मैले असफलताबाट सिकेको पाठ

25 फेब्रुअरी 2023

सन् २०१४ मा, मैले मण्डलीको लागि भिडियो निर्माताको तालिम लिएँ। त्यो बेला, एउटा नयाँ भिडियोको निर्माण सुरु भयो। तयारी चरणको समयमा, त्यहाँ मैले अझै नजानेका केही काम र प्राविधिक शैलीहरू थिए। कठिनाइहरू आइपर्दा, म अरूसँग सिद्धान्तहरूबारे सङ्गति गर्थेँ र समाधान खोज्थेँ। केही समयपछि, म यी प्राविधिक शैलीमा क्रमिक रूपले परिचित र निपुण हुँदै गएँ। अरूले समस्याहरू सामना गर्दा, उनीहरू सबै मसँग छलफल गर्न आउँथे। पछि, म समूह अगुवा चयन भएँ, र समूहका केही समस्या समाधान गर्न सक्षम भएँ। म आफ्नो काममा निकै उत्तम छु भन्‍ने मलाई लाग्यो; नत्र, किन मलाई समूह अगुवा चयन गरिन्थ्यो र? समूहले कामको छलफल गर्दा, म सधैँ मुख्य भूमिका निभाउँथेँ। छलफलको बेला राय नमिल्दा, म समूहलाई आफ्नो विगतका कार्य अनुभव सुनाउँथेँ, ताकि सबैले मेरो दृष्टिकोण समर्थनप्राप्त रहेछ भन्‍ने जानून्, र आखिरमा, हामी मैले भनेजस्तै गर्थ्यौँ।

पछि, मण्डलीले दुई जना नयाँ सुपरभाइजर चयन गऱ्यो। उनीहरू पहिलेका मेरा सहकर्मी सिस्टरहरू क्लेयर र लिली रहेछन् भन्‍ने मलाई थाहा भयो। म छक्‍क परेँ, “दुवैका सीप सामान्य छन्, र उनीहरूमा त्यति अनुभव छैन। के उनीहरूले सुपरभाइजरको काम सम्हाल्न सक्लान्? उनीहरूको भन्दा मेरो सीप धेरै राम्रो छ। कसले कसको कामलाई निर्देश गर्नुपर्ने हो?” त्यसपछि, ती सुपरभाइजरहरूले हाम्रो कामको अनुगमन गर्दा, मैले हेयको दृष्टिले हेरेँ। एकपटक, क्लेयर मसँग कुरा गर्न आइन्, र म जिम्मेवार रहेको समूहको भिडियोमा केही समस्या छन् भनेर भनिन्, र उनले केही परिवर्तन गर्न सुझाव दिइन्। यो सुन्दा मैले अलिक अपमानित महसुस गरेँ र अधीर हुँदै भनेँ, “तपाईंको परिमार्जन प्रस्ताव काम लाग्दैन। तपाईंको प्रस्तावअनुसार गऱ्यौँ भने, सुरु र अन्त मेल खाँदैन। तपाईंले समस्या औँल्याउँदा, यस भागलाई मात्र होइन्, विचारहरूको समग्र प्रवाहलाई पहिले हेर्नुपर्छ। तपाईंले यस कामबारे अझ धेरै सिक्‍नुपर्छ र प्रायः धेरै अध्ययन गर्नुपर्छ।” त्यसो भन्दा, ती सिस्टरको अनुहार रातो भयो, र यति लज्‍जित भइन् कि उनी बोल्नै सकिनन्। अरू दुई ब्रदरले पनि मेरो कुरामा होमा हो मिलाए। सबै जना मसँग सहमत भएको देखेर ममा भित्रभित्रै घमण्ड पलायो, “हेर, हाम्रो सोच्ने प्रक्रिया पहिलेदेखि नै तिमीहरूको भन्दा राम्रो थियो। भिडियो निर्माणको सन्दर्भमा, मेरो सीप तिमीहरू दुवैको भन्दा अवश्य उत्तम छ!” पछि, उनीहरूले मैले निर्माण गरेका भिडियोहरूबारे सुझाव दिँदा, म झनै ती स्वीकार नगर्ने भएँ, र यस्तो सोच्दै उनीहरूलाई तुच्छ ठान्थेँ, “तपाईंहरूको सीप मेरोभन्दा तुच्छ छ। तपाईंहरूले मलाई सुझाव नदिनु नै बेस हुन्छ।” ती दुई सुपरभाइजर मद्वारा विवश भए। एकपटक, एक सुपरभाइजर मसँग सङ्गति गर्न आइन् र भनिन्, “तपाईंसँग सहकार्य गर्दा हामी तपाईंद्वारा निकै विवश पारिएका छौँ। हामीमा कामको सीपको कमी छ भन्‍ने हामीलाई थाहा छ, त्यसकारण, हामीमा कुनै कमीकमजोरी देख्‍नुहुँदा, कृपया त्यो औँल्याइदिएर मदत गर्नुहोस्। तब, हामी सँगै मिलेर काम गर्न सक्छौँ। साथै, तपाईंले सधैँ आफ्नै दृष्टिकोणहरू कायम