म अब आफ्ना वरदान र प्रतिभाहरूको कमीले चिन्तित छैनँ

29 मे 2026

एमिलिया, इटाली

विगत केही वर्षदेखि, म अनुभवात्मक गवाही भिडियोहरू खिच्ने कलाकारका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दै आएकी छु। पछि, म जस्तै कर्तव्य निर्वाह गर्ने केही ब्रदर-सिस्टरले अनुभवात्मक गवाही भिडियोहरू खिच्नका साथै गायन र नृत्य प्रशिक्षण लिन थाले। उनीहरूको बहुमुखी प्रतिभा देख्दा मलाई साह्रै ईर्ष्या लाग्यो, अनि मैले मनमनै सोचेँ, “यति धेरै वरदान र प्रतिभा हुनु कति राम्रो कुरा हो। हरेक किसिमका भिडियोमा देखिन पाइन्छ, अनि धेरै ब्रदर-सिस्टरबाट तारिफ र प्रशंसा पनि कमाइन्छ। मानिसहरू सधैँ बहुमुखी प्रतिभा भएका व्यक्तिहरूबारे निकै ईर्ष्या र रुचिका साथ कुरा गर्छन्।” मैले आफू पनि एक दिन अरू भिडियोहरूमा देखिन पाऊँ अनि ब्रदर-सिस्टरहरूको तारिफ कमाउन सकूँ भन्ने आशा गर्न थालेँ। त्यसरी जिउनु साँच्चै प्रभावशाली जस्तो लाग्थ्यो। केही समयअघि, मैले अगुवाले दुई जना सिस्टरलाई विदेशी भाषाको भजनको डेमो रेकर्ड गर्न लगाएको देखेँ, अनि मैले मनमनै सोचेँ, “मैले पनि यसभन्दा अघि विदेशी भाषाहरू अध्ययन गरेकी छु, त्यसैले म पनि गाउन सक्दिनँ र? अगुवाले मलाई किन कोसिस गर्न नभन्नुभएको होला?” ती सिस्टरहरूले पूर्वाभ्यास गरिरहेको देख्दा म थोरै निराश भएँ, र सोचेँ, “म पनि स्टेजमा गएर गाउन पाएँ भने कति प्रभावशाली हुन्थ्यो होला! त्यतिबेला ब्रदर-सिस्टरहरूले साँच्चै मेरो तारिफ गर्नेथिए।” त्यसपछि, मैले अरू तीन जना ब्रदर-सिस्टरले विदेशी भाषाका भजनहरू गाउन लागेका छन् भन्ने सुनेँ। मलाई फेरि निराशा र खिन्नता महसुस भयो, अनि मैले थोरै गुनासो समेत गरेँ, “मसँग अरू कुनै प्रतिभा छैन, त्यसैले मैले गर्न सक्ने भनेको अनुभवात्मक गवाही भिडियोहरू खिच्ने काम मात्र हो। म यो घेराबाट कहिल्यै बाहिर निस्कने छैनँ। अरूले मेरा बारेमा के सोच्ने होलान्? पक्कै पनि ब्रदर-सिस्टरहरूको हृदयमा मेरो खासै महत्त्व छैन।” त्यसपछि म स्टेजमा नाच्न र गाउन जान्ने, र सबैको नजरमा पर्न सफल ती प्रभावशाली ब्रदर-सिस्टरहरूलाई हेर्थें। सबैले उनीहरूलाई धेरै तारिफ गर्थे र निकै ध्यान दिन्थे। यसले मेरो मन अमिलो बनायो, र मैले गायन वा नृत्यसम्बन्धी कर्तव्य निर्वाह गर्न मौका पाउने दिनको व्यग्र चाहना गर्न थालेँ।

अन्ततः, एक दिन मेरो मौका आयो। एक जना सिस्टरले, म त्यस क्षेत्रमा कर्तव्य निर्वाह गर्न सक्छु कि सक्दिनँ भनेर हेर्नका लागि एउटा गायनको डेमो रेकर्ड गर्न भनिन्। म साह्रै खुसी भएँ। मैले सोचेँ, “मैले साँच्चै यो मौकाको लाभ उठाउनुपर्छ। यदि म छानिएँ भने, म पनि स्टेजमा गाउन सक्नेछु। त्यो कति प्रभावशाली हुनेछ! पक्कै पनि ब्रदर-सिस्टरहरूले मेरो तारिफ र ईर्ष्या गर्नेछन्।” तर जब मैले साँच्चिकै गाउने कोसिस गरेँ, तब आफू कति पछाडि रहेछु भन्ने थाहा पाएँ। कहिलेकाहीँ म सुरभन्दा बाहिर जान्थेँ, र मेरो स्वरको दायरा सानो थियो। मैले तयार भएको डेमो ती सिस्टरलाई पठाएँ, र कतै मैले पार्टटाइम गाउन सक्छु भन्ने खबर आइहाल्छ कि भन्ने सानो आशा लिएर बसेँ। तर अन्त्यमा, केही पनि आएन; मैले कुनै खबर पाइनँ।

त्यसको केही समयपछि, अगुवाले अर्की सिस्टर र मलाई अर्को पटक याङ्गे नृत्यको कार्यक्रम छायाङ्कन गर्ने योजना रहेको बताउँदै एकल नृत्यको डेमो खिच्न भन्नुभयो। मैले मनमनै सोचेँ, “याङ्गे नृत्य मेरो गाउँको लोकनृत्य हो। मैले यसको व्यावसायिक अध्ययन नगरे पनि, सानामा म यो नृत्य धेरै गर्ने गर्थेँ। यदि म त्यो नृत्यका लागि छानिन सकेँ भने कति गज्जब हुन्थ्यो।” तर जब मैले साँच्चिकै नृत्य गरेँ, तब मलाई सन्तुलन मिलाउन गाह्रो भयो, मेरा हातखुट्टाको तालमेल मिलेन, अनि मेरा चाल र हाउभाउहरू स्तरअनुरूप थिएनन्। यसलाई अलि-अलि सिक्नसमेत मैले दुई पटक अभ्यास गर्नुपर्‍यो, तर मेरो नृत्य त्यति राम्रो थिएन, अनि कति ठाउँमा त मेरा हात र खुट्टा एकैतिर चलिरहेका हुन्थे। पछि, मसँगै डेमो खिच्ने सिस्टर छानिइन्। ती सिस्टर अनुभवात्मक गवाही भिडियोहरू खिच्न मात्र होइन, निर्देशकको रूपमा काम गर्न पनि सक्थिन्। उनी पहिले क्रसटक कमेडी गर्ने गर्थिन्, उनी राम्रो गाउँथिन्, र उनले वाद्य यन्त्रहरूबारे पनि अध्ययन गरेकी थिइन्। अनि अहिले उनी नृत्य पनि सुरु गर्दै थिइन्। उनी साँच्चै बहुमुखी प्रतिभाकी धनी