के परमेश्‍वरले बाइबलभन्दा बाहिर वचनहरू बोल्‍नुभएको छ?

1 अप्रिल 2025

जनवरी २०२८ मा एक दिन मैले सिस्टर जिए र सिस्टर चेनलाई अनलाइनमा भेटेँ, र तिनीहरूसँग बाइबलको बारेमा पृथक अन्तर्ज्ञान रहेछ। तिनीहरूको सङ्गति पनि व्यवहारिक र ज्योतिले भरिपूर्ण थिए। तिनीहरूले मलाई मण्डलीहरू उजाड अवस्थामा पुग्‍नुका कारणहरू, कसरी बुद्धिमती कन्या बनेर प्रभुको पुनरागमनलाई स्वागत गर्ने, किन फरिसीहरूले प्रभु येशूलाई विरोध गरे, प्रकाशको पुस्तकमा अगमवाणी गरे अनुसार परमेश्‍वरले आखिरी दिनहरूमा गर्नुहुने काम, र अरू धेरै कुरा बताए। तिनीहरूले मसँग धेरै दिनसम्‍म सङ्गति गरे र मैले मेरो पाष्टरबाट दशकौँसम्‍म सुनेर सिकेको भन्दा धेरै कुरा सिकेँ। मलाई यो कुरा निकै ताजा र नयाँ लाग्यो, र तिनीहरूले बाइबलबाट यति प्रकाश कसरी प्राप्त गर्न सके भनेर म छक्‍क परेँ। म अझै बढी सत्यता र रहस्यहरूको बारेमा सिक्‍न र प्रभुलाई अझै राम्ररी चिन्‍न तिनीहरूका भेलाहरूमा सहभागी हुन थालेँ।

यीमध्ये एउटा भेलामा, सिस्टर जिएले मलाई खुशी हुँदै भनिन्, “मसँग एकदम राम्रो खबर छ!” “प्रभु फर्केर आइसक्‍नुभएको छ र उहाँले सत्यता व्यक्त गरिरहनुभएको छ र आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ।” यो सुन्दा म अत्यन्तै हर्षित भएँ, र मलाई विश्‍वास गर्न अलिक गाह्रो पनि भयो, त्यसकारण मैले सोधेँ, “के यो साँच्‍चै हो?” सिस्टर चेनले भनिन्, “हो, साँच्‍चै हो। प्रभु सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर आउनुभएको छ। उहाँले वचनहरू बोलिरहनुभएको छ र न्यायको काम गरिरहनुभएको छ।” मलाई अचानक फेसबुकमा देखेको एउटा पोष्ट याद आयो, जसमा पूर्वीय ज्योतिले प्रभु बोल्‍न र न्यायको काम गर्न आउनुभएको छ भनेर गवाही दिइरहेको छ, र तिनीहरूले प्रचार गरेको कुरा बाइबलभन्दा बाहिर जान्छ भनेर भनिएको तियो। म अचानक सतर्क भएँ, र सिस्टर चेनलाई तुरुन्तै सोधेँ, “के तपाईंहरू पूर्वीय ज्योतिमा विश्‍वास गर्नुहुन्छ?” उनले खुलस्त भनिन्, “हो।” म अलिक अकमकिएँ र पाष्टर र एल्डरहरूले सधैँ परमेश्‍वरका वचनहरू र काम सबै बाइबलमा छन्, प्रभुमाथिको हाम्रो विश्‍वास बाइबलमा नै आधारित हुनुपर्छ, र बाइबलबाट बाहिर जानु भनेको विधर्म हो भनेर भनेको कुरा याद आयो। यी सिस्टरहरूले प्रचार गरेको कुरा बाइबलभन्दा बाहिर गएको थियो। के तिनीहरू प्रभुको मार्गबाट बाहिर गएका थिएनन् र? त्यसकारण मैले भनेँ, “तपाईंहरूले प्रचार गरेको कुरा हाम्रा पाष्टर र एल्डरहरूले प्रचार गर्नेभन्दा फरक छ। म अबदेखि तपाईंहरूसँग भेट्न सक्दिनँ।” त्यसपछि म अचानक डिस्कनेक्ट भएँ। तर प्रभुको पुनरागमन सम्‍बन्धी खबर मेरो मनमा धेरै समयसम्‍म गुञ्‍जिरह्यो। मैले यी सिस्टरहरूको सङ्गति कति अन्तर्दृष्टिपूर्ण र व्यवहारिक थिए भनेर सोचेँ। मैले बाइबलका रहस्यहरू र परमेश्‍वरको इच्‍छाको बारेमा धेरै कुरा बुझेकी थिएँ। मैले सोचेँ: “के पूर्वीय ज्योति परमेश्‍वरबाट आएको हुन सक्छ? यदि मैले तिनीहरूको कुरा सुनिन र प्रभुलाई स्वागत गर्ने मौका गुमाएँ भने, पछुतो गर्न धेरै ढिला भइसकेको हुनेछ।” तर पादरीवर्गले भनेको कुरा सुन्दा, मलाई म बहकाउमा पर्छु कि भन्‍ने चिन्ता लाग्यो। मेरो हृदयलाई दुई तिरबाट तानिरहेको छ जस्तो लाग्यो। त्यसकारण मैले आग्रहपूर्वक प्रभुलाई प्रार्थना गरेँ र मलाई सहि निर्णय गर्न अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ।

