परमेश्‍वरको अगाडि जिउनु

11 अक्टोबर 2021

योङ्ग्सुइ, दक्षिण कोरिया

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ मोड्नुपर्छ। यदि, परमेश्‍वरमा विश्‍वास गरेर, वास्तविक जीवनमा प्रवेश गरेपछि मानिसहरूले आफैलाई चिन्न सक्दैनन्, र यदि तिनीहरू वास्तविक जीवनको सामान्य मानवतामा जिउन सक्दैनन् भने तिनीहरू असफल बन्नेछन्। परमेश्‍वरको आज्ञा पालन नगर्नेहरू सबै ती मानिसहरू हुन् जो वास्तविक जीवनमा प्रवेश गर्न सक्दैनन्। तिनीहरू सबै ती मानिसहरू हुन् जसले मानवताको कुरा त गर्छन्, तर भूतात्माहरूको प्रकृति बोकेर जिउँछन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन् जसले सत्यको कुरा गर्छन्, तर त्यसको साटो धर्मसिद्धान्तहरूमा जिउँछन्। वास्तविक जीवनमा सत्यताअनुसार जिउन नसक्नेहरू ती हुन् जसले परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर तिनीहरूलाई उहाँले घृणा र अस्वीकार गर्नुहुन्छ। तैँले वास्तविक जीवनमा प्रवेश गर्ने अभ्यास गर्नुपर्छ, तेरा आफ्नै कमीहरू, अनाज्ञाकारिता, र अज्ञानतालाई जान्नुपर्छ, र तेरो असामान्य मानवता र कमजोरीहरूलाई जान्नुपर्छ। त्यसरी, तेरो ज्ञान तेरो वास्तविक अवस्था र कठिनाइहरूसँग जोडिनेछ। केवल यस प्रकारको ज्ञान मात्र वास्तविक हुन्छ र तँलाई वास्तविक रूपमा तेरो आफ्नो अवस्था बुझ्ने र स्वभाविक रूपान्तरण प्राप्त गर्ने तुल्याउन सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “मण्डलीको जीवन र वास्तविक जीवनको बारेमा छलफल”)। “जीवन प्रवेशको लक्ष्य प्राप्त गर्ने प्रयासमा, व्यक्तिले आफ्‍नो दैनिक जीवनमा सामना गर्ने हरेक मामलाहरूसँग आफ्‍ना वचन र कार्यहरू, सोचाइ र विचारहरूलाई जाँच्‍नुपर्छ, र आफ्‍नै स्थितिहरूलाई बुझ्‍नुपर्छ; त्यसपछि, व्यक्तिले तिनलाई सत्यतासँग तुलना गर्नुपर्छ, सत्यताको खोजी गर्नुपर्छ, र उसले बुझेका सत्यताहरूका सत्यता वास्तविकतामा प्रवेश गर्नुपर्छ। सत्यता वास्तविकतामा प्रवेश गर्ने क्रममा, व्यक्तिले आफ्‍नै स्थितिहरूलाई बुझ्‍नुपर्छ, र परमेश्‍वरको सामुन्ने उहाँसँग प्रार्थना गर्न र उहाँलाई बिन्ती गर्न बारम्‍बार आउनुपर्छ। व्यक्तिले दाजुभाइ-दिदीबहिनीहरूसँग खुला हृदयले बारम्‍बार सङ्गति पनि गर्नुपर्छ, सत्यता वास्तविकतामा प्रवेश गर्ने मार्गको खोजी गर्नुपर्छ, र सत्यता सिद्धान्तहरूको खोजी गर्नुपर्छ। आखिरमा, व्यक्तिले आफ्‍नो दैनिक जीवनमा कस्ता स्वभावहरू प्रकट गर्छ, उसले दैनिक जीवनमा प्रकट गर्ने स्वभावहरूप्रति परमेश्‍वरले आनन्द लिनुहुन्छ कि लिनुहुन्‍न, उसले अभ्यास गर्ने मार्ग सही छ कि छैन, व्यक्तिले आफूभित्र पाउने स्थितिहरूलाई परमेश्‍वरका वचनहरूका आधारमा आत्म-जाँच गरेको छ कि छैन, तिनीहरूले तिनलाई सही रूपमा जाँचेका छन् कि छैनन्, ती परमेश्‍वरका वचनहरूअनुरूप छन् कि छैनन्, र उसले कुनै उपलब्धि साँचो रूपमा हासिल गरेको छ कि छैन र परमेश्‍वरका वचनहरूअनुरूपका स्थितिहरूसम्‍बन्धी वास्तविक प्रवेश प्राप्त गरेको छ कि छैन भन्‍ने कुरालाई जान्‍नेछ। जब तँ बारम्‍बार यी स्थितिहरूमा, यी अवस्थाहरूमा जिउँछस्, तब क्रमिक रूपमा, तैँले केही सत्यताप्रति र तेरा व्यावहारिक स्थितिहरूप्रति आधारभूत बुझाइ प्राप्त गर्नेछस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो”)। परमेश्‍वरका यी वचनहरूले जीवन प्रवेशका सही मार्गको खुलासा गर्छन्, जुन जीवनमा हुने प्रत्येक कुरामा सबै सोच र कार्यहरूको जाँच गर्नु हो, त्यसपछि, हामी परमेश्‍वरका वचनहरूको खुलासालाई विचार गर्छौं, हाम्रो भ्रष्ट स्वभावहरूलाई समीक्षा गर्छौं र तिनको समाधान गर्न सत्यताको खोजी गर्छौं। आफूलाई वास्तवमै चिन्ने र परमेश्‍वरका वचनहरूमा प्रवेश गर्ने मार्ग यो मात्रै हो।

