शुद्ध मानिसहरू मात्रै स्वर्गको राज्यमा प्रवेश गर्छन्

14 नोभेम्बर 2022

सारा, अमेरिका

जब मैले प्रभुमा विश्‍वास गरेँ, तब मैले प्रायजसो के सुन्‍ने गर्थेँ भने, प्रभुले हामीलाई हाम्रा छिमेकीलाई पनि आफूलाई जस्तै प्रेम गर्नुपर्छ, हाम्रो प्रेम परमेश्‍वरबाट आउँछ, र परमेश्‍वरले नै हामीलाई पहिले प्रेम गर्नुभएकोले हामीले अरूलाई अनि हाम्रा शत्रुहरूलाई प्रेम गर्नुपर्छ भनेर सिकाउनुभएको छ। र हिब्रू १२:१४ मा यसो भनिएको छ, “सबै मानिसहरूसँग शान्ति र पवित्रता कायम राख, त्यो विना कुनै पनि मानिसले प्रभुलाई देख्‍नेछैन।” यसले मेरो जीवनको त्यो समयको बारेमा याद दिलायो जुन बेला मेरी आमा र म असहमत भएर नराम्ररी विवाद गर्ने गर्थ्यौं। मलाई यो प्रभुको हृदय अनुरूपको कार्य होइन भन्‍ने थाहा थियो र मैले प्रभुका वचनहरूलाई अभ्यास गर्नु पर्थ्यो। पछि, जब म मेरी आमासँग असहमत हुन्थें, मैले आफूलाई काबुमा राख्‍ने प्रयास गर्थेँ, र उहाँका विचारहरू सुन्‍ने गर्थेँ। म शान्त, र धैर्य भएर बस्थें। तर केही समयपछि, म मेरो रिस रोक्‍नै सक्दिनथिएँ। यदि उहाँले भनेको कुरामा सहमत भइनँ भनेँ, म उहाँसँग तर्क गर्थेँ। यस बाहेक, म सांसारिक चलनहरूको पछि लाग्थें र टेलिभिजन र चलचित्रहरू भनेपछि मरिहत्ते गर्थेँ। कहिलेकहीँ, आफ्‍नो इज्‍जत जोगाउन वा व्यक्तिगत लाभ प्राप्त गर्न झूट बोल्थें। म पाप गर्ने र स्वीकार गर्ने चक्रमा फसिएकी थिएँ, र मलाई सधैँ ग्‍लानि हुन्थ्यो। तर मैले मेरा आवेगहरूलाई दबाउन वा तीबाट उम्कन सक्दिनथिएँ, र यसले मलाई कष्ट दिएको थियो। कहिलेकहीँ म सोच्थें: “यसरी पापमा जिइरहेको बेला म स्वर्गीय राज्यमा प्रवेश गर्न सक्छु र?” एक दिन, मेरी आमाले मलाई भन्‍नुभयो: “इसाई भएर पनि तँ झडङ्ग रिसाइहाल्छेस्!” उहाँले यसो भनेको सुन्दा, मलाई झनै नरमाइलो महसुस भयो। मैले साँच्‍चै आफूलाई नियन्त्रण गर्ने प्रयास गरिरहेकी थिएँ, तर मैले प्रभुका शिक्षाहरूलाई पालन गर्न सकिरहेकी थिइनँ। के यसले प्रभुलाई खुशी तुल्याउनेथियो र? के म कहिल्यै परिवर्तन हुन सक्छु? जब मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई यो समस्याको बारेमा सोधेँ, कतिले यसो भने: “हामीले आफूलाई नियन्त्रण गर्न सिक्‍नुपर्छ। जब हामी परमेश्‍वरको नजिक हुन्छौं, तब हामी अझै सहनशील बन्छौं।” अरूले भने: “यस्ता उतारचडाव आउनु सामान्य कुरा नै हो, तर परिवर्तन त क्रमिक रूपमा आउँदै जाने कुरा हो। हामी जति परिवर्तन हुन्छौं, हामी त्यति नै असल हुन्छौं। त्यसमा शङ्का नगर्नुहोस्। प्रभुको मुक्ति पूर्ण छ। उहाँको अनुग्रहले नै हामीलाई स्वर्गको राज्यमा लैजानेछ।” तिनीहरूले यसो भनिसकेपछि पनि, मसँग कुनै स्पष्ट बाटो थिएन। मैले प्रभुलाई सहयोगको लागि प्रार्थना मात्रै गर्न सक्थेँ।