थिइन्! अरूसँग कति धेरै प्रतिभा छन्! त्यस समयमा, म प्रायः आफूसँग धेरै किसिमका वरदान र प्रतिभा भएको कल्पना गर्थेँ—गाउन र नाच्न मात्र नभई अनेकथरिका वाद्ययन्त्र पनि बजाउन जान्ने भएर स्टेजमा निकै प्रभावशाली देखिएको सपना देख्थेँ। एक दिन, भान्सामा खाना पस्कँदै गरेको बेला मैले एक जना सिस्टरले एक जना नृत्याङ्गना सिस्टरलाई उत्साहका साथ यसो भनिरहेकी सुनेँ, “तिमी छिट्टै स्टेजमा गएर नृत्य गर्दै छौ, त्यो कति राम्रो कुरा हो! के तिमीले आफ्नो कस्ट्युम लगाएर हेर्‍यौ? …” ती सिस्टरप्रतिको उनको चासो सुन्दा, मलाई निराशासँगै ईर्ष्या पनि लाग्यो। त्यहाँ उभिरहँदा मलाई अलि असहज महसुस भयो, र सोचेँ, “सधैँ बहुमुखी प्रतिभा भएका मानिसहरूले नै सबैको ध्यान खिच्छन्। त्यसको तुलनामा, म गाउन वा नाच्न जान्दिनँ। मैले गर्न सक्ने भनेको अनुभवात्मक गवाही भिडियोहरू खिच्ने मात्र हो, जुन एकदमै सामान्य कुरा हो!” मलाई भित्रैदेखि नरमाइलो महसुस भयो। बिस्तारै, अनुभवात्मक गवाही भिडियोहरू खिच्ने कामप्रतिको मेरो मनोवृत्ति झन्-झन् उपेक्षापूर्ण हुँदै गयो। मैले गवाहीहरू राम्ररी बताउनका लागि परमेश्‍वरमा भर पर्ने कुरामा हृदय लगाउन छाडिदिएँ र यान्त्रिक रूपमा मात्र भिडियोहरू खिच्न थालेँ। म गाउन र नाच्न सक्ने ब्रदर-सिस्टरहरूसँग धेरै कुरा गर्न पनि अनिच्छुक भएँ। मलाई आफ्नो हृदयमा उनीहरू र मबीच एउटा पर्खाल रहेजस्तो लाग्थ्यो, म उनीहरूसामु हीनताबोध महसुस गर्थेँ, मलाई उनीहरूप्रति ईर्ष्या र जलन हुन्थ्यो। एक दिन, मैले धर्मशास्त्रको एउटा खण्ड सम्झेँ: “हे मानिस, परमेश्‍वरलाई उल्टै जवाफ फर्काउने तँ को होस्? के सृजित प्राणीले आफूलाई रच्नेलाई यसो भन्न सक्छ: ‘तपाईंले मलाई किन यस्तो रूप दिनुभयो?’ के एउटै माटोको डल्लोबाट एउटालाई विशेष आदरको भाँडो र अर्कोलाई तुच्छ भाँडो बनाउने अख्तियार कुमालेसँग हुँदैन र?” (रोमी ९:२०-२१)। यो खण्डले मलाई साँच्चै छोयो, अनि मैले आफूमा समझको कति धेरै कमी रहेछ भनेर थाहा पाएँ। मेरा वरदान र प्रतिभाहरू सबै परमेश्‍वरद्वारा नै पूर्वनियोजित थिए; मैले अनुचित माग वा अनावश्यक चाहनाहरू राख्नु हुँदैनथ्यो। आफ्ना क्षमताहरूप्रति सधैँ असन्तुष्ट हुनु भनेको परमेश्‍वरको विरोध र प्रतिरोध गर्नु थियो! त्यस समयमा, म आफ्नो समस्या समाधान गर्न चाहँदै प्रायः परमेश्‍वरलाई प्रार्थना गर्थेँ।

एक दिन, मैले परमेश्‍वरका वचन पढेँ अनि आफ्नो पछ्याइपछाडिको दृष्टिकोणबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धेरै मानिसहरूले सत्यता बुझेका हुँदैनन् वा सत्यताको खोजी गर्दैनन्। तिनीहरूले कर्तव्य निर्वाह गर्ने कार्यलाई कसरी लिन्छन्? तिनीहरूले यसलाई एक प्रकारको काम, एक प्रकारको रुचि, वा आफ्नो चासोको लगानीका रूपमा लिन्छन्। तिनीहरूले यसलाई परमेश्‍वरले दिनुभएको कुनै मिसन वा काम, वा तिनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीका रूपमा लिँदैनन्। तिनीहरूले आफ्‍ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सकूँ र परमेश्‍वरको आज्ञा पूरा गर्न सकूँ भनेर आफ्‍ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा सत्यता वा परमेश्‍वरका अभिप्रायहरू बुझ्ने प्रयास त झनै गर्दैनन्। … के यस्ता मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन्? तिनीहरूले सत्यतामा मेहनत गर्दैनन्, र आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा सत्यता अभ्यास गर्दैनन्। तिनीहरूको मन आफूसँग जे छ त्यसमा नभई जे छैन त्यसै कुरामा जान्छ। तिनीहरूलाई आज यो गर्न मन लाग्छ, भोलि त्यो गर्न मन लाग्छ, र तिनीहरूलाई अरू सबैको कर्तव्य तिनीहरूको भन्दा राम्रो र सजिलो छ भन्‍ने लाग्छ। तैपनि, तिनीहरूले सत्यतामा मेहनत गर्दैनन्। तिनीहरू आफ्ना यी विचारहरूमा के-कस्ता समस्याहरू छन् भनेर सोच्दैनन्, र तिनीहरूले समस्याहरू समाधान गर्न सत्यता खोज्दैनन्। तिनीहरूको दिमाग सधैँ आफ्‍ना सपनाहरू कहिले साकार हुन्छन्, कसले प्रसिद्धि कमाएको छ, कसले माथिबाटको पहिचान पाइरहेको छ, कसले काट-छाँटमा नपरी काम गर्छ र बढुवा हुन्छ भन्‍ने कुरामा नै केन्द्रित हुन्छ। तिनीहरूको मन यी कुराहरूले भरिएको हुन्छ। के सधैँ यी कुराहरूका बारेमा सोच्ने मानिसहरूले मानकअनुरूप हुनेगरी आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्? तिनीहरूले यो कुरा