म आफ्ना कर्तव्यहरूमा अब अत्याधिक सतर्क हुने गर्दिनँ

29 मे 2026

झाओ जिवेन, चीन

सन् २०२४ को मे महिनामा, मैले एउटा उजुरी पत्र प्राप्त गरेँ। यो पत्र मैले पहिले सहकार्य गरेकी सिस्टर वाङ यीका बारेमा थियो। पुष्ट्याइँहरूले के देखाए भने, अगुवा रहँदाको समयमा वाङ यी अहङ्कारी र आत्मधर्मी भएकी थिइन्। उनले मण्डलीको कामका लागि धेरै दुष्ट मानिस र अविश्‍वासीहरूलाई बढुवा र प्रयोग गरेकी थिइन्, अनि अरूले त्यसो नगर्न सल्लाह दिँदा पनि उनी सुन्दिनथिन्, जसले गर्दा मण्डलीको काममा गम्भीर हानि हुन पुग्यो। अन्ततः, उनलाई बर्खास्त गरी आत्मचिन्तन गराउन एक्लै राखियो। वाङ यीमाथि भएको कुरा देखेर, म भित्रैदेखि हल्लिएकी थिएँ। मलाई अगुवा भएर रहनु साँच्चिकै खतरनाक कुरा हो जस्तो लाग्यो; आफूले कुन बेला दुष्ट कार्य गरिन्छ र प्रकट भई हटाइन्छ भनेर कहिल्यै थाहा हुँदैन। सेप्टेम्बरको अन्त्यतिर, मैले मेरा अगुवाहरूबाट वाङ यीले जिम्मेवारी लिएको मण्डलीमा अस्थायी रूपमा काम गर्न आग्रह गरिएको पत्र प्राप्त गरेँ। मैले मनमनै विचार गरेँ, “मेरो जीवन प्रवेश कमजोर छ, र मेरो स्वभाव पनि निकै अहङ्कारी छ। यदि मैले काम राम्ररी गरिनँ भने, के म पनि प्रकट भएर हटाइनेछु?” मलाई थाहा थियो, यो कर्तव्य परमेश्‍वरको अनुमतिले मकहाँ आइरहेको छ र यसलाई अस्वीकार गर्नु परमेश्‍वरको अभिप्रायअनुरूप हुनेछैन। तर मलाई मैले यसलाई स्वीकार गरेँ भने म प्रकट हुनेछु भन्ने डर थियो। मैले अत्यन्तै द्विविधा भयो, तर अन्ततः, म अनिच्छापूर्वक सहमत भएँ।

त्यसपछि, म यो मण्डलीमा काम गर्न गएँ। केही समयपछि, मैले एउटा प्राविधिक सुपरिवेक्षकले आफ्नो कर्तव्यका लागि कुनै बोझ नबोकेको पत्ता लगाएँ, उनी सधैँ अल्छी र गैरजिम्मेवार थिए, र उनलाई जतिसक्दो चाँडो बर्खास्त गर्न आवश्यक थियो। त्यतिबेला, मैले शिनचेङलाई सुपरिवेक्षकको कर्तव्यमा प्रशिक्षण दिनका लागि बढुवा गर्ने विचार गरेँ। ब्रदर-सिस्टरहरूका मूल्याङ्कनका आधारमा, शिनचेङ आफ्नो कर्तव्यमा बोझ बोक्छिन् र यस क्षेत्रमा उनीसँग सीप पनि छ भन्ने कुरा म देख्न सक्थेँ, त्यसैले उनलाई केही समय परीक्षणमा राख्न सकिन्थ्यो। तर मेरी सहकर्मी, सिस्टर लिन हुईले शिनचेङलाई परमेश्‍वरप्रतिको उनको विश्वासका कारण परिवारले सताउने भएकाले उनलाई सुपरिवेक्षक बनाउँदा जोखिम आउन सक्छ भन्ने चिन्ता देखाइन्। उनको अवस्थाबारे बुझेपछि, मैले शिनचेङलाई पहिलो पटक परमेश्‍वरमा विश्वास गर्न थाल्दा उनका श्रीमान्‌ले सताएका थिए, तर कयौँ वर्ष बितिसकेको छ र अहिले उनका श्रीमान्‌ले केही भन्दैनन् भन्ने थाहा पाएँ। त्यसैले मैले लिन हुईलाई यतिबेला अरू कोही उपयुक्त छैन, र हाम्रो अवलोकनमा शिनचेङले त्यो काम गर्न सक्छिन् भनेर बताएँ, तर लिन हुई अझै पनि सहमत भइनन्। मैले मनमनै विचार गरेँ, “म भर्खरै यो कर्तव्य निर्वाह गर्न यहाँ आएकी हुँ, त्यसैले म मण्डलीका सदस्यहरूलाई लिन हुईले जति चिन्दिनँ। साथै, उनको मनोवृत्ति निकै दृढ छ। यदि मैले शिनचेङलाई नै प्रयोग गर्न जिद्दी गरेँ भने, यदि उनका श्रीमान्‌ले उनलाई सताए र मण्डलीमा खतरा ल्याए भने के होला? के म त्यसको जवाफदेही हुनुपर्दैन र? के त्यसपछि ब्रदर-सिस्टरहरूले मलाई अरूको राय नसुनेकोमा अहङ्कारी र आत्मधर्मी भन्नेछैनन् र? त्यो त मेरो तर्फबाट एउटा दुष्ट कार्य हुनेछ।” यस्तो सोचेर मैले थप केही भनिनँ। फलस्वरूप, प्राविधिक सुपरिवेक्षकलाई समयमै नहटाइएको कारण कामको प्रगतिमा ढिलाइ भयो। साथै, मानिसहरूलाई संवर्धन गर्ने काममा, मैले प्रचारक ली यानसँग केही क्षमता छ र उनले सत्यता स्विकार्न सक्छिन् भन्ने देखेँ। तर, उनको जीवन प्रवेश सतही थियो र उनले विभिन्न सिद्धान्त बुझेकी थिइनन्। तैपनि, मलाई उनले ती सिद्धान्त बुझेपछि केही वास्तविक काम गर्न सक्छिन् भन्ने लाग्यो, त्यसैले मैले उनलाई संवर्धन गर्ने योजना बनाएँ। तर पछि, कतिपय मानिसले ली यान निकै छली छिन् भनेर टिप्पणी गरे, उनले रिपोर्ट गर्नुपर्ने कामको रिपोर्ट नगरेको र कसरी गर्ने भन्ने पनि थाहा छैन भनेर समेत भन्ने गरेको बताए। अवस्था बुझ्न उनीसँग भेटेपछि, मैले के थाहा पाएँ भने उनले रिपोर्ट गर्न नसकिरहेकी होइनन्, न उनी छली भइरहेकी हुन्; मात्र उनमा अनुभवको कमी रहेको र उनलाई काम कसरी गर्ने भनेर थाहा नभएको हो। त्यतिबेला, मैले सोचेँ, “ब्रदर-सिस्टरहरूले ली यानलाई सही रूपमा व्यवहार गरिरहेका छैनन्; उनीहरूले बाहिरी रूप हेरेर मात्रै मूल्याङ्कन गरिरहेका छन्। मानिसहरूलाई सही रूपमा व्यवहार गर्ने सिद्धान्तहरूबारे मैले उनीहरूसँग सङ्‍गति गर्नुपर्छ।” तर त्यसपछि मेरो मनमा अर्को विचार आयो, “ब्रदर-सिस्टरहरू सबैले यसो भनिसकेकाले, यदि मैले अझै पनि आफ्नै दृष्टिकोणमा जिद्दी गरेँ भने, के उनीहरूले म पनि वाङ यीजस्तै छु—म अरूको सुझाव सुन्दिनँ र मानिसहरूलाई संवर्धन गर्ने कुरामा मनमानी गर्छु भन्नेछैनन् र? मैले जोखिम लिनुहुँदैन। म केही समय अवलोकन मात्र गर्नेछु र के हुन्छ त्यो हेर्नेछु।” यस्तो सोचेपछि, मैले ली यानलाई संवर्धन गरिनँ। मेरा अगुवाहरूले मानिसहरूलाई संवर्धन गर्ने अवस्थाबारे सोध्न पत्र लेखेपछि, मैले सोचेँ, “यदि मैले ली यानलाई सिफारिस गरेँ, अनि पछि उनी प्रकट भइन् भने के होला? के अगुवाहरूले मेरो स्वभाव अहङ्कारी छ र म ब्रदर-सिस्टरहरूका फरक रायहरूलाई स्वीकार गर्दिनँ भन्नेछैनन् र? तर यदि मैले कसैलाई पनि संवर्धन गरिनँ भने, अगुवाहरूले मलाई कुनै वास्तविक काम नगरिरहेकी भन्‍नेछन्। मैले अगुवाहरूलाई उनका बारेमा स्पष्ट जानकारी जुटाउन पाएकी छैन भनेर भन्नु नै बेस होला। यसरी, ली यान पछि प्रकट भइन् भने पनि, त्यसमा म मात्रै जवाफदेही हुनेछैन।” त्यसैले, जब मैले अगुवाहरूलाई जवाफ लेखेँ, तब एक क्षणमा मैले ली यानलाई संवर्धन गर्न सकिन्छ भनेँ, र अर्को क्षणमा उनका बारेमा स्पष्ट जानकारी पाउन सकेकी छैन भनेर उल्लेख गरेँ, मैले कुनै स्पष्ट मनोवृत्ति व्यक्त गरिनँ। त्यसपछि, मैले अझै पनि ली यानलाई संवर्धन गरिनँ। किनभने आफ्नो कर्तव्य निर्वाह गर्दा म सधैँ अत्याधिक सतर्क हुन्थेँ, मलाई व्यक्तिहरूको हेरफेर अनुपयुक्त भयो भने जवाफदेही हुनुपर्नेछ भन्ने डर लाग्थ्यो, मैले ढिलाइ गरिरहेँ र अन्तिम निर्णय गर्ने आँट गरिनँ। फलस्वरूप, व्यक्तिहरूको अभावका कारण केही काम सुस्त गतिमा अघि बढ्यो। मलाई आफ्नो स्थिति गलत रहेको महसुस भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, अहिले आफ्नो कर्तव्य निर्वाह गर्दा म धेरै निष्क्रिय भएकी छु, र म सधैँ अत्याधिक सतर्क हुन्छु। मेरो हृदयमा धेरै पीडा छ। मलाई आफ्ना समस्याहरू बुझ्नका लागि मार्गदर्शन गर्नुहोस् भनी तपाईंसँग बिन्ती गर्छु।”

