प्रभु येशूले किन पत्रुसलाई स्वर्गको राज्यका चाबीहरू दिनुभयो
बाइबल पढेपछि अलमल्ल परेको
जब म एकाबिहानै उठेँ, मैले प्रार्थना गरेँ, त्यसपछि बाइबल खोलेँ अनि मत्ती १६:१९ पढेँ, जहाँ प्रभु येशूले पत्रुसलाई यसो भन्नुभएको छ: “अनि म तिमीलाई स्वर्ग राज्यका चाबीहरू दिनेछु: र तिमीले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ: अनि तिमीले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ।” धर्मशास्त्रको यो खण्ड पढेपछि, म अन्योलमा परेँ, र सोचेँ: “पत्रुसले कुनै महान् काम गरेनन् न त उनले लेखेका पत्रहरू निकै चर्चित नै छन्। त्यस बाहेक, प्रभु येशू पक्राउ परेपछि जाँचमा पर्दा, पत्रुसले उहाँलाई तीन पटक इन्कार गरे। प्रभुले किन स्वर्गको राज्यका चाबीहरू अरू चेलाहरूलाई नदिएर पत्रुसलाई मात्रै दिनुभयो?” मैले धर्मशास्त्रका खण्डहरूमा खोजी गरिरहेँ, तर कुनै कुराले पनि मेरो अन्योलतालाई समाधान गरेन। मसँग यस कार्यलाई छोडेर काममा जाने बाहेक कुनै विकल्प थिएन।
सहकर्मीलाई सल्लाह मागेर उत्तर पाएको
दिउँसोको खाना खाने समयमा, म अझै पनि त्यस बिहानको प्रश्नको बारेमा सोचविचार गरिरहेकी थिएँ: “परमेश्वर धर्मी हुनुहुन्छ र उहाँले कुनै पनि काम गल्तीबस गर्नुहुन्न, तर प्रभु येशूले किन पत्रुसलाई स्वर्गको राज्यका चाबीहरू दिनुभयो? यसमा कस्तो रहस्य लुकेको छ?” यस विषयमा स्पष्टता प्राप्त गर्न सकूँ भनेर मैले, धेरै वर्षदेखि प्रभुलाई विश्वास गरेका एक जना मेरो सहकर्मीलाई सल्लाह मागेँ।
मेरो सहकर्मीले मुस्कुराउँदै भन्नुभयो: “प्रभुले पत्रुसलाई स्वर्गको राज्यका चाबीहरू दिनुभयो किनभने प्रभुले उसलाई नै छनौट गर्नुभएको थियो। त्यसोभए पत्रुसले कसरी प्रभुको निगाह पाए?” मेरो चकित अनुहारलाई देखेर, उहाँले मलाई सोध्नुभयो: “उहाँ को हुनुहुन्छ भनी प्रभु येशूले चेलाहरूलाई प्रश्न गर्नुहुँदा पत्रुसले कस्तो प्रतिक्रिया दिएका थिए, तपाईंलाई थाहा छ?”
