चापलुसीबाट के आउँछ
सन् २०१९ मा म वाङसँगै काम गर्ने अगुवा चयन भए। हाम्रो अन्तरक्रियाको क्रममा, मैले थाहा पाएँ कि उनले चीनमा धेरै वर्ष नेतृत्व पदमा सेवा गरेका र...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
दुई वर्षपहिले, मैले मण्डली अगुवाको रूपमा सेवा गर्न थाल्दा, मेरा धेरै सहकर्मीहरूले मैले भन्दा पहिलेदेखि परमेश्वरमा विश्वास गरेका थिए। तिनीहरूले मैलेभन्दा धेरै सत्यता बुझेका छन् र ममा भन्दा धेरै कामको अनुभव छ भन्ने सोचेकी थिएँ, त्यसैले मण्डलीको कतिपय कामबारे त्यति धेरै सोध्ने आँट गर्दिनथेँ। तिनीहरूले म भर्खरै अगुवा बनेकी छु, त्यसैले सबै काममा हस्तक्षेप गरिरहेकी छु, र केही थाहा नपाए पनि आफूलाई संलग्न गर्ने प्रयास गरिरहेकी छु भन्लान् भन्ने मलाई डर लागेको थियो। सिद्धान्तका कतिपय मामिलाहरूमा, मलाई आफ्नो दृष्टिकोण र विचारहरूमा अडान लिने आँट आउँदैनथ्यो। अरूले मलाई अहङ्कारी र ममा कुनै आत्मज्ञान छैन भन्नेछन् भन्ने डर लाग्थ्यो, त्यसैले म आफ्नो कर्तव्यमा आफूलाई पछि राख्थेँ।
त्यो बेला, मण्डलीका कतिपय कामको प्रगति सुस्त भइरहेको, ब्रदर-सिस्टरहरूले सिद्धान्तहरू नबुझी आफ्नो कर्तव्य पूरा गरेका, र तिनीहरू प्रायः सानातिना कुरामा अल्झिएकोले प्रगतिमा ढिलाइ भएको मैले देखेँ। अबीगेलले यो कामको रेखदेख लगभग दुई वर्षदेखि गर्दै आएकी थिइन्, तर उनले अझै यो काम बुझेकी थिइनन् र व्यावहारिक समस्याहरू समाधान गर्न सक्दिनथिइन्। उनी उपयुक्त अगुवा थिइनन्। अबीगेल सिन्डीको जिम्मेवारीअन्तर्गत रहेकी हुनाले, मैले यो मामिला सिन्डीलाई रिपोर्ट गरेँ र अबीगेललाई बर्खास्त गर्न सुझाव दिएँ, तर उनले अबीगेलले अहिलेको लागि केही काम गर्न सक्छिन्, र उनले तिनको सट्टा उपयुक्त व्यक्ति भेट्टाउन सकेकी छैनन्, त्यसैले अहिलेको लागि तिनलाई राख्न चाहन्छिन् भनेर भनिन्। सिन्डीको कुरा सुनेपछि, म मनमनै असहमत भएँ, “अबीगेल अगुवा बनेकी लगभग दुई वर्ष भइसक्यो, तर उनले कतिपय आधारभूत समस्याहरूसमेत समाधान गरेकी छैनन्, जसले गर्दा कामको प्रगतिमा असर पुगेको छ। तपाईं कसरी तिनलाई बस्न दिन सक्नुहुन्छ? उनी यो कामको लागि उपयुक्त छैनन् भन्ने हामीलाई थाहा छ, त्यसैले हामीले उनलाई यहाँ प्रयोग गर्न छोड्नुपर्छ, र राम्रो क्षमता भएको कसैलाई तालिम दिनुपर्छ।” हामीले सिद्धान्तअनुसार काम गर्नुपर्छ भनेर म सिन्डीलाई भन्न चाहन्थेँ, तर त्यसपछि सोचेँ, “उनले अहिले उपयुक्त व्यक्ति भेट्टाउन सकिँदैन भनिसकेकी छिन्। मैले उनलाई अबीगेललाई सरुवा गर्न भनिरहेँ भने, के उनले मैले हद नाघिरहेकी र उनको काममा हस्तक्षेप गरिरहेकी छु भन्ने सोच्नेछिन्? मैले मण्डलीमा काम गर्न भर्खरै सुरु गरेकी छु, त्यसैले मैले सिन्डीको मनमा यस्तो छाप पारेँ भने, त्यसपछि हामी कसरी सहकार्य गर्न सक्छौँ र? होस्, यो कुरा छोडिदिनु नै राम्रो हुन्छ।”
पछि मलाई भिडियो काम रेखदेख गर्ने डेनाले व्यावहारिक काम गर्दिनन् भन्ने थाहा भयो। उनी इन्चार्ज रहेको भिडियो प्रोजेक्टले तीन महिनासम्म मापदण्डअनुसारका भिडियोहरू बनाएन। उनलाई आफ्नो समूहका मानिसहरूको स्थिति वा तिनीहरूले भिडियो बनाउनमा सामना गरेका समस्या र कठिनाइहरूबारे थाहा हुँदैनथ्यो, र तिनीहरूले त्यस अवधिमा आफ्ना भिडियोहरू दोहोऱ्याएर बनाउनुपर्थ्यो, जसले प्रगतिमा ढिलाइ गर्थ्यो। यस मामिला कसरी सम्हाल्ने भनेर मैले सहकर्मीहरूसँग छलफल गरेँ। तिनीहरू सबैले डेनामा राम्रो मानवत्व छ, र उनी भिडियो कामको इन्चार्ज भएको केही समय भयो र यस कामसँग परिचित छिन्, त्यसैले हाल उपयुक्त व्यक्ति नभएकोले, उनी इन्चार्ज रहन सक्छिन् भन्ने विचार राखे। त्यो सुनेपछि, म सहमत भइनँ र सोचेँ, “उनको मानवता खराब छैन र उनी कामसँग परिचित छिन् भन्दैमा तपाईंहरूले तिनलाई राख्नु मिल्दैन। महत्त्वपूर्ण कुरा भनेको उनी व्यावहारिक काम