मैले कसरी अरूसँग सौहार्दपूर्ण सहकार्य गर्ने भनी सिकेँ
फाङ झेङ, चीनअगस्ट २०२१ मा, सुपरिवेक्षकले मलाई उनी ब्रदर वाङ जिन र मलाई लेखन-पठनको कर्तव्यमा सहकार्य गराउने योजना गरिरहेकी, र उपयुक्त...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
पहिले, प्रभु येशूमा विश्वास गर्दा, म प्रायः बाइबल पढ्थेँ र प्रभुको सुसमाचार प्रचार गर्थें। सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेपछि, र उहाँका वचनहरू पढेपछि, सर्वशक्तिमान् परमेश्वरले मानिसहरूको न्याय गर्ने काम गर्न—तिनीहरूलाई धुन र मुक्ति दिन—आखिरी दिनहरूमा सत्यता व्यक्त गर्नुहुन्छ भन्ने मैले सिकेँ। त्यसैले, म सुसमाचार प्रचार गर्ने आफ्नो कर्तव्यमा अझ बढी सक्रिय भएँ। अभ्यासको माध्यमबाट, म परमेश्वरको कामको गवाही दिने सत्यताको बारेमा अझ स्पष्ट भएँ, सुसमाचार प्रचार गर्ने सिद्धान्तहरू बोध गरेँ र केही अनुभव प्राप्त गरेँ, त्यसैले मेरो प्रचार एकदमै प्रभावकारी थियो। मेरा ब्रदर-सिस्टरहरू सबैले म यसमा दक्ष, अनि सुसमाचारका उम्मेद्वारहरूको धारणालाई बोध गर्न र तिनको समाधानको निम्ति सङ्गति गर्न सक्ने रहेको बताए। उनीहरूलाई कठिन लाग्ने समस्याहरू मेरा लागि धेरै चुनौतीपूर्ण थिएनन्। पछि, मैले सुसमाचार प्रचार गर्दैगर्दा, प्रहरीले मलाई पक्राउ गर्यो र एक वर्षको जेल सजाय सुनायो। म बाहिर आएपछि, मैले तुरुन्तै पुनः सुसमाचार प्रचार गर्न थालेँ। मेरा धेरै ब्रदर-सिस्टरले भर्खरै सुसमाचार प्रचार गर्न सिकेका थिए, र उनीहरूले राम्रो नतिजाहरू हासिल गरिरहेका थिएनन्, त्यसैले अगुवाले मलाई सुसमाचारको कामको प्रभारी बनाइन्। मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर मैले सुसमाचारका उम्मेद्वारहरूले प्रायजसो राख्ने केही धारणाहरूको विश्लेषण गरेँ, र सङ्गतिद्वारा तिनलाई कसरी समाधान गर्न सकिन्छ भनेर व्याख्या गरेँ। कहिलेकाहीँ हामीले धेरै धार्मिक धारणाहरू भएका सुसमाचारका उम्मेद्वारहरूको सामना गर्थ्यौँ, अनि ब्रदर-सिस्टरहरूले तिनीहरूसँग धेरै पटक सङ्गति गर्थे तर त्यसको कुनै प्रभाव पर्दैनथ्यो। तर जब मैले तिनीहरूसँग सङ्गति गर्थेँ, मैले तुरुन्तै तिनीहरूका धारणाहरूको समाधान गर्थेँ। समय बित्दै जाँदा, हाम्रो मण्डलीको सुसमाचारको कामले झन् झन् राम्रा नजिताहरू प्राप्त गर्यो। अनि, बिस्तारै, मैले आफ्नै प्रशंसा गर्न थालेँ। मैले सोचेँ, मसँग वास्तवमै उच्च क्षमता छ, र अरू ब्रदर-सित्रहरूले हल गर्न नसकेका समस्याहरू म सजिलैसँग हल गर्न सक्छु। मलाई लाग्यो, म एक दुर्लभ प्रतिभा हुँ। मैले आफैँलाई झन् झन् उच्च ठान्न थालेँ, र अरूलाई असावधानी र कमजोर क्षमता देखाएकोमा खिसी गरेँ।
एक पटक, नयाँ विश्वासीहरूलाई मलजल गर्ने एक जना सिस्टर मकहाँ आइन्। तिनले एक नयाँ विश्वासीले केही प्रश्नहरू उठाएको बताउँदै मैले उनीसँगै गएर सङ्गति गरिदिए हुन्थ्यो भनिन्। म उनीसँग धेरै चिढिएँ। मैले सोचेँ, “तिमी किन यति साधारण समस्या समाधान गर्न सक्दिनौ? के तिमी आफ्नो कर्तव्यमा यति लापरवाह, यति भारमुक्त छौ? के तिम्रो क्षमता यति खराब छ कि तिमी एक नयाँ विश्वासीका धारणाहरूसमेत समाधान गर्न सक्दिनौ?” त्यसैले मैले तिनलाई यसो भन्दै हप्काएँ, “यदि तपाईं एउटा नयाँ विश्वासीलाई राम्रोसँग मलजल गर्न सक्नुहुन्न भने, तपाईंको के काम?” मेरो सिस्टरले आफ्नो टाउको झुकाइन् मात्रै, अनि केही भनिनन्। तिनका आँखाबाट आँसु खस्यो। त्यसो भन्नु ठिक थिएन भन्ने मलाई थाहा थियो। तर मैले सोचेँ, “यदि म तिनीसँग कठोर भइनँ भने, तिनले यसलाई मनमा लिनेछैनन्, र तिनी सुध्रिनेछैनन्।” त्यसपछि, तिनलाई समस्या भएको बेला तिनले मकहाँ आउने आँट गरिनन्। तिनी नकारात्मक भइन्, र बन्धनमा परिन्। तिनले कर्तव्य निभाउन र नयाँ विश्वासीलाई मलजल गर्न आफ्नो क्षमता अत्यन्तै खराब रहेको अनुभूत गरिन्। तिनलाई कस्तो अनुभूति भएको छ भन्ने मलाई थाहा थियो, तर मैले आत्मचिन्तन गरिनँ। मैले सङ्गति गरिनँ, न तिनलाई मद्दत गर्ने प्रयास गरेँ। मैले मनमनै तिनलाई होच्याएँ: यति सामान्य समस्याहरू हल गर्न नसक्ने तिनलाई यो काम लगाउँदा कामकुरा ढिलो गराइरहेको छैन र? त्यसैले, त्यसपछि, मैले तिनलाई उक्त नयाँ विश्वासीलाई मलजल गर्नबाट रोकेँ। अर्को पटक, मण्डलीका अगुवा र मैले नयाँ विश्वासीहरूका लागि भेला राख्यौँ। तर अगुवाको सङ्गतिपछि, नयाँ विश्वासीहरूका समस्याहरू समाधान भएनन्। मैले सोचेँ, “तिमी अगुवा हो, तर नयाँ विश्वासीहरूलाई मलजल गर्नसमेत सक्दैनौ।” त्यसैले, मैले पहल गरेर तिनीहरूलाई सोधेँ, “के तपाईंहरू सबैले अहिले भर्खरै सिस्टरले भनेका कुरा बुझ्नुभयो?” तिनीहरूले टाउको हल्लाउँदै आफूहरू अझै पनि प्रस्ट नभएको बताए। त्यसपछि, मैले तिनीहरूसँग परमेश्वरको कामका तीन चरणहरूको बारेमा लामो कुरा गरेँ। तिनीहरूले खुशीसाथ सुने, अनि तिनीहरूमध्ये धेरैले भने, “अब तपाईंले यसलाई यसरी भन्नुभएपछि, हामीले बुझ्यौँ।” तिनीहरूले मप्रति यस्तो मनोवृत्ति राखेको देखेर मलाई धेरै खुसी लाग्यो। सुसमाचार प्रचार गर्ने र मलजल गर्ने कुरामा म अगुवाभन्दा बढी योग्य रहेको अनुभूति गरेँ।
