मलाई भर्खरै मात्र आफूसँग सत्यता वास्तविकता नरहेको बोध भयो
अगस्त २०२२ मा, अनुभवात्मक गवाहीसम्बन्धी मेरो लेखको भिडियो बनाइयो र अनलाइनमा राखियो। म निकै चकित र उत्साहित थिएँ, र तुरुन्तै मैले राम्रोसँग...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २०१६ मा मलाई मण्डली अगुवाको रूपमा कार्य गर्नेगरी छनौट गरियो। सुरुमा मैले त्यो कर्तव्य थाल्दा धेरै तनाव भयो किनभने मैले सत्यतालाई बुझेको थिइनँ र परिस्थितिहरूको बारेमा ममा अन्तर्ज्ञान थिएन, त्यसकारण दाजुभाइ-दिदीबहिनीहरू समस्यामा पर्दा ती समस्यालाई समाधान गर्न सत्यता कसरी सङ्गति गर्ने मलाई थाहा हुँदैनथियो। मानिसहरूलाई निश्चित कर्तव्यहरूमा नियुक्त वा छनौट गर्ने क्रममा कसरी सत्यता सिद्धान्तहरूको बारेमा विचार गर्ने भन्ने बारेमा पनि मलाई थाहा हुँदैनथियो, त्यसकारण ती सिद्धान्तहरूको खोजी गर्दा म परमेश्वरसँग प्रार्थना गर्थेँ। कुनै कुरालाई राम्ररी नबुझ्दा म सहकर्मीहरूलाई पनि सोध्ने गर्थेँ। समय बित्दै जाँदा मानिसहरू र परिस्थितिहरूलाई मूल्याङ्कन गर्ने मेरो क्षमता बढ्दै गयो, र मैले दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूका व्यक्तिगत सबल पक्षहरूको आधारमा उचित कर्तव्यहरू दिन सक्ने भएँ। एक पटक एक जना ब्रदरले मलाई सुसमाचार टोली अगुवा सिस्टर जिया जिङ्गको बारेमा कुरा गर्ने प्रयास गरे। जिया जिङ्गले आफ्नो कर्तव्यमा झारा टार्ने र निष्क्रिय भएर बस्ने गरेकी, र समूहको काममा बाधा पुर्याइरहेकीले उनलाई निकालेर अर्को व्यक्तिलाई राख्नुपर्छ भनेर ती ब्रदरले सुझाव दिए। मैले मनमनै विचार गरेँ, “जिया जिङ्गमा राम्रो क्षमता छ र उनले आफ्नो कर्तव्य गर्न सक्छिन्; उनमा भ्रष्ट स्वभाव भए पनि उनलाई थोरै सहयोग गरियो र आफूलाई सही बाटोमा ल्याएर केही परिवर्तन गर्न सकिन् भने उनलाई आफ्नो कर्तव्यमा कुनै समस्या हुनेछैन।” त्यसकारण मैले जिया जिङको स्थितिको खुलासा र विश्लेषण गरी उनलाई काटछाँट र निराकरण गरेँ। एक-दुई पटक सङ्गति गरिसकेपछि, आफ्नो कर्तव्यप्रति उनको आचरण अलिक परिवर्तन भएको देखेँ। उनले निकै अग्रसरता देखाइरहेकी थिइन् र अझै बढी भरपर्दो बनेकी थिइन्। केही समयपछि उनलाई अझै महत्त्वपूर्ण कर्तव्यमा बढुवा गरियो। मैले आफैलाई यसो भन्दै स्याबासी दिइरहेको थिएँ, “सही सोच राख्ने व्यक्ति त म नै हुँ। हामीले उनलाई निष्कासन नगरेर राम्रो गर्यौं, हामीले प्रतिभावान् व्यक्तिलाई मण्डलीमा जगेर्ना गर्न सकेका छौँ। ममा केही समझशक्ति रहेछ।” त्यहाँदेखि, मैले आफू निकै अनुभवी भइसकेको र समस्याहरूलाई आफै सम्हाल्न सक्छु भने सोच्दै ती ब्रदरसँग नियुक्ति र पदच्युतको बारेमा छलफल गर्न छोडेँ। दुई वर्ष त्यतिकै बित्यो, र म मण्डलीको कामको बन्दोबस्त गर्ने कार्यमा अझै सिपालु हुँदै गएँ। आफूसँग मानिसहरू र परिस्थितिहरूलाई चिन्ने समझशक्ति र केही अन्तर्दृष्टि छ भन्ने ठानेर म झन्-झन् अहङ्कारी बन्दै गइरहेको थिएँ।
एक दिन मेरो अगुवाबाट एउटा पत्र प्राप्त भयो, जसमा हाम्रो मण्डलीकी सिस्टर झाङ्ग जियायीअर्को मण्डलीबाट निष्कासित भएपछि फर्केर आएकी र मैले उनी भेलाहरूमा उपस्थित हुने बन्दोबस्त मिलाउनुपर्ने भनेर बताइएको थियो। मैले सोचेँ, “जियायीसँगको मेरो पहिलेका कुराकानीहरूबाट उनी अहङ्कारी रहेकी, मानिसहरूलाई हेपेर हप्काउने गरेकी, र घुलमिल भएर काम गर्न नसक्ने रहेकी मैले देखेको थिएँ। उनी खासै परिवर्तन भएकी रहेनछिन्।” केही समयपछि हाम्रो मण्डलीमा धेरै जना नयाँ विश्वासीहरू आउन थाले, र हामीलाई मलजल गर्ने कामको लागि तत्काल मानिसहरू चाहिएको थियो। मसँगै काम गर्दै आएका ब्रदर लियू झेङ्गले आफू जियायीसँग भेलामा सहभागी भएको र निष्कासित भएको समयदेखि उनले वास्तविक आत्मज्ञान पाएकी छिन् र केही पश्चात्ताप पनि गरेकी छिन्, साथै उनले पहिले पनि नयाँ सदस्यहरूलाई मलजल गर्ने काम गरेकी र उनी निकै प्रभावकारी रहेकी छिन् भनेर बताए। जियायीले आत्मचिन्तन गर्ने क्रमसँगै हामीले उनलाई केही मलजलको काममा लगाउन सक्यौं भने काममा पनि ढिलाइ नहुने भनेर तिनले सुझाव दिए। तिनले जियायीलाई प्रस्तावित गरेको सुन्दा मैले सोचेँ, “त्यो निर्णयले कसरी काम गर्न सक्छ? तिमीले उनलाई साँचो रूपमा चिनेको नै छैन, उनी सत्यताको खोजी गर्ने व्यक्ति होइनन्। उनको केही बुझाइ सुनेर उनले पश्चात्ताप गरेकी छिन् भन्ने तिमीले सोच्यौ। मानिसहरू र परिस्थितिहरूको मूल्याङ्कन गर्ने तिम्रो क्षमता कमजोर छ र तिमीसँग अलिकति पनि समझशक्ति छैन।” मैले तिनलाई सिधैं भनेँ, “मैले जियायीलाई चिनेको छु। उनमा अहङ्कारी स्वभाव र मानिसहरूलाई हेपेर बोल्ने प्रवृत्ति छ। उनीसँग मिलेर काम गर्न पनि कठिन छ। उनी सधैँ यस्तै थिइन्, र