हामीले जीवनमा के कुरा पछ्यानुपर्छ?
सोङ् जिहान, चीनबाल्यकालमा मेरो स्वास्थ्य राम्रो थिएन र हाम्रो परिवारको बढीजसो पैसा साधारणतया मेरो स्वास्थ्य उपचारमै जान्थ्यो, त्यसैले मेरा...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
वर्ष २०१२ मा, हाम्रो पूरै परिवारले सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गर्यो। परमेश्वरका वचनबाट मैले परमेश्वरमा साँचो विश्वास गर्नुको अर्थ बुझेँ, र यो संसारमा प्रत्येक व्यक्तिको एउटा मिसन हुन्छ भन्ने पनि जानेँ। जीवनमा, मानिसले सत्यता पछ्याउनुपर्छ र सृजित प्राणी भएका नाताले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। त्यसैले मैले जागिर छोडेर आफ्नो कर्तव्य निर्वाह गर्न मण्डलीमा आएँ।
त्यो बेला, म हरदिन सुसमाचार फैलाउन बाहिर गइरहन्थेँ, र कहिलेकाहीँ मात्र बुबालाई भेट्न घर जान्थेँ। बुबाको स्वास्थ्य अवस्था नराम्रो रहेको देख्दा, उहाँको दम रोग फेरि बढेछ भनी थाहा पाएँ। यसभन्दा पहिले, उहाँले केही औषधि वा इन्जेक्सन लिए हुन्थ्यो। मैले सोचेँ, यस पटक पनि उहाँ पहिलेजस्तै सहजै निको हुनुहुनेछ, तर केही समयपछि नै बुबा बित्नुभएको खबर आयो। भाइले फोन गरेर मलाई भन्यो, “बुबा बित्नुभयो।” यो दुई शब्द सुन्नेबित्तिकै मेरो मुटु हल्लियो, र आँखाबाट धरधरी आँसु बग्न थाल्यो। जब म घर पुगेँ, आन्टीले धिक्कार्दै भनिन्, “तैँले चिकित्साशास्त्र अध्यन गरिस्। बुबालाई दमको रोग छ भन्ने तँलाई थाहा थियो, किन अक्सिजन थेरापी दिइनस्? त्यसो गरेको भए, यति चाँडो नमर्न सक्नुहुन्थ्यो।” यो सुनेर मेरो मुट झन् छियाछिया भयो, यो मेरो बुबाप्रतिको कृतज्ञताले भरिएको थियो। मैले उहाँको बारेमा थोरै बढी सोचकी भए, के उहाँ यति चाँडो मर्नुहुने थिएन र? आन्टीले मेरो हात समातेर भन्नुभयो, “सबै छोराछोरीमध्ये तेरा लागि नै तेरो आमाबुबाले धेरै गरेका थिए। अब तेरो बुबा बितिसक्नुभयो, र तैँले छोरीको कर्तव्य पनि गर्न पाइनस्। अब, आमाको चाहिँ राम्रो ख्याल राख्नु नि।” मैले चुपचाप टाउको हल्लाएँ, मेरो आमाबुबाले मलाई हुर्काएको, शिक्षा दिएको र ममाथि गर्व गर्ने गरेको सम्झिरहेँ। तर मैले केही गर्ने मौका पाउनु अघि नै बुबा बित्नुभयो। अब मैले आमाको ख्याल गर्ने जिम्मेवारी वहन गर्नु थियो; उहाँलाई कष्ट हुन दिनुहुँदैनथ्यो। त्यसपछि, मैले हरेक दिन आफ्नो कर्तव्य निर्वाह गरेको भए पनि, फुर्सद हुनेबित्तिकै म सोच्ने गर्थेँ, “यदि मैले जागिर खोजेर पैसा कमाइनँ भने, भविष्यमा आमा कसरी जिउनुहुन्छ? मैले आमाको हेरचाह गर्न सकिनँ, फेरि पछुतो हुने अर्को काम गरेँ भने, जिन्दगीभर मलाई यसबारे पछुतो हुनेछ।” त्यसैले, म हरेक दिन कर्तव्य सक्नेबित्तिकै जागिरको खोजी गर्न थालेँ।
मार्च २०१३ मा, मैले काम पाएँ र काममा जान तयार हुँदै थिएँ, तर, मलाई बास दिने सिस्टरको घर छोड्दै गर्दा मनमा अत्यन्त उदासी छायो। मेरो दिमागमा एउटा भजन बारम्बार गुन्जियो: “म पापमा झरेँ, तर प्रकाशमा उठेँ। तपाईंको उत्कर्ष पाएर म कत्ति आभारी भएकी छु। देहधारी परमेश्वरले कष्ट भोग्नुहुन्छ, अनि मजस्तो भ्रष्ट व्यक्तिले कति भोग्नुपर्छ होला! मैले अँध्यारो शक्तिअघि घुँडा टेकेँ भने कसरी परमेश्वरलाई देख्ने होला? जब म तपाईंका वचन सम्झन्छु, तिनले ममा तपाईंको तृष्णा जगाउँछ। जबजब म तपाईंको अनुहार हेर्छु, म अपराधबोध र आदरभावले भरिन्छु। म तपाईंलाई त्यागेर कसरी तथाकथित स्वतन्त्रता खोज्न सक्छु? …” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, परमेश्वरको असल समाचार कुर्दै)। यो गीत गुनगुनाएर मेरो उदासी हट्यो, जब म लाइननेर पुगें, “म तपाईंलाई त्यागेर कसरी तथाकथित स्वतन्त्रता खोज्न सक्छु?” मेरो अनुहार आँसुले भिजिसकेको थियो। विगतमा, म खोक्रोपन र पीडामा जिइरहेकी थिएँ। जीवनको कुनै दिशा थिएन, मेरो अस्तित्वको कुनै उद्देश्य थिएन। परमेश्वरले नै मलाई मानिसहरूको विशाल समुद्रबाट चुन्नुभएको थियो, र उहाँको वचन सुन्ने, जीवनको अर्थ बुझ्ने भाग्यमानी बनाउनुभएको थियो। यो परमेश्वरले मलाई देखाउनुभएको अनुग्रह थियो। तर जागिर खाएर पैसा कमाउन मैले चाँडै कर्तव्य छोडेँ, मलाई परमेश्वरप्रति निकै ऋणी रहेको महसुस भयो। रुँदै मैले परमेश्वरलाई पुकारेँ, “हे परमेश्वर, म निकै कमजोर छु, आफैविरुद्ध विद्रोह गर्न सक्दिनँ। बिन्ती मलाई यो मार्गमा जानबाट रोक्नुहोस्।” त्यतिखेरै, परबाट बलौटे आँधी मतिर बहँदै आएको देखेँ। चाँडै म आँधीले घेरिएँ। मैले सास फेर्न, केही देख्न सकिरहेकी थिइनँ। मैले फडफडाएको आवाज सुनेँ, मानौँ, कुनै कुरालाई हावाले तानेको छ। त्यो बेला, मेरो दिमागमा एउटै सोच आयो: “भाग्।” मैले तुरुन्त आफ्नो ई-बाइक छोडेर अगाडि दौडिएँ। म थोरै अगाडि मात्रै के पुगेकी थिएँ, मेरो पछाडि ठूलो आवाज सुनेँ। मैले आँखा छोपेकी थिएँ, पछाडि फर्केर हेर्ने आँट गरिनँ। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरिरहेँ, मेरो रक्षा गर्न बिन्ती गरेँ। केही बेरपछि, बलौटे आँधी शान्त भयो। त्यसपछि, मैले मेरो ई-बाइक केही पर लडिरहेको देखेँ, र उडेर आएको टिनको छानाले सडकछेउको टेलिफोन खम्बालाई दुई टुक्रा पारेको देखेँ। टेलिफोनको खम्बा दश गजसम्म उडेर गएको थियो, तार पनि चुँडिएको थियो। त्यतिबेला मेरो दिमागले भाग् नभनेको भए, मलाई खम्बाले थिचेर मार्न सक्थ्यो। त्यो बेला, परमेश्वरका वचनको एउटा वाक्य मेरो दिमागमा गुन्जियोः “मैले तिमीहरूलाई स्वर्गको ज्वाला समेत देखाएको छु, तर मसँग तिमीहरूलाई जलाउने हृदय छैन। …” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!)। परमेश्वरले मेरो रक्षा गर्नुभएको थियो, मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म अब पैसा कमाउन जागिर खानेछैन; म तपाईँलाई छोड्ने छैन।” तर भोलिपल्ट उठ्दा म फेरि डगमगाएँ। अगाडि मैले अझैपनि लामो बाटो हिँड्नु थियो। मेरो जागिर भएन भने, आमा भविष्यमा कसरी जिउनुहुनेथ्यो? आमाबुबाले मलाई हुर्काउनुभयो, म उहाँहरूको बुढेसकालको सहारा बन्नुपर्छ। तर कर्तव्य छोडेर पैसा कमाउन जागिर गर्नु दुःख लाग्दो हुनेथियो। अस्पतालको काम निकै व्यस्त हुन्छ, र म त्यहाँ काम गर्न गएँ भने भेला हुने समय पनि पाउन मुस्किल हुनेथ्यो। पछि, म आफ्नो कर्तव्य निर्वाह गर्न गएँ। तर, अझैपनि बेलाबेलामा आमाको बारेमा सोचिरहन्थेँ। आमासँग मेरा दाजुभाइ थिए र उहाँलाई जीवनमा कठिनाइ नहुनुपर्ने हो, तर, उहाँको हेरचाह गर्न नपाएको कारण अझैपनि पछुतो र ऋणी महसुस भइरहन्थ्यो।
चाँडै नै १० वर्ष बित्यो। एक पटक, केही असमान्य परिस्थितिमा, बुबाको मृत्युपछि आमाको एक्लो जीवन कस्तो होला भन्ने सोचेँ। हृदयमा नियन्त्रण गर्न कठिन पीडा थियो, मानौँ यो सबै कुरा हिजै भएको हो। मेरो बुबा बित्नुभएको १० वर्ष भइसकेको थियो, तर बुबाआमाप्रतिको मेरो ऋणको भावना अझै पनि मेरो हृदयमा गहिरोसँग दबिएको थियो। म यो स्थितिबाट पूर्ण रूपमा निस्कन चाहन्थेँ, त्यसैले म बुबाआमाप्रतिको ऋणको भावनाभित्र सधैँ किन जिउँछु भन्ने खोज्न परमेश्वरसामु आएँ।
मैले परमेश्वरका केही वचन पढेँ र आफ्नो समस्याबारे केही ज्ञान पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “गैरविश्वासीहरूको संसारमा एउटा भनाइ छ: ‘कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्छ।’ यो भनाइ पनि छ: ‘आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ।’ यी भनाइहरू कति भव्य सुनिन्छन्! वास्तवमा, पहिलो भनाइले उल्लेख गरेको घटना, अर्थात् कागले खाना खुवाएर आमाको ऋण तिर्नु, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्नु भनेको वास्तवमै हुने कुरा हुन्, र यी तथ्य हुन्। तैपनि, यी त पशु जगतमा देखिने घटनाहरू मात्र हुन्। यी कुराहरू परमेश्वरले विभिन्न जीवित प्राणीहरूका लागि स्थापित गर्नुभएको नियम मात्र हुन्, र मानिसलगायत सबै प्रकारका जीवित प्राणीहरूले यिनै नियमहरू पालना गर्छन्। सबै प्रकारका जीवित प्राणीहरूले यो नियम पालना गर्छन् भन्ने तथ्यले सबै जीवित प्राणीहरू परमेश्वरले सृष्टि गर्नुभएको हो भन्ने कुरालाई झनै देखाउँछ। कुनै पनि जीवित प्राणीले यस नियमलाई तोड्न सक्दैन, र कुनै पनि जीवित प्राणीले यसलाई पार गर्न सक्दैन। सिंह र बाघजस्ता तुलनात्मक रूपमा क्रूर मांसाहारीहरूले पनि आफ्नो सन्तानको पालनपोषण गर्छन् र वयस्क हुनुभन्दा पहिले तिनलाई टोक्दैनन्। यो जनावरको अन्तर्निहित प्रवृत्ति हो। तिनीहरू जुनसुकै प्रजातिका भए पनि, तिनीहरू क्रूर भए पनि वा दयालु र कोमल भए पनि, सबै जनावरहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। मानिसलगायत सबै प्रकारका प्राणीहरू यस अन्तर्निहित प्रवृत्ति र नियम पालना गरेर मात्र वृद्धि हुन र बाँचिरहन सक्छन्। यदि तिनीहरूले यस नियम पालना गरेनन्, वा तिनीहरूमा यो नियम र अन्तर्निहित प्रवृत्ति नभएको भए, तिनीहरू वृद्धि हुन र बाँच्न सक्दैनथिए। जैविक श्रृङ्खला अस्तित्वमा रहने थिएन, न त यो संसार नै अस्तित्वमा रहनेथियो। के यो कुरा साँचो होइन