मैले मानिससँग सही व्यवहार गर्न सिकेकी छु

17 डिसेम्बर 2024

सन् २०२३ मा मैले मण्डली अगुवाको कर्तव्य निभाइरहेकी थिएँ, र सिस्टर हे ली मेरो साझेदार थिइन्। हे ली पहिले पनि अगुवा भइसकेकी र विभिन्न कार्यका सिद्धान्तहरू केही बुझेकी थिइन्। हामी दुईले आआफ्नो काम बाँडेपछि, हे लीले गर्नुपर्ने कामका बारेमा मैले धेरै चिन्ता गर्नुपरेन। कहिलेकाहीँ काममा मलाई कठिनाइ हुँदा हे लीले मद्दत गर्थिन्। कामको बोझ धेरै भए पनि, हामी दुई सँगै काम गर्ने भएकाले म ढुक्क थिएँ। जुलाईमा, हे ली प्रचारक चुनिइन् र कैयौँ मण्डलीहरूको जिम्मेवारी सम्हालिन्। त्यसपछि हाम्रो मण्डलीको सबै काम मेरो काँधमा आयो, र मलाई छिटै यो कामको बोझ मिलेर थाम्न कोही आए हुन्थ्यो भन्‍ने भयो। पछि, झाओ शिन मण्डली अगुवा चुनिइन् र मेरो साझेदार भइन्। म निकै खुसी थिएँ। झाओ शिनले मलजल डिकनको काम गरिसकेकी र मण्डलीको केही काम बुझेकी थिइन्। उनले छिटै यसको लय समात्न सक्नुपर्छ। अब कामको भार थाम्ने कोही भएकाले मैले आफूमाथिको दबाब केही घटाउन सकेँ। मैले झाओ शिनलाई उनले गर्नुपर्ने कामबारे बताएँ, तर झाओ शिन उमेरमा केही पाको भएकीले केही समयसम्म कामकुरो बुझ्न सकिनन्, र अधिकतर काम अझै पनि मैले नै गर्नुपर्थ्यो। मलाई मनमनै रिस उठ्थ्यो। अब मैले आफ्नो काम गर्नुमात्र होइन कि झाओ शिनलाई समेत सिकाउनुपर्ने भएको थियो, जसले गर्दा मेरो कामको बोझ पहिलेभन्दा झन् बढेर गयो। तर मैले सोचेँ, सायद केही दिन अभ्यास गरेपछि सिस्टर झओ कामसँग राम्ररी परिचित हुनेछिन्।

बैठकको एक दिनपछि, मलाई मलजलको कामको अनुगमन नभएको होश आयो। तब, मैले सोचेँ, झाओ शिन मलजलको कामबारे बढी जानकार छिन्, यसको अनुगमन उनैले गर्नेछिन्। घर पुगेपछि, मैले झाओ शिनलाई मलजलको काम अनुगमन गरे नगरेकोबारे सोधेँ। झाओ शिनले आफूले अहिलेसम्म भेला नगरेकीले यसबारे थाहा नभएको बाताइन्। एक्कासि मेरो पारो तात्यो। मैले सोचेँ: “तिमीले केही काम गर्न सकेकी भए, मेरो दबाब कम हुने थिएन र? एउटा काम दुई जनाले गर्नु र मैले मात्रै गर्नुबीच के फरक भयो र?” मैले गालीको स्वरमा भनेँ, “यदि तपाईँले केही काम गर्न सकेमा त्यसले कार्यदक्षता बढाउने थिएन र? तपाईँलाई यसो गर्न कुन भ्रष्ट स्वभावले रोकिरहेको छ, त्यसबारे सोच्नुहोस्!” झाओ शिन केही बेरसम्म बोलिनन्, र त्यो बेला मलाई लाग्यो, यसरी बोल्दा उनलाई बाँधिएको महसुस गराउनेछ, र मैले उनीसँग यसरी व्यवहार गर्नु उचित होइन, विशेषगरी उनी भावनात्मक रूपमा विचलित भएको त्यो बेलामा। यो सोचेर मेरो मनमा केही ग्लानि भयो।

झन्डै आधा महिनापछि, हामीसँग सहकार्य गर्न लियू वेनलाई एक अगुवाका रूपमा चुनियो। लियु वेनले इमानदारीपूर्वक आफ्नो कर्तव्य गर्थिन् र काममा सावधानी अपनाउँथिन्, तर नयाँ भएकीले विभिन्न कामका सिद्धान्त राम्ररी बुझेकी थिइनन्। उनले काम गर्दै जाँदा सधैँ समस्या आउँथे, उनी निकै सुस्त थिइन् र उनमा कार्यक्षमताको कमी थियो, त्यसैले यसको परिपूर्ति गर्न उनलाई प्रायः मेरो मद्दत चाहिन्थ्यो। सुरुमा, दुई जना सिस्टर मेरो साझेदार हुँदा कामको बोझ हल्का हुन सक्नेछ भन्‍ने लागेको थियो, तर, यसले मेरो बोझ घटाउनुको सट्टा झन् बढाएको थियो। मैले निकै दबाब महसुस गरेँ, र यो कर्तव्य निर्वाह गर्नु निकै कठिन र थकाइलाग्दो थियो। मेरो मनमा ती दुई सिस्टरप्रति अलिकति घृणाको भाव पैदा भयो र तिनीहरूसँग