राख्‍नुहुन्‍न भन्‍ने आशा छ। रायहरू नमिल्दा, यदि तपाईंले अझ धेरै खोजी गर्न सक्‍नुभयो भने, हामीले मिलेर सिद्धान्तहरू सङ्गति गर्न, एकअर्काका कमीकमजोरी परिपूर्ति गर्न र भिडियोमा राम्रो काम गर्न सक्छौँ।” यो सुनेर, मैले बाहिर त आफूले अहङ्कारी स्वभाव देखाएको स्विकारेँ, तर भित्र भने त्यो स्विकारिनँ। मैले सोचेँ, “तिमीले भन्दा मैले धेरै सिद्धान्त बुझेको छु, त्यसकारण, तिमीले गल्ती गर्दा मैले तिमीलाई सुधार्नुपर्छ। हो, मैले अलिकति अहङ्कारी स्वभाव देखाएँ, तर यो कामको खातिर हो। तिमी कामै नलाग्‍ने भएर तिमीलाई विवश पारिएको महसुस भएको हो।” यस विषयमा मैले आत्मचिन्तन गरिनँ, बरु अझ खराब बनेँ।

एक साँझ, हाम्रो समूहले एउटा भिडियोको निर्माणबारे छलफल गरिरहेको थियो। त्यो भिडियोसम्बन्धी विचार तुलनात्मक रूपमा जटिल र कठिन भएकोले, धेरै घण्टा छलफल गरेपछि पनि कुनै निर्णय निस्केको थिएन। मलाई हडबडी हुन थाल्यो, सोचेँ, “तिमी सुपरभाइजरहरूलाई के भयो? यदि हाम्रो व्यावसायिक कामलाई निर्देश गर्न सक्दैनौ भने, ठिकै छ, तर के तिमीहरू योजनाबारे सिद्धान्तअनुसार निर्णयसमेत गर्न सक्दैनौ?” त्यसैले, मैले सुपरभाइजरहरूलाई भनेँ, “तपाईंहरूलाई के हुँदै छ? तपाईंहरू घण्टौँदेखि कुरा तन्काइरहनुभएको छ, कसरी एउटा कुरा पनि टङ्गो लाउन सक्‍नुहुन्‍न? तपाईं सुपरभाइजहरू बेकारको हुनुहुन्छ!” मेरो गुनासो सुनेर अरू कतिपयले पनि यसो भने, “हो त, हामी सबै कुरिरहेका छौँ। त्यतिकै बसेर समय खेर नफाल्नुहोस्।” अरूले भने, “छिटो निर्णय गर्नुहोस्। ढिलो भइसक्यो।” हाम्रो गुनासोले गर्दा सुपरभाइजरहरू झनै घबराए, उनीहरूको बोली अड्कियो।

पछि, मण्डली अगुवाले मेरो व्यवहार थाहा पाएर यसो भन्दै मलाई निराकरण गरे, “तपाईंको स्वभाव अति अहङ्कारी छ, र तपाईं अरूलाई विवश पार्न चाहनुहुन्छ। तपाईं अरूसँग सामान्य तवरमा सहकार्य गर्न सक्‍नुहुन्‍न। तपाईं समूह अगुवा हुनुहुन्छ, तर मण्डलीको कामको रक्षा गर्नुहुन्‍न। बरु, तपाईं अरूलाई गुनासो र आलोचना गर्नमा नेतृत्व लिनुहुन्छ, समूहमा फूट ल्याउनुहुन्छ र सुपरभाइजरहरूलाई उनीहरूको काम गर्न रोक्‍नुहुन्छ, र भिडियो निर्माणमा ढिलाइ गराउनुहुन्छ। तपाईंका कार्यहरूले मण्डलीको काममा अवरोध र बाधा पुऱ्याइरहेका छन्।” अगुवाले मलाई निराकरण गरेपछि, म गहन रूपमा स्तब्ध भएँ, “के?” मैले सोचेँ। “मैले काममा अवरोध र बाधा पुऱ्याइरहेको छु? स्पष्ट छ, सुपरभाइजरहरूको सीप सन्तोषजनक छैन र उनीहरू वास्तविक कामका योग्य छैनन्। मेरो काम गर्ने क्षमता उनीहरूको भन्दा राम्रो छ, र धेरै सिद्धान्तहरूमा म पोख्त छु। उनीहरूले गलत काम गरिरहेको मैले देखेँ, त्यसैले उनीहरूलाई सुधार गरेँ। के यो अवरोध र बाधा पुऱ्याउनु हो?” म अड्डी कस्छु र प्रतिरोध गर्छु भन्‍ने अगुवाले देखे, त्यसैले उनले मलाई परमेश्‍वरका वचनका केही खण्डहरू पढेर सुनाए। परमेश्‍वर भन्नुहुन्छ, “यदि तैँले आफ्नो हृदयमा साँच्‍चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्‍वरको आज्ञापालन गर्न जान्‍नेछस् अनि तँ सत्यताको पछि लाग्‍ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्‍वरको