ईर्ष्या घृणित कुरा हो

7 जुन 2025

सुन चान, चीन

सन् २०२१ को जुनमा, मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने तालिम लिन थालेँ। ममा धेरै कमीकमजोरीहरू छन् भन्‍ने मलाई थाहा थियो, त्यसैले म प्राय परमेश्‍वरलाई प्रार्थना गरिरहन्थेँ र परमेश्‍वरका वचनहरू खाँदै-पिउँदै समय बिताउँथेँ। केही समयपछि, मैले सत्यताका केही सिद्धान्तहरू बुझेँ र सङ्गति गर्दा समस्याहरूबारे अलिअलि प्रकाश पार्न सक्‍ने भएँ। सबै ब्रदर-सिस्टरहरूले मैले राम्ररी सङ्गति गर्छु र मेरो विचार प्रक्रिया स्पष्ट छ भनेर भन्थे। तर मैले “परमेश्‍वरलाई धन्यवाद होस्! यो सबै परमेश्‍वरकै अन्तर्दृष्टि हो” भनेर भने पनि मलाई आफैप्रति भित्रैभित्रै निकै खुशी लाग्यो। हरेक भेलामा मतिर नै सबैभन्दा बढी ध्यान केन्द्रित हुन्थ्यो र अरू सबैले मलाई आदरसाथ हेर्थे—यसले मलाई सत्यता पछ्याउन अझै ठूलो उत्प्रेरणा प्रदान गर्‍यो। पछि, म र ब्रदर जियाङ मिङ सँगै काम गर्नुपर्ने भयो। तिनी विश्‍वासमा नयाँ थिए र सत्यता सङ्गति गर्ने विषयमा तिनमा धेरै कुराको कमी थियो, त्यसकारण सुरुमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने तालिम लिन थाल्दा तिनलाई निकै गाह्रो भएको थियो, तर सत्यता पछ्याउने कार्यमा तिनी समर्पित थिए र तिनले चाँडै प्रगति गरे। तिनी सीधा कुरा गर्ने व्यक्ति पनि थिए र तिनले भ्रष्टताका लक्षणहरू देखाउँदा खुलस्त कुरा गरेर आफूलाई उदाङ्गो पार्थे, र समस्याहरूमा पर्दा तिनले सत्यता खोजी गर्न र आफ्‍नो बारेमा मनन गर्न ध्यान केन्द्रित गर्थे। ब्रदर-सिस्टरहरू सबैले तिनलाई सत्यता पछ्याउने व्यक्ति ठान्थे। यो कुरा देख्दा, मलाई अलिक खतरामा परेजस्तो अनुभूति भयो: “जियाङ मिङ साँच्‍चै लागिपर्ने व्यक्ति हुन्—यदि यस्तै भइरह्यो भने, तिनले चाँडै मलाई भेट्नेछन्। त्यसपछि मलाई कसले आदर गर्ला र? यसरी हुँदैन, मैले तुरुन्तै आफूलाई सत्यताले सुसज्‍जित पार्नुपर्छ। मैले तिनलाई मलाई उछिन्‍न दिनु हुँदैन।” त्यसपछि, म पहिलेभन्दा धेरै मेहनत गर्न थालेँ।

एकपटक, जियाङ मिङले मलाई भने: “मैले ब्रदर-सिस्टरहरूका साथमा आफ्‍नो कर्तव्य निभाउँदा धेरै सत्यताहरू सिकेको छु, र मलाई निकै खुशी र स्वतन्त्र अनुभव हुन्छ। मलाई साँच्‍चै नै आफ्‍नो जागिर छोडेर पूर्णकालीन रूपमा आफ्‍नो कर्तव्य निभाउन थाल्‍न मन लागेको छ, तर केही बाधाहरू छन् र कसरी अघि बढ्ने मलाई थाहै छैन।” यो कुरा सुनेपछि, मैले तुरुन्तै सोचेँ: “यदि तिनले पूर्णकालीन रूपमा आफ्‍नो कर्तव्य निभाउन थाले भने, तिनले अझै छिटो प्रगति गर्नेछन् र चाँडै नै मलाई भेट्नेछन्। यदि अरूले तिनलाई आदर गर्न थाले र म पछि परेँ भने के गर्ने? तिनले जागिर छोड्नुभन्दा पहिले अलिक लामो समय प्रतीक्षा गरे राम्रो हुन्थ्यो।” त्यसकारण मैले तिनलाई भनेँ: “हामीले समर्पित हुन र प्रतीक्षा गर्न सिक्‍नुपर्छ। परमेश्‍वरलाई प्रार्थना गर्नुहोस् र उहाँले तपाईंको लागि उचित समय मिलाउनुहुनेछ।” तर यो भन्‍नेबित्तिकै, मलाई अलिक ग्‍लानि भयो। मैले सोचेँ: “के मैले जियाङ मिङलाई सत्यता पछ्याउनबाट रोकिरहेको छैनँ र?” तर मलाई अझै पनि तिनले मेरो हैसियत खतरामा पार्न सक्‍नेछन् भन्‍ने चिन्ता लाग्यो, त्यसकारण मैले अरू केही भनिनँ। त्यसपछि, जियाङ मिङले परमेश्‍वरमा भरोसा गर्दै आफ्‍ना समस्याहरू समाधान गर्न सके र एक हप्तापछि नै आफ्‍नो जागिर छोडेँ। यो सुन्दा, मलाई जियाङ मिङप्रति खुसी नभएको मात्र होइन, वास्तवमै नरमाइलोसमेत लाग्यो। जियाङ मिङले