कुरा गर्न मन लाग्न छोड्यो। तिनीहरूले मलाई प्रश्नहरू सोध्दा म अधीर हुन्थेँ, अनि तिनीहरूले बाँधिएको महसुस गर्थे र थप सोध्ने आँट गर्दैनथे। फलस्वरूप, तिनीहरूले केही काम सम्पादन गर्न नसक्दा केही काममा ढिलाइ भयो। त्यो समयमा दुवै सिस्टर निकै नकारात्मक भए, आफूले केही हासिल नगरेको, र कर्तव्य निभाउन सक्षम नरहेको महसुस गर्थे, र म अझै पनि तिनीहरू प्रभावकारी भएनन् भनेर गुनासो गरिरहेकी थिएँ। अहिले मसँग साझेदारहरू थिए, तर म तिनीहरू नहुँदाको समयमा भन्दा झन् धेरै थकित भएझैँ लाग्थ्यो। यो तीन जनाको काम भए पनि मैले नै धेरै काम गर्थेँ, र मलाई आफू निकै बेफाइदामा रहेको लाग्थ्यो। मैले यो नगर्दा काममा ढिलाइ भई त्यसको जिम्मेवारी लिनुपर्ने डर थियो। यसबारे सोचेपछि, मैले आँसु रोक्न सकिनँ, मानौँ मप्रति ठूलो अन्याय भएको छ। मलाई यो वातावरणको सामना कसरी गर्ने भन्‍ने थाहा थिएन; हरेक दिन म सुस्केरा हाल्थेँ र निकै तनाव महसुस गर्थेँ। मैले यो मण्डली छोड्न पाए पनि हुन्थ्यो भन्‍ने सोचेँ, तर फेरि भाग्नु समस्याको समाधान होइन भन्‍ने लाग्यो। त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गर्दै भनेँ, “हे परमेश्‍वर, मलाई थाहा छ मैले धेरै भ्रष्ट स्वभाव प्रकाश गरेकी छु, तर ती बुझ्न कहाँबाट सुरु गरौँ भन्‍ने थाहा छैन। बिन्ती मलाई अन्तर्दृष्टि दिएर अगुवाइ गर्नुहोस्, ताकि मैले मेरा भ्रष्ट स्वभावलाई जान्न सकौँ।” मेरो खोजी गर्ने क्रममा मैले परमेश्‍वरका यी वचन पढेँ। “मान्छेको जन्मजात स्वभाव गरम मिजाससँग सम्बन्धित छ। व्यक्तिको स्वार्थ, घमण्ड वा अभिमानमा हानि पुग्दा, यदि उसले सत्यता बुझ्दैन वा उसमा सत्यता वास्तविकता छैन भने, उसले आफ्नो भ्रष्ट स्वभावअनुसार त्यो हानिलाई सम्हाल्नेछ, र उसले आवेशमा आएर उत्ताउलो पाराले काम गर्नेछ। त्यसोभए, तिनीहरूले देखाउने र प्रकट गर्ने कुरा गरम मिजास हो। गरम मिजास सकारात्मक कुरा हो कि नकारात्मक कुरा? स्पष्टतः यो नकारात्मक कुरा हो। गरम मिजासमा जिउनु राम्रो कुरा होइन; यसले विपत्ति निम्त्याउने सम्भावना हुन्छ। परिस्थिति आइपर्दा यदि कसैको गरम मिजास र भ्रष्टता खुलासा हुन्छ भने, के ऊ सत्यता खोज्ने र परमेश्‍वरमा समर्पित हुने व्यक्ति हो? स्पष्टतः यस्तो व्यक्ति निश्चय नै परमेश्‍वरप्रति समर्पित हुँदैन। जहाँसम्म परमेश्‍वरले मानिसहरूका लागि बन्दोबस्त गर्ने विभिन्‍न मानिस, घटना, परिस्थिति, र वातावरणको कुरा छ, यदि कसैले ती परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्दैनन्, बरु तिनलाई मानव तरिकाले सामना र समाधान गर्छ भने, अन्त्यमा त्यसको परिणाम के हुनेछ? (परमेश्‍वरले त्यो व्यक्तिलाई तिरस्कार गर्नुहुनेछ।) परमेश्‍वरले त्यो व्यक्तिलाई घृणा गर्नुहुनेछ, त्यसैले के त्यो मानिसहरूका लागि शिक्षाप्रद हुनेछ? (अहँ, हुनेछैन।) ऊ आफ्नो जीवनमा हार्ने मात्र नभई, उसले अरूलाई सुधार पनि गर्नेछैन। त्योभन्दा पनि, उसले परमेश्‍वरलाई अपमान गर्नेछ अनि उहाँलाई तिनीहरूलाई तिरस्कार गर्न लगाउनेछ। यस्तो व्यक्तिले आफ्नो गवाही गुमाएको हुन्छ र ऊ जहाँ गए पनि अवाञ्छनीय हुन्छ। यदि तँ परमेश्‍वरको घरको सदस्य होस्, र पनि आफ्‍नो कार्य-व्यवहारमा सधैँ गरम मिजास देखाउँछस्, सधैँ आफूभित्रको प्राकृतिक कुरा प्रकट गर्छस्, र मानव माध्यम र भ्रष्ट, शैतानी स्वभावअनुसार कामकुरा गर्दै सधैँ आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्छस् भने, यसको अन्तिम परिणाम तैँले दुष्कर्म गर्नु र परमेश्‍वरको विरोध गर्नु हुनेछ—अनि यस पूरै अवधिभर तँ पश्‍चात्तापविहीन रहन्छस् र सत्यता खोजी गर्ने मार्गमा हिँड्न सक्दैनस् भने, तँलाई खुलासा गरेर निकालिनुपर्छ। के शैतानी स्वभावमा भर परेर जिउने अनि यसलाई समाधान गर्न सत्यता नखोज्ने समस्या गम्भीर होइन र? यो समस्याको एउटा पक्ष के हो भने, व्यक्ति आफ्नै जीवनमा वृद्धि वा परिवर्तन हुँदैन; त्योभन्दा पनि, उसले अरूलाई प्रतिकूल प्रभाव पार्नेछ। मण्डलीमा उसको कुनै काम हुँदैन, र समयसँगै, उसले खानेकुराको टेबलवरिपरि उड्दै घिन र हेला निम्त्याउने दुर्गन्धित झिँगा जस्तै मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूलाई ठूलो समस्यामा पार्नेछ। के तिमीहरू यस्तो व्यक्ति बन्‍न चाहन्छौ? (चाहँदैनौँ।)” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभावलाई सत्यता स्विकारेर मात्र हटाउन सकिन्छ)। परमेश्‍वरले मेरो वर्तमान परिस्थितिको खुलासा गर्नुभएको थियो। किन म सधैँ दिक्क मान्थेँ, अनि कहिले त रिसाउँदै मेरा साझेदार सिस्टरहरूमाथि बर्सिन्थेँ। त्यो अगुवाइ गर्न चयन भएर पनि तिनीहरूले मेरा अपेक्षाहरू पूरा नगरिरहेकाले हो। तिनीहरूले सीधै कामको बोझमा काँध थापेर मेरो दबाब कम गर्नुको सट्टा उल्टै मैले तिनीहरूसँग सङ्गति गर्न ऊर्जा खर्चनु परेको र तिनीहरूको कामका कमीकमजोरी हल गर्न मद्दत गर्नु परेको थियो। मलाई लाग्यो, तिनीहरूले मेरो समय बर्बाद गरिरहेका र मेरो देहलाई असजिलो बनाइरहेका छन्, जसले गर्दा मेरो हृदयमा प्रतिरोध उत्पन्न भयो। मैले सत्यता खोजिनँ, बरु तिनीहरूलाई घृणा गर्दै, तिनीहरूमाथि बर्सिँदै र उग्र बन्दै मेरो भ्रष्ट स्वभावमा जिएँ। यसले तिनीहरूलाई नकारात्मक बनायो र बाँधिएको महसुस गरायो, जसले गर्दा हाम्रो काम प्रभावित भयो। ममा साँच्चै मानवताको कमी थियो!

पछि, मैले परमेश्‍वरका अरू वचन पढेँ: “जब केही विशेष कर्तव्यहरू वा बढी तनावपूर्ण र थकानयुक्त कर्तव्यहरू निभाउने कुरा आउँछ, एकातिर, ती कर्तव्यहरू कसरी निर्वाह गर्नुपर्छ, आफूले कस्ता कठिनाइहरू सहनुपर्छ, र आफूले आफ्नो कर्तव्य कसरी परिपालन गर्नुपर्छ र कसरी आफू समर्पित हुनुपर्छ भनी मानिसहरूले सधैँ मनन गर्नुपर्छ। अर्कोतिर, मानिसहरूले आफ्ना अभिप्रायहरूमा कस्ता दुषित कुराहरू छन् र यी कुराहरूले तिनीहरूको कर्तव्य गराइमा कसरी असर पार्छन् भनेर पनि जाँच्नुपर्छ। मानिसहरू कठिनाइ सहन नचाहने प्रवृत्तिसाथ जन्मिन्छन्—कसैले पनि धेरै कठिनाइ सहेर बढी उत्साह वा बढी आनन्द प्राप्त गर्दैन। यस्ता मानिसहरू त अस्तित्वमै छैनन्। देहले कठिनाइ सहनेबित्तिकै मान्छेले चिन्ता र दुःख महसुस गर्नु मान्छेको देहको प्रकृति हो। तर अहिले आफूले निभाउने कर्तव्यमा तिमीहरूले कति कठिनाइ सहनुपर्छ? तैँले केवल थोरै दैहिक थकान सहनुपर्छ र अलि मेहनत लगाउनुपर्छ। यदि तँ यति सानो कठिनाइ पनि सहन सक्दैनस् भने, के तँसँग सङ्कल्प भएको मान्न सकिन्छ र? के तँलाई इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्ने मान्न सकिन्छ र? (सकिँदैन।) यसरी हुँदैन। … आफ्नो कर्तव्य निर्वाह गर्दा कठिनाइ सहन सक्‍नु सजिलो कार्य होइन। विशेष प्रकारको काम राम्ररी गर्नु पनि सजिलो छैन। यी काम गर्न सक्ने मानिसहरूमा निश्‍चय नै परमेश्‍वरका वचनहरू र सत्यताले