जिम्मेवारीबाट पन्छिनुका परिणामहरू
फेब्रवरी २०२१ मा एक दिन एक जना अगुवाले मलाई मैले स्पेनिस भाषा बोल्ने देशहरूका नयाँ विश्वासीहरूको मण्डलीको जिम्मेवारी लिनुपर्छ भनेर...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २००४, मे महिनामा, एउटा यहूदाले घात गरेका कारण एउटा भेलाबाट फर्कने क्रममा वु र म पक्राउ पर्यौँ। प्रहरी चौकीमा प्रहरीले मण्डलीका अगुवाहरू को-को हुन् र भेटी कहाँ छ भनी सोधपुछ गर्दै मलाई दबाब दिइरहे। मैले बोल्न इन्कार गर्दा, चार-पाँच जना प्रहरीले मलाई घेरेर धकेल्न र कुट्न थाले। एउटा प्रहरीले एक मिटरभन्दा लामो र बूढीऔँलाजत्तिकै मोटो बाँसको लौरोले मेरो शरीरभरि निर्दयी रूपमा हिर्कायो, सोसँगै उसको खुट्टाले मेरो तिघ्रामा पटक-पटक कुल्चिरह्यो। एउटी महिला प्रहरीले मेरो गालामा जोडले थप्पड हानी। उनीहरूले मेरा हातहरू पछाडि लगेर हतकडी लगाइदिए र जोडले झड्कारिदिए। त्यो यातनाले म मुस्किलले सास फेर्न सक्थेँ—म निसास्सिएजस्तै भइरहेकी थिएँ। मेरो अनुहारबाट पसिना बगिरहेको थियो, अनि उनीहरू आलोपालो गर्दै मलाई कुट्ने र सोधपुछ गर्ने गरिरहेका थिए। मेरो पूरै शरीर वेदनामा थियो। म शौच गर्न आफ्नै पाइन्ट तल तान्न पनि नसक्ने भएकी थिएँ; एउटी महिला प्रहरीले मेरो पाइन्ट तानिदिनुपरेको थियो। मैले मेरा तिघ्रामा र नितम्बको छेउमा भन्टाजस्तै गाढा बैजनी रङजस्तै देखिने ठूला नीलडामहरू देखेँ। मलाई यति धेरै दुखेको थियो कि म टुक्रुक्क बस्न पनि सकिनँ। त्यस रात, म अझै पनि नबोल्ने देखेर, उनीहरूले मलाई बरफजस्तै चिसो भुइँमा बसाए र आलोपालो गर्दै सोधपुछ गर्न जारी राखे। उनीहरूले मलाई न हल्लिन दिन्थे न सुत्न नै। चिसोले गर्दा मेरो कम्मर र खुट्टाहरू लाटो भएका र सुन्निएका थिए। मेरो टाउको रिँगाइरहेको थियो र दुखाइले फुट्लाजस्तो भएको थियो। आँखा बन्द गर्नेबित्तिकै एउटा प्रहरीले मलाई चिच्याएर हप्काउँथ्यो। मलाई लाग्यो, म अब थेग्न सक्दिनँ, सायद म मर्छु होला। मैले सोचेँ, “मैले केही बोलिनँ भने, उनीहरूले मलाई छाड्नेछैनन्। अब अर्को कस्तो यातना दिने हुन् मलाई थाहा छैन। के म त्यो सहन सकुँला त? यदि मलाई यातना दिएर मारियो भने, के मेरो आस्था व्यर्थ हुनेछैन र? म मरेँ भने मैले कसरी मुक्ति पाउन सक्छु र?” त्यसैले उनीहरूलाई झुक्याउने आशामा मैले केही कुराहरू बनाएर भनेँ, तर उनीहरूले अलिकति पनि विश्वास गरेनन् र सोधपुछ गरिनैरहे।
भोलिपल्ट दिउँसो पाँच-छ बजेतिर, नगर सार्वजनिक सुरक्षा ब्युरो र राष्ट्रिय सुरक्षा ब्रिगेडका प्रहरीहरूले सोधपुछ जारी राख्न वु र मलाई एउटा होटेलमा लगे। झ्यालहरूमा बाहिर नदेखिने बाक्ला पर्दाहरू लगाइएका थिए, अनि हतियारधारी प्रहरीहरूले पहरा दिइरहेका थिए। यो देखेर मेरो आङ सिरिङ्ग भयो। अब उनीहरूले मलाई कस्तो यातना दिने हुन् भनेर म असाध्यै डराएकी थिएँ। मैले आफ्नो हृदयमा निरन्तर परमेश्वरलाई प्रार्थना गरिरहेँ। प्रहरीले मलाई वुबाट अलग राखे र २४ सै घण्टा आलोपालो गर्दै सोधपुछ गर्न थाले। उनीहरूले मलाई कुर्सीमा बसाए अनि हल्लिन वा सुत्न दिएनन्। मैले आँखा बन्द गरेँ भने, उनीहरूले मलाई गालीगलौज गर्थे। त्यो सास्तीले गर्दा मेरो टाउको रिँगाइरहेको थियो र मेरो होसहवास उडेको थियो। दुई दिनपछि, वुले ममाथि घात गरी। भेटी स्थानान्तरण गर्ने मेरो जिम्मेवारी थियो भनेर उसले प्रहरीलाई बताई। उसले कयौँ जिल्ला अगुवा, अतिथि सत्कार गर्ने परिवार, र संरक्षण गर्ने परिवारहरूमाथि पनि घात गरी। वुको बयान हातमा लिएर, एउटा प्रहरीले धम्काउँदै मलाई भन्यो, “तँ नबोलेर केही फाइदा छैन। उसले हामीलाई सबै कुरा भनिसकी। तैँले भेटी कहाँ सारिस्? हामीले जमिन खनेर भए पनि त्यो पैसा भेटाउनेछौँ। तँ नबोले पनि हामी तँलाई सजाय दिइछाड्नेछौँ! सर्वशक्तिमान् परमेश्वरको मण्डली राज्यको कारवाहीको मुख्य तारो हो। सर्वशक्तिमान् परमेश्वरमाथिको विश्वासले सामाजिक व्यवस्थालाई खलबलाउँछ। यो गैरकानुनी हो। हामीले तँलाई मार्यौँ भने पनि हामी कुनै समस्यामा पर्नेछैनौँ! हामीले तँलाई यसरी पिटिरहेका छौँ, तैपनि तेरो परमेश्वर तँलाई बचाउन किन आउँदैन? परमेश्वर भन्ने कोही छैन!” त्यसपछि उनीहरूले मलाई परमेश्वरको ईशनिन्दा गर्ने कुराहरू बोल्न बाध्य पार्न खोजे। मैले इन्कार गर्दा, उसले मेरो गालामा जोडले थप्पड हान्यो। उसले क्रूरतापूर्वक गर्जँदै भन्यो, “हामीसँग तँलाई ठीक पार्ने थुप्रै तरिकाहरू छन्! तँ बोलिनस् भने, हामी चक्कुले तेरो अनुहार ताछेर तँलाई कुरूप बनाइदिनेछौँ, अनि तँलाई बोरामा कोचेर माछालाई खुवाउन ह्वाङपु नदीमा फालिदिनेछौँ!” मैले सोचेँ, “यी दुष्ट प्रहरीहरूले जे पनि गर्न सक्छन्। यदि उनीहरूले साँच्चै मलाई नदीमा फालिदिए भने, म मरेको कसैलाई पनि थाहा हुँदैन। म अहिल्यै मर्न चाहन्नँ। यदि म मरेँ भने, के मेरो आस्था व्यर्थ हुनेछैन र? तब मैले कसरी मुक्ति पाउन सक्छु र? सायद मैले केही कुरा बताइदिनुपर्छ…। त्यसमाथि, वुले त बोलिसकी। मैले स्वीकार गरे पनि वा नगरे पनि अब केही फरक