इसाई भक्तिहरू: आखिरी दिनहरूमा फर्केर आउनुहुँदा प्रभु येशूलाई अझै पनि येशू नै भनिनेछ?

20 डिसेम्बर 2021

हान लेइ, चीन

गत दुई सहस्‍त्राब्दीको अवधिमा, इसाईहरूले उहाँ हाम्रा एक मात्र मुक्तिदाता हुनुहुन्छ, हामीले येशूको नामद्वारा मात्रै मुक्ति पाउँछौं, र प्रभु येशूको नाम कहिल्यै परिवर्तन हुनेछैन भन्‍ने ठोस विश्‍वासको साथ प्रभु येशूको नाममा प्रार्थना गर्दै, प्रचार गर्दै, रोग निको पार्दै, र भूतहरू धपाउँदै आइरहेका छन्। किनभने यस्तो लेखिएको छ: “न त अरू कुनैमा मुक्ति छ: किनभने मानिसहरूका बीचमा हामीले मुक्ति पाउनलाई स्वर्गमुनि अरू कुनै नाउँ दिइएको छैन” (प्रेरित ४:१२)। र “येशू ख्रीष्ट हिजो, र आज, अनि सधैँ उस्तै हुनुहुन्छ” (हिब्रू १३:८)। मैले पनि सधैँ यस्तै विचार गर्ने गर्थेँ। तर केही दिन पहिले, भक्तिको समय बिताइरहेको बेला, मैले प्रकाशको पुस्तकमा यो कुरा लेखिएको पाएँ: “जसले जित्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्‍वरको नाउँ र मेरो परमेश्‍वरको सहरको नाउँ लेख्‍नेछु, जुन स्वर्गबाट मेरो परमेश्‍वरमार्फत तल ओर्लने नयाँ यरूशलेम हो: र म उसमा मेरो नयाँ नाउँ लेख्‍नेछु। आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश ३:१२-१३)। म “नयाँ नाम” भन्‍ने यी दुई शब्‍दहरूद्वारा खिचिएँ र मैले यसको बारेमा बारम्‍बार विचार गरिरहेँ। “के प्रभु येशू आखिरी दिनहरूमा आउनुहुँदा के उहाँले अझै नयाँ नाउँ लिनुहुनेछ? यस्तो हुन सक्दैन, सक्छ त? तर धर्मशास्‍त्रमा स्पष्‍ट रूपमा नै के उल्‍लेख गरिएको छ भने परमेश्‍वरले नयाँ नाम लिनुहुनेछ र कान हुनेले यो थाहा पाउनेछ, आत्माले मण्डलीहरूलाई भन्‍नुभएका कुराहरू सुन्‍न सक्‍नेछन्। यसको अर्थ वास्तवमा के हो?” विचलित र चकित दुवै आभास गर्दै, मैले फेरि पनि त्यो खण्ड पढेँ र यसको बारेमा ध्यान दिएर मनन गरेँ। वास्तवमा कुरा त्यही हो! मैले धर्मशास्‍त्रमा त्यही लेखिएको रहेछ भन्‍ने देखेँ; यो परमेश्‍वरको आफ्‍नै मुखबाट आएको रहेछ। मैले मनमनै विचार गरेँ, “यस वचन अनुसार, जब प्रभु आखिरी दिनहरूमा आउनुहुनेछ, तब उहाँले अवश्य नै नयाँ नाम लिनुहुनेछ! तर हिब्रूको पुस्तकमा प्रभु येशूको नाम अपरिवर्तनीय छ भनेर लेखिएको छ, तब कसरी प्रकाशको पुस्तकको यो अगमवाणीले यो नाम परिवर्तन हुनेछ भनेर भन्‍न सक्यो? खास कुरा के हो?” मैले त यो कुराको सिर-पुच्छर नै पत्ता लगाउन सकिनँ। मैले पाष्टर र एल्डरहरूलाई सल्‍लाह मागेँ र केही सम्‍बन्धित सुसमाचारका पुस्तकहरूमा पनि हेरेँ, तर अझै मैले उत्तर पत्ता लगाउन सकिनँ। अन्योलमा परिरहेको बेला, मैले मेरो एक जना पुरानो साथी, वाङ्ग झोङ्ग मिसनेरी यात्राबाट भर्खर फर्केका छन् भन्‍ने सुनेँ। म अत्यन्तै खुशी भएँ, किनभने ब्रदर वाङ्गले सधैँ कुराहरू स्पष्ट रूपमा बुझ्‍नुहुन्थ्यो, र उहाँ समझदार, भित्री ज्ञान बुझ्‍ने व्यक्ति हुनुहुन्थ्यो। हामीले धेरै पटक बाइबलको विषयमा छलफल गरेका थियौं र हामीले मिलेर खोजी र सङ्गति गरेको धर्मशास्‍त्रको खण्डमा मैले सधैँ स्पष्टता प्राप्त गर्थेँ। उहाँलाई यस विषयमा केही थाहा छ भन्‍ने मलाई लाग्यो, त्यसकारण म जतिसक्दो चाँडो उहाँलाई भेट्न गएँ।