त्यसपछि, मैले लगातार आफूलाई प्रदर्शन गरेँ र अरूलाई होच्याएँ। मेरो स्वभाव झन् झन् अहङ्कारी हुँदै गयो। मैले कामसँग सम्बन्धित साना-ठूला सबै मामिलामा, आफ्नो इच्छालाई जबरजस्ती लादेँ। मलाई लाग्यो, म मेरा ब्रदर-सिस्टरभन्दा योग्य छु, र मैले तिनीहरूसँग कामकुराबारे छलफल गरे पनि, यो सबै मैमाथि निर्भर हुनेथ्यो, त्यसैले मैले नै निर्णयहरू गरी समय खेर फाल्नबाट बच्नुपर्छ होला। प्रचार र मलजलको कामसँगै, मलाई अरू सबै ममुनि छन्, र सबै कुरा मैले नै गर्नु ठीक होला भन्ने भयो। त्यसैले, मैले प्रचार र मलजल सँगसँगै गर्न थालेँ। सबै प्रकारका कामहरू म आफैँले गर्न थालेँ। म यति व्यस्त थिएँ कि मेरा खुट्टाले जमिनमा मुस्किलले मात्र टेक्थे। तर पछि अगुवाले मैले कसैलाई पनि प्रशिक्षण दिइरहेको छैन, अरूलाई अभ्यास गर्न दिइरहेको छैन भन्ने थाहा पाइन्, अनि मलाई काटछाँट गरिन्। तिनले भनिन्, “तपाईंले सबथोक आफैँले सम्हाल्दै हुनुहुन्छ। के यो अहङ्कार हो भन्ने लाग्दैन?” काटछाँट र निन्दाको सामना गर्दासमेत, मैले यसलाई ठूलो कुरा ठानिनँ। मलाई लाग्यो, म हरेक दिन बिहानदेखि बेलुकासम्म नयाँ विश्वासीहरूलाई प्रचार गर्न र मलजल गर्नमा व्यस्त छु, यसले म आफ्नो कर्तव्यका लागि बोझ बोक्दै छु भन्ने देखाउँथ्यो। मैले यो पनि सोचेँ, मेरा क्षमता र कार्यदक्षता राम्रा छन्, अनि, मैले नतिजाहरू प्राप्त गरुन्जेल, मेरो अहङ्कार समस्या हुन्न। त्यसपछि, मैले आफ्नै तरिकाले काम गरिरहेँ। जुनसुकै मामला उठे पनि, अरूसँग कुरा नगरी म आफैँले सम्हाल्थेँ। मेरा केही ब्रदर-सिस्टरले बाँधिएको महसुस गरे। उनीहरूले आफूलाई त्यति असल नरहेको सोचे, र नकारात्मकतामा जिए। अरू विशेष रूपमा ममा निर्भर भए। उनीहरूले आफ्नो कर्तव्यमा कुनै बोझ लिएनन्, सधैँ मेरो निर्देशनको पर्खाइमा बसे, र यसले सुसमाचारको काम र मलजलको कामलाई असर गर्यो। यो सब भएको धेरै समय नबित्दै, मेरा आँखाबाट लगातार आँसु बग्न थाल्यो। कहिलेकाहीँ त यति धेरै हुन्थ्यो कि म देख्नै सक्दिनथेँ। डाक्टरले भने, मेरो आँसुका नलीहरू अवरुद्ध छन्, र मैले शल्यक्रिया गर्नुपर्छ। घर जाँदै गर्दा, मैले सोच्न थालेँ, “अचानक आँखाको यो रोग लाग्नु पछाडि परमेश्वरको अभिप्राय हुनुपर्छ। के मैले परमेश्वरलाई कुनै तरिकाले चिढ्याएको छु?” त्यति बेला मैले आफ्नो कर्तव्य निभाउँदाको स्थितिप्रति चिन्तन गर्न थालेँ। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, आफ्नो समस्या बुझ्न मलाई अन्तर्दृष्टि दिन बिन्ती गरेँ।
घर पुगेपछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “अलिअलि काम गरेर मण्डलीको राम्रो अगुवाइ गरेका कतिपय मानिसहरूले आफूलाई अरूभन्दा वरिष्ठ ठान्छन्, र प्रायजसो यस्ता कुराहरू फैलाउँछन्: ‘परमेश्वरले मलाई किन महत्त्वपूर्ण पदमा राख्नुहुन्छ? उहाँले किन मेरो नाम लिइराख्नुहुन्छ? उहाँ किन मसँग बोलिरहनुहुन्छ? परमेश्वरले मेरो बारेमा राम्रो सोच्नुहुन्छ किनकि ममा क्षमता छ र म सर्वसाधारणभन्दा माथि छु। परमेश्वरले मसँग राम्रो व्यवहार गर्नुभएकोमा तिमीहरू डाहासमेत गर्छौ। डाहा गर्नलाई तिमीहरूमा के नै छ र? मैले कति काम गर्छु र कति त्याग गर्छु, के तिमीहरू देख्न सक्दैनौ? परमेश्वरले मलाई जे-जस्ता राम्रा कुराहरू दिनुहुन्छ तिमीहरूले तिनको डाहा गर्नु हुँदैन, किनभने म ती कुराको हकदार छु। मैले धेरै वर्ष काम गरेको छु र धेरै कष्ट भोगेको छु। म श्रेय पाउन लायक छु र म योग्य छु।’ यसो भन्ने अरू मानिसहरू पनि छन्: ‘परमेश्वरले मलाई सहकर्मी बैठकहरूमा सहभागी हुन र उहाँको सङ्गति सुन्न अनुमति दिनुभएको छ। मसँग यो योग्यता छ—के तिमीहरूसँग त्यस्तो योग्यता छ? पहिलो कुरा त, मेरो क्षमता नै उच्च छ, र म तिमीहरूले भन्दा बढी सत्यता पछ्याउँछु। यति मात्र होइन, म तिमीहरूले भन्दा बढी आफूलाई समर्पित गर्छु, र म मण्डलीको काम फत्ते गर्न सक्छु—तिमीहरूले सक्छौ?’ यो अहङ्कार हो। मानिसहरूले कर्तव्य निभाउँदा र काम गर्दा आउने परिणामहरू फरक-फरक हुन्छन्। कतिले राम्रा परिणाम पाउँछन्, कतिले खराब परिणाम पाउँछन्। कति मानिसहरू राम्रो क्षमता लिएर जन्मेका हुन्छन् र सत्यता खोजी पनि गर्न सक्छन्, त्यसकारण तिनीहरूको कर्तव्यको परिणाममा चाँडै सुधार हुन्छ। यो तिनीहरूको राम्रो क्षमताले गर्दा भएको हो, जुन परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तर कर्तव्य निभाउँदा खराब परिणामहरू आउने समस्यालाई कसरी समाधान गर्ने? तैँले निरन्तर सत्यता खोजी गर्नुपर्छ र कडा परिश्रम गर्नुपर्छ, त्यसपछि तैँले पनि क्रमिक रूपमा राम्रा परिणामहरू हासिल गर्न सक्छस्। यदि तँ सत्यताप्रति लागिपरिस् र तैँले आफ्नो क्षमताले भ्याएसम्मको उपलब्धि हासिल गरिस् भने, परमेश्वरले अनुमोदन गर्नुहुनेछ। तर तेरो कामका नतिजाहरू राम्रा भए पनि नभए पनि, तैँले त्रुटिपूर्ण विचारहरू बोक्नु हुँदैन। तैँले ‘म परमेश्वरको बराबर हुन योग्य छु,’ ‘म परमेश्वरले मलाई दिनुभएको कुरा उपभोग गर्न योग्य छु,’ ‘म परमेश्वरको प्रशंसा पाउन योग्य छु,’ ‘म अरूलाई नेतृत्व गर्न योग्य छु,’ वा ‘म अरूलाई भाषण सुनाउन योग्य छु’ भनेर नसोच्। आफू योग्य छु भनेर नभन्। मानिसहरूले यस्ता सोचहरू राख्नु हुँदैन। यदि तँमा यी सोचहरू छन् भने, यसले तँ सही स्थानमा छैनस्, र तँमा मानवजातिमा हुनुपर्ने आधारभूत समझदारी पनि छैन भन्ने प्रमाणित गर्छ। त्यसोभए तैँले आफ्नो अहङ्कारी स्वभाव कसरी फाल्न सक्छस् त? तैँले सक्दैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको अहङ्कारी प्रकृति नै परमेश्वरप्रतिको उसको प्रतिरोधको जड हो)। परमेश्वरका वचनहरूले मेरो स्थितिको खुलासा गरे। मेरो व्यवहारमाथि मेरो अहङ्कारी प्रकृति हावी भएको पाएँ। प्रचार र मलजलको कामबाट मैले नतिजा प्राप्त गर्दा, मैले उत्साहित अनुभूत गरेको थिएँ। मलाई लाग्यो कि मेरा दक्षता र क्षमता धेरै असल थिए, म सुसमाचारको कामका लागि अपरिहार्य थिएँ। मैले यी सिपहरूलाई पूँजीको रूपमा लिएँ। म यति अहङ्कारी थिएँ कि मैले अरू सबैलाई बेवास्ता गरेँ। मैले आफूलाई अरूभन्दा माथि भएको जस्तो व्यवहार गरेँ, तिनीहरूको आलोचना गरेँ र तिनीहरूलाई बन्धनमा पारेँ। मेरो सिस्टरलाई नयाँ विश्ववासीहरूलाई मलजल गर्न कठिनाइ हुँदा, मैले तिनलाई समस्या समाधान गर्न मद्दत गरिनँ—मैले तिनलाई हप्काउन मेरो हैसियतको प्रयोग मात्र गरेँ। अनि अगुवा र मैले नयाँ विश्वासीहरूलाई सँगै मलजल गर्दा, र अगुवाबाट तिनीहरूको समस्या हल नहुँदा, मैले सङ्गतिमा सहयोग गरिनँ। बरु, मैले अगुवालाई हेपेँ, र जानाजानी नयाँ विश्वासीहरूको अगाडि तिनको अपमान गरेँ। काममा समस्याहरू देखिँदा, मैले सत्यता सिद्धान्तको खोजी गरिनँँ, न ब्रदर-सिस्टरहरूसँग कुरा गरेँ। मैले सोचेँ, मसँग कामकुरा स्पष्ट रूपमा बुझ्ने अनुभव छ, म आफै निर्णय गर्न र सबै कुरा सम्हाल्न सक्छु। मैले अरू कसैलाई अभ्यास गर्ने मौका दिइनँ, र मेरो काटछाँट गरिँदासमेत, मैले यसलाई समस्याको रूपमा लिइनँ। म सोच्थेँ, म आफ्नो कर्तव्यको बोझ उठाइरहेकी छु। म वरिष्ठ हुन खोजेँ र काटछाँटलाई स्वीकार गरिनँ। म वास्तवमै धेरै अहङ्कारी थिएँ। आफ्नो हृदयमा, मैले परमेश्वरको भय मानिनँ वा उहाँमा समर्पित भइनँ। म सुसमाचारको कामको जिम्मेवार व्यक्ति थिएँ। मैले ब्रदर-सिस्टरहरूलाई सुसमाचार प्रचार गर्ने तालिम पनि दिइरहनुपर्थ्यो। तर यसको सट्टामा, मैले तिनीहरूको खिसी गरेँ र होच्याएँं, र सबै कुरा आफैँले सम्हालेँ। फलस्वरूप, तिनीहरूले मबाट बाँधिएको महसुस गरे, र कतिपय मैमाथि निर्भर भए, आफ्नो कर्तव्यको बोझ बोक्न असमर्थ थिए, अनि सुसमाचारको काम प्रभावित भयो। यो मेरो कर्तव्य पूरा गर्नु थिएन—यो त दुष्टता गर्नु र सुसमाचारको कामलाई बाधा पुर्याउनु थियो। पहिलेे, मैले सबै कुरा आफैँ गरेर आफ्नो कर्तव्यको बोझ उठाइरहेको थिएँ भन्ने सोच्थेँ। तर वास्तवमा, म त केवल अहङ्कारी हुँदै थिएँ। मैले आफूलाई अरूभन्दा माथि राख्दै, तिनीहरूलाई महत्वहीन ठान्दै र सबै कुराको जिम्मा लिँदै, परमेश्वर वा अन्य मानिसहरूको पर्बाह नगरी आफ्नो अहङ्कारी स्वभावले जानाजानी र लापरवाहीपूर्वक काम गर्दै आएको थिएँ। के यो प्रधान स्वर्गदूतको स्वभाव थिएन र? यदि मैले पश्चात्ताप गरिनँ भने, मलाई परमेश्वरले काटछाँट र तिरस्कार गर्नुहुनेछ। यो सोच्दै, परमेश्वरले मलाई यस रोगद्वारा ताडना दिइरहनुभएको र अनुशासित गरिरहनुभएको थियो भनी मैले महसुस गरेँ। यदि परमेश्वरले मेरा लागि यो परिस्थिति तय नगर्नुभएको भए, मैले आफ्नो अहङ्कारी स्वभावमा रहेर काम गरिरहने थिएँ। मैले दुष्ट कामहरू गरिरहने, परमेश्वरको स्वभावलाई ठेस पुर्याइरहने, र दण्डको सामना गरिरहने थिएँ। जब मैले यो महसुस गरेँ, तब म रोएँ र परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! म यति अहङ्कारी छु कि मसँग कुनै मानवता वा समझ छैन। म तपाईंको अगाडि जिउन योग्य छैनँ। परमेश्वर! म तपाईंको विरुद्धमा प्रतिरोध वा विद्रोह गर्न चाहन्नँ। म पश्चात्ताप गर्न चाहन्छु!” त्यसपछि, मैले आफ्नो स्थिति ब्रदर-सिस्टरहरूलाई खुलस्त बताएँ। मैले आफ्नो अहङ्कारी स्वभावको कारण तिनीहरूलाई कसरी चोट पुर्याएको थिएँ भनेर खुलासा र विश्लेषण गरेँ, र माफी मागेँ। त्यसपछि, म आफ्नो कर्तव्य निभाउने कार्यमा अझ नम्र भएँ। मैले मेरा ब्रदर-सिस्टरहरूसँग सबै कुरा छलफल गरेंँ र मेरो रोग चाँडै निको भयो। मैले हृदयको गहिराइबाट परमेश्वरलाई धन्यवाद दिएँ।