मैले भनेँ, “अनि सिमोन पत्रुसले जवाफ दिएर भने, तपाईं जीवित परमेश्वरको पुत्र, ख्रीष्ट हुनुहुन्छ” (मत्ती १६:१६)।
मेरो सहकर्मीले शिर हल्लाउँदै सहमति जनाएपछि आफ्नो कुरालाई जारी राख्नुभयो: “ठीक भन्नुभयो। प्रभु येशूका बाह्र चेलाहरूमध्ये, पत्रुसले मात्रै पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गरे र प्रभु येशू नै भविष्यवाणी गरिएका मसीह हुनुहुन्छ, उहाँ ख्रीष्ट हुनुहुन्छ भन्ने पहिचान गरे। प्रभु येशूले उहाँ जीवनको रोटी हुनुहुन्छ र अनन्त जीवन प्राप्त गर्नको लागि मानिसहरूले उहाँको देह खानुपर्छ र उहाँको रगत पिउनुपर्छ भनी भन्नुभयो, तब धेरै जना मानिसहरूले धारणाहरू विकास गरे र प्रभुलाई पछ्याउन छोडे। पत्रुसले मात्रै यसो भने: ‘प्रभु, हामी कसकहाँ जाने? अनन्त जीवनका वचनहरू तपाईंसँगै छन्। र तपाईं त्यो ख्रीष्ट, जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने विश्वास गर्छौं र निश्चित छौं’ (यूहन्ना ६:६८-६९)। यी दुई वटा घटनाहरूबाट, हामी के देख्छौं भने पत्रुसले प्रभु येशूका काम र वचनहरूबाट उहाँलाई साँचो रूपमा बुझेका थिए, प्रभु येशू नै ख्रीष्ट र अनन्त जीवनको मार्ग हुनुहुन्छ भन्ने कुरामा तिनी पूर्ण रूपमा निश्चित थिए। त्यसकारण फरिसीहरूले प्रभु येशूलाई जसरी आलोचना, निन्दा, र आक्रमण गरे पनि, तिनी कहिल्यै अन्योलमा परेनन्, र अरूले प्रभु येशूलाई त्यागे पनि नत्यागे पनि, तिनी कहिल्यै रोकिएनन् तर प्रभुलाई अन्त्यसम्मै पछ्याउँदै आफ्नो भक्तिलाई कायम राखिरहे। त्यसकारण पत्रुस प्रभु येशूको निगाह प्राप्त गर्ने व्यक्ति बने।”
मैले सहमतिमा शिर हल्लाउँदै भनेँ: “तपाईंले ठीक भन्नुभयो। बाह्र चेलाहरूमध्ये पत्रुसले मात्रै प्रभु येशूलाई ख्रीष्ट हुनुहुन्छ भनी पहिचान गरे। पत्रुससँग यस्ता पक्षहरू भएको हुनाले तिनले प्रभुको स्वीकार र अनुमोदन प्राप्त गरेका रहेछन्।”
पत्रुसले प्रभुलाई प्रेम गरे र उहाँको अनुमोदन प्राप्त गरे
मेरो सहकर्मीले त्यसपछि यसो भन्नुभयो: “प्रभु येशूले हामीलाई यसो भन्नुभएको छ: ‘तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू। यो पहिलो र महान् आज्ञा हो’ (मत्ती २२:३७-३८)। ‘यदि मानिसले मलाई प्रेम गर्छ भने, उसले मेरा वचनहरू पालना गर्नेछ: र मेरा पिताले उसलाई प्रेम गर्नुहुनेछ, र हामी उसकहाँ आउनेछौं, र ऊसँग वास गर्नेछौं। जसले मलाई प्रेम गर्दैन, उसले मेरा भनाइहरूलाई पालना गर्दैन’ (यूहन्ना १४:२३-२४)। ‘मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ’ (मत्ती ७:२१)। प्रभुका वचनहरूबाट के कुरा स्पष्ट हुन्छ भने, हामीले प्रभुलाई हाम्रो सम्पूर्ण हृदय र मनले प्रेम गर्न सकौं, उहाँका वचनहरू अनुसार अभ्यास गर्न सकौं, र प्रभुको मार्गलाई पालना गर्न सकौं भन्ने