भेट भएपछि, ब्रदर वाङ्गले उहाँको भर्खरैको प्रचार यात्रामा सिकेको कुरा खुशीसाथ सुनाउनुभयो। केही समय सङ्गति गरिसकेपछि, मैले मेरो हृदयमा भएको अन्योलताको कुरा उठाएँ। मेरो कुरा सुनेर, ब्रदर वाङ्गले मुस्कुराउँदै भन्‍नुभयो, “प्रभुलाई धन्यवाद होस्! ब्रदर हान, प्रभु फेरि आउनुहुँदा उहाँले नयाँ नाम लिनुहुनेछ भन्‍ने कुरा तपाईंले प्रकाशको पुस्तकबाट देख्‍न सक्‍नु साँच्‍चै नै पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइ हो! उहाँले किन नयाँ नाम लिनुहुनेछ भन्‍ने प्रश्‍न हामीले उहाँलाई स्वागत गर्न सक्‍नेछौं कि सक्‍नेछैनौं भन्‍ने कुरासँग सीधै जोडिएको छ। मैले पनि यो कुरा बुझ्‍न सकेको थिइनँ, तर मैले भाग्यवश एक जना वृद्ध प्रचारकलाई भेट्ने मौका पाएँ, र उहाँले दिनुभएको सङ्गतिद्वारा मैले परमेश्‍वरको नाम सम्‍बन्धी सत्यतालाई केही मात्रामा बुझेँ। हामीले यसको बारेमा कुरा गर्ने राम्रो समय पनि यही हो।” उहाँको कुरा सुन्दा म निकै खुशी भएँ—मैले बारम्‍बार सहमतिमा शिर हल्‍लाएँ। ब्रदर वाङ्गले मलाई सोध्‍नुभयो, “ब्रदर हान, पुरानो करारमा परमेश्‍वरको नाम के थियो?” मैले हिचकिचाउँदै उत्तर दिएँ, “यहोवा!” त्यसपछि उहाँले सोध्‍नुभयो, “अनि नयाँ करारमा उहाँको नाम के थियो?” मैले भनेँ, “येशू!” त्यसपछि ब्रदर वाङ्गले मलाई सोध्‍नुभयो, “के परमेश्‍वरको नाम परिवर्तन भएको हो भन्‍ने तपाईंलाई लाग्छ?” एकछिन त के भन्‍ने हो मलाई थाहा भएन। मैले मेरो आँखीभौँ खुम्च्याउँदै भनेँ, “परमेश्‍वरको नाम साँच्‍चै परिवर्तन भएको रहेछ। मैले यसको बारेमा साँच्‍चै कहिल्यै विचार गरेको रहेनछु।” त्यसपछि उहाँले भन्‍नुभयो, “सम्पूर्ण धार्मिक संसारले परमेश्‍वरको नाम येशू हो, त्यो नाममा विश्‍वास गर्नेहरूले मात्रै मुक्ति पाउन सक्छन्, र परमेश्‍वरको नाम कहिल्यै परिवर्तन हुन सक्दैन भनेर जिद्दी भई विश्‍वास गर्छन्। तर वास्तवमा, हामीले परमेश्‍वरको नाम सम्‍बन्धी सत्यतालाई नबुझेको हुनाले मात्रै त्यसरी विचार गरेका हौं। ब्रदर हान, तपाईंले भर्खरै प्रकाश ३:१२ उल्‍लेख गर्नुभयो: ‘जसले जित्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्‍वरको नाउँ र मेरो परमेश्‍वरको सहरको नाउँ लेख्‍नेछु, जुन स्वर्गबाट मेरो परमेश्‍वरमार्फत तल ओर्लने नयाँ यरूशलेम हो: र म उसमा मेरो नयाँ नाउँ लेख्‍नेछु।’ यशैया ६२:२ मा पनि यसो भनिएको छ: ‘अनि अन्यजातिहरूले तेरो धार्मिकता देख्नेछन् र सबै राजाहरूले तेरो महिमा देख्नेछन्: र तँलाई यहोवाको मुखले दिनुहुने नयाँ नाउँद्वारा बलाइनेछ।’ यी अगमवाणीहरूबाट हामी के कुरामा निश्‍चित हुन सक्छौं भने जब प्रभु येशू फर्केर आउनुहुन्छ तब उहाँले नयाँ नाम लिनुहुनेछ; उहाँलाई उप्रान्त येशू भनेर भनिनेछैन। वास्तविकता के हो भने हरेक युगमा परमेश्‍वरको नाम अनियमित ढङ्गले छनौट गरिएको हुँदैन; ती सबैको अत्यन्तै ठूलो महत्त्व हुन्छ। त्यो वृद्ध प्रचारकले मलाई एउटा पुस्तक दिनुभएको छ, र त्यसमा परमेश्‍वरको नाम सम्‍बन्धी सत्यताको बारेमा अत्यन्तै स्पष्ट व्याख्या दिइएको छ। यसलाई हेरौं है त।” उत्सुक हुँदै, मैले सहमतिमा शिर हल्‍लाएँ र भनेँ, “भइहाल्छ नि!”

