मलाई भ्रष्ट स्वभाव समाधान गर्ने तरिका थाहा भयो

12 नोभेम्बर 2022

मेरो परिवार क्याथोलिक हो, र मैले सानैदेखि प्रभुमा विश्‍वास गर्दै आएको छु। हुर्कँदै जाँदा, मैले के थाहा पाएँ भने कतिपय विश्‍वासीहरू त आइतबारको दिन मण्डली जाने, अनि अरू समय सांसारिक जीवन जिउने गर्छन्। तिनीहरू पनि अन्यजातिहरू जस्तै धुम्रपान, मद्यपान गर्ने, र पार्टीमा जाने गर्दा रहेछन्। मलाई तिनीहरूले प्रभुका मापदण्डहरू मानिरहेका छैनन्, र त्यसो गर्नु पाप हो जस्तो लाग्थ्यो। म पनि पापमा जिइरहेको थिएँ। म झूट बोल्थेँ, झडङ्ग रिसाउथेँ, र ईर्ष्या गर्थेँ। धर्मगुरुको अघि मेरा पापहरू स्वीकार गरे पनि, म पाप गर्ने, स्वीकार गर्ने, अनि फेरि पाप गर्ने चक्रबाट उम्कन सकेको थिइनँ। म पूर्ण रूपमा अन्योलमा थिएँ। त्यसकारण मैले हाम्रो मण्डलीलाई छोडेर पापबाट उम्कने मार्ग खोज्‍न अर्को सम्प्रदायमा संलग्‍न हुने निर्णय गरेँ।

पछि मैले कामको सिलसिलामा ब्रदर राउललाई भेटेँ, जो इसाई बनेको धेरै भएको थियो। तिनले तिनी धेरै वटा मण्डलीहरूमा गएको तर पाष्टरहरूका प्रवचनहरू ज्ञानवर्धक नभएको र सधैँ भेटी माग्‍ने गरेको देखेर तिनी ती मण्डलीहरूमा जान छोडेको भनी मलाई बताए। तिनले भने, तिनीहरू पैसा मात्रै चाहन्छन्, अनि दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै समस्या परेर तिनीहरूको सहयोग माग्दा, तिनीहरूले यसो भन्‍ने गर्छन्, “पहिले प्रचारकलाई भन, अनि अझै उपाय लागेन भने मलाई भन्‍नू।” त्यो कुरा सुन्दा म अन्योलमा परेँ। किन यस्तो कुरा मण्डलीमा हुन्छ? त्यसपछि म अरू पाँच-छ वटा इसाई मण्डलीमा गएँ र ती मण्डलीहरू ब्रदर राउलले भनेको जस्तै थिए। मलाई याद छ, एक पटक एउटा सेवामा केही विश्‍वासीहरूले चेस खेल्दै खानेकुरा खाइरहेका थिए। मण्डलीहरूमा पवित्र आत्‍माको काम छैन, तर ती मण्डलीहरू धर्मका मानिसहरूले मनोरञ्जन लिने ठाउँ बनेका छन् भन्‍ने मैले देखेँ। मलाई मण्डली जानै मन लाग्‍न छोड्यो। तर बाइबलले भन्छ, “कतिको यसो गर्ने बानी भए पनि हामी एकसाथ भेला हुने कार्यलाई नत्यागौँ, तर एक-अर्कालाई अर्ती देऔँ: किनकि दिन झन्-झन् नजिक आउँदैछ” (हिब्रू १०:२५)। त्यसोभए म कुन भेलामा जाने त? मलाई के गर्ने, के नगर्ने भयो। १,००० वटा भन्दा बढी इसाई सम्प्रदायहरू छन्, त्यसकारण परमेश्‍वरको अगुवाइ र पवित्र आत्‍माको काम भएको मण्डली भेट्टाउनु निकै कठिन हुनेथियो। कहाँ जाने भन्‍ने कुरा ब्रदर राउललाई पनि थाहा थिएन। त्यसकारण हामीले हाम्रो मण्डली झुण्डलाई छोडेर खाली समयमा बाइबल अध्ययन गर्ने निर्णय गर्‍यौं। हामीले सँगै बसेर बाइबल धेरै पढ्यौं र आफ्‍नो बुझाई बाँढ्दै एक-अर्कालाई सहयोग र समर्थन गर्‍यौं।

हरेक दिन प्रार्थना गर्दै र धर्मशास्‍त्र अध्ययन गर्दै मैले धेरै वर्षको समय बिताएँ। तर मलाई के कुराले खिन्‍न पार्‍यो भने जब मलाई मन नपर्ने कुरा आइपर्थ्यो वा मेरा चासोहरूमा सम्झौता हुन्थ्यो, तब मैले मेरो रिसलाई नियन्त्रण गर्न सक्दिनथिएँ। कहिलेकहीँ काममा, ब्रदर राउलले मलाई सहयोगीको रूपमा काम गर्न लगाउँथे। जब तिनले मलाई कुनै काम गर्न लगाउँथ्यो र मैले तिनको कुरा बुझ्दिनथिएँ, तब तिनी मसँग निकै रूखो बोल्थे, र मलाई निकै रिस उठ्थ्यो। म के सोच्थेँ भने तिनले नै राम्ररी कुरा बुझाएनन् भन्‍ने कुरा स्पष्टै छ, तैपनि मलाई मूर्खलाई जस्तो व्यवहार गर्दै तिनले हकारिरहेको छ, र मैले यस्तो कुरा सहनु हुँदैन। त्यसकारण म पनि तिनलाई हकार्थेँ। हामी रिसारिस हुन्थ्यौं र आफ्‍नो रिसलाई नियन्त्रण गर्न सक्दैनथियौं। हामी रिसाएर बाहिर निस्कन्थ्यौं। म तिनको कुरा सुन्दिनथिएँ वा कुरा स्पष्ट पार्दिनथिएँ। तर पछि रिस मरेपछि, हामी त्यसको बारेमा कुरा गर्थ्यौं, आफ्‍ना गल्तीहरूलाई स्वीकार गरेर, एक-अर्कालाई माफ माग्थ्यौं। मलाई थाहा थियो, मैले आफूलाई पापबाट मुक्त गर्न सक्दिनँ, म पाप गरिरहन्छु र परमेश्‍वरको विरुद्धमा विद्रोह गरिरहन्छु, त्यसकारण म परमेश्‍वरसँग प्रार्थना गर्थेँ र पाप स्वीकार गर्थेँ, अनि आफूलाई काबुमा राख्‍ने प्रयास गर्थेँ। तर मैले जति कठिन प्रयास गरे पनि, काम बिगारिहाल्थेँ, दिउँसो पाप गरेर राती स्वीकार गर्थेँ। यो कठोर चक्रभित्र म हैरानी र ग्लानिमा डुबेको थिएँ, र मलाई आफैप्रति पनि खिन्‍न लागेको थियो। म कसरी पाप गर्न छोड्न सक्दिनँ भनेर आफैलाई प्रश्‍न गरिरहेको थिएँ। ब्रदर राउल र मैले यसको बारेमा धेरै पटक कुरा गर्‍यौं र हामीले आफूलाई रोक्‍न सक्दैनौं, हाम्रो आत्म-धार्मिकता, अहङ्कार, र आत्म-धार्मिकता स्पष्ट छन्, त्यसैले हामीले पवित्रता हासिल गर्न सक्दैनौं भन्‍ने हामीलाई थाहा भयो।

एक पटक, हामीले बाइबलका पदहरू सम्‍बन्धी हाम्रो बुझाइको बारेमा कुरा गरिरहेको बेला, यी पदहरू देख्यौं: “” “पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन” (हिब्रू १२:१४)। यी पदहरूले हामीलाई सोच्‍न बाध्य तुल्याए। प्रभुले हामीलाई पवित्र बन्‍न आज्ञा गर्नुभएको छ, तर हामी पापमा जिइरहेका छौं। हामीले कसरी पवित्रता हासिल गर्न सक्छौं? हामीसँग कुनै उपाय थिएन। मैले यसको बारेमा मेरो पाष्टरलाई पनि सोधेँ, र उहाँले भन्‍नुभयो, “हामी देहमा जिउँदासम्‍म, हामीले कहिल्यै पनि पवित्रता हासिल गर्नेछैनौं। प्रभु येशूले हामीलाई हाम्रो पापबाट छुटकारा दिनुभयो। हाम्रो पाप क्षमा भइसकेको छ, र प्रभुले हामीलाई पापीको रूपमा हेर्नुहुन्‍न। जब उहाँ बादलको सवारीमा आउनुहुन्छ, तब उहाँले हामीलाई स्वर्गको राज्यमा लैजानुहुनेछ।” यो सुन्दा मलाई सान्त्वना मिल्यो, तर अझै दोधारमा थिएँ। प्रभु पवित्र हुनुहुन्छ, र हामी सधैँ पापमा जिइरहेका हुन्छौं। त्यसोभए उहाँको पुनरागमन भएपछि हामीलाई साँच्‍चै आफ्‍नो राज्यमा लैजानुहुनेछ?

जुलाइ २०१९ मा, एक दिन ब्रदर राउल र मैले हाम्रो नियमित बाइबल अध्ययन गरिरहेका थियौं। हामीले “बाइबल” भन्‍ने शब्‍दको बारेमा वेब सर्च गर्‍यौं, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले बनाएको “अन्तिम रेल पक्रिँदा” नामक चलचित्र भेट्टायौं। यो हेरेपछि म छक्‍क परेँ। चलचित्र एकदम राम्रो थियो र त्यहाँ सङ्गति गरिएका सत्यताहरू साँच्‍चै ज्ञानवर्धक थिए। विशेष गरी एक जना सिस्टरले प्रभु येशूले छुटकाराको काम गर्नुभयो भनी भनेको भाग ज्ञानवर्धक थियो। उहाँले मानिसहरूको पाप क्षमा गर्नुभयो, तर उहाँले हाम्रो पापी प्रकृतिलाई समाधान गर्नुभएको थिएन। त्यसैले हामी पाप गरिरहन्छौं र परमेश्‍वरको विरोध गरिरहन्छौं। प्रभुमा विश्‍वास गर्नेहरूलाई, पादरीवर्गदेखि सामान्य विश्‍वासीहरूसम्‍मलाई हेर्दा, तिनीहरूमध्ये कसले पापबाट मुक्त भएको दाबी गर्न सक्छन्? एक जनाले पनि सक्दैन। मानवजाति पापको बन्धनमा, सीमामा छ, एक जना पनि यसको अपवाद छैन। हामी भ्रष्टतामा जिउँछौं—हामी अहङ्कारी, स्वार्थी, धूर्त, र लोभी छौं। हामीले नचाहँदा पनि पाप नगरी बस्‍न सक्दैनौं। धेरै मानिसहरू नम्र र भद्र देखिन्छन्, तर तिनीहरूको हृदय भ्रष्टताले भरिएको हुन्छ। हामी परमेश्‍वरको इच्‍छा पूरा गर्ने, उहाँले अन्त्यमा प्राप्त गर्न चाहनुहुने पवित्र मानिसहरू होइनौं। त्यसैले हामीलाई धुन र पूर्ण रूपमा मुक्ति दिनको लागि परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने आफ्‍नो कामलाई निरन्तरता दिन, पापक्षमाको जगमा न्यायको कामको चरण पूरा गर्न आवश्यक छ, ताकि हामी पापबाट मुक्त भएर शुद्ध हुन सकौं, अनि परमेश्‍वरको राज्यमा प्रवेश गरेर अनन्त जीवन प्राप्त गर्न सकौं। तिनीहरूले भनेको सबै कुरा साँचो थियो—यसले वास्तविकतालाई प्रतिबिम्बित गरेको थियो। म निकै उत्साहित भएको थिएँ, किनभने मैले यस्तो कुरा कहिल्यै सुनेको थिइनँ। तिनीहरूले कसरी यति धेरै असाधारण अन्तर्दृष्टि बाँड्न सके? तिनीहरूले यस्तो कुरा कहाँबाट पाए? तिनीहरूले वचन देहमा देखा पर्नुहुन्छ नामक पुस्तक पढिरहेका रहेछन्। यसको विषयवस्तु शक्ति र अख्‍तियार, अनि मैले पहिले कहिल्यै नसुनेका कुराहरूले भरिएको थियो। मलाई अझै बढी सुन्‍न, यसलाई थप खोजी-निधो गर्न मन लाग्यो। चलचित्र हेरिसकेपछि, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई सम्पर्क गर्‍यौं र अनलाइन भेला र सङ्गतिमा सहभागिता जनाउन थाल्यौं। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू साँच्‍चै नै आँखा खोल्‍ने किसिमका थिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)”)। “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो” (वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ”)। यो पढेपछि, मैले के थाहा पाएँ भने, प्रभु येशूले छुटकाराको काम गर्नुभयो जुन हामी उप्रान्त पापी ठहरिन नपरोस् भनेर हामीलाई छुटकारा दिइएको तथ्य मात्रै थियो, तर मानवजातिको पापी प्रकृति हटेको थिएन। त्यही कारणले गर्दा, हामी पाप गरिरहन्छौं, भ्रष्टता प्रकट गरिरहन्छौं, र परमेश्‍वरको विरोध गरिरहन्छौं। त्यसको बारेमा सोच्दा, यो सबै कुरा सही छ भन्‍ने मलाई थाहा भयो। म झडङ्ग रिसाउँदा हरेक पटक, त्यति धेरै रिसाएकोमा मलाई आफैप्रति घृणा लाग्थ्यो। म त्यसो गर्न चाहँदिनथिएँ, तर जब-जब मलाई मन नपर्ने कुरा आइपर्थ्यो, म नरिसाइ बस्‍न सक्दिनथिएँ। मैले के महसुस गरेँ भने, यदि मैले मेरो पापी प्रकृतिलाई समाधान गरिनँ भने, म पापबाट कहिल्यै पनि मुक्त हुँदिनँ, त्यसपछि म मेरो विचार, बोलीवचन, र व्यवहारमा परमेश्‍वरको विरुद्धमा हुनेछु। त्यसपछि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका अझ धेरै वचनहरू पढेँ, र उहाँले मानिसको पापी प्रकृतिको बारेमा सबै कुरा सबै कुरा प्रकट गर्नुभएको रहेछ भन्‍ने देखेँ। उहाँले हामीलाई सबै प्रकारका रहस्यहरू देखाउनुभएको छ, जस्तै शैतानले मानिसलाई कसरी भ्रष्ट तुल्याउँछ, हामी कसरी पापबाट मुक्त भएर शुद्ध हुन सक्छौं, स्वर्गको राज्यमा को प्रवेश गर्न सक्छ र कसलाई दण्ड दिइनेछ, अनि फरक-फरक प्रकारका मानिसहरूका परिणामहरू। मानिसलाई न्याय गर्ने र खुलासा गर्ने परमेश्‍वरका वचनहरूमा उहाँको प्रेम र मुक्ति समावेश छन्। उहाँका वचनहरू जति नै कठोर सुनिए पनि, ती सबै हामीले सत्यतालाई बुझ्‍न सकौं, शैतानले हामीलाई कसरी भ्रष्ट तुल्याएको छ त्यसलाई हामीले स्पष्ट रूपमा देखेर आफूलाई साँचो रूपमा घृणा गर्न सकौं, अनि पश्‍चात्ताप गरेर परिवर्तन हुन सकौं भनेर दिइएको हो। त्यो कुरा बुझेपछि मलाई निकै खुशी लाग्यो र मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका थप वचनहरू पढ्न मन लागिरह्यो। म दाजुभाइ-दिदीबहिनीहरूसँगको सङ्गतिमा पनि रमाइरहेको थिएँ।

त्यसपछि मलाई नयाँ विश्‍वासीहरूको मण्डलीको एउटा अगुवाको रूपमा छनौट गरियो। एक पटक, एक जना सिस्टरले मलाई उनले आफ्‍नो कामको सिलसिलामा सामना गरेकी समस्याहरूको बारेमा सहयोग गर्न अनुरोध गरिन्, र मैले उनलाई आफूलाई थाहा भएको कुराको आधारमा केही सल्‍लाह दिएँ। तर मैले भनेको कुरालाई उनले साँचो रूपमा बुझेकी रहेनछिन्, त्यसकारण उनले अर्की सिस्टरलाई मेरो कुरा सुन्‍न आउन अनुरोध गरिन्। मैले यो कुरा फेरि पनि व्याख्या गरिदिएँ, र मेरो कुरा सुनेपछि तिनीहरूले कुनै प्रश्‍न सोधेनन्, तर सहमति मात्रै जनाए। ठीक त्यही बेला, अगुवाले हामीलाई बोलाइन् र दुई जना सिस्टरहरूले मलाई उक्त प्रोजेक्टको बारेमा मेरा विचारहरू उनीसँग बाँड्न अनुरोध गरे। मैले पहिले नै दुई पटक दोहोर्‍याइसकेको थिएँ, त्यसकारण मलाई यो कुरा फेरि दोहोर्‍याउन मन लागेन, तर अन्त्यमा मन नलागी-नलागी मैले फेरि यो कुरा दोहोर्‍याएँ। मेरो कुरा सुनेपछि अगुवाले केही पनि भनिनन्, तर मलाई पुनरावलोकन गर्न एउटा डकुमेन्ट दिइन्, त्यसपछि हामीले त्यो प्रोजेक्ट पूरा गर्नुपर्छ भनेर भनिन्। मलाई निकै झर्को लाग्यो। मैले भनेको कुरा उनले बुझेकी छैनन् भन्‍ने मलाई लाग्यो। के गर्ने भन्‍ने बारेमा मैले पहिले नै ती दुई जना सिस्टरहरूलाई बताइसकेको थिएँ, र काम सम्‍बन्धी सबै बन्दोबस्तको बारेमा सोचेर नै धेरै समय बिताएको थिएँ। मैले यसको बारेमा तीन पटक दोहोर्‍याएर बताएको थिएँ। के मेरो सबै परिश्रम व्यर्थ भयो? झिजो मान्दै, मैले अगुवालाई भनेँ, “मैले भनेको कुरा बुझ्‍नुभयो त? हामीले यस विषयमा सहमति जनाइसकेका छौं र हामी प्रत्येकले बुझेका छौं।” उनले भनिन्, “तपाईंले सुझाव दिनुभएको तरिका पनि राम्रै हो, तर यो अलिक जटिल तरिका भयो।” त्यसपछि उनले हामीलाई प्रोजेक्ट पूरा गर्ने छिटो र सरल तरिका बताइन्। मलाई यो तरिका राम्रो जस्तो लाग्यो, तर म त्यति खुशी थिइनँ। मैले सोचेको तरिका प्रयोग गरिएन भने अरूले के सोच्‍नेछन् भनेर म सोचिरहेको थिएँ। के तिनीहरूले म काम नलाग्‍ने र सानो कामको बन्दोबस्त समेत मिलाउन नसक्‍ने छु भन्‍ने ठान्‍नेछन्? त्यो त निकै लाजमर्दो कुरा हुनेथियो। मैले यसको बारेमा जति विचार गरेँ मलाई त्यति नै नरमाइलो लाग्यो। पछि, अगुवाले मलाई ती दुई जना सिस्टरहरूसँग त्यो प्रोजेक्टको काम गर्न अनुरोध गरिन्। मैले साँच्‍चै यो कुरालाई इन्कार गरेँ र उनीसँग त्यति राम्ररी बोलिनँ। पछि, मैले काम पूरा गरेँ, तर मैले यस क्रममा भ्रष्टता प्रकट गरेको हुनाले मलाई निकै व्याकुल र ग्‍लानिको महसुस गरायो। म किन सधैँ भ्रष्टतामा जिइरहेको छु, र परिवर्तन हुन सकेको छैन भनेर ममा प्रश्‍न उठिरह्‍यो। अगुवाले जिम्‍मेवारी लिँदै, हाम्रो कामको प्रभावकारितालाई सुधार गर्ने केही राम्रा सुझाव दिइरहेकी थिइन्। यो परमेश्‍वरको घरको कामको लागि राम्रो कुरा थियो। तर मैले यसलाई स्वीकार गर्न सकिनँ, र यसप्रति रिसाएँ समेत। म किन रिसाएँ भनेर मैले आफैसँग प्रश्‍न गरेँ। मैले यसको जड पत्ता लगाउनुथियो, ताकि म यसबाट जति सक्दो चाँडो मुक्त हुन सकूँ।

त्यो साँझ, मैले मण्डलीको वेबसाइटमा रिसको बारेमा सर्च गर्न थालेँ, र मैले परमेश्‍वरका वचनहरूको यो खण्ड भेटेँ: “मानवजातिसँग हैसियत भइसकेपछि, उसले प्रायजसो आफ्‍नो मनस्थितिलाई नियन्त्रण गर्न कठिन हुनेछ, त्यसकारण आफ्‍नो असन्तुष्टिलाई व्यक्त गर्ने र आफ्‍ना भावनाहरूलाई पोखाउने अवसरहरूको फाइदा लिनमा उसले आनन्द लिन्छ; आफ्‍नो क्षमतालाई प्रकट गर्न र उसको हैसियत र पहिचान सर्वसाधारण मानिसहरूको भन्दा फरक छ भनी अरूलाई देखाउन, उसले कुनै पनि स्पष्ट कारणविना नै प्रायजसो प्रचुर रिस पोखाउनेछ। अवश्य नै, कुनै पनि हैसियत नभएका भ्रष्ट मानिसहरूले पनि प्रायजसो नियन्त्रण गुमाउँछन्। तिनीहरूको निजी चासोहरूमा पर्ने क्षतिद्वारा नै प्रायजसो तिनीहरूको रिस पैदा भएको हुन्छ। तिनीहरूको आफ्‍नै हैसियत र गरिमालाई सुरक्षित गर्नको लागि, भ्रष्ट मानवजातिले प्रायजसो आफ्‍ना भावनाहरू पोखाउँछन् र आफ्नो अहङ्कारी स्वभावलाई प्रकट गर्छन्। पापको अस्तित्वको प्रतिरक्षा गर्न र त्यसलाई सदर गर्नको लागि मानिस रिसको आवेगमा आउनेछ र आफ्‍ना भावनाहरू पोखाउनेछ, र यी कार्यहरू मानिसले आफ्‍नो असन्तुष्टि व्यक्त गर्ने तरिकाहरू हुन्; तिनीहरू अशुद्धताहरू, युक्ति र षड्यन्त्रहरू, र मानिसको भ्रष्टता र दुष्टताले भरिएका हुन्छन्, अनि सबै कुराभन्दा बढी, तिनीहरू मानिसका उग्र महत्वाकांक्षा र इच्‍छाहरूले भरिएका हुन्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय २”)। परमेश्‍वरका वचनहरूबाट मैले के थाहा पाएँ भने, मानवले रिस गर्नुको कारण छ। जब हाम्रा चासो वा प्रतिष्ठामा सम्झौता हुन्छ, तब हामीले हाम्रा असन्तुष्टि प्रकट गर्छौं, रिस देखाउँछौं, र सामान्य मानव समझ गुमाउँछौं। अहङ्कारी प्रकृतिको नियन्त्रणमा हुनु भनेको त्यही हो, त्यसकारण हामीले शैतानी स्वभाव, नकरात्मक कुरा प्रकट गर्छौं। परमेश्‍वरका वचनहरूको आधारमा मैले आफ्‍नो बारेमा मनन गरेपछि, मैले मेरा विचारहरू इन्कार हुँदा र मैले चाहेको कुरा नपाउँदा, म अत्यन्तै रिसाउँछु भन्‍ने देखेँ। अगुवाको तरिका मेरो भन्दा राम्रो थियो, यो छिटो र सरल छ भन्‍ने मलाई थाहा थियो, तर मलाई रिस उठ्यो। मेरा सुझावहरूलाई बेवास्ता गरिएका छन्, त्यसकारण अरूले मलाई नीच नजरले हेर्नेछन्, र म व्यर्थ छु भन्‍ने ठान्‍नेछन् भन्‍ने मलाई लाग्यो, त्यसकारण मैले अगुवासँग नराम्रो शब्‍द बोलेँ। त्यो बेला मैले म साँच्‍चै अहङ्कारी छु, मेरो नाम र हैसियतमा केन्द्रित छु भन्‍ने थाहा पाएँ। मलाई सधैँ म निकै उत्कृष्ट छु, म सही छु भन्‍ने लाग्थ्यो, र म अरूको कुरा सुन्‍न चाहँदिनथिएँ। म अरूको मनमा रहेको आफ्‍नो स्थानलाई रक्षा गर्न चाहन्थेँ, त्यसकारण मैले परमेश्‍वरको घरको कामको फाइदालाई ध्यान दिइनँ। मैले म पूर्ण रूपमा अहङ्कारी छु र परमेश्‍वरप्रति कुनै डर वा परमेश्‍वरले मिलाउनुभएका परिस्थितिहरूप्रति साँचो समर्पणता छैन भन्‍ने थाहा पाएँ। यो थाहा पाएपछि मलाई निकै पछुतो लाग्यो। मैले पश्‍चात्ताप गर्दै परमेश्‍वरसँग प्रार्थना गरेँ, अनि आफूलाई अझै राम्ररी चिन्‍न अनि मेरो अहङ्कारलाई हटाउन अगुवाइ गर्नुहोस् भनी उहाँलाई बिन्ती गरेँ।

मैले यो खण्ड पनि पढेँ: “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्। बाहिरबाट हेर्दा, केही मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैँलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले अरूमाथि नियन्त्रण गर्ने शक्तिको निम्ति सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छन्। यस्तो किसिमको व्यक्तिले परमेश्‍वरलाई अलिकति पनि आदर गर्दैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्‍कारी र अभिमानी छन्, विशेष गरी ती जो आफ्नो होश गुमाउने हदसम्म अहङ्‍कारी छन्, उहाँप्रतिको आफ्नो विश्‍वासमा तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्दैनन्, बरु तिनीहरूले आफ्नै बढाइ गर्छन् र आफ्नै निम्ति गवाही दिन्छन्। यस्ता मानिसहरूले परमेश्‍वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्। यदि मानिसहरू परमेश्‍वरलाई आदर गर्ने ठाउँसम्म पुग्‍ने इच्छा राख्छन् भने, तिनीहरूले पहिले आफ्नो अहङ्‍कारी स्वभावको समाधान गर्नुपर्छ। जति पूर्ण रूपमा तैँले आफ्नो अहङ्‍कारी स्वभावको समाधान गर्छस्, तँमा परमेश्‍वरप्रति त्यति नै बढी आदर हुनेछ, तब मात्र तँ उहाँमा समर्पित हुन सक्छस् अनि तँ सत्य प्राप्त गर्न र उहाँलाई जान्‍न सक्षम हुनेछस्” (परमेश्‍वरको सङ्गति)। मैले यसको बारेमा केही समय विचार गरेँ र के थाहा पाएँ भने ममा अहङ्कारी स्वभाव भएको कारणले गर्दा मैले अरूका सुझावहरूलाई उचित तरिकाले लिन नसकेको रहेछु। म अरूले मेरो कुरा सुनून् भन्‍ने चाहन्थेँ, र म अरूका विचारलाई स्वीकार्न वा सुन्‍न चाहँदिनथिएँ। मैले ब्रदर राउलसँग काम गर्दाको समयको बारेमा विचार गरेँ। म यति अहङ्कारी थिएँ कि तिनले मसँग कठोर शैलीमा बोलेको म सहन सक्दिनथिएँ र तिनले मेरो काममा मलाई सिकाएको म चाहँदिनथिएँ। र मेरी श्रीमती र अरूसँगको मेरा अन्तरक्रियाहरूमा, म सधैँ मेरो विचार नै सबैभन्दा उत्कृष्ट छ, म सही छु, त्यसकारण तिनीहरूले मेरो कुरा सुन्‍नुपर्छ र मैले भनेकै कुरा गर्नुपर्छ भन्‍ने सोच्थेँ। विश्‍वासमा आइसकेर दाजुभाइ-दिदीबहिनीहरूसँग कर्तव्य लिइसकेपछि, म अहङ्कारमा जिइरहेँ र अरूको सुझावहरू स्वीकार गर्दिनथिएँ। मेरो तरिका उत्कृष्ट होइन भन्‍ने थाहा हुँदा पनि, म अझै पनि मेरै तरिकाले काम गर्न र अरूले मेरो कुरा सुनून् भन्‍ने चाहन्थेँ। म अत्यन्तै अहङ्कारी थिएँ। म मेरो अहङ्कारमा अल्झिएको हुनाले, मैले अवस्थाहरूलाई तर्कसंगत रूपमा हेर्न सकेको थिइनँ। मलाई म सधैँ सही हुन्छु जस्तो लाग्थ्यो, तर कहिलेकहीँ अरू मानिसहरूसँग उत्कृष्ट विचार र उनीहरूले अझै व्यापक रूपमा बुझेका हुन्थे। र मेरो श्रीमतीसँगको व्यवहारमा धेरै पटक, मलाई म नै सही छु भन्‍ने लाग्थ्यो, र मेरो तरिकाले काम गर्दा नराम्रो परिणाम आउँथ्यो। यो अवस्था पनि त्यस्तै थियो। अगुवाको तरिका सरल थियो, त्यसले ढिलाइ हुँदैनथियो, र राम्रा परिणामहरू आउनेथिए, तर मेरो आफ्‍नै विचार जटिल थियो र त्यसको लागि लामो समय लाग्थ्यो। तथ्यहरूका आधारमा हेर्दा, मसँग अहङ्कारी हुनुपर्ने कुनै कारण थिएन। म यथार्थवादी, नम्र बन्‍नुपर्थ्यो, र मैले आफ्‍नो स्थान चिन्‍नुपर्थ्यो। यदि म त्यस्तो अहङ्कारी रूपमा जिइरहेको भए, म प्रधान स्‍वर्गदूतजस्तै हुनेथिएँ, परमेश्‍वरप्रति कुनै आदर हुनेथिएन, र उहाँलाई विरोध गर्नेथिएँ अनि उहाँको स्वभावलाई चिढ्याउनेथिएँ। उहाँले मलाई दण्ड र श्राप दिनुहुनेथियो। त्यो कुरा थाहा पाएपछि, मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, म अबदेखि मेरो अहङ्कारी स्वभावमा जिउन चाहन्‍नँ। म आफ्‍नो स्थानमा बसेर सामान्य मानवतामा जिउन, मेरो कर्तव्यमा दाजुभाइ-दिदीबहिनीहरूको सुझाव सुन्‍न, तिनीहरूसँग राम्ररी काम गर्न, र तपाईंको इच्‍छा पूरा गर्न मेरो कर्तव्य पूरा गर्न चाहन्छु।”

त्यसपछि मैले परमेश्‍वरका वचनहरूबाट थप केही खण्डहरू पढेँ। “अहङ्‌कारी प्रकृतिले तँलाई दुराग्रही बनाउँछ। जब मानिसहरूसँग यस्तो दुराग्रही स्वभाव हुन्छ, के तिनीहरू स्वेच्छाचारी र अविवेकी हुँदैनन्? अनि, तेरो स्चेच्छाचारीपन र अविवेकीपन कसरी समाधान गर्छस्? उदाहरणको लागि, मानौं तँलाई केही भयो र तेरा आफ्‍नै विचार र योजनाहरू छन्; के गर्ने भनेर निर्धारित गरिसकेपछि, तैँले सत्यताको खोजी गर्नुपर्छ र यसबारेमा तँ के सोच्छस् र के विश्‍वास गर्छस् भन्‍नेबारेमा सबैसँग सङ्गति गर्नुपर्छ, अनि सबैलाई तेरा विचार र योजनाहरू सही र सत्यताअनुरूप छन् कि छैनन् भनेर सोधी तेरो लागि ती कुराहरूको अन्तिम जाँच गर्न लगाउनुपर्छ। यो स्वेच्छाचारिता र हतारिने समस्याको समाधान गर्ने सबैभन्दा राम्रो उपाय हो। पहिलो, तँ तेरो दृष्टिकोणलाई प्रकाश पार्न र सत्य खोज्‍न सक्छस्; स्वेच्छाचारी र अविवेकी हुने स्वभावलाई जित्‍नको निम्ति तैँले अभ्यासमा ल्याउन सक्‍ने पहिलो चरण यही हो। दोस्रो चरण तब हुन्छ जब अरू मानिसहरूले असहमतिको रायहरू दिन्छन्—स्वेच्छाचारी र अविवेकी हुनबाट जोगिन तैँले कस्तो अभ्यास गर्न सक्छस्? सर्वप्रथम त तँसँग विनम्रताको मनोवृत्ति हुनुपर्छ, तैँले सही ठानेका कुरालाई पन्छाउनुपर्छ र सबैलाई सङ्‍गति गर्न दिनुपर्छ। यदि तैँले तेरा मार्गहरू सही हुन् भनेर विश्‍वास गर्छस् भने पनि तैँले यसमा जोड दिइरहनु हुँदैन। सर्वप्रथम, यो एक प्रकारले अगाडिको कदम हो; यसले सत्यताको खोजी गर्ने, आफैँलाई इन्कार गर्ने र परमेश्‍वरको इच्छा पूरा गर्ने मनोवृत्तिलाई देखाउँछ। तँमा यस्तो मनोवृत्ति आइसकेपछि, साथै तँ आफ्नै विचारमा लिप्त हुन छोडेपछि, तँले प्रार्थना गर्नुपर्छ, परमेश्‍वरबाट सत्यताको खोजी गर्नुपर्छ, अनि परमेश्‍वरका वचनहरूमा आधार खोज्‍नुपर्छ, र त्यसपछि परमेश्‍वरका वचनहरूको आधारमा कसरी काम गर्ने भनी निर्धारण गर्नुपर्छ। यो सबैभन्दा उचित र सही अभ्यास हो” (परमेश्‍वरको सङ्गति)। “भ्रष्ट मानवजातिको निम्ति समाधान गर्न सबैभन्दा कठिन भनेको उही पुरानै गल्तीहरू दोहोर्‍याउने समस्या हो। यसलाई रोक्‍नको लागि, मानिसहरू सुरुमै के कुरामा सचेत हुनुपर्छ भने तिनीहरूले सत्यता प्राप्त गर्न बाँकी नै छ, तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन आएको छैन, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरू अझै पनि शैतानको राज्यक्षेत्रमा जिउँछन्, र तिनीहरूले मुक्ति पाएका छैनन्; तिनीहरूले कुनै पनि समय परमेश्‍वरलाई धोका दिने र उहाँबाट टाढा हुने सम्‍भावना हुन्छ। यदि तिनीहरूमा यो सङ्कष्टको बोध छ भने—शान्तिको समयमा युद्धको निम्ति तयार हुनुपर्छ भनेझैँ तिनीहरू तयार छन् भने—तिनीहरूले जसरी भए पनि आफूलाई काबुमा राख्‍न सक्‍नेछन्, र जब तिनीहरूमाथि केही कुरा आइपर्छ, तब तिनीहरूले परमेश्‍वरसँग प्रार्थना गर्नेछन् र परमेश्‍वरमा भरोसा गर्नेछन्, अनि उही पुरानै गल्तीहरू दोहोर्‍याउनबाट बच्‍नेछन्। यदि मानिसहरूमा आत्मचेतनाको कमी छ, र तिनीहरूलाई आफूभित्र अझै पनि शैतानी प्रकृतिले गहिरो जरा गाडेको छ भन्‍ने थाहा छैन भने, तिनीहरू अझै पनि परमेश्‍वरलाई धोका दिने खतरामा हुन्छन्, र तिनीहरूले आफू अनन्त विनाशमा पर्ने सम्‍भावनाको निरन्तर सामना गर्छन्। यो वास्तविक कुरा हो; तिनीहरू होसियार रहनैपर्छ। ध्यान दिनुपर्ने सबैभन्दा मुख्य बुँदाहरू तीन वटा छन्: पहिलो, तिमीहरूले अझै पनि परमेश्‍वरलाई चिनेका छैनौ; दोस्रो, तिमीहरूको स्वभावमा कुनै परिवर्तन आएको छैन; र तेस्रो, तिमीहरू मानिसको साँचो रूपमा जिउन अझै बाँकी छ। यी तीन वटा कुराहरू तथ्यअनुरूप छन्, ती वास्तविक हुन्, र तिमीहरू यी कुराको बारेमा स्पष्ट हुनैपर्छ, तिमीहरूमा आत्मचेतना हुनैपर्छ। यदि तिमीहरूमा यो समस्या समाधान गर्ने इच्‍छा छ भने, तिमीहरूले आफ्‍नै आदर्श वाक्य छनौट गर्नुपर्छ: उदाहरणको लागि, ‘म दियाबलस हुँ,’ वा ‘म सधैँ मेरा पुराना मार्गहरूमा फर्कन्छु,’ वा ‘म सधैँ खतरामा हुन्छु,’ वा ‘म भुइँको गोबर हुँ।’ यीमध्ये कुनै पनि वाक्यले तिमीहरूको व्यक्तिगत आदर्श वाक्यको रूपमा काम गर्न सक्छ, र तिमीहरूले यो कुरा सधैँ सम्‍झिरह्यौ भने उपयोगी हुनेछ। मनमनै दोहोर्‍याइरहो, यसलाई मनन गर, अनि तिमीहरूले गल्ती गर्न छोड्न सक्छौ, वा कम गल्ती गर्न सक्छौ—तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वचनहरू पढ्नलाई बढी समय दिनु र सत्यतालाई बुझ्‍नु, आफ्‍नै प्रकृतिलाई जान्‍नु र आफ्‍नै भ्रष्ट स्वभावबाट उम्कनु हो; त्यसपछि मात्रै तिमीहरू सुरक्षित हुनेछौ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। परमेश्‍वरका वचनहरूले मलाई अहङ्कार समाधान गर्नको लागि, मैले अरूसँग सहकार्य गर्न, खोजी र सङ्गति गर्न सिक्‍नुपर्छ भन्‍ने कुरा बुझ्‍न सहयोग गरेका छन्। काम सम्‍बन्धी छलफलहरूमा मैले दाजुभाइ-दिदीबहिनीहरूलाई मेरा विचारहरू बाँढ्नुपर्छ, र मलाई मेरो विचार सही हो भन्‍ने लागे पनि, मैले यसमा जिद्दी गर्नु हुँदैन, तर मैले सत्यता र परमेश्‍वरको इच्‍छा खोजी गरेर अरूको सुझाव सुन्‍नुपर्छ। हरेक व्यक्तिले बोल्‍ने र आफ्‍नो विचार बाँड्ने मौका पाउनुपर्छ। मैले सुझाव दिएको भन्दा फरक भए पनि मैले नम्र भई खोजी गर्नुपर्छ, र मलाई सही लागेको कुरालाई पन्छ्याउनुपर्छ। त्यसपछि सबैले भनेको कुराको आधारमा म प्रार्थना गर्न र खोजी गर्न सक्छु अनि परमेश्‍वरलाई अगुवाइ र अन्तर्दृष्टि दिन अनुरोध गर्न सक्छु। त्यसो गरेमा मैले सही के हो, उचित के हो, अनि मेरा आफ्‍नै कमीकमजोरी र त्रुटिहरू के-के हुन् भन्‍ने कुरा देख्‍नेछु। अनि जब म कुनै व्यक्तिको विचार मेरो भन्दा राम्रो र सही छ भन्‍ने देख्छु, तब मैले आफूलाई पन्छ्याएर तिनीहरूको कुरालाई स्वीकार गर्न सिक्‍नुपर्छ। त्यो परमेश्‍वरको इच्‍छा अनुरूप हुन्छ र मलाई गल्ती गर्नबाट जोगाउँछ। त्यस बाहेक, मैले आफ्‍नो अहङ्कारको बारेमा आफ्‍नो लागि एउटा नारा लेखेँ: “म माटो बाहेक केही होइनँ, मसँग घमण्ड गर्ने कुनै कारण छैन। मेरो संयमताको अभावको कारण आफूलाई मैले खतरामा पारिरहेको हुन्छु।” यसले मलाई मेरो लाजमर्दो अहङ्कारी स्थितिको बारेमा स्मरण गर्न सहयोग गर्छ, र अहङ्कारमा जिउनुको खतरा र परिणामहरूको बारेमा स्मरण गराउँछ। त्यसपछि, मैले परमेश्‍वरका वचनहरू अभ्यास गर्ने र अरूका विचारहरूलाई सुन्‍ने कार्यमा ध्यान केन्द्रित गर्न थालेँ। जब कसैले मेरोभन्दा फरक सुझाव वा विचार प्रदान गर्थे, तब त्यो चाहे घरमा होस्, वा मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूसँग होस्, मैले आफ्‍नो अहमतालाई पन्छ्याउन थालेँ। मैले अरू मानिसहरूसँग साँच्‍चै नै मेरो भन्दा अझै वृहत् विचारहरू छन् भन्‍ने देखेँ, अनि मैले तिनीहरूका विचारहरूलाई हृदयबाट स्वीकारेर असल सुझावहरूलाई कार्यान्वयन गर्न पनि सिकेँ। यस कुरालाई अभ्यास गरेपछि, मैले दाजुभाइ-दिदीबहिनीहरूसँग रिस गर्न छोडेको रहेछु र अरूले भनेको कुरा सुन्‍न सक्‍ने भएको रहेछु भन्‍ने मलाई थाहा भयो। मलाई पहिलेभन्दा निकै ढुक्‍क पनि लाग्‍न थाल्यो। म परमेश्‍वरप्रति निकै आभारी छु!

परमेश्‍वरका वचनहरूको मलाई मन परेको अर्को खण्ड पनि छ। “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनि दुःखकष्ट र शोधन भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा निराकरण, अनुशासित र काटछाँट गरिनुपर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति आज्ञाकारिता र बफादारिता हासिल गर्न सक्छन्, र अबउप्रान्त उहाँप्रति झारातिरुवा हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। उहाँका वचनहरूको खुलासा, न्याय, अनुशासन र निराकरणद्वारा मात्र तिनीहरू अबउप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् र त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि परमेश्‍वरका वर्तमान वचनहरू र उहाँको काम मानिसहरूका धारणाहरूसँग मेल नखाए पनि तिनीहरू ती कुरामा समर्पित हुन सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्साएर स्वेच्छाले समर्पित हुन सक्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्”)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मलाई हामीले आफूलाई नियन्त्रण वा परिवर्तन गर्न हामी आफ्‍नै क्षमता वा धैर्यतामा भर पर्नु हुँदैन भन्‍ने कुरा देखायो। संयमतामा लगाइने ती सबै प्रयासले केही बानीबेहोरा मात्रै परिवर्तन गर्न सक्छ, तर ती परिवर्तनहरू त्यति लामो समय रहनेछैनन्। यदि हामी साँचो रूपमा स्वभाव परिवर्तन गर्न चाहन्छौं भने, हामीले परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्नुपर्छ, अनि आलोचना परीक्षा र शोधनलाई स्वीकार गर्नुपर्छ। हाम्रो शैतानी प्रकृतिलाई साँचो रूपमा चिन्‍ने र हाम्रो शैतानी स्वभावमा जिउनुका खतरनाक परिणामहरूलाई स्पष्ट रूपमा देख्‍ने एउटै तरका त्यही हो। त्यसपछि हामीले आफूलाई साँचो रूपमा घृणा गर्न र त्याग्‍न सक्छौं, र साँचो पश्‍चात्ताप र परिवर्तन हासिल गर्न सक्छौं।

अनि म सर्वशक्तिमान्‌ परमेश्‍वरले मलाई आखिरी दिनहरूको न्यायको अनुभव गर्ने मौका दिनुभएकोमा उहाँप्रति आभारी छु ताकि मैले सत्यतालाई जान्‍न, अनि आफूलाई चिनेर मेरो भ्रष्टतालाई समाधान गर्न सकूँ। मलाई म भाग्यमानी छु भन्‍ने लाग्छ। मलाई अहिले त्यति दोधार र अन्योल हुँदैन किनभने सर्वशक्तिमान्‌ परमेश्‍वरले हाम्रो पापको जड, अनि हाम्रो भ्रष्ट स्थिति र बानीबेहोरालाई प्रकट गर्नुभएको छ। उहाँले हामीलाई पाप त्याग्‍ने अनि जीवनमा स्वभाव परिवर्तन हासिल गर्ने मार्ग पनि दिनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सम्‍पन्‍न र प्रशस्त छन्, र हामीलाई चाहिने सबै कुरा प्रदान गर्छन्। तिनले हामीलाई हाम्रा सबै कठिनाइ र प्रश्‍नहरूका उत्तरहरू दिन्छन्। हामीले परमेश्‍वरका वचनहरू पढ्छौं र तिनलाई हृदयबाटै स्वीकार गर्‍यौं भने, हामीले अभ्यासका सिद्धान्तहरू, अनि अगि बढ्ने मार्ग भेट्टाउन सक्छौं। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

काटछाँट र निराकरण गरिएर फसल कटनी

योउक्षिन, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका...

धन-दासको जागरण

क्षिङ्ग्वु, चीन म सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

मकुन्डो उतार्दा

टिङहुवा, फ्रान्स गत जून महिनाको कुरा हो, नयाँ अगुवाको रूपमा। सुरुमा त, मलाई फ्रेन्च भाषा आउने भएकोले र नयाँ सदस्यहरूसित कुराकानी गर्न...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्