हालै, ब्रदर चेनले एउटा भेलाको बारेमा आफ्नो अनुभव सुनाउनुभयो। जब उहाँको कुरा सकियो, मैले सोचेँ, उहाँ आफ्नो कर्तव्यमा जिद्दी र असैद्धान्तिक हुनुहुन्थ्यो र त्यसैले उहाँको काँट-छाँट र निराकरण गरिएको हो। उहाँले बहाना बनाइरहनुभएको थिएन र उहाँ समर्पित जस्तो देखिनुहुन्थ्यो। तर उहाँ आफ्नो काममा किन जिद्दी हुनुहन्थ्यो, उहाँको भ्रष्ट स्वभाव के थियो, वा त्यसको मूल कारण के थियो भनेर, उहाँले बुझ्न खोज्नुभएको थिएन, न त्यसको समाधान गर्न सत्यताको खोजी नै गर्नुभएको थियो। उहाँको आज्ञापालन नियमको पालना गर्ने मात्रै थियो। यसलाई साँचो समर्पणता भन्न मिल्दैन। मैले सोचेँ, “के मैले उहाँको यो कमजोरीको बारेमा उहाँलाई बताउनुपर्दैन र?” तर त्यसपछि मैले सोचेँ, “दाजु चेन मभन्दा लामो समयदेखिको विश्‍वासी हो, उहाँको अनुभव मेरोभन्दा धेरै छ। यदि मैले उहाँलाई सुझाव दिएँ भने, सानो मुख, ठूलो कुरा हुन्छ। यसले मलाई घमण्डी भएको जस्तो देखाउँदैन र? बरु केही नभनेकै राम्रो।” जब उहाँले आफ्नो सङ्गति सक्नुभयो, उहाँले हामीले उहाँमा देखेका कुनै कमजोरी भए उहाँलाई बताउन आग्रह गर्नुभयो। मलाई उहाँको समस्या बताउन मन थियो, तर मैले त्यसो गर्न सकिनँ। मैले सोचेँ, “उहाँ मभन्दा यति धेरै पाको हुनुहुन्छ। यदि तपाईं पूर्ण रूपमा समर्पित हुनुहन्न र नियमको पालना मात्रै गर्नुहुन्छ भनेर मैले भनेँ भने, उहाँको बेइज्जत हुन्छ र त्यसको कारण म हुन्छु। यदि उहाँले मेरो कुरा स्वीकार गर्नुभएन र मलाई घमण्डी वा अनुभव नभएकी भनी भन्नुभयो भने, मलाई अप्ठ्यारो हुनेछ। म उहाँलाई राम्ररी चिन्दिनँ, र आफ्नो खराब छवि बनाउने गरी जोखिम लिनु ठीक हुँदैन।” म धेरै बेरसम्म हच्किएँ अनि भनेँ, “अँ, तपाईंसँग अनुभव र व्यावहारिक बुझाइ पनि छ।”