पर्दैन।” त्यसपछि प्रहरीले वुले बताएका अतिथि सत्कार गर्ने परिवार र संरक्षण गर्ने परिवारहरूको ठेगाना, अनि सिस्टरहरूको हुलिया र नाम मलाई बताए। मैले नबोलीकन ती कुरा स्वीकार गरेँ। तर प्रहरीले भन्यो, “उसले सबै कुरा स्वीकार गरी र अब ऊ सिधै घर जाँदै छे। उसले हामीलाई जे-जे बताई, तैँले त्यसको पुष्टि मात्र गरेकी छस्। तैँले एउटा पनि नयाँ व्यक्ति वा घरको नाम भनेकी छैनस्। तैँले भनिनस् भने, हामी तँलाई पक्कै जेल पठाउनेछौँ। तेरो यस खराब रवैया र असहयोगका लागि तँ आफै जिम्मेवार हुनेछस्!” मैले सोचेँ, मैले अलिकति मात्र अरू कुरा बताएँ भने, सायद उनीहरूले मलाई छाडिदिन्छन् कि, वा मेरो सजाय कम गरिदिन्छन् कि। त्यसैले, मैले उनीहरूलाई अतिथि सत्कार गर्ने अर्की एउटी सिस्टरको ठेगाना दिएँ। मैले आफ्नी सिस्टरमाथि घात गरेको त्यो क्षण, मलाई नरकमै खसेजस्तो महसुस भयो। म त्यो भावनालाई शब्दमा व्यक्त गर्न सक्दिनँ। मेरो शरीरको पूरै शक्ति सकिएको थियो। म भुइँमा ढलेँ अनि धरधरी रोएँ। मैले आफैलाई मार्न बिजुलीको तार समात्ने कोसिस गरेँ, तर एउटा प्रहरीले आफ्नो खुट्टाले मेरो हात कुल्चियो। आफ्नी सिस्टरलाई धोका दिएकामा म पश्चात्तापले भरिएँ, अनि मेरो हृदयमा मैले आफूलाई पटक-पटक सरापेँ, म मर्न र नष्ट हुन लायक छु भनेर भनेँ। मैले परमेश्वरका वचन सम्झेँ: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि बफादारी नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई कुनै बेला विश्वासघात गरेकाहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई घात गर्नेहरूसँग सङ्गत गर्न झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय पूर्ण रूपमा तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन…” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरका वचनले मलाई त्रसित बनाए। मैले परमेश्वरको धर्मी स्वभावको उल्लङ्घन गर्न सकिँदैन भन्ने महसुस गरेँ। मैले आफ्नी सिस्टरमाथि घात गरेकी थिएँ र परमेश्वरलाई धोका दिएकी थिएँ। मैले परमेश्वरको स्वभावको उल्लङ्घन गरेकी थिएँ, र उप्रान्त परमेश्वरले मलाई चाहनुहुन्नथियो। विश्वासीका रूपमा मेरो जीवन पूरै सिद्धिएको थियो। त्यो क्षणमा, मलाई बाँच्नुभन्दा मर्नु नै बेस जस्तो लाग्यो।
तर प्रहरीले मलाई अझै छाडेको थिएन। उनीहरूले मण्डलीका बारेमा जानकारी निकाल्न मलाई सोधपुछ गरिरहे। उनीहरूले मलाई दिनको २४सै घण्टा कुर्सीमा बस्न बाध्य पारे, हल्लिन वा सुत्न पनि दिएनन्। उनीहरूले मलाई लगभग एक हप्तासम्म सुत्न नदिएर यातना दिए। म यति धेरै सास्तीमा थिएँ कि म खाना पनि खान सक्दिनथेँ। म ढल्न लागेको देखेर, प्रहरीले मलाई सलाइन पानी चढाउन अस्पताल लग्यो। हामी फर्केपछि, उनीहरूले आलोपालो गर्दै मलाई सोधपुछ गर्न जारी राखे अनि ब्रदर-सिस्टरहरूका तस्बिरहरू देखाउँदै उनीहरूलाई चिन्न दबाब दिए। मैले आफैलाई भनेँ, “मैले पहिल्यै परमेश्वरको स्वभावको उल्लङ्घन गरिसकेकी छु र एउटी लाजमर्दो यहूदा बनेकी छु। म फेरि परमेश्वरलाई धोका दिन सक्दिनँ।” त्यसैले उनीहरूले जति नै सोधपुछ गरे पनि मैले केही बताइनँ। एक महिनापछि, उनीहरूले “सामाजिक व्यवस्था खलबलाएको” आरोपमा मलाई दुई वर्षको श्रम शिविरमार्फत पुनर्शिक्षाको सजाय सुनाए। जब प्रहरीले म र वुलाई श्रम शिविरमा लगिरहेका थिए, वुले मलाई मैले घात गरेकी अतिथि सत्कारक सिस्टर पक्राउ परेको बताई। परिवारले अलि भनसुन गरेपछि उनलाई छाडिएको थियो, तर उनलाई निरन्तर निगरानीमा राखिएको थियो। यो सुन्दा मेरो मुटुमा सियोले छेडेजस्तो भयो। म मृत्युसँग यति धेरै डराएकामा, अनि आफ्नी सिस्टरमाथि घात गरेर उनलाई भेलाहरूमा उपस्थित हुन वा आफ्नो कर्तव्य निर्वाह गर्न नसक्ने बनाएकोमा मैले आफैलाई घृणा गरेँ। मैले धेरै पटक रुँदै परमेश्वरलाई प्रार्थना गरेँ, अनि मलाई थप एउटा मात्र मौका दिनका लागि अर्को वातावरण मिलाइदिन उहाँलाई बिन्ती गरेँ। प्रहरीले मलाई यातना दिएर मारे पनि, म फेरि कहिल्यै मेरा ब्रदर-सिस्टरहरूमाथि घात गर्नेछैनँ भनी मैले कसम खाएँ। श्रम शिविरमा बिताएका ती दुई वर्षको दौडान, जब-जब म परमेश्वरका यी वचन सम्झन्थेँ: “आफ्ना साथीहरूको हितलाई घात गर्नेहरूसँग सङ्गत गर्न झनै मन पराउँदिनँ,” तब मलाई मैले अब मुक्ति पाउने मौका कहिल्यै पाउनेछैनँ अनि नरकमा पुगेर दण्ड भोग्नेछु भन्ने लाग्थ्यो। यो सोचले मलाई अत्यन्तै नकारात्मक बनायो। यो वेदना मृत्युभन्दा पनि खराब थियो। मलाई त मरेपछि मेरो आत्माको यस सास्तीबाट राहत पाइन्छ भन्ने समेत लाग्यो।