कहिल्यै पूरा गर्न सक्दैनन्। त्यसोभए, कस्ता मानिसहरूले आफ्नो कर्तव्य यसरी निर्वाह गर्छन्? के तिनीहरू सत्यताको पछि लाग्‍ने मानिसहरू हुन्? सर्वप्रथम, एउटा कुरा निश्‍चित छ: यस्ता मानिसहरू सत्यताको पछि लाग्दैनन्। तिनीहरू समाजमा जसोतसो जीवन गुजार्दा जस्तै परमेश्‍वरको घरमा पनि केही आशिष्‌हरूको आनन्द लिन खोज्छन्, प्रख्यात हुन खोज्छन्, र लोकप्रियता कमाउन खोज्छन्। सारको हिसाबमा भन्दा, तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरू अविश्‍वासी हुन्। अविश्‍वासीहरूले बाहिरी संसारमा काम गरेको जस्तो गरी परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू कसले बढुवा पायो, को टोली अगुवा बन्यो, को मण्डली अगुवा बन्यो, कसको कामका बारेमा सबैले तारिफ गर्यो, कसलाई उच्‍च पारियो र उल्‍लेख गरियो भन्‍ने बारेमा ख्याल गर्छन्। तिनीहरू यी कुराहरूको बारेमा ख्याल गर्छन्। यो त कुनै एउटा कम्पनीमा हुने अवस्था जस्तै हो: कसले बढुवा पायो, कसको तलब बढ्यो, कसलाई हाकिमले स्याबासी दियो, र को हाकिमको अन्तरङ्ग बन्यो—मानिसहरूले यी कुराहरूका बारेमा वास्ता गर्छन्। यदि तिनीहरू परमेश्‍वरको घरमा यी कुराहरू पछ्याउँछन्, र दिनभर यी कुराहरूमा तल्‍लीन पनि हुन्छन् भने, के तिनीहरू पनि गैरविश्‍वासीहरू जस्तै होइनन् र? सारमा, तिनीहरू गैरविश्‍वासी हुन्; तिनीहरू ठेट अविश्‍वासी हुन्। तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरूले श्रम मात्र गरिरहेका हुन्छन् र झाराटारुवा काम गरिरहेका हुन्छन्। तिनीहरूले जुनसुकै प्रवचन सुने पनि सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले सत्यता अभ्यास गर्नु त परको कुरा हो। तिनीहरूले परिवर्तन नै नभइकन धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्, र तिनीहरूले जति वर्ष आफ्नो कर्तव्य निर्वाह गरे पनि, आफ्नो बफादारी प्रदान गर्न सक्दैनन्। तिनीहरूमा परमेश्‍वरमाथिको साँचो आस्था हुँदैन, तिनीहरूमा बफादारी हुँदैन, र तिनीहरू अविश्‍वासी हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरका वचनमा भएका खुलासाले मलाई भित्रैदेखि लज्जित तुल्याए। समाजका गैरविश्‍वासीहरू सधैँ आफ्ना हाकिमहरूको प्रशंसा वा अरू मानिसहरूको तारिफ खोजिरहेका हुन्छन्। तर म भने, यतिका वर्षदेखि परमेश्‍वरमा विश्वास गर्दै आएकी भए पनि, अझै गैरविश्‍वासीले जस्तै यी कुरा नै पछ्याइरहेकी थिएँ। कामकुराहरूलाई हेर्ने मेरो दृष्टिकोण अलिकति पनि बदलिएको थिएन। म सधैँ कसले गाउन पायो, कसले नाच्न पायो, वा कसमा भएको विशेष प्रतिभाले ब्रदर-सिस्टरहरूको तारिफ र प्रशंसा कमायो भन्ने कुरामा मात्र केन्द्रित हुन्थेँ। म हरेक दिन यिनै कुराहरूमा मात्र ध्यान दिन्थेँ। आफ्ना वरपरका ब्रदर-सिस्टरहरूसँग धेरै प्रतिभा भएको, अनि उनीहरूले विभिन्न कर्तव्य निर्वाह गर्न सहकार्य गर्न सक्षम भएको देख्दा, मलाई अत्यन्तै ईर्ष्या लाग्थ्यो। म पनि यी वरदान र प्रतिभा पाउन चाहन्थेँ, ताकि म पनि स्टेजमा प्रस्तुति दिएर देखावा गर्न सकूँ। पछि, जब मलाई गायन र नृत्यको डेमो रेकर्ड गर्न भनियो, म निराश र हैरान भएँ किनभने मसँग ती प्रतिभा थिएनन् अनि म ती कर्तव्य निर्वाह गर्न सक्दिनथेँ। परमेश्‍वरले किन मलाई ती वरदान र प्रतिभा दिनुभएन भनेर मैले गुनासो गरेँ, अनि म किन अरूभन्दा हीन छु होला भनेर सोच्थेँ। मैले आफ्नो हालको कर्तव्यलाई समेत हल्का रूपमा लिन थालेँ। आफू अरूभन्दा उत्कृष्ट देखिने र सबैको नजरमा पर्ने मेरो महत्त्वाकाङ्क्षा र चाहनालाई सन्तुष्ट पार्न, म निरन्तर विभिन्न वरदान र प्रतिभा पाउनकै पछि लागिरहेँ। मैले आफ्नो उचित कामलाई बेवास्ता गरिरहेकी थिएँ र सही मार्गमा हिँडिरहेकी थिइनँ! वास्तवमा, जुनसुकै कर्तव्यमा जुन प्रतिभा प्रयोग गरे पनि, ती सबैको उद्देश्य सुसमाचार प्रचार गर्नु र परमेश्‍वरको गवाही दिनु नै हो, ताकि अझ धेरै मानिस परमेश्‍वरसामु फर्कन र उहाँको मुक्तिलाई स्वीकार गर्न सकून्। परमेश्‍वरको अभिप्राय यही हो, अनि यसको प्रतिभा वा हैसियतसँग कुनै सम्बन्ध हुँदैन। तर मलाई सधैँ के लाग्थ्यो भने, धेरै किसिमका प्रतिभा भएमा, गायन र नृत्यमा सिपालु भएमा, अनि बहुमुखी प्रतिभाको धनी भएमा मात्रै धेरै मानिसको तारिफ कमाउन सकिन्छ। मेरो दृष्टिकोण गैरविश्‍वासीको जस्तै थियो—यो त अविश्‍वासीकै दृष्टिकोण थियो!