केही समयपछि, सुसमाचारको कामको आवश्यकताको कारण, मण्डलीले मलाई अर्को ठाउँमा सुसमाचार प्रचारका लागि खटायो। मैले फेरि आफ्नै प्रशंसा नगरी रहन सकिनँ, मैले सुसमाचार प्रचार गर्दा राम्रै गरेँ जस्तो लाग्यो। अन्यथा, मलाई सुसमाचार प्रचारका लागि अन्यत्र किन पठाउँथे? एक दिन, म दुई धार्मिक विश्वासीहरूलाई सुसमाचार प्रचार गर्न गएँ। यो कठिन होला भन्ने मैले ठानिनँ, त्यसैले मैले तिनीहरूको अवस्था वा तिनीहरूको मुख्य धारणाहरू पहिल्यै बुझ्ने प्रयास गरिनँ। बरु, मैले पहिले गरेझैँ, मैले परमेश्वरको कार्यका तीन चरणहरूको सिधै गवाही दिएँ। यो सुन्ने बित्तिकै तिनीहरूले म सर्वशक्तिमान परमेश्वरमा विश्वास गर्ने व्यक्ति हुँ भन्ने थाहा पाए, र त्यसैले तिनीहरू सावधान भए। तिनीहरूले अरू केही सुन्न चाहेनन्। त्यस बेला, म छक्क परेँ। म यति टाढाबाट यहाँ आएको थिएँ, र म चाँडै सुसमाचारको काम विस्तार गर्न सक्छु भन्ने सोचेको थिएँ। म यति चाँडो असफल हुनेछु भनेर कहिल्यै सोचेको थिइनँ। अब मैले कसरी सुसमाचारको काम विस्तार गर्ने? अझै पनि, म हार मान्न तयार थिइनँ। सायद यो केवल एक पटकको समस्या मात्र थियो, र मैले यस पटक मात्रै काम बिगारेको हुनसक्छ। मैले यति धेरै वर्षदेखि सुसमाचार प्रचार गर्दै आएको छु, त्यसैले मानिसहरूलाई प्राप्त गर्न सक्छु भन्ने कुरामा म निश्चित थिएँ। तर म जहाँ जहाँ गएँ, असफल नै भएँ। मैले असाध्यै निराश भएँ, र दिक्दारीको स्थितिमा थिएँ। त्यसपछि, मलाई पदमुक्त गरियो। मेरो प्रचार यति अप्रभावी थियो भनेर सोच्दा मलाई पीडा भयो। मलाई आफू बेकार भएको महसुस भयो। यदि यो जारी रह्यो भने, के म हटाइने थिइनँ र? मैले ती दिनहरू सम्झेँ, जुनबेला मैले जोसका साथ सुसमाचार प्रचार गरिरहेको हुन्थेँ। काम कठिन र थकाउने खालको भए पनि, राम्रो परिणाम पाउँदा म खुसी भएको हुन्थेँ। तर मैले अहिले किन ती परिणामहरू प्राप्त गर्न सकिनँ? यो सोचेर, मैले हृदयमा असह्य पीडा महसुस गरेँ। पीडामा, मैले परमेश्वरलाई बारम्बार प्रार्थना गरेँ, “हे परमेश्वर! मैले यस अवस्थाबाट के पाठहरू सिक्न आवश्यक छ? कृपया, मलाई अनतर्दृष्टि दिनुहोस्, र मलाई आफैँलाई बुझ्न मार्गदर्शन गर्नुहोस्।”
खोजी गर्दा, मैले परमेश्वरका वचनहरूको यो खण्ड देखेँ: “जब कोही वरदानयुक्त हुन्छ वा उसमा सबल पक्ष हुन्छ, यसको मतलब ऊ कुनै कुरामा भित्रैदेखि राम्रो छ वा कुनै रूपमा अरूको तुलनामा अलि उत्कृष्ट छ। उदाहरणको लागि, तैँले अरूले भन्दा अलि चाँडो प्रतिक्रिया जनाउँलास्, अरूले भन्दा अलि छिटो कुरा बुझ्लास्, निश्चित व्यावसायिक सीपहरूमा दक्षता हासिल गरेको होलास्, वा तँ कुशल वक्ता होलास्, र तँमा यस्तै अन्य क्षमता होला। यी कुरा व्यक्तिमा हुन सक्ने वरदान र सबल पक्षहरू हुन्। यदि तँसित केही निश्चित सबल पक्ष र लाभहरू छन् भने, तैँले यी वरदान र सबल पक्षलाई कसरी बुझ्छस् र सम्हाल्छस् भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ। यदि तैँले आफूसित भएका सबल पक्ष र वरदानहरू अरू कसैसँग नभएकाले तेरो स्थान कसैले ओगट्न सक्दैन, र यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्न आफ्ना वरदान र सबल पक्षहरू प्रयोग गर्छस् भने, तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस भन्ने सोच्छस् भने, यो दृष्टिकोण सही हो कि गलत हो? (गलत।) तँ किन यो गलत हो भन्छस्? सबल पक्ष र वरदानहरू भनेका ठ्याक्कै के हुन्? तैँले तिनलाई कसरी बुझ्ने, प्रयोग गर्ने र सम्हाल्ने गर्नुपर्छ? तथ्य के हो भने, तँसित जस्तोसुकै वरदान वा सबल पक्ष भए पनि, त्यसको मतलब यो होइन कि तँसित सत्यता र जीवन छ। यदि मानिसहरूमा केही वरदान र सबल पक्षहरू छन् भने, तिनीहरूले यी वरदान र सबल पक्षहरू उपयोग हुने कुनै कर्तव्य निर्वाह गर्नु उचित हुन्छ, तर त्यसको मतलब यो होइन कि तिनीहरू सत्यता अभ्यास गरिरहेका छन्, वा सिद्धान्तहरूअनुसार कामकुरा गरिरहेका छन्। उदाहरणको लागि, यदि तँ गायन प्रतिभा बोकेर जन्मेको छस् भने, के तेरो गायन क्षमताले सत्यता अभ्यास जनाउँछ र? के त्यसको मतलब तँ सिद्धान्तहरूअनुसार गाउँछस् भन्ने हुन्छ र? हुँदैन। उदाहरणको लागि, मानौँ तँसित भाषा प्रयोग गर्ने जन्मसिद्ध प्रतिभा छ र तँ लेखनमा राम्रो छस् रे। तर यदि तँ सत्यता बुझ्दैनस् भने, के तेरो लेखन सत्यताबमोजिम हुन सक्छ र? के त्यसले तँसित अनुभवात्मक गवाही छ नै भन्ने हुन्छ र? (अहँ, हुँदैन।) यसर्थ, वरदान र सबल पक्षहरू सत्यताभन्दा फरक हुन् र तिनलाई