ब्रदर वाङ्गले किताब निकाल्‍नुभयो र मलाई केही खण्डहरू पढ्न दिनुभयो। मैले यो कुरा पढेँ: “केहीले भन्छन्, परमेश्‍वरको नाउँ परिवर्तन हुँदैन। त्यसो भए यहोवेको नाउँ किन येशू भयो त? मसीह आउनुहुनेछ भनी भविष्यवाणी गरिएको थियो, त्यसो भए किन येशू नाउँ गरिएको मानिस आउनुभयो त? परमेश्‍वरको नाउँ किन परिवर्तन भयो? के यस्ता काम धेरै पहिले कार्यान्वयन गरिएको थिएन र? के परमेश्‍वरले आज नयाँ काम गर्न सक्‍नुहुन्‍न? हिजो गरिएको कामलाई बदल्न सकिन्छ, र येशूको काम यहोवाको कामको निरन्तरता हुन सक्छ। त्यसो भए, के येशूको कामपछि अरू काम आउन सक्दैन र? यदि यहोवाको नाउँ येशूमा परिणत हुन्छ भने, येशूको नाउँ पनि परिवर्तन हुन सक्दैन र? यी कुनै पनि अनौठो कुरा होइनन्; यो के मात्रै हो भने मानिसहरू अत्यन्तै सरल विचार-धाराका छन्। परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुनेछ। उहाँको काम जति परिवर्तन भए पनि, र उहाँको नाउँ जति परिवर्तन भए तापनि, उहाँको स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुँदैन। यदि तँ परमेश्‍वरलाई येशूको नाउँद्वारा मात्र पुकार्न सकिन्छ भनी विश्‍वास गर्छस् भने, तेरो ज्ञान अत्यन्त सीमित छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?)। “सुरुमा परमेश्‍वरको कुनै नाउँ थिएन भन्‍ने तँलाई थाहा हुनुपर्छ। उहाँले केवल एउटा वा दुईवटा वा धेरै नाउँ लिनुभयो, किनकि उहाँले गर्नुपर्ने काम थियो र मानव जातिलाई व्यवस्थापन गर्नुपर्थ्यो। उहाँलाई जुनसुकै नाउँले बोलाए पनि—के उहाँले त्यो स्वतन्त्र रूपमा चुन्नुभएन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। “प्रत्येक युगमा, परमेश्‍वरले नयाँ काम गर्नुहुन्छ र उहाँलाई नयाँ नाउँले बोलाइनुहुन्छ; उहाँले कसरी विभिन्न युगहरूमा उही काम गर्न सक्नुहुन्छ? उहाँ कसरी पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? येशूको नाउँलाई छुटकाराको कामका लागि लिइएको थियो, तब के आखिरी दिनहरूमा उहाँ फर्कनुहुँदा पनि उहाँलाई अझै त्यही नाउँले बोलाइन्छ? के उहाँले अझै पनि छुटकाराको काम गरिरहनुभएको हुनेछ? यहोवा र येशू एक हुनुभए पनि किन विभिन्न युगमा उहाँहरूलाई विभिन्न नाउँले बोलाइन्छ? के यो उहाँहरूका कामको युग फरक-फरक भएकोले होइन र? के एउटै नाउँले सारा अनन्तताभरि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ? यस्तो भएकोले, परमेश्‍वरलाई विभिन्न युगमा भिन्नाभिन्नै नाउँले बोलाउनुपर्छ, र उहाँले युगलाई परिवर्तन गर्न र युगको प्रतिनिधित्व गर्न नाउँ प्रयोग गर्नुपर्दछ। किनकि कुनै पनि नाउँले पूर्ण रूपमा स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन, र प्रत्येक नाउँले एक निश्चित युगमा परमेश्‍वरको स्वभावको अस्थायी पक्षको मात्र प्रतिनिधित्व गर्न सक्छ; त्यसले केवल उहाँको कामको प्रतिनिधित्व मात्रै गर्नुपर्छ। त्यसकारण, त्यो सम्पूर्ण युगमा प्रतिनिधित्व गर्न परमेश्‍वरले उहाँको स्वभाव सुहाउँदो नाउँ चुन्न सक्नुहुन्छ। चाहे त्यो यहोवाको युग होस् वा येशूको युग होस्, उहाँकै नाउँले प्रत्येक युगको प्रतिनिधित्व गर्दछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। यो सबै कुरा पढेपछि म छक्‍क परेँ। परिवर्तन गर्नुको नाम परिवर्तन हुन सक्‍ने रहेछ, तर म अझै पनि रहस्यहरूका बारेमा स्पष्ट भएको थिइनँ, त्यसकारण मैले ब्रदर वाङ्गलाई यसको बारेमा व्याख्या गरिदिनुहोस् भनेर अनुरोध गरिहालेँ।

