कठिनाइबाट प्राप्त गरिएका फाइदाहरू

25 फेब्रुअरी 2023

२०१९ को अन्त्यतिर, एक जना आफन्तले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको सुसमाचार सुनाए। मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा अख्तियार छन् र ती सत्यता हुन् भन्‍ने थाहा भयो। यो परमेश्‍वरको आवाज हो भन्‍ने लागेर, मैले खुशीसाथ परमेश्‍वरको नयाँ कामलाई स्वीकार गरे। मैले हरेक दिन परमेश्‍वरको वचन पढ्न थालेँ र एउटै भेला पनि छुटाउँदिनथिएँ। कहिलेकहीँ, म बस्‍ने ठाउँमा इन्टरनेट वा बिजुलीमा समस्याहरू आउँथे र मैले अनलाइन भेलाहरूमा सहभागिता जनाउन पाउँदिनथिएँ। मलाई निकै नरमाइलो लाग्थ्यो, तर पछि म भेलाका विवरणहरू तुरुन्तै पढिहाल्थेँ, त्यसपछि परमेश्‍वरको वचन सम्‍बन्धी मेरो बुझाइ लेखेर समूहमा पठाउँथेँ, ब्रदर-सिस्टरहरूसँग कुराकानी गर्थेँ, र आफ्‍नो क्षमताले भ्याएसम्‍म राम्ररी आफ्‍नो कर्तव्य पूरा गर्थेँ।

केही समयपछि, म मण्डली अगुवाको रूपमा छनौट भएँ। सुरुमा, अरू दुई जना अगुवाहरूसँग मण्डलीको जिम्‍मेवारी बाँडेको थिएँ, त्यसकारण त्यति कठिन वा तनावग्रस्त हुँदैनथियो केही समयपछि नै, मलाई विभिन्‍न मण्डलीहरूको कामको जिम्‍मा लिन छनौट गरियो। सुरुमा त मलाई यो कर्तव्य पूरा गर्ने मन थिएन। किनभने मैले अगुवाको रूपमा अभ्यास गरेको धेरै भएको छैन, र ममा अझै पनि कमीकमजोरी छन् र मैले नबुझेका कुराहरू छन् भन्‍ने मलाई लागेको हुनाले, मैले यो कर्तव्य राम्ररी पूरा गर्न सक्दिनँ भन्‍ने चिन्ता लागेको थियो। पछि, मैले परमेश्‍वरको वचन पढेँ। “नोआले एकदुई वटा सन्देशहरू मात्रै सुनेका थिए, र त्यो बेला परमेश्‍वरले त्यति धेरै वचन व्यक्त गर्नुभएको थिएन, र त्यसैले नोआले त्यति धेरै सत्यता बुझेका थिएनन् भन्‍नेमा कुनै शङ्का छैन। उनले आधुनिक विज्ञान वा आधुनिक ज्ञान बुझेका थिएनन्। उनी अत्यन्त साधारण मानिस, मानवजातिको एक मामुली सदस्य थिए। तैपनि एक पक्षमा, उनी हरकोहीभन्दा फरक थिए: उनले परमेश्‍वरका वचनहरू सुन्‍न जान्दथे, उनलाई परमेश्‍वरका वचनहरू पछ्याउन र पालन गर्न आउँथ्यो, उनलाई मानिसको स्थान के हो थाहा थियो, र उनी परमेश्‍वरका वचनहरूलाई साँचो रूपमा विश्‍वास र पालन गर्न सक्षम थिए—तर त्योभन्दा बढीचाहिँ होइन। नोआका लागि यी सरल सिद्धान्तहरू परमेश्‍वरले उनलाई सुम्पनुभएका सबै कुरा पूरा गर्नलाई पर्याप्त थिए, र यस काममा उनी केही महिना वा वर्ष वा दशक मात्र नभई, पूरै एक शताब्दीभन्दा बढी समय लागिरहे। के यो गन्ती तीनछक पार्ने खालको छैन र? यो नोआबाहेक अरू कसले गर्न सक्थ्यो र? (कसैले सक्दैनथ्यो।) अनि, किन सक्दैनथ्यो त? कतिपयले सत्यता नबुझेकोले यस्तो भएको हो भन्छन्—तर त्यो तथ्यअनुरूप छैन। नोआले कति धेरै सत्यताहरू बुझ्थे? नोआ किन यी सबै गर्न समर्थ थिए? आजका विश्‍वासीहरूले परमेश्‍वरका धेरै वचनहरू पढेका छन्, उनीहरूले केही सत्यता बुझेका छन्—त्यसो भए, उनीहरू किन यो गर्न असमर्थ छन्? अरूहरू मानिसहरूमा भ्रष्ट स्वभाव भएको कारण यसो भएको हो भन्छन्—तर के नोआसित भ्रष्ट स्वभाव थिएन र? किन नोआले यस्तो उपलब्धि हासिल गर्न सके, तर आजका मानिसहरूले सकेनन्? (किनभने आजका मानिसहरू परमेश्‍वरका वचनहरूलाई विश्‍वास गर्दैनन्, तिनीहरूले ती वचनहरूलाई न त सत्यताको रूपमा व्यवहार गर्छन् न त पालन नै गर्छन्।) अनि किन उनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूमा लिन सक्दैनन्? किन उनीहरू परमेश्‍वरका वचनहरू पालन गर्न असमर्थ छन्? (उनीहरूलाई परमेश्‍वरको कुनै डर छैन।) त्यसो भए, यदि मानिसहरूले सत्यता बुझेकै छैनन्, र त्यति धेरै सत्यता सुनेकै छैनन् भने, परमेश्‍वरको डर कसरी हुन्छ र? मानिसहरूको मानवतामा सबैभन्दा बहुमूल्य कुराहरूमध्ये दुईवटा हुनैपर्छ: पहिलो विवेक, र दोस्रो सामान्य मानवताको भाव। विवेक र सामान्य मानवताको भाव हुनु व्यक्ति बन्‍नका लागि चाहिने न्यूनतम मामदण्ड हो; यो व्यक्तिलाई मापन गर्ने न्यूनतम, सबैभन्दा आधारभूत मापदण्ड