गर्न र व्यावहारिक समस्याहरू समाधान गर्न सक्छिन् कि सक्दिनन् भन्ने हो। डेनाले भिडियो कामका समस्याहरू समाधान गर्न नै सक्दिनन्। उनलाई त्यस पदमा राख्नु उचित छैन। उनको ठाउँमा अर्कोलाई राख्नुपर्छ।” मलाई चिन्ता थियो, “ज्याकीको मुख्य जिम्मेवारी भिडियो बनाउने काम हो, र तिनीहरू सबैलाई डेना उपयुक्त व्यक्ति हुन् भन्ने लाग्छ, त्यसैले म असहमत भएँ भने, के मैले अति नियन्त्रण गर्दै छु भनी तिनीहरूले सोच्नेछन्? पहिले, मैले अबीगेललाई सरुवा गर्न चाहेँ, र अहिले डेनालाई बर्खास्त गर्न चाहन्छु। के मेरा सहकर्मीहरूले मलाई अत्यन्तै अहङ्कारी, मलाई अनुपयुक्त लागेको जोकोहीलाई पश्चात्ताप गर्ने कुनै मौका नदिई प्रतिस्थापन गर्न चाहने र अत्यन्तै निर्दयी भन्ठान्नेछन्?” त्यसकारण, मेरो मुखबाट शब्दहरू निस्कन लाग्दा, ती भित्रै दबाएँ।
एक महिनाभन्दा बढी समय बितेपछि, अबीगेल र डेना दुवैलाई व्यावहारिक काम नगरेकोमा बर्खास्त गरियो। त्यही बेला, माथिल्लो तहका अगुवाहरूले म गैरजिम्मेवार अगुवा भएको पत्ता लगाए किनभने मैले अनुपयुक्त भनी थाहा पाएका अगुवाहरूलाई समयमै बर्खास्त गरिनँ, जसले मण्डलीको काममा ढिलाइ गरेको थियो। तिनीहरूले मलाई व्यावहारिक काम नगरेकोमा कठोर निराकरण गरे र म मानिसहरूलाई खुसी पार्दै हिँडेर शैतानी दर्शनअनुसार जिएँ, सत्यता अभ्यास गरिनँ, र मण्डलीको काम कायम राखिनँ भनेर मेरो विश्लेषण गरे। तिनीहरूले म अगुवा हुन लायक छैन भनी भने, र मलाई बर्खास्त गरियो। मेरा अगुवाहरूले गरेको काटछाँट र निराकरण मलाई टाउकोमा गरिएको प्रहारजस्तै थियो। मलाई मेरो समस्या बर्खास्त गराउने खालको गम्भीर रहेछ भन्ने याद भएन। मलाई साह्रै दुःख लाग्यो। मैले आफ्नो कर्तव्यमा छोडेर जान सकेकै पछुतो गर्नु र परमेश्वरप्रति ऋणी हुनु हो जस्तो मलाई लाग्यो। मलाई साँच्चै आफूप्रति घृणा जाग्यो। मैले किन सत्यता अभ्यास गरेर मण्डलीको काम कायम राख्न सकिनँ? म किन सधैँ शैतानी दर्शनहरूअनुसार जिएँ? मैले परमेश्वरलाई प्रार्थना गरेर आफ्ना समस्याहरू बुझ्न अगुवाइ मागेँ।
मैले मेरो आत्मिक भक्तिको समयमा, परमेश्वरका केही वचनहरू पढेँ, “जब मानिसहरूले आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारी लिँदैनन्, लापरवाही र झारा टार्ने किसिमले कर्तव्य निभाउँछन्, सधैँ हुन्छ हजुर भन्ने शैलीमा काम गर्छन्, र परमेश्वरको घरका हितहरूको रक्षा गर्दैनन्, तब त्यो कस्तो स्वभाव हो? यो छली स्वभाव हो, शैतानको स्वभाव हो। मानिसको जीवन-दर्शनको एउटा सबैभन्दा विचित्रको कुरा भनेको धूर्तता हो। मानिसहरूलाई के लाग्छ भने यदि तिनीहरू धूर्त बनेनन् भने, तिनीहरूले अरूलाई रिस उठाउने सम्भावना हुन्छ र तिनीहरूले आफूलाई रक्षा गर्न सक्दैनन्; तिनीहरू अरू कसैलाई चोट पुर्याउने वा चिढ्याउने कार्य नगर्ने हदसम्मको धूर्त हुनुपर्छ, यसरी तिनीहरूले आफूलाई सुरक्षित राख्न, आफ्नो रोजी-रोटीलाई सुरक्षा गर्न, र मानिसहरूका बीचमा दह्रिलो आधार बनाउन सक्छन् भन्ने तिनीहरूलाई लाग्छ। अविश्वासीहरू सबै नै शैतानका दर्शनअनुसार जिउँछन्। तिनीहरू सबै सधैँ हुन्छ हुजुर भन्ने र कसैलाई नचिढ्याउने हुन्छन्। तँ परमेश्वरको घरमा आएको छस्, तैँले परमेश्वरको वचन पढेको, र परमेश्वरको घरका प्रवचनहरू सुनेको छस्। तैपनि किन तँ सत्यताको अभ्यास गर्न, हृदयबाट बोल्न, र इमान्दार व्यक्ति बन्न सक्दैनस्? किन तँ सधैँ हुन्छ हजुर भन्ने व्यक्ति भएको छस्? सधैँ हुन्छ हजुर भन्ने व्यक्तिहरूले आफ्नै हित रक्षा गर्छन्, मण्डलीका हित रक्षा गर्दैनन्। कसैले दुष्कर्म गरिरहेको र मण्डलीका हितहरूमा हानि गरिरहेको देख्दा, तिनीहरूले यसलाई बेवास्ता गर्छन्। तिनीहरू सधैँ हुन्छ हजुर भन्ने व्यक्ति बन्न चाहन्छन्, र कसैलाई चिढ्याउन चाहँदैनन्। यो गैरजिम्मेवार कार्य हो, र त्यस्तो व्यक्ति अत्यन्तै छली र विश्वासघाती