म अबदेखि परमेश्‍वरलाई सीमित गर्नेछैनँ

25 फेब्रुअरी 2023

मैले सानैदेखि मेरी आमासँगै प्रभु येशूलाई विश्‍वास गरेकी थिएँ र उहाँको प्रशस्‍त अनुग्रह प्राप्त गरेकी थिएँ। यसले गर्दा मैले मानवजातिप्रति प्रभु येशूको प्रगाढ कृपा र प्रेमलाई गहन रूपमा अनुभूति गरेकी थिएँ। मलाई अनुग्रहको निम्ति उहाँलाई पुकार्ने बानी परेको थियो। जब-जब समस्याहरू आइपर्थे, तब-तब म प्रभुलाई प्रार्थना गर्थेँ र जब पाप गर्थेँ, तब पाप स्विकार्न उहाँसामु आउथेँ। प्रभु कृपालु र प्रेमिलो हुनुभएकोले, सधैँ मेरो पाप क्षमा गर्नुहुन्थ्यो।

मे २०१९ को एक दिन, मैले सिस्टर डायना र सिस्टर भेनेसालाई फेसबुकमा भेटेँ। हामी सँगै बाइबल अध्ययन समूहमा सहभागी हुन्थ्यौँ र बाइबलसम्‍बन्धी भेनेसाको सङ्गति मलाई अत्यन्तै ज्ञानवर्धक लाग्थ्यो। एकपटक, भेलाको समयमा भेनेसाले भनिन्: “प्रभुले आखिरी दिनहरूमा फेरि आउनेछु भनेर भन्‍नुभयो, त्यसकारण हामी उहाँलाई कहिले स्वागत गर्न सक्‍नेछौँ? प्रभु येशूले भन्नुभयो, ‘मेरो भेडाले मेरो सोर सुन्छ(यूहन्‍ना १०:२७)। ‘हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। यसको साथै, ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश २:७)। यी खण्डहरूबाट हामी के देख्‍न सक्छौँ भने प्रभुले आखिरी दिनहरूमा आउनुहुँदा, आफ्‍ना वचनहरू व्यक्त गर्नुहुनेछ। आखिरी दिनहरूमा प्रभुलाई स्वागत गर्ने कडी भनेको परमेश्‍वरको आवाज ध्यान दिएर सुन्‍नु हो। हामी परमेश्‍वरको आवाज सुनेपछि बुद्धिमती कन्याहरूले जस्तै प्रभुलाई स्वागत गर्न सक्छौँ।” भेनेसाको सङ्गति सुनेपछि म साह्रै छक्‍क परेँ। त्यस्ता ज्ञानवर्धक कुराहरू मैले कहिल्यै सुनेकी थिइनँ। उनले प्रभुलाई स्वागत गर्ने कार्यको कडी चिनाएकी थिइन्। मैले यो कुरा पहिले कहिल्यै महसुस गरेकी थिइनँ। त्यसपछि, भेनेसाले मलाई अत्यन्तै जीवन्त भजनको भिडियो देखाइन्। भिडियोको अन्त्यमा, मैले यसमा “सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली” भनेको देखेँ, र ममा जिज्ञासा जाग्यो। बाइबल अध्ययन सकिएपछि, मैले हतार-हतार अनलाइनमा खोजेँ। मैले धेरैवटा नकारात्मक जानकारी देखेँ, त्यसैले थप कुरा बुझ्‍न डायनालाई तुरुन्तै सम्पर्क गरेँ। डायनाले मलाई प्रभुलाई स्वागत गर्नु निकै ठूलो कुरा हो भन्दै झूटो शिक्षाको बहकाउमा नआउनू भने। मैले सुरुमा आफ्‍ना चिन्ताहरू पन्छाएर नम्रतापूर्वक यो साँचो मार्ग हो कि होइन भनेर खोजी गर्नुपर्थ्यो। केही दिनपछि, डायनाले मलाई भेलामा सहभागी हुन बोलाइन्। मलाई अत्यन्तै दोधार भयो: जाने कि नजाने? भेनेसाले बाइबलबारे दिएको सङ्गति निकै ज्ञानवर्धक थियो र म अझै धेरै सुन्‍न चाहन्थेँ, तर मलाई उनले प्रचार गरिरहेको कुरा साँचो मार्ग होइन कि भन्‍ने चिन्ता पनि लागेको थियो। हिचकिचाहटको बेला, मैले प्रभुलाई डोऱ्याइ माग्दै प्रार्थना गरेँ। त्यसपछि, म भेलामा सहभागी भएँ।

भेलाको अवधिमा, भेनेसाले उत्साहित हुँदै मलाई भनिन्: “प्रभु येशू देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा आइसक्‍नुभएको छ। सर्वशक्तिमान् परमेश्‍वरले अनुग्रहको युग समाप्त गरेर राज्यको युग स्थापना गर्नुभएको छ, लाखौँ वचन व्यक्त गर्नुभएको छ र प्रभु येशूको छुटकाराको कामको जगमा, मानवजातिलाई पूर्णरूपमा शुद्ध पार्न र मुक्ति दिन परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुहुने सबै वचन सत्यता हुन्, र ती वचनले परमेश्‍वरको देहधारणको रहस्य, उहाँको तीन चरणका काम, र बाइबलको भित्री कथा प्रकट गर्छन्। उहाँका वचनहरूले मानवजातिको पापी अवस्थाको स्रोतबारे, शैतानले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ, परमेश्‍वरले मानवजातिलाई कसरी प्रगतिशील चरणमा मुक्ति दिनुहुन्छ, र परमेश्‍वरका आखिरी दिनहरूको न्यायको कामको अर्थ पनि बताउँछन्। परमेश्‍वरले हामीलाई विश्‍वासीहरूले मुक्ति पाउने तरिकाहरू देखाउनुभएको छ। उदाहरणका लागि, हामीले हाम्रो भ्रष्टता त्याग्न परमेश्‍वरका वचनहरूको न्यायलाई कसरी अनुभव गर्ने, कसरी सत्यता अभ्यास गर्ने र इमानदार मानिस बन्‍ने, उहाँको इच्‍छा पूरा गर्ने मानिस बन्‍न कसरी उहाँको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने इत्यादि सबै कुरा उहाँले बताउनुभएको छ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू र कामले प्रभु येशूको अगमवाणी पूरा गरेका छन्: ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। ‘मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। ‘किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१ पत्रुस ४:१७)।” ती सिस्टरले प्रभु येशू देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्किसक्‍नुभएको भनी भनेको सुन्दा, मैले यसमा विश्‍वास गर्ने आँट गरिनँ, त्यसकारण मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, र परमेश्‍वरले भन्‍नुभएको कुरा याद आयो: “आत्मामा गरिब हुनेहरू धन्यका हुन्: किनभने स्वर्गको राज्य तिनीहरूकै हो(मत्ती ५:३)। मैले सोचेँ: “परमेश्‍वरको पुनरागमन ठूलो विषय हो, मैले अन्धाधुन्ध निष्कर्ष निकाल्‍नु हुँदैन। मैले नम्र खोजीकर्ता भएर निरन्तर सुन्‍नुपर्छ।”