उनी कुनै पनि हालतमा परिवर्तन भएकी छैनन्, नत्र उनलाई निष्कासित गरिने थिएन। उनी उचित व्यक्ति हुन् भन्ने मलाई लाग्दैन। हामीले उनलाई त्यो कर्तव्य जिम्मेवारी दिनु हुँदैन।” लियू झेङ्गले त्यसपछि भने, “हामी धेरै कठोर पनि हुनुहुँदैन। उनी अलिक अहङ्कारी छिन्, तर निष्कासित हुँदाको यो अनुभवद्वारा उनले साँच्चै नै आफूबारे थाहा पाएकी छिन् र आफूले गरेका कुराहरूमा पश्चात्ताप गर्न सकेकी छिन्। अहिले उनी नम्र भएर बोल्छिन् र अरूसँग राम्ररी मिलेर काम गर्छिन्। उनको अहङ्कारी स्वभावमा केही परिवर्तन आएको छ। हामीले मानिसहरूसँग उचित व्यवहार गर्नुपर्छ।” तिनको यो कुरा सुनेपछि मलाई अलिक रिस उठ्यो। मैले सोचेँ, कर्तव्यमा नयाँ रहेको यो व्यक्तिलाई के थाहा छ र? उसले मेरै कुरा मान्नुपर्छ। त्यसकारण मैले थप जोड दिँदै भनेँ, “म मानिसहरूको बारेमा त्यत्तिकै सोच बनाउँदिनँ, तर मलाई थाहा छ उनी त्यो कर्तव्यको लागि उचित छैनन् र हामीले उनलाई मलजलको काम दिनु हुँदैन।” म विचारमा अडिग भएको देखेर लियू झेङ्गले थप केही पनि भनेनन्।
केही समय बित्यो, र मलजल गर्ने मानिसहरू नहुँदा कतिपय नयाँ विश्वासीहरू कमजोर र नकरात्मक भए किनभने तिनीहरूले समयमै मलजल प्राप्त गर्न सकेका थिएनन्, र तिनीहरू भेलामा आउन छोडेका थिए। जब एक जना अगुवाले यो अवस्था देखिन्, तब लियू झेङ्ग र उनी जियायीसँग कुरा गर्न गए। तिनीहरू फर्केर आएपछि, लियू झेङ्गले मलाई भने, “जियायीलाई निष्कासित गरिएको भए पनि, उनी अहङ्कारी मात्र हुन्, र उनले कुनै ठूलो दुष्कर्म गरेकी छैनन्। अहिले उनमा केही आत्मज्ञान छ र उनी पश्चात्ताप गरी परिवर्तन हुन तयार छिन्। उनलाई अझै पनि गोडमेल गर्न सकिन्छ। एक पटक गरेको कामको कारण कसैलाई हामीले सधैँभरि दोष दिनु हुँदैन, बरु उसलाई पश्चात्ताप गर्ने मौका दिनुपर्छ। हामीले यसको बारेमा छलफल गर्यौँ, र जियायीले मलजलको काम लिनुपर्छ।” यस पदोन्नतिका लागि फेरि तिनीहरूले जियायीलाई सिफारिस गरेको देख्दा, मैले सोचेँ, “मैले अस्ति नै स्पष्ट रूपमा भनेको थिएँ, र उनी यति छोटो समयमा कसरी परिवर्तन भएकी हुन सक्छिन्? मैले अगुवाको रूपमा सेवा गरेको धेरै भइसक्यो र मानिसहरूलाई कसरी मूल्याङ्कन गर्ने मलाई थाहा छ, तब किन तिमीहरू मेरो कुरा मान्दैनौ? मैले भनेको मान्दा गलत हुँदैन!” त्यसकारण, मैले फेरि अझ स्पष्ट रूपमा मेरो राय प्रस्तुत गरेँ। म आफ्नो विचारमा निकै जिद्दी भई टाँसिएको देखेर अगुवाले मलाई कडा शब्दमा भनिन्, “हामीले जियायीको अवस्था बुझेका छौँ। हामीले उनको सङ्गति सुन्यौँ, उनीसँग प्रत्यक्ष कुराकानी गर्यौँ, र उनले आत्मचिन्तन गरी केही आत्मज्ञान प्राप्त गरेकी छिन् भन्ने देख्यौँ। हामीले मानिसहरूलाई पश्चात्ताप गर्ने मौका दिनुपर्छ। हामीले मानिसहरूलाई विगतको व्यवहारको आधारमा परिभाषित गर्नु हुँदैन। तपाईं उनी अहङ्कारी छिन् भन्नुहुन्छ, तर अहङ्कारी मानिसहरूलाई परमेश्वरको घरमा कहिलेदेखि वृद्धि विकास हुन दिन छोडियो? जियायी मलजलको कामको लागि योग्य छिन् र यो काम गर्ने मान्छेको अहिले अत्यन्तै खाँचो छ। तपाईं अझै पनि जिद्दी गरेर उनलाई प्रयोग गर्नुहुँदैन भनेर भनिरहनुभएको छ। के यसो गर्नु स्वेच्छाचारी र तानाशाही कार्य होइन र? मण्डलीमा मानिसहरूलाई नियुक्ति गर्ने कार्य तपाईंको निर्णयमा हुनुपर्छ। तपाईंको अनुमोदनविना तिनीहरूले कर्तव्य पूरा गर्न सक्दैनन्। तपाईं अत्यन्तै अहङ्कारी र आत्मधर्मी हुनुहुन्छ। आफूलाई जे मन लाग्यो त्यही गरेर, के तपाईंले मण्डलीको काममा र प्रतिभावान् मानिसहरूलाई गोडमेल गर्ने यसको कार्यमा सीधै बाधा पुर्याइरहनुभएको छैन र?” यसरी अगुवाले मलाई निराकरण गरेको देख्दा मलाई निकै नरमाइलो लाग्यो, तर म अझै पनि यस कुराप्रति विरोध गरिरहेको थिएँ। मैले सोचेँ, “मैले मानिसहरूलाई राम्ररी बुझेको छु, त्यसकारण जियायीको बारेमा म कुनै पनि हालतमा गलत हुन सक्दिनँ।” त्यो बेला मैले असहमति जनाइरहन सकिनँ। त्यसकारण मैले मन नलागी-नलागी भनेँ, “तपाईंहरूले उनमा केही परिवर्तन देख्नुभएको हो भने उनलाई मलजल गर्ने मौका दिऊँ न त। काम राम्रो भएन भने उनको सट्टा अर्कोलाई राखौँला।”