हो। तर यो आजका मानिसहरूमा छैन, र त्यसैले उनीहरूले जतिसुकै सत्यता सुने र बुझे पनि, उनीहरूमा परमेश्‍वरको डर हुँदैन। त्यसो भए, नोआको सार र आजका मानिसहरूको सारलाई तुलना गर्दा के भिन्‍नता पाइन्छ? (उनीहरूमा मानवता छैन।) अनि, यो मानवता अभाव हुनुको सार के हो? (पशु र पिशाचहरू।) ‘पशु र पिशाचहरू’ सुन्दा त्यति राम्रो लाग्दैन, तर यो तथ्यहरूअनुरूप छ; यसलाई अलिक विनम्र तरिकामा भन्‍नुपर्दा, उनीहरूमा मानवता छैन भनेर भनुपर्छ। मानवता र समझबिनाका मानिसहरू मानिस होइनन्, तिनीहरू पशुभन्दा पनि निम्‍न स्तरका हुन्। नोआ परमेश्‍वरको काम पूरा गर्न सक्षम थिए किनभने उनले परमेश्‍वरका वचनहरू सुनेपछि, तिनलाई स्मृतिमा राख्‍न सक्थे; उनको लागि, परमेश्‍वरको आज्ञा जीवनभरको कार्य थियो, उनको विश्‍वास अटल थियो, र उनको इच्छा एक सय वर्षसम्म अपरिवर्तित थियो। किनभने उनीसँग परमेश्‍वरको डर मान्‍ने हृदय थियो, उनी वास्तविक व्यक्ति थिए, र उनलाई परमेश्‍वरले ठूलो जहाज निर्माण गर्ने जिम्मा आफूलाई सुम्पनुभएको छ भन्‍ने कुराको पूर्ण बोध थियो। नोआजत्तिकै समझ भएका मानिसहरू एकदमै कम छन्, नोआजस्तो अर्को व्यक्ति भेट्टाउन धेरै गाह्रो छ(वचन, खण्ड ३, ख्रीष्ट विरोधीहरूको पर्दाफास, परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू सुने र उहाँको आज्ञापालन गरे (भाग एक))। नोआले कहिल्यै पनि कुनै गहन सन्देशहरू सुनेका थिएनन् र तिनले धेरै सत्यताहरू बुझेका थिएनन्, तर तिनमा परमेश्‍वरको डर मान्‍ने र आज्ञापालन गर्ने हृदय थियो। आफूले मानवजातिलाई प्रलयले सखाप पार्न लागेको र नोआले ठूलो जहाज बनाउनुपर्छ भनेर परमेश्‍वरले नोआलाई भन्‍नुभएपछि, नहिचकचिाइ नोआले यो कुरा स्वीकार गरे। परमेश्‍वरले तिनलाई दिनुभएको आज्ञा सजिलो छैन भन्‍ने नोआलाई थाहा थियो, किनभने ठूलो जहाज बनाउनको लागि रूख काट्ने, र नापजाँच गरेर काट्ने काम गर्नुपर्थ्यो, तर काम व्यापक र कठिन भए पनि, नोआ पछि हटेनन्, किनभने तिनलाई यो परमेश्‍वरले तिनलाई दिनुभएको आज्ञा हो भन्‍ने थाहा थियो। परमेश्‍वरका वचनहरू मनन गर्ने क्रममा, मैले के महसुस गरेँ भने ममा नोआको मानवता वा समझ छैन। अगुवाले मलाई विभिन्‍न मण्डलीको कामको इन्‍चार्ज बनाउँदा, मैले परमेश्‍वरमा विश्‍वास गरिनँ तर आफ्‍नै क्षमतामा भर परेँ। मलाई मेरो काम गर्ने क्षमता अत्यन्तै सीमित छ, मैले मण्डली अगुवाको रूपमा अभ्यास गरेको धेरै भएको छैन र ममा धेरै कमीकमजोरी छन् भन्‍ने लागेको थियो। मैले राम्रो काम गर्न सक्दिनँ भन्‍ने चिन्ता लाग्यो, त्यसकारण म यो कर्तव्य स्वीकार गर्न अनिच्‍छुक भएँ। ममा परमेश्‍वरमाथि नोआको जस्तो विश्‍वास थिएन, न त परमेश्‍वरको डर मान्‍ने र आज्ञापालन गर्ने हृदय नै थियो, नोआमा भएको मानवता वा समझ हुनु त परै जाओस्। यो महसुस गरेपछि, मलाई चिन्ता लाग्‍न छोड्यो, र नोआले आफ्‍नो कर्तव्यलाई स्वीकार गरे जस्तै मैले पनि आज्ञाकारी भएर यो कर्तव्य स्वीकार गर्न तयार भएँ।

तैपनि, काम सुरु गरेपछि, मैले नयाँ समस्याको सामना गरेँ। मैले गर्नुपर्ने काम धेरै रहेछ भन्‍ने थाहा भयो। उदाहरणको लागि, मैले मण्डलीका ब्रदर-सिस्टरहरूको स्थितिको बारेमा बुझ्‍नुपर्थ्यो, सामान्यतया भेलामा आउन छोडेकाहरूलाई सहयोग गर्नुपर्थ्यो, मानिसहरूले सामना गरेका कठिनाइहरूलाई बुझेर तिनलाई समाधान गर्न सङ्गति गर्नुपर्थ्यो, र मानिसहरूलाई आफ्‍नो कर्तव्य पूरा गर्न सहयोग गर्नुपर्थ्यो, र यस्तै इत्यादि कुरा। यी सबै जिम्‍मेवारी मैले बहन गर्नुपर्थ्यो। यी समस्याहरूको सामना गर्दा, कहाँबाट सुरु गर्ने मलाई थाहा भएन, यो काम कसरी राम्ररी पूरा गर्ने मलाई थाहा थिएन, र म अत्यन्तै तनावग्रस्त भएँ। यी कठिनाइहरूले गर्दा म नकारात्मक बनेँ, र म यो कर्तव्य पूरा गर्न योग्य छैन भनेर अगुवालाई भन्‍न मन लाग्यो, किनभने मसँग कुनै अनुभव थिएन र मैले यसमा कठिनाइहरूको सामना गरिरहेको थिएँ। पछि, अगुवाले मेरो स्थितिको बारेमा पत्ता लगाए र मलाई सहयोग गर्न परमेश्‍वरको