र? (हो।) कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्छ भन्ने तथ्यले पशु जगतले यस प्रकारको नियम पालना गर्छ भन्ने कुरालाई ठ्याक्कै देखाउँछ। सबै प्रकारका जीवित प्राणीहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। सन्तान जन्मिएपछि, त्यो वयस्क नभएसम्म त्यस प्रजातिको भाले वा पोथीले त्यसको हेरचाह र पालनपोषण गर्छ। सबै प्रकारका जीवित प्राणीहरूले इमानदारी र कर्तव्यनिष्ठाका साथ अर्को पुस्तालाई हुर्काउँदै आफ्नो सन्तानप्रतिको जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छन्। यो कुरा मानिसहरूमा अझ बढी लागू हुनुपर्ने हो। मानवजातिले मानिसहरूलाई उच्च स्तरका पशु भन्छ—यदि तिनीहरूले यो नियम पालना गर्न सक्दैनन्, र तिनीहरूमा यस अन्तर्निहित प्रवृत्तिको कमी छ भने, मानिसहरू पशुभन्दा तल्लो स्तरका हुन्, होइन त? त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउँदा तेरो जति पालनपोषण गरे पनि, र तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी जति पूरा गरे पनि, तिनीहरूले सृष्टि गरिएको मानवको क्षमताको दायराभित्र आफूले गर्नुपर्ने काम मात्र पूरा गरिरहेका हुन्छन्—यो तिनीहरूको अन्तर्निहित प्रवृत्ति हो। … सबै प्रकारका जीवित प्राणी र जनावरहरूमा यी अन्तर्निहित प्रवृत्ति र नियमहरू हुन्छन्, र तिनीहरूले यी नियमहरूलाई राम्ररी र पूर्ण रूपमा पालना गर्छन्। यो कुनै पनि व्यक्तिले नष्ट गर्न नसक्ने कुरा हो। केही विशेष जनावरहरू पनि छन्, जस्तै बाघ र सिंहहरू। यी जनावरहरू वयस्क भएपछि, आफ्ना आमाबुबालाई छोड्छन्, र केही भाले जनावरहरू त आवश्यकताअनुसार प्रतिद्वन्द्वी भएर एक-अर्कालाई टोक्ने, एक-अर्कासँग प्रतिस्पर्धा गर्ने र झगडा गर्ने पनि गर्छन्। यो सामान्य कुरा हो, र यो नियम हो। तिनीहरू आफ्ना भावनाहरूद्वारा नियन्त्रित हुँदैनन्, र तिनीहरू मानिसहरू जस्तो ‘मैले तिनीहरूको दया-मायाको ऋण तिर्नुपर्छ, मैले तिनीहरूलाई भरपाई गर्नुपर्छ—मैले मेरा आमाबुबाको आज्ञा पालन गर्नुपर्छ। यदि मैले तिनीहरूप्रति पैतृक निष्ठा देखाइनँ भने, अरूले मेरो निन्दा गर्नेछन्, मलाई हप्काउनेछन्, र मेरो पिठ्युँपछाडि मेरो आलोचना गर्नेछन्। म त्यो सहन सक्दिनँ!’ भन्दै आफ्नो भावनामा बाँच्दैनन्। पशु जगतमा यस्तो कुरा भनिँदैन। मानिसहरूले किन यस्तो कुरा गर्छन्? किनभने समाजमा र मानिसहरूको समूहभित्र, विभिन्न गलत विचार र सर्वसम्मतिहरू रहेका हुन्छन्। मानिसहरू यी कुराहरूद्वारा प्रभावित, क्षतविक्षत भएपछि र सडेपछि, तिनीहरूमा आमाबुबा र सन्तानको सम्बन्धलाई व्याख्या गर्ने र लिने विभिन्न तरिकाहरू पैदा हुन्छन्, र तिनीहरूले अन्ततः आफ्ना आमाबुबालाई आफ्ना ऋणदाताका रूपमा व्यवहार गर्छन्—तिनीहरूले आफ्नो सम्पूर्ण जीवनभरि पनि कहिल्यै तिर्न नसक्ने ऋणदाताहरू। कतिपय मानिसहरूले त आफ्ना आमाबुबाको मृत्युपछि आफ्नो सम्पूर्ण जीवनभरि दोषी महसुस पनि गर्छन्, र तिनीहरूले आफ्ना आमाबुबालाई खुसी नपार्ने कुनै काम गरेकोले वा तिनीहरूका आमाबुबाले चाहे जस्तो नगरेकोले आफ्ना आमाबुबाको दया-माया पाउन आफूलाई अयोग्य ठान्छन्। मलाई भन, के यो अति नै भएन र? मानिसहरू आफ्नो भावनाका माझ जिउँछन्, त्यसैले तिनीहरूलाई यी भावनाहरूबाट उत्पन्न हुने विभिन्न विचारहरूले मात्रै अतिक्रमण गर्न र बाधा पुर्याउन सक्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१७))। “जे भए पनि, तँलाई हुर्काएर तेरा आमाबुबाले आफ्नो जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्। तँलाई हुर्काएर वयस्क बनाउनु तिनीहरूको दायित्व र जिम्मेवारी हो, र यसलाई दया-माया भन्न मिल्दैन। यदि यसलाई दया-माया भन्न सकिँदैन भने, के यो तैँले आनन्द लिनुपर्ने कुरा होइन र? (हो।) यो तैँले पाउनुपर्ने एक प्रकारको अधिकार हो। तँलाई तेरा आमाबुबाले हुर्काउनुपर्छ, किनभने तँ वयस्क हुनुभन्दा पहिले, तैँले खेल्ने हुर्कँदै गरेको बच्चाको भूमिका खेल्छस्। त्यसकारण, तेरा आमाबुबाले तँप्रतिको एक प्रकारको जिम्मेवारी मात्रै पूरा गरिरहेका हुन्छन्, र तैँले त्यसलाई लिइरहेको हुन्छस् मात्रै, तर तैँले तिनीहरूबाट पक्कै पनि अनुग्रह वा दया-माया प्राप्त गरिरहेको हुँदैनस्। कुनै पनि जीवित प्राणीका लागि, सन्तान जन्माउनु र तिनको हेरचाह गर्नु, प्रजनन गर्नु, र अर्को पुस्तालाई हुर्काउनु भनेको एक प्रकारको जिम्मेवारी हो। उदाहरणका लागि, चराचुरुङ्गी, गाईवस्तु, भेडा, र बाघले पनि प्रजनन गरेपछि आफ्नो सन्तानको हेरचाह गर्नुपर्छ। आफ्नो