सहजताको चाहना गर्दा म झण्डै नष्ट भएँ
नोइल, दक्षिण कोरियासन् २०१९ मा, म भिडियो बनाउने कामको जिम्मेवार व्यक्ति थिएँ र यस क्रममा मण्डली अगुवाको रूपमा पनि काम गरिरहेकी थिएँ। मैले...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मण्डलीमा मेरो कर्तव्य सुसमाचारसम्बन्धी कामदारहरूलाई संवर्धन गरी गवाही दिन सक्ने बनाउनु थियो। सुरुसुरुमा, कठिनाइहरू आइपर्दा म अक्सर प्रार्थना गर्थेँ, अनि अनुभवी ब्रदर-सिस्टरहरूसँग खोजी गर्थेँ। मैले सत्यताद्वारा आफूलाई व्यावहारिक रूपमा सुसज्जित पनि पारेँ, अनि सुसमाचार चलचित्र र भिडिओहरू हेरेँ। केही समयपछि, मैले सुसमाचार प्रचार गर्ने केही सिद्धान्त बुझेकी थिएँ, अनि मेरो कर्तव्यबाट केही नतिजा पनि प्राप्त भइरहेका थिए। मैले मनमनै सोचेँ, “म टोलीमा उत्कृष्ट नभए पनि, अधिकांश व्यक्ति भन्दा त उत्तम छु। मैले यसलाई यत्तिकै कायम राखेँ भने मात्रै पनि, त्यो पर्याप्त हुनेछ।” म आत्मसन्तुष्टि र आत्मतुष्टिको स्थितिमा जिइरहेकी थिएँ। सुपरिवेक्षकले आफूलाई सत्यताद्वारा अझ सुसज्जित पार्न हामीलाई बारम्बार सम्झाउँथिन्। उनी यो नै धार्मिक मानिसहरूमा रहने धारणा समाधान गर्ने एक मात्र तरिका हो र अहिलेकै अवस्थामा हामी सन्तुष्ट रह्यौँ भने, हामीले हाम्रो कर्तव्यमा राम्रा नतिजा हासिल गर्न सक्दैनौँ भन्थिन्। म बाहिरबाहिर त सहमति जनाउथेँ, तर मेरो हृदयमा, म सोच्थेँ, “मेरो कर्तव्यमा राम्रा नतिजा प्राप्त गर्न, मैले आफूलाई अझ धेरै सत्यताद्वारा सुसज्जित पार्नुपर्नेछ, साथै सान्दर्भिक सामग्रीहरू पनि खोज्नुपर्नेछ। धार्मिक मानिसहरूमा रहेका मैले समाधान गर्न नसक्ने धारणाका लागि, मैले अरूलाई पनि त्यसबारे सोध्नुपर्नेछ। मैले ठूलो मूल्य चुकाउनुपर्नेछ र धेरै मानसिक ऊर्जा खर्च गर्नुपर्नेछ! मैले सुसमाचार प्रचार गर्ने केही सिद्धान्त सिकिसकेकी छु र मेरो कर्तव्यमा केही नतिजा पनि प्राप्त गरिसकेकी छु। यसलाई मात्रै कायम राख्दा ठीकै होला। हरेक दिन यति धेरै खट्नु साह्रै थकाइलाग्दो हुन्छ! त्यसमाथि, महामारीको समयमा बिरामी भएदेखि मेरो स्वास्थ्य पहिले जस्तो छैन। म थकाइले लखतरान भएँ भने के होला?” यस्तो सोचेर, म आफूलाई सत्यताद्वारा सुसज्जित पार्नमा मानसिक ऊर्जा खर्च गर्न झन् अनिच्छुक भएँ। एक पटक, मैले सुसमाचारसम्बन्धी कामदारहरूसँग सोधपुछ गर्दा, तिनीहरूले एक जना सुसमाचार स्विकार्ने सम्भावना भएका व्यक्तिको धारणा समाधान गर्न सङ्गति गरेका रहेनछन् भन्ने थाहा पाएँ। परिणामस्वरूप, ती सुसमाचार स्विकार्ने सम्भावना भएका व्यक्ति भेलाहरूमा सहभागी हुन छाडे। पछि गएर मैले कामदारहरूलाई ती सुसमाचार स्विकार्ने सम्भावना भएका व्यक्तिको धारणा कसरी समाधान गर्ने भनेर थाहा नभएकाले यस्तो भएको रहेछ भनी थाहा पाएँ। मलाई तिनीहरूको सुसमाचार प्रचार गर्ने तरिकामा अझै धेरै कमी छन् र तिनीहरूलाई अझ धेरै भेला र सङ्गतिको खाँचो रहेको महसुस भयो। तर फेरि मैले सोचेँ, यस क्षेत्रमा ममा पनि कमीहरू छन्। तिनीहरूसँग सङ्गति गर्न, मैले अनुभवी ब्रदर-सिस्टरहरूलाई सोध्नुपर्नेछ, सामग्रीहरू खोज्नुपर्नेछ, र सान्दर्भिक चलचित्रका क्लिपहरू हेर्नुपर्नेछ। यसले धेरै समय र ऊर्जा लिनेछ। त्यो कत्ति थकाइलाग्दो हुनेछ! त्यसैले, मैले एउटा सान्दर्भिक चलचित्रको क्लिप मात्रै खोजेर सुसमाचारसम्बन्धी कामदारहरूलाई पठाएँ, र तिनीहरूलाई यो आफैले समाधान गर्नु भनेँ। यसले सीमित नतिजा मात्र दिनेछ भन्ने मलाई थाहा थियो, तर पनि मैले उक्त समस्या समाधान गर्ने काम पन्छाएँ। पछि, सुसमाचार स्विकार्ने सम्भावना भएका अरू कयौँ व्यक्तिले त्यस्तै प्रकारको धारणाको कारण मण्डलीमा आबद्ध हुन अस्वीकार गरे। कार्य सारांशसम्बन्धी बैठकको दौडान, सुपरिवेक्षकले मलाई यन्त्रवत् रूपमा आफ्नो कर्तव्य गरेको भनेर काटछाँट गरिन्। उनले म आफूलाई व्यस्तता राखिरहनमै सन्तुष्ट छु, र नतिजाहरू हासिल गर्न खोजिरहेकी छैनँ भनिन्। सरल शब्दमा, म झाराटारुवा