त्रीएकत्वको रहस्य खुलासा

14 नोभेम्बर 2022

म २० वर्षअघि एक जना एल्डर मार्फत इसाई भएको थिएँ। उहाँले मलाई ब्रह्माण्डका सबै कुरामध्ये साँचो परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, जसले मानिसजाति, स्वर्ग, पृथ्वी र सबै थोक सृष्टि गर्नुभयो भनेर भन्‍नुभयो। यो कुराप्रति म मोहित भएँ। पछि, उहाँले मलाई, प्रभु येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ र उहाँमा विश्‍वास गरेर हामीले मुक्ति पाउन सक्छौं भनेर बताउनुभयो। यस कुराले म अलिक अन्योलमा परेँ। के परमेश्‍वर एक जना मात्र हुनुहुन्न र? उहाँको पुत्र कसरी हुन सक्छ? वास्तवमा कति जना परमेश्‍वर हुनुहुन्छ भनेर मैले बुझ्नै सकिनँ। त्यसपछि, हाम्रा पाष्टरले कसैलाई बप्तिस्मा गराउँदैपिच्छे, उनले यसो भन्‍ने गरेको याद गरें, “तपाईंलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिइएको छ।” अन्योलमा परेर मैले उहाँलाई सोधेँ, “परमेश्‍वर कति जना हुनुहुन्छ? किन तपाईं सधैँ मानिसहरूलाई त्यति धेरै परमेश्‍वरको नाउँमा बप्तिस्मा गराउनुहुन्छ?” उहाँको जवाफ थियो, “परमेश्‍वर एक जना मात्र हुनुहुन्छ तर पिता, पुत्र र पवित्र आत्मा मिलेर बनिएको त्रिएक हुनुहुन्छ। उहाँहरू अलग-अलग व्यक्तिहरू हुनुहुन्छ तर एकसाथ एउटै व्यक्ति भएर जिउनुहुन्छ।” मैले अझै नबुझेको देखेर, उनले भने, “बुझ्नका लागि तपाईंले निकै खोतल्नुपर्ने कुरा हो यो। अहिले तपाईंले बुझ्नुभएन भने पनि ठीकै छ। उहाँहरू सबैलाई परमेश्‍वरको रूपमा लिनुहोस् न। पिता, पुत्र र पवित्र आत्मा सबैले एकसाथ काम गर्नुहुन्छ।” उनको व्याख्याले म झनै अलमल्लमा परेँ। यदि उहाँ एकमात्र परमेश्‍वर हुनुहुन्छ भने, कसरी तीन व्यक्तिहरू हुन सक्छन्? तर मलाई लाग्यो, यो गलत हुन सक्दैन किनकि यो इसाई जगतको आधारभूत सिद्धान्त हो, त्यसकारण, यो परमेश्‍वरको एक गहिरो रहस्य हुन सक्छ।

परमेश्‍वरलाई अझ राम्ररी सेवा गर्न सकूँ भनेर पछि म ईश्‍वर-शास्‍त्रको स्कूल गएँ। म त्यहाँ हुँदा पनि त्रीएकत्वको बारेमा निकै नै धेरै विचार गरें। मैले आफ्नो अन्योलता हटाउने प्रयासमा, धेरै सामग्रीहरू र पवित्रशास्त्र पढ्न थालें र केही पाष्टरहरूलाई सोधेँ, तर मैले कहिल्यै उत्तर पाइनँ। मैले आफ्नो अध्ययन सिध्याएपछि, मण्डलीको बाल-सङ्गतिमा स्वयंसेवकको काम गरें। केही दाजुभाइ-दिदीबहिनीहरूले मलाई त्रीएकत्वको बारेमा व्याख्या गर्न अनुरोध गरे। के गर्ने मलाई थाहा थिएन, त्यसकारण मैले तिनीहरूलाई पाष्टरले जे भनेका थिए, त्यही नै बताइदिएँ। तिनीहरू अझै अरकच्च परेको देखेर मलाई साह्रै नराम्रो लाग्यो। मैले प्रभुको सेवा गर्नुपर्छ भनेर मलाई थाहा थियो, त्यसैले, इसाई विश्‍वासको त्यत्ति आधारभूत कुरा पनि व्याख्या गर्न नसकेकोमा मलाई असाध्यै लाज लाग्यो।

सन् २००७ मा, म विश्‍व चिनियाँ पाष्टर तथा एल्डर प्रशिक्षण सम्मेलनमा सहभागी भएँ। विश्‍वभरिका प्रसिद्ध पाष्टरहरू र प्रचारकहरू एकसाथ भेला भएको देख्दा म असाध्यै रोमाञ्चित भएँ। आफ्नो मनमा भएको अन्योलताबारे खोजी गर्न र त्यसलाई समाधान गर्न म त्यो मौकाको फाइदा उठाउन चाहन्थें। सम्मेलनपछि, यसबारे मैले एक जना नाम चलेका पाष्टरसँग कुरा गरें। मैले उनलाई त्रिएक सम्‍बन्धी उनको बुझाइबारे सोधेँ र उनले मलाई भने, “पिताले सबै कुरा निर्धारण गर्नुहुन्छ, पुत्रले पिताको योजना लागू गर्नुहुन्छ, र पवित्र आत्माले योजनाहरू सञ्चालन गर्नुहुन्छ।” मैले उनलाई अझ विस्तारमा बताउन आग्रह गरें, तर उनले चतुरतापूर्वक प्रश्नलाई पन्छ्याए। मैले यसबारे अर्को पाष्टरलाई सोधेँ र उनले भने, “यहोवा परमेश्‍वर हुनुहुन्छ, प्रभु येशू परमेश्‍वर हुनुहुन्छ र पवित्र आत्मा परमेश्‍वर हुनुहुन्छ। उहाँहरू सबै परमेश्‍वर हुनुहुन्छ। तपाईंलाई जोसँग मनपर्छ, उहाँसँग प्रार्थना गर्नुहोस्। तर, म प्रभु येशूलाई प्रार्थना गर्न सुझाव दिन्छु किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ। उहाँसित सामान्य मानव भावनाहरू छन् र उहाँले मानव हृदयभित्र देख्न सक्नुहुन्छ। उहाँले धेरै चमत्कारहरू पनि गर्नुभएको छ। यहोवा आत्मा हुनुहुन्छ र पवित्र आत्मा पनि आत्मा नै हुनुहुन्छ। उहाँहरूलाई देख्न वा छुन सकिँदैन। त्यसकारण, पार्थिव परमेश्‍वरसित सम्पर्क गर्नु उत्तम हो।” यस कुराले म झनै अन्योलमा परेँ र सोचेँ, “यदि तीनै व्यक्तिहरू ठूलो वा सानो हुनुहुन्न भने, एक जनालाई प्रार्थना गर्नु कसरी उत्तम हुन सक्छ? के यहोवा परमेश्‍वरले पनि हाम्रो हृदय हेर्न र सबै प्रकारका चमत्कारहरू गर्न सक्नुहुन्न र?” म अन्योलमा परेको देखेर, उनले भने, “परमेश्‍वर आत्मा हुनुहुन्छ र उहाँ अथाह हुनुहुन्छ। दशकौंदेखि धर्मशास्त्रहरू व्याख्या गर्नमा अनुभव बटुलेका धेरै पाष्टरहरूले पनि यसलाई पूर्णतः व्याख्या गर्न सक्दैनन् र म पनि यसबारे अझै खोजी गरिरहेको छु।” त्यसपछि उनलाई सोध्नुपर्ने कुनै कुरा मसित रहेन। ती पाष्टरले प्रार्थनाको महत्त्वलाई जुन तरिकामा छुट्याए, त्यसबारे सोच्दा म निकै बेचैन भएँ। मलाई लाग्यो, यो, परमेश्‍वरप्रतिको श्रद्धापूर्ण दृष्टिकोण थिएन, तर यसलाई कसरी बुझ्ने मलाई थाहा थिएन। मैले पुरै अन्योल भएरै त्रीएकत्वमा विश्‍वास गरिरहेँ। बाल-सङ्गतिका कक्षाहरूमा हरेक पल्ट त्रीएकत्वको कुरा आउँदा, यसमा गडबड होला र परमेश्‍वर चिढिनुहोला भन्ने डरले म यस विषयलाई ढाकछोप गरेर टारिदिन्थें, तर यसलाई मैले कहिल्यै सीधै आफ्नो मनमा लिइनँ।