घरमा आएपछि, अगुवाले मलाई निराकरण गरेको बारेमा विचार गरेँ र मलाई निकै नरमाइलो लाग्यो। उनले भनेअनुसार त, के मैले दुष्कर्म र परमेश्वरको विरोध गरिरहेको थिइनँ र? यो सारगत हिसाबमा अत्यन्तै गम्भीर कुरा थियो! तर त्यसपछि फेरि यस्तो सोच आयो, मैले जियायीलाई त्यो पदमा नियुक्ति नगर्ने मेरो निर्णयको बारेमा विचार गरेको थिएँ, तब किन तिनीहरूले मेरो बारेमा त्यसो भने? मैले कहाँ गल्ती गरेँ? अनि मैले परमेश्वरसँग प्रार्थना गर्दै यस कुराको बारेमा मनन गरेँ: “हे परमेश्वर, काटछाँट र निराकरण स्वीकार गर्न मलाई कठिन भइरहेको छ। यस अवस्थामा आफूलाई कसरी बुझ्ने वा सत्यताको कुन पक्षमा प्रवेश गर्ने मलाई थाहा छैन। बिन्ती छ, मलाई बाटो देखाउनुहोस्।” प्रार्थना गरिसकेपछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “‘स्वेच्छाचारी र अविवेकी’ हुनुको अर्थ के हो? यसको अर्थ तैँले कुनै समस्या सामना गर्दा कुनै प्रक्रियागत सोच वा खोजीविना तँलाई जसरी ठिक लाग्छ त्यसरी नै कार्य गर्नु हो। अरूले भनेको कुनै कुराले तेरो हृदय छुन वा तेरो मन परिवर्तन गर्न सक्दैन। तँलाई सत्यता सङ्गति गरिँदा पनि तैँले यो स्विकार्न सक्दैनस्, तँ आफ्नै रायहरूमा टाँसिइरहन्छस्, अरूले कुनै सही कुरा भन्दा सुन्दै सुन्दैनस्, आफैलाई सही ठान्छस्, र आफ्नै विचारहरूमा झुण्डिरहन्छस्। तेरो सोचाइ सही छ भने पनि, तैँले अरू मानिसहरूका रायलाई पनि विचार गर्नुपर्छ। अनि यदि तैँले अरूका रायलाई पटक्कै विचार गर्दैनस् भने, के यो अति आत्मधर्मी हुनु होइन र? अति आत्मधर्मी र आफूखुसी गर्ने मानिसहरूलाई सत्यता स्विकार्नु सजिलो हुँदैन। यदि तैँले केही गलत गरिस् र अरूले तँलाई ‘तपाईंले यो सत्यताअनुसार गरिरहनुभएको छैन’ भनेर आलोचना गरे भने, तँ यसरी जवाफ दिन्छस्, ‘मैले यो सत्यताअनुसार गरिरहेको छैनँ भने पनि, म यसरी नै गर्नेछु,’ अनि त्यसपछि तैँले यो सही भनेर उनीहरूलाई सोच्न लगाउने केही कारण खोज्छस्। यदि उनीहरूले तँलाई ‘तपाईंले त उपद्रो गर्दै हुनुहुन्छ, र यसले मण्डलीको काममा हानि गर्नेछ’ भनेर निन्दा गरे भने, तैँले त्यो सुन्दैनस् मात्र होइन, बहानाहरूसमेत बनाइरहन्छस्: ‘मलाई यो सही तरिका लाग्यो र म त्यसरी नै गर्दै छु।’ यो कस्तो स्वभाव हो? (अहङ्कार।) यो अहङ्कार हो। अहङ्कारी प्रकृतिले तँलाई दुराग्रही बनाउँछ। यदि तँसित अहङ्कारी प्रकृति छ भने, तैँले स्वेच्छाचारी र अविवेकी व्यवहार गर्नेछस्, कसैले भनेको कुरा सुन्नेछैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “तैँले अरूसँग कसरी व्यवहार गर्नुपर्छ त्यो परमेश्वरका वचनमा स्पष्ट देखाइएको वा सङ्केत गरिएको छ; परमेश्वरले जुन मनोवृत्तिले मानवजातिसँग व्यवहार गर्नुहुन्छ मानिसहरूले एकअर्कासित गर्ने व्यवहारमा पनि त्यही मनोवृत्ति अपनाउनुपर्छ। परमेश्वरले प्रत्येक व्यक्तिसँग कसरी व्यवहार गर्नुहुन्छ? कतिपय मानिसहरू अपरिपक्व कदका हुन्छन्; वा युवा हुन्छन्; वा थोरै समय मात्र परमेश्वरमा विश्वास गरेका हुन्छन्; वा प्रकृति सारअनुसार खराब हुँदैनन्, दुर्भावपूर्ण हुँदैनन्, तर अलि अज्ञानी वा कम क्षमताका मात्रै हुन्छन्। अथवा तिनीहरू अत्यन्तै धेरै बन्धनहरूमा परेका हुन्छन्, र तिनीहरूले सत्यता बुझ्न बाँकी नै हुन्छ, तिनीहरूले जीवन प्रवेश गर्न बाँकी नै हुन्छ, त्यसैले तिनीहरूलाई मूर्ख कामहरू वा अज्ञानी कार्यहरू गर्नबाट जोगाउन सकिँदैन। तर परमेश्वर मानिसहरूको क्षणिक मूर्खतामा अल्झिरहनुहुन्न; उहाँले तिनीहरूको हृदय मात्र हेर्नुहुन्छ। यदि तिनीहरूसँग सत्यता पछ्याउने सङ्कल्प छ भने—जुन सही हो—र तिनीहरूको उद्देश्य यही हो भने, परमेश्वरले तिनीहरूलाई अवलोकन गरिरहनुभएको हुन्छ, तिनीहरूलाई पर्खिरहनुभएको हुन्छ, र तिनीहरूलाई प्रवेश गर्न अनुमति दिने समय र मौकाहरू दिँदै हुनुहुन्छ। यो होइन कि परमेश्वरले तिनीहरूलाई एउटै अपराधका लागि कट्टा गर्नुहुन्छ। त्यो त मानिसहरूले प्रायः गर्ने कुरा हो; परमेश्वर मानिसहरूसँग त्यसरी व्यवहार गर्नुहुन्न। यदि परमेश्वर मानिसहरूसँग त्यसरी व्यवहार गर्नुहुन्न भने, किन मानिसहरूले चाहिँ अरूलाई त्यसरी व्यवहार गर्छन् त? के त्यसले तिनीहरूको भ्रष्ट स्वभाव देखाउँदैन? तिनीहरूका भ्रष्ट स्वभाव ठ्याक्कै यही हो। परमेश्वरले अज्ञानी र मूर्ख मानिसहरूसँग कसरी व्यवहार गर्नुहुन्छ, उहाँले अपरिपक्व कद भएका मानिसहरूसित कसरी व्यवहार गर्नुहुन्छ, उहाँले मानवजातिको भ्रष्ट स्वभावको सामान्य प्रकटीकरणहरूलाई कसरी व्यवहार गर्नुहुन्छ, र दुर्भावपूर्ण मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ त्यो तैँले हेर्नुपर्छ। परमेश्वर फरक-फरक मानिसहरूसित फरक-फरक तरिकाले व्यवहार गर्नुहुन्छ, र उहाँसँग विभिन्न मानिसहरूका विभिन्न स्थिति व्यवस्थापन गर्ने विभिन्न तरिका पनि छन्। तैँले यी सत्यताहरू बुझ्नुपर्छ। तैँले यी सत्यताहरूलाई बुझे पछि, मामलाहरूलाई कसरी अनुभव गर्ने र मानिसहरूलाई सिद्धान्तहरू अनुसार कसरी व्यवहार गर्ने भनी तैँले जान्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ)। परमेश्वरका वचनहरूले प्रकट गरेको कुराको आधारमा मैले आफ्नो बारेमा मनन गर्न थालेँ। मैले मानिसहरू छनौट र नियुक्त गर्ने कार्यमा केही समग्र अनुभव प्राप्त गरेको छु र केही सिद्धान्तहरू