तुलना गर्न मिल्दैन। तँसित जे-जस्तो वरदान भए पनि, यदि तँ सत्यता पछ्याउँदैनस् भने, तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछैनस्। कतिपय मानिसहरू प्राय आफ्ना वरदानहरूको सान देखाउँछन् र सामान्यतया आफू अरूभन्दा राम्रो भएको अनुभूति गर्छन्, त्यसैले तिनीहरू अरू मानिसहरूलाई हेयको दृष्टिले हेर्छन् र आफ्नो कर्तव्य निर्वाह गर्दा अरूसँग सहकार्य गर्न अनिच्छुक हुन्छन्। तिनीहरू सधैँ शक्तिमा रहन चाहन्छन्, र फलस्वरूप तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा प्राय सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र तिनीहरूको कार्यदक्षता पनि निकै कम हुन्छ। वरदानहरूले तिनीहरूलाई अहङ्कारी र आत्मधर्मी बनाएका हुन्छन्, अरूलाई हेयको दृष्टिले हेर्ने बनाएका हुन्छन्, र सधैँ आफू अरू मानिसहरूभन्दा राम्रो भएको र अरू कोही पनि आफूजति राम्रो नभएको अनुभूति गराउँछन्, जसको कारणले तिनीहरू दम्भी बन्छन्। के यी मानिसहरूलाई तिनीहरूका वरदानहरूले बिगारेका छैनन् र? वास्तवमै बिगारेका छन्। वरदान र सबल पक्षहरू भएका मानिसहरू अहङ्कारी र आत्मधर्मी हुने सम्भावना सबैभन्दा बढी हुन्छ। यदि तिनीहरू सत्यता पछ्याउँदैनन् र सधैँ आफ्ना वरदानहरूद्वारा जिउँछन् भने, त्यो निकै खतरनाक कुरा हो। परमेश्वरको घरमा कुनै व्यक्तिले जे कर्तव्य निर्वाह गरे पनि, उसमा जे-जस्तो सबल पक्ष भए पनि, यदि उसले सत्यता पछ्याउँदैन भने, ऊ निश्चय नै आफ्नो कर्तव्य पूरा गर्न असफल हुनेछ। एउटा व्यक्तिमा जे-जस्ता वरदान र सबल पक्षहरू भए पनि, उसले त्यस्तो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। यदि उसले सत्यता बुझ्न र सिद्धान्तअनुसार कामकुरा गर्न पनि सक्छ भने, उक्त कर्तव्य निर्वाहमा उसका वरदान र सबल पक्षहरूले पनि भूमिका खेल्नेछन्। जो मानिसहरू सत्यता स्विकार्दैनन्, र सत्यता सिद्धान्तहरू खोज्दैनन्, र आफ्ना वरदानहरूमा मात्र भरोसा गर्छन्, तिनीहरूले आफ्नो कर्तव्यपालनबाट कुनै नतिजाहरू दिनेछैनन्, र तिनीहरू हटाइने जोखिममा हुन्छन्। … वरदान र सबल पक्षहरू भएका मानिसहरूले आफूलाई निकै चलाख, र आफूले सबथोक बुझेको भन्ठान्छन्—तर तिनीहरूलाई वरदान र सबल पक्षहरूले सत्यतालाई दर्शाउँदैनन्, र यी कुराहरूको सत्यतासँग कुनै सम्बन्ध हुँदैन भन्ने कुरा थाहा हुँदैन। जब मानिसहरू आफ्ना कार्यहरूमा आफ्नै वरदान र कल्पनाहरूमा भरोसा गर्छन्, तब तिनीहरूका सोच र रायहरू प्राय सत्यताविपरीत हुन जान्छन्—तर तिनीहरू यो कुरा बुझ्न सक्दैनन्, तिनीहरू अझै यस्तो सोच्छन्, ‘हेर त, म कति बुद्धिमान् छु; मैले यति राम्रा चुनाउहरू गरेको छु! कति बुद्धिमान् निर्णयहरू! तिमीहरू कोही पनि मेरो तुलनामा आउँदैनौ।’ तिनीहरू निरन्तर आत्ममोह र आत्म-प्रशंसामा जिउँछन्। तिनीहरूलाई परमेश्वरले तिनीहरूबाट माग गर्ने कुराहरू, सत्यता के हो र सत्यता सिद्धान्तहरू के-के हुन् भन्ने कुराहरू विचार गर्नका लागि आफ्नो हृदयलाई शान्त पार्न गाह्रो पर्छ। त्यसैले तिनीहरूलाई सत्यता बुझ्न गाह्रो पर्छ, र तिनीहरूले कर्तव्यहरू निर्वाह गरे पनि, तिनीहरू सत्यता अभ्यास गर्न सक्षम हुँदैनन्, र त्यसैले गर्दा तिनीहरूलाई सत्यता वास्तविकताभित्र प्रवेश गर्न पनि निकै कठिन हुन्छ। छोटकरीमा भन्दा, यदि कुनै व्यक्तिले सत्यता पछ्याउन र स्विकार्न सक्दैन भने, उसमा जे-जस्ता वरदान र सबल पक्षहरू भए पनि, ऊ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुनेछैन—यसमा रत्ती पनि शङ्का छैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरू खासमा जे कुराद्वारा जिउँछन्)। परमेश्वरका वचनहरूलाई मनन गरेपछि, मैले बुझेँ कि विशेष प्रतिभा र वरदानहरू हुनुको मतलब तपाईंसँग सत्यता छ भन्ने होइन। यदि तपाईं सत्यता बुझ्नुहुन्न, वा सिद्धान्तहरू नखोजी आफ्नो कर्तव्य पूरा गर्नुहुन्छ, र जहिले पनि आफ्नो प्रतिभा र वरदानहरूलाई पूँजीको रूपमा प्रयोग गर्नुहुन्छ भने, समय बित्दै जाँदा तपाईं अझ घमण्डी हुनुहुनेछ। मैले महसुस गरेँ कि, मैले आफ्नो कर्तव्य सुरु गरेदेखि, म आफ्ना वरदानहरूद्वारा बाँच्दै आएको छु। मलाई बाइबल राम्रोसँग थाहा थियो, र मसँग सुसमाचार प्रचार गरेको अनुभव थियो, त्यसैले, मैले यी कुरालाई पूँजीको रूपमा लिएर झन् झन् अहङ्कारी हुँदै गएको थिएँ। मैले अरू सबैलाई हेपेँ। मैले तिनीहरू सबैसँग यस्तो व्यवहार गरेँ मानौँ कि तिनीहरूको कुनै महत्त्व नै छैन। अगुवाले मेरो अहङ्कारको कारण मेरो काटछाँट गरिनँ, तर मैले यसलाई स्वीकार गरिनँ। मैले अझै पनि मेरा वरदानलाई पूँजीको रूपमा प्रयोग गरेँ, र उनका सुझावहरूलाई अस्वीकार गरेँ। अन्यत्र प्रचार गर्दा, मैले सत्यता सिद्धान्तहरूको खोजी गरिनँ। म आफ्ना वरदान र अनुभवमा भर परेँ, महान