बनिरहेकी छु र त्यसमा आफ्नो हृदय लगाइरहेकी छैन भन्ने उनको आशय थियो। उनले त्यसो भनेको सुन्दा त्यसले मेरो हृदय वारपार छेडेको महसुस गरेँ। लाजले मेरो अनुहार तुरुन्तै रातो भयो, र मलाई धर्तीले निले हुन्थ्यो जस्तो लाग्यो। तर मलाई आफूले हालसालै आफ्नो कर्तव्यमा सक्दो प्रयास गरिरहेकी छैनँ र नतिजाहरू वास्तवमै खस्किएका छन् भन्ने कुरा साँचो हो भनी थाहा थियो। मैले त्यसलाई स्विकार्नुपर्थ्यो, र आत्मचिन्तन गरी आफैलाई चिन्नुपर्थ्यो। मैले केही दिनअघि सुनेको परमेश्वरका वचनको एउटा भजन सम्झेँ: “यदि तँलाई कुनै कुरा मन परेन भने पनि, वा त्यसले गर्दा तैँले कष्ट भोग्नुपरे पनि, वा त्यसले तेरो गरिमा र चरित्रलाई चुनौती दिए र दमन गरे पनि, त्यो तैँले अनुभव गर्नुपर्ने कुरा, र परमेश्वरले तेरा लागि योजनाबद्ध र प्रबन्ध गर्नुभएको कुरा भएसम्म, तँ त्यसमा समर्पित हुनुपर्छ, र तैँले कुनै छनोट गर्न सक्दैनस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। हरेक दिन ममाथि आइपर्ने मानिस, घटना र कामकुराहरू सबै परमेश्वरकै अनुमतिले हुन्छन्। मैले तिनलाई परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ र पाठ सिक्नुपर्छ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, यो काटछाँट ममाथि संयोगले आएको होइन भन्ने मलाई थाहा छ, तर तपाईँको अभिप्राय के हो मलाई थाहा छैन। कृपया मलाई अगुवाइ गर्नुहोस् ताकि म आफ्नो पाठ सिक्न सकूँ।”
एक दिन, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र मेरो समस्या बुझ्न सकेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, तर अधिकारीझैँ व्यवहार कसरी गर्ने भनी तिनीहरूलाई थाहा हुन्छ। अगुवा बनेपछि तिनीहरूले गर्ने पहिलो कुरा के हो? त्यो मानिसहरूको निगाह किन्नु हो। तिनीहरूले ‘नयाँ अधिकारीहरू आफ्नो प्रभाव छोड्न साह्रै उत्सुक हुन्छन्’ भन्ने शैली अपनाउँछन्: सुरुमा तिनीहरूले मानिसहरूलाई रिझाउन केही कार्यहरू गर्छन् र सबैजनाका दैनिक सुख-सुविधाहरू सुधार्ने केही कामकुराहरू सम्हाल्छन्। तिनीहरूले सुरुमा मानिसहरूमा राम्रो छाप छोड्ने, आफू जनमतको पक्षमा छु भनेर देखाउने प्रयास गर्छन्, ताकि सबैले तिनीहरूको तारिफ गरून् र ‘यो अगुवाले हामीप्रति आमाबुबाले जस्तै व्यवहार गर्छ!’ भनेर भनून्! त्यसपछि तिनीहरूले आधिकारिक रूपमै पद हातमा लिन्छन्। तिनीहरूले धेरैजसो मानिसहरूको साथ पाएको र तिनीहरूको पद सुरक्षित भएको महसुस गर्छन्; त्यसपछि तिनीहरू हैसियतका फाइदाहरूको आनन्द उठाउन थाल्छन्, मानौँ तिनीहरू तिनका हकदार हुन्। तिनीहरूका आदर्श वाक्यहरू यस्ता हुन्छन्, ‘मीठो खानु र राम्रो लगाउनु नै जीवन हो,’ ‘जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनुपर्छ,’ अनि ‘आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ।’ तिनीहरूले चिन्ता नलिई हरेक दिनको आनन्द उठाउँछन्, जतिसक्दो रमाइलो गर्छन्, र भविष्यका बारेमा कुनै विचार गर्दैनन्, अगुवाले के-कस्ता जिम्मेवारीहरू पूरा गर्नुपर्छ र के-कस्ता कर्तव्य निर्वाह गर्नुपर्छ भनेर तिनीहरूले विचार गर्नु त परै जाओस्। तिनीहरूले दिनचर्याका रूपमा केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन् र देखाउनका लागि एकदुई वटा काम गर्छन्—तिनीहरूले कुनै पनि वास्तविक काम गर्दैनन्। तिनीहरू मण्डलीका वास्तविक समस्याहरूलाई खोतलेर तिनलाई पूर्ण रूपमा समाधान गरिरहेका हुँदैनन्, त्यसैले तिनीहरूले त्यस्ता सतही कार्य गर्नुको अर्थ के हुन्छ? के यो छली हुँदैन र? के यस्तो झूटो अगुवालाई महत्त्वपूर्ण कार्यहरू सुम्पन मिल्छ? के तिनीहरू अगुवा र कामदारहरू छनौट गर्नेसम्बन्धी परमेश्वरको घरका सिद्धान्त र सर्तहरूअनुरूप हुन्छन्? (हुँदैनन्।) यी मानिसहरूमा कुनै विवेक वा समझ हुँदैन, तिनीहरूमा कुनै जिम्मेवारी बोध हुँदैन, तैपनि तिनीहरू अझै पनि मण्डलीमा कुनै आधिकारिक पदमा बस्ने, अगुवा बन्ने इच्छा राख्छन्—तिनीहरू किन यति धेरै