इच्छाअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्‍नेछैन—यस अवस्थामा तैँले परमेश्‍वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तैँले आफ्‍नो अभिप्रायविना नै त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, परमेश्‍वरको प्रतिरोध नगर् भन्दा त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्‍न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्‍वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्‍वरको स्थानमा बस्‍न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)

शैतानको स्वभावभित्र धेरै प्रकारका भ्रष्ट स्वभावहरू समावेश हुन्छन्, तर सबैभन्दा स्पष्ट र झट्ट देखिनेचाहिँ अहङ्कारी स्वभाव हो। अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, त्यति नै अविवेकी हुन्छन्, र तिनीहरू जति धेरै अविवेकी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्, र तिनीहरूको हृदयभित्र परमेश्‍वरको कुनै डर हुँदैन। मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू सुनेर हृदयमा हलचल भयो। शैतानी प्रकृतिको व्यक्तिले अन्जानमै भ्रष्ट स्वभावअनुसार कामकुरा गर्नेछ, र मण्डलीको काममा अवरोध र बाधासमेत ल्याउन सक्छ भनेर मैले बुझेँ। मेरो अहङ्कारी स्वभावले हदै नाघिसकेको थियो। म भिडियो निर्माणमा अनुभवी छु र सिद्धान्तहरू बुझेको छु भन्‍ने मैले सोचेँ, त्यसैले मैले आफूमा धेरै भरोसा गरेँ। मलाई मैले नै अन्तिम निर्णय गर्नुपर्छ र अरूले मेरो कुरा सुन्‍नुपर्छ भन्‍ने लाग्यो। सुपरभाइजरहरूसँग कामको साझेदारी गर्दा, उनीहरूभन्दा म हरतवरमा राम्रो छु भन्‍ने सोच्दै मैले उनीहरूलाई कहिल्यै वास्ता गरिनँ राय नमिल्दा, मेरो पहिलो प्रतिक्रिया “तिमीहरू कुरा बुझ्दैनौ। म त बुझ्छु,” वा “तिमीहरू योग्य छैनौ,” भन्‍ने हुन्थ्यो र म उनीहरूको सुझावको खिल्ली उडाउँथेँ। कहिलेकाहीँ सोच्दै नसोची, खोजी र स्वीकारको अलिकति पनि मनोवृत्ति नदेखाई ओठे जवाफसमेत दिन्थेँ, जसले गर्दा सुपरभाइजरहरूले मद्वारा विवश पारिएको महसुस गरे र मलाई सुझावहरू दिन डराए। अरूले पनि मेरो सिको गर्दै सुपरभाइजरहरूप्रति नकारात्मक दृष्टिकोण राखे, यसले सुपरभाइजरहरूलाई समूहको कामको अनुगमन गर्न गाह्रो भयो। यो कसरी मण्डलीको काममा बाधा नपुऱ्याएको हुन सक्थ्यो र? मैले र सुपरभाइजरहरूले कामको साझेदारी गर्दा, उनीहरूले जुनै सुझाव दिए पनि, मैले त्यो पालन गर्न सिद्धान्तहरूअनुरूपको तरिका कहिल्यै खोजिनँ। म आफ्नो दृष्टिकोणमा मात्र टाँसिइरहेँ। कसरी मेरो दृष्टिकोण सधैँ सही हुन सक्थ्यो र? के मैले सही ठानेका सबै कुरा सत्यताका सिद्धान्तअनुरूप हुन सक्थ्यो? वास्तवमा, मैले केवल आफ्ना प्रतिभा र अनुभवको आधारमा परिस्थितिलाई हेरिरहेको थिएँ। मेरा धेरैजसो दृष्टिकोण सिद्धान्तहरूअनुरूप थिएनन्। अनि जति धेरै यी कुराअनुसार जिएँ, उति नै धेरै मलाई आफू मूल्यवान् र सही छु भन्‍ने लाग्यो। मैले मानिसहरूसँग कामको साझेदारी गर्दा, उनीहरूलाई निरन्तर कम आँके र देखावटी गरेँ। म सबै समझ गुमाउने हदसम्म अहङ्कारी थिएँ! आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले सधैँ आफ्नै पाराले कामकुरा गरेँ। म आफ्नै