पछि, मेरा अगुवाहरूले पत्र लेखेर सोधे, “मानिसहरूलाई संवर्धन गर्ने कामको प्रगति किन यति सुस्त छ? हामी तपाईंलाई आफ्नो कर्तव्य निर्वाह गर्दा धेरै निष्क्रिय रहेको देख्छौँ, र हामीलाई यसको कारण थाहा छैन।” मैले आफ्ना अगुवाहरूलाई मेरो स्थितिका बारेमा बताएँ, अनि उनीहरूले मलाई परमेश्‍वरका वचनको एउटा खण्ड पठाए: “कतिपय मानिसहरूले कैयौँ वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन्, तर तिनीहरूले थोरै पनि सत्यता बुझ्दैनन्। तिनीहरूको दृष्टिकोण गैरविश्‍वासीहरूको जस्तै हुन्छ। जब तिनीहरूले कुनै झूटा अगुवा वा ख्रीष्टविरोधीलाई प्रकाश गरिएको र हटाइएको देख्छन्, तब तिनीहरू सोच्छन्, ‘एक विश्‍वासी र परमेश्‍वरको अनुयायीको रूपमा, परमेश्‍वरसामु जिउनु भनेको भीरको बाटो हिँड्नु जस्तै हो! यो चक्‍कुको धारमा उभिनु जस्तै हो!’ अनि अरूले भन्छन्, ‘एक अगुवा वा कामदार हुनु र परमेश्‍वरको सेवा गर्नु जोखिमपूर्ण छ। यो “राजाको नजिक हुनु बाघसँग सुत्‍नुजत्तिकै खतरनाक हुन्छ” भन्ने भनाइ जस्तै हो। यदि तिमीले केही गलत गर्‍यौ वा भन्यौ भने, तिमीले परमेश्‍वरको स्वभावलाई चिढ्याउनेछौ, र तिमी हटाइनेछौ र दण्डित हुनेछौ!’ के यी टिप्पणीहरू सही छन्? ‘भीरको बाटो हिँड्नु’ र ‘चक्‍कुको धारमा उभिनु’—यी शब्दहरूको अर्थ के हो? यी शब्दहरूको अर्थ अवस्था धेरै खतरनाक छ—व्यक्तिले हरेक क्षण ठूलो खतराको सामना गर्नेछ, र अलिकति पनि लापरवाहीले उसको खुट्टा चिप्लिनेछ भन्‍ने हुन्छ। ‘राजाको नजिक हुनु बाघसँग सुत्‍नुजत्तिकै खतरनाक हुन्छ’ भन्‍ने भनाइ गैरविश्‍वासीहरूमाझ प्रचलित छ। यसको अर्थ एक दियाबलस राजाको उपस्थितिमा जिउनु खतरनाक हुन्छ भन्‍ने हो। यदि कसैले यो भनाइलाई परमेश्‍वरको सेवा गर्नमा लागू गर्छ भने, तिनीहरूले कहाँ गलत गरेका छन्? परमेश्‍वर अर्थात् सृष्टिकर्तालाई दियाबलस राजासँग तुलना गर्नु—के यो ईश्‍वर-निन्दा होइन र? यो गम्‍भीर समस्या हो। परमेश्‍वर धर्मी र पवित्र परमेश्‍वर हुनुहुन्छ; परमेश्‍वरको प्रतिरोध गरेकोमा र उहाँप्रति शत्रुवत् बनेकोमा मानिसलाई दण्ड दिइनुपर्छ भन्‍ने कुरा पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो। शैतान र दियाबलसहरूसँग अलिकति पनि सत्यता छैन; तिनीहरू फोहोरी र दुष्ट छन्, र तिनीहरूले निर्दोषहरूको हत्या गर्छन्, र असलहरूलाई ठाडै निल्छन्। तिनीहरूलाई कसरी परमेश्‍वरसँग समान रूपमा उल्लेख गर्न सकिन्छ? किन मानिसहरू तथ्य बङ्ग्याउँदै परमेश्‍वरमाथि लाञ्छना लाउँछन्? यो परमेश्‍वरविरुद्धको ठूलो निन्दा हो! प्रायजसो नकारात्मक बन्‍ने र इमानदारीसाथ आफ्‍नो कर्तव्य निर्वाह नगर्ने केही मानिसहरूलाई जब काटछाँट गरिन्छ, तब तिनीहरूलाई हटाइन्छ कि भन्‍ने चिन्ता हुन्छ, र तिनीहरूले प्राय यस्तो सोच्‍ने गर्छन्, ‘परमेश्‍वरमा विश्‍वास गर्नु साँच्‍चै भिरको बाटो हिँड्नुसरह हो! कुनै गल्ती गर्नेबित्तिकै, काटछाँट गरिन्छ; झूटा अगुवा वा ख्रीष्टविरोधी ठहरिनेबित्तिकै, प्रतिस्थापित गरिन्छ र हटाइन्छ। परमेश्‍वरको घरमा, परमेश्‍वर रिसाउनु असामान्य कुरो होइन, र मानिसहरूले अलिकति खराब काम गर्दा, तिनीहरूलाई एकै वचनले हटाइन्छ। तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौकासमेत दिइँदैन।’ के साँच्‍चिकै यस्तै हुन्छ त? के परमेश्‍वरको घरले वास्तवमै मानिसहरूलाई पश्‍चात्ताप गर्ने मौका दिँदैन? (त्यो गलत हो।) यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई अनगिन्ती दुष्कर्महरू गरेको कारण, र काटछाँट गर्दा र धेरैपटक अर्ती दिँदा पनि आफ्‍नो मार्ग नबदलेको कारण हटाइएको हुन्छ। अनि, यसरी सोच्‍ने मानिसहरूमा के समस्या हुन्छ? तिनीहरूले मिथ्या तर्कद्वारा आफ्‍नो कुरा सही साबित गर्न खोजिरहेका हुन्छन्। तिनीहरूले सत्यता खोजी गर्दैनन्, न त तिनीहरूले उचित रूपमा श्रम नै गर्छन्, तिनीहरूले त बढारेर फालिने र हटाइने डरले, नमीठोसित गुनासो गर्छन् र आफ्ना धारणाहरू फैलाउँछन्। स्पष्टतः तिनीहरूको मानवता कमजोर हुन्छ, र तिनीहरू आफ्‍नो काममा झाराटारुवा अनि नकारात्मक र सुस्त हुन्छन्। तिनीहरूलाई आफूलाई प्रकाश गरेर हटाइएला भन्‍ने डर हुन्छ, त्यसकारण तिनीहरूले सबै दोष मण्डली र परमेश्‍वरमाथि थोपर्छन्। यो कस्तो प्रकृति हो? यो परमेश्‍वरलाई आलोचना गर्ने, उहाँप्रति गुनासो गर्ने र उहाँको विरोध गर्ने प्रकृति हो। यी टिप्पणीहरू सबैभन्दा भद्दा भ्रम र सबैभन्दा हास्यास्पद दाबीहरू हुन्। यी मानिसहरूले यस्ता कुराहरू बोल्‍न सक्नु भनेको के कुराको प्रमाण हो भने, तिनीहरूले परमेश्‍वरमा वर्षौँ विश्‍वास गरेर पनि सत्यता कहिल्यै कदापि पछ्याएका रहेनछन्। अनि, यसले मात्र तिनीहरूलाई परमेश्‍वरको आलोचना गर्ने, उहाँको प्रतिरोध गर्ने, र ईशनिन्दा गर्ने यो स्तरसम्‍म झार्न सक्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरको कठोर खुलासाले मेरो हृदय छेड्यो र यो सहन गाह्रो भयो। मैले वाङ यी अहङ्कारी भएको, आफ्नै दृष्टिकोणमा जिद्दी गरेको, सिद्धान्तहरूको उल्लङ्घन गरी मानिसहरू छनौट गरेको, अनि मण्डलीको काममा अवरोध गरेको र बाधा दिएको कारण बर्खास्त भएकी कुरा सम्झेँ। यसले मलाई अगुवाको कर्तव्य निर्वाह गरेकैले उनले यी दुष्ट कार्यहरू गर्न पुगेकी हुन् भन्ने महसुस गरायो। मैले सोचेँ, म भविष्यमा कहिल्यै पनि अगुवा बन्नैहुँदैन; यदि मैले दुष्ट काम गरेँ भने, मसँग मुक्ति पाउने कुनै मौका हुनेछैन। माथिल्लो तहका अगुवाहरूले मलाई मण्डलीको कामको जिम्मेवारी लिन आग्रह गर्दा, मैले बाहिरी रूपमा त सहमति जनाएँ, तर मेरो हृदयमा, म सतर्क थिएँ। मलाई अगुवा हुनु एउटा खतरनाक काम हो जस्तो लाग्यो र गल्ती गरेर प्रकट भई हटाइन्छु कि भन्ने डर लाग्यो। प्राविधिक सुपरिवेक्षकले आफ्नो कर्तव्यमा गैरजिम्मेवारपन देखाएको र उनलाई तत्काल बर्खास्त गर्न आवश्यक छ भनेर म स्पष्ट रूपमा देख्न सक्थेँ। सबै कुरा विचार गरेपछि, मलाई शिनचेङ उपयुक्त उम्मेदवार हुन् जस्तो लाग्यो र म उनलाई बढुवा गर्न र संवर्धन गर्न चाहन्थेँ। तर जब मैले मेरी सहकर्मीले शिनचेङलाई प्रयोग गर्ने कुरामा असहमति जनाएको सुनेँ, तब मैले त्यसबारे थप छलफल गर्ने प्रयास गरिनँ, किनभने उनले म आफ्नै दृष्टिकोणमा जिद्दी गर्दैछु भन्छिन् कि भन्ने मलाई डर लाग्यो। मलाई शिनचेङका श्रीमान्‌ले उनलाई फेरि सताउँछन् र यसले मण्डलीमा समस्या ल्यायो भने त्यसको जवाफदेही म नै हुनुपर्छ भन्ने डर पनि लाग्यो। त्यसैले, मैले समयमै सुपरिवेक्षकलाई बदलिनँ, जसले गर्दा कामको प्रगतिमा ढिलाइ भयो। साथै, म ली यानलाई संवर्धन गर्न चाहन्थेँ, तर केही ब्रदर-सिस्टरहरूले उनका बारेमा नराम्रो मूल्याङ्कन गरेका छन् भन्ने सुनेपछि, मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्ने सिद्धान्तहरूबारे मैले उनीहरूसँग सङ्‍गति गर्नुपर्छ भन्ने थाहा भए तापनि, उनीहरूले म अहङ्कारी छु र अरूको कुरा सुन्दिनँ भन्नेछन् कि भन्ने डरले मैले जिद्दी गर्ने आँट गरिनँ। म आफ्नो कर्तव्य निर्वाह गर्दा यति धेरै डर मान्ने र हिचकिचाउने गरेकी अनि मैले अडान लिने आँट नगरेकीले कर्मचरीहरूलाई समयमै संवर्धन गरिएन, जसले गर्दा मण्डलीको काममा बाधा पुग्यो। परमेश्‍वरका वचनबाट, मैले मेरा यी सबै विचारहरू परमेश्‍वरप्रति सतर्क रहने मेरो अवस्था रहेछ भन्ने बुझेँ। सांसारिक राजाहरू निष्पक्ष वा धर्मी हुँदैनन्; कसैले केही गलत गरेको वा आफूलाई अलिकति मात्रै पनि असन्तुष्ट बनाएको चाल पाउनेबित्तिकै, तिनीहरूले उसलाई सास्ती दिन्छन्। मैले परमेश्‍वरलाई पनि त्यस्तै सांसारिक राजाजस्तै ठानेकी थिएँ, जसले गल्ती गर्नेबित्तिकै मानिसहरूलाई जवाफदेही ठहराएर बर्खास्त गर्ने र हटाउने गर्नुहुन्छ। यो त परमेश्‍वरविरुद्धको गम्भीर ईशनिन्दा थियो! विचार गर्दा, वाङ यीको असफलता मुख्यतया उनको स्वभाव अहङ्कारी भएकाले थियो। उनले आफ्नो कर्तव्यमा मनमानी गरिन्, ब्रदर-सिस्टरहरूले सल्लाह दिँदा पनि सुन्दिनथिन्, र विशेष गरी आफ्नै दृष्टिकोणमा जिद्दी गर्थिन्। यसले काममा हानि पुर्‍यायो, त्यसैले उनलाई बर्खास्त गरियो। एउटा गल्ती गरेकै भरमा उनलाई हटाइएको थिएन। मैले पृष्ठभूमि वा घटनाक्रमलाई हेरिनँ, केवल बाहिरी रूप हेरेर मूल्याङ्कन गरेँ, र उनले अगुवाको कर्तव्य निर्वाह गरिरहेकी हुनाले उनी प्रकट भएकी हुन् भन्ने निष्कर्ष निकालेँ। म त साँच्चै कालोलाई सेतो र सेतोलाई कालो बनाउँदै थिएँ अनि सही र गलत छुट्टाउन नसक्ने भएकी थिएँ! मैले हतार-हतार प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले तपाईंको धर्मी स्वभावलाई नजानेकीले, आफ्नो कर्तव्य निर्वाह गर्दा म सधैँ शङ्कालु र सतर्क हुन्छु। मेरा विचार र अभिव्यक्तिहरूले तपाईंविरुद्ध ईशनिन्दा गर्छन्, र तिनले मण्डलीको काममा पनि बाधा पुर्‍याएका छन्। प्रिय परमेश्‍वर, म बिन्ती गर्छु, मेरो आफ्नै भ्रष्ट स्वभावलाई चिन्नका लागि तपाईंले मलाई मार्गदर्शन गर्नुहोस्।”