निर्लज्ज हुन्छन्? जिम्मेवारीको बोध भएका कतिपय मानिसहरूका हकमा, यदि तिनीहरू कमजोर क्षमताका छन् भने, तिनीहरू अगुवा हुन सक्दैनन्—अनि कुनै जिम्मेवारी बोध नभएका निकम्मा मानिसहरूको त के कुरा गर्ने र! तिनीहरू त अगुवा बन्न झनै अयोग्य हुन्छन्। त्यस्ता खन्चुवा र आलसी झूटा अगुवाहरू कति अल्छी हुन्छन्? तिनीहरूले कुनै समस्या पत्ता लगाए पनि, र यो समस्या हो भन्ने तिनीहरूलाई थाहा भए पनि, तिनीहरू त्यसलाई गम्भीरतापूर्वक लिँदैनन् र ध्यानै दिँदैनन्। तिनीहरू कति गैरजिम्मेवार हुन्छन्! तिनीहरू कुरा गर्न सिपालु भए पनि र तिनीहरूमा थोरै क्षमता भएजस्तो देखिने भए पनि, तिनीहरू मण्डलीको कामका विविध समस्याहरू समाधान गर्न सक्दैनन्, जसले गर्दा काम ठप्प हुन्छ; समस्यामाथि समस्या थुप्रिरहन्छन्, तैपनि यी अगुवाहरूलाई यी कुराहरूका बारेमा कुनै चासो हुँदैन, र नित्यचर्याका रूपमा केही सतही कार्यहरू गर्नमा मात्र जोड दिन्छन्। अनि अन्तिम परिणाम के हुन्छ? के तिनीहरूले मण्डलीको काम भताभुङ्ग पार्दैनन्, र के तिनीहरूले त्यसलाई गन्जागोल गर्दैनन् र? के तिनीहरूले मण्डलीमा भद्रगोल र एकताहीनता उत्पन्न गर्दैनन् र? यो अपरिहार्य परिणाम हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। परमेश्वर खुलासा गर्नुहुन्छ, झूटा अगुवाहरू पहिलोपटक चुनिँदा, मानिसहरूको तारिफ र समर्थन पाउनका लागि तिनीहरूले देखावटी रूपमा केही काम गर्छन्। एकपटक आफ्नो लक्ष्य हासिल गरेपछि, तिनीहरू शारीरिक सुखमा लिप्त हुन थाल्छन्, झाराटारुवा बन्छन् र आफ्नो कर्तव्यमा लटरपटर मात्रै गर्छन्। भेलाहरूमा जाँदा पनि, तिनीहरू कुनै वास्तविक समस्या समाधान नगरी केही शब्द र धर्मसिद्धान्त मात्र बोल्छन्। यसले मण्डलीको कामलाई अस्तव्यस्त बनाउँछ, र कामका कुनै पनि पक्षले नतिजाहरू ल्याउँदैनन्। परमेश्वरले झूटा अगुवाहरूलाई विशेष गरी घृणा गर्नुहुन्छ। मैले पहिलोपटक यो कर्तव्य सुरु गर्दाको समयबारे सोचेँ, त्योबेला सबैको तारिफ पाउनका लागि म कष्ट भोग्न र मूल्य चुकाउन तयार थिएँ। तर केही समयपछि, काममा केही सुधार देखिएपछि, म सत्यताद्वारा आफूलाई सुसज्जित पार्न र ब्रदर-सिस्टरहरूले सुसमाचार प्रचार गर्दा भोगेका कठिनाइ र समस्याहरू समाधान गर्न अझ धेरै मानसिक प्रयास लगाउन वा अझ धेरै थकान सहन चाहन्नथेँ। यसको सट्टा, मैले जे गर्दा झन्झट कम हुन्थ्यो त्यही गरेँ। कहिलेकाहीँ, म सुसमाचारसम्बन्धी कामदारहरूलाई सान्दर्भिक चलचित्रको एउटा क्लिप मात्र पठाइदिन्थेँ र तिनीहरूलाई सुसमाचार स्विकार्ने सम्भावना भएका व्यक्तिहरूका धारणा आफै समाधान गर्न लगाउँथेँ। म परमेश्वरले भनेजस्तै देखावटी रूपमा मात्रै काम गर्ने झूटा अगुवा थिएँ। म “मीठो खानु र राम्रो लगाउनु नै जीवन हो”, “आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ” अनि “आफैलाई राम्रो व्यवहार गर” जस्ता शैतानी विषहरूअनुसार जिइरहेकी थिएँ। मानिसहरूले जीवनमा रमाउन जान्नुपर्छ, आजको दिन र वर्तमानमै खुसी हुनुपर्छ भन्ने मेरो मान्यता थियो। म सोच्थेँ, हरेक दिन कष्ट भोग्नु आफैमाथिको अन्याय हो, यसरी जिउनुको कुनै अर्थ छैन। यी विचार र दृष्टिकोणहरूद्वारा नियन्त्रित भई, म पतित र पथभ्रष्ट भएँ, अनि आत्मसन्तुष्टि र आत्मतुष्टितर्फ उन्मुख भएँ। म आफ्ना विगतका उपलब्धिहरू जतिसुकै साना भए पनि, तिनैमा रमाएर बस्न चाहन्थेँ, अनि मेरो शरीरलाई अलिकति पनि कष्ट हुन दिन चाहन्नथेँ। मैले आफ्ना स्कुले दिनहरू सम्झेँ। सुरुमा, राम्रो विश्वविद्यालयमा प्रवेश पाउन म केही मूल्य चुकाउन तत्पर थिएँ। तर मेरा प्राप्ताङ्क अलिकति सुधार हुनेबित्तिकै, म सन्तुष्ट भएँ। मैले उप्रान्त पढाइमा मेहनत लगाउन चाहिनँ, त्यसैले म ढिलासम्म सुत्न थालेँ र गम्भीर भएर गृहकार्य गरिनँ। अन्ततः, मैले एउटा सामान्य विश्वविद्यालयमा पनि प्रवेश पाइनँ। परमेश्वरलाई पाएपछि पनि, म उस्तै थिएँ। मेरो कर्तव्यमा अलिकति नतिजा देखिनासाथ, म प्रगति गर्ने प्रयास