अरूको सहयोग र सल्लाहलाई कसरी लिने
जियाओसुआन, चीनडिसेम्बर ३१, २०२२, शनिबार, घमाइलो दिनसमय कति छिटो बितेको। म भिडियो कामको सुपरभाइजर बनेको दुई महिना भइसकेछ, र मलाई थाहा समेत...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
२०१९ को अन्त्यतिर, एक जना आफन्तले मलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामको सुसमाचार सुनाए। मलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा अख्तियार छन् र ती सत्यता हुन् भन्ने थाहा भयो। यो परमेश्वरको आवाज हो भन्ने लागेर मैले खुशीसाथ परमेश्वरको नयाँ कामलाई स्वीकार गरे। मैले हरेक दिन परमेश्वरको वचन पढ्न थालेँ र एउटै भेला पनि छुटाउँदिनथिएँ। कहिलेकहीँ, म बस्ने ठाउँमा इन्टरनेट वा बिजुलीमा समस्याहरू आउँथे र मैले अनलाइन भेलाहरूमा सहभागिता जनाउन पाउँदिनथिएँ। मलाई निकै नरमाइलो लाग्थ्यो, तर पछि म भेलाका विवरणहरू तुरुन्तै पढिहाल्थेँ, त्यसपछि परमेश्वरको वचन सम्बन्धी मेरो बुझाइ लेखेर समूहमा पठाउँथेँ, ब्रदर-सिस्टरहरूसँग कुराकानी गर्थेँ, र आफ्नो क्षमताले भ्याएसम्म राम्ररी आफ्नो कर्तव्य पूरा गर्थेँ।
केही समयपछि, म मण्डली अगुवाको रूपमा छनौट भएँ। सुरुमा, अरू दुई जना अगुवाहरूसँग मण्डलीको जिम्मेवारी बाँडेको थिएँ, त्यसकारण त्यति कठिन वा तनावग्रस्त हुँदैनथियो। केही समयपछि नै मलाई विभिन्न मण्डलीहरूको कामको जिम्मा लिन छनौट गरियो। सुरुमा त मलाई यो कर्तव्य पूरा गर्ने मन थिएन। किनभने मैले अगुवाको रूपमा अभ्यास गरेको धेरै भएको छैन, ममा अझै पनि कमीकमजोरी छन् र मैले नबुझेका कुराहरू छन् भन्ने मलाई लागेको हुनाले, मैले यो कर्तव्य राम्ररी पूरा गर्न सक्दिनँ होला भन्ने चिन्ता लागेको थियो। पछि, मैले परमेश्वरको वचन पढेँ: “नोआले एकदुई वटा सन्देशहरू मात्रै सुनेका थिए, र त्यो बेला परमेश्वरले त्यति धेरै वचन व्यक्त गर्नुभएको थिएन, र त्यसैले नोआले त्यति धेरै सत्यता बुझेका थिएनन् भन्नेमा कुनै शङ्का छैन। उनले आधुनिक विज्ञान वा आधुनिक ज्ञान बुझेका थिएनन्। उनी अत्यन्त साधारण मानिस, मानवजातिको एक सामान्य सदस्य थिए। तैपनि एक पक्षमा, उनी हरकोहीभन्दा फरक थिए: उनले परमेश्वरका वचनहरू पालना गर्न जान्दथे, उनलाई परमेश्वरका वचनहरू पछ्याउन र पालन गर्न आउँथ्यो, उनलाई मानिसको उचित स्थान के हो भन्ने थाहा थियो, र उनी परमेश्वरका वचनहरूलाई साँचो रूपमा विश्वास र तीप्रति समर्पित हुन सक्षम थिए—तर त्योभन्दा बढी चाहिँ होइन। नोआका लागि यी सरल सिद्धान्तहरू