त्यसपछि, मैले मनन गरेँ। कुन भ्रष्ट स्वभावले मलाई यसरी परमेश्‍वरप्रति सतर्क हुन बाध्य पारिरहेको थियो? एक दिन, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “मानिसहरूले आफ्नो कर्तव्य र परमेश्‍वरलाई इमानदार हृदयले व्यवहार गर्नुपर्छ। परमेश्‍वरको डर मान्‍ने मानिसहरूले यसो गर्न सक्नुपर्छ। इमानदार हृदय भएका मानिसहरूमा परमेश्‍वरप्रति कस्तो मनोवृत्ति हुन्छ? कम्तीमा पनि, तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ। तिनीहरूमा सबै कुरामा परमेश्‍वरप्रति समर्पित हुने हृदय हुन्छ; अर्थात्, तिनीहरू आशिष् वा आपद् बारे सोध्दैनन्, तिनीहरू सर्तहरू तेर्स्याउँदैनन्, र तिनीहरू आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्यको कृपामा छोड्छन्। यिनीहरू नै इमानदार हृदय भएका मानिसहरू हुन्। परमेश्‍वरमाथि सधैँ शङ्का गर्ने, उहाँको सूक्ष्म जाँच गर्ने, उहाँसँग सधैँ लेनदेन गर्ने प्रयास गर्ने—के तिनीहरू इमानदार हृदय भएका मानिसहरू हुन्? (होइनन्।) त्यस्ता मानिसहरूको हृदयमा के बसेको हुन्छ? छलीपन र दुष्टता; तिनीहरूले सधैँ सूक्ष्म जाँच गरिरहेका हुन्छन्। अनि तिनीहरूले के कुराको सूक्ष्म जाँच गर्छन्? (मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति।) तिनीहरूले सधैँ मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्तिको बारेमा सूक्ष्म जाँच गरिरहेका हुन्छन्। यो कस्तो समस्या हो? अनि तिनीहरूले किन यसरी सूक्ष्म जाँच गर्छन्? किनभने यो तिनीहरूका महत्त्वपूर्ण हितहरूसँग सम्‍बन्धित हुन्छ। तिनीहरूले आफ्‍नो हृदयमा यस्तो विचार गर्छन्, ‘परमेश्‍वरले नै मेरा लागि यो परिस्‍थिति खडा गर्नुभएको हो, उहाँले नै मेरो जीवनमा यो हुन दिनुभएको हो। उहाँले किन यसो गर्नुभयो? अरू मानिसहरूको जीवनमा यस्तो भएको छैन—यो किन मेरो जीवनमा आइलाग्यो? अनि परिणामहरू के हुनेछन्?’ तिनीहरूले सूक्ष्म जाँच गर्ने कुरा यिनै हुन्; तिनीहरू आफ्ना नाफा र घाटाहरू, आशिष्‌ र विपद्हरूको सूक्ष्म जाँच गर्छन्। अनि यी कुराहरूको सूक्ष्म जाँच गर्ने क्रममा, के तिनीहरूले सत्यताको अभ्यास गर्न सक्छन्? के तिनीहरू परमेश्‍वरप्रति समर्पित हुन सक्छन्? सक्दैनन्। तिनीहरूले आफ्नो हृदयमा सोच्ने कुराहरूको प्रकृति कस्तो हुन्छ? ती सबै तिनीहरूका आफ्नै हितमा र आफ्नै लागि लाभ सुरक्षित गर्नमा केन्द्रित हुन्छन्। … जब मानिसहरूले आफ्नै भविष्य, नियति र हितका बारेमा मात्रै विचार गर्छन् तब के हुन्छ? तिनीहरूलाई परमेश्‍वरमा समर्पित हुन सजिलो हुनेछैन; तिनीहरूले चाहे पनि, तिनीहरूले त्यसो गर्न सक्नेछैनन्। जोकोहीले आफ्नो भविष्य, नियति र हितलाई विशेष महत्त्व दिन्छ, उसले सधैँ परमेश्‍वरको काम आफ्नो भविष्य, आफ्नो नियति र आशिष्‌ प्राप्त गर्नका लागि लाभदायक छ कि छैन भनी सूक्ष्म जाँच गर्छ। अन्त्यमा, तिनीहरूका सबै सूक्ष्म जाँचको परिणाम के हुन्छ? त्यो के मात्रै हुन सक्छ भने, परमेश्‍वरको काम तिनीहरूको धारणाहरूसँग नमिल्ने हुनाले, तिनीहरू अक्सर परमेश्‍वरबारे गुनासो गर्छन्, परमेश्‍वरविरुद्ध विद्रोह गर्छन्, र परमेश्‍वरको विरोध गर्छन्। तिनीहरू अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्न लागिरहन सके पनि, तिनीहरूले झाराटारुवा तरिकाले र नकारात्मकताका साथ त्यसो गर्छन्; तिनीहरूको हृदयमा, तिनीहरू कसरी फाइदा लिने र कुनै नोक्सान नभोग्ने भन्ने बारेमा सोचिरहन्छन्। यस्ता अभिप्रायहरूका साथ आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको परमेश्‍वरसँग सौदा गर्ने प्रयास गर्नु बराबर हो। यसले कुन स्वभावलाई सङ्केत गर्छ? यो छलीपन हो, यो एक दुष्ट स्वभाव हो। यो एक सामान्य भ्रष्ट स्वभाव होइन—यो दुष्टताको हदसम्म पुगिसकेको छ। आफ्नो हृदयमा यस प्रकारको दुष्ट स्वभाव पाल्नु भनेको परमेश्‍वरविरुद्ध लड्नु हो! तैँले यो समस्यालाई छर्लङ्गै देख्नुपर्छ। यदि कोही सधैँ परमेश्‍वरको सूक्ष्म जाँच गरिरहन्छ र लेनदेनको मानसिकताका साथ आफ्नो कर्तव्य निर्वाह गर्छ भने, के ऊ आफ्नो कर्तव्य पूरा गर्न सक्षम हुनेछ? पटक्कै हुनेछैन। ऊ आफ्नो हृदय र इमानदारीसाथ परमेश्‍वरको आराधना गर्दैन, र ऊ आफ्नो कर्तव्यलाई इमानदारीपूर्वक लिँदैन। आफ्नो कर्तव्य निर्वाह गरिरहँदा, उसले केवल हेर्छ र अवलोकन गर्छ, सधैँ आफूलाई रोकेर राख्छ। यसको परिणाम के हुन्छ? परमेश्‍वर उसमा काम गर्नुहुन्न—ऊ अन्योलग्रस्त र भ्रमित हुन्छ, उसले सत्यता सिद्धान्तहरू के हुन् भनी बुझ्दैन, र ऊ सधैँ आफ्नै इच्छाअनुसार कार्य गर्छ, निरन्तर गल्तीहरू गर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ)। परमेश्‍वरका वचनको खुलासाले म कति धेरै स्वार्थी र घृणास्पद छु भनेर मलाई देखायो। मैले वाङ यीको उजुरी पत्रको विषयलाई सम्हालेको बेलादेखि नै, मेरो हृदयमा परमेश्‍वरका बारेमा कसरी धारणाहरू राखेकी थिएँ, अनि वाङ यीले अगुवाको कर्तव्य निर्वाह गरेकाले नै उनी प्रकट भएकी हुन् भन्ने मलाई लागेको कुरा सम्झेँ। यो भ्रमपूर्ण दृष्टिकोणका कारण, आफ्नो कर्तव्य निर्वाह गर्दा म डराउने र हिचकिचाउने भएँ। अनुपयुक्त व्यक्तिहरूलाई समयमै हटाउन आवश्यक छ भनेर म स्पष्ट रूपमा देख्न सक्थेँ, र मैले संवर्धन गर्न सकिने मानिसहरू पनि भेट्टाएकी थिएँ। तर जब मैले फरक रायहरू सुनेँ, तब मलाई आफूले गलत निर्णय गरेमा जवाफदेही हुनुपर्छ कि भन्ने मलाई डर लाग्यो। त्यसैले मैले अडान लिन ढिलाइ गरेँ, र व्यक्तिहरूलाई समयमै हेरफेर गर्नुको साटो बरु मण्डलीको काममा बाधा पुग्न दिन रुचाएँ, अनि मैले कामको प्रगतिलाई अवरुद्ध पारेँ। मैले मेरो आफ्नै परिणाम र गन्तव्यका बारेमा मात्र विचार गरेँ, मण्डलीको कामका बारेमा पटक्कै सोचिनँ। परमेश्‍वरले मलाई यस्तो महत्त्वपूर्ण कर्तव्य दिएर उन्नयन गर्नुभयो ताकि म ब्रदर-सिस्टरहरूलाई उहाँका वचनहरू अनुभव र सत्यता अभ्यास गर्ने कुरामा अगुवाइ गर्न सकूँ, र विभिन्न कर्तव्यहरू निर्वाह गर्ने उपयुक्त मानिसहरू भेट्टाउन सकुँ। तर मैले आफ्ना हितहरूका बारेमा मात्र विचार गरेँ, परमेश्‍वरप्रति शङ्काले भरिएँ, अनि म यतिसम्म अत्याधिक सतर्क भएँ कि मैले आफ्ना दृष्टिकोणहरू व्यक्त गर्ने आँट नै गरिनँ। मैले आफ्ना जिम्मेवारीहरू पटक्कै पूरा गरिरहेकी थिइनँ। इमानदार हृदय भएका मानिसहरूले साँचो हृदयले आफ्नो कर्तव्य निर्वाह गर्छन्। उनीहरू परमेश्‍वरको घरका हितहरू कसरी जोगाउने भन्ने बारेमा सोच्छन्, अनि उनीहरूले आफ्नो कर्तव्यमा परमेश्‍वरको अगुवाइ प्राप्त गर्न सक्छन्। तर आफैलाई हेर्दा, गलत व्यक्तिलाई प्रयोग गर्दा म प्रकट हुन्छु र हटाइन्छु कि भनेर सधैँ चिन्तित हुन्थेँ। मैले आफ्नै हितहरू कसरी जोगाउने भन्ने बारेमा मात्र सोचेँ। आफ्नो कर्तव्यमा यस्तो मानसिकता ल्याउँदा मैले परमेश्‍वरको अगुवाइ र आशिष्‌हरू प्राप्त गर्न असम्भव भयो।