थाहै नपाई एक दशकभन्दा धेरै समय बित्यो। सन् २०१७ मा मैले सिस्टर सुलाई भेटेँ। उहाँको बाइबल सङ्गति अत्यन्तै अन्तर्दृष्टिपूर्ण थियो अनि उहाँसित साँच्चै अन्तर्दृष्टिपूर्ण बुझाइ थियो। मैले त्यसबाट धेरै कुरा प्राप्त गरें। उहाँले मलाई सानो समूह भेलाहरूमा अनलाइन सहभागी हुन आमन्त्रित गर्नुभयो। तीमध्ये एउटा भेलामा, ब्रदर लीले परमेश्‍वरमाथिको हाम्रो साँचो विश्‍वास र बाइबलपछाडिको कथाको बारेमा सङ्गति गर्नुभयो। यो सङ्गतिले आँखा खोलिदियो। उहाँले प्रकाशको पुस्तकका अगमवाणीहरू पनि उल्लेख गर्नुभयो र भन्नुभयो, “मानिसजातिलाई मुक्ति दिने परमेश्‍वरको कार्य तीन चरणमा हुन्छन्। पुरानो करार व्यवस्थाको युग थियो, नयाँ करार अनुग्रहको युग थियो, अनि प्रकाशको पुस्तकका अगमवाणीहरू आखिरी दिनहरूका कार्य हुन्। परमेश्‍वरले हरेक युगमा नयाँ नाम धारण गर्नुहुन्छ र अलग-अलग कार्य गर्नुहुन्छ। व्यवस्थाको युगको दौडान पुरानो करारमा परमेश्‍वरको नाउँ यहोवा थियो, अनि उहाँले मोशा मार्फत व्यवस्था र आज्ञाहरू दिएर मानिसहरूलाई पापबारे सिकाउनुभयो, र यसरी प्रारम्भिक मानिसलाई पृथ्वीमा तिनीहरूको जीवनमा डोऱ्याउनुभयो। पछि व्यवस्थाको युगमा कसैले पनि व्यवस्था पालन गरिरहेका थिएनन् तर झन्-झन् धेरै पाप गरिरहेका थिए। सबै जना व्यवस्था अन्तर्गत दोषी ठहरिए र मृत्युदण्डको सामना गरे। मानिसहरूलाई दोषी हुनबाट मुक्त गर्न प्रभु येशूको रूपमा परमेश्‍वर देह हुनुभयो। हामीलाई हाम्रा पापहरूबाट छुटकारा दिन उहाँ व्यक्तिगत तवरमै क्रूसमा टाँगिनुभयो। जबसम्म हामी प्रभु येशूलाई स्वीकार्छौं अनि उहाँमा पाप स्वीकारेर पश्चात्ताप गर्छौं, तबसम्म हाम्रा पापहरू क्षमा हुन सक्छन्। तर अझै पनि हामीसित पापपूर्ण प्रकृति हुन्छ, त्यसैले हामी पाप गरिरहन्छौं र त्यो पाप स्वीकारिरहन्छौं। हामी पापको बन्धनबाट धोइएका वा स्वतन्त्र भएका छैनौं। त्यसरी हामी स्वर्गको राज्यको योग्य हुँदैनौं। आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसजातिका आवश्यकताहरूअनुसार सत्यता व्यक्त गर्नुहुन्छ। उहाँले मानिसजातिलाई न्याय गर्न र धुन, हाम्रो पापी प्रकृतिलाई हटाउन अनि हामीलाई शैतानको अधीनताबाट पूर्णतया मुक्ति दिन काम गर्नुहुन्छ। यी, मानिसजातिलाई मुक्ति दिन परमेश्‍वरले गर्ने कार्यका तीन वटा चरणहरू हुन्। उहाँको कार्यको हरेक चरण मानिसजातिका आवश्यकताहरूमा आधारित छ। कामका यी तीन वटा चरणहरू मार्फत, एकपछि अर्को गर्दै हामी पापलाई चिन्छौं, पापबाट छुटकारा पाउँछौं र पापबाट मुक्त हुन्छौं। हामीलाई पापबाट मुक्त गर्ने परमेश्‍वरका आखिरी दिनहरूको कार्यलाई स्वीकार गर्नु नै हामीले पूर्ण रूपमा मुक्ति पाउन सक्ने र परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्ने एकमात्र मार्ग हो।”

ब्रदर लीले के सङ्गति गर्नुभयो भने, परमेश्‍वरको कार्यका तीन चरणहरूको आपसमा घनिष्ठ सम्बन्ध छ र यो कुरा बाइबलसित जोडिएको छ। यस कुराले मलाई आकर्षित गऱ्यो। मैले धेरै पटक बाइबल पढेको थिएँ र मैले धेरै उपदेशहरू सुनेको थिएँ, तर परमेश्‍वरको कार्यको बारेमा यत्तिका स्पष्टसित कसैले सङ्गति गरेको कहिल्यै सुनेको थिइनँ। ब्रदर लीले एउटा खण्ड पठाउनुभयो। “यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्यलाई एउटै लहरमा गाँस्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानव जातिको व्यवस्थापन गर्ने काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगहरूमा र विभिन्न स्थानहरूमा हुने कार्यका तीन चरणहरू आत्माले गर्नुहुने काम नै हुन् भन्‍ने कुरा स्पष्ट छ। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्‍वरकै विरोधमा खडा हुन्छन्। अब, यसले तँलाई पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्‍वरको, एउटै आत्माको काम हो भनी बुझ्न सक्ने बनाउँछ। यस कुरामा कुनै शङ्का छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। परमेश्‍वरका वचनहरू पढेपछि ब्रदर लीले यो सङ्गति गर्नुभयो, “परमेश्‍वर एक जना मात्र हुनुहुन्छ। परमेश्‍वरले सबै मानिसजातिलाई सृष्टि गर्नुभयो र परमेश्‍वर स्वयम्ले मानिसलाई व्यवस्थित गरिरहनुभएको र मुक्ति दिइरहनुभएको छ। संसार सृष्टि गरेदेखि अहिलेसम्म, उहाँले मानिसजातिलाई मुक्ति दिन काम गरिरहनुभएको छ, अनि कार्यको हरेक चरणमा उहाँको नाउँ भिन्न-भिन्नै भए तापनि कार्य, समय र स्थानहरू अलग-अलग भए तापनि, यी सबै कार्य एउटै परमेश्‍वरद्वारा गरिएको हो। कार्यको प्रत्येक चरण अघिल्‍लो चरणमा निर्माण भएको हुन्छ, प्रत्येक चरण पहिलोभन्दा अलिक उच्च र अलिक गहिरो छ।” यो सुनेर म अति छक्क परेँ र सोचेँ, “उहाँ भन्नुहुन्छ, कार्यको हरेक चरण एउटै आत्माद्वारा गरिएको हो, त्यसकारण, यहोवा र प्रभु येशू एउटै आत्मा हुनुहुन्छ। परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, तीन वटा आत्माहरू होइनन्! ब्रदर लीको सङ्गति पूर्ण रूपमा अर्थपूर्ण छ अनि शङ्का वा खण्डन गर्ने कुनै कुरा म देख्न सक्दिनँ। तर उहाँले भन्नुभएको आधारमा भन्नुपर्दा, के त्यसको अर्थ हामीले विश्‍वास गरेको त्रीएकत्वको कुनै अर्थ छैन भन्ने होइन र? परमेश्‍वरको एकरूपता वा बहुरूपताबारे धार्मिक संसारमा बहस गरिएको भए तापनि, धेरैजसो मानिसहरू त्रीएकत्वमा विश्‍वास गर्छन्। तिनीहरू पुरै गलत त हुन सक्दैनन्। मैले यस प्रकारको सङ्गति यसभन्दा अघि कहिल्यै सुनेको छैन। के धार्मिक समुदायमा नयाँ बुझाइ आएको हो?” मैले आफ्ना भावनालाई सम्हाल्न नसकेर, म त्यहाँबाट छिटै हिँडेँ ताकि मैले यसबारे केही विचार गर्न सकूँ।