हुन्छ। कतिपय मानिसहरू आफ्नै अभिमान र प्रतिष्ठाको रक्षा गर्न, र आफ्नो सुनाम र हैसियत कायम राख्न जति नै मूल्य परे पनि खुसीसाथ अरूलाई सहयोग गर्छन् र आफ्ना मित्रहरूका लागि त्याग गर्छन्। तर जब तिनीहरूले परमेश्वरको घरका हित, सत्यता, र न्यायको रक्षा गर्नुपर्ने हुन्छ, तब त्यस्तो कुनै असल अभिप्राय राख्दैनन्, जुन पूर्णरूपमा हराएको हुन्छ। सत्यता अभ्यास गर्नुपर्ने बेला तिनीहरूले सो गर्दैनन्। के भइरहेको छ? तिनीहरूले आफ्नो मर्यादा र प्रतिष्ठाको रक्षा गर्न, कुनै पनि मूल्य चुकाउनेछन् र जुनसुकै कष्ट भोग्नेछन्। तर जब तिनीहरूले वास्तविक काम गर्नुपर्छ, सकारात्मक कुराहरूको रक्षा गर्नुपर्छ, अनि परमेश्वरका चुनिएका मानिसहरूको रक्षा र भरणपोषण गर्नुपर्छ, तब किन तिनीहरूसँग मूल्य चुकाउने र कुनै कष्ट भोग्ने सामर्थ्य हुँदैन? यो अकल्पनीय कुरा हो। वास्तवमा, तिनीहरूमा सत्यतादेखि दिक्क मान्ने एक प्रकारको स्वभाव हुन्छ। किन तिनीहरूको स्वभाव सत्यतादेखि दिक्क मान्ने किसिमको छ भनेर भन्ने? किनभने, जब कुनै कुरामा परमेश्वरको गवाही दिने, सत्यता अभ्यास गर्ने, परमेश्वरका चुनिएका मानिसहरूको रक्षा गर्ने, शैतानका छलहरूविरुद्ध लडाइ गर्ने, वा सकारात्मक कुराहरूको रक्षा गर्ने कार्य समावेश हुन्छ, तब तिनीहरू भाग्छन् र लुक्छन्, र जे उचित छ त्यो गर्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “जब तिमीहरूले कुनै समस्या देख्छौ तर यसमा हस्तक्षेप गर्न केही गर्दैनौ, र यसबारेमा सङ्गति गर्दैनौ, र यसलाई रोक्ने प्रयास गर्दैनौ, अनि तिमीहरूभन्दा माथिकाहरूलाई यसबारेमा रिपोर्ट गर्दैनौ, तर ‘राम्रो व्यक्ति’ को भूमिका निभाउँछौ भने, के यो अवफादारीको सङ्केत हो? के अरूको नजरमा राम्रो देखिने मानिसहरू परमेश्वरप्रति निष्ठावान् हुन्छन्? पटक्कै हुँदैनन्। त्यस्ता मानिसहरू परमेश्वरप्रति निष्ठावान् नहुने मात्र होइनन्, तिनीहरूले त शैतानको मतियार, परिचर र अनुयायीको रूपमा समेत काम गरिरहेका हुन्छन्। तिनीहरू आफ्नो कर्तव्य र जिम्मेवारीमा विश्वासहीन हुन्छन्, तर शैतानको लागि चाहिँ निकै बफादार हुन्छन्। समस्याको सार नै यहीँ छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ)। धूर्त मानिसहरूले आफ्ना हितहरूको रक्षा गर्न सबै कुरा गर्छन् भनेर परमेश्वरको वचनले प्रकट गर्छ। तिनीहरूले आफ्नो प्रतिष्ठा जोगाउन, मानिसहरूसँग ठ्याक मिलाउँदै सांसारिक दर्शन अभ्यास गर्छन् र कसैलाई चिढ्याउँदैनन्। यदि मण्डलीको काम जोगाउन सत्यता अभ्यास गर्नुपऱ्यो भने, तिनीहरू पछि हट्छन्। म त्यस्तै धूर्त व्यक्ति थिएँ। अगुवा बनेपछि, मैले मभन्दा अघिदेखि परमेश्वरमा विश्वास गर्ने र ममा भन्दा धेरै कार्य अनुभव भएका सहकर्मीहरूलाई देखेँ, त्यसैले ममा आत्मज्ञान हुनुपर्छ भन्ने मलाई लाग्यो। यदि यो मेरो जिम्मेवारीको काम होइन भने, म यसबारे चिन्ता वा सोधखोज गर्दिनथेँ, ताकि तिनीहरूले मलाई अरूको काममा हात हाल्ने नठानून् र तिनीहरूमा खराब छाप नपारूँ। सहकर्मीहरूसँग राम्रो सम्बन्ध कायम राख्न, तिनीहरूमाझ दह्रिलो स्थान बनाउन, म धूर्त र छली बनेँ, र सधैँ मानिसहरूलाई खुसी पार्ने काम गरेँ। मण्डलीमा झूटा अगुवाहरू छन् भन्ने देख्दा, मैले तिनीहरूलाई समयमै बर्खास्त गरिनँ। आफ्नो जिम्मेवारीको दायरामा समेत, म धेरै सोध्ने आँट गर्दिनथेँ। हदभन्दा धेरै गर्दा अरूले म आफ्नो दायराबाहिर गइरहेकी छु भनी सोच्नेछन् भन्ने मलाई डर लाग्थ्यो। म “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” “कुनै कुरा गलत छ भन्ने थाहा छ भने, त्यो नभनेकै बेस,” “मौनता एक गहना हो, धेरै बोले हुन्छ गल्ती नानाभाँती,” “आफ्नो रक्षा गर, दोषबाट उम्कन मात्र प्रयास गर” र अरू शैतानी दर्शनहरूअनुसार जिउँथेँ। सबै कुरामा, म मानिसहरूसँगको आफ्नो सम्बन्ध र सहकर्मीहरूको नजरमा आफ्नो