कुराहरू हासिल गर्ने प्रयास गरेँ। र, फलस्वरूप, म पटक पटक असफल भएँ। तर त्यसबेला समेत, मैले आफ्नो मनोवृत्तिलाई समस्या ठानिनँ। मैले चिन्तन गरिनँ। मैले निर्लज्जतापूर्वक सोचेँ कि मसँग वरदान र अनुभव भएकाले, म आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छु। म एकदमै अहङ्कारी र अविवेकी थिएँ। मैले पावलको बारेमा सोचेँ, जो प्रतिभाशाली, बुद्धिमान र वाक्पटु थिए। तिनीसँग धर्मशास्त्रको गहन ज्ञान थियो, र सुसमाचार प्रचार गर्न र मानिसहरूलाई धर्मान्तरण गर्नमा उत्कृष्ट थिए। तर तिनले ती सबैलाई पूँजीको रूपमा प्रयोग गरे। तिनको स्वभाव झन् झन् अहङ्कारी हुँदै गयो। र तिनले अन्य मानिसहरूलाई बेवास्ता गरे। तिनले आफू प्रेरितहरूको पछि नलागेको, अनि इनाम र मुकुटको खातिर मात्र काम गरेको दाबी गरे। तिनले आफ्नो निम्ति जिउनु ख्रीष्ट हो भनेर दाबीसमेत गरे। अनि, अन्तमा, तिनलाई परमेश्वरले दण्ड दिनुभयो। तिनको कथाले देखाउँछ कि वरदानहरू हुनुको अर्थ तपाईंसँग सत्यता वास्तविकता छ भन्ने होइन। यदि तपाईंले सत्यतालाई पछ्याउनु भएन भने, तपाईंको भ्रष्ट स्वभाव परिवर्तन हुनेछैन, र तपाईंको खुलासा हुनेछ र हटाइनुहुनेछ। पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड देखेँ, जसले मलाई केही स्पष्टता दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “के तिमीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्वरको मार्गदर्शन र पवित्र आत्माको अन्तर्दृष्टि महसुस गर्न सक्षम छौ? (छौँ।) यदि तिमीहरू पवित्र आत्माको काम महसुस गर्न सक्षम छौ, तैपनि मात्तिन्छौ, र आफूसँग वास्तविकता छ भनी सोच्छौ भने, यहाँ के भइरहेको छ? (जब हाम्रो कर्तव्यले केही फल फलाउँछ, तब हामी आधा श्रेय परमेश्वरलाई जान्छ, र आधा हामीलाई जान्छ भन्ने सोच्छौँ। हामी हाम्रो सहकार्यभन्दा महत्त्वपूर्ण कुरा केही छैन, र योविना परमेश्वरको अन्तर्दृष्टि सम्भव हुनेथिएन भन्ने सोचेर हाम्रो सहकार्यलाई असीमित रूपमा ठूलो पार्छौँ।) त्यसोभए, परमेश्वरले तँलाई किन अन्तर्दृष्टि दिनुहुन्छ? के परमेश्वरले अरूलाई पनि अन्तर्दृष्टि दिन सक्नुहुन्छ? (सक्नुहुन्छ।) जब परमेश्वरले कसैलाई अन्तर्दृष्टि दिनुहुन्छ, तब त्यो परमेश्वरको अनुग्रहद्वारा हुन्छ। अनि तैँले आफ्नो पक्षबाट पूरा गरेको त्यो थोरै सहकार्य के हो? के यसका लागि तैँले श्रेय पाउनुपर्छ, कि यो तेरो कर्तव्य र जिम्मेवारी हो? (यो हाम्रो कर्तव्य र जिम्मेवारी हो।) जब तँ यसलाई आफ्नो कर्तव्य र जिम्मेवारीका रूपमा पहिचान गर्छस्, तब तँसँग सही मनस्थिति हुन्छ र तैँले यसको श्रेय लिन खोज्नेबारे सोच्नेछैनस्। यदि तँ सधैँ ‘यो मेरो योगदान हो। के मेरो सहकार्यविना परमेश्वरको अन्तर्दृष्टि सम्भव हुनेथियो? यस कामका लागि मानिसको सहकार्य आवश्यक हुन्छ; धेरैजसो भाग हाम्रो सहकार्यले नै पूरा हुन्छ’ भन्ने सोच्छस् भने, तँ गलत छस्। यदि पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुभएको छैन, र कसैले पनि तँलाई सत्यता सिद्धान्तहरूबारे सङ्गति दिएको छैन भने, तैँले कसरी सहकार्य गर्न सक्छस्? यदि तँलाई परमेश्वरले के माग गर्नुहुन्छ र अभ्यासको मार्ग के हो भन्ने थाहा छैन भने, तैँले परमेश्वरप्रति समर्पित हुन र सहकार्य गर्न चाहिस् भने पनि, कसरी गर्ने भनेर तँलाई थाहा हुनेछैन। तब, के तेरो यो ‘सहकार्य’ खोक्रो शब्द मात्र हुनेछैन र? यदि तैँले साँचो रूपमा सहकार्य गर्दैनस्, र आफ्नै विचारहरूअनुसार मात्रै काम गरिरहेको छस् भने, के तैँले निर्वाह गर्ने कर्तव्य मानकअनुरूप हुन सक्छ? कदापि हुन सक्दैन। यसले एउटा समस्याको सङ्केत गर्छ। त्यो समस्या के हो? कुनै व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, उसले नतिजा हासिल गर्छ कि गर्दैन, मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्छ कि गर्दैन, र परमेश्वरको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्ने कुरा परमेश्वरको काममा निर्भर हुन्छ। तैँले आफ्ना जिम्मेवारीहरू र कर्तव्य निर्वाह गरिस् भने पनि, यदि परमेश्वरले काम गर्नुहुन्न, वा तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्न, र तँलाई आफ्नो मार्ग, आफ्नो दिशा वा आफ्ना लक्ष्यहरू थाहा छैन भने, अन्त्यमा यसबाट कस्तो नतिजा आउनेछ? त्यतिका समय परिश्रम गरेपछि, तैँले आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गरेको हुनेछैनस्, न त सत्यता र जीवन नै प्राप्त गरेको हुनेछस्—त्यो सब व्यर्थ भएको हुनेछ। त्यसैले, तैँले मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्नु, दाजुभाइ र दिदीबहिनीहरूलाई उन्नयन गर्नु र परमेश्वरको अनुमोदन प्राप्त गर्नु पूरै परमेश्वरमै निर्भर हुन्छ! मानिसहरूले ती कुरा