दुई वर्षको जेल जीवनपछि, म रिहा भएर घर फर्किएँ, तर आफ्ना ब्रदर-सिस्टरहरूको सम्मुख पर्न मलाई असाध्यै लाज लाग्यो। एउटा सिस्टरलाई धोका दिने लाजमर्दो यहूदा बनेकामा मैले आफैलाई घृणा गरेँ। म अत्यन्तै मानसिक वेदनामा थिएँ, अनि परमेश्वरले मलाई कहिल्यै मुक्ति दिनुहुनेछैन र मैले पक्कै पनि श्राप र दण्ड भोग्नुपर्छ भन्ने कुरामा विश्वस्त थिएँ। म निराश भएँ, मेरा सारा आशा टुटे, अनि यी सबै कुराको अन्त्य होस् भनेर म मर्न चाहेँ। एक दिन, मैले परमेश्वरका वचन सम्झेँ: “१. यदि तँ साँच्चै नै सेवाकर्ता होस् भने, के तँ झाराटारुवापन वा नकारात्मकताको कुनै छनकबिना अर्पित भएर मेरा लागि सेवा प्रदान गर्न सक्छस्? … १०. के तैँले केही प्राप्त नगरे तापनि मेरो निम्ति आजीवन पिडा सहन राजी भई मेरो वफादार अनुयायी बन्न सक्छस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (२))। परमेश्वरका वचन मेरो हृदयको अन्धकारलाई छेड्ने प्रकाशको किरणजस्तै थिए, जसले मलाई बाँच्ने साहस दिए। यो साँचो थियो। मेरो आस्थामा मैले परमेश्वरको लागि सेवा गर्न सक्नु उहाँकै अनुग्रह थियो। परमेश्वरले अन्तमा मलाई मुक्ति नदिनुभए पनि, मैले उहाँका लागि सेवा गर्नुपर्थ्यो। उहाँका वचन मनन गर्दा, मैले थोरै आस्था पुनःप्राप्त गरेँ। म आफ्ना ब्रदर-सिस्टरहरूसँग मिलेर फेरि परमेश्वरका वचन पढ्न, भेला गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने दिनको पर्खाइमा थिएँ। कहिलेकाहीँ, सिस्टरहरू भेलाका लागि मेरी आमाको घरमा आउँथे, अनि उनीहरू सँगै एकसाथ परमेश्वरका वचन पढ्न समर्थ भएको देख्दा मलाई डाह लाग्थ्यो। आफू परमेश्वरको कति ऋणी छु भन्ने सम्झेर, म मण्डलीका लागि आफूले गर्न सक्ने कुरा गर्न चाहन्थेँ। सिस्टरहरू भेला हुन आउँदा, म बाहिर उहाँहरूका लागि पहरा दिन्थेँ र वरपरको अवस्थालाई ध्यान दिन्थेँ। कहिलेकाहीँ म भेटी दिनका लागि अलिकति पैसा जम्मा गर्थेँ। मेरो हृदयलाई केही चैन मिल्ने एउटै मात्र तरिका यही थियो।
सन् २०११ को वसन्त ऋतुमा, एक जना सिस्टरले मलाई भेटेर, “के तपाईँ भेलाहरूमा आउन चाहनुहुन्छ?” भनेर सोध्नुभयो। त्यो क्षणमा, म यति धेरै भावुक भएँ कि मेरा आँखामा आँसु भरिए। मलाई यो परमेश्वरको कृपा हो, र उहाँले मलाई अर्को मौका दिँदै हुनुहुन्छ भन्ने थाहा थियो। पछि, मण्डलीले मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने प्रबन्ध गर्यो। मैले घामपानी नभनी एक दिन पनि यो काम छाडिनँ। म आफ्नो अपराधको प्रायश्चित गर्न निष्कपट भई सेवा गर्न चाहन्थेँ। परमेश्वरका अर्ती, सान्त्वना वा प्रोत्साहनका वचन पढ्दा, मलाई परमेश्वर एउटी मायालु आमाजस्तै हुनुहुन्छ, जसले हाम्रा कमजोरीहरू बुझ्नुहुन्छ र हाम्रो अपरिपक्वतामाथि कृपा गर्नुहुन्छ, अनि हामीलाई सकेसम्म बचाउनुहुन्छ भन्ने महसुस हुन्थ्यो, र मेरा आँखाबाट आँसुका धारा बग्थे। तर मैले यहूदा बनेर परमेश्वरलाई धोका दिएकी थिएँ भन्ने कुरा सम्झनेबित्तिकै, मलाई ती वचनहरू मेरा लागि होइनन् जस्तो लाग्थ्यो। परमेश्वरले मजस्तो मान्छेलाई मुक्ति दिनुहुन्नथियो। म उहाँका प्रतिज्ञाहरू वा उहाँको मुक्ति प्राप्त गर्न योग्य थिइनँ। जब-जब म यो कुरा सोच्थेँ, तब म दिक्दारी र हैरानीमा डुब्थेँ।
सन् २०१६ मा, मैले लेखन-पठनको कर्तव्य निर्वाह गर्न थालेँ। एक पटक, मैले एक जना ब्रदरले लेखेको अनुभवात्मक गवाही पढेँ। उनलाई प्रहरीले क्रूर यातना दिएको थियो तर उनले यहूदा बन्नुभन्दा मर्नु नै निको मानेका थिए। मलाई असाध्यै लाज लाग्यो। हामी दुवै पक्राउ परेका थियौँ, तर उनी आफ्नो गवाहीमा दृढ रहेका थिए, जबकि मैले परमेश्वरलाई धोका दिएर अपराध गरेकी थिएँ। यदि मैले त्यतिखेर आफ्नो देहको वास्ता नगरेकी भए, के म पनि उनीजस्तै आफ्नो गवाहीमा दृढ रहनेथिइनँ र? के म यी वर्षौँदेखिको भित्री सास्तीबाट बच्नेथिइनँ र? भेलाहरूको दौडान, सिस्टरहरूले कुनै निश्चित पक्षमा आफ्नो भ्रष्टता चिनेकोबारे सङ्गति गरेको सुन्दा, म सोच्थेँ, “उनीहरूले त केही भ्रष्ट स्वभाव मात्र प्रकट गरिरहेका छन्। म फरक छु। मैले आफ्ना ब्रदर-सिस्टरहरूमाथि घात गरेँ। म यहूदा बनेँ। मैले गम्भीर अपराध गरेकी छु, र यसलाई कहिल्यै मेटाउन सकिँदैन। परमेश्वरले मलाई बचाउनुहुनेछैन।” त्यसपछि, जब-जब म यहूदाहरूलाई निकाल्ने कुरासँग सम्बन्धित सामग्रीहरू देख्थेँ, तब मलाई आफू पनि एक दिन निकालिनेछु भन्ने डरले दिक्दारी र हैरानी महसुस हुन्थ्यो। सन् २०२२ को हिउँदमा, मैले कुनै समय सँगै काम गरेका दुई जना व्यक्ति, लिउ जिङ र चेन हङ पक्राउ परे। प्रहरीले उनीहरूलाई यातना दिन सुरु गर्नुभन्दा अघि नै उनीहरूले आफ्ना ब्रदर-सिस्टर र अतिथि सत्कारक परिवारहरूमाथि घात गरे। चेन हङले त भेटीका सम्बन्धमा पनि घात गरी। पछि, उनीहरूले कुनै पश्चात्ताप नै देखाएनन् र एकपछि अर्को गर्दै उनीहरूलाई मण्डलीबाट निकालिए। म पनि उनीहरूजस्तै यहूदा बनेकी छु र कुनै दिन निकालिन सक्ने छु भन्ने सोचेर म असाध्यै दिक्दार भएँ।