छवि कायम राख्थेँ। म मण्डलीको काममा हानि पुग्छ कि पुग्दैन भनेर विचार नगरी तिनीहरूका दृष्टिकोणहरू पछ्याउँथेँ र ती नक्कल गर्थेँ। मैले समस्याहरू देखेँ, तर त्यसबारे कुरा उठाउने आँट गरिनँ। मैले सत्यता अभ्यास गर्नुपर्छ भन्ने मलाई थाहा थियो, तैपनि आफ्नो रक्षा गरेँ र भीडलाई पछ्याएँ। म धूर्त र छली मात्र थिइनँ, सत्यतादेखि दिक्क मान्ने व्यक्ति पनि थिएँ। अरूका गल्तीहरूमा चुप लाग्नु चलाक हुनु हो भन्ने मलाई लाग्थ्यो। यसरी, म सहकर्मीहरूसँगको आफ्नो सम्बन्ध कायम राख्न सक्थेँ अनि अगुवा र सेवकहरूबीच स्थिर स्थान पाउन सक्थेँ। म यति चाँडै खुलासा भएर बर्खास्त हुनेछु भन्ने मैले अपेक्षा गरेकी थिइनँ। मैले अनुपयुक्त अगुवाहरू देखेँ, तर सिद्धान्तहरू पालना गरेर तिनीहरूलाई समयमै बर्खास्त गर्ने आँट गरिनँ। बरु, मैले तिनीहरूलाई मण्डलीको काममा ढिलाइ र हानि गर्न दिइरहेँ। मैले झूटा अगुवाहरूलाई रक्षा गरिरहेकी थिएँ, र वास्तवमा, शैतानको मित्रको रूपमा काम गरिरहेकी थिएँ। मैले दुष्कर्म गरेर परमेश्वरको विरोध गरिरहेकी थिएँ। यसबारे सोच्दा, मलाई पछुतो भयो। यदि मैले सिद्धान्तहरू पालना गरेर ती दुई झूटा अगुवालाई समयमै बर्खास्त गरेकी भए, मण्डलीको काममा यति धेरै ढिलाइ हुनेथिएन।
मैले आत्मचिन्तन पनि गरेँ। अझ धेरै आफ्ना विचार व्यक्त गर्न वा अझै धेरै काम गर्नु मलाई किन आफू हदभन्दा बढी संलग्न हुनु हो भन्ने सधैँ लाग्थ्यो? कर्तव्य के हो भन्नेबारे परमेश्वरको वचन पढेर, यो दृष्टिकोण अत्यन्तै हास्यास्पद रहेछ भन्ने मैले महसुस गरेँ। परमेश्वरका वचनहरू भन्छन्, “आखिर कर्तव्य के हो? यो परमेश्वरले मानिसहरूलाई सुम्पनुभएको एउटा आज्ञा हो, यो परमेश्वरको घरको कामको भाग हो, र परमेश्वरका चुनिएका हरेक मानिसहरूले वहन गर्नुपर्ने जिम्मेवारी र दायित्व हो। के कर्तव्य एउटा उद्यम हो? के यो निजी पारिवारिक मामला हो? तँलाई कुनै कर्तव्य दिइएपछि, के त्यो कर्तव्य तेरो व्यक्तिगत व्यवसाय बन्छ भनेर भन्नु उचित हुन्छ? यस्तो त अवश्य नै भन्न मिल्दैन। त्यसो भए तैँले आफ्नो दायित्व कसरी पूरा गर्नुपर्छ? परमेश्वरका आवश्यक सर्तहरू, वचनहरू र मापदण्डहरूअनुसार काम गरेर, अनि तेरो व्यवहारलाई मानवीय व्यक्तिगत चाहनाहरूको साटो सत्यताका सिद्धान्तहरूमा आधारित गरेर। केही मानिसहरू भन्छन्, ‘मलाई एकपटक कर्तव्य दिएपछि के त्यो मेरो आफ्नै काम हुँदैन र? मेरो कर्तव्य मेरो जिम्मेवारी हो, र मलाई जुन जिम्मेवारी दिइन्छ के त्यो मेरो आफ्नै काम हुँदैन र? यदि मैले आफ्नो कर्तव्यलाई आफ्नै कामको रूपमा सम्हाल्छु भने, के त्यसको अर्थ म त्यो ठिकसँग गर्छु भन्ने हुँदैन र? यदि मैले त्यसलाई मेरो आफ्नै कामको रूपमा व्यवहार गरिनँ भने के म त्यो राम्रोसँग गर्नेछु र?’ यी कुराहरू सही छन् कि गलत? ती गलत छन्; ती सत्यसँग अमिल्दा छन्। कर्तव्य तेरो व्यक्तिगत कामकाज होइन, यो परमेश्वरको कामकाज हो, यो परमेश्वरको कामको एउटा हिस्सा हो, र तैँले त्यही गर्नुपर्छ जे परमेश्वरले अह्राउनुहुन्छ; परमेश्वरप्रति आज्ञाकारी हृदयको साथ कर्तव्य निर्वाह गर्दा मात्र तँ मापदण्डअनुरूपको हुनेछस्। यदि तँ सधैँ तेरा आफ्नै धारणा र कल्पनाहरूअनुसार, र तेरो आफ्नै झुकावअनुसार, आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, तैँले कहिल्यै पनि मापदण्ड पूरा गर्नेछैनस्; आफूले चाहेजसरी मात्रै कर्तव्य निर्वाह गर्नु भनेको कर्तव्य निर्वाह गर्नु होइन, किनकि तैँले जे गरिरहेको छस् त्यो परमेश्वरको व्यवस्थापनको दायराभित्रको काम होइन, यो परमेश्वरको घरको काम होइन; यो त तैँले आफ्नै कामकारबाही सञ्चालन गरिरहेको र आफ्नै कार्य अघि बढाइरहेको अवस्था हो, र त्यसैले यसलाई परमेश्वरले सम्झनुहुन्न” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताका सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। परमेश्वरको