भोलि बिहान मैले सिस्टरहरूसँग अर्को छलफल गर्नु पर्नेथियो। तिनीहरूले कति प्रेम पूर्वक र धैर्यताको साथ व्यवहार गरेका थिए त्यसको बारेमा सोच्दा, मैले तिनीहरूलाई म सहभागी हुनेछैन भनी भन्दा मैले रूखो व्यवहार गरेको हुनेछु भनी सोचेँ। त्यसकारण म सधैँ झैँ अनलाइन गएँ, र हामी सम्पर्कमा आएपछि, मैले भनेँ, “तपाईंहरूका सङ्गतिहरू अत्यन्तै अन्तर्दृष्टिपूर्ण थिए र तपाईंहरूले मलाई पढेर सुनाउनुभएको कुरा अत्यन्तै व्यावहारिक थियो। तर तपाईंहरू प्रभु येशू फर्केर आइसक्‍नुभएको छ र उहाँले नयाँ काम गरिरहनुभएको छ र नयाँ वचनहरू व्यक्त गरिरहनुभएको भनेर भन्‍नुहुन्छ। यो बाइबलभन्दा बाहिरको र प्रभुको मार्गबाट बाहिर गएको कुरा हो। पाष्टर र एल्डरहरूले परमेश्‍वरका वचनहरू र काम सबै बाइबलभित्र नै छन् भनेर भन्छन्। बाइबलभन्दा बाहिर कसरी परमेश्‍वरका नयाँ वचनहरू हुन सक्छन्?” सिस्टर जिएले धैर्यताको साथ भनिन्, “पाष्टर र एल्डरहरूले सधैँ भन्छन्, ‘परमेश्‍वरका वचनहरू र काम सबै बाइबलभित्रै छन् र अरू कहीँ पनि पाउन सकिँदैन।’ तर के यो दृष्टिकोण तथ्यहरू र परमेश्‍वरका वचनहरू अनुसार छ? के प्रभु येशूले कहिल्यै यसो भन्‍नुभयो? के पवित्र आत्‍माले कहिल्यै यसो भन्‍नुभएको छ? यदि यो परमेश्‍वरका वचनहरू, वा सत्यतामा आधारित छैन भने, यो दृष्टिकोण मानिसको एउटा धारणा मात्रै हो र यो सत्यता अनुरूप छैन। राम्ररी बाइबललाई बुझेका मानिसहरूलाई के थाहा हुन्छ भने पुरानो करारलाई सङ्कलित गर्ने मानिसहरूले कति कुरा छुटाएका हुनाले, अगमवक्ताहरूले व्यक्त गरेका यहोवा परमेश्‍वरका कतिपय वचनहरू पुरानो करारमा समावेश भएनन्। उदाहरणको लागि एज्राका अगमवाणीहरूलाई बाइबलमा समावेश गरिएन, र यो सुपरिचित तथ्य हो। प्रभु येशूले काम गर्नुहुँदा, उहाँले सुसमाचारका चार पुस्तकहरूमा लेखिएका सीमित वचनहरू मात्रै बोल्‍नुभएन। यो त यूहन्‍नाको सुसमाचारमा भनिएको जस्तै हो, ‘येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि अटाउन सक्दैनथियो’ (यूहन्‍ना २१:२५)। यदि हामीले पाष्टर र एल्डरहरूको भनाइलाई मान्यौँ भने, के हामीले बाइबलमा नलेखिएका परमेश्‍वरका वचनहरूलाई इन्कार र निन्दा गरिरहेका हुँदैनौँ र? यसको साथै, प्रभु येशूले स्पष्ट रूपमा भविष्यवाणी गर्नुभएको छ: ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। प्रकाशको पुस्तकमा पनि धेरै पटक अगमवाणी गरिएका छन्: ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश अध्याय २, ३)। त्यसपछि थुमाले खोल्‍नुहुने चर्मपत्रको मुट्ठो र सात गर्जनहरूको वाणी पनि छन्। यी वचनहरूले