‍वरले मानिसहरूका लागि तोक्‍नुभएका मापदण्ड र सिद्धान्तहरूलाई घृणासमेत गर्छन्। तिनीहरूलाई सकारात्मक कुराहरूदेखि घिन लाग्छ, र ती कुराप्रति तिनीहरूमा प्रतिरोध, विरोध, र घृणा हुन्छ। सत्यताप्रति दिक्‍क मान्‍नुको मुख्य प्रकटीकरण यही हो। मण्डली जीवनमा, परमेश्‍वरको वचन पढ्नु, प्रार्थना गर्नु, सत्यता सङ्गति गर्नु, कर्तव्य निभाउनु, र सत्यताद्वारा समस्याहरू समाधान गर्नु सबै नै सकारात्मक कुरा हुन्। ती कुराहरूले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछन्, तर कतिपय मानिसहरूले यी सकारात्मक कुराहरूलाई घृणा गर्छन्, यी कुराको वास्ता गर्दैनन्, र यी कुराप्रति उदासीन हुन्छन्। … के यो स्वभाव सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव होइन र? के यो भ्रष्ट स्वभाव प्रकट गर्नु होइन र? धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, परमेश्‍वरको काम गर्न मन पराउँछन् र उत्साहको साथ दौडधूप गर्छन्। आफ्‍ना वरदान र सामर्थ्यहरू प्रयोग गर्दा, आफ्‍नो प्रदर्शन गर्दा, र आफ्‍ना रुचिहरू पूरा गर्दा, तिनीहरूसँग असीमित जोस हुन्छ—तर यदि तैँले तिनीहरूलाई सत्यता अभ्यास गर्न र यसका सिद्धान्तअनुसार काम गर्न लगाइस् भने, तिनीहरूको त्यो जोश मरिहाल्छ र तिनीहरूमा कुनै उत्साह हुँदैन। तिनीहरूलाई आफ्‍नो प्रदर्शन गर्न दिइएन भने, तिनीहरू जाँगरहीन र उदास हुन्छन्। आफ्नो प्रदर्शन गर्नलाई कसरी तिनीहरूमा जोस हुन सकेको? अनि सत्यता अभ्यास गर्नलाई चाहिँ कसरी तिनीहरूसँग कुनै ऊर्जा नभएको? यहाँ समस्या के हो त? मानिसहरू सबैले आफूलाई विशिष्ट देखाउन मन पराउँछन्; तिनीहरू सबै देखावटी महिमाको तृष्णा गर्छन्। परमेश्‍वरलाई आशिष्‌ र इनामहरूका लागि विश्‍वास गर्ने क्रममा हरेकसँग अपार ऊर्जा हुन्छ, तर पनि सत्यता अभ्यास गर्ने र दैहिकता पन्छाउने विषयमा तिनीहरूले किन जोशजाँगर गुमाउँछन्, तिनीहरू किन उदास बन्छन्? किन यस्तो हुन्छ? यसले मानिसहरूको हृदय अशुद्ध छ भन्‍ने देखाउँछ। तिनीहरूले पूर्णतया आशिष्‌हरू प्राप्त गर्नकै लागि परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्—सरल रूपमा भन्दा, तिनीहरूले स्वर्गको राज्यमा प्रवेश गर्ने इच्‍छा गरेका हुन्छन्। खोजी गर्नको लागि आशिष्‌ वा लाभ नहुँदा, मानिसहरू जाँगरहीन र उदास बन्छन्, र तिनीहरूसँग कुनै उत्साह हुँदैन। यी सबै कुरा सत्यताप्रति दिक्‍क मान्‍ने भ्रष्ट स्वभावबाट आएका हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई अन्तर्दृष्टि दिए। सत्यताप्रति दिक्‍क मान्‍ने मेरो शैतानी स्वभावकै कारण मैले लेख लेख्‍नबाट पन्छिँदै सत्यता खोजी गर्न नचाहेकी थिएँ। परमेश्‍वरले हामीलाई गवाही