केही स्पष्ट हुने प्रयास गर्दै मैले फेरि बाइबल पल्टाउन र धेरै प्रचार स्रोतसाधनहरू हेर्न थालें। मैले केही दिनसम्म खोजी गरें तर केही प्राप्त गरिनँ। त्यस स्थितिमा, म बेचैन हुन थालें अनि मनमनै सोचेँ, “ब्रदर लीको सङ्गति धार्मिक संसारले भन्ने कुराभन्दा फरक छ, तर यो नविन र बाइबलीय दृष्टिकोणले भरपर्दो थियो। के म अर्को भेलामा उपस्थित हुने त? यदि म उपस्थित भइरहन्छु र त्रीएकत्वको अवधारणालाई इन्कार गर्छु भने, धार्मिक समुदायले मलाई निकाल्नेछ भनेर म पक्का छु। त्यसपछि फेरि, मैले मण्डलीमा पाउन नसकेको अन्तर्दृष्टि उहाँको सङ्गतिबाट पाएको छु। त्यतिकै यसलाई छोडेर जानु मलाई मन लाग्दैन।” मैले आफ्नो मनलाई सम्हाल्न सकिनँ, त्यसैले ब्रदर लीले भेलामा पठाउनुभएको परमेश्‍वरका वचनहरूको खण्ड लिएँ। मैले यो पढ्दा राम्ररी मनन गरें, अनि जति धेरै सोचेँ त्यति नै धेरै मलाई सामान्य व्यक्तिले त्यो कुरा निकाल्‍न सक्दैन भन्ने लाग्यो। अनि कुनै पनि आध्यात्मिक व्यक्तिले परमेश्‍वरको व्यवस्थापन कार्यबारे त्यस्तो लबजमा कुरा गर्ने आँट गर्दैन। के यो साँच्चै परमेश्‍वरका वचनहरू हुन सक्छन्? अनेक विचार गरेपछि मैले के निर्णय गरें भने, धार्मिक संसारले जेसुकै सोचोस्, मैले ब्रदर लीको सङ्गति सुन्नुपर्छ अनि यसले मेरो अन्योलता हटाउन सक्छ कि सक्दैन, त्यो हेर्नुपर्छ।

अर्को भेलामा मैले त्रीएकत्वबारे आफू अन्योलमा परेको कुरा बताएँ र उहाँको सङ्गति यस्तो थियो: “धेरै जना धार्मिक मानिसहरू त्रीएकत्वको अवधारणालाई पक्रेर बस्छन्। तिनीहरू सोच्छन्, परमेश्‍वर एक मात्र हुनुहुन्छ तर तीन व्यक्तिहरू, पिता, पुत्र र पवित्र आत्मा, जसले परमेश्‍वरको व्यवस्थापन कार्यका विभिन्न भागहरू सम्हाल्नुहुन्छ। तर, यो अवधारणा कहाँबाट आउँछ भनेर के हामीले कहिल्यै सोचेका छौं? के परमेश्‍वरले कहिल्यै त्रीएकत्वबारे केही भन्नुभयो? के पवित्र आत्माले यसबारे साक्षी दिनुभयो? के अगमवक्ताहरूले यसबारे बताएका छन्? अवश्यै छैनन्! वास्तवमा त्रीएकत्वको अवधारणा सबैभन्दा पहिला प्रभुको समयभन्दा तीन सय वर्षपछि नाइसियाको परिषदमा भित्रिएको थियो, र धार्मिक अगुवाहरूबीच चर्को बहसपछि यसलाई स्थापित गरियो। त्यसपछि यता, अधिकांश धार्मिक मानिसहरूले सबै कुरा सृष्टि गर्नुहुने हाम्रा एकमात्र परमेश्‍वर त्रिएक हुनुहुन्छ भनेर विश्‍वास गर्न थाले। तिनीहरू के सोच्छन् भने, स्वर्गमा प्रभु येशूबाहेक पिता र पवित्र आत्मा पनि हुनुहुन्छ, उहाँहरू तीन परमेश्‍वर, तीन आत्मा हुनुहुन्छ। यदि हामीले तिनीहरूको तर्क मान्यौं भने, के परमेश्‍वर एकमात्र साँचो परमेश्‍वर हुनुहुन्छ र? तिनीहरू परमेश्‍वर एक मात्र हुनुहुन्छ भनेर चिच्याउँदै हिँड्छन् तर त्रीएकत्वमा विश्‍वास गर्छन्। के त्यो कुरा विरोधासपूर्ण छैन र? के त्यो निरर्थक छैन र? पुरानो करारमा त्रीएकत्वबारे कहिल्यै कुनै कुरा गरिएन, र साढे तीन वर्षसम्म प्रभु येशूले पृथ्वीमा कार्य गर्नुहुँदा त्रीएकत्वको अस्तित्वबारे कहिल्यै केही भन्नुभएन। किन त्यो अवधारणा प्रभु येशूले आफ्नो काम पूरा गरिसक्नुभएपछि देखा पर्यो? किनभने मानिसहरूले देहधारणको सारलाई बुझेनन्। प्रभु येशू परमेश्‍वरको प्यारो पुत्र हुनुहुन्छ भनेर पवित्र आत्माले गवाही दिनुभयो। अनि तिनीहरूले उहाँलाई स्वर्गका आफ्ना पितालाई प्रार्थना गरिरहनुभएको देखे त्यसकारण तिनीहरूले परमेश्‍वरबारे धारणाहरू विकास गरे। तिनीहरूले सोचे, तीन जना परमेश्‍वरहरू हुनुहुन्छ, पिता, पुत्र र पवित्र आत्मा। तिनीहरूले जे कल्पना गरेका थिए त्यसबाट अडकल काटे अनि परमेश्‍वरलाई सीमित पार्न असम्भव प्रयास गरे। उदाहरणको लागि फिलिपलाई लिनुहोस्। उनलाई प्रभु येशू नै देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर थाहा थिएन त्यसकारण, उनले प्रभुलाई पिता देखाइदिनुहोस् भनेर बिन्ती गरे। प्रभु येशूले स्पष्टसित जवाफ दिनुभयो, ‘फिलिप, म तिमीसँग लामो समयदेखि छु, तापनि तिमीले मलाई चिनेका रहनेछौ? जसले मलाई देखेको छ उसले पितालाई देखेको छ; अनि हामीलाई पिता देखाइदिनुहोस् भनेर तिमीले कसरी भन्‍न सक्छौ? के म पितामा छु र पिता ममा हुनुहुन्छ भन्‍ने तिमी विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई भनेका वचनहरू मेरा आफ्नै होइनन्: तर ममा वास गर्नुहुने पिताका हुन्, उहाँले नै काम गर्नुहुन्छ(यूहन्‍ना १४:९-१०)। प्रभु येशूले यसो पनि भन्नुभयो, ‘म र पिता एक हौँ(यूहन्‍ना १०:३०)। उहाँहरू एक हुनुहुन्छ, एक परमेश्‍वर, एक आत्मा हुनुहुन्छ भनेर प्रभु येशू एकदमै स्पष्ट हुनुहुन्थ्यो।”