ब्रदर वाङ्गले यसो भन्दै सङ्गति गर्नुभयो: “परमेश्‍वरले नयाँ नाम स्वीकार गर्नु र उहाँले नयाँ नामहरू नलिनुको पछाडि रहेको अर्थलाई यसले स्पष्‍ट रूपमा व्याख्या गर्छ। मूल रूपमा, परमेश्‍वरको कुनै नाम थिएन। उहाँले मानवजातिलाई मुक्ति दिने काम गर्न चाहनुभएको हुनाले उहाँले निश्‍चित युगको उहाँको कामलाई प्रतिनिधित्व गर्न सक्‍ने नाम आफैलाई दिनुभयो, तर परमेश्‍वरको काम उहाँले गर्नुहुने कामसँगै परिवर्तन हुँदै जान्छ। जब उहाँले नयाँ चरणको काम सुरु गर्नुहुन्छ तब उहाँले युग परिवर्तन गर्न र त्यस युगलाई प्रतिनिधित्व गर्न नयाँ नाम लिनुहुन्छ। यसको साथै, हरेक युगमा परमेश्‍वरले लिनुहुने नामले उहाँले त्यस युगमा गर्न लाग्‍नुभएको काम र उहाँले व्यक्त गर्नुहुने स्वभावलाई मात्रै प्रतिनिधित्व गर्छ। जस्तै व्यवस्थाको युगमा परमेश्‍वरलाई यहोवा भनिन्थ्यो, र यसले परमेश्‍वरको प्रताप, क्रोध, दण्डाज्ञा, र कृपालाई प्रतिनिधित्व गर्थ्यो। यहोवा परमेश्‍वरले भर्खरै सृष्टि गरिएको मानवजातिलाई पृथ्वीमा जिउन अगुवाइ गर्न, मानिसहरूलाई व्यवस्था र आज्ञाहरूलाई कठोर रूपमा पालन गर्न मोशाद्वारा व्यवस्था र आज्ञाहरू जारी गर्नुभयो। यहोवाको व्यवस्थालाई कदर गर्ने सबैले उहाँको आशिष्‌ र अनुग्रह पाएका थिए, जब कि उहाँको व्यवस्था उल्‍लङ्घन गर्नेहरूले पापबलि चढाउनुपर्थ्यो। अन्यथा, तिनीहरूलाई ढुङ्गाले हानेर मारिन्थ्यो वा स्वर्गबाट आगो झरेर प्रहार गरिन्थ्यो। व्यवस्थाको युगमा जिउनेहरूले यहोवा परमेश्‍वरको उल्‍लङ्घन गर्न नसकिने स्वभावलाई देखेका थिए र उहाँको डर मान्‍ने हृदयको विकास गरेका थिए। तिनीहरूको व्यवहार झन्-झन् सामान्य बन्दै गयो, र पृथ्वीमा तिनीहरूको जीवन उचित र सुव्यवस्थित हुँदै गयो। तर व्यवस्थाको युगको अन्त्यतिर, मानिसहरू झन्-झन् भ्रष्ट हुँदै गए र तिनीहरूको पाप बढ्दै गयो। तिनीहरूको पापलाई ढाक्‍नको लागि तिनीहरूसँग उप्रान्त कुनै पापबलि थिएन र सबै जना व्यवस्था उल्‍लङ्घनको निम्ति मृत्युदण्डको खतरामा परिरहेका थिए। यही कारणले गर्दा, मानवजातिका खाँचोहरूलाई पूरा गर्न परमेश्‍वर स्‍वयम्‌ येशूको नाम लिएर देहधारी हुनुभयो र छुटकाराको काम गर्नुभयो। प्रभु येशूले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। मानिसहरूलाई पश्‍चात्तापको मार्ग दिँदै र तिनीहरूलाई सहनशीलता र धैर्यता, अनि आफ्‍ना शत्रुहरूलाई प्रेम गर्न सिकाउँदै उहाँले प्रेम र दयाको स्वभाव व्यक्त गर्नुभयो। मानिसहरूलाई प्रशस्‍त अनुग्रह र आशिष्‌हरू दिँदै, उहाँले रोग-बिमार निको पार्ने र भूतहरू धपाउने काम पनि गर्नुभयो। आखिरमा, पाप रहित प्रभु येशू मानवजातिको पापबलिको रूपमा बलिदान हुँदै क्रूसमा टाँगिनुभयो। त्यहाँदेखि प्रभु येशूमा विश्‍वास गर्ने सबैले उहाँको मुक्तिको अनुग्रह र उहाँका प्रशस्‍त आशिष्‌हरू प्राप्त गर्नको लागि उहाँको नाममा प्रार्थना मात्रै गर्नुपर्थ्यो। प्रभु येशूको छुटकाराको कामलाई अनुभव गरिसकेपछि, मानिसहरूले परमेश्‍वरको स्वभावमा प्रताप र दण्डाज्ञा मात्रै होइन, तर यसमा कृपा र प्रेम पनि समावेश छ भन्‍ने देख्‍न सके। उहाँले मानिसहरूको जीवनमा अगुवाइ गर्नको लागि व्यवस्था र आज्ञाहरू मात्रै जारी गर्नुभएन, तर उहाँ मानवजातिको बीचमा काम गर्न र बोल्‍नको लागि देह समेत बन्‍नुभयो। यसरी मानिसहरूले परमेश्‍वरको बारेमा झन्-झन् धेरै ज्ञान प्राप्त गर्छन् र उहाँको झन्-झन् नजिक जान्छन्। हरेक युगमा, परमेश्‍वरले फरक काम गर्नुहुन्छ र फरक स्वभाव व्यक्त गर्नुहुन्छ, र नयाँ युग सुरु गर्न, फरक-फरक युगलाई परिभाषित गर्न उहाँले फरक-फरक नामको प्रयोग गर्नुहुन्छ। परमेश्‍वर सधैँ परिवर्तन भइरहनुहुन्छ र सधैँ नयाँ हुनुहुन्छ। उहाँको काम कहिल्यै अघि बढ्न छोड्दैन। त्यसरी नै, आखिरी दिनहरूमा परमेश्‍वरको नाम परिवर्तन हुन्छ। उहाँको काम र व्यवस्थापन योजनाको लागि यो आवश्यक छ। यही कारणले गर्दा हामीले आफ्‍नै धारणा र कल्‍पनाहरूको आधारमा परमेश्‍वरलाई सीमित गर्न सक्दैनौं—त्यो पूर्ण रूपमा अनुचित हुनेछ!”

ब्रदर वाङ्गको सङ्गतिले मलाई केही बुझाइ प्राप्त गर्न सहायता गर्यो। मैले परमेश्‍वरको काम परिवर्तन हुँदा उहाँको नाम परिवर्तन हुन्छ, र यो नाम अपरिवर्तनीय छैन भन्‍ने थाहा पाएँ। तर म अझै पनि चकित थिएँ, त्यसकारण मैले उहाँलाई सोधेँ, “तपाईंको सङ्गति र हामीले पढेका खण्डहरूबाट मलाई अब परमेश्‍वरले हरेक चरणको कामको लागि नयाँ नाम लिनुहुन्छ भन्‍ने थाहा भयो। हरेक नामले नयाँ युग र परमेश्‍वरको स्वभावको भागलाई प्रतिनिधित्व गर्छ। उहाँको नाम यहोवाबाट येशूमा परिवर्तन भयो किनभने उहाँले मानवजातिलाई छुटकारा दिने काम गर्दैहुनुहुन्थ्यो। तर बाइबलमा यसो भनिएको छ, ‘येशू ख्रीष्ट हिजो, र आज, अनि सधैँ उस्तै हुनुहुन्छ’ (हिब्रू १३:८)। यसले त परमेश्‍वरको नाम कहिल्यै परिवर्तन हुनेछैन भन्‍ने अर्थ दिन्छ जस्तो छ, त्यसकारण यसलाई कसरी व्याख्या गर्न सकिन्छ? कृपया मलाई अझै थप सङ्गति दिनुहोस्।”

