गलत व्यक्तिलाई प्रयोग गरेपछि मनन
सन् २०२० को ग्रीष्मकालमा, म मण्डलीको लेख-रचनासम्बन्धी कामको इन्चार्ज थिएँ। एक दिन, मैले याङ कान शब्दहरू प्रयोग गर्न सिपालु छिन् र निकै...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
म सन् २०२० अप्रिलमा मलजल कामको मुख्य जिम्मेवारीसहित मण्डली अगुवा चुनिएँ। केही महिनाअघि, केही नयाँ विश्वासी भेलामा नियमित उपस्थित नभइरहेका, ढिलो आउने र छिटै जाने गरिरहेका देखेकी थिएँ। केही स्कुल वा काममा व्यस्त थिए, र फुर्सद हुने बित्तिकै आउँछु भन्थे। केही भने सीसीपी र धार्मिक संसारको अफवाह र मिथ्या कुराले भ्रममा परी आएका थिएनन्। हामीले तिनीहरूसँग कुरा गर्ने कोसिस गर्यौँ, तर केहीले फोन नै उठाएनन्—तिनीहरू गायब नै भएजस्तो थियो। मैले सोचेँ, हामीले सम्पर्क गर्ने कोसिस गरेकै हो, तिनीहरू नै भेलामा आउन चाहँदैनन् भने यो हाम्रो जिम्मेवारी होइन, हामीले तिनीहरूलाई जान दिनुपर्छ। यसबाहेक, परमेश्वरले उत्कृष्ट मानिस चाहनुहुन्छ, धेरै मानिस होइन। उहाँले साँचो आस्था भएका र सत्यतालाई प्रेम गर्नेलाई मात्र मुक्ति दिनुहुन्छ। तिनीहरूसँग साँचो आस्था छैन भने, हामीले जति प्रयास गरे पनि केही हुँदैन। त्यसैले, मैले प्रार्थना, खोजी वा यसबारे मेरा अगुवासँग छलफल गरिनँ, र आफैले ती नयाँ विश्वासीलाई छाड्ने निर्णय लिएँ। यस समय अवधिमा, मैले तीमध्ये केहीलाई सम्पर्क गरेकी थिएँ, तर तिनीहरूले भेलामा आउने इच्छा देखाएनन्, अनि, मेरो निर्णय सही थियो भन्नेमा म झन् ढुक्क भएँ। पछि, मसँगै काम गर्ने सिस्टरले मैले लगातार दुई मैले धेरै नयाँ विश्वासीलाई जान दिएको देखेपछि त्यसो गर्नु साँच्चिकै उपयुक्त हो त भनेर सोधिन्। उनले अगुवासँग सङ्गति गरेर सिद्धान्त सिक्न सुझाइन्। मैले सोचेँ, “हामीले विगतमा पनि यस्ता कुरालाई यसरी नै सम्हालेका थियौँ। हामीले नयाँ विश्वासीसँग कुरा गर्न नखोजेको पनि होइन, तीमध्ये केहीलाई चाहिँ हामीले सम्पर्क गर्नै सकेनौँ, र अरूले भने विश्वास गर्न रुचि गुमाए। मैले सिद्धान्त खोज्नु आवश्यक छैन।” त्यसैले मैले उनको सुझाव इन्कारेँ। मलाई पछि केही असहज लाग्यो, र के यो गर्नु सही नै थियो त भन्ने सोचेँ। तर, फेरि सोचेँ, मैले गरेको गलत हुन सक्दैन, किनभने हामीले सहयोग गर्न खोजेकै हौँ, तर, तिनीहरू नै भेलामा आउँदैनन् भने हाम्रो गल्ती होइन। मुख्य कुरा तिनीहरू परमेश्वरका साँचो विश्वासी होइनन्। त्यसैले, मैले प्रार्थना वा खोजी गरिनँ, र हरेक महिना मैले केही नयाँ विश्वासीलाई जान दिएँ।
पछि मेरो अगुवाले मैले नयाँ विश्वासी छाड्ने कुरामा सिद्धान्तको पालना नगरिरहेको पाइन्, र कठोरतापूर्वक मेरो काटछाँट गरिन्, मैले सिद्धान्त नजानेको र तिनको खोजी नगरेको, जे चाह्यो त्यही गरेको भनिन्। उनले के पनि भनिन् भने हरेक नयाँ विश्वासीलाई परमेश्वरसामु आउन कठिन हुन्छ, अरू ब्रदर-सिस्टरले तिनीहरूलाई सहयोग गर्न सब थोक लगाइरहेका छन्, तर मैले भने त्यत्तिकै तीमध्ये केहीलाई पन्छाइरहेकी छु। मैले प्रेमपूर्ण सहयोग नगरी तिनीहरूलाई खारेज गर्दै छु र यो निकै गैरजिम्मेवार हुनु हो। त्यसपछि, उनले मलाई सोधिन्, “नयाँ विश्वासीहरू भेलामा किन आइरहेका छैनन्? तिनीहरूमा कस्ता प्रकारका धारणा र समस्या छन्? तिनको समाधान गर्न तपाईँले सङ्गति गर्नुभयो? नयाँ विश्वासीलाई मद्दत गर्ने अन्य तरिका पनि सोच्दै हुनुहुन्छ?” प्रश्नहरूको वर्षाले म अवाक् भएँ, मैले नयाँ विश्वासीलाई छाडेको दृश्य एकपछि अर्को गर्दै मेरा दिमागमा घुमिरहे। तब मात्र, बल्ल बुझेँ कि मैले नयाँ विश्वासीहरूप्रति जिम्मेवारीपूर्वक व्यवहार गरेकी रहेनछु, मैले तिनीहरूलाई प्रेमपूर्वक मद्दत र सहयोग गरेकी नै रहेनछु। तिनीहरूको नसुल्झिएका धारणा के थिए वा तिनीहरू भेलामा किन आइरहेका छैनन् भन्नेमा मैले स्पष्टता प्राप्त गरेकी थिइनँ। तिनीहरू केही समय भेलामा नआउँदा मैले तिनीहरूले विश्वास गर्न छोडेका छन् भन्ने ठानेँ, र मैले तिनीहरूमा ध्यान दिइनँ। मैले देखेँ, नयाँ विश्वासीप्रतिको आफ्नो जिम्मेवारीमा म साँच्चिकै असफल भएकी छु र तिनीलाई त्यसै त्यागेर म सिद्धान्तविरुद्ध गइरहेकी छु। ममा साँच्चिकै मानवता थिएन! त्यसैले, मैले परमेश्वरसामु आई प्रार्थना गरेँ, मलाई अन्तर्दृष्टि प्रदान गर्न बिन्ती गरेँ, ताकि म उहाँको अभिप्राय बुझ्न र आत्मचिन्तन गरी आफूलाई चिन्न सकूँ।