वचनको एउटा खण्ड पठाए। मैले परमेश्‍वरको ती वचन पढेँ। “धेरै पहिले इस्राएलीहरूलाई मिश्रबाहिर निकालेर ल्याउन जब परमेश्‍वरले मोशालाई पठाउनुभयो, तब परमेश्‍वरले तिनलाई दिनुभएको यस्तो आज्ञाप्रति तिनको प्रतिक्रिया के थियो? (तिनले आफू बोल्‍न सिपालु नरहेको, र आफ्नो मुख र जिब्रो ढिलो चल्ने गरेको बताए।) तिनी बोल्‍नमा सिपालु छैनन्, तिनको मुख र जिब्रो ढिलो चल्छ भन्‍ने तिनमा सानो आशङ्का थियो। तर के तिनी परमेश्‍वरको आज्ञाप्रति अटेरी थिए? तिनले यसलाई कसरी लिए? तिनी घोप्टो परे। घोप्टो पर्नुको अर्थ के हो? यसको अर्थ समर्पित हुनु र स्वीकार गर्नु हो। तिनका व्यक्तिगत इच्‍छाहरू र तिनका कठिनाइहरू जे-जस्तो भए पनि, ती कुरा उल्‍लेख नगरी, तिनले आफ्‍नो सम्पूर्णता परमेश्‍वरको अघि घोप्टो पारे। परमेश्‍वरले तिनलाई जे गर्न लगाउनुहुन्थ्यो, तिनले तुरुन्तै त्यो काम गरिहाल्थे। तिनलाई आफूले गर्न सक्‍ने केही पनि छैन भन्‍ने लाग्थ्यो, तैपनि तिनले किन परमेश्‍वरको आज्ञा स्वीकार गर्न सके? किनभने तिनमा साँचो विश्‍वास थियो। सबै थोक र मामलाहरूमाथिको परमेश्‍वरको सार्वभौमिकताबारे तिनले केही अनुभव प्राप्त गरेका थिए, र तिनले आफ्नो चालीस वर्षको अनुभवमा परमेश्‍वरको सार्वभौमिकता सर्वशक्तिमान् छ भन्‍ने जानेका थिए। त्यसकारण, तिनले तत्परताको साथ परमेश्‍वरको आज्ञा स्वीकार गरे, र परमेश्‍वरले तिनलाई जे काम गर्न आज्ञा दिनुभएको थियो, त्यो काम दोहोरो नसोचीकन पूरा गर्न लागिपरे। तिनी लागिपरे भन्‍नुको अर्थ के हो? यसको अर्थ तिनले परमेश्‍वरमा साँचो विश्‍वास गर्थे, र साँचो रूपमा उहाँमा भरोसा गर्थे, र तिनी साँचो रूपमा उहाँमा समर्पित थिए। तिनी कायर थिएनन्, र तिनले आफै निर्णय लिएनन् वा प्रतिवाद गर्ने प्रयास गरेनन्; बरु, तिनले पूर्ण भरोसा गरे, र विश्‍वासले भरिपूर्ण भएर परमेश्‍वरको आज्ञा पूरा गर्न तयार भए। तिनको विश्‍वास यस्तो थियो, ‘यदि परमेश्‍वरले नै यो आज्ञा दिनुभएको छ भने, यो काम परमेश्‍वरले भन्‍नुभएजस्तै गरी पूरा हुनेछ। परमेश्‍वरले मलाई इस्राएलीहरूलाई मिश्रबाहिर निकालेर ल्याउने आज्ञा दिनुभएको छ, त्यसकारण म जान्छु। यो परमेश्‍वरले दिनुभएको आज्ञा भएको हुनाले, उहाँले काम गर्नुहुनेछ, र उहाँले मलाई शक्ति दिनुहुनेछ। मैले सहकार्य मात्रै गर्नुपर्छ।’ मोशामा यस्तो अन्तर्दृष्टि थियो। … त्यो बेलाको परिस्‍थिति इस्राएलीहरू वा मोशाको निम्ति अनुकूल थिएन। मानिसको नजरमा, इस्राएलीहरूलाई मिश्रबाहिर निकालेर ल्याउने काम असम्‍भव थियो, किनभने मिश्र लाल समुद्रले घेरिएको थियो, र त्यो तरेर जानु अर्को चुनौती थियो। के यो आज्ञा पूरा गर्न कति कठिन छ भन्‍ने कुरा के मोशालाई साँच्‍चै थाहा थिएन त? तिनलाई हृदयमा यो कुरा थाहा थियो, तैपनि तिनले आफ्नो मुख र जिब्रो ढिलो चल्छ, र आफ्नो कुरा कसैले सुन्दैन भनेर मात्रै बताए। तिनले हृदयबाट परमेश्‍वरको आज्ञा इन्कार गरेनन्। परमेश्‍वरले मोशालाई इस्राएलीहरूलाई मिश्रबाहिर निकाल्ने आज्ञा दिनुभएपछि, तिनले घोप्टो पर्दै यो आज्ञा स्वीकार गरे। किन तिनले कठिनाइहरूका बारेमा उल्‍लेख गरेनन्? के चालीस वर्ष उजाड स्थानमा बिताएकोले, तिनले मानव संसारका खतराहरू, वा मिश्र कुन हदमा पुगेको छ, वा इस्राएलीहरूको वर्तमान दुर्दशा के छ भनी जान्दैनथे? के तिनले यी कुराहरू स्पष्ट रूपमा देख्‍न सक्दैनथे? के यस्तै भएको थियो? अवश्य होइन। मोशा बुद्धिमान्‌ र ज्ञानी थिए। तिनलाई यी सबै कुरा थाहा थियो, र तिनले मानव संसारमा ती सबै कुरा देखेका, भोगेका, र अनुभव गरेका थिए, अनि तिनले ती कुराहरू कहिल्यै बिर्सँदैनथे। तिनलाई ती सबै कुरा राम्ररी थाहा थियो। त्यसकारण, के परमेश्‍वरले तिनलाई दिनुभएको आज्ञा कति कठिन छ भन्‍ने कुरा तिनलाई थाहा थियो? (थियो।) थाहा थियो भने, तिनले कसरी त्यो आज्ञा स्वीकार गर्न सके? तिनीसँग विश्‍वास थियो। आफ्‍नो जीवनभरिको अनुभवको आधारमा, तिनले परमेश्‍वरको सर्वशक्तिमान्‌तामा विश्‍वास गर्थे, त्यसकारण