हामीलाई के बताउँछन् भने, जब आखिरी दिनहरूमा प्रभु येशू फर्केर आउनुहुन्छ, तब उहाँले धेरैभन्दा धेरै वचनहरू बोल्‍नुहुनेछ, र यी वाणीहरूलाई बाइबलमा अग्रिम रूपमा लेख्‍न सकिँदैनथियो। यदि परमेश्‍वरका वचनहरू बाइबलमा मात्रै पाउन सकिन्छ भने, यी वचनहरू कसरी पूरा हुन सक्छन्? परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, जिउँदो पानीको कहिल्यै नरोकिने मूल, उहाँले कसरी बाइबलमा दिइएका यी सीमित वचनहरू मात्रै बोल्‍न सक्‍नुहुन्छ? पादरीवर्गले ‘परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन्, र अरू कहीँ पनि पाउन सकिँदैन’ भनी भन्छन्, तर के यसले फर्कनुभएका प्रभु येशूका काम र वचनहरूलाई इन्कार र निन्दा गर्दैन र?”

उनको सङ्गति सुनिसकेपछि, मैले सोचेँ, “हो, प्रभुले उहाँ फर्केर आउनुहुनेछ र अझै धेरै वचन बोल्‍नुहुनेछ भनेर अगमवाणी गर्नुभएको छ, र ती वचनहरू बाइबलभन्दा बाहिर हुनेछन्।” तर बाइबलबाट बाहिर जाने बारेमा सोच्दा मलाई चिन्ता लाग्यो, र मैले सोचेँ, “पाष्टर र एल्डरहरूले सधैँ बाइबलबाट बाहिर जानु भनेको विधर्म हो भनी भन्छन्। यदि म मेरो विश्‍वासबाट बाहिर गएँ भने के गर्ने? मैले प्रभुलाई विश्‍वास गरेको धेरै भयो र मैले सधैँ बाइबल पढ्दै आएकी छु। संसारभरिका इसाईहरूले आफ्‍नो विश्‍वासलाई बाइबलमा नै आधारित गर्छन्। बाइबल हाम्रो विश्‍वासको आधारस्तम्‍भ हो। कसरी कुनै व्यक्ति यसबाट अलग भएर पनि अझै प्रभुमा विश्‍वास गर्न सक्छन्?” यो सोच्दा म मौन बसेँ।

मैले केही नबोलेको देखेपछि, सिस्टर चेनले आफ्‍नो सङ्गतिलाई जारी राखिनन्। हामी डिस्कनेक्ट भएपछि, उनले मलाई के परमेश्‍वरले बाइबल अनुसार काम गर्नुहुन्छ? भन्‍ने क्लिप पठाइन्, जुन बाइबलबाट बाहिर आउँदा नामक चलचित्रबाट लिइएको थियो, र उनले मलाई यो क्‍लिप हेर्न अनुरोध गरिन्। मैले लिङ्क खोलेँ र मुख्य पात्र वाङ्ग युएले एक जना पाष्टरसँग सङ्गति गरेको हेरेँ। यसले तुरुन्तै मेरो ध्यान आकर्षित गर्‍यो। उनले भनिन्, “परमेश्‍वरले बाइबलभन्दा बाहिर आफ्‍नो मुक्तिको काम गर्नुहुन्‍न, र बाइबलभन्दा बाहिरको कुनै पनि कुरा विधर्म हो भनेर तपाईं भन्‍नुहुन्छ। त्यसकारण तपाईंलाई मेरो एउटा प्रश्‍न छ: कुन पहिले आयो, बाइबल कि परमेश्‍वरको काम? प्रारम्‍भमा परमेश्‍वर सबै थोकलाई सृष्टि गर्नुभयो। उहाँले संसारमा जलप्रलय ल्याउनुभयो अनि सदोम र गमोरालाई जलाउनुभयो। के परमेश्‍वरले यी सबै काम गर्नुहुँदा पुरानो करार अस्तित्वमा थियो? जब प्रभु येशू अनुग्रहको युगमा काम गर्न आउनुभयो, त्यो बेला नयाँ करार थियो? पुरानो र नयाँ दुवै करार परमेश्‍वरले पूरा गर्नुभएको कामको बारेमा मानिसहरूले लेखेका विवरणहरूको आधारमा सङ्कलित गरिएका हुन्। परमेश्‍वरले बाइबल अनुसार काम गर्नुहुन्‍न र उहाँ यसद्वारा सीमित हुनुहुन्‍न किनभने उहाँले आफ्‍नो व्यवस्थापन योजना र मानवजातिका खाँचोहरू अनुसार काम गर्नुहुन्छ। हामीले परमेश्‍वरको कामलाई बाइबलमा सीमित गर्न सक्दैनौँ वा परमेश्‍वरको कार्यलाई सीमित गर्न बाइबल प्रयोग गर्न सक्दैनौं, किनभने परमेश्‍वरसँग आफ्‍नो काम गर्ने शक्ति छ।” सिस्टर वाङ्गको सङ्गति सुनेपछि मेरो हृदय उज्यालो भयो। मैले सोचेँ, “प्रभु येशू काम गर्न आउनुहुँदा नयाँ करार अस्तित्वमा थिएन, र परमेश्‍वरले सबै थोक सृष्टि गर्नुहुँदा र व्यवस्था जारी गर्नुहुँदा पुरानो करार अस्तित्वमा थिएन। यो कुरा अखण्डनीय छ! मैले किन पहिले यसको बारेमा विचार गरिनँ?”