त्यसपछि, मैले परमेश्वरका यी वचन देखेँ: “तैँले साँचो मार्ग अनुसन्धान गरिरहेका मानिसहरूसँग व्यवहार गर्दा होसियारी र समझदारी अपनाउनुपर्छ र प्रेममा भर पर्नुपर्छ, किनभने साँचो मार्ग अनुसन्धान गर्ने हरेक व्यक्ति गैरविश्वासी हुन्छन्—तिनीहरूमाझ रहेका धार्मिक व्यक्तिहरूसेमत करिबकरिब गैरविश्वासी नै हुन्छन्—र तिनीहरू सबै नाजुक हुन्छन्: आफ्ना धारणासँग मेल नखाने कुनै पनि कुरालाई तिनीहरूले सजिलै विरोध गर्न सक्छन्, र आफ्नो इच्छाअनरूप नभएको कुनै पनि भनाइप्रति तिनीहरूले सजिलै विवाद खडा गर्न सक्छन्। तसर्थ, तिनीहरूलाई सुसमाचार सुनाउँदा हामी सहनशील र धैर्य हुनुपर्छ। यसका लागि हामीमा असीम प्रेम हुनुपर्छ, र हामीलाई केही निश्चित विधि र व्यवहार-शैलीहरू जरुरी पर्छ। तैपनि, महत्त्वपूर्ण कुरा भनेको तिनीहरूलाई परमेश्वरका वचनहरू पढेर सुनाउनु, मानिसलाई मुक्ति दिन परमेश्वरले व्यक्त गर्नुहुने सबै सत्यता तिनीहरूलाई बताउनु, अनि तिनीहरूलाई परमेश्वरको आवाज र सृष्टिकर्ताका वचनहरू सुन्न दिनु हो। यसरी तिनीहरूले लाभहरू प्राप्त गर्नेछन्। सुसमाचार सुनाउने सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त भनेको परमेश्वरको देखापराइको तृष्णा गर्ने र सत्यतालाई प्रेम गर्नेहरूलाई परमेश्वरका वचन पढ्न र उहाँको स्वर सुन्न दिनु हो। त्यसकारण, तिनीहरूलाई मानिसका कुराहरू कम बताऊ र परमेश्वरका वचन धेरै पढेर सुना। तैँले पढेर सुनाइसकेपछि, सत्यतामा सङ्गति गर् ताकि तिनीहरूले परमेश्वरको स्वर सुन्न र सत्यताबारे केही बुझ्न सकून्। त्यसपछि, तिनीहरू सम्भवतः परमेश्वरतिर फर्कनेछन्। सुसमाचार सुनाउनु हरव्यक्तिको जिम्मेवारी र दायित्व हो। यो दायित्व जसलाई आए पनि, त्यसबाट भाग्नु वा कुनै बहाना बनाएर वा कारण देखाएर अस्वीकार गर्नु पटक्कै हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार सुनाउनु सबै विश्वासीहरूले सम्मान गर्नुपर्ने कर्तव्य हो)। “कतिपय मानिसहरू छन् जो भर्खरै परमेश्वरमा विश्वास गर्न थालेका छन् र प्रायजसो नकारात्मक र कमजोर हुन्छन्। यसको कारण के हो भने, तिनीहरू सत्यता बुझ्दैनन्, तिनीहरूको कद अत्यन्तै सानो छ, तिनीहरूमा परमेश्वरमाथिको आस्थासम्बन्धी विविध सत्यताहरूबारे कुनै बुझाइ हुँदैन। त्यसकारण तिनीहरूले आफूलाई कम क्षमताको, अघि बढ्न नसक्ने, र तिनीहरूसँग धेरै कठिनाइहरू भएको ठान्छन्—जसले गर्दा नकारात्मकता ल्याउँछ, र तिनीहरूले हरेससमेत खान्छन्: तिनीहरूले अब प्रयास नगर्ने, र सत्यता पछ्याउन छोड्ने निर्णय गर्छन्। तिनीहरूले आफैलाई हटाउँछन्। तिनीहरूले यस्तो सोच्छन्, ‘जेसुकै भए पनि, परमेश्वरले उहाँमाथिको मेरो विश्वासको कारण मलाई अनुमोदन गर्नुहुनेछैन। परमेश्वरले मलाई मन पनि पराउनुहुन्न, र भेलाहरूमा जानको लागि मसँग त्यति धेरै समय छैन। मेरो पारिवारिक जीवन कठिन छ र मैले पैसा कमाउनुपर्छ,’ आदि इत्यादि। यी सबै कुरा तिनीहरू भेलाहरूमा जान नसक्नुका कारणहरू बन्छन्। यदि तैँले तुरुन्तै के भइरहेको छ भनेर पत्ता लगाइनस् भने, तैँले तिनीहरूलाई सत्यतालाई प्रेम नगर्ने, र परमेश्वरमा साँचो रूपमा विश्वास नगर्ने मानिसहरू भनेर वर्गीकृत गर्ने सम्भावना हुन्छ, या त तैँले तिनीहरूलाई देहको सुखसयलको लालसा गर्ने, संसारको पछि लाग्ने र सांसारिक कुराहरूलाई त्याग्न नसक्ने मानिसहरूको रूपमा वर्गीकृत गर्नेछस्—यसको कारण, तैँले तिनीहरूलाई त्याग्नेछस्। के यो सत्यता सिद्धान्तअनुरूप हुन्छ? के यी कारणहरूले साँचो रूपमा तिनीहरूको प्रकृति र सारलाई प्रतिनिधित्व गर्छन्? वास्तवमा, तिनीहरू तिनीहरूका कठिनाइ र उल्झनहरूका कारण नकारात्मक भएका हुन्छन्; तैँले यी समस्याहरू समाधान गर्न सक्छस् भने, तिनीहरू त्यति नकारात्मक हुनेछैनन्, र तिनीहरूले परमेश्वरलाई पछ्याउन सक्नेछन्। तिनीहरू कमजोर र नकारात्मक हुँदा, तिनीहरूलाई मानिसहरूको सहयोग चाहिन्छ। यदि तैँले तिनीहरूलाई सहयोग गरिस् भने, तिनीहरू आफ्नो खुट्टामा उभिन सक्नेछन्। तर तैँले तिनीहरूलाई बेवास्ता गरिस् भने, तिनीहरूले नकारात्मकताको कारण सजिलै हरेस खानेछन्। यो कुरा मण्डलीको काम गर्ने मानिसहरूसँग प्रेम छ कि छैन, र तिनीहरूले यो बोझ लिन्छन् कि लिँदैनन् भन्ने कुरामा निर्भर हुन्छ। कतिपय मानिसहरू नियमित रूपमा भेलाहरूमा आउँदैनन्, तर यसको अर्थ तिनीहरूले साँचो रूपमा परमेश्वरमा विश्वास गर्दैनन् भन्ने हुँदैन, यो सत्यता मन नपराउनुसरह होइन, यसको अर्थ तिनीहरूले देहका सुख चाहन्छन्, र आफ्नो परिवार र कामलाई पन्छ्याउन सक्दैनन् भन्ने हुँदैन—न त तिनीहरूलाई अत्यन्तै भावनात्मक वा पैसाको प्रेममा मग्न भनेर नै भन्न सकिन्छ। यति मात्रै हो कि यी मामलाहरूमा, मानिसहरूको कद र आकांक्षा फरक-फरक हुन्छ। कतिले सत्यतालाई प्रेम गर्छन् र सत्यताको खोजी गर्न सक्छन्; तिनीहरू कष्ट भोग्न, यी कुराहरूलाई त्याग्न तयार हुन्छन्। कतिपय मानिसहरूको विश्वास सानो हुन्छ, र वास्तविक कठिनाइहरूको सामना गर्दा तिनीहरू शक्तिहीन हुन्छन्, र ती कठिनाइलाई जित्न सक्दैनन्। यदि कसैले पनि तिनीहरूलाई सहयोग वा साथ दिएन भने, तिनीहरूले हरेस खान्छन् र आफूमा विश्वास गुमाउँछन्; त्यस्तो बेला, तिनीहरूलाई मानिसहरूको सहयोग, वास्ता, र साथ चाहिन्छ। तर यदि तिनीहरू अविश्वासी हुन्, र तिनीहरूमा सत्यताप्रति प्रेम छैन, अनि तिनीहरू असल व्यक्ति होइनन् भने कुरा फरक हुन्छ—त्यस्तो अवस्थामा तिनीहरूलाई बेवास्ता गर्न सकिन्छ। यदि तिनीहरू परमेश्वरलाई साँचो रूपमा विश्वास गर्ने व्यक्ति हुन्, र एकदुई वटा वास्तविक कठिनाइहरूको कारण प्रायः भेलाहरूमा जाँदैनन् भने, तिनीहरूलाई त्याग्नु