यो भनेपछि, मलाई अप्ठ्यारो लाग्यो। मलाई उहाँको समस्या थाहा थियो तर त्यसबारेमा एक शब्द पनि बोलिनँ। मैले केही राम्रो कुरा गरेँ जुन मेरो विवेक विरुद्ध थियो। त्यो इमानदार वा साँचो थिएन। त्यसपछि मैले त्योबेलाको हाम्रो भेलाको समयमा प्रायजसो गर्ने कुराको बारेमा सोचें: हामीले प्रत्येक दिन कति झूट बोल्यौं वा सत्यलाई तोडमोड गर्‍यौं, हामीले बोलेका कुराहरूलाई हाम्रा व्यक्तिगत महत्वाकांक्षाले निर्देशित गरे कि गरेनन्, र हामीले बोलेका वा गरेका कुराहरू सत्यताको विपरीत थिएन नि भनेर, हामी सधैँ आत्म-समीक्षा गर्नुपर्ने हुन्थ्यो। मैले ब्रदर चेनसँग झूट मात्रै बोलेकी छु भन्ने कुरा मैले बुझेँ। परमेश्‍वरले हामीलाई दूधको दूध, पानीको पानी भनेजस्तै, कुरालाई जस्ताको त्यस्तै भन्न, इमानदार हुन बारम्बार प्रेरित गर्नुहुन्छ भन्‍ने मलाई थाहा थियो। तर पनि, मैले उहाँको आधारभूत सर्तको पनि अभ्यास गर्न सकेकी थिइनँ। यति बेला, म निराश भएकी थिएँ। अलिकति पनि समय खेर नफाली म परमेश्‍वरको अगाडि गएँ, र आफूलाई चिन्न मार्गदर्शनका लागि प्रार्थना गरेँ। त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तिमीहरू सबै सुशिक्षित छौ। तिमीहरू सबैले आफ्नो बोलीमा परिष्कृत र सन्तुलित हुनमा र आफूले जुन तरिकामा बोल्ने हो सो तरिकामा ध्यान दिन्छौ: तँ चतुर छस्, र तैँले अरूको आत्मसम्मान र मर्यादामा हानि नपुर्‍याउन सिकेको छस्। तेरा वचन र कार्यहरूमा तँ मानिसहरूका निम्ति चलाकी गर्ने ठाउँ छोड्छस्। मानिसहरूलाई सजिलो अनुभूति गराउन तँ सबै कुरा गर्छस्। तँ उनीहरूका दाग वा कमजोरीहरू प्रकट गर्दैनस्, र तँ उनीहरूलाई दुःखी बनाउन वा लज्‍जित पार्ने कोसिस गर्दैनस्। धेरै मानिसहरूले कार्य गर्ने सिद्धान्त यही हो। अनि, यो कस्तो प्रकारको सिद्धान्त हो? यो षडयन्त्रकारी, चिप्ले, विश्‍वासघाती र कुटिल चाल हो। मानिसहरूका हँसिला अनुहारहरूमा धेरै दुर्भावनापूर्ण, कुटिल र घृणित कुराहरू लुकेका हुन्छन्। उदाहरणका लागि, केही मानिसहरू अरूसँग कुराकानी गर्दा त्यो कुरा गरिरहेको व्यक्तिमा अलिकति हैसियत छ भन्ने देख्‍नेबित्तिकै उसलाई सहज महसुस गराउन चिप्ले, मिठो सुनिने, चापलुसी शैलीमा बोल्न थाल्छन्। तर के वास्तवमा उनीहरूले त्यही सोचिरहेका हुन्छन् त? उनीहरूले निश्चित रूपमा मनभित्र गुप्त अभिप्राय र उद्देश्यहरू राखेका हुन्छन्। त्यस्ता मानिसहरूको हृदयमा अन्धकार हुन्छ र तिनीहरू अति घृणित हुन्छन्। त्यस्ता मानिसहरूले जीवनमा जसरी व्यवहार गर्छन् त्यो तरिका घिनलाग्दो र घृणित हुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”)। परमेश्‍वरका वचनहरूले मेरो स्थितिलाई ठ्याक्कै खुलासा गरे। म मेरो बोलीमा पटक्कै इमानदार थिइनँ, म कपटी थिएँ। मानिसहरूलाई नराम्रो नलागोस् भनेर म घुमाएर कुरा गर्थेँ र म सधैँ राम्रा कुरा मात्रै गर्थेँ। बहिरबाट, मैले अरूको बारेमा सोचेको जस्तो देखिन्थ्यो, तर वास्तवमा मेरो उद्देश्य भनेका अरूले मेरो बारेमा राम्रा कुरा गरून् र मेरो हैसियत बचाऊन् भन्ने हुन्थ्यो। ब्रदर चेनको कुरा सुन्दा उहाँ नियमको अति नै पालना गर्नुहुन्छ भन्ने मलाई थाहा थियो, र यो कुराले उहाँलाई जीवन प्रवेशमा सहयोग गर्दैन भन्ने पनि मलाई थाहा थियो। तर मैले यो कुरा उहाँलाई बताउँदा उहाँलाई नराम्रो लाग्छ र मेरो छवि बिग्रिन्छ भन्ने सोचेँ, त्यसैले म चुप लागे। वास्तवमा, जब उहाँले हाम्रो सुझाव माग्नुभयो, मैले सिधा कुरा गर्न सकिनँ। बरु मैले उहाँको चापलुसी गरेँ र उहाँलाई धोका दिएँ। म एकदमै धूर्त र धोकेबाज थिएँ। ब्रदर चेनले आफ्‍ना गल्तीहरू औँल्याउन हामीलाई आग्रह गर्नुभयो, किनभने उहाँ आफ्नो कमजोरीलाई सुधार्न चाहनुहुन्थ्यो। मैले उहाँलाई मद्दत गर्ने आफ्नो जिम्मेवारीमा मात्र विफल भइनँ, मैले झूटो प्रशंसा गरेर उहाँको आँखामा छारो हाल्ने काम समेत गरें। म राम्रो र सुझबुझपूर्ण सुनिँदा र कसैलाई पनि नबिझाउँदा, मैले वास्तवमा सत्यताको अभ्यास गरिरहेकी थिइनँ भनेर मैले त्यसपछि मात्रै बुझेँ। त्यो राम्रो मानिस हुनु हुँदै होइन, बरु धूर्त र धोका दिने हुनु हो। म आफूलाई एकदमै सोझो, अनुभव नभएकी र दुनियाँको तौरतरिकाबाट अन्जान सम्झिन्थें। तथ्यहरू बुझेपछि मात्रै, म धूर्त छु भनेर मैले बुझेँ, र आफूलाई घृणा गर्न थालेँ। मलाई त्यस्तो धोकेबाज हुनु थिएन। त्यसपछि पश्चात्ताप गर्न, सत्यता बताउन, र परमेश्‍वरको चाहनुभएको जस्तै इमानदार हुन, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ।