बुझेको छु भन्ने आफूलाई लागेको थियो। विशेष गरी मैले छनौट गरेको व्यक्ति आफ्नो कर्तव्यमा सफल हुँदा, मलाई साँच्चै नै ममा समझशक्ति छ, अनि मानिसहरू र परिस्थितिहरूलाई मूल्याङ्कन गर्न सक्छु जस्तो लाग्थ्यो। यसलाई मैले मेरो सबल पक्षको रूपमा लिन्थें, अनि आफैलाई बधाई दिन्थेँ, र अरू कसैको सुझाव सुन्दिनथिएँ। लियू झेङ्गले जियायीलाई उचित व्यवहार गर्नुहोस् भनी भन्दा मैले तिनको कुरा सुन्न मानिनँ। मैले पहिले उनलाई जुन अवस्थामा देखेको थिएँ, त्यही अनुसार उनलाई सीमित गरेँ, किनभने मलाई उनी अहङ्कारी छिन् र परिवर्तन हुनेवाला छैनन्, त्यसकारण उनले मलजलको काम लिन सक्दिनन् भन्ने लागेको थियो। वास्तवमा, परमेश्वरको घरका मापदण्डहरू स्पष्ट छन्: यदि कसैले दर्शनका सत्यताहरूलाई बुझ्न सक्छ, र आफ्नो कर्तव्यमा जिम्मेवारी लिन सक्छ भने, उसलाई वृद्धि-विकास गरेर तालिम दिनुपर्छ। अत्यन्तै गम्भीर अपराध गर्नेहरूको हकमा पनि, यदि तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन् भने, यदि तिनीहरू पश्चात्ताप गरेर परिवर्तन हुन सक्छन् भने, तिनीहरूलाई अझै पनि निरन्तर कर्तव्य निभाउने मौका दिन सकिनेछ। परमेश्वरको घरले मानिसहरूलाई सधैँ न्यायसङ्गत र उचित तरिकाले व्यवहार गरेको छ। कसैले जस्तोसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि, वा मण्डलीको काममा बाधा हुने जुनसुकै कार्य गरे पनि, तिनीहरू दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी होइनन् भने परमेश्वरले सकेसम्म तिनीहरूलाई बचाउनुहुनेछ र मण्डलीले तिनीहरूलाई कर्तव्य निभाउने र अभ्यास गर्ने मौका दिनेछ। यो परमेश्वरको प्रेम र मुक्ति हो। मैले परमेश्वरको स्वभाव वा मानिसलाई बचाउने उहाँको अभिप्रायलाई बुझेको थिइनँ, न त परमेश्वरको घरमा मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्नेसम्बन्धी सिद्धान्तहरूलाई नै बुझेको थिएँ। मैले जियायीका सबल पक्षहरूलाई हेरिरहेको थिइनँ, बरु उनले विगतमा प्रकट गरेको भ्रष्टतालाई बिर्सन इन्कार गरी उनलाई मनोमानी ढङ्गले परिभाषित गर्दै नयाँ विश्वासीहरूलाई मलजल गर्ने काम दिन अस्वीकार गरेँ। त्यसले गर्दा नयाँ विश्वासीहरूले समयमा नै मलजल पाउन सकेनन् र यो मण्डलीको कामको लागि हानिकारक बन्न पुग्यो। के त्यो दुष्कर्म गर्नु थिएन र? पछुतोले भरिएर, मैले परमेश्वरको अघि आएर यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्वर, म अत्यन्तै अहङ्कारी र आत्मधर्मी रहेछु। म अबदेखि मेरो कर्तव्यमा स्वेच्छाचारी हुन चाहन्नँ। म पश्चात्ताप गर्न र परिवर्तन हुन तयार छु।”
त्यसपछि अर्को पटक म जियायीसँग एउटा भेलामा हुँदा उनको सङ्गति सुनेँ। उनमा साँच्चै नै केही आत्मज्ञान र पछुतो रहेछ, त्यो देखेर मलाई झन् बढी लाज र ग्लानि महसुस भयो। जियायीले मलजलको काम सम्हालेपछि इमान्दार भएर त्यसमा लागिपरिन् र जिम्मेवारी देखाइन्, फलस्वरूप मलजल पाएका दाजुभाइ-दिदीबहिनीहरूले केही प्रगति गरे। पछि उनलाई धेरै वटा मण्डलीको मलजलको काम व्यवस्थापन गर्ने पदमा बढुवा गरियो। उनले आफ्नो कर्तव्यमा राम्रो काम गरिरहेको देख्दा म झनै लज्जित भएँ। मैले अहङ्कारी व्यवहार गरेको, स्वेच्छाचारी भई उनलाई परिभाषित गरेको, अनि उनलाई कर्तव्यमा नियुक्त गर्न इन्कार गरी मण्डलीको काममा बाधा पुर्याएकोप्रति मलाई घृणा जाग्यो। मलाई मसँग सत्यता छैन, र मैले मानिसहरू र परिस्थितिहरूलाई मूल्याङ्कन गर्न सक्दिनँ भन्ने थाहा भयो। मैले मेरा सबै अनुभवबाट केही सिद्धान्त र नियमहरू बुझेको थिएँ, तर तिनै कुरामा मात्र भर गरेर मण्डलीको काम गर्न सकिँदैन। त्यो घटनापछि, मैले मानिसहरू छनौट गर्ने कार्यलाई अलिक होसियारीसाथ गर्न थालेँ, र जब मेरो स्वेच्छाचारी व्यवहार देखा पर्थ्यो र अन्तिम निर्णय मेरै हुनुपर्छ भन्ने लाग्थ्यो, तब म प्रार्थना गर्थेँ र आफूलाई त्यागेर अरूले भनेको कुरा सुन्थेँ। मलाई म अलिक परिवर्तन भएको छु भन्ने लागेको थियो, तर अचम्मको कुरा, केही समययपछिको एउटा घटनाले मलाई फेरि खुलासा गर्यो।