गर्न छोडिदिन्थेँ। मलाई आफूले बुझेका सत्यता सिद्धान्तहरू नै पर्याप्त छन् जस्तो लाग्थ्यो, फुर्सदको समय हुँदा, म थप अध्ययन गर्न चाहन्नथेँ। सुसमाचारसम्बन्धी कामदारहरूले समाधान चाहिने कठिनाइ र समस्याहरूको सामना गर्दा, म ती कुराहरूलाई जसोतसो सकाउन मात्र खोज्थेँ, र सकेसम्म झाराटारुवा बन्थेँ। म साह्रै अल्छे र धूर्त थिएँ, कुनै निष्ठा वा मर्यादाविना जिइरहेकी थिएँ। म त केवल ठाउँ ओगट्ने बेकारको व्यक्ति थिएँ! अहिले, मेरो कर्तव्यका नतिजा खस्कँदै थिए; यो परमेश्वरले मबाट उहाँको मुहार लुकाइरहनुभएको थियो। यदि मैले कामकुराहरूलाई सुधारिनँ भने, म अन्ततः प्रकट गरिने र हटाइने थिएँ। परमेश्वरले मलाई यो कर्तव्य निर्वाह गर्न दिएर उन्नयन गर्नुभएको थियो। उहाँको अभिप्राय म आफूलाई अझ धेरै सत्यताद्वारा सुसज्जित पारूँ र अझ धेरै मानिसलाई उहाँसामु ल्याऊँ भन्ने थियो। यो मेरा लागि आफ्नो कर्तव्यमा असल कार्यहरू तयार गर्ने मौका थियो। तर मलाई आफ्ना लागि के राम्रो हुन्छ भन्ने थाहा थिएन र मैले आफ्नो देहको मात्र ख्याल गरेँ। मैले आफ्ना सबैभन्दा आधारभूत जिम्मेवारीहरू समेत पूरा गरिनँ। म अत्यन्तै दयनीय रूपमा जिइरहेकी थिएँ! मलाई आफैलाई थप्पड हान्न मन लाग्यो। त्यसपछि मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म शैतानद्वारा अत्यन्तै गहिरो रूपमा भ्रष्ट तुल्याइएकी छु। म अब उप्रान्त शैतानी दृष्टिकोणअनुसार जिउन चाहन्नँ। कृपया मलाई मेरो देहविरुद्ध विद्रोह गर्न अगुवाइ गर्नुहोस्।”
त्यसपछि, मैले सान्दर्भिक सामग्रीहरू खोजेँ अनि सुसमाचारसम्बन्धी कामदारहरूसँग सुसमाचार स्विकार्ने सम्भावना भएका व्यक्तिहरूका प्रश्नहरू समाधान गर्न कसरी चरणबद्ध रूपमा सङ्गति गर्ने भनेर छलफल गरेँ। अन्तमा, तिनीहरूका धारणा समाधान भए, अनि तिनीहरूले परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरे। यसरी सहकार्य गर्दा, मैले हृदयमा शान्ति र सहजताको अनुभूति गरेँ। यो साँच्चै आफ्नो कर्तव्य निर्वाह गरे जस्तो महसुस भयो। मेरो कर्तव्यका नतिजामा सुधार मात्र आएको नभई, त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, यी समस्याहरू समाधान गर्न वास्तवमै सत्यताको खोजी गरेर, मैले परमेश्वरको अगुवाइ अनुभूति गरेँ। पहिले कसरी समाधान गर्ने भनेर थाहा नभएका धारणाहरूको बारेमा कसरी सङ्गति गर्ने भनेर मैले बुझ्न थालेँ।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ, र आफ्नो कर्तव्यमा प्रगतिका लागि प्रयास नगर्दाका परिणामहरूबारे मैले अझ स्पष्ट बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले तँलाई पर्याप्त क्षमता र श्रेष्ठतर अवस्थाहरू दिनुभएको छ, जसले तँलाई केही कुरा स्पष्ट रूपमा देख्न र यस कामका लागि सक्षम बनाउँछ। तर, तँमा आफ्नो कर्तव्यप्रति सही मनोवृत्ति छैन, तँमा निष्कपटता छैन, अर्पण त झनै छैन, र तँ यो राम्ररी गर्नका लागि आफ्नो सक्दो प्रयास गर्न चाहँदैनस्। यसले परमेश्वरलाई निकै निराश तुल्याउँछ। त्यसैले, यदि तँ अल्छी छस् र तँलाई दिइएको काम सधैँ झन्झटिलो लाग्छ र तँ त्यो गर्न चाहँदैनस्, र तँ भित्रभित्रै ‘अरू कसैलाई नभई मलाई नै किन यो गर्न लगाइँदै छ?’ भन्दै गनगन गर्छस् भने, यो एक मूर्ख विचार हो। आफूलाई कुनै कर्तव्य आइपर्दा, त्यो दुर्भाग्यपूर्ण घटना होइन, त्यो एक सम्मान हो, र परमेश्वरद्वारा गरिएको उन्नयन हो। तैँले यो खुसीसाथ स्वीकार गर्नुपर्छ र आफूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्छ; यसले तँलाई लखतरान पार्नेछैन। यसको विपरीत, यदि तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छस्, सत्यता बुझ्छस् र समस्याहरू समाधान गर्छस् भने, तैँले आफ्नो हृदयमा शान्ति र स्थिरता महसुस गर्नेछस्, र तैँले परमेश्वरलाई निराश तुल्याएको हुनेछैनस्। तँसँग परमेश्वरसामु आस्था हुनेछ र तँ शिर ठाडो पारेर आफूलाई आचरणमा ढाल्न सक्षम हुनेछस्। यदि तैँले आफ्नो कर्तव्य पूरा