मेरो सम्‍मान खोसिलानेछन् भन्‍ने चिन्ता लागेको कारण, तिनीसँग सहकार्य गर्दा म कति कुराहरू लुकाउँथेँ। भक्तिको समयमा तिनको स्थितिसँग मिल्‍ने परमेश्‍वरको वचनका खण्डहरू भेट्दा, म विगतमा जस्तै त्यो वचन तिनलाई बताउँदिनथेँ। तिनले आफ्ना समस्याहरूबारे प्रश्‍नहरू लिएर आउँदा, म तिनलाई मेरा अन्तर्ज्ञानहरू बताउँदिनथेँ, किनभने म सोच्थेँ: “यी एकदुई वटा अन्तर्ज्ञानहरू प्राप्त गर्न मलाई दुई वर्ष लाग्यो। यदि मैले तिनलाई सबै कुरा बताएँ भने, तिनले चाँडै प्रगति गर्नेछन् र सबै ब्रदर-सिस्टरहरूले तिनलाई आदर गर्नेछन्। त्यस्तो भयो भने मैले के गर्ने?” केही समयपछि, जियाङ मिङ र मेरो दूरी बढ्यो। हामी एकअर्कासँग खुलेर बोल्‍न छोड्यौँ र एकअर्कालाई सहयोग गर्न छोड्यौँ। हाम्रो कर्तव्यमा अन्तरक्रिया गर्नुपर्दाबाहेक, हामी अरू बेला बिरलै कुराकानी गर्थ्यौँ। मेरो स्थिति अझै खराब भयो र परमेश्‍वरका वचनहरू खाँदा-पिउँदा मलाई कुनै स्पष्ट अन्तर्दृष्टि प्राप्त हुँदैनथ्यो। तैपनि त्यो बेला मेरो स्थितिमा कुनै खराबी छ भन्‍ने मलाई लागेन र खोजी र मनन गर्न म परमेश्‍वरको अघि आइनँ।

पछि, कामका आवश्यकताहरूका कारण, जियाङ मिङ र म छुट्टिनुपर्‍यो र हामीले आ-आफै नयाँ विश्‍वासीहरूलाई मलजल गर्न थाल्यौँ। हामी छुट्टिन लागेका छौँ भन्‍ने सुन्दा, म मनमनै खुशी भएँ: “अबदेखि, मैले तिनीसँग भेलाहरूका लागि विषयवस्तु तयारी गरिरहनु पर्दैन। स्वाभाविक रूपमै, मेरो सहयोगविना, तिनले त्यति चाँडै प्रगति गर्नेछैनन्। मैले बस यसैमा लाग्‍नु र आफ्‍ना परिणामहरू सुधार्नु जरुरी छ र मैले तिनलाई मेरो स्तरमा आइपुग्‍न दिनु हुँदैन। अनि सबैले तिनी असक्षम छन् भनेर देख्‍नेछन् र सत्यता पछ्याउनमा तिनले लगाउने सबै प्रयास व्यर्थ हुनेछ।” एकपटक, भेलापछि, घर फर्कँदै गर्दा जियाङ मिङ र मैले नयाँ विश्‍वासीहरूसँगका हाम्रा भेलाहरू कस्ता भइरहेका छन् भनेर कुरा गरिरहेका थियौँ। तिनले आफू जिम्‍मेवार रहेका कतिपय नयाँ विश्‍वासीहरू भेलाहरूमा सहभागी नभइरहेका र तिनीहरूलाई प्रभावकारी रूपमा मलजल गर्न नसकेको कारण आफू निकै निराश भइरहेको कुरा बताए। यो सुनेपछि, मैले सोचेँ: “तिनले केही समस्याहरू सामना गरिरहेका रहेछन् र तिनी नकारात्मक भएका छन्, त्यसकारण मैले तिनलाई तुरुन्तै सहयोग गर्नुपर्छ।” तर सँगसँगै मलाई मनमनै निकै खुसी पनि लाग्यो र सोचेँ: “आज मेरो भेला निकै राम्रो भयो, र अगुवाले पनि मैले राम्ररी सङ्गति गरेँ भनेर भने।” त्यसपछि जियाङ मिङले मलाई मेरो भेला कस्तो भयो भनेर सोधे। मलाई लाग्यो कि मैले तिनलाई राम्रो भयो भनेर भनेँ भने, तिनी नकारात्मक बन्‍नेछन्, तैपनि धाक नलगाई बस्‍न सकिनँ। म तिनलाई म तिनीभन्दा कति अगाडि छु भनेर देखाउन र तिनको उत्साह सेलाइदिन चाहन्थेँ। त्यसैले, आफूप्रति सन्तुष्ट भएको शैलीमा, मैले तिनलाई भनेँ, “वास्तवमा, मेरो भेला निकै राम्रो भयो।” यो सुनेपछि, जियाङ मिङ अझै निराश देखिए र थप केही बोलेनन्। तिनको उदास भाव देख्दा, मलाई अलिक ग्‍लानि भयो र सोचेँ: “मैले किन मेरो मुखमा बुजो लगाउन नसकेको? के यसले आफ्‍नो कामप्रति जियाङ मिङको जोसमा असर गर्नेछैन र? कति नराम्रो मेरो व्यवहार!” म घरमा पुगेपछि, हामीले थप सङ्गति गर्‍यौँ, तर जियाङ मिङको स्थितिमा अझै सुधार आएन। मैले सोचेँ: “मैले तिनीसँग आफूले सकेजति राम्ररी सङ्गति गरेँ, त्यसकारण तिनको स्थिति अझै खराब छ भने त्यो मेरो समस्या होइन।”

केही दिनपछि, हाम्रो भेलाबाट हामी घर फर्किरहेका बेला, मैले जियाङ मिङलाई तिनको भेला कस्तो भयो भनेर सोधेँ। तिनले नयाँ विश्‍वासीहरू भेलामा सहभागी हुन नचाहने समस्याको विषयमा परमेश्‍वरका वचनहरूबाट सङ्गति गरेको र सङ्गति राम्रो भएको बताए। यो सुन्दा, मलाई अलिक नरमाइलो लाग्यो। आफ्नो सफल भेलालाई तिनको अलिक कम प्रभावकारी सङ्गतिसँग तुलना गर्न नसक्‍ने भएँ भन्‍ने लाग्यो। त्यसकारण, मैले सीधै तिनको सङ्गतिका समस्याहरू औँल्याइदिएँ। फलस्वरूप, तिनले अन्तिममा केही सुधार गरेपछि पनि तिनको स्थिति फेरि नकारात्मकतामै फर्कियो। जियाङ मिङले जवाफ दिए: “अहिले मलाई यति नै थाहा छ, र मैले नयाँ विश्‍वासीहरूसँग आफूलाई जे थाहा छ त्यही विषयमा मात्रै सङ्गति दिन सक्छु।” तिनले यसो भन्दा, मलाई अलिक पछुतो लाग्यो, र सोचेँ: “मैले फेरि जियाङ मिङको जोस चिस्याउने प्रयास गरिरहेको छु! विश्‍वासमा तिनी अलिक नयाँ नै भएको आधारमा हेर्दा त, भेलाहरूबाट केही परिणामहरू प्राप्त गर्नु प्रगतिको लक्षण हो। मैले त तिनलाई प्रोत्साहन दिनुपर्ने हो।” मलाई तिनीसँग साँच्‍चै माफी माग्‍ने मन थियो, तर मलाई अलिक अप्ठ्यारो लाग्यो र तिनले के भन्लान् भन्‍ने चिन्ता लाग्यो। के मैले यसो भनेँ भने के तिनले मलाई क्रूर व्यक्ति ठान्‍नेछैनन् र? यस विषयमा बारम्बार सोचिसकेपछि, मैले अन्तिममा तिनलाई केही नभन्‍ने निर्णय गरेँ। हामी घर जाँदै गर्दा, मैले मनमनै सोचेँ: “म किन यसरी कसैको उत्साह मारिदिन्छु?” मलाई महसुस भयो, म अरू कोही सफल भएको देख्‍न सक्दिनँ रहेछु र ममा जियाङ मिङप्रति डाहा पलाएको रहेछ। तिनले आफ्‍नो स्थिति परिवर्तन गरेर राम्रा नतिजाहरू प्राप्त गर्न थाले भने, ब्रदर-सिस्टरहरूले तिनलाई आदरसाथ हेर्न र प्रशंसा गर्न थाल्‍नेछन् र मलाई पुरै बिर्सनेछन् भन्‍ने चिन्ता लाग्थ्यो। तिनले आफूलाई विशिष्ट नतुल्याऊन् भनेर, मैले तिनलाई आक्रमण गरेँ र नकारात्मक बनाएँ। यो महसुस गरेपछि, मलाई निकै नरमाइलो लाग्यो र ग्‍लानि भयो। म घरमा पुग्‍नेबित्तिकै, परमेश्‍वरलाई प्रार्थना गरेँ र म पश्‍चात्ताप गर्न र परिवर्तन हुन तयार छु भनेर बताएँ, अनि मलाई मेरो भ्रष्ट स्वभाव चिन्‍न अगुवाइ गर्नुहोस् भनेर अनुरोध गरेँ।

खोजी गर्ने क्रममा, मैले परमेश्‍वरका केही वचनहरू भेट्टाएँ: “कतिपय मानिस आफूभन्दा अरू उत्तम होलान् वा उच्‍च होलान्, र आफूलाई बेवास्ता गरिँदा अरूलाई मान्यता मिल्ला भनेर सधैँ डराउँछन्, र यसले गर्दा तिनीहरू अरूलाई आक्रमण र बहिष्कार गर्छन्। के यो प्रतिभावान्‌ मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो एउटा क्रूर स्वभाव हो। आफ्‍ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्‍वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई मन पराउनुहुन्न(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। “यदि कसैले सत्यतालाई प्रेम गर्छु भन्छ र ऊ सत्यताको पछि लाग्छु भनी भन्छ, तर सारगत रूपमा उसको पछ्याउने लक्ष्य भनेको, आफैलाई पृथक तुल्याउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई आफ्नो बारेमा उच्‍च सोच्ने बनाउनु, आफ्ना आफ्नै स्वार्थ पूरा गर्नु हो र ऊ परमेश्‍वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैन, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छ भने, उसको पछ्याइ अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, उसका कार्यहरू बाधा-व्यवधान हुन्छन् कि उसले यसलाई अगाडि बढाउन सहयोग गर्छ? ऊ स्पष्ट रूपमा बाधा-व्यवधान हो; ऊ यसलाई अगाडि बढाउँदैन। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने, आफ्नै उद्यममा संलग्न हुने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले आधारभूत रूपमा बाधा दिन्छन्, अवरोध पुऱ्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू सामान्य रूपमा कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्‍ने कुरामा असर पुर्‍याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्‍न गर्छ, उनीहरूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्‍याउँछ—र यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्छ र बरबादीमा पुर्‍याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको मार्ग हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? … मानिसहरूले आफ्ना हितहरू पछ्याउनुको त्रुटि भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानी हुन्—र ती दुष्ट र अन्यायपूर्ण लक्ष्यहरू हुन्। जब मानिसहरूले ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरू पछ्याउँछन्, उनीहरू अनजानमै शैतानको औजार, शैतानका लागि निकासद्वार, र त्योभन्दा पनि बढी, शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्‍वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्‍याउने र विनाश गर्ने हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्‍वरका वचनहरूले मेरो वर्तमान स्थितिलाई एकदमै सही रूपमा खुलासा गरे। जियाङ मिङले जीवनमा चाँडो प्रगति गरेको र ब्रदर-सिस्टरहरू सबैले तिनलाई आदरको नजरले हेर्न थालेको देख्दा, मलाई तिनले मेरो आदर चोर्नेछन् र अरूले मलाई गर्ने प्रशंसा खोस्नेछन् भन्‍ने चिन्ता लाग्यो, त्यसकारण म जानीजानी तिनीबाट टाढा भएँ। परमेश्‍वरका वचनहरू खाएर-पिएर अन्तर्दृष्टि प्राप्त गर्दा, म तिनलाई त्यो बाँड्न चाहँदिनथेँ। तिनले आफ्‍नो कर्तव्यमा पूर्णकालीन रूपमा लागिपर्ने आफ्‍नो इच्‍छा व्यक्त गर्दा, तिनलाई बाधा दिनका लागि मैले जानीजानी केही कुराहरू बताएँ। तिनले आफ्‍नो कर्तव्यमा कठिनाइहरू सामना गर्दा, असल नतिजाहरू प्राप्त नगर्दा, र नकारात्मक बन्दा, मैले तिनको अघि मेरो काम कति राम्रो छ भनेर धाकसमेत लगाएँ, जसले गर्दा तिनी अझै उदास भए। त्यसपछि, जब तिनले अन्तिममा आफ्‍नो स्थिति परिवर्तन गरेर प्रगति गर्न थाले, मैले तिनको सङ्गतिमा देखिएका कमीकमजोरीहरू कोट्याउँदै जानीजानी तिनलाई आक्रमण गरेँ। के परमेश्‍वरका वचनहरूले खुलासा गरेजस्तै प्रतिभावान् व्यक्तिप्रति मैले डाहा गरिरहेको थिइनँ र? म आफ्‍नै प्रतिष्ठा र हैसियतबारे मात्रै चिन्ता गर्थेँ, त्यसैले जियाङ मिङ नकारात्मकतामा जिउँदा त्यसले तिनको मलजलको काममा असर गर्नेछ र नयाँ विश्‍वासीहरूलाई आफ्‍नो जीवनमा प्रगति गर्नबाट रोक्‍नेछ भन्‍ने महसुस गरिनँ। मलजलको काम कति महत्त्वपूर्ण छ भनेर मलाई राम्ररी थाहा थियो, तैपनि मैले जियाङ मिङलाई आक्रमण गरेँ। के मैले शैतानको दासजस्तो व्यवहार गर्दै मण्डलीको काम बिथोलिरहेको र नष्ट गरिरहेको थिइनँ र? म कति स्वार्थी, घृणित र क्रूर रहेछु! हामीले एकअर्काको सबलता र कमीकमजोरी परिपूर्ति गरेर नयाँ विश्‍वासीहरूलाई राम्ररी मलजल गर्न सकौँ भनेर मण्डलीले म र जियाङ मिङलाई कामको साझेदारी गर्न लगाएको थियो। तर मैले जियाङ मिङको सबलताबाट सिक्‍न नसकेको र एकअर्कालाई सहयोग गर्न र सँगै प्रवेश गर्नबाट रोकेको मात्र थिइनँ, म त तिनीप्रति डाहा र अप्रसन्‍नताले समेत भरिएको थिएँ र तिनले मलाई उछिन्लान् भन्‍ने डरले आफूलाई थाहा भएको सत्यता पनि तिनीसँग बाँड्दिनथेँ। म डाही, स्वार्थी र घृणित स्थितिमा अल्झिएको थिएँ। मेरो हृदय अँध्यारो र निराश बन्‍नु र मैले परमेश्‍वरका वचनहरू खाएर-पिएर कुनै स्पष्ट अन्तर्दृष्टि नपाउनु आश्‍चर्य थिएन। परमेश्‍वरले मलाई पिठ्यूँ फर्काउनुभएको थियो। म साँच्‍चै नै अनिश्‍चित स्थितिमा थिएँ र मैले सक्दो चाँडो परमेश्‍वरको अघि पश्‍चात्ताप गर्नुपर्थ्यो।

पछि, मैले परमेश्‍वरका केही वचनहरू भेट्टाएँ: “ख्रीष्टविरोधीहरूले सार्वजनिक रूपमै मानिसहरूलाई गर्ने दमन, बहिष्कार, आक्रमण, र मानिसका समस्याहरू खुलासा गर्ने कार्यहरू सबै लक्षित हुन्छन्। निःसन्देह नै, तिनीहरूले सत्यता खोजी गर्ने र तिनीहरूलाई चिन्‍न सक्‍ने मानिसहरूलाई निसाना बनाउन यस्ता विधिहरू प्रयोग गर्छन्। यी मानिसहरूलाई चकनाचूर पारेर, तिनीहरूले आफ्‍नै स्थान दह्रिलो बनाउने उद्देश्य हासिल गर्छन्। यसरी मानिसहरूलाई आक्रमण र बहिष्कार गर्नु दुर्भावपूर्ण प्रकृति हो। तिनीहरूको भाषा र बोल्ने शैलीमा आक्रामकता: खुलासा गर्ने, दोष लगाउने, निन्दा गर्ने, र दुष्ट लाञ्छना लगाउने स्वभाव हुन्छ। तिनीहरूले तथ्य बङ्ग्याएर सकारात्मकलाई नकारात्मक अनि नकारात्मकलाई सकारात्मकसमेत बताउँछन्। यसरी कालोलाई सेतो र सेतोलाई कालो भन्दै सही र गलतलाई उल्टोपाल्टो पार्दा मानिसहरूलाई पराजित गर्ने र तिनीहरूको बदनाम गर्ने ख्रीष्टविरोधीहरूको उद्देश्य पूरा हुन्छ। मतविरोधीहरूलाई यसरी आक्रमण र बहिष्कार गर्ने यो कार्य कस्तो मानसिकताबाट उत्पन्न हुन्छ? धेरैजसो यो ईर्ष्यालु मानसिकताबाट आएको हुन्छ। क्रूर स्वभावमा, डाहले कठोर घृणा बोकेको हुन्छ; अनि डाहका कारण ख्रीष्टविरोधीहरूले मानिसहरूलाई आक्रमण र बहिष्कार गर्ने गर्छन्। यस्तो परिस्थितिमा, यदि ख्रीष्टविरोधीहरूलाई खुलासा र रिपोर्ट गरियो, तिनीहरूले आफ्‍नो हैसियत गुमाए, र तिनीहरूलाई आघात भयो भने, तिनीहरू अवज्ञाकारी र असन्तुष्ट हुनेछन्, र तिनीहरूलाई उग्र रूपमा प्रतिशोधी बन्‍न झन् सजिलो हुनेछ। प्रतिशोधीता एक प्रकारको मानसिकता हो, र यो भ्रष्ट स्वभावको प्रकार पनि हो। जब ख्रीष्टविरोधीहरूले कसैले तिनीहरूलाई हानि गर्ने काम गरेको, अरू तिनीहरूभन्दा सक्षम रहेको, वा कसैको अभिव्यक्ति र सुझाव तिनीहरूको भन्दा असल वा बुद्धिमानी रहेको, र सबैजना त्यस व्यक्तिको अभिव्यक्ति र सुझावमा सहमत भएको देख्छन्, तब तिनीहरूलाई तिनीहरूको पद खतरामा परेझैँ लाग्छ, तिनीहरूको हृदयमा डाह र घृणा पैदा हुन्छ, र तिनीहरूले आक्रमण गर्छन् र बदला लिन्छन्। बदला लिने क्रममा, ख्रीष्टविरोधीहरूले प्राय: आफ्नो निसानालाई पहिले नै प्रहार गरिहाल्छन्। जबसम्‍म अर्को पक्षले भनेको मान्दैन, तबसम्‍म तिनीहरूले पूर्वसक्रिय रूपमै मान्छेलाई आक्रमण गर्ने र तोड्ने काम गर्छन्। त्यसपछि मात्रै तिनीहरूलाई आफ्नो रिस मरेको झैँ लाग्छ। मानिसहरूलाई आक्रमण र बहिष्कार गर्ने कार्यका अन्य प्रकटीकरणहरू के-के हुन्? (अरूलाई होच्याउनु।) अरूलाई होच्याउने कार्य पनि यो प्रकट हुने एउटा तरिका हो; तैँले जति नै राम्ररी काम गरे पनि, तँ नकारात्मक र कमजोर भएर खडा हुन नसक्‍ने अवस्थामा नपुगुन्जेल, ख्रीष्टविरोधीहरूले तँलाई होच्याउने छन् वा दोष दिनेछन्। त्यसपछि तिनीहरू खुसी हुनेछन्, र तिनीहरूले आफ्‍नो उद्देश्य पूरा गरेका हुनेछन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण गर्छन् र बहिष्कार गर्छन्)। “ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा मानिसहरूको हृदय जित्न, विरोधीहरूलाई आक्रमण गर्न र बहिष्कार गर्न, तिनीहरूको हैसियतलाई दह्रिलो बनाउन, शक्ति कब्जा गर्न, र मानिसहरूलाई नियन्त्रण गर्नका लागि हुन्छ। यी कार्यहरूको प्रकृति के हो? के तिनीहरूले सत्यता अभ्यास गरिरहेका हुन्छन्? के तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरूमा प्रवेश गर्न र परमेश्‍वरको अघि आउन अगुवाइ गरिरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्‍वरसँग उहाँको चुनिएका मानिसहरूका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, मानिसहरूको हृदयका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गरिरहेका हुन्छन्। मानिसहरूको हृदयमा कसका लागि स्थान हुनुपर्छ? परमेश्‍वरका लागि स्थान हुनुपर्छ। तर ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा यसको ठीक विपरीत हुन्छ। तिनीहरूले मानिसहरूको हृदयमा परमेश्‍वर वा सत्यतालाई स्थान लिन दिँदैनन्; बरु, तिनीहरूले मानिस, अर्थात् अगुवाका रूपमा रहेको आफूलाई, र शैतानलाई मानिसहरूको हृदयमा स्थान लिन दिन चाहन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्‍वरका वचनहरूमार्फत मैले ख्रीष्टविरोधीहरूले आफूभन्दा प्रतिभावान् मानिसहरूप्रति डाहा गर्छन् भन्‍ने थाहा भयो। आफ्‍नो हैसियत रक्षा गर्न र सुदृढ पार्नको लागि, तिनीहरूले अरूलाई आक्रमण र बहिष्कार गर्छन्। सारगत रूपमा, तिनीहरूले सबैको हृदयमा स्थान पाउन चाहन्छन् र मानिसहरूका लागि परमेश्‍वरसँग होड गरिरहेका हुन्छन्। के मैले जियाङ मिङप्रति त्यस्तै व्यवहार गरिनँ र? तिनले आफ्‍नो कर्तव्यमा केही नतिजाहरू प्राप्त गर्न र नकारात्मक नहुन थालेका मात्र के थिए, मैले जानीजानी तिनको कामका गल्तीहरू कोट्याएँ र तिनलाई क्षमताभन्दा माथिको मापदण्ड पूरा गर्न लगाएँ। मलजलको काम गाह्रो छ र तिनी काम गर्न सक्षम छैनन् भन्‍ने सोच्‍न लगाएर, मैले तिनलाई नकारात्मकतामै फर्काएँ। मैले जियाङ मिङलाई कसरी आक्रमण गरेँ भन्‍नेबारेमा मनन गर्दा महसुस भयो कि म त सबै ब्रदर-सिस्टरहरूले मलाई नै आदर गरून् र मेरै पूजा गरून् भन्‍ने चाहने रहेछु। कसैले तिनीहरूलाई काममा सबैभन्दा प्रभावकारी र सत्यता खोजी गर्नमा सबैभन्दा लगनशील को हो भनेर सोध्दा तिनीहरूले मेरो बारेमा सोचून् भन्‍ने चाहन्थेँ। मलाई हरेक ब्रदर-सिस्टरको हृदयमा स्थान लिने ठूलो इच्‍छा थियो। राज्यको युगमा परमेश्‍वरले जारी गर्नुभएका प्रशासनिक आदेशहरूमा, उहाँले मानिसले परमेश्‍वरको मात्रै बढाइ गर्नुपर्छ भनेर आदेश दिनुभएको छ, तैपनि मैले सबैलाई मेरो आदर र आराधना गर्न लगाउने प्रयास गरिरहेँ। के मैले परमेश्‍वरलाई विरोध गरिरहेको थिइनँ र? जियाङ मिङ आफै नयाँ विश्‍वासी थिए र तिनले गहिरो जग बसालेका थिएनन्—यदि तिनी मेरा आक्रमणहरूका कारण लामो समय नकारात्मता बन्थे भने, यसले परमेश्‍वरमाथिको तिनको विश्‍वास र तिनको कर्तव्यमा असर गर्नेथ्यो। तिनले मण्डली छोड्नेबारेमा समेत सोच्‍न सक्थे। तिनी आफ्‍नो विश्‍वासमा दह्रिलो नै भएको भए पनि, मेरा आक्रमणहरूको कारण तिनको जीवनप्रवेशमा बाधा पुगेर नयाँ विश्‍वासीहरूको जीवनको प्रगतिमा असर पर्नेथ्यो। परमेश्‍वरको काम समाप्त हुन लागेको छ र सत्यता पछ्याउनका लागि मानिसहरूसँग त्यति धेरै समय बाँकी छैन। यदि मैले मेरा ब्रदर-सिस्टरहरूलाई आफ्‍नो कर्तव्य निभाउन सहयोग गरिनँ, र यसप्रतिको तिनीहरूको जोसलाई समेत मारेँ भने, के यसले तिनीहरूको जीवनप्रवेशमा ढिलाइ र असर गर्नेछैन र? शैतानले हामीलाई नियालिरहेको हुन्छ र हामी प्रत्येकले नकारात्मकता र कमजोरीमा परेर परमेश्‍वरबाट टाढा होऔँ र उहाँलाई धोका दिऔँ भन्‍ने चाहन्छ। तैपनि मैले शैतानको भूमिका खेलेर यसको दासझैँ व्यवहार गरिरहेको थिएँ—म कति खत्तम रहेछु! मेरो व्यवहारले मेरो ख्रीष्टविरोधी स्वभावको स्पष्ट खुलासा गरिसकेको थियो। म ख्रीष्टविरोधी मार्गमा हिँडिरहेको थिएँ र मैले चाँडै पश्‍चात्ताप गर्थिनँ भने, परमेश्‍वरले मलाई घृणा र इन्कार गर्नुहुनेथ्यो। यो महसुस गरेपछि, मलाई अलिक डर लाग्यो, त्यसकारण मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर! म स्वार्थी र घृणित बनेको छु, र प्रसिद्धि र हैसियतप्रति साह्रै मरिहत्ते गर्ने भएको छु। म आफूलाई त्यागेर तपाईंका वचनहरूअनुसार जिउन तयार छु। बिन्ती छ मलाई अगुवाइ गर्नुहोस्।”

प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरूका यी खण्डहरू भेट्टाएँ: “जब तँमा स्वार्थी मनसायहरू र आफैलाई नाफा हुने षड्यन्त्रहरू देखा पर्छन्, र तैँले यो कुरा महसुस गर्छस्, तब तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र यसलाई समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। सर्वप्रथम, तँलाई यो थाहा हुनुपर्छ कि सारमा, यसरी व्यवहार गर्नु भनेको सत्यता सिद्धान्तहरूको उल्लङ्घन गर्नु हो, यो मण्डलीको कामका लागि हानिकारक हुन्छ, यो स्वार्थी र घृणित व्यवहार हो, र यो विवेक र समझ भएको मानिसहरूले गर्न हुने कुरा होइन; तँलाई यो थाहा हुनुपर्छ कि तैँले आफ्‍ना हित र स्वार्थी मनसायहरूलाई पन्छ्याउनुपर्छ, र मण्डलीको कामबारे सोच्‍नुपर्छ—यसो गर्नु परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ। प्रार्थना र आत्मचिन्तन गरिसकेपछि, यदि तैँले साँच्‍चै नै त्यसरी व्यवहार गर्नु स्वार्थी र घृणित कार्य हो भनेर महसुस गरिस् भने, तेरा स्वार्थी मनसायहरूलाई पन्छ्याउन सजिलो हुनेछ। जब तँ आफ्ना स्वार्थी मनसायहरू र नाफाका लागि तैँले गरेका षड्यन्त्रहरू पन्छ्याउँछस्, तब तँलाई आफू स्थिर भएको महसुस हुनेछ, तँ शान्त र आनन्दित हुनेछस्, र तैँले विवेक र समझ भएको मानिसले मण्डलीको कामबारे सोच्नुपर्छ, सधैँ आफ्नै व्यक्तिगत हितहरूमा ध्यान दिनु हुँदैन, त्यसो गर्नु अति स्वार्थी, घृणित, अनि विवेक र समझहीन कुरा हुनेछ भनी महसुस गर्नेछस्। स्वार्थी मनसायहरू नराख्नु र आफ्ना कार्यहरूमा मण्डलीको कामलाई ख्याल गर्न सक्नु, अनि परमेश्‍वरलाई सन्तुष्ट पार्नका लागि मात्र काम गर्नु निष्ठा हो, र यसले तेरो अस्तित्वमा मोल थप्‍नेछ। पृथ्वीमा यस तरिकाले जिउँदा, तँ इमानदार र निष्कपट भइरहेको हुन्छस्, तँ सामान्य मानवता र साँचो मानवको स्वरूप जिइरहेको हुन्छस्, र तँमा शुद्ध विवेक हुनुका साथै तँ परमेश्‍वरले तँलाई प्रदान गर्नुभएका सबै कुराहरूको निम्ति योग्य हुनेछस्। तँ जति बढी यस प्रकारले जिउँछस्, त्यति नै बढी स्थिर भएको महसुस गर्नेछस्, त्यति नै बढी शान्त र हर्षित बन्‍नेछस्, र त्यति नै बढी छर्लङ्ग भएको अनुभूति गर्नेछस्। के यसरी तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा पाइला टेकेको हुँदैनस् र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। “यदि तँ साँच्‍चै परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछस्। यदि तैँले असल व्यक्तिलाई सिफारिस गर्छस् र उसलाई तालिम लिन र कर्तव्य निर्वाह गर्न दिन्छस्, र यसरी परमेश्‍वरको घरमा एक प्रतिभावान्‌ व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तँ आफ्नो कर्तव्यमा अर्पित भइरहेको हुनेछैनस् र? त्यो परमेश्‍वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए: मैले आफ्‍नो स्वार्थ पछ्याउन छोड्नुपर्थ्यो, परमेश्‍वरको इच्‍छालाई ध्यान दिएर मण्डलीको काम रक्षा गर्नुपर्थ्यो। जियाङ मिङमा क्षमता थियो, त्यसकारण मैले तिनलाई अझै बढी सहयोग गर्नुपर्थ्यो ताकि तिनले सक्दो चाँडो नयाँ विश्‍वासीलाई मलजल गर्ने कार्यमा काँध हाल्‍न सकून्। मानवता भएको व्यक्तिले गर्नुपर्ने यही थियो। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “कार्यहरू उस्तै छैनन्। एउटा शरीर छ। तिमीहरूमध्ये प्रत्येकले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, अनि तिमीहरूमध्ये प्रत्येकले आफ्नो स्थानमा रहँदै आफूले सक्दो गर्नुपर्छ—प्रत्येक झिल्काका लागि प्रकाशको एउटा चमक हुनुपर्छ—र तिमीहरूले जीवनमा परिपक्वता खोज्नुपर्छ। यसो गरेमा म सन्तुष्ट हुनेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २१)। परमेश्‍वरले हामीहरू प्रत्येकलाई फरकफरक प्रतिभा र सीपहरू दिनुभएको हुन्छ ताकि मण्डलीमा हामीले आ-आफ्नो कर्तव्य राम्ररी निभाउन ती प्रयोग गर्न सकौँ। सृष्टि गरिएको प्राणीको रूपमा हामीले यही गर्नुपर्थ्यो। जियाङ मिङ र म दुवैले मण्डलीमा निश्‍चित भूमिका पाएका थियौँ, त्यसकारण मैले तिनको डाहा गर्नु र तिनलाई बहिष्कार गर्नु हुँदैनथ्यो। मैले तिनीसँग मैत्रीपूर्ण रूपमा सहकार्य गर्नुपर्थ्यो र कर्तव्य पूरा गर्न मिलेर काम गर्नुपर्थ्यो र परमेश्‍वरको गवाही दिनुपर्थ्यो—यसरी काम गर्नुको मात्रै मूल्य हुन्थ्यो।

पछि, मैले त्यो अवधिको आफ्‍नो स्थितिको बारेमा र आफ्‍नो विषयमा के बुझेँ भन्‍नेबारेमा जियाङ मिङसँग खुलस्त सङ्गति गरेँ। हाम्रो सङ्गतिपछि, मलाई निकै शान्ति र ढुक्‍क लाग्यो। मलाई म फेरि पनि ज्योतिमा जिइरहेको छु, लामो समय स्याँस्याँ र फ्याँफ्याँ गरेपछि ताजा हावाको लामो सास फेर्न पाएको छु जस्तो लाग्यो। मलाई बल्‍ल सहज महसुस भयो र जियाङ मिङ र म धेरै नजिक बन्यौँ। त्यसपछि, हामीले नयाँ विश्‍वासीहरूलाई मलजल गर्न मिलेर सहकार्य गर्ने पारस्परिक सङ्कल्‍प गर्‍यौँ। त्यहाँदेखि, हामी प्राय आफ्‍नो वर्तमान स्थितिबारे एकअर्कासँग खुलस्त कुरा गर्थ्यौँ र नयाँ विश्‍वासीलाई मलजल गर्ने विषयमा हामीले भेट्टाएका विभिन्‍न अभ्यासका मार्गहरू एकअर्कासित बाँड्थ्यौँ। जियाङ मिङलाई समस्याहरू आइपर्दा, म तिनलाई सहयोग गर्नलाई सत्यताबारे सङ्गति गर्न सक्दो गर्थेँ। मैले जियाङ मिङका सबल पक्षहरूबाट पनि फाइदा लिएँ। उदाहरणको लागि, मैले तिनले सङ्गतिमा बाँडेका निश्‍चित अन्तर्दृष्टिहरूबाट धेरै कुरा सिकेँ, जसको बारेमा मैले पहिले कहिल्यै सोचेको थिइनँ। यसबाट, मैले के महसुस गरेँ भने, आफ्‍नो अनुभव र आफूले सिकेका कुराहरूबारे अरूसित खुलेर बताउनु र सङ्गति गर्नु अरूलाई भरणपोषण गर्ने कार्य मात्र होइन। सत्यता अभ्यास गरेर, सङ्गति गर्दा यसले हाम्रो आफ्‍नै कमजोरी सुधार्न र पवित्र आत्माको अझै धेरै काम प्राप्त गर्न पनि सहयोग गर्छ। वास्तवमा, सही अभिप्राय राख्दा, हाम्रा कमजोरीहरू परिपूर्ति गर्न अरूका सबल पक्षहरूबाट सिक्दा, अनि परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्दा, हामी सबैलाई फाइदा हुन्छ र हामीले आफ्‍नो जीवनमा प्रगति गर्न सक्छौँ।

सम्बन्धित विषयवस्तु

मेरो आत्माले स्वतन्त्रता पायो

मिबु, स्पेन“आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्