लेखहरू लेख्‍न आज्ञा गर्नुभएको हुन्छ भन्‍ने थाहा थियो, र गहन कुरा लेख्‍न नसके पनि, मैले सरल कुरा त लेख्‍न सक्थेँ। यदि लेख व्यावहारिक छ, यसमा अनुभव र बुझाइ संलग्‍न छ, र यो ज्ञानबर्धक छ भने, सरल भएर फरक पर्दैन। लेख लेख्‍नु भनेको परमेश्‍वरको कामले हामीमा के कुरा हासिल गरेको छ, परमेश्‍वरले हामीलाई आफ्‍ना वचनहरूद्वारा कसरी धुनुहुन्छ र मुक्ति दिनुहुन्छ, र यी वचनहरूले कसरी मानिसहरूका विभिन्‍न कठिनाइ र भ्रष्टताहरू हल गर्छन् भन्‍ने गवाही दिनु हो। परमेश्‍वरले मानिसहरूको गवाहीलाई वास्तवमै कदर गर्नुहुन्छ, र राम्रो गवाहीले उहाँको हृदयमा सान्त्वना दिन्छ। त्यसकारण, हामीले उहाँको गवाही दिन हाम्रा अनुभव र सिकेका कुराहरूलाई लेखहरूका रूपमा लेख्छौँ भन्‍ने परमेश्‍वरको आशा हुन्छ। तर परमेश्‍वरले आज्ञा गर्नुभएको कुरामा बल लगाउनुको सट्टा, मैले छल्‍ने, र इन्कार गर्ने कारणहरू खोजेँ। मैले सत्यताप्रति दिक्‍क मान्‍ने शैतानी स्वभाव प्रकट गरिरहेकी थिएँ।

अनि, सत्यताप्रति दिक्‍क मान्‍ने स्वभावबारे परमेश्‍वरले के सोच्‍नुहुन्छ? मैले मेरो भक्तिको समयमा परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “सत्यताप्रति दिक्‍क भएकाहरू कस्ता मानिस हुन्? के तिनीहरू परमेश्‍वरलाई प्रतिरोध र विरोध गर्ने मानिसहरू हुन्? तिनीहरूले खुल्लमखुल्ला परमेश्‍वरको प्रतिरोध नगर्लान्, तर तिनीहरूको प्रकृति र सार भनेकै परमेश्‍वरलाई इन्कार र प्रतिरोध गर्नु हो, जुन परमेश्‍वरलाई खुलस्त यसो भन्‍नुसरह हो, ‘मलाई तपाईंको कुरा सुन्‍न मन लाग्दैन, म यस्तो कुरा स्वीकार गर्दिनँ, र मैले तपाईंका वचनहरूलाई सत्यता हुन् भनेर स्वीकार नगर्ने हुनाले, म तपाईंमा विश्‍वास गर्दिनँ। मेरो लागि जो फाइदाजनक र लाभदायक हुन्छ म त्यसैलाई विश्‍वास गर्छु।’ के यो अविश्‍वासीहरूको मनोवृत्ति होइन र? यदि सत्यताप्रति तेरो मनोवृत्ति यस्तो छ भने, के तँ खुलेआम परमेश्‍वरप्रति शत्रुवत भइरहेको हुँदैनस् र? अनि, यदि तँ खुलेआम परमेश्‍वरप्रति शत्रुवत छस् भने, के परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछ र? दिनुहुनेछैन। परमेश्‍वरलाई इन्कार र विरोध गर्ने सबैप्रति परमेश्‍वरले क्रोध गर्नुको कारण यही हो। … सत्यताप्रति दिक्‍क मान्‍ने व्यक्ति आफ्नो मुक्तिको लागि आफै घातक हुन्छ; यो क्षमा गर्न सकिने वा नसकिने कुरो होइन, यो कुनै व्यवहारको प्रकार, वा क्षणिक रूपमा प्रकट हुने कुरो होइन; यो त व्यक्तिको प्रकृति र सार हो, र परमेश्‍वरले त्यस्तो व्यक्तिप्रति सबैभन्दा दिक्‍क मान्‍नुहुन्छ। यदि तेरो जीवनमा कहिलेकहीँ भ्रष्टता प्रकट हुन्छ भने, तैँले यी प्रकटीकरणहरू सत्यताप्रति घिन लागेको