वचनले कर्तव्यको परिभाषा स्पष्टसित दिन्छ। कर्तव्य भनेको परमेश्वरले मानिसहरूलाई सुम्पनुभएको काम र आज्ञा हो। हामीले कर्तव्य स्विकार्दा, जिम्मेवारी र दायित्व स्विकारिरहेका हुन्छौँ। हामीले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, परमेश्वरको इच्छा खोज्नुपर्छ र सत्यताका सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यसरी मात्रै हामीले परमेश्वरको इच्छाअनुसार अभ्यास गरिरहेका हुन्छौँ। मण्डली अगुवाको रूपमा, कर्मचारीहरू मिलाउने वा सुरुवा गर्ने, अनुगमन र कामका विभिन्न समस्या समाधान गर्ने, अनि अरू सहकर्मीहरूको कामको रेखदेख गर्नेलगायत मण्डली कामका सबै पक्ष मेरै जिम्मेवारीको क्षेत्रभित्र पर्थे र ती मैले गर्नुपर्ने काम थिए। तर मैले आफ्नो काम राम्ररी गर्नु भनेको हदबाहिर जानु हो भनी अर्थ्याएँ। मैले आफ्नो कामलाई ध्यान दिनु र थप जिम्मेवारी लिनु भनेको हदभन्दा बढी गर्नु हो, यसले मानिसहरूलाई चिढ्याउँछ, र सहकर्मीहरूसँगको मेरो सम्बन्धमा असर गर्छ भन्ने सोचेँ। मैसे आफ्नो कर्तव्य पूरा गर्नु र सत्यता अभ्यास गर्नुलाई सकारात्मक कुरा ठानिनँ। यसको विपरीत, सत्यता अभ्यास गरेर आफ्नै हितहरूमा हानि गर्छु भन्ने मलाई लाग्थ्यो। मेरो विचार अत्यन्तै हास्यास्पद थियो। म यो गलत दृष्टिकोणको वशमा रहेछु, मैले आफ्नो कर्तव्य उचितरूपमा सम्हाल्न, र परमेश्वरको इच्छालाई पटक्कै ध्यान दिन सकिनँ। मण्डलीमा झूटा अगुवाहरू छन् भन्ने देख्दा पनि, मैले यो भन्ने वा बताउने आँट गरिनँ, र मैले अनुगमन गर्नुपर्ने काम अनुगमन गर्ने आँट गरिनँ। मैले सहकर्मीहरूसँगको आफ्नो सम्बन्ध र मेरो नेतृत्व पदलाई कायम राखिरहेकी थिएँ। मैले पटक्कै आफ्नो कर्तव्य पूरा गरिरहेकी थिइनँ। कर्तव्यप्रति मेरो अभिप्राय गलत भएकोले, अर्थात् सत्यता अभ्यासलाई मैले हदबाहिर जानु हो भन्ठानेकोले यस्तो भएको थियो, र मैले यसलाई व्यावहारिक काम नगर्ने बहानाको रूपमा प्रयोग गरेँ। म साह्रै धूर्त रहेछु!
डेना सुपरभाइजर हुन उपयुक्त छिन् कि छैनन् भनी मूल्याङ्कन गर्दा, मैले उनलाई बर्खास्त गर्ने प्रस्ताव गरेँ भने, मेरा सहकर्मीहरूले म साह्रै अहङ्कारी छु, र मैले अनुपयुक्त पाएका जोकोहीलाई पश्चात्ताप गर्ने मौका नदिई प्रतिस्थापन गर्न चाहन्छु भनी सोच्नेछन् भन्ने मलाई चिन्ता लाग्यो। यस विषयमा, म शैतानी दर्शनहरूअनुसार जिएकी मात्र होइन, तर मैले अहङ्कार र सत्यताका सिद्धान्तहरू पालना गर्नुबीचको भिन्नता छुट्याउन पनि सकेकी थिइनँ। परमेश्वरको वचनमा, मैले यो कुरा पढेँ, “जब तँसँग कुनै विचार वा राय हुन्छ, तब यदि तँ यो सही छ, र यही गर्नैपर्छ भनेर अन्धाधुन्ध जिद्दी गर्छस् भने, तँ अहङ्कारी र आत्मधर्मी भइरहेको छस्। यदि तँसँग तँलाई सही लाग्ने कुनै विचार वा राय छ, तर तँमा आफूप्रति पूर्ण विश्वास छैन, र खोजी र सङ्गति गरेर त्यो कुरा पक्का गर्न सक्छस् भने, यो आत्मधर्मी हुनु होइन। काम गर्नुअघि सबैको मञ्जुरी लिनु र अनुमोदन प्राप्त गर्नु काम गर्ने तर्कसङ्गत तरिका हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध कायम राख्न सकिन्छ)। “यदि तैँले पत्ता लगाएको कुरा समस्या हो, र यसबारे कुरा उठाउँदा काममा फाइदा पुग्छ भनेर तँ निश्चित छस्, तैपनि तैँले सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनस् भने, समस्या के हो? यदि तैँले कुनै कुरा समस्या हो भनेर बुझेको छस् भने, तँ किन सिद्धान्तहरू पालना गर्न डराउँछस् त? यो गम्भीर चरित्रको समस्या हो, र यो तैँले सत्यतालाई प्रेम गर्छस् कि गर्दैनस् र तँमा धार्मिकताको बोध छ कि छैन भन्ने कुरासँग सम्बन्धित छ। तैँले आफ्नो राय व्यक्त गर्नुपर्छ, चाहे तँलाई यो सही हो कि होइन भन्ने थाहा नभएको नै किन नहोस्। यदि तँसँग कुनै राय वा विचार छ भने, तैँले यो बताउनुपर्छ, र