त्यसपछि, भेनेसाले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेर सुनाइन्। “आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको चिरस्थायी र अनन्‍त बाटो ल्याउनुहुन्छ। यही सत्य नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा ऊ स्वीकार हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुहुने जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियम र अक्षरहरूको नियन्त्रण र इतिहासको बन्धनमा हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी नभई हजारौँ वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लास, शैतानको खेलौना, र नरकको पुत्र भएर रहनेछन्। अनि, कसरी तिनीहरूले परमेश्‍वरलाई देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्‍ने मात्रै प्रयास गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सधैँ परमेश्‍वरको विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यस तरिकाले, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकका वचनहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छन्? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि, तिनले कसरी तँलाई स्वर्ग लैजान सक्छन्? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई समीक्षा गर्ने ध्येय दिँदैन र? के यसले तँलाई आफैभित्र रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा सुम्पन सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ जाँचेर हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)। पढेपछि मलाई यी वचनहरूमा केही कुरा फरक छन् भन्‍ने लाग्‍न थाल्यो र ममा तीप्रति निश्‍चित श्रद्धाभाव स्वतः जाग्यो: यी वचनहरू अत्यन्तै कठोर लाग्थे—हरेक वचन र वाक्यांश अख्‍तियार र शक्तिले भरिपूर्ण थियो। ती कुनै मरणशील मानवले बोल्ने वचनहरूजस्ता देखिँदैनथे। परमेश्‍वरले मात्र यसरी बोल्‍न सक्‍नुहुन्थ्यो। तर त्यसपछि मैले यो पनि सोचेँ, “त्यो सही होइन, परमेश्‍वर कृपालु र प्रेमिलो हुनुहुन्छ—उहाँका वचनहरू सान्त्वना र कोमलताले भरिएका छन्। तर यी वचन अत्यन्तै कठोर छन्, मानवजातिप्रति श्राप वा निन्दाजस्ता छन्। के यी साँच्‍चै परमेश्‍वरका वचन हुन्? यी वचनहरू कति अख्‍तियारपूर्ण छन् भन्‍ने कुरालाई हेर्दा, ती पक्‍कै पनि परमेश्‍वरका वचन हुन्, होइन र? तर सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भने, उहाँले पनि येशूले जस्तै बोल्‍नुपर्छ। उहाँ कृपालु र प्रेमिलो हुनुपर्छ, र उहाँका वचनहरू कोमल र विचारशील हुनुपर्छ। तर सर्वशक्तिमान्‌ परमेश्‍वरको वाणी त अत्यन्तै कडा छन्, के उहाँ साँच्‍चै नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ त?” म अत्यन्तै दोधारमा परेँ।

त्यसपछि, मैले भेनेसालाई मेरा शङ्काहरूबारे बताएँ र उनले धैर्यसाथ मसँग यसो भन्दै सङ्गति गरिन्: “हामीले सधैँ परमेश्‍वर कृपालु र प्रेमिलो हुनुहुन्छ, हामीसँग कोमल र विचारशील भई बोल्‍नुहुन्छ भनेर विश्‍वास गर्दै आएका छौँ, त्यसकारण उहाँका वचनहरू कडा छन् भने, ती परमेश्‍वरका वचन होइनन्। तर के यो विचार साँच्‍चै तथ्यहरू र सत्यतासँग मिल्छ त? वास्तवमा, हरेक युगमा परमेश्‍वरले विचारशील र प्रोत्साहनदायी वचनहरू मात्रै बोल्‍नुभएको छैन, मानिसहरूलाई हप्काउने, न्याय गर्ने, र श्राप दिने वचनहरू पनि बोल्‍नुभएको छ। यसलाई हामीले ध्यान नदिएका मात्र हौँ। यसलाई बाइबलमा कसरी लेखिएको छ हेरौँ: यहोवा परमेश्‍वरले भन्‍नुभयो, ‘तिनका पहरेदारहरू अन्धा छन्: तिनीहरू सबै अज्ञानी छन्, तिनीहरू सबै बोली नआउने कुकुरहरू हुन्, तिनीहरू भुक्‍न जान्दैनन्; सुतिरहन्छन्, पल्टिरहन्छन्, र मस्त निदाउन मन पराउँछन्। हो, तिनीहरू कहिल्यै नअघाउने लोभी कुकुरहरू हुन्, र तिनीहरू अबुझ गोठालाहरू हुन्: तिनीहरू आफ्‍नै बाटो पछ्याउँछन्, आफ्‍नै फाइदा खोज्छन्, आफ्‍नै भाग खोज्छन्(यशैया ५६:१०-११)। अनि प्रभु येशूले भन्‍नुभयो, ‘तिमीहरू सर्प हौ, तिमीहरू भाइपरका पुस्ता हौ, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कन सक्छौ?(मत्ती २३:३३)। ‘जुन कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेओ, तिमीहरूले सुँगुरको अघि मोतीहरू पनि नफाल, नत्र भने तिनीहरूले तिनलाई कुल्‍चीमिल्ची गर्छन्, र फर्केर तिमीहरूलाई च्यातचुत पार्छन्(मत्ती ७:६)। यस्ता पदहरू अरू धेरै छन्। यी पदहरूबाट हामी के देख्‍न सक्छौँ भने व्यवस्थाको युग र अनुग्रहको युगमा, परमेश्‍वरले मानिसहरूलाई हप्काउनुभयो, दण्ड र श्राप दिनुभयो। उहाँका वचनहरू कठोर र हृदय छेड्नेजस्तो लागे पनि, ती सबै साँचो हुन् र ती सबैले मानिसहरूको परमेश्‍वरविरोधी र परमेश्‍वरको विद्रोह गर्ने सारलाई खुलासा गरे। वास्तवमा, परमेश्‍वरका वचनहरू कोमल भए पनि वा कडा भए पनि, ती सबै परमेश्‍वरको स्वभावका अभिव्यक्ति हुन्। यदि हामी परमेश्‍वरको स्वभावलाई बुझ्दैनौँ र उहाँलाई कृपालु र दयालु भनी सीमित गर्छौँ भने, उहाँले कडा बोल्‍नुहुँदा हामीमा निश्‍चित विचारहरू पैदा हुनेछन्, र परमेश्‍वर कोमल तरिकामा मात्रै बोल्‍नुहुन्छ र यस्तो कडा शैलीमा बोल्‍नुहुन्‍न, त्यसकारण त्यस्ता वचनहरू परमेश्‍वरका वचन हुन सक्दैनन् भन्ने सोचाइ आउँछ। वचनहरू कोमल छन् कि कडा छन् भन्ने आधारमा हामीले निर्धारण गर्नु गलत हो र त्यो हाम्रा धारणा र विश्‍वासको परिणाम हो। उदाहरणको लागि, यदि बुबाआमाले हामीसँग कोमल शैलीमा बोल्दा मात्रै हामी उहाँहरूलाई बुबाआमा मान्छौँ, र हामीले गल्ती गरेकोमा उहाँहरूले हामीसँग कडा बोल्दा वा हामीलाई हप्काउँदा, उहाँहरूलाई आफ्‍ना आमाबुबा मान्दैनौँ भने, के त्यो मूर्खता हुनेछैन र?” सिस्टरको सङ्गति सुनिसकेपछि, यस विषयमा म निकै स्पष्ट भएँ। मैले सोचेँ: “ठिक भन्‍नुभयो, हाम्रा आमाबुबाले हामीसँग कोमल बोले पनि वा कडा बेला पनि, के उहाँहरू सधैँ हाम्रा आमाबुबा नै हुनुहुन्‍न र? यहोवा परमेश्‍वर र प्रभु येशू दुवैले पहिले कडाइका साथ बोल्‍नुभएको रहेछ, तर किन मैले पहिले यसलाई ध्यान दिइनँ? यी वचनहरू कोमल छन् कि कडा छन् भन्‍ने आधारमा ती परमेश्‍वरका वचन हुन् कि होइनन् भनेर निर्धारित गर्नु साँच्‍चै नै गलत हो भन्ने मलाई लाग्छ।” यो महसुस गरेपछि, मलाई प्रतिरोध गर्न मन लागेन। तर म जब-जब मानवजातिलाई खुलासा र न्याय गर्ने परमेश्‍वरको वचनका खण्डहरू पढ्थेँ, मलाई ती कठोर लाग्थे, आफूलाई दोषी ठहराइएझैँ महसुस हन्थ्यो। म यताउता भइरहन्थेँ: प्रभु येशू कृपालु र प्रेमिलो हुनुहुन्छ, तर किन सर्वशक्तिमान् परमेश्‍वर यति कठोर हुनुहुन्छ र मानिसहरूसँग सधैँ रिसाउनुहुन्छ? एकपटक भेलाको समयमा, मैले भेनेसालाई सोधेँ: “म सर्वशक्तिमान्‌ परमेश्‍वर र प्रभु येशूलाई एउटै परमेश्‍वरको रूपमा हेर्न फिटिक्कै सक्दिनँ—उहाँहरूका स्वभाव अत्यन्तै फरक छन्। जब म प्रभु येशूको कल्‍पना गर्छु, तब परमेश्‍वर कति कृपालु र प्रेमिलो हुनुहुन्छ भनेर सोच्छु, तर सर्वशक्तिमान् परमेश्‍वर अत्यन्तै कठोर देखिनुहुन्छ, र उहाँले धेरैजसो मानिसहरूलाई खुलासा गर्ने र चिरफार गर्ने कुरा भन्नुहुन्छ। किन सर्वशक्तिमान्‌ परमेश्‍वर र प्रभु येशू यति फरक हुनुहुन्छ?”