गरेको छैनस् र तँ सधैँ झाराटारुवा हुन्छस् भने, यो एउटा अपराध हो, र तैँले कुनै क्षति नगरेको भए पनि, यो अपराधले तेरो हृदयमा आजीवन पछुतो छोड्नेछ। यो अपराध अतल कालो खाडलजस्तो हुनेछ; जब-जब तँ यसबारे सोच्छस्, तब-तब तैँले पीडा र असहजता, हृदय छेड्ने पीडा महसुस गर्नेछस्। तँसँग शान्ति वा आनन्द नहुने मात्रै होइन, बरु, पछुतो र सास्तीको पीडा तेरो पूरै जीवनभरि तँभित्रै रहनेछ र त्यो कहिल्यै मेटिनेछैन। के यो अनन्त पछुतो होइन र? अनि परमेश्वरको दृष्टिकोणबाट नि? परमेश्वर यो मामिला निर्धारण गर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्नुहुन्छ, त्यसैले यसको प्रकृति तैँले महसुस गर्नेभन्दा अत्यन्तै गम्भीर हुन्छ। … कतिपय मानिसमा आफ्नो कर्तव्य पूरा गर्दा समर्पणता भएजस्तो देखिन्छ, र माथिले जे प्रबन्ध गर्नुहुन्छ त्यही गर्छन्। तर ‘के तिमी आफ्नो कर्तव्य झाराटारुवा तरिकाले निर्वाह गर्छौ? के तिमी यो सिद्धान्तहरूअनुसार गर्छौ?’ भनेर सोधिँदा, तिनीहरू कुनै निश्चित जवाफ दिन सक्दैनन्, र यति मात्रै भन्छन्, ‘म माथिले निर्देशन दिएअनुसार गर्छु र कुकर्म गर्दै जथाभाबी हिँड्ने आँट गर्दिनँ।’ जब तिनीहरूलाई आफ्नो जिम्मेवारी पूरा गरेको कि नगरेको भनी सोधिन्छ, तब तिनीहरू भन्छन्, ‘अँ, म आफूले गर्नुपर्ने काम गरिरहेको छु।’ तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ यस्तै प्रकारको मनोवृत्ति राख्छन्, हतार नगर्ने र उदासीन। कुनै स्पष्ट समस्या उत्पन्न नभए पनि, यदि सत्यता सिद्धान्तहरूअनुसार मापन गर्ने हो भने, तिनीहरूको कर्तव्य निर्वाह अदक्ष हुन्छ र मानकअनुरूप हुँदैन। तर तिनीहरू मतलब गर्दैनन्। तिनीहरू अझै पनि विगतमा जस्तै झाराटारुवा तरिकाले कार्य गर्छन्, र आफूले गर्न पहल गर्नुपर्ने कुराहरूको हकमा तिनीहरू अझै पनि त्यत्तिकै निष्क्रिय हुन्छन्—तिनीहरू पटक्कै परिवर्तन भएका हुँदैनन्। के तिनीहरू निर्लज्ज रूपमा हठी छैनन् र? तिनीहरू सधैँ यो मनोवृत्ति कायम राख्छन्: ‘तेरा हजारौँ उत्कृष्ट योजनाहरू हुन सक्छन्, तर मेरा आफ्नै नियमहरू छन्। म यस्तै छु। हेरौँ, तँ मलाई के गर्न सक्छस्। मेरो मनोवृत्ति यही हो!’ तिनीहरूले कुनै अत्यन्तै विश्वासघाती वा दुष्ट काम गरेका हुँदैनन्, तर साथै तिनीहरूले थोरै मात्र असल कार्य गरेका हुन्छन्। तँ तिनीहरू कुन मार्गमा हिँडिरहेका छन् भनी भन्छस्? के परमेश्वरमा विश्वास र आफ्नो कर्तव्यप्रतिको यस्तो मनोवृत्ति असल हो? (होइन।) बाइबलको प्रकाशको पुस्तकमा, परमेश्वर यसो भन्नुहुन्छ: ‘त्यसैले तँ, न त चिसो न त तातो, बरु मनतातो भएको हुनाले, म तँलाई मेरो मुखबाट ओकलिदिनेछु’ (प्रकाश ३:१६)। न चिसो न तातो, मनतातो हुनु—के यो मनोवृत्ति असल हो? (होइन।) यस प्रकारको व्यक्तिको मनमा आफ्नै हिसाबकिताब पनि हुन्छ: ‘मैले आफ्नो कर्तव्य निर्वाह गर्दा दुष्टता नगरेसम्म वा मण्डलीको काममा अवरोध नपुर्याएसम्म, मलाई दोषी ठहराइनेछैन। यदि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु अत्यन्तै थकाइलाग्दो कुरा हो र यसमा धेरै कष्ट भोग्न आवश्यक हुन्छ भने, म त्यो गर्नेछैनँ। म आफूलाई लखतरान पार्नेछैनँ, तर म ठूला गल्तीहरू पनि गर्नेछैनँ। यसरी, मलाई निकालिने वा हटाइनेछैन, र म अझै पनि कर्तव्य निर्वाह नगर्नेहरूभन्दा धेरै राम्रो छु। त्यसैले म मनतातो रहन्छु, न चिसो न तातो। तिमी मलाई जे गर्न भन्छौ, म त्यही गर्नेछु। तर यदि तिमी मलाई केही गर्न भन्दैनौ भने, म हस्तक्षेप गर्नेछैनँ। यसरी, म थाक्नेछैनँ, र त्यसमाथि मानिसहरूले ममा गल्ती भेट्टाउन सक्नेछैनन्। यो तरिका उत्कृष्ट छ!’ के आफूलाई आचरणमा ढाल्ने यो तरिका असल हो? (होइन।) तँलाई यो असल होइन भन्ने थाहा छ, त्यसोभए तेरो अभ्यास कसरी परिवर्तन हुनुपर्छ? यदि तँ कहिल्यै सत्यता पछ्याउने मार्गमा हिँड्न खोज्दैनस् र अझै पनि शैतानका दर्शनहरूअनुसार जिउन लागिरहन्छस् भने, तैँले मुक्ति प्राप्त गर्ने कुनै आशा नहुने कुरा निश्चित छ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्वरका वचन, र विशेष गरी यी वचन पढेपछि, “त्यसैले तँ, न त चिसो न त तातो, बरु मनतातो भएको हुनाले, म तँलाई मेरो मुखबाट ओकलिदिनेछु,” र “तैँले मुक्ति प्राप्त गर्ने कुनै आशा नहुने कुरा निश्चित छ” मेरो हृदय सियोले घोचेझैँ गरी दुख्यो। मैले परमेश्वरको स्वभाव रिस उठाउन नसकिने रहेछ भनी महसुस गरेँ। यदि हामीले आफ्नो कर्तव्यमा सक्रियतापूर्वक सारा प्रयास लगाउँदैनौँ, र त्यसको सट्टा सधैँ पछि हट्छौँ, मूल्य चुकाउनुपर्ने बेलामा मेहनत लगाउन अस्वीकार गर्छौँ, र सधैँ आफ्नै देहको मात्र ख्याल गर्छौँ भने, हामी इमानदार भइरहेका छैनौँ वा वास्तविक काम गरिरहेका छैनौँ। यसले कामलाई हानि मात्रै पुर्याउन र हामीलाई परमेश्वरसामु अपराधहरूको भागीदार बनाउन सक्छ। यो दुष्टता गर्नु हो! यदि मैले पश्चात्ताप गरिनँ भने, मुक्तिको कुनै आशा रहँदैन। त्यस समयमा आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिबारे सोच्दा मेरो हृदय बेचैन भयो। म सधैँ कष्ट भोग्न र थकित हुन डराउँथेँ, त्यसैले म आफूलाई सत्यता सिद्धान्तहरूद्वारा सुसज्जित पार्न केन्द्रित भइनँ। म आफूले पहिले गरेकै कुरामा मात्र रमाएर बसेँ, आफूले प्राप्त गरेका नतिजाहरूमै सन्तुष्ट रहेँ। यो मेरो देहका लागि सजिलो भए पनि मेरो कर्तव्यका नतिजा खस्किए। मैले संवर्धन गरिरहेका सुसमाचारसम्बन्धी कामदारहरूले कुनै प्रगति गरेनन्, अनि सुसमाचार स्विकार्ने सम्भावना भएका धेरै व्यक्ति समयमै परमेश्वरसामु आउन सकेनन्। मैले काममा पुर्याएको क्षतिको भर्पाई म कहिल्यै गर्न सक्दिनँ। म जब-जब यसबारे सोच्छु, तब मेरो हृदय दुख्छ। तर यो अपराध पहिल्यै भइसकेको छ र यसलाई उल्टाउन सकिँदैन। मलाई के लाग्थ्यो भने जबसम्म मेरो कर्तव्यले केही नतिजा दिन्छ र मैले कुनै अवरोध वा बाधा खडा गरिरहेकी हुन्नँ, तबसम्म मैले देहलाई नथकाई आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु र अन्तमा आशिष् पनि पाउन सक्छु। म छोटो बाटो अपनाएर सानो मूल्यमा ठूलो इनाम पाउन खोजिरहेकी थिएँ। म साह्रै चिप्ल्याहा र छली थिएँ—म परमेश्वरले भनेका निर्लज्ज हठी मानिसहरूमध्ये एक थिएँ। परमेश्वरले मानिसको हृदयको गहिराइको छानबिन गर्नुहुन्छ। जब मानिसहरू आफ्नो कर्तव्यमा सारा प्रयास लगाउँदैनन् वा इमानदार हुँदैनन्, तब तिनीहरूले असल कार्यहरू तयार गरिरहेका हुँदैनन्, त्यसको सट्टा परमेश्वरको क्रोध सञ्चय गरिरहेका हुन्छन् र दुष्ट कार्यहरू गरिरहेका हुन्छन्। अन्तमा, तिनीहरूलाई परमेश्वरले घृणा गर्नुहुनेछ र हटाउनुहुनेछ। यो कुरा सम्झँदा मलाई अत्यन्त डर लाग्यो, त्यसैले मैले तुरुन्तै प्रार्थना गरेँ, “हे परमेश्वर, म साह्रै चिप्ल्याहा र छली भएकी छु, अनि आफ्नो कर्तव्यमा धेरै झाराटारुवा भएकी छु। म यसरी अघि बढ्न चाहन्नँ। म पश्चात्ताप गर्न तत्पर छु। कृपया मलाई अभ्यासको मार्ग भेट्टाउन अगुवाइ गर्नुहोस्।”
पछि, आफ्नो आत्मिक भक्तिको समयमा, मैले परमेश्वरका वचनको एउटा भजन सुनेँ, अनि मैले मानव जीवनको मूल्य र अर्थ बुझ्न थालेँ।
आफ्नो कर्तव्य पूरा गरेर मात्र तिमीले मानव जीवनको मूल्यलाई जिउन सक्छौ
१ व्यक्तिको जीवनको मूल्य के हो? एक हिसाबमा, यो सृजित प्राणीको कर्तव्य पूरा गर्नुसँग सम्बन्धित छ। अर्को हिसाबमा, तेरो जीवनकालमा, तैँले आफ्नो मिसन पूरा गर्नुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। हामी कुनै ठूलो मिसन, कर्तव्य वा जिम्मेवारी पूरा गर्नेबारे कुरा गर्नेछैनौँ, तर कम्तीमा पनि, तैँले केही न केही त हासिल गर्नैपर्छ। व्यक्तिले आफ्नो जीवनकालमा आफ्नो स्थान भेट्टाएपछि, ऊ आफ्नो स्थानमा दह्रिलो गरी खडा हुन्छ, उसले आफ्नो पद सम्हाल्छ, आफ्नो सारा रगत-पसिना र सारा ऊर्जा समर्पित गरेर आफूले गर्नुपर्ने र पूरा गर्नुपर्ने काम राम्ररी सम्पन्न गर्छ। जब अन्त्यमा ऊ आफ्नो लेखा दिन परमेश्वरको अघि खडा हुन्छ, ऊ तुलनात्मक रूपमा सन्तुष्ट हुन्छ, र उसको हृदयमा कुनै दोषारोपण वा पछुतोको अनुभूति हुँदैन। उसले सान्त्वना महसुस गर्छ र आफूले केही प्राप्त गरेको छु, मूल्यवान् जीवन जिएको छु भन्ने महसुस गर्छ।