परमेश्वरले उनलाई सुम्पनुभएका सबै कुरा पूरा गर्नलाई पर्याप्त थिए, र यस काममा उनी केही महिना वा वर्ष वा दशक मात्र नभई, पूरै एक शताब्दीभन्दा बढी समय लागिरहे। के यो गन्ती तीनछक पार्ने खालको छैन र? यो नोआबाहेक अरू कसले गर्न सक्थ्यो र? (कसैले सक्दैनथ्यो।) अनि, किन सक्दैनथ्यो त? कतिपयले सत्यता नबुझेकोले यस्तो भएको हो भन्छन्—तर त्यो तथ्यअनुरूप छैन। नोआले कति धेरै सत्यताहरू बुझ्थे? नोआ किन यी सबै गर्न समर्थ थिए? आजका विश्वासीहरूले परमेश्वरका धेरै वचनहरू पढेका छन्, उनीहरूले केही सत्यता बुझेका छन्—त्यसो भए, उनीहरू किन यो गर्न असमर्थ छन्? अरूहरू मानिसहरूमा भ्रष्ट स्वभाव भएको कारण यसो भएको हो भन्छन्—तर के नोआसित भ्रष्ट स्वभाव थिएन र? किन नोआले यस्तो उपलब्धि हासिल गर्न सके, तर आजका मानिसहरूले सकेनन्? (किनभने आजका मानिसहरू परमेश्वरका वचनहरूलाई विश्वास गर्दैनन्, तिनीहरूले ती वचनहरूलाई न त सत्यताको रूपमा व्यवहार गर्छन् न त पालन नै गर्छन्।) अनि किन उनीहरूले परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा लिन सक्दैनन्? किन उनीहरू परमेश्वरका वचनहरू पालन गर्न असमर्थ छन्? (उनीहरूसित परमेश्वरको डर मान्ने हृदय छैन।) त्यसो भए, यदि मानिसहरूले सत्यता बुझेकै छैनन्, र त्यति धेरै सत्यता सुनेकै छैनन् भने, तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय कसरी उत्पन्न हुन्छ त? (तिनीहरूमा मानवता र विवेक हुनैपर्छ।) ठिक भनिस्। मानिसहरूको मानवतामा दुईवटा सबैभन्दा बहुमूल्य कुराहरू हुनैपर्छ: पहिलो विवेक, र दोस्रो सामान्य मानवताको समझ। विवेक र सामान्य मानवताको समझ हुनु व्यक्ति बन्नका लागि चाहिने न्यूनतम मापदण्ड हो; यो व्यक्तिलाई मापन गर्ने न्यूनतम, सबैभन्दा आधारभूत मापदण्ड हो। तर यो आजका मानिसहरूमा छैन, र त्यसैले उनीहरूले जतिसुकै सत्यता सुने र बुझे पनि, परमेश्वरको डर मान्ने हृदय हुनु तिनीहरूभन्दा टाढाको कुरा हो। त्यसो भए, आजका मानिसहरू र नोआबीचको मूलभूत फरक के हो? (उनीहरूमा मानवता छैन।) अनि, यो मानवता अभाव हुनुको सार के हो? (पशु र पिशाचहरू।) ‘पशु र पिशाचहरू’ सुन्दा त्यति राम्रो लाग्दैन, तर यो तथ्यहरूअनुरूप छ; यसलाई अलिक विनम्र तरिकामा भन्नुपर्दा, उनीहरूमा मानवता छैन भनेर भन्नुपर्छ। मानवता र समझबिनाका मानिसहरू मानव होइनन्, तिनीहरू पशुभन्दा पनि निम्न स्तरका हुन्। नोआ परमेश्वरको काम पूरा गर्न सक्षम थिए किनभने उनले परमेश्वरका वचनहरू सुनेपछि, तिनलाई दृढताका साथ हृदयमा राख्न सक्षम भए; उनका लागि, परमेश्वरको आज्ञा जीवनभरको कार्य थियो, उनको आस्था अटल थियो, र उनको इच्छा एक सय वर्षसम्म अपरिवर्तित थियो। उनीसँग परमेश्वरको डर मान्ने हृदय भएकोले, उनी वास्तविक व्यक्ति भएकाले, र उनी पूर्णतः समझदार भएकाले परमेश्वरले ठूलो जहाज निर्माण गर्ने जिम्मा सुम्पनुभयो। नोआजत्तिकै मानवता र समझ भएका मानिसहरू एकदमै कम छन्, नोआजस्तो अर्को व्यक्ति भेट्टाउन धेरै गाह्रो छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग एक))। नोआले कहिल्यै पनि कुनै गहन सन्देशहरू सुनेका थिएनन् र तिनले धेरै सत्यताहरू बुझेका थिएनन्, तर तिनमा परमेश्वरको डर मान्ने र आज्ञापालन गर्ने हृदय थियो। आफूले मानवजातिलाई प्रलयले सखाप पार्न लागेको र नोआले ठूलो जहाज बनाउनुपर्छ भनेर परमेश्वरले नोआलाई भन्नुभएपछि, नहिचकिचाईकन नोआले यो कुरा स्वीकार गरे। परमेश्वरले तिनलाई दिनुभएको आज्ञा सजिलो छैन भन्ने नोआलाई थाहा थियो, किनभने ठूलो जहाज बनाउनका लागि रूख काट्ने, र नापजाँच गरेर काट्ने काम गर्नुपर्थ्यो, तर काम व्यापक र कठिन भए पनि, नोआ पछि हटेनन्, किनभने तिनलाई यो परमेश्वरले तिनलाई दिनुभएको आज्ञा हो भन्ने थाहा थियो। परमेश्वरका वचनहरू मनन गर्ने क्रममा, मैले के महसुस गरेँ भने ममा नोआको मानवता वा समझ छैन। अगुवाले मलाई विभिन्न मण्डलीको कामको इन्चार्ज बनाउँदा, मैले परमेश्वरमा विश्वास गरिनँ तर आफ्नै क्षमतामा भर परेँ। मलाई मेरो काम गर्ने क्षमता अत्यन्तै सीमित छ, मैले मण्डली अगुवाको रूपमा अभ्यास गरेको धेरै भएको छैन र ममा धेरै कमीकमजोरी छन् भन्ने लागेको थियो। मैले राम्रो काम गर्न सक्दिनँ भन्ने चिन्ता लाग्यो, त्यसकारण म यो कर्तव्य स्वीकार गर्न अनिच्छुक भएँ। ममा परमेश्वरमाथि नोआको जस्तो विश्वास थिएन, न त परमेश्वरको डर मान्ने र आज्ञापालन गर्ने हृदय नै थियो, नोआमा भएको मानवता वा समझ हुनु त परै जाओस्। यो महसुस गरेपछि, मलाई चिन्ता लाग्न छोड्यो, र नोआले आफ्नो कर्तव्यलाई स्वीकार गरे जस्तै मैले पनि आज्ञाकारी भएर यो कर्तव्य स्वीकार गर्न तयार भएँ।
तैपनि, काम सुरु गरेपछि, मैले नयाँ समस्याको सामना गरेँ। मैले गर्नुपर्ने काम धेरै रहेछ भन्ने थाहा भयो। उदाहरणका लागि, मैले मण्डलीका ब्रदर-सिस्टरहरूको स्थितिको बारेमा बुझ्नुपर्थ्यो, सामान्यतया भेलामा आउन छोडेकाहरूलाई सहयोग गर्नुपर्थ्यो, मानिसहरूले सामना गरेका कठिनाइहरूलाई बुझेर तिनलाई समाधान गर्न सङ्गति गर्नुपर्थ्यो, र मानिसहरूलाई आफ्नो कर्तव्य