कसरी मैले मेरो अहङ्कारलाई परिवर्तन गरेँ
जिङ्ग्वेइ, अमेरिकासर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “परमेश्वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
एक दिन केही मण्डली अगुवाहरूले मसँग एउटा समस्या उठाए। तिनीहरूले सुसमाचार कार्यकी इन्चार्ज इजबेलाले सिद्धान्तहरूअनुसार काम गर्दिनन् र मण्डली अगुवाहरूसँग कामको छलफल गर्दिनन् भनेर भने। उनले सुसमाचार सुनाउने काममा जसलाई पायो त्यसलाई लगाउने गर्छिन्, जसले गर्दा त्यो बेला ब्रदर-सिस्टरहरूले गरिरहेका काममा असर परेको र मण्डलीको काममा बाधा पुगेको छ भनी तिनीहरूले भने। अलिकति पनि नसोची मैले भनेँ, “इजबेलाले पक्कै पनि कामका आवश्यकताअनुसार मानिसहरूको कर्तव्यमा हेरफेर गरेकी होलिन्।” एक अगुवाले भने, “इजबेलामा क्षमताको कमी छ र उनी आफ्नो काममा दक्ष छैनन्। कर्मचारी हेरफेर गर्ने काम उचित रूपमा भएको छैन र अरू यो कुरामा खुशी छैनन्। यसले गर्दा कतिपय मानिसहरू नकारात्मक स्थितिमा परेका छन् र यसले हाम्रो सुसमाचार कार्यमा असर पुगेको छ। के उनी यो कामको व्यवस्थापन गर्न अयोग्य होइनन् र?” तिनीहरूले उनलाई प्रतिस्थापन गर्न चाहेको सुन्दा मलाई निकै झर्को लाग्यो, र मैले भनेँ, “के कुरा गर्नुभएको? यदि इजबेला सुसमाचार कार्यको इन्चार्ज हुन लायक छैनन् भने, के तपाईंहरूले अरू कोही योग्य व्यक्ति भेट्न सक्नुहुन्छ? के हामीसँग कुनै उपयुक्त व्यक्ति छ? तपाईंहरूले उल्लेख गर्नुभएका समस्याहरू पक्कै छन्, तर ती ठूला समस्या होइनन्। उनले सुसमाचार कार्यमा परिणामहरू हासिल गर्छिन्—त्यस्ता सानातिना कुराको लागि हामीले उनलाई बर्खास्त गर्नु हुँदैन! हामीले मण्डलीको काम रक्षा गर्नुपर्छ।” मैले मण्डली अगुवाहरूको खण्डन गर्दा, तिनीहरूले सानोतिनो गल्ती खोतलिरहेका छन् र कोही पनि सिद्ध हुँदैन भनेर सोचिरहेकी थिएँ। हामी सबै भ्रष्ट र त्रुटिपूर्ण छौँ, त्यसकारण कसैले कुनै काम ठ्याक्कै सही हुने गरी गरेन भन्दैमा के उसको आलोचना गर्नु सही हुन्छ र? किन तिनीहरूले कामको परिणामलाई पहिलो प्राथमिकता दिँदैनन्? यदि हामीले उनलाई बर्खास्त गर्यौँ र सुसमाचार कार्यको परिणाममा असर पुग्यो भने के गर्ने? त्यसले त मलाई व्यावहारिक काम गर्न नसक्ने, झूटो अगुवाजस्तो देखाउनेछ। त्यसपछि अरूले मलाई के सोच्लान्? अनि यो कुरा थाहा पाएपछि हाम्रो माथिल्ला अगुवाले मलाई प्रतिस्थापन गर्नेछैनन् र? मेरो जबाफ सुनेर मसँग कुरा गरिरहेका दुई मण्डली अगुवाहरू छक्क परे। अन्तिममा, तिनीहरूमध्ये एकले यसो भने, “ठीकै छ, अहिलेको लागि उनलाई राखौँ न त।” केही दिनपछि, एक माथिल्ला अगुवाले मलाई सम्पर्क गरेर इजबेलाले आफ्नो कर्तव्य कसरी पूरा गरिरहेकी छिन् भनेर सोधे। मैले भनेँ, “उनले राम्रै गरिरहेकी छिन्। उनले आफ्नो काममा केही उपलब्धि हासिल गरिरहेकी छिन्, उनी साँच्चै काम पूरा गर्ने व्यक्ति हुन्।” त्यसपछि अगुवाले मलाई सोधे, “त्यसो भए तपाईंले भन्नुभएका यी उपलब्धिहरू के-के हुन्? उनले सुसमाचार कार्यबाट कति मानिसहरू ल्याएकी छिन् त्यसबारेमा जाँच्नुभएको छ? उनले ढाकछोप गर्दै आफ्नो गन्ती बढाइरहेकी छिन् भन्ने तपाईंलाई थाहा छ? उनको क्षमता कमजोर छ र उनमा काम गर्ने क्षमताको कमी छ। उनले समस्याहरू सुल्झाउन सक्दिनन्। के तपाईंलाई यो कुरा थाहा छ? उनले सिद्धान्तहरू पालना नगरी मानिसहरू खटाउँदै सुसमाचार कार्यमा बाधा दिइरहेकी छिन् भन्ने के तपाईंलाई थाहा छ?” एकपछि अर्को प्रश्नको सामना गर्दा, मेरो मुटु ढुकढुक गरिरहेको थियो र मेरो दिमाग खाली भएको थियो। मैले एउटै प्रश्नको उत्तर दिन नसकेको देखेर, अगुवाले भने: “तपाईं सही हुनुहुन्छ भन्नेमा तपाईं विश्वस्त हुनुहुन्छ! यस्ता मानिसहरूमा आत्मसचेतनाको कमी हुन्छ। यदि तपाईंले आफूलाई साँच्चै चिन्नुभएको भए, किन आत्मत्याग गर्नुहुन्न? किन आफूलाई इन्कार गर्नुहुन्न? अरूले यो समस्या स्पष्ट रूपमा उठाएका छन्, तर तपाईंले यसलाई स्विकार्नुभएन। यो त अहङ्कार भयो नि, होइन र? के तपाईंसँग सत्यताको वास्तविकता छ? साँच्चै सत्यताको वास्तविकता भएको व्यक्तिले सधैँ आफू सही हुँ भन्ने विश्वास गर्दैन। अरू मान्छे सही छन् भने उसले तिनीहरूको कुरा सुन्न सक्छ। तिनीहरू सत्यता स्विकार्न र त्यसमा समर्पित हुन सक्छन्। सामान्य मानवता भएको व्यक्ति त्यही हो। तर अत्यन्तै अहङ्कारी व्यक्तिहरूले के गर्छन्? के तिनीहरूले सत्यता स्विकार्न सक्छन्? अहङ्कारी मानिसहरूले सत्यता स्विकार्न सक्दैनन् र तिनीहरू सत्यतामा कहिल्यै समर्पित हुँदैनन्। तिनीहरूले आफूलाई चिन्दैनन्, आफूलाई त्याग्न सक्दैनन्, र सत्यता अभ्यास गर्न वा सत्यताका सिद्धान्तहरू परिपालन गर्न वास्तवमै सक्दैनन्। तिनीहरूले अरूसँग मिलेर काम गर्न सक्दैनन्। तिनीहरू स्वभाव परिवर्तन नभएका मानिसहरू हुन्। यसबाट हामी के देख्न सक्छौँ भने, हामी अहङ्कारी मानिसहरू अपरिवर्तित पुराना शैतान हुन्। तपाईंले तपाईं त्यस्तो व्यक्ति हुनुहुन्छ कि हुन्न भनेर मनन गर्नु आवश्यक छ।” त्यो बेला म स्तब्ध भएँ, त्यसपछि तिनले भनेका कुराहरू मनमा सोच्दै बसिरहेँ: तिनीहरूले सत्यता स्विकार्दैनन्, तिनीहरू सत्यतामा कहिल्यै समर्पित हुँदैनन्, तिनीहरूले अरूसँग मिलेर काम गर्न सक्दैनन्, तिनीहरूको स्वभाव परिवर्तन भएको हुँदैन, र तिनीहरू अवरिवर्तित पुराना शैतान हुन्। मैले यसबारेमा जति विचार गरेँ मलाई त्यति नै नरमाइलो लाग्यो, र आँसु बगिरह्यो। पीडामा, मैले आँसुसँगै प्रार्थना गरेँ, “हे परमेश्वर! म यस्तो अहङ्कारी, र सत्यता स्वीकार नगर्ने व्यक्ति हुँ भनेर मैले कहिल्यै सोचेकी थिइनँ। बिन्ती छ, मलाई आत्मचिन्तन गर्न र आफूलाई चिन्न अगुवाइ गर्नुहोस्।”
अनि एकदिन मैले भक्तिको समयमा परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “अहङ्कार नै मानिसका भ्रष्ट स्वभावहरूको मूल कारण हो। मानिसहरू जति धेरै अहङ्कारी हुन्छन्, त्यति नै समझ विहीन हुन्छन्, र तिनीहरू जति धेरै समझविहीन हुन्छन्, तिनीहरूले परमेश्वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? मानिसहरूमा अहङ्कारी स्वभावहरू हुने भएकाले, तिनीहरूले अरू सबैलाई आफूभन्दा तल्लो स्तरको सम्झने मात्र होइन, तर सबैभन्दा खराब कुरा त, तिनीहरूमा परमेश्वरका लागि कुनै सम्मान समेत हुँदैन, र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन। मानिसहरूले परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने भए पनि, तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्ने ठान्छन् र आफैलाई अरूभन्दा श्रेष्ठ ठान्छन्। अहङ्कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्कारको समस्यालाई समाधान गरिनुपर्छ। अन्य सबैलाई आफूभन्दा तल रहेको ठान्नु सानोतिनो कुरा हो। महत्त्वपूर्ण विषय त के हो भने, अहङ्कारी स्वभावले मानिसहरूलाई परमेश्वर, उहाँको सार्वभौमिकता, उहाँको बन्दोबस्तमा समर्पित हुनदेखि रोक्छ, र यसले मानिसहरूलाई निरन्तर शक्तिका निम्ति परमेश्वरसँग प्रतिस्पर्धा गर्ने र अरूलाई नियन्त्रण गर्ने प्रयास गर्न लगाउँछ। यस्तो किसिमको व्यक्तिमा परमेश्वरको डर मान्ने हृदय अलिकति पनि हुँदैन, उसले परमेश्वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्कारी र अभिमानी छन्, विशेष गरी ती जो यति अहङ्कारी छन् कि आफ्नो समझ गुमाएका छन्, तिनीहरू परमेश्वरप्रतिको आफ्नो विश्वासमा उहाँमा समर्पित हुन सक्दैनन्, बरु आफ्नै बढाइ गर्छन् र आफ्नै गवाही दिन्छन्। यस्ता मानिसहरू परमेश्वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय फिटिक्कै हुँदैन। यदि मानिसहरू आफूमा परमेश्वरको डर मान्ने हृदय हुने अवस्थासम्म पुग्ने इच्छा राख्छन् भने, तिनीहरूले पहिले आफ्नो अहङ्कारी स्वभावको समाधान गर्नुपर्छ। व्यक्तिले अहङ्कारी स्वभाव सुल्झाउन परमेश्वरको न्याय र सजाय अनुभव गर्नैपर्छ। जब कुनै व्यक्तिले अहङ्कारी स्वभाव शैतानी स्वभाव हो, र अहङ्कारी स्वभाव शैतानको दुष्ट, कुरूप अनुहार हो भनी महसुस गर्छ, तब ऊसँग परमेश्वरको डर मान्ने हृदय हुनेछ। व्यक्तिको अहङ्कारी स्वभावलाई जति राम्ररी निराकरण गरिन्छ, ऊसँग त्यति नै बढी समझ हुन्छ, र ऊ त्यति नै बढी परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छ। परमेश्वरको डर मान्ने हृदयले मात्रै व्यक्ति परमेश्वरमा समर्पित हुन, र सत्यता प्राप्त गर्न र उहाँलाई चिन्न सक्छ। जसले सत्यता प्राप्त गर्छन् तिनीहरू मात्रै साँच्चै मानव हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू मेरो लागि निकै अन्तर्दृष्टिपूर्ण थिए। त्यो साँचो हो। अहङ्कार नै भ्रष्टताको जड हो। अहङ्कारी भएकीले, म आफूलाई अरूभन्दा राम्रो ठान्थेँ, र त्योभन्दा पनि खराब कुरा त, म परमेश्वरलाई नदेख्ने अन्धी थिएँ। समस्याहरू आइपर्दा म परमेश्वरसामु आएर उहाँको इच्छा खोज्दिनथेँ, न त सत्यताका सिद्धान्तहरू नै खोज्थेँ, बरु घमण्डसाथ सबैलाई मेरो कुरा सुन्न आदेश दिन्थेँ। इजबेलाको समस्याबारे मण्डली अगुवाहरूले मलाई दिएका सुझावहरूबारे मैले सोचेँ। तिनीहरूले भनेका कुरालाई मैले अलिकति पनि विचार नगरी सबै खण्डन गरेकी थिएँ। इजबेलाले सिद्धान्तहीन काम गर्छिन्, मण्डलीका अगुवाहरूसँग कुरा नगरी मानिसहरूलाई जथाभाबी खटाउँछिन्, र उनले बाधा पैदा गरेको कारण मानिसहरू कुन कर्तव्य निभाउने भनेरसमेत थाहा नहुने अवस्थामा पुगेका छन् भनेर तिनीहरूले भनेका थिए। मैले यो समस्यालाई पूर्ण रूपमा इन्कार गरेँ, तिनीहरूको कुरा सुन्दै सुनिनँ। मैले इजबेलाको पूर्ण प्रतिरक्षा गरेँ, र सुसमाचार कार्यमा तत्कालै मानिसहरू चाहिएकोले उनले त्यसो गरिन्, र उनले त्यसो गर्नु स्वाभाविक हो भनेर भनेँ। उनको क्षमता कमजोर छ र उनीसँग कामको लागि चाहिने क्षमता छैन, र हाम्रो सुसमाचार कार्यको रेखदेख गर्न योग्य छैनन् भनेर मण्डली अगुवाहरूले भनेका थिए। मैले वास्तविक अवस्था पत्ता लगाउने वा सिद्धान्तअनुसार उनलाई स्थानान्तर गर्नुपर्छ कि पर्दैन भनेर सोच्ने गरिनँ। बरु, मैले सुझाव इन्कार गरेँ र झर्को मानेँ। इजबेला किन इन्चार्ज हुनु हुँदैन भनेर सोधेँ, र मण्डली अगुवाहरूलाई तिनीहरूले उनीभन्दा राम्रो सुपरभाइजर भेट्टाउन सक्छन् कि भनेर सोधेँ, अनि तिनीहरूको मुख टालिदिएँ। यो समस्या उठाएर, मण्डली अगुवाहरूले जिम्मेवार व्यवहार गर्दै मण्डलीको काम परिपालन गरिरहेका थिए, तर मैले भने सधैँ तिनीहरूले भन्दा राम्ररी सत्यता बुझेजस्तो अनुभव गर्थेँ। मैले भित्री रूपमा कुरा बुझेकी छु तर तिनीहरूको सत्यतासम्बन्धी बुझाइ सतही छ र तिनीहरूले अवस्थालाई सही रूपमा हेरिरहेका छैनन्, त्यसैले मैले तिनीहरूको कुरा सुन्नु पर्दैन भन्ने लाग्थ्यो। कस्तो अहङ्कार र घमण्ड! मैले सत्यता स्विकार्न इन्कार गर्दै आफ्नै कुरामा जिद्दी गरेँ—एउटा सही अभिव्यक्तिसमेत स्विकारिनँ। मैले तिनीहरूले भनेको हरेक कुरा खण्डन गरेँ, र तिनीहरूले आफ्नो विचार व्यक्त गर्न छोडुञ्जेल तर्क गरिरहेँ। म पूर्ण रूपमा अहङ्कारी थिएँ र ममा परमेश्वरप्रति कुनै श्रद्धा थिएन। मैले मानिसहरूलाई सिद्धान्तअनुसार प्रयोग गरिरहेकी थिइनँ र मण्डलीको काममा हानि गरिसकेकी थिएँ। मैले आफ्नो गल्ती स्विकार्न नसकेकी मात्र होइन, अगुवाहरूलाई इजबेलासँग गल्ती खोतलेर अनुचित व्यवहार गरेको आरोप लगाउँदै तिनीहरूमाथि जाइलागेँ। के म अलिकति पनि स्वभाव परिवर्तन नभएको अपरिवर्तित पुरानो शैतान थिइनँ र? म कसरी स्वभाविक रूपमा अरूसँग मिलेर सद्भावपूर्ण सहकार्य गर्न सक्थेँ र? यसबारेमा यसरी विचार गर्दा मलाई साह्रै नरमाइलो लाग्यो, र पश्चात्ताप गर्ने र इजबेलाको परिस्थिति तुरुन्तै सम्हाल्ने इच्छा गर्दै मैले परमेश्वरलाई प्रार्थना गरेँ। परिस्थितिबारे साँच्चै बुझ्दा थाहा भयो, इजबेलाले आफ्नो रिपोर्टमा छल गर्ने र कुराहरू बनाएर लेख्ने गरेकी रहेछिन्, र उनले मलजलकर्ताहरू नखटाएकी हुनाले धेरै नयाँ विश्वासीहरू नियमित रूपमा भेलामा सहभागी भइरहेका रहेनछन्। इजबेलाको क्षमता पनि कमजोर नै रहेछ, र उनी अहङ्कारी र तानाशाही पनि रहेछिन्, र उनले कसैसँग पनि आफ्नो कामबारे छलफल गर्दिनथिन्। समस्याहरू देखा पर्दा उनले तिनलाई सुल्झाउन सक्दिनथिन् र अरूको सुझाव लिँदिनथिन्, जसले गर्दा कैयौँ समस्याहरू लामो समयसम्म समाधान भएनन्, र सुसमाचार कार्यको प्रगतिमा पनि बाधा पुग्यो। यी तथ्यहरूको सामना गर्दा मैले बल्ल आफूले गलत व्यक्तिलाई छनौट गरेछु भनेर स्वीकार गरेँ। मण्डली अगुवाहरूले उनलाई प्रतिस्थापन गर्ने प्रस्ताव गर्दा म असहमत भएँ र तिनीहरूलाई मैले भनेको कुरा मान्न बाध्य गरेँ। मैले यसबारेमा जति विचार गरेँ मलाई त्यति नै नरमाइलो लाग्यो, र यति अहङ्कारी भएकोमा र सधैँ आफू सही छु भन्ने अनुमान गरेकोमा आफैप्रति घृणा जाग्यो। अनि, प्रार्थनामा परमेश्वरको अघि आएँ र मलाई आफ्नो समस्याको सार बुझ्न अगुवाइ गर्नुहोस् भनेर उहाँलाई अनुरोध गरेँ।
त्यसपछि, मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँ जसले मेरो अहङ्कारको समस्यालाई सम्बोधन गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “अहङ्कारी र आत्मधर्मी हुनु भनेको मान्छेको सबैभन्दा स्पष्ट शैतानी स्वभाव हो, र यदि मानिसहरूले सत्यता स्विकार्दैनन् भने, तिनीहरूले त्यसलाई पखाल्नै सक्दैनन्। सबै मानिसहरूमा अहङ्कारी र आत्मधर्मी स्वभाव हुन्छ, र तिनीहरू सधैँ अभिमानी हुन्छन्। तिनीहरूले जे सोचे पनि वा जे भने पनि वा कामकुरालाई जसरी हेरे पनि, तिनीहरू सधैँ आफ्नै दृष्टिकोण र मनोवृत्तिहरू सही छन्, र अरूको कुरा आफ्नो जत्तिको राम्रो वा सही छैन भन्ने सोच्छन्। तिनीहरू सधैँ आफ्नै रायमा झुण्डिरहन्छन्, र जसले बोले पनि, तिनीहरूले उसको कुरा सुन्ने छैनन्। अरू कसैले भनेको कुरा सही र सत्यताअनुरूप भए पनि, तिनीहरूले त्यो स्वीकार गर्नेछैनन्; तिनीहरूले सुनिरहेको जस्तो मात्र देखिन्छ, तर त्यो विचारलाई फिटिक्कै अपनाउनेछैनन्, र काम गर्ने समय आउँदा, तिनीहरूले अझै पनि आफ्नै तरिकाले काम गर्नेछन्, सधैँ आफूले भनेको कुरा नै सही र उचित हो भन्ने ठान्छन्। सायद तैँले भन्ने कुरा वास्तवमा सही र उचित नै हुन्छ, वा तैँले जे गरेको छस् त्यो सही र दोषरहित छ, तर तैँले कस्तो प्रकारको स्वभाव प्रकट गरेको छस्? के त्यो अहङ्कार र आत्म-धार्मिकताको स्वभाव होइन र? यदि तैँले यो अहङ्कारी र आत्मधर्मी स्वभावलाई फालिनस् भने, के यसले तेरो कर्तव्य निर्वाहमा असर गर्नेछैन र? के यसले तेरो सत्यता अभ्यासमा असर गर्नेछैन र? यदि तैँले आफ्नो अहङ्कारी र आत्मधर्मी स्वभाव समाधान गरिनस् भने, के यसले तँलाई भविष्यमा गम्भीर झट्काहरू दिनेछैन र? तैँले निश्चय नै झट्काहरू अनुभव गर्नेछस्, यो हुन्छै हुन्छ। ल भन्, के परमेश्वरले मानिसको यस्तो व्यवहार देख्न सक्नुहुन्छ? परमेश्वरले यो देख्न नसक्ने कुरै छैन! परमेश्वरले मानिसहरूका हृदयको गहिराइ छानबिन गर्ने मात्र होइन, हर समय र हर स्थानमा तिनीहरूको हरेक शब्द र कार्यको अवलोकन पनि गर्नुहुन्छ। परमेश्वरले तेरो यस्तो व्यवहार देखेपछि के भन्नुहुनेछ? परमेश्वरले यसो भन्नुहुनेछ: ‘तँ हठी छस्! तँलाई आफू गलत छु भनेर थाहा नहुँदा, तँ आफ्ना विचारहरूमा टाँसिनु स्वाभाविक नै हो; तर जब तँलाई आफू गलत छु भन्ने थाहा छ, र पनि अझै तँ आफ्ना विचारहरूमा टाँसिन्छस् र मरिगए पश्चात्ताप गर्दैनस्, तँ जिद्दी मूर्ख होस्, र तँ समस्यामा पर्छस्। जसले सुझाव दिए पनि यदि तैँले सधैँ त्यसप्रति नकारात्मक, प्रतिरोधी मनोवृत्ति अपनाउँछस्, र अलिकति पनि सत्यता स्विकार्दैनस्, अनि तेरो हृदय पूर्णतया प्रतिरोधी, एकलकाँटे र उपेक्षा गर्ने खालको छ भने तँ अत्यन्तै बेतुके छस्, तँ असङ्गत व्यक्ति होस्! तँसँग व्यवहार गर्न असाध्यै गाह्रो हुन्छ!’ तँसँग व्यवहार गर्न कुन हिसाबमा गाह्रो हुन्छ? तँसँग व्यवहार गर्न गाह्रो हुन्छ किनकि तैँले देखाइरहेको कुरा गलत शैली वा गलत व्यवहार होइन, यो त तेरो स्वभावको प्रकटीकरण हो। कस्तो स्वभावको प्रकटीकरण? तँ सत्यताप्रति वितृष्ण हुने र तैँले सत्यतालाई घृणा गर्ने स्वभाव। तँ सत्यतालाई घृणा गर्ने व्यक्ति भनेर चित्रित भएपछि, परमेश्वरका दृष्टिमा तँ समस्यामा पर्छस्, र उहाँले तँलाई तिरस्कार र बेवास्ता गर्नुहुनेछ। मानिसहरूको दृष्टिकोणबाट, तिनीहरूले बढीमा यसो भन्नेछन्: ‘यस व्यक्तिको स्वभाव खराब छ, ऊ अति जिद्दी, हठी र अहङ्कारी छ! यस व्यक्तिसँग मिलेर बस्न गाह्रो छ र ऊ सत्यतालाई प्रेम गर्दैन। उसले कहिल्यै सत्यता स्विकारेको छैन र सत्यता अभ्यास गर्दैन।’ बढीमा, सबैले तेरो यस्तो मूल्याङ्कन गर्नेछन्, तर के यो मूल्याङ्कनले तेरो भाग्य निर्धारित गर्न सक्छ? मानिसहरूले तँलाई गर्ने मूल्याङ्कनले तेरो भाग्य निर्धारण गर्न सक्दैन, तर तैँले एउटा कुरा भने बिर्सनै हुँदैन: परमेश्वरले मानिसको हृदय छानबिन गर्नुहुन्छ, र साथै उहाँले तिनीहरूको हरेक शब्द र कार्य अवलोकन गर्नुहुन्छ। यदि परमेश्वरले तँलाई यसरी परिभाषित गर्नुहुन्छ र तैँले सत्यतालाई घृणा गर्छस् भनेर भन्नुहुन्छ, यदि उहाँले तँमा थोरै भ्रष्ट स्वभाव छ वा तँ थोरै अनाज्ञाकारी छस् मात्र भन्नुहुन्न भने, के यो निकै गम्भीर समस्या होइन? (यो गम्भीर समस्या हो।) यो त समस्या हो, र यो समस्या मानिसहरूले तँलाई कसरी हेर्छन् वा कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरामा नभई, सत्यतालाई घृणा गर्ने तेरो भ्रष्ट स्वभावलाई परमेश्वरले कसरी हेर्नुहुन्छ भन्ने कुरामा हुन्छ। त्यसोभए, परमेश्वरले त्यसलाई कसरी हेर्नुहुन्छ? के परमेश्वरले तँ सत्यतालाई घृणा गर्छस्, प्रेम गर्दैनस् भनेर मात्र निर्धारण गर्नुभएको छ, त्यति नै हो? कुरा त्यति सरल छ? सत्यता कहाँबाट आउँछ? सत्यताले कसको प्रतिनिधित्व गर्छ? (यसले परमेश्वरको प्रतिनिधित्व गर्छ।) यसलाई मनन गर्: यदि कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ भने, परमेश्वरले आफ्नो नजरबाट उसलाई कसरी हेर्नुहुन्छ? (उहाँको शत्रुको रूपमा हेर्नुहुन्छ।) के यो गम्भीर समस्या होइन र? जब कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ, तब उसले परमेश्वरलाई घृणा गर्छ!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ)। परमेश्वरका वचनहरूको प्रकाशले मलाई ठूलो प्रभाव पार्यो। मैले आफ्नो अहङ्कारको कुरूप भ्रष्टता देखेँ। मैले छानेको व्यक्तिबारे एकदुई सिस्टरहरूले मलाई सुझाव दिएका थिए, तर मैले स्विकारिनँ—किनभने मलाई म सही छु भन्ने लाग्यो। मैले तिनीहरूलाई बोल्नेसमेत मौका दिइनँ, बरु गाली गरिरहेँ र धम्की मात्रै दिइरहेँ। मैले कैयौँ अहङ्कारी कुराहरू बोलेँ, र अन्तिममा तिनीहरू पछि हट्न बाध्य भए। त्यो मेरो शैली र व्यवहारको गल्ती मात्रै थिएन। यो त सत्यताप्रति दिक्क र घिन मान्ने शैतानी स्वभावबाट आएको थियो। ती अगुवाहरूविरुद्ध प्रतिरक्षा गर्दा मैले बोलेको र व्यवहार गरेको बारेमा सोच्दा, साह्रै नरमाइलो लाग्यो—घिनलाग्दो कुरा निलेजस्तो भयो। अत्यन्तै लाज लाग्यो, र आफू घटिया मूर्ख भएको अनुभव भयो। परमेश्वरको नजरमा त, सत्यताप्रति दिक्क र घिन मान्नु भनेको परमेश्वरलाई घृणा गर्नु र उहाँको शत्रु हुनुसरह हो, र परमेश्वरका सबै शत्रु दियाबलसहरू हुन्। माथिल्ला अगुवाले मलाई अपरिवर्तित पुरानो शैतानको रूपमा खुलासा गरेको कुरा पूर्ण रूपमा सही थियो। त्यो मेरो प्रकृति र सार थियो। समस्याहरूलाई प्रतिरोध र इन्कारद्वारा सामना गर्नु, सत्यता स्वीकार नगर्नु, आफ्नो भ्रष्ट र शैतानी स्वभावअनुसार कर्तव्य निभाउनु। यो कसरी परमेश्वरलाई इन्कार गरेसरह नहुन सक्थ्यो र, अनि यसको लागि मलाई कसरी निराकरण नहुन सक्थ्यो र? त्यस बेला मलाई त्यसरी काटछाँट र निराकरणमा पर्नु भनेको परमेश्वरको धार्मिकता हो भन्ने महसुस भयो। खुलासा र आलोचनामा पर्दा, मेरो अहङ्कारमा चोट परेको र मलाई सहन गाह्रो भएको भए पनि, यसले मलाई मेरो अहङ्कारी प्रकृति देख्न सहयोग गर्यो, र यसले ममा परमेश्वरप्रतिको आदरभाव पनि जगायो।
पछि, मैले परमेश्वरको अझै धेरै वचन पढेँ जसले मलाई आफ्नो स्थितिको बारेमा अझ राम्रो बुझाइ र सूक्ष्म ज्ञान प्राप्त गर्न मदत गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि तिनीहरूको सधैँ आफ्नै उद्देश्य र अभिप्रायहरू हुन्छन्, तिनीहरू सधैँ आफ्नै योजनाअनुसार काम गरिरहेका हुन्छन्, र परमेश्वरको घरका बन्दोबस्त र कामप्रति तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ, ‘तपाईंका हजारौँ योजना होलान्, तर मेरो एउटै नियम छ’; यो सबै ख्रीष्टविरोधीहरूको प्रकृतिले निर्धारित गरेको हुन्छ। के ख्रीष्टविरोधीहरूले आफ्नो मानसिकता परिवर्तन गरेर सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छन्? माथिबाट प्रत्यक्ष रूपमा तिनीहरूलाई त्यसो गर्न लगाइएको अवस्थामा बाध्यतावश तिनीहरूले मन नलागी-नलागी केही मात्रामा त्यसो गर्न सक्छन् नत्र भने त्यो कुरा असम्भव हुनेछ। तिनीहरूले केही गरेनन् भने त तिनीहरूलाई खुलासा गरेर बर्खास्त गरिन्छ। त्यसैले यी परिस्थितिहरूमा मात्रै तिनीहरूले थोरै वास्तविक काम गर्न सक्छन्। कर्तव्य निभाउनुप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तै हुन्छ; सत्यता अभ्यास गर्नुप्रति पनि तिनीहरूको मनोवृत्ति यस्तै हुन्छ: सत्यता अभ्यास गर्दा तिनीहरूलाई फाइदा हुन्छ भने, तिनीहरूलाई सबैले अनुमोदन र आदर गर्छन् भने तिनीहरू अवश्यै त्यस अनुरूप चल्छन् र अरूलाई लगभग स्वीकार्य लाग्ने गरी केही प्रयास गरेजस्तो गर्छन्। यदि सत्यता अभ्यास गर्दा तिनीहरूलाई कुनै फाइदा हुँदैन, कसैले देख्दैन, माथिल्लो स्तरका अगुवाहरूले देख्दैनन् भने त्यस्तो बेला तिनीहरूले सत्यता अभ्यास गर्ने कुरै हुँदैन। तिनीहरूको सत्यता अभ्यास प्रसङ्ग र परिस्थितिमा निर्भर हुन्छ, तिनीहरूले अरूले देख्ने तरिकाले कसरी यो काम गर्न सकिन्छ र फाइदाहरू कति ठूला हुनेछन् भनेर विचार गर्छन्; तिनीहरूमा यी कुराहरूबारे उत्कृष्ट बुझाइ हुन्छ र तिनीहरूले फरक-फरक परिस्थितिमा आफूलाई समायोजित गराउँछन्। तिनीहरूले सधैँ आफ्नो ख्याति, प्राप्ति र हैसियतबारे विचार गरिरहेका हुन्छन्, परमेश्वरका अभिप्रायहरूप्रति कति पनि ख्याल पुर्याइरहेका हुँदैनन् र यहीँनेर तिनीहरू सत्यता अभ्यास गर्न र सिद्धान्तहरू पालना गर्न चुक्छन्। ख्रीष्टविरोधीहरू आफ्नो ख्याति, प्राप्ति, हैसियत र व्यक्तिगत हितहरूप्रति मात्रै ध्यान दिन्छन्, तिनीहरूलाई आफूले कुनै फाइदा नपाउनु वा आफ्नो प्रदर्शन गर्न नपाउनु स्वीकार्य हुँदैन र सत्यता अभ्यास गर्नु तिनीहरूको लागि समस्याको कुरा हुन्छ। यदि तिनीहरूको प्रयासलाई पहिचान गरिएन भने, यदि तिनीहरूले अरूको अघि काम गरिरहेका भएर पनि तिनीहरूको कामलाई देखिएन भने तिनीहरूले सत्यता अभ्यास पटक्कै गर्दैनन्। यदि काम परमेश्वरको घरले प्रत्यक्ष रूपमा बन्दोबस्त गरेको हो र यो काम गर्नेबाहेक तिनीहरूसँग कुनै विकल्प छैन भने पनि अझै तिनीहरूले यसबाट आफ्नो हैसियत र प्रतिष्ठामा फाइदा हुन्छ कि हुँदैन भन्ने कुरा विचार गर्छन्। यदि यो तिनीहरूको हैसियतको लागि राम्रो हो र यसले आफ्नो प्रतिष्ठा बढाउन सक्छ भने तिनीहरूले यो काममा आफ्नो सर्वस्व सुम्पन्छन् र राम्ररी काम गर्छन्; तिनीहरूलाई आफूले एक पन्थ दुई काज गरिरहेको छु जस्तो लाग्छ। यदि यसले तिनीहरूको ख्याति, प्राप्ति र हैसियतमा कुनै फाइदा पुग्दैन, यो काम नराम्ररी गरिएमा आफ्नो विश्वसनीयता गुम्न सक्छ भने तिनीहरू यसबाट उम्कने उपाय वा बहानाको बारेमा सोच्छन्। ख्रीष्टविरोधीहरूले जुनसुकै कर्तव्य निभाए पनि तिनीहरू सधैँ एउटै सिद्धान्तमा लागिरहन्छन्: तिनीहरूले प्रतिष्ठा, हैसियत वा आफ्ना हितहरूमा केही न केही फाइदा पाउनैपर्छ र तिनीहरूलाई कुनै घाटा हुनु हुँदैन। ख्रीष्टविरोधीहरूलाई तिनीहरूले कुनै कष्ट भोग्नु वा मूल्य चुकाउनु नपर्ने, अनि तिनीहरूको प्रतिष्ठा र हैसियतमा फाइदा पुग्ने काम सबैभन्दा बढी मन पर्छ। समग्रमा ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि तिनीहरू सुरुमा आफ्नै हितहरूलाई विचार गर्छन् र यो सबै विचार गरेपछि मात्रै तिनीहरू काम गर्छन्; तिनीहरू सम्झौता नगरी साँचो रूपमा, इमानदारीपूर्वक र पूर्ण रूपले सत्यतामा समर्पित हुँदैनन्, तर छनौट गरेर अनि सर्तमा मात्रै सो गर्छन्। यो कस्तो सर्त हो? यो तिनीहरूको हैसियत र प्रतिष्ठालाई रक्षा गरिनैपर्छ, र कुनै घाटा हुनै हुँदैन भन्ने सर्त हो। यो सर्त पूरा भएपछि मात्रै तिनीहरू के गर्ने भनेर निर्णय र छनौट गर्छन्। अर्थात् सत्यता सिद्धान्तहरू, परमेश्वरका आज्ञाहरू र परमेश्वरको घरको कामलाई कसरी लिने वा आफूले सामना गर्ने कुराहरू कसरी सम्हाल्ने भन्ने कुरालाई ख्रीष्टविरोधीहरू गम्भीर रूपमा विचार गर्छन्। तिनीहरू परमेश्वरका अभिप्रायहरू कसरी पूरा गर्ने, परमेश्वरको घरका हितहरूलाई हानि गर्नबाट कसरी बच्ने, परमेश्वरलाई कसरी सन्तुष्ट तुल्याउने वा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी फाइदा पुऱ्याउने भन्नेबारे विचार गर्दैनन्; यी तिनीहरूले विचार गर्ने कुरा होइनन्। ख्रीष्टविरोधीहरू केलाई विचार गर्छन्? कतै आफ्नो हैसियत र प्रतिष्ठामा असर पो पुग्ने हो कि र प्रतिष्ठा पो घट्ने हो कि भनेर विचार गर्छन्। यदि सत्यता सिद्धान्तहरूअनुसार कुनै काम गर्दा मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्छ, तर तिनीहरूको आफ्नै प्रतिष्ठामा धक्का पुग्छ र धेरै मानिसले तिनीहरूको साँचो कद अनि तिनीहरूमा कस्तो प्रकृति सार छ भन्ने कुरा थाहा पाउँछन् भने तिनीहरूले अवश्य नै सत्यता सिद्धान्तहरूअनुसार काम गर्नेछैनन्। यदि केही वास्तविक काम गर्दा अझ धेरै मानिसले तिनीहरूको इज्जत गर्छन्, आदर र प्रशंसा गर्छन्, तिनीहरूलाई झन् ठूलो प्रतिष्ठा हासिल गर्न दिन्छन् वा तिनीहरूको बोली अख्तियारपूर्ण बन्छ र अझै धेरै मानिसले तिनीहरूको कुरा मान्छन् भने तिनीहरू त्यो काम त्यसरी गर्ने निर्णय गर्छन्; नत्र तिनीहरूले परमेश्वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितका खातिर आफ्नै हितहरूलाई बेवास्ता गर्ने निर्णय कहिल्यै गर्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरको वचनले मलाई के देखायो भने, अरूले इजबेलाका समस्याहरू बताउँदा त्यसको प्रतिरोध गर्नु र त्यसप्रति झिजो मान्नु, र उनलाई बर्खास्त गर्न नमान्नु अहङ्कारी स्वभाव मात्रै थिएन। यसको पछाडि मेरो स्वार्थी र खराब मनसाय पनि लुकेको थियो। मैले मण्डलीमा आफ्नो स्थान रक्षा गर्न सकूँ भनेर मैले ती दुई अगुवाहरूको सुझाव स्विकार्न मानेकी थिइनँ। तर तिनीहरू इजबेलाका समस्याहरूका बारेमा सही थिए। उनी सुपरभाइजर बन्न सुयोग्य थिइनन् र उनले हाम्रो सुसमाचार कार्यमा पहिल्यै बाधा पुर्याइसकेकी थिइन्। मैले उनलाई तुरुन्तै बर्खास्त गर्नुपर्थ्यो, तर मैले आफ्नो हैसियत कायम राख्न सकूँ भनेर त्यो कारबाही नगर्न हर कारण खोजी गरेँ। त्यसले गर्दा, ती दुई मण्डली अगुवाहरूलाई कामकुरा कसरी मिलाउने थाहा भएन, र यसले हाम्रो सुसमाचार कार्यमा थप बाधा पुग्यो। मेरो अहङ्कर अनि मैले मण्डलीको काम रक्षा गर्न नसकेको, र मैले आफ्नै हैसियतमा प्राथमिकता दिएको कारण हाम्रो सुसमाचार कार्य र ब्रदर-सिस्टरहरूको जीवनप्रवेशमा असर पुग्यो। मैले मण्डलीको काम बिथोलिरहेकी थिएँ। मैले मण्डलीको काम परिपालन गर्ने बहाना मात्रै गरिरहेकी थिएँ, तर वास्तवमा, यो सब आफ्नै हैसियत दह्रिलो बनाउनको लागि थियो। मैले मण्डलीमा आफ्नो स्थान सुरक्षित गर्न पाउँथेँ भने, मैले छानेको व्यक्तिमा समस्या भए पनि र मण्डलीको काममा बाधा पुगे पनि, म देखेको नदेखेजस्तो गर्थेँ। म आफ्नो हैसियत रक्षा गर्न सक्थेँ भने मण्डलीका हितहरूमा हानि भएको हेर्न पनि तयार हुन्थेँ। के त्यो ख्रीष्टविरोधी व्यवहार होइन र? परमेश्वरको वचनको न्याय र प्रकाशबाट मैले मेरो परमेश्वरविरोधी प्रकृति र सार देखेँ, र आफ्नै खराब मनसायहरू स्पष्ट देखेँ। त्यो बेला मलाई अलि डर लाग्यो, र परमेश्वरसामु पश्चात्ताप गर्न अनि दुष्कर्म गर्न र अहङ्कारी भई उहाँको प्रतिरोध गर्न छोड्न तयार भएँ।
एकपटक भक्तिको समयमा, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब अरू मानिसहरूले असहमतिको रायहरू दिन्छन्—स्वेच्छाचारी र अविवेकी हुनबाट जोगिनको निम्ति तैँले कसरी अभ्यास गर्न सक्छस्? सर्वप्रथम त तँसँग विनम्रताको मनोवृत्ति हुनुपर्छ, तैँले सही ठानेका कुरालाई पन्छाउनुपर्छ र सबैलाई सङ्गति गर्न दिनुपर्छ। यदि तैँले तेरा मार्गहरू सही हुन् भनेर विश्वास गर्छस् भने पनि तैँले यसमा जोड दिइरहनु हुँदैन। त्यो एक प्रकारले अगाडिको कदम हो; यसले सत्यताको खोजी गर्ने, आफैँलाई इन्कार गर्ने र परमेश्वरका अभिप्रायहरू पूरा गर्ने मनोवृत्तिलाई देखाउँछ। तँमा यस्तो मनोवृत्ति आइसकेपछि, साथै तेरा आफ्नै रायहरूमा अडिग हुन छोडेपछि, तँले प्रार्थना गर्नुपर्छ, परमेश्वरबाट सत्यताको खोजी गर्नुपर्छ, अनि परमेश्वरका वचनहरूमा आधार खोज्नुपर्छ—परमेश्वरका वचनहरूमा आधारित भएर कसरी काम गर्ने भनी निर्धारण गर्नुपर्छ। यो सबैभन्दा उचित र सही अभ्यास हो। जब मानिसहरूले सत्यताको खोजी गर्छन् र सबैसामु समस्या उजागर गर्दै त्यसमाथि सँगै सङ्गति र खोजी गर्छन्, त्यसै बेला पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ। परमेश्वरले मानिसहरूलाई सिद्धान्तहरूअनुसार अन्तर्दृष्टि दिनुहुन्छ—उहाँले तेरो मनोवृत्तिको हेर्नुहुन्छ। आफ्नो सही वा गलत दृष्टिकोणको परवाह नगरी, यदि तँ आफ्नै कुरामा जिद्दी गर्छस् भने, परमेश्वरले तँबाट आफ्नो अनुहार लुकाउनुहुन्छ र तँलाई बेवास्ता गर्नुहुन्छ; उहाँले तँलाई प्रकाश गर्न र तेरो कुरूप स्थिति खुलासा गर्नका लागि तँलाई ठक्कर खान लगाउनुहुन्छ। तर यसको विपरीत, यदि तेरो मनोवृत्ति सही छ भने, तँ आफ्नै तरिकालाई जोड दिँदैनस् भने र तँ आत्म-धर्मी, स्वेच्छाचारी र अविवेकी छैनस् भने, बरु सत्यताको खोजी गर्ने र त्यसलाई स्वीकार गर्ने मनोवृत्तिको छस् भने, यदि तैँले सबैसँग सङ्गति गर्छस् भने, पवित्र आत्माले तिमीहरूमा काम गर्न थाल्नुहुनेछ, र सायद कसैका वचनहरूमार्फत उहाँले तँलाई अगुवाइ गर्नुहुनेछ। कहिलेकाहीँ, जब पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले तँलाई थोरै मात्र शब्द वा वाक्यहरूद्वारा वा तँलाई कुनै अवधारणा दिएर मामलाको निचोड बुझ्न अगुवाइ गर्नुहुन्छ। त्यही क्षण, तैँले जुन कुरामा अडान राख्दै आइरहेको छस् त्यो गलत छ भन्ने थाहा पाउँछस्, र त्यही क्षणमा नै, काम गर्ने सबैभन्दा उचित तरिकालाई बुझ्छस्। त्यो स्तरमा पुगेपछि, के तँ दुष्कर्म गर्न, र गल्तीका परिणामहरू भोग्नबाट सफलतापूर्वक जोगिन सकेको छैनस् र? के यो परमेश्वरको सुरक्षा होइन र? (हो।) यस्तो कुरा कसरी हासिल गरिन्छ? यस्तो कुरा तब मात्र हासिल हुन्छ, जब तँसँग परमेश्वरको डर मान्ने हृदय हुन्छ, र तैँले समर्पित हृदयले सत्यताको खोजी गर्छस्। तैँले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गरेर अभ्यासका सिद्धान्तहरू निर्धारित गरेपछि, तेरो अभ्यास सत्यताअनुरूप हुनेछ, र तैँले परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरको वचनले मलाई अभ्यासको मार्ग दियो। आफ्नो कर्तव्यमा कुनै दुष्कर्म नगर्न वा मण्डलीको काम नबिथोल्नको लागि, मुख्य कुरा भनेको समस्याहरू आइपर्दा सत्यता खोजी गर्ने र परमेश्वरको आदर गर्ने मनोवृत्ति राख्नु, र अरूसँग मिलेर काम गर्न सक्नु, र फरकफरक विचारहरू सुन्दा, आफूलाई पन्छाएर प्रार्थना र खोजी गर्नु हो। पवित्र आत्माको कार्य प्राप्त गर्ने, सही तरिकाले काम गर्ने, र गल्तीहरू न्यून गर्ने एउटै तरिका त्यही हो। यो कुरा बुझ्नु मेरो लागि अन्तर्दृष्टिपूर्ण थियो, र कसरी अघि बढ्ने थाहा भयो। त्यसपछि मैले इजबेलालाई बर्खास्त गरेँ र नयाँ सुपरभाइजर छनौट गरेँ। केही समयपछि, सुसमाचार कार्यमा निकै सुधार आयो। यी परिणामहरू देख्दा मलाई झनै ग्लानि भयो। मैले पहिले देखाएको अहङ्कारप्रति मलाई घृणा जाग्यो; मैले त इजबेलालाई स्वेच्छाचारी ढङ्गले राखेर मण्डलीको काममा बाधा दिएकी र अपराध गरेकी थिएँ। मैले म सबै कुरामा सत्यता खोजी गर्न अनि मेरो पुरानो घमण्डी शैलीमा काम गर्न र त्यस्तो अहङ्कारी स्वभावमा जिउन छोड्न तयार छु भनेर प्रार्थना गरेँ।
केही समयपछि नै मैले अर्को परिस्थिति सामना गरेँ। धेरैजना सुसमाचार डिकनहरूसँगको कामसम्बन्धी छलफलमा, मैले केही सुझावहरू प्रस्तुत गरेँ जसलाई सबैले तुरुन्तै इन्कार गरे। मलाई अलिक अपमानित भएको अनुभव भयो र मैले भनेको कुरा पूर्ण रूपमा निराधार थियो कि भनेर सोचेँ। के अरूले भनेको सबै कुरा सही थियो त? मेरा दृष्टिकोणहरू पूर्ण रूपमा इन्कार गरिँदा, अरूले मलाई कस्तो अगुवा भन्लान्? तिनीहरूले पक्कै पनि मलाई सत्यता नबुझ्ने र वास्तविकता नभएको भन्ने ठान्लान्। के त्यसपछि तिनीहरूले मेरो कुरा सुन्लान्? के मानिसहरूको नजरमा ममा अगुवाको हैसियत बाँकी रहला? यो सोचेपछि, मलाई फेरि पनि आफ्नो इज्जत बचाउन अरूले भनेको कुरा खण्डन गर्ने मन भयो। त्यसपछि म सही स्थितिमा छुइनँ भन्ने महसुस भयो र मलाई ग्लानि भयो। मैले परमेश्वरलाई मनमनै प्रार्थना गरेँ, “हे परमेश्वर, तिनीहरूले भनेको कुरा सही हो भन्ने थाहा छ, तर मलाई मेरो अभिमानमा चोट पुगेको महसुस हुन्छ र फेरि पनि आफ्नो स्थान रक्षा गरूँजस्तो लाग्छ। बिन्ती छ मलाई रक्षा गर्नुहोस् र मेरा ब्रदर-सिस्टरहरूको सही सुझाव स्विकार्न, सत्यता अभ्यास गर्न र भ्रष्टतामा नजिउन सहयोग गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “व्यक्तिले आफूले गर्ने हरेक कुरा अरूसँग छलफल गर्नुपर्छ। अरू सबैले के भन्छन् पहिले त्यो सुन्। यदि बहुसङ्ख्यक मानिसहरूको दृष्टिकोण सही छ र सत्यताअनुरूप छ भने, तैँले यसलाई मान्नुपर्छ र तँ यसलाई पालन गर्नुपर्छ। तैँले जे गरे पनि, ठूलाठूला कुरा गर्नु हुँदैन। कुनै पनि मानिसको समूहमा ठूलाठूला कुरा गर्नु राम्रो होइन। … तैँले सुझावहरू दिँदै र आफ्ना दृष्टिकोणहरू व्यक्त गर्दै बारम्बार अरूसँग सङ्गति गर्ने गर्नुपर्छ—यो तेरो कर्तव्य र तेरो स्वतन्त्रता हो। तर अन्त्यमा, जब निर्णय गर्नुपर्ने हुन्छ, तब यदि तैँले मात्रै अन्तिम निर्णय गर्छस्, र अरू सबैलाई तैँले भनेको जस्तो गर्न र तेरो इच्छाअनुसार चल्न लगाउँछस् भने, तैँले सिद्धान्तहरू उल्लङ्घन गरिरहेको हुन्छस्। … यदि कुनै पनि कुरा तैँले स्पष्ट बुझेको छैनस् र तेरो आफ्नो विचार छैन भने सुन्न र आज्ञापालन गर्न अनि सत्यता खोज्न सिक्। तैँले पूरा गर्नुपर्ने कर्तव्य यही हो; यो नै असल-आचरणयुक्त मनोवृत्ति हो। यदि तेरो आफ्नै विचार छैन र मूर्ख देखिन्छु होला, आफूलाई अलग्गै देखाउन सक्दिनँ, र अपमानित हुन्छु होला भनेर सधैँ डराउँछस् भने—यदि तँ अरूले तिरस्कार गर्लान् र तिनीहरूको हृदयमा तेरो स्थान नहोला भनेर डराउँछस् र त्यसैले आफूलाई सधैँ आकर्षणको केन्द्रमा ल्याउन र ठूलाठूला कुरा गर्न चाहन्छस्, र वास्तविकतासँग मेल नखाने बेढङ्गको दाबी प्रस्तुत गर्छस् र त्यो कुरा अरूलाई स्वीकार गर्न लगाउँछस् भने—के तैँले आफ्नो कर्तव्य गरिरहेको छस् त? (छैन।) अनि, तैँले के गरिरहेको छस् त? तँ विनाशकारी भइरहेको छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू अन्तर्दृष्टिपूर्ण थिए। अरूसँग सङ्गति गर्नु र विचार र सुझावहरू व्यक्त गर्नु मेरो कर्तव्य र जिम्मेवारीका भाग थिए, तर सबैलाई मैले भनेझैँ गर्न र मेरो कुरा मान्न लगाउनु पूर्ण रूपमा अहङ्कार थियो। कामसम्बन्धी छलफलमा, सबैले आफ्नो विचार व्यक्त गर्ने अधिकार पाउँछ, र हामीले सत्यताका सिद्धान्तअनुसारका र मण्डलीको काममा फाइदा दिने सुझावहरू अपनाउनुपर्छ। त्यो सत्यता स्विकार्ने मनोवृत्ति हो। त्यसपछि मैले सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिन थालेँ, र कामको छलफलमा फरकफरक विचार व्यक्त हुँदा, हामीले लागू गर्न सक्ने निर्णयमा पुग्नको लागि म मानिसहरूका विचारहरूबारे थप सोधखोज गर्थेँ। मलाई याद छ, एकपटक मैले आफ्नै हिसाबले काम सकाएँ र मलाई अलिक अप्ठ्यारो लाग्यो। प्रार्थना र मननपछि, मलाई सहमतिमा पुग्नको लागि मैले मेरा सहकर्मीहरूसँग कुरा गरेकी छैनँ, र यो सही तरिका होइन भन्ने महसुस भयो। मैले सङ्गतिमा सबैको अघि म अहङ्कारी छु, मैले निर्णय गर्नुअघि अरूसित छलफल गरिनँ, र यसरी मैले अनुचित व्यवहार गरेँ भनेर सबैको अघि खुलस्त बताएँ। मैले म परिवर्तन हुन्छु र यसरी काम गर्न छोड्छु भनेर भनेँ। मैले सबैलाई मेरो निगरानी गर्न पनि अनुरोध गरेँ। यसरी आफूलाई पन्छाउँदा र सत्यता अभ्यास गर्दा मलाई शान्ति अनुभव भयो।
त्यसपछिका कामसम्बन्धी केही छलफलमा पनि मैले त्यही अभ्यास गरेँ र मैले कामहरू पहिलेभन्दा राम्ररी सम्हालिरहेकी छु र कुनै निश्चित समस्या आएको छैन भन्ने थाहा पाएँ। म परमेश्वरप्रति अत्यन्तै आभारी भएँ। यस कुराबाट मैले के अनुभव गरेँ भने कर्तव्यमा अहङ्कारी नभई अरूसँग सहकार्य गर्दा, हामीले पवित्र आत्माको काम प्राप्त गर्न सक्छौँ र हामीले काम पूरा गर्ने सम्भावना बढी हुन्छ। अहिले मैले आफ्नो भ्रष्ट स्वभावबारे केही बुझाइ हासिल गरेकी छु। म सत्यता अभ्यास गर्न सक्छु र केही परिवर्तन भएकी छु। यो परमेश्वरको वचनको फल हो।
जिङ्ग्वेइ, अमेरिकासर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “परमेश्वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...
सन् २०१४ मा, मैले मण्डलीको लागि भिडियो निर्माताको तालिम लिएँ। त्यो बेला, एउटा नयाँ भिडियोको निर्माण सुरु भयो। तयारी चरणको समयमा, त्यहाँ...
झाओ याङ, चीनसन् २०१६ मा मलाई मण्डली अगुवाको रूपमा कार्य गर्नेगरी छनौट गरियो। सुरुमा मैले त्यो कर्तव्य थाल्दा धेरै तनाव भयो किनभने मैले...
यु लु, चीनसन् २०१८ मा, म मण्डली अगुवा चुनिएँ। त्यतिबेला, लि हुवाले अरूलाई निरन्तर दमन र यातना दिइरहेकी थिइन्, र मण्डलीको जीवनमा बाधा...