तिनले विश्‍वासले भरिपूर्ण हृदयका साथ अलिकति पनि शङ्का नगरी परमेश्‍वरको आज्ञा स्वीकार गरे। … मलाई भन, चालीस वर्ष उजाड स्थानमा बस्दा, के मोशाले परमेश्‍वरमा केही कुरा पनि कठिन हुँदैन, अनि मानिस परमेश्‍वरकै हातमा छ भनेर अनुभव गर्न सकेका थिए? धेरै हदसम्म—तिनको साँचो अनुभव त्यही थियो। चालीस वर्ष उजाड स्थानमा बिताउँदा, तिनले त्यस्ता धेरै कुराहरू सामना गरे जसमा तिनको ज्यान खतरामा हुन्थ्यो, र ती कुरा सामना गर्दा तिनी बाँच्‍न सक्छन् कि सक्दैनन् तिनलाई थाहा हुँदैनथ्यो। हरेक दिन, तिनले आफ्‍नो ज्यानको लागि संघर्ष गर्थे र सुरक्षाको लागि परमेश्‍वरलाई प्रार्थना गर्थे। तिनको एउटै कामना त्यही हुन्थ्यो। तिनले ती चालीस वर्षमा परमेश्‍वरको सार्वभौमिकता र सुरक्षालाई गहन रूपमा अनुभव गरेका थिए। त्यसकारण, पछि तिनले परमेश्‍वरको आज्ञालाई स्वीकार गर्दा, तिनको पहिलो सोच पक्‍कै पनि यस्तो हुनुपर्छ: परमेश्‍वरमा केही कुरा पनि गाह्रो हुँदैन; यदि परमेश्‍वरले गर्न सकिन्छ भनेर भन्‍नुहुन्छ भने, अवश्य नै सकिन्छ; परमेश्‍वरले मलाई यस्तो आज्ञा दिनुभएको हुनाले, उहाँले अवश्य नै हेर्नुहुनेछ—यो काम कुनै मानिसले नभई उहाँले नै गर्नुहुनेछ। काम गर्नुभन्दा पहिले, मानिसले अग्रिम रूपमा योजना र तयारी गर्नुपर्छ। उसले सुरुमा प्रारम्‍भिक कुराहरू सम्‍हाल्‍नुपर्छ। के परमेश्‍वरले काम गर्नुभन्दा पहिले यी कुराहरू गर्नुपर्छ? गर्नुपर्दैन। सृष्टि गरिएको हरेक प्राणी जति प्रभावशाली, जति सक्षम वा शक्तिशाली भए पनि, जति जोसिलो भए पनि, ऊ परमेश्‍वरकै हातमा हुन्छ। मोशासँग यस कुराको विश्‍वास, ज्ञान, र अनुभव थियो, त्यसकारण तिनको हृदयमा कुनै शङ्का वा डर थिएन। त्यसकारण, परमेश्‍वरमाथिको तिनको विश्‍वास खास रूपमा साँचो र विशुद्ध थियो। तिनी विश्‍वासले भरिपूर्ण थिए भनेर भन्‍न सकिन्छ(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, साँचो आज्ञापालनद्वारा मात्रै साँचो विश्‍वास गर्न सकिन्छ)। परमेश्‍वरको वचन पढेपछि मैले के महसुस गरेँ भने म परमेश्‍वरमा भरोसा नगर्ने डरपोक हुँ र ममा परमेश्‍वरप्रति कुनै विश्‍वास छैन। परमेश्‍वरले मोशालाई इस्राएलीहरूलाई मिश्रबाट डोर्‍याएर लैजान बोलावट दिनुभएको थियो ताकि तिनीहरू उप्रान्त दासको रूपमा जिउनु नपरोस्। फारोको विरुद्धमा लड्नको लागि मोशासँग सेना थिएन, र यो आज्ञा पूरा गर्नु निकै कठिन थियो, तर मोशाले परमेश्‍वरको वचन पालना गर्न सके, र परमेश्‍वरले व्यक्तिगत रूपमा नै आफ्‍ना जनहरूलाई मिश्रबाट निकालेर लैजानुहुनेछ भन्‍ने उनलाई विश्‍वास थियो। फेरि पनि आफ्‍नो बारेमा सोच्दा, के देखेँ भने मैले धेरै काम गर्न नसक्‍ने रहेछु, त्यसकारण म यो कर्तव्यलाई पन्छ्याउन चाहेको रहेछु, किनभने म अत्यन्तै तनावमा छु, र यो कर्तव्य मेरो लागि बोझ हो र मैले यो पूरा गर्न सक्दिनँ भन्‍ने मलाई लागेको थियो। मैले परमेश्‍वरमा भरोसा गरिनँ, र परमेश्‍वरमाथि ममा कुनै विश्‍वास थिएन। मैले आफ्‍नै सीमित क्षमतामा मात्रै विश्‍वास गरेँ। के सोच्थेँ भने आफ्‍नो काम राम्ररी पूरा गर्न सक्‍नु मेरो क्षमता र अनुभवसँग सम्‍बन्धित कुरा हो। काम सबै परमेश्‍वरले नै गर्नुहुन्छ तर हामीले सहयोगको भूमिका मात्रै निभाउनुपर्छ भन्‍ने मैले विश्‍वास गरिनँ। म साँच्‍चै नै अहङ्कारी रहेछु। परमेश्‍वरको अनुमतिले गर्दा नै मैले त्यो कर्तव्य पाएको थिएँ। सबै कुरामा परमेश्‍वरले शासन गर्नुहुन्छ र उहाँले नै मिलाउनुहुन्छ। मैले व्यवहारिक रूपमा सहकार्य गर्ने विश्‍वास गर्नुपर्थ्यो। अबदेखि उसो, मैले यो कर्तव्यलाई इन्कार गर्नु हुँदैन। मलाई विश्‍वास थियो, मैले परमेश्‍वरमा भरोसा गर्छु र उहाँतिरै हेर्छु भने, उहाँले मलाई अगुवाइ र सहयोग गर्नुहुनेछ। विभिन्‍न प्रकारका कठिन परिस्थितिहरूमा सत्यता सिक्‍ने, विभिन्‍न सिद्धान्तहरू बुझ्‍ने। यो कर्तव्य निभाउँदा, ममा विश्‍वासको कमी भएको कुरा खुलास भयो र यसले मलाई अझ बढी परिस्थितिहरू भोग्‍ने र सत्यता बुझ्ने मौका दिँदै मेरा कमीकमजोरीहरू पूर्ति गरिदियो। यो परमेश्‍वरको आशिष्‌ हो।