त्यसपछि, मैले किन म आफ्नो कर्तव्य निर्वाह गर्दा म किन सधैँ अत्याधिक सतर्क हुन्छु, फरक राय व्यक्त गर्दा मानिसहरूले मलाई अहङ्कारी र आत्मधर्मी भन्छन् कि भनेर डराउँछु, त्यसोभए, अहङ्कारी र आत्मधर्मी हुनु र सिद्धान्तहरूलाई कायम राख्नुको बीचमा के भिन्नता छ त? भन्ने कुरामा मनन गरेँ। मेरो खोजीको क्रममा, मैले परमेश्‍वरका वचन पढेँ: “कतिपय मानिसहरूले कार्य गर्दा अक्सर सिद्धान्तहरू उल्‍लङ्घन गरिरहन्छन्। तिनीहरूले काटछाँट स्वीकार गर्दैनन्, अरूले भनेको कुरा सत्यतासँग मिल्छन् भनेर तिनीहरूलाई हृदयमा स्पष्ट थाहा हुन्छ, तर तिनीहरूले ती कुरालाई स्वीकार गर्दैनन्। त्यस्ता मानिसहरू अत्यन्तै अहङ्कारी र आत्म-धर्मी हुन्छन्! तिनीहरू अहङ्कारी हुन्छन् भनेर म किन भन्छु? यदि तिनीहरूले काटछाँट स्वीकार गर्दैनन् भने, तिनीहरू आज्ञाकारी होइनन्, अनि के अनाज्ञाकारिता अहङ्कार होइन र? तिनीहरू आफूले राम्रो काम गरिरहेको छु भन्‍ने सोच्छन्, गल्तीहरू गर्छु भन्‍ने सोच्दैनन्, यसको अर्थ तिनीहरूले आफूलाई चिनेका छैनन्, जुन अहङ्कार हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको उसको प्रतिरोधको जड हो)। “तसर्थ, तैँले कर्तव्य निर्वाह गर्ने क्रममा सबै जना असहमत हुने समय आयो भने, तैँले कसरी अभ्यास गर्नुपर्छ? के तैँले यसबारे सारा शक्तिले बहस गरेर यो समस्या हल हुन्छ? (हुँदैन।) त्यसो भए, तैँले कसरी यो समस्या समाधान गर्नुपर्छ त? यस अवस्थामा, समस्या हल गर्न सत्यता बुझ्ने व्यक्ति अघि सर्नुपर्छ, पहिला सबैसामु समस्या पेस गर्नुपर्छ र दुवै पक्षलाई आ-आफ्नो राय राख्‍न दिनुपर्छ। त्यसपछि, सबैले सँगै मिलेर सत्यता खोजी गर्नुपर्छ, र परमेश्‍वरलाई प्रार्थना गरेपछि, सङ्गति गर्नका लागि परमेश्‍वरका वचनहरूमा भएका सान्दर्भिक सत्यता अघि सार्नुपर्छ। सत्यता सिद्धान्तहरूबारे सङ्गति गरेर दुवै पक्ष स्पष्ट भइसकेपछि, तिनीहरू समर्पित हुन सक्‍नेछन्। तिनीहरू सत्यतामा समर्पित हुन सिक्नैपर्छ। … परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्दा दह्रिलो र दृढ मनोवृत्ति राख्‍नु भनेको दृढ अडान र सिद्धान्तहरूमा अडिग रहेको सङ्केत हो, र यसलाई परमेश्‍वर अनुमोदन गर्नुहुन्छ। मानिसहरूले यो मनोवृत्तिमा समस्या छ भन्‍ने ठान्लान्, तर यो ठूलो समस्या होइन; भ्रष्ट स्वभावको प्रकटीकरणसँग यसको कुनै सम्बन्ध छैन। याद राख, सत्यता सिद्धान्तहरूमा दृढ रहनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गर्नु नै जीवन प्रवेश प्राप्त गर्ने एक मात्र उपाय हो)। परमेश्‍वरका वचनले मलाई अहङ्कारी र आत्मधर्मी हुनु अनि सिद्धान्तहरूलाई कायम राख्नुबीचको भिन्नता बुझ्न मद्दत गरे: अहङ्कार र आत्मधार्मिकता भन्नाले तपाईंका कार्यहरूले सिद्धान्तहरूको स्पष्ट रूपमा उल्लङ्घन गर्दा पनि, तपाईं आफ्नै दृष्टिकोणमा जिद्दी गर्नुहुन्छ र अरूले तपाईंका समस्याहरू औँल्याउँदा वा तपाईंलाई काटछाँट गर्दा त्यसलाई स्वीकार गर्न इन्कार गर्नुहुन्छ, अनि त्यसको साटो आफू मात्र सही छु भन्ने ठान्नुहुन्छ। तर कुनै कुरा गर्दा खोनी गरेर सिद्धान्तअनुरूप छ भनी पक्का गरिसकेपछि त्यो कुरा गर्नमा अडिग रहनु—यो चाहिँ सिद्धान्तहरूलाई कायम राख्नु हो, र यो परमेश्‍वरको अभिप्रायअनुरूप हुन्छ। मैले शिनचेङले आफ्नो कर्तव्यका लागि बोझ वहन गर्छिन् र प्राविधिक पक्ष बुझेकी छिन्, त्यसले गर्दा उनी प्राविधिक सुपरिवेक्षक हुन उपयुक्त छिन् भन्ने देखेँ। मेरी सहकर्मी शिनचेङको घरको वातावरणबारे चिन्तित थिइन् र उनलाई बढुवा गर्न चाहन्नथिन्। हामीले सिद्धान्तहरूअनुसार मानिसहरूलाई बढुवा गर्ने र प्रयोग गर्ने कुरा सुनिश्चित गर्न मैले मेरी सहकर्मीसँगै सत्यता खोज्नुपर्थ्यो, ताकि मण्डलीको काममा असर नपरोस्। मैले ली यानलाई संवर्धन गर्न र प्रशिक्षण दिन सकिन्छ भन्ने देखेँ, तर ब्रदर-सिस्टरहरूले सिद्धान्तहरू नबुझेका कारण, बाहिरी पक्षहरूका आधारमा ली यानको मूल्याङ्कन गरे र ली याँबारे उनीहरूको मूल्याङ्कन वस्तुनिष्ठ थिएन। मैले उनीहरूलाई परमेश्‍वरका वचनअनुसार मानिसहरूलाई हेर्न मार्गदर्शन गर्नुपर्थ्यो, तर उनीहरूले मलाई अहङ्कारी र आफ्नै दृष्टिकोणमा जिद्दी गर्ने भन्छन् कि भन्ने डरले, ली यानलाई संवर्धन गर्ने कुरा छाडिदिएँ। मैले आफ्नो बुझाइ साँच्चै कति बेतुका रहेछ भनेर देखेँ; मैले अहङ्कारी र आत्मधर्मी हुनु अनि सिद्धान्तहरूलाई कायम राख्नुबीचको भिन्नता समेत छुट्टाउन सकेकी थिइनँ। मैले सिद्धान्तहरूअनुसार समस्याहरू सम्हाल्ने कुरालाई अहङ्कारका रूपमा लिएकी थिएँ, र फलस्वरूप, मैले आफ्ना दृष्टिकोणहरू व्यक्त गर्ने वा सिद्धान्तहरूलाई कायम राख्ने आँट गरिनँ, जसले मण्डलीको काममा बाधा पुर्‍यायो। साथै, मैले परमेश्‍वरका वचनमा अभ्यासको एउटा मार्ग पनि फेला पारेँ: आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा फरक दृष्टिकोण वा रायहरूको सामना गर्दा, सबैले मिलेर सत्यता खोजी समाधान गर्न सकौँ भनेर मैले समस्यालाई सबैको अगाडि राख्नुपर्छ। यो कुरा महसुस गरेपछि, मलाई तत्काल राहत महसुस भयो।