त्यसपछि, संयोगबस मैले केही दाजुभाइ-दिदीबहिनीहरूलाई अनलाइन भेटेँ। हामी प्रायजसो बाइबल अध्ययनको लागि भेट्ने गर्थ्यौं। तिनीहरूका सङ्गतिहरूको विषयवस्तु प्रायजसो रोचक र ज्ञानवर्धक हुन्थे। तिनीहरूसँग भेटघाट गरेर मैले धेरै कुरा प्राप्त गरेँ। एक दिन भेलामा, ब्रदर लिनले प्रभुको पुनरागमनको बारेमा कुरा गर्नुभयो। उहाँले प्रभु फर्कनुभएपछि उहाँले नयाँ काम गर्नुहुन्छ भनेर भन्‍नुभयो, र हामीलाई धर्मशास्‍त्रका केही पदहरू पठाउनुभयो। हिब्रू ९:२८ ले यसो भन्छ, “यसरी धेरैको पाप बोक्‍नको लागि एकपटक ख्रीष्टको बलि चढाइयो; र उहाँलाई पर्खिनेहरूका निम्ति उहाँ पापरहित रूपमा मुक्ति दिन दोस्रोपटक देखा पर्नुहुनेछ।” १ पत्रुस १:५ ले भन्छ, “जसलाई परमेश्‍वरको शक्तिद्वारा विश्‍वासमार्फत आखिरी समयमा प्रकट गरिन लागिएको मुक्तिमा राखिन्छ।” र “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१ पत्रुस ४:१७)। “मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। ब्रदर लिनले भन्‍नुभयो: “यी पदहरूले प्रभु दोस्रो पटक कसरी देखा पर्नुहुनेछ, र हामीले आखिरी दिनहरूमा उहाँको मुक्ति कसरी प्राप्त गर्ने सो कुरा उल्‍लेख गर्छन्। तिनले न्याय, अर्थात् आखिरी दिनहरूको न्याय कसरी परमेश्‍वरको घरमा सुरु हुनेछ भनेर उल्‍लेख गर्छन्। तिनले प्रभुले उहाँको आगमन भएपछि कसरी न्यायको काम गर्नुहुनेछ, र हामीलाई पापबाट मुक्त गर्नुहुनेछ अनि शुद्ध पार्नुहुनेछ र मुक्ति दिनुहुनेछ सो व्याख्या गर्छन्।” ब्रदर लिनले बाइबल अनुरूप नै बताउनुभयो, तर म अन्योलमा परेकी थिएँ। प्रभुले क्रूसमा टाँगिएपछि हामीलाई पहिले नै पापबाट छुटकारा दिइसक्‍नुभएको थियो। परमेश्‍वरको मुक्ति पूर्ण थियो। किन प्रभु न्याय र शुद्धीकरणको काम गर्न फर्केर आउनुपर्छ? मैले तिनीहरूलाई मेरो अन्योलताको बारेमा बताएँ।

ब्रदर लिनले मलाई दुई वटा खण्ड देखाउनुभयो। “मानिसका पापहरू देहधारी परमेश्‍वरको माध्यमबाट क्षमा गरिएको थियो, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्थ्यो, तर मानिसलाई कसरी फेरि पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापमय प्रकृति कसरी पूर्ण रूपले हटाउन र रूपान्तरित गर्न सकिन्छ, यो समस्या समाधान गर्ने ऊसँग कुनै उपाय हुँदैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसको निम्ति मानिसले जीवनको वृद्धिको मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने तरिकालाई बुझ्नु आवश्यक हुन्छ। यसबाहेक, मानिसले यो मार्गअनुसार व्यवहार गर्नु आवश्यक हुन्छ, यसैले कि उसको स्वभाव बिस्तारै परिवर्तन हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, यसैले कि उसले जे गर्छ सबै परमेश्‍वरको इच्छाबमोजिम होस्, यसैले कि उसले आफ्नो भ्रष्ट शैतानिक स्वभावलाई त्याग्न सकोस् र त्यसरी ऊ शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकोस्, र पापबाट पूर्ण रूपमा माथि उठ्न सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ। … त्यसकारण कामको त्यो चरण समाप्त भएपछि पनि न्याय र सजायको काम बाँकी नै रह्यो। यो चरण भनेको वचनद्वारा मानिसलाई शुद्ध बनाउनको निम्ति, अनि त्यसद्वारा पछ्याउनको लागि उसलाई एक मार्ग दिनका निम्ति हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम अघिबाटै समाप्त भइसकेको छ र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहेको छ, मानिसले अहिले पनि पाप गर्न र परमेश्‍वरको विरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। यसैले कामको यस चरणमा परमेश्‍वरले मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न वचनको प्रयोग गर्नुहुन्छ, र उसलाई सही मार्गअनुसार हिँड्ने अभ्यास गर्न लगाउनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। “तैँले येशू आखिरी दिनहरूको अवधिमा ओर्लनुहुनेछ भन्‍ने मात्रै जान्दछस्, तर उहाँ खास कसरी ओर्लनुहुनेछ? भर्खरै छुटकारा पाएको, र परमेश्‍वरद्वारा परिवर्तन भई नसकेको, वा सिद्ध भई नसकेको तिमीहरूजस्तो पापी, के तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न सक्छस्? अझै पनि तेरो पुरानो मनुष्यतामा रहेको तेरो विषयमा भन्दा, तँलाई येशूले मुक्ति दिनुभएको थियो, र परमेश्‍वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्‍ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। तँ परिवर्तन भएको छैनस् भने तँ कसरी सन्तमय बन्‍न सक्छस्? भित्री रूपमा, तँ अपवित्रता, स्वार्थ र छुद्रले भरिएको छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ धेरै भाग्यमानी हुनुपर्छ! परमेश्‍वरमाथिको भरोसामा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तन भएको छैनस्। तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍नको लागि, परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्‍नेछैनस्। यसरी तँ परमेश्‍वरको कार्यको असल आशिषहरूमा सहभागी हुन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा)