पूरा गर्न सहयोग गर्नुपर्थ्यो, र यस्तै इत्यादि कुरा। यी सबै जिम्मेवारी मैले बहन गर्नुपर्थ्यो। यी समस्याहरूको सामना गर्दा, कहाँबाट सुरु गर्ने मलाई थाहा भएन, यो काम कसरी राम्ररी पूरा गर्ने मलाई थाहा थिएन, र म अत्यन्तै तनावग्रस्त भएँ। यी कठिनाइहरूले गर्दा म नकारात्मक बनेँ, र म यो कर्तव्य पूरा गर्न योग्य छैन भनेर अगुवालाई भन्न मन लाग्यो, किनभने मसँग कुनै अनुभव थिएन र मैले यसमा कठिनाइहरूको सामना गरिरहेको थिएँ। पछि, अगुवाले मेरो स्थितिको बारेमा पत्ता लगाए र मलाई सहयोग गर्न परमेश्वरको वचनको एउटा खण्ड पठाए। मैले परमेश्वरको ती वचन पढेँ: “धेरै पहिले इस्राएलीहरूलाई मिश्रबाहिर निकालेर ल्याउन जब परमेश्वरले मोशालाई पठाउनुभयो, तब परमेश्वरले उसलाई दिनुभएको यस्तो आज्ञाप्रति उसको प्रतिक्रिया के थियो? (उसले आफू बोल्न सिपालु नरहेको, र आफ्नो मुख र जिब्रो ढिलो चल्ने गरेको बतायो।) ऊ बोल्नमा सिपालु छैन, उसको मुख र जिब्रो ढिलो चल्छ भन्ने उसमा सानो आशङ्का थियो। तर के ऊ परमेश्वरको आज्ञाप्रति अटेरी थियो त? उसले यसलाई कसरी लियो? ऊ घोप्टो पर्यो। घोप्टो पर्नुको अर्थ के हो? यसको अर्थ समर्पित हुनु र स्वीकार गर्नु हो। आफ्ना व्यक्तिगत इच्छाहरूबारे चासो नराखी र आफूमा हुनसक्ने कठिनाइहरू उल्लेख नगरी, उसले घोप्टो परेर आफ्नो सम्पूर्णता परमेश्वरको अघि समर्पित गरिदियो। परमेश्वरले उसलाई जे गर्न लगाउनुहुन्थ्यो, उसले तुरुन्तै त्यो काम गरिहाल्थ्यो। उसलाई आफूले गर्न सक्ने केही पनि छैन भन्ने लाग्थ्यो, तैपनि उसले किन परमेश्वरको आज्ञा स्वीकार गर्न सक्यो? किनभने उसमा साँचो भरोसा थियो। यावत् थोक र घटनाहरूमाथि परमेश्वरको सार्वभौमिकताबारे उसले केही अनुभव प्राप्त गरेको थियो, र उसले चालिस वर्ष उजाड ठाउँमा गरेको अनुभवमा परमेश्वरको सार्वभौमिकता सर्वशक्तिमान् छ भनेर जानेको थियो। त्यसकारण, उसले तत्परतासाथ परमेश्वरको आज्ञा स्वीकार गर्यो, र परमेश्वरले उसलाई जे काम गर्न आज्ञा दिनुभएको थियो, अरू केही नसोचीकन ऊ त्यो काम पूरा गर्न लागिपर्यो। ऊ लागिपर्यो भन्नुको अर्थ के हो? यसको अर्थ उसमा परमेश्वरमाथिको साँचो भरोसा थियो, उहाँमाथिको साँचो निर्भरता थियो, र उहाँप्रतिको साँचो समर्पण थियो। ऊ कायर थिएन, तर उसले आफै निर्णय लिने वा नमान्ने प्रयास गरेन। बरु, उसले त पूर्ण रूपमा विश्वास गर्यो, अनि भरोसाले भरिपूर्ण भएर ऊ परमेश्वरको आज्ञा पूरा गर्न तयार भयो। उसले यस्तो विश्वास गर्यो: ‘यदि परमेश्वरले नै यो आज्ञा दिनुभएको हो भने, यो काम परमेश्वरले भन्नुभएजस्तै गरी पूरा हुनेछ। परमेश्वरले मलाई इस्राएलीहरूलाई मिश्रबाहिर निकालेर ल्याउने आज्ञा दिनुभएको छ, त्यसकारण म जान्छु। यो परमेश्वरले दिनुभएको आज्ञा भएकोले, उहाँले काम गर्नुहुनेछ, र उहाँले मलाई शक्ति दिनुहुनेछ। मैले सहकार्य मात्रै गर्नुपर्छ।’ मोशामा यस्तो अन्तर्दृष्टि थियो। … त्यो बेलाको परिस्थिति इस्राएलीहरू वा मोशाको निम्ति अनुकूल थिएन। मानव नजरमा, इस्राएलीहरूलाई मिश्रबाहिर निकालेर ल्याउने काम असम्भव थियो, किनभने मिश्रअघि लाल समुद्र खडा थियो, र त्यो पार गर्नु ठूलो चुनौती हुन्थ्यो। के यो आज्ञा पूरा गर्न कति कठिन छ भन्ने कुरा मोशालाई साँच्चै थाहा थिएन त? उसलाई हृदयमा यो कुरा थाहा थियो, तैपनि उसले आफ्नो मुख र जिब्रो ढिलो चल्छ, र आफ्नो कुरा कसैले सुन्दैन भनेर मात्रै बतायो। उसले हृदयबाट परमेश्वरको आज्ञा इन्कार गरेन। परमेश्वरले मोशालाई इस्राएलीहरूलाई मिश्रबाहिर निकाल्ने आज्ञा दिनुभएपछि, उसले घोप्टो पर्दै यो आज्ञा स्वीकार गर्यो। किन उसले कठिनाइहरूबारे केही उल्लेख गरेन? के चालीस वर्ष उजाड स्थानमा बिताएकोले, उसले मानव संसारका खतराहरू, वा मिश्रका कुराहरू प्रगति भएर कुन स्थितिमा पुगेका थिए, वा इस्राएलीहरूको वर्तमान दुर्दशा के छ भनी जान्दैनथ्यो? के उसले यी कुराहरू स्पष्ट रूपमा देख्न सक्दैनथ्यो? के यस्तै भएको थियो? अवश्य होइन। मोशा बुद्धिमान् र ज्ञानी थियो। मानव संसारमा ती सबै कुरा व्यक्तिगत रूपमा भोगेको, र अनुभव गरेको कारण उसलाई यी सबै कुरा थाहा थियो, अनि उसले ती कुराहरू कहिल्यै बिर्सँदैनथ्यो। उसलाई ती सबै कुरा राम्ररी थाहा थियो। त्यसकारण, के परमेश्वरले दिनुभएको आज्ञा कति कठिन छ भन्ने कुरा उसलाई थाहा थियो? (थियो।) यदि थाहा थियो भने, उसले कसरी त्यो आज्ञा स्वीकार गर्न सक्यो? उसले परमेश्वरमाथि भरोसा राख्यो। आफ्नो जीवनभरिको अनुभवको आधारमा, उसले परमेश्वरको सर्वशक्तिमान्तामा विश्वास गर्थ्यो, त्यसकारण उसले भरोसाले भरिपूर्ण हृदयसाथ अलिकति पनि शङ्का नगरी परमेश्वरको आज्ञा स्वीकार गर्यो। … मलाई भन, चालीस वर्ष उजाड स्थानमा बस्दा, के मोशाले परमेश्वरमा केही कुरा पनि गाह्रो हुँदैन र मानिस परमेश्वरकै हातमा हुन्छ भनेर अनुभव गर्न सकेको थियो? धेरै हदसम्म—उसको साँचो अनुभव त्यही थियो। चालीस वर्ष उजाड स्थानमा बिताउँदा, उसले त्यस्ता धेरै कुराहरू सामना गर्यो जसमा उसको मृत्यु हुने खतरामा हुन्थ्यो, र ती कुरा सामना गर्दा ऊ बाँच्न सक्छ कि सक्दैन उसलाई थाहा हुँदैनथ्यो। हरेक दिन, उसले आफ्नो ज्यानको लागि संघर्ष गर्थ्यो र सुरक्षाको लागि परमेश्वरलाई प्रार्थना गर्थ्यो। उसको एउटै कामना त्यही हुन्थ्यो। उसले ती चालीस वर्षमा परमेश्वरको सार्वभौमिकता र सुरक्षालाई गहन रूपमा अनुभव गरेको थियो। त्यसकारण, पछि उसले परमेश्वरको आज्ञा स्वीकार गर्दा, उसको पहिलो सोच पक्कै पनि यस्तो हुनुपर्छ: ‘परमेश्वरमा केही कुरा पनि गाह्रो हुँदैन। यदि परमेश्वरले गर्न सकिन्छ भनेर भन्नुहुन्छ भने, अवश्य नै सकिन्छ। परमेश्वरले मलाई यस्तो आज्ञा दिनुभएको हुनाले, उहाँले अवश्य नै हेर्नुहुनेछ—यो काम कुनै मानिसले नभई उहाँले नै गर्नुहुनेछ।’ काम गर्नुभन्दा पहिले, मानिसले अग्रिम रूपमा योजना र तयारी गर्नुपर्छ। तिनीहरूले सुरुमा प्रारम्भिक कुराहरू सम्हाल्नुपर्छ। के परमेश्वरले काम गर्नुभन्दा पहिले यी कुराहरू गर्नुपर्छ? गर्नुपर्दैन। सृष्टि गरिएको हरेक प्राणी जति प्रभावशाली, जति सक्षम वा शक्तिशाली भए पनि, जति उन्मत्त भए पनि, ऊ परमेश्वरकै हातमा हुन्छ। मोशासँग यस कुराको भरोसा, ज्ञान र अनुभव थियो, त्यसकारण उसको हृदयमा कुनै शङ्का वा डर थिएन। त्यसकारण, परमेश्वरमाथिको उसको भरोसा खास रूपमा साँचो र विशुद्ध थियो। ऊ भरोसाले भरिपूर्ण थियो भनेर पनि भन्न सकिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो समर्पणद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ)। परमेश्वरको वचन पढेपछि मैले के महसुस गरेँ भने म परमेश्वरमा भरोसा नगर्ने डरपोक हुँ र ममा परमेश्वरप्रति कुनै विश्वास छैन। परमेश्वरले मोशालाई इस्राएलीहरूलाई मिश्रबाट डोर्याएर लैजान बोलावट दिनुभएको थियो ताकि तिनीहरू उप्रान्त दासको रूपमा जिउनु नपरोस्। फारोको विरुद्धमा लड्नका लागि मोशासँग सेना थिएन, र यो आज्ञा पूरा गर्नु निकै कठिन थियो, तर मोशाले परमेश्वरको वचन पालना गर्न सके, र परमेश्वरले व्यक्तिगत रूपमा नै आफ्ना जनहरूलाई मिश्रबाट निकालेर लैजानुहुनेछ भन्ने उनलाई विश्वास थियो। फेरि पनि आफ्नो बारेमा सोच्दा, के देखेँ भने मैले धेरै काम गर्न नसक्ने रहेछु, त्यसकारण म यो कर्तव्यलाई पन्छाउन चाहेको रहेछु, किनभने म अत्यन्तै तनावमा छु, र यो कर्तव्य मेरो लागि बोझ हो र मैले यो पूरा गर्न सक्दिनँ भन्ने मलाई लागेको थियो। मैले परमेश्वरमा भरोसा गरिनँ, र परमेश्वरमाथि ममा कुनै विश्वास थिएन। मैले आफ्नै सीमित क्षमतामा मात्रै विश्वास गरेँ। के सोच्थेँ भने आफ्नो काम राम्ररी पूरा गर्न सक्नु मेरो