सिस्टरले सङ्गति दिँदै भनिन्: “मानिसहरू प्रायः यसमा अन्योल हुन्छन् र यो मुख्यतः तिनीहरूले परमेश्‍वरको स्वभाव नबुझेकोले हो। हामी परमेश्‍वरको पहिलेको कामलाई नियालौँ। हामीले परमेश्‍वरको धर्मी स्वभावबारे केही बुझेपछि, यो समस्या आफै समाधान हुन्छ। हामी सबैलाई थाहा छ, परमेश्‍वरले सदोम र निनवेका मानिसहरूको दुष्कर्म देख्‍नुहुँदा, उहाँको स्वभाव क्रोधित भयो र उहाँले यी दुई सहरलाई नष्ट गर्ने निर्णय गर्नुभयो। परमेश्‍वरले ती सहरलाई नष्ट गर्नुअघि सदोममा दुई स्वर्गदूत पठाउनुभयो र तिनीहरूलाई स्वागत गर्ने व्यक्ति लोत मात्रै थिए। अरू बासिन्दाले ती स्वर्गदूतहरूलाई स्वागत नगरेका मात्र होइन, तर मार्न चाहे। परमेश्‍वर तिनीहरूको दुष्कर्म देखेर क्रोधित हुनुभयो। स्वर्गदूतहरूले लोत र तिनका परिवारलाई बचाएपछि, परमेश्‍वरले स्वर्गबाट आगो वर्षाउनुभएर सहरका सबै मानिस, वस्तुभाउ, र बोटबिरुवा नष्ट गर्नुभयो। अब हामी निनवेलाई हेरौँ। परमेश्‍वरले यो सहरलाई पनि नष्ट गर्ने योजना गर्नुभयो, त्यसकारण उहाँले आफ्‍नो सन्देश सुनाउन योनालाई पठाउनुभयो: ‘अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ(योना ३:४)। यी कुरा सुनेपछि निनवेका राजाले आफ्‍नो सहरका मानिसहरूलाई भाङ्ग्रा लगाएर खरानीमा बसी उपवास बस्‍न र प्रार्थना गर्न लगाए, आफूले गरेका दुष्टता त्याग्न, र परमेश्‍वरसामु पश्‍चात्ताप गर्न आह्वान गरे। परमेश्‍वरले यो देख्‍नुभएपछि आफ्‍नो क्रोध शान्त पार्नुभयो, र तिनीहरूलाई कृपापूर्वक विनाशबाट जोगाउनुभयो। निनवे र सदोमप्रति परमेश्‍वरको फरक-फरक मनोवृत्तिबाट, उहाँको स्वभाव वास्तविक र स्पष्ट छ भनेर बुझ्न सक्छौँ। उहाँ प्रेमिलो र कृपालु मात्र हुनुहुन्‍न, तर प्रतापी र क्रोध गर्ने पनि हुनुहुन्छ। मानिसहरूले पाप गर्दा, परमेश्‍वर तिनीहरूलाई आफ्‍नो प्रेमिलो र कृपालु स्वभाव देखाउँदै पश्‍चात्ताप गर्ने मौका दिनुहुन्छ। मानिसहरूले जिद्दी भएर पश्‍चात्ताप नगर्दा, हठी हुँदै परमेश्‍वरको विरोध गर्दा र उहाँविरुद्ध चिच्याउँदासमेत, उहाँ आफ्‍नो धर्मी र प्रतापी स्वभाव देखाउँदै तिनीहरूमाथि क्रोध पोखाउनुहुन्छ। यसले हामीलाई के बुझ्न सहयोग गर्छ भने परमेश्‍वरको धर्मी स्वभाव प्रेमिलो र कृपालु मात्र छैन, तर प्रतापी र क्रोधपूर्ण पनि छ। यी दुवै पक्ष परमेश्‍वरको अन्तर्निहित स्वभावमा समावेश छन्।