पछि, मैले परमेश्‍वरका वचन सम्झेँ, अनि मानिसहरूलाई बढुवा र संवर्धन गर्ने मेरो मार्ग अझै स्पष्ट भयो। परमेश्‍वर भन्‍नुहुन्छ: “निश्‍चित प्रतिभावान् व्यक्तिहरूका हकमा, कसैले पनि तिनीहरूलाई छर्लङ्ग देख्न वा बुझ्न नसक्ने अवस्थाहरूमा, तिनीहरूलाई मण्डलीको कामका आवश्यकताअनुसार प्रारम्भिक रूपमा प्रवर्द्धन र प्रयोग गर्न सकिन्छ—काममा, र मानिसहरूको संवर्धनमा ढिलाइ नगर; यो नै मुख्य कुरा हो। कति मानिसहरूले सोध्छन्, ‘तिनीहरूलाई प्रयोग गरिसकेपछि तिनीहरूले काम भद्रगोल पारे भने के गर्ने? को जिम्मेवार हुन्छ?’ तैँले कसैलाई प्रयोग गर्दा, के त्यो तैँले उसलाई अरू कसैले सम्पर्क गर्न नसक्ने गरी सुनसान टापुमा राखेजस्तो हो र? के उसको वरपर वास्तवमा अरू धेरै जना विशिष्ट कार्यहरूमा संलग्न हुँदैनन् र? यी सबै मामलाहरू समाधान गर्ने तरिकाहरू छन्; जस्तै, तिनीहरूलाई सुपरिवेक्षण गर्ने, अवलोकन गर्ने, र बुझ्ने, र, यदि परिस्थितिहरूले दिएमा, निकट सम्पर्कमार्फत त्यसो गर्ने। निकट सम्पर्कमा ठ्याक्कै के कुरा संलग्न हुन्छ? त्यसमा तिनीहरूसँगै काम गर्नुपर्ने हुन्छ; काम गर्ने प्रक्रिया नै तिनीहरूलाई बुझ्ने प्रक्रिया हो। के यस प्रकारको सम्पर्कमार्फत तैँले बिस्तारै तिनीहरूलाई बुझ्न थाल्नेछैनस् र? यदि तैँले सम्पर्क गर्ने अवसर पाइस्, तर गरिनस्, र केही प्रश्‍नहरू सोध्न फोन मात्रै गरिस्, र त्यत्तिमै छोडिदिइस् भने, तिनीहरूलाई बुझ्न असम्भव हुन्छ। तैँले समस्याहरू हल गर्नका निम्ति आफूले सम्पर्क गर्न सक्नेहरूसँग सम्पर्क गर्नैपर्छ। त्यसकारण, अगुवा र कामदारहरू आफ्नो काममा अल्छी हुनु हुँदैन। त्यसोभए, यदि तँ कसैलाई अवलोकन गर्न र बुझ्न चाहन्छस् भने, तैँले त्यो कसरी गर्नुपर्छ? (तिनीहरूलाई सम्पर्क गरेर।) त्यही हो? मुख्य कुरा, तिमीहरूले त्यसमा आफ्नो हृदय लगाउनुपर्छ!(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (७))। परमेश्‍वरका वचनले मलाई के बुझ्न मद्दत गरे भने, कसैलाई छनौट गर्दा पूर्ण सटीकताको ग्यारेन्टी कसैले पनि दिन सक्दैन। तपाईंको छनौट वर्तमान क्षणका सिद्धान्तहरूअनुरूप भएसम्म, र कामको आवश्यकताअनुसार संवर्धन र प्रयोगका मापदण्डहरू पूरा गरेसम्म, अनि कामलाई फाइदा पुग्छ भने, त्यति नै पर्याप्त हुन्छ। त्यसपछि गरिने अवलोकनबाट, उपयुक्त मानिसहरूलाई उनीहरूको भूमिकामा निरन्तरता दिन सकिन्छ, जबकि अनुपयुक्त मानिसहरूलाई अर्को काममा खटाउन वा बर्खास्त गर्न सकिन्छ। यसरी अभ्यास गर्नु मण्डलीको कामका लागि फाइदाजनक हुन्छ। बढुवा र संवर्धन गरिएका कुनै व्यक्ति पछि अनुपयुक्त भनी प्रकट भएमा, परमेश्‍वरको घरले तपाईंलाई जवाफदेही ठहराउनेछैन; आखिर, कसैले पनि एकै नजरमा कुनै पनि व्यक्तिको सारलाई छर्लङ्ग देख्न सक्दैन। पछि, मैले परमेश्‍वरका वचनको प्रकाशमा मेरी सहकर्मीसँग कुरा गरेँ, अनि उनले शिनचेङलाई प्राविधिक सुपरिवेक्षकको कर्तव्यमा खटाउन सहमति जनाइन्। शिनचेङले उक्त कर्तव्य सम्हालेपछि, उनले मण्डलीमा कुनै सुरक्षा जोखिम उत्पन्न गराइनन्। मैले ली यानसँग सङ्‍गति गरी उनका कमजोरीहरूका सम्बन्धमा मद्दत पनि गरेँ। केही समयपछि, ली यानले केही प्रगति गरिन् र आफ्नो कर्तव्यमा कसरी नतिजाहरू ल्याउने भन्ने कुरामा ध्यान केन्द्रित गर्न थालिन्। त्यसपछि उनी जिल्ला अगुवाका रूपमा चुनिइन्। जब मैले सबै व्यक्तिलाई उचित काममा खटाइएको र सबैले आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गरिरहेको देखेँ, तब मलाई विगतमा म कति धेरै स्वार्थी र घृणास्पद रहेछु भन्ने कुराले आफूप्रति अझै बढी घृणा महसुस गरायो। मैले आफ्नै हितहरूको मात्र विचार गरेकी थिएँ र मण्डलीको काममा त्यति ठूलो बाधा पुर्‍याएकी थिएँ। यसपछि, मैले आफूलाई आफ्नो कर्तव्यमा समर्पित गरेँ। मैले स्पष्ट रूपमा बुझ्न नसक्ने समस्याहरूको सामना गर्दा, म ब्रदर-सिस्टरहरूसँग मिलेर सिद्धान्तहरू खोज्थेँ। केही समयपछि, हामीले कामका विभिन्न पक्षहरूमा प्रगति गर्‍यौँ। मैले आफ्नो हृदयको गहिराइबाट परमेश्‍वरलाई धन्यवाद दिएँ र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्दा कति चैन र आनन्दित हुँदोरहेछ भनेर अनुभव गरेँ।