छ महिनापछि, मण्डलीलाई सामान्य मामलासम्बन्धी कामको लागि दुई जना मानिसहरूको शीघ्र आवश्यकता पर्यो। मैले खोजीनिधो गरेर जिम्मेवारी लिन र विभिन्न परिस्थितिहरूलाई सम्हाल्न सक्ने केही सिस्टरहरू भेट्टाएँ, तर तिनीहरूको हकमा सुरक्षा सम्बन्धी केही जोखिम रहेको थियो। तर मलाई के लाग्यो भने तिनीहरूले आफ्नो स्थानीय क्षेत्रमा कर्तव्य पूरा गर्नु नपर्ने भएकोले तिनीहरूलाई त्यो कर्तव्य गर्न लगाउँदा कुनै समस्या हुँदैन। त्यस कामको लागि केही व्यक्तिको शीघ्र आवश्यकता थियो र त्यसबेला तिनीहरूभन्दा राम्रो उम्मेदवार कोही थिएनन्, त्यसकारण मैले केही समयको लागि तिनीहरूलाई नै प्रयोग गर्ने र अलिक राम्रो व्यक्ति आएपछि तिनीहरूको ठाउँमा राख्नेछु भन्ने निर्णय गरेँ। मैले लियू झेङ्गलाई मण्डलीको सामान्य मामलासम्बन्धी काम सिस्टर झाओ आइझेनलाई दिन चाहेको बताएँ। तिनले यस्तो प्रतिक्रिया दिए, “मानिसहरूको छनौट गर्दा हामीले सिद्धान्तहरू पछ्याउनुपर्छ। सुरक्षा सम्बन्धी समस्या छ भने तिनीहरूले मण्डलीको लागि काम गर्नु हुँदैन। आइझेनमा सुरक्षाको जोखिम छ र उनी यो कामको लागि उपयुक्त छैनन्। हामीले सिद्धान्तहरू अनुसार नै काम गर्नुपर्छ।” तिनी यो कुरामा सहमत नभएको देखेर मैले तिनलाई यसो भन्दै असहमति जनाएँ, “हामीले त्यो कुरालाई अत्यन्तै धेरै जोड दिनु पर्दैन। के तपाईंलाई आफू अति डराए जस्तो लाग्दैन? उनी विश्वासी हुन् भन्ने कुरा उनको गाउँमा सबैलाई थाहा छ, तर पुलिसले उनको बारेमा खोजीनिधो गरेको वर्षौं भइसकेको छ। यसको अतिरिक्त, उनीसँग साहस र बुद्धि छ। मलाई उनको बारेमा यति कुरा त थाहा छ। अहिलेलाई हामीसँग उनीभन्दा राम्रो व्यक्ति छ जस्तो लाग्दैन। हाम्रो सामान्य मामलासम्बन्धी काममा मानिसहरूको खाँचो छ। हामीले अवस्थालाई नहेरी नियमहरू मात्रै पछ्याउनु हुँदैन।” मेरो कुरा सुनेर तिनले भने, “जोखिम ल्याउने व्यक्तिलाई यो काममा नियुक्त गर्नु सिद्धान्तहरू विपरीत हुन्छ। हामीले सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ।” तिनले भनेको कुरालाई मैले पूर्ण रूपमा इन्कार गर्दै आइझेनलाई प्रयोग गर्ने कुरामा जोड दिएँ। त्यसपछि, मैले सुरक्षा जोखिममा रहेकी अर्की सिस्टरलाई पनि सामान्य मामलासम्बन्धी काममा लगाएँ। केही समयपछि नै, आइझेनले परमेश्वरमा विश्वास गर्छिन् भन्ने सबैलाई थाहा भएको हुनाले उनी चिनियाँ कम्युनिस्ट पुलिसको शङ्का र निगरानीमा परिन्। केही दाजुभाइ-दिदीबहिनीहरूको घरमा उनी नियमित रूपमा जाने गरेकी हुनाले, ती दाजुभाइ-दिदीबहिनीहरू पनि निगरानीमा परे, र तिनीहरूले सधैँजस्तो आफ्नो कर्तव्य पूरा गर्न सकेनन्। मण्डलीको काममा ठूलो बाधा पुग्यो।
अगुवाले यसको बारेमा, अनि सुरक्षा जोखिम भएको व्यक्तिलाई मैले नै जबरजस्ती नियुक्ति गरेको भन्ने थाहा पाएर मलाई निकै कठोर रूपमा निराकरण गरिन्: “तपाईं अत्यन्तै अहङ्कारी र स्वेच्छाचारी हुनुहुन्छ। तपाईं सधैँ आफ्नो कर्तव्यमा मनोमानी ढङ्गले काम गर्नुहुन्छ, र सिद्धान्तहरूको विरुद्ध जानुहुन्छ। यस पटक यसले मण्डलीको काममा गम्भीर क्षति पुर्याएको छ। के त्यसो गर्नु शैतानको दासको रूपमा काम गर्दै मण्डलीको काममा बाधा पुर्याउनु होइन र? तपाईंको बारम्बारको व्यवहारको कारण हामीले तपाईंलाई बर्खास्त निर्णय गरेका छौँ।” यो सुन्दा गालामा थप्पड हानेको जस्तै भयो, र म पूर्ण रूपमा चकित भएँ। मैले सोचेँ, “अब खतम भयो। मैले ठूलो दुष्कर्म गरेको छु। दाजुभाइ-दिदीबहिनीहरूलाई दोषी ठहर्याएर पक्राउ गरियो भने के गर्ने? तिनीहरू पक्राउ परे भने त मैले साँच्चै नै नराम्रो काम गरेको हुनेछु।” मैले यसको बारेमा जति विचार गरेँ, मलाई त्यति डर लाग्यो। म पछुतोले भरिएँ। मलाई मुटुमा छुरा हानेजस्तै भयो, र मलाई केही काम गर्ने जाँगर चलेन। म दिनरात यसरी नै निराश भएर जिइरहेँ, परमेश्वरसँग प्रार्थना गर्दै मेरो गल्तीलाई बारम्बार स्वीकारिरहेँ: “हे परमेश्वर, म अत्यन्तै अहङ्कारी रहेछु, अत्यन्तै घमण्डी रहेछु। मेरो स्वेच्छाचारी कार्यले मण्डलीको काममा ठूलो नोक्सान भएको छ। तपाईंले मलाई दिन चाहनुहुने कुनै पनि दण्ड स्वीकार गर्न चाहन्छु, तर बिन्ती छ ती दाजुभाइ-दिदीबहिनीहरूलाई पक्राउ हुनबाट बचाउनुहोस्।” ती मण्डली सदस्यहरूलाई समयमा नै स्थानान्तर गरिएर पक्राउ हुनबाट बचाइएको कुरा मैले पछि थाहा पाएँ र बल्ल राहतको सास फेर्न सकेँ।
त्यस घटनापछि, मैले आफ्नै बारेमा मनन गरेँ। मैले मेरो कर्तव्यमा किन सधैँ स्वेच्छाचारी भएर काम गरेँ? त्यो इच्छा कहाँबाट आयो? मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले नचाहँदा नचाहँदै पनि त्यो गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र अभिमानी स्वभाव भएको भए, परमेश्वरको प्रतिरोध नगर भनेर भनिँदा कुनै फरक पर्ने थिएन, किनभने तैँले आफूलाई नियन्त्रण गर्न सक्ने थिइनस्—यो तेरा लागि अनायासै हुने कुरा हुनेथियो। तैँले जानाजानी त्यसो गर्ने थिइनस्; तैँले आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको प्रभुत्वमा परेर त्यसो गर्ने थिइस्। तेरो अहङ्कार र अभिमानले तँलाई परमेश्वरलाई हेयको नजरले हेर्न र उहाँलाई बेवास्ता गर्न लगाउनेथ्यो; तिनले तँलाई आफूलाई उच्च पार्नतिर प्रवृत्त गर्नेथिए, र तँलाई हरेक मोडमा आफूलाई प्रदर्शन गर्ने तुल्याउनेथिए; तिनले तँलाई अरूलाई हेयको नजरले हेर्न लगाउनेथिए, र तेरो हृदयमा आफूबाहेक अरू