अब अनुग्रहको युगलाई विचार गरौँ, जसमा प्रभु येशूले आफ्‍नो काम गर्नुभयो। मानिसहरू पाप गरेपछि पाप स्विकारेर पश्‍चात्ताप गर्न प्रभुसामु आउँदा, उहाँले तिनीहरूलाई पापबाट मुक्त गरेर प्रशस्‍त अनुग्रह गर्नुहुन्थ्यो, त्यसकारण धेरै मानिसहरू प्रभुको स्वभाव प्रेमिलो र कृपालु छ अनि क्रोध गर्ने र श्राप दिने किसिमको छैन भन्‍ने विश्‍वास गर्छन्। वास्तवमा, यी त मानिसहरूका धारणा र कल्‍पनाहरू मात्र हुन्। प्रभुलाई निन्दा गर्ने र प्रतिरोध गर्ने, अनि खुलेआम विरोध गर्ने फरिसीहरूप्रति भने प्रभु येशू अत्यन्तै क्रोधित हुनुभयो। उहाँले तिनीहरूलाई दोषी ठहराउनुभयो र श्राप दिनुभयो र तिनीहरूमाथि सात विपत्ति आऊन् भन्नुभयो। उहाँसँग तिनीहरूप्रति अलिकति पनि कृपा थिएन। यसबाट, हामी के देख्‍न सक्छौँ भने सृष्टिको समयदेखि अहिलेसम्‍म, परमेश्‍वरले मानवजातिलाई सधैँ आफ्नो धर्मी स्वभाव व्यक्त गर्नुभएको छ। परमेश्‍वर प्रेमिलो र कृपालु हुनुहुन्छ, तर उहाँ प्रतापी, क्रोध गर्ने, श्राप दिने, र दण्ड दिने परमेश्‍वर पनि हुनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्‍नुभएको छ, ‘परमेश्‍वरको कृपा र सहिष्णुता साँच्‍चै अस्तित्वमा छ, तर परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुभएको बेलामा परमेश्‍वरको पवित्रता र धार्मिकताले मानिसलाई परमेश्‍वरको कुनै उल्‍लङ्घन नसहने पक्षलाई पनि देखाउँछ। जब मानिस परमेश्‍वरका आज्ञाहरू पालन गर्न र परमेश्‍वरका मापदण्डहरूअनुसार काम गर्न पूर्ण रूपमा सक्षम हुन्छ, तब परमेश्‍वर मानिसप्रति प्रशस्त मात्रामा कृपालु हुनुहुन्छ; जब मानिस उहाँप्रतिको भ्रष्टता, घृणा र शत्रुताले भरिन्छ, परमेश्‍वर गम्भीर रूपले रिसाउनुहुन्छ। कुन हदसम्म उहाँ गम्भीर रूपले रिसाउनुहुन्छ? जबसम्म परमेश्‍वरले मानिसको प्रतिरोध र दुष्‍कर्महरू देख्‍नुहुनेछैन, जबसम्म तिनीहरू उहाँको नजरबाट हट्दैनन् तबसम्म उहाँको क्रोध रहनेछ। तब मात्र परमेश्‍वरको रिस हराउनेछ। … उहाँ दयालु र सुन्दर र असल कुराहरूप्रति सहनशील र कृपालु हुनुहुन्छ; खराब, पापी र दुष्ट कुराहरूप्रति उहाँ गम्भीर रूपमा क्रोधित हुनुहुन्छ, यहाँसम्म कि उहाँको क्रोध पनि कहिल्यै समाप्त हुँदैन। परमेश्‍वरका स्वभावका दुई वटा प्रमुख र अति महत्वपूर्ण पक्षहरू यिनै हुन्, र अझ भन्‍ने हो भने, यी पक्षहरू परमेश्‍वरद्वारा सुरुदेखि अन्त्यसम्मै प्रकट गरिएका छन्: प्रशस्त कृपा र गम्भीर क्रोध(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। परमेश्‍वरका वचनहरूबाट, हामी के देख्‍न सक्छौँ भने, ‘प्रशस्त कृपा र गम्भीर क्रोध’ परमेश्‍वरले मानवजातिलाई निरन्तर देखाउनुहुने उहाँको स्वभावका दुई पक्ष हुन्। उहाँको स्वभावका यी दुई पक्ष विरोधाभासपूर्ण छैनन्। ती सबै उहाँको अन्तर्निहित स्वभावका भाग हुन्। हामीले विगतमा परमेश्‍वरको अनुग्रह पाएको तथ्यको आधारमा उहाँलाई कृपा मात्र दिन सक्ने तर क्रोध गर्न नसक्‍ने परमेश्‍वरको रूपमा सीमित गर्नु हुँदैन। यस्तो बुझाइ असाध्यै एकतर्फी बुझाइ हो।” यो सुनेपछि, मैले के महसुस गरेँ भने परमेश्‍वर प्रेमिलो र कृपालु मात्र हुनुहुन्‍न, प्रतापी, क्रोधपूर्ण र श्राप दिने पनि हुनुहुन्छ। यी सबै परमेश्‍वरको अन्तर्निहित स्वभावका पक्षहरू हुन्। मैले परमेश्‍वरको स्वभावबारे अत्यन्तै थोरै बुझेकी कारण परमेश्‍वर कृपालु र प्रेमिलो मात्रै हुनुहुन्छ भन्‍ने एकतर्फी विश्‍वासलाई समर्थन गरेँ। यी साँच्‍चै नै मेरा धारणा र कल्‍पनाहरू मात्र थिए र वास्तविकतासँग मिल्दैनथे। मैले अझ धेरै बुझ्न अझै सङ्गति सुन्‍नुपर्छ भन्‍ने मलाई महसुस भयो।

ती सिस्टरले यसो भन्दै आफ्‍नो सङ्गतिलाई जारी राखिन्: “परमेश्‍वरले हरेक युगमा प्रकट गर्नुहुने स्वभाव उहाँको मुक्तिको कामका मापदण्डहरू र भ्रष्ट मानवजातिका आवश्यकताहरूमा आधारित हुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूका यी दुई खण्डले हामीलाई यो कुरा स्पष्ट पार्न सहयोग गर्न सक्छन्: ‘येशूले गर्नुभएको कार्य त्यस युगका मानिसहरूको आवश्यकताबमोजिम थियो। उहाँको कार्य मानवजातिलाई छुटकारा दिलाउनु थियो, तिनीहरूलाई तिनीहरूको पापको निम्ति क्षमा दिनु थियो, र त्यसैले उहाँको स्वभाव पूर्णतया नम्रता, धैर्यता, प्रेम, धार्मिकता, सहिष्णुता, कृपा, र प्रेमिलोदयालुपनले भरिएको थियो। उहाँले मानवजातिमा प्रशस्त अनुग्रह र आशिष्‌हरू र मानिसहरूले आनन्द लिन सक्‍ने सबै कुराहरू ल्याउनुभयो, उहाँले तिनीहरूलाई तिनीहरूको आनन्दको निम्ति शान्ति र खुसीका साथै उहाँको सहिष्णुता र प्रेम, उहाँको कृपा र प्रेमिलोदयालुपन दिनुभयो। त्यस समयमा, मानिसहरूले सामना गरी आनन्द लिन सक्‍ने कुराहरूको प्रचुरता—तिनीहरूको हृदयभित्रको शान्ति र सुरक्षाको आभास, तिनीहरूको आत्माहरूभित्र निश्‍चिन्‍तपनको भावना, र मुक्तिदाता येशूमा तिनीहरूको निर्भरता—यी सबै नै तिनीहरू बाँचेको त्यस युगअनुसारका थिए(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा)। ‘युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै मानिसहरू न्याय गर्न र साँचो हृदयले उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध बनाउनको लागि सबै अधर्मी कुरालाई प्रकट गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्यमा पुर्‍याउन सक्छ। आखिरी दिनहरू पहिले नै आइसकेका छन्। सृष्टिमा भएका सबै थोकहरूलाई तिनीहरूको प्रकारअनुसार अलग गरिन्छन्, र तिनीहरूका प्रकृतिको आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानवताको परिणाम र तिनीहरूको गन्तव्य प्रकट गर्नुहुने क्षण यही नै हो। यदि मानिसहरूले सजाय र न्याय भोग्दैनन् भने, तिनीहरूको अनाज्ञाकारिता र अधार्मिकता प्रकट गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायको माध्यमबाट मात्र सबै सृष्टिको परिणाम प्रकट गर्न सकिन्छ। जब मानिसलाई सजाय दिइन्छ र न्याय गरिन्छ, तब मात्र उसले आफ्नो वास्तविक रङ्ग देखाउँदछ। खराबलाई खराबको साथमा, असललाई असलको साथमा राखिनेछ, र सारा मानव जातिलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गरिनेछ। सजाय र न्यायद्वारा, सबै सृष्टिको परिणाम प्रकट गरिनेछ, यसरी दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन सकिन्छ, र सबै मानिसहरू परमेश्‍वरको प्रभुत्वमा हुन्छन्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसको भ्रष्टता चरम सीमामा पुगेकोले, र उसको अनाज्ञाकारिता अत्यन्तै गम्भीर बनेकोले परमेश्‍वरको धर्मी स्वभाव, अर्थात् विशेष गरी दण्ड र न्याय मिसिएको, र आखिरी दिनहरूमा प्रकट भएको स्वभावले मात्र मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्न र पूर्ण बनाउन सक्छ। यो स्वभावले मात्र खराबीलाई प्रकट गर्न र त्यसरी सबै अधर्मीहरूलाई कडा दण्ड दिनु सक्छ। त्यसकारण, यस प्रकारको स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ, अनि उहाँको स्वभावको प्रकाश तथा प्रदर्शन प्रत्येक नयाँ युगको कामका लागि प्रकट गरिन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकट गर्नुहुन्छ भन्ने होइन। आखिरी दिनहरूमा मानिसका परिणामहरू प्रकट गर्ने क्रममा, परमेश्‍वरले मानिसलाई असीम करुणा र प्रेम प्रदान गर्नुहुन्छ र ऊप्रति प्रेमिलो गरिरहनुहुन्छ, मानिसलाई धर्मी न्यायको अधीनमा ल्याउनुभएन, बरु उसलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुन्छ, र मानिसको पाप जति नै गम्भीर नै भए पनि त्यसको निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुन्छ भन्‍ने मान्यता राख्दा: परमेश्‍वरको सबै व्यवस्थापन कहिले समाप्त हुनेछ? यस्तो प्रकारको स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेछ? उदाहरणको लागि, एक जना न्यायाधीश, जो सधैँ प्रेमिलो छ, दयालु अनुहार र कोमल हृदयका न्यायाधीश छ, उसलाई लिऊँ। मानिसहरूले जस्तो-सुकै अपराध गरेको भए पनि उसले तिनीहरूलाई प्रेम गर्छ, र तिनीहरू जो-सुकै भए पनि तिनीहरूलाई प्रेम गर्छ। त्यो अवस्थामा, के ऊ निर्णयमा पुग्नसक्छ? आखिरी दिनहरूमा, केवल धर्मी इन्साफले मात्र मानिसलाई उनीहरूको प्रकारअनुसार छुट्ट्याउन सक्छ र मानिसलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यस तरिकाले, न्याय र सजायको परमेश्‍वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ’(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))