त्यसपछि ब्रदर लीले परमेश्‍वरका केही वचनहरू वाचन गरिएको भिडियो देखाउनुभयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यदि तिमीहरूमध्ये कसैले त्रिएकत्व साँच्चै छ भन्छौ भने, तीन व्यक्तित्वहरूमा एक परमेश्‍वर भनेको के हो त्यो बताऊ। पवित्र पिता के हुनुहुन्छ? पुत्र के हुनुहुन्छ? पवित्र आत्मा के हुनुहुन्छ? के यहोवा पवित्र पिता हुनुहुन्छ? के येशू पुत्र हुनुहुन्छ? त्यसोभए, पवित्र आत्माको बारेमा के छ? के पिता आत्मा हुनुहुन्न? के पुत्रको सार पनि आत्मा होइन र? के येशूको काम पवित्र आत्माको काम थिएन? के त्यसबेला यहोवाको काम येशूको कामजस्तै आत्माद्वारा गरिएको थिएन र? परमेश्‍वरसँग कतिवटा आत्मा हुन सक्छ? तेरो बयानअनुसार पिता, पुत्र र पवित्र आत्माका तीन व्यक्तित्वहरू एक हुन्; यदि त्यसो हो भने, तब त्यहाँ तीनवटा आत्मा छन्, तर तीनवटा आत्मा हुनुको अर्थ त्यहाँ तीन परमेश्‍वर छन् भन्ने हुन्छ। यसको अर्थ त्यहाँ कुनै एक साँचो परमेश्‍वर छैन; यस प्रकारको परमेश्‍वरसँग अझै पनि परमेश्‍वरको अन्तर्निहित तत्व कसरी हुन सक्छ? यदि तँ एक मात्र परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छस् भने, कसरी उहाँको पुत्र हुन र पिता हुन सक्छ? के यी सबै केवल तेरा धारणाहरू होइनन्? परमेश्‍वरमा एक मात्र हुनुहुन्छ, यस परमेश्‍वरमा एक मात्र व्यक्तित्व हुनुहुन्छ, र परमेश्‍वरका एक आत्मा मात्र हुनुहुन्छ, बाइबलमा ‘पवित्र आत्मा एउटै मात्र हुनुहुन्छ, र एउटै परमेश्‍वर हुनुहुन्छ’ भन्नेबारे धेरै लेखिएका छन् भने जस्तै। तैंले भन्ने पिता र पुत्र अस्तित्वमा भए पनि आखिर परमेश्‍वर एक मात्र हुनुहुन्छ, अनि तिमीहरूले विश्‍वास गर्ने पिता, पुत्र र पवित्र आत्माको सार पवित्र आत्माको सारमा छ। अर्को शब्दमा भन्ने हो भने, परमेश्‍वर आत्मा हुनुहुन्छ, तर उहाँ देह बन्न र मानिसहरूका माझ वास गर्न साथै सबै थोकभन्दा उच्च हुन सक्नुहुन्छ। उहाँका आत्मा सर्व-सम्मिलित र सर्वव्यापी छ। उहाँ एकसाथ देहमा र ब्रह्माण्डमा र त्यसमाथि हुन सक्नुहुन्छ। सबै मानिसहरूले परमेश्‍वर एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्ने गरेकाले, परमेश्‍वर एक मात्र हुनुहुन्छ, कसैले पनि आफ्नो इच्छाले विभाजन गर्न सक्दैन! परमेश्‍वर एक मात्र आत्मा, र एक मात्र व्यक्तित्व हुनुहुन्छ; र त्यो परमेश्‍वरका आत्मा हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?)। “अझै कसै-कसैले भन्न सक्छः ‘पिता पिता नै हुनुहुन्छ, पुत्र पुत्र नै हुनुहुन्छ, र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ, र अन्त्यमा, उहाँहरूलाई एउटै बनाइनुहुनेछ।’ त्यसोभए तँ कसरी उहाँहरूलाई एक बनाउँछस्? पिता र पवित्र आत्मालाई कसरी एक बनाउन सकिन्छ? यदि उहाँहरू अन्तर्निहित रूपमा दुई थिए भने, उहाँहरूलाई जसरी एकसाथ जोडे पनि के उहाँहरू दुई जना नै रहँदैनन् र? जब तँ उहाँहरूलाई एक बनाउने बारे कुरा गर्छस्, के त्यो दुई अलग-अलग भागलाई जोडेर एउटा बनाउनुजस्तो हुँदैन र? तर एउटा सिङ्गो बनाउनु अघि के उहाँहरू दुई भाग हुनुहुन्न थियो र? प्रत्येक आत्माको एक अलग सार हुन्छ, र दुई आत्मालाई सिङ्गो एउटा बनाउन सकिंदैन। आत्मा कुनै भौतिक वस्तु होइन र यो भौतिक संसारका अरू कुनै थोकजस्तो हुँदैन। जब मानिसले यसलाई हेर्छ, पिता एक आत्मा हुनुहुन्छ, पुत्र अर्को र पवित्र आत्मा अझ अर्को हुनुहुन्छ, अनि तीनवटा आत्मा तीन गिलास पानीजस्तै एउटैमा मिसिनुहुन्छ। त्यसो गर्नु के तीन जनालाई एउटा बनाउनु होइन र? यो पूर्ण रूपमा गलत र निरर्थक व्याख्या हो। के यो परमेश्‍वरलाई विभाजन गर्नु होइन र? पिता, पुत्र र पवित्र आत्मा सबैलाई कसरी एक बनाउन सकिन्छ? के उहाँहरू प्रत्येक भिन्नाभिन्नै प्रकृति भएका तीन भाग हुनुहुन्न र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?)। त्यसपछि उहाँले सङ्गति गर्नुभयो, “सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले त्रीएकत्वको भ्रमलाई पूर्णरूपले र स्पष्टसित चिरफार गर्छन्। हामी के बुझ्न सक्छौं भने, परमेश्‍वर एकमात्र साँचो परमेश्‍वर, पवित्र आत्मा हुनुहुन्छ, जो एकमात्र हुनुहुन्छ, नाउँ मात्र अलग-अलग छन्। देहधारी परमेश्‍वर देहमा हुनुहुने पवित्र आत्मा हुनुहुन्छ, अनि उहाँको देहको सार पवित्र आत्मा हुनुहुन्छ। हामीले उहाँलाई प्रार्थनामा जसरी पुकारे तापनि, परमेश्‍वर, पवित्र आत्मा र देहधारी परमेश्‍वर सबै एक हुनुहुन्छ, एक आत्मा हुनुहुन्छ। कसैले पनि यो तथ्यलाई नकार्न सक्दैन। परमेश्‍वर ब्रह्माण्डमा भएका सबै थोकका मालिक हुनुहुन्छ। उहाँ सर्वशक्तिमान्, सर्वज्ञानी, सर्वव्यापी आत्मा हुनुहुन्छ। उहाँ सर्वव्यापी र सर्वशक्तिशाली हुनुहुन्छ। उहाँले स्वर्गहरू, पृथ्वी र सबै कुरा सृष्टि गर्न सक्नुहुन्छ अनि उहाँले पृथ्वीमा मानिसको जीवनलाई मार्गदर्शन दिन सक्नुहुन्छ। उहाँ मानिसहरूको आवश्यकताअनुसार उनीहरूलाई छुटकारा र मुक्त दिन मानिसको पुत्रको रूपमा देह हुन पनि सक्नुहुन्छ। परमेश्‍वरका आत्माले ब्रह्माण्डका सबै कुराहरूमाथि नियन्त्रण पनि गर्छ। धार्मिक संसारले के भन्छ भने, यहोवा परमेश्‍वर ब्रह्माण्ड सृष्टि गर्नुहुने पिता हुनुहुन्छ र उहाँ स्वर्गमा व्यवस्थापन गर्ने र योजना बनाउने कार्य गर्नुहुन्छ, प्रभु येशू चाहिँ पिताले मानिसजातिलाई छुटकारा दिन पठाउनुभएका पुत्र हुनुहुन्छ, त्यसपछि, प्रभु येशूलाई पुनरुत्थान गरेर स्वर्ग लगिएपछि, उहाँले गर्नुपर्ने केही पनि छैन। उहाँ पवित्र आत्मामा भर पर्नुपर्छ। त्रीएकत्वका प्रत्येक व्यक्तिको आ-आफ्नै भूमिका छ। स्वर्ग र पृथ्वीका लागि जिम्मेवारी छ, र मानिसजातिको लागि गर्नुपर्ने कार्य छ। यदि हामीले संसारका यी भनाइहरूलाई मान्यौं भने, के परमेश्‍वरलाई तीन भागमा बाँडिरहेका हुँदैनौं र? त्यसपछि, के परमेश्‍वर सर्वशक्तिमान्, सर्वज्ञानी, सर्वशक्तिशाली, एकमात्र परमेश्‍वर रहनुहुन्छ र? के त्यो विरोधासपूर्ण छैन र? परमेश्‍वर एकमात्र हुनुहुन्छ र उहाँ स्वयम्‌ले मानिसजातिलाई व्यवस्थापन गरिरहनुभएको र मुक्ति दिइरहनुभएको छ। उहाँलाई तीन भागमा बाँड्नु भनेको उहाँलाई टुक्रा पार्नु हो। त्यो त परमेश्‍वरको विरोध र निन्दा हो!”