हुँदैन, बरु प्रेमसहितको सहयोग र साथ दिइनुपर्छ। यदि तिनीहरू असल व्यक्ति हुन्, र तिनीहरूमा बुझ्ने क्षमता छ, अनि तिनीहरू राम्रो क्षमताका छन् भने, तिनीहरू अझै धेरै सहयोग र साथको हकदार हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचन मनन गर्दा म निकै लज्जित भएँ। परमेश्वर आखिरी दिनहरूमा देहधारण गरी हाम्रो मुक्तिका लागि हामीमाझ बोल्न र काम गर्न आउनुभएको छ। परमेश्वरले धेरै अपमान सहनुहुन्छ, र अत्यन्त धैर्यसाथ मानवतालाई सकेसम्म मुक्ति दिनुहुन्छ। जबसम्म व्यक्तिले परमेश्वरको आवाज सुन्न र सत्यता स्विकार्न सक्छ, परमेश्वरले उसलाई मुक्ति दिनुहुन्छ र कसैलाई त्याग्नुहुन्न। मानिसले अपराध गरे पनि, परमेश्वरले बारम्बार क्षमा दिनुहुन्छ। तपाईँको हृदयमा थोरै पश्चात्ताप रहेसम्म उहाँले तपाईँलाई मौका दिनुहुनेछ। यसबाट हामी परमेश्वरमा मानवका लागि दया र सहनशीलता भरपुर रहेको देख्न सक्छौँ—हामीप्रतिको उहाँको प्रेम धेरै महान् छ। नयाँ विश्वासीहरू नवजात शिशुजस्तै हुन्, सत्यता बुझिसकेका हुँदैनन्, र साँचो मार्गमा जग बसिसकेको हुँदैन। परमेश्वरले हामीलाई यी नयाँ विश्वासीप्रति प्रचुर प्रेम र सहनशीलताका साथ व्यवहार गर्नु भन्नुहुन्छ। जबसम्म तिनीहरूमा असल मानवता हुन्छ, परमेश्वरमा साँचो विश्वास गर्छन्, तबसम्म तिनीहरू कमजोर, धार्मिक धारणा भएका वा भेलामा आउन नपाउने गरी व्यस्त भए पनि हामीले तिनीहरूलाई यत्तिकै छाड्नुहुँदैन, र तिनीहरूलाई पूर्णतः खारेज त झनै गर्नुहुँदैन। यदि हामीलाई तिनीहरू साँचो विश्वासी होइनन् भन्ने लाग्छ, र हामीले केही पटक मात्र सहयोग गरे पछि, तिनीहरू भेलामा आउन छाडे भनेर तिनीहरूलाई त्याग्छौँ भने यसको जिम्मेवार हामी नै हुन्छौँ। जब म आस्थामा नयाँ थिएँ, घरमा व्यस्त हुनाले म नियमित भेला भइरहेकी हुन्नथेँ। मेरा ब्रदर-सिस्टरहरू निकै बुज्झकी थिए, र मेरो तालिका मिलाउन भेलाको समय बदल्थे, र मसँग अथक सङ्गति गर्थे। तिनीहरूको मद्दत र सहयोगले मैले सत्यता पछ्याउनुको महत्त्व बुझ्न पाएँ, र, मप्रति परमेश्वरको प्रेम र सहनशीलता महसुस गर्न सकेँ। त्यसपछि, मैले नियमित रूपमा भेलामा उपस्थित हुन र कर्तव्य सम्हाल्न सकेँ। त्यो बेला ब्रदर-सिस्टरहरूले मलाई इन्कारेका भए, र मलाई सत्यतालाई प्रेम नगर्ने, अविश्वासी ठानेका भए तिनीहरूले धेरैअघि मलाई छाडेका हुनेथे, र म यहाँ कहिल्यै हुने थिइनँ! मैले परमेश्वरको अभिप्रायलाई बिलकुलै ख्याल गरिरहेकी थिइनँ, न नयाँ विश्वासीहरूको सङ्घर्षलाई नै ध्यान दिइरहेकी थिएँ। म तिनीहरूसँग असन्तुष्ट थिएँ, तिनीहरू अति व्यस्त र अत्यन्त धेरै धारणा भएका छन् भन्ने सोचेँ। त्यसैले मैले तिनीहरूलाई खारेज गरी जान दिएँ, तिनीहरूलाई मद्दत गर्न धेरै मूल्य चुकाउन चाहिनँ। मेरो मानवता निकै दुर्भावनापूर्ण थियो, मैले यी नयाँ विश्वासीका लागि रतिभर पनि जिम्मेवारी लिएकी थिइनँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, म तपाईँसामु पश्चात्ताप गर्न चाहन्छु। जति चाँडो हुनसक्छ मेरा गल्ती सुधार्न र यी नयाँ विश्वासीलाई प्रेमपूर्वक सहयोग गर्न इच्छुक छु।”
त्यसपछि, म अरू ब्रदर-सिस्टरहरूसँगै यी नयाँ विश्वासीलाई सहयोग गर्न जान थालेँ। हामीले तिनीहरूको सङ्घर्षबारे जान्यौँ, धैर्यपूर्वक तिनीहरूसँग सङ्गति गर्यौँ, र केही फेरि भेलामा आउन थाले। एक जना काममा धेरै व्यस्त भएकीले भेलामा आउन सकिरहेकी थिइनन्, उनले भनिन्, “जबसम्म म हृदयमा विश्वास गर्छु, परमेश्वरले मलाई निकाल्नुहुने छैन।” सुरु-सुरुमा, उनी केवल पैसा कमाउने ध्याउन्नमा रहन्छिन्, उनमा साँचो आस्था छैन भन्ने सोचेकी थिएँ, तर उनको बारेमा बुझेपछि, उनलाई अनुकूल हुने गरी हामीले भेलाको समय नमिलाएकाले उनी उपस्थित हुन नसकेको थाहा पाएँ। त्यसैले, हामीले उनलाई अनुकूल हुने गरी भेलाको समय मिलायौँ, र उनीसँग यो सङ्गति गर्यौँ, “आखिरी दिनहरूमा, परमेश्वरले मानिसलाई पखाल्न र मुक्ति दिन सत्यताको प्रयोग गर्नुहुन्छ। साँचो विश्वासीहरूले भेला भएर परमेश्वरका वचनमा सङ्गति गर्नुपर्छ, सत्यता पछ्याउनुपर्छ, आफ्ना भ्रष्ट स्वभाव फाल्नुपर्छ र जीवन स्वभाव बदल्नुपर्छ। यही नै परमेश्वरबाट मुक्ति पाउने र उहाँको राज्यमा प्रवेश गर्ने एक मात्र उपाय हो। यदि हामीसँग आस्था छ, तर भेलामा सहभागी हुँदैनौँ भने, बोलीमा मात्र परमेश्वरलाई स्विकार्छौँ, हृदयमा मात्र विश्वास गर्छौँ, हाम्रो विश्वासलाई सोखको रूपमा लिन्छौँ भने यसले हामीलाई परमेश्वरको नजरमा गैरविश्वासीझैँ बनाउँछ। यसरी हामीले उहाँलाई अन्तसम्मै विश्वास गरे पनि, हामीले उहाँको अनुमोदन कहिल्यै पाउनेछैनौँ।” सङ्गतिमार्फत, यस नयाँ विश्वासीले आफूमा गलत दृष्टिकोण रहेको बुझिन् र भेलामा सहभागी हुन चाहिन्। यो नयाँ विश्वासी एकपछि अर्को भेलामा आउन तयार भएको देख्दा मेरो हृदय पछुतोले भरियो। मैले आफ्नै विचारले तिनीहरूलाई खारेज गरिरहेकी थिएँ। यसो गरेर के मैले तिनीहरूलाई हानि गरिरहेकी थिइनँ र? मैले साँच्चिकै ठुलो दुष्टता गरेकी थिएँ!