दृष्टिकोण र बुझाइमा टाँसिइरहेँ, मानौँ ती सत्यता हुन्, र मैले अरूका सुझाव स्विकारिनँ, उनीहरूको विचारलाई मेरो विचारभन्दा माथि पर्न दिइनँ, मानौँ म सत्यताको उस्ताद हुँ। यो कुन अर्थमा परमेश्‍वरलाई विश्‍वास गरेको भयो र? स्पष्टतः मैले आफैलाई विश्‍वास गरिरहेको थिएँ। मैले यो बुझेपछि, मलाई डर लाग्यो र असाध्यै ग्लानि भयो। मेरो प्रकृति एकदमै अहङ्कारी भएकोले, मैले अनजानमै परमेश्‍वरको विरोध गर्ने यी दुष्ट कुरा गरेँ। मैले आफ्नो कर्तव्य अहङ्कारी स्वभावले गर्नु मेरो लागि अत्यन्तै खतरनाक हुन्छ भन्‍ने बुझेँ।

केही समयपछि, भिडियो निर्माण सकियो, तर मैले अरूसँग सहकार्य गर्न नसकेकोले, अरूलाई विवश पारेकोले र भिडियोको काम बिथोलेकोले, मलाई बर्खास्त गरियो। पछि, अर्को थान भिडियो निर्माण गर्न आवश्यक पऱ्यो, तर म त्यसमा सहभागी रहिनँ। ममा फेरि विरोधी भावना जाग्‍न थाल्यो, र सोचेँ, “मैले आफ्नो पछिल्लो अनुभवदेखि यता आफ्नो अहङ्कारी प्रकृतिबारे केही बुझेको छु। किन तिनीहरू मलाई सहभागी हुन दिँदैनन्?” अझ नसोचेको कुरा त, म अर्को भिडियोका निर्माताहरूमध्येमा पनि परिनँ। यसलाई स्विकार्न मलाई निकै गाह्रो भयो। यदि परिस्थिति यस्तै रहेको भए, के म मण्डलीको लागि बेकामको हुन्थिनँ र? मलाई अचानक परमेश्‍वरको वचनको एउटा खण्ड याद आयो। “यदि तँ राम्रो क्षमताको छस्, तर सधैं अहङ्कारी र घमण्डी हुन्छस्, आफूले भनेको सही र अरूले भनेको गलत भनिरहन्छस्, अरूले दिएका सल्लाह-सुझावहरू इन्कार गर्छस्, र जसरी सङ्गति गरिए पनि सत्यतालाई समेत अस्वीकार गर्छस् र सधैँ यसको प्रतिरोध गर्छस् भने, के तँजस्तो व्यक्तिले परमेश्‍वरको अनुमोदन पाउन सक्छ? के तँजस्तो व्यक्तिमा पवित्र आत्माले काम गर्नहुनेछ? गर्नुहुनेछैन। परमेश्‍वरले तँसँग नराम्रो स्वभाव छ र तँ उहाँको अन्तर्ज्ञान पाउन लायक छैनस् भनी भन्‍नुहुनेछ, र यदि तैँले पश्‍चात्ताप गरिनस् भने, कुनै बेला तँसँग भएका कुराहरू पनि उहाँले खोस्‍नुहुनेछ। पर्दाफास हुनु भनेको यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। म त झसङ्ग भएँ। परमेश्‍वरका वचनहरूले सिधै मेरो स्थितिबारे बताइरहेका थिए। मैले परमेश्‍वमा विश्‍वास गरेको यत्तिका वर्ष सधैँ आफ्नो कर्तव्य अहङ्कारी स्वभावले गरेको थिएँ। त्यो समय, मलाई कम्ती काटछाँट र निराकरण गरिएको थिएन। तर मैले कहिल्यै सत्यता खोजिनँ र मेरो स्वभाव परिवर्तन भएको थिएन। अहिले, मैले मण्डलीको काममा बाधा पुऱ्याएको र गम्भीर अपराध गरेको थिएँ। परेश्‍वरले मलाई खुलासा गरेर निकाल्नुपर्ने थिएन र? मैले आफ्नो व्यवहारबारे फर्केर सोच्दा, म जहाँ गए पनि, सधैँ उत्कृष्ट बन्‍न चाहन्थेँ। म अरूभन्दा बढी सक्षम हुँदा, मलाई आत्मसन्तुष्टि मिल्थ्यो, र ब्रदर-सिस्टरहरूलाई खसालेर कुरा गर्थेँ। मभन्दा अरू बढी सक्षम हुँदा, उनीहरूलाई कसरी जित्‍ने भनेर सधैँ सोच्थेँ। मेरा सुझावहरू लागू नहुँदा म त्यो स्विकार्न सक्दिनथेँ, र त्यसको प्रतिवाद गर्न दिमाग खियाउँथेँ, ताकि सबैले मेरा सुझावहरू लागू गरून्। अरूले मेरा कमीकमजोरीहरू औँल्याउँदा, म केही भन्दिनथेँ, तर भित्र भने ममा विरोधी भावना जाग्थ्यो। उनीहरू कोही होइनन् र