परमेश्‍वरका वचनहरूले साँच्चै मलाई उत्प्रेरित गरे। वर्षौंदेखि मेरो हृदयमा बसेको त्रीएकत्व यत्तिकै हराएर गएको मैले देखेँ! हामीले सधैँ परमेश्‍वर एकमात्र हुनुहुन्छ भनेर जोर दिँदै वर्षौंसम्म प्रभुमा विश्‍वास गर्यौं, तर उहाँलाई तीन व्यक्तिहरूमा विभाजन गर्यौं अनि त्यसपछि ती तीन परमेश्‍वरहरूलाई फेरि कसरी एक बनाउने हामीलाई थाहा भएन। के त्यो मूर्खता थिएन र? त्रीएकत्वबारे विरोधासपूर्ण व्याख्या गर्ने ती प्रसिद्ध पाष्टरहरूबारे मैले सोचेँ। तिनीहरूलाई स्पष्टीकरण दिन गाह्रो पर्दा, परमेश्‍वर अथाह र रहस्यमय हुनुहुन्छ भनेर तिनीहरू भन्छन्। तिनीहरूले हाम्रो आँखामा पट्टी बाँध्ने काम गरिरहेका छन्। मैले बुझेँ, परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्नु र उहाँलाई विभाजन गर्नु, वास्तवमै उहाँको विरोध र अनादर गर्नु हो। यसबारे सोच्दा, मैले साँच्चै आफू परमेश्‍वरप्रति ऋणी भएको महसुस गरें। तर म अझै अन्योलमा थिएँ। किनभने बाइबल भन्छ, “अनि जब येशूलाई बप्तिस्मा दिइयो, उहाँ पानीबाट सीधै माथि जानुभयो: र उहाँको लागि स्वर्गहरू खुले, र उहाँले परमेश्‍वरका आत्मा ढुकुरजस्तै ओर्लिरहनुभएको, र उहाँलाई ज्योति दिइरहनुभएको देख्‍नुभयो: र स्वर्गबाट यस्तो आवाज आयो, यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु(मत्ती ३:१६-१७)। परमेश्‍वर एक आत्मा, एक परमेश्‍वर हुनुहुन्छ। प्रभु येशूले यर्दन नदीमा बप्तिस्मा लिनुभयो र उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्छ भनेर पवित्र आत्माले गवाही दिनुभयो, र त्यति बेला प्रभु येशूले पूरा समय स्वर्गका आफ्ना पितालाई प्रार्थना गर्नुभयो। यसलाई हामी कसरी लिन सक्छौं? म यसबारे बुझ्न असाध्यै इच्छुक थिएँ, त्यसैले मैले ब्रदर लीलाई अनुरोध गरें।