कसैलाई नराख्न लगाउनेथिए; तिनले तेरो हृदयबाट परमेश्वरको स्थान खोस्नेथिए, र अन्ततः तँलाई परमेश्वरको स्थानमा बस्न र मानिसहरूलाई तँप्रति समर्पित हुन माग गर्न लगाउनेथिए, र तँलाई आफ्नै विचार, सोच, र धारणाहरूलाई सत्यताका रूपमा पुज्न लगाउनेथिए। आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट म अहङ्कारी, आत्म-अभिमानी प्रकृतिको नियन्त्रणमा परेर आफ्नो कर्तव्यमा बारम्बार स्वेच्छाचारी रूपमा व्यवहार गरेको रहेछु भन्ने देखेँ। यो अहङ्कारी र आत्म-अभिमानी प्रकृतिले गर्दा मैले आफूलाई सधैँ ठूलो ठानेँ र म अरूभन्दा योग्य छु, अरूभन्दा सही छु, त्यसकारण मण्डलीका मामलाहरूमा मैले नै अन्तिम निर्णय गर्नुपर्छ भन्ने सोचेँ। कुनै कुराको बारेमा सोच बनाइसकेपछि म यसलाई अरू तरिकाले हेर्दिनथिएँ, र अरू कसैको कुरा सुन्दिनथिएँ। मानिसहरूले मेरा विचारहरूलाई सत्यता सिद्धान्त मानेर पालना गरून् भन्ने समेत म चाहन्थेँ। ती दुई जना सिस्टरहरू सुरक्षाको हिसाबले जोखिमपूर्ण छन् र सामान्य मामिलासम्बन्धी कामका लागि योग्यका छैनन् भन्ने कुरा मलाई थाहा थियो, र मलाई समेत यसबारे संशय थियो, तर मैले आफूलाई पन्छ्याएर परमेश्वरको इच्छा खोज्न सकिनँ। मैले पवित्र आत्माका चेतावनी र अगुवाइलाई अवहेलना गरेँ, र लियू झेङ्गको कुरा सुनिनँ। म मेरै तरिकाले काम गर्न चाहन्थेँ, र अन्त्यमा मैले मण्डलीको काममा ठूलो हानि गरेँ। यदि ममा सत्यताको खोजी गरेर समर्पित हुने थोरै इच्छा मात्र भएको भए, लियू झेङ्गका सुझावहरूलाई सुनेको मात्र भए, त्यस्तो दुष्परिणामहरू आउनेथिएनन्। यो सबै कुरा महसुस गरेपछि मलाई धेरै पछुतो र आत्मग्लानि भयो, र मेरो अहङ्कार र स्वेच्छाचारी व्यवहारप्रति घृणा लाग्यो। परमेश्वरको कामलाई कमजोर बनाउन सबै प्रकारका युक्तिहरू प्रयोग गर्दै उहाँका चुनिएका मानिसहरूलाई दमन र पक्राउ गर्ने प्रयासलाई कम्युनिस्ट पार्टीले कहिल्यै रोक्दैन। र मैले स्वेच्छाचारी रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्दै असुरक्षामा रहेका मानिसहरूलाई कर्तव्यहरूमा नियुक्त गरें, नतिजास्वरूप अरू दाजुभाइ-दिदीबहिनीहरू पनि निगरानीमा परे। के यो शैतानको मतियार बन्नु होइन र? यदि ती दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परेर जेलमा परेका भए, त्यसका दुष्परिणामहरू भयानक हुनेथिए! यो सम्झिँदा मलाई झन्-झन् डर लाग्यो। अहङ्कारी स्वभावको आधारमा काम गर्दा आउने दुष्परिणामहरू निकै ठूला हुन्छन् भन्ने कुरा मैले थाहा पाएँ। मैले केही काम गरेकोले म निकै ठूलो व्यक्ति हुँ भन्ने ठानेको थिएँ, त्यसकारण मैले अरू मानिसहरूको बारेमा त्यति धेरै सोचिनँ, र परमेश्वरलाई मेरो हृदयमा राखेको थिइनँ। मैले सत्यता सिद्धान्तहरूलाई गम्भीर रूपमा लिइरहेको समेत थिइनँ, र मैले गरेको कामको अनुभवलाई नै मेरो पूँजीको रूपमा प्रयोग गरेँ। मैले आफूलाई जे मन लाग्यो त्यही गरेँ। म यति हदसम्म अहङ्कारी थिएँ कि मैले सबै समझशक्ति गुमाएको थिएँ। मण्डलीबाट निष्कासन गरिएका ती सबै ख्रीष्ट-विरोधीहरूका बारेमा मैले विचार गरें। तिनीहरू सबै अत्यन्तै अहङ्कारी, आफ्नो कर्तव्यमा तानाशाही र स्वेच्छाचारी थिए, र तिनीहरूले मण्डलीको काममा गम्भीर बाधा पुर्याएका थिए। अन्तिममा, तिनीहरूले यति धेरै दुष्कर्म गरे कि तिनीहरूलाई मण्डलीबाट नै निकालियो। यदि मेरो अहङ्कारी स्वभाव समाधान नभएको भए, म दुष्कर्म अनि परमेश्वरको विरोध गर्न पुग्नेथिएँ, र अन्त्यमा परमेश्वरले मलाई त्याग्नु हुनेथियो। अहङ्कारी स्वभाव अनुसार जिउनु कति भयानक कुरा हो भन्ने मैले हृदयदेखि अनुभव गरेँ। मैले त्यस्तो ठूलो दुष्कर्म गरेको भए पनि, मण्डलीले मलाई अझै निष्कासन गरेको थिएन; मलाई बर्खास्त मात्रै निकालेको थियो। परमेश्वरले आफ्ना वचनहरूद्वारा अन्तर्दृष्टि र अगुवाइ प्रदान गर्दै मलाई आफ्नो बारेमा मनन गर्ने र आफूलाई चिन्ने, पश्चात्ताप गरेर परिवर्तन हुने मौका दिनुभएको थियो। मैले साँच्चै नै परमेश्वरको प्रेमलाई अनुभव गर्न सकेँ र मलाई धेरै पछुतो भयो। म पश्चात्ताप गरेर परिवर्तन हुन तयार भएँ।
