हाम्रा आमाबुबाले गर्ने पालनपोषणको कृपालाई कसरी हेर्ने
वर्ष २०१२ मा, हाम्रो पूरै परिवारले सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गर्यो। परमेश्वरका वचनबाट मैले परमेश्वरमा साँचो...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
२०१८ को अक्टोबरमा एक दिन, एक अगुवाले मलाई, “तपाईंका आमाबाबुलाई मण्डलीबाट निकालियो” भन्नुभयो। म स्तब्ध भएँ—मलाई यो पत्यारै लागेन। मलाई थाहा थियो मेरा आमाबाबुले अवरोध गर्ने कामहरू गर्नु भएको थियो, तर मण्डलीबाटै निकालिनुपर्ने खालको काम त गर्नु भएको थिएन कि? मेरो अशान्त हृदय लिएर म त्यसै त्यहाँ बसिरहेँ। मेरी दिदीलाई पहिले नै मण्डलीबाट निकालिएको थियो किनभने उनी एउटा ख्रीष्टविरोधीको सहयोगी थिइन् र बारम्बार सङ्गति गर्दा पनि पश्चाताप गर्न अस्वीकार गरेकी थिइन्। मेरा आमाबाबुलाई पनि निकालिएपछि, म हाम्रो परिवारको एक मात्र विश्वासी बचेकी थिएँ। त्यो क्षणमा, मैले एक्लो महसुस गरेँ। हाम्रो परिवार आस्थामा जोडिएको दुई दशकभन्दा बढी भइसकेको थियो, र हामीले त्यो समयभरि चिनियाँ कम्युनिष्ट पार्टीको उत्पीडन सहन गरेका थियौँ। सुसमाचार बाँडेका कारण मेरो बुबालाई दुई पटक पक्राउ गरिएको थियो, र उहाँ पाँच वर्ष जेलमा बस्नुभएको थियो। आमा, दिदी र म एउटै घरमा कहिल्यै बस्न पाएनौँ, पक्राउबाट बच्न यताउता सरिरह्यौँ। हामीले सबै प्रकारका उतारचढावहरू भोग्यौँ, र परमेश्वरको काम लगभग अन्त्य हुँदै थियो। अनि, उहाँहरूलाई मण्डलीबाट कसरी निकाल्न सकियो? उहाँहरूले साँच्चै कठिन समय बिताउनुभएको थियो र धेरै दुःख पाउनुभएको थियो। के यो सबै व्यर्थ थियो? यो सोचेर, मैले आँसु रोक्न सकिनँ। मेरो हृदयमा मैले परमेश्वरसँग तर्क गर्न खोजेँ: मेरा आमाबाबुले ठूलो उपलब्धि नगरेको भए पनि, उहाँहरूले धेरै दुःख पाउनुभएको थियो। उहाँहरूका धेरै वर्षको बलिदानलाई विचार गर्दै, उहाँहरूले पश्चाताप गर्ने अर्को मौका पाउनु पर्ने थिएन र? यसको मतलब श्रमिकहरूको रूपमा बस्न पाएको भए पनि ठीक थियो! मैले जति धेरै यसरी सोचेँ, त्यति नै मलाई पीडादायी र अँध्यारो लाग्यो, र मैले मेरो कर्तव्य निर्वाह गर्ने उत्साह गुमाएँ। मसँग सहकर्मी बनाइएकी सिस्टरले बुद्धिमानी शब्द सुनाइन्: “जब यस्तो केही हुन्छ, तपाईंले यसलाई परमेश्वरबाट भनेर स्विकार्नु पर्छ—तपाईं गुनासो गर्न मिल्दैन। परमेश्वरले जे गर्नुहुन्छ त्यो धर्मी हो।” मैले त्यतिबेला उनको तर्क बुझेकी भए पनि आफ्नो सोचाइ परिवर्तन गर्न सकिनँ।
केही हप्तापछि मैले मेरा आमाबाबुलाई निकालिएको बारेमा कागजातहरू पढेँ। त्यहाँ मेरो बुबालाई एकदमै अहङ्कारी भएको, सिद्धान्तअनुसार आफ्नो कर्तव्य गर्नुको सट्टा सधैँ आफ्नै तरिकाले सामान्य मामिलाहरू सम्हाल्ने गरेको भनिएको थियो। उहाँले ब्रदर-सिस्टरका सुझावहरू स्विकार्नु हुन्नथ्यो, जसले गर्दा मण्डलीलाई ठूलो आर्थिक क्षति पुग्यो। त्यति मात्र होइन, उहाँले विशेष गरी आफूसँग सम्बन्धित सुरक्षा चिन्ताहरू बारे पूर्ण रूपमा सचेत हुँदाहुँदै पनि परमेश्वरका वचनहरूका पुस्तकहरू वितरण गरिरहनुभएको थियो। उहाँले ब्रदर-सिस्टरहरूको सल्लाहलाई बेवास्ता गरेर अघि बढ्नुभयो र त्यसको परिणामस्वरूप उहाँलाई पक्राउ गरियो र जेलमा राखियो र पुस्तकहरू जफत गरियो। यसले मण्डलीलाई हानिकारक परिणामहरू ल्यायो। मेरो दिदीलाई निकालिएको बेला मेरो बुबाले यो केवल अगुवाले उनलाई निशाना बनाएका कारणले मात्र भएको भन्दै कुराहरू बनाउनु भएको थियो। उहाँले अगुवाबाट प्रकट केही भ्रष्टताको बारेमा पनि ठूलो हल्लीखल्ली गर्नुभयो, उनलाई बदनाम गर्ने र तल झार्ने धम्की दिनुभयो। अरूमध्य केही, उहाँको पक्ष लिन बहकिएकाले अगुवाको विरुद्ध पूर्वाग्रही भएका थिए, र यसले अगुवालाई आफ्नो कर्तव्य सामान्य रूपमा गर्नबाट रोकेको थियो। मेरो