मैले ब्रदर चेनमा देखेका कुरा लेखेर उहाँलाई पठाउने विचार गरेँ, तर जब लेख्न थालेँ म हच्किएँ। गलत तरिकाले लेखिने पो हो कि, र यो कुरा उहाँले राम्रो पो मान्नुहुन्न कि र उहाँले म नचाहिने कुरा उठाउँदै छु भनेर पो सोच्नुहुन्छ कि भनेर म चिन्तित भएँ। अनि, म त्यति बेला नबोलेकी हुनाले, अचानक मैले केही भन्दा, के उहाँले त्यो कुरालाई त्यत्तिकै अस्वीकार गर्नुहुन्न त? “शायद अहिले समय भएको छैन। शायद अर्को चोटि,” मैले सोचेँ। तर यो सोचले मलाई फेरि धेरै निराश बनायो। वास्तवमा, परमेश्‍वरले मेरो आफ्नो बुझाइका लागि मात्रै यो अवस्थाको प्रबन्ध गर्नुभएको थिएन। म उहाँको वचनहरूलाई स्वीकार गर्छु र तिनलाई अभ्यास गर्छु भनेर उहाँले आशा गर्नुभएको थियो। यदि मैले हार मानेँ र यसलाई यत्तिकै छोडिदिएँ भने, के त्यो परमेश्‍वरलाई धोका दिएको हुँदैन र? “मेरो बारेमा ब्रदर चेन वा अरू कसैले के सोच्नुहुन्छ भन्ने विषयमा मलाई चिन्ता लिनु छैन। हे परमेश्‍वर, सत्यको अभ्यास गर्न कृपया मलाई सहयोग गर्नुहोस्,” भन्दै, मैले फेरि प्रार्थना गरेँ। त्यसपछि, मैले ब्रदर चेनको अनुभवका बारेमा विचार गरेँ र परमेश्‍वरका केही सान्दर्भिक वचनहरू खोजेँ। मैले देखेका कुरा मैले हुन सक्ने गरी, राम्ररी लेखेँ, र ब्रदर चेनलाई पठाएँ। यसरी अभ्यास गर्दा मलाई एकदमै राहत महसुस भयो। अर्को दिन ब्रदर चेनले मलाई उत्तर दिनुभयो। मेरो पत्र पढ्दा उहाँ एकदमै धेरै विचलित हुनुभयो, र उहाँका लागि मेरो पत्र परमेश्‍वरको प्रेमबाट आएको थियो भनेर उहाँले लेख्‍नुभएको थियो। कुनै-कुनै कुरा आउँदा उहाँले सत्यताको खोजी गर्नमा ध्यान दिन नसकेको, र काँट-छाँटमा परेको बेला, आफूले बीचको बाटो समातेको भनेर उहाँले बुझ्नुभयो। उहाँले कस्तो अनुभव गर्नुभयो भनेर उहाँ लेख्न चाहनुहुन्थ्यो। यो पढेपछि, म पनि विचलित भएँ। अरूसँग कुराकानी गर्दा म यति धेरै सतर्क हुनु पर्दैन जस्तो मलाई लाग्यो। कुनै पनि समस्या औँल्याउँदा मसँग सही उद्देश्य भए पुग्ने रहेछ, र त्यसपछि तिनीहरूले कुरा स्वीकार्ने रहेछन्। सबै चिन्ताहरू कल्पना मात्रै थिएँ, तिनीहरू मेरो भ्रष्ट स्वभावबाट आएका थिए। मण्डलीमा हुने सम्बन्धहरू जीवन दर्शन वा जाली चालमा टिकेका हुँदैनन्, बरु परमेश्‍वरका वचनहरूको अभ्यास र इमानदारीताबाट बनेका हुन्छन् भनेर पनि मैले बुझेँ।

म शैतानबाट यति धेरै भ्रष्ट भएकी थिएँ र मेरो भ्रष्ट स्वभाव यदि बलियो थियो कि, मेरा प्रतिष्ठा र रुचिमा धक्का लाग्ने बित्तिकै, मलाई सत्यताको अभ्यास गर्न गाह्रो लाग्थ्यो।