कारण आएका हुन् कि सत्यता नबुझेका कारण आएका हुन् भनेर परमेश्‍वरका वचनहरूको आधारमा मनन गर्नुपर्छ। यसको लागि खोजी चाहिन्छ, र परमेश्‍वरको अन्तर्दृष्टि र सहयोग चाहिन्छ। यदि तँमा सत्यताप्रति दिक्‍क मान्‍ने प्रकृति र सार छ, र तँ सत्यता कहिल्यै स्वीकार गर्दैनस्, र यसप्रति विशेष रूपमा घिनाउँछस् र शत्रुवत् हुन्छस् भने, त्यसमा समस्या छ। अवश्य नै तँ दुष्ट व्यक्ति होस्, र परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य पूरा गर्नको लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। परमेश्‍वरका वचनहरूले मेरो हृदय छेडे। सत्यताप्रति दिक्‍क मान्‍नु परमेश्‍वरलाई खुलेआम विरोध गर्नु, खुलेआम उहाँको शत्रु बन्‍नु हो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्छु भनेर दाबी गरिरहेकी थिएँ, मैले उहाँको नाममा प्रार्थना र उहाँले व्यक्त गर्नुभएका सत्यताहरू खाने-पिउने गरिरहेकी थिएँ, हरेक भेलामा परमेश्‍वरका वचनहरू सङ्गति गर्ने, र ब्रदर-सिस्टरहरूलाई ती प्रचार गर्ने गरिरहेकी थिएँ। तर मैले गर्ने व्यवहार, मेरो जिउने शैली परमेश्‍वरका वचनहरूअनुरूप थिएन, र मैले परमेश्‍वरका मापदण्डहरू पछ्याइरहेकी थिइनँ। बरु मैले त सत्यताप्रति दिक्‍क मानिरहेकी थिएँ। मैले कसरी त्यसरी सत्यता स्वीकार र अभ्यास गर्न सक्थेँ र? विश्‍वासीको रूपमा मुक्ति पाउने एउटै तरिका सत्यता स्विकार्नु हो। तर परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरूलाई म प्रेम गर्दिनथेँ। हृदयभित्र, म परमेश्‍वरको विरुद्ध थिएँ। सत्यताप्रति दिक्‍क मान्‍ने त्यही शैतानी स्वभावले मलाई बरबाद गर्न सक्थ्यो। त्यो बेला मैले सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव वास्तवमै डरलाग्दो छ, यो मुक्ति पाउनबाट रोक्‍ने मुख्य कमजोरी हो भन्‍ने थाहा पाएँ। त्यसपछि म पश्‍चात्ताप गर्न परमेश्‍वरको अघि आएँ: “हे परमेश्‍वर! म सत्यताप्रति दिक्‍क मान्छु, लेख लेख्‍ने वा सत्यता खोजी गर्ने प्रयासमा म ध्यान दिँदिनँ, र अहिले मैले सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव तपाईंलाई घिन लाग्छ भन्‍ने थाहा पाएँ। म पश्‍चात्ताप गर्न र राम्ररी सत्यता खोजी गर्न चाहन्छु—बिन्ती छ मलाई अगुवाइ गर्नुहोस्।”

त्यसपछि मैले परमेश्‍वरका अझ धेरै वचनहरू पढेँ। “यदि तैँले हृदयदेखि नै सत्यतालाई प्रेम गर्छस्, तर पनि तँ अलिक कमजोर क्षमताको र अन्तर्ज्ञानमा कमी भएको, साथै अलिक मूर्ख व्यक्ति होस् भने; यदि तैँले कहिलेकहीँ गल्ती गर्छस्, तर दुष्कर्म गर्ने अभिप्राय राख्दैनस्, र एकदुई वटा मूर्ख काम मात्रै गरेको छस् भने; यदि तँ परमेश्‍वरले सत्यताको विषयमा दिनुभएको सङ्गति