मात्र गर्न सक्छन् जसमा तिनीहरू सक्षम छन्, जुन कुरा तिनीहरूले गर्नुपर्छ र जुन कुरा तिनीहरूका अन्तर्निहित क्षमताभित्र छ—योभन्दा बढी होइन। त्यसपछि आखिरमा तैँले आफ्नो कर्तव्यमा नतिजाहरू हासिल गर्नु परमेश्वरका वचनहरूको मार्गदर्शन साथै पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइमा निर्भर हुन्छ; त्यसपछि मात्र तैँले सत्यता बुझ्न र परमेश्वरले प्रदान गरेको मार्ग र उहाँले तय गरेको सिद्धान्तअनुसार उहाँको आज्ञा पूरा गर्न सक्छस्। यो त परमेश्वरको अनुग्रह र आशिष् हो, अनि यदि मानिसहरूले यसलाई देख्न सक्दैनन् भने, तिनीहरू अन्धा हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरू पढेर, मैले बुझेँ सुसमाचार प्रचार गर्दा र नयाँ विश्वासीहरूलाई मलजल गर्दा मैले हासिल गरेका परिणामहरू, मेरा श्रेय र पूँजी थिएनन्। यो परमेश्वरको अनुग्रह र पवित्र आत्माको मार्गदर्शन थियो। यदि परमेश्वरका वचनहरूले सत्यता सिद्धान्तका सबै पक्षमा हामीलाई निर्देशन र अभ्यासको मार्ग प्रदान गर्न सङ्गति नगरेका भए, मैले के बुझ्नेथिएँ? पवित्र आत्माको अन्तर्दृष्टि, र परमेश्वरका वचनहरूको मार्गदर्शनविना, म जतिसुकै वाक्पटु, उच्च-क्षमताको वा बाइबलसँग परिचित भए तापनि, मैले ती धार्मिक मानिसहरूका धारणाहरू कहिल्यै समाधान गर्नेथिइनँ। तथ्यहरूको प्रकाशमा, मैले देखेँ कि पवित्र आत्माकोअन्तर्दृष्टिविना, म कुनै समस्या समाधान गर्न नसक्ने, एउटा व्यक्तिलाई पनि विश्वासमा ल्याउन नसक्ने, एक मूर्ख मात्र थिएँ। आफ्नो कर्तव्यमा परिणामहरू प्राप्त गर्नुको अर्थ मेरो क्षमता राम्रो छ, म सक्षम छु भन्ने हो भनेर मैले सधैँ सोचेको थिएँ। तर वास्तवमा, मैले परमेश्वरको काम बुझिनँ, न आफ्नै स्तर थाहा पाएँ। म सधैँ यी कुराहरूलाई देखाउनका लागि पूँजीको रूपमा प्रयोग गरिरहेको थिएँ। म यसबारे एकदमै निर्लज्ज थिएँ।
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ: “परमेश्वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ र मानवजातिको हेरचाह गर्नुहुन्छ, र मानवजातिको निम्ति चासो देखाउनुहुन्छ, साथै उहाँले निरन्तर र अटुट रूपमा मानवजातिको भरणपोषण गर्नुहुन्छ। उहाँले आफ्नो हृदयमा यसलाई थप काम वा धेरै श्रेय लिनुपर्ने कुरा हो भन्ने महसुस गर्नुहुन्न। न त उहाँले कहिल्यै मानवजातिलाई मुक्ति दिने, तिनीहरूको निम्ति आपूर्ति गर्ने र तिनीहरूलाई सबै कुरा प्रदान गर्ने कुराले मानवजातिको निम्ति ठूलो योगदान गरिरहेको छ भन्ने नै ठान्नुहुन्छ। उहाँले चुपचाप शान्तिसाथ उहाँको आफ्नै तरिकाले र उहाँको आफ्नै सार र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ त्यस मार्फत मानवजातिको भरणपोषण गर्नुहुन्छ। मानवजातिले उहाँबाट जति भरणपोषण र जति सहायता पाए पनि परमेश्वरले कहिल्यै त्यसको श्रेय लिने बारेमा सोच्नुहुन्न वा त्यसो गर्ने कोसिस गर्नुहुन्न। यसको निर्धारण परमेश्वरको सारले गर्छ र ठ्याक्कै यही नै परमेश्वरको स्वभावको साँचो अभिव्यक्ति हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १)। परमेश्वरका वचनहरू पढेर, म भावविभोर भएँ। परमेश्वरको स्वभाव धेरै असल र सुन्दर छ! शैतानद्वारा गहिरो रूपमा भ्रष्ट बनाइएका हामीलाई मुक्ति दिन, परमेश्वर दुई पटक देहधारी हुनुभयो। उहाँले धेरै काम गर्नुभएको छ, र धेरै भन्नुभएको छ, अनि ठूलो अपमान र पीडा सहनु भएको छ। तर परमेश्वरले कहिल्यै मानवजातिलाई यो व्यक्त गर्नुभएको छैन। उहाँले यसलाई कहिल्यै धेरै श्रेयको योग्य ठान्नुभएन। परमेश्वरको सारले कुनै अहङ्कार र प्रदर्शनको कुनै सङ्केत प्रकाश गर्दैन। यसको साटो, आफ्नो काम पूरा गर्न उहाँले चुपचाप काम गर्नुहुन्छ। परमेश्वरको नम्रता र गुप्तता प्रशंसनीय छ। म त कमिला जति पनि असल छैन। मैले आफ्नो कर्तव्यमा केही असल परिणामहरू प्राप्त गरेँ र आफू अद्भुत छु भन्ने महसुस गरेँ। मलाई लाग्यो मैले धेरै हासिल गरेको छु, अनि मैले सबैलाई तुच्छ ठान्न थालेँ। जब मैले अरू मानिसहरूलाई उपदेश दिँदा र होच्याउँदा मेरो स्वर, र मेरो आचरणद्वारा मैले कसरी व्यवहार गरेको थिएँ भनेर सम्झेँ, मलाई घृणा महसुस भयो। यदि परमेश्वरले मलाई प्रकाश गर्न र काटछाँट गर्न यी सबै व्यवस्था गर्नु नभएको भए, मेरो अहङ्कारी स्वभावले मण्डलीको कामलाई बाधा दिने र अवरोध गर्ने थियो। तर परमेश्वरले मलाई त्यो दुष्ट बाटोमा जानबाट रोक्नुभयो, र मलाई पश्चात्ताप गर्ने र परिवर्तन हुने अनुमति दिनुभयो। परमेश्वरले मलाई मुक्ति दिँदै हुनुहुन्थ्यो। म उहाँप्रति एकदमै कृतज्ञ थिएँ! त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर! म मेरो अहङ्कारी स्वभावमा जिउन चाहन्नँ। तपाईंले मलाई मार्गदर्शन गर्नुहोस् र मुक्ति दिनुहोस्, र मलाई मानवको रूपमा जिउन मद्दत गर्नुहोस्।”