उनीहरूसँग योग्यता छैन भनेर म सोच्थेँ, मानौँ मचाहिँ कोही हुँ। यसबारे जति धेरै सोचेँ, उति नै म भयभीत भएँ। मैले यत्तिका वर्ष अहङ्कारी स्वभावले कर्तव्य निर्वाह गरेको थिएँ। मैले सत्यता स्वीकार गरेको थिइनँ, अनि आत्मचिन्तन गरेको वा आफूलाई चिनेको थिइनँ, आफ्नो भ्रष्ट स्वभावलाई झन्झन् खराब बनाउँदै थिएँ। बर्खास्त हुनु परमेश्‍वरको धार्मिकताको प्रकटीकरण थियो! पीडामा मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे, परमेश्‍वर! मैले तपाईंमा विश्‍वास गरेको यत्तिका वर्षसम्म सत्यता खोजेको छैनँ भन्‍ने मलाई थाहा छ। मलाई काटछाँट र निराकरण गरिँदा, मैले आत्मचिन्तन गरिनँ वा आफूलाई बुझिनँ। फलस्वरूप, मैले मण्डलीको कामलाई बाधा दिने दुष्ट काम गरेँ। हे परमेश्‍वर, बिन्ती छ मलाई आफ्नो भ्रष्टता बुझ्न, सत्यता खोज्ने मार्गमा हिँड्न, अनि आफ्नो अपराध र ऋणको प्रायश्‍चित गर्न अगुवाइ गर्नुहोस्।”

मेरो एउटा भक्तिको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्डा भेट्टाएँ। “यदि आफ्नै बारेमा मानिसहरूको ज्ञान अत्यन्तै कम छ भने, तिनीहरूले समस्याहरू समाधान गर्न असम्भव पाउनेछन्, र तिनीहरूको जीवनका स्वभावहरू पूर्ण रूपले परिवर्तन हुनेछैनन्। आफैलाई एक गहन स्तरमा जान्नु जरुरी हुन्छ, जसको अर्थ आफ्नो वास्तविक प्रकृति जान्नु हो: त्यो प्रकृतिमा कुन-कुन तत्वहरू समावेश हुन्छन्, ती कुराहरू कसरी उत्पन्न भए, र ती कहाँबाट आए। यसबाहेक, के तँ साँच्चै ती कुराहरूलाई घृणा गर्न सक्छस्? के तैँले आफ्नै घिनलाग्दो प्राण र तेरो दुष्ट प्रकृतिलाई देखेको छस्? यदि तैँले आफ्नै बारेमा रहेको सत्यतालाई देख्न सक्छस् भने, तैँले आफैलाई घृणा गर्नेछस्। जब तैँले आफैलाई घृणा गर्छस् र परमेश्‍वरको वचनलाई अभ्यास गर्छस्, तब गाह्रो हुन्छ भन्‍ने विश्‍वास नगरी तैँले दैहिकता त्याग्न र सत्यलाई अघि बढाउने सामर्थ्य पाउनेछस्। किन धेरै मानिसहरू आफ्ना देहगत रुचिहरूका पछि लाग्छन्? किनकि तिनीहरूले आफैलाई अति असल ठान्छन्, तिनीहरूका कार्यहरू सही र उचित छन्, तिनीहरूमा कुनै दोष छैन र तिनीहरू पूर्ण रूपमा सही समेत छन् भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरूले न्याय तिनीहरूकै पक्षमा छ भन्ने मान्यतासहित काम गर्न सक्छन्। जब व्यक्तिले आफ्नो वास्तविक प्रकृति के हो—कति घिनलाग्दो, कति तुच्छ र कति दयनीय छ भनी बुझ्दछ—तब ऊ आफैप्रति धेरै घमण्ड गर्दैन, अति अहङ्कारी हुँदैन, र पहिलेको जस्तै आफूसँग त्यति प्रसन्न हुँदैन। यस्तो व्यक्तिले यस्तो महसुस गर्छ, ‘परमेश्‍वरका केही वचनहरू अभ्यास गर्नमा म गम्भीर र व्यावहारिक हुनुपर्छ। यदि होइन भने, म मानिस बन्‍नुको मापदण्डको स्तरसम्म पुग्दिन, र परमेश्‍वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।’ तब मात्र व्यक्तिले आफैलाई तुच्छ, साँच्चै महत्त्वहीन देख्दछ। यस बेला, सत्य पालन गर्न व्यक्तिलाई सजिलो हुन्छ, र मानिस जस्तो हुनुपर्छ ऊ त्यस्तै देखिन थाल्‍नेछ। मानिसहरूले आफैलाई साँच्चै घृणा गरे भने मात्र तिनीहरूले देहलाई त्याग्न सक्छन्। यदि तिनीहरूले आफैलाई घृणा गर्दैनन् भने, तिनीहरूले देहलाई त्याग्न सक्‍नेछैनन्। आफैलाई साँचो रूपमा घृणा गर्नु सानोतिनो कुरा होइन। तिनमा भेट्टाइनुपर्ने कुराहरू धेरै हुन्छन्: पहिलो, आफ्नै प्रकृतिलाई जान्नु; र दोस्रो, आफूलाई अभावग्रस्त र दयनीय अवस्थाको देख्‍नु, आफैलाई अत्यन्तै सानो र नगण्य रूपमा देख्नु, र आफ्नै दयनीय र फोहोर प्राणलाई देख्नु। जब व्यक्तिले वास्तवमा ऊ के हो भनेर पूर्ण रूपमा बुझ्दछ, र यो नतिजा हासिल हुन्छ, तब उसले आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्दछ, र व्यक्तिले आफैलाई पूर्ण रूपमा चिनेको छ भनी भन्न सकिन्छ। तब मात्र व्यक्तिले आफैलाई घृणा गर्न सक्दछ यहाँसम्म कि उसले आफैलाई सराप्छ, र शैतानले उसलाई गम्भीर रूपमा भ्रष्ट पारेकोले ऊ मानिस जस्तो समेत देखिँदैन भन्‍ने उसले महसुस गर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, म लज्‍जित भएँ। आफ्नो प्रकृतिलाई चिनेर, आफ्नो मापन, आफ्नो दरिद्रता र दयनीय अवस्था स्पष्टसित देखेर मात्र आफूदेखि वाक्‍क हुन, अनि आफूलाई घृणा र परमेश्‍वरसामु पश्‍चात्ताप गर्न सकिन्छ भनेर परमेश्‍वरले भन्‍नुभएको छ। तसर्थ, मैले म किन यति अहङ्कारी छु भनेर मनन गर्न थालेँ। आफू भिडियो समूहमा आबद्ध भएपछि, मैले कसरी केही महत्त्वपूर्ण भिडियोहरू निर्माण गरेको र सबैबाट आदर र प्रशंसा पाएको थिएँ भनेर सोचेँ, ममा अनुभव छ र धेरै सिद्धान्तहरूमा पोख्त छु भन्‍ने मलाई लाग्यो। मैले ममा राम्रो क्षमता छ, म छिटो सिक्छु, र मण्डलीमा मजस्तो प्रतिभाशाली कमै छन् भनेर पनि सोचेँ। यसले गर्दा मेरो अहङ्कारी स्वभाव झन्झनै बिग्रँदै गयो। मैले पहिला भिडियो निर्माण थाल्दा, मलाई कसरी केही थाहा थिएन, र ब्रदर-सिस्टरहरूले कसरी मलाई हात समाएर डोऱ्याएका थिए भनेर सोचेँ। कहिलेकाहीँ, उनीहरूले सबै कुरा स्पष्टसित बताउँदा पनि मैले ठिकसित गर्न सक्दिनथेँ र कामकुरा उचित तरिकाले गर्न सक्‍नुअघि मलाई बारम्बार सल्लाह-सुझाव चाहिन्थ्यो। यसबाट मैले म स्मार्ट वा उच्‍च क्षमता भएको रहेनछु, केवल मैले अभ्यास गर्ने धेरै अवसर पाएको रहेछु र ममा बस केही अनुभव रहेछ भन्‍ने देखेँ। तर मैले यसलाई पूँजीको रूपमा हेरेँ, र आफ्नो कर्तव्य व्यावहारिक तरिकामा गरिनँ। विशेष गरी म आफ्नो कर्तव्यमा अलिकति प्रभावकारी हुँदा, मलाई आफ्नो काम राम्ररी थाहा छ भन्‍ने सोच्थेँ, त्यसकारण म अहङ्कारी हुँदै अरूलाई तुच्छ ठान्थेँ र अरूसँग सहकार्य गर्न अनिच्छुक हुन्थेँ। मेरा मानवता र समझ कहाँ थिए? मैले कामको साझेदारी गरेका ती दुई सुपरभाइजरहरूबारे सोच्दा, म सधैँ उनीहरूलाई तुच्छ ठान्थेँ। वास्तवमा, मैले उनीहरूसँग अन्तरक्रिया गरेर उनीहरूसँग धेरै सबल पक्षहरू रहेछन् भन्‍ने थाहा पाएँ। उनीहरूमा तुलनात्मक रूपमा भिडियो निर्माणसम्बन्धी सीप र अनुभवको कमी भए पनि, उनीहरूको हृदय सही ठाउँमा थियो, र कठिनाइहरू छिचोल्नमा उनीहरू सक्रिय थिए। उनीहरू तीक्ष्ण दिमागका थिए र नियमहरूमा टाँसिइरहन्थेनन्। उनीहरूले नयाँपन ल्याउने आँट गर्थे र उनीहरू नयाँ कुरा सिक्‍न इच्छुक थिए। उनीहरूले कठिनाइ वा समस्या सामना गर्दा आफूलाई पर राखेर अरूलाई सल्लाह माग्‍न सक्थे। तर मेरो स्वभाव अति अहङ्कारी थियो र कोही पनि मजत्तिको थिएनन्। मैले