दयाको ऋण तिर्ने बोझबाट मुक्त

16 डिसेम्बर 2024

झेङ् ली, चीन

मेरा बुबा म नौ वर्षकी हुँदा बित्नुभो, अनि मेरी आमाले कठिन परिस्थितिमा म र मेरा चार दाजुभाइ र दिदीबहिनीलाई हुर्काउनुपऱ्यो। मेरी फुपूलाई हाम्रो माया लागेर उहाँ प्राय: हामीलाई खानेकुरा र अन्य आवश्यक कुरा ल्याइदिनुहुन्थ्यो। उहाँले कुनै कुरा ल्याइदिनुहुँदा, मेरी आमाले हामी सबैलाई उहाँप्रति कृतज्ञता देखाउन लगाउनुहुन्थ्यो, र अरूका असल कार्य कहिल्यै नबिर्सनू, दयाको ऋण कृतज्ञताले तिर्नू र आभारी हुनू, ताकि आफूलाई पछाडिबाट कसैले निन्दा नगरून् र बैगुनी मानिस नभनून् भनी सिकाउनुहुन्थ्यो। कठिन समयबाट गुज्रिरहेकी भए पनि, मेरी आमाले फुपूलाई हामीसँग जे छ त्यो दिएर दयाको ऋण तिर्नुहुन्थ्यो। जब म ठूली भएँ, अक्सर मानिसहरूले यसो भनेको सुन्थेँ: “तिमीलाई थाहा छ, फलानोले, आफूलाई अति खाँचो पर्दा सहायता लिएर केही वर्षपछि त्यो दयाको ऋण तिऱ्यो? तिमीलाई थाहा छ, फलानोले मद्दत लियो तर उसमा विवेक छैन र उसले कृतज्ञता देखाउन सकेन? ऊ उपकार बिर्सने नीच व्यक्ति हो।” बिस्तारै, म पनि यो दृष्टिकोणअनुसार जिउन थालेँ, सोचेँ, आफूले पाएको दयाको ऋण तिर्ने बानी गर्नुपर्छ, अन्यथा म बैगुनी हुनेछु, र अरूले मलाई तिरस्कार गर्नेछन् र तुच्छ ठान्नेछन्। विश्वासी बनेपछि, मैले परमेश्वरका वचनअनुसार मानिस र परिस्थितिलाई सम्हाल्नुपर्छ भन्ने थाहा भए पनि, पुस्तौँपुस्तादेखि चल्दै आएका परम्परागत विचारहरूले मेरो हृदयमा गहिरो जरा गाडेका थिए, यतिसम्म कि मैले यी दृष्टिकोणअनुसार जिएर आफ्ना कर्तव्यमा सिद्धान्तहरू उल्लङ्घन गरेँ, जसले गर्दा मैले मण्डलीको काममा अवरोध पुऱ्याएँ र मैले अपराध गरेको स्पष्ट भयो।

२०२१ को अगस्टमा, मण्डलीबाट हटाउने कार्य प्रबन्ध जारी भएपछि, मण्डलीले मानिसलाई खुट्ट्याउने सत्यतामा सङ्गति सुरु गऱ्यो र मेरी आमाजू फाङ लिङ गैरविश्वासी हुन् भन्ने पहिचान भयो। मलाई यसमा बिलकुलै आश्चर्य लागेन। वर्षौँदेखि विश्वासी भए पनि, उनले सत्यता पछ्याइनन् र प्राय: मण्डली जीवनमा अवरोध पुऱ्याइन्। भेलाहरूमा उनी सधैँ अरूको कुरा काट्थिन्, र हामीले परमेश्वरका वचन पढ्न थाल्नेबित्तिकै उनी निदाउँथिन्। पढेपछि, उनीसँग सङ्गति गर्नका लागि केही हुँदैनथ्यो। उनी आफूलाई आफ्ना धारणासँग अमिल्दा मामलाहरू आइपर्दा कहिल्यै सत्यता खोज्दैनथिन् र परमेश्वरबाटका मामलाहरू कहिल्यै स्विकार्दैनथिन्। उनी सधैँ मानिस र कामकुराको छानबीन गरिरहेकी र आफ्नो बचाउ गरिरहेकी हुन्थिन्। उनले भेला आयोजना गर्दा, र उनले निश्चित मानिसहरूको विघटनकारी व्यवहारबारे अगुवाले सङ्गति गरेको सुन्दा, उनी अगुवाले भनेको कुरा ती मानिसहरूलाई भन्थिन्, जसले गर्दा तिनीहरूले अगुवाप्रति पूर्वाग्रह राखे र अगुवाले आफूहरूलाई कठिनाइमा पारिरहेको छ भन्ठाने। अगुवाले उनले कसरी फूट पैदा गरेर मण्डली जीवनमा बाधा र अवरोध पुऱ्याइरहेकी छिन् भनी विश्लेषण गरे, तर उनले बिलकुलै दोषी महसुस गरिनन् र आफ्नो बचाउ गर्न अनेक तर्कसमेत गरिन्। उनले आफूले सत्य कुरा मात्र बताएकी र त्यसले मण्डली जीवन नबिथोलेको बताइन्। एउटा भेलामा, हामीले मेरी भाउजू लिऊ हुईलाई खुट्ट्याउनेबारे सङ्गति गऱ्यौँ; उनी मण्डलीबाट तुरुन्तै हटाइनुपर्ने दुष्ट मानवता भएकी गैरविश्वासी रहेछिन् भन्ने पर्दाफास भयो। भेला सकिएपछि, फाङ लिङले एउटी सिस्टरलाई हामीले लिऊ हुईलाई मण्डलीबाट हटाउँदै छौँ भनी, र केही नकारात्मक टिप्पणी गरिन्, जसले गर्दा ती सिस्टरको स्थिति बिथिलियो। मैले तुरुन्तै फाङ लिङलाई भेटेँ र उनीसँग सङ्गति गरेँ, उनलाई यसो भनेँ: मण्डलीले मानिसलाई उनीहरूको व्यवहारको आधारमा हटाउने र निष्कासन गर्ने गर्छ, परमेश्वरको घरमा सत्यताको शासन चल्छ र कुनै पनि व्यक्तिले अन्तिम निर्णय गर्न पाउँदैन। लिऊ हुईलाई हटाइँदै थियो, किनकी उनमा दुष्ट मानवता थियो, उनी प्राय: मण्डली जीवन बिथोल्थिन्, र ब्रदर-सिस्टरहरूले धेरैपटक सङ्गति गरेपछि पनि उनले पश्चात्ताप गरिनन्। मैले पनि फाङ लिङको व्यवहारले कसरी नकारात्मकता र मृत्यु फैलाउँछ र मण्डलीमा सत्यता र धार्मिकताको अख्तियार चल्ने तथ्यलाई नकार्छ भनी खुलासा गरेँ। अचानक उनले आँसु झार्दै जवाफ दिइन्: “मलाई थाहा छ, मण्डलीमा अन्तिम निर्णय तपाईंकै चल्छ र कसलाई निष्कासन गर्ने भनी तपाईं नै निर्णय गर्नुहुन्छ।” उनले अनुचित समस्या खडा गर्दा म अलि तिलमिलाएँ, र मलाई हृदयमा फाङ लिङ सत्यता स्विकार्दिनन् र गैरविश्वासी हुन् भन्ने थाहा थियो। तर उनलाई हटाउन सामग्रीहरू तयार पार्दा, म हिचकिचाएँ। उनले र मैले सँगै परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेका थियौँ, र हामीले वर्षौँदेखि सँगै भेलामा जाने र सुसमाचार सुनाउने गरेका थियौँ। फाङ लिङ असाध्यै दयालु थिइन् र मलाई आवश्यक पर्दा मद्दत गर्न आफूले सक्ने सबथोक गर्थिन्। २०१३ मा, विशेष गरी, मेरा श्रीमान् बिरामी पर्दा, उनले उहाँको हेरचाह गर्थिन् ताकि मैले आफ्नो कर्तव्य जारी राख्न सकूँ। उनले मलाई घरायसी काममा र खेती स्याहार्न पनि मद्दत गरिन्। मेरा श्रीमान् बितेपछि, मैले सबै प्रकारका कठिनाइ पऱ्यो, र म नकारात्मक स्थितिमा परेँ। फाङ लिङ मलाई हररात भेट्न आउँथिन्, मसित परमेश्वरका वचन पढ्थिन्, र अय्यूबका अनुभवबारे सङ्गति गर्थिन्। उनको सहयोग र साथले गर्दा मेरो स्थितिमा बिस्तारै सुधार आयो। त्यो सबैभन्दा कठिन घडीमा, उनले मलाई हरदिन व्यावहारिक रूपमा सहयोग मात्र गरिनन्, हौसला दिन परमेश्वरका वचन पढेर पनि सुनाउँथिन्। मैले