सन्तानलाई नहुर्काउने कुनै जीवित प्राणी छैन। केही अपवादहरू हुन सक्छन्, तर ती धेरै छैनन्। यो जीवित प्राणीहरूको अस्तित्वमा रहेको प्राकृतिक अवस्था नै हो, यो जीवित प्राणीहरूको अन्तर्निहित प्रवृत्ति हो, र यसलाई दया-मायाका रूपमा लिन सकिँदैन। तिनीहरूले त सृष्टिकर्ताले जनावरहरू र मानवजातिका लागि तोक्नुभएको नियमको पालना मात्रै गरिरहेका हुन्छन्। त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउनु भनेको एक प्रकारको दया-माया होइन। यसका आधारमा के भन्न सकिन्छ भने तेरा आमाबुबा तेरा ऋणदाता होइनन्। तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। तिनीहरूले तेरा लागि जतिसुकै मेहनत गरे पनि र पैसा खर्च गरे पनि, तिनीहरूले तँलाई त्यसको भरपाई माग्नु हुँदैन, किनभने आमाबुबाका रूपमा तिनीहरूको जिम्मेवारी यही नै हो। यो जिम्मेवारी र दायित्व भएको हुनाले, यो निःशुल्क हुनुपर्छ, र तिनीहरूले भरपाई माग्नु हुँदैन। तँलाई हुर्काएर, तेरा आमाबुबाले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए, र यसको ऋण तिर्नु पर्दैन, र यो लेनदेनको कार्य बन्नु हुँदैन। त्यसकारण, तैँले भरपाई गर्ने विचारअनुसार आफ्ना आमाबुबासँग व्यवहार गर्ने वा तिनीहरूसँगको सम्बन्धलाई सम्हाल्ने गर्नु हुँदैन। यदि तैँले यस विचारका आधारमा आफ्ना आमाबुबासँग व्यवहार गर्छस्, तिनीहरूप्रतिको ऋण तिर्छस्, र तिनीहरूसँगको सम्बन्धलाई सम्हाल्छस् भने, त्यो अमानवीय हुन्छ। साथ-साथै, यसले तँलाई तेरा दैहिक भावनाहरूको नियन्त्रण र बन्धनमा पार्ने सम्भावना हुन्छ, र तँलाई यी उल्झनहरूबाट बाहिर निस्कन गाह्रो हुनेछ, यहाँसम्म कि तैँले आफ्नो बाटो बिराउनसमेत सक्छस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनबाट मैले बुझेँ कि बुबाआमाले छोराछोरीको पालनपोषण गर्नु कुनै दयालुपन होइन। यो सबै जीवित प्राणीका लागि परमेश्वरले निर्धारण गर्नुभएको एउटा नियम र प्रवृत्ति हो। जुनसुकै प्रकारका जनावरले, चाहे सुधो वा क्रूर होस्, वातावरणीय परिस्थितिका आधारमा आफ्ना सन्तानको पालनपोषणका लागि आफूले गर्नसक्ने सबै गर्छन्। यो तिनको जिम्मेवारी र दायित्व हो, अनि परमेश्वरले तिनलाई दिनुभएको प्रवृत्ति हो। जीवित प्राणीले यो प्रवृत्ति र नियमको पालना गरेमा मात्रै तिनीहरूको सङ्ख्या बढिरहन्छ, जीवित रहिरहन्छन्। मानव पनि यस्तै हुन्छन्। सन्तानको पालनपोषण गर्नु आमाबुबाको जिम्मेवारी र दायित्व हो, यो परमेश्वरले उहाँहरूलाई दिनुभएको जन्मजात कुरा हो, मानिसले स्वभावैले गर्ने काम हो। जन्मेदेखि नै आमाबुबाले अन्य सन्तानसँगै मेरो पनि पालनपोषण गर्नुभयो। मेरो भाइ शिल्प सिक्न मन पराउँथ्यो, त्यसैले आमाले उसलाई शेफ पढ्न दिनुभयो। मलाई पढ्न मन पर्थ्यो, र मैले सधैँ राम्रो नम्बर ल्याउँथेँ। आमाबुबाले मेरो अध्ययनशीलता बढाउन मद्दत गर्नुभयो, उहाँहरूले मेरा लागि धेरै ऊर्जा र पैसा खर्च गर्नुभयो। आमाले हामीमध्ये जो-जो पढ्न चाहन्छौँ सबैलाई पढाउने भन्नु भएको थियो। आमाले सन्तानको पालनपोषण गर्ने जिम्मेवारी पूरा गर्दै हुनुहुन्थ्यो, यसलाई लेनदेनको रूपमा हेर्न हुँदैन। मैले परमेश्वरमा विश्वास र कर्तव्य गर्दा आमाबुबाले सधैँ सहयोग गर्नुभयो। मेरो बुबा बितेपछि पनि आमाले मैले उहाँको रेखदेख गर्नुपर्छ भनेर भन्नु भएको थिएन। उहाँले म परमेश्वरमा विश्वास गर्न सकूँ र पूर्ण मन लगाएर कर्तव्य गरूँ भन्ने मात्रै आशा गर्नुहुन्थ्यो। तर, मैले आमाबुबासँगको मेरो सम्बन्धमा परम्परागत संस्कृतिलाई प्रभाव पार्ने स्थान दिएकी थिएँ। “बाबुआमाप्रतिको धर्म सबैभन्दा ठूलो पुण्य हो,” “छोराछोरीले आमाबुबाको बुढेसकालको सहारा बन्ने आशा गर्छन्, तर रुखले शान्ति चाहे पनि हावा नरोकिएझैँ समयले पनि पर्खँदैन,” “कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले आमाको दूध पाउन घुँडा टेक्छ,” र “सन्तानको धर्म ननिभाउने व्यक्ति पशुभन्दा तुच्छ हुन्छ” जस्ता सोचहरू सानैदेखि मभित्र भरिएका थिए, र म मेरो आमाबुबाको प्रेम संसारकै सबभन्दा ठूलो प्रेम हो भनी मान्दथेँ। मैले उहाँहरूप्रति सन्तानको धर्म निभाएर, भौतिक र आत्मिक रूपमा उहाँहरूको ऋण तिरे मात्र म कर्तव्यपरायण छोरी र असल व्यक्ति हुनेथेँ। बुबाको अचानक मृत्यु भएपछि “छोराछोरीले आमाबुबाको बुढेसकालको सहारा बन्ने आशा गर्छन्, तर समयले पर्खँदैन” भन्ने वाक्यांशमा व्यक्त अपूरणीय अपराधबोध मैले अझ राम्रोसँग बुझेँ। त्यसैले, बुबाको मृत्युपछि म जागिर खाएर पैसा कमाउन, आमाको