उहाँ चाहनुहुन्छ। हामीलाई उहाँले दिनुहुने मागहरू यिनै हुन् र उहाँको स्याबासी प्राप्त गर्ने र स्वर्गको राज्यमा प्रवेश गर्ने सम्बन्धी मापदण्ड पनि यिनै हुन्। पत्रुसको खोजी प्रभुका यिनै वचनहरूमा आधारित थिए; तिनले परमेश्वरलाई प्रेम गर्ने उद्देश्य बनाए र परमेश्वरलाई प्रेम गर्ने व्यक्ति बन्न लागिपरे। जब गेतसमनीको बगैँचामा प्रभु येशूको पक्राउ भयो, पत्रुस हतार-हतार उहाँको रक्षा गर्न अघि सरे, र प्रधान पूजाहारीको नोकरको कान काटिदिए। पत्रुसले त्यो काम हतारमा गरेको भए पनि, यसले तिनी खतरनाक क्षणमा अघि सरे, तिनले आफ्नो हृदयमा साँचो रूपमा प्रभुलाई प्रेम गर्थे र सच्चा रूपमा उहाँको रक्षा गर्न चाहन्थे भन्ने कुरा देखाउँछ। एक पटक पत्रुसले तीन पटक प्रभुलाई इन्कार गरेको भए पनि, पश्चात्ताप गर्ने र आफूलाई घृणा गर्ने कार्य बाहेक, तिनले त्यसलाई आफ्नो असफलताको कारणको बारेमा मनन गर्ने मौकाको रूपमा पनि लिए। तिनीसँग प्रभुलाई आफ्नो ज्यान दिने इच्छा भए पनि, तिनीसँग उहाँप्रतिको सच्चा प्रेम, वा उहाँप्रति आफ्नो ज्यान दिने वास्तविकता रहेनछ भन्ने तिनले देखे। तिनी अझै पनि मृत्युका बन्धनहरूमा बाँधिएका थिए र तिनले आफ्नो ज्यान जोखिममा पार्ने आँट गरेनन्। त्यसकारण, उनको बाँकी जीवनभरि उनले प्रभुलाई प्रेम गर्न र सन्तुष्ट तुल्याउन मात्रै प्रयास गर्ने भनी आफ्नो भविष्यको खोजीको निम्ति उद्देश्य बनाए। पत्रुसको नम्रता र खोजीको निम्ति प्रभुले तिनलाई स्याबासी दिनुभयो, त्यसकारण प्रभु येशूले पत्रुसलाई निगाह गरेर तिनलाई स्वर्गको राज्यका चाबीहरू दिनुभयो। प्रभुको आज्ञाप्रति पत्रुस आफ्नो सारा जीवनभरि नै विश्वासयोग्य रहे—प्रभु येशू पुनरुत्थान भएर स्वर्ग फर्कनुभएपछि पत्रुस सबैतिर गए र सुसमाचार प्रचार गर्दै बगालहरूको गोठाला गरे। तिनले प्रभुका वचनहरू र उहाँको इच्छाको गवाही दिए र मानिसहरूलाई प्रभुका वचनहरू कसरी अभ्यास गर्ने भनी सिकाए। आफ्नो कामको सिलसिलामा, पत्रुसले दाजुभाइ-दिदीबहिनीहरूलाई आफूले बुझेका सत्यताहरू र परमेश्वर सम्बन्धी तिनको सच्चा बुझाइद्वारा साथ दिए, यसरी तिनले जताततै परमेश्वरको गवाही दिए र दाजुभाइ-दिदीबहिनीहरूलाई प्रभुको अघि ल्याए। र तिनलाई यहूदी विश्वासका अगुवाहरूले जसरी खेदो गरे पनि वा रोमी सरकारले जसरी सतावट गरे पनि, सबै प्रकारका कष्ट र कठिनाइहरू भोगे पनि, पत्रुस परमेश्वरको आज्ञाप्रति ढलपल नभई विश्वासयोग्य रहिरहे र तिनले उहाँको आदेशलाई कहिल्यै बिर्सेनन्। जब रोमी उत्पीडक नेरोले इसाईहरूलाई हत्या गर्न चाहे, तब पत्रुस अरूको सहयोगले रोम सहरबाट भागे। प्रभु येशू पत्रुसकहाँ देखा पर्नुभयो र तिनलाई तिनको खातिर उहाँ फेरि क्रूसमा टाँगिनेछु भनी भन्नुभयो। प्रभुको इच्छालाई बुझे पनि, तिनी फर्केर जान हिचकिचाएनन्, र क्रूसमा उधमुन्टे टाँगिए र आफ्नो ज्यान दिए, यसरी तिनले मृत्युसम्मै आज्ञाकारी भएर अनि परमेश्वरको लागि चरम प्रेम देखाएर गवाही हासिल गरे। यदि हामी स्वर्गको राज्यमा प्रवेश गर्न चाहन्छौं भने, हामीले पनि पत्रुसको उदाहरणबाट सिक्नुपर्छ र हामी प्रभुलाई चिन्ने र प्रेम गर्ने, स्वर्गमा हुनुहुने पिताको इच्छा पूरा गर्ने मानिसहरू हुनुपर्छ। प्रभुले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्ने एउटै मात्र तरिका यही हो।”
मेरो सहकर्मीले भनेको कुरा सुनेपछि, मैले अचानक यो कुरा महसुस गरेँ: “अहो, पत्रुस साँच्चै नै प्रभुलाई प्रेम गर्ने र उहाँको आज्ञापालन गर्ने व्यक्ति थिएछन्! प्रभु येशूले तिनलाई स्वर्गको राज्यका चाबीहरू दिनु त स्वभाविकै हो नि। पत्रुसका अनुभवहरूसँग आफूलाई तुलना गर्दा, मेरो विश्वासमा र मैले प्रभुको लागि जे कुरा समर्पित गरेकी छु त्यसमा त मैले कसरी स्वर्गको राज्यमा प्रवेश गरेर इनाम पाउन सक्छु भन्ने बारेमा मात्रै विचार गरेकी रहेछु। मैले प्रभुका वचनहरूलाई कसरी लागू गर्ने वा उहाँका मापदण्डहरू कसरी पूरा गर्ने भन्ने बारेमा सोचेकै रहेनछु। मेरो काममा, मैले दाजुभाइ-दिदीबहिनीहरूसँग कसरी प्रभुको इच्छाको बारेमा कुराकानी गर्ने त्यसको बारेमा विचार गरेको छैन रहेछु, र सुसमाचार प्रचार गर्ने क्रममा, जब मैले कठिनाइहरूको सामना गरेँ र मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई साथ दिन सकिन, म नकरात्मक र कमजोर भई प्रभुमाथिको आत्मविश्वासलाई गुमाउने गरेकी रहेछु। अहिले पत्रुससँग आफूलाई तुलना गरेपछि मात्रै मैले म प्रभुलाई प्रेम गर्ने व्यक्ति रहेनछु भन्ने थाहा पाएँ! पत्रुसको गवाही साँच्चै नै हामीले अनुकरण गर्नुपर्ने उदाहरण रहेछ, त्यसोभए पत्रुसले कसरी प्रभुलाई चिन्ने र प्रेम गर्ने प्रयास गरे”
पत्रुसले कसरी प्रभुलाई चिन्ने र प्रेम गर्ने प्रयास गरे
मेरो कुरा सुनेपछि, मेरो सहकर्मीले खुशी हुँदै आफ्नो ट्याब्लेट निकालेर मलाई भन्नुभयो: “पत्रुसले कसरी प्रभुलाई चिन्ने र प्रेम गर्ने प्रयास गरे त्यसको बारेमा म सुसमाचार वेबसाइटका केही अनुच्छेदहरू पढ्छु है त। त्यसमा निकै स्पष्ट रूपमा व्याख्या गरिएको छ। हामी सँगै पढौं न: ‘पत्रुसले धेरै वर्षसम्म येशूलाई पछ्याए र उहाँमा धेरै कुराहरू देखे जुन अन्य मानिसहरूमा थिएनन्। … जीवनमा, पत्रुसले आफूलाई येशूले गर्नुभएका हरेक कुराद्वारा मापन गरे। सबैभन्दा महत्वपूर्ण रूपमा, येशूले प्रचार गर्नुभएका सन्देशहरू तिनको हृदयमा गढेर बसे। तिनी सम्पूर्ण रूपले समर्पित र बफादार थिए, र तिनले उहाँविरुद्ध कहिल्यै कुनै पनि गुनासो व्यक्त गरेनन्। परिणामस्वरूप, तिनी येशू जानुहुने हरेक ठाउँमा उहाँको विश्वासयोग्य साथी