दुई महिनापछि, माथिल्लो तहका अगुवाहरूले मलाई आफ्नो व्यक्तिगत विवरण लेख्न भने र मेरो बारेमा मूल्याङ्कनहरू सङ्कलन गर्न थाले। मैले सोचेँ, “के उनीहरूले मेरो कर्तव्य फेरि हेरफेर गर्न लागेका हुन्?” यसभन्दा अघिको कर्तव्यको हेरफेरलाई लिएर म कसरी अनुमान र शङ्काले भरिएकी थिएँ भन्ने कुरा सम्झँदै, मैले आफ्नो हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ, र यस पटक मलाई जुनसुकै कर्तव्यमा खटाए पनि म समर्पित हुन तत्पर छु भनी व्यक्त गरेँ। केही दिनपछि, अगुवाहरूले मलाई निर्णयकर्ता समूहको सदस्यका रूपमा छानिएको कुरा लेखेर पठाए। जब मैले यो निर्णयकर्ता समूह हो भनेर देखेँ, तब म अझै पनि केही अचम्मित हुँदै आत्तिएँ। “निर्णयकर्ता समूहमा आफ्नो कर्तव्य निर्वाह गर्दा अझै ठूलो जिम्मेवारी हुन्छ। धेरै विषयहरूमा निर्णय लिनुपर्ने हुन्छ, अनि मण्डलीको काममा नोक्सान पुर्‍याउने कुनै गलत निर्णय भयो भने, मलाई हटाइनेछ र मैले मुक्ति पाउने मौका गुमाउनेछु।” मैले केही हदसम्म द्विविधा महसुस गरेँ। त्यसपछि अगुवाहरूले मलाई परमेश्‍वरका वचनको एउटा खण्ड पठाए: “परमेश्‍वरको घरले कस्ता मानिसहरूलाई बढुवा र प्रयोग गर्छ, र कस्तालाई गर्दैन, साथै कस्ता मानिसहरूलाई संवर्धन गर्छ, र कस्ता मानिसहरूलाई गर्दैन भन्ने कुराका सिद्धान्तहरू छन्; यो सबै परमेश्‍वरको घरको कामका आवश्यकताहरूमा आधारित हुन्छ। जोसुकैलाई बढुवा र प्रयोग गरिए पनि, त्यसो गर्नुको उद्देश्य तिनीहरूलाई संवर्धन गर्नु हो ताकि तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सकून् र परमेश्‍वरको काम कसरी अनुभव गर्ने भनी जान्न सकून्, र तिनीहरूले काम वहन गर्न र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सकून्। जुनसुकै समस्या समाधान भइरहेको भए पनि, त्यसको उद्देश्य तिनीहरूलाई थप सत्यता बुझ्न सक्षम तुल्याउनु, र तिनीहरूले सामना गर्ने विभिन्न मानिस, घटना, र कामकुराहरूबाट पाठ सिक्न र खुट्ट्याउने क्षमता प्राप्त गर्न सिक्‍न सक्षम तुल्याउनु हो। यसरी, तिनीहरूलाई सबै पक्षमा सत्यता वास्तविकतामा प्रवेश गर्न सजिलो हुन्छ। यो तँलाई सेवा गर्न लगाउन तेरो फाइदा उठाउने कुरा होइन, कुनै उपयुक्त व्यक्ति भेट्टाउन नसकिएकाले खाली पद भर्न तेरो फाइदा उठाउने, अनि कुनै उपयुक्त व्यक्ति आएपछि तँलाई निकालिदिने कुरा त झनै होइन। कुरा त्यस्तो होइन। वास्तवमा, यो त तँलाई आफूलाई तालिम दिने मौका दिनु हो। यदि तँ सत्यता पछ्याउँछस् भने, तँ दृढ रहनेछस्; यदि तँ सत्यता पछ्याउँदैनस् भने, तँ अझै पनि दृढ रहन सक्नेछैनस्। परमेश्‍वरको घरले तँलाई मन नपराएकाले, यसले तेरा कमजोरीको फाइदा उठाउनेछ र तँलाई हटाउने मौका खोज्नेछ भन्ने कुरा बिलकुलै होइन। जब परमेश्‍वरको घरले तँलाई संवर्धन र बढुवा गर्ने भनेर भन्छ, तब यसले साँच्चै तँलाई संवर्धन गर्नेछ। महत्त्वपूर्ण कुरा त तँ सत्यताका लागि कसरी लागिपर्छस् भन्ने नै हो। यदि तँ अलिकति पनि सत्यता स्वीकार गर्दैनस् भने, परमेश्‍वरको घरले तँलाई त्याग्नेछ र उप्रान्त तँलाई संवर्धन गर्नेछैन। कतिपय मानिसहरूको क्षमता कमजोर भएकाले र तिनीहरू वास्तविक काम गर्न नसक्ने हुनाले, केही समयको संवर्धनपछि, तिनीहरूलाई बर्खास्त गरिन्छ। कतिपयले संवर्धनको अवधिमा अलिकति पनि सत्यता स्वीकार गर्दैनन्, मनमानी ढङ्गले कार्य गर्छन्, र परमेश्‍वरको घरको काममा अवरोध गर्छन् र बाधा दिन्छन्, अनि तिनीहरू बर्खास्त हुन्छन्। अझै अरू कतिपयले त सत्यता पटक्कै पछ्याउँदैनन्, तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्छन्, सधैँ ख्याति, प्राप्ति, र हैसियतका लागि काम गर्छन्, अनि तिनीहरू बर्खास्त हुन्छन् र हटाइन्छन्। यी अवस्थाहरू सबैलाई मानिसहरूलाई प्रयोग गर्नेसम्बन्धी परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार नै सम्हालिन्छ। परमेश्‍वरको घरले सत्यता स्वीकार गर्न सक्ने र सत्यताका लागि लागिपर्नेहरूले केही गल्तीहरू गरेर अपराध गरे पनि, तिनीहरूलाई अझै पनि संवर्धन गर्नेछ। यदि ऊ सत्यता स्वीकार गर्न सक्ने व्यक्ति होइन भने, र ऊमाथि काटछाँट आइपर्दा ऊ सत्यता स्वीकार गर्दैन भने, उसलाई सीधै बर्खास्त गरिनुपर्छ र हटाइनुपर्छ। … परिस्थिति जस्तोसुकै भए पनि, जब परमेश्‍वरको घरले यी मानिसहरूलाई बढुवा गर्छ, तब त्यो सधैँ तिनीहरूलाई संवर्धन गर्न र तिनीहरूलाई सत्यता वास्तविकतामा डोऱ्याउनका लागि गरिएको हुन्छ, र तिनीहरूले मण्डलीको काम राम्ररी पूरा गर्न सकून् र आफूले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्न सकून् भन्‍ने आशा गरिन्छ। यदि तँ मूर्ख भएकाले र तँमा सुझबुझको कमी भएकाले वा तेरो क्षमता कमजोर भएकाले तँ कुनै काम कसरी गर्ने भनी जान्दैनस् भने पनि, जबसम्म तँ सत्यता सिद्धान्तहरूका लागि लागिपर्छस्, तँमा यो जिम्मेवारी बोध हुन्छ, तँ यो काम राम्ररी गर्न इच्छुक हुन्छस्, र मण्डलीको कामको रक्षा गर्न सक्छस्, तबसम्‍म तैँले विगतमा केही मूर्खतापूर्ण कामहरू गरेको भए पनि परमेश्‍वरको घरले अझै पनि तँलाई संवर्धन गर्नेछ। कतिपय मानिसहरूको क्षमता अलि कमजोर भए पनि, तिनीहरू केही सरल काम गर्न सक्छन्। समस्याहरू समाधान गर्न सत्यताबारे तिनीहरूले गर्ने सङ्गतिले राम्रा नतिजाहरू ल्याउन नसके पनि, तिनीहरू मण्डलीको कामको रक्षा गर्न सक्छन्। हरेक भेलामा सत्यताको जुनसुकै पक्षमा सङ्गति गरिए पनि, तिनीहरू त्यसलाई स्वीकार गर्न र आज्ञाकारी र समर्पित हुन सक्छन्। यदि कुनै काम राम्ररी गरिएन भने, तिनीहरू त्यसबाट पाठ सिक्न सक्छन्। तिनीहरूको क्षमता अलि कमजोर भए पनि, तिनीहरूको हृदय सत्यताका लागि लागिपर्न सक्छ। तिनीहरूले केही समय काम गरेपछि प्रगति गर्छन्, र तिनीहरूका नतिजाहरू झन्-झन् राम्रा हुँदै जान्छन्। मेरो नजरमा, यस्ता मानिसहरूले मुक्ति प्राप्त गर्ने आशा हुन्छ। धेरैजसो मानिसहरू राम्रो क्षमता भएकाहरूले मुक्ति प्राप्त गर्ने सम्भावना हुन्छ भन्‍ने विश्‍वास गर्छन्। मेरो विचारमा, अनिवार्य रूपमै त्यस्तो हुँदैन। मुख्य कुरा त मानिसहरूले सत्यता पछ्याउनुपर्छ ताकि तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्न, आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र मुक्ति प्राप्त गर्न सकून् भन्ने हो। कतिपय मानिसहरूको क्षमता औसत हुन्छ र तिनीहरूको कर्तव्यका नतिजाहरू पनि औसत नै हुन्छ, तर परमेश्‍वरको घरबाट वर्षौँसम्म मलजल र प्रबन्ध पाएपछि, तिनीहरू आफ्नो हृदयलाई सत्यतामा लगाउन थाल्छन्, र तिनीहरू साँच्चै केही सत्यता बुझ्न पुग्छन्। तिनीहरूले केही व्यावहारिक अनुभवहरू पनि प्राप्त गर्छन्, केही कुरालाई छर्लङ्गै देख्न सक्छन्, र केही समस्या समाधान गर्न सक्छन्, र मण्डलीको काममा झन्-झन् धेरै प्रगति गर्छन्। यो निकै राम्रो कुरा हो; यस्ता मानिसहरू संवर्धन गर्न लायक हुन्छन्(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२६))। परमेश्‍वरका वचनबाट म अत्यन्त प्रभावित भएँ र परमेश्‍वरप्रति निरन्तर शङ्का गर्ने मेरो आफ्नै तुच्छ मानसिकताले गर्दा म कति घृणास्पद र दुष्ट रहेछु भन्ने अझ बढी महसुस गरेँ। साथसाथै, परमेश्‍वरका वचनबाट, मैले के पनि बुझेँ भने परमेश्‍वरको घरमा मानिसहरूलाई बढुवा गर्ने र हटाउने सिद्धान्तहरू हुन्छन्। जब कसैलाई बढुवा र प्रयोग गरिन्छ, यो उनीहरूलाई संवर्धन गर्ने साँचो अभिप्रायले गरिएको हुन्छ। सत्यता पछ्याउनेहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ र सिद्ध पार्नुहुन्छ; उहाँले सत्यता नपछ्याउनेहरूलाई प्रकट गर्नुहुन्छ र हटाउनुहुन्छ। सत्यता पछ्याउनेहरूमा आफ्नो कर्तव्यमा विचलन र कमजोरीहरू हुन सके तापनि, जबसम्म उनीहरू सत्यता स्वीकार गर्छन्, तबसम्म उनीहरूले अझ बढी प्रगति गर्नेछन् र उनीहरूलाई हटाइनेछैन। हटाइएकाहरूलाई अन्ततः बर्खास्त गरिनु कारण उनीहरूले सत्यता नपछ्याउनु, जतिसुकै मद्दत र सहयोग पाए तापनि आफ्नो कर्तव्य राम्ररी निर्वाह नगर्नु, र मण्डलीको काममा ढिलाइ गराउनु हो। मैले अगुवा वा कामदार हुँदा कसरी केही मानिसलाई गलत रूपमा प्रयोग गरेकी थिएँ भन्ने कुरा पनि सम्झेँ, तर त्यसका लागि परमेश्‍वरको घरले मलाई दोषी ठहराएन वा मलाई संवर्धन गर्न छोडेन। त्यसको साटो, त्यतिबेला किन गलत मानिसहरू प्रयोग गरिएका थिए भनेर उनीहरूले पृष्ठभूमि हेरे, अनि मैले आत्मचिन्तन गरेर आफूलाई केही बुझेको देखेपछि, उनीहरूले मलाई प्रशिक्षित हुने अर्को मौका दिए। यो कुरा बुझेपछि, मेरो हृदयले चैन महसुस गर्‍यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, मण्डलीको बन्दोबस्तहरूप्रति समर्पित हुन तत्पर भएँ, अनि त्यसपछि मैले त्यो कर्तव्य स्वीकार गरेँ।