ब्रदर लिनले यसो भन्दै सङ्गति गर्नुभयो: “प्रभु येशूले हामीलाई शैतानको राज्यक्षेत्रबाट छुटकारा गर्नुभएको छ। हामी हाम्रो पापबाट दोषमुक्‍त त भएका थियौं, तर यसको अर्थ हामी पाप रहित भयौं, वा हामीले उप्रान्त पाप गर्न वा परमेश्‍वरको विरोध गर्न सक्दैनौं भन्‍ने हुँदैन। अनुग्रहको युगमा, प्रभु येशूले छुटकारा र पापक्षमाको काम गर्नुभयो, मानिसलाई शुद्ध पार्ने र परिवर्तन गर्ने काम होइन, जुन काम परमेश्‍वरले आखिरी दिनहरूमा गर्नुहुन्छ। प्रभुमाथिको हाम्रो विश्‍वासद्वारा हामीलाई हाम्रा पापहरूबाट क्षमा गरिएको हुन्छ, हाम्रो पापी प्रकृति र शैतानी स्वभावहरूले गहन रूपमा जरा गाडेका हुन्छन्। हामी अहङ्कारी, कुटिल, धूर्त, दुष्ट छौं, र हामीले सत्यतालाई घृणा गर्छौं, र हामी पाप नगरिकन बस्‍न सक्दैनौं, र हामी प्रभुको आज्ञा मान्दैनौं र उहाँको विरोध गर्छौं। हामी आफ्‍नै हितहरूको रक्षा गर्न झूट बोल्छौं र जाल-झेल गर्छौं। जब हामी एक-अर्कासँग असहमत हुन्छौं, हामी रिसाउँछौं र विवाद गर्छौं। हामी संसारका चलनहरूलाई पछ्याउँछौं र पापी सुख-चैनको पछि लाग्छौं। कठिनाइको बेला, हामी परमेश्‍वरलाई दोष दिन्छौं, उहाँबाट टाढा जान्छौं, र उहाँलाई धोका दिन्छौं। परमेश्‍वर भन्नुहुन्छ, ‘त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु(लेवी ११:४५)। यदि हामी पवित्र र शुद्ध छैनौं भने, हामीले परमेश्‍वरलाई भेट्न सक्दैनौं। बारम्‍बार पाप गरिरहने र परमेश्‍वरको विरोध गरिरहने हामी कसरी उहाँको राज्यमा प्रवेश गर्न सक्छौं? त्यही कारणले गर्दा प्रभुले सत्यता व्यक्त गर्न, न्याय र शुद्धीकरणको काम गर्न, हामीलाई अझै बढी सत्यता दिन, हामीलाई एक पटक सधैँको लागि मुक्ति दिन, हामीलाई पापबाट मुक्त गर्न, र हामीलाई परमेश्‍वरको राज्यमा लैजान फर्केर आउने प्रतिज्ञा गर्नुभएको छ।”