भेनेजुएलामा, पानी, बत्ति, इन्टरनेट सम्‍बन्धी समस्या र आर्थिक समस्याहरू छन्, र कहिलेकहीँ हामीले हाम्रो परिवार पाल्‍नको लागि सामान्यभन्दा बढी परिश्रम गर्नुपर्छ। मेरो बुबा र म हरेक दिन बिहान तीन बजे माछा मार्न जान्थ्यौँ, र दिउँसो तीन-चार बजेतिर मात्रै फर्कन्थ्यौँ। दिनभरि समुद्रमा डुङ्गामा हिँड्दा मलाई निकै थकाइ लाग्थ्यो, तर घर आएपछि, मलाई विश्राम गर्न मन लाग्दैनथियो किनभने मैले कर्तव्यमा पूरा गर्न नसक्‍ने धेरै कुराहरू बाँकी हुन्थे, र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍ने अवस्थामा पुग्‍नको लागि मैले अध्ययन गर्दै, आफूलाई सुसज्जित तुल्याउँदै र मेरा कमजोरीहरूलाई हटाउँदै अझै धेरै समय बिताउनु आवश्यक हुन्थ्यो। मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गरिनँ भने, मैले परमेश्‍वरलाई निराश तुल्याइरहेको हुनेथिए। म अनुग्रहको युगका सन्तहरूको बारेमा सोच्थेँ। तिनीहरूले प्रभु येशूलाई पछ्याए, सुसमाचार प्रचार गरे, आफ्‍नो कर्तव्य पूरा गरे, विभिन्‍न कठिनाइ र खतराहरूको सामना गरे, र ठूलो कष्ट भोगे। मैले भोगिरहेको यति थोरै कष्टलाई त्यससँग कसरी तुलना गर्न सकिन्थ्यो र? त्यसकारण, घर पुगेपछि म सुरुमा मेरो फोन लिन्थेँ र के काम र अभिभारा दिइएको छ हेर्थेँ। म ब्रदर-सिस्टरहरूलाई सन्देश पठाएर तिनीहरूलाई कुनै समस्या छ कि भनेर सोधिरहेको पनि हुन्थेँ। यदि कसैलाई आफ्‍नो कर्तव्य पूरा गर्न आउँदैन भने, म उसलाई सहयोग गर्थेँ र आफ्‍नो कर्तव्य पूरा गर्दा मैले के सिकेँ त्यो बताउँथेँ। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, मैले परमेश्‍वरमा भरोसा गर्न सक्‍न थालेँ, र मेरा ब्रदर-सिस्टरहरूले कठिनाइको सामना गर्दा, मलाई अगुवाइ गर्नुहोस्, र तिनीहरूलाई सहयोग गर्न परमेश्‍वरका वचनहरू खोज्‍न सहयोग गर्नुहोस् भनी म परमेश्‍वरलाई प्रार्थना गर्थेँ। परमेश्‍वरको वचन बाँडेपछि र मेरो अनुभव र बुझाइको बारेमा तिनीहरूसँग सङ्गति गरिसकेपछि, तिनीहरूको स्थिति अलिक परिवर्तन हुन्थ्यो। ब्रदर-सिस्टरहरूलाई सहयोग गर्ने क्रममा, मैले केही कुरा सिकेँ, र सत्यता सम्‍बन्धी मेरो बुझाइ पहिलेको भन्दा स्पष्ट भयो। यसबाट गुज्रिने क्रममा मैले के थाहा पाएँ भने, कठिनाइ जस्तोसुकै भए पनि, परमेश्‍वरमा साँचो भरोसा गरुन्जेल, उहाँले हामीलाई सधैँ डोर्‍याउनुहुन्छ। हरेक दिन कठिनाइहरू हुने गरेको भए पनि, म सुरुमा जस्तो कमजोर हुन छोडेँ। तर केही समयपछि, मैले अर्को समस्याको सामना गर्नुपर्‍यो।

कमजोर इन्टरनेट समस्याको कारण, मैले नियमित रूपमा मेरा ब्रदर-सिस्टरहरूसँग भेला हुन वा कुराकानी गर्न पाउँदिनथिएँ, र आफ्‍नो कर्तव्य पूरा गर्ने कुनै उपाय थिएन। यो समस्या मेरो हातभन्दा बाहिरको कुरा हो भन्‍ने मलाई थाहा थियो, त्यसकारण मैले परमेश्‍वरलाई धेरै लामो समयसम्‍म प्रार्थना गरेँ अनि यसबाट मलाई पार दिनुहोस् भनेर उहाँको अगुवाइ मागेँ। प्रार्थना गरेपछि, म क्रमिक रूपमा शान्त हुँदै गएँ। त्यसपछि मैले परमेश्‍वरको यो वचन पढेँ: “जब तँ सबैभन्दा बढी निराश हुन्छस्, जब तैँले परमेश्‍वरको उपस्थिति सबैभन्दा कम महसुस गर्छस्, जब तँलाई सबैभन्दा बढी पीडा हुन्छ र सबैभन्दा एक्लो महसुस हुन्छ, जब तँलाई आफू परमेश्‍वरबाट धेरै टाढा भएको अनुभव हुन्छ—तैँले नगरी नहुने एउटा कुरा के हो? परमेश्‍वरलाई पुकार्नु। जब तैँले परमेश्‍वरलाई पुकार्छस्, तब तँ दह्रिलो हुन्छस्; जब तैँले परमेश्‍वरलाई पुकार्छस्, तब तैँले परमेश्‍वर हुनुहुन्छ भन्‍ने अनुभव गर्न सक्छस्; जब तैँले परमेश्‍वरलाई पुकार्छस्, तब तैँले उहाँको शासन अनुभव गर्न सक्छस्; जब तैँले परमेश्‍वरलाई पुकार्छस्, परमेश्‍वरलाई प्रार्थना गर्छस्, र तेरो जीवन उहाँको हातमा सुम्पन्छस्, तब तैँले उहाँ तेरो साथमा हुनुहुन्छ, र उहाँले तँलाई त्याग्‍नुभएको छैन भन्‍ने अनुभव गर्न सक्छस्। जब तैँले उहाँले तँलाई त्याग्‍नुभएको