सुन्‍न हृदयदेखि नै इच्‍छुक छस्, र हृदयदेखि नै सत्यताको तृष्णा गर्छस् भने; यदि तैँले सत्यता र परमेश्‍वरका वचनहरूलाई इमानदार र उत्कट इच्‍छाको मनोवृत्तिसाथ लिन्छस्, र परमेश्‍वरका वचनहरूलाई बहुमूल्य र प्यारो ठान्छस् भने, यो नै पर्याप्त हुन्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्छ। कहिलेकहीँ त अलि मूर्ख भए पनि, परमेश्‍वरले अझै पनि तँलाई मन पराउनुहुन्छ। परमेश्‍वरले सत्यताको तृष्णा गर्ने तेरो हृदय मन पराउनुहुन्छ, र उहाँले सत्यताप्रतिको तेरो इमानदार मनोवृत्ति मन पराउनुहुन्छ। त्यसकारण, परमेश्‍वरले तँमाथि कृपा देखाउनुहुन्छ र सधैँ तँलाई निगाह गर्नुहुन्छ। उहाँले तेरो कमजोर क्षमता वा मूर्खतालाई ध्यान दिनुहुन्‍न, न त उहाँले तेरा अपराधहरूलाई नै ध्यान दिनुहुन्छ। सत्यताप्रतिको तेरो मनोवृत्ति इमानदार र उत्कट हुने हुनाले, र तेरो हृदय सच्‍चा भएकोले, परमेश्‍वरले तेरो हृदय र मनोवृत्तिलाई बहुमूल्य ठान्‍नुभएसँगै, उहाँ तँप्रति सधैँ कृपालु हुनुहुनेछ, र पवित्र आत्‍माले तँमाथि काम गर्नुहुनेछ, र तैँले मुक्ति पाउने आशा हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य पूरा गर्नको लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। परमेश्‍वरका वचनहरूले मलाई बिउँझाए र अभ्यासको मार्ग दिए। मेरो हृदय उज्यालो भयो र मलाई स्वतन्त्र महसुस भयो। परमेश्‍वरले मानिसहरूको कमजोर क्षमता वा अज्ञानतालाई वास्ता गर्नुहुन्‍न। तिनीहरूले सत्यताको तृष्णा गर्छन् र इमानदारिताको मनोवृत्तिसाथ सत्यतालाई लिन्छन् भने, तिनीहरूले परमेश्‍वरको कृपा प्राप्त गर्नेछन्। मैले कतिपय ब्रदर-सिस्टरहरूमा कमजोर क्षमता देखेँ, तर तिनीहरू परमेश्‍वरका वचनहरूको तृष्णा गर्थेँ, र परिस्थितिहरू आइपर्दा ध्यान दिएर सत्यताको मनन र खोजी गर्थे। परमेश्‍वरका वचनहरूप्रति इमानदार मनोवृत्ति राखेर, तिनीहरूले परमेश्‍वरको कृपा र अगुवाइ प्राप्त गरेका थिए। तिनीहरूले परमेश्‍वरको गवाही दिन लागि आफ्‍ना अनुभवहरूबारे निकै हृदयस्पर्शी निबन्धहरू लेख्‍न सके। अनि विश्‍वास गरेको धेरै समय नभएको कतिपय मानिसहरू आफ्‍नो कर्तव्यमा जस्तो कठिनाइको सामना गरे पनि कहिल्यै भाग्दैनथे, तिनीहरू परमेश्‍वरका नियम र बन्दोबस्तहरूमा समर्पित हुन्थे, र सत्यता खोजी गर्न र कठिनाइ पार गर्न परमेश्‍वरमा भरोसा गर्थे। अन्तिममा तिनीहरूले हृदयस्पर्शी गवाहीहरू दिए। अनि कतिपय नयाँ विश्‍वासीहरू छन् जो भ्रष्टता प्रकट गर्दा सत्यताको खोजी गर्न परिश्रम गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू पढ्छन् र आत्मचिन्तन गर्छन्। तिनीहरूले बताउने बुझाइ निकै सच्‍चा र व्यावहारिक हुन्छ। कसैले