केही समयपछि, मेरो स्थितिमा अलिकति सुधार आएको थियो। अगुवाले मलाई फेरि नयाँ विश्वासीहरूलाई मलजल गर्ने काम दिइन्। एक पटक, एक सिस्टरलाई नयाँ विश्वासीलाई मलजल गर्न समस्या भइरहेको थियो, र के गर्ने भन्ने थाहा थिएन। त्यसैले तिनी सङ्गति खोज्दै मकहाँ आइन्। यो थाहा भयो कि तिनले उक्त नयाँ विश्वासीका समस्याहरूको जडलाई राम्ररी बोध गरेकी थिइनन्, अनि मैले तिनीप्रति घृणा महसुस गर्न थालेँ। मैले सोचेँ, “तिम्रो क्षमता धेरै कम छ। तिमीले नयाँ विश्वासीका समस्याहरू देख्नसमेत सक्दिनौ। यदि सबैले तिमीले जस्तै नयाँ विश्वासीहरूलाई मलजल गर्ने हो भने, के मण्डलीको काम रोकिने छैन र?” तर, यस पटक, मैले आफ्नो अहङ्कारी स्वभाव प्रकट गर्दै थिएँ भन्ने कुरामा म सचेत थिएँ। त्यसैले मैले आफ्नै विरुद्धमा विद्रोह गर्दै परमेश्वरलाई प्रार्थना गरेँ। पछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “तैँले व्यावसायिक ज्ञानमा निपुण व्यक्तिको रूपमा, गमक्क फुल्ने वा आफ्नो योग्यताको धाक लगाउने पटक्कै गर्नु हुँदैन; तैँले सक्रिय भएर आफ्ना सीप र ज्ञानमा अनुभव नभएकाहरूलाई सिकाउनुपर्छ, ताकि सबैले मिलेर आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्न सकून्। हुन सक्छ तँ आफ्नो पेसामा सबैभन्दा जानकार र सिपमा उत्कृष्ट छस्, तर यो तँलाई परमेश्वरले दिएको उपहार हो, र तैँले यसलाई आफ्नो कर्तव्य पूरा गर्नमा र आफ्नो शक्ति उपयोग गर्नमा प्रयोग गर्नुपर्छ। तँ जति नै दक्ष वा प्रतिभावान् भए पनि, एकलै काम गर्न सक्दैनस्; यदि सबैले पेसागत सीप र ज्ञान बुझ्न सकेमा कर्तव्य अझ प्रभावकारी रूपमा पूरा गर्न सकिन्छ। भनाइ नै छ, एक सक्षम मानिसलाई अरू तीन व्यक्तिको साथ चाहिन्छ। अरू सबैको सहयोगविना एक व्यक्ति जति नै सक्षम भए पनि यो पर्याप्त हुँदैन। तसर्थ, कोही पनि अहङ्कारी हुनु हुँदैन र कसैले पनि स्वेच्छाचारी र एकतर्फी रूपमा काम गर्नु हुँदैन। मानिसहरूले देहविरुद्ध विद्रोह गर्नुपर्छ, आफ्नो विचार र रायलाई पन्छाउनुपर्छ अनि अरू सबैसँग मिलेर काम गर्नुपर्छ। व्यावसायिक ज्ञान हुने जोसुकैले अरूलाई प्रेमपूर्वक मद्दत गर्नुपर्छ, ताकि उनीहरू पनि यी सीप र ज्ञानमा निपुण हुन सकून्। कर्तव्य पालनका लागि यो लाभदायक हुन्छ। … यदि तैँले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छस् र उहाँको घरको कामप्रति बफादार हुन इच्छुक छस् भने, तैँले आफ्ना सबै शक्ति र सीप अर्पण गर्नुपर्छ, ताकि अरूले ती सिक्न र बुझ्न अनि आफ्नो कर्तव्य अझ राम्रोसँग निर्वाह गर्न सकून्। यो नै परमेश्वरका अभिप्रायहरूअनुरूप हो; यस्ता मानिसहरूसँग मात्र मानवता हुन्छ, र उनीहरूलाई परमेश्वर प्रेम गर्नुहुन्छ र आशिष् दिनुहुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरका वचनहरूले मलाई अभ्यासको मार्ग देखाए। मेरो सिस्टरले भर्खरै नयाँ विश्वासीहरूलाई मलजल गर्ने तालिम लिइरहेकी थिइन्। तिनले केही समस्याहरू बुझ्न वा समाधान गर्न नसक्नु स्वाभाविक थियो। मैले तिनलाई मद्दत गर्न सक्दो प्रयास गर्नुपर्छ र तिनलाई ती समस्याहरू कसरी समाधान गर्न सकिन्छ भनेर सिकाउनुपर्छ। त्यसैले, मैले तिनीसँग सङ्गति गरेँ, र हामीले सँगै परमेश्वरका वचनहरूका सान्दर्भिक खण्डहरू भेट्टायौँ। पछि, ती नयाँ विश्वासीको समस्याहरू समाधान भए, र उनी सुसमाचार प्रचार गर्न तयार भए। मेरो सिस्टर र म धेरै खुसी थियौँ। त्यसपछि, मैले मेरा ब्रदर-सिस्टरहरूसँग काम गर्दा, म अझ नम्र भएँ। कहिलेकाहीँ, सुसमाचार प्रचार गर्दा र नयाँ विश्वासीहरूलाई मलजल गर्दा, तिनीहरू सुसमाचारका उम्मेदवार र नयाँ विश्वासीहरूका समस्याहरू समाधान गर्न सक्दैनन्। तर अब म तिनीहरूलाई होच्याउँदिनँँ। बरु, हामी सङ्गति गर्छौं र सँगै सिद्धान्तहरू खोज्छौँ। जब तिनीहरूले वैकल्पिक सुझावहरू दिन्छन्, म सचेत भएर आफैँलाई इन्कार गर्छु, र तिनीहरूलाई सुन्छु। अब म तिनीहरूलाई आदेश दिन्नँ वा तिनीहरूलाई तुच्छ ठान्दिनँ। यसो गर्नाले मलाई मेरो हृदयमा शान्ति र स्वतन्त्रता मिल्यो।
फाङ झेङ, चीनअगस्ट २०२१ मा, सुपरिवेक्षकले मलाई उनी ब्रदर वाङ जिन र मलाई लेखन-पठनको कर्तव्यमा सहकार्य गराउने योजना गरिरहेकी, र उपयुक्त...
माथ्यू, फ्रान्समैले तीन वर्षअघि सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। अक्टोबर २०२० मा म मण्डली अगुवा चयन भएँ। यो ठूलो...
लिन, अष्ट्रेलिया द्वाराम सन् २०२० अप्रिलमा मलजल कामको मुख्य जिम्मेवारीसहित मण्डली अगुवा चुनिएँ। केही महिनाअघि, केही नयाँ विश्वासी भेलामा...
झोउ शुसेङ, चीनसन् २०२२ को मार्चमा, म मण्डली अगुवा चुनिएँ। मसँगै काम गर्ने ब्रदर-सिस्टरहरूको मार्गदर्शन र सहयोगमा, केही समयपछि मैले काममा...