सिस्टरले सङ्गति दिँदै भनिन्: “व्यवस्थाको युगमा, यहोवा परमेश्‍वरले आफूलाई श्राप, अग्‍नि, र क्रोधले भरिएको स्वभावद्वारा व्यक्त गर्नुभयो। त्यो अवधिमा, मानिसहरूमा बुझाइको धेरै कमी थियो। पाप के हो, कसरी जिउनुपर्छ, वा कसरी परमेश्‍वरको आराधना गर्नुपर्छ भन्‍ने तिनीहरूलाई थाहा थिएन, त्यसकारण त्यतिबेला तिनीहरूका आवश्यकताको आधारमा, परमेश्‍वरले तिनीहरूलाई जीवनमा डोऱ्याउन व्यवस्था र आज्ञाहरू दिनुभयो। परमेश्‍वरका व्यवस्थाहरू पालन गर्नेहरूले उहाँको कृपा पाउँथे, तर व्यवस्था उल्‍लङ्घन गर्नेहरूलाई परमेश्‍वरको स्वर्गीय आगोले जलाउँथ्यो वा तिनीहरू ढुङ्गाले हानेर मारिन्थे। तैपनि, व्यवस्थाको युगको अन्त्यमा, मानिसहरू झन्-झन् भ्रष्ट हुँदै गएपछि, र नचाहेर पनि पाप गरेर व्यवस्था तोडेपछि, तिनीहरूको कामलाई त्यो बेलाको व्यवस्थाअनुसार न्याय गरिएको भए, तिनीहरू सबै मर्नेथिए। त्यसकारण, अनुग्रहको युगको अवधिमा, मानवजातिलाई तिनीहरूका आवश्यकताअनुसार छुटकारा दिन परमेश्‍वर स्‍वयम्‌ देह बन्‍नुभयो, र आफ्‍नो कृपालु र प्रेमिलो स्वभाव देखाउनुभयो, अनि मानिसहरूलाई प्रशस्‍त अनुग्रह दिनुभयो। उहाँले तिनीहरूलाई प्रशस्‍त कृपा र प्रेम देखाउँदै व्यवहार गर्नुभयो, तिनीहरूका पाप सहनुभयो र क्षमा दिनुभयो, र अन्तिममा सबै मानिसहरूलाई पापबाट छुटकारा दिन उहाँ क्रूसमा टाँगिनुभयो। उहाँले तिनीहरूको दण्ड माफ गरेर जिउन दिनुभयो। अनुग्रहको युगमा, यदि परमेश्‍वरले श्राप, आगो, र क्रोधको रूपमा आफ्‍नो स्वभाव व्यक्त गरिरहनुभएको भए, मानिसहरूको पाप कहिल्यै क्षमा हुनेथिएन, व्यवस्थाअन्तर्गत मानिसहरूले कहिल्यै छुटकारा पाउनेथिएनन्, र मानवजाति बरबाद हुनेथियो र आजको अवस्थामा पुग्‍नेथिएन। त्यसकारण अनुग्रहको युगमा परमेश्‍वरले आफ्‍नो कृपालु र प्रेमिलो स्वभाव व्यक्त गर्नुभयो। मानिसहरू उहाँसामु आएर उहाँको छुटकारा स्विकारे भने, उहाँले तिनीहरूको पाप क्षमा गर्नुहुनेथ्यो। आखिरी दिनहरूमा, मानिसहरू झन्-झन् भ्रष्ट हुँदै गएका छन्। प्रभु येशूको छुटकारा पाएर र पाप क्षमा भएर पनि, अहङ्कार, छल, दुष्टता, हठीपन, र नीचताजस्ता हाम्रो पापपूर्ण प्रकृति अझै पनि हामीभित्र जरा गाडेर बसेका छन्। हाम्रो शैतानी स्वभावलाई अझै पूर्णरूपमा निर्मूल गरिएको छैन, त्यसकारण हामी अझै पनि झूट बोल्छौँ, पाप गर्छौँ, परमेश्‍वरविरुद्ध विद्रोह गर्छौँ, र उहाँको प्रतिरोध गर्छौँ। हामी अझै पनि परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य छैनौँ। मानवजातिलाई मुक्ति दिन र पापबाट पूर्णरूपमा मुक्त गर्न परमेश्‍वर फेरि देहधारी हुनुभएको छ, उहाँले हाम्रो शैतानी स्वभावलाई पूर्णरूपमा उखालेर फाल्‍न, हामीलाई पापबाट शुद्ध पार्न, अनि हामीलाई परमेश्‍वरप्रति साँचोरूपमा समर्पित हुन र उहाँलाई आदर गर्न लगाउन, अनि अन्त्यमा हामीलाई आफ्‍नो राज्यमा लैजान प्रभु येशूको छुटकाराको कामको जगमा न्याय र शुद्धीकरणको काम गरिरहनुभएको छ। उहाँ आफ्नो कामका आवश्यकताहरूको कारण, आफ्‍नो कृपालु र प्रेमिलो स्वभाव प्रकट गर्नुहुन्‍न, बरु मानिसको भ्रष्ट स्वभावलाई न्याय र खुलासा गर्न आफ्‍नो धर्मी, प्रतापी, र क्रोधपूर्ण स्वभाव प्रकट गर्नुहुन्छ। यसो गरेर मात्रै, उहाँले मानवजातिलाई परिवर्तन गर्न र शुद्ध पार्न सक्‍नुहुन्छ। परमेश्‍वरले हरेक युगमा प्रकट गर्नुहुने स्वभाव फरक-फरक भए पनि, उहाँको सार कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरले भ्रष्ट मानवजातिका आवश्यकताहरूअनुसार काम गर्नुहुन्छ र आफ्‍नो स्वभाव प्रकट गर्नुहुन्छ, यसरी मानिसहरूले परमेश्‍वरलाई अझै राम्ररी बुझ्‍ने र चिन्‍ने मौका पाउँछन्, ताकि तिनीहरूले उहाँ र उहाँको स्वभावलाई सीमित नगरून्। सर्वशक्तिमान्‌ परमेश्‍वर र प्रभु येशूले फरक-फरक स्वभाव प्रकट गर्नुहुने हुनाले हामीले उहाँहरू एकै हुनुहुन्‍न भनेर सोच्‍नु हुँदैन।”

सिस्टरको सङ्गति सुनेपछि मात्रै मैले के बुझेँ भने परमेश्‍वरले आफ्‍नो मुक्तिको कामका मापदण्डहरू र भ्रष्ट मानवजातिका आवश्यकताहरूको आधारमा नै हरेक युगमा कस्तो स्वभाव प्रकट गर्ने भनेर निर्णय गर्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काममा मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन आफ्‍नो धर्मी र प्रतापी स्वभाव प्रकट गर्नुहुन्छ—उहाँले व्यक्त गर्नुहुने स्वभाव प्रभु येशूको भन्दा फरक भए पनि, भ्रष्ट मानवजातिका आवश्यकताहरूलाई पूरा गर्न त्यो प्रकट हुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर र प्रभु येशू एकै व्यक्ति र एकै परमेश्‍वर हुनुहुन्छ। सिस्टरको सङ्गति अत्यन्तै स्पष्ट थियो र यसले मेरा सबै अन्योल हटाइदियो।

अर्को भेलामा, भेनेसाले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेर सुनाइन्: “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको धर्मी स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्‍वरको स्वभाव मुख्य रूपले धार्मिकता, क्रोध, महानता, न्याय र सरापले बनेको हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध बनाउनुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्‍वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध बनाउन सक्‍नुहुन्छ भनी प्रश्न गर्छ। तिनीहरू भन्छन्, ‘यदि परमेश्‍वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्‍वरले मानिसलाई इन्साफ गर्नुभयो भने, के मानिस दोषी हुने थिएन? त्यसो भए ऊ कसरी अझै सिद्ध हुन सक्छ?’ यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्‍वरका कामहरूलाई जान्दैनन्। परमेश्‍वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको अनाज्ञाकारिता हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ रूखो र कठोरता साथ बोल्नुहुने भए तापनि, उहाँले मानिसभित्र भएका सबै कुरा प्रकट गर्नुहुन्छ, उहाँले यी कठोर शब्दहरूद्वारा ती कुरा प्रकट गर्नुहुन्छ जुन मूल रूपमा मानिसभित्र हुन्छ, तापनि त्यस्तो न्यायद्वारा उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्‍वरको सामु समर्पित हुन्छ। मानिसको शरीर पापको र शैतानको हो, यो अनाज्ञाकारिता हो, र यो परमेश्‍वरको सजायको पात्र हो। यसैले, मानिसलाई ऊ आफैलाई चिन्‍न लगाउनको लागि परमेश्‍वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र त्यहाँ हरप्रकारको शोधन प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्‍वरको काम प्रभावकारी हुन सक्दछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। भेनेसाले आफ्‍नो सङ्गतिमा यही भनिन्। उनले भनिन्: “आखिरी दिनहरूमा, परमेश्‍वरको न्यायको काम मानवजातिलाई मुक्ति दिने उहाँको कामको अन्तिम चरण हो र यो उहाँको ६००० वर्षीय व्यवस्थापन योजनाको अन्त्य हो। उहाँले आफ्‍नो धर्मी र प्रतापी स्वभाव व्यक्त गर्ने क्रममा, सम्पूर्ण युगलाई समाप्त गरिरहनुभएको छ, र हरेकलाई उसको प्रकारअनुसार, अर्थात् असललाई असलसँग र खराबलाई खराबसँग वर्गीकरण गरिरहनुभएको छ। यदि परमेश्‍वरले आफ्‍नो कृपालु र दयालु स्वभाव मात्रै प्रकट गर्नुभएको, हामीले जति नै पाप गरे पनि, उहाँ सधैँ हामीप्रति सहनशील, धीर, र क्षमाशील भइरहनुभएको भए, हामी आफ्नो पापमय अवस्थाबाट कहिल्यै मुक्त हुनेथिएनौँ, र सधैँका लागि शैतानको प्रभुत्व र विनाशमा पर्नेथियौँ। साथै, परमेश्‍वरको मुक्तिको काम कहिल्यै पूरा हुनेथिएन अनि असल र खराब कहिल्यै छुट्टिनेथिएन। त्यसकारण, आखिरी दिनहरूमा, परमेश्‍वरले आफ्‍नो धर्मी, प्रतापी, र क्रोधपूर्ण स्वभाव प्रकट गर्नुहुन्छ, र आफ्‍नो कठोर बोलीद्वारा मानिसहरूको शैतानी प्रकृतिहरू खुलासा गर्नुहुन्छ। सत्यतालाई प्रेम गर्ने मानिसहरूले आफूलाई चिन्छन् र परमेश्‍वरका वचनहरूको न्याय स्विकार्छन्, कुनै अपराध नसहने परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्छन्, यसरी परमेश्‍वरप्रति श्रद्धाभाव विकास गर्छन् र दुष्टताबाट अलग बस्छन्, अनि अन्तिममा स्वभावमा परिवर्तन ल्याउँछन्। सत्यताप्रति दिक्‍क मान्‍ने अनि परमेश्‍वरको न्याय र सजाय इन्कार गर्ने मानिसहरूलाई भने परमेश्‍वरले खुलासा गर्नुहुन्छ र हटाउनुहुन्छ। यसरी, हरेकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिनेछ।”

मैले के महसुस गरेँ भने, यदि सर्वशक्तिमान्‌ परमेश्‍वरले पनि प्रभु येशूले आफ्‍नो छुटकाराको काम गर्नुभएको जस्तै आखिरी दिनहरूको न्यायको काम गर्नुभएको भए, मानिसहरूलाई कृपा र दया मात्रै देखाएर कठोर नबनी तिनीहरूको न्याय नगर्नुभएको भए, उहाँले हरेकलाई उसको प्रकारअनुसार वर्गीकरण गर्न सक्‍नुहुन्‍नथियो, हाम्रो पापी र परमेश्‍वरविरोधी प्रकृति कहिल्यै हट्नेथिएन, र हामीले कहिल्यै मुक्ति पाउनेथिएनौँ वा परमेश्‍वरको राज्यमा प्रवेश गर्नेथिएनौँ। त्यसकारण परमेश्‍वरले आखिरी दिनहरूमा धार्मिकता, प्रताप, न्याय, र सजाययुक्त स्वभाव प्रकट गर्नुको गहिरो अर्थ छ!