अरूलाई मूल्याङ्कन गर्न दिनुपर्छ। त्यसो गर्दा तँलाई फाइदा हुनेछ, र यसले समस्या समाधानको बाटो खोल्नेछ। यदि तँ मनमनै ‘म यसमा संलग्न हुनेछैनँ। यदि मैले भनेको कुरा सही हो भने, मैले श्रेय पाउनेछैनँ, र गलत भयो भने, मलाई निराकरण गरिनेछ। यो गर्नु उचित छैन’ भनी सोच्छस् भने, के तँ स्वार्थी र घृणित होइनस् र? मानिसले सधैँ आफ्नै हितहरूबारे विचार गरिरहेको हुन्छ, र सत्यता अभ्यास गर्न सक्दैन। मानिसहरूका लागि सबैभन्दा कठिन कुरा त्यही हो। के तिमीहरू सबैकोमा यस्ता धेरै जीवन-दर्शन र युक्तिहरू छैनन् र? तिमीहरू सबैकोमा शैतानी दर्शनका निकै कुराहरू छन्, र तिमीहरू तीअनुसार ग्रसित भएको धेरै भइसकेको छ। त्यसकारण, मानिसहरूले वर्षौँसम्म प्रवचन सुने पनि सत्यता नबुझ्नु, र सत्यताको वास्तविकतामा तिनीहरूको प्रवेश सुस्त हुनु, अनि तिनीहरूको कद सधैँ सानै रहनु अचम्मको कुरा होइन। यसको कारण के हो भने त्यस्ता भ्रष्ट कुराहरूले तिनीहरूलाई बाधा र अवरोध दिइरहेका छन्। मानिसले सत्यता अभ्यास गर्नुपर्दा के कुराअनुसार जिउँछ? तिनीहरू यी भ्रष्ट स्वभाव, धारणा, कल्पना, र जीवन-दर्शनहरू, साथै वरदानहरूअनुसार जिउँछन्। यी कुराहरूअनुसार जिउँदा, मानिसलाई परमेश्वरअघि आउन धेरै गाह्रो हुन्छ, किनभने तिनीहरूको बोझ धेरै ठूलो र तिनीहरूको जुवा निकै गह्रौँ छ। मानिस यी कुराहरूअनुसार जिउनु सत्यताभन्दा निकै टाढाको कुरा हो। यी कुराहरूले तँलाई सत्यता बुझ्न र सत्यता अभ्यास गर्न रोक्छन्। तैँले सत्यता बुझिनस् भने, परमेश्वरप्रतिको तेरो विश्वास अवश्य नै बढ्नेछैन, उहाँबारे तेरो ज्ञान बढ्नु त परको कुरा हो। यो निकै दुःखलाग्दो र डरलाग्दो कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले जिउनको लागि वास्तवमा केमा भरोसा गर्छन्?)। परमेश्वरको वचनबाट मैले के बुझेँ भने यदि हामीसँग कुनै विचार वा दृष्टिकोण छ, तर सत्यताका सिद्धान्तहरू खोज्दैनौँ, यसबारे सबैसँग सङ्गति र छलफल गर्दैनौँ, आफ्नै विचार सही भनेर अन्धाधुन्ध निर्णय गर्छौँ, र अरूलाई आफ्नो कुरा मान्न लगाउँछौँ भने, यो अहङ्कार हो। यदि हाम्रा दृष्टिकोणहरू गलत, हास्यास्पद छन्, र सत्यताका सिद्धान्तहरूसँग मिल्दैनन्, तर हामी सधैँ आफूलाई सही सोच्छौँ, र अरू कसैको विचार सुन्दैनौँ भने, यो पनि अहङ्कार नै हो। तर हामी सत्यता खोज्छौँ अनि हाम्रा दृष्टिकोण र कार्यहरू सत्यताअनुरूप छन् र हामीले मण्डलीको कामको रक्षा गरिरहेका छौँ भनी निर्धारित गर्छौँ, हामी अरूको बन्धनमा नपरी सिद्धान्तहरू पालना गर्न सक्छौँ भने, यो न्यायको बोध र परमेश्वरप्रति वफादारिता देखाउनु हो। यो अहङ्कार होइन। साथै, यदि हामीलाई आफ्नो सोचाइ सही हो कि होइन भन्नेमा निश्चित भएन भने, अभ्यासको सिद्धान्त पनि छ, जुन अफूले सोचेको कुरा भन्नु हो, ताकि सबैले सङ्गति गर्न, छुट्याउन, र उचितरूपमा काम कसरी गर्ने भनेर पत्ता लगाउन सकून्। अबीगेल र डेना आफ्नो कर्तव्यमा अलिअलि बाटो बिराउने नयाँ अगुवा थिएनन्, जसले मौका, सहयोग, र साथ पाउनु उचितै हो। तिनीहरू अगुवा बनेको धेरै भएको थियो। साथै, तिनीहरूको क्षमता कमजोर थियो, तिनीहरू व्यावहारिक काम गर्दैनथे, र आफ्नो कामका कुनै समस्याहरू समाधान गर्न सक्दैनथे। यस्ता मानिसहरू झूटा अगुवा हुन्। झूटा अगुवाहरूलाई चिनेर समयमै बर्खास्त गर्नु भनेको मण्डलीको काम कायम राख्नु र सिद्धान्तहरूअनुरूप काम गर्नु हो। यो अहङ्कार होइन, न त कठोर भएर तिनीहरूलाई मौका दिन इन्कार गर्नु नै हो। ती दुई अगुवामा समस्याहरू छन् भन्ने मैले स्पष्ट देखेकी थिएँ, तर सहकर्मीहरूले मलाई अहङ्कारी भन्नेछन् भन्ने डरले, मैले मेरो दृष्टिकोण बताउने आँट गरिनँ। म शैतानी दर्शनशास्त्रहरूअनुसार जिएँ, मानिसहरूलाई खुसी पार्दै हिँड्ने व्यक्ति थिएँ, र मैले सत्यता अभ्यास गरिनँ, काम ढिलो भएको लाचार बनेर हेरेँ, र