एक दिन, मेरो अगुवाले मलाई सोधिन्, “मलजलको काम सम्हालेदेखि तपाईँको गैरजिम्मेवारीका कारण कति जना नयाँ विश्वासीलाई जान दिनुभयो? तिनीहरूलाई त्याग्दै गर्दा, तपाईँले सत्यता सिद्धान्त खोज्नुभयो?” त्यो बेला, उनलाई के भन्ने भनेर सोच्नै सकिनँ। त्यसपछि, उनले मलाई परमेश्वरका वचनको एउटा खण्ड पठाइन्: “धेरै मानिसहरूले आफूले जे गरे पनि आफ्नै विचारहरू पछ्याउने गर्छन्, र सबै कुरालाई अत्यन्तै सरल रूपमा लिन्छन्, र सत्यताको खोजी पनि गर्दैनन्। तिनीहरूमा सिद्धान्त भन्ने कुरा हुँदै हुँदैन, र तिनीहरूले आफ्नो हृदयमा परमेश्वरले कसरी काम गर्न लगाउनुभएको छ वा परमेश्वरलाई कसरी सन्तुष्ट पार्ने भन्नेबारेमा कुनै ध्यान दिँदैनन्, र तिनीहरूले एकोहोरो आफ्नो इच्छा पछ्याउन मात्रै जानेका हुन्छन्। यस्ता मानिसहरूको हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ हुँदैन। कतिपय मानिसहरू भन्छन्, ‘कठिनाइको सामना गर्दा मात्रै म परमेश्वरलाई प्रार्थना गर्छु, तर अझै पनि यसले कुनै प्रभाव पार्दैन जस्तो लाग्छ—त्यसकारण सामान्यतया समस्याहरू आइपर्दा म अचेल परमेश्वरलाई प्रार्थना गर्दिनँ, किनभने परमेश्वरलाई प्रार्थना गर्नुको कुनै अर्थ छैन।’ त्यस्ता मानिसहरूको हृदयबाट परमेश्वर पूर्ण रूपमा टाढा हुनुभएको हुन्छ। तिनीहरूले साधारण समयहरूमा जे गरे पनि सत्यता खोजी गर्दैनन्; तिनीहरूले आफ्नै विचारहरू मात्र पछ्याउने गर्छन्। त्यसो भए, के तिनीहरूको कार्य-व्यवहारमा सिद्धान्तहरू हुन्छन् त? अवश्य नै हुँदैनन्। तिनीहरूले सबै कुरा सरल तरिकाले हेर्छन्। मानिसहरूले तिनीहरूलाई सत्यता सिद्धान्तहरू सङ्गति गर्दासमेत, तिनीहरूले ती सिद्धान्तहरू स्विकार्न सक्दैनन्, किनभने तिनीहरूको कार्य-व्यवहारमा कहिल्यै कुनै सिद्धान्त लागू गरिएकै हुँदैन, तिनीहरूको हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ हुँदैन, र तिनीहरूको हृदयमा तिनीहरू आफैबाहेक अरू कोही पनि हुँदैन। तिनीहरूलाई आफ्ना अभिप्राय असल छन्, आफूले कुनै दुष्कर्म गरिरहेको छैन, र आफूलाई सत्यता उल्लङ्घन गरिरहेको भनेर भन्न सकिँदैन भन्ने लाग्छ, र तिनीहरू आफ्नै अभिप्रायहरूअनुसार काम गर्नुलाई नै सत्यता अभ्यास गर्नु हो, र त्यसरी काम गर्नु नै परमेश्वरप्रति समर्पित हुनु हो भन्ठान्छन्। वास्तवमा, यस विषयमा तिनीहरूले साँचो रूपमा परमेश्वरसित खोजी वा प्रार्थना गरिरहेका हुँदैनन्, बरु आफ्नै जोसपूर्ण अभिप्रायहरूका आधारमा आवेगसाथ काम गरिरहेका हुन्छन्, तिनीहरूले परमेश्वरले भन्नुभए जसरी आफ्नो कर्तव्य निभाइरहेका हुँदैनन्, तिनीहरूसँग परमेश्वरप्रति समर्पित हृदय हुँदैन, र तिनीहरूमा यो कुराको चाहना नै हुँदैन। मानिसहरूको अभ्यासमा हुने सबैभन्दा ठूलो गल्ती यही हो। यदि तैँले परमेश्वरमा विश्वास त गर्छस्, तैपनि तेरो हृदयमा उहाँ हुनुहुन्न भने, के तैँले परमेश्वरलाई छल गर्ने प्रयास गरिरहेको हुँदैनस् र? अनि परमेश्वरमाथिको यस्तो विश्वासले कस्तो प्रभाव ल्याउन सक्छ? तैँले आखिर के प्राप्त गर्न सक्छस्? अनि परमेश्वरमाथिको यस्तो विश्वासको अर्थ के हुन्छ र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनले ठ्याक्कै मेरा स्थिति र व्यवहारलाई प्रकट गरे। मैले ती नयाँ विश्वासीलाई त्याग्दाको समयमा मैले प्रार्थना गरिनँ, सत्यता खोजिनँ, न त मेरो अगुवासँग यसबारे छलफल गरेँ। मैले आँखा चिम्लेर अनुभवअनुसार काम गरेँ, विगतमा पनि हामीले मलजल गरेका केही विश्वासीले महिनौँसम्म भेला छाड्ने गरेका र हामीले तिनीहरूलाई सम्पर्क गर्न नसकेपछि छाडिदिएको कुरालाई आधार बनाएँ। मैले सोचेँ, अहिले पनि नयाँ विश्वासी फर्केर आएनन् भने त्यही नै गर्नुपर्छ। मैले के पनि सोचेँ भने, सत्यताको खोजकर्ता को हो, अविश्वासी को हो भनी म प्रस्ट देख्न सक्छु, त्यसैले तिनीहरूलाई खारेज गरेर त्यागिदिन्छु। बेलाबेलामा मलाई असहज लागे पनि, मैले कुनै खोजी गरिनँ। जब मेरो सहकर्मीले यो कुरा निकालिन्, मैले उनको सुझावलाई गम्भीरतापूर्वक लिइनँ, आफूले जे चाहेँ त्यही गरेँ। मैले आफ्ना विचारलाई सत्यता सिद्धान्तझैँ लिएँ, आफू गलत हुन सक्दिनँ भन्ने सोचेँ। के त्यो अहङ्कारी र अभिमानी हुनु थिएन? मैले अरू मानिसको बारेमा केही सोचिनँ, र परमेश्वरलाई हृदयमा राखिरहेकी थिइनँ। म अत्यन्त स्वेच्छाचारी थिएँ! नयाँ विश्वासीहरू भेलामा आए-नआएको हेरेर तिनीहरूमा साँचो आस्था छ कि छैन भनी तय गर्थेँ, सोच्थेँ, तिनीहरू केही समय आएनन्, सम्पर्क गर्न सकेनौँ भने तिनीहरूलाई हामी छाड्न सक्छौँ। वास्तवमा, भेलामा