पछि, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूका दुई खण्ड पढ्यौँ, जसबाट मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको काम र उहाँले आखिरी दिनहरूमा प्रकट गर्नुहुने स्वभावबारे अझै राम्ररी बुझेँ। “आज परमेश्‍वरले तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैंले यो थाहा पाउनु पर्छ, कि तँलाई दोष लाउनुको लक्ष्य तैंले आफैलाई चिन् भन्ने हो। उहाँले तँलाई दोष लाउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, यसैले कि तैंले आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, ताकि तैँले आफ्‍नो मूल्यलाई जान्‍न सक् र परमेश्‍वरका सबै कामहरू धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरू अनुसार छन्, र उहाँले मानिसको मुक्तिको योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने, बचाउनुहुने, न्याय गर्नुहुने र दण्ड दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। … परमेश्‍वर मार्न वा नाश गर्न आउनुभएको होइन, तर न्याय गर्न, सराप्न, सजाय दिन र बचाउन आउनुभएको हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैंले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ)। “मेरा वचनहरू कठोर हुन सक्छन्, तापनि ती सबै मानिसका मुक्तिका लागि भनिएका छन्, किनकि म केवल वचनहरू मात्र बोल्दैछु र मानिसको देहलाई दण्ड दिइरहेको छैन। यी वचनहरूले मानिसलाई ज्योतिमा बस्न, ज्योति छ भनी जान्न, त्यो ज्योति अनमोल छ भनेर बुझ्न र अझ त्योभन्दा बढी, यी वचनहरू तिनीहरूका लागि कति धेरै लाभदायक छन् भनेर जान्न, साथै परमेश्‍वर मुक्ति हुनुहुन्छ भनी बुझ्न पनि सहायता गर्दछन्। मैले सजाय र न्यायका धेरै वचनहरू बोलेको भए पनि, तिनले जुन कुराको प्रतिनिधित्व गर्दछन् त्यो तिमीहरूमा व्यवहारिक रूपमा गरिएको छैन। म मेरो काम गर्न र मेरा वचनहरू बोल्न आएको हुँ, र मेरा वचनहरू कठोर भए पनि ती तिमीहरूको भ्रष्टता र तिमीहरूको विद्रोहको न्याय गर्न बोलिएका हुन्। मेरो यो कामको उद्देश्य मानिसलाई शैतानको अधिकार क्षेत्रबाट बचाउनु नै हो; मानिसलाई बचाउन मैले मेरा वचनहरू प्रयोग गर्दैछु। मेरो उद्देश्य भनेको मेरा वचनहरूद्वारा मानिसको हानि गर्नु होइन। मेरो कामको नतिजा प्राप्त गर्नका लागि नै मेरा वचनहरू कठोर छन्। त्यस्तो कामद्वारा मात्र मानिसले आफैलाई चिन्न र आफ्‍नो विद्रोही स्वभावबाट अलग हुन सक्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैंले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ)। भेनेसाले यसो भन्दै सङ्गति गरिन्: “परमेश्‍वरका वचनहरूबाट हामी के देख्‍न सक्छौँ भने, आखिरी दिनहरूमा परमेश्‍वरले मानिसहरूलाई न्याय गर्न र शुद्ध पार्न आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ। उहाँका वचनहरू जति नै कठोर र घोच्ने किसिमका हुन सक्ने भए पनि, ती सबैको उद्देश्य हामीलाई हाम्रो भ्रष्टताको सत्यता चिन्न, शैतानको खराब प्रभावबाट मुक्त हुन र परमेश्‍वरको मुक्ति प्राप्त गर्न हामीलाई सहयोग गर्नु हो। हामी सबैलाई थाहा छ, परमेश्‍वरको स्वभाव धर्मी र पवित्र छ, जब कि शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएका हामी मानिसहरू सांसारिक प्रचलनहरूको पछि लाग्छौँ, र वास्तविक व्यक्तिको अलिकति स्वरूपसमेत नदेखाई पैसा र व्यक्तिगत फाइदाको पछि लागेर एकअर्कासँग लडाइ गर्छौँ र षड्यन्त्र गर्छौँ। प्रभुमा विश्‍वास गर्नेहरूले समेत परमेश्‍वरका मापदण्डहरू अभ्यास गर्न सक्दैनन् र प्रायजसो परमेश्‍वरबाट अनुग्रह र आशिषहरू माग गर्छन्। तिनीहरूको कुनै पनि योगदान स्वर्गमा प्रवेश गर्न र अनन्त जीवन पाउनका लागि मात्रै हुन्छ, प्रभुलाई प्रेम गर्न र सन्तुष्ट पार्नलाई होइन। यो सब तिनीहरूका घृणित उद्देश्यहरू पूरा गर्न प्रभुलाई प्रयोग गर्नको लागि गरिएको हुन्छ। कतिपय धर्मका अगुवाहरू यसो हेर्दा परमेश्‍वरका नम्र, धैर्यशील, र उत्साहित सेवकहरूजस्ता देखिन्छन्, तर तिनीहरू प्रवचन दिँदा, अरूबाट प्रशंसा र आदर पाउन प्रायः आफूलाई उचाल्‍ने र आफ्‍नै गवाही दिने गर्छन्। प्रभु येशू देहधारी भएर आफ्‍नो काम गर्न देखा पर्नुहुँदा, कसैले पनि उहाँलाई स्वागत गरेन, र उहाँलाई निन्दा र विरोध गर्न सम्पूर्ण धार्मिक संसार नास्तिक सरकारसँग मिल्यो र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई बदनाम गर्न र मानिसहरूलाई साँचो मार्ग अनुसन्धान गर्नबाट रोक्‍न निरर्थक झूटहरू फैलायो। भन्‍नुको अर्थ, सारा मानवजातिले परमेश्‍वरलाई निन्दा र विरोध गरिरहेका छन्, र उहाँको आगमनलाई इन्कार गरिरहेका छन्। बाइबलले त्यसै भन्छ, ‘सारा संसार दुष्टतामा छ(१ यूहन्‍ना ५:१९)। भ्रष्ट मानवजातिले हरेक किसिमले परमेश्‍वरको विरोध गर्छ। तिनीहरू सबै शैतान वर्गका र विषालु सर्प हुन्। परमेश्‍वरले मानव भ्रष्टताको वास्तविकता खुलासा गर्न आफ्‍ना कठोर वचनहरू व्यक्त गर्नुहुँदा, सत्यतालाई प्रेम गर्नेहरूले मात्रै परमेश्‍वरविरोधी र उहाँलाई धोका दिने आफ्‍नो शैतानी प्रकृतिलाई साँचो रूपमा चिन्न सक्छन्, र आफूले विश्‍वासमा परमेश्‍वरलाई चिन्‍ने प्रयास गर्दैनन्, र आफूसँग आशिषहरू पाउने र परमेश्‍वरसँग लेनदेन गर्ने नीच अभिप्रायहरू छन् भन्‍ने महसुस गर्छन्। तिनीहरूले आफूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको कुरूप सत्यता स्पष्टसित देख्छन्, परमेश्‍वरसामु साँचो रूपमा पश्‍चात्ताप गर्छन्, परमेश्‍वरका अनुरोधहरूअनुसार काम गर्ने कसम खान्छन्, र अन्तिममा केही मानव रूप प्राप्त गर्छन्। यसबाट हामी के देख्‍न सक्छौँ भने, परमेश्‍वरका वचनहरू जति नै कठोर र घोच्ने किसिमका भए पनि, ती सबैले हाम्रो भ्रष्टताको वास्तविकता खुलासा गर्छन्, र ती सबैले हामीलाई आफ्नो जड आत्मालाई जगाउन, आफ्नो भ्रष्ट सारलाई चिन्न, पापको बन्धनबाट पूर्णरूपमा मुक्त हुन, र शुद्ध हुन सहयोग गर्छन्। परमेश्‍वरको खुलासा र न्यायका कठोर वचनहरू आफूलाई चिन्‍ने र मुक्ति पाउने हाम्रो प्रक्रियाका लागि अत्यन्तै फाइदाजनक छन्!”