मैले उहाँलाई भने: “तपाईंले भन्‍नुभएको कुरा साँचो हो। हामी सधैँ पाप गर्छौं र स्वीकार गर्छौं, अनि प्रभुमा विश्‍वास गरे पनि हामी अझै पापबाट मुक्त भएका छैनौं। तर कुरा के हो भने, मेरा इसाई साथीहरू अत्यन्तै भक्त जीवन जिउँछन्। तिनीहरूले कहिल्यै विवाद गर्दैनन्, र तिनीहरूले आफ्‍नो शत्रुलाई प्रेम गर्छन्। तिनीहरूमध्ये कतिको वैवाहिक समस्याहरू थिए, तर तिनीहरूले विश्‍वास गरेपछि तिनीहरूको सम्‍बन्धहरू सुधार भए। तिनीहरूमध्ये कति झट्ट रिसाइहाल्थे, तर प्रभुमाथिको तिनीहरूको विश्‍वासले तिनीहरूलाई सहनशील र धैर्य बनायो … प्रभुमा साँचो रूपमा विश्‍वास गर्ने हरेक व्यक्ति नै परिवर्तन हुन्छ। यदि यो परिवर्तन जारी रहिरह्यो भने, के तिनीहरू पापबाट मुक्त भएर शुद्ध हुनेछैनन् र?”

जब मैले यो प्रश्‍न सोधेँ, तब ब्रदर लिनले धैर्यताको साथ जवाफ दिनुभयो: “प्रभुमा विश्‍वास गर्न थालेपछि धेरै मानिसहरू परिवर्तन हुन्छन्। तिनीहरूले अरूलाई हिर्काउन र सराप्‍न छोड्छन्, तिनीहरू पहिलेभन्दा दयालु, धैर्य, सहनशील हुन्छन्, तिनीहरूले आफ्‍नो क्रूस उठाउँछन्, तिनीहरूले परोपकारको निम्ति पैसा दिन्छन् र त्याग गर्छन्। यसले तिनीहरूले प्रभुमा साँचो रूपमा विश्‍वास गर्छन् भन्‍ने देखाए पनि, के यसको अर्थ तिनीहरू प्रभुको हृदय अनुसारका छन् भन्‍ने हुन्छ? के यसको अर्थ तिनीहरू पापबाट मुक्त छन्, र तिनीहरू शुद्ध छन् भन्‍ने हुन्छ?” त्यसपछि, ब्रदर लिनले मलाई दुई वटा खण्ड पढेर सुनाउनुभयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “व्यवहारमा मात्र भएका परिवर्तनहरू अस्थिर हुन्छन्; यदि मानिसहरूको जीवनका स्वभावहरूमा कुनै परिवर्तन भएन भने, ढिलो वा चाँडो उनीहरूको भ्रष्ट पक्षहरू आफै प्रकट हुन्छन्। उत्साह, साथै त्यस समय पवित्र आत्माले गर्नुभएको केही काम नै उनीहरूको व्यवहारमा आएको परिवर्तनको स्रोत हुने भएकोले, उत्साहित हुनु वा क्षणिक दया देखाउनु तिनीहरूका निम्ति धेरै सजिलो हुन्छ। जसरी अविश्‍वासीहरू भन्छन्, ‘एउटा असल काम गर्नु सजिलो हुन्छ; जीवनभरि असल कामहरू गर्नुचाहिँ गाह्रो हुन्छ।’ मानिसहरूले आफ्‍नो जीवनभरि नै असल कार्यहरू गरिरहन सक्दैनन्। किन? किनभने प्रकृतिअनुसार मानिसहरू दुष्ट, स्वार्थी, र भ्रष्ट हुन्छन्। व्यक्तिको व्यवहार उसको प्रकृतिद्वारा निर्देशित हुन्छ; व्यक्तिको प्रकृति जस्तो हुन्छ, उसको व्यवहार पनि त्यस्तै हुन्छ, र प्राकृतिक रूपमा जे प्रकट हुन्छ त्यसले जीवनको साथै त्यस व्यक्तिको प्रकृतिको पनि प्रतिनिधित्व गर्दछ। नक्कली चीजहरू