सधैँ फाङ लिङले मलाई कति राम्रो व्यवहार गरेकी छिन् भनेर सम्झेकी थिएँ। यदि मैले उनको दयाको ऋण नतिरी उनलाई हटाउने सामग्रीसमेत तयार पारेकी भए, उनले थाहा पाएमा मलाई के सोच्नेथिइन्? के उनले मलाई बैगुनी र विवेकहीन भन्नेथिइन्? उनले यतिका वर्षसम्म मेरा लागि गरेका सबथोक मेरो दाइ, भाउजू, र मेरा बहिनीहरू सबैले देखेका थिए। मेरा छिमेकीले त म आफ्ना बहिनीहरूभन्दा फाङ लिङसँग बढी घनिष्ठ छु समेत भन्थे। “भेडाको पाठाले घुँडा टेकेर आमाको दुध चुस्छ, अनि कागले आमालाई खाना खुवाएर ऋण तिर्छ” भन्ने भनाइजस्तै, जनावरलाई समेत दयाको ऋण तिर्न आउँछ, तर मैले आफूलाई मद्दत गरेको व्यक्तिप्रति कोमलता देखाउनसमेत सकिनँ। के उनले मलाई बैगुनी ठानेर त्याग्ने र एक्ल्याउनेछन्? के त्यसपछि मलाई आफ्नै परिवारले त्याग्नेछैन र? यो सब बुझेपछि, मलाई अत्यन्तै चिन्ता भयो र निर्णय गर्न सकिनँ। मण्डलीको हटाउने काम र फाङ लिङबीच मैले कसको दयाको ऋण तिर्नुपर्ने हो, निर्णय गर्नै सकिनँ, र म वेदना र कष्टमा जिएँ। मैले निर्णय गर्न नसकेको बेला, माथिल्ला ब्रदरको प्रवचनमा यो कुरा बुझेँ: “कस्ता मानिसहरू सेवा गर्न मण्डलीमा रहन पाउँछन्? यदि तिनीहरूमा दुष्ट मानवता छैन, तिनीहरू सुसमाचार सुनाउन सिपालु छन् र त्यो गर्न इच्छुक छन् भने, तिनीहरूलाई मण्डलीमा रहन दिनुपर्छ।” मैले अचानक महसुस गरेँ: “ठिक हो! फाङ लिङ सत्यतालाई प्रेम गर्दिनन् र पछ्याउँदिनन्, तर उनलाई सुसमाचार सुनाउन मन पर्छ र उनी केही नतिजा हासिल गर्न सक्छिन्। अहिले सुसमाचार फैलाउने महत्त्वपूर्ण क्षण हो, यदि मैले फाङ लिङको सुसमाचार सुनाउने क्षमतालाई उनलाई मण्डलीमा रहन दिने कारणको रूपमा बताएँ भने, के उनी हटाइनबाट जोगिनेछिन्? त्यसरी, म फाङ लिङलाई चिढ्याउनबाट बच्न सक्छु, अनि मेरा दाइ, भाउजू र बहिनीहरूले मलाई बैगुनी भन्नेछैनन्, र सिस्टरप्रति बैगुनी बनेको भनेर मेरो बदनाम हुनेछैन।” यो महसुस गरेर, मैले उनलाई हटाउने सामग्री तयारी गर्ने कामलाई पन्छाएँ।

तर, त्यसलगत्तै केही सिस्टरले मलाई भने, राम्रो क्षमता भएका र परमेश्वरको वचन बुझेका सुसमाचार स्विकार्न चाहने दुई व्यक्ति थिए, तर फाङ् लिङ् यति खराब मानवतामा जिउँछि कि सुसमाचार स्विकार्न चाहने ती दुई व्यक्तिमा अरुचि पैदा भयो र प्रवचन सुन्न छाडे। मलाई अर्की सिस्टरले भनिन्, फाङ लिङले मण्डली जीवन बिथोलिरहेकी छिन् र कतिपय मानिस उनीसँग सुसमाचार सुनाउन चाहँदैनन्…। यो सबै सुनेर म स्तब्ध भएँ। फाङ लिङले सुसमाचारको काम बिथोल्नु सिधै मेरो निर्णयसँग सम्बन्धित थियो! मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरी पश्चात्ताप गरेँ र आफ्नो पाप स्विकारेँ। पछि, मैले परमेश्वरका वचनको यो खण्ड भेट्टाएँ: “माथिका कार्य प्रबन्धप्रति कतिपय मानिसको मनोवृत्ति अत्यन्तै लापर्बाही हुन्छ। तिनीहरूलाई यस्तो लाग्छ, ‘माथिले कार्य प्रबन्धहरू मिलाउनुहुन्छ, र हामी मण्डलीमा कार्य गर्छौँ। कतिपय वचन र मामिला लचिलो तरिकाले कार्यान्वयन गर्न सकिन्छ। तिनलाई खास गरी कसरी गर्ने भन्‍ने कुरा हामीमा निर्भर हुन्छ। माथिले केवल बोल्नुहुन्छ र कार्य प्रबन्धहरू मिलाउनुहुन्छ; त्यसलाई व्यवहारमा लागू गर्ने त हामी हौँ। त्यसैले, माथिले हामीलाई काम सुम्पिनुभएपछि हामी त्यसलाई आफूले चाहेअनुसार गर्न सक्छौँ। यसलाई जसरी गरिए पनि फरक पर्दैन। हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन।’ तिनीहरूले लागू गर्ने सिद्धान्त यी हुन्: तिनीहरू आफूलाई सही लाग्ने कुरा सुन्छन् र गलत लाग्ने कुरा बेवास्ता गर्छन्, तिनीहरू आफ्नो विश्‍वासलाई सत्यता र सिद्धान्त मान्छन्, तिनीहरू आफ्नो इच्छासँग नमिल्ने जुनसुकै कुराको प्रतिरोध गर्छन्, र तिनीहरू ती कुराको मामिलामा तँप्रति उग्र विरोधभाव राख्छन्। तिनीहरू माथिका वचनहरू आफ्नो इच्छासँग नमिल्दा हत्तपत्त ती परिवर्तन गर्छन् र आफू तीसँग सहमत भएपछि मात्रै अरूलाई सिकाउँछन्। तिनीहरू आफू सहमत नभई ती सिकाउन दिँदैनन्। अन्य क्षेत्रमा माथिका कार्य प्रबन्धहरू जस्ताको तस्तै सिकाइने भए पनि, यी मानिसहरूचाहिँ आफ्नो रेखदेखमा रहेका मण्डलीहरूमा कार्य प्रबन्धको आफ्नो परिवर्तित संस्करण सिकाउँछन्। यस्ता मानिसहरू जहिले पनि परमेश्‍वरलाई पन्छाउन चाहन्छन्; तिनीहरू सबैलाई आफूमा विश्‍वास गराउन, आफूलाई पछ्याउन र समर्पित हुन लगाउन उत्सुक हुन्छन्। तिनीहरूको मनमा, कतिपय क्षेत्रमा परमेश्‍वर मेरो बराबर हुनुहुन्‍न भन्‍ने हुन्छ—तिनीहरू आफै परमेश्‍वर बन्‍नु पर्छ र अरूले तिनीहरूमा विश्‍वास गर्नुपर्छ। यसको प्रकृति नै त्यही हो। … तिनीहरू शैतानका खाँटी नोकर हुन्, र तिनीहरूले काम गर्दा दियाबलसले शासन गरिरहेको हुन्छ। तिनीहरू परमेश्‍वरको व्यवस्थापन योजनालाई हानि गर्छन् र परमेश्‍वरको काममा बाधा पुऱ्याउँछन्। तिनीहरू ठेट ख्रीष्टविरोधी हुन्!