यसको लागि केही गरिनँ। मैले अगुवाको उपाधि त लिएकी थिएँ, तर वास्तविक काम गरिनँ। म खाँटी झूटो अगुवा थिएँ। मैले गरेका कुरालाई परमेश्वर घृणा र तिरस्कार गर्नुहुन्छ। मलाई बर्खास्त गरिनु पूर्णतः परमेश्वरको धार्मिकता थियो, र यो मेरो लागि परमेश्वरको मुक्ति पनि थियो। म परमेश्वरप्रति हृदयदेखि अत्यन्तै कृतज्ञ भएँ, र आफूले गरेको कुरामा मलाई अति पछुतो भयो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म शैतानी दर्शनहरूअनुसार जिउँथेँ। मैले बारम्बार सत्यतालाई धोका दिएँ, र तपाईंको इच्छाअनुसार जिइनँ। म पश्चात्ताप गर्न चाहन्छु। बिन्ती छ, सत्यता अभ्यास गर्न र मण्डलीको कामको रक्षा गर्न मलाई डोऱ्याउनुहोस्।” अप्रत्याशितरूपमा, मेरो मनोवृत्ति बद्लियो, ब्रदर-सिस्टरहरूले मलाई फेरि अगुवा छनौट गरे र मलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्न प्रोत्साहन दिए। म अत्यन्तै भावुक भएँ, र मलाई अर्को मौका दिनुभएकोमा परमेश्वरप्रति अत्यन्तै आभारी भएँ।
पछि, मैले आफ्ना समस्याहरूबारे अभ्यासको मार्ग खोजेँ र परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, “यदि तँसँग ‘राम्रो व्यक्ति’ का उत्प्रेरणा र दृष्टिकोणहरू छन् भने, सबै कुरामा तँ सत्यताको अभ्यास र सिद्धान्त पालना गर्न असमर्थ हुनेछस्, अनि तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्युँझिदैनस् र सत्यता खोजी गर्दैनस् भने, तँ गैरविश्वासी होस्, र तैँले सत्यता र जीवन कहिल्यै पाउनेछैनस्। त्यसो भए तैँले के गर्नुपर्छ त? त्यस्ता कुराहरूको सामना गर्दा, तैँले प्रार्थनामा परमेश्वरलाई पुकार्नुपर्छ, मुक्तिको लागि बिन्ती गर्नुपर्छ, र परमेश्वरसित मलाई सिद्धान्त पालन गर्न, गर्नुपर्ने कुरा गर्न, सिद्धान्तहरूअनुसार कामकुरा सम्हाल्न, आफ्नो स्थानमा खडा हुन, परमेश्वरको घरका हितहरूको रक्षा गर्न, र परमेश्वरको घरको काममा कुनै हानि आउन नदिन थप विश्वास र सामर्थ्य दिनुहोस् भनी अनुरोध गर्नुपर्छ। यदि तैँले आफ्नो आत्म-हित, प्रतिष्ठा, र ‘राम्रो व्यक्ति’ को दृष्टिकोणलाई त्याग्न सकिस् भने, र यदि तैँले आफूले गर्नुपर्ने काम इमानदार, र एकाग्र हृदयले गर्छस् भने, तैँले शैतानलाई जितेको हुनेछस्, अनि सत्यताको यो पक्ष हासिल गरेको हुनेछस्। यदि तँ अरूसँगका तेरा सम्बन्धहरू कायम राख्दै र कहिल्यै सत्यता अभ्यास नगरी, सिद्धान्त पालन गर्ने आँट नगरी, सधैँ शैतानको दर्शनअनुसार जिउँछस् भने, के तैँले अरू मामलाहरूमा सत्यता अभ्यास गर्न सक्छस्? तँसँग कुनै विश्वास, कुनै शक्ति हुनेछैन। यदि तैँले कहिल्यै सत्यता खोजी गर्न वा सत्यता स्वीकार गर्न सक्दैनस् भने, के परमेश्वरमाथिको त्यस्तो विश्वासले तँलाई सत्यता हासिल गर्न दिन्छ? (दिँदैन।) अनि यदि तैँले सत्यता हासिल गर्न सक्दैनस् भने, के तैँले मुक्ति पाउन सक्छस्? सक्दैनस्। यदि तँ सधैँ शैतानको दर्शनअनुसार जिउँछस्, र तँमा सत्यताको वास्तविकता छँदै छैन भने, तैँले कहिल्यै मुक्ति पाउन सक्दैनस्। सत्यता प्राप्त गर्नु मुक्ति पाउनका लागि पूरा गर्नैपर्ने अनिवार्य सर्त हो भन्ने कुरा तँलाई स्पष्ट हुनुपर्छ। त्यसो भए तैँले कसरी सत्यता प्राप्त गर्न सक्छस्? यदि तैँले सत्यता अभ्यास गर्न सक्छस् भने, यदि तँ सत्यताअनुसार जिउन सक्छस्, र सत्यता तेरो जीवनको आधार बन्छ भने, तैँले सत्यता र जीवन पाउनेछस्, र तँ मुक्ति पाउनेहरूमध्येको एक हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरको वचनबाट मैले के बुझेँ भने मानिसहरूलाई खुसी पार्दै हिँड्ने बन्दा, अरूसँग आफ्नो सम्बन्ध कायम राख्ने प्रयास गर्दा, र सत्यताका सिद्धान्तहरू पालन गर्ने र मण्डलीको काम कायम राख्ने आँट नगर्दा, मेरो कामको सार मण्डलीका हितहरूलाई हानि गरेर व्यक्तिगत हितहरूको रक्षा गर्नु बनेको थियो। यो परमेश्वरविरुद्ध अपराध र