एक पटक, टोली सुपरिवेक्षक चुन्दा, हामी एक जना सिस्टरको मूल्याङ्कनहरू हेर्दै थियौँ। अधिकांश मानिसले के लेखेका थिए भने ती व्यक्तिले कठिनाइ सहन सक्थिन्, खटाइएको जुनसुकै कर्तव्यमा समर्पित हुन्थिन्, र प्रायः आफैलाई चिन्ने कुरा गर्थिन्, त्यसैले उनीहरू उनलाई सुपरिवेक्षकका रूपमा चुन्न सहमत भए। म पहिले ती सिस्टरसँग सम्पर्कमा आएकी थिएँ। उनका बारेमा मेरो बुझाइको आधारमा, उनी आफ्नो कर्तव्यमा सिद्धान्तहरू पालन गर्न निरन्तर असफल हुन्थिन्, केही अक्षर र धर्मसिद्धान्तहरू बोल्न सक्थिन् तर उनीसँग कुनै सत्यता वास्तविकता थिएन र वास्तविक समस्याहरू समाधान गर्न सक्दिनथिन्, अनि आफ्नो कर्तव्यमा कुनै नतिजाहरू हासिल गरेकी थिइनन्। उनी सुपरिवेक्षक हुन उपयुक्त थिइनन्। म मेरो आफ्नै दृष्टिकोण व्यक्त गर्न चाहन्थेँ, तर फेरि मैले सोचेँ, “मेरा सहकर्मीहरू सबै उनी सुपरिवेक्षक हुने कुरामा सहमत भइसकेका हुनाले, यदि मैले मात्रै अनुमोदन गरिनँ भने, के उनीहरूले म अति अहङ्कारी छु भन्नेछन् र?” म अलिकति हिचकिचाएँ। त्यस क्षण, मैले सत्यता कायम राख्नु अनि अहङ्कारी र आत्मधर्मी हुनुबीचको भिन्नता सम्झेँ। सिद्धान्तहरूअनुसार काम गर्नु अहङ्कार होइन। त्यसमाथि, उनीहरूले ती व्यक्तिलाई राम्ररी चिनेका थिएनन्। मैले मेरो आफ्नै दृष्टिकोण बताउनुपर्छ र सिद्धान्तहरूअनुसार सबैसँग मिलेर यस विषयलाई तौलेर हेर्नुपर्छ। त्यसैले, मैले मेरो दृष्टिकोण बताएँ। उनीहरूले यो सुनेपछि, ती व्यक्ति यस क्षण बढुवाका लागि उपयुक्त छैनन् र उनका भविष्यका अभिव्यक्तिहरू अवलोकन गर्नुपर्छ भन्ने महसुस गरे। यसरी अभ्यास गर्दा, मेरो हृदयले एकदमै धेरै चैन महसुस गर्‍यो। परमेश्‍वरलाई धन्यवाद!