मैले यी सबै वर्ष आफ्नो कर्तव्य निर्वाह गरिरहेकी भए तापनि, मेरो अपराधलाई लिएर मेरो हृदय निरन्तर हैरानी र दिक्दारीमा डुबिरहन्थ्यो अनि म कुनै छुटकारा पाउन सकेकी थिइनँ। मैले आफ्नो नकारात्मक स्थिति समाधान गर्न कहिल्यै सत्यता खोजिनँ, बरु मलाई मजस्तो व्यक्तिको लागि निष्कपट भई सेवा गर्नु नै पर्याप्त छ भन्ने लाग्थ्यो। मैले आफ्नो आत्मिक भक्तिको समयमा परमेश्वरका वचन नपढुन्जेल यस्तै चलिरह्यो: “मानिसहरू दिक्दारीमा डुब्नुको अर्को जड कारण पनि छ, र त्यो कारण के हो भने मानिसहरू वयस्क नभई वा वयस्क भएपछि केही खास घटनाहरू घट्छन्, अर्थात्, तिनीहरूले केही अपराध गर्छन् वा केही बेबकुफ, मूर्ख, र अज्ञानी कामकुराहरू गर्छन्। तिनीहरू आफूले गरेका यी अपराधहरू, यी बेबकुफ र अज्ञानी कामकुराहरूको कारण दिक्दारीमा डुब्छन्। यसप्रकारको दिक्दारी आफैलाई दोष दिनु हो, र यो तिनीहरू कस्ता व्यक्ति हुन् भन्ने एक प्रकारको चित्रण पनि हो। … पहिले यस्ता काम गरेका मानिसहरूले कुनै खास घटना घट्दा वा कुनै निश्चित वातावरण र परिस्थितिहरूमा प्राय अवचेतन रूपमै असहज महसुस गर्ने गर्छन्। यो असहजताको भावनाले तिनीहरू अनजानमै निराशामा डुब्छन्, र तिनीहरूलाई यो निराशाले बाँध्छ र नियन्त्रित पार्छ। अनि जब-जब तिनीहरूले सत्यतासम्बन्धी कुनै प्रवचन वा सङ्गति सुन्छन्, तब-तब यो निराशा बिस्तारै तिनीहरूको मनमा र तिनीहरूको अन्तस्करणमा प्रवेश गर्छ, र तिनीहरूले यसो भन्दै आफैलाई प्रश्नमाथि प्रश्न गर्छन्, ‘के मैले यसो गर्न सक्छु? के म सत्यता पछ्याउन सक्षम छु? के म मुक्ति प्राप्त गर्न सक्षम छु? म कस्तो प्रकारको व्यक्ति हुँ? मैले पहिले पनि त्यो काम गरेको छु, र म पहिले त्यस्तै व्यक्ति थिएँ। म मुक्ति दिन नसकिने व्यक्ति हुँ! के परमेश्वरले अझै पनि मलाई मुक्ति दिनुहुनेछ त?’ कतिपय मानिस कहिलेकाहीँ आफ्नो दिक्दारी त्याग्न सक्छन् र त्यसलाई पछि छोड्छन्। तिनीहरू आफ्नो इमानदारी र आफूले बटुल्न सक्ने सबै ऊर्जा आफ्ना कर्तव्य, दायित्व, र जिम्मेवारीहरू पूरा गर्नमा लागू गर्छन्, अनि सत्यता पछ्याउन र परमेश्वरका वचनहरू मनन गर्नमा, अनि परमेश्वरका वचनहरू बुझ्नका लागि परिश्रम गर्नमा आफ्नो सारा हृदय र मनसमेत लगाउँछन्। तर विशेष अवस्था वा परिस्थिति आइपर्नेबित्तिकै, दिक्दारीले तिनीहरूलाई फेरि एकपटक गाँज्छ र तिनीहरूलाई हृदयभित्र दोषी महसुस गराउँछ। तिनीहरूले मनमनै विचार गर्छन्, ‘तैँले पहिले पनि त्यो काम गरेको छस्, र तँ त्यस्तै व्यक्ति थिइस्। के तैँले मुक्ति पाउन सक्छस्? के सत्यता अभ्यास गर्नुको कुनै अर्थ छ? तैँले गरेको कुराप्रति परमेश्वरले के विचार गर्नुहुन्छ? के तैँले गरेको कामको सवालमा परमेश्वरले तँलाई क्षमा दिनुहुनेछ? के यसरी मूल्य चुकाएर तैँले त्यो अपराधको शोधभर्ना गर्न सक्छस्?’ तिनीहरू प्रायः आफूलाई दोष दिन्छन् र भित्रभित्रै दोषी महसुस गर्छन्, र तिनीहरू अक्सर आफूलाई शङ्का गर्छन् र आफूमाथि प्रश्नहरू बर्साउँछन्। तिनीहरू यस दिक्दारीलाई कहिल्यै फाल्न सक्दैनन्, र तिनीहरू हृदयमा आफूले गरेका लाजमर्दा कुराहरूबारे सधैँ अप्ठ्यारो महसुस गर्छन्। त्यसकारण, तिनीहरूले यतिका धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका छन्, र तिनीहरूले परमेश्वरले भनेको कुनै कुरा सुनेका छन् भन्ने देखिँदैन, न त तीमध्ये कुनै बुझेका छन् भन्ने नै देखिन्छ। यस्तो लाग्छ मानौँ तिनीहरूलाई मुक्ति पाउने कार्य आफूसँग सम्बन्धित छ कि छैन, आफूलाई दोषमुक्त गर्न र छुटकारा दिन सकिन्छ कि सकिँदैन, वा आफू परमेश्वरको न्याय र सजाय अनि उहाँको मुक्ति पाउन योग्य छु कि छैनँ भन्ने नै थाहा छैन। तिनीहरूलाई यी सब कुराबारे थाहा हुँदा पनि हुँदैन। तिनीहरूले कुनै उत्तर नपाउने हुनाले, र तिनीहरूले कुनै सही फैसला नपाउने हुनाले, तिनीहरूलाई भित्री रूपमा सधैँ दिक्दारी महसुस हुन्छ। तिनीहरू आफ्नो भित्री हृदयमा आफूले गरेका कुराहरू बारम्बार विचार गरिरहन्छन्, त्यसलाई मनमा खेलाइरहन्छन्, यो सब कसरी सुरु भयो र कसरी अन्त्य भयो भनेर याद गरिरहन्छन्, पहिले के आयो र पछि के आयो भनेर याद गरिरहन्छन्। तिनीहरूले यसलाई जसरी याद गरे पनि, तिनीहरूलाई सधैँ पाप महसुस हुन्छ, र त्यसकारण तिनीहरूलाई यो विषयमा वर्षौँसम्म दिक्दारी महसुस भइरहन्छ। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका बेलामा समेत, तिनीहरूले कामको निश्चित पक्षमा सुपरिवेक्षकका रूपमा सेवा गर्दासमेत, तिनीहरूलाई आफूले मुक्ति पाउने कुनै आशा छैन भन्ने महसुस हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनले खुलासा गरेको कुरा ठ्याक्कै मेरो स्थिति थियो। म पक्राउ परी आफ्नी सिस्टरमाथि घात गरेर त्यो अपराध गरेदेखि, म दिक्दारीका भावनाहरूमा जिइरहेकी थिएँ। मलाई लाग्थ्यो, मैले परमेश्वरको स्वभावको उल्लङ्घन गरेकी छु, उहाँले पक्कै पनि मलाई घृणा गर्नुहुन्छ, अनि मैले जसरी पछ्याए पनि उहाँले मलाई कहिल्यै मुक्ति दिनुहुनेछैन। जब म परमेश्वरका प्रोत्साहन र अर्तीका वचन देख्थेँ, मलाई ती मेरा लागि होइनन्, बरु कहिल्यै कुनै अपराध नगरेका बदर-सिस्टरहरूका लागि हुन् भन्ने लाग्थ्यो। हरेक पटक यहूदाहरूलाई निकाल्ने बारेका सामग्रीहरू देख्दा, मेरो मन व्याकुल र बेचैन हुन्थ्यो। मलाई म पनि उनीहरूजस्तै यहूदा बनेकी हुनाले, म पनि सायद कुनै दिन निकालिनेछु भन्ने लाग्थ्यो। मैले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी भए पनि, मेरो हृदय सधैँ परमेश्वरको लागि बन्द