पछि, मैले परमेश्‍वरका वचनका दुई खण्ड पढेँ अनि मैले निरन्तर वरदान र प्रतिभाहरू पछ्याउनुको मूल कारणबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको वातावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। … के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। “तँ किन हैसियतलाई यति बहुमूल्य ठान्छस्? तैँले हैसियतबाट कस्ता-कस्ता फाइदाहरू प्राप्त गर्न सक्छस्? यदि हैसियतले तँमाथि विपत्ति, कठिनाइ, बेइज्जती, र पीडा ल्याउँछ भने, के तँ अझै पनि यसलाई बहुमूल्य ठान्थिस्? (ठान्‍नेथिइनँ।) हैसियत हुँदा प्राप्त हुने कैयौँ लाभहरू छन्, जस्तै अरू मानिसको डाहा, सम्‍मान, आदर, र चापलुसी, साथै तिनीहरूको आदर र श्रद्धा। तेरो हैसियतले तँलाई श्रेष्ठता र सौभाग्यको पनि अनुभूति गराउँछ जसले तँलाई गर्व र आत्मसम्‍मानको अनुभव गराउँछ। यसका साथै, तैँले अरूले उपभोग गर्न नपाउने कुराहरू पनि उपभोग गर्न सक्छस्, जस्तै हैसियतका लाभहरू र विशेष व्यवहार। यी कुराहरूबारे तँ सोच्‍नसमेत आँट गर्दैनस्, र यी तैँले सपना देखेका र तृष्णा गरेका कुराहरू हुन्। के तँ यी कुराहरूलाई बहुमूल्य ठान्छस्? यदि हैसियत कुनै वास्तविक महत्त्वविनाको खोक्रो कुरा हो भने, र यसको प्रतिरक्षा गरेर कुनै वास्तविक उद्देश्य पूरा हुँदैन भने, के यसलाई बहुमूल्य ठान्‍नु मूर्खता होइन र? यदि तँ देहका हित र आनन्दजस्ता कुराहरू त्याग्‍न सक्छस् भने ख्याति, प्राप्ति, र हैसियतले अबउप्रान्त तँलाई बन्धनमा पार्नेछैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। परमेश्‍वर खुलासा गर्नुहुन्छ, ख्रीष्टविरोधीहरूले प्रतिष्ठा र हैसियतलाई विशेष महत्त्व दिन्छन्। उनीहरू जेसुकै बोलून् वा गरून्, ती सबै अरूको तारिफ र समर्थन पाउनका लागि, अनि प्रतिष्ठा र हैसियतबाट प्राप्त हुने श्रेष्ठताबोधको आनन्द लिनका लागि नै हुन्छ। आत्मचिन्तन गर्दा, मैले आफू ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेकी छु भन्ने देखेँ। म “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” र “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” जस्ता शैतानी विषहरूअनुसार जिइरहेकी थिएँ। मैले प्रतिष्ठा र हैसियतलाई असाध्यै महत्त्वपूर्ण ठान्थेँ, र भिडमा सधैँ अरूबाट तारिफ पाउन चाहन्थेँ, अनि यसरी मात्र मूल्यवान् जीवन जिउन सकिन्छ भन्ने विश्वास गर्थेँ। विगत केही वर्षमा, मैले धेरैवटा अनुभवात्मक गवाही भिडियो खिचेकी थिएँ। मलाई पहिलोपटक भेट्ने केही ब्रदर-सिस्टरले यसो भन्थे, “म तपाईँलाई प्रायः भिडियोहरूमा देख्छु,” वा “मैले परमेश्‍वरमा विश्वास गर्न थाल्दा तपाईँले खिचेका भिडियोहरू हेरेकी थिएँ।” हरेक पटक यस्ता कुरा सुन्दा मलाई असाध्यै खुसी लाग्थ्यो र अरूको नजरमा परेर तारिफ पाउँदा सांचिकै आनन्द आउँथ्यो। वरपरका ब्रदर-सिस्टरहरू सबैले गाउने र नाच्ने गरेर निकै प्रभावशाली र सबैको केन्द्रविन्दु बनिरहेको देख्दा, अनि त्यसको विपरीत, आफू भने गाउन वा नाच्न नजान्ने र खासै ध्यान नखिच्ने अनुभवात्मक गवाही भिडियोहरू मात्र खिच्न सक्ने पाउँदा म अत्यन्तै निराश र हैरान हुन्थेँ। विशेष गरी, मैले एक जना सिस्टरले एक जना नृत्याङ्गानालाई न्यानो अभिवादन गरिरहेको सुन्दा र म त्यहीँ उभिरहे पनि मलाई कसैले वास्ता नगर्दा, मेरो मनमा झनै नमिठो लाग्यो। मलाई आफ्नो कुनै अस्तित्व नै नभएजस्तो महसुस भयो। म पनि आफूसँग धेरै किसिमका वरदान र प्रतिभा होस् भन्ने इच्छा गर्न थालेँ, ताकि म पनि अरू ब्रदर-सिस्टरहरू जस्तै विभिन्न भिडियोमा देखिन अनि वरपरका मानिसहरूबाट तारिफ र विशेष व्यवहार पाउन सकूँ। पछि, मण्डलीले मलाई गायन र नृत्यको डेमो रेकर्ड गर्ने मौका दियो, तर तथ्यले म ती कुरामा सिपालु छैनँ भन्ने प्रमाणित गर्‍यो। यसले मलाई अरूभन्दा उत्कृष्ट बन्ने कुरामा झनै आशाहीन बनायो, अनि म यसलाई लिएर निराश र हैरान भएँ। अनुभवात्मक गवाही भिडियोहरू खिच्ने कामप्रतिको मेरो मनोवृत्ति उपेक्षापूर्ण बन्यो, अनि मैले म गाउँको गरिब परिवारमा जन्मिएकी हुँ र मैले कहिल्यै गाउन, नाच्न वा कुनै बाद्ययन्त्र बजाउन सिकेकी छैनँ भनेर गुनासो समेत गरेँ। वास्तविकमा, यी गुनासा र मेरो हालको अवस्थाप्रतिको असन्तुष्टि