बने। पत्रुसले येशूका शिक्षाहरू, उहाँका भद्र वचनहरू, उहाँले आफ्नो भोजनमा खानुहुने कुराहरू, उहाँका वस्त्रहरू, उहाँको आश्रय, र उहाँको यात्राको तौरतरिका अवलोकन गरे। तिनले सबै कुरामा येशूको अनुकरण गरे। तिनी कहिल्यै पनि स्व-धर्मी बनेनन्, बरु तिनले त पुराना भइसकेका सबै कुराहरूलाई फालिदिए, र वचन र कर्म दुवैमा येशूको उदाहरणलाई पछ्याए। यसै समयमा पत्रुसले स्वर्ग र पृथ्वी अनि सबै थोक सर्वशक्तिमान्को हातमा छन् र यही कारणले गर्दा तिनले आफूसँग कुनै व्यक्तिगत विकल्प छैन भन्ने अनुभूति गरे। पत्रुसले येशू जे हुनुहुन्थ्यो त्यो सबै आफूमा समाहित गरे र त्यसलाई एक उदाहरणको रूपमा प्रयोग गरे’ (“पत्रुसको जीवनको बारेमा”)।
‘अनुभवको केही अवधिपछि, पत्रुसले येशूमा परमेश्वरका धेरै कामहरू देखे, तिनले परमेश्वरको प्रेमिलोपन देखे, अनि तिनले येशूमा धेरै हदसम्म परमेश्वरको रूप देखे। यसरी नै येशूले बोल्नुभएका वचनहरू मानिसद्वारा बोलिएको होइन, अनि येशूले गर्नुभएको कार्य मानिसद्वारा गरिएको होइन भन्ने पनि उनले देखे। यसको साथै, येशूको वचन अनि कार्यहरूमा, थप रूपमा पत्रुसले परमेश्वरको ज्ञान, अनि ईश्वरीय प्रकृतिका कार्यहरू देखे। तिनका अनुभवहरूको अवधिमा, तिनले आफैलाई मात्र जानेनन्, बरु येशूको प्रत्येक कार्यलाई पनि तिनले नजिकबाट नियाले, जहाँबाट तिनले धेरै कुराहरू पत्ता लगाए, नाउँ लिनुपर्दा, परमेश्वरले येशूद्वारा गर्नुभएको धेरै कार्यहरूमा व्यवहारिक परमेश्वरका अभिव्यक्तिहरू थिए, अनि आफूले बोल्नुभएका वचनहरूमा अनि उहाँले गर्नुभएका कार्यहरूमा, र साथसाथै उहाँले जुन शैलीमा मण्डलीको गोठालो गर्नुभयो र कार्य गर्नुभयो त्यो शैलीमा येशू एउटा साधारण मानिसभन्दा भिन्न हुनुहुन्थ्यो। यसकारण, पत्रुसले येशूबाट धेरै पाठहरू सिके जो तिनले सिक्नुपर्थ्यो, अनि येशू क्रूसमा टाँगिन लाग्दासम्ममा, तिनले केही हदसम्म येशूको ज्ञान प्राप्त गरिसकेका थिए—त्यो ज्ञान जुन येशूप्रति तिनी जीवनभर बफादार बन्ने अनि तिनले परमेश्वरको लागि उँधोमुन्टो क्रूसमा टाँगिएर भोगेको दु:खको आधार बन्यो’ (“परमेश्वरलाई चिन्नेहरू मात्र परमेश्वरको गवाही बन्न सक्छन्”)।”
यो कुरा सुनेपछि, मैले मेरो सहकर्मीलाई भनेँ: “अँ, त्यसो भए, प्रभु येशूलाई पछ्याउने क्रममा, पत्रुसले प्रभुका काम र व्यवहारलाई अवलोकन गरिरहे, र उहाँका वचन र व्यवहारहरूबाट तिनले उहाँलाई चिन्न पुगे।”