काम गरिरहेका हुन्छन्। तिनीहरू कठिनाइ र थकानको डरबिना जन्मेका होइनन्। त्यस्तो व्यक्ति त कहाँ भेट्न सकिएला र? यी सबै मानिसहरूमा केही न केही उत्प्रेरणा हुन्छ, र तिनीहरूसँग जगको रूपमा परमेश्‍वरका वचनहरूको केही सत्यता हुन्छ। जब तिनीहरूले आफ्ना कर्तव्यहरू स्विकार्छन्, तिनीहरूका विचार र दृष्टिकोणहरू परिवर्तन हुन्छन्—अनि तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न सजिलो हुन्छ र देहका केही कठिनाइ र थकान सहनु मामुली कुरा लाग्न थाल्छ। तर जो सत्यता बुझ्दैनन् र कामकुरासम्बन्धी जसका विचारहरू परिवर्तन भएका हुँदैनन्, तिनीहरू मानव विचार, धारणा, स्वार्थी चाहना र व्यक्तिगत अभिरुचिहरूअनुसार जिउँछन्, त्यसैले तिनीहरू आफ्नो कर्तव्य निभाउन हिच्किचाउँछन् र अनिच्छुक बन्छन्। उदाहरणको लागि, फोहोरी र थकाइलाग्दो काम गर्ने सम्बन्धमा, कतिपय मानिसहरू यसो भन्छन्, ‘म परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्नेछु। मण्डलीले मेरो लागि जे कर्तव्य बन्दोबस्त गरे पनि, म त्यो गर्नेछु, चाहे त्यो फोहोरी होस् वा थकाइलाग्दो, र चाहे त्यो भव्य होस् वा साधारण। मसँग कुनै मागहरू छैनन्, म त्यसलाई आफ्नो कर्तव्यको रूपमा स्विकार्नेछु। यो परमेश्‍वरले मलाई दिनुभएको आज्ञा हो, र यो थोरै मैला र थकान मैले सहनुपर्ने कठिनाइहरू हुन्।’ यसको फलस्वरूप, तिनीहरू आफ्ना काममा संलग्न हुँदा कुनै कठिनाइ सहिरहेको छु भन्‍ने अनुभूति बिलकुलै गर्दैनन्। अरूलाई त्यो फोहोरी र थकाइलाग्दो लागे पनि, तिनीहरूलाई त्यो सजिलो लाग्छ, किनभने तिनीहरूको हृदय शान्त र अविचलित हुन्छ। त्यो तिनीहरूले परमेश्‍वरको लागि गरिरहेकोले तिनीहरूलाई त्यो कठिन भएजस्तो लाग्दैन। कतिपय मानिसहरू फोहोरी, थकाइलाग्दो, वा सामान्य काम गर्नुलाई तिनीहरूको हैसियत र चरित्रको अपमानको रूपमा लिन्छन्। तिनीहरू त्यसलाई अरूले तिनीहरूलाई सम्मान नगरेको, हेपेको, र तुच्छ नजरले हेरेको रूपमा लिन्छन्। फलस्वरूप, उही काम र कार्यभार सामना गर्नुपर्दा पनि, तिनीहरूलाई त्यो मुस्किल लाग्छ। तिनीहरूले जे गरे पनि, तिनीहरू हृदयमा आक्रोशको भावना बोकेर हिँड्छन्, र परिस्थिति आफूले चाहेजस्तो वा सन्तोषजनक नभएको अनुभूति गर्छन्। भित्री रूपमा, तिनीहरू नकारात्मकता र प्रतिरोधले भरिएका हुन्छन्। तिनीहरू किन नकारात्मक र प्रतिरोधी हुन्छन्? त्यसको जड के हो? धेरैजसो यस्तो किन हुन्छ भने, आफ्नो कर्तव्य निर्वाह गरेर तिनीहरूलाई तलब प्राप्त हुँदैन; सित्तैमा काम गर्नुपरेजस्तो लाग्छ। यदि इनामहरू हुँदो हो त, तिनीहरूलाई यो स्वीकार्य हुन सक्थ्यो, तर तिनीहरूले इनाम पाउँछन् कि पाउँदैनन् भनेर तिनीहरूलाई थाहै हुँदैन। त्यसकारण, मानिसहरूलाई कर्तव्य निभाउनु सार्थक छैन, त्यो बिना उद्देश्य काम गर्नुसरह हो भन्‍ने लाग्छ, र त्यसैले तिनीहरू कर्तव्य निभाउने सवालमा प्रायः नकारात्मक र प्रतिरोधी बन्छन्। यस्तै हुन्छ होइन र? स्पष्ट रूपमा भन्नुपर्दा, यस्ता मानिसहरू कर्तव्य निभाउन अनिच्छुक हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनबाट मैले सत्यता अभ्यास नगर्ने र देहको मात्र ख्याल गर्नेहरू आफ्ना भौतिक हितबारे मात्र सोच्छन् भन्‍ने देखेँ। तिनीहरू आफ्नो कर्तव्यलाई जिम्मेवारी मान्दैनन्। धेरै काम गर्नुपर्दा आफूले केही गुमाइरहेको ठान्छन्, अनि गुनासो र प्रतिरोध गर्छन्। यो तिनीहरूले कर्तव्य