अरूका सबल पक्ष देखिनँ। मैले पावल कसरी विशेष रूपमा अहङ्कारी थिए भनेर सोचेँ। उनी आफूमा क्षमता र प्रतिभा छ भन्‍ने सोच्थे, र अरू कसैको कुरा सुन्दैनथे। उनले सधैँ आफू अरू चेलाहरूभन्दा माथि छु भनेर गवाही दिन्थे, आफ्नो लागि त जिउनु भनेकै ख्रीष्ट हो भन्‍ने घृणित शब्दहरूसमेत बोल्थे। उनी कुनै समझ नहुने हदसम्म अहङ्कारी थिए। मेरो प्रकृति पावलको जस्तै रहेछ भनेर मैले मनन गरेँ। म सधैँ सुपरभाइजरहरूलाई तुच्छ ठान्थेँ, र सधैँ अरूलाई मैले भनेकै तरिकाले सबै कुरा गर्न लगाउँथेँ। मैले पावलको मार्ग पछ्याइरहेको थिएँ। मैले यो बुझेपछि, मलाई हुनसम्मको पछुतो भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! मैले अहिले मात्र आफ्नो प्रकृति र सारबारे केही बुझेँ। परमेश्‍वरमा विश्‍वास गरेका यत्तिका वर्षहरूमा, परमेश्‍वरको घरले सधैँ मलाई मलजल र सत्यता प्रदान गऱ्यो। तर मैले सत्यता खोजिनँ र ख्रीष्टविरोधीको मार्गमा हिँडेँ, तपाईंको मेहनत र चासोलाई अनादर गरेँ। तपाईंले मलाई स्मरण गराउन धेरै मानिस, घटना र परिस्थितिहरू मिलाउनुभयो, तर म हठी भएँ र पश्‍चात्ताप गर्न जानिनँ। म आफ्नो अहङ्कारी प्रकृति पछ्याएर गलत मार्ग हिँडेँ, अनि तपाईंको मनमा मप्रति घृणा जगाएँ। हे परमेश्‍वर, म पश्‍चात्ताप गर्न इच्छुक छु। यसपछि मण्डलीले जेजस्तो बन्दोबस्त गरे पनि, म पालन गर्नेछु।”

मैले यो बुझेपछि, अचम्मको कुरा, भोलिपल्ट एक सिस्टरले मलाई खबर सुनाउँदै, समूहका केही नयाँ सदस्यहरूको काम सन्तोषजनक नभएको, र मैले उनीहरूलाई तालिम दिने आशा लिएको कुरा गरिन्। म त्यो गर्न इच्छुक छु कि भनेर उनले मलाई सोधिन्। मेरो हृदय परमेश्‍वरप्रति कृतज्ञले भरियो। मैले पश्‍चात्ताप गर्ने चाहना गर्नासाथ, मण्डलीले मलाई आफ्नो कर्तव्य निभाउने मौका दियो। मैले त्यो बेला त्यसको कदर गर्नुपर्थ्यो, त्यसैले त्यो खुसीसाथ स्विकारेँ। अझ अप्रत्याशित कुरा के थियो भने, केही दिनपछि, अगुवाले मलाई नयाँ भिडियो निर्माणमा सहभागी हुने बन्दोबस्त गरे। म साँच्‍चै परमेश्‍वरप्रति कृतज्ञ भएँ!

मैले चाँडै कसरी अरूसँग कामको साझेदारी गर्नेछु भन्‍ने सोचेर, अरूसँग सहकार्य गर्ने मार्ग खोजेँ। परमेश्‍वरको वचनले यसो भनेको मैले देखेँ, “जब तिमीहरूले आफ्‍ना कर्तव्यहरू पूरा गर्न अरूसँग सहकार्य गरिरहेको हुन्छौ, तब के तिमीहरू फरक विचारहरूप्रति खुला मनका हुन्छौ? के तिमीहरु अरूलाई बोल्‍न दिन सक्छौ? (म केही मात्रामा गर्न सक्छु। पहिले, प्रायजसो म दाजुभाइ-दिदीबहिनीहरूको सुझाव सुन्दिनथेँ र आफ्‍नै तरिकाले काम गर्न जिद्दी गर्थेँ। पछि म गलत छु भन्‍ने कुरा तथ्यले प्रमाणित गरेपछि मात्रै, मैले तिनीहरूको धेरैजसो सुझाव सही थिए, सबैले छलफल गरेको परिणाम नै उचित थियो, मेरो दृष्टिकोण गलत र त्यसमा केही कुराको कमी थियो भन्‍ने थाहा पाएँ। यो अनुभव गरेपछि, सद्‌भावपूर्ण सहकार्य गर्नु कति महत्त्वपूर्ण छ भन्‍ने मैले महसुस गरेँ।) अनि हामी यसबाट के देख्‍न सक्छौँ? यो अनुभव गरेपछि, के तैँले केही लाभ प्राप्त गरिस्, र सत्यता बुझिस्? के तिमीहरूलाई सबै जना सिद्ध हुन्छन् भन्‍ने लाग्छ? मानिसहरू जति नै दह्रिला भए पनि, वा जति नै सक्षम र