थियो, र सत्यता पछ्याउनका लागि म कुनै जाँगर निकाल्न सक्दिनथेँ। म निष्कपट भई सेवा गर्न पाएकोमै सन्तुष्ट थिएँ। मैले एक जना सिस्टरमाथि घात गर्ने अपराध गरेकी भए तापनि, परमेश्वरले अझै पनि ममाथि कृपा गर्नुभयो र मलाई आफ्नो कर्तव्य निर्वाह गर्ने मौका दिनुभयो। मेरो सबैभन्दा गहिरो पीडा र कमजोरीका क्षणमा, परमेश्वरले मलाई नकारात्मकताबाट बाहिर निकाल्न र अभ्यासको मार्ग फेला पार्नमा मदत गर्न आफ्ना वचन प्रयोग गर्नुभयो। परमेश्वरले मलाई सधैँ सत्यता र जीवन दिइरहनुभएको छ, तर मलाई आफ्ना लागि के राम्रो हुन्छ भन्ने थाहा थिएन। मैले परमेश्वरको प्रेमको प्रतिदान गर्न निष्कपट भई सत्यता पछ्याइनँ। यसको साटो, मैले परमेश्वरलाई गलत सम्झेँ र म उहाँबाट तर्किन खोजेँ अनि दिक्दारीका भावनामा जिइरहेँ। ममा साँच्चै कुनै विवेक वा समझ थिएन। म परमेश्वरको ठूलो ऋणी थिएँ र म उहाँको मुक्तिको लागि अयोग्य थिएँ! परमेश्वरका वचनबाट, मैले के बुझेँ भने आफ्नो अपराधको कारण म दिक्दारीको भावनामा जिऊँ भन्ने परमेश्वर चाहनुहुन्नथियो। उहाँले म यसको बन्धनबाट मुक्त भएको, निष्कपट भई सत्यता पछ्याएको, अनि र मुक्तिको मार्गमा हिँडेको चाहनुहुन्थ्यो। मैले के बुझेँ भने मेरो भ्रष्ट स्वभाव समाधान गर्न मैले परमेश्वरका वचन बढी खानु-पिउनु अनि सत्यता खोज्नुपर्छ; म आफ्नो अपराधका बन्धनहरूका माझ जिइरहन र नकारात्मकतामा फर्किन सक्दिनथेँ।
पछि, मैले चिन्तन गरेँ, “मलाई मेरो मुक्ति पाउने कुनै आशा छैन जस्तो लाग्नेबित्तिकै, म किन दिक्दारीमा जिएँ? मलाई कुन भ्रष्ट स्वभावले नियन्त्रण गरिरहेको छ?” मैले परमेश्वरका वचन पढेँ: “मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा पछ्याउने कुरा भनेको भविष्यका लागि आशिष्हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्वासको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षा र शोधनमार्फत निराकरण गरिनुपर्छ। जुनसुकै पक्षहरूमा मानिसहरूलाई शुद्ध पारिएको छैन र मानिसहरूले अझै भ्रष्टता प्रकट गर्छन्, तिनै पक्षहरूमा तिनीहरूलाई शोधन गरिनुपर्छ—यो परमेश्वरको प्रबन्ध हो। परमेश्वरले तेरो लागि वातावरणहरू खडा गर्नुहुन्छ, र तँलाई तिनमा शोधन भोग्न बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ तँ आफ्ना परिकल्पना र चाहनाहरू त्याग्न, अनि मर्नै परे पनि परमेश्वरको सार्वभौमिकता र प्रबन्धप्रति समर्पित हुन इच्छुक हुन्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्ना सोच र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्नेछैनन्। जुन पक्षहरूमा मानिसहरू अझै आफ्नो शैतानी प्रकृतिको बन्धनमा हुन्छन्, र जुन पक्षहरूमा तिनीहरूसँग अझै आफ्नै चाहना र मागहरू हुन्छन्, तिनै पक्षहरूमा तिनीहरूले कष्ट भोग्नुपर्ने हुन्छ। कष्टमार्फत मात्र मानिसहरूले पाठ सिक्न सक्छन्, जसको मतलब तिनीहरू सत्यता प्राप्त गर्न र परमेश्वरका अभिप्रायहरू बुझ्न सक्षम हुन्छन्। वास्तवमा, कष्ट र परीक्षाहरू अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा, कसैले पनि परमेश्वरका अभिप्रायहरू बुझ्न, परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धि चिन्न, वा परमेश्वरको धर्मी स्वभाव बोध गर्न सक्दैन। त्यो असम्भव हुनेछ!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। खासमा मेरो आशिष् पाउने चाहना चकनाचुर भएकोले गर्दा पो म दिक्दारीमा जिइरहेकी रहेछु। सुरुदेखि नै, मैले आशिष् पाउनकै खातिर परमेश्वरमाथि विश्वास गरेकी थिएँ। त्यसैले त म भेलाहरूमा सक्रिय र आफ्नो कर्तव्यमा उत्साहित थिएँ। मेरो अविश्वासी श्रीमान्ले मलाई बाधा पुर्याउँदा, सराप्दा र कुट्दा पनि म बाँधिइनँ। मैले परमेश्वरमा विश्वास गर्न थालेको धेरै समय नबित्दै, म आफ्नो कर्तव्य निर्वाह गर्न घर छाडेर हिँडेँ। मैले मुक्ति पाउन, बाँच्न र परमेश्वरले मानिसको लागि तयार गरेको सुन्दर गन्तव्य प्राप्त गर्न सब थोक त्यागेँ। म पक्राउ परेर यहूदा बनेपछि, मलाई परमेश्वरले अब मलाई बचाउनुहुनेछैन भन्ने लाग्यो। मेरो आशिष्को आशा चकनाचुर भएको देखेर, म निरन्तर नकारात्मक स्थितिमा जिएँ र उप्रान्त सत्यता पछ्याउन इच्छुक भइनँ। परमेश्वरमाथि विश्वास गर्नुको मेरो अभिप्राय गलत रहेछ भन्ने कुरा मैले देखेँ। त्यो सत्यता पछ्याउनका लागि नभई आशिष् प्राप्त गर्नका लागि थियो। म अनुग्रहको युगमा धित मरुञ्जेल खान खोज्नेहरूभन्दा कुनै कुरामा पनि फरक थिइनँ। परमेश्वरमाथिको मेरो विश्वासमा, मैले उहाँबाट कसरी आशिष् र फाइदाहरू प्राप्त गर्ने भन्ने कुरा मात्र सोचेँ। मैले मेरो अपराधलाई समाधान गर्न कसरी सत्यता पछ्याउने, वा परमेश्वरको प्रेम र मुक्तिका लागि उहाँलाई कसरी प्रतिदान भन्ने कुरा कहिल्यै सोचिनँ। म कति धेरै मानवताविहीन भएकी रहेछु! यस प्रकाशको अनुभव गरेर, मैले अन्ततः आफ्नो आस्थामा रहेका मोलतोल गर्ने प्रयासहरू र अशुद्धताहरू चिन्न सकेँ। यी कुरा साँच्चिकै परमेश्वरलाई घृणित र वाकवाकी लाग्ने किसिमका रहेछन्!