मेरो सहकर्मीले भन्नुभयो: “ठीक भन्नुभयो। हामी यी दुई वटा खण्डहरूबाट के देख्न सक्छौं भने, पत्रुसले प्रभुलाई चिन्ने उत्कट इच्छा गरेका थिए र जब तिनले प्रभु येशूसँग अन्तरक्रिया गर्थे, तब प्रभु येशूले भन्नुभएको हरेक स-साना कुराहरूलाई पनि तिनले ध्यान दिन्थे। उहाँमा, पत्रुसले धेरै ईश्वरीयता देखे। उदाहरणको लागि, प्रभु येशूले बोल्नुभएका वचनहरू सत्यता थिए; ती शक्ति र अख्तियारले भरिएका थिए र मानिसहरूका आत्मिक खाँचोहरूको निम्ति भरण-पोषण प्रदान गर्न सक्थे। प्रभु येशूले प्रकट गर्नुभएका आश्चर्यकर्महरू र असाधारण कुराहरू परमेश्वरको अख्तियारको अख्तियार र सर्वशक्तिमान्ता थिए र कुनै पनि मानिसले गर्न नसक्ने कुरा थिए। प्रभु येशूले सबै पाप क्षमा गर्दै र मानवजातिमाथि प्रशस्त आशिष् खन्याउँदै, पापीहरूलाई दयाको साथ मुक्ति दिनुभयो—उहाँ मानवजातिप्रति कृपा र प्रेमले भरिनुभएको थियो। प्रभु येशूले फरिसीहरूलाई सात धिक्कारले हप्काउनुभएको र भर्त्सना गर्नुभएको घटनाबाट पत्रुसले उहाँ पवित्र र धर्मी हुनुहुन्छ, र उहाँले मानिसबाट कुनै पनि उल्लङ्घन सहनुहुन्न भन्ने पनि देखे। उहाँले काम गरिरहनुभएको बेला, उहाँको देहले जति कष्ट भोगे पनि वा उहाँको काम जति कठिन भए पनि, आफ्नै जीवन बलिदान दिनुपर्ने भए पनि, प्रभु येशूले परमेश्वरको आज्ञालाई पूर्ण रूपमा अघि बढाउने अठोट गर्नुभएको थियो। पत्रुसले ख्रीष्टको सार परमेश्वर पिताको इच्छालाई पालना गर्ने सार थियो भन्ने देखे। पत्रुसले येशूमा धेरै ईश्वरीयता देखे र परमेश्वरको बारेमा सच्चा र व्यवहारिक बुझाइ प्राप्त गरे। यसको साथै, पत्रुसले प्रभु येशूका वचनहरूलाई हृदयमा राखेर बारम्बार तिनको मनन गर्थे र तीबाट प्रभुको इच्छा बुझ्ने प्रयास गर्थे, ताकि तिनले मानवजातिप्रतिको परमेश्वरका मागहरूलाई पूरा गर्न सकून्। एक पटक येशूले तिनलाई तिन पटक यसो भनेर सोध्नुभएको थियो: ‘यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?’ (यूहन्ना २१:१६)। पत्रुसले यसको बारेमा बारम्बार मनन गरे र मननद्वारा, उनले वास्तविक ख्रीष्टलाई होइन तर स्वर्गका अस्पष्ट परमेश्वरलाई प्रेम गरेका रहेछन् भन्ने थाहा पाए। तिनले त्यसो गर्नु परमेश्वरलाई साँचो रूपमा प्रेम गर्नु होइन, तर पृथ्वीमा आउनुभएका ख्रीष्टलाई प्रेम गर्नु मात्रै सच्चा रूपमा परमेश्वरलाई प्रेम गर्नु हो भन्ने थाहा पाए। त्यहाँदेखि तिनले प्रभुप्रतिको प्रेम कसरी हासिल गर्ने त्यसको बारेमा बारम्बार प्रार्थना र खोजी गरिरहे। अन्त्यमा तिनले परमेश्वरप्रतिको साँचो प्रेम र मृत्युसम्मैको आज्ञाकारीता हासिल गरे, अनि परमेश्वरलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति बने। पत्रुस प्रभु येशूले गर्नुभएको आलोचनालाई स्वीकार गर्न र पालन गर्न, र त्यसबाट सत्यता खोजी गर्न सक्ने भए। जब तिनले येशू क्रूसमा टाँगिन लाग्नुभएको छ भन्ने थाहा पाए र यसो हुन सक्दैन भन्दै तिनले उहाँलाई रोक्ने प्रयास गरे, तब येशूले तिनलाई नराम्ररी हप्काउनुभयो: ‘शैतान, मबाट पछि हट्’ (मत्ती १६:२३)। पत्रुसले येशूको कडा हप्कीबाट के बुझे पनि परमेश्वरको इच्छालाई रोक्ने कुनै पनि कुरा शैतानको काम हो र परमेश्वरले यसको भर्त्सना गर्नुहुन्छ। यसबाट हामी के देख्न सक्छौं भने, पत्रुसले प्रभुको काम, कार्य-व्यवहार, प्रवचन, र हप्कीहरूबाट उहाँलाई बुझ्नु महत्त्वपूर्ण कुरा थियो, र यही कारणले गर्दा तिनीसँग प्रभुको बारेमा साँचो बुझाइ थियो र तिनले उहाँलाई सच्चा प्रेम गर्ने हृदयको विकास गरेका थिए।”