भिडियोमा सङ्गति निरन्तर अघि बढ्यो: “यदि हामीले बाइबलभन्दा बाहिरको कुनै पनि कुरा विधर्म हो भनेर भन्यौँ भने के हामीले सम्पूर्ण इतिहासभरिका परमेश्‍वरका सबै वचनहरू र कामलाई निन्दा गरिरहेका हुँदैनौँ र? जब प्रभु येशूले काम गर्नुभयो, तब उहाँले पुरानो करार अनुसार आफ्‍नो काम गर्नुभएन। उहाँले पश्‍चात्तापको मार्ग प्रचार गर्नुभयो, बिरामीलाई निको पार्नुभयो, भूतहरू धपाउनुभयो, शबाथ-दिनको पालना गर्नुभएन, र मानिसहरूलाई सात गुणा सत्तरी पटक क्षमा दिनुभयो, र यस्तै धेरै काम गर्नुभयो—यो कुनै पनि कुरा पुरानो करारमा थिएन। फरिसीहरू, मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूले यी कुराहरूलाई प्रभुको विरुद्धमा प्रयोग गरे र उहाँको कामलाई विधर्मको रूपमा दोषी ठहराए। तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरे तैपनि उहाँलाई नै विरोध गरे।” त्यसपछि सिस्टरले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनका दुई खण्डहरू पढिन्। “बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो त परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणको गवाही भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कार्यको उद्देश्यको बारेमा कुनै बुझाइ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको परमेश्‍वरको कामका दुई चरणहरू प्रस्तुत गर्छ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यलाई वर्णन गर्छ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामको अभिलेख गर्छ जुन सुसमाचारका चार पुस्तकहरूका साथै पावलको काममा पनि उल्लिखित छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४))। “येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्चात्तापको मार्ग फैलाउनुभयो—एउटा यस्तो वचन जसको बारेमा पुरानो करारका अगमवाणीहरूमा एउटै पनि उल्लेख गरिएको थिएन। उहाँले केवल बाइबलअनुसार काम गर्नुभएन भन्ने मात्र होइन, तर उहाँले एउटा नयाँ बाटोमा पनि हिँडाउनुभयो र नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्‍चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, शिक्षा अनि उहाँका वचनहरूको अधिकार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको भन्दा उत्तम थियो। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के पुरानो करारमा उहाँको शिक्षा, बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको क्षमताको बारेमा केही नभनिएकोले गर्दा होइन र? उहाँको काम नयाँ मार्गमा डोर्‍याउनका निम्ति गरिएको थियो, यो जानाजानी बाइबलको विरुद्ध लड्न वा जानी-जानी पुरानो करारबाट छुटकारा दिनका निम्ति थिएन। उहाँ आफ्नो सेवकाइ गर्न, उहाँको चाहना र खोजी गर्नेहरूलाई नयाँ काम दिन मात्रै आउनुभयो। … मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको गल्ती थिएन र? के परमेश्‍वरको कामका निम्ति सिद्धान्त प्रयोग गर्नु आवश्यक हुन्छ? के परमेश्‍वरको काम अगमवक्ताहरूका अगमवाणीअनुसार हुनै पर्छ? त्यसोभए, ठूलो को हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिनलाई ध्यानमा राख्दै र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१))

सिस्टर वाङ्गले त्यसपछि भनिन्: “बाइबल व्यवस्था र अनुग्रहको युगमा परमेश्‍वरले गर्नुभएको कामको विवरण मात्रै हो। यो परमेश्‍वरले गर्नुभएको कामका दुई चरणको गवाही हो जसमा उहाँले सबै थोक सृष्टि गरेर अनि मानवजातिलाई सृष्टि गरेपछि मानवजातिलाई अगुवाइ गर्नुभयो र छुटकारा दिनुभयो। यसले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको सम्पूर्ण कामलाई प्रतिनिधित्व गर्न सक्दैन। परमेश्‍वरको काम सधैँ अघि बढिरहन्छ। आखिरी दिनहरूमा परमेश्‍वरले नयाँ युग सुरु गर्नुहुन्छ र नयाँ काम गर्नुहुन्छ। उहाँले मानिसलाई अझै बढी सत्यता दिनुहुन्छ जसद्वारा हामी एक पटक सधैँको लागि पापबाट मुक्त हुन सक्छौँ, यसरी हामी शुद्ध हुन, हामीले पूर्ण रूपमा मुक्ति पाउन, र उहाँको राज्यमा प्रवेश गर्न सक्छौँ। त्यसकारण परमेश्‍वरले मानिसलाई बाइबलमा लेखिएको उहाँको पुरानो कामको विवरणको आधारमा अगुवाइ गर्नुहुन्‍न, र विशेष गरी उहाँले पहिले नै गरिसक्‍नुभएको कामलाई दोहर्याउनुहुन्‍न। परमेश्‍वर नै सृष्टि र बाइबल दुवैका प्रभु हुनुहुन्छ। उहाँसँग बाइबलभन्दा बाहिर गएर आफ्‍नो व्यवस्थापन योजना अनुसार नयाँ काम शक्ति छ। त्यही कारणले गर्दा ‘परमेश्‍वरका वचनहरू र कार्य सबै बाइबलमा नै छन् र बाइबलबाट बाहिर जानु भनेको विधर्म हो’ भन्‍ने भनाइ आधारहीन दाबी हो, जुन भनाइले परमेश्‍वरलाई हदबन्दी गर्छ र निन्दा गर्छ। यसो भन्‍ने कुनै पनि व्यक्तिले परमेश्‍वरको कामलाई चिनेको छैन र परमेश्‍वरलाई विरोध गर्छ। परमेश्‍वरले आफ्‍नो योजना अनुसार काम गर्नुहुन्छ, बाइबल अनुसार होइन। प्रभु येशूले पश्‍चात्तापको मार्ग प्रचार गर्नुभयो, भूतहरूलाई धपाउनुभयो र बिरामीलाई निको पार्नुभयो, उहाँले शबाथ-दिन पालना गर्नुभएन र मानिसहरूलाई सधैँ क्षमा गर्न सिकाउनुभयो—के यो सबै पुरानो करारभन्दा बाहिर गएको थिएन र? उहाँले पुरानो करारको नियमलाई समेत तोड्नुभयो, तर के यो अझै पनि परमेश्‍वरको काम नै थिएन र?” मैले प्रभुमा विश्‍वास गरेको धेरै भएको थियो र सधैँ पादरीवर्गले भनेको यो कुरामा विश्‍वास गर्थेँ र त्यसैमा लागिरहन्थेँ, “परमेश्‍वरका वचनहरू र कार्य सबै बाइबलमा नै छन् र बाइबलबाट बाहिर जानु भनेको विधर्म हो।” के मैले परमेश्‍वरको कामलाई निन्‍दा गर्दै आएकी थिइनँ र? अब मलाई म कति मूर्ख र अन्योल थिएँ भन्‍ने थाहा भयो!