छैन भन्‍ने अनुभव गर्छस्, जब तैँले परमेश्‍वर तेरो साथमा हुनुहुन्छ भन्‍ने साँचो अनुभव गर्न सक्छस्, तेरो विश्‍वास कस्तो हुन्छ? के यसलाई समयको बहावले मेटाउन सक्छ? सक्दैन(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, साँचो आज्ञापालनद्वारा मात्रै साँचो विश्‍वास गर्न सकिन्छ)। कठिनाइहरूको सामना गर्दा, हृदयदेखि परमेश्‍वरलाई पुकार्नुहोस्, र तपाईंले विश्‍वास र शक्ति पाउनुहुनेछ। मानिसका क्षमताहरू सीमित छन्। हाम्रो शारीरिक आँखाले देख्‍न सक्‍नेभन्दा बाहिर हामीले देख्‍न सक्दैनौँ, त्यसकारण हामी सधैँ हाम्रो नजर अगाडि देखा पर्ने कठिनाइहरूको डर मान्छौँ। परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, त्यसकारण, परमेश्‍वरमा इमानदारिताको साथ भरोसा गर्‍यौँ भने, परमेश्‍वरले हामीलाई अगुवाइ गर्नुहुन्छ र हाम्रो कर्तव्य पूरा गर्न हामीलाई सहयोग गर्नुहुन्छ। परमेश्‍वरको वचनले मलाई विश्‍वास र शक्ति दियो। विभिन्‍न कठिनाइहरूको सामना गर्दा म आफ्‍नो कर्तव्य पूरा गर्नबाट चुक्‍नु हुँदैनथियो। यी कठिनाइहरूबाट पार पाउनको लागि मैले परमेश्‍वरलाई प्रार्थना र भरोसा गर्नुपर्थ्यो, अनि आफ्‍नो कर्तव्य पूरा गर्न अझै धेरै परिश्रम गर्नुपर्थ्यो। त्यसकारण म स्थिर इन्टरनेट कनेक्सन खोज्दै बाहिर सडकमा जान थालेँ त्यसरी मैले सामान्य रूपमा नै भेलामा सहभागिता जनाउन सक्थेँ। कहिलेकहीँ भेला संचालन गर्दा, म राती ८ बजे सडकमा जान्थेँ, र भेला समाप्त भएपछि राती साढे दश वा एघार बजे मात्रै घर फर्कन्थेँ। घर फर्किँदा मलाई निकै डर लाग्थ्यो किनभने म मार्गरिटाको खतरनाक क्षेत्रमा बस्थेँ, र कसैले मेरो फोन लुटेर लिन्छ भन्‍ने डर लाग्थ्यो, किनभने मसँग फोन थिएन भने मैले भेला संचालन गर्न वा आफ्‍नो कर्तव्य पूरा गर्न सक्दिनथिएँ। म परमेश्‍वरलाई प्रायजसो प्रार्थना गरिरहन्थेँ, र कठिनाइको बेला दृढ रहन सामर्थ्य दिनुहोस् भनेर अनुरोध गरिरहन्थेँ। केही समयपछि नै, मैले एउटा मेसेज पाएँ। एक जना ब्रदरले मेरो अवस्थाको बारेमा थाहा पाएछन् र मलाई यस्तो सन्देश पठाएछन्: “ब्रदर, मलाई थाहा छ, तपाईं अहिले कठिन समस्याबाट गुज्रिरहनुभएको छ, र आफ्‍नो कर्तव्य पूरा गर्न तपाईं राती बाहिर सडकमा जानुहुन्छ। यो निकै खतरनाक छ। मसँग एउटा बाइक छ, र तपाईंलाई चाहिएको बेला म तपाईंलाई चलाउन दिन सक्छु। यसले गर्दा तपाईंलाई सजिलो हुनेछ।” यी कठिनाइहरूबाट मैले धेरै कुरा सिकेँ, र परमेश्‍वरमा भरोसा गर्न पनि सिकेँ। मैले परमेश्‍वर नै सबै थोकमाथि सार्वभौम हुनुहुन्छ, र हरेक व्यक्तिको लागि वातावरण सिर्जना गर्ने परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने मैले महसुस गरेँ। मेरो अनुभवको दौरान, मैले वास्तवमा परमेश्‍वरका कार्यहरू देखेँ, र परमेश्‍वरमाथिको मेरो विश्‍वास पहिलेको भन्दा बलियो छ। मैले सामना गरेका कठिनाइहरू अरूले सामना गर्दा, म तिनीहरूलाई परमेश्‍वरको वचन सुनाउँछु, र तिनीहरूलाई सहयोग गर्न आफ्‍नै अनुभवको बारेमा सङ्गति गरेर तिनीहरूलाई परमेश्‍वरमाथि विश्‍वास गर्न सहयोग गर्छु।

हरेक दिन माछा मारेर घर फर्केपछि, म घरमै बसेर परमेश्‍वरको वचन पढ्थेँ, र भेला हुने बेला भएपछि, राम्रो इन्टरनेट टिप्‍ने ठाउँ खोज्‍न बाइक चढेर बाहिर सडकमा जान्थेँ। हरेक पटक परमेश्‍वरलाई प्रार्थना गर्दा, मलाई आफ्‍नो कर्तव्य अझै राम्ररी पूरा गर्न अगुवाइ गर्नुहोस् भनेर परमेश्‍वरलाई प्रार्थना गर्थेँ। मलाई मेरो कठिन परिस्थितिको बारेमा चिन्ता लाग्‍न छोड्यो। परमेश्‍वरको इच्‍छा र मागलाई पालना गर्न म आफ्‍नो कर्तव्य मात्रै राम्ररी पूरा गर्न चाहन्थेँ। मैले अझै धेरै कठिनाइहरूको सामना गर्नु परे पनि, म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तलाई पालना गर्न, परमेश्‍वरले मेरो लागि तय गर्नुभएको वातावरणलाई अनुभव गर्न, र परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्ने प्रयास गर्न तयार थिएँ। केही समयपछि, ब्रदर-सिस्टरहरूले मेरो लागि