त्यसको केही समयपछि, एक जना अलि कलिली सिस्टर ले प्रायः अनलाइनमा भएका उपन्यास पढ्ने गरेकी थाहा पाएँ। तत्कालै मेरो हृदयको ढुकढुकी बढ्यो। मैले सोचेँ, “यी अनलाइन उपन्यासमध्ये अधिकतर मानव सिर्जित कल्पना हुन्। यदि उनको दिमाग त्यसैले भरियो भने, उनलाई परमेश्‍वरका वचनहरू पढ्न वा आफ्नो कर्तव्य निभाउन मन लाग्नेछैन। त्यसपछि, उनले पवित्र आत्माको काम गुमाउनेछिन् र त्यसले तिनको जीवनमा क्षति पुग्नेछ। मैले यो कुरा उठाउनैपर्छ।” तर केही भन्नै लाग्दा, म हच्किएँ: “के मैले यो कुरा भन्दा उनले दिक्क मान्छिन्, र मैले हस्तक्षेप गरिरहेकी सोच्छिन्? यदि उनले नराम्रो प्रतिक्रिया दिइन् भने, त्यसपछि दिनैपिच्छे हामी भेट्दा अप्ठ्यारो हुनेछ। बरु मैले यो कुरा मण्डलीको अगुवालाई भन्नुपर्छ, र अगुवालाई उनीसँग सङ्गति गर्न दिनुपर्छ।” तर मैले सोचेको कुरा सही होइन भनेर मलाई थाहा थियो। त्यो कुरा मैले थाहा पाएकी थिएँ, त्यसैले उनीसँग सङ्गति गर्ने, नगर्ने ममा भर पर्थ्यो। मैले यो जिम्मेवारी अरू कसैलाई सार्नु हुँदैनथियो। त्यसपछि, मैले यो कुरा निकाल्ने बारेमा धेरै पटक सोचेँ, तर प्रत्येक पटक मैले केही बोल्नै सकिनँ। कहाँबाट शुरु गर्ने मलाई थाहा भएन। ती सिस्टर को अवस्थाको बारेमा एक दिन मण्डलीको अगुवाले नसोध्दासम्म, त्यतिकै धेरै दिन बित्यो। त्यसपछि मात्रै मैले यो कुरा बताएँ। अचम्मलाग्दो कुरा, अगुवाले आफू व्यस्त भएको बताउँदै मलाई नै ती सिस्टर सँग कुरा गर्न भन्नुभयो। म सत्यताको अभ्यास गर्न सक्छु कि सक्दिनँ भनेर परमेश्‍वरले यो अवस्था मिलाइदिनुभएको भन्ने कुरा मैले बुझेँ। म केही समयदेखि कति अप्ठ्यारो महसुस गरिरहेकी थिएँ भनेर मैले सोच्न थालेँ। जब-जब म ती सिस्टर लाई देख्थें, उनीसँग बोल्न नसकेकोमा मलाई गाह्रो हुन्थ्यो। मैले उनीप्रति प्रेम देखाउन वा जिम्मेवारी लिन सकेकी थिइनँ, र मेरो विवेकले दुःख पाएको थियो। अनलाइन उपन्यासले निम्त्याउने खतराका बारेमा मलाई थाहा थियो। दियाबलस शैतानले मानिसहरूलाई धोका दिन र भ्रष्ट बनाउन, उनीहरूलाई नियन्त्रण गर्न र परमेश्‍वरबाट अलग राख्न, र उनीहरूलाई ननिल्दासम्म उनीहरू झन्‌-झन् भ्रष्ट नबनाउँदासम्म यी दुष्ट कुराको प्रयोग गर्छ। यदि ती सिस्टर को जीवन कसरी बिग्रिन सक्छ, वा उनी आफ्नो कर्तव्यबाट कति टाढा जान सक्छिन् भनेर अलिकति मैले सोच्न पनि सकिनँ भने, उनले मण्डलीको काममा बाधा पुर्‍याउन सक्थिन्। म उनलाई नराम्रो लाग्छ कि भनेर डराएकी थिएँ, त्यसैले सम्बन्ध बनाइराख्न म सोचविचार गरेर बोलिरहेकी थिएँ। यो स्वार्थी र तुच्छ कुरा थियो!

त्यसको लगत्तै, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “धेरै जना मानिसहरू असल व्यक्ति हुनु वास्तवमा सजिलो छ, र यसको लागि केवल कम बोल्नु र बढी काम गर्नु आवश्यक हुन्छ, असल हृदय हुनुपर्छ, र कुनै खराब उद्देश्य हुनु हुँदैन भन्‍ने विश्‍वास गर्छन्। जहीँ गए पनि यसले तिनीहरूले उन्नति हुन्छ, मानिसहरूले तिनीहरूलाई मन पराउँछन् भन्‍ने कुरालाई निश्चित गर्छ, र त्यस्तो व्यक्ति बन्नु नै पर्याप्त छ भन्‍ने तिनीहरूको विश्‍वास हुन्छ। तिनीहरू यतिसम्म गर्छन् कि तिनीहरू सत्यताको पछि लाग्न नै चाहँदैनन्; तिनीहरू असल मानिसहरू हुनुमा नै सन्तुष्ट बन्छन्। तिनीहरू सत्यताको पछि लाग्ने विषय र परमेश्‍वरको सेवा गर्नु अति नै जटिल कुरा हो भन्‍ने सोच्छन्; तिनीहरू के सोच्छन् भने, त्यसका लागि धेरै सत्यताहरू बुझ्नु आवश्यक हुन्छ, र त्यो कसले पूरा गर्न सक्छ? तिनीहरूले केवल सजिलो मार्ग लिन चाहन्छन्—जुन असल मानिसहरू बन्नु र तिनीहरूका आफ्ना कर्तव्यहरू पूरा गर्नु हो—र त्यत्ति गर्नु पर्याप्त हुन्छ भनी सोच्छन्। के यो विचार उचित छ र? के एक असल व्यक्ति बन्नु वास्तवमा त्यत्ति सजिलो छ? तिमीहरूले ठूलठूला कुराहरू गर्दै बोल्ने असल मानिसहरू समाजमा प्रशस्त भेट्टाउनेछौ, र बाहिरबाट हेर्दा तिनीहरूले कुनै ठूलो खराबी गरेको जस्तो नदेखिए पनि, भित्री रूपमा तिनीहरू छली र चलाक हुन्छन्। निश्‍चित रूपमा, तिनीहरूले कुनै पनि अवस्थालाई पहिचान गर्न सक्छन्, र तिनीहरूको बोल्ने शैलीमा तिनीहरू सहज र सांसारिक हुन्छन्। मेरो दृष्टिकोणमा, त्यस्तो ‘असल व्यक्ति’ एक झूटो, कपटी व्यक्ति हो; त्यस्तो व्यक्तिले असल भएको बहाना मात्रै गरिरहेको हुन्छ। यता पनि ठीकै, उता पनि ठीकै हुनेहरू अरू सबै भन्दा दुष्ट हुन्छन्। तिनीहरू कसैलाई दुःखी नबनाउने कोसिस गर्छन्, तिनीहरू मानिसहरूलाई खुसी तुल्याउनेहरू हुन्, तिनीहरू परिस्थितिहरूअनुसार चल्छन्, र कसैले पनि तिनीहरूलाई बुझ्न सक्दैन। त्यस्तो व्यक्ति एउटा जिउँदो शैतान जस्तो हो!” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यतालाई अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरूलाई तोड्न सकिन्छ”)। परमेश्‍वरका यी वचनहरूले मेरो हृदयलाई छियाछिया बनाए। म सधैँ बीचको बाटो समात्ने, कसैलाई पनि नराम्रो नभन्ने वा उनीहरूको कमजोरी नऔँल्याउने, परमेश्‍वरका वचनहरूले खुलासा गरेको जस्तै “सहमत हुने” व्यक्ति हुँ भनेर मैले बुझेँ। यदि मैले कहिल्यै बोलेँ भने, म पहिले स्थितिलाई विचार गर्थेँ। म कहिल्यै पनि मित्रतालाई अप्ठेरोमा पार्ने वा ममा कसैलाई कमजोरी भेट्टाउन दिन्नथिएँ। ती सिस्टरमा मैले समस्या देखेकी थिएँ र मैले उनीसँग कुरा गर्न चाहन्थेँ, तर उनलाई नराम्रो लाग्छ भन्ने जब मैले सोचेँ, मैले यो कुरालाई बारम्बार पछि धकेलेँ, र मण्डलीको अगुवालाई जिम्मेवारी सारिदिएँ। म आफ्नो बारेमा मात्रै सोचिरहेकी छु, अरूको मन दुखाउने काम मैले कहिल्यै गरिनँ र र म आफैँ कसैलाई पनि नराम्रो गर्ने जोखिम लिन चाहिनँ भनेर मैले बुझेँ। मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग कसरी व्यवहार गरिरहेकी छु भन्ने स्पष्ट कुरा त्यही हो। प्रायः, जब म अरूमा भ्रष्टताको कुनै सङ्केत देख्थें, म आफ्नो आँखा बन्द गर्थेँ, र त्यसको बारेमा कुरा वा सङ्गति गर्दिनथिएँ। बाहिरी रूपमा, म सबैसँग राम्ररी मिलेकी जस्तो देखिन्थें। म एकदमै विचारशील देखिन्थें। वास्तवमा, यो झूटो धाक थियो। म मेरो साँचो भावना लुकाउथें र आफ्नो साँचो सोचाइ कहिल्यै सुनाउँदिनथें, र सधैँ मकुन्डो लगाएजस्तो गर्थेँ। यो वास्तवमा धोकापूर्ण ढोङ्ग थियो! मैले मेरो दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिएकी थिएँ अनि तिनीहरूले मेरो बारेमा राम्रो सोचून् भन्ने चाहन्थेँ। म कति निर्लज्ज थिएँ! म धोकेबाज र कपटीमा सही थप्ने खालकी थिएँ, म जाली थिएँ।