ब्रदर वाङ्गले मुस्कुराउँदै भन्‍नुभयो, “वास्तवमा, यहाँ उल्‍लेख गरिएको ‘सदासर्वदा’ भन्‍ने शब्‍दद्वारा परमेश्‍वरले त्यो बेलाको युगको आफ्‍नो कामलाई उल्‍लेख गरिरहनुभएको थियो। अर्थात्, त्यो युगको काम समाप्त नभइञ्‍जेलसम्‍म, परमेश्‍वरको नाम कहिल्यै परिवर्तन हुनेछैन। यो कुरा यहोवा परमेश्‍वरले व्यवस्थाको युगमा भन्‍नुभएको वचन जस्तै छ: ‘मभन्दा अघि कुनै ईश्‍वर थिएन, न मपछि कुनै ईश्‍वर नै हुनेछ। म, यहोवा नै हुँ; र म बाहेक कोही पनि मुक्तिदाता छैन(यशैया ४३:१०-११), र ‘यो सदासर्वदाको लागि मेरो नाम हो, र यो सारा पुस्ताको लागि मेरो स्मारक हो(प्रस्थान ३:१५)। धर्मशास्‍त्रका यी खण्डहरूबाट हामी के देख्‍न सक्छौं भने, परमेश्‍वरले हामीलाई यहोवा मात्रै परमेश्‍वर हुनुहुन्छ, यहोवा मात्रै अनन्तसम्‍मको लागि परमेश्‍वरको नाम हो। त्यसकारण हाम्रो बुझाइको आधारमा यहोवा भन्‍ने नाम परिवर्तन हुन नसक्‍नु पर्ने हो, तर जब अनुग्रहको युग आयो र परमेश्‍वर काम गर्न आउनुभयो, तब उहाँलाई उप्रान्त यहोवा होइन येशू भनेर भनियो। त्यहाँदेखि हामीले उप्रान्त यहोवा परमेश्‍वरसँग होइन, तर प्रभु येशूको नाउँमा प्रार्थना गर्न थाल्यौं। यसबाट के स्पष्ट हुन्छ भने, यहोवा भन्‍ने नाम व्यवस्थाको युगको लागि परमेश्‍वरले लिनुभएको नाम हो, त्यसरी नै येशू भन्‍ने नाम अनुग्रहको युगमा परमेश्‍वरले लिनुभएको नाम हो। त्यसरी नै परमेश्‍वरको अनुग्रहको युगको काम समाप्त नभइञ्‍जेलसम्‍म, उहाँको नाम येशू नै रहनेछ। यो परिवर्तन हुनेछैन। तैपनि, परमेश्‍वरको अनुग्रहको युगको कामको ढोका बन्द भइसक्‍ने बित्तिकै, येशूको नामको ढोका पनि बन्द हुनेछ। यहोवा नाम येशू नाम बन्छ, र जब प्रभु येशू फर्केर आउनुहुन्छ तब यो व्यवस्थाको युगको अन्त्य हुनेछ—उहाँले नयाँ नाम लिनुहुनेछ। यी दुई युगहरूमा उहाँले लिनुभएका नामहरूका बारेमा के भनिएको छ—‘सदासर्वदाको लागि’ र ‘सारा पुस्ताको लागि’—त्यसले ती निश्‍चित युगहरूलाई जनाउँछ, परमेश्‍वरसँग अनन्त रूपमा परिवर्तन नहुने नाम हुन्छ भन्‍ने कुरालाई होइन। अर्थात्, जबसम्‍म युग परिवर्तन हुँदैन, तब परमेश्‍वरको नाम परिवर्तन हुँदैन, तर युग परिवर्तन हुने बित्तिकै परमेश्‍वरको नाम पनि परिवर्तन हुन्छ। यस बाहेक, परमेश्‍वर स्‍वयम्‌ भने अनन्त रूपमा अपरिवर्तनीय हुनुहुन्छ, र यसको अर्थ हरेक युगमा जे-जस्तो परिवर्तनहरू आए पनि, परमेश्‍वरको सार, उहाँको अन्तर्निहित स्वभाव, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कहिल्यै परिवर्तन हुन सक्दैन। यसको अर्थ उहाँको नाम कहिल्यै परिवर्तन हुन सक्दैन भन्‍ने हुँदैन।”

यो सबै कुरा सुनेपछि मैले अचानक यसको बारेमा बुझेँ। मैले खुशी हुँदै भनेँ, “प्रभुलाई धन्यवाद होस्! अब मैले बल्‍ल ‘सदासर्वदाको लागि’ र ‘सारा पुस्ताको लागि’ भनी बाइबलमा भनिएको वचनको अर्थ परमेश्‍वरको नाम ती युगहरूमा उही रहे भन्‍ने हुन्छ, उहाँको नाम कहिल्यै परिवर्तन हुँदैन भन्‍ने हुँदैन। परमेश्‍वरको काम परिवर्तन हुँदा उहाँको नाम परिवर्तन हुन्छ; ती युगहरू परिवर्तन हुँदै जाँदा परिवर्तन हुँदै जान्छन्। अर्थात्, जब परमेश्‍वरले आखिरी दिनहरूमा नयाँ काम सुरु गर्नुहुन्छ, तब उहाँको नाम अवश्य नै नयाँ हुनेछ।”