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनले मर्ममै हानेर मैले कसरी कार्य प्रबन्धहरू लागू गरिनँ र आफ्नै इच्छाअनुसार काम गरेँ भनी खुलासा गरे। कार्य प्रबन्धहरूमा अगुवा र सेवकहरूले दुष्कर्मी, गैरविश्वासी वा ख्रीष्टविरोधीको रूपमा खुलासा भएको जोकोहीलाई तत्काल हटाउनुपर्छ भनेर स्पष्टसँग आदेश दिइएको थियो। अगुवाको नाताले, मैले समर्पित भएर निसर्त आज्ञा पालना गर्नुपर्छ, अनि तत्काल र दृढतापूर्वक मण्डलीका सबै ख्रीष्टविरोधी, दु, ष्ककर्मी र गैरविश्वासीलाई हटाएर मेरा ब्रदर-सिस्टरहरूले छल वा अवरोध नभोगेको अनि शान्त वातावरणमा परमेश्वरका वचन खान र पिउन, सत्यता पछ्याउन र आफ्नो कर्तव्य निभाउन सकेको सुनिश्चित गर्नुपर्छ। तर फाङ लिङ गैरविश्वासी हुन् भन्ने मलाई प्रस्ट थाहा भए पनि, मैले उनलाई हटाउने सामग्री तयारी गरेर उनलाई चिढ्याउनेछु र आफू बैगुनी कहलाइनेछु भनेर म डराएँ किनकि पहिले उनले मलाई मद्दत गरेकी थिइन्, त्यसैले मैले कार्य प्रबन्धहरू लागू गरिनँ र उनी सुसमाचार सुनाउन सक्छिन् भन्ने आधारमा गजक्क पर्दै उनको बचाउ र सुरक्षा गरेँ, कार्य प्रबन्धविरुद्ध गएँ। मैले आत्मचिन्तन गरेँ: “फाङ लिङलाई गैरविश्वासीको रूपमा खुलासा गरिएको छ भन्ने मलाई प्रस्टसित थाहा थियो, तैपनि किन मैले उनीप्रतिको स्नेहले उनको बचाउ गरेँ, र उनलाई सबै दोषबाट मुक्त गर्न खोजेँ?” मैले यो त दयाको ऋण तिर्ने परम्परागत विचारले मलाई नियन्त्रण गरेको र बाँधेको कारण भएको हो भन्ने थाहा पाएँ। मैले आफ्नो छवि जोगाइराख्न, र बैगुनी, उपकार बिर्सने नीच व्यक्ति नदेखिन मण्डलीका हितलाई पूरै बेवास्ता गरेँ, फाङ लिङलाई मण्डलीमा रहन दिनुको परिणाम के होला भनी विचार गरिनँ, र खुलेआम कार्य प्रबन्धहरू उल्लङ्घन गरेँ। मैले फाङ लिङलाई हटाउने सामग्रीहरू तयार गरिनँ मात्र होइन, उनलाई सुसमाचार सुनाउसमेत खटाएँ। उनी यति खराब मानवतामा जिइन् कि सुसमाचार स्विकार्न चाहने दुई व्यक्तिले छानबिन जारी राख्न चाहेनन्। यो सब मैले उनलाई बचाउनुको परिणाम थियो। म कार्य प्रबन्धहरू उल्लङ्घन गरेर आफ्नै मार्गमा हिँडीरहेकी थिएँ, मण्डलीको हटाउने काममा अवरोध पुऱ्याइरहेकी थिएँ। मैले मण्डलीमा दुष्कर्म गरिरहेकी गैरविश्वासीलाई जोगाउन र बचाउन आफ्नो अख्तियार प्रयोग गरेँ, र दुष्कर्मीका लागि दुष्कर्म गर्ने अवस्था सिर्जना गरिदिएँ र शैतानको नोकरको काम गरेँ। म साक्षात् झूटो अगुवा थिएँ। म आफूले गरेको दुष्टता थाहा पाउँदा भयभित भएँ र एकदमै पछुताएँ। मैले तुरुन्तै सबैलाई फाङ लिङबारे मूल्याङ्कन दिन अनुरोध गरेँ। मूल्याङ्कनहरू पढ्दै जाँदा, मैले थाहा पाएँ, उनले सुसमाचारको काममा नकारात्मक असर पारेकी थिइन् मात्र होइन तर मण्डलीमा फूट पैदा गरेकी र बदमासी गरेकी, नकारात्मकता फैलाएकी, मानिसहरूबाट अनुचित फाइदा उठाएकी, र आफूलाई केहीको कमी नभए पनि अरूको चीज आफ्नै जस्तो गरी लिनसमेत खोजेकी रहेछिन्। ती सबै मूल्याङ्कन पढ्दा, मलाई अत्यन्तै दोषी महसुस भयो र मैले फाङ लिङलाई बचाएको त दुष्कर्म गरेको रहेछ भन्ने थाहा पाएँ। मैले आफ्नो स्नेहको आधारमा काम गर्न छोड्नुपर्छ र फाङ लिङलाई हटाउने सबै सामग्री तयार पार्ने काममा लाग्नुपर्छ भन्ने थाहा पाएँ। पछि, मैले ब्रदर-सिस्टरहरूको हस्ताक्षर लिनुपर्दा, मलाई फेरि चिन्ता हुन थाल्यो: मैले मेरा थुप्रै नातेदारलाई हस्ताक्षर गराउनुपर्नेछ, र हामी भर्खरै लिऊ हुईलाई हटाएर अब फाङ लिङलाई हटाउन लागिरहेकाले, के उनीहरूले मलाई बैगुनी भैरहेको भन्नेछन् र बेवास्ता गर्नेछन्?

मैले परमेश्वरलाई प्रार्थना गरेँ, आफ्नो परिस्थितिको सम्बन्धमा खोजी गरेँ, र पछि परमेश्वरका वचनको यो खण्ड भेट्टाएँ: “तैँले गर्ने सबै कुरामा, तैँले तेरो अभिप्राय सही छ वा छैन भनेर जाँच्नुपर्छ। यदि तँ परमेश्‍वरका आवश्यक मापदण्डहरू अनुरूप काम गर्न सक्षम छस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य हुन्छ। यो न्यूनतम मापदण्ड हो। आफ्नो अभिप्रायलाई हेर्, र यदि कुनै गलत अभिप्रायहरू उत्पन्न भएको पत्ता लगाइस् भने, तीविरुद्ध विद्रोह गर्न सक्षम बन् र परमेश्‍वरका वचनहरू अनुसार काम गर्; यसरी तँ परमेश्‍वरको अगाडि सही व्यक्ति बन्न सक्छस्, जसले परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य भएको, र तैँले गर्ने सबै कुराहरू परमेश्‍वरका खातिर भएको, तेरो आफ्नो लागि नभएको दर्साउँछ। तैँले भन्‍ने र गर्ने सबै कुरामा, आफ्‍नो हृदयलाई सही राख्‍न र आफ्‍नो व्यवहारमा धर्मी बन्‍न सक्‍ने बन्, र आफ्‍ना भावनाहरूमा नबग्, अनि आफ्‍नै इच्‍छा अनुसार काम नगर्। परमेश्‍वरका विश्‍वासीहरूको चालचलनका सिद्धान्तहरू यिनै हुन्। … यसो भन्नुको अर्थ, यदि मानवजातिले परमेश्‍वरलाई तिनीहरूको हृदयमा राख्न सक्षम भएमा र व्यक्तिगत लाभको खोजी नगरेमा वा तिनीहरूको आफ्नै भविष्यको बारेमा (देहको हिसाबमा) नसोचेमा, बरु त्यसको सट्टा जीवन प्रवेशको भारलाई बोकेमा, सत्यको खोजी गर्ने सक्दो प्रयास गरेमा, र परमेश्‍वरको कार्यमा समर्पित भएमा—यदि तैँले यसो गर्न सकेमा, तैँले अघि बढाउने लक्ष्यहरू सही हुनेछन्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ। परमेश्‍वरसँगको सम्बन्धलाई सही बनाउनुलाई आत्मिक यात्रामा प्रवेश गर्ने पहिलो कदम भन्न सकिन्छ। मानिसको नियति परमेश्‍वरको हातमा रहेको र परमेश्‍वरले पूर्वनिर्धारण गर्नुभएको भए तापनि, र मानिसले परिवर्तन गर्न नसक्ने भए तापनि, तँ परमेश्‍वरबाट सिद्ध बनाइने वा उहाँबाट प्राप्‍त गरिने कुरा परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य छ वा छैन भन्‍ने कुरामा निर्भर रहन्छ। तेरा केही भागहरू कमजोर वा विद्रोही होलान्—तर तेरो दृष्टिकोण र तेरो अभिप्राय सही हुँदासम्म, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सही र सामान्य हुँदासम्म, तँ परमेश्‍वरबाट सिद्ध पारिन योग्य हुन्छस्। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सही छैन भने, र तँ देह वा तेरो परिवारको निम्ति काम गर्छस् भने, तैँले जतिसुकै कडा मेहनत गरे पनि, त्यो सबै व्यर्थ हुनेछ। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ भने, अन्य सबै कुरा आफैँ मिलेर आउँछ। परमेश्‍वरले अरू केही कुरा पनि हेर्नुहुन्न, परमेश्‍वरप्रतिको तेरो दृष्टिकोण सही छ वा छैन भनेर मात्र हेर्नुहुन्छ: तँ कसलाई विश्‍वास गर्छस्, तँ कसको लागि विश्‍वास गर्छस्, र तँ किन विश्‍वास गर्छस्। यदि तैँले अवस्थालाई स्पष्ट रूपमा देख्न र तेरो दृष्टिकोणलाई राम्रो स्वभावसहित अभ्यास गर्न सक्छस् भने, तैँले तेरो जीवनमा प्रगति गर्न सक्छस्, र सही मार्गमा तेरो प्रवेशको प्रत्याभूति समेत हुनेछ। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छैन भने, र परमेश्‍वरमाथिको तेरो विश्‍वास विकृत छ भने, सबै कुरा व्यर्थ हुन्छ, र तैँले जतिसुकै विश्‍वास गरे पनि, तैँले केही पनि पाउने छैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?)। मैले परमेश्वरका वचनहरू पढेर थाहा पाएँ, मैले अरू मानिससँग सामान्य सम्बन्ध राख्न, पहिला परमेश्वरसित सामान्य सम्बन्ध बनाउनुपर्छ। मैले सधैँ परमेश्वरका वचनअनुसार कार्य गर्नुपर्छ र आफ्ना कार्यहरू उहाँसामु ल्याउनुपर्छ। यदि मानिसहरू आफ्ना भ्रष्ट स्वभावअनुसार काम गर्छन्, आफ्नो ख्याति, हैसियत र दैहिक हितका लागि अरूसँग सम्बन्ध कायम राख्छन् भने, परमेश्वर यसमा स्याबासी दिनुहुन्न, र उनीहरूले सम्बन्ध कायम राख्न जति कोसिस गरे पनि त्यो सबै व्यर्थ हुनेछ। फाङ लिङ गैरविश्वासी भएको खुलासा भएदेखि नै, म आफ्नो भ्रष्ट स्वभावद्वारा नियन्त्रित भएकी थिएँ, यदि उनलाई हटाइयो भने उनले मलाई बैगुनी ठान्नेछिन्, र मेरो परिवारले मलाई उपकार बिर्सने व्यक्ति ठान्नेछन् र मलाई एक्ल्याउनेछन् र त्याग्नेछन् भनेर डराएँ। त्यसैले, उनीहरूको नजरमा आफ्नो छवि जोगाउन, म सिद्धान्तअनुसार कामकुरा सम्हाल्नबाट जोगिएँ। मैले बुझेँ, म अरू मानिसको नजरमा जति नै राम्रो देखिए पनि, र उनीहरूले मलाई जति नै साथ दिए पनि, त्यो बेकार हो, किनभने परमेश्वर त्यो कुरामा स्याबासी दिनुहुन्न। मैले सम्बन्धहरू कायम राख्न मण्डलीको हितलाई त्यागिरहेकी थिएँ; यसले परमेश्वरको स्वभावलाई चिढ्यायो। म विश्वासी थिएँ, त्यसैले मैले परमेश्वरका वचनअनुसार काम गर्नुपर्थ्यो र सबै कुरामा उहाँको छानबीन स्विकार्नुपर्थ्यो। मैले सम्बन्ध कायम राख्न कार्य प्रबन्धहरू उल्लङ्घन गर्न छोड्नुपर्थ्यो, परमेश्वरको प्रतिरोध गर्न छोड्नुपर्थ्यो, र मप्रति उनीहरूको जस्तो मनोवृत्ति भए पनि, उनीहरूले मलाई त्यागे र बेवास्ता गरे पनि, मैले सत्यता अभ्यास गरेर फाङ लिङको खुलासा गर्नुपर्थ्यो। फाङ लिङ गैरविश्वासी थिइन्, र प्राय: मण्डली जीवन बिथोल्थिन्। उनलाई हटाइनुमा उनकै गल्ती थियो, अरू कसैलाई दोष दिन मिल्दैनथ्यो। मेरा दाइ, भाउजू र बहिनीहरू विश्वासी थिए, मैले उनीहरूसँग सत्यतामा सङ्गति गर्न र सिद्धान्तअनुसार मामलाहरू सम्हाल्नमा मात्र ध्यान दिनुपर्थ्यो। पछि, मैले उनीहरूलाई फाङ लिङको व्यवहारबारे विवरण पढेर सुनाउँदा, उनीहरूले मलाई दोष दिएनन्, र उनलाई हटाउनु सही हो र उनलाई मण्डलीमा रहन दिनु त परमेश्वरको नामको अपमान हो समेत भने। मेरा दाइ र भाउजूले मलाई फाङ लिङका केही अविश्वासी व्यवहारसमेत बताए। यसरी परिस्थितिले कोल्टे फेरेकोमा मैले परमेश्वरलाई धन्यवाद दिएँ, र सत्यता अभ्यास गर्नु कति आनन्दमय र शान्तिपूर्ण हुन्छ भन्ने अनुभूति पनि गरेँ।

त्यसलगत्तै, मैले फाङ लिङलाई हटाउने सूचना प्राप्त गरेँ। तर उनलाई त्यो सूचना पढेर सुनाउनेबारे सोच्दा, मलाई फेरि हिचकिचाहट हुन थाल्यो। म आफैले सामग्री तयार पारेकी थिएँ; निश्चय नै फाङ लिङले मलाई घृणा गर्नेथिइन्! त्यसपछि हामीले कसरी कुराकानी गर्नेथ्यौँ होला? उनी हटाइने कुराले पहिल्यै अति रुष्ट थिइन्; के यो उनको घाउमा नुनचुक छर्कनु हुनेथेन र? मैले उनलाई त्यो पढेर नसुनाऊँ होला, उनका कम दुष्कर्महरू मात्र बताएर उनलाई हटाइएको छ भनेर थाहा दिनुपर्ला भन्ने सोचेँ। त्यसो गर्दा हामी दुईवैलाई अघि बढ्ने क्रममा एकअर्कालाई देख्दा त्यति अफ्ठ्यारो हुनेथिएन। मैले फाङ लिङलाई भेट्दा, हटाइने कुराले गर्दा भावनात्मक उथलपुथल भएर उनको तौल निकै घटेको देखेँ। उनी साह्रै उदास देखिन्थिन्। मलाई नरमाइलो लाग्यो र सहनै नसक्लाझैँ भो, तर मैले जबरजस्ती त्यो सूचना पढेँ। मलाई उनलाई सबै कुरा पढेर सुनाउँदा उनले त्यो स्विकार्छिन् कि स्विकार्दिनन् भन्ने चिन्ता पनि थियो। त्यसैले, मैले उनको खुलासा र निन्दा गरिएका अंशहरू पढिनँ। पछि, उनलाई देख्दैपिच्छे, मलाई सधैँ अलि अफ्ठ्यारो लाग्थ्यो, मानौँ मैले उनलाई अन्याय गरेकी छु। आफूलाई के भएको हो थाहा थिएन। मलाई फाङ लिङ सत्यता पछ्याउँदिनन् र सबै खालका समस्या निम्त्याउँछिन्, उनकै गल्तिले गर्दा उनलाई हटाइएको हो भन्ने राम्ररी थाहा थियो, त्यसोभए म किन यो स्थितिमा छु त? पछि, मैले परमेश्वरका वचनका दुइटा खण्ड भेट्टाएँ: “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्‍ने कुरा चिनियाँ संस्कृतिमा कुनै व्यक्तिको आचरण नैतिक छ कि अनैतिक भनेर मूल्याङ्कन गर्ने एक विशिष्ट मापदण्ड हो। व्यक्तिको मानवता असल छ कि खराब छ र उसको आचरण कति नैतिक छ भनेर मूल्याङ्कन गर्ने क्रममा, एउटा मापदण्ड भनेको उसले आफूले पाएको निगाह वा सहयोगको ऋण तिर्छ कि तिर्दैन—ऊ आफूले पाएको दयाको ऋण कृतज्ञताले तिर्ने व्यक्ति हो कि होइन भन्‍ने कुरा हो। चिनियाँ परम्‍परागत संस्कृति र मानवजातिको परम्‍परागत संस्कृतिमा, मानिसहरू यसलाई नैतिक आचरणको महत्त्वपूर्ण मानकको रूपमा लिन्छन्। यदि कसैले दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भनेर बुझ्दैन र ऊ बैगुनी हुन्छ भने, उसलाई विवेक नभएको र सङ्गत गर्न लायक नभएको व्यक्ति मानिन्छ, र सबैले उसलाई घृणा, तिरस्कार वा इन्कार गर्नुपर्छ। अर्कोतर्फ, यदि कसैले दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भनेर बुझ्छ भने—यदि ऊ कृतज्ञ हुन्छ र आफूले पाएको निगाह र सहयोगको ऋण आफूसँग भएको हर माध्यमले तिर्छ भने—उसलाई विवेक र मानवता भएको व्यक्ति मानिन्छ। यदि कसैले अर्को व्यक्तिबाट फाइदा वा सहयोग प्राप्त गर्छ, तर त्यसको ऋण तिर्दैन, वा केवल ‘धन्यवाद’ भनेर साधारण रूपमा थोरै कृतज्ञता व्यक्त गर्छ र त्योभन्दा बढी केही गर्दैन भने, त्यो अर्को व्यक्तिले के सोच्‍नेछ? के उसलाई यसबारे असहज लाग्ला? के उसले यसो भन्‍न सक्‍नेछ, ‘यो मान्छे सहयोग गर्न लायक छैन, यो राम्रो व्यक्ति होइन। मैले उसलाई यति धेरै सहयोग गर्दा त यस्तो प्रतिक्रिया दिन्छ भने, उसमा कुनै विवेक वा मानवता छैन, र ऊ सङ्गत गर्न लायक छैन’? फेरि यस्तो व्यक्ति भेट्टाउँदा, के तिनीहरूले अझै सहयोग गर्नेछन्? तिनीहरूले कम्तीमा पनि सहयोगचाहिँ गर्न चाहनेछैनन्(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (७))। “प्राचीन समयदेखि अहिलेसम्म, अनगिन्ती मानिसहरू दयाको ऋण तिर्नेसम्बन्धी नैतिक आचरणबारेको यो विचार, दृष्टिकोण र मापदण्डद्वारा प्रभावित हुँदै आएका छन्। तिनीहरूप्रति दया देखाउने त्यो व्यक्ति दुष्ट वा खराब व्यक्ति हुँदासमेत र उसले तिनीहरूलाई दुष्कर्म र खराब काम गर्न बाध्य पार्दासमेत, तिनीहरू विवेक र समझविपरीत जान्छन्, र उसको दयाको ऋण तिर्न आँखा चिम्लेर उसको आज्ञापालन गर्छन् र धेरै घातक परिणामहरू निम्त्याउँछन्। यो भन्न सकिन्छ कि, नैतिक आचरणको यो मापदण्डको प्रभाव, पकड, नियन्त्रण र बन्‍धनमा परेर कैयौँ मानिसहरूले अन्धाधुन्ध र गलत रूपमा दयाको ऋण तिर्ने यो दृष्टिकोण परिपालन गर्छन्, र दुष्ट मानिसहरूलाई मदत गर्न र उक्साउन सक्छन्। अहिले तिमीहरूले मेरो सङ्गति सुनेका छौ, र यो परिस्थिति प्रस्टसित बुझेका छौ, र तिमीहरूले यो मूर्ख बफादारी हो र यो व्यवहार भनेको आफूलाई कुनै सीमा नतोकी व्यवहारमा ढाल्नु, र बिनासमझ लापर्बाहीसाथ दयाको ऋण तिर्नु हो, र यसको कुनै अर्थ र मूल्य छैन भनी निर्धारण गर्न सक्छौ। मानिसहरू आम विचारको आलोचना खेप्‍नुपर्ला वा अरूको निन्दा भोग्‍नुपर्ला भन्‍ने डरले मन नलागीनलागी अरूको दयाको ऋण तिर्न आफ्नो जीवन समर्पित गरिदिन्छन्, र यस क्रममा आफ्नो जीवन नै बलिदानसमेत गरिदिन्छन्, तर काम गर्ने यस्तो तरिका भ्रामक र मूर्ख तरिका हो। परम्परागत संस्कृतिको यो भनाइले मानिसहरूको सोच मात्र जकडेको छैन, यसले त तिनीहरूको जीवनमा अनावश्यक बोझ र अप्ठ्यारो स्थिति थोपरिदिएको र तिनीहरूको परिवारमाथि थप कष्ट र बोझसमेत लादिदिएको छ। कैयौँ मानिसहरूले दयाको ऋण तिर्न ठूलो मूल्य चुकाएका छन्—तिनीहरू दयाको ऋण तिर्नुलाई सामाजिक जिम्मेवारी वा आफ्नै कर्तव्य ठान्‍ने गर्छन् र अरूको दयाको ऋण तिर्न आफ्नो सम्पूर्ण जीवनसमेत खर्चिदिन्छन्। तिनीहरू यसलाई गर्नुपर्ने पूर्ण प्राकृतिक र न्यायसङ्गत कुरा, र पन्छाउन नमिल्ने कर्तव्य मान्छन्। के यो दृष्टिकोण र काम गर्ने यस्तो तरिका मूर्ख र निरर्थक होइन र? यसले मानिसहरू कति अज्ञानी र अन्तर्दृष्टिहीन छन् भन्‍ने कुरा प्रकट गर्छ। कुनै घटनामा, दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ भन्‍ने नैतिक आचरणसम्बन्धी यो भनाइ मानिसहरूको धारणासँग त मेल खाला, तर यो सत्यता सिद्धान्तअनुरूप हुँदैन। यो परमेश्‍वरका वचनहरूसँग मेल खाँदैन, र यो गलत दृष्टिकोण हो र यो काम गर्ने गलत तरिका हो(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्वरका वचनहरू खोटरहित प्रकटीकरण थिए। प्राचीन समयदेखि नै मानिसको मानवताको आदर्श मापन भनेको तिनीहरू दयाको ऋण कृतज्ञ भई तिर्छन् कि तिर्दैनन् भन्ने रहिआएको छ। कसैले तिमीलाई मद्दत गऱ्यो वा दया देखायो भने, तिमीले त्यो दयाको ऋण तिर्नैपर्छ। तिमी त्यसो गर्छौ भने असल व्यक्ति हौ; गर्दैनौ भने, तिमी त्यागिनेछौ र मानिसले तिमीलाई उपकार बिर्सने, बैगुनी व्यक्ति भनेर निन्दा गर्नेछन्। दयाको ऋण कृतज्ञ भई तिर्नुपर्ने यो विचारद्वारा ब्रेनवाश भएर र त्यसको प्रभावमा परेर, मानिसहरू अनजानमै नियन्त्रण र बन्धनमा जीवन जिउँछन्। कसैले तिमीलाई विगतमा मद्दत गरेको छ भने, तिमीले उसको ऋण तिर्नैपर्छ, अनि तिमीले ऊ कस्तो व्यक्ति हो र कुन मार्गमा हिँड्छ, र उसको ऋण तिर्नु सत्यताअनुरूप छ कि छैन भनी खुट्ट्याउनु पर्दैन। दयाको ऋण तिर्नुपर्ने यो कारणले गर्दा, कतिपय मानिस आफ्नो पूरै जीवन अरूको बन्धनमा जिउँछन्, अनि झन् कतिपय मानिस त, अरू मानिसका लागि खराब काम गर्छन् र दयाको ऋण तिर्न उनीहरूद्वारा प्रयोग गरिन्छन्, दुःख र कष्टमा जीवन जिउँछन्। सानै उमेरदेखि, मेरी आमाले मलाई दयाको ऋण कृतज्ञ भई तिर्नुपर्छ, आफूलाई अरूले देखाएको दया कहिल्यै बिर्सनु हुँदैन, नत्र मानिसले हाम्रो पछाडि कुरा काट्न सक्छन् भनी सिकाउनुभयो। मेरो जीवनका धेरैजसो मानिसले पनि अरूको व्यवहार मूल्याङ्कन गर्न आचारणको यो मापदण्ड प्रयोग गरे। म पनि पुस्तान्तरण हुँदै आएका यी भनाइअनुसार जिएँ, जस्तै, “दया प्राप्त गरेपछि कृतज्ञतापूर्वक त्यसको ऋण तिर्नुपर्छ,” “जे पाउँछौ त्यसको दसगुना फिर्ता गर,” र “दयापूर्वक दिएको एक थोपा पानीको बदलामा झरना दिनुपर्छ।” कसैले मलाई मद्दत गऱ्यो भने, म सधैँ त्यो सम्झिनेथेँ र उसको ऋण तिर्ने मौका खोज्नेथेँ। यदि कसैको दयाको ऋण तिर्न सकिनँ भने, मलाई दोषी, असहज, र उसलाई देख्दा लज्जित महसुस हुनेथ्यो। म मानिसले मलाई बैगुनी भन्ने हुन् कि भनी चिन्ता लिन्थेँ। फाङ लिङले विगतमा मलाई मद्दत गरेकीले, मैले उनी गैरविश्वासी हुन् भनी खुट्ट्याएकी भए पनि, यदि उनलाई सिद्धान्तअनुसार मण्डलीबाट हटाएँ भने मेरो निन्दा हुनेछ भन्ने मलाई चिन्ता लाग्थ्यो, त्यसैले मैले उनको दयाको ऋण तिर्न उनको रक्षा र बचाउ गर्न खोजेँ। मैले मेरा दाइ र बहिनीहरूलाई फाङ लिङले गरेको दुष्कर्मको विवरण पढेर सुनाउनुपर्दा, उनीहरूले मलाई बैगुनी भन्नेछन् भन्ने चिन्ता गरेँ, त्यसैले मलाई उनीहरूसामु पर्न डर लाग्यो। मैले फाङ् लिङ्लाई उनलाई हटाउने सूचना पढेर सुनाउनुपर्दा, र उनी निकै दुब्ली र पहेँली भएकी देख्दा, मलाई दोषी महसुस भएरै छोड्यो र उनका दुष्कर्महरूको एउटा विवरण मात्र पढेँ। फाङ लिङलाई हटाइएपछि, मैले उनीसित आमनेसामने हुने आँटै गरिनँ। मलाई उनले सत्यता पछ्याइनन् र सही मार्गमा हिँडिनन् र उनी हटाइन् भन्ने राम्ररी थाहा थियो, तर मलाई सधैँ आफूले उनलाई अन्याय गरेकी छु भन्ने लाग्थ्यो। उनले मलाई गरेको मद्दत मेरा लागि ठूलो बोझ थियो, जसको थिचाइले मेरो सासै रोकिन्थ्यो। मैले आफू यो परम्परागत विचारको जन्जिरमा बाँधिएकाले कसरी सही र गलत छुट्याउनसमेत सकिनँ, सत्यता अभ्यास गर्न त झनै सकिनँ भन्ने बुझेँ। मैले आफ्नो प्रतिष्ठा जोगाउन, र अरूले बैगुनी भएको आरोप नलगाऊन् भनेर, असल र खराब नछुट्याई आफूखुसी दयाको ऋण तिरेँ। मैले कुनै सिद्धान्त वा न्यूनतम आधारविना व्यवहार गरेँ, र परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गरेँ। मैले थाहा पाएँ, मानिसले मेरो व्यवहारको जति नै बचाउ, प्रशंसा र वाहवाही गरे पनि, मैले मण्डलीका हितहरू त्यागिरहेकी थिएँ, जसले गर्दा विश्वासीको रूपमा मेरो कार्यकालमा नमेटिने दाग लाग्यो। यसका परिणामहरू निकै गम्भीर थिए! मैले यस अनुभवबाट बुझेँ, परम्परागत संस्कृति शैतानले मानिसलाई छल गर्ने र भ्रष्ट पार्ने हतियार हो। यो त्रुटिपूर्ण विचारमा बाँधिएर, मैले सत्यता प्रस्ट रूपमा बुझे पनि त्यो अभ्यास गर्न सकिनँ, परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गरेँ। मैले उप्रान्त शैतानी दर्शनअनुसार जिउन चाहिनँ।

पछि, मैले परमेश्वरका वचनका अरू दुई खण्ड भेट्टाएँ: “‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने परम्परागत सांस्कृतिक अवधारणाको भित्री कुरा बुझ्‍नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण शब्द ‘दया’ हो—यो दयालाई कसरी हेर्नुपर्छ? यसले दयाको कुन पक्ष र प्रकृतिलाई जनाइरहेको छ? ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने भनाइको अर्थ के हो? मानिसहरूले यी प्रश्‍नहरूको उत्तर पत्ता लगाउनैपर्छ र तिनीहरू कुनै पनि परिस्थितिमा दयाको ऋण तिर्ने यो विचारद्वारा नियन्त्रित हुनु हुँदैन—सत्यता पछ्याउने जोकोहीको लागि यो नितान्त आवश्यक छ। मानव धारणाअनुसार ‘दया’ भनेको के हो? सामान्य तहमा, दया भनेको तँ समस्यामा हुँदा कसैले तँलाई सहयोग गर्नु हो। उदाहरणको लागि, तँलाई साह्रै भोक लागेको बेला कसैले तँलाई एक थाल भात दिनु, वा तँ तिर्खाले मर्न लागेको बेला एक बोतल पानी दिनु, वा तँ लडेर उठ्न नसक्दा तँलाई उठ्न सहयोग गर्नु हो। यी सबै दयाका काम हुन्। दयाको ठूलो काम भनेको तँ कठिन परिस्थितिमा हुँदा कसैले तँलाई उद्धार गर्नु हो—त्यो जीवन बचाउने दया हो। तेरो ज्यान खतरामा हुँदा र कसैले तँलाई मर्नबाट जोगिन मद्दत गर्दा, उसले वास्तवमा तेरो जीवन बचाइरहेको हुन्छ। मानिसहरूले ‘दया’ को रूपमा लिने केही कुरा यिनै हुन्। यस प्रकारको दया सानातिना, भौतिक निगाहभन्दा निकै ठूलो हुन्छ—यो ठूलो दया हो जसलाई पैसा वा भौतिक कुराहरूको आधारमा मापन गर्न सकिँदैन। यो प्राप्त गर्ने मानिसहरूले यति कृतज्ञ महसुस गर्छन् जसलाई धन्यवादका केही शब्‍दहरूमा व्यक्त गर्न सकिँदैन। तैपनि, के मानिसहरूले यसरी दयालाई मापन गर्नु सही हो त? (होइन।) किन तँ सही होइन भनेर भन्छस्? (किनभने यो मापन परम्‍परागत संस्कृतिका मापदण्डहरूका आधारमा गरिएको हुन्छ।) यो सिद्धान्त र धार्मिक वादमा आधारित उत्तर हो, र यो सही देखिए पनि, यसले मामलाको सार प्रस्तुत गर्दैन(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (७))। “अब हामी मान्छेको तथाकथित दयाको मामिलाप्रति ध्यान केन्द्रित गरौँ। उदाहरणको लागि, बाहिर हिउँमाथि भोकले ढलेको भिखारीलाई उद्धार गर्ने दयालु व्यक्तिलाई लिऔँ। उसले त्यो भिखारीलाई घरमा ल्याउँछ, र खानेकुरा र लुगाफाटा दिन्छ, अनि उसले उसको परिवारमाझ बस्‍न र उसको परिवारको लागि काम गर्न त्यो भिखारीलाई अनुमति पनि दिन्छ। तर त्यो भिखारीले स्वेच्छाले त्यो काम गरेको होस् वा दयाको ऋण तिर्न उसले त्यसो गरेको होस्, के त्यो उद्धार दयाको काम हो त? (होइन।) ससाना जन्तुसमेत एकअर्कालाई मद्दत र उद्धार गर्न सक्षम हुन्छन्। यस्ता कार्य गर्न, मानिसहरूलाई अलिकति प्रयास मात्र गरे पुग्छ, र यस्ता कार्य मानवता भएको जोकोहीले गर्न सक्छ र जोकोही यसमा खरो उत्रन सक्छ। यस्ता कार्यहरू मानवता भएको जोकोहीले पूरा गर्नुपर्ने सामाजिक जिम्मेवारी र दायित्व हुन् भनेर पनि मानिसहरूले भन्‍न सक्छन्। तर के मानिसहरूले ती कार्यलाई दयालुपन भनेर चित्रण गर्नु अलि बढी हुँदैन र? के यसलाई त्यसरी चित्रण गर्नु उपयुक्त हुन्छ त? उदाहरणको लागि, अनिकालको बेला धेरै मानिसहरू भोकभोकै हुँदा, यदि कुनै धनी व्यक्तिले गरिब घरपरिवारलाई यो कठिन समय पार गर्न मदत गर्न चामल दिन्छ भने, के यो मानिसहरूमाझ हुनुपर्ने एकप्रकारको आधारभूत नैतिक मद्दत र सहयोगको उदाहरण मात्र होइन र? उसले त बस अलिकति चामल दिएको मात्र हो—उसले अरूलाई आफ्नो सारा खानेकुरा दिएर आफू भोकै बसेको होइन। के यसलाई वास्तवमै दयालुपन ठान्‍न मिल्छ र? (मिल्दैन।) मानिसहरूले पूरा गर्न सक्‍ने सामाजिक जिम्मेवारी र दायित्व, मानिसहरूले नैसर्गिक प्रवृत्तिअनुसार गर्न सक्‍नुपर्ने र गर्नुपर्ने कार्यहरू, अनि अरूलाई उपयोगी र लाभदायी हुने सेवाका सरल कार्यहरू—यी कुराहरूलाई कसै गरी पनि दयालुपन मान्‍न सकिँदैन, किनभने ती सबै कुरामा मानिसहरूले मद्दतको हात मात्र बढाइरहेका हुन्छन्। खाँचो पर्ने कसैलाई उचित समय र स्थानमा मदत दिनु एकदमै सामान्य घटना हो। यो मानवजातिको हरेक सदस्यको जिम्मेवारी पनि हो। यो एक प्रकारको जिम्मेवारी र दायित्व मात्र हो। परमेश्‍वरले मानिसहरूलाई सृष्टि गर्नुहुँदा नै यो नैसर्गिक प्रवृत्ति दिनुभयो। यहाँ म कस्तो नैसर्गिक प्रवृत्तिको कुरा गरिरहेको छु? म मानिसहरूको विवेक र समझको कुरा गरिरहेको छु(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्वरका वचनहरू पढेर, मैले आफूलाई सधैँ बन्धनमा राख्ने “दयाको ऋण तिर्ने” को “दया” बारे नयाँ बुझाइ प्राप्त गरेँ। कसैलाई कठिन परिस्थिति आइपर्दा, उसलाई त्यो पार गर्न सहयोगको हात बढाउनु र आफ्नो क्षमताले भ्याएसम्म साथ दिनु भनेको सामाजिक जिम्मेवारी हो जुन सबैले पूरा गर्नुपर्छ, र यो वास्तवमा दया होइन। जस्तै, फाङ लिङले मेरा पक्षाघात भएका श्रीमानको हेरचाह गर्न मद्दत गरिन् र म सबैभन्दा कठिन परिस्थितिमा हुँदा हाम्रो खेतीबालीको रेखदेख गरिदिइन्, त्यो त सामान्य मानव सम्बन्ध र मानिसहरूबीच हुने पारस्परिक सहयोग मात्र थियो। साथै उनी मेरा श्रीमानकी दिदी हुन्; त्यसैले, उनले आफ्नो भाइ कठिन परिस्थितिमा पर्दा, आफूले सक्दो सहयोग गर्ने नै थिइन्। यसलाई दया भन्न एकदमै मिल्दैनथ्यो। मेरा श्रीमान् बितेर म नकारात्मकतामा परेपछि, फाङ लिङले मसित सङ्गति गरिन् र मलाई साथ दिइन्, तर त्यो त सँगी सिस्टरहरूले एकअर्काप्रति गर्छन् नै, त्यसलाई दया भन्न मिल्दैनथ्यो। फाङ लिङको परिवारले कठिन परिस्थिति भोगिरहेको भए, म पनि उनीहरूलाई साथ दिनेथेँ। यदि उनी नकारात्मक र कमजोर बनेकी भए, म उनलाई परमेश्वरका वचन पढेर सुनाउनेथेँ र साथ दिनेथेँ। सामान्य मानवता भएको मानिसले यही गर्नुपर्छ। तैपनि, फाङ लिङले गरेका सबथोकलाई मैले दया ठानेँ, र सधैँ उनको ऋण कसरी तिरूँ भनी सोच्ने गर्थेँ, मानौँ उनको मद्दतविना मैले कहिल्यै त्यो परिस्थिति पार गर्नेथिइनँ। वास्तवमा, म जहाँ छु त्यहाँ मलाई परमेश्वरका वचनको मार्गदर्शन र सहयोगले नै पुऱ्याएको हो। मेरा श्रीमान् बितेपछि, मैले सत्यता नबुझेकीले, कसरी अघि बढ्नुपर्छ भनी मलाई थाहा थिएन, र म सबैभन्दा कमजोर र नकारात्मक भएकी बेला, मलाई मद्दत गर्न सबै प्रकारका परिस्थिति, मानिस र ठाउँहरू योजनाबद्ध गर्ने परमेश्वर नै हुनुहुन्थ्यो। परमेश्वरका वचनले नै मलाई कठिनाइबाट बाहिर निस्कन अन्तर्दृष्टि र मार्गदर्शन गरे, र मलाई अहिलेको अवस्थामा पुऱ्यए। अहिले मलाई केही कमी छैन र म अरू जोकोहीझैँ सामान्य रूपमा जिउँछु, परमेश्वरका वचन खाने र पिउने अनि आफ्नो कर्तव्य निभाउने गर्छु; यो सबै परमेश्वरको प्रेमको कारण भएको हो। यदि ममा साँच्चै विवेक भएको भए, मैले परमेश्वरलाई ऋण तिरिरहेकी हुनुपर्थ्यो। बरु, म कृतज्ञ भई दयाको ऋण तिर्ने यो गलत विचारअनुसार जिएँ, सधैँ आफ्ना सम्बन्ध र अरूको मायालु चासो राख्नुलाई महत्त्व दिएँ, र कसैले मलाई देखाएको सानो निगाहसमेत कहिल्यै बिर्सिनँ, जबकि मलाई सबथोक दिनुहुने परमेश्वरको प्रतिरोध र विद्रोह गरेँ, र दयाको ऋण तिर्न नहिचकिचाई सिद्धान्तहरू उल्लङ्घन गरेँ र मण्डलीका हितमा क्षति पुऱ्याएँ। यो वास्तवमै बैगुनी हुनु र मानवता नहुनु थियो। यो थाहा भएपछि, मलाई निकै ढुक्क लाग्यो, र सत्यता नबुझेर म कति दयनीय थिएछु भनेर सोचेँ।

पछि, मैले परमेश्वरका वचनको यो खण्ड देखेँ: “विगतमा कसैले तँलाई मद्दत गरेको थियो, ऊ तँप्रति निश्‍चित तरिकमा दयालु थियो र उसले तेरो जीवन वा तेरो कतिपय मुख्य घटनामा प्रभाव पारेको थियो, तर उसको मानवता र ऊ हिँड्ने मार्ग तेरो मार्ग र तैँले खोजी गर्ने कुरासँग मेल खाँदैन। तिमीहरूको कुरा पनि मिल्दैन, र तँ यो व्यक्तिलाई मन पराउँदैनस्, र सायद केही हदसम्‍म तेरो रुचि र तैँले खोजी गर्ने कुरा बिलकुलै फरक छन् भनेर भन्‍न सक्छस्। तेरो जीवन मार्ग, तेरो सांसारिक विचार, र जीवनप्रतिको तेरो दृष्टिकोण सबै फरक छन्—तिमीहरू दुई बिलकुलै फरकफरक प्रकारका व्यक्ति हौ। त्यसोभए, उसले विगतमा गरेको मद्दतलाई तैँले कसरी लिनुपर्छ र त्यसमा कस्तो प्रतिक्रिया जनाउनुपर्छ? के यो उत्पन्‍न हुन सक्‍ने वास्तविक परिस्थिति होइन र? (हो।) त्यसोभए, तैँले के गर्नुपर्छ? यो पनि सम्हाल्न सजिलो परिस्थिति हो। तिमीहरू दुई फरकफरक मार्ग हिँडिरहेकाले, उसलाई सक्दो भौतिक हर्जाना दिएपछि, तैँले तिमीहरूको विश्‍वास एकदमै फरक रहेको, र तिमीहरू एउटै मार्गमा हिँड्न नसक्‍ने, र मित्र बनिरहन र अन्तरक्रिया गरिरहनसमेत नमिल्ने रहेको पत्तो पाउँछस्। यसरी तिमीहरू कुनै अन्तरक्रिया गर्न नसक्‍ने भएकाले, अब तँ कसरी अघि बढ्नुपर्छ? तैँले ऊसँग दूरी बनाइराख्‍नुपर्छ। विगतमा ऊ तँप्रति दयालु भएको हुन सक्ला, तर समाजमा उसले छक्याउँदै र छल्दै हिँड्छ, हरप्रकारका दुष्कर्महरू गर्छ र तँ यो व्यक्तिलाई मन पराउँदैनस्, त्यसैले ऊसँग दूरी बनाइराख्‍नु एकदमै उचित हुन्छ। कतिपयले भन्लान्, ‘के त्यस्तो व्यवहार गर्नु भनेको विवेकको कमी हुनु होइन र?’ यो विवेकको कमी हुनु होइन—यदि उसलाई जीवनमा साँच्‍चै केही कठिनाइ आएको भए, तैँले अझै पनि उसलाई मद्दत गर्न सक्छस्, तर तँ ऊद्वारा नियन्त्रित हुनु वा ऊसँगसँगै दुष्कर्म र अनुचित काम गर्नतिर लाग्‍नु हुँदैन। उसले तँलाई विगतमा मद्दत वा ठूलो उपकार गरेको थियो भन्दैमा, तँ उसको लागि घोटिनु पनि पर्दैन—त्यो तेरो दायित्व होइन र ऊ त्यस्तो व्यवहारको योग्य हुँदैन। तँसँग आफूलाई मनपर्ने अनि आफूसँग ठ्याक मिल्ने र सही मानिसहरूसँग अन्तरक्रिया गर्ने, समय बिताउने र मित्रतासमेत गाँस्‍ने हक हुन्छ। तँ यस्तो व्यक्तिप्रति आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सक्छस्, र यो तेरो अधिकार हो। अनि अवश्य नै, तैँले आफूलाई मननपर्ने मानिसहरूसँग मित्रता गाँस्‍न र व्यवहार गर्न अस्वीकार गर्न पनि सक्छस्, अनि तैँले ऊप्रति कुनै दायित्व वा जिम्मेवारी पूरा गर्नुपर्दैन—यो पनि तेरो अधिकार हो। तैँले यो व्यक्तिलाई त्याग्‍ने निर्णय गरिस् र ऊसँग अन्तरक्रिया गर्न वा ऊप्रति कुनै जिम्मेवारी वा दायित्व पूरा गर्न इन्कार गरिस् भने पनि, यो गलत हुनेछैन। तैँले आफूलाई व्यवहारमा ढाल्ने क्रममा निश्‍चित सीमा तय गर्नैपर्छ, र फरकफरक मानिसहरूलाई फरकफरक तरिकामा व्यवहार गर्नैपर्छ। तैँले दुष्ट मानिसहरूसँग सङ्गत गर्नु वा तिनीहरूको खराब उदाहरण पछ्याउनु हुँदैन, यसो गर्नु बुद्धिमानी निर्णय हो। कृतज्ञता, भावना र आम विचारजस्ता विविध कुराहरूको प्रभावमा नपर्—यसो गर्नु भनेको अडान लिनु र सिद्धान्त धारण गर्नु हो, र यो तैँले गर्नुपर्ने कुरा हो(वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्वरको वचनले मानिसलाई सम्हाल्ने सिद्धान्तहरू प्रस्ट रूपमा व्यक्त गरेको छ। कसैले हामीलाई विगतमा ठूलो निगाह देखाएको छ भने, हामीले उसलाई उसको मानवताको गुणस्तर र ऊ हिँड्ने मार्गको आधारमा व्यवहार गर्नुपर्छ। ऊ असल व्यक्ति हो र सही मार्गमा हिँड्छ भने, हामी ऊसित सामान्य रूपमा कुराकानी गर्न, र उसलाई मद्दत चाहिँदा सक्दो मद्दत गर्न सक्छौँ। हामीलाई मद्दत गरेको व्यक्ति सही मार्गमा हिँड्दैन र हिंसात्मक काम गर्छ भने, हामीले ऊसित कुराकानी गर्दा होसियारी अपनाउनैपर्छ र उसको भनाइ र गराइको प्रकृति खुट्ट्याउनैपर्छ। आवश्यक परेमा, हामीले उसलाई त्याग्नुपर्ने वा ऊबाट टाढिनुपर्ने, र आफूले सक्दो भौतिक सहयोग मात्र दिनुपर्ने हुन सक्छ। ऊ परमेश्वरमा विश्वास गर्छ तर सत्यता पछ्याउँदैन, आफ्नो कर्तव्यमा झारा टार्छ, समस्या खडा गर्छ, र परमेश्वरको घरको काम बिथोल्छ भने, हामीले उसलाई सत्यता सिद्धान्तअनुसार काटछाँट र निराकरण गर्नैपर्छ। उसले अझै पनि पश्चात्ताप गरेन भने, हामी सिद्धान्तमा अडिग रहनैपर्छ, चेतावनी दिनुपर्नेलाई चेतावनी दिने र हटाउनुपर्नेलाई सिद्धान्तअनुसार हटाउने गर्नैपर्छ। हामीले दुष्टसँग सङ्गत गरेर र सिद्धान्त उल्लङ्घन गरेर शैतानी नियमअनुसार कार्य गर्नु हुँदैन। मैले आफूले कसरी मानिसलाई सिद्धान्तअनुसार व्यवहार गरेको रहेनछु, बारम्बार अज्ञानी व्यवहार गरेको रहेछु, आफू परम्परागत सोचको जन्जिरमा जकडिएकी रहेछु, र थाहै नपाई शैतानको नोकर बनेकी र मण्डली जीवन बिथोलेकी रहेछु भनेर सोचेँ। हामी आफ्नो आस्थामा सत्यताअनुसार जिउँदैनौँ भने, कुनै पनि बेला परमेश्वरको प्रतिरोध गर्न र उहाँको स्वभावलाई चिढ्याउन सक्छौँ! फाङ लिङ अझै पनि मलाई समय-समयमा भौतिक सहयोग गर्छिन्, तर यो सहयोग कसरी लिने भनी मैले परमेश्वरका वचनमार्फत सिकेकी छु। म यसलाई उनले मलाई राम्रो व्यवहार गरेको वा दया देखाएको ठान्दिनँ, बरु परमेश्वरको प्रेमको सङ्केत ठान्छु। परमेश्वर उनलाई मलाई मद्दत गर्न उत्प्रेरित गर्नुभयो, त्यसैले मैले परमेश्वरलाई धन्यवाद दिनुपर्छ र आफ्नो कर्तव्य निभाएर उहाँको ऋण तिर्नुपर्छ।

विगतमा, म सधैँ दयाको ऋण तिर्नुपर्छ र कृतज्ञ हुनुपर्छ भन्ने सोच्थेँ, मलाई असल मानिसले त्यसै गर्छ भन्ने लाग्थ्यो। तर मैले आफ्नै अनुभवमार्फत थाहा पाएँ, शैतानले दयाको ऋण तिर्ने यो परम्परागत विचार प्रयोग गरेर मानिसलाई जन्जिरमा जकड्छ, उनीहरूको सोचाइ सीमित पार्छ, र उनीहरूलाई सही र गलत छ्यासमिस पार्न, सिद्धान्तविना काम गर्न, र थाहै नपाई शैतानको हतियार बन्न लगाउँछ। मैले यो पनि जानेँ, मानिसले शैतानी कुरालाई जति नै राम्रा ठाने पनि, ती सत्यता होइनन्। परमेश्वरका वचनहरू मात्र सत्यता हुन्। परमेश्वरको वचनले हामीलाई सही र गलत छुट्याउन अनि सामान्य मानवतामा जिउन मद्दत गर्छ। हामी सत्यताअनुसार जिउँदा र परमेश्वरको वचनका सिद्धान्तअनुसार मानिसलाई व्यवहार गर्दा र कामकुरा सम्हाल्दा मात्र, हामी परमेश्वरको इच्छाअनुसार कार्य गर्न अनि चरित्रवान् भई र मर्यादामा जिउन सक्छौँ। परमेश्वरको मुक्तिका लागि उहाँप्रति अति कृतज्ञ छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफूलाई जे गर्न मन गरिँदैन त्यो अरूलाई पनि नगर्नेसम्बन्धी अत्मचिन्तन

मेरो काममा ठूलासाना धेरै समस्याहरू आइरहेका थिए। केही समस्याहरू लापरबाहीले त केही समस्या सिद्धान्त नबुझेकाले निम्तिएका थिए। म केही चिन्तित...

सुसमाचार प्रचार गर्नुको चाबी जिम्‍मेवारी नै हो

म आफ्‍नो कर्तव्यलाई त्यति गम्‍भीर रूपमा लिँदिनथिएँ र प्रायजसो सुस्त हुन्थेँ। म प्रायजसो अल्याङटल्याङ गर्थेँ। म सुसमाचार प्रचार गर्न लायक...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्