त्यसपछि मैले परमेवश्‍वरका यी वचनहरू पढेँ: “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता हासिल नगरुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै तिमिहरूभित्र शैतानको विष हुनु हो। जहाँसम्म शैतानको विष के हो भन्ने कुरा छ, यसलाई शब्दहरूद्वारा पूर्ण रूपमा अभिव्यक्त गर्न सकिन्छ। उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको तर्क मानिसहरूको जीवन बनिसकेको छ। जेसुकै भए पनि, मानिसहरूले यो आफ्नै लागि मात्र गरिरहेका हुन्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन र दर्शनयही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। शैतानका यी शब्दहरू नै ठ्याक्‍कै शैतानको विष हो र जब मानिसहरूले यसलाई ग्रहण गर्छन्, तब यो तिनीहरूको प्रकृति नै बन्छ। शैतानको प्रकृति यी शब्दहरूबाट उदाङ्गो हुन्छ; यी शब्दहरूले त्यसको पूर्ण रूपमा प्रतिनिधित्व गर्छन्। यो विष मानिसहरूको जीवन र साथसाथै तिनीहरूको अस्तित्वको आधार स्तम्भ बन्छ, र भ्रष्ट मानवजाति हजारौं वर्षदेखि यही विषको प्रभुत्वमा रहिआएको छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”)। यी वचनहरू पढेर मलाई सही थप्ने मानिस हुनुको मूल कारण बुझ्न सहयोग पुग्यो, ती भनेका ममा गहिरो गरी बसेका शैतानका दर्शन र विषहरू थिए। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ,” र “अरूको भावना र तर्कसँग मिल्‍ने कुरा गर्नू, किनभने हकी कुरा गर्दा अरूलाई रिस उठ्छ,” जस्ता विषहरू। मैले मेरो बारेमा, आफ्नो प्रतिष्ठा र हैसियतका बारेमा मात्रै सोचेँ। मैले गर्ने प्रत्येक कुरामा मैले अरूबाट राम्रो कुरा सुन्न चाहन्थेँ। यो हासिल गर्नका लागि म स्वार्थी र धोकेबाज हुनसक्थेँ। अझ बढी, म सानो छँदा, मेरा आमाबुबाले बोल्नुभन्दा धेरै सुन्नु, जति थोरै बोल्यो त्यति राम्रो भनेर भन्नुभएको थियो। उहाँहरूले मलाई एकदमै स्पष्ट कुरा नगर्नू, मानिसहरूलाई मन पर्दैन भनेर सचेत गराउनुभएको थियो। म यिनै शैतानी दर्शनहरूमा जिइरहेकी थिएँ, र अरू मानिसहरूसँग विरलै इमानदार हुन्थें। मेरो सबैभन्दा मिल्ने साथीसँग पनि म यस्तै हुन्थें। मैले गर्दा अरूलाई नराम्रो पो लाग्छ कि, अनि तिनीहरूको अगाडि मेरो छवि पो बिग्रिन्छ कि भन्ने डरले, तिनीहरूको गल्ती औँल्याउनका लागि म एकदमै विरलै मुख खोल्थें। बरु म तिनीहरूको कुरामा सही थप्थें र चापलुसी गर्थेँ, तर त्यो सबै झूट थियो, सबै मिथ्या थियो! शैतानका यी दर्शनहरूमा जिउँदा, म अति नै झूटो, धूर्त, स्वार्थी र नीच मात्रै हुन्छु भनेर मैले बुझेँ। म आफ्नो रुचिको बारेमा मात्रै सोच्थें र अरूको बारेमा सोच्दै सोच्दिनँथिएँ। अरूका लागि मेरो मनमा प्रेम थिएन, र म इमानदार थिइनँ। म जस्ती व्यक्तिले कसैलाई सहयोग गर्नु वा कुनै पनि तरिकाले फाइदा पुर्‍याउनु असम्भव थियो। मसँग नजिकिनुको कुनै अर्थै थिएन। शैतानका यी दर्शनहरू वास्तवमै वाहियात हुन्, र यी कहिल्यै पनि व्यवहारका सिद्धान्त हुनु हुँदैन भनेर मैले बुझेँ। यी दर्शनअनुसार जिउँदा यसले हामीलाई थप भ्रष्ट बनाउने र मानवत्व अझै घट्ने मात्रै हुने रहेछ भनेर मैले बुझेँ। प्रत्येक चोटि जब म कुनै समस्यालाई बेवास्ता गर्थेँ, मलाई पछि सधैँ ग्लानि लाग्थ्यो, जुन मेरो दिमागबाट हट्दै हट्दैनथ्यो। मलाई सत्यता थाहा भएर पनि मैले अभ्यास गर्न सकिरहेकी छैन जस्तो महसुस हुन्थ्यो। मर्यादा वा इमानदारी नभएकी म काँतर थिएँ। म उमेरमा ठूली भइकन पनि, म शालीन हुन सकिनँ, न त मानव अन्तरक्रियाका लागि सिद्धान्तको अनुसरण नै गर्न सकेँ। मैले जिउनको लागि शैतानले सिकाएको र फैलाएको दर्शनको अनुसरण गरेँ। त्यो क्षणमा, मैले आफूलाई वास्तवमै घृणा गरेँ। मलाई शैतानका यी दर्शनअनुसार जिउन मन थिएन। म परमेश्‍वरका वचनहरूअनुसार काम गर्न चाहन्थेँ।