अर्को: अन्तरवेदना

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका वचनले मलाई मेरा शङ्काहरू त्याग्न अगुवाइ गरे

बाई लु, चीनसन् २०२३ को नोभेम्बरको मध्यतिरको एक दिन, मैले माथिल्लो अगुवाइबाट एउटा पत्र पाएँ। पत्रमा ब्रदर-सिस्टरहरूले मलाई जिल्ला अगुवाका...

परमेश्‍वरलाई गलत बुझ्दाका मेरा घोर पीडादायी दिनहरू

सन् २०१७ मा, म मण्डली अगुवाका रूपमा चयन भएँ। सुरुमा, मैले आफ्नो कर्तव्यमा केही परिणाम निकालेँ, तर पछि, मैले हैसियतको आशिष्को लालसा गरेँ र...

मैले जिम्मेवारी लिने आँट नगर्दा मलाई के कुराको चिन्ता थियो?

छिन मु, चीन२०२३ को अप्रिलमा, लेखन-पठनको काम हेर्ने सुपरिवेक्षकलाई ख्याति र हैसियतको पछि लागेको र लेखन-पठनको काममा अवरोध र बाधा पुऱ्याएकाले...

आफ्नो कर्तव्यमा जिम्मेवारी लिन डराउनुको समस्या के हो?

चेन ना, चीन२०१४ को जुलाईमा, म प्रचारका रूपमा चुनिएँ। त्यो बेला, ममा खुट्याइको कमी थियो र मैले आफ्नी सहकर्मी सिस्टरको पछि लागेर एक जिल्ला...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्