ब्रदर वाङ्गले भन्‍नुभयो, “प्रभुलाई धन्यवाद होस्! तपाईंले यसरी बुझ्‍न सक्‍नु निकै राम्रो कुरा हो। जहाँसम्‍म परमेश्‍वरको नाम परिवर्तन हुन्छ कि हुँदैन भन्‍ने कुरा छ, हामीले परमेश्‍वरलाई अवश्य नै हाम्रो धारणा र कल्‍पनामा सीमित राख्‍न सक्दैनौं। बाइबल भन्छ, ‘कसले समुद्रलाई अँजुलीले नापेको छ, आकाशलाई बित्ताले…? कसले यहोवाको आत्मालाई निर्देशन गरेको छ वा उहाँको सल्लाहकार भएर उहाँलाई सिकाएको छ?’ (यशैया ४०:१२-१३)। परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ र उहाँको सोचाइले सारा मानवजातिलाई उछिन्छ। परमेश्‍वरले गर्नुहुने हरेक कुरा बुद्धिले भरिएको छ, र जब उहाँले कुनै नाम लिनुहुन्छ, त्यसभित्र बुद्धि लुकेको हुन्छ। जब उहाँले आफ्‍नो नाम परिवर्तन गर्नुहुन्छ तब यसमा निश्‍चित रूपमा उहाँको सुन्दर इच्‍छा समावेश हुन्छ, र यो हामी मानवले बुझ्‍न नसक्‍ने कुरा हो। नम्र भई खोजी गर्यौं भने मात्रै हामीले त्यसभित्र रहस्य लुकेको छ कि छैन भन्‍ने बुझ्‍न सक्छौं। अब हामीले के बुझ्यौं भने परमेश्‍वरको कुनै पनि एउटा नामले परमेश्‍वरको कामको सबै काम र स्वभावलाई प्रतिनिधित्व गर्न सक्दैन। यसको साथै, कुनै पनि युगमा, परमेश्‍वरको काम उहाँको समग्र कामको भाग मात्रै हुन्छ र उहाँले हामीलाई प्रकट गर्नुहुने कुरा उहाँको स्वभावको भाग मात्रै हुन्छ। उहाँको काम र स्वभाव हामीलाई पूर्ण रूपमा प्रकट गरिएको हुँदैन, त्यसकारण परमेश्‍वर सम्‍बन्धी हाम्रो बुझाइ अझै सीमित नै हुन्छ। यदि हामी परमेश्‍वरको एउटै नाममा मात्रै टाँसिरह्यौं भने, हामीले सहजै परमेश्‍वरलाई सीमित गर्न र विरोध गर्न सक्छौं! यो त ती फरिसीहरू जस्तै हुनु हो, जो धर्मशास्‍त्रका अक्षरहरूलाई जिद्दी भई पालना गर्दा, परमेश्‍वर आउनुहुँदा उहाँलाई अवश्य नै मसीह भनिनेछ भन्‍ने विश्‍वास गर्दै आफ्‍नै धारणा र कल्‍पनाहरूमा जिइरहे। त्यसकारण, जब उहाँ छुटकाराको काम गर्न येशू नाम लिएर आउनुभयो, तब तिनीहरूले उहाँलाई स्वीकार गर्न मानेनन्। प्रभु येशूका वचनहरू र काममा अख्‍तियार र शक्ति छ भन्‍ने देखे पनि, तिनीहरूले यसको खोजी वा अनुसन्धान गरेनन्, तर पागलले झैँ परमेश्‍वरको नयाँ कामको विरोध गरे। तिनीहरूले प्रभु येशूलाई क्रूसमा टाँग्‍नको लागि रोमी सरकारसँग मतो गरे, अनि जघन्य पाप गरे अनि परमेश्‍वरको दण्ड पाए। यही कारणले गर्दा, परमेश्‍वरले आफ्‍नो नाम परिवर्तन गर्नुहुने विषयमा, हामीले गर्ने एउटै मात्र सही काम भनेको उहाँको आदर गर्ने हृदय कायम गर्नु, आफ्‍ना धारणा र कल्‍पनाहरूलाई त्याग्‍नु, अझै बढी सत्यताको खोजी गर्नु, र परमेश्‍वरका वचनहरू अनुसार अवस्थाको मूल्याङ्कन गर्नु हो। हामीले फरिसीहरूले जस्तो विनाशकारी गल्ती गर्नु हुँदैन!”

यो कुरा सुनेर, मैले केही भयको आभास गर्दै भनेँ, “ठीक भन्‍नुभयो। फरिसीहरू अत्यन्तै अहङ्कारी थिए, र तिनीहरूका धारणा र कल्‍पनाहरूको कारण, व्यर्थमा मसीह नाममा नै टाँसिरहेर प्रभु येशू परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरालाई इन्कार गर्न मानेनन्। तिनीहरूसँग खोजी गर्ने नम्र हृदय पनि थिएन, तर तिनीहरूले पागलले झैँ प्रभुको विरोध गरे र उहाँलाई दोष दिए। यसको परिणामस्वरूप, तिनीहरूले आफूमाथि महाविपत्ति ल्याए—यसले अवश्य नै हाम्रो लागि चेतावनीको काम गर्छ! परमेश्‍वरको अगुवाइको लागि धन्यवाद छ! आज तपाईंको सङ्गतिद्वारा परमेश्‍वरले आखिरी दिनहरूमा नयाँ नाम लिनुहुनेछ भन्‍ने बारेमा अब म निश्‍चित भएको छु। नत्र भने, म पनि उहाँलाई येशू मात्रै भन्‍न सकिन्छ भनेर विश्‍वास गर्नेथिएँ। के त्यो मेरा धारणाहरू, र मैले कल्‍पना गरेको कुराका आधारमा परमेश्‍वरलाई सीमित गर्नु होइन र? सत्यतालाई नबुझी, हामी मानिसले फरिसीहरूकै मार्ग अपनाउने सम्‍भावना हुन्छ, र त्यसका परिणामहरू असोचनीय हुन्छन्!” त्यसपछि मनमा के प्रश्‍न उठ्यो भने, आखिरी दिनहरूमा फर्कनुहुँदा परमेश्‍वरले नयाँ नाम लिनुहुन्छ भने, त्यो नाम के हुनेछ? मैले ब्रदर वाङ्गलाई यो प्रश्‍नको बारेमा पनि सोधेँ।