बुबाका कार्य र आचरणका कारण मण्डलीको काम गम्भीर रूपमा बिथोलिएको थियो, र उहाँले आफूले गरेको दुष्टताको लागि कुनै पश्चाताप वा पछुतो देखाउनु भएको थिएन। अन्ततः उहाँलाई दुष्ट व्यक्ति भनेर वर्गीकृत गरियो र मण्डलीबाट निकालियो। आफ्नो भागका लागि, मेरी आमा निकालिइनु भयो सिद्धान्तअनुसार नै—किनभने उहाँले मेरी दिदीको निष्कासनको विरुद्धमा झगडा गर्न छोड्नुभएन। उहाँले अन्य ब्रदर-सिस्टरहरूको अगाडि अगुवाको बारेमा गुनासो गरिरहेर दुवै पक्षमा अविश्वास उत्पन्न गराउनुभएको थियो, र भेलाहरूको बेला निष्कासनमा परेका धेरै मानिसहरूको लिएर अगुवाले तिनीहरूलाई पनि निकाल्न खोजिरहेको भन्दै तथ्यहरूलाई तोडमोड गर्नुभएको थियो। त्यसले पनि मण्डलीको जीवनलाई गम्भीर रूपमा अवरोध पुर्यायो। ब्रदर-सिस्टरहरूले उहाँसँग सङ्गति गर्न धेरै प्रयास गरे तापनि, उहाँले सत्यता स्वीकार गर्न पूर्ण रूपमा अस्वीकार गर्नुभयो। उहाँले सत्यता सिद्धान्तहरू अनुसार कुराहरू देख्नु भएको थिएन, र मण्डलीको कामलाई बाधा पुर्याउन दुष्ट मानिसहरूको पक्ष लिनु भएको थियो। पश्चातापको कुनै भावना नभएकाले, उहाँ अन्ततः मण्डलीबाट निकालिइनु भयो। उहाँहरूका सबै दुष्ट कार्यहरूलाई विचार गर्दा, मलाई थाहा थियो सिद्धान्ततः मेरा आमाबाबुलाई निकालिनु सही हो, तर जब मैले यसलाई वास्तवमा भइरहेको बारे सोचेँ, मैले कसरी सम्हाल्ने भन्ने थाहा थिएन। यो धेरै कष्टप्रद थियो। उहाँहरूलाई निकालिएको बारेमा सामग्रीहरू पढ्दा म स्तब्ध भएँ, र मलाई रून आयो। मैले परमेश्वरसँग तर्क गर्न थालेँ: “हे परमेश्वर, तपाईं मानवजातिलाई प्रेम गर्नुहुन्छ। मेरा आमाबाबु २० वर्षभन्दा बढी समयदेखि विश्वासी हुनुहुन्छ र धेरै कठिनाइहरू भोग्नुभएको छ। उहाँहरूले गरेका सबै त्यागका लागि उहाँहरूलाई केही मान्यता दिनु पर्दैन?” म नकारात्मकता र गलत बुझाइमा बाँचिरहेकी थिएँ। मेरो सम्पूर्ण परिवारलाई निकालिएको थियो, म एक मात्र विश्वासी बाँकी थिएँ, मलाई थाहा थिएन म कसरी मार्गमा अघि बढ्न सक्छु। दुई वर्षभन्दा बढी समयसम्म म यो भ्रमित स्थितिमा रहेँ, र अन्ततः मलाई मेरो कर्तव्यमा केही प्राप्त नगरेको कारण बर्खास्त गरियो। मैले निकै पीडा महसुस गरेँ, र आखाँभरि आँसु लिएर बारम्बार प्रार्थना गरेँ, “हे परमेश्वर! मेरा आमाबाबुलाई मण्डलीबाट निकालिएको कारणले म तपाईंसँग रिसाएकी र तपाईंलाई गलत बुझेकी छु। मलाई थाहा छ यो खतरनाक स्थिति हो, तर ममा यसबाट निस्किने शक्ति छैन। हे परमेश्वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस् र मुक्ति दिनुहोस्।”
त्यसपछि, मेरो भक्तिमा, मैले परमेश्वरका केही वचनहरू पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानवजातिलाई परमेश्वरले प्रेम गर्नुहुन्छ भन्ने कुरा थाहा पाएपछि, तिनीहरू उहाँलाई प्रेमको प्रतीकका रूपमा सीमित गर्छन्; तिनीहरूले के विश्वास गर्छन् भने, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरूले जे-जस्तो व्यवहार गरे तापनि, तिनीहरूले परमेश्वरलाई जे-जस्तो व्यवहार गरे तापनि र तिनीहरू जति नै विद्रोही भए तापनि, यी कुनै पनि कुराले केही फरक पर्दैन किनकि परमेश्वरसँग प्रेम छ र उहाँको प्रेम असीमित र अपरिमेय छ; परमेश्वरसँग प्रेम छ, त्यसैले उहाँ मानिसहरूप्रति सहनशील हुन सक्नुहुन्छ; र परमेश्वरसँग प्रेम छ त्यसैले उहाँ मानिसहरूप्रति कृपालु हुन सक्नुहुन्छ, तिनीहरूको अपरिपक्वताप्रति कृपालु हुन सक्नुहुन्छ, तिनीहरूको अज्ञानताप्रति कृपालु हुन सक्नुहुन्छ, र तिनीहरूको विद्रोहीपनप्रति कृपालु हुन सक्नुहुन्छ। के वास्तवमै हुने भनेको यस्तै होइन त? केही मानिसहरूको हकमा, तिनीहरूले एक पटक वा धेरै पटक परमेश्वरको धैर्यता अनुभव गरिसकेपछि, तिनीहरूले यी अनुभवहरूलाई परमेश्वरबारे तिनीहरूको आफ्नै ज्ञानको महत्त्वपूर्ण