टिक्न सक्दैनन्। जब परमेश्‍वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ, त्यो मानिसलाई असल व्यवहारले सिँगार्नका निम्ति हुँदैन—परमेश्‍वरको कामको उद्देश्य मानिसहरूका स्वभावहरूलाई परिवर्तन गर्नु, उनीहरूलाई नयाँ मानिसहरूका रूपमा फेरि जन्माउनु भन्‍ने हुन्छ। परमेश्‍वरको न्याय, दण्ड, परीक्षाहरू, र मानिसका शोधनहरू सबैले आफ्नो स्वभाव परिवर्तन गर्न सक्दछन् ताकि ऊ परमेश्‍वरप्रति पूर्ण अधीनता र भक्ति प्राप्त गर्न सक्दछ, र सामान्यतया उहाँको आराधना गर्न आउँदछ। यो परमेश्‍वरको कामको लक्ष्य हो। असल व्यवहार गर्नु नै परमेश्‍वरको अधीनमा बस्नु होइन, यो ख्रीष्टसँग मिल्दोजुल्दो हुनु हो भन्‍ने कुरा त परै जाओस्। व्यवहारमा परिवर्तनहरू हुने कुरा सिद्धान्तमा आधारित हुन्छ र उत्साहको कारण जन्मेका हुन्छन्; ती परमेश्‍वरको साँचो ज्ञान वा सत्यमा आधारित हुँदैनन्, ती पवित्र आत्माको मार्गनिर्देशनमा निर्भर हुने त परै जाओस्। कहिलेकहीँ यस्तो समय पनि हुन्छ जब मानिसहरूले गर्ने काम पवित्र आत्माद्वारा निर्देशित हुन्छ, तापनि त्यो जीवनको अभिव्यक्ति होइन, यो परमेश्‍वरलाई चिन्नु जस्तै हो भन्‍ने कुरा त परै जाओस्; व्यक्तिको व्यवहार जति सुकै राम्रो भए पनि, त्यसले उनीहरू परमेश्‍वरको अधीनमा बसेका छन् वा उनीहरूले सत्यको अभ्यास गरेका छन् भन्ने प्रमाणित गर्दैन(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “बाहिरी परिवर्तनहरू र स्वभावमा हुने परिवर्तनहरू बीचको भिन्नता”)। “स्वभावमा हुने रूपान्तरणले व्यक्तिको प्रकृतिको रूपान्तरणलाई जनाउँछ। व्यक्तिको प्रकृतिका कुराहरू बाहिरी व्यवहारबाट देख्न सकिँदैन; ती सीधै उसको अस्तित्वको मूल्य र महत्त्वसँग सम्बन्धित हुन्छन्। अर्थात्, ती कुराहरूमा सीधै व्यक्तिको जीवन सम्‍बन्धी दृष्टिकोण र उसका मूल्य-मान्यताहरू, उसका प्राणका गहिराइहरूमा रहेका कुराहरू, र उसको सार समावेश हुन्छन्। यदि व्यक्तिले सत्यलाई स्वीकार गर्न सक्दैन भने, उसका यी पक्षहरू कहिल्यै रूपान्तरण हुनेछैनन्। परमेश्‍वरको कार्य अनुभव गरेर, सत्यमा पूर्ण रूपमा प्रवेश गरेर, अस्तित्व र जीवन सम्‍बन्धी आफ्‍ना मान्यताहरू र दृष्टिकोणहरूलाई परिवर्तन गरेर, आफ्‍नो दृष्टिकोणलाई परमेश्‍वरको वचनसँग मिल्‍दो तुल्याएर, अनि पूर्ण रूपमा परमेश्‍वरको अधीनमा बसेर र समर्पित भएर मात्र, उसको स्वभाव रूपान्तरण भएको छ भनेर भन्‍न सकिन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कसैको स्वभाव रूपान्तरण गर्ने बारेमा के थाहा हुनुपर्दछ”)