प्रतिभावान् भए पनि, तिनीहरू अझै पनि सिद्ध हुँदैनन्। मानिसहरूले यो कुरालाई मान्‍नैपर्छ। तथ्य यही हो। आफ्‍नो योग्यता र सामर्थ्य वा गल्तीहरूप्रति पनि मानिसहरूमा हुनुपर्ने उचित मनोवृत्ति यही हो; यो मानिसहरूमा हुनुपर्ने तर्कसङ्गतता हो। आफूमा त्यस्तो तर्कसङ्गतता भयो भने, तैँले आफ्‍ना र अरूका सामर्थ्यहरू र कमजोरीहरूलाई उचित तरिकाले सम्हाल्न सक्छस्, र यसले तँलाई तिनीहरूसँग सद्‍भावमा रही काम गर्न सक्‍ने तुल्याउनेछ। यदि तैँले सत्यताको यो पक्ष बुझेको छस् र तँ सत्यताको वास्तविकताको यो पक्षमा प्रवेश गर्न सक्छस् भने, एकअर्काको सबल पक्षको प्रयोग गर्दै आफ्‍ना दाजुभाइ-दिदीबहिनीहरूसँग सद्‍भावको साथ मिलेर बस्दै आफूसँग भएको कुनै पनि कमजोरीलाई पूर्ति गर्न सक्छस्। यसरी, तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि वा तैँले जे गरिरहेको भए पनि, तँ सधैँ यसमा अझ उत्तम हुँदै जानेछस् र परमेश्‍वरको आशिष्‌ पाउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई कोही पनि सिद्ध छैन भनेर बुझ्न मदत गरे। सबैसँग कमीकमजोरी र अपर्याप्तहरू हुन्छन्। व्यक्तिमा जति नै प्रतिभा वा अनुभव हुने भए पनि, यसको अर्थ उनीहरूसँग सत्यता छ, वा उनीहरूका कार्य सत्यतासँग सधैँ मेल खान्छ भन्‍ने हुँदैन। सबैले सद्‌भावपूर्ण सहकार्य गर्नुपर्छ र एकअर्काको कमीकमजोरी परिपूर्ति गर्नुपर्छ। विशेष गरी, राय नमिल्दा तपाईंले आफ्नो अहम् त्याग्‍नुपर्छ अनि सङ्गति गर्नुपर्छ र खोजी गर्ने मनोवृत्तिले सँगै मिलेर समस्याको अनुसन्धान गर्नुपर्छ। मानवता, समझ र पवित्र आत्माको काम प्राप्त गर्ने अनि आफ्नो कर्तव्यमा भूलचक कम गर्ने र अन्ततः आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने एकमात्र तरिका यही हो। हामी सत्यता बुझ्दैनौँ। तसर्थ, हामीले सँगै मिलेर काम गर्नुपर्छ र एकअर्काको कमीकमजोरी परिपूर्ति गर्नुपर्छ। उचित व्यवहार गर्ने एकमात्र तरिका यही हो। यो कुरा बुझेपछि, म यो मार्ग निरन्तर अभ्यास गर्थेँ। अनुसन्धान गर्दा अरूसँग फेरि राय बाझिँदा, अरूको राय सुन्‍न म सचेत भई आफ्नो दृष्टिकोणलाई इन्कार गर्थेँ। असहमति हुँदा, सबैसँग उपयुक्त सिद्धान्तहरूबारे सङ्गति गर्थेँ, र अन्ततः सिद्धान्तहरू पालन हुने तरिकामा अभ्यास गर्थेँ। केहि समयपछि, अरूसँग मेरो सम्बन्ध निकै सुध्रियो, अनि आफ्नो अहम् त्यागेर र सद्‌भावसाथ सहकार्य गरेर मात्र मैले सजिलै पवित्र आत्माको कार्य र मार्गदर्शन प्राप्त गर्न सक्छु, र आफ्नो कर्तव्य निर्वाह गर्दा प्रभावकारी हुन सक्छु भन्‍ने बुझेँ।

यी परिस्थिति अनुभव गरेर, मैले आफ्नो अहङ्कारी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ र केही परिवर्तन गरेँ। परमेश्‍वरको वचन खाएको र पिएकोले गर्दा नै यो सबै परिणाम प्राप्त भएको हो! म परमेश्‍वरप्रति असाध्यै कृतज्ञ छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कर्तव्यमा सत्यता चाहिन्छ

मे २०२१मा, मैले नेतृत्वको भूमिका लिएँ, जसमा निकै वटा मण्डलीहरूका कामको जिम्मेवारी सम्हाल्नुपर्थ्यो। मैले निकै मूल्य चुकाउनुपर्छ र आफ्नो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्