कति लामो समय विश्‍वास गरेको छ, ऊ अज्ञानी छ कि कमजोर क्षमताको छ भनेर परमेश्‍वरले ध्यान दिनुहुन्‍न, उसले सत्यता खोजी गर्छ गर्दैन, सत्यतालाई प्रेम गर्छ गर्दैन, सत्यताको तृष्णा गर्छ गर्दैन, र परमेश्‍वरका वचनहरूलाई इमानदार हृदयले लिन्छ लिँदैन भन्‍ने मात्रै वास्ता गर्नुहुन्छ। कमजोर क्षमता हुनु घातक होइन। मुख्य कुरो हामीसँग सत्यतालाई प्रेम गर्ने हृदय छ छैन, हामीले सत्यता स्वीकार र अभ्यास गर्न सक्छौँ सक्दैनौँ भन्‍ने हो। परमेश्‍वर विश्‍वासयोग्य र निष्पक्ष हुनुहुन्छ, र उहाँले कसैको क्षमता राम्रो कि नराम्रो छ भनेर ध्यान दिनुहुन्‍न। हामी सत्यताको तृष्णा गर्छौँ र त्यसमा लागिपर्छौँ भने, र हामीलाई थाहा भएको कुरा कार्यान्वयन गर्छौँ भने, हामीले पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गर्न सक्छौँ, र हाम्रो बुझाइ र अन्तर्ज्ञानमा सुधार आउनेछ। मैले कमजोर क्षमताको कारण रोकिनु वा लेख लेख्‍नबाट पन्छिन बहानाहरू बनाउनु हुँदैन। मैले साँचो रूपमा परमेश्‍वरका वचनहरू खान, पिउन, र अनुभव गर्न, अनि परमेश्‍वरको गवाही दिन आफ्‍ना अनुभवहरूको लेख लेख्‍न चाहेँ।

पछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई परमेश्‍वरको इच्‍छाबारे स्पष्ट पारिदियो। “मुक्ति पाउनका लागि सत्यता स्विकार्नु र सत्यता पछ्याउनुभन्दा बढी वास्तविक वा व्यावहारिक मार्ग अर्को छैन। यदि तैँले सत्यता प्राप्त गर्न सक्दैनस् भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वास रित्तो हुन्छ। सधैँ धर्मसिद्धान्तका रित्तो शब्दहरू बोल्ने, नाराहरू फलाक्‍ने, आडम्बरी कुरा गर्ने, नियमहरू पालन गर्ने तर सत्यता अभ्यास गर्नमा कहिल्यै ध्यान नदिनेहरूले जति नै धेरै वर्षदेखि विश्‍वासमा रहे पनि, केही प्राप्त गर्दैनन्। केही प्राप्त गर्ने मानिसहरूचाहिँ को हुन् त? तिनीहरू ती व्यक्तिहरू हुन्, जो आफ्नो कर्तव्य इमानदारीसाथ निर्वाह गर्छन् र सत्यता अभ्यास गर्न इच्छुक हन्छन्, जो आफूलाई परमेश्‍वरले सम्पिनुभएको कुरालाई मिसनको रूपमा लिन्छन्, जो आफ्नो सारा जीवन खुसीसाथ परमेश्‍वरमा समर्पण गर्दै बिताउँछन् र आफ्नो फाइदाको खातिर षड्यन्त्र रच्दैनन्, जो एकदमै व्यावहारिक हुन्छन् र जो परमेश्‍वरका योजनाबद्ध कार्यहरू पालन गर्छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यताका सिद्धान्तहरू बुझ्न सक्षम हुन्छन् र हरेक काम उचित रूपमा गर्न जोरदार प्रयास गर्छन्, र त्यसरी तिनीहरू परमेश्‍वरको गवाहीको प्रभाव हासिल गर्न, र परमेश्‍वरको इच्छा सन्तुष्ट पार्न सक्छन्। आफ्नो कर्तव्यपालनको दौरान कठिनाइहरू आइपर्दा, तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छन् र