उहाँले भन्नुभयो, “हो, प्रभु येशूले परमेश्‍वरलाई प्रार्थना गर्नुभयो र उहाँलाई स्वर्गमा बस्नुहुने आफ्ना पिता भन्नुभयो। यस भनाइभित्र रहस्य छ। प्रभु येशूले आफ्नो सेवकाइ सुरु गर्नुअघि उहाँ देहमा हुनुभएको परमेश्‍वर हुनुहुन्छ भनेर उहाँलाई थाहा थिएन किनभने आत्माले देहमा कार्य गर्दा उहाँ सामान्य हुनुहुन्थ्यो, अलौकिक हुनुहुन्नथ्यो। उहाँ एक सामान्य व्यक्ति सरह हुनुहुन्थ्यो। त्यसकारण, अवश्यै उहाँले स्वर्गका पितालाई प्रार्थना गर्नुहुनेथियो। मानवको रूपमा परमेश्‍वरका आत्मालाई प्रार्थना गर्ने प्रभु येशू हुनुहुन्थ्यो। त्यो पूर्णतः स्वभाविक थियो। प्रभु येशूले आफ्नो सेवकाइ सुरु गर्नुहुँदा, उहाँ देहमा हुनुभएका परमेश्‍वर हुनुहुन्छ भनेर साक्षी दिँदै पवित्र आत्मा बोल्नुभयो। त्यसपछि मात्र उहाँलाई आफ्नो साँचो परिचय थाहा भयो। तर अझै पनि उहाँले पितालाई प्रार्थना गर्नुभयो, यसले के देखाउँछ भने, ख्रीष्ट नम्र र विनीत हुनुहुन्छ अनि उहाँको सार पूर्णतया परमेश्‍वरप्रति समर्पित छ।” यस कुरालाई स्पष्ट पार्ने सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू वाचन गरिएको भिडियौ हेरौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “येशूले प्रार्थना गर्नुहुँदा स्वर्गका परमेश्‍वरलाई पिता नाउँले सम्बोधन गर्नुभयो, त्यो केवल एक सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट गरिएको थियो, किनकि परमेश्‍वरका आत्माले एउटा साधारण र सामान्य देह धारण गर्नुभएको थियो र बाहिरपट्टि सृष्टि गरिएको एउटा प्राणीको आवरण थियो। यदि उहाँभित्र पनि परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो भने, उहाँको बाहिरी रूप अझै पनि सामान्य मानिसको जस्तो देखिन्थ्यो; अर्को शब्दमा भन्नुपर्दा, उहाँ ‘मानिसका पुत्र’ बन्नुभएको थियो, जसको बारेमा येशू आफैलगायत सबै मानिसहरूले बोलेका थिए। उहाँ मानिसका पुत्र भएकाले (पुरुष वा स्त्री, चाहे जे भए पनि बाहिरी रूपमा मानिसको आवरणमा हुनुहुन्थ्यो) उहाँ साधारण मानिसहरूको सामान्य परिवारमा जन्‍मनुभएको व्यक्ति हुनुहुन्छ। त्यसकारण, येशूले स्वर्गका परमेश्‍वरलाई त्यसरी नै पिता भनी सम्बोधन गर्नुभयो जसरी तिमीहरूले पहिलोचोटि उहाँलाई पिता भनेका थियौ; उहाँले सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट त्यसो भन्नुभयो। के तिमीहरूलाई प्रभुको त्यो प्रार्थना याद छ, जुन येशूले तिमीहरूलाई कण्ठ गर्नु भनी सिकाउनुभएको थियो? ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ…।’ उहाँले सबै मानिसहरूलाई स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्नू भन्नुभयो। अनि उहाँ आफैले पनि उहाँलाई पिता भन्नु भएकोले, उहाँले तिमीहरू सबैको बराबर स्तरमा खडा हुने व्यक्तिको दृष्टिकोणबाट त्यसो भन्नुभयो। तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्ने हुनाले, येशूले आफैलाई तिमीहरूसँग बराबर स्तरमा, र पृथ्वीमा परमेश्‍वरद्वारा चुनिएका एक मानिस (अर्थात् परमेश्‍वरका पुत्र) को रूपमा हेर्नुभयो। यदि तिमीहरू परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्छौ भने, के यो तिमीहरू एक सृष्टि गरिएको प्राणी भएकोले नै होइन र? तापनि क्रूसमा टाँगिनुभन्दा अघि पृथ्वीमा येशूको अधिकार जति नै महान् भए पनि, उहाँ पवित्र आत्मा (अर्थात्, परमेश्‍वर) द्वारा संचालित केवल मानिसका पुत्र र पृथ्वीको एक सृष्टि गरिएको प्राणी मात्र हुनुहुन्थ्यो, किनकि उहाँले आफ्नो काम पूरा गर्नु अझै बाँकी नै थियो। त्यसकारण, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्नु पूर्ण रूपमा उहाँको नम्रता र आज्ञाकारिता थियो। तापनि, उहाँले परमेश्‍वर (अर्थात्, स्वर्गमा हुनुहुने आत्मा) लाई त्यसरी सम्बोधन गर्नुले उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरका आत्माका पुत्र हुनुहुन्थ्यो भनी प्रमाणित गर्दैन। बरु, कुरा यति मात्र हो, कि उहाँको दृष्टिकोण फरक थियो, उहाँ फरक व्यक्ति हुनुहुन्थ्यो भन्ने होइन। भिन्नाभिन्नै व्यक्तित्वहरूको अस्तित्व छ भन्नु भ्रम हो! उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि येशू देहका सिमाहरूमा सिमित मानिसको पुत्र हुनुहुन्थ्यो, अनि उहाँसित पवित्र आत्माको पूर्ण अधिकार थिएन। त्यसकारण उहाँले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्‍वर पिताको इच्छा खोज्न मात्र सक्नुहुन्थ्यो। यसैले उहाँले गेतसमनीमा तीन पटक प्रार्थना गर्नुभयोः ‘मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।’ उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि उहाँ यहूदीहरूका मात्र राजा हुनुहुन्थ्यो; उहाँ ख्रीष्ट, मानिसका पुत्र, महिमित शरीर हुनुहुन्नथियो। त्यसैकारण, सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट उहाँले परमेश्‍वरलाई पिता भन्नुभयो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?)। “कोही यस्तो भन्नेहरू छन्, ‘के परमेश्‍वरले येशू उहाँका प्यारो पुत्र हुनुहुन्छ भनेर स्पष्ट रूपमा बताउनुभएन र?’ येशू परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ, जोसँग उहाँ प्रसन्न हुनुहुन्छ—यो परमेश्‍वर स्वयमले भन्नुभएको थियो। त्यो परमेश्‍वरले आफैलाई दिनुभएको गवाही थियो, तर एउटा भिन्नै दृष्टिकोणबाट, जुनचाहिँ स्वर्गका आत्माले उहाँको आफ्नै देहधारणको बारेमा दिनुभएको गवाही थियो। येशू उहाँको देहधारण हुनुहुन्छ, स्वर्गमा हुनुहुने उहाँका पुत्रको होइन। के तैंले बुझिस्? के येशूले ‘म पितामा छु, र पिता ममा हुनुहुन्छ,’—भन्नुभएको वचनले उहाँहरू एउटै आत्मा हुनुहुन्छ भनी संकेत गर्दैन? र के देहधारणकै कारणले गर्दा उहाँहरू स्वर्ग र पृथ्वीको बीचमा अलग हुनुभएको थिएन? वास्तवमा, उहाँहरू अझै एक हुनुहुन्छ; चाहे जे भए तापनि, यो केवल परमेश्‍वर आफैलाई दिनुभएको गवाही मात्र हो। युगहरूमा परिवर्तन भएकाले, कामका मागहरू र उहाँको व्यवस्थापन योजनाका विभिन्न चरणहरूको कारण, मानिसले उहाँलाई बोलाउने नाउँ पनि फरक हुन्छ। जब उहाँ पहिलो चरणको काम गर्न आउनुभयो, उहाँलाई यहोवा कहलाइन सकिन्थ्यो, जो इस्राएलीहरूका गोठालो हुनुहुन्छ। दोस्रो चरणमा, देहधारी परमेश्‍वरलाई केवल प्रभु र ख्रीष्ट कहलाइन सकिन्थ्यो। तर त्यस बेला स्वर्गमा हुनुहुने आत्माले उहाँ परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ मात्र भन्नुभयो, र उहाँ परमेश्‍वरका एक मात्र पुत्र हुनुहुन्छ भनी उल्लेख गर्नुभएन। यो त्यसै भएको थिएन। कसरी परमेश्‍वरको एक मात्र सन्तान हुन सक्छ? त्यसो भए के परमेश्‍वर मानिस बन्नुहुन्न थियो र? उहाँ देहधारी हुनुभएकोले, उहाँलाई परमेश्‍वरका प्रिय पुत्र भनियो, अनि यसैबाट पिता र पुत्र बीचको सम्बन्ध बन्यो। यो स्वर्ग र पृथ्वी बीचको अन्तरको कारणले भएको थियो। येशूले देहको दृष्टिकोणबाट प्रार्थना गर्नुभयो। उहाँले सामान्य मानिसको देह धारण गर्नुभएको हुनाले देहको दृष्टिकोणबाट उहाँले भन्नुभयोः ‘मेरो बाहिरी खोल सृष्टि गरिएको प्राणीको हो। किनकि यस पृथ्वीमा आउनका लागि मैले देह धारण गर्छु, म अहिले स्वर्गबाट टाढा, धेरै टाढा छु।’ यसकारण, उहाँले पिता परमेश्‍वरसँग देहको दृष्टिकोणबाट मात्र प्रार्थना गर्न सक्नुहुन्थ्यो। यो उहाँको कर्तव्य थियो, र परमेश्‍वरका देहधारी आत्मा यही कुराले सुसज्जित हुनुपर्दछ। उहाँले देहको दृष्टिकोणबाट पितासँग प्रार्थना गर्नुभएकोले उहाँ परमेश्‍वर हुनुहुन्न भन्न सकिंदैन। यद्यपि उहाँ परमेश्‍वरका प्रिय पुत्र कहलाइनुभयो, उहाँ अझै परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो, किनकि उहाँ आत्माको देहधारण हुनुहुन्थ्यो, र उहाँको सार अझै आत्मा नै हुनुहुन्थ्यो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?)

ब्रदर लीले सङ्गतिलाई निरन्तरता दिँदै यसो भन्नुभयो, “प्रभु येशू देहमा हुनुभएको परमेश्‍वर हुनुहुन्थ्यो। उहाँ मानिसको पुत्रको शरीरभित्र परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो, जससित सामान्य मानवता थियो। उहाँ कुनै असाधारण देखिनुहुन्नथ्यो, तर उहाँसित परमेश्‍वर स्वयम्‌को सार थियो। उहाँले बप्तिस्मा लिएर आफ्नो सेवकाइ सुरु गर्नुभएपछि, परमेश्‍वरले प्रभु येशू उहाँका प्रिय पुत्र हुनुहुन्छ भनेर साक्षी दिनुभयो। आत्माको दृष्टिकोणबाट देहधारणलाई साक्षी दिने परमेश्‍वर नै हुनुहुन्थ्यो ताकि मानिसहरूले प्रभु येशूलाई पछ्याऊन् र उहाँमा विश्‍वास गरून् अनि उहाँ परमेश्‍वरबाट आउनुभएको भनेर जानून्। यदि पवित्र आत्माले सीधै प्रभु येशू देहमा हुनुभएका परमेश्‍वर हुनुहुन्छ भनेर साक्षी दिनुभएको भए, मानिसहरूलाई यो कुरा स्वीकार्न गाह्रो हुनेथियो किनभने तिनीहरूलाई परमेश्‍वरको देहधारणबारे केही थाहा थिएन। तिनीहरूका निम्ति देहधारण नयाँ कुरा थियो र तिनीहरूलाई त्यसबारे केही थाहा थिएन। यी सामान्य व्यक्ति, मानिसको पुत्र देहमा हुनुभएका परमेश्‍वरका आत्माको मूर्त रूप हुनुहुन्छ भनेर तिनीहरूले कहिल्यै कल्पना गरेका थिएनन्। आफ्नो कार्यमा प्रभु येशूले धेरै वचनहरू व्यक्त गर्नुभयो, पश्चात्तापको मार्ग ल्याउनुभयो, चिह्न र चमत्कारहरू देखाउनुभयो, अनि परमेश्‍वरको अख्तियार र शक्ति पूर्णरूपले प्रकट गर्नुभयो। तर मानिसहरूले उहाँका कार्य र वचनहरू मार्फत प्रभु येशू परमेश्‍वर स्वयम्‌, परमेश्‍वरको रूप हुनुहुन्छ भनेर बुझ्न सकेनन्। त्यसबेला, परमेश्‍वरले मानिसहरूको कदको आधारमा प्रभु येशू उहाँको प्रिय पुत्र हुनुहुन्छ भनेर साक्षी दिनुभयो र उहाँले मानिसहरूलाई अस्थायी रूपमा प्रभु येशूलाई उहाँको पुत्रको रूपमा लिन दिनुभयो। त्यो, मानिसहरूका धारणाहरूसित मेल खान्छ र तिनीहरूलाई त्यो कुरा स्वीकार्न सजिलो भयो। प्रभु येशूले छुटकाराको कार्य मात्र गरिरहनुभएको थियो, त्यसकारण, मानिसहरूले उहाँलाई जसरी पुकारे तापनि, तिनीहरूले उहाँलाई केवल आफ्ना मुक्तिदाताको रूपमा स्वीकार्नु आवश्यक थियो, तिनीहरूका पापहरू क्षमा हुनुपर्थ्यो अनि तिनीहरू परमेश्‍वरको अनुग्रह पाउन योग्य हुनुपर्थ्यो। स्वर्गका पितालाई आफ्ना पिताको रूपमा प्रार्थना गर्नुभएर, प्रभु येशूले सृष्टि गरिएको व्यक्तिको दृष्टिकोणबाट परमेश्‍वरलाई पुकारिरहनुभएको थियो। यसले परमेश्‍वर कत्ति नम्र र विनीत हुनुहुन्छ भनेर देखायो। प्रभु येशू परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो तर उहाँले आफूलाई परमेश्‍वरको रूपमा प्रस्तुत गर्नुभएन। त्यसको सट्टा, उहाँले मानिसहरूलाई परमेश्‍वरलाई प्रार्थना गर्न सिकाउनुभयो र परमेश्‍वरलाई चिन्न मार्गदर्शन गर्नुभयो, यी सबै उहाँले सृष्टि गरिएका व्यक्तिको दृष्टिकोणबाट गर्नुभयो। त्यसो गर्दा, मानिसहरूले परमेश्‍वर सम्पर्क गर्नै नसक्ने अति उच्च हुनुहुन्छ भनेर महसुस गर्नेथिएनन्, तर त्यसो गर्दा मानिस र परमेश्‍वर आपसमा नजिकिनेथिए। यो परमेश्‍वरको कार्यभित्रको बुद्धि थियो। मानवको रूपमा हामीलाई आवश्यक भएको र परमेश्‍वरको मुक्ति कार्यमा चाहिएको कुरा यही थियो।”

यसले मभित्र अन्तर्दृष्टिको वर्षा गरायो। मैले यस धर्मशास्त्रको पछाडि परमेश्‍वरको कार्यको बुद्धि र मानवताको लागि उहाँको प्रेम लुकेको देखेँ। तर बुझाइको कमीले, हामी बाइबलमा पिता, पुत्र र पवित्र आत्मा भनी उल्लेख गरिएको देख्छौं र आफ्ना धारणाहरूको आधारमा परमेश्‍वरलाई तीन व्यक्तिहरू, तीन परमेश्‍वरहरूमा विभाजन गर्छौं। त्यो त साँच्चै परमेश्‍वरको निन्दा हो! परमेश्‍वर त्रिएक हुनुहुन्छ भन्ने मभित्रको भ्रम तुरुन्तै चकनाचूर भयो। म स्वतन्त्र भएँ। परमेश्‍वरका वचनहरूले भन्छ, “येशूभित्रका आत्मा, स्वर्गमा हुनुहुने आत्मा, र यहोवाका आत्मा सबै एक हुन्। उहाँलाई पवित्र आत्मा, परमेश्‍वरका आत्मा, सात गुणा तीब्र पारिएको आत्मा र सर्व-सम्मिलित आत्मा भनिन्छ। परमेश्‍वरका आत्माले धेरै काम गर्न सक्नुहुन्छ। उहाँले संसारलाई सृष्टि गर्न सक्नुहुन्छ र जलप्रलय पठाएर यसलाई नाश गर्न पनि सक्नुहुन्छ; उहाँले सबै मानवजातिलाई उद्धार गर्न सक्नुहुन्छ, र यसबाहेक उहाँले सारा मानवजातिलाई जित्न र नाश पार्न सक्नुहुन्छ। यो काम सबै परमेश्‍वर आफैले गर्नुभएको हो र उहाँको सट्टामा परमेश्‍वरको कुनै व्यक्तित्वले गर्न सक्दैन। उहाँका आत्मालाई यहोवा र येशू, साथै सर्वशक्तिमान् भनेर पनि सम्बोधन गर्न सकिन्छ। उहाँ प्रभु र ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पुत्र पनि बन्न सक्नुहुन्छ। उहाँ स्वर्गहरूमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ; उहाँ ब्रह्माण्डभन्दा माथि र भीड्को माझमा हुनुहुन्छ। स्वर्गहरू र पृथ्वीका एकमात्र मालिक उहाँ हुनुहुन्छ! सृष्टिको समयदेखि अहिलेसम्म यो काम परमेश्‍वर स्वयमको आत्माले गर्दै आउनुभएको छ। त्यो काम चाहे स्वर्गहरूमा होस् वा देहमा, सबै उहाँको आफ्नै आत्माद्वारा गरिन्छ। चाहे स्वर्गमा होस् वा पृथ्वीमा, सबै प्राणीहरू उहाँको सर्वशक्तिमान् हत्केलामा छन्; यी सबै स्वयम् परमेश्‍वरका काम हुन् र उहाँको ठाउँमा अरू कसैले यो गर्न सक्दैन। स्वर्गहरूमा उहाँ आत्मा हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् पनि हुनुहुन्छ; मानिसहरूका माझ उहाँ देह हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् नै रहनुहुन्छ। यद्यपि उहाँलाई सयौं हजारौं नाउँले सम्बोधन गर्न सकिन्छ, उहाँ अझै पनि उहाँ नै, र उहाँको आत्माको प्रत्यक्ष अभिव्यक्ति हुनुहुन्छ। उहाँको क्रुसिकरणद्वारा सारा मानवजातिको छुटकारा उहाँका आत्माको प्रत्यक्ष कार्य थियो, र आखिरी दिनहरूमा सबै जाति र सबै देशहरूका निम्ति घोषणा पनि हो। सबै समयमा, परमेश्‍वरलाई सर्वशक्तिमान् र एक मात्र साँचो परमेश्‍वर, सर्व-सम्मिलित परमेश्‍वर स्वयम् भन्न सकिन्छ। अलग-अलग व्यक्तित्वहरू छैनन्, पिता, पुत्र र पवित्र आत्माको धारणाको त कुरै नगरौँ। स्वर्ग र पृथ्वीमा एउटै मात्र परमेश्‍वर हुनुहुन्छ!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?)। ब्रदर लीले यो पढेपछि सङ्गति गर्नुभयो, “परमेश्‍वर मानिसजातिलाई सृष्टि गर्नुहुने सृष्टिकर्ता हुनुहुन्छ। उहाँ यहोवा परमेश्‍वर हुनुहुन्छ जसले मानिसजातिको खातिर, पृथ्वीमा उनीहरूको जीवनलाई मार्गदर्शन गर्न व्यवस्थाहरू र आज्ञाहरू दिनुभयो। उहाँ हाम्रा मुक्तिदाता, प्रभु येशू पनि हुनुहुन्छ, जसले हामीलाई पापबाट छुटकारा दिनुभयो। त्योभन्दा पनि, उहाँ सबै मानिसजातिलाई आखिरी दिनहरूमा न्याय गर्न फर्कनुभएका सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ। हामीले प्रतीक्षा गरिरहेका प्रभु येशू फर्की आउनुभएको छ। उहाँ सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ। उहाँले पृथ्वीमा दुई दशकभन्दा धेरै समयदेखि काम गरिरहनुभएको छ, र यसरी उहाँले सत्यता व्यक्त गरिरहनुभएको छ र आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ। उहाँले बेह्रिएको चर्मपत्र खोल्नुभएको छ। उहाँले हामीलाई शुद्ध गर्न र पूर्णतया मुक्ति दिन आवश्यक सबै सत्यताहरू दिनुभएको छ। यसले प्रभुका यी अगमवाणीहरू पूरा गर्छ: ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। ‘अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४७-४८)।”

यो कुरा सुन्दा म एकदमै उत्साहित भएँ। प्रभु येशू आखिरी दिनहरूमा न्यायको कार्य गर्न फर्कनुभएको छ र उहाँले सत्यताहरू व्यक्त गर्नुभएको छ। मलाई ती वचनहरू परमेश्‍वरका आवाज जस्तै गरी एकदमै शक्तिशाली र आधिकारिक लाग्नु कुनै अचम्म होइन। ती साँच्चै परमेश्‍वरका वचनहरू थिए! मैले उत्सुक हुँदै ब्रदर लीलाई भनें, “अहिले मैले बुझेँ। चाहे परमेश्‍वरका आत्मा होस् वा उहाँको देहधारण, उहाँ परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ। त्रीएकत्व छैन। सर्वशक्तिमान् परमेश्‍वरले सत्यताहरू व्यक्त नगरी, लगभग दुई हजार वर्षसम्म बहस गरिएको यस भ्रमको खण्डन र खुलासा कसैले गर्न सक्दैन। परमेश्‍वर स्वयम्‌ले मात्र यस सत्यतालाई प्रकट गर्न सक्नुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू परमेश्‍वरका आवाज हुन् र सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍नेमा म पक्का छु! अहिले म सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कार्य स्वीकार्न तयार छु! मलाई २० वर्षभन्दा अघिदेखि सताइरहेको यस अन्योलतालाई पूर्णतया समाधान गरिदिनुभएकोमा म सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद दिन्छु।”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

“चोरिएको” आशिष

सन् २०१२ को मार्चको कुरा हो। कुन दिन सुरु भयो मलाई थाहा छैन, तर बेलुकीको खानापछि हरेक दिन मेरी श्रीमती हतार-हतार आफ्‍नो काम सकाउँथिन्, र...

आधुनिक फरिसीहरूको पहिचान गर्नु, परमेश्‍वरका पाइलाहरू पछ्याउनु

फाङ्ग्जिया, ब्राजिल मैले सबैभन्दा बढी सम्‍मान गरेका मानिसहरू पाष्टरहरू नै थिए “सिस्टर फ्याङ्ग सुन्‍नुस् त, सहर बाहिरको एक जना पाष्टर...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्