भनेको मूलतः परमेश्‍वरप्रतिको गुनासा र असन्तुष्टि नै थिए। अनुभवात्मक गवाही भिडियोहरू खिच्न सक्ने हुनु पहिल्यै परमेश्‍वरको ठूलो अनुग्रह थियो, तर म सन्तुष्ट थिइनँ। मैले सधैँ अरूसँग आफ्नो तुलना गरिरहेँ, निरन्तर रूपमा प्रतिष्ठा र हैसियत पछ्याइरहेँ, अनि ती कुरा नपाउँदा परमेश्‍वरलाई दोष दिइरहेँ। म साँच्चै अत्यन्त विद्रोही थिएँ! यो महसुस गरेपछि, मैले आफ्नो पछ्याइपछाडिका भ्रमपूर्ण दृष्टिकोणहरूबारे केही बुझाइ प्राप्त गरेँ, र मैले के पनि बुझेँ भने परमेश्‍वरले मानिसहरूलाई आफ्ना कर्तव्य अझ राम्ररी निर्वाह गर्नमा मद्दत गर्नका लागि वरदान र प्रतिभाहरू दिनुहुन्छ। तर म सधैँ अरूको तारिफ र समर्थन पाउनका लागि, अनि उनीहरूको हृदयमा आफ्नो हैसियत बनाउनका लागि आफ्ना प्रतिभा र वरदानहरू प्रयोग गर्न चाहन्थेँ। यो परमेश्‍वरको प्रतिरोध गर्नु थियो, जुन कुरालाई परमेश्‍वरले घृणा र तिरस्कार गर्नुहुन्छ, अनि म यसै मार्गमा हिँडिरहेँ भने परमेश्‍वरद्वारा श्रापित हुनेछु र दण्ड पाउनेछु। मलाई अलिक डर लाग्यो र म आफ्नो गलत स्थिति सुधार्न तत्पर भएँ।

पछि, मैले परमेश्‍वरका वचन पढेर उहाँका अभिप्रायहरू बुझ्न सकेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि परमेश्‍वरले तँलाई मूर्ख बनाउनुभयो भने, तेरो मूर्खतामा अर्थ हुन्छ; यदि उहाँले तँलाई बुद्धिमानी बनाउनुभयो भने, तेरो बुद्धिमत्तामा अर्थ हुन्छ। परमेश्‍वरले तँलाई जस्तोसुकै दक्षता दिनुभए पनि, तँ जेमा सिपालु भए पनि, तेरो आइक्यू जतिसुकै उच्च भए पनि, परमेश्‍वरले त्यसो बनाउनुमा उहाँको उद्देश्य थियो। यी सबै कुरा परमेश्‍वरद्वारा पूर्वनियोजित थिए। तैँले आफ्नो जीवनमा खेल्ने भूमिका र तैँले निर्वाह गर्न सक्ने कर्तव्य पनि परमेश्‍वरद्वारा धेरै अघिदेखि नै पूर्वनियोजित गरिएका थिए(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। “यदि परमेश्‍वरले तँलाई औसत क्षमता दिनुभयो भने, तैँले धेरै ठूलो काम गर्न सक्दैनस्, त्यसैले तँ अहङ्कारी बन्‍न सक्दैनस्। यो तेरा लागि सुरक्षा हो। तँलाई औसत क्षमता दिइएपछि, तँसित धाकरवाफ लाउने पुँजी हुँदैन, न त तैँले धर्ती हल्लिने कुनै योगदान नै दिन सक्छस्। तैँले सधैँ यस्तो सोच्नुपर्छ, ‘मेरो क्षमता औसत छ; म न त यो क्षेत्रमा राम्रो छु, न त्यो क्षेत्रमा नै। मैले आफ्नो कर्तव्य पूरा गर्दा विवेकी भएर सत्यता सिद्धान्तहरू खोज्नैपर्छ।’ जब तँलाई सबै पक्षहरूमा आफूमा कमी छ जस्तो लाग्छ, तब तँ अझ शिष्ट र अझ नियमपालन गर्ने, र अझ संयमित बन्छस्। उदाहरणका लागि, चाहे तिमीहरूले जेसुकै काम गर, चाहे तँ सुपरिवेक्षक होस् वा साधारण सदस्य, यदि कुनै निश्‍चित अवधिमा तेरो काम तुलनात्मक रूपमा सहज तरिकाले अघि बढ्छ, त्यसले केही नतिजाहरू ल्याउँछ, र उपलब्धिहरू तुलनात्मक रूपमा उत्कृष्ट हुन्छन्, र तैँले माथिबाट समर्थन प्राप्त गर्छस् भने, तेरो मानसिकता कस्तो हुनेथियो? (हामी दम्भी बन्नेथियौँ, आफू असल भएको ठान्नेथियौँ, र सजिलै सत्यता खोज्न छाड्नेथियौँ।) त्यसपछि तँलाई नियमहरू पालना गर्न र आफूलाई आचरणमा ढाल्दा विनम्र रहन कठिन हुनेथियो। यो तेरा लागि निकै खतरनाक परीक्षा हो; यो राम्रो सङ्केत होइन(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्‍वरका वचनबाट, मैले के बुझेँ भने हरेक व्यक्तिसँग के-कस्ता वरदान र प्रतिभाहरू छन् अनि उनीहरूले कुन कर्तव्य निर्वाह गर्न सक्छन् भन्‍ने कुरा परमेश्‍वरले नै पूर्वनियोजन गर्नुभएको हुन्छ। मसँग केही समझ हुनुपर्छ, सृजित प्राणीको स्थानमा उभिनुपर्छ, अनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दा आफ्नो स्थान थाहा पाउनुपर्छ। यो कुरा मात्र परमेश्‍वरको अभिप्रायअनुसारको हुन्छ। त्यसमाथि, परमेश्‍वर भन्‍नुहुन्छ: “यो तेरा लागि सुरक्षा हो।” यी वचन मनन गर्दा, म निकै प्रभावित भएँ। सबैको मूलभूत कमजोरी र भ्रष्ट स्वभावहरू फरक-फरक हुन्छन्। मजस्तै कर्तव्य निर्वाह गर्ने केही मानिससँग धेरै वरदान र प्रतिभा हुन्छन् अनि अझै पनि उनीहरू सही मार्गमा हिँड्न, सत्यता पछ्याउन र व्यवहारिक तरिकाले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्। तर, प्रतिष्ठा र हैसियतप्रतिको मेरो चाहना निकै तीव्र थियो, अनि