२ त्यसोभए, मूल्यवान् जीवन जिउन र अन्त्यमा यस्तो फल हासिल गर्नका लागि, व्यक्ति थकाइले बिरामी परे पनि वा उसको स्वास्थ्यमा केही समस्या आए पनि उसले शारीरिक रूपमा थोरै कष्ट भोग्नु र थोरै मूल्य चुकाउनु सार्थक हुन्छ। जब व्यक्ति यो संसारमा आउँछ, ऊ देहको आनन्द लिनका लागि आएको हुँदैन, न त ऊ खान, पिउन र रमाइलो गर्नका लागि नै आएको हुन्छ। व्यक्ति ती कुराहरूका लागि जिउनु हुँदैन; मानव जीवनको मूल्य त्यो होइन, न त त्यो सही मार्ग नै हो। मानव जीवनको मूल्य र पछ्याउनुपर्ने सही मार्ग केही मूल्यवान् कुरा सम्पन्न गर्नु र एउटा वा केही मूल्यवान् कामहरू पूरा गर्नुमा निहित हुन्छ। यसलाई करियर भन्न मिल्दैन; यसलाई सही मार्ग भनिन्छ, र यसलाई उचित काम पनि भनिन्छ। व्यक्तिले केही मूल्यवान् काम पूरा गर्न, अर्थपूर्ण र मूल्यवान् जीवन जिउन, अनि सत्यता पछ्याउन र प्राप्त गर्नका लागि कुनै पनि मूल्य चुकाउनु सार्थक हुन्छ।
३ यदि तँ साँच्चै सत्यता खोज्न र बुझ्न चाहन्छस् भने, र जीवनको सही मार्ग हिँड्न, कर्तव्य राम्ररी पूरा गर्न, र बहुमूल्य र अर्थपूर्ण जीवन जिउन चाहन्छस् भने, तैँले तेरो सारा ऊर्जा लगाउन, मूल्य चुकाउन, र तेरा सबै समय र दिनहरू अर्पन हिचकिचाउनु हुँदैन। यदि यो अवधिमा तैँले थोरै रोगबिमार सहनुपर्यो भने पनि केही हुँदैन, यसले तँलाई चकनाचुर पार्दैन। के यो कुरा सहजता र फुर्सतको जीवन बिताउनु, पोषण पुग्ने र स्वस्थ रहने गरी शरीरको हेरचाह गर्नु, अनि अन्त्यमा लामो आयु प्राप्त गर्नुभन्दा निकै उत्कृष्ट कुरो होइन र? यी दुईमध्ये कुन विकल्पचाहिँ मूल्यवान् जीवनको लागि हितकर हुन्छ? मानिसहरूले अन्त्यमा मृत्यु सामना गर्दा, यीमध्ये कुन विकल्पले तिनीहरूलाई सान्त्वना दिन्छ र कुनै पछुतो गराउँदैन? अर्थपूर्ण जीवन जिउनु भनेको आफ्नो हृदयमा परिणामहरू पाएको र सान्त्वना मिलेको अनुभव गर्नु हो।
—वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६)
भजन सुनेपछि, म निकै भावुक भएँ। मैले के बुझेँ भने एउटा सृजित प्राणीको रूपमा, आफ्नो कर्तव्य पूरा गरेर मात्रै मैले मेरो आत्मामा साँचो शान्ति र चैन पाउन सक्छु। जिउने एउटै मात्र अर्थपूर्ण र मूल्यवान् तरिका यही हो। देहगत सुखमा लिप्त हुँदा त्यो बेला त राम्रो लाग्छ, तर त्यसपछि, यो खोक्रो मात्र हुन्छ—यो पूर्णतया अर्थहीन छ। मैले मेरो कर्तव्यमा अलिकति पनि मानसिक ऊर्जा नलगाएको कुरा—म कसरी कष्ट भोग्न र थाक्न डराउँथेँ र समस्या समाधान गर्न मेहनत लगाउँदिथेँ भन्ने कुरा सोचेँ। त्यसपछि, मलाई अक्सर बेचैन महसुस हुन्थ्यो, मेरो विवेकले मलाई दोषी ठहरायो, अनि पवित्र आत्माले मबाट उहाँको मुहार लुकाउनुभयो। मैले परमेश्वरको उपस्थिति महसुस गर्न सकिनँ, र मेरो आत्मा अन्धकार र पीडाले ढाकिएको थियो। परमेश्वरले मलाई यो कर्तव्य दिएर उन्नयन गर्नुभयो। राम्रा नतिजा हासिल गर्न मैले आफ्नो क्षमताले भ्याएसम्मका सबै कुरा गर्नुपर्छ। मैले जहाज बनाउने नूहलाई सम्झेँ। उनले धेरै कठिनाइ सामना गरे, र उनले आफ्नो परिवारको गलत बुझाइ, अरूको उपहास र बादख्वाइँको पनि सामना गर्नुपरेको थियो। उनको शरीर थकित र लखतरान हुँदा र उनले आफ्नो हृदयमा कमजोर महसुस गर्दा पनि, जब उनले यो परमेश्वरको आज्ञा हो भन्ने कुरा सोचे, तब उनले आफूले जतिसुकै कष्ट भोगे पनि वा यो जतिसुकै गाह्रो भए पनि आफू लागिरहनुपर्छ भन्ने बुझे, अनि आफ्नो सारा हृदय र शक्ति लगाएर त्यो काम गरे। अन्तमा, उनले जहाजको निर्माणकार्य सम्पन्न गरी परमेश्वरको आज्ञा पूरा गरे। म आफूलाई नूहसँग तुलना गर्न सक्दिनँ, तर परमेश्वरका भेडाहरूलाई उहाँको घरमा फिर्ता ल्याउन र मुक्ति पाउने मौका दिलाउन आफ्नो क्षमताले भ्याएसम्म सबथोक गर्न सकेँ भने, त्यो कत्ति अर्थपूर्ण कुरा हुनेथियो!