त्यसपछि जब-जब मसँग समय हुन्थ्यो, तब-तब म सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले उत्पादन गरेका सुसमाचार चलचित्र र भिडियोहरू युट्युबमा हेर्थेँ। एक दिन, मैले परमेश्‍वर र बाइबल बीचको सम्‍बन्ध के हो? नामक चलचित्रको क्‍लिप हेरेँ जसमा दिइएको परमेश्‍वरका वचनहरूले मेरो मन छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “बाइबल भएको समयदेखि नै परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वास नै बाइबलमाथिको विश्‍वासको रूपमा रहिआएको छ। मानिसहरूले प्रभुमा विश्‍वास गर्छन् भन्नुको सट्टा तिनीहरूले बाइबलमा विश्‍वास गर्छन् भन्नु राम्रो हुन्छ; उनीहरूले बाइबल पढ्नु सुरु गरे भन्नुभन्दा उनीहरूले बाइबलमा विश्‍वास गर्न थाले भन्नु राम्रो हुन्छ; उनीहरू प्रभुको सामु फर्किए भन्नुभन्दा उनीहरू बाइबलको अगि फर्किए भन्नु राम्रो हुन्छ। यसरी, मानिसहरूले बाइबललाई परमेश्‍वर जस्तो मानेर त्यसको आराधना गर्छन्, यो उनीहरूको जीवनरक्त जस्तो बन्छ, र यसलाई गुमाउनु आफ्नो जीवन गुमाउनुजस्तै हुन्छ। मानिसहरूले बाइबललाई परमेश्‍वर जत्तिकै उच्च रूपमा हेर्छन्, र यसलाई परमेश्‍वरभन्दा उच्च देख्‍नेहरू पनि छन्। यदि मानिसहरू पवित्र आत्माको कामविहीन छन् भने, यदि उनीहरूले परमेश्‍वरलाई महसुस गर्न सक्दैनन् भने, उनीहरू बाँच्न सक्छन्—तर उनीहरूले बाइबल वा बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरू हराउने बित्तिकै उनीहरूको जीवन नै हराएको जस्तो हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१))। “तिनीहरूले बाइबलको दायराभित्र मात्रै मेरो अस्तित्वमा विश्‍वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिनँ, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, बरु यसको साटो धर्मशास्‍त्रका एक-एक शब्‍दलाई अत्यधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्‍त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनेरसमेत धेरैले विश्‍वास गर्छन्। तिनीहरूले धर्मशास्‍त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्‍न सकिन्छ भने तिनीहरूले वचन र अभिव्यक्तिहरूलाई यति हदसम्‍म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्‍ने हरेक शब्‍दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोजी गर्ने कुरा भनेको मेरो अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, बरु बाइबलका वचनहरूसँग अनुकूल हुने मार्ग हो, र तिनीहरूले बाइबलसँग नमिल्‍ने जुनसुकै कुरा निस्सन्देह मेरो काम होइन भन्‍ने विश्‍वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठ सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूलाई दोषी ठहर्‍याउन मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यो समयमा येशूसँग अनुकूल हुने प्रयास गरेनन्, बरु तिनीहरूले यति लगनशीलताको साथ व्यवस्थाको शब्‍द-शब्द पछ्याए कि—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगिछोडे। तिनीहरूको सार के थियो? के त्यो तिनीहरूले सत्यतासित अनुकूल हुने मार्ग नखोज्नु नै थिएन र? तिनीहरू धर्मशास्‍त्रको एक-एक शब्‍दप्रति आसक्त भए, तर तिनीहरूले न त मेरो इच्‍छालाई ध्यान दिए न त मेरो कामका चरण र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन्, बरु