भरणपोषण गर्न र मातृभक्ति देखाउन चाहेँ। मलाई आफूले कर्तव्य छाड्न र परमेश्वरलाई धोका दिन सक्दिनँ भन्ने पूर्ण रूपमा थाहा भएपनि, म अझैपनि मलाई बाँध्ने ती सोचबाट मुक्त हुन सकिरहेकी थिइनँ। परमेश्वरले मलाई चेतावनी दिन बलौटे आँधी प्रयोग नगर्नुभएको भए, म आफ्नो कर्तव्य छोडेर उहाँबाट अलग भइसकेकी हुनेथिएँ होला। परम्परागत संस्कृतिका यी सोच निकै राम्रा देखिएपनि, सारमा, ती वास्तवमा शैतानले मानिसलाई बाँध्न प्रयोग गर्ने अदृश्य सिक्री हुन्। यी सोचहरूले आमाबुबा र सन्ताबीचको सम्बन्धलाई विकृत बनाएका छन्। तिनले सन्तानको पालनपोषण गर्ने आमाबुबाको जिम्मेवारीलाई कृपाको रूपमा हेर्नुपर्छ र त्यसलाई चुक्ता गर्नुपर्छ भनेर देखाएका छन्। मानिसले आफ्नो आमाबुबाको ऋण तिर्न वा त्यसो गर्नुका सर्त पूरा गर्न सकेनन् भने तिनीहरू आफूलाई सन्तानको धर्म पूरा नगर्ने र अविवेकी सम्झन्छन्, र जीवनभर ऋणी महसुस गरी आफैलाई धिक्कार्दै पनि बस्न सक्छन्। शैतानले मानिसमा विष भर्न, तिनलाई बाँध्न, परमेश्वरबाट अलग राख्न र उहाँलाई धोका दिन यी परम्परागत सोचहरूको प्रयोग गर्दछ, यसरी मानिसलाई हानि गर्ने आफ्नो लक्ष्य प्राप्त गर्दछ। परमेश्वरले आमाबुबा र सन्तानबीचको सम्बन्धलाई प्रकट गरेपछि, म बिस्तारै स्पष्ट हुँदै गएँ। आमाबुबाले मेरा लागि गरेको समर्पण मैले काँधमा बोकेर हिँड्नुपर्ने बोझ होइन। मैले शैतानी परम्परागत संस्कृतिमा आधारित रहेर आमाबुबासँगको सम्बन्ध हेर्दै उहाँहरूको मलाई गरेको प्रेम र हेरचाह तिर्नुपर्ने कृपा हो भनेर लिनुहुँदैन। यो सत्यताअनुरूप छैन। यो बुझेपछि मेरो हृदय निकै हलुका र स्वतन्त्र भयो।
पछि, मैले परमेश्वरका वचन अझ धेरै पढेँ: “व्यक्तिको लागि भावनात्मक रूपमा सम्हाल्न सबभन्दा कठिन सम्बन्ध भनेको आमाबुबासँगको सम्बन्ध हो, तर खासमा, यो पूर्णतया व्यवस्थापन गर्नै नसकिने कुरो होइन। सत्यता बुझ्ने आधारमा मात्र मानिसहरूले यो मामलालाई सही र चेतनशील रूपमा हेर्न सक्छन्। त्यसैले, भावनाको दृष्टिकोणबाट सुरु नगर्, र सांसारिक मानिसहरूको अन्तर्ज्ञान वा दृष्टिकोणबाट पनि सुरु नगर्। बरु, आफ्ना आमाबुबाप्रति परमेश्वरका वचनअनुसार उचित ढङ्गले व्यवहार गर्। आमाबुबाले वास्तवमा के भूमिका खेल्छन्, वास्तवमा आमाबुबाको लागि छोराछोरीको महत्त्व कति हुन्छ, छोराछोरीले आमाबुबाप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ, र मानिसहरूले आमाबुबा र छोराछोरीबीचको सम्बन्ध कसरी सम्हाल्ने र समाधान गर्ने गर्नुपर्छ? मानिसहरूले भावनाको आधारमा यी कुराहरू हेर्नु हुँदैन, न त तिनीहरू कुनै गलत विचार वा प्रचलित भावनाद्वारा प्रभावित हुन नै मिल्छ; ती कुराहरू परमेश्वरका वचनअनुसार सही ढङ्गले हेरिनुपर्छ। यदि परमेश्वरले तोक्नुभएको परिवेशमा, तँ आफ्ना आमाबुबाप्रतिको कुनै पनि जिम्मेवारी पूरा गर्न चुकिस्, वा यदि तँ तिनीहरूको जीवनमा कुनै प्रकारको भूमिका खेल्दैनस् भने, के त्यो अनुत्तरदायी सन्तान हुनु हो? के तेरो विवेकले तँलाई घोच्नेछ? तेरा छिमेकी, सहपाठी, र नातेदार सबैले तेरो पिठ्युँपछाडि तँलाई धिक्कार्नेछन् र तेरो आलोचना गर्नेछन्। तिनीहरूले तँलाई अनुत्तरदायी बच्चा भनेर बोलाउनेछन् र यसो भन्नेछन्: ‘तेरा आमाबुबाले तेरो निम्ति औधी त्याग गरे, तेरो लागि औधी कठिन प्रयत्न गरे, र तँ सानै छँदादेखि तेरो लागि औधी काम गरे, अनि तँचाहिँ बैगुनी बच्चा बनेर कुनै अत्तोपत्तोबिना हराउँछस्, र तँ सुरक्षित छस् भनेर जानकारी पनि गराउँदैनस्। तँ नयाँ वर्षमा फर्केर नआउने मात्र होइन, आमाबुबालाई एकचोटि फोन गर्ने वा खबर पठाउने कामसमेत गर्दैनस्।’ हरेक पटक यस्ता कुराहरू सुन्दा तेरो विवेकबाट रगत र आँसु बग्छ, र तँलाई निन्दनीय अनुभूति हुन्छ। ‘ओहो, उहाँहरू सही हुनुहुन्छ।’ तेरो अनुहार तातिएर रातोपिरो हुन्छ, र तेरो हृदय सियोले घोचेझैँ काँप्छ। के तँसित यस्ता अनुभूतिहरू थिए? (हजुर, पहिले थिए।) के तेरा छिमेकी र नातेदारहरूले तँलाई आमाबुबाप्रति कर्तव्यनिष्ठ नभएको भन्नु सही थियो? (थिएन। म आमाबुबाप्रति कर्तव्यनिष्ठ नभएको होइन।) तेरो तर्क सुना। … सर्वप्रथम, धेरैजसो मानिसहरू कर्तव्य निभाउनलाई घर छोड्न रोज्नुको कारण भनेको केही हदसम्म त्यो व्यापक वस्तुगत परिस्थिति हो, जसले तिनीहरूलाई आफ्ना आमाबुबालाई छाडेर जान बाध्य तुल्याउँछ; तिनीहरू आमाबुबालाई हेरचाह गर्न र साथ दिन तिनीहरूको छेउमा बस्न सक्दैनन्। तिनीहरूले इच्छापूर्वक आमाबुबालाई छाड्न रोज्छन् भन्ने होइन; यो त वस्तुगत कारण हो। अर्को कुरा, व्यक्तिपरक रूपमा भन्नुपर्दा, तँ तेरा कर्तव्यहरू निभाउन बाहिर जानुको कारण तैँले आफ्ना आमाबुबालाई छोड्न र जिम्मेवारीहरूबाट भाग्न चाहेर होइन, त्यो परमेश्वरको बोलावटले गर्दा हो। परमेश्वरको कामसँग सहकार्य गर्न, उहाँको बोलावट स्विकार्न, र सृष्टि गरिएको प्राणीका कर्तव्यहरू निभाउनको निम्ति, तँसित आमाबुबालाई छोड्नुबाहेक अरू विकल्प थिएन; तँ तिनीहरूलाई साथ दिन र हेरचाह गर्न तिनीहरूको छेउमै बसिरहन मिल्थेन। तैँले जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोडेको त होइनस् नि, होइन र? जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छाड्नु अनि परमेश्वरको बोलावट स्विकार्न र तेरा कर्तव्यहरू निभाउन तिनीहरूलाई छोड्नुपर्ने हुनु—के यी दुई फरक प्रकृतिका कुरा होइनन् र? (हजुर।) तेरो हृदयमा, तँसित आमाबुबाका लागि भावनात्मक सम्बन्ध र सोचहरू हुन्छन्; तेरो भावना खोक्रो हुँदैन। यदि वस्तुगत परिस्थितिहरूले साथ दिन्छन् र तँ आफ्नो कर्तव्य पनि निभाउँदै तिनीहरूको छेउमा रहन सक्छस् भने, तँ तिनीहरूको छेउमा बस्न इच्छुक हुनेथिस्, र नियमित रूपमा तिनीहरूको ख्याल गरिरहेको र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेथिस्। तर वस्तुगत परिस्थितिका कारणले गर्दा तैँले तिनीहरूलाई छोड्नैपर्छ; तँ तिनीहरूको छेउमा बस्न मिल्दैन। यो होइन कि तँ तिनीहरूको बच्चा भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्, बरु यो हो कि तैँले त्यो पूरा गर्नै सक्दैनस्। के यसको प्रकृति फरक छैन र? (छ।) यदि तैँले कर्तव्यनिष्ठ सन्तान नबन्न र आफ्ना जिम्मेवारीहरू पूरा नगर्न घर छोडिस् भने, त्यो अनुत्तरदायी हुनु हो र त्यसमा मानवता हुँदैन। तेरा आमाबुबाले तँलाई हुर्काए, तर तँ आफ्ना पखेटाहरू फिँजाएर आफ्नो बाटो लाग्न आतुर छस्। तँ आमाबुबा हेर्न चाहँदैनस्, र तिनीहरू कुनै कठिनाइमा परेको सुन्दा तँ केही चासो दिँदैनस्। तँ आफूसँग स्रोतसाधन भएर पनि मद्दत गर्दैनस्; तँ नसुनेझैँ गर्छस् र अरूलाई तेरो बारेमा जे मन लाग्छ त्यो भन्न दिन्छस्—तँ बस आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्। यो अनुत्तरदायी हुनु हो। तर के अहिलेको अवस्था यस्तो हो त? (होइन।) धेरै मानिसहरूले कर्तव्य निभाउन आफ्नो सहर, प्रान्त, वा आफ्नो देशसमेत छाडेका छन्; तिनीहरू आफ्नो गृहनगरबाट धेरै टाढा छन्। साथै, विविध कारणहरूले गर्दा तिनीहरूलाई आफ्ना परिवारसँग सम्पर्कमा रहन सहज छैन। बेलाबेलामा, तिनीहरू आफ्नो गृहनगरबाट आएका मानिसहरूलाई आफ्ना आमाबुबाको हालखबर सोध्छन् र तिनीहरू अझै स्वस्थ छन् र तिनीहरूको गुजारा चलिरहेको छ भन्ने सुनेर राहत महसुस गर्छन्। खासमा, तँ अनुत्तरदायी होइनस्; तँ आफ्ना आमाबुबाबारे चासो राख्न वा तिनीहरूप्रतिका जिम्मेवारीहरू पूरा गर्नसमेत नचाहने गरी मानवता नै नभएको बिन्दुमा पुगेको छैनस्। विविध वस्तुगत कारणहरूले गर्दा नै तैँले यो निर्णय गर्नुपरेको हो, त्यसैले तँ अनुत्तरदायी होइनस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१६))। परमेश्वरका वचनबाट मैले यतिका वर्षसम्म सधैँ आमाबुबाप्रति ऋणी रहेको भावनाभित्र जिउनुको कारण परम्परागत संस्कृतिको प्रभाव र विषले म प्रभावित रहुनु थियो भन्ने बुझें। मैले सोचेँ, म “कागले आमालाई खुवाएर ऋण तिर्छ” र “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्ने भनाइअनुसार जिएकी थिइनँ। म सन्तानको धर्म नगर्ने छोरी हुँ भन्ने लाग्यो। मेरो अन्तरात्मा भारी थियो, र मैले आँसु थाम्न सकिनँ। परमेश्वरका वचनबाट मैले अन्ततः बुझेँ कि कसैले पनि बाहिरी व्यवहारका आधारमा कुनै व्यक्तिको समझ र मानवताको मूल्याङ्कन गर्नुहुँदैन बरु, तिनीहरूले गरेका कार्यको सारका आधारमा गर्नुपर्छ। यो यतिका वर्षसम्म म कसरी आफ्नी आमाको बारेमा मात्रै चिन्तित थिएँ, र उहाँप्रति मातृभक्ति देखाउन चाहन्थेँ भन्नेजस्तै हो, किनभने परमेश्वरमा विश्वास गर्नु र आफ्नो कर्तव्य निर्वाह गर्नुको अर्थ म सधैँजसो आमाको छेउमा हुन नसक्नु थियो। अर्को, कम्युनिष्ट पार्टीले गर्ने खेदो र सतावटको अर्थ म घरबाट भाग्न बाध्य हुनु र आमाबुबाप्रतिको सन्तानको धर्म निभाउने मौका नपाउनु थियो। यो मैले सन्तानको धर्म पूरा गर्न नचाहेको वा मेरो जिम्मेवारीबाट भागेको भन्ने थिएन। यो समस्या सारमा आमाबुबाप्रति कर्तव्यनिष्ठ हुने सर्त पूरा गरेर पनि त्यसो नहुनुभन्दा फरक थियो, त्यसैले म यी दुईबीच दुविधामा पर्नु हुँदैनथ्यो। मैले आफूलाई परमेश्वरका वचनका आधारमा सही तरिकाले हेर्नुपर्थ्यो; यसो गरेर मात्रै म शैतानको छल र हानिबाट मुक्त हुन सक्ने थिएँ।
त्यसपछि, मैले परमेश्वरका अझ धेरै वचन पढेँ, र आमाबुबासँगको मेरो सम्बन्धलाई सही तरिकाले कसरी लिने भन्ने कुरा स्पष्ट देखेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “आमाबुबालाई सम्हाल्ने सन्दर्भमा, तैँले सन्तानको रूपमा तिनीहरूलाई हेरचाह गर्ने दायित्वहरू पूरा गर्छस् गर्दैनस् भन्ने कुरा पूर्णतया तेरा व्यक्तिगत अवस्था र परमेश्वरका योजनाबद्ध कार्यहरूमा आधारित हुनुपर्छ। के यसबाट उक्त मामला एकदमै प्रस्ट हुँदैन र? कतिपय मानिसहरू आफ्ना आमाबुबालाई छाड्दा आफू आमाबुबाप्रति एकदमै ऋणी रहेको र आफूले आमाबुबाको लागि केही पनि नगरेको अनुभूति गर्छन्। तर सँगै बस्दा, तिनीहरू आमाबुबाप्रति रत्तीभर कर्तव्यनिष्ठ हुँदैनन्, र कुनै पनि दायित्व पूरा गर्दैनन्। के यस्तो व्यक्ति साँच्चिकै कर्तव्यनिष्ठ व्यक्ति हो त? यो त खोक्रो कुराहरू बोल्नु हो। तैँले जेसुकै गरे पनि, जेसुकै सोचे पनि, वा जेसुकै योजना गरे पनि, ती कुराहरू महत्त्वपूर्ण होइनन्। महत्त्वपूर्ण कुरा त तैँले सम्पूर्ण सृष्टि गरिएका प्राणीहरू परमेश्वरका हातमा हुन्छन् भनी बुझ्न र साँच्चिकै विश्वास गर्न सक्छस् सक्दैनस् भन्ने हो। कतिपय आमाबुबाले ठूलो र समृद्ध परिवारको घरायसी आनन्द र खुसी पाउने आशिष् र नियति पाएका हुन्छन्। यो परमेश्वरको सार्वभौमिकता हो, र यो तिनीहरूलाई परमेश्वरले दिनुहुने आशिष् हो। कतिपय आमाबुबाको यो नियति हुँदैन; परमेश्वरले तिनीहरूको लागि यस्तो बन्दोबस्त गर्नुभएको हुँदैन। तिनीहरूले सुखी परिवार पाउने, वा आफ्ना सन्तान आफ्नै छेउमा रहने आशिष् पाएका हुँदैनन्। यो परमेश्वरको योजनाबद्ध कार्य हो र मानिसहरूले यसमा दबाब दिन सक्दैनन्। जे होस्, अन्ततः सन्तानीय भक्तिको सन्दर्भमा, मानिसहरूमा कम्तीमा समर्पणको मानसिकता हुनैपर्छ। यदि परिस्थितिले साथ दियो र तँसित त्यसो गर्ने अवस्था भयो भने, तैँले आमाबुबालाई सन्तानीय भक्ति देखाउन सक्छस्। यदि परिस्थितिले साथ दिएन र तँसित त्यसो गर्ने अवस्था छैन भने, जबरजस्ती गर्ने कोसिस नगर्—यसलाई के भनिन्छ? (समर्पण।) यसलाई समर्पण भनिन्छ। यो समर्पण कसरी आउँछ? यो समर्पणको आधार के हो? यो परमेश्वरले बन्दोबस्त र शासन गर्नुहुने यी सबै कुराहरूमा आधारित हुन्छ। मानिसहरूलाई रोज्ने चाहना हुन सक्छ, तर तिनीहरूले त्यसो गर्न सक्दैनन्, तिनीहरूलाई रोज्ने अधिकार हुँदैन, र तिनीहरू समर्पित हुनुपर्छ। जब तँलाई मानिसहरू समर्पित हुनुपर्छ र सबथोक परमेश्वरद्वारा योजनाबद्ध गरिएको हुन्छ भन्ने अनुभूति हुन्छ, के तँलाई हृदयमा शान्ति अनुभूति हुँदैन र? (हुन्छ।) तब के तेरो विवेकले अझै घोच्नेछ र? त्यसले त्यसउप्रान्त निरन्तर घोच्नेछैन, र आमाबुबाप्रति आफू कर्तव्यनिष्ठ नभएको कुरा तँभित्र हाबी हुनेछैन। कहिलेकाहीँ तैँले यसबारे अझै सोच्न सक्छस् किनकि ती मानवताभित्रका केही सामान्य सोच र प्रवृत्तिहरू हुन्, र तीबाट कोही पनि पन्छिन सक्दैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। “सृष्टिकर्ताको छेउमा, तँ एक सृष्टि गरिएको प्राणी होस्। तैँले यो जुनीमा गर्नुपर्ने भनेको आमाबुबाप्रतिका तेरा जिम्मेवारीहरू मात्र होइन, सृष्टि गरिएको प्राणीको रूपमा तेरा जिम्मेवारी र कर्तव्यहरू पनि पूरा गर्नु हो। तैँले परमेश्वरका वचन र सत्यता सिद्धान्तहरूको आधारमा मात्र तेरा आमाबुबाप्रतिका जिम्मेवारीहरू पूरा गर्न सक्छस्, तेरा भावनात्मक चाहना वा तेरो विवेकका चाहनाहरूको आधारमा जेसुकै गरेर पूरा गर्न सक्दैनस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१६))। परमेश्वरका वचनबाट मैले बुझेँ, परमेश्वरले निर्धारण गर्नुभएको वातावरणभित्र, आमाबुबा र छोराछोरीको सम्बन्धमा दुवै पक्षले आआफ्नो क्षमता र सर्तमा आधारित रहेर आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ। मान्छेको भाग्यको कुरामा कसले कति कष्ट भोग्छ र कति आशिष् पाउनेछ भनेर परमेश्वरले पहिले नै निर्धारण गर्नु भएको हुन्छ। भविष्यमा छोराछोरीले कुन मार्ग लिने भन्ने कुरा आमाबुबाले तय गर्न सक्दैनन्, र छोराछोरीले जतिसुकै प्रयास गरेपनि आमाबुबाको भाग्य बदल्न सक्दैनन्। केही मानिसले निश्चित आशिष् पाएका हुन्छन्, अरूले पाएका हुँदैनन्। यी कुनै पनि कुरालाई मानवीय इच्छाशक्ति र स्नेहले बदल्न सकिँदैन। जस्तै, आमाबुबाले मलाई चिकित्साशास्त्र अध्ययनका लागि तयार गर्नुभयो, धेरै पैसा खर्च गर्नुभयो, तर अन्तमा मैले त्यो क्षेत्रमा काम गरिनँ। यसरी नै, म बुबाप्रतिको सन्तानको धर्म निभाउन चाहन्थेँ, तर बुबा चाँडै बित्नुभयो, र आमाप्रतिको सन्तानको धर्म निभाउन चाहन्थेँ, तर उहाँसँग कहिल्यै सँगै बस्न पाइनँ। विगतमा, मलाई आमा कष्टमा हुनुहुन्छ भन्ने डर लाग्थ्यो, उहाँलाई जीवनको उत्तरार्धमा खुसी दिन म परिश्रम गर्न चाहन्थेँ। खुलस्त भन्नुपर्दा, आमाको भाग्य बदल्न म आफ्नो सारा शक्ति लगाउन र उहाँका लागि खुसी सिर्जना गर्न चाहन्थेँ। तथ्य कुरा भनेको मेरो आफ्नै भाग्यमाथि, यो जीवनकालमा मैले गर्ने कुरामाथि, वा म खुसी हुन सक्ने वा नसक्ने कुरामाथि मेरो आफ्नै नियन्त्रण छैन। मेरी आमाको भाग्य म कसरी बदल्न सक्थेँ र? म कति मूर्ख र अहङ्कारी रहेछु। मैले जानेँ, आमाको हकमा परिस्थिति जस्तो आउँछ, मैले स्वीकार्नुपर्छ र मेरो आफ्नै सर्तअनुसार मेरा जिम्मेवारी पूरा गर्नुपर्छ। आमासँग बसेको भए र उहाँको रेखदेख गर्ने सर्त पूरा भएको भए, मैले मेरो सक्दो क्षमताअनुसार सन्तानको धर्म निभाउन सक्नेथिएँ। म उहाँसँगै रहन नसकेको भए पनि मैले यसैका कारण ऋणी महसुस गर्नु पर्नेथिएन। म एक सृजित प्राणी भएकाले परमेश्वरले मेरा लागि बन्दोबस्त गर्नुभएको वातावरणमा मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। यो सबभन्दा महत्त्वपूर्ण कुरा हो।
आमासँग केही समयअघि मात्र सम्पर्क भयो। उहाँले मलाई भन्नुभयो, उहाँको जीवनको सबभन्दा ठूलो खुसी परमेश्वरद्वारा चुनिनु र उहाँको आवाज सुन्नु थियो, र उहाँको सबभन्दा ठूलो इच्छा उहाँले आफ्नो कर्तव्य राम्ररी निभाउन सक्नु र परमेश्वरको मुक्तिका लागि योग्य हुनु थियो। उहाँले मलाई पनि आफ्नो कर्तव्य सक्दो राम्ररी गर्न भन्नुभयो। आमाको पत्र पढेर म रोएँ। मैले आमाप्रति सन्तानको धर्म निर्वाह गरी राम्रो भौतिक जीवन दिएर मात्रै उहाँलाई खुसी हुन्छ भन्ने थिएन। वास्तवमा मेरी आमालाई भौतिक वस्तुको त्यति धेरै चाह थिएन। उहाँको चाहना मैले राम्रोसँग परमेश्वरलाई पछ्याऊँ, सत्यता पछ्याऊँ र मेरो कर्तव्य राम्रोसँग निभाऊँ भन्ने थियो—यो उहाँको साँचो सबभन्दा ठूलो इच्छा थियो। विगतमा, म सोच्थेँ, मेरा आमाबुबाले अन्य छोराछोरीका लागि भन्दा मेरा लागि धेरै गर्नुभएकोले, मैले आमाप्रति सन्तानको धर्म पूरा गर्नुपर्छ, तर परिस्थिति मेरो इच्छाभन्दा फरक हुन्थ्यो। पछि, मैले सोचेँ, म आमाको साथमा रहन नसकेपनि मेरो दाइले आमालाई धेरै माया गर्नुहुन्छ, र उहाँको ख्याल राख्नुहुनेछ। तर, उहाँ पनि आमासँगै बस्न पाउनुभएन। मेरो भाइले सामान्यतया पैसा जोगाउँदैनथ्यो, र म सोच्थेँ, उसले आफ्नै लागि मात्र पैसा जोगायो भने पनि त्यो उसका लागि पर्याप्त हुनेछ। तर अहिले उसैले आमाको भरणपोषण गरिरहेको छ। परमेश्वरले मानिसले कल्पना वा प्रत्याशा नै नगरेको तरिकाले कामकुरामाथि सार्वभौमिकता राख्नुहुन्छ र बन्दोबस्त गर्नुहुन्छ, तर प्रत्येक व्यक्तिको भाग्यमाथि उहाँकै सार्वभौकिता हुन्छ, प्रत्येकको भाग्य उहाँले नै मिलाउनुहुन्छ, र भाग्य भन्ने कुरा कसैले रोज्न वा बदल्न सक्दैन। अब, मेरी आमाले अनुभव गरेका सबै दयनीय परिस्थिति सोचेर म दुःखी हुन छोडेँ, र उहाँको भविष्यबारे पनि चिन्ता लाग्न छोडेको छ। मलाई थाहा छ, हाम्रो भाग्य परमेश्वरको हातमा छ, म लगायत हरेक व्यक्तिले राम्रो र दयनीय दुवै परिस्थितिको अनुभव गर्नेछन्। यो कुराबाट कोही भाग्न वा यसलाई कसैले बदल्न सक्दैन। मैले गर्नसक्ने भनेको आमालाई परमेश्वरको हातमा सुम्पनु, अनि उहाँले हाम्रा लागि बन्दोबस्त गर्नुभएको परिस्थितिभित्र हामीलाई सत्यता पछ्याउन, हामी प्रत्येकलाई कर्तव्य राम्ररी निभाउन र उहाँको प्रेमको ऋण तिर्न मार्गदर्शन गर्नुहोस् भनी अनुरोध गर्नु हो। परमेश्वरलाई धन्यवाद होस्!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
सोङ् जिहान, चीनबाल्यकालमा मेरो स्वास्थ्य राम्रो थिएन र हाम्रो परिवारको बढीजसो पैसा साधारणतया मेरो स्वास्थ्य उपचारमै जान्थ्यो, त्यसैले मेरा...
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्न सक्नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो”
वर्ष २०१२ मा, मैले कर्तव्य निर्वाह गरेको आरोपमा प्रहरीले मलाई पक्राउ गर्यो र पाँच वर्ष जेल हाल्यो। त्यो बेला मेरी आमा ६० वर्ष पार...
मेरो जन्म गरिब र दुर्गम गाउँको परिवारमा भएको थियो। बालक हुँदा समेत, मेरो बुबाले मलाई धेरै मेहनत गरेर पढ्नू, यसरी मैले भविष्यमा राम्रो...