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ र अभ्यासको मार्ग फेला पारेँ। परमेश्वर भन्नुहुन्छ: “यदि तँमा साँच्चै केही निश्चित हदको क्षमता छ, तैँले आफ्नो जिम्मेवारीको दायराभित्रको व्यावसायिक सीपलाई साँच्चिकै बुझेको छस्, र तँ तेरो पेसाभन्दा बाहिरको मान्छे होइनस् भने, तैँले एउटा वाक्यांश मात्र पालना गर्नुपर्छ, अनि तँ आफ्नो कर्तव्यप्रति बफादार हुन सक्नेछस्। कुन वाक्यांश? ‘त्यसमा आफ्नो हृदय लगाउनु।’ यदि तैँले कामकुरामा र मानिसहरूमा हृदय लगाउँछस् भने, तँ आफ्नो कर्तव्यमा बफादार र जिम्मेवार हुन सक्नेछस्। के यो वाक्यांश अभ्यास गर्न सजिलो छ? तैँले यसलाई कसरी अभ्यास गर्छस्? यसको अर्थ सुन्नका लागि कान प्रयोग गर्नु होइन, र सोच्नका लागि दिमाग प्रयोग गर्नु होइन—यसको अर्थ हृदय प्रयोग गर्नु हो। यदि कुनै व्यक्तिले साँच्चै आफ्नो हृदय प्रयोग गर्न सक्छ भने, जब उसको आँखाले कुनै व्यक्तिले केही गरेको, कुनै तरिकाले कार्य गरेको, वा कुनै कुराप्रति कुनै न कुनै प्रतिक्रिया दिएको देख्छ, वा जब उसको कानले केही मानिसहरूका राय वा तर्कहरू सुन्छ, तब उसले आफ्नो हृदय प्रयोग गरेर यी कुराहरूका बारेमा मनन र विचार गर्दा उसका मनमा केही विचार, दृष्टिकोण, र मनोवृत्तिहरू उत्पन्न हुन्छन्। यी विचार, दृष्टिकोण, र मनोवृत्तिहरूले गर्दा उसले उक्त व्यक्ति वा वस्तुका बारेमा गहन, निश्चित र सही बुझाइ प्राप्त गर्छ, र त्यो सँगसँगै तिनले उचित र सही निर्क्योल र सिद्धान्तहरू पनि उत्पन्न गराउँछन्। कुनै व्यक्तिमा आफ्नो हृदय प्रयोग गर्ने यी प्रकटीकरणहरू हुँदा मात्रै ऊ आफ्नो कर्तव्यप्रति बफादार भएको मानिन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (७))। वास्तवमा, परमेश्वरले मानिससँग धेरै कुरा माग्नुहुन्न। उहाँले चाहनुभएको कुरा त हाम्रो इमानदार हृदय हो। मानिसहरूले आफ्नो हृदय लगाए भने, तिनीहरूले आफ्नो कर्तव्यमा भएका समस्याहरू पत्ता लगाउन सक्छन्; यी समस्याहरूको बारेमा खोजी र मनन गरेर, तिनीहरूले तिनको समाधान गर्ने तरिकाहरू फेला पार्न सक्छन्, अनि तिनीहरूको कामका नतिजामा स्वाभाविक रूपमै सुधार आउनेछ। तर यदि मानिसहरूले आफ्नो हृदय लगाएनन् भने, आफ्नै आँखाअगाडि भएका समस्याहरूलाई समेत तिनीहरूले याद गर्नेछैनन्। आँखै खुला भए पनि, तिनीहरूले केही देख्नेछैनन्, अनि तिनीहरूको कर्तव्यका नतिजा झन् खस्कने मात्रै छ। आफ्नो कर्तव्यमा हृदय लगाउनु अत्यन्तै महत्त्वपूर्ण छ! मैले यो कर्तव्य सुरु गर्दा आफूमा रहेका धेरै कमीका बारेमा सोचेँ। तर मैले प्रार्थना गरिरहेँ, मेरा कठिनाइहरू परमेश्वरलाई सुम्पिएँ र उहाँतर्फ हेरेँ। परमेश्वरको अगुवाइमार्फत, मैले बिस्तारै आफ्नो कर्तव्य निर्वाह गर्नेसम्बन्धी केही सिद्धान्त बुझेँ, र कामले केही नतिजा देखाउन थाल्यो। तर जब म कामकुरा जस्तो थियो त्यसमै सन्तुष्ट भएँ र झाराटारुवा बन्दै गएँ, आफूले पत्ता लगाएका समस्याहरू समाधान गरिनँ, तब मेरो कर्तव्यका नतिजा खस्कँदै गए। अन्तमा, मैले एकपछि अर्को गर्दै सुसमाचार स्विकार्ने सम्भावना भएका व्यक्तिहरू गुमेको टुलुटुलु हेरेर बस्न मात्र सकेँ। मैले आफ्नो कर्तव्यमा हृदय नलगाउँदा साँच्चै अरू र म आफैलाई समेत हानि पुग्छ भन्ने देखेँ!
त्यस बेलादेखि, मैले आफ्नो काममा भएका समस्याहरू एकएक गर्दै लेख्न थालेँ र तिनलाई मनन गर्नमा आफ्नो हृदय लगाएँ। यदि त्यो कुनै सुसमाचारसम्बन्धी कामदारको आफ्नो कर्तव्यप्रतिको मनोवृत्तिसँग सम्बन्धित समस्या भए, म तिनीहरूसँग सङ्गति गर्नका लागि परमेश्वरका सान्दर्भिक वचनहरू खोज्थेँ। यदि त्यसमा सुसमाचार स्विकार्ने सम्भावना भएका व्यक्तिको धारणा समाधान गर्ने कुरा समावेश भए, म सान्दर्भिक सामग्रीहरू खोज्थेँ। यदि आफूले नबुझेको कुनै कुरा भए, म मेरा ब्रदर-सिस्टरहरूलाई सोध्थेँ, अनि सुसमाचारसम्बन्धी कामदारहरूसँग सङ्गति गरी तिनीहरूका धारणालाई कसरी सम्बोधन गर्ने भनेर छलफल गर्थेँ। यसरी अभ्यास गर्दा, मेरो हृदयलाई एकदमै चैन महसुस भयो। त्यस समयमा यो काटछाँट अनुभव गर्नु लाजमर्दो भए पनि, यसले मलाई परमेश्वरसामु आउन र आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिबारे चिन्तन गर्न प्रेरित गर्यो। परमेश्वरका वचन खाएर-पिएर, मैले आफ्नो देहप्रतिको लिप्तताको मूल कारणबारे केही बुझाइ प्राप्त गरेँ, अनि आफ्नो कर्तव्य पूरा गरेर मात्र साँचो शान्ति र आनन्द पाउन सकिन्छ भन्ने कुरा सिकेँ। परमेश्वरलाई धन्यवाद!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
नोइल, दक्षिण कोरियासन् २०१९ मा, म भिडियो बनाउने कामको जिम्मेवार व्यक्ति थिएँ र यस क्रममा मण्डली अगुवाको रूपमा पनि काम गरिरहेकी थिएँ। मैले...
क्रिस्टिन, स्वीडेनगत जुलाईमा, मलाई भिडियो बनाउने कामको इन्चार्ज बनाइयो। सुरुसुरुमा, म मेरा ब्रदर-सिस्टरहरूले कर्तव्यपालनको सिलसिलामा...
केही समयअघि भिडियोहरूको समीक्षा गर्ने सिस्टरले मैले भर्खरै बनाएका भिडियोहरूको गुणस्तर राम्रो भएको छैन भनेर औँल्याइन् र उनले त्यसमा धेरै...
अप्रिल २०२१ मा, म मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्दै थिएँ। सुरुमा यो कर्तव्य सुरु गर्दा, ममा बोझको बोध थियो र मैले सिद्धान्तहरूमा...