वर्षौंदेखि मैले सधैँ अरूभन्दा उत्कृष्ट बन्ने र सबैको तारिफ पाउने कुरा मात्र पछ्याएकी थिएँ। यदि मसँग साँच्चै धेरै वरदान र प्रतिभा भएका भए, म उहिल्यै बाटो बिराएर परमेश्‍वरद्वारा प्रकट गरिने र हटाइनेथिएँ होला। मैले दुई वर्षअघि, कसरी लामो समयदेखि अनुभवात्मक गवाही भिडियोहरू खिच्न आफूलाई प्रशिक्षित गराइरहेकी कारण म अहङ्कारी भएकी थिएँ अनि मलाई ब्रह्माण्डमा आफ्नो स्थान के हो भन्ने थाहा थिएन भन्‍ने कुराबारे सोचेँ। आफ्नो कर्तव्य निर्वाह गर्दा म अक्कड देखाउँथेँ अनि ब्रदर-सिस्टरहरूको मार्गदर्शन र मद्दत स्वीकार गर्दिनथेँ। अन्त्यमा, मलाई कठोर रूपमा खुलासा गरी काँटछाँट गरियो, र पश्‍चात्ताप नगरे बर्खास्त गरिनेछ भनेर चेतावनी दिइयो। त्यसपछि मात्र मैले तुरुन्तै पछाडि फर्केर आत्मचिन्तन गरेँ। त्यो असफलता आजसम्म पनि मेरो दिमागमा ताजै छ, र त्यो मैले वरदान र प्रतिभाहरूलाई चाहिनेभन्दा बढी महत्त्व दिएकाले अनि निरन्तर आफूलाई अरूभन्दा श्रेष्ठबोध गर्नाले भएको थियो। यसबारे सोच्दा मैले के बुझ्न सकेँ भने यदि मसँग धेरै प्रतिभा भएका भए, त्यसले मेरो अहङ्कारी स्वभावमा झनै घिउ थप्नेथियो, अनि म प्रतिष्ठा र हैसियतलाई झनै तीव्र रूपमा पछ्याउनेथिएँ। ती वरदान र प्रतिभा नभएर नै म एउटा क्षेत्रमा नियमसम्मत आफ्नो कर्तव्य निर्वाह गर्न अनि विनाशको मार्गमा हिँड्नबाट जोगिन सक्छु। यो मेरा लागि सुरक्षाको एउटा रूप हो। यो कुरा बुझेपछि मेरो हृदय कृतज्ञताभावले भरियो। परमेश्‍वरले मलाई जतिसुकै दिनुभए पनि, त्यसमा उहाँका श्रमसाध्य सोच र असल अभिप्रायहरू छन्।

त्यसपछि, मैले परमेश्‍वरका वचन पढेँ र मेरो मन उज्यालो भयो। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले हरेक व्यक्तिलाई फरक-फरक सबलता र प्रतिभा दिनुभएको छ। कतिपय मानिससँग दुई वा तीन क्षेत्रमा सबलताहरू हुन्छन्, कति जनासँग एउटा क्षेत्रमा सबलता हुन्छ, र कसैमा एउटै पनि सबलता हुँदैन—यदि तिमीहरूले यी विषयहरूलाई सही तरिकाले लिन सक्यौ भने, तिमीहरूमा सुझबुझ छ। सुझबुझ भएको व्यक्तिले आफ्नो स्थान पत्ता लगाउन सक्छ, र आफ्नो स्थानअनुसार चल्न र राम्रोसँग आफ्नो कर्तव्य निभाउन सक्छ। आफ्‍नो स्थान कहिल्यै पनि पत्ता लगाउन नसक्‍ने व्यक्तिमा सधैँ महत्त्वाकाङ्क्षा हुन्छ। ऊ सधैँ हृदयमा हैसियत र लाभलाई पछ्याउँछ। ऊ आफूसँग भएको कुरामा कहिल्यै सन्तुष्ट हुँदैन। उसले अझै धेरै लाभ प्राप्त गर्न जतिसक्दो धेरै कुरा लिने प्रयास गर्छ; उसले सधैँ आफ्‍ना अत्यधिक इच्छाहरू पूरा गर्ने आशा गर्छ। उसले आफूसँग प्रतिभा र राम्रो क्षमता छ भने, आफूले परमेश्‍वरको अझै धेरै अनुग्रह पाउनुपर्छ, र आफूमा केही मात्रामा अत्यधिक इच्‍छा हुनु गलत होइन भन्‍ने सोच्छ। के यस्तो व्यक्तिमा सुझबुझ हुन्छ? के सधैँ अत्यधिक इच्‍छा राख्नु लाजमर्दो कुरा होइन र? विवेक र समझ भएका मानिसहरूलाई यो लाजमर्दो कुरा हो भन्‍ने लाग्न सक्छ। सत्यता बुझ्‍ने मानिसहरूले कहिल्यै पनि यी मूर्ख कुराहरू गर्ने छैनन्। यदि तँ परमेश्‍वरको प्रेमको ऋण तिर्न इमानदारीपूर्वक आफ्‍नो कर्तव्य निभाउन चाहन्छस् भने, यो अत्यधिक इच्‍छा होइन। यो सामान्य मानवताको विवेक र समझअनुरूप छ। यसले परमेश्‍वरलाई खुसी तुल्याउँछ। यदि तँ साँच्‍चै आफ्‍नो कर्तव्य राम्ररी निभाउन चाहन्छस् भने, तैँले पहिले आफ्ना लागि सही स्थान खोज्नैपर्छ, र त्यसपछि तैँले जे गर्न सक्छस् त्यो तेरो सारा हृदयले, तेरो सारा मनले, तेरो सारा शक्तिले र आफूले सके जति गर्। यसले मानक पूरा गर्छ, र यस्तो कर्तव्य निर्वाहमा केही शुद्धता हुन्छ। वास्तविक सृजित प्राणीले गर्नुपर्ने कुरा यही हो। … मण्डलीमा केही मानिसले गितार बजाउन सक्छन्, केहीले सारङ्गी बजाउन सक्छन्, र केहीले मादल बजाउन सक्छन्। यदि यीमध्ये कुनै क्षेत्रमा तेरो रुचि छ भने तैँले सिक्न सक्छस्। यो जुनसुकै विशेष सीप वा प्रविधिको भए पनि, तँलाई सिक्न रमाइलो लाग्छ र तँ चतुर छस् भने, तैँले सिक्न सक्छस्। तैँले नयाँ सीप सिकिसकेपछि, यसलाई थप कर्तव्य निर्वाह गर्न प्रयोग गर्न सक्छस्, यसरी मानिसलाई खुसी पार्ने मात्र होइन, परमेश्‍वरलाई पनि खुसी पार्न सक्छस्। धेरै सीपहरू हासिल गर्नु र परमेश्‍वरको घरको काममा थप योगदान