क्षमता र अनुभवसँग सम्बन्धित कुरा हो। काम सबै परमेश्वरले नै गर्नुहुन्छ तर हामीले सहयोगी भूमिका मात्रै निभाउनुपर्छ भन्ने मैले विश्वास गरिनँ। म साँच्चै नै अहङ्कारी रहेछु। परमेश्वरको अनुमतिले गर्दा नै मैले त्यो कर्तव्य पाएको थिएँ। सबै कुरामा परमेश्वरले शासन गर्नुहुन्छ र उहाँले नै मिलाउनुहुन्छ। मैले व्यवहारिक रूपमा सहकार्य गर्ने विश्वास गर्नुपर्थ्यो। अबदेखि उसो, मैले यो कर्तव्यलाई इन्कार गर्नु हुँदैन। मलाई विश्वास थियो, मैले परमेश्वरमा भरोसा गर्छु र उहाँतिरै हेर्छु भने, उहाँले मलाई अगुवाइ गरी सत्यता र हरप्रकारका कठिन परिस्थितिहरूमा कर्तव्य गर्ने हरप्रकारका सिद्धान्तहरू बुझ्न र बिस्तारै मेरो कर्तव्य राम्ररी पूरा गर्न सहयोग गर्नुहुनेछ। मैले के पनि जानेँ भने, यो कर्तव्य गर्ने मौका पाउनु भनेको परमेश्वरले मलाई अभ्यास गर्ने मौका दिइरहनुभएको हो र यसमार्फत मेरो विश्वासलाई सुदृढ र मेरो कमजोर बिन्दुहरूलाई मजबुत बनाउन सहयोग गरिरहनुभएको हो, ताकि मैले अझ भारी बोझ उठाउन सकूँ र आफ्नो काम पूरा गर्न सकूँ, र यो परमेश्वरले मप्रति कृपा गरिरहनुभएको हो।
भेनेजुएलामा पानी, बत्ती, इन्टरनेटसम्बन्धी समस्या र आर्थिक समस्याहरू भएकाले हालैका वर्षहरूमा हामीले हाम्रो परिवार पाल्नका लागि सामान्यभन्दा बढी परिश्रम गर्नुपर्छ। मेरो बुबा र म हरेक दिन बिहान तीन बजे माछा मार्न जान्थ्यौँ, र दिउँसो तीन-चार बजेतिर मात्रै फर्कन्थ्यौँ। दिनभरि समुद्रमा डुङ्गामा हिँड्दा मलाई निकै थकाइ लाग्थ्यो, तर घर आएपछि, मलाई विश्राम गर्न मन लाग्दैनथियो किनभने मैले कर्तव्यमा पूरा गर्न नसक्ने धेरै कुराहरू बाँकी हुन्थे, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्ने अवस्थामा पुग्नका लागि मैले अध्ययन गर्दै, आफूलाई सुसज्जित तुल्याउँदै र मेरा कमजोरीहरूलाई हटाउँदै अझै धेरै समय बिताउनु आवश्यक हुन्थ्यो। मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरिनँ भने, मैले परमेश्वरलाई निराश तुल्याइरहेको हुनेथिएँ। म अनुग्रहको युगका सन्तहरूको बारेमा सोच्थेँ। तिनीहरूले प्रभु येशूलाई पछ्याए, सुसमाचार प्रचार गरे, आफ्नो कर्तव्य पूरा गरे, विभिन्न कठिनाइ र खतराहरूको सामना गरे, र ठूलो कष्ट भोगे। मैले भोगिरहेको यति थोरै कष्टलाई त्यससँग कसरी तुलना गर्न सकिन्थ्यो र? त्यसकारण, घर पुगेपछि म सुरुमा मेरो फोन लिन्थेँ र के काम र अभिभारा दिइएको छ हेर्थेँ। म ब्रदर-सिस्टरहरूलाई सन्देश पठाएर तिनीहरूलाई कुनै समस्या छ कि भनेर