ब्रदर लिनले भन्‍नुभयो: “बानीबेहोरा परिवर्तन भयो भन्दैमा उसको जीवन स्वभाव परिवर्तन भएको छ, वा ऊ परमेश्‍वरप्रति आज्ञाकारी र बफादारी छ भन्‍ने हुन्छ? प्रभुमा विश्‍वास गर्ने धेरै मानिसहरूले असल कार्य गर्छन्। तिनीहरूले परोपकारको निम्ति पैसा दिन्छन्, गरिबलाई सहयोग गर्छन्, र त्याग गर्छन्। तर जब तिनीहरूले कष्टको सामना गर्छन्, तब परमेश्‍वरलाई गुनासो गर्छन्। तिनीहरूले उहाँलाई इन्कार गर्छन् र धोका दिन्छन्। के यो परमेश्‍वरप्रतिको साँचो आज्ञापालन हो? कतिपय पाष्टर र एल्डरहरूले प्रेमको बारेमा धेरै कुरा गर्छन्, तर तिनीहरूले मण्डलीलाई आर्थिक अनुदान दिनेहरूलाई मात्रै आशिष्‌ दिन्छन् र तिनीहरूको लागि मात्रै प्रार्थना गर्छन्। के यो साँचो प्रेम हो? कतिपय मानिसहरू नम्र र धैर्य हुन्छन्, तर तिनीहरूका प्रकृति अहङ्कारी र घमण्डी हुन्छ। बाइबल सम्‍बन्धी तिनीहरूको स्पष्टीकरणहरूले तिनीहरू आफैलाई उचाल्छन् र मानिसहरूलाई अन्योलमा पार्छन्। तिनीहरूले मण्डलीभित्र शक्तिको लागि होडबाजी गर्छन् र मण्डलीको पैसा समेत हिनामिना गर्छन्। कतिपय पाष्टरहरूले त विश्‍वासीहरूलाई सहयोग र समर्थन गरेको बहाना गर्छन्, र हेर्दा प्रेमले भरिएको देखिन्छन्, तर मण्डलीको उजाड अवस्थाको कारण जब विश्‍वासीहरूको आत्मा उजाड हुन्छन् र तिनीहरूको विश्‍वास सेलाउँछ, तब तिनीहरूले विश्‍वासीहरूको समस्याहरू समाधान गर्न सक्दैनन्। तिनीहरूले विश्‍वासीहरूलाई अरूको कुरा सुन्‍न वा पवित्र आत्‍माको काम भएको मण्डली खोज्‍न समेत रोक्छन्। तिनीहरूले विश्‍वासीहरूको जीवनको बारेमा विचारै गर्दैनन्। के त्यो ढोङ्गीपन होइन र? फरिसीहरूले पनि अरूलाई प्रेम गर्थे, र बाहिरबाट हेर्दा भक्त देखिन्थे। तर जब प्रभु येशू आउनुभयो, तब तिनीहरूले उहाँको कामको अनुसन्धान गरेनन्। तिनीहरूले उहाँलाई विरोध गरे, दोष दिए, र षड्यन्त्रमा पारे। तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍नको लागि रोमी सरकारसँग सहकार्य समेत गरे। यसले के देखाउँछ भने बाहिरी असल व्यवहार देखाउनु सत्यताको अभ्यास गर्नु, परमेश्‍वरलाई चिन्‍नु वा उहाँमा समर्पित हुनु सरह होइन। हाम्रो पापी प्रकृति समाधान नभएसम्‍म, हामी अझै पनि परमेश्‍वरलाई विरोध गर्न वा धोका दिन सक्छौं। तर आफ्‍नो स्वभाव परिवर्तन गरेकाहरूले त्यसो गर्दैनन्। किनभने तिनीहरूको प्रकृति र शैतानी स्वभाव समाधान भएका हुन्छन्। तिनीहरू जस्तो परिस्थितिमा भए पनि, वा तिनीहरूले जे-जस्ता परीक्षाहरूको सामना गरे पनि, तिनीहरू परमेश्‍वरको विरुद्धमा जाने वा उहाँलाई विरोध गर्ने गर्दैनन्। तिनीहरू उहाँमा समर्पित हुन र बफादारीता देखाउन सक्छन्। तिनीहरूले नम्रता, र धैर्यताको अभ्यास गर्न सक्छन्, र एक-अर्कासँग सतही वा नाम मात्रको प्रेम होइन सिद्धान्त-केन्द्रित प्रेम देखाउन सक्छन्। तिनीहरूको कार्यहरू परमेश्‍वरका वचनहरूमा आधारित हुन्छन्। यसले तिनीहरूको स्वभाव परिवर्तन भएको छ भन्‍ने देखाउँछ। यस विन्दुमा हामी सबै के कुरामा स्पष्ट हुनुपर्छ भने आफूलाई पापबाट मुक्त गर्न र मुक्ति पाउनको लागि, असल कार्य गर्नु मात्रै पर्याप्त छैन। हामीले हाम्रो भ्रष्ट स्वभावहरूलाई शुद्ध पार्नैपर्छ र परिवर्तन गर्नैपर्छ। यदि हामी आफूलाई हाम्रो पापी प्रकृतिबाट पूर्ण रूपमा मुक्त गर्न, र परमेश्‍वरलाई चिन्‍न, उहाँमा समर्पित हुन, र उहाँलाई प्रेम गर्न चाहन्छौं भने, हामीले प्रभुको पुनरागमन भएपछि न्यायको कामलाई स्वीकार गर्नुपर्छ। हाम्रो भ्रष्ट स्वभावहरू शुद्ध पारिएका छन् भने मात्रै हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छौं।”