उहाँले भन्‍नुभयो, “हामीले परमेश्‍वरका वचनहरूको आधारमा नै हाम्रो विश्‍वासलाई अघि बढाउनुपर्छ। परमेश्‍वरको काम वा उहाँको नामसँग सम्‍बन्धित कुनै पनि कुराको लागि हामी विशेष गरी उहाँका वचनहरू अनुसार अघि बढ्नुपर्छ। वास्तवमा, परमेश्‍वरले आफ्‍नो कामको हरेक चरणमा के नाम लिनुहुन्छ भन्‍ने बारेमा बाइबलीय आधारहरू छन्। आखिरी दिनहरूमा परमेश्‍वरको नाम के हुनेछ भन्‍ने विषयमा केही बाइबलीय अगमवाणीहरू दिइएका छन्: ‘सर्वशक्तिमान परमप्रभुले भन्नुभयो, म अल्फा र ओमेगा, सुरु र अन्त हुँ, जो छ, जो थियो र जो हुन आउनेछ(प्रकाश १:८)। ‘अनि मैले ठूलो भीडको जस्तो आवाज र धेरै पानीको जस्तो आवाज र शक्तिशाली गर्जनको जस्तो आवाज सुनेँ, जसले भनिरहेको थियो, हल्लेलूयाह: किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्‍वरले शासन गर्नुहुन्छ(प्रकाश १९:६)। ‘अनि चार वटा पशु प्रत्येकसँग छ वटा पखेटा थिए; र तिनीहरू आँखै-आँखाले भरिएका थिए; अनि तिनीहरू दिनरात नबिसाईकन यसो भनिरहेका हुन्थे, पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर जो थियो, रछ, र आउनेछ(प्रकाश ४:८)। ‘हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, जे छन्, र थिए, र आउनेछन्, हामी तपाईंलाई धन्यवाद दिन्छौं; किनभने तपाईंले आफ्‍नो महान् शक्ति लिनुभएको छ, र शासन गर्नुभएको छ(प्रकाश ११:१७)। बाइबलका यी सबै पदहरूले ‘सर्वशक्तिमान्‌’ भन्‍ने शब्‍द उल्‍लेख गर्छ। यी अगमवाणीहरूबाट हामी के देख्‍न सक्छौं भने, प्रभु फर्केर आउनुहुँदा, परमेश्‍वरको नाम सर्वशक्तिमान्‌ हुनेछ।” यसो भनेपछि, ब्रदर वाङ्गले त्यो पुस्तक मलाई दिनुभयो। त्यसपछि उहाँले भन्‍नुभयो, “तपाईंले यो पढ्नुभयो भने, प्रभुले किन आखिरी दिनहरूमा यो नाम लिनुहुनेछ सो कुरा तपाईंले बुझ्‍नुहुनेछ।”

किताब लिएर मैले पढेँ: “परमेश्‍वरका सबै व्यवस्थापनहरूमा उहाँको काम पूर्ण रूपमा स्पष्ट छ: अनुग्रहको युग, अनुग्रहको युग नै हो, र आखिरी दिनहरू, आखिरी दिनहरू नै हुन्। प्रत्येक युगबीच स्पष्ट भिन्नताहरू छन्, किनकि परमेश्‍वरले हरेक युगमा त्यो काम गर्नुहुन्छ जसले त्यस युगको प्रतिनिधित्व गर्दछ। किनकि आखिरी दिनहरूको काम गर्नका लागि, युगलाई समाप्त गर्न जलन, न्याय, सजाय, क्रोध र विनाश हुनुपर्दछ। आखिरी दिनहरूले अन्तिम युगलाई बुझाउँछ। अन्तिम युगको अवधिमा, के परमेश्‍वरले युगको अन्त्य गर्नुहुनेछैन र? युगको अन्त्य गर्न, परमेश्‍वरले आफ्नो साथमा सजाय र न्याय ल्याउनैपर्छ। यस तरिकाले मात्र उहाँले युगको अन्त्य गर्न सक्नुहुन्छ। … त्यसकारण, व्यवस्थाको युगको अवधिमा यहोवा परमेश्‍वरको नाउँ थियो, र अनुग्रहको युगमा येशूको नाउँले परमेश्‍वरको प्रतिनिधित्व गर्‍यो। आखिरी दिनहरूमा, उहाँको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो—सर्वशक्तिमान्, जसले आफ्नो मानिसहरूलाई डोऱ्याउन, मानिसलाई जित्न र आखिरीमा युगको अन्त्य गर्न आफ्‍नो शक्तिको प्रयोग गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। ब्रदर वाङ्गले सङ्गतिलाई जारी राख्‍नुभयो। “परमेश्‍वर बुद्धिमानी, सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ, र उहाँले गर्नुहुने हरेक कुरा अर्थपूर्ण हुन्छ। आखिरी दिनहरूमा परमेश्‍वरलाई सर्वशक्तिमान्‌ भन्‍नुको कारण के हो भने उहाँले युगको अन्त्य गर्दैहुनुहुन्छ; उहाँले मानिसहरूलाई तिनीहरूका प्रकार अनुसार वर्गीकरण गर्ने र असललाई इनाम र खराबलाई दण्ड दिने काम गर्दैहुनुहुन्छ। त्यसकारण, आखिरी दिनहरूमा जब प्रभु फर्कनुहुन्छ तब उहाँ धर्मी, प्रतापी, क्रोधले भरिएको, र तोड्न नसकिने स्वभाव सहित देखा परेर संसारलाई परमेश्‍वरको अन्तर्निहित स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो देखाउनुहुन्छ। उहाँले यही स्वभावद्वारा सारा मानवजातिको भ्रष्टता र अधर्मको निम्ति न्याय गर्ने र सजाय दिने काम गर्नुहुन्छ, अनि हामीले मूल मानव पवित्रतालाई प्राप्त गर्न सकौं भनेर हामीलाई पापबाट पूर्ण रूपमा मुक्त गर्नुहुन्छ। हामीले के देखेको परमेश्‍वर चाहनुहुन्छ भने, उहाँले सबै थोकको सृष्टि मात्र गर्न सक्‍नुहुन्‍न, तर उहाँले सबै थोकमाथि शासन पनि गर्न सक्‍नुहुन्छ; उहाँ मानवजातिको बलिदान मात्रै बन्‍न सक्‍नुहुन्‍न, तर उहाँ मानिसलाई सिद्ध पार्न, परिवर्तन गर्न, र धुनको लागि वचनहरू पनि व्यक्त गर्न सक्‍नुहुन्छ; उहाँ अल्‍फा र ओमेगा हुनुहुन्छ, र उहाँको आश्‍चर्यपन र उहाँका कार्यहरूलाई कुनै पनि मानिसले बुझ्‍न सक्दैन। परमेश्‍वर महा सर्वशक्तिमान् हुनुहुन्छ।”