पुऱ्याउनु सबैभन्दा आशिषित कुरा हो। व्यक्ति जवान छँदा र राम्रो स्मरणशक्ति भएको बेला नयाँ कुराहरू सिक्नुमा कुनै खराबी छैन। यसमा फाइदा मात्रै छ, हानि छैन। यो कर्तव्य निर्वाह र परमेश्‍वरको घरको कामका लागि फाइदाजनक छ। आफ्नो कर्तव्य पूरा गर्ने क्रममा विभिन्न नयाँ कुराहरू सिक्नमा ध्यान केन्द्रित गर्नु भनेको व्यक्ति लगनशील र जिम्मेदार हुनु हो; ऊ ती मानिसहरूभन्दा राम्रो हो जो आफ्नो कामप्रति प्रतिबद्ध छैनन्। तर, यदि तैँले केही समयदेखि केही कुरा सिकिरहेको छस् र अझै पनि केही बुझेको छैनस् भने, यसले त्यो क्षेत्रमा तेरो क्षमता छैन भन्‍ने सङ्केत गर्छ। यो त कतिपय मानिस जसरी राम्ररी नाच्न सक्छन् तर बेसुरा गाउँछन् र तिनीहरूमा सुरको बोध हुँदैन, ठिक त्यस्तै हो—यो जन्मजात हुन्छ र यसलाई परिवर्तन गर्न सकिँदैन। यस्तो अवस्थालाई सही तरिकाले लिनुपर्छ। यदि तँ नाच्न सक्छस् भने, राम्ररी नाच्। यदि तँसँग परमेश्‍वरको प्रशंसा गर्ने हृदय छ भने, तैँले बेसुरा गाए पनि, परमेश्‍वरलाई आपत्ति हुँदैन। जबसम्म तेरो हृदयमा आनन्द हुन्छ, तबसम्म त्यो पर्याप्त हो। तेरा व्यक्तिगत सबलताहरू जहाँ भए पनि, यदि तैँले तिनलाई उपयोग गर्न सक्छस् भने त्यो राम्रो हो। तैँले आफूले निर्वाह गर्नुपर्ने कर्तव्य कर्तव्यनिष्ठ भई पूरा गर्नु नै आफ्नो उचित स्थानअनुसार आफूलाई आचरणमा ढाल्नु हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्‍वरका वचन पढेपछि, मैले के बुझेँ भने कुनै व्यक्तिसँग जतिसुकै धेरै वरदान वा प्रतिभा भए पनि, वा उसको क्षमता जतिसुकै राम्रो वा कमजोर भए पनि, भिन्नता भनेको उनीहरूले निर्वाह गर्ने कर्तव्य र कामहरूमा मात्र हुन्छ; कर्तव्यहरूमा ठूलो-सानो वा महान्-तुच्छ भन्‍ने अन्तर हुँदैन। साथै, परमेश्‍वरले मानिसहरूलाई दिने विभिन्न वरदान र प्रतिभाअनुसार उहाँका मागहरू पनि फरक-फरक हुन्छन्। जबसम्म हामी आफ्नो सर्वस्व दिएर निष्ठापूर्वक आफ्ना कर्तव्य पूरा गर्न सक्छौँ, तबसम्म परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। यदि मैले सधैँ आफ्नो सही स्थान पत्ता लगाउन सकिनँ भने, सधैँ अरूसँग भएका कुराको लालसा गरिरहेँ भने, अनि निरन्तर आफ्नो भ्रष्ट स्वभावमा जिउँदै प्रतिष्ठा र हैसियत पछ्याइरहेँ भने, ढिलो-चाँडो म परमेश्‍वरद्वारा प्रकट गरिनेछु र हटाइनेछु। मैले अनुभवात्मक गवाही लेखहरू लेख्ने ब्रदर-सिस्टरहरूबारे सोचेँ। उनीहरूमध्ये कोही अतिथि सत्कार गर्ने कर्तव्यहरू निर्वाह गर्छन्, कोही सामान्य मामिलाको कर्तव्य निर्वाह गर्छन्, अनि कोही वृद्ध छन्। उनीहरूसँग कुनै वरदान वा प्रतिभा छैन, तर उनीहरू आफ्ना कर्तव्यप्रति इमानदार र व्यावहारिक हुन्छन्। उनीहरू आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्न अत्यन्तै ध्यान दिन्छन्, सत्यता पछ्याउनमा केन्द्रित हुन्छन्, र उनीहरूले जीवनका अनुभवात्मक गवाही लेखहरू लेखेका छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई मन पराउनुहुन्छ। मसँग त्यति धेरै प्रतिभा छैन र मैले गर्न सक्ने भनेको अनुभवात्मक गवाही भिडियोहरू खिच्ने मात्र हो। यो कुरा परमेश्‍वरद्वारा पूर्वनियोजित हो, अनि यो मैले गर्न सक्ने कुरा हो। मैले यसमा आफ्नो मन लगाएँ भने, म यसलाई अझ राम्ररी गर्न सक्छु, तर म व्यावहारिक भइनँ भने, मैले यो कर्तव्य पनि राम्ररी निर्वाह गर्न सक्षम नहुन सक्छु। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, आफ्ना गलत पछ्याइहरूलाई सुधार्न र मेरो हालको कर्तव्यको कदर गर्न तत्पर भएँ। मैले हरेक अनुभवात्मक गवाही लेख कुनै ब्रदर वा सिस्टरले परमेश्‍वरको कामबारे अनुभव गरेको गवाही हो भन्ने कुराबारे सोचेँ। यी अनुभवात्मक गवाहीलाई राम्ररी प्रस्तुत गर्न आफ्नो हृदय लगाएर, म एकातिर परमेश्‍वरको गवाही दिइरहेकी हुन्छु भने, अर्कोतिर, धेरै मानिसलाई यी गवाहीबाट फाइदा लिन र आध्यात्मिक उन्नति प्राप्त गर्न मद्दत गरिरहेकी हुन्छु। यो एकदमै महत्त्वपूर्ण र अर्थपूर्ण कर्तव्य हो! त्यसपछि मैले अनुभवात्मक गवाही भिडियोहरू खिच्दा आफ्नो मानसिकतालाई ठीक गरेँ, पात्रमा घुस्नका लागि लेखकको मनोविज्ञान बुझ्ने कोसिसमा केन्द्रित भएँ, र हरेक स-साना कुरामा ध्यान दिएँ। तयार भएका भिडियोहरूमा अझै पनि कमी र कमजोरीहरू भए पनि, मैले चैन अनुभूति गरेँ र आफ्नो हृदयमा त्यो प्रक्रियाको आनन्द लिएँ। मैले के पनि बुझेँ भने आफूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, जबसम्म म आफूसँग भएको कुरा प्रयोग गर्छु र आफ्नो सक्दो कोसिस गर्छु, तबसम्म म आफ्नो सही स्थानमा उभिएकी हुन्छु। सँगसँगै, मैले कर्तव्य निर्वाह गर्ने क्रममा आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सत्यता पछ्याउनमा ध्यान दिनुपर्छ, आफ्नो कर्तव्यमा आफ्नै वरदान र प्रतिभाहरूमा भर पर्नु हुँदैन, बरु पवित्र आत्माको मार्गदर्शन प्राप्त गर्नका लागि परमेश्‍वरमा भर पर्नुपर्छ, अनि आफ्नै क्षमताको दायराभित्र रहेर मेरा व्यावसायिक सीपहरू सुधार्नुपर्छ र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न हृदय लगाउनुपर्छ। यो कुरा परमेश्‍वरका अभिप्रायहरूसँग मिल्दो हुन्छ।

पछि, अनुभवात्मक गवाही भिडियोहरू पनि खिच्ने अर्की एक जना सिस्टर विदेशी भाषाका भजनहरू गाउन गइन्। मलाई केही निराशा भयो, तर मैले आफ्नो सोचाइ गलत छ भनेर बुझिहालेँ। मलाई विचलित हुनबाट जोगाउन मैले आफ्नो हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई मेरो पछ्याइपछाडिका भ्रामक दृष्टिकोणहरू त्याग्नका लागि अगुवाइ गर्न उहाँलाई बिन्ती गरेँ। मेरी सिस्टरसँग यो प्रतिभा हुनु परमेश्‍वरको पूर्वनियोजन हो, अनि मैले प्रतिस्पर्धा वा निराशा महसुस गर्नु हुँदैन भन्ने कुरा मैले सोचेँ। परमेश्‍वरको घरमा, सबैले आफ्ना कर्तव्यमा आ-आफ्नै काम पूरा गर्छन्। यसरी सोच्दा, म ती कुरालाई केही हदसम्म त्याग्न सक्षम भएँ। मैले परमेश्‍वरका वचन सम्झेँ: “आफ्नो क्षमतालाई सही रूपमा लिने गर्। गुनासो नगर्। परमेश्‍वरले तँलाई जति दिनुभएको छ, उहाँले तँबाट त्यति मात्र माग गर्नुहुनेछ। परमेश्‍वरले तँलाई जे दिनुभएको छैन, परमेश्‍वरले तँबाट त्यो कुरा माग गर्नुहुन्‍न। उदाहरणका लागि, यदि परमेश्‍वरले तँलाई औसत क्षमता वा कमजोर क्षमता दिनुभएको छ भने, उहाँले तँ अगुवा, टोली प्रमुख, वा सुपरिवेक्षक हुनुपर्ने माग तँबाट गर्नुहुन्‍न। तर, यदि परमेश्‍वरले तँलाई वाक्पटुता, आफ्नो कुरा व्यक्त गर्ने क्षमता, वा कुनै निश्‍चित वरदान दिनुभएको छ, र तैँले यो वरदानसँग सम्बन्धित काम गर्नुपर्ने माग गर्नुहुन्छ भने, तैँले त्यो काम राम्ररी गर्नुपर्छ। परमेश्‍वरले तँमाथि राख्नुभएका सर्तहरू पूरा गर्न असफल नहो। तैँले परमेश्‍वरले प्रदान गर्नुभएका कामकुरालाई खेर फाल्नु हुँदैन, तिनलाई पूर्ण रूपमा उपयोग गर्नुपर्छ र राम्रोसँग लागु गर्नुपर्छ, तिनलाई सकारात्मक कुरामा लागु गर्नुपर्छ र मानवजातिलाई फाइदा हुने मूल्यवान् कार्य नतिजाहरू निकाल्नुपर्छ। त्यसो गरे गजब हुनेथियो(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्‍वरका वचनले मेरो हृदयलाई न्यानो बनाए। म गाउन वा नाच्न नसके पनि, परमेश्‍वरले मलाई अभिनयको क्षेत्रमा वरदानहरू दिनुभएको छ। यतिका वर्षदेखि, परमेश्‍वरको घरले मलाई अनुभवात्मक गवाही भिडियोहरू खिच्न र चलचित्र निर्माणमा सहभागी हुन दिएको छ। परमेश्‍वरले मलाई पहिल्यै ठूलो अनुग्रह देखाउनुभएको छ। म सन्तुष्ट हुनुपर्छ र परमेश्‍वरले घृणा गर्ने कामकुराहरू अब उप्रान्त गर्नु हुँदैन। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म सत्यता पछ्याउनमा मेहनत लगाउन, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न, तपाईँका मागहरूअनुसार परमेश्‍वरप्रतिको विश्‍वासको मार्गमा हिँड्न, अनि तपाईँका वचनअनुसार मानिसहरू र कामकुराहरूलाई हेर्न तत्पर छु। कृपया मलाई अगुवाइ र मार्गदर्शन दिनुहोस्।” यो प्रार्थनापछि, मेरो हृदय धेरै शान्त भयो। अरू ब्रदर-सिस्टरहरूलाई गाउन वा नाच्न गएको देख्दा, अब मलाई कुनै असर वा बाधा परेन। म परमेश्‍वरको मार्गदर्शनका लागि उहाँलाई धन्यवाद दिन्छु, जसले मलाई आफ्नो पछ्याइपछाडिका भ्रामक दृष्टिकोणहरू र आफू हिँडिरहेको मार्गबारे केही बुझाइ दिएको छ। भविष्यमा, म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन, अनि आफ्नो सम्पूर्ण हृदयले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न तत्पर छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्