त्यसको लगत्तै, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “एक इमानदार व्यक्ति हुनुको सबैभन्दा महत्त्वपूर्ण अभ्यास के हो त? यो तेरो हृदय परमेश्‍वरका लागि खुल्ला हुनुपर्छ भन्‍ने हो। मैले ‘खुल्ला’ भन्‍नुको अर्थ के हो त? यसको अर्थ तैँले सोच्ने सबै कुरा, तेरा अभिप्रायहरू के-के हुन् र कुन कुराले तँलाई नियन्त्रण गरेको छ भन्‍नेबारेमा परमेश्‍वरलाई आकाशझै सफा दृष्टि दिनु हो। तँ जे भन्छस् त्यो तेरो हृदयमा भएको कुरा हुन्छ, तैँले अलिकति पनि फरक नपारी, केही पनि नलुकाई, केही कुरा पनि अँध्यारोमा नराखी बोल्छस्, अरूलाई अनुमान गर्ने वा प्रश्नहरू सोधेर अझ गहिराइमा खोत्लने नबनाई, र तैँले घुमाइफिराइ कुरा नगरी भन्‍छस्; बरु, अरू कुनै उद्देश्यविना तैँले जे सोच्छस् त्यही भन्‍छस्। यसको अर्थ तेरो हृदय खुला छ भन्‍ने हुन्छ। कहिलेकहीं तेरो स्पष्टवादिताले अरूलाई चोट लाग्‍न सक्छ र उनीहरू अप्रसन्न हुन सक्छन्। तापनि, के कसैले यसो भन्छ र, ‘तपाईं त्यस्तो इमानदार ढङ्गमा बोल्दै हुनुहुन्छ र तपाईंले मलाई साँच्‍चै चोट पुऱ्याउनुभएको छ। म तपाईंको इमानदारितालाई स्वीकार गर्न सक्दिनँ?’ अहँ, कसैले पनि यसो भन्दैन। यदि तैँले मानिसहरूलाई कहिलेकहीं मात्र चोट पुर्‍याउँछस् भने, यदि तँ उनीहरूसित खुलस्त हुन र क्षमा माग्न सक्छस् भने, तैँले बुद्धि नपुऱ्याइ र उनीहरूका कमजोरीहरूलाई सम्मान नगरी बोलेको छस् भनी स्वीकार गर्छस् भने, तिनीहरूले तँमा नारम्रो भावनाहरू नभएको र तँ एक इमानदार व्यक्ति रहेछस्, तँ बोल्दा त्यत्ति ध्यान पुऱ्याएर बोल्दैनस् तर स्पष्ट सीधा कुरा बोल्छस् भनी बुझ्नेछन्; कसैले पनि यसैको आधारमा तँलाई नराम्रो ठान्दैन। … इमानदार व्यक्ति हुनुको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने तेरो हृदय परमेश्‍वरको निम्ति खुल्ला हुनुपर्छ। पछि तँ अरू मानिसहरूका निम्ति खुल्ला हुन, इमानदारीपूर्वक र सत्यतामा बोल्न, तेरो हृदयमा भएका कुराहरू भन्‍न, मर्यादा, प्रतिष्ठा र चरित्रको भएको व्यक्ति बन्‍न, र ठुल्ठूला कुराहरू वा झुटा कुराहरू नबोल्न, वा आफैलाई लुकाउने वा अरूलाई धोका दिने कुराहरू नबोल्न सिक्‍न सक्छस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ”)। जब मैले यस विषयमा विचार गरेँ, म एकदमै भावुक भएँ। परमेश्‍वरले मेरो हात समातेर डोर्‍याउनुभयो र मलाई मानव कसरी हुने भनेर सिकाउनुभयो जस्तो मलाई लाग्यो। इमानदार व्यक्ति बन्‍नु, इमानदार भएर बोल्‍नु र काम गर्नु, परमेश्‍वरको अगाडि आफ्नो हृदय पूरा खोल्‍नु, अरूसँग इमानदार हुनु, र चतुरो, वा छल नगर्नु—जिउने भनेको यसरी नै हो! पछि, मैले ती सिस्टर सँग मेरो चासोको बारेमा कुरा गरेँ, र हामीले अनलाइन उपन्यासका खतराहरूका बारेमा सङ्गति गर्‍यौं। हामीले कुराकानी शुरु गर्दा, मैले भन्नैपर्छ, उनी अलि बेखुशी देखिएकी थिइन्, र पक्कै पनि, गाह्रो भएको थियो, तर उनीसँग सङ्गति गर्दै जाँदा, आफू अलमलिएकी रहेछु भनेर उनले बुझिन्। अझै, उनले ती उपन्यास पढ्न बन्द गर्ने, र बरु आफ्नो ध्यान आफ्नो कर्तव्यमा लगाउने बताइन्। यो सुनेपछि, आखिरमा मलाई राहत महसुस भयो, तर, मैले आफ्नो पनि समीक्षा गरेँ। आखिरमा, यदि मैले अगाडि नै कुराकानी गरेकी भएँ, शायद उनको अवस्था चाँडै नै सच्चिनसक्थ्यो। मैले सहमति खोज्ने भएर नै, मैले सत्यताको अभ्यास गर्न त्यति लामो समय पर्खिएँ र कुराहरू तन्किदै गए। सही थप्ने खालको हुनु एकदमै हानिकारक हो। त्यसपछि, जब म दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्यका कुनै पनि समस्या केलाउथें कहिलेकाहीँ उनीहरूलाई नराम्रो पो लाग्छ कि भनेर म चिन्तित हुन्थें तर इमानदार हुनका लागि परमेश्‍वरको प्रार्थना र सत्यताको अभ्यास गरेपछि, मैले समस्याको सत्य-तथ्य बताउन सक्छु भनेर थाहा पाएँ। परमेश्‍वरका वचनहरूको मार्गदर्शनबाट, अरूसँग कसरी अन्तरक्रिया गर्ने भनेर मैले आखिरमा सिक्न सकेँ। परमेश्‍वरका वचनहरू कति मूल्यवान् छन् भनेर मैले बुझेँ। ती हाम्रा सबै कार्यका लागि सिद्धान्तहरू थिए। हाम्रो कर्तव्य वा व्यवहारको दौरान, हामीलाई सधैँ परमेश्‍वरका वचनहरू चाहिन्छ। यदि कुनै समस्या पर्दा हामी सत्यताको खोजी गर्छौं भने हामीसँग पछ्याउने मार्ग हुनेछ।