ब्रदर लिनले भन्‍नुभएको कुरामा म पूर्ण रूपमा सहमत थिएँ। मैले उहाँलाई भने: “तपाईंले पढ्नुभएका ती दुई खण्डहरू एकदम राम्रा छन्। व्यक्तिको बानीबेहोरा राम्रो छ भन्दैमा, उसले पाप गर्न वा परमेश्‍वरको विरोध गर्न सक्दैन भन्‍ने हुँदैन, र ऊ शुद्ध छ, वा ऊ राज्यमा प्रवेश गर्न योग्य छ भन्‍ने हुँदैन। यदि प्रभु हामीलाई मुक्ति दिन फर्केर नआउनुभएको भए, हामीले आफूलाई कहिल्यै पनि पापबाट मुक्त गर्न सक्नेथिएनौं। प्रभु फर्केर आउनुभएपछि उहाँले कसरी मानिसलाई शुद्ध पार्नको लागि न्यायको काम गर्नुहुनेछ?”

ब्रदर लिनले मुस्कुराउँदै यसो भन्‍नुभयो: “बाइबलमा यसको बारेमा धेरै अगमवाणीहरू समावेश छन्, जस्तै ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। ‘अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४७-४८)। यी खण्डहरूले के उल्‍लेख गर्छन् भने प्रभु सत्यता व्यक्त गर्न र भ्रष्ट मानवजातिलाई न्याय गर्न फर्केर आउनुहुनेछ।” उहाँले यो काम कसरी गर्नुहुनेछ भन्‍ने विषयमा ब्रदर लिनले अर्को खण्ड देखाउनुभयो। “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)

ब्रदर लिनले भन्‍नुभयो: “आखिरी दिनहरूमा, प्रभु येशूले सत्यता व्यक्त गर्नुहुनेछ र मानवजातिलाई न्याय गर्नुहुनेछ र शुद्ध पार्नुहुनेछ। यी सत्यताहरूले हाम्रो बाहिरी व्यवहारसँग सम्‍बन्ध राख्दैनन्, जस्तै चुरोट पिउने, जाँड-रक्‍सी खाने, झगडा गर्ने, इत्यादि। ती हाम्रा शैतानी स्वभावलाई र हाम्रो प्रकृतिको सारलाई प्रकट गर्नका लागि, हाम्रा भ्रमित विचार र अवधारणाहरूलाई चिरफार गर्नका लागि हुन्। परमेश्‍वरका वचनहरूले प्रकट गरेका कुराहरूका आधारमा हेर्दा, हामीलाई शैतानले कति गहन रूपमा भ्रष्ट तुल्याएको छ, हामी अहङ्कार, छल, रिसाहापन र दुष्टताजस्ता शैतानी स्वभावहरूले भरिएका छौं भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छौं। हाम्रो अहङ्कारी प्रकृतिको नियन्त्रणमा परेर, हामी सधैँ उच्‍च स्थानमा हुन चाहन्छौं र उच्‍च सम्‍मान पाउन चाहन्छौं, सबै कुरा नियन्त्रणमा राख्‍न चाहन्छौं। हामी परमेश्‍वरको लागि कठिन परिश्रम र त्यागहरू गर्छौं, तर उहाँको अनुग्रह र आशिष्‌ मात्रै प्राप्त गर्नको लागि मात्रै यसो गर्छौं। कठिनाइको सामना गर्दा, हामी उहाँलाई दोष दिन्छौं र विरोध गर्छौं, हामीसँग सामान्य व्यक्तिको विवेक र तर्क-शक्तिको कमी छ भनेर हामीलाई देखाउन परमेश्‍वरका वचनहरूले हामीलाई न्याय गर्छन्। हामी शैतानले हामीलाई भ्रष्ट तुल्याएको सत्यतालाई देख्छौं, र आफूलाई घृणा गर्न र सराप्‍न, र साँचो रूपमा हृदयदेखि पश्‍चात्ताप गर्न थाल्छौं। यस क्रममा, परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशले हामीलाई परमेश्‍वरले कस्तो प्रकारका मानिसहरू मन पराउनुहुन्छ, र उहाँले कसलाई आशिष्‌ दिनुहुन्छ, उहाँले कसलाई घृणा गर्नुहुन्छ र सराप दिनुहुन्छ भन्‍ने कुरा देखाउँछन्। हामीले परमेश्‍वरको धर्मी स्वभाव कसरी उल्‍लङ्घन गर्न नसकिने छ भन्‍ने कुरा अनुभव गर्छौं, र परमेश्‍वरको आदर गर्ने हृदयको विकास गर्छौं। हाम्रो आफ्‍नै दृष्टिकोण परिवर्तन हुन थालेपछि, जब केही कुरा आइपर्छ, हामीले परमेश्‍वरको इच्‍छालाई बुझ्‍ने प्रयास गर्न र परमेश्‍वरको वचनको अभ्यास गर्न सक्छौं। बिस्तारै, हामी हाम्रो भ्रष्ट, शैतानी स्वभावहरूबाट उम्कन थाल्छौं, र परमेश्‍वरलाई साँचो रूपमा आदर गर्न र उहाँमा समर्पित हुन सक्छौं। यसरी, हाम्रो पापी प्रकृतिको समस्या यसको जरादेखि नै समाधान हुन्छ।”

ब्रदर लिनले पढ्नुभएका वचनहरू साधारण व्यक्तिले बोल्‍न सक्‍ने वचनहरू होइनन् भन्‍ने अनुभव भयो। त्यसकारण, मैले उहाँलाई ती कसले बोलेका हुन् भनी सोधेँ। उहाँले मलाई भन्‍नुभयो: “यो सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍टले बोल्‍नुभएको हो। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले पहिले नै करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ, र ती वचनहरूलाई वचन देहमा देखा पर्नुहुन्छमा सङ्कलित गरिएका छन्। सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने सबै धर्मका मानिसहरू उहाँको आवाज सुनेपछि सर्वशक्तिमान्‌ परमेश्‍वरको अघि फर्किआएका छन्। तिनीहरूले उहाँका वचनहरूको न्याय अनुभव गरिरहेका छन् र तिनीहरूको जीवन स्वभावमा केही परिवर्तन आएका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको वेबसाइटमा धेरै जना दाजुभाइ-दिदीबहिनीहरूका गवाहीहरू समावेश छन्।” यो कुरा सुनेपछि म अत्यन्तै उत्साहित भएँ। मैले भनेँ: “यी वचनहरू फरक लाग्यो किनभने यी परमेश्‍वरका वचनहरू रहेछन्! मैले प्रभुको पुनरागमनलाई स्वागत गर्नेछु भनेर कहिल्यै सोचेकी थिइनँ। म साँच्‍चै नै आशिषित् भएकी छु!” पछि, म फेरि अनलाइन गएँ, र परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएका र भ्रष्ट स्वभाव परिवर्तन भएका मानिसहरूको धेरै गवाहीहरू देखेँ, जस्तै “म बल्‍ल मानव जस्तो जिउन सक्‍ने भएँ,” “न्याय ज्योति हो,” “मैले कसरी आखिरी दिनहरूको ख्रीष्‍टको न्याय प्राप्त गरेँ,” “परमेश्‍वरको न्यायले मलाई शुद्ध पार्यो।” सर्वशक्तिमान्‌ परमेश्‍वरको कार्यले कसरी मानिसहरूलाई शुद्ध पार्न र परिवर्तन गर्न सक्छ त्यो मैले अनुभव गरेँ, र सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्‍चै नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने थाहा पाएँ! मैले उत्सुकताको साथ परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गरेँ। मेरो हृदय परमेश्‍वरप्रतिको कृतज्ञताद्वारा भरियो। मलाई सुसमाचार सुनाउन दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयोग गर्नुभएकोमा, मलाई उहाँको आवाज सुन्‍ने मौका दिनुभएकोमा, र मेरो पापलाई शुद्ध पार्ने मार्ग दिनुभएकोमा मैले परमेश्‍वरलाई धन्यवाद दिएँ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरू बीचको भिन्नता छुट्याउन सक्छु

शियाङवाङ, मलेशिया “देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ।...

अब उप्रान्त पैसाको लागि लामो समय कार्य नगरेकोले, मैले सुखी जीवन फेला पारें

अरूहरूले हेलाको दृष्टिले हेर्नबाट जोगिन, ऊ पैसा कमाउनको निम्ति एकदम प्रयत्न गर्छिन्, र दु:खको एक कटु खडेरीमा परि सुकिजान्छन्। चिन्तित र हराएकी, उनलाई परमेश्‍वरका वचनहरूले जीवनमा नयाँ दिशा दिन्छन्, ऊ अब पैसाको लागि लामो समय काम गर्दिनन्, र उनी खुशीको जीवन बिताउन थाल्दछिन्।

“चोरिएको” आशिष

सन् २०१२ को मार्चको कुरा हो। कुन दिन सुरु भयो मलाई थाहा छैन, तर बेलुकीको खानापछि हरेक दिन मेरी श्रीमती हतार-हतार आफ्‍नो काम सकाउँथिन्, र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्