त्यसपछि मेरो हृदयको अन्योलता पूर्ण रूपमा हट्यो। भावुक हुँदै, मैले भनेँ, “त्यो साँचो कुरा हो! परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ। उहाँ महाशक्तिशाली र अख्‍तियारपूर्ण हुनुहुन्छ। आखिरी दिनहरूमा, उहाँ आफ्‍नो पूर्ण स्वभाव प्रकट गर्दै हाम्रो बीचमा देखा पर्नुहुनेछ र अगमवाणीहरू अनुसार, उहाँ फर्कनुहुँदा, उहाँलाई सर्वशक्तिमान्‌ भनेर भनिनेछ। प्रभुलाई धन्यवाद होस्! आज मैले हाम्रो सङ्गतिबाट परमेश्‍वरको नामका रहस्यहरूलाई बल्‍ल बुझेँ। मैले यो सत्यता जतिसक्दो चाँडो अरू दाजुभाइ-दिदीबहिनीहरूलाई पनि बाँड्नुपर्छ, ताकि सबैले आफ्‍ना धारणा र कल्‍पनाहरूलाई त्यागेर, सर्वशक्तिमान्‌को खबरलाई सुन्‍न सकून् अनि प्रभुको पुनरागमनलाई स्वागत गर्न सकून्!”

ब्रदर वाङ्गले भन्‍नुभयो, “म प्रभुलाई धन्यवाद दिन्छु! परमेश्‍वरकै अगुवाइले गर्दा अहिले हामीले यो कुरा बुझेका हौं। प्रचारकहरू भएको हैसियतले, हामीले हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई सत्यता बुझ्‍न अनि थुमाका पाइलाहरू पछ्याउन अगुवाइ गर्नुपर्छ ताकि तिनीहरू थुमाको विवाह-भोजमा सहभागी हुन सकून्। यो प्रभुले हामीलाई दिनुभएको आज्ञा हो।” मैले उत्साहको साथ मेरो शिर हल्‍लाएँ र भनेँ, “त्यसोभए हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई सँगै यो सङ्गति सुनाउन जाऊँ।”

मुस्कुराउँदै, उहाँले भन्‍नुभयो, “एकदम राम्रो, जाऊँ।”

हामी सँगै मण्डलीतिर लाग्यौं …

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

ईसाईहरू बिरामी पर्दा परमेश्‍वरमाथि भरोसा राख्न पछ्याउन सक्ने ४ मुख्य मार्गहरू

के तपाईं बिरामीको कारण चिन्ता र असहज हुनुहुन्छ? एक इसाईले बिरामी पर्दा कसरी परमेश्‍वरको इच्छा अनुरूप अभ्यास गर्नुपर्छ? यो लेखले तपाईंलाई मार्ग देखाउँनेछ, त्यसैले यसलाई हामी एकसाथ पढौं।

महामारी आएको छ: परमेश्‍वरको सुरक्षा पाउन इसाईले के गर्नुपर्छ?

आजभोली, महामारी विश्‍वभरि फैलिएको छ। संसारभरि करोडौँ मानिसहरू मरिरहेका छन् र हाम्रो बीचमा ठूला-ठूला विपत्तिहरू आइरहेका छन् भन्‍ने अनुभूति...

परमेश्‍वरले विभिन्न युगहरूमा विभिन्न नामहरू लिनुको अर्थ के हो?

परमेश्‍वरको नाम यहोवा हो र यो सदाका लागि उहाँको नाम हुनेछ भनी पुरानो करारमा अभिलेख राखिएको छ। तर नयाँ करारमा, यो अभिलेख राखिएको छ कि परमेश्‍वरको नाम येशू हो र उहाँ बाहेक अरू कोही छैन जसद्वारा मानिसलाई बचाइन सकिन्छ। यदि परमेश्‍वरको नाम यहोवा हो भने, त्यसोभए उहाँलाई किन येशू भनिन्छ? परमेश्‍वरका नामहरूका बारे हामीले के सत्यता र रहस्यहरू बुझ्नुपर्दछ?

अफवाहहरूलाई पत्याउनु भनेको आखिरी दिनहरूका परमेश्‍वरको मुक्ति गुमाउनु हो

धेरै दाजुभाइ-दिदीबहिनीहरू कसैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचारको बारेमा कुरा गरिरहेको सुन्दा ध्यान दिन सक्दैनन्, र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्