कडीको रूपमा लिन्छन् र तिनीहरूले तिनीहरूप्रति उहाँ सधैँ धैर्य र कृपालु रहनुहुनेछ भन्ने विश्वास गर्छन् र त्यसपछि तिनीहरूले आफ्नो जीवनको सिलसिलामा, परमेश्वरको यो धैर्यतालाई उहाँले तिनीहरूप्रति गर्ने व्यवहारको मापदण्डको रूपमा लिन्छन्। अन्य यस्ता व्यक्तिहरू पनि छन् जसले एकपल्ट परमेश्वरको सहनशीलताको अनुभव गरिसकेपछि सधैँभरि परमेश्वरलाई सहनशील भनेर सीमित गर्छन्—र तिनीहरूको मस्तिष्कमा, यो सहनशीलता अनिश्चितकालीन, निसर्त र पूर्णतया असैद्धान्तिक समेत हुन्छ। के यस्ता विश्वासहरू सही छन् त?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। “हरेक व्यक्तिप्रति व्यवहार गर्ने कुरामा परमेश्वर धर्मी हुनुहुन्छ, मानिसहरूलाई जित्ने र मुक्ति दिने कामको बारेको उहाँको विधिमा उहाँ इमान्दार हुनुहुन्छ। यो उहाँको व्यवस्थापन हो। उहाँले हरेक व्यक्तिलाई गम्भीरताका साथ व्यवहार गर्नुहुन्छ, उहाँले खेलाइने पाल्तु जन्तुलाई जस्तो व्यवहार गर्नुहुन्न। मानवप्रतिको परमेश्वरको प्रेम पुलपुलाउने वा बिगार्ने किसिमको हुँदैन, न त मानवजातिप्रतिको उहाँको कृपा र सहनशीलता नै स्वच्छन्द र अनियन्त्रित हुन्छन्। यसको विपरीत, मानवप्रतिको परमेश्वरको प्रेममा जीवनको कदर गर्ने, त्यसलाई दया गर्ने र आदर गर्ने कुराहरू पर्छन्; उहाँको कृपा र सहनशीलताले आफूभित्र मानवहरूप्रतिको उहाँका अपेक्षाहरू बोकेका हुन्छन् र ती मानवजातिको अस्तित्वका लागि आवश्यक जग हुन्। परमेश्वर जीवित हुनुहुन्छ र परमेश्वर वास्तविक रूपमै अस्तित्वमा हुनुहुन्छ; मानवजातिप्रतिको उहाँको मनोवृत्ति सिद्धान्तमा आधारित छ, यो एक प्रकारको प्रावधान त बिलकुलै होइन होइन, र यो परिवर्तन हुन सक्छ। मानवजातिप्रतिको उहाँका आशयहरू तिनीहरू उत्पन्न हुने परिस्थितिमा आधारित भएर अनि हरेक व्यक्तिको मनोवृत्ति परिवर्तनसँगै क्रमिक रूपले परिवर्तन हुँदैछन् र समयसँगै रूपान्तरित हुँदैछन्। त्यसकारण, तैँले तेरो हृदयमा सम्पूर्ण स्पष्टताका साथ थाहा पाउनुपर्छ कि परमेश्वरको सार अपरिवर्तनीय छ, र उहाँको स्वभाव विभिन्न समयहरू र विभिन्न परिप्रेक्ष्यहरूमा बाहिर निस्कन्छ। तैँले यो कुरालाई गम्भीर कुरा हो भन्ने नठान्न सक्छस् र तैँले परमेश्वरले कसरी विभिन्न कुराहरू गर्नुहुन्छ भन्ने कुरा कल्पना गर्न आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्न सक्छस्। तथापि, केही समयहरू यस्ता हुन्छन् जुन बेला तेरो दृष्टिकोणको विपरीत ध्रुव चाहिँ सत्य हुन्छ र परमेश्वरलाई मापन गर्ने प्रयासमा तैँले तेरा आफ्नै व्यक्तिगत धारणाहरू प्रयोग गर्दै परमेश्वरलाई क्रोधित पारिसकेको हुन्छस्। यस्तो हुन्छ किनभने परमेश्वर तैँले सोचेको जस्तो गरी सञ्चालित हुनुहुन्न, न त तैँले भने जस्तो गरी नै उहाँले विभिन्न कुराहरूप्रति व्यवहार गर्नुहुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। परमेश्वरका वचनहरू पढेपछि मैले बुझेँ कि परमेश्वर प्रेममय हुनुहुन्छ, तर उहाँको मानिसप्रतिको प्रेम सिद्धान्तमा आधारित छ। यो मानिसहरूको प्रेम जस्तो दृष्टिहीन र सिद्धान्तहीन छैन। परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ, र उहाँले हरेक व्यक्तिको आचरण र कार्यहरूप्रति एउटा अडान राख्नुहुन्छ। परमेश्वरसँग सत्यतालाई प्रेम गर्ने तर अपराध गरेकाहरूप्रति प्रेम र कृपा छ। तर दुष्ट मानिसहरू, जसले सत्यताप्रति वितृष्णा राख्छन् र मण्डलीको काममा अवरोध पुर्याउँछन्, उहाँले तिनलाई निन्दा गर्नुहुन्छ र हटाउनुहुन्छ। परमेश्वर प्रेममय हुनुहुन्छ भन्दैमा उहाँमा दुष्ट मानिसहरूप्रति करुणा र सहनशीलता छ, र उनीहरूलाई मण्डलीको कामलाई अवरोध पुर्याउन अनुमति दिनुहुन्छ भन्ने हुँदैन। मैले परमेश्वरको स्वभाव र सारलाई गलत बुझेकी थिएँ र उहाँलाई आफ्नै धारणाअनुसार परिभाषित गरेकी थिएँ। परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुहुने भएकाले, यदि हामी उहाँको अनुसरण गर्छौँ र उहाँका लागि बलिदानहरू गर्छौँ भने हामीले जतिसुकै नराम्रो काम गरे तापनि उहाँले हामीलाई पश्चात्ताप गर्ने मौका दिइरहनुहुन्छ भनी मैले अनुमान गरेकी थिएँ। त्यसैले म मेरा आमाबाबुलाई निकालिएको स्वीकार गर्न सकेकी थिइनँ, र परमेश्वरसँग तर्क गर्न र उहाँको विरोध गर्न थालेकी थिएँ। फर्केर सोच्दा, मण्डलीले मेरा आमाबाबुलाई निकाल्नुअघि धेरै मौकाहरू दिएको थियो, र उहाँहरूले कहिल्यै पश्चाताप नगरेकाले मात्रै कुरा त्यो बिन्दुमा पुग्यो। परमेश्वरको स्वभाव धर्मी र पवित्र छ। जबसम्म मानिसहरू अपराध र भ्रष्टाचारका प्रदर्शनहरूको लागि पश्चाताप गर्न इच्छुक हुन्छन्, परमेश्वर अत्यन्तै दयालु र सहनशील हुनुहुन्छ। तर मेरा आमाबाबु जस्ता मानिसहरू, जो धेरै दुष्टता गर्ने, तर साँच्चिकै पश्चात्ताप नगर्ने र झन् दुष्कर्म गर्दै जाने हुन्छन्, साँच्चै नै दुष्ट मानिसहरू हुन्, र परमेश्वर यस्ता मानिसहरूप्रति कृपा र सहनशीलता देखाइरहन सक्नुहुन्न। विशेष गरी, उहाँ उनीहरूप्रति लामो समयदेखि विश्वासी भएकाले र विश्वासका लागि धेरै दुःख पाएकाले मात्रै उदार हुन सक्नुहुन्न।
एक दिन, मैले परमेश्वरको अर्को खण्ड पढेँ: “मानिसहरू भन्छन्, ‘परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ। जबसम्म मानिसले उहाँलाई अन्त्यसम्मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्मै पछ्यायो भने, के उहाँले मानिसलाई पन्छाउन सक्नुहुन्छ?’ म सबै मानिसहरूप्रति निष्पक्ष छु, र सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसहरूप्रति मेरा सबै मागहरूमा उचित सर्तहरू समावेश छन्, र मैले माग गरेको कुरा सबै मानिसहरूले पूरा गर्नैपर्छ, चाहे ती जोसुकै होऊन्। मलाई तँ कति वरिष्ठ छस् वा कति अनुभवी छस् भन्ने कुराको मतलब छैन; म त तैँले मेरो मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् र तैँले सत्यताप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् भन्ने कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँलाई लज्जित पार्छस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि ढाल्नेछु र दण्ड दिनेछु, अनि त्यसबेला तँसँग भन्नका लागि के रहनेछ? के तैँले परमेश्वर धर्मी हुनुहुन्न भनेर भन्न सक्छस्? यदि मैले आज बोलेका सबै वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले अनुमोदन गर्ने प्रकारको व्यक्ति होस्। तँ तैँले परमेश्वरलाई पछ्याउने क्रममा सधैँ दुःख भोगेको छस्, आँधीबेरीमा उहाँलाई पछ्याएको छस्, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छस् भनेर भन्छस्, तर परमेश्वरले बोल्नुभएका वचनहरू तैँले जिएको छैनस्; तँ हरेक दिन परमेश्वरका लागि दौडधुप गर्न र आफूलाई उहाँमा समर्पित गर्न मात्रै चाहन्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारे कहिल्यै पनि सोचेको छैनस्। तँ यो पनि भन्छस्, ‘आखिरमा, म परमेश्वर धर्मी हुनुहुन्छ भनी विश्वास गर्छु। म उहाँका लागि दुःख भोग्छु, उहाँका लागि दौडधुप गर्छु, र उहाँप्रति आफूलाई अर्पित गर्छु, अनि मैले कुनै पनि उपलब्धि हासिल नगरेको भए पनि कष्ट सहेको छु; उहाँले निश्चय नै मलाई याद गर्नुहुन्छ।’ परमेश्वर धर्मी हुनुहुन्छ भन्ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूद्वारा कलङ्कित छैन: यसमा कुनै मानव इच्छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। जो विद्रोही र विरोधमा छन्, जसले उहाँको मार्ग पालन गर्दैनन्, ती सबै दण्डित हुनेछन्; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि बाँकी राखिनेछैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। मैले परमेश्वरका वचनहरूबाट सिकेँ कि परमेश्वरको धार्मिकता मैले सोचेजस्तो छैन—हामीले के पाउछौँ, त्यो हामीले कति लगानी गर्छौँ, त्यसमा निर्भर गर्छ। परमेश्वरलाई ती मानिसहरूलाई अनुग्रह गर्न आवश्यक छैन जसले उहाँका निम्ति आफूलाई समर्पित गर्छन्, काम गर्छन् र कष्ट भोग्छन्। परमेश्वरका लागि, “योगदान नगरे पनि कडा मेहनत गरेमा योग्य होइन्छ” भन्ने कुरा हुँदैन। परमेश्वरले कसैको परिणाम कामको लागि भोगेको कष्ट वा वरिष्ठताको आधारमा निर्धारण गर्नुहुन्न। उहाँ उनीहरूले बाहिरी रूपमा कति त्याग गरे भन्ने कुरा हेर्नुहुन्न। उनीहरूले सत्यता पछ्याउने र त्यसलाई व्यवहारमा उतार्ने गरेका छन्-छैनन्, र उनीहरूको जीवनको स्वभावमा परिवर्तन छ-छैन भन्ने कुरा महत्त्वपूर्ण छ। उनीहरूको वरिष्ठता जति ठूलो भए नि वा उनीहरूले कामको लागि जति कष्ट भोगे पनि, परमेश्वरका वचनहरूलाई अभ्यास गर्दैनन् भने उनीहरूले कहिल्यै उहाँको अनुमोदन प्राप्त गर्ने छैनन्। उनीहरूले गरेको दुष्टताका लागि उनीहरूलाई परमेश्वरले धार्मिक रूपमा दण्डित गर्नुहुनेछ। म परमेश्वरको धार्मिकतालाई लेनदेनको मानसिकताले नापिरहेकी थिएँ। मेरा आमाबाबुले आफ्ना विश्वासका वर्षहरूमा धेरै त्यागेका र कष्ट भोगेका कारण, उनीहरूले जति दुष्ट काम गरे पनि, पश्चाताप गर्न र मण्डलीमा रहन थप मौका पाउनुपर्छ भन्ने सोचेकी थिएँ। अन्यथा, यो उहाँहरूप्रति न्यायोचित हुने थिएन। तर मेरो सोच्ने तरिका सबै गलत थियो। मैले पललाई सम्झेँ, जसले प्रभुको सुसमाचार फैलाउन युरोपभरि यात्रा गरेका थिए। उनी धेरै पटक पक्राउ परे र धेरै दुःख पाए, तर जहाँ गए पनि उनी उच्च स्थानमा उभिए र आफ्ना लागि गवाही दिए। अन्ततः उनले आफू ख्रिस्टको रूपमा जिएको, र मर्नु लाभ हुनेछ भनेर भने। नतिजा स्वरूप, उनी दुई हजार वर्षसम्म सम्मानित भए। मानिसहरूको मनमा उनी प्रभु येशूभन्दा उच्च स्थानमा पुगे, र अन्ततः उनलाई परमेश्वरले उहाँको विरोध गरेकोमा दण्डित गर्नुभयो। मैले यसबाट देखेँ कि परमेश्वरले मानिसहरू बाहिरी रूपमा कति काम गर्छन् र कति कष्ट भोग्छन् भन्ने हेर्नुहुन्न। उहाँले दुष्ट काम गर्ने र उहाँको स्वभावलाई चिढ्याउने तर जिद्दी भएर पश्चाताप गर्न अस्वीकार गर्नेहरूलाई तिनीहरूका कर्मअनुसार प्रतिदण्डित गर्नुहुन्छ। उदाहरणका लागि, मेरा आमाबाबुले परमेश्वरका लागि धेरै काम गर्नुभयो, कष्ट भोग्नुभयो र त्याग गर्नुभयो, तर उहाँहरूले कहिल्यै सत्यता स्वीकार गर्नु भएन। उहाँहरूले गरेका सबै कुरा मण्डलीको कामलाई अवरोध पुर्याउन र मण्डलीको सामान्य जीवनलाई कमजोर बनाउनका लागि थियो, जसले ब्रदर-सिस्टरहरूको जीवनलाई हानि र मण्डलीको हितलाई क्षति पुर्याएको थियो। उहाँहरूलाई मण्डलीबाट निकाल्नु सिद्धान्तअनुसार थियो र परमेश्वरको धार्मिकता थियो। परमेश्वरको धर्मी स्वभाव नबुझेर, म “योगदान नगरे पनि कडा मेहनत गरेमा योग्य होइन्छ” भन्ने लेनदेनको धारणामा अड्किएकी थिएँ। मैले यसको बारेमा परमेश्वरसँग तर्क र झगडा गर्न खोजेकी थिएँ, सधैँ नकारात्मक अवस्थामा जिइरहेकी थिएँ र परमेश्वरप्रति प्रतिरोधी भएकी थिएँ। म धेरै विद्रोही थिएँ! यो बुझेपछि, मलाई निकै नराम्रो र पश्चाताप महसुस भयो, र मैले रुँदै प्रार्थना गरेँ, “हे परमेश्वर! तपाईंलाई चिन्दै नचिनिकन तपाईंमा यत्तिका धेरै वर्षदेखि विश्वास गरेकी रहिछु। मैले सधैँ तपाईंको विरुद्ध गएर र तपाईंसँग तर्क गर्न खोजेर आफ्नै धारणा र कल्पनाअनुसार तपाईंको प्रेम र धार्मिकतालाई नापेकी रहिछु। हे परमेश्वर, अब म देख्न सक्छु कि मेरा आमाबाबु निकालिनु तपाईंको धार्मिकता थियो।” त्यो प्रार्थना गरिसकेपछि मैले धेरै सहज महसुस गरेँ।
पछि, मैले चिन्तन गर्दा आमाबाबुप्रतिको मेरो स्नेहको शक्तिका कारण म मेरा आमाबाबुलाई मण्डलीले निकालेको कुरामा यति दुःखी भएकी रहेछु भन्ने बुझेँ। यसले मलाई परमेश्वरका केही वचनहरू सम्झायो: “परमेश्वरले यो संसार सृष्टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। त्यसपछि, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ उप्रान्त एक्लो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै, उसको भाग्यमा परमेश्वरको नियोजनमा बाँच्न लेखिएको थियो। परमेश्वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीलाई हुर्काएर वयस्कतासम्म धान्छ। यस क्रममा, मानिस परमेश्वरको हेरचाहमा अस्तित्वमा रहन्छ र हुर्कन्छ भनेर कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको लालनपालनको अनुग्रहमा हुर्कन्छ र उसको हुर्काइलाई उसैको जीवनको जन्मजात प्रवृत्तिले अघि बढाउँछ भन्ने विश्वास गर्छन्। यस्तो किन हुन्छ भने, मानिस आफ्नो जीवन आफूलाई कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्ने कुरा जान्दैन, जीवनको जन्मजात प्रवृत्तिले कसरी चमत्कारहरू सृजना गर्छ भन्ने कुरा जान्नु त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो, दृढता नै उसको जीवनको अस्तित्वको स्रोत हो, अनि उसको मनमा भएका विश्वासहरू नै पुँजी हुन् जसमाथि उसको अस्तित्व निर्भर हुन्छ भन्ने मात्र ऊ जान्दछ। मानिस परमेश्वरको अनुग्रह र उहाँको आपूर्तिबारे पूर्णतः अनजान हुन्छ र परमेश्वरले उसलाई दिनुभएको जीवन ऊ यसरी नै खेर फाल्छ…। परमेश्वरले दिनरात रेखदेख गर्ने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्ने पहलकदमी लिँदैन। परमेश्वर आफूले योजना बनाएअनुसार, मानिसमा काम मात्र गर्नुहुन्छ, जसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कुनै दिन मानिस आफ्नो सपनाबाट ब्युँझनेछ अनि उसले अचानक जीवनको मूल्य र अर्थ, परमेश्वरले उसलाई प्रदान गर्नुभएको सबै कुराका निम्ति उहाँले चुकाउनुभएको मूल्य, र जुन उत्कटताका साथ परमेश्वर मानिस उहाँतर्फ फर्कियोस् भनी व्यग्र अभिलाषा राख्नुहुन्छ, त्यो महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्वर यसो गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। “एउटा गैरविश्वासीले पनि परमेश्वर हुनुहुन्छ, वा उहाँले स्वर्ग र पृथ्वी अनि सबै थोक सृष्टि गर्नुभयो, वा मानिसलाई उहाँले सृष्टि गर्नुभएको हो भनी विश्वास गर्दैन। यहाँ त यस्तो भन्ने मानिसहरू पनि छन्, ‘मान्छेलाई उसका आमाबुबाले जीवन दिन्छन् र उसले उनीहरूलाई सम्मान गर्नुपर्छ।’ यस्तो विचार वा दृष्टिकोण कहाँबाट आउँछ? के यो शैतानबाट आउँछ? हजारौँ वर्षदेखि परम्परागत संस्कृतिले मानिसलाई यसरी नै शिक्षा दिँदै र भ्रममा पार्दै आएको छ, र उसलाई परमेश्वरको सृष्टि र सार्वभौमिकता अस्वीकार गर्ने तुल्याएको छ। शैतानले मानिसलाई भ्रममा नपार्ने र नियन्त्रणमा नराख्ने भए, मानवजातिले परमेश्वरको कामको अनुसन्धान गर्नेथियो र उहाँका वचनहरू पढ्नेथियो, अनि तिनीहरूलाई आफू परमेश्वरद्वारा सृष्टि गरिएको हो, र तिनीहरूको जीवन परमेश्वरले दिनुभएको हो, आफूसँग भएका सबै कुरा परमेश्वरले दिनुभएको हो, र आफू परमेश्वरप्रति आभारी हुनुपर्छ भन्ने थाहा हुनेथियो। कसैले हाम्रो भलो गर्छ भने हामीले त्यसलाई परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ—विशेष गरी यो कुरा हाम्रा आमाबुबामा लागू हुन्छ जसले हामीलाई जन्माएर हुर्काउनुभयो; यो सबै परमेश्वरले नै बन्दोबस्त गर्नुहुन्छ। सबैमाथि परमेश्वरको सार्वभौमिकता हुन्छ; मानिस त सेवाको औजार मात्र हो। यदि कसैले परमेश्वरप्रति समर्पित हुन आफ्ना आमाबुबा, वा आफ्नो पति (वा पत्नी) र छोराछोरीलाई छेउ लगाउन सक्छ भने, त्यो व्यक्ति अरूभन्दा दह्रिलो हुनेछ र ऊसँग परमेश्वरसामु अझ बढी इन्साफको बोध हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्वरका वचनहरूबाट मैले बुझेँ कि परमेश्वर मानव जीवनको स्रोत हुनुहुन्छ, र हामीसँग भएको सबै कुरा हामीलाई परमेश्वरद्वारा दिइएको हो; र हामी आज जहाँ छौँ त्यो परमेश्वरको हेरचाह र संरक्षणद्वारा मात्रै भएको हो, र हामीप्रति दयालु वा सहयोगी हुनेहरू परमेश्वरको बन्दोबस्तकै कारणले भएका हुन्। हामीले यो परमेश्वरबाट स्वीकार गर्नुपर्छ र उहाँको प्रेमको लागि परमेश्वरप्रति कृतज्ञ हुनुपर्छ। मैले बुझेँ कि परमेश्वरका वचनहरूअनुसार नगरी मैले मेरा आमाबाबुले मप्रति देखाउनुभएको राम्रोपनको बारेमा मात्र सोचिरहेकी थिएँ। मैले मेरा आमाबाबुले गरेको सबै कुराका पछाडि परमेश्वरको शासन र बन्दोबस्त थियो, र मलाई आजको दिनसम्म ल्याउने परमेश्वरको हेरचाह, संरक्षण र मार्गदर्शन थियो भनेर देखेको थिइनँ। मैले परमेश्वरको हेरचाह र संरक्षणका लागि उहाँलाई धन्यवाद दिएकी थिइनँ वा उहाँको प्रेम चुक्ता गरेकी थिइनँ। बरु, म परमेश्वरप्रति विद्रोही र प्रतिरोधी थिएँ। मैले यसको बारेमा जति धेरै चिन्तन गरेँ, त्यति नै आफू अनुचित भएको महसुस गरेँ। मैले परमेश्वरलाई निराश पारेकी थिएँ!
मैले पछि परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “शैतान को हुन्, पिशाच को हुन्, र परमेश्वरका शत्रु को हुन्? के तिनीहरू परमेश्वरमा विश्वास नगर्ने प्रतिरोधीहरू होइनन् र? के उनीहरू परमेश्वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्हरू मात्र प्राप्त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन् भने वा कुनै पनि किसिमले परमेश्वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्वरलाई विश्वास नगर्ने जो कोही पनि परमेश्वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित वास्तवमै सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। परमेश्वरका वचनहरूले मेरो सटीक स्थितिलाई प्रकट गरे। परमेश्वरको माग हामी उहाँले प्रेम गर्ने कुरालाई प्रेम गरौँ र उहाँले घृणा गर्ने कुरालाई घृणा गरौँ भन्ने छ। सत्यतालाई घृणा गर्ने र परमेश्वरको विरोध गर्नेहरू मूलतः दुष्ट मानिसहरू हुन् जसलाई परमेश्वर घृणा गर्नुहुन्छ, त्यसैले हामी पनि उनीहरूलाई घृणा गर्नुपर्छ। मैले परमेश्वरका वचनहरू अनुसार मेरा आमाबाबुको सारलाई पहिचान गरेकी थिइनँ। उहाँहरूले मण्डलीको कामलाई जति हानि गरे पनि, परमेश्वरसँग तर्क गरेर र उहाँको विरोध गरेर म उहाँहरूकै पक्षमा थिएँ। म आफ्नो कर्तव्य निर्वाह गर्न निरुत्साहित भएकी थिएँ। तर अब मैले बुझेँ किन परमेश्वरले यसो भन्नुभयो: “भावनाहरू उहाँका शत्रु हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय २८)। स्नेहका कारण, मैले दुष्ट मानिसहरूप्रति प्रेम र कृपा राखेकी थिएँ। परमेश्वरले उहाँहरूलाई पश्चाताप गर्न र मण्डलीमा रहन अर्को मौका दिनुहुनेछ भन्ने समेत आशा गरेकी थिएँ। म कत्ति मूर्ख थिएँ! दुष्ट मानिसहरू जे भए पनि कहिल्यै साँचो पश्चाताप गर्दैनन्। यो उनीहरूको सारद्वारा निर्धारित गरिएको हुन्छ। मेरा आमाबाबुलाई मण्डलीमा रहन अनुमति दिनु भनेको उहाँहरूले गरिरहेको दुष्ट कार्य र मण्डलीको कामलाई अवरोध पुर्याउने कामलाई समर्थन गर्नु हुनेथ्यो। यो परमेश्वरविरुद्ध दुष्ट मानिसहरूको साथमा उभिनु हुनेथ्यो।
पछि मैले पढेको परमेश्वरका वचनको अर्को खण्डले मलाई केही हदसम्म अन्तर्दृष्टि दियो। परमेश्वरका वचनहरूले भन्छन्: “एक दिन, जब तैँले केही सत्यता बुझ्छस्, तब तेरी आमा नै सबैभन्दा उत्तम व्यक्ति हुन्, वा तेरा बुबाआमा सबैभन्दा उत्तम मानिसहरू हुन् भनेर सोच्न छोड्नेछस्। तैँले तिनीहरू पनि भ्रष्ट मानवजातिका सदस्य नै हुन्, तिनीहरूका भ्रष्ट स्वभावहरू पनि उस्तै छन्, तिनीहरूको भिन्नता भनेको तँसँगको रगतको सम्बन्ध मात्रै हो, र यदि तिनीहरू परमेश्वरमा विश्वास गर्दैनन् भने, गैरविश्वासीसरह हुन् भनेर थाहा पाउनेछस्। तैँले तिनीहरूलाई परिवारको सदस्य वा तेरो देहको नाताको दृष्टिकोणले हेर्न छोड्नेछस्, तर सत्यताको पाटोबाट हेर्नेछस्। तैँले हेर्नुपर्ने मुख्य पक्षहरू के-के हुन्? तैँले परमेश्वरप्रतिको विश्वासमा तिनीहरूको दृष्टिकोण, संसारबारे र मामलाहरू सम्हाल्नेसम्बन्धी तिनीहरूको दृष्टिकोण, र सबैभन्दा महत्त्वपूर्ण, परमेश्वरप्रति तिनीहरूको मनोवृत्तिलाई हेर्नुपर्छ। यदि तैँले यी पक्षहरूलाई सही रूपमा हेरिस् भने, तैँले तिनीहरू असल मानिस हुन् कि खराब हुन् भनेर स्पष्टसित देख्नेछस्। एक दिन तैँले तिनीहरू पनि तँजस्तै भ्रष्ट स्वभाव भएका मानिस हुन्, तिनीहरू बिलकुलै तैँले कल्पना गरेजस्तो तँलाई साँचो प्रेम गर्ने दयालु हृदयका मानिस होइनन्, र तिनीहरूले तँलाई सत्यतामा वा जीवनको सही मार्गमा डोर्याउन सक्दैनन् भनेर प्रस्ट रूपमा देख्न सक्छस्। तैँले स्पष्ट रूपमा देख्न सक्छस् कि तिनीहरूले तेरा लागि जे गरेका छन्, त्यसले तँलाई कुनै ठूलो फाइदा गर्दैन, र त्यसले तँलाई जीवनमा सही मार्गमा हिँड्न कुनै मद्दत गर्दैन। तैँले यो पनि पाउन सक्छस् कि तिनीहरूका धेरै कार्य र विचारहरू सत्यताको विरुद्धमा जान्छन्, ती देहका हुन्, र तिनले तँलाई अनादर, दिगमिग, र तिरस्कार महसुस गराउँछन्। यदि तैँले यी कुराहरू देख्न थालिस् भने, तब तैँले हृदयमा आफ्ना आमाबुबालाई सही तरिकाले व्यवहार गर्न सक्नेछस्, र अब तँलाई उनीहरूको याद आउनेछैन, तँ उनीहरूको बारेमा चिन्तित हुनेछैनस्, वा उनीहरूबाट अलग भएर जिउन नसक्ने हुनेछैनस्; उनीहरूले आमाबुबाका रूपमा आफ्नो मिसन पूरा गरिसकेका छन्। तैँले अब उनीहरूलाई आफ्नो सबैभन्दा नजिकको मानिसका रूपमा व्यवहार गर्नेछैनस् वा आदर्श मान्नेछैनस्। बरु, तैँले उनीहरूलाई साधारण मानिसका रूपमा व्यवहार गर्नेछस्, र त्यस समयमा, तँ स्नेहको बन्धनबाट पूर्ण रूपमा मुक्त हुनेछस् र साँच्चै स्नेह र पारिवारिक प्रेमबाट बाहिर निस्कनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरूलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ)। यो पढ्न धेरै भावुक थियो। मेरा आमाबाबुप्रतिको मेरो स्नेहको शक्तिका कारण, मैले उहाँहरू मप्रति कति राम्रो हुनुहुन्थ्यो भन्ने मात्र देखेकी थिएँ, र सत्यताप्रति र परमेश्वरप्रतिको उहाँहरूको मनोवृत्ति देखेकी थिइनँ। मैले उहाँहरूको सार वा उहाँहरू कुन मार्गमा हुनुहुन्थ्यो भन्ने स्पष्ट रूपमा देख्न सकेकी थिइनँ, र त्यसैले मैले उहाँहरूलाई निकालिएको विषयलाई सही तरिकाले सम्हाल्न सकेकी थिइनँ। स्नेहमा अल्झिएर, मैले परमेश्वरसँग तर्क गर्न खोजेकी थिएँ, र दुई वर्षभन्दा बढी म नकारात्मक र विद्रोही रहेकी थिएँ। मेरो जीवन गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो, र मैले अपराध गरेकी थिएँ। बिस्तारै बिस्तारै, परमेश्वरका वचनहरूको मलजल र पोषणद्वारा, मेरो कठोर, विद्रोही हृदय जागृत भयो र परमेश्वरप्रतिको मेरो गलत बुझाइ मेटियो। अब म धेरै स्वतन्त्र महसुस गर्छु र मैले आफ्नो कर्तव्य निर्वाह गर्ने उत्साह पुनः प्राप्त गरेकी छु। परमेश्वरलाई उहाँको मुक्तिका लागि धन्यवाद।
वर्ष २०१२ मा, हाम्रो पूरै परिवारले सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गर्यो। परमेश्वरका वचनबाट मैले परमेश्वरमा साँचो...
बाल्यकालदेखि नै, हाम्रो परिवार तुलनात्मक रूपमा गरिब थियो। आफन्त र साथीभाइले हामीलाई हेला गर्थे, र मेरा हजुरबुबा-हजुरआमाले समेत हामीलाई...
जियाङ सियाओ, चीनम सानो छँदा, मेरो परिवार एकदमै गरिब थियो। मेरा आमाबुबाले मलाई पढाउन पैसा कमाउनका लागि कडा मिहिनेत गर्नुभयो। उहाँहरू बिरामी...
चेन ली, चीनम अलिकति सानो र तुलनात्मक रूपमा अविकसित अर्थतन्त्र भएको जिल्लामा जन्मेको थिएँ। मेरा आमाबुबा र हजुरबुबा-हजुरआमा सबै किसान...