त्यसपछि, मैले मेरो कर्तव्यमा देखाउने अहङ्कारी स्वभाव, मनोमानी र स्वेच्छाचारी बन्ने बानीलाई कसरी समाधान गर्ने त्यसको बारेमा सचेत भई खोजी गर्न थालेँ। मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “अनि, तेरो स्चेच्छाचारीपन र अविवेकीपन कसरी समाधान गर्छस्? उदाहरणको लागि, मानौँ तँलाई केही भयो र तेरा आफ्नै विचार र योजनाहरू छन्। के गर्ने भनेर निर्धारण गर्नुभन्दा पहिले, तैँले सत्यताको खोजी गर्नुपर्छ र कम्तीमा पनि त्यस विषयमा तँ के सोच्छस् र के विश्वास गर्छस् भन्नेबारेमा सबैसँग सङ्गति गर्नुपर्छ, अनि सबैलाई तेरा सोचहरू सही र सत्यताअनुरूप छन् कि छैनन् भनेर सोधी तेरो लागि ती कुराहरूको जाँच गर्न लगाउनुपर्छ। यो स्वेच्छाचारिता र हतारिने समस्याको समाधान गर्नको लागि सबैभन्दा राम्रो उपाय हो। पहिलो, तँ तेरा विचारहरूलाई प्रकाश पार्न र सत्यता खोज्न सक्छस्—स्वेच्छाचारिता र अविवेकीपन हल गर्ने अभ्यासको पहिलो चरण यही हो। दोस्रो चरण तब हुन्छ जब अरू मानिसहरूले असहमतिको रायहरू दिन्छन्—स्वेच्छाचारी र अविवेकी हुनबाट जोगिनको निम्ति तैँले कसरी अभ्यास गर्न सक्छस्? सर्वप्रथम त तँसँग विनम्रताको मनोवृत्ति हुनुपर्छ, तैँले सही ठानेका कुरालाई पन्छाउनुपर्छ र सबैलाई सङ्गति गर्न दिनुपर्छ। यदि तैँले तेरा मार्गहरू सही हुन् भनेर विश्वास गर्छस् भने पनि तैँले यसमा जोड दिइरहनु हुँदैन। त्यो एक प्रकारले अगाडिको कदम हो; यसले सत्यताको खोजी गर्ने, आफैँलाई इन्कार गर्ने र परमेश्वरका अभिप्रायहरू पूरा गर्ने मनोवृत्तिलाई देखाउँछ। तँमा यस्तो मनोवृत्ति आइसकेपछि, साथै तेरा आफ्नै रायहरूमा अडिग हुन छोडेपछि, तँले प्रार्थना गर्नुपर्छ, परमेश्वरबाट सत्यताको खोजी गर्नुपर्छ, अनि परमेश्वरका वचनहरूमा आधार खोज्नुपर्छ—परमेश्वरका वचनहरूमा आधारित भएर कसरी काम गर्ने भनी निर्धारण गर्नुपर्छ। यो सबैभन्दा उचित र सही अभ्यास हो। जब मानिसहरूले सत्यताको खोजी गर्छन् र सबैसामु समस्या उजागर गर्दै त्यसमाथि सँगै सङ्गति र खोजी गर्छन्, त्यसै बेला पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ। परमेश्वरले मानिसहरूलाई सिद्धान्तहरूअनुसार अन्तर्दृष्टि दिनुहुन्छ—उहाँले तेरो मनोवृत्तिको हेर्नुहुन्छ। आफ्नो सही वा गलत दृष्टिकोणको परवाह नगरी, यदि तँ आफ्नै कुरामा जिद्दी गर्छस् भने, परमेश्वरले तँबाट आफ्नो अनुहार लुकाउनुहुन्छ र तँलाई बेवास्ता गर्नुहुन्छ; उहाँले तँलाई प्रकाश गर्न र तेरो कुरूप स्थिति खुलासा गर्नका लागि तँलाई ठक्कर खान लगाउनुहुन्छ। तर यसको विपरीत, यदि तेरो मनोवृत्ति सही छ भने, तँ आफ्नै तरिकालाई जोड दिँदैनस् भने र तँ आत्म-धर्मी, स्वेच्छाचारी र अविवेकी छैनस् भने, बरु सत्यताको खोजी गर्ने र त्यसलाई स्वीकार गर्ने मनोवृत्तिको छस् भने, यदि तैँले सबैसँग सङ्गति गर्छस् भने, पवित्र आत्माले तिमीहरूमा काम गर्न थाल्नुहुनेछ, र सायद कसैका वचनहरूमार्फत उहाँले तँलाई अगुवाइ गर्नुहुनेछ। कहिलेकाहीँ, जब पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले तँलाई थोरै मात्र शब्द वा वाक्यहरूद्वारा वा तँलाई कुनै अवधारणा दिएर मामलाको निचोड बुझ्न अगुवाइ गर्नुहुन्छ। त्यही क्षण, तैँले जुन कुरामा अडान राख्दै आइरहेको छस् त्यो गलत छ भन्ने थाहा पाउँछस्, र त्यही क्षणमा नै, काम गर्ने सबैभन्दा उचित तरिकालाई बुझ्छस्। त्यो स्तरमा पुगेपछि, के तँ दुष्कर्म गर्न, र गल्तीका परिणामहरू भोग्नबाट सफलतापूर्वक जोगिन सकेको छैनस् र? के यो परमेश्वरको सुरक्षा होइन र? (हो।) यस्तो कुरा कसरी हासिल गरिन्छ? यस्तो कुरा तब मात्र हासिल हुन्छ, जब तँसँग परमेश्वरको डर मान्ने हृदय हुन्छ, र तैँले समर्पित हृदयले सत्यताको खोजी गर्छस्। तैँले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गरेर अभ्यासका सिद्धान्तहरू निर्धारित गरेपछि, तेरो अभ्यास सत्यताअनुरूप हुनेछ, र तैँले परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यो पढेपछि, मैले अहङ्कार र स्वेच्छाचारी व्यवहारलाई समाधान गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरको भय मान्ने हृदय र सत्यता खोजी गर्ने मनोवृत्ति हुनु हो भन्ने थाहा पाएँ। समस्याहरू आइपर्दा मैले मेरै दृष्टिकोणअनुसार हुनुपर्छ भन्नुहुँदैन, बरु यस्ता कुराहरू मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग छलफल गर्नुपर्छ। यदि हामीले मिलेर काम गर्यौं भने परमेश्वरको अगुवाइ प्राप्त गर्न सकिन्छ। यदि कसैसँग फरक विचार छ भने मैले त्यसलाई सुरुमा स्वीकार गर्नुपर्छ, त्यसपछि परमेश्वरसँग प्रार्थना गरी सत्यताको खोजी गर्नुपर्छ र सिद्धान्तहरूलाई अभ्यास गर्नुपर्छ। यदि म जिद्दी भई मेरै सोचाइमा लागिरहेँ भने मैले कुनै पनि हालतमा पवित्र आत्माको काम प्राप्त गर्न सक्दिनँ। मैले कुनै कुराको बारेमा भित्री ज्ञान पाउनेछैन र मेरो कर्तव्यमा आफै बाधा दिनेछु। अत्यन्तै अहङ्कारी भएर र हृदयमा परमेश्वरको लागि कुनै स्थान नराखेर मैले कसरी त्यस्तो ठूलो दुष्कर्म गरेँ भन्ने बारेमा विचार गरेँ। यो कुरा सबैथोकमाथि प्रभु र मालिक बन्ने चाहनाले, अरूसँग राम्ररी काम नगरेको कारणले आएको थियो। यो कुरा महसुस गरेपछि, मैले अबदेखि यस्ता कुरा आइपर्दा जिद्दी नबन्ने, बरु सत्यता सिद्धान्तहरू खोजी गरेर अरूसँग छलफल गर्ने मनमनै सङ्कल्प गरेँ। सत्यता सिद्धान्तहरूअनुरूप रहेको छन् भने जोसुकैको विचार सुन्नेछु भनेर आफैलाई भनें।