अगाडिको कुरा सोच्दा, म धोकेबाज थिएँ, तर आफ्नो भ्रष्ट स्वभावको जाँच गर्न मैले आफूलाई परमेश्‍वरको वचनहरूसँग कहिल्यै इमानदार भएर दाँजिन भनेर सैद्धान्तिक रूपमा म सहमत भएँ। अभ्यासको मार्गका लागि मैले परमेश्‍वरका वचनहरूको खोजी विरलै गरेँ, त्यसैले, मेरो भ्रष्ट स्वभाव परिवर्तन भएन। जीवनमा मैले केही सामान्य समस्याहरू मात्रै भागेकी भए पनि, जब मैले आफूलाई जाँच्ने र परमेश्‍वरका वचनहरूमा सत्यता खोज्ने कुरामा ध्यान दिएँ, मैले फल र अन्तर्दृष्टि पाएँ। मैले भित्री शान्ति र अलिकति जीवन प्रवेशको मार्गको अनुभूति पनि पाएँ। यो फल पाउन सक्नु भनेको परमेश्‍वरका वचनहरूको कारणले मात्रै भएको हो! परमेश्‍वरलाई धन्यवाद!

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

एउटा “असल छवि” को पछाडि के रहन्छ

वेइ चेन, दक्षिण कोरियासन् २०१९ डिसेम्बरमा, म मण्डलीमा सुसमाचार डिकनको रूपमा कार्य गरिरहेको थिएँ। केही समयपछि मैले के पाएँ भने जब अगुवाहरूले...

आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

क्षुन्‍क्‍वी, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र...

सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्