पछि, मैले परमेश्वरका वचनका थप दुई खण्ड पढेँ, अनि अपराधहरूलाई कसरी लिने भन्ने कुरा बुझेँ, र तिनीहरूलाई समाधान गर्ने मार्ग फेला पारेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरू अलिअलि अपराध गरेपछि यस्तो अनुमान लगाउँछन्, ‘के परमेश्वरले मलाई प्रकाश गर्नुभएको र हटाउनुभएको हो? के उहाँले मलाई प्रहार त गर्नुहुनेछैन?’ यसपटक, परमेश्वर काम गर्न आउनुभएको हो, मानिसहरूलाई प्रहार गर्न होइन, बरु तिनीहरूलाई जति सम्भव छ, त्यति हदसम्म मुक्ति दिन आउनुभएको हो। कोही पनि त्रुटिरहित छैन—यदि सबैलाई प्रहार गरियो भने, के त्यो मुक्ति हुन्छ र? केही अपराधहरू नियतवश गरिएका हुन्छन्, जबकि अरू अनजानमा भएका हुन्छन्। यदि तँ अनजानमा गरेका कुराहरू पहिचान गरेर परिवर्तन हुन सक्छस् भने, के परमेश्वरले तँ परिवर्तन हुनअघि नै तँलाई प्रहार गर्नुहुन्छ र? के परमेश्वरले मानिसहरूलाई त्यसरी मुक्ति दिनुहुन्छ र? उहाँले काम गर्ने तरिका त्यस्तो होइन! तँमा विद्रोही स्वभाव भए पनि वा तैँले अनजानमा काम गरेको भए पनि, यो कुरा याद गर्: तैँले मनन गरेर आफूलाई चिन्नुपर्छ। तुरुन्तै आफूलाई परिवर्तन गर्नुपर्छ, र सारा शक्तिले सत्यतामा लागिपर्नुपर्छ—अनि, जस्तोसुकै परिस्थिति आइपरे पनि, हताश बन्नु हुँदैन। परमेश्वरले गरिरहनुभएको काम मान्छेको मुक्तिको काम हो, र उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई मनपरी प्रहार गर्नुहुन्न। यो कुरा निश्चित छ। यदि वास्तवमै परमेश्वरले उहाँको कुनै विश्वासीलाई अन्त्यमा प्रहार गर्नुभयो भने पनि, परमेश्वरले गर्नुभएको त्यो काम अवश्य नै धर्मी हुन्छ। समय बित्दै जाँदा, उहाँले तँलाई त्यस व्यक्तिलाई प्रहार गर्नुको कारण बताउनुहुनेछ, अनि तँ पूर्ण रूपमा विश्वस्त हुनेछस्। अहिले तँ बस सत्यताप्रति लागिपर्, जीवन प्रवेशमा ध्यान केन्द्रित गर्, र आफ्नो कर्तव्यमा राम्रो कार्यसम्पादन गर्न खोज्। यसमा कुनै गलत छैन! परमेश्वरले अन्त्यमा तँलाई जे-जसरी सम्हाल्नुभए पनि, त्यो धर्मी नै हुने कुरा निश्चित छ; तैँले यो कुरामा शङ्का गर्नु हुँदैन, र तैँले यसबारे चिन्ता गर्नु पर्दैन। तैँले परमेश्वरको धार्मिकता बुझ्न नसके पनि, एक दिन तँ विश्वस्त हुनेछस्। परमेश्वरले आफ्नो काम न्यायोचित र सम्मानजनक ढङ्गले गर्नुहुन्छ; उहाँले सबै कुरा खुल्लमखुल्ला प्रकाश गर्नुहुन्छ। यदि तिमीहरूले ध्यानपूर्वक यसबारे चिन्तन गर्छौ भने, परमेश्वरको कामले मानिसहरूलाई मुक्ति दिने र तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन गर्ने काम गर्छ भन्ने मार्मिक निष्कर्षमा तिमीहरू पुग्नेछौ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “अनि, परमेश्वरमार्फत तैँले कसरी माफी र क्षमादान पाउन सक्छस्? यो कुरा तेरो हृदयमा निर्भर हुन्छ। यदि तैँले इमानदारीपूर्वक पश्चात्ताप गर्छस्, साँच्चिकै आफ्नो गल्ती र समस्या पहिचान गर्छस्, आफूले गरेको कुरा—चाहे त्यो अपराध होस् वा पाप—पहिचान गर्छस्, साँचो स्वीकारको मनोवृत्ति अपनाउँछस्, आफूले गरेको कुराप्रति साँच्चै घिन मान्छस्, र साँच्चिकै आफूलाई परिवर्तन गर्छस्, र तैँले फेरि त्यस्तो गलत काम गर्दैनस् भने, अन्ततः त्यस्तो दिन आउनेछ, जब तैँले परमेश्वरको माफी र क्षमादान प्राप्त गर्नेछस्, अर्थात् त्यसउप्रान्त परमेश्वरले तैँले पहिले गरेका अज्ञानी, मूर्ख, र फोहोरी कुराहरूको आधारमा तेरो परिणाम निर्धारण गर्नुहुनेछैन। तँ यो स्तरमा पुगेपछि, परमेश्वरले त्यो मामिला पूर्ण रूपमा बिर्सिदिनुहुनेछ; अनि तँ अरू सामान्य मानिसहरूजस्तै हुनेछस्, र तिनीहरूसँग तेरो कुनै भिन्नता हुनेछैन। तर यसको आधार के हो भने, तँ दाऊदजस्तै इमानदार हुनुपर्छ र तँमा पश्चात्तापको साँचो मनोवृत्ति हुनुपर्छ। दाऊदले आफूले गरेका अपराधहरूप्रति कति धेरै आँसु झार्यो? अनगिन्ती आँसु। ऊ कति पटक रोयो? अनगिन्ती पटक। उसले झारेको आँसुलाई यी शब्दहरूद्वारा व्याख्या गर्न सकिन्छ: ‘हरेक रात म आँसुको सागरमा सुत्छु।’ तेरो अपराध कति गम्भीर छ, मलाई थाहा छैन। यदि यो साँच्चिकै गम्भीर छ भने, सायद तँ तेरो ओछ्यान आँसुको आहाल बनुञ्जेल रुनुपर्छ होला—तैँले परमेश्वरको पापक्षमा प्राप्त गर्न सक्नुभन्दा पहिले तैँले त्यो स्तरसम्मको पापस्वीकार र पश्चात्ताप गर्नुपर्छ होला। यदि तैँले यसो गरिनस् भने, सायद परमेश्वरको नजरमा तेरो अपराध पापको रूपमै रहनेछ, र तँ त्यो पापबाट मुक्त हुनेछैनस्। त्यसपछि तँ समस्यामा हुनेछस् र यसबारेमा थप कुरा गर्नुको कुनै औचित्य हुनेछैन। … यदि तँ परमेश्वरको माफी प्राप्त गर्न चाहन्छस् भने, सबभन्दा पहिले तँ इमानदार हुनुपर्छ: एकतर्फ तँमा उत्कट पापस्वीकारको मनोवृत्ति हुनुपर्छ भने, अर्कोतर्फ तैँले आफ्नो इमानदारिता अघि सारेर आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ, नत्रभने कुरा गर्नुको कुनै अर्थ हुँदैन। यदि तँ यी दुई कुरा गर्न सक्छस् भने, यदि तैँले परमेश्वरले तेरो पाप माफ गर्नुहोस् भनेर परमेश्वरलाई आफ्नो इमानदारिता र असल विश्वासले मनाउन सक्छस्, र परमेश्वरलाई तेरो पाप माफ गराउन सक्छस् भने, तँ अरू मानिसहरूजस्तै हुनेछस्। परमेश्वरले तँलाई अरू मानिसहरूलाई जस्तै हेर्नुहुनेछ, अरू मानिसहरूलाई जस्तै व्यवहार गर्नुहुनेछ, र अरू मानिसहरूलाई जस्तै न्याय र सजाय, अनि जाँच र शोधन गर्नुहुनेछ—तँलाई फरक व्यवहार गरिनेछैन। यस तरिकाले तँसँग सत्यता पछ्याउने सङ्कल्प र इच्छा मात्रै हुनेछैन, तेरो सत्यता पछ्याउने कार्यमा परमेश्वरले पनि तँलाई त्यसरी नै अन्तर्दृष्टि, अगुवाइ, र भरणपोषण प्रदान गर्नुहुनेछ। अब तँसँग इमानदार र सच्चा इच्छा, अनि उत्कट मनोवृत्ति हुने हुनाले, परमेश्वरले अवश्यै तँलाई अरूलाई भन्दा फरक व्यवहार गर्नुहुनेछैन, र अरूले जस्तै, तैँले पनि मुक्ति पाउने मौका पाउनेछस्। तिमीहरूले यो कुरा बुझ्यौ नि, होइन त? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनबाट मैले के देखेँ भने उहाँले सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ। उहाँले मानिसहरूलाई एउटै अपराधका लागि पश्चात्ताप गर्ने मौका नै नदिईकन कहिल्यै परिवर्तन गर्न नसकिने गरी दोषी ठहराइहाल्ने गर्नुहुन्न। परमेश्वरले के हामी अपराध गरिसकेपछि साँचो रूपमा पश्चात्ताप गर्न सक्छौँ अनि फेरि कहिल्यै अपराध गर्दैनौँ भन्ने कुरा हेर्नुहुन्छ। मैले दाऊदलाई सम्झेँ, जसले आफ्नो शक्तिको प्रयोग गरेर उरियाहकी पत्नी हरण गरेका थिए। जब उनलाई आफूले पाप गरेको महसुस भयो र परमेश्वरबाट घृणा पाए, तब उनले परमेश्वरसामु साँचो रूपमा पश्चात्ताप गरे र फेरि कहिल्यै त्यो पाप गरेनन्। उनको वृद्धावस्थामा, उनले आफ्नो ओछ्यान न्यानो बनाउन ल्याइएकी युवतीलाई छुँदा पनि छोएनन्। उनको पश्चात्ताप बोलीमा मात्र सीमित थिएन; उनले यसलाई वास्तविक कार्यहरूद्वारा प्रमाणित गरे, र त्यसैले उनले परमेश्वरको कृपा र सहनशीलता प्राप्त गरे। अनि मैले लिउ जिङ र चेन हङलाई सम्झेँ, जो यातना नै नपाईकन यहूदा बने। चेन हङले त दस लाख युआनभन्दा बढी भेटी राखिएको ठाउँको समेत सुराक दिई। पछि, उनीहरू दुवैले अलिकति पनि पश्चात्ताप देखाएनन्। उनीहरूलाई मण्डलीबाट निकाल्नुले परमेश्वरको धार्मिकतालाई पूर्ण रूपमा प्रकट गर्यो। मण्डलीले मलाई फिर्ता स्वीकार गर्यो किनभने मैले कमजोरीको क्षममा, यातना सहन नसकेर आफ्नी सिस्टरमाथि घात गरेकी थिएँ। पछि, म पश्चात्ताप र आत्मग्लानिले भरिएँ, अनि मैले क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गरेँ, यसरी परमेश्वरको घरले मलाई अर्को मौका दियो। परमेश्वरको स्वभाव धर्मी र असल छ, अनि उहाँले सबैलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्नुहुन्छ। मैले परमेश्वरको वचन पढेँ: “कोही पनि त्रुटिरहित छैन—यदि सबैलाई प्रहार गरियो भने, के त्यो मुक्ति हुन्छ र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। विशेष गरी यी वचनहरूले मलाई परमेश्वर एउटी मायालु आमाजस्तै हुनुहुन्छ भन्ने महसुस गरायो, जसले गल्ती गर्ने बच्चालाई सिकाउन आफ्नो वचन प्रयोग गर्नुहुन्छ, अनि उनीहरूलाई हरेस नखान सम्झाउनुहुन्छ र अर्ती दिनुहुन्छ। परमेश्वरका वचनभित्र मैले उहाँका श्रमसाध्य अभिप्रायहरू, र मानवजातिका लागि उहाँको सहनशीलता र कृपा महसुस गरेँ। मलाई आफूले साँचो रूपमा पश्चात्ताप गर्नुपर्छ भन्ने कुरा थाहा थियो। म अब मेरो अपराधको बन्धनमा बाँधिन, आफैलाई फैसला सुनाउन र त्यसैको कारण हरेस खान सक्दिनथेँ। मैले आफ्नो कर्तव्य पूर्ण हृदयले गर्नुपर्थ्यो, आफूमाथि कुराहरू आइपर्दा थप सत्यता खोज्नुपर्थ्यो, सिद्धान्तहरूअनुसार चल्नमा ध्यान केन्द्रित गर्नुपर्थ्यो, र आफ्नो अपराधको प्रायश्चित गर्न वास्तविक कार्यहरू गर्नुपर्थ्यो।
पछि, मैले चिन्तन गरेँ र मेरो असफलताको मूल कारण आफ्नो जीवनको वास्ता गर्नु र मृत्युसँग डराउनु रहेछ भन्ने मलाई महसुस भयो। अब मैले यो समस्यालाई कसरी समाधान गर्न सक्थेँ त? एक दिन, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र मृत्युको कसरी सामना गर्ने भन्ने कुरा बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “प्रभु येशूका ती चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, घोडामा बाँधेर घिस्स्याइएका, उँधोमुन्टो क्रूसमा टाँगिएका, पाँचवटा घोडाले तानेर शरीर चुँडाइएकाहरू पर्थे—तिनीहरूमाथि विभिन्न किसिमको मृत्यु आइपऱ्यो। तिनीहरूको मृत्युको कारण के थियो? के त्यसको कारण तिनीहरू कुनै गलत कार्यमा संलग्न भएपछि कानुनअनुसार तिनीहरूलाई मृत्युदण्ड दिइनु थियो? होइन। तिनीहरूले प्रभुको सुसमाचार प्रसार गरे, तर संसारका मानिसहरूले त्यो स्विकारेनन्, बरु तिनीहरूको निन्दा गरे, तिनीहरूलाई कुटे, र झपारे, अनि तिनीहरूको ज्यान समेत लिए—तिनीहरू त्यसरी नै शहीद भए। ती शहीदहरूको अन्तिम परिणाम, वा तिनीहरूका कार्यहरूबारे परमेश्वरले गर्नुभएको फैसलाबारे कुरा नगरौँ, बरु यो सोधौँ: जब अन्त्यमा तिनीहरूको जीवनको जसरी अन्त्य भयो के त्यो मानव धारणासँग मिल्दो थियो? (अहँ, थिएन।) मानव धारणाहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले परमेश्वरको काम प्रसार गर्नका लागि त्यति ठूलो मूल्य चुकाए, तर तिनीहरू अन्त्यमा सैतानद्वारा मारिए। यो मानिसका धारणाहरूसँग मेल खाँदैन, तर तिनीहरूलाई ठ्याक्कै त्यस्तै नै भयो। परमेश्वरले त्यस्तै हुन दिनुभयो। यसमा कुन सत्यता खोज्न सकिन्छ? के परमेश्वरले तिनीहरूलाई यसरी मर्न दिनु उहाँको सराप र दण्ड थियो, कि यो उहाँको योजना र आशिष् थियो? यीमध्ये कुनै पनि थिएन। यो के थियो? मानिसहरू अहिले हृदयमा पीडा लिएर तिनीहरूको मृत्युबारे विचार गर्छन्, तर अवस्था त्यस्तै थियो। परमेश्वरमा विश्वास गर्नेहरू त्यसरी नै मरे, र यसलाई कसरी व्याख्या गर्नुपर्ने हो? जब हामी यो विषय उल्लेख गर्छौँ, तिमीहरूले आफैलाई तिनीहरूका अवस्थामा राख्छौ, त्यसैले के तिमीहरूको हृदय दुःखी हुन्छ, अनि के तिमीहरू गोप्य पीडा महसुस गर्छौ? तिमीहरू विचार गर्छौ, ‘यी मानिसहरूले परमेश्वरको सुसमाचार प्रसार गर्ने आफ्नो कर्तव्य निर्वाह गरे, र तिनीहरूलाई असल मानिस मान्नुपर्छ, त्यसोभए तिनीहरूलाई कसरी त्यस्तो अन्त्य र त्यस्तो परिणाम आइलाग्न सक्यो?’ वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; मानव संसारबाट बिदा हुने तिनीहरूको तरिका यही थियो, तैपनि यसको अर्थ तिनीहरूको परिणाम उस्तै थियो भन्ने होइन। तिनीहरूको मृत्यु र बिदा हुने तरिका चाहे जे नै भए पनि, वा त्यो चाहे जसरी भए पनि, परमेश्वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यस्तो होस् भनी निर्धारित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले ठ्याक्कै यही तरिकाले नै यस संसारलाई निन्दा गरे र परमेश्वरका कार्यहरूको गवाही दिए। यी सृजित प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान् जीवन—आफ्ना जीवनको अन्तिम क्षण परमेश्वरका कार्यहरूको गवाही दिन, परमेश्वरको महान् शक्तिको गवाही दिन, र शैतान र संसारलाई परमेश्वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्न प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि, तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले नै मानवजातिलाई जिइरहन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिसामु प्रमाणित गर्न आफ्नो जीवन प्रयोग गरे—यो तथ्य सदैव अपरिवर्तनीय हुन्छ। प्रभु येशूको सुसमाचार प्रसार गरेका कारण शहीद भएकाहरूले कुन हदसम्म आफ्नो कर्तव्य निर्वाह गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। … व्यक्तिको मृत्यु जसरी भए पनि, ऊ शैतानसामु, र सैतानको हातमा मर्नु हुँदैन। यदि व्यक्ति मर्दै छ भने, ऊ परमेश्वरको हातमा मर्नुपर्छ। मानिसहरू परमेश्वरबाट आए, र परमेश्वरकहाँ नै फर्कन्छन्—सृजित प्राणीमा हुनुपर्ने समझ र मनोवृत्ति यस्तै हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। प्रभु येशूलाई पछ्याउने चेलाहरू उहाँको सुसमाचार प्रचार गरेको कारण संसारद्वारा दोषी ठहराइए र सताइए, र उनीहरू सहिदसमेत भए। उनीहरूको देह मरे तापनि, उनीहरूले शैतानको अगाडि एउटा बलियो र गुन्जायमान गवाही दिए। उनीहरूले जे गरे परमेश्वरले त्यसलाई अनुमोदन गर्नुभयो, र उनीहरूका आत्माहरू उहाँकहाँ फर्किए। मैले यो कुरालाई स्पष्ट रूपमा देख्न सकिनँ। म यातनाले मरिएला कि भनेर डराएँ, त्यसैले आफूलाई जोगाउन, मैले आफ्नी सिस्टरमाथि घात गरेँ र परमेश्वरलाई धोका दिएँ। मेरो देह कष्ट भोग्नबाट त जोगियो, तर मेरो विवेकले गरेको धिक्कार र मेरो आत्माको सास्ती मेरो हृदयमा काँडा बिझेजस्तै भयो। यो मृत्युभन्दा पनि खराब थियो! यो आत्मिक पीडा यस्तो कुरा हो जसलाई कुनै पनि भौतिक कुराले कहिल्यै परिपूर्ति गर्न सक्दैन। मेरो असफलताको जड थाहा पाएपछि, म यस क्षेत्रमा सत्यताले आफूलाई थप सुसज्जित गर्न तत्पर भएँ। मैले मनमनै के सङ्कल्प पनि गरेँ भने यदि म फेरि कुनै समय पक्राउ परेँ भने, मलाई पिटेर मारिने भए पनि, म आफ्ना ब्रदर-सिस्टरहरू वा परमेश्वरको घरको हितमाथि घात गर्नेछैनँ। म परमेश्वरका वचनमा भर परेर मेरो गवाहीमा दृढ रहनेछु!
यतिका वर्ष, म दिक्दारीको भावनामा जिइरहेकी थिएँ, अनि मैले कुनै छुटकारा पाउन सकेकी थिइनँ। परमेश्वरका वचन नै थिए, जसले मेरो हृदयको गाँठो फुकाइदिए, मलाई मेरा गलत बुझाइ त्याग्न र मेरो अपराधलाई सही रूपमा सामना गर्न सहयोग गरे र मेरो आत्मामा छुटकारा र स्वतन्त्रता ल्याइदिए। मैले आफ्नो हृदयमा प्रार्थना गरेँ, “परमेश्वर, म अब फेरि कहिल्यै तपाईँविरुद्ध विद्रोह गर्न चाहन्नँ। भविष्यमा मेरो नतिजा र गन्तव्य राम्रो होस् वा नहोस्, म अब आशिष् पाउनका खातिर आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नँ। म एउटा सृजित प्राणीको स्थानमा उभिएर निष्कपट भई आफ्नो कर्तव्य निर्वाह गर्न तत्पर छु। भविष्यमा तपाईँले मलाई जसरी व्यवहार गर्नुभए पनि, अनि तपाईँले मलाई दण्ड र श्राप दिनुभए पनि, त्यो तपाईँको धार्मिकता हो।” प्रार्थना गरिसकेपछि, मेरो हृदयले अत्यन्तै चैन महसुस गर्यो। यस अनुभवमार्फत, मैले साँच्चै नै के कुरा महसुस गरेँ भने परमेश्वरको सजाय र न्यायका वचन जति नै कठोर भए पनि, अनि ती श्राप वा दोषी ठहराइ नै भए पनि, परमेश्वरको अभिप्राय सधैँ मानिसहरूलाई मुक्ति दिनु नै हुन्छ!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
फेब्रवरी २०२१ मा एक दिन एक जना अगुवाले मलाई मैले स्पेनिस भाषा बोल्ने देशहरूका नयाँ विश्वासीहरूको मण्डलीको जिम्मेवारी लिनुपर्छ भनेर...
लि जिनद्वारासन् २०१४ मा, म मण्डली अगुवा हुँदा, कर्तव्य निर्वाहमा केही हदसम्म प्रभावकारी थिएँ, केही अनुभव बटुलेकी थिएँ, र सत्यता बुझेकी छु...
फ्लेभियेन, बेनिनसेप्टेम्बर २०१९ मा मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। पछि मलाई मण्डली भेलाहरूका समूह...
लोरेइन, दक्षिण कोरियाकेही वर्षअघि म मण्डलीमा भिडियोहरू बनाउने गर्थेँ। एक समय थियो जतिबेला म राम्ररी आफ्नो कार्य-सम्पादन गर्दिनथेँ, र मैले...