सोधिरहेको पनि हुन्थेँ। यदि कसैलाई आफ्नो कर्तव्य पूरा गर्न आउँदैन भने, म उसलाई सहयोग गर्थेँ र आफ्नो कर्तव्य पूरा गर्दा मैले के सिकेँ त्यो बताउँथेँ। आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, मैले परमेश्वरमा भरोसा गर्न सक्न थालेँ, र मेरा ब्रदर-सिस्टरहरूले कठिनाइको सामना गर्दा, मलाई अगुवाइ गर्नुहोस् र तिनीहरूलाई सहयोग गर्न परमेश्वरका वचनहरू खोज्न सहयोग गर्नुहोस् भनी म परमेश्वरलाई प्रार्थना गर्थेँ। परमेश्वरका वचनहरू बाँडेपछि र मेरो अनुभव र बुझाइको बारेमा तिनीहरूसँग सङ्गति गरिसकेपछि, तिनीहरूको स्थिति अलिक परिवर्तन हुन्थ्यो। ब्रदर-सिस्टरहरूलाई सहयोग गर्ने क्रममा, सत्यता सम्बन्धी मेरो बुझाइ पहिलेको भन्दा अझ स्पष्ट भयो। यसबाट गुज्रिने क्रममा मैले के थाहा पाएँ भने, कठिनाइ जस्तोसुकै भए पनि, परमेश्वरमा पूर्ण हृदयले भरोसा गरुन्जेल, उहाँले हामीलाई सधैँ डोर्याउनुहुन्छ। कठिनाइहरू बढिरहेका भए पनि, म सुरुमा जस्तो कमजोर हुन छोडेँ। तर केही समयपछि, मैले अर्को समस्याको सामना गर्नुपर्यो। कमजोर इन्टरनेट समस्याको कारण, मैले नियमित रूपमा मेरा ब्रदर-सिस्टरहरूसँग भेला हुन वा कुराकानी गर्न पाउँदिनथिएँ, र आफ्नो कर्तव्य पूरा गर्ने कुनै उपाय थिएन। यो समस्या मेरो हातभन्दा बाहिरको कुरा हो भन्ने मलाई थाहा थियो, त्यसकारण मैले परमेश्वरलाई धेरै लामो समयसम्म प्रार्थना गरेँ अनि यसबाट मलाई पार दिनुहोस् भनेर उहाँको अगुवाइ मागेँ। प्रार्थना गरेपछि, म क्रमिक रूपमा शान्त हुँदै गएँ। त्यसपछि मैले परमेश्वरको यो वचन पढेँ: “जब तँ तेरो सबैभन्दा कठिन घडीमा हुन्छस्, जब तैँले परमेश्वरको उपस्थिति सबैभन्दा कम महसुस गर्न सक्छस्, जब तँलाई सबैभन्दा बढी पीडादायी र एक्लो महसुस हुन्छ, जब तँलाई आफू परमेश्वरबाट धेरै टाढा छु जस्तो महसुस हुन्छ, तब तैँले गर्नुपर्ने एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? परमेश्वरलाई पुकार्नु। परमेश्वरलाई पुकार्दा तँलाई शक्ति प्राप्त हुन्छ। परमेश्वरलाई पुकार्दा तँलाई उहाँको अस्तित्व अनुभूत हुन्छ। अनि, परमेश्वरलाई पुकार्दा तँलाई उहाँको सार्वभौमिकता अनुभूत हुन्छ। जब तैँले परमेश्वरलाई पुकार्छस्, परमेश्वरलाई प्रार्थना गर्छस्, र तेरो जीवन उहाँको हातमा राख्छस्, तब तैँले परमेश्वर तेरो साथमा हुनुहुन्छ, र उहाँले तँलाई त्याग्नुभएको छैन भन्ने अनुभूति गर्नेछस्। जब तैँले परमेश्वरले तँलाई त्याग्नुभएको छैन भन्ने अनुभूति गर्छस्, जब तैँले उहाँ तेरो साथमा हुