हैसियतको पछि लाग्दा आइपर्ने दुःख

20 जनवरी 2022

झेङ युआन्, चीन

सन् २०१७ मा, म मण्डली अगुवा चयन भएँ, र थुप्रै मण्डलीहरूको कामको देखरेख गर्न मेरा दुई जना पार्टनर सिस्टरहरू थिए। यी सिस्टरहरूले, तिनीहरूले भन्दा मैले छिटो काम गरेकी अनि कामबारे छलफल गरेको बेला केही व्यावहारिक सुझावहरू दिएकी देख्दा, तिनीहरू एकदमै डाही भए र मसित काम गर्ने राम्रो गुण र खुबी छ भनेर बताए। यी सिस्टरहरूले त्यसो भनेको सुनेर म असाध्यै खुसी भएँ। मैले सोचेँ, “विगतमा, म काम गर्ने कम्पनीका हाकिमले मलाई सर्काउँथे, र परमेश्‍वरमा विश्‍वास गरेपछि, मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई सहयोग गर्थे। अहिले, अगुवाको रूपमा कर्तव्य पूरा गर्दा, मेरा पार्टनरहरूले पनि मेरो मान गर्छन्। हुन सक्छ, मसित वास्तवमै कुनै खुबी छ। ममाथिका अगुवाहरूले मेरा क्षमता देख्दा, अवश्यै म मेरा पार्टनरहरूभन्दा राम्रो छु भनेर भन्नेछन्।” यी कुराहरू सोच्दा, आफ्ना कर्तव्य पूरा गर्न म अझ धेरै प्रेरित समेत भएँ। समयको दौडान, मण्डलीको कामबारे धेरैजसो निर्णयहरू म नै गर्थें। मेरा पार्टनर सिस्टहरूले मैले उनीहरूका लागि जे प्रबन्ध गर्थें त्यही गर्थे, र मलाई त्यो अनुभूति गर्दा असाध्यै मजा लाग्थ्यो।

पछि, अगुवाहरूले हामीसित सिस्टर चेनलाई सामेल गराए। सभाहरूमा, तिनको सङ्गति एकदमै व्यावहारिक भएको मैले देखेँ। तिनको पार्टनर बनेर मलाई फाइदा हुन सक्छ भन्ने मलाई लाग्यो, त्यसैले म एकदमै खुसी थिएँ। तर त्यसपछि, हरेक सभामा, सिस्टर चेनको सङ्गति एकदमै व्यावहारिक र तेज भएको अनि दाजुभाइ-दिदीबहिनीहरूले तिनको कुरा ध्यानपूर्वक सुनेको र सहमतिमा मुन्टो हल्लाएको देख्दा, मलाई चिन्ता लाग्न थाल्यो। मैले सोचेँ, “सभा र सङ्गति मेरो हातमा थियो, तर अहिले सबै जनाले तिनको सङ्गति सुन्न चाहन्छन्, त्यसैले भविष्यमा कसले पो मेरो मान गर्नेछ र?” म अत्यन्तै ईर्ष्यालु भएँ किनभने तिनले मलाई पछि पार्छिन् भनेर म डराएकी थिएँ। त्यसपछि, मैले के देखेँ भने, दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना कर्तव्यमा कुनै समस्या भोग्दा, सिस्टर चेनले तुरुन्तै मदत गर्न सङ्गति गर्न सक्थिन्, र कामलाई एकदमै चाँडो लागू गर्थिन्। विगतमा, सही कर्मचारी पाउन नसकेको कारण एउटा समूह स्थापित भएको थिएन, तर तिनलाई त्यो स्थापित गर्न धेरै समय लागेन। हाम्रा अगुवाहरू सभाहरूमा आउँदा, तिनले पनि मण्डली कामबारे राम्रा सुझावहरू दिने गर्थिन्। यी सबै कुराले गर्दा म ईर्ष्यालु र डाही भएँ। मसित पनि त्यही स्तरको क्षमता भएको मैले चाहना गरेँ ताकि दाजुभाइ-दिदीबहिनीहरूले मलाई अझ धेरै मान गरून्। अगुवाहरूले तिनलाई अन्य कतै स्थानान्तरण गरून् भन्ने चाहना समेत मैले गरेँ ताकि कसैले पनि मेरो लोकप्रियता खोस्न नसकून् अनि दाजुभाइ-दिदीबहिनीहरूले मलाई सबैभन्दा श्रेष्ठ ठानून्। पछि, थुप्रै मण्डलीहरूमा चुनाव भए र ती व्यवस्थापन गर्न अगुवाहरूले सधैँ सिस्टर चेनलाई मदत मागे। यसले गर्दा मलाई साह्रै अप्ठ्यारो लाग्यो। तिनीहरूले चुनावहरू व्यवस्थापन गर्न अरूलाई बुझ्न सक्ने योग्य व्यक्तिहरूलाई अह्राएका थिए। पहिला, अगुवाहरूले सधैँ मलाई मदत माग्थे। अहिले, तिनीहरूले सिस्टर चेनलाई मदत मागे। यस्तो लाग्थ्यो, तिनी अगुवाहरूका लागि अत्यन्त महत्वपूर्ण हुन्, र म चाहिँ केही पनि होइन। विशेषगरी पछि, मण्डलीका महत्वपूर्ण थुप्रै कामहरूका लागि, अगुवाहरूले सिस्टर चेनलाई इन्चार्ज राखे, जसले गर्दा मलाई अझ धेरै अन्याय भएको महसुस भयो।

एक पटक, मण्डलीले अगुवाहरू र डिकनहरूको पुनः चुनाव गराउनुपऱ्यो, र यस मण्डलीका कर्मचारीबारे सिस्टर चेनलाई विस्तृत जानकारी थाहा थिएन, चुनिएका पानी हाल्ने डिकन खराब स्थितिमा थिइन् र आफ्नो कर्तव्यमा निष्क्रिय र लापरवाह थिइन्। यी सिस्टर पानी हाल्ने डिकन बन्न योग्य छैनन् भनेर मलाई स्पष्टसित थाहा थियो, तर म सिस्टर चेनप्रति ईर्ष्यालु भएकी हुनाले, मैले केही पनि बताउन चाहिनँ। मैले सोचें, “तिमीले यी सिस्टर रोज्यौ, त्यसैले यो गलत छनोट गर्नु तिम्रो दोष हो। हेरौं, तिमीले चुनेको व्यक्तिले वास्तवमै काम गर्न सक्छिन् कि सक्‍दिनन्।” तिनलाई असक्षम भएको दोष लाग्नअघि र राजीनामा दिनुअघि तिनले केही महिना पानी हाल्ने काम गरिन्। पछि, सिस्टर चेनले मलाई मानिस खुसी पार्ने व्यक्ति बनेकोमा र आफूलाई थाहा भएको समस्या नऔंल्याएकोमा दुई पटक आलोचना गरिन्, मैले बहस त गरिनँ, तैपनि मनमनै सोचेँ, “यस कामको इन्चार्ज तिमी हौ र यो राम्रोसित गरियो भने तिमीले श्रेय पाउँछौ। मैले किन धेरै बोल्ने?” त्यस समयको दौडान, सिस्टर चेनले सधैँ मलाई दिक्क पारिन् र म तिनीसित अत्यन्तै रुष्ट भएँ। मेरो महिमा खोसेकोमा तिनलाई म घृणा गर्थें, र म दुःखी थिएँ। पछि, सिस्टर चेनलाई आफ्नो काममा समस्या आइपऱ्यो र मलाई राय मागिन्, र मैले मन नलागी-नलागी जवाफ दिएँ। त्यसरी मैले सतही रूपमा तिनीसित आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ, तर कामबारे कुनै कुराकानी हुँदैनथियो वा हामीबीच आपसी सहयोग पटक्कै थिएन। एक पटक, सिस्टर चेन जिम्मेवार भएको काममा समस्याहरू आइपरे, र हाम्रा अगुवाले यसको लागि तिनलाई सभामा आलोचना गरिन्। सिस्टर चेन आत्म-ग्लानिले रुँदा, म खुसी भएँ र मनमनै रमाएँ, “अब दाजुभाइ-दिदीबहिनीहरूले तिम्रो वास्तविक क्षमता देख्छन्। उप्रान्त तिमी त्यत्तिका असल देखिँदैनौ र यहाँ मैले आफ्नो खुबी देखाउने मौका पाउँछु जस्तो छ।” पछि, अगुवाहरूले सिस्टर चेनलाई अझै धेरै मोल गरेको देखेर म छक्क परेँ। तिनले अझै मण्डलीका थुप्रै महत्वपूर्ण कामहरूका लागि जिम्मेवारी पाए, र वास्तवमा म हतोत्साहित भएँ। मलाई आफ्नो कर्तव्यमा सबै चासो हरायो। तीसित मलाई दिक्क समेत लाग्न थाल्यो। एक पटक, भिडियो टोलीलाई केही समस्या आइपऱ्यो, र सिस्टर चेनले मलाई ती समाधान गर्न अह्राइन्। म झन्झट लिन चाहँदिनथिएँ। मैले सोचेँ, “यदि मैले यो गरेँ भने, श्रेय त तिमीले नै पाउँछौ र कसैले पनि मेरो मान गर्नेछैन। तिमी आएदेखि नै यस कामको जिम्मेवार तिमी भएकी छौ, त्यसैले, आफै गएर त्यो सम्हाल।” मेरो दुष्ट विचार पनि खुलासा भयो, “तिमी आफ्नो काममा विफल हौ भन्ने म आशा गर्छु ताकि कसैले पनि तिम्रो मान नगरोस्।” मैले एकदमै जोर दिएर भनेँ, “म जाँदिनँ।” त्यति बेला, मैले सिस्टर चेनलाई असहाय भएर चुपचाप बसिरहेकी देखेँ, र मलाई पनि अलिकति अप्ठ्यारो लाग्यो, किनभने मण्डलीको काम हाम्रो साझा कर्तव्य हो र मैले यो गर्नुपर्छ भनेर मलाई थाहा थियो, त्यसैले, मन नलागी-नलागी जान राजी भएँ। तर मेरा अभिप्रायहरू गलत थिए, म सिस्टर चेनभन्दा उत्तम छु भनेर प्राणित गर्न चाहन्थेँ, त्यसैले, मैले आफ्नो कर्तव्यमा परमेश्‍वरको सुरक्षा र मार्गदर्शन गुमाएँ, र भिडियो टोलीका समस्याहरू कहिल्यै समाधान भएनन्। त्यस अवधिमा, म प्रसिद्धि र सफलताको लागि लडाइ गर्ने स्थितिमा जिएँ, मेरो आत्मा अन्धकारमा डुब्यो र मैले सधैँ आफ्नो कर्तव्यमा थप प्रगति गर्न सकिनँ। मैले यो भन्ने आँट गरिनँ किनभने तुच्छ ठानिनेछु भनेर म डराएँ। मैले देखरेख गरेको कुनै पनि काम प्रभावकारी भएन। त्यसपछि म विशेषगरी दुःखी भएँ। मैले सोचेँ, “मैले आफ्नो कर्तव्य एकदमै राम्रोसित निर्वाह गर्ने गर्थें, मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई समर्थन गर्थे र मेरा पार्टनरहरूले प्रायः मेरो कुरा सुन्थे, तर अहिले म दयनीय भएकी छु। सिस्टर चेन यहाँ भएकीले गर्दा म कुनै कुरा राम्ररी गर्न सक्दिनँ जस्तो मलाई लाग्छ।” त्यति बेला, सिस्टर चेनलाई देख्दा मलाई घृणा लाग्थ्यो। तिनलाई देख्न नपरोस् भनी म अन्य कतै जान चाहन्थेँ।

त्यसपछि, मैले देखरेख गरेका मण्डलीहरूमा धेरै समस्याहरू आइपरे। मण्डली कामको हरेक पक्ष अप्रभावकारी भयो, यो लगभग शिथिल भयो, र मलाई त्यसबारे एकदमै दोषी महसुस भयो, तर मैले आफ्नो स्थिति समाधान गर्न कहिल्यै सत्यता खोजिनँ। हाम्रा अगुवाले हामीलाई हाम्रो काम किन प्रभावकारी भएन भनेर चिन्तन गर्न लगाइन्, तर मलाई आफूबारे थाहा थिएन, त्यसैले मैले सिस्टर चेनलाई दोष लगाएँ। तिनी आउनुअघि म इन्चार्ज हुँदा हाम्रो काम त्यति साह्रो बिग्रेको थिएन भनेर मैले सोचेँ, तर अहिले तिनी इन्चार्ज हुन्, यस्तो स्थितिमा पुऱ्याउने तिनी नै हुन्। एक पटक, म र एक जना सिस्टर यीनै कुराबारे छलफल गरिरहेका थियौँ, मैले सिस्टर चेनसितको मेरो असन्तुष्टिलाई पोखाएँ, र सिस्टर चेन असल छैनन् भनेर मैले धेरै कुरा भनेँ। त्यसपछि, मलाई अलिक आत्मग्लानि भयो: के मैले तिनको पिठिउँपछाडि कुरा काटिरहेकी छैनँ र? यो त परमेश्‍वरले घृणा गर्नुहुने कुरा हो! तर त्यति बेला, त्यो त अचानक आएको सोचाइ मात्र थियो, र मैले गम्भीरतापूर्वक आत्मसमीक्षा गरिनँ। इमानदारीपूर्वक भन्नुपर्दा, म असाध्यै चेतनाशून्य र कठोर व्यक्ति हुँ। बर्खास्त नभएसम्म पटक्कै मेरो चेत खुलेन। हाम्रा अगुवा हामीलाई भेट्न आइन् र मण्डलीको कामको प्रभावकारिता खस्किँदै गइरहेको कुरा बताइन्, र सिस्टर चेन र मैले राम्रोसित सहकार्य नगरेको पनि बताइन्। मलाई अलिक अप्ठ्यारो लाग्यो तर आफूबारे थाहा थिएन, त्यसैले, मेरो नजर अझै पनि सिस्टर चेनमाथि नै अडिएको थियो। तिनी आएपछि नै हाम्रो काम यस्तो खराब भएको हो भनेर मैले सोचेँ। मैले आफूलाई नचिनेको देखेर, हाम्रा अगुवाले मलाई निराकरण गरिन्, तिनले भनिन्, कि मैले आफ्नो कर्तव्यमा प्रसिद्धि र सफलताका लागि लडाइँ गरिरहेकी छु, मेरो काम अप्रभावकारी भए तापनि मैले आत्मसमीक्षा गरिनँ, मेरो स्थितिलाई विचार गर्दा, म अगुवा हुन योग्य छैनँ, र मलाई केही समयसम्म आत्मिक चिन्तनको खाँचो छ।

बर्खास्त हुँदा मलाई असाध्यै पीडा भयो। मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई कसरी हेर्नेछन् भनेर मलाई थाहा थिएन, अनि मैले जति धेरै सोचेँ, मेरो आत्मा उति नै धेरै अन्धकारमा डुब्यो। परमेश्‍वरको वचन पढ्दा म झुल्थें, मैले परमेश्‍वरसामु आफ्नो हृदयलाई शान्त पार्न सक्दिनथिएँ, र अर्को अवधि मैले यसै अस्तव्यस्त स्थितिमा बिताएँ। त्यसपछि, मेरो स्थितिमा केही गलत छ भनेर मैले बुझेँ, त्यसैले मैले आफूलाई चिन्नका लागि परमेश्‍वरलाई मार्गदर्शन माग्दै प्रार्थना गरेँ। एक दिन, मैले परमेश्‍वरको वचनका दुई वटा खण्डहरू देखेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “ख्रीष्ट विरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। यी मानिसहरू कुटिल, चतुर र दुष्ट मात्र हुँदैनन्, तर दुष्ट प्रकृतिका पनि हुन्छन्। तिनीहरूका हैसियत जोखिममा परेको देख्दा वा तिनीहरूले मानिसहरूका हृदयमा आफ्नो स्थान गुमाउँदा, तिनीहरूले यी मानिसहरूको समर्थन र स्नेह गुमाउँदा, मानिसहरूले उनीहरूलाई आदर नगर्दा र उनीहरूलाई उच्‍च नठान्दा, र तिनीहरू बेइज्जतीमा परेको बेला, तिनीहरूले के गर्छन्? तिनीहरू अचानक परिवर्तन हुन्छन्। आफ्नो हैसियत गुमाउने बित्तिकै, तिनीहरू केही गर्न चाहँदैनन्, र तिनीहरूले गर्ने सबै कुरा घटिया हुन्छन्। तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न कुनै चासो हुँदैन। तर यो सबैभन्दा खराब प्रकटीकरण होइन। सबैभन्दा खराब प्रकटीकरण के हो? यी मानिसहरूले आफ्नो हैसियत गुमाउने बित्तिकै र कसैले पनि तिनीहरूलाई उच्‍च नठानेपछि, र तिनीहरूद्वारा कोही नफुस्लिएपछि, तिनीहरूबाट ईर्ष्या र बदला बाहिर निस्कन्छ, र घृणा निस्कन्छ। तिनीहरूमा परमेश्‍वरको डर नहुने मात्र होइन, तर साँचो आज्ञाकारिता र ज्ञानको पनि कमी हुन्छ। तिनीहरूका हृदयमा, तिनीहरूले परमेश्‍वरको घर र मण्डलीलाई घृणा गर्ने धेरै सम्‍भावना हुन्छ; तिनीहरूका हृदयमा, तिनीहरू मण्डलीको काममा समस्याहरू आऊन् वा ठप्प होस् भन्ने चाहन्छन्; तिनीहरू परमेश्‍वरको घरलाई हेरेर र दाजुभाइ-दिदीबहिनीहरूलाई हेरेर हाँस्न चाहन्छन्। तिनीहरूले सत्यताको पछि लाग्ने र परमेश्‍वरको डर मान्‍ने जो-कसैलाई घृणा पनि गर्छन्। तिनीहरूले आफ्नो कर्तव्यमा विश्‍वासयोग्य हुन र मूल्य चुकाउन इच्छुक जो-कोहीलाई आक्रमण गर्छन् र गिल्ला गर्छन्। यो ख्रीष्ट विरोधीको स्वभाव हो—र के यो दुष्ट छैन र?” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दुई)”)। “यदि केही मानिसले कसैलाई आफूभन्दा अझ असल देखे भने, तिनीहरूले उनीहरूलाई दमन गर्छन्, अरूले तिनीहरूलाई धेरै ठूलो रूपमा नहेरून्, र कसैभन्दा कोही राम्रो छैन भनी देखाउन तिनीहरूको बारेमा झूटो हल्ला फैलाउँछन् भने, त्यो अहङ्कार र स्व-धार्मिकता साथै धूर्तता, छलीपन र कुटिलपनको भ्रष्ट स्वभाव हो, र यी मानिसहरू आफ्ना लक्ष्यहरू प्राप्त गर्न कुनै कुरामा रोकिँदैनन्। तिनीहरू यस्तै प्रकारले जिउँछन् र अझै पनि तिनीहरू आफूलाई महान् हुन् र तिनीहरू असल मानिसहरू हुन् भनी सोच्छन्। तापनि, के तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुन्छ? सबैभन्दा पहिले, यी विषयहरूका प्रकृतिहरूको दृष्टिकोणबाट भन्नुपर्दा, के यस तरिकाले काम गर्ने मानिसहरूले आफूलाई उचित लागेअनुसार कार्य गर्दैनन् र? के तिनीहरूले परमेश्‍वरको परिवारको बारेमा विचार गर्छन्? तिनीहरू परमेश्‍वरको परिवारले भोग्न पर्ने हानिको कुनै परवाह नगरी आफ्नै भावनाहरूको बारेमा मात्र सोच्छन् र केवल आफ्ना लक्ष्यहरू हासिल गर्न चाहन्छन्। यस्ता मानिसहरू अहङ्कारी र आफैलाई सोझो ठान्ने मात्र हुँदैनन्, तिनीहरू स्वार्थी र घृणित पनि हुन्छन्; तिनीहरू परमेश्‍वरको अभिप्रायलाई पटक्कै ध्यान नदिने हुन्छन्, र निस्सन्देह, यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैनन्। यसैकारण, कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी तिनीहरू आफूले जे चाहन्छन् त्यही गर्छन् र कुनै कारणविना लापरवाही काम गर्छन्। तिनीहरूले प्रायः यसै गर्छन्, र सधैँ यसरी नै व्यवहार गरेका हुन्छन्। त्यस्ता मानिसहरूले कस्ता-कस्ता नतिजाहरू भोग्छन्? तिनीहरू समस्यामा हुनेछन्, हैन? यसलाई सरल रूपमा भन्नुपर्दा, त्यस्ता मानिसहरूमा व्यक्तिगत ख्याति र हैसियतका निम्ति अति नै बढी जोस हुन्छ र अति नै बलियो चाहना हुन्छ; तिनीहरू अति नै छली र विश्‍वासघाती हुन्छन्। यसलाई अझ कठोर रूपमा भन्नुपर्दा, मुख्य समस्या के हो भने, त्यस्ता मानिसहरूको हृदय अलिकति पनि परमेश्‍वरको भय मान्ने हुँदैन। तिनीहरू परमेश्‍वरको भय मान्दैनन्, तिनीहरू आफैलाई अत्यन्त महत्त्वपूर्ण ठान्छन्, र तिनीहरू आफ्नो हरेक पक्षलाई परमेश्‍वरभन्दा उच्च र सत्यताभन्दा उच्च ठान्छन्। तिनीहरूका हृदयमा, परमेश्‍वर सबैभन्दा कम उल्लेखयोग्य र अति नगण्य हुनुहुन्छ, र तिनीहरूको हृदयमा परमेश्‍वरको कुनै हैसियत नै हुँदैन। जुन व्यक्तिहरूको हृदयमा परमेश्‍वरका निम्ति कुनै स्थान हुँदैन, र जसमा परमेश्‍वरप्रति कुनै आदर हुँदैन, के तिनीहरूले सत्यतामा प्रवेश प्राप्त गरेका हुन्छन्? (हुँदैनन्।) त्यसैले, जब तिनीहरू विशेष रूपले खुसी हुँदै यताउता गएर आफूलाई व्यस्त राख्छन् र धेरै ऊर्जा खर्च गर्छन्, तब तिनीहरूले के गरिरहेका हुन्छन्? त्यस्ता मानिसहरूले परमेश्‍वरको निम्ति अर्पित हुन आफूले सबै कुरा त्यागेका र धेरै दुःख भोगेका समेत दाबी गर्छन्, तर वास्तवमा तिनीहरूका सबै कार्यहरूका अभिप्राय, सिद्धान्त र उद्देश्य आफ्नै फाइदाका लागि हुन्छन्; तिनीहरूले केवल आफ्नै व्यक्तिगत हितको रक्षा गर्ने कोसिस मात्रै गरिरहेका हुन्छन्। के तिमीहरू यस किसिमको मानिस डरलाग्दो हुन्छ भनी भन्छौ, कि भन्दैनौ? कस्ता किसिमका मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरे पनि परमेश्‍वरको डर मान्दैनन्? अहङ्कारी मानिसहरू। अनि कुन कुरामा परमेश्‍वरको डरको सबैभन्दा बढी कमी हुन्छ? पशुहरू बाहेक, दुष्ट, ख्रीष्ट विरोधी, दियाबलसहरू र शैतानमा कमी हुन्छ। तिनीहरूमा परमेश्‍वरसित लड्ने दुस्साहस हुन्छ, तिनीहरू परमेश्‍वरको डरदेखि पूर्ण वञ्चित हुन्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। यी वचनहरू हेर्दा मेरो हृदय पग्लियो। ख्रीष्टविरोधीहरूले अरू सबै कुराभन्दा धेरै ओहोदा र प्रतिष्ठाको मोल गर्छन्। अरू सत्यताको पछि लागेको देख्दा तिनीहरू ईर्ष्या गर्छन्, त्यसैले तिनीहरूले उनीहरूलाई आक्रमण र बहिष्कार गर्छन् किनभने आफू पछि पर्लान् भनेर तिनीहरू डराउँछन्। तिनीहरूले आफ्नो हैसियत जोगाउन कुनै पनि दुष्कर्म गर्नेछन्, यहाँसम्म कि आफ्ना दाजुभाइ-दिदीबहिनीहरू आफ्नो कर्तव्यमा विफल होऊन् र उनीहरूको काम अप्रभावकारी होस् भन्ने आशा गर्छन्। परमेश्‍वरको घरको काम राम्रो हुँदा तिनीहरूलाई नमज्जा लाग्छ। तिनीहरूको स्वभाव उग्र हुन्छ र तिनीहरू शैतानी प्रवृत्तिका हुन्छन्। यस अवधिमा मेरो व्यवहार ख्रीष्टविरोधीको जस्तै थियो। सिस्टर चेनसित राम्रो क्षमता भएको र तिनले आफ्नो काम राम्ररी गरेको, सत्यतामा मैलेभन्दा राम्रो सङ्गति दिएको र सबैको प्रशंसा कमाएको देख्दा, म ईर्ष्यालु भएँ र तिनले मेरो लोकप्रियता खोसिन् र अगुवाहरूले तिनलाई स्थानान्तरण गरून् भन्ने आशा गरेँ ताकि मैले मण्डलीमा फेरि विशिष्टता प्राप्त गर्न सकूँ। अगुवाहरूले तिनलाई मोल र जगेर्ना गरेको देख्दा, म डाही र खिन्न भएँ। तिनी भर्खरै आएकी हुन्, मण्डलीका कर्मचारीहरूलाई चिन्दिनन्, र पानी हाल्‍ने डिकन त्यस कामका लागि सही छैनन् भनेर मलाई थाहा थियो, तर मैले केही भनिनँ। म त्यतिकै बसेर तिनी विफल भएको हेर्न कुरेँ। तिनले मसित कामबारे छलफल गर्ने प्रयास गर्दा, मैले तिनलाई बेवास्ता गरेँ। मैले तिनको काम बिग्रोस् भन्ने आशा गरेँ ताकि तिनी बर्खास्त होऊन् र कसैले तिनको प्रशंसा नगरोस्। यहाँसम्म कि मैले आफ्नो चाहना पूरा गर्न तिनको पिठिउँपछाडि कुभलो गरेँ, तिनलाई तुच्छ ठहराएँ र आफूलाई उच्च पारेँ मैले बुझेँ, म यत्तिका वर्ष विश्‍वासमा भए पनि, मैले जीवन प्रवेशलाई बेवास्ता गरेकी रहेछु, परमेश्‍वरको घरको कामलाई प्राथमिकता दिइनँ, र मैले आफ्नो सारा समय प्रतिष्ठा र हैसियतको लागि लड्नमा बिताएकी रहेछु। मलाई ती प्राप्त नहुँदा, जीवन नै गुमेको महसुस भयो। यसले मलाई यत्ति ईर्ष्यालु बनायो कि मैले आफ्नी सिस्टरसित प्रतिशोध लिएँ र मण्डलीको काममा हेलचेक्र्याइँ गरेँ। सिस्टर चेनले राम्ररी आफ्नो काम गर्दा म यत्ति साह्रो डराएँ कि आफ्नो हितलाई अघि राख्न मैले परमेश्‍वरको घरका हितलाई हानि गर्न इच्छुक भएँ। मलाई परमेश्‍वरको अलिकति पनि डर थिएन वा मेरो हृदयमा परमेश्‍वरको लागि ठाउँ नै थिएन। मैले शैतानको सेवकले जस्तै काम गरेँ, परमेश्‍वरको घरको काममा रोकावट ल्याएँ, र मण्डलीको कामलाई शिथिल हुने हदसम्म बाधा दिएँ। मैले आफ्नो कर्तव्य पटक्कै पूरा गरिरहेकी थिइनँ! म त धान खाएर बाली स्वाहा पार्ने खेतबारीको मूसा जस्तै थिएँ। मेरो प्रकृति ठ्याक्कै परमेश्‍वरले खुलासा गर्नुभएको ख्रीष्टविरोधीको जस्तै थियो! बर्खास्त भएका मेरा वरिपरिका ख्रीष्टविरोधीहरूबारे मैले सोचेँ। तिनीहरूले मानिसहरूको मन जित्ने र तिनीहरूको समर्थन जुटाउने व्यर्थको आशामा आफूलाई देखाउन र उच्च पार्न आफ्ना कर्तव्यको फाइदा उठाउँथे। यदि कुनै दाजुभाइ वा दिदीबहिनीले तिनीहरूलाई उछिनेको र तिनीहरूको हैसियतलाई खतरामा पारेको देखेमा, तिनीहरूले आक्रमण गर्छन् र प्रतिशोध लिन्छन्, परमेश्‍वरको घरको कामलाई कठोरतासाथ बरबाद गर्छन्, अन्त्यमा परमेश्‍वरको स्वभावलाई चिढ्याउँछन् अनि प्रकट हुन्छन् र हटाइन्छन्। हैसियतको पछि लाग्नु एकदमै खतरनाक कुरा हो भनेर अन्त्यमा मैले बुझेँ! यो कुरा बुझेपछि मात्र मलाई डर लाग्यो। मैले आफूलाई चिन्न, पश्चात्ताप गर्न र परिवर्तन हुनका लागि परमेश्‍वरलाई मार्गदर्शन माग्दै प्रार्थना गरेँ। प्रार्थना गरेपछि मैले आफैलाई सोधेँ, “किन म सधैँ हैसियतको लागि लडाइँ गर्छु र ओहोदालाई पक्रेर बस्छु? हामी जहिले पनि हैसियतको पछि लाग्छौं, तब यसको जड कारण के हो?”

पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड देखेँ, जुन “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो” बाट लिइएको हो। “परमेश्‍वरको विरुद्धमा मानिसको प्रतिरोध र विद्रोहको स्रोत चाहिँ शैतानद्वारा भ्रष्‍ट बनाइएको उसको भ्रष्‍टता हो। शैतानको भ्रष्‍टताको कारण मानिसको विवेक अचेत भएको छ; ऊ अनैतिक छ, उसका सोच विचारहरू पतित भएका छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा उसलाई भ्रष्‍ट बनाइनुभन्दा अगाडि, मानिसले स्वाभाविक रूपमा परमेश्‍वरको अनुसरण गर्थ्यो र उहाँको वचनहरू सुनेपछि तिनीहरूको पालन गर्थ्यो। स्वाभाविक रूपमा उसको चेतना र विवेक सामान्य मानवको जस्तै स्वस्थ थियो। शैतानद्वारा भ्रष्‍ट बनाइएपछि, मानिसको मौलिक चेतना, विवेक, र मानवता सुस्त भएको थियो र शैतानद्वारा अस्वस्थ बनाइएको थियो। यसरी, उसले परमेश्‍वरप्रति उसको आज्ञाकारीता र प्रेम गुमाएको छ। मानिसको चेतना अस्वाभाविक बनेको छ, उसको स्वभाव एक पशुको स्वभावजस्तै बनेको छ, र परमेश्‍वरप्रति उसको विद्रोह निरन्तर बढिरहेको छ र घोर बनेको छ। तैपनि मानिसलाई यो कुरा थाहा छैन न त यो कुरा पहिचान नै गर्छ, र केवल विरोध गर्छ र अन्धाधुन्ध विद्रोह गर्छ। मानिसको स्वभाव उसले व्यक्त गर्ने चेतना, अन्तर्दृष्टि र विवेकमा प्रकट हुन्छ; किनकि उसको चेतना र अन्तर्दृष्टि अस्वस्थ छ, र उसको विवेक उच्‍च रूपमा सुस्त भएको छ, त्यसैले उसको स्वभाव परमेश्‍वरको विरुद्धमा विद्रोही भएको छ” (वचन देहमा देखा पर्नुहुन्छ)। परमेश्‍वरको वचन पढिसकेपछि, मैले समस्याका स्रोत पत्ता लगाएँ। म शैतानद्वारा यत्ति बिघ्न भ्रष्ट पारिएकी थिएँ कि कसरी जिउने वा व्यवहार गर्ने भनेर मलाई थाहा थिएन। मलाई कसरी प्रतिष्ठा र सफलताको पछि लाग्ने भनेर मात्र थाहा थियो, अनि म “अरूभन्दा असल बन,” “सर्वोच्‍च शासन गर्ने म मात्र हुँ,” “महापुरुष एक जना मात्रै हुन सक्छ,” र “मानिसहरूले सधैं आफ्ना समकक्षीहरूभन्दा उत्तम हुने प्रयास गर्नुपर्छ,” जस्ता शैतानी दर्शनहरूलाई जीवन जिउने नियमको रूपमा हेर्थें। सिस्टर चेनले मलाई हर पक्षमा उछिनेकी देख्दा, दाजुभाइ, दिदीबहिनी र अगुवाहरू सबैले तिनको मान र मोल गरेको देख्दा, तिनले मेरो लोकप्रियता खोसिन् भनेर मैले सोचेँ, र मैले तिनलाई आँखाको कसिङ्गार र नङमा बिझेको काँडा ठानेँ। सिस्टर चेनले मसित कामबारे छलफल गर्न खोज्दा मैले तिनलाई बेवास्ता गर्न चाहेँ। यहाँसम्म कि, मैले तिनलाई आलोचन गरेँ, कुभलो गरेँ र जानाजानी तुच्छ ठहराएँ, अनि आफ्नो कर्तव्य ठीकसित नगरेको कारण तिनी बर्खास्त होऊन् भन्ने आशा गरेँ, र परमेश्‍वरको घरको काम कत्ति प्रभावित हुन सक्छ भन्ने विषयमा म उदासीन बनेँ। मैले के बुझेँ भने, म शैतानका यी विचार र दृष्टिकोणअनुसार जिएकोले गर्दा, अहङ्कारी, स्वार्थी र दुष्ट भएकी थिएँ, र मेरो मानवता अर्कै दिशामा मोडियो। म प्रतिष्ठा र हैसियतका लागि त्यो ठूलो रातो अजिङ्गरका अधिकारीहरूले जस्तै जे पनि गर्थेँ। यदि कसैले तिनीहरूलाई उछिन्यो वा तिनीहरूको हैसियतलाई खतरामा पाऱ्यो भने, तिनीहरूलाई राजनैतिक शत्रुहरू भनी बरबाद पार्छन्। सर्वोच्च परमेश्‍वर देहधारण गरेर आउनुभयो र उहाँले मानिसजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ, तर, यदि मानिसहरूले साँचो मार्ग स्वीकारे र सर्वशक्तिमान परमेश्‍वरलाई पछ्याए भने, उप्रान्त कसैले पनि चिनियाँ कम्युनिस्ट पार्टीलाई पछ्याउनेछैनन् वा भक्ति गर्नेछैनन् भनेर त्यो डरायो, त्यसैले, मानिसहरूले केवल चिनियाँ कम्युनिस्ट पार्टीको भक्ति गर्ने र आज्ञा पालन गर्ने ईश्‍वरविहीन क्षेत्र बनाउने व्यर्थको आशामा त्यसले उत्तेजित भएर ख्रीष्टको खेदो र इसाईहरूलाई क्रूरतापूर्वक सताउन थाल्यो। त्यो ठूलो रातो अजिङ्गरको दुष्टता, अत्याचार, क्रूरता र हिंसासित आफूलाई जाँचेर हेर्दा म भयभीत भएँ। मेरो र त्यो ठूलो रातो अजिङ्गरको स्वभावमा के कुनै भिन्नता थियो र? मैले हैसियतको लागि, मसित असहमत हुनेहरूलाई बहिष्कार गरेँ अनि सबै विवेक र तर्क गुमाएँ। परमेश्‍वरले मलाई अगुवाको कर्तव्य दिएर उच्च पार्नुभएको थियो। मैले हाम्रो कर्तव्य पूरा गर्न र परमेश्‍वरको प्रेमको साटो तिर्न आफ्नी सिस्टरसित सहकार्य गर्नुपर्थ्यो, तर म हैसियत पाउन लालायित भएँ र आफूलाई सिस्टरसित तुलना गरेँ। मैले तिनलाई उछिन्न वा प्रतिष्ठा, सफलता र हैसियत पाउन नसक्दा म नकारात्मक र लापरवाह भएँ, र परमेश्‍वरको घरको काममा गम्भीर क्षति पुऱ्याएँ। म आफ्नो कर्तव्यमा असाध्यै लापरवाह भएँ र गलत मार्गमा हिँडेँ!

मैले चिन्तन गरेँ र मेरो दृष्टिकोण पनि गलत रहेछ भनेर बुझेँ। परमेश्‍वरको घरमा हैसियत प्राप्त गर्दा म उपयोगी व्यक्ति बन्छु, अनि मुक्ति पाउँछु र सिद्ध पारिन्छु भनेर सधैँ सोचेँ, तर मलाई के थाहा थिएन भने, परमेश्‍वरले मण्डलीमा तपाईंको हैसियत वा मानिसहरूले तपाईंको प्रशंसा गर्छन् कि गर्दैन भनेर हेर्नुहुन्न। परमेश्‍वरले तपाईंको हृदय र आफ्नो कर्तव्यप्रति तपाईंको मनोवृत्ति हेर्नुहुन्छ। परमेश्‍वरको घरमा, यदि तपाईंले सत्यता स्वीकार्नुभयो, सही मनसाय राख्नुभयो र आफ्नो कर्तव्यमा सिद्धान्तअनुसार काम गर्नुभयो, अनि परमेश्‍वरको आज्ञा मान्नुभयो र उहाँप्रति वफादार हुनुभयो भने मात्र परमेश्‍वरले तपाईंलाई अनुमोदन गर्नुहुनेछ। म साँच्चै अज्ञानी थिएँ। मैले परमेश्‍वरको इच्छा खोजिनँ, म शैतानी दर्शन र दृष्टिकोणअनुसार जिएँ, प्रतिष्ठा र सफलताको पछि लागेँ र उच्च हैसियतको चाहना गरेँ। तर ती कुराहरूको खोजी गर्नु गलत हो। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ, र यदि म परमेश्‍वरकहाँ फर्किनँ भने, उहाँले मलाई हटाउनुहुनेथियो र नष्ट गर्नुहुनेथियो। परमेश्‍वरको धार्मिकता र मप्रति उहाँको सुरक्षाको कारण म बर्खास्त भएँ। परमेश्‍वरले मेरो सुषुप्त हृदयलाई जगाउन र मलाई मेरो भ्रष्टताको सत्यता बुझाउन आफ्ना वचनहरू निरन्तर प्रयोग गर्नुभयो। यो त्यति बेला भयो जब मैले परमेश्‍वरका असल अभिप्रायहरूलाई बुझेँ। परमेश्‍वरले मलाई सही मार्गमा डोऱ्याउने काम मात्र गर्नुहुँदो रहेछ। मैले पश्चात्ताप गर्न र मेरो मार्गहरू परिवर्तन गर्नका लागि मार्गदर्शन माग्न मैले परमेश्‍वरलाई हृदयदेखि प्रार्थना गरेँ।

त्यसपछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड देखेँ। “हैसियत र प्रतिष्ठालाई सजिलै पन्साउन सकिँदैन। जो केही हदसम्म प्रतिभाशाली छन्, जोसँग केही हदसम्म क्षमता छ, वा केही मात्रामा कामको अनुभव छ, तिनीहरूलाई यी कुराहरू पन्साउनु अझ गाह्रो हुन्छ। … जब तिनीहरूमा कुनै हैसियत हुँदैन, तिनीहरूको प्रतिस्पर्धात्मक चाहना टुसाएको चरणमा हुन्छ; तिनीहरूले हैसियत प्राप्त गरेपछि, जब परमेश्‍वरको घरले तिनीहरूलाई केही महत्त्वपूर्ण काम सुम्पन्छ, र विशेष गरी यदि उनीहरूले धेरै वर्ष काम गरेका छन् र धेरै अनुभव र पूँजी छ भने, यो चाहना अब टुसाएको चरणमा हुँदैन, तर पहिले नै जरा गाडिसकेको, फक्रेको र फल फलाउन लागेको हुन्छ। जब कुनै व्यक्तिमा ठूला कामहरू गर्ने, प्रसिद्ध बन्ने, कुनै महान् व्यक्तित्व बन्ने निरन्तर इच्छा र महत्वाकांक्षा हुन्छ, तिनीहरू समाप्त भइसकेका हुन्छन्। र यसले विपत्तिमा पुऱ्याउनुभन्दा अघि, तैँले तुरुन्तै परिस्थितिलाई बदल्‍नुपर्छ र यी कुराहरूलाई एकातिर राख्नुपर्छ। जब तँ केही गर्छस्—र सन्दर्भ जस्तोसुकै भए पनि—तैँले सत्यताको खोजी गर्न, परमेश्‍वरप्रति इमानदार र आज्ञाकारी व्यक्ति हुनका लागि आफैलाई तालिम दिने अभ्यास गर्नुपर्छ, र ती कुराहरूका लागि लड्न छोड्ने मात्र होइन तर तिनलाई एकातिर पन्छ्याउनु पनि पर्छ। तँलाई कहिले निरन्तर प्रतिस्पर्धा गर्ने चाहना हुन्छ त्यो थाहा हुनुपर्छ। त्यसलाई समाधान नगरी छोडियो भने, तेरो प्रतिस्पर्धा गर्ने चाहनाले खराब चीजहरूतिर मात्र डोऱ्याउँछ, त्यसैले सत्यताको खोजी गर्नको लागि समय खेर नफाल्, तेरो प्रतिस्पर्धात्मकतालाई कोपिलामा नै चुँडाइदे, र यो प्रतिस्पर्धात्मक व्यवहारको स्थानमा सत्यताको अभ्यास गर। जब तैँले सत्यताको अभ्यास गर्छस्, तेरो प्रतिस्पर्धात्मकता, अनियन्त्रित आकांक्षाहरू, र चाहनाहरू पूर्ण रूपमा कम हुनेछन्, र परमेश्‍वरको घरको काममा बाधा दिनेछैनन्। यसरी, तेरा कार्यहरूलाई परमेश्‍वरले सम्झनुहुनेछ र प्रशंसा गर्नुहुनेछ। यसैले म कुन कुरामा जोड दिन्छु भने तैंले आफ्नो प्रतिस्पर्धात्मक चाहना र महत्वाकांक्षालाई ती फुल्नु र फल फलाउनुभन्दा अघि मेटाउनै पर्छ। कतिपय मानिसहरूले सोध्छन्, ‘म तिनलाई कसरी मेटाउन सक्छु? के मैले तिनलाई टुसाएको चरणमा मात्र राख्नुपर्छ?’ यो तैँले कस्तो अनुभव गर्छस्, यसबारे कस्तो महसुस गर्छस्, तँ कतिको दृढ छस् भन्ने कुरामा निर्भर हुन्छ। कतिपय मानिसहरूले भन्छन्, ‘म तिनीहरूलाई टुसाउन पनि दिनेछैनँ।’ त्यो राम्रो हो। तँ हैसियत र प्रतिष्ठा भएका सम्मानित व्यक्ति बन्ने कोसिस नगर्, तर सामान्य व्यक्ति बन्; यदि परमेश्‍वरले तँ महत्त्वहीन छस् भन्नुभयो भने पनि, त्यो ठिकै छ, तँ परमेश्‍वरको नजरमा नम्र, सानो र तुच्छ अनुयायी, तर अन्ततः परमेश्‍वरद्वारा स्वीकारयोग्य प्राणी भनिएको व्यक्ति हुन पाउँदा खुसी हुन्छस्। यस्तो मानिस राम्रो हुन्छ” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन)”)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने, म उच्च वा सर्वश्रेष्ठ बन्ने जस्ता कुराहरूको पछि लाग्नु हुँदैन। “अरूभन्दा असल बन,” र “सर्वोच्‍च शासन गर्ने म मात्र हुँ” जस्ता भनाइहरू शैतानी झूटहरू हुन्। यदि अवस्था त्यस हदसम्म पुग्यो भने, म मानव होइन शैतान हुनेछु। परमेश्‍वरले हामी सामान्य मानिस, सबैभन्दा सानो अनुयायी भएको, र उहाँको अनुमोदन पाउन सृष्टि गरिएका प्राणीको कर्तव्य पूरा गरेको चाहनुहुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा यही हो। त्यति नै बेला, मैले के बुझेँ भने, कुनै घटना घट्दा, हामीले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, सचेत रूपमा आफूलाई त्याग्नुपर्छ र सत्यता अभ्यास गर्नुपर्छ, अनि समयको दौडान हाम्रा महत्वाकांक्षा र चाहनाहरू कम हुँदै जान्छस्। विगतमा, मैले आफूलाई चिनिनँ वा सत्यताको पछि लागिनँ। मैले आफूलाई सधैँ प्रतिभाशाली ठानेँ अनि अरूले प्रशंसा र मोल गरून् भन्ने चाहना गरेँ। मेरो महत्वाकांक्षाले मलाई अत्यन्तै उत्तेजित बनायो, त्यसैले प्रतिष्ठा र भाग्यका लागि जहीँतहीँ लडाइँ लडेँ। स्पष्ट रूपमा मसित कम क्षमता थियो तर अरूले मलाई उछिनेको सहन सक्दिनथिएँ। म यत्ति अहङ्कारी थिएँ कि मैले सबै तर्कशक्ति गुमाएँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र उप्रान्त म प्रतिष्ठा र सौभाग्य चाहँदिनँ भनेर भनेँ, म केवल सामान्य व्यक्ति बन्न र आफ्नो कर्तव्यमा मेरा पार्टनरहरूसित राम्ररी सहकार्य गर्न चाहन्थेँ। मलाई थाहा छ, कुनै पनि तोकिएको समयमा परमेश्‍वरको सार्वभौमिकताद्वारा मेरा पार्टनरहरू चुनिन्छन् र त्यहाँ मैले सिक्ने पाठहरू हुन्छन्। सिस्टर चेनसित राम्रो क्षमता र अनुभव थिए र तिनले समस्याहरू समाधान गर्न सत्यतामाथि सङ्गति गर्न सक्थिन्, जुन परमेश्‍वरको घरको काम र हाम्रा दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशका लागि उपयोगी थिए। मैले आफ्नो कमीलाई पूर्ति गर्न तिनको क्षमताबाट सिक्नुपर्थ्यो र मण्डलीको काम गर्न तिनीसित मिलेर कार्य गर्नुपर्थ्यो।

चाँडै, अगुवाले मलाई पानी हाल्ने डिकन बनाउनुभयो। सह-कार्यकर्ताको सभामा, मैले यस समय अवधिमा देखाएको भ्रष्टताबारे सिस्टर चेनलाई खुलेर बताएँ। तिनले मलाई तुच्छ ठानिनन् र मसित परमेश्‍वरको वचनमाथि सङ्गति पनि गरिन्। तिनीसितको मेरो मनमुटाव मेटियो र मलाई एकदमै हलुका महसुस भयो। अर्को पटक, मैले कामको दौडान तिनीसित कामकुराबारे छलफल गर्ने प्रयास गरेँ र तिनीसित सहकार्य गर्न यथासक्दो गरेँ। मैले आफ्नो कर्तव्यमा ध्यान लगाउँदा परमेश्‍वरको मार्गदर्शन अनुभव गरेँ। मैले आफ्ना काममा राम्रा परिणामहरू प्राप्त गर्न थालेँ र परमेश्‍वरप्रति कृतज्ञ भएँ।

बर्खास्त भएपछि, मैले मेरो लागि परमेश्‍वरको प्रेम एकदमै व्यावहारिक रहेछ भनेर बुझेँ। परमेश्‍वरको वचनको न्याय र सजायबाट मैले आफ्नो भ्रष्टतालाई देखेँ। यसले मलाई प्रतिष्ठा र हैसियतको पछि लाग्नुका सार र परिणामहरू स्पष्टसित बुझ्न मदत गऱ्यो। त्यति नै बेला, परमेश्‍वरको वचनले मलाई सही मार्गमा हिँड्न मार्गदर्शन गऱ्यो अनि आफूलाई त्याग्न र सत्यता अभ्यास गर्न मदत गऱ्यो। यसो नभएको भए, मैले अझै आफूलाई चिन्नेथिइनँ, प्रतिष्ठा र सफलताको लागि अझै अरूसित लड्नेथिएँ, र मैले दुष्कर्म र परमेश्‍वरको विरोध गरेको हुनाले म शैतानको खेलौना हुनेथिएँ। मलाई मुक्ति दिनुभएकोमा परमेश्‍वरप्रति कृतज्ञ छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

एक अधिकृतको पश्‍चात्ताप

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो”

मनको गाँठो फुकाउँदा

चुन्यु, चीन गत वसन्त ऋतुको कुरा हो, म मण्डीलमा सुससमाचार सुनाउने कर्तव्यमा खटिएकी थिएँ। त्यतिबेला, सिस्टर वाङ सुसमाचार डिकन चयन हुनुभएको...

सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्