उचित घर खोजी दिन सहयोग गरे जहाँ इन्टरनेट कनेक्सन तुलनात्मक रूपमा अलिक राम्रो थियो। म सर्वशक्तिमान्‌ परमेश्‍वरप्रति कृतज्ञ भएँ, किनभने यहाँ, मैले आफ्‍नो कर्तव्य अझै राम्ररी पूरा गर्न सक्थेँ, र परमेश्‍वरको अगुवाइद्वारा, मैले आफ्‍नो कर्तव्यमा धेरै प्रगति गरेँ। केही दिन अगाडि, अगुवाले मलाई मैले अझै धेरै कामको जिम्‍मेवारी लिनुपर्छ, मेरो बोझ अझै ठूलो हुनेछ, र मैले अझै धेरै काम र अझै धेरै ब्रदर-सिस्टरहरूलाई हेर्नुपर्छ भनेर बताए। तर मलाई पहिले जस्तो चिन्ता लागेन वा मनमा गुनासो उठेन। मैले परमेश्‍वरलाई विश्‍वास र भरोसा गरिरहेँ भने, परमेश्‍वरले मलाई आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न अगुवाइ र सहयोग गर्नुहुनेछ।

परमेश्‍वर भन्नुहुन्छ, “तँ परमेश्‍वरको इच्छाप्रति जति धेरै सचेत हुन्छस्, तैँले त्यति नै बढी बोझ बोक्नेछस् अनि तैँले बोक्ने बोझ जति ठूलो हुन्छ, तेरो अनुभव त्यति नै बढी समृद्ध हुनेछ। जब तँ परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छस्, परमेश्‍वरले तँमाथि एउटा बोझ राखिदिनुहुनेछ, तब उहाँले तँलाई सुम्पिनुभएका बोझहरूको सम्बन्धमा उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। परमेश्‍वरले तँलाई यो बोझ दिनुहुँदा उहाँको वचनबाट खाँदै र पिउँदै तैँले सबै सम्बन्धित सत्यताहरूलाई ध्यान दिनेछस्। यदि तँसित तेरा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनसम्बन्धी बोझ छ भने, यो परमेश्‍वरले तँलाई सुम्पिनुभएको बोझ हो अनि तैँले सधैँ आफ्ना दैनिक प्रार्थनाहरूमा यो बोझ उठाउनेछस्। परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो तँमाथि लादिएको छ अनि परमेश्‍वरले जे गर्न चाहनुहुन्छ, तँ त्यो गर्न इच्छुक हुन्छस्; परमेश्‍वरको बोझलाई आफ्नो बोझको रूपमा लिनु भनेको यही नै हो(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ)। “धेरैजसो अवस्थाहरूमा, परमेश्‍वरले दिनुभएका परीक्षाहरू उहाँले मानिसहरूलाई दिनुहुने बोझ हुन्। परमेश्‍वरले तँमाथि जति नै गह्रौं बोझ दिनुभए पनि, त्यो तैँले बोक्‍नुपर्ने बोझ हो, किनभने परमेश्‍वरले तँलाई बुझ्‍नुहुन्छ, र तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने उहाँलाई थाहा छ। परमेश्‍वरले तँलाई दिनुहुने बोझ तेरो कद वा तेरो सहनशीलताको सीमा नाघ्‍ने हदको हुनेछैन, त्यसकारण तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने कुरामा कुनै प्रश्‍न उठ्दैन। परमेश्‍वरले तँलाई जे-जस्तो बोझ, जे-जस्तो परीक्षा दिनुभए पनि, एउटा कुरा याद राख्: तैँले परमेश्‍वरको इच्‍छालाई बुझे पनि नबुझे पनि र तैँले प्रार्थना गरेपछि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे पनि नगरे पनि, परमेश्‍वरले तँलाई यो परीक्षाद्वारा अनुशासनमा राखिरहनुभएको भए पनि वा चेतावनी दिइरहनुभएको भए पनि, तैँले यसलाई बुझ्दैनस् भने त्यसको कुनै अर्थ हुनेछैन। जबसम्‍म तैँले आफ्नो कर्तव्यपालनमा ढिलाइ गर्दैनस् र विश्‍वासयोग्य भएर कर्तव्यमै लागिपर्छस्, तबसम्‍म परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ, र तँ तेरो गवाहीमा दह्रिलो गरी खडा हुनेछस्(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, परमेश्‍वरका वचनहरू नियमित पढ्दा र सत्यको गहन मनन गर्दा मात्रै अघि बढ्ने बाटो भेटिन्छ)। परमेश्‍वरको वचन पढेर, मैले परमेश्‍वरले हामीलाई बोक्‍न नसक्‍ने भारी बोकाउनुहुन्‍न, परमेश्‍वरले हाम्रो कद अनि हामीले के गर्न सक्छौँ सो जान्‍नुहुन्छ। हामीले परमेश्‍वरको इच्‍छालाई पूरा गर्न जति इच्‍छुक हुन्छौँ र हामीले हाम्रो कर्तव्यमा जति बोझ लिन्छौँ, हाम्रो अनुभव त्यति नै सम्‍पन्‍न हुन्छ, परमेश्‍वरको इच्‍छा सम्‍बन्धी हाम्रो बुझाइ त्यति नै गहन हुन्छ। यो बोझलाई इमानदारिता र आज्ञापालनद्वारा स्वीकार गर्नको लागि, कठिनाइहरूमा सत्यताको खोजी गर्न, र सबै कुराको पछाडि रहेको उहाँको इच्‍छालाई बुझ्‍नको लागि परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ, किनभने मेरो हृदय अचेत छ, मेरा धारणाहरू धेरै छन्, र मेरो कद अपरिपक्‍व छ र परमेश्‍वरमाथिको मेरो विश्‍वास कमजोर छ भन्‍ने मलाई थाहा छ। यी कठिनाइहरूबाट गुज्रेपछि, अहिले मैले कठिन परिस्थितिमा मैले आफूलाई र परमेश्‍वरको कार्यलाई अझै राम्ररी चिन्‍न सक्छु, र परमेश्‍वरमाथिको मेरो विश्‍वास अझै वृद्धि हुन सक्छ। जब मैले यो कर्तव्य पूरा गर्न थालेको थिएँ, त्यो बेला म परमेश्‍वरलाई बिरलै प्रार्थना गर्थेँ, र परमेश्‍वरको अगुवाइ खोजी गर्दिनथिएँ। म आफ्‍नो कर्तव्य पूरा गर्न आफ्‍नै प्रतिभामा भरोसा गर्ने प्रयास गरिरहेको हुन्थेँ र परमेश्‍वरप्रति ममा कुनै विश्‍वास थिएन। परमेश्‍वरको वचन पढेपछि र उहाँको इच्‍छा बुझेपछि, मैले विश्‍वास पाएँ र आफ्‍नो कर्तव्यमा परिश्रम गर्न थालेँ। म बारम्‍बार प्रार्थना गर्छु र परमेश्‍वरमा भरोसा गर्छु, र म अगुवाहरूसँग खोजी र कुराकानी गर्छु, यसरी आफ्‍नो कर्तव्य पूरा गर्नको लागि चाहिने सिद्धान्तहरूको बारेमा, साथै मण्डलीको काम गर्ने मार्ग र दिशाहरूको बारेमा सिक्छु। यी कुराहरूबाट गुज्रेपछि, म नकारात्मक स्थितिमा रहँदिनँ, र मलाई अहिले परमेश्‍वरले मलाई दिनुहुने जिम्‍मेवारी र बोझहरू पूरा गर्न सक्दिनँ जस्तो लाग्‍न छोडेको छ। हरेक दिन परिस्थितिहरू आइपर्दा, म सत्यताको खोजी गर्न, आफ्‍नो कर्तव्य लगनशीलताको साथ पूरा गर्न सिक्छु, र कठिनाइहरूको सामना गर्दा, म परमेश्‍वरलाई प्रार्थना गर्छु, र परमेश्‍वरले मलाई यी सबै परिस्थिति र कठिनाइहरूबाट गुज्रन अगुवाइ र सहयोग गर्नुहुन्छ। मलाई मेरा समस्या वा तनाव ठूलो लाग्‍न छोडेको छ। म यी परिस्थितिहरूबाट नगुज्रेको भए, मैले परमेश्‍वरबाट अन्तर्दृष्टि पाउनेथिइनँ, मसँग साँचो ज्ञान वा परमेश्‍वरप्रति विश्‍वास हुनेथिएन, साँचो अनुभव पाउनु त परको कुरा हो। त्यस्तो भएको भए, मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्दिनथिएँ। यी परिस्थितिहरूबाट गुज्रेपछि, अहिले मलाई परमेश्‍वरले तालिम दिइरहनुभएको रहेछ भन्‍ने थाहा भयो, यसरी उहाँले मलाई अझै धेरै आज्ञा र बोझ लिने तुल्याउनुभयो। सर्वशक्तिमान्‌ परमेश्‍वरप्रति म अत्यन्तै कृतज्ञ छु। उहाँले मलाई मैले हरेक दिन सामना गर्ने परिस्थितिभित्र उहाँको प्रेम लुकेको हुन्छ भन्‍ने अनुभव गराउनुभएको छ। मैले भोग्‍ने दुःख पनि परमेश्‍वरको प्रेमको भाग हो। अहिले मलाई परमेश्‍वरको यो वचनको अर्थ थाहा भयो: “तँ परमेश्‍वरको इच्छाप्रति जति धेरै सचेत हुन्छस्, तैँले त्यति नै बढी बोझ बोक्नेछस् अनि तैँले बोक्ने बोझ जति ठूलो हुन्छ, तेरो अनुभव त्यति नै बढी समृद्ध हुनेछ(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ)। म परमेश्‍वरको प्रेमको ऋण तिर्न अझै धेरै बोझ लिन तयार छु।

आजभोलि, भेनेजुएलाको आर्थिक, सार्वजनिक सेवा, र इन्टरनेटमा धेरै समस्याहरू छन्। कहिलेकहीँ मलाई तनाव हुने भए पनि, मैले परमेश्‍वरमा भरोसा गर्न र उहाँको खोजी गर्न, अनि उहाँमा विश्‍वास गर्न सिकेको छु। मैले यी कठिनाइहरूको सामना नगरेको भए, मैले आफ्‍नो कर्तव्य पूरा गर्नुको महत्त्वलाई वा कठिनाइको बीचमा कसरी परमेश्‍वरको खोजी गर्ने भन्‍ने कुरा बुझ्‍नेथिइनँ। परमेश्‍वरले मेरो लागि तय गर्नुभएका यी कठिन परिस्थितिहरूको निम्ति म परमेश्‍वरलाई धन्यवाद दिन्छु, किनभने यिनै परिस्थितिहरूले मलाई यी कुराहरू सिक्‍न र यो ज्ञान प्राप्त गर्न सहायता गरेका छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

मूल्याङ्कनले मेरो खुलासा गर्दा

सन् २०२१ को मे महिनाको मध्यतिर, अगुवा सिस्टर चेन, मसँग कुरा गर्न मकहाँ आइन् र मैले सिस्टर लूलाई चिन्छु कि चिन्दिन, उनी अरूप्रति निष्पक्ष...

अरूको असफलताबाट सिक्दा

गत वर्ष अक्टोबरमा, दुई जना भिडियो बनाउने कामका सुपरभाइजरहरू बर्खास्त भए। किनभने हाम्रा अगुवाले यो कामको महत्त्वको बारेमा बारम्‍बार जोड...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्