उहाँप्रति धोका थियो। मैले पश्चात्ताप गरेर आफ्ना समस्याहरू समाधान गर्न सत्यता नखोजेकी भए, अन्तिममा, परमेश्वरले अवश्य मलाई इन्कार गरेर हटाउनुहुनेथ्यो। त्यही बेला, मैले अभ्यासको मार्ग पनि भेट्टाएँ। परिस्थितिहरू आइपर्दा र हामीले आफ्ना हितहरूको रक्षा गर्न चाहँदा, परमेश्वरलाई प्रार्थना र भरोसा गर्नुपर्छ, उहाँलाई बल माग्नुपर्छ, देहसुख त्याग्नुपर्छ, सत्यताका सिद्धान्तहरू पालना गर्नुपर्छ, र मण्डलीका हितहरूमा ध्यान दिनुपर्छ। यसरी अभ्यास गर्ने क्रममा, पवित्र आत्माको अन्तर्दृष्टिद्वारा, हामी अझै धेरै सत्यता बुझ्छौँ, सत्यता अभ्यास गर्ने हाम्रो सङ्कल्प बढ्छ, र हाम्रो भ्रष्ट स्वभावले हामीलाई बन्धनमा पार्न सक्दैन, त्यसैले हामी अझै स्वतन्त्ररूपमा जिउन सक्छौँ। म अबदेखि आफ्नो कर्तव्यमा अरूसँगको आफ्नो सम्बन्धलाई कायम राख्नेछैनँ, र सिद्धान्तको मामिलामा, मण्डलीको कामको रक्षा गर्न सत्यता अभ्यास गर्नेछु भनेर मैले निर्णय गरेँ।
केही समयपछि, रोबर्टाले रेखदेख गर्ने मण्डलीमा मलजल कामका परिणामहरू खराब रहेका र धेरै नयाँ विश्वासीहरूको भेलामा सहभागिता अनियमित भएको मैले पाएँ। रोबर्टाले व्यावहारिक काम गर्दिनन् भन्ने मैले थाहा पाएँ। उनले नयाँ विश्वासीहरूका समस्या र कठिनाइहरू बिरलै समाधान गर्थिन्, र मलजलकर्ताको कामबारे बिरलै अनुगमन गर्थिन् र जानकारी लिन्थिन्। केही मलजलकर्ताहरूमा खराब मानवता थिए, आफ्नो कर्तव्यमा झारा टार्नु र चाल चल्नु, र धुर्त्याइँ गर्नु तिनीहरूको बानी नै थियो, र उनले तिनीहरूलाई समयमै बर्खास्त गरिनन्। रोबर्टा सुपरभाइजर हुन सक्दिनन् भन्ने मलाई एकदमै राम्ररी थाहा थियो। तर त्यसपछि मैले सोचेँ, “रोबर्टा मेरो सहकर्मी थिइन्। यदि उनले मैले उनलाई अनुसन्धान गरेको र बर्खास्त गर्न चाहन्छु भन्ने थाहा पाइन् भने, मलाई के सोच्लिन्? के उनले म अति निर्दयी भएर काम गर्छु भनी सोच्नेछिन्?” मैले फेरि मानिसहरूसँग आफ्नो सम्बन्ध कायम राख्न चाहँदै छु भन्ने मलाई महसुस भयो। मैले परमेश्वरलाई प्रार्थना गरेर शक्ति मागेँ ताकि सत्यताका सिद्धान्तहरू पालना गरेर मण्डलीको काम कायम राख्न सकूँ। त्यसपछि, मैले सहकर्मीहरूलाई रोबर्टालाई बर्खास्त गर्ने मेरो विचार बताएँ। ज्याकीले भनिन्, “रोबर्टाले केही समय मलजल कामको रेखदेख गरेकी छन् र उनमा केही कार्य अनुभव छ। तपाईंले उनलाई बर्खास्त गर्नुभयो भने, तुरुन्तै उनको ठाँउमा राख्ने उचित व्यक्ति भेट्टाउनु गाह्रो हुनेछ।” तर यसपटक, म आफ्नो दृष्टिकोणमा अडिग रहेँ र सम्झौता गरिनँ। त्यही बेला, मैले यसबारे माथिल्लो तहका अगुवाहरूलाई रिपोर्ट गरेँ, र तिनीहरूले सङ्गति र विश्लेषण गरेपछि, रोबर्टालाई उनको पदबाट बर्खास्त गरे। मैले आफ्नो अनुभवबाट के महसुस गरेँ भने शैतानी दर्शनहरूअनुसार जिउने मानिसहरू घृणित र नीच मात्रै बन्न सक्छन्। तिनीहरूले मण्डलीको काममा हानि गर्ने मात्रै होइन, तर परमेश्वरलाई तिनीहरूलाई घृणा र तिरस्कार गर्ने पनि तुल्याउँछन्। सत्यता र परमेश्वरका वचन अभ्यास गर्दा साँचो आत्मिक रिहाइ र स्वतन्त्रता प्राप्त हुन सक्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
सन् २०१९ मा म वाङसँगै काम गर्ने अगुवा चयन भए। हाम्रो अन्तरक्रियाको क्रममा, मैले थाहा पाएँ कि उनले चीनमा धेरै वर्ष नेतृत्व पदमा सेवा गरेका र...
सोंग यु, नेदरलेण्डस् यस वर्षको मेइ महिनामा, एक जना सिस्टरले मलाई सिस्टर लूले उनलाई कम्तीमा पनि तीन जना मण्डली अगुवाहरू व्यवहारिक काम...
ली झी, ग्रीसम खासै धेरै बोल्ने मान्छे होइन, र म अकसर मनदेखि खुलेर कुरा पनि गर्दिँनँ। मैले सधैँ यो मेरो अन्तर्मुखी व्यक्तित्वले गर्दा भएको...
केइटलिन, नेदरलेण्डस्मार्च २०२१ मा, मैले एउटा मण्डलीमा अगुवाको रूपमा काम गरेँ। कामको जाँच गर्न मलजल कार्यका सुपरभाइजरसँग भेट्दा, मैले केही...