परमेश्‍वरको इच्छा बुझ्ने प्रयास गर्छन्, तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालन गर्न सक्षम हुन्छन्, र आफूले गर्ने सबै कुरामा सत्यताको खोजी र अभ्यास गर्छन्। तिनीहरू सुगारटान नारा घन्काउने वा आडम्बरी कुरा गर्ने गर्दैनन्, बरु एकदमै व्यावहारिक भई कामकुरा गर्न र सावधानीपूर्वक सिद्धान्त पछ्याउन ध्यान दिन्छन्। तिनीहरू आफूले गर्ने सबै कुरामा र सबै कुरा बुझ्नमा जोरदार प्रयास लगाउँछन्, र धेरै कुरामा सत्यता अभ्यास गर्न सक्षम हुन्छन्, र त्यसपछि तिनीहरूले ज्ञान र बुझाइ प्राप्त गर्छन्, र पाठहरू सिक्‍न र साँचो अर्थमा केही प्राप्त गर्न सक्षम हुन्छन्। अनि आफूमा गलत विचार आउँदा वा गलत स्थिति हुँदा, तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्छन् र ती विचार हटाउन सत्यता खोजी गर्छन्; तिनीहरूले जुनै सत्यता बुझे पनि, तिनलाई आफ्नो हृदयमा कदर गर्छन्, र आफ्ना अनुभव र गवाहीबारे बोल्न सक्छन्। यस्ता मानिसहरूले अन्त्यमा सत्यता प्राप्त गर्छन्। ती हृदयविहीन मानिसहरूले कसरी सत्यता अभ्यास गर्ने भनेर कहिल्यै सोच्दैनन्। तिनीहरूले प्रयास खर्चन र काम गर्न, अनि आफ्नो प्रदर्शन र देखावटी गर्न मात्रै ध्यान दिन्छन्, तर तिनीहरू कसरी सत्यता अभ्यास गर्न भनी कहिल्यै खोजी गर्दैनन्, जसले गर्दा तिनीहरूलाई सत्यता प्राप्त गर्न गाह्रो हुन्छ। यसबारे सोच्, कस्ता प्रकारका मानिसहरू सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन्? (तिनीहरू जो वास्तविक धरातलमा उभिने, व्यावहारिक र कामकुरामा मन लगाउने खालका छन्।) वास्तविकतामा उभिएर कामकुरामा मन लगाउने, र हृदय भएका मानिसहरू: यस्ता मानिसहरूले कार्य गर्दा वास्तविकतामा र सत्यताका सिद्धान्तहरूको प्रयोगमा धेरै ध्यान दिन्छन्। साथै, तिनीहरू सबै कुरामा व्यावहारिकतालाई ध्यान दिन्छन्, तिनीहरू यथार्थपरक हुन्छन्, र तिनीहरू सकारात्मक कुराहरू, सत्यता, र वास्तविक कुराहरू मन पराउँछन्। अन्त्यमा सत्यता बुझ्‍न र प्राप्त गर्न सक्‍ने मानिसहरू यिनै हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो)। परमेश्‍वरका वचनहरूबाट मैले के सिकेँ भने सत्यता खोजी गर्नेहरूले परमेश्‍वरका वचनहरूमा ध्यान केन्द्रित गर्छन्, प्रायः परमेश्‍वरका वचनहरू मनन गर्ने र तिनलाई अभ्यास गर्ने गर्छन्। तिनीहरूले सत्यता खोजी गर्न र मानिस, वस्तु, र घटनाहरूबाट पाठ सिक्‍न, अनि आफ्‍ना अनुभवहरूको फल टिप्‍न सक्छन्। लेख लेख्‍नु आफूले आफैलाई परमेश्‍वरसामु आउन र उहाँका वचनहरू मनन गर्न प्रेरित गर्ने राम्रो तरिका हो, जुन परमेश्‍वरको इच्‍छा हो। मैले परमेश्‍वरको इच्‍छालाई बुझेपछि, मलाई बोझको बोध भयो, र ममा लेख लेख्‍ने जाँगर आयो। मैले परमेश्‍वरको हृदयलाई सान्त्वना दिन त्यो कर्तव्य निभाउनुपर्छ भन्‍ने लाग्यो। गवाही दिन लेख लेख्दा यसले अझ धेरै मानिसहरूलाई फाइदा दिन सक्छ। यो अर्थपूर्ण, बहुमूल्य कुरा हो र मेरो जिम्‍मेवारी पनि हो।

त्यसपछि मैले हरदिनको कामको योजना बनाउन थालेँ, र कुन कुराको लागि कुन समय प्रयोग गर्ने, यो कतिको आतुरी छ त्यो निर्धारण गर्न थालेँ। समय हुँदा परमेश्‍वरका वचनहरू खाने र पिउने अनि लेख लेख्‍ने काम गर्न थालेँ। लेख्‍न सुरु गर्दा, म कुनै कुराको बारेमा पूर्ण विवरण लेख्थेँ। म परमेश्‍वरका वचनहरूसम्‍बन्धी मेरो बुझाइलाई स्पष्ट रूपमा लेख्‍न सक्दिनथेँ र यो निकै सतही हुन्थ्यो। त्यो बेला म हरेस खान्थेँ, र लेख्‍न छोड्न मन लाग्थ्यो, र मलाई फेरि परमेश्‍वरका वचनहरू मनन गर्न मन लाग्दैनथ्यो। त्यसकारण मैले प्रार्थना गरेँ, “हे परमेश्‍वर! म हरेस खान चाहन्‍नँ। म तपाईंका वचनहरू मनन गर्न, अहिले आफूलाई थाहा भएजति लेख्‍न, त्यसपछि अनुभव बढ्दै गएपछि थप लेख्दै जान चाहन्छु। म मेरो भ्रष्ट स्वभावमा जिउन चाहन्‍नँ। म तपाईंको गवाही दिन तपाईंले ममा गर्नुभएको कामबारे लेख्‍न चाहन्छु।” प्रार्थना गरेपछि मलाई निकै शान्त महसुस भयो। शान्त भएर आफ्‍नो स्थिति र परमेश्‍वरका वचनहरूबारे सोच्दा, मैले आफूले पाएको जुनसुकै अन्तर्दृष्टि टिपोट गर्न सक्थेँ। त्यसैले, समय हुँदा म परमेश्‍वरका वचनहरूबारे सोच्थेँ र आफूले बुझेको कुरा लेख्थेँ। लेखिसकेपछि, कुनै-कुनै भाग त्यति स्पष्ट नभएको देख्थेँ, र तिनलाई परिमार्जन गर्न सक्दो गर्थेँ। मैले जति लेख्थेँ त्यति नै स्पष्ट हुँदै जान्थ्यो, र त्यति नै राम्रोसित आफ्नो स्थितिलाई बुझ्थेँ। मैले सत्यताबारे झन्झन् व्यावहारिक बुझाइ पनि प्राप्त गरेँ। यसरी अभ्यास गर्दा मलाई निकै सन्तुष्टि अनुभव भयो। यो अनुभवले मलाई सत्यता खोजी गर्नुको महत्त्व कति छ भनेर देखायो। सबै कुरामा, हामीले गम्‍भीर भई सत्यता खोजी गर्नुपर्छ, आत्मचिन्तन गरेर आफूलाई चिन्‍नुपर्छ, र परमेश्‍वरका वचनहरू अभ्यास गर्नुपर्छ, त्यसपछि हामीले प्रतिफल प्राप्त गर्न सक्छौँ। व्यक्तिगत गवाही लेख्‍नु, सत्यता खोजी गर्नु र जीवन स्वभावमा परिवर्तन ल्याउने प्रयास गर्नु अत्यन्तै निर्णायक र महत्त्वपूर्ण कुरा हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको अगाडि जिउनु

योङ्ग्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ...

ढोँगीपनको बोझ

सन् २०२० को अगस्टमा, मलाई मेरो नेतृत्वको पदबाट बर्खास्त गरियो किनकि मैले ओहोदालाई पछ्याउँदै र लटरपटर काम मात्र गर्दै आइरहेकी थिएँ। मलाई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्