निर्वाह गरेको होइन। आफूसँग दाँजेर हेर्दा, मेरा साझेदार सिस्टरहरू नयाँ भएकाले, स्वनिर्भर भई आफ्नो कर्तव्य निभाउन नसक्ने भएकाले, र तिनीहरूलाई मेरो अझ धेरै सङ्गति र सहायता चाहिएकाले, तिनीहरूले मेरो विश्रामको समय खाइरहेका छन् भन्‍ने सोचेर म गुनासाले भरिएँ। म तिनीहरूमाथि बर्सिएँ, क्रोध देखाएँ, तिनीहरूसँग बोल्न वा तिनीहरूको जिम्मामा रहेको कामको वास्ता गर्न चाहिनँ। मैले मण्डलीको कामलाई कहिल्यै मेरो कर्तव्य मानिनँ, वा मण्डलीको काममा हानि हुन नदिन ती सिस्टरहरूलाई छिटोगरी जिम्मेवारी सम्हाल्न कसरी मद्दत गर्ने भनेर सोचिनँ। म धेरै बोल्न वा धेरै समय र ऊर्जा खर्चिन पनि इच्छुक थिइनँ। मेरो व्यवहारलाई मैले आफ्नो कर्तव्य निष्ठापूर्वक गरेकी कसरी मान्न सकिन्थ्यो? विवेक र समझ भएको व्यक्तिले कुनै पनि वातावरणमा व्यक्तिगत हितबारे सोच्दैन। जतिसुकै कष्ट र थकानमा भए पनि तिनीहरू परमेश्‍वरप्रति निष्ठा राख्छन् र कर्तव्य निभाउँछन्। तर, म सधैँ भौतिक सुख र सुविधामा लिप्त हुने बारेमा मात्र सोच्थेँ। कामकुरा केही कठिन हुँदा म दुःखी हुन्थेँ र केही गुमाएको छु भन्‍ने सोच्थेँ, अनि म यो वातावरणबाट भाग्न चाहन्थेँ। यो सबै देहको लिप्सा गर्ने, स्वार्थी र नीच बन्ने मेरो भ्रष्ट स्वभावको उपज थियो। म आफ्नै भ्रष्ट स्वभावभित्र जिएकी थिएँ, जसले मेरा साझेदार सिस्टरहरूलाई निकै हानि गरेको थियो। हरेक दिन मसँग बोल्नुअघि तिनीहरू मेरो हाउभाउ नियाल्ने गर्थे। कहिलेकाहीँ, स्पष्टतः राय हुँदा पनि, तिनीहरू आफूले केही गलत बोलूँला कि भनी डराउँथे, किनभने म रिस देखाइहाल्छु भन्‍ने तिनीहरूलाई थाहा थियो। फलस्वरूप, तिनीहरूले गर्न सक्ने जति पनि कर्तव्य पूरा गर्न सकेनन्। यो मैले कर्तव्य निर्वाह गरेको कसरी भयो र? यो त व्यावहारिक रूपमा नै दुष्कर्म गरी बाधा उत्पन्न गर्नु थियो! अहिले यसबारे सोच्दा मेरो व्यवहार निकै कुरूप थियो भन्‍ने लाग्छ।

पछि, मैले म किन सधैँ सुविधाको लालसा गर्छु, र आफ्नै भौतिक हितबारे सोच्दछु भन्‍ने कुराको खोजी गरेँ। मैले परमेश्‍वरका यी वचन पढेँ: “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता बुझुन्जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुसी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्‍वरका वचनबाट मैले म “अरूको होइन आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने शैतानी विषअनुसार जिइरहेकी छु भन्‍ने देखेँ। मैले गरेका सबै कुरा मेरा लागि थिए, आफ्नो ख्याल नगर्ने व्यक्ति मूर्ख हो भन्‍ने म सोच्थेँ। तसर्थ, कर्तव्य निभाउने क्रममा मेरा सबै सोच र कार्य स्वार्थले प्रेरित थियो। हे ली गएदेखि, मेरो कष्ट र थकान कम होस् भनेर मेरो कामको बोझमा काँध थाप्न छिट्टै केही आइदिए हुन्थ्यो भन्‍ने आश गरेँ। झाओ शिन कामको लय समात्न सुस्त रहेको र धेरै सहयोग गर्न नसकिरहेको देखेर ममा हेयभाव आयो र मैले अर्को साझेदार चाहेँ। तर अगुवा भएर पनि लियु वेनले सिद्धान्त राम्रोसँग समात्न सकिनन्, र उनको कामलाई प्रायः संशोधन गर्नुपर्थ्यो। तिनीहरूले काममा काँध नथापेका मात्र होइन, तिनीहरूसँग सङ्गति गर्न थप प्रयास पनि खर्चनु परेको छ भन्‍ने सोची म क्रोधित हुँदै तिनीहरूमाथि बर्सेँ। यसले मेरो आराम गर्ने समय झनै घटायो, र मलाई तिनीहरूप्रति निकै रिस उठ्यो। तिनीहरूले काममा कठिनाइ सामना गर्दा त्यसमा संलग्न हुन चाहिनँ, जसले नसुल्झिएका समस्या र काममा ढिलाइ निम्त्यायो। म बढी त्याग गरेर धैर्यपूर्वक तिनीहरूलाई सहयोग गर्न तत्पर भएकी भए, यसले म थाकेर लखतरान हुने भए पनि, हामीले मिलेर सहकार्य गरेका भए, मण्डलीको काम सहज रूपमा अघि बढ्न सक्नेथियो। तर मैले मेरो भौतिक हितबारे मात्र सोचेँ। “अरूको होइन आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने शैतानी विषअनुसार जिएर, म झन् स्वार्थी, नीच र मानवतारहित हुँदै गएँ, र काममा समेत ढिलाइ गराएँ। म परिवर्तन नभए परमेश्‍वरले मलाई तिरस्कार गर्नु र हटाउनुहुनेथ्यो! म परमेश्‍वरसामु आएर प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अचेल ‘अरूको होइन आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्‍ने शैतानी विषअनुसार जिइरहेकी छु, यसले मलाई अति नै दुःखी बनाइरहेको छ। मैले अरूलाई दोष नदिँदा पनि परमेश्‍वरलाई दोष दिइरहन्छु। म यसरी जिइरहन चाहन्न। बिन्ती मलाई शैतानी विषका बन्धनबाट मुक्त हुन अगुवाइ गर्नुहोस्।”

पछि, मैले सोचेँ: मैले मानिसलाई सिद्धान्तअनुसार कसरी व्यवहार गर्ने? मैले परमेश्‍वरका यी वचन सम्झेँ: “सर्वप्रथम, तैँले सत्य बुझ्नुपर्छ। जब तँ सत्य बुझ्छस्, तँलाई परमेश्‍वरका अभिप्राय बुझ्न सजिलो हुन्छ र परमेश्‍वरले मानिसहरूलाई अरूसित जे-जसरी व्यवहार गर्नुपर्ने भनेर सिद्धान्त तोक्‍नुभएको छ ती सिद्धान्तहरू तैँले बुझ्नेछस्। अनि, तैँले मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ भनेर जान्नेछस् र तिनीहरूलाई परमेश्‍वरका अभिप्रायबमोजिम व्यवहार गर्न सक्षम हुनेछस्। यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले निश्‍चय नै परमेश्‍वरका अभिप्राय बुझ्न सक्‍नेछैनस् र तैँले अरूसँग सिद्धान्तमा रहेर व्यवहार गर्नेछैनस्। तैँले अरूसँग कसरी व्यवहार गर्नुपर्छ त्यो परमेश्‍वरको वचनमा स्पष्ट देखाइएको वा सङ्केत गरिएको छ; परमेश्‍वरले जस्तो आचरणले मानवजातिसँग व्यवहार गर्नुहुन्छ मानिसहरूले एकअर्कासित गर्ने व्यवहारमा पनि त्यही आचरण अपनाउनुपर्छ। परमेश्‍वरले प्रत्येक व्यक्तिसँग कस्तो व्यवहार गर्नुहुन्छ? कतिपय मानिसहरू अपरिपक्व कदका हुन्छन्; वा जवान हुन्छन्; वा थोरै समयदेखि मात्र परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्; वा प्रकृति सारअनुसार खराब हुँदैनन्, द्वेषपूर्ण हुँदैनन्, तर अलि अज्ञानी वा कम क्षमताका हुन्छन्। अथवा तिनीहरू अत्यन्तै धेरै बन्धनहरूमा परेका हुन्छन्, र तिनीहरूले सत्यतालाई बुझ्‍न बाँकी नै हुन्छ, तिनीहरूले जीवन प्रवेश पाउन बाँकी नै हुन्छ, त्यसैले तिनीहरू मूर्ख कामहरू वा अज्ञानी कार्यहरू गर्नबाट जोगिन सक्दैनन्। तर मानिसहरूले मूर्खता हस्तान्तरण गर्ने कार्यमा नै परमेश्‍वर अल्झिरहनुहुन्‍न; उहाँले तिनीहरूको हृदय मात्र हेर्नुहुन्छ। यदि तिनीहरूले सत्यताको खोजी गर्ने सङ्कल्प गरेका छन् भने, तिनीहरू सही छन्, र जब तिनीहरूको उद्देश्य यही हो भने, परमेश्‍वरले तिनीहरूलाई अवलोकन गरिरहनुभएको हुन्छ, तिनीहरूलाई पर्खिरहनुभएको हुन्छ, र तिनीहरूलाई समय र मौकाहरू दिँदै प्रवेश गर्न अनुमति दिनुहुन्छ। यो होइन कि परमेश्‍वरले तिनीहरूलाई एउटै अपराधको लागि मेटाउनुहुन्छ। त्यो त प्रायः मानिसहरूले गर्ने कुरा हो; परमेश्‍वरले मानिसहरूलाई त्यसरी व्यवहार गर्नुहुन्‍न। यदि परमेश्‍वर मानिसहरूलाई त्यसरी व्यवहार गर्नुहुन्‍न भने, किन मानिसहरूले चाहिँ अरूलाई त्यसरी व्यवहार गर्छन्? के त्यसले तिनीहरूको भ्रष्ट स्वभावलाई देखाउँदैन? तिनीहरूका भ्रष्ट स्वभाव ठीक यस्तै हुन्छ। परमेश्‍वरले अज्ञानी र मूर्ख मानिसहरूसँग कसरी व्यवहार गर्नुहुन्छ, उहाँले अपरिपक्व कद भएका मानिसहरूसित कस्तो व्यवहार गर्नुहुन्छ, उहाँले मानवजातिको भ्रष्ट स्वभावको सामान्य प्रकटीकरणहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ, र दुर्व्यवहार गर्नेहरूलाई कसरी व्यवहार गर्नुहुन्छ त्यो तैँले हेर्नुपर्छ। परमेश्‍वरले फरक-फरक मानिसहरूसित फरक-फरक तरिकाले व्यवहार गर्नुहुन्छ, र उहाँसँग विभिन्न मानिसहरूको असङ्ख्य अवस्थाहरूको व्यवस्थापन गर्ने विभिन्न तरिकाहरू पनि छन्। तैँले यी सत्यताहरूलाई बुझ्नुपर्छ। तैँले यी सत्यताहरूलाई बुझिस् भने, परिस्थितिहरूलाई कसरी अनुभव गर्नुपर्छ र मानिसहरूलाई सिद्धान्तहरू अनुसार कसरी व्यवहार गर्नुपर्छ भनी तैँले जान्नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ)। परमेश्‍वरका वचनले परमेश्‍वरसँग मानिससँग व्यवहार गर्ने सिद्धान्त छन् भन्‍ने देखाए। उहाँ कदमा साना भएकाप्रति सहनशील र धैर्यवान हुनुहुन्छ, तिनीहरूलाई वृद्धि-विकास गर्ने अवसर दिनुहुन्छ। तर मैले अरूले सामना गरेका वास्तविक कठिनाइप्रति ध्यान दिइनँ, उल्टै अत्यन्त धेरै अपेक्षा गरेँ। झाओ शिन पाको उमेरकी र सो काममा नयाँ थिइन्, त्यसैले सुरुमा कामसँग परिचित नहुनु उनको हकमा सामान्य कुरा थियो। तर उनको कठिनाइ बुझ्नु र प्रेमपूर्वक सहयोग गर्नुको साटो, उनले कर्तव्य निभाइरहेकीले तुरुन्त काम सम्हालुन् भन्‍ने चाहन्थेँ। लिउ वेन सुस्त गतिले काम गर्थिन् र धेरै काम हुँदा अलमलमा पर्थिन्। तर कर्तव्य निर्वाहमा स्थिर र गम्भीर थिइन् र वास्तविक कामहरू सम्हाल्न सक्थिन्। तर, मैले ती सिस्टरहरूलाई कामसँग छिटो परिचित हुन मद्दत गरिनँ, बरु उल्टै अत्यन्त धेरै अपेक्षा गरेँ। तिनीहरूले यी अपेक्षा पूरा गर्न नसकेपछि मैले असन्तोष जाहेर गरेँ, जसले गर्दा तिनीहरूले बाँधिएको महसुस गर्न पुगे। मैले पहिलोपटक अगुवा भई कर्तव्य निर्वाह गर्दाको क्षण सम्झेँ, त्योबेला मैले पनि केही जानेकी थिइनँ। ब्रदर-सिस्टरहरूको निरन्तर सहयोगबाट नै मैले केही सिद्धान्त बुझेकी थिएँ। तर, मैले भने आफ्ना सहयोगी सिस्टरहरूबाट अति धेरै माग गरेर तिनीहरूका लागि कामकुरो कठिन बनाएँ। ममा साँच्चै मानवताको कमी थियो! यो सोचेर मलाई निकै लाज भयो।

पछि, खोजीको क्रममा मैले परमेश्‍वरका यी वचन पढेँ: “दाजुभाइ-दिदीबहिनीहरूले कसरी पारस्परिक व्यवहार गर्ने भन्‍नेबारे सिद्धान्तहरू हुनुपर्छ। सधैँ अरूका गल्तीहरूमा ध्यान नदेऊ, बरु तिमीहरूले बारम्बार आफूलाई जाँच्नैपर्छ, र त्यसपछि आफूले अरू मानिसलाई दखल पुग्ने वा हानि हुने कुरा गरेको सक्रियतासाथ स्वीकार गर, अनि खुलस्त हुन र सङ्गति गर्न सिक। यसरी आपसी समझदारी हुन सक्छ। यसबाहेक, आफूमाथि जे आइपरे पनि, तिमीहरूले परिस्थितिलाई परमेश्‍वरका वचनहरूको आधारमा हेर्नुपर्छ। यदि मानिसहरूले सत्यता सिद्धान्तहरू बुझ्‍न र अभ्यासको मार्ग भेट्टाउन सक्छन् भने, तिनीहरू एकै मन र हृदयका बन्‍नेछन्, अनि दाजुभाइ-दिदीबहिनीहरूबीचको सम्‍बन्ध सामान्य हुनेछ, तिनीहरू गैरविश्‍वासीहरूजस्तो उदासीन, रूखो, र निर्दयी बन्‍नेछैनन्, र तिनीहरूले आपसी शङ्का र चिन्तालाई त्याग्‍नेछन्। दाजुभाइ-दिदीबहिनीहरू एकअर्कासँग अझ घनिष्ठ बन्‍नेछन्; तिनीहरूले एकअर्कालाई सहयोग गर्न प्रेम गर्न सक्‍नेछन्; तिनीहरूको हृदयमा सद्‌भाव हुनेछ, र तिनीहरू एकअर्काप्रति सहनशील र दयालु हुनेछन्, र तिनीहरूले एकअर्कालाई एक्ल्याउनुको सट्टा, एकअर्काको डाहा गर्नुको सट्टा, एकअर्कासँग आफूलाई तुलना गर्नुको सट्टा, र एकअर्काविरुद्ध गुप्त रूपमा प्रतिस्पर्धा र अवज्ञा गर्नुको सट्टा, एकअर्कालाई साथ र सहयोग दिनेछन्। … जब मानिसहरू आफ्‍नो भ्रष्ट स्वभावअनुसार जिउँछन्, तब तिनीहरूलाई परमेश्‍वरको अघि शान्त रहन अत्यन्तै गाह्रो हुन्छ, र सत्यताको अभ्यास गर्न र परमेश्‍वरका वचनहरूअनुसार जिउन निकै कठिन हुन्छ। परमेश्‍वरसामु जिउनका लागि, तिमीहरूले आफूबारे मनन गर्न र आफूलाई चिन्‍न, अनि परमेश्‍वरलाई साँचो रूपमा प्रार्थना गर्न सिक्‍नुपर्छ, र त्यसपछि तिमीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग कसरी मिलेर बस्‍ने भनेर सिक्‍नुपर्छ। तिमीहरू एकअर्काप्रति सहनशील हुनैपर्छ, एकअर्काप्रति कोमल हुनैपर्छ, र अरूसित कस्ता सामर्थ्य र गुण छन् भनेर देख्न सक्नुपर्छ, अनि तिमीहरूले अरूका विचारहरू अनि सही कुराहरू स्वीकार गर्न सिक्‍नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनले हामीलाई स्पष्ट भन्छन् कि ब्रदर-सिस्टरहरूसँग कुराकानी गर्दा, हामी सधैँ तिनीहरूको कमीकमजोरीमा केन्द्रित हुनु हुँदैन, बरु तिनीहरूको सबल पक्ष र गुण हेर्नुपर्छ। हामी एकअर्काप्रति सहिष्णु हुनुपर्छ, र एकअर्काको सबल पक्ष र कमीकमजोरीमा पूरक बन्नुपर्छ। झाओ शिन समस्या सुल्झाउन सत्यताबारे सङ्गति गर्नमा राम्रो थिइन्। कहिलेकाहीँ मैले ब्रदर-सिस्टरहरूको समस्या राम्रोसँग बुझ्न नसक्दा झाओ शिनले परमेश्‍वरका सान्दर्भिक वचन खोजेर सङ्गति गरी ती समस्या समाधान गर्न सक्थिन्। लियू वेन सुस्त भए पनि समस्याबारे सावधान भएर सोच्थिन्, र आफ्नो कर्तव्य गम्भीर र जिम्मेवार भएर निर्वाह गर्थिन्। मेरो काम धेरै हुँदा म लापरवाह हुन्थेँ, तर लियू वेनले बेलाबेलामा सम्झाउँथिन्, जुन मेरा लागि उपयोगी र पूरक पनि हुन्थ्यो। हामी तीन जना मिलेर एकअर्काको सबल पक्ष र कमीको पूरक भई काम गरेका भए पक्कै पनि हाम्रो काममा प्रगति हुन्थ्यो। पछि, मैले मेरा साझेदार सिस्टरहरूसँग आफ्नो स्थितिबारे खुलेर कुरा गरेँ, र हामीले एकअर्काका समस्या देखायौँ। सङ्गति गरेर हामीले हाम्रो साझेदारीको मार्ग र दिशा पायौँ, र मेरो हृदयमा निकै सहज महसुस भयो। परमेश्‍वरले बन्दोबस्त गर्नुभएको वातावरण मेरो जीवन विकासका लागि लाभदायी रहेको देखेर म परमेश्‍वरप्रति विशेषतः कृतज्ञ भएँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म फेरि कहिल्यै आफ्नो भाग्यबारे

चेन सिआयो, चीनबाल्यकालमा मेरो परिवार अलि गरिब थियो। आधारभूत आवश्यकताहरूको कहिल्यै ग्यारेन्टी हुन्थेन। आमाले हामीलाई खुवाउन प्रायः छिमेकीसँग...

सहकार्य गर्दाको मेरो कथा

लिएन, अमेरिकामण्डलीमा म मलजल गर्ने कामको जिम्‍मेवार व्यक्ति थिएँ। सुसमाचार फैलँदै र धेरै मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई...

काटछाँट र काटछाँटलाई कसरी लिने

रोजाली, दक्षिण कोरियाबुधवार, अगस्ट १७, २०२२, सफा आकाशआज मैले नयाँ कर्तव्य सुरु गरेकी छु। म लेखन काम गर्दै छु। अप्रत्याशित भए पनि, यो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्