शब्दहरूमा कठोरतासाथ लाग्‍ने मानिसहरू थिए; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू थिएनन्, बरु बाइबलमा विश्‍वास गर्ने मानिसहरू थिए। सारगत रूपमा, तिनीहरू बाइबलको रक्षा गर्ने कुकुरहरू थिए(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ)। यो क्‍लिप हेरेपछि, मैले के महसुस गरेँ भने बाइबललाई राम्ररी जान्‍नु भनेको परमेश्‍वरलाई साँचो रूपमा चिन्‍नु वा उहाँको पालना गर्नु सरह होइन रहेछ। यहूदी फरिसीहरू धर्मशास्‍त्रका खण्डहरू व्याख्या गर्न सिपालु थिए, र पनि तिनीहरूले प्रभु येशूलाई क्रूसमा टाँगे। यसले के देखाउँछ भने बाइबललाई बुझ्‍नुको अर्थ परमेश्‍वरलाई बुझ्‍नु भन्‍ने हुँदैन, र कसैले बाइबललाई पालना गर्छ भन्दैमा, उसले प्रभुको मार्गलाई पछ्याउँछ भन्‍ने हुँदैन। मैले के थाहा पाएँ भने मैले वर्षौंदेखि बाइबल पढेको र यसको बारेमा केही जानेको भए पनि, मैले प्रभुलाई पटक्‍कै चिनेकी रहेनछु। मैले बाइबलले प्रभुको प्रतिनिधित्व गर्न सक्छ, बाइबलमाथिको विश्‍वास नै उहाँमाथिको विश्‍वास हो, बाइबलको पालना गर्नु प्रभुको मार्गको पालना गर्नु हो भनेर गलत विश्‍वास गरेकी थिएँ। आखिरी दिनहरूमा परमेश्‍वर देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ भनी सिस्टर जिएले भन्दा, मैले यसको बारेमा अनुसन्धान गर्ने आँट गरिनँ। अनि पछि, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढिसकेपछि, उहाँका वचनहरू सत्यता र परमेश्‍वरको आवाज हुन् भन्‍ने कुरा हृदयबाट थाहा भएको भए पनि ती बाइबलमा नलेखिएका हुनाले मलाई ती स्वीकार गर्न अझै कठिन भयो। मैले बाइबललाई आराधना गरेकी थिएँ र म त्यसैमा टाँसिएकी थिएँ अनि परमेश्‍वरका नयाँ वाणीहरू र कामलाई स्वीकार गर्न मानेकी थिइनँ। प्रभु येशूलाई विरोध गर्ने फरिसीहरूभन्दा म कसरी फरक थिएँ र? यो सोच्दा मलाई निकै डर लाग्यो। मैले सोचेँ, “मैले मेरा धारणाहरूलाई त्याग्‍नुपर्छ।” “मैले अझै बढी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्नुपर्छ।”

अर्को भेलामा, मैले ती सुसमाचारीय चलचित्रहरू हेरेर के पाएँ र के बुझेँ भनेर सिस्टरहरूलाई बताएँ। तिनीहरू अत्यन्तै उल्‍लसित भए, र मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेर सुनाए। “आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको चिरस्थायी र अनन्‍त बाटो ल्याउनुहुन्छ। यही सत्य नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा ऊ स्वीकार हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुहुने जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियम र अक्षरहरूको नियन्त्रण र इतिहासको बन्धनमा हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी नभई हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)

त्यसपछि सिस्टर जिएले यो सङ्गति गरिन्, “आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले राज्यको युग सुरु गर्नुहुन्छ, र अनुग्रहको युगलाई समाप्त गर्नुहुन्छ। उहाँले मानवजातिलाई एक पटक सधैँको लागि शुद्ध पार्न र मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वरले करोडौँ वचनहरू बोल्‍नुभएको छ। यसमध्ये धेरैजसो वचनहरू वचन देहमा देखा पर्नुहुन्छमा समावेश छन्—जुन राज्यको युगको बाइबल हो। उहाँले बाइबलका महत्त्वपूर्ण रहस्यहरूलाई प्रकट खुलासा गर्नुभएको छ जस्तै बुद्धिमती कन्याहरूले प्रभुलाई स्वागत गर्नु, उठाइलगिनु भनेको के हो, विपत्तिहरूभन्दा पहिले विजेताहरू निर्माण गर्ने काम, परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापनको कार्यका रहस्यहरू, उहाँको कामका तीन चरणहरूको भित्री कथा, तीन चरणका कामहरू बीचका सम्‍बन्धहरू, र तिनका परिणामहरू, आखिरी दिनहरूको देहधारण र न्यायका रहस्यहरू, बाइबल सम्‍बन्धी सत्यता, र थप कुराहरू। सर्वशक्तिमान्‌ परमेश्‍वरले आफ्‍नो धर्मी, प्रतापी स्वभाव पनि प्रकट गर्नुहुन्छ जुन स्वभावले कुनै उल्‍लङ्घन सहँदैन। उहाँले मानवजातिलाई शैतानले गरेको भ्रष्टतालाई खुलासा र न्याय गर्नुहुन्छ, मानिसहरूले किन परमेश्‍वरलाई अवज्ञा र विरोध गर्छन् त्यसको मूल कारण चिरफार गर्नुहुन्छ, र हामीलाई उहाँको इच्‍छा र मानिसहरूप्रतिको उहाँको मापदण्डहरू बताउनुहुन्छ। यी कुराहरूमा परमेश्‍वरमाथिको साँचो विश्‍वास भनेको के हो, परमेश्‍वरको डर आज्ञापालन गर्नु, परमेश्‍वरको डर मान्‍नु र उहाँको लागि गवाही दिनु भनेको के हो, सत्यताको अभ्यास गर्नु र इमानदार बन्‍नु भनेको के हो, अर्थपूर्ण जीवन जिउनु भनेको के हो, र इत्यादि कुरा पर्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू प्रशस्त छन् र हामीलाई चाहिने सबै कुरा समावेश छन्। यी सत्यताहरू परमेश्‍वरले मानिसलाई आखिरी दिनहरूमा दिनुहुने अनन्त जीवनको बाटो हुन्। यी सत्यताहरूले हामीलाई धुन्छन् र परिवर्तन गर्छन्, र हामीलाई पापबाट मुक्त गरेर, मुक्ति दिन्छन् अनि परमेश्‍वरको राज्यमा लैजान्छन्।”

सिस्टरको सङ्गतिले सबै कुरा स्पष्ट पार्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, उहाँ साँच्‍चै नै जिउँदो पानीको अनन्त मूल हुनुहुन्छ! सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू परमेश्‍वरका आवाज हुन् र उहाँ नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने मलाई हृदयदेखि थाहा भयो। मैले परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्ष भएको थियो तर मैले उहाँलाई कहिल्यै पनि साँचो रूपमा चिनेकी रहेनछु, तर पाष्टर र एल्डरहरूले भनेको कुरा विश्‍वास गर्ने गरेकी रहेछु। मैले परमेश्‍वरका वाणीहरू र कामलाई बाइबलमा सीमित गरेकी थिएँ र परमेश्‍वरको राज्यको सुसमाचार स्वीकार गर्न इन्कार गरेँ। अझै पनि परमेश्‍वरले मलाई त्याग्‍नु भएन, तर मलाई बारम्‍बार सुसमाचार सुनाउन सिस्टरलाई प्रयोग गर्नुभयो। मैले परमेश्‍वरको आवाज सुन्‍ने र प्रभुको पुनरागमनलाई स्वागत गर्ने, र सिंहासनबाट बगी निस्‍कने जीवनको जिउँदो पानीको भरण-पोषण प्राप्त गर्ने अत्यन्तै ठूलो सौभाग्य पाएँ। यो मप्रतिको परमेश्‍वरको अनुग्रह हो। सर्वशक्तिमान्‌ परमेश्‍वरप्रति म अत्यन्तै कृतज्ञ छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अब उप्रान्त पैसाको लागि लामो समय कार्य नगरेकोले, मैले सुखी जीवन फेला पारें

अरूहरूले हेलाको दृष्टिले हेर्नबाट जोगिन, ऊ पैसा कमाउनको निम्ति एकदम प्रयत्न गर्छिन्, र दु:खको एक कटु खडेरीमा परि सुकिजान्छन्। चिन्तित र हराएकी, उनलाई परमेश्‍वरका वचनहरूले जीवनमा नयाँ दिशा दिन्छन्, ऊ अब पैसाको लागि लामो समय काम गर्दिनन्, र उनी खुशीको जीवन बिताउन थाल्दछिन्।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्