मेरो सहकर्मीको सङ्गति सुनेपछि मैले वास्तवमा नै स्पष्टता प्राप्त गरेँ। मैले मेरो हृदयमा के अनुभव गरेँ भने, परमेश्वरले साँच्चै नै मानिसहरूको हृदय र मन जाँच्नुहुन्छ। प्रभु येशूले पत्रुसलाई त्यतिकै स्याबासी दिनुभएको र स्वर्गको राज्यका चाबीहरू दिनुभएको थिएन। पत्रुसको मानवता र क्षमता, र सत्यता र प्रभुलाई प्रेम गर्ने उनको हृदयसँग येशूको घनिष्ठता थियो। उहाँको आज्ञा र भरोसाको लागि पत्रुस नै सबैभन्दा योग्य छन् भन्ने कुरा उहाँलाई थाहा थियो, त्यसैले गर्दा, उहाँले तिनलाई आफ्नो बगाल हेर्ने ठूलो जिम्मेवारी सुम्पनुभयो। अहिले विचार गर्दा, मैले पत्रुसले प्रभुलाई तीन पटक इन्कार गरे पनि तिनलाई गर्नुभएको अनुमोदनलाई बुझ्न असफल भएको थिएँ, तर अहिले मैले प्रभुले व्यक्तिको सारलाई हेर्नुहुन्छ भन्ने बुझेँ। अर्कोतर्फ, मैले पत्रुसको व्यवहारलाई मात्रै हेरेको थिएँ। यति मात्र होइन, त्यो बेला पत्रुसले प्रभुलाई पछ्याएको तीन वर्ष मात्रै भएको थियो, त्यसकारण तिनको विश्वास ठूलो भइसकेको थिएन। जीवन र मृत्युको एउटा महत्त्वपूर्ण मोडमा, देहको कमजोरी देखा पर्नु अपेक्षाकृत नै हुन्छ। मैले कसरी अरूको सानोतिनो गल्तीलाई पनि कोट्याउन सक्छु? यदि म भएको भए, येशूलाई पक्राउ गरेर लैजाँदा म भागेर जानेथिएँ, तैपनि मैले पत्रुसको आलोचना गरेँ र तिनलाई सीमित गरेँ। त्यो मेरो अत्यन्तै अहङ्कारी, मूर्ख, र अज्ञानी व्यवहार थियो! मेरो सहकर्मीको सङ्गतिद्वारा मैले पत्रुसले परमेश्वरलाई आनन्द दिए र हामीले तिनको उदाहरण पछ्याउनुपर्छ भन्ने कुरा बुझेँ। मैले जीवनमा प्रभुका वचनहरू लागू गर्न सकूँ, मेरो काम र सेवा प्रभुमा समर्पित गर्न सकूँ, र सबै कुरामा प्रभुलाई चिन्न र प्रेम गर्न, र उहाँको इच्छा पूरा गर्न सकूँ भन्ने मेरो कामना छ। यसरी मात्रै मैले परमेश्वरको अनुमोदन प्राप्त गर्न र स्वर्गको राज्यमा प्रवेश गर्ने मौका प्राप्त गर्न सक्छु।
यो सबै कुरा सुनेपछि, मैले मेरो सहकर्मीलाई भनेँ: “प्रभुको अगुवाइ र आजको हाम्रो कुराकानीको कारण, आज मैले प्रभुले किन पत्रुसलाई स्वर्गको राज्यका चाबीहरू दिनुभयो भन्ने कुरा बुझेँ। यसमा साँच्चै नै रहस्य लुकेको रहेछ! अब मैले कसरी खोजी गर्ने भन्ने कुरा थाहा पाएँ। प्रभुको अगुवाइको लागि म धन्यवाद दिन्छु। आमेन!”
उहाँ मुस्कुराउनुभयो र भन्नुभयो, “प्रभुलाई धन्यवाद होस्! आमेन।”