त्यसपछि, म मलजल गर्ने कामको इन्चार्ज टोली अगुवा चयन गएँ। म अत्यन्तै कृतज्ञ थिएँ र मैले त्यो कर्तव्यलाई महत्त्वपूर्ण ठानेँ। मैले मेरो असफलताबाट पाठ सिक्नुपर्छ, र मेरो अहङ्कारी प्रकृतिको कारण अबदेखि स्वेच्छाचारी बन्नु हुँदैन भनेर निरन्तर आफूलाई चेतावनी दिइरहेको हुन्थेँ। जब मेरा समस्याहरू देखा पर्थे, तब दाजुभाइ-दिदीबहिनीहरूसँग छलफल गर्नको लागि अग्रसर भई तिनीहरूलाई बोलाउने गर्थेँ। एक पटक मेरो अगुवाले मलाई मलजलको कामको लागि योग्य केही मानिसहरू चाहिएको छ भनेर पत्र पठाएका रहेछन्। यसो विचार गर्दा, मलाई सिस्टर सु छिङ्ग यस कामको लागि योग्य छिन् भन्ने लाग्यो, तर अरूले पहिले दिएका मूल्याङ्कनहरूका आधारमा, उनमा अहङ्कारी प्रकृति छ र दाजुभाइ-दिदीबहिनीहरूको सुझाव र सहयोगलाई स्वीकार गर्दिनन् भन्ने पत्ता लाग्यो। त्यसैले उनले सत्यतालाई स्वीकार गर्दिनन्, अनि उनी गोडमेल गर्न योग्य व्यक्ति होइनन् भन्ने मैले ठानेँ। यसबारे सोच्दै जाँदा, मैले फेरि पनि कसैलाई स्वेच्छाचारी भई परिभाषित गरिरहेको छु भन्ने महसुस भयो, र मलाई परमेश्वरले भन्नुभएको वचन याद आयो: “यदि व्यक्तिले आफै निर्णय गर्दैन भने, यो ऊ आत्मधर्मी छैन भन्ने कुराको सङ्केत हो; यदि उसले आफ्नै विचारमा जिद्दी गर्दैन भने, यो उसमा समझ छ भन्ने कुराको सङ्केत हो। यदि ऊ समर्पित हुन पनि सक्छ भने, उसले सत्यता अभ्यास हासिल गरेको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरप्रति समर्पित हुनु सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो)। मैले फेरि पनि मेरो नै अन्तिम निर्णय हुनुपर्छ भन्ने जिद्दी गर्नुहुँदैन, बरु मेरा सहकर्मी ब्रदरसँग यसबारे छलफल गरी तिनका सुझावहरू सुन्नुपर्छ भन्ने मलाई थाहा थियो। जब मैले तिनलाई मेरो विचार बताएँ, तब तिनले मलाई भने, “यी मूल्याङ्कनहरूका आधारमा हेर्दा, सु छिङ्ग साँच्चै नै अहङ्कारी देखिन्छिन्, तर यो सबै उनले विगतमा प्रकट गरेको भ्रष्टतामा आधारित छ। उनले कुनै आत्मज्ञान प्राप्त गरिन् कि गरिनन् हामीलाई थाहा छैन। हामीले प्रतिभावान् व्यक्तिलाई पाखा लगाउनुहुँदैन, त्यसकारण उनलाई एउटा आत्मचिन्तन पत्र लेख्न लगाऊँ र उनीसँग निकट रहेर काम गर्ने दाजुभाइ-दिदीबहिनीहरूलाई उनको बारेमा सोधौँ। हामीले यी सबै कुरालाई हेरेर उनी यो कर्तव्यको लागि उचित व्यक्ति हुन् कि होइन भनेर बुझौँ। यो तरिका अलिक राम्रो छ।” मलाई तिनको सुझाव सत्यता सिद्धान्तहरूअनुरूप छ जस्तो लाग्यो। यदि मैले उनलाई दाजुभाइ-दिदीबहिनीहरूले पहिले दिएको विचारको आधारमा मात्रै अनुचित व्यक्तिको रूपमा परिभाषित गरेको भए, त्यो अत्यन्तै स्वेच्छाचारी कार्य हुनेथियो। उनमा कस्तो अहङ्कार छ भन्ने कुरा हामीले हेर्नुपर्थ्यो। यदि उनी अनुचित छिन्, अन्धाधुन्ध अहङ्कार देखाउँछिन् र सत्यतालाई पूर्ण रूपमा इन्कार गर्छिन् भने उनलाई अवश्य नै बढुवा गरिनु हुँदैनथियो। यदि उनी अहङ्कारी छिन्, तर उनमा असल मानवता छ, सत्यतालाई स्वीकार गर्न सक्छिन्, र काटछाँट र निराकरणपछि उनले आफ्नो बारेमा सिक्न र परिवर्तन हुन सक्छिन् भने त्यो भ्रष्टताको सामान्य प्रकटीकरण हुनेथियो। हामीले फरक-फरक कुरालाई उस्तै रूपमा लिनु हुँदैन। जब हामीले सु छिङ्गले लेखेको आफ्नो आत्मचिन्तन पत्र र अरू दाजुभाइ-दिदीबहिनीहरूको मूल्याङ्कन पायौँ, उनी केही परिवर्तन भएकी, केही जीवन प्रवेश प्राप्त गरेकी र सत्यतालाई स्वीकार गर्ने व्यक्ति रहेछिन् भन्ने हामीले थाहा पायौँ। हामीले उनलाई त्यो मलजलको कामको लागि सिफारिश गर्यौँ। त्यसबेलादेखि, मैले पहिलेजस्तो अहङ्कारी र जिद्दी भई आफ्नो कर्तव्य कहिल्यै गर्ने गरेको छैन, आफै निर्णय गर्ने गरेको छैन, बरु सचेत भई अरूको सुझाव सुन्ने र सत्यता सिद्धान्तहरू खोज्ने गरेको छु। यसरी अभ्यास गर्दा, मलाई शान्तिमा रहेको र चिन्ता मुक्त भएको अनुभव हुन्छ। परमेश्वरका वचनहरू पढेकोले गर्दा नै मैले यो परिवर्तन प्राप्त गर्न सकेँ।
अगस्त २०२२ मा, अनुभवात्मक गवाहीसम्बन्धी मेरो लेखको भिडियो बनाइयो र अनलाइनमा राखियो। म निकै चकित र उत्साहित थिएँ, र तुरुन्तै मैले राम्रोसँग...
छेन जिन, चीनसन् २०१२ मा, म मण्डली अगुवा चयन भएँ। परमेश्वरको मार्गदर्शनले गर्दा, हाम्रो मण्डलीको सुसमाचारको कामले केही नतिजा ल्यायो, अनि...
माथ्यू, फ्रान्समैले तीन वर्षअघि सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। अक्टोबर २०२० मा म मण्डली अगुवा चयन भएँ। यो ठूलो...
टाशी, क्यानडासर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्जेलसम्म—उहाँले प्रत्येक वर्गको मानिसको...