भेनेसाको सङ्गति सुनेपछि मैले बल्‍ल के महसुस गरेँ भने परमेश्‍वरले हाम्रो साँचो रूपलाई खुलासा गर्न आखिरी दिनहरूमा अति धेरै कठोर वचनहरू व्यक्त गर्नुभएको रहेछ। यो त उहाँको मुक्ति हो, दण्डाज्ञा होइन। मैले कसरी आशिषहरू र अनुग्रह पाउन मात्र परमेश्‍वरलाई विश्‍वास गरेकी थिएँ र उहाँलाई कृपालु र दयालु भनेर सीमितसमेत गरेकी थिएँ, अनि उहाँले कठोरतासाथ बोल्नुहुँदा मैले उहाँलाई कसरी चिन्न सकिनँ भनेर सोचेँ। यो अत्यन्तै अविवेकी कार्य थियो! त्यहाँदेखि, मैले परमेश्‍वरको कठोर र न्यायपूर्ण वचनहरू स्विकार्न सकेँ र म सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्न अझै इच्‍छुकसमेत भएँ। म सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा निश्‍चित भएँ।

सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम साँचो हो भनेर निश्‍चित गरेपछि, मैले भेलाहरूमा सक्रियरूपमा सहभागिता जनाएँ र हरेक दिन सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेँ। एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड देखेँ। “यदि मानिसहरू अनुग्रहको युगमा अल्झिरहन्छन् भने, तिनीहरू आफ्नो भ्रष्ट स्वभावबाट कहिल्यै पनि मुक्त हुनेछैनन्, परमेश्‍वरको अन्तर्निहित स्वभाव जान्ने कुरा त परै जाओस्। यदि मानिसहरू जहिले पनि अनुग्रहको प्रशस्तताको बीचमा जिउँछन्, तर तिनीहरूसँग परमेश्‍वरलाई चिन्‍ने वा उहाँलाई सन्तुष्ट पार्ने जीवनको बाटो छैन भने, तिनीहरूले उहाँमाथिको आफ्नो विश्‍वासमा उहाँलाई साँच्चिकै प्राप्त गर्न सक्नेछैनन्। यस किसिमको विश्‍वास वास्तवमै दयनीय हुन्छ। जब तैँले यो पुस्तक पढिसक्छस्, जब तैँले राज्यको युगको देहधारी परमेश्‍वरको कामको प्रत्येक चरणको अनुभव गरेको हुनेछस्, तब धेरै वर्षदेखिका तेरा इच्छाहरू अन्त्यमा साकार भएको महसुस गर्नेछस्। तैँले अहिले मात्र साँच्चै परमेश्‍वरलाई आमनेसामने देखेको, अहिले मात्र उहाँको मुहार एक टक लाएर हेरेको, उहाँको व्यक्तिगत वाणी सुनेको, उहाँको कामको बुद्धिलाई कदर गरेको र उहाँ कति वास्तविक र सर्वशक्तिमान् हुनुहुन्छ भनी जानेको महसुस गर्नेछस्। तैँले विगतका मानिसहरूले नदेखेका र उनीहरूसित नभएका धेरै थोकहरू प्राप्त गरेको महसुस गर्नेछस्। यस बेला, तैँले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो र परमेश्‍वरको इच्छा अनुरूप हुनु भनेको के हो त्यो स्पष्ट रूपमा जान्नेछस्। निश्चय नै, यदि तँ विगतका दृष्टिकोणहरूमा अल्झिबसिस्, र परमेश्‍वरको दोस्रो देहधारणको तथ्यलाई इन्कार वा अस्वीकार गरिस् भने, तँ खाली हात रहनेछस्, तैँले केही पनि प्राप्त गर्नेछैनस्, र अन्त्यमा तँ परमेश्‍वरको विरोध गरेकोमा दोषी ठहरिनेछस्। सत्यतालाई पालन गर्न र परमेश्‍वरको कामको अधीनमा बस्न सक्‍नेहरूलाई दोस्रो देहधारी परमेश्‍वर—सर्वशक्तिमानको नाउँमा दाबी गरिनेछ। तिनीहरूले परमेश्‍वरको व्यक्तिगत मार्गदर्शन स्वीकार गर्न, अझ धेरै र उच्च सत्यताहरू, साथै वास्तविक जीवन पनि प्राप्त गर्न सक्नेछन्। तिनीहरूले विगतका कुनै मानिसहरूले नदेखेको दर्शन देख्नेछन्: ‘अनि मसँग बोल्‍ने आवाजलाई हेर्न म फर्केँ। र फर्केपछि, मैले सुनका सात वटा सामदान; र सात वटा सामदानको बीचमा मानिसको पुत्रजस्तै, पाउसम्मै कपडा लगाउनुभएको र छातीमा सुनको फिता कस्‍नुभएको एक जनालाई देखेँ। उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो’ (प्रकाश १:१२-१६)। यो दर्शन परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो, र उहाँको सम्पूर्ण स्वभावको अभिव्यक्ति उहाँको वर्तमान देहधारणमा प्रकट हुने परमेश्‍वरको कार्यको अभिव्यक्ति पनि हो। सजाय र न्यायको प्रवाहमा, मानिसको पुत्रले वाणीहरूका माध्यमद्वारा आफ्नो अन्तर्निहित स्वभाव प्रकट गर्नुहुन्छ, उहाँको सजाय र न्यायलाई स्वीकार गर्ने सबैलाई मानिसको पुत्रको वास्तविक अनुहार देखाउनुहुन्छ, जुन यूहन्नाले देखेको मानिसको पुत्रको अनुहारको एक विश्‍वसनीय अनुहारको चित्रण हो। (निस्सन्देह, यी सबै कुरा तिनीहरूका निम्ति अदृश्य हुनेछन् जसले राज्यको युगमा हुने परमेश्‍वरको कामलाई स्वीकार गर्दैनन्।) परमेश्‍वरको वास्तविक अनुहार मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा वर्णन गर्न सकिँदैन, त्यसैले परमेश्‍वरले मानिसलाई उहाँको वास्तविक अनुहार देखाउन त्यस्ता माध्यमहरू प्रयोग गर्नुहुन्छ जसद्वारा उहाँले अन्तर्निहित स्वभाव व्यक्त गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। परमेश्‍वरको वचनबाट मैले के थाहा पाएँ भने, प्रकाशको पुस्तकमा यूहन्‍नाले देखेको दर्शनले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको न्यायका वचनहरू आगोका ज्वाला वा धारिलो तरवारजस्तै र परमेश्‍वरको धर्मी स्वभावले भरिपूर्ण छन् भन्‍ने कुराको पूर्वसङ्केत दिएको थियो। सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकार्नेहरूले मात्रै परमेश्‍वरको धर्मी स्वभावलाई साँचो रूपमा बुझ्न सक्छन्, र आफ्‍ना वचनहरू प्रयोग गरी मानवजातिलाई न्याय गर्ने र मुक्ति दिने उहाँको सच्‍चा अभिप्रायलाई कदर गर्न सक्छन्। यो बुझेपछि म अत्यन्तै भावुक नभई बस्‍न सकिनँ: “हे सर्वशक्तिमान् परमेश्‍वर! तपाईंका वचनहरूको खुलासा र न्यायद्वारा, मैले तपाईं प्रेमिलो र कृपालु मात्र हुनुहुन्‍न, तर प्रतापी र क्रोधपूर्ण पनि हुनुहुन्छ भन्‍ने थाहा पाएँ। यी सबै तपाईंको अन्तर्निहित स्वभावका पक्षहरू हुन्। सर्वशक्तिमान्‌ परमेश्‍वर! तपाईंका वचनहरू साँच्‍चै मूल्यवान् छन्। मैले आफूलाई चिन्‍न तपाईंका न्याय र सजायका वचनहरू स्विकार्नु नितान्त आवश्यक छ। अबदेखि, म लगनशील भई तपाईंका वचनहरू पिउँछु र खान्छु, तपाईंका वचनहरूको न्याय र सजाय स्वीकार गर्छु र सत्यता खोजी गर्ने मार्गमा हिँड्छु!”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले परमेश्‍वरको आवाज सुनेको छु

मैले दुई वर्ष अघि सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई ग्रहण गरेको हो। साँचो कुरा भन्दा, मैले धार्मिक समुदायमा विश्‍वासीको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्