नआएकै आधारमा तिनीहरू अविश्वासी हुन् भन्ने हुँदैन। को साँचो विश्वासी हुन् र को अविश्वासी हुन् भन्ने कुराको निर्धारण गर्न तिनीहरूको वास्तविक परिस्थिति बुझ्नुपर्छ—तिनीहरूलाई फरक तरिकाले व्यवहार गरिनुपर्छ। भेलामा नजानेहरूमध्ये केही परिवारका सदस्यसँग अनिच्छापूर्वक आएका हुन्छन्। परिवारका सदस्यले विश्वासी बन्लान् भनेर ल्याएका हुन्छन्। तर तिनीहरू त परमेश्वरको अस्तित्वमा समेत विश्वास गर्दैनन्, उहाँका वचन पढ्न वा भेलामा सहभागी हुन मन गर्दैनन्। मैले त्यागेकामध्ये केहीले सांसारिक कुरा, ख्याति वा दुष्ट प्रवृत्ति पछ्याइरहेका छन्, र परमेश्वरलाई पछ्याउने वा भेलामा जाने कुरामा पटक्कै रुचि राख्दैनन्। तिनीहरू परमेश्वरका वचनको कुनै पनि सङ्गतिप्रति वितृष्णा राख्ने र प्रतिरोध गर्ने गर्छन्। यी मानिसहरूको प्रकृति नै सत्यताप्रति वितृष्णा राख्नु हुन्छ, तसर्थ, तिनीहरू जन्मजातै अविश्वासी हुन्। यदि तिनीहरू भेलामा उपस्थित हुन चाहँदैनन् भने हामी तिनीहरूलाई पूर्ण रूपमा जान दिन सक्छौँ। तर, केही नयाँ विश्वासीमा असल मानवता र परमेश्वरप्रतिको साँचो आस्था हुन्छ, तर, भर्खरै सुरु गरेका हुनाले सत्यता वा भेलाको महत्त्व बुझ्दैनन्। तिनीहरू हृदयमा परमेश्वरलाई स्विकारे पुग्छ, र भेलामा आए-नआए पनि फरक पर्दैन भन्ने सोच्छन्। त्यसैले तिनीहरूले यसबारे धेरै सोच्दैनन् र आउन मन लाग्दा मात्र आउँछन्। र, कतिपयलाई वास्तविक कठिनाइ हुन्छ, तिनीहरू काम र भेलाको समय नमिलेर आउन इच्छुक हुँदैनन्। हामीले तिनीहरूको समस्यामा प्रेमपूर्वक मद्दत र सहयोग गर्नुपर्छ, तिनीहरूको धारणा र कठिनाइ हल गर्न सत्यता प्रयोग गर्नुपर्छ, मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्रायबारे बुझाउनुपर्छ। साथै, तिनीहरूलाई अनुकूल हुने गरी भेलाको समय मिलाउनुपर्छ। तर मैले नयाँ विश्वासीहरूलाई तिनीहरूको वास्तविक परिस्थितिअनुसार व्यवहार गरिरहेकी थिइनँ, वा कर्तव्यमा सिद्धान्तवादी भएकी थिइनँ। मैले सत्यता बुझेकी थिइनँ, आफ्नै तरिकाले जिद्दी भएर कामकुरा गरेँ, भेलामा नआइरहेका केही नयाँ विश्वासीलाई अविश्वासीझैँ मानेँ, र लापरबाहीपूर्वक पन्छाएँ।
परमेश्वरले पर्दापछाडि धेरै काम गर्नुभएको छ, आखिरी दिनहरूमा उहाँको काम स्वीकार गर्ने हरेक विश्वासीका लागि धेरै प्रबन्ध गर्नुभएको र अविश्वसनीय मूल्य चुकाउनुभएको छ। ब्रदर-सिस्टरले धेरै पटक तिनीहरूलाई धैर्य र प्रेमपूर्वक भई सुसमाचार सुनाएका छन्। तर मैले भने सिद्धान्तसमेत नखोजी, केही नयाँ विश्वासीलाई परमेश्वरले मुक्ति नदिने मानिस भनेर खारेज गरेकी थिएँ। म साँच्चिकै अनुचित रूपमा अहङ्कारी थिएँ। भेलामा नआउनु तिनीहरूको दोष थिएन, उनीहरूले के कुराको सामना गरिरहेका छन् भन्ने थाहा नहुनु र आफूले गर्नुपर्ने मद्दत र सहयोग नगर्नु मेरो दोष दियो। मैले तिनीहरूलाई त्याग्ने बहानाका रूपमा “परमेश्वरले उत्कृष्ट मानिस चाहनुहुन्छ, धेरै मानिस होइन” भन्ने भनाइ पनि प्रयोग गरिरहेकी थिएँ। तर त्यसको वास्तविक अर्थ भने परमेश्वरको राज्यलाई साँचो आस्था र सत्यताप्रति प्रेम भएका मानिस चाहिन्छ, र परमेश्वरले अविश्वासी, दुष्ट मानिस र ख्रीष्टविरोधीलाई मुक्ति दिनुहुनेछैन भन्ने थियो। तर, मैले भेला छोड्ने सबै नयाँ विश्वासीलाई परमेश्वरले मुक्ति नदिने मानिस मानेकी थिएँ। मैले परमेश्वरका वचनको गलत व्याख्या गरिरहेकी थिएँ। मैले तिनीहरूलाई वास्तविक सङ्गति वा सहयोग प्रदान गरिनँ, न मूल्य चुकाएँ, न आफ्ना जिम्मेवारी पूरा गरेँ। मसँग तिनीहरू सत्यतालाई ख्याल गर्छन्-गर्दैनन्, वा साँच्चै अविश्वासी हुन्-होइनन् भन्ने बुझाइ पनि थिएन। मैले आँखा चिम्लेर तिनीहरूलाई खारेज गरेँ र आफ्नै विचारका आधारमा त्यागेँ। यदि मेरो अगुवाले मलाई काटछाँट नगरेकी भए, कति जना नयाँ विश्वासीलाई चोट पुर्याउँथेँ भन्ने मलाई थाहा नै छैन। मेरो व्यवहार निकै घृणित रहेको मैले देखेँ। मलाई सत्यता सिद्धान्त थाहा थिएन र मैले खोजी गरिनँ पनि, बरु खालि आफ्नै शैतानी स्वभावअनुसार काम गरेँ। ती अपराध थिए! म जान्दथेँ, मैले पश्चात्ताप गरिनँ वा बदलिनँ भने परमेश्वरले पक्कै मलाई इन्कार्नुहुने छ।
मण्डली अगुवा भएको नाताले, मेरा लागि परमेश्वरको अभिप्राय आस्थामा नयाँ रहेका ब्रदर-सिस्टरलाई मलजल र सहयोग गर्नु हो, तिनीहरूका धारणा र समस्या हल गर्न मद्दत गर्नु हो, ताकि तिनीहरूले उहाँका कामबारे जान्न सकुन् र सक्दो चाँडो साँचो मार्गमा जरा गाडुन्। तर, मैले मनोमानी गरेँ र जथाभाबी दुष्कर्म गरिरहेँ। म आँखा चिम्लेर आफ्नै बाटोमा हिँडिरहेकी मात्र नभएर अरूलाई पनि पथभ्रष्ट गराइरहेकी थिएँ। परिणामस्वरूप, मेरा ब्रदर-सिस्टरहरूले पनि नयाँ विश्वासीहरूलाई त्यागिरहेका थिए। म दुष्टता गर्दै थिएँ। यसको परिणामहरू कति गम्भीर थिए भन्ने बुझेर, मलाई डर लाग्यो र आफैसँग रिस उठ्यो। किन मैले त्यो समयमा परमेश्वरलाई प्रार्थना गरिनँ वा सत्यता खोजिनँ? मैले किन अगुवाको सहयोग लिइनँ, बरु भेलामा नआउनेहरूलाई यत्तिकै जान दिएँ? यस्तो दुस्साहस गर्न मलाई केले प्रेरित गर्यो? मैले परमेश्वरलाई प्रार्थना गरेँ, र त्यसपछि परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले आफ्नो अभिप्रायविना नै त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, तँलाई परमेश्वरको प्रतिरोध नगर् भनेर भनियो भने त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्वरको स्थानमा बस्न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। मैले यी वचनहरू धेरै पटक पढेकी थिएँ, तर यो अनुभवपछि मात्र यसले गहिरोसँग छोयो। मैले धेरै लामो समयसम्म मण्डली अगुवाको रूपमा काम गरेकी थिइनँ र मसँग कुनै सत्यता वास्तविकता थिएन। मैले नबुझेका सत्यता सिद्धान्त धेरै थिए, तर पनि मैले सबै कुरा बुझे झैँ आफूलाई उच्च ठानेँ। नयाँ विश्वासीको कुरामा, भेलामा नआउने सबलाई मैले अविश्वासी भनी खारेज गरेँ, तिनीहरूको वास्तविक परिस्थितिअनुसार फरक तरिकाले व्यवहार गरिनँ। म यति आत्मधर्मी थिएँ कि मैले प्रार्थना गरिनँ, खोजी गरिनँ, अगुवासँग कुरा गरिनँ, अनि, मेरो सहकर्मीको सल्लाह पनि मानिनँ। म अत्यन्त अहङ्कारी थिएँ! वास्तवमा, नयाँ विश्वासीलाई कसरी व्यवहार गर्ने भन्नेबारे धेरै सत्यता सिद्धान्त छन्, जस्तै, मानिसलाई प्रेमपूर्वक मद्दत गर्ने सिद्धान्त, मानिसलाई उचित व्यवहार गर्ने सिद्धान्त, नयाँ विश्वासीका धारणाहरू हल गर्नेबारे सत्यता सिद्धान्त, इत्यादि। यदि मसँग थोरै भए पनि परमेश्वरको डर मान्ने हृदय रहेको भए, यति अहङ्कारी र आत्मधर्मी नभएकी भए, यी सिद्धान्तहरूलाई साँच्चिकै ख्याल गरेकी भए, म कहिल्यै यति हठी र हाम्रो काममा अवरोधकारी हुने थिइनँ होला। मैले बुझेँ, अहङ्कारी स्वभावअनुसार जिउनुको अर्थ मैले दुष्टता गर्नु र परमेश्वरको प्रतिरोध गर्नु हो। मैले साँच्चिकै आफूलाई घृणा गरेँ, म साँच्चिकै परमेश्वरबाट श्रापित हुन लायक छु भन्ने लाग्यो। मैले कसम खाएँ, म आफ्नो अहङ्कारी स्वभाव हल गर्नका लागि सत्यता खोज्नेछु।
त्यसपछि, मैले परमेश्वरको वचनको दुई खण्ड पढेँ: “मण्डलीका अगुवा र कामदारहरूले आफ्नो काम गर्दा दुई वटा सिद्धान्तमा ध्यान दिनुपर्छ: एउटा हो, कामको बन्दोबस्तहरूद्वारा निर्धारित गरिएका सिद्धान्तहरूअनुसार दुरुस्त रूपमा काम गर्नु, ती सिद्धान्तहरू कहिल्यै पनि उल्लङ्घन नगर्नु र तिनीहरूले गरेका कल्पना वा तिनीहरूका आफ्नै विचारलाई तिनीहरूका कामको आधार नबनाउनु। तिनीहरूले गर्ने सबै कुरामा, तिनीहरूले मण्डलीको काममा चासो देखाउनुपर्छ, र सधैँ परमेश्वरको घरको हितलाई पहिलो स्थानमा राख्नुपर्छ। अर्को कुरा—यो सबैभन्दा महत्त्वपूर्ण छ—सबै कुरामा तिनीहरूले पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउने कार्यमा ध्यान दिनुपर्छ, र परमेश्वरको वचन कडाइका साथ पालन गर्दै सबै कुरा गर्नुपर्छ। यदि तिनीहरू अझै पनि पवित्र आत्माको मार्गनिर्देशनको विरुद्धमा छन् भने, वा यदि तिनीहरू हठी बन्दै आफ्नै विचारहरूमा चल्छन्, र आफ्नै कल्पनाहरूअनुसार कार्यहरू गर्छन् भने, तिनीहरूका कार्यहरू परमेश्वरको विरुद्ध अति गम्भीर प्रतिरोध बन्नेछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “जब तैँले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने र परमेश्वरलाई घिन लाग्ने कुनै कार्य गर्छस्, तब तैँले कसरी आत्मचिन्तन गर्नु र आफैलाई चिन्ने प्रयास गर्नुपर्छ? जब तँ त्यो कार्य गर्न लागेको थिइस्, के तैँले उहाँसँग प्रार्थना गरिस्? के तैँले कहिल्यै यस्तो विचार गरिस्, ‘के यसरी काम गर्नु सत्यताअनुरूप हुन्छ? यो विषयलाई परमेश्वरको सामु ल्याइयो भने, उहाँले यसलाई कसरी हेर्नुहुनेथियो होला? यदि उहाँले यस विषयमा थाहा पाउनुभयो भने, उहाँ खुसी हुनुहुनेथियो वा दिक्क मान्नुहुनेथियो? के उहाँले त्यसलाई घृणा वा तिरस्कार गर्नुहुनेथियो?’ तैँले यसको खोजी गरिनस्, गरिस् त? अरूले तँलाई सम्झाउँदा पनि, तैँले यो कुनै ठूलो विषय होइन, र यो कुनै पनि सिद्धान्तको विरुद्धमा छैन र यो पाप होइन भन्ने सोचिस्। फलस्वरूप, तैँले परमेश्वरको स्वभावलाई चिढ्याइस् र उहाँमा ठूलो क्रोध उत्पन्न गराइस्, यहाँसम्म कि उहाँले तँलाई घृणासमेत गर्नुभयो। यो मानिसहरूको विद्रोहीपनबाट आउने कुरा हो। त्यसकारण, तैँले सबै कुरामा सत्यताको खोजी गर्नुपर्छ। तैँले पछ्याउनुपर्ने कुरा यही हो। यदि तँ इमानदारीसाथ पहिले नै परमेश्वरको अघि प्रार्थना गर्न आउन सक्छस्, र त्यसपछि परमेश्वरका वचनहरूअनुसार सत्यताको खोजी गर्न सक्छस् भने, तँ गलत हुनेछैनस्। तैँले सत्यता अभ्यास गर्दा अलिअलि विचलन गर्न सक्छस्, तर यस्तो हुन नदिन कठिन नै हुन्छ, र तैँले केही अनुभव प्राप्त गरेपछि सही तरिकाले अभ्यास गर्न सक्नेछस्। तैपनि, तँलाई सत्यताअनुसार कसरी काम गर्ने भन्ने थाहा छ, र पनि तैँले अभ्यास गर्दैनस् भने, यसमा समस्या भनेको तैँले सत्यतालाई मन नपराउनु हो। सत्यतालाई प्रेम नगर्नेहरूले कहिल्यै पनि यसको खोजी गर्नेछैनन्, चाहे तिनीहरूमाथि जेसुकै नै किन आइनपरोस्। सत्यतालाई प्रेम गर्नेहरूसँग मात्रै परमेश्वरको डर मान्ने हृदय हुन्छ, र तिनीहरूले नबुझेका कुनै कुरा भइपरी आउँदा, तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्। यदि तैँले परमेश्वरका अभिप्राय बुझ्न सक्दैनस् र कसरी अभ्यास गर्ने तँलाई थाहा छैन भने, तैँले सत्यता बुझ्ने कतिपय मानिसहरूसँग सङ्गति गरेर सत्यता खोजी गर्नुपर्छ। यदि तैँले सत्यता बुझ्ने व्यक्तिहरू भेट्टाउन सक्दैनस् भने, तैँले विशुद्ध बुझाइ भएका केही मानिसहरू खोजेर एउटै मन र एउटै हृदयको भएर परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, परमेश्वरसित खोजी गर्नुपर्छ, परमेश्वरको समय पर्खनुपर्छ, र परमेश्वरले तेरो लागि ढोका खोलिदिनुहुने समयको प्रतीक्षा गर्नुपर्छ। तिमीहरू सबैले सत्यताको तृष्णा, सत्यताको खोजी, र सँगै मिलेर सत्यताको बारेमा सङ्गति गरेसम्म, कुनै दिन तिमीहरूमध्ये कसै न कसैले राम्रो समाधान भेट्टाउन सक्नेछ। यदि तिमीहरू सबैले समाधान उपयुक्त भएको र असल तरिका भएको महसुस गर्यौ भने, यो पवित्र आत्माको अन्तर्दृष्टि र ज्योतिको कारण आएको हुन सक्छ। त्यसपछि तिमीहरूले अझै सही अभ्यासको मार्ग भेट्टाउनको लागि सँगै मिलेर सङ्गति गरिरह्यौ भने, यो अवश्य नै सत्यता सिद्धान्तहरूअनुरूप हुनेछ। आफ्नो अभ्यासमा, तिमीहरूले आफ्नो अभ्यासको तरिका अझै अलि अनुचित छ भन्ने पत्ता लगायौ भने, तिमीहरूले यसलाई तुरुन्तै सुधार गर्नुपर्छ। यदि तिमीहरूले सानो गल्ती गर्यौ भने, परमेश्वरले तिमीहरूलाई दोषी ठहर्याउनुहुनेछैन, किनभने आफूले गर्ने कामप्रति तिमीहरूको अभिप्राय सही हुन्छ, र तिमीहरूले सत्यताअनुरूप अभ्यास गरिरहेका हुन्छौ। तिमीहरू केवल सिद्धान्तहरूका बारेमा अलि अन्योल भएका हुन्छौ र अभ्यासमा सानो गल्ती गरेका हुन्छौ, जुन क्षमायोग्य नै हुन्छ। तर जब धेरैजसो मानिसहरूले कामकुरा गर्छन्, तब तिनीहरूले कल्पना गरे अनुसार ती काम गर्छन्। तिनीहरूले सत्यताअनुसार कसरी अभ्यास गर्ने वा परमेश्वरको अनुमोदन कसरी प्राप्त गर्ने भन्ने विषयमा चिन्तन गर्ने आधारको रूपमा परमेश्वरका वचनहरूलाई प्रयोग गर्दैनन्। बरु, तिनीहरूले आफूलाई कसरी फाइदा पुर्याउने, र अरूलाई कसरी आफूलाई उच्च नजरले हेर्न र आफ्नो श्रद्धा गर्न लगाउने भन्नेबारेमा मात्रै विचार गरिरहेका हुन्छन्। तिनीहरूले पूर्ण रूपमा आफ्नै विचारहरूको आधारमा र आफूलाई सन्तुष्ट पार्नको लागि नै कामकुरा गर्छन्, जुन समस्यापूर्ण कुरा हो। त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता अनुसार कामकुरा गर्दैनन्, र परमेश्वरले तिनीहरूलाई सधैँ घिनाउनुहुनेछ। यदि तँ साँच्चै नै विवेक र समझ भएको व्यक्ति होस् भने, जेसुकै आइपरे पनि, तँ प्रार्थना र खोजी गर्न परमेश्वरको अघि आउन सक्नुपर्छ, तेरा कार्य-व्यवहारका मनसाय र अशुद्धताहरूलाई गम्भीर रूपमा जाँच्न, परमेश्वरका वचनहरू र मापदण्डहरूअनुसार उचित कुरा के हो सो निर्धारित गर्न, र के-कस्ता कामलाई परमेश्वरले मन पराउनुहुन्छ, के-कस्ता कामलाई परमेश्वरले घृणा गर्नुहुन्छ, र के-कस्ता कामलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ भनेर बारम्बार मूल्याङ्कन र चिन्तन गर्न सक्नुपर्छ। तैँले यी कुराहरूको बारेमा स्पष्ट नबुझेसम्म बारम्बार मनमा सोचिरहनुपर्छ। यदि कामकुरा गर्नुको पछाडि तेरा आफ्नै मनसायहरू छन् भन्ने तँलाई थाहा भयो भने, तैँले तेरा अभिप्रायहरू के हुन्, यो तँलाई सन्तुष्ट पार्नको लागि हो कि परमेश्वरलाई सन्तुष्ट पार्नको लागि हो, यो तेरो लागि फाइदाजनक छ कि परमेश्वरका चुनिएका मानिसहरूका लागि फाइदाजनक छ, र यसले के-कस्ता परिणामहरू ल्याउँछ भन्नेबारेमा मनन गर्नुपर्छ…। यदि तैँले आफ्ना प्रार्थनाहरूमा यसरी नै अझै खोजी र मनन गरिस्, र सत्यता खोजी गर्न आफैलाई यस्ता धेरै प्रश्नहरू गरिस् भने, तेरो काममा आउने विचलनहरू झन्झन् साना हुँदै जानेछन्। यसरी सत्यताको खोजी गर्न सक्ने मानिसहरू मात्रै परमेश्वरको अभिप्रायलाई ख्याल गर्ने र उहाँको डर मान्ने मानिसहरू हुन्, किनभने यसरी तैँले परमेश्वरका वचनहरूका मापदण्डहरूअनुसार र समर्पित हृदयले खोजी गरिरहेको हुन्छस्, र यसरी तैँले निकाल्ने निष्कर्षहरू सत्यता सिद्धान्तहरू अनुरूप हुनेछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनले मलाई अभ्यासको मार्ग दिए। अगुवा र सेवकहरूले सत्यता सिद्धान्त र परमेश्वरका घरको बन्दोबस्तअनुसार कडाइका साथ काम गर्नुपर्छ, र सधैँ पवित्र आत्माका मार्गदर्शन पालना गर्नुपर्छ। हामीले आफ्ना कर्तव्यमा अक्सर प्रार्थना र खोजी गर्नु र परमेश्वरको डर मान्ने हृदय राख्नु पनि आवश्यक छ। हामीले कहिल्यै आफ्नै विचार र अनुभव, वा कल्पना र धारणा पछ्याउनु हुँदैन, जे चाह्यो त्यही गर्नु हुँदैन। हामीले आँखा चिम्लेर आफैलाई विश्वास त झनै गर्नुहुँदैन। हामीले सत्यता सिद्धान्त खोज्नुपर्छ। कुनै कुरा नबुझेको बेला हामीले ब्रदर-सिस्टरहरूसँग खोजी वा सङ्गति गर्न सक्छौँ, ताकि कार्य गर्नुअघि सिद्धान्तमा हाम्रो दह्रो पकड होस्। परमेश्वरको अभिप्रायअनुसार हुने गरी हामीले यसरी नै कर्तव्य पूरा गर्नुपर्छ। यो अनुभवले साँच्चिकै मलाई पाठ सिकायो। यदि परमेश्वरले परिस्थिति तय गरेर अगुवाबाट मेरो काटछाँट नगराउनुभएको भए, आफ्नै विचारका आधारमा काम गर्नुको परिणामहरू कति गम्भीर हुने थिए भन्नेबारे मैले अझै पनि बुझेकी हुने थिइनँ। मैले आफैलाई भनेँ, अबदेखि मैले सत्यता खोज्नुपर्छ र सिद्धान्तअनुसार कर्तव्य पूरा गर्नुपर्छ। पछि, दुई नयाँ सदस्य भेलामा आउन छाडे, र मैले आफ्नो अहङ्कारी स्वभाव पछ्याउने, दम्भी भएर आकलन गर्ने र तिनलाई त्याग्ने हिम्मत गरिनँ। पछि, एक जनालाई धेरै पटक भेटेर परिस्थिति बुझेपछि, सहयोग र मद्दत गरेपछि, र उनको अवस्थाबारे हाम्रो अगुवासँग सङ्गति गरेपछि, हामीले अन्ततः ऊ अविश्वासी रहेको निर्क्योल गर्यौँ र छाडिदियौँ। तर अर्को सिस्टर थिइन्, परमेश्वरमा विश्वास गरेको दुई वर्षजति पनि भएको थिए, उनलाई परमेश्वरको वचन पढ्न मन पर्थ्यो, आफ्नो कर्तव्यमा सक्दो गर्थिन्। तर, उनले मानिसको भ्रष्टतालाई न्याय र खुलासा गर्ने परमेश्वरको वचन पढ्दा, आफूलाई त्यससँग तुलना गरिन्, र आफू गहिरोसँग भ्रष्ट भएको देखिन्। उनले आफूलाई आशाहीन ठानिन्, र आफैसँग हार मान्न सुरु गरिन्। अरू र मैले उनीसँग परमेश्वरका वचनमा सङ्गति गर्यौँ, ताकि, उनले परमेश्वरको मुक्ति शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएका सबै मानवजातिका लागि हो भन्ने देख्न सकुन्। परमेश्वरले हाम्रो कठिनाइ, कमजोरी र आवश्यकता बुझ्नुहुन्छ, हामीले सत्यता पछ्याउन नछाडेसम्म परमेश्वरले हामीलाई सजिलै त्याग्नुहुनेछैन, किनभने उहाँले सकेसम्म मानिसलाई मुक्ति दिने प्रयास गर्नुहुन्छ भनेर सङ्गति गर्यौँ। ती सिस्टरको आँखामा आँसु आए, उनले परमेश्वरको प्रेम अनुभूत गर्न सकिन्। हामीले उनलाई केही पटक मद्दत र सहयोग गर्यौँ, अहिले उनी फेरि नियमित भेला हुन थालेकी छिन्।
यो अनुभवले मलाई साँच्चिकै भ्रष्ट मानवजातिको मुक्तिमा परमेश्वरको अभिप्राय र अविश्वसनीय प्रेमलाई देखायो। साथै, परमेश्वरका वचनको न्याय र प्रकाशका माध्यमबाट मैले आफ्नो अहङ्कारी स्वभावबारे केही बुझाइ पाएकी छु, र आफ्नै तरिकाले कर्तव्य गर्नुको हानि र परिणामहरू देखेकी छु। बल्ल ममा अलिकति परमेश्वरको डर मान्ने हृदय आएको छ। अब म आफ्नो कर्तव्य सिद्धान्तअनुरूप पूरा गर्न सक्छु, र यो परमेश्वरका वचनबाटै हासिल भएको हो। परमेश्वरलाई धन्यवाद!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
सन् २०२० को ग्रीष्मकालमा, म मण्डलीको लेख-रचनासम्बन्धी कामको इन्चार्ज थिएँ। एक दिन, मैले याङ कान शब्दहरू प्रयोग गर्न सिपालु छिन् र निकै...
क्षिन्जिए, चीनसर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “अहङ्कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्कारी हुन्छन्, तिनीहरूले...
२०१२ को अन्त्यतिर, मैले मण्डली अगुवाको रूपमा सेवा गर्न थालेँ। मण्डलीका सबै प्रोजेक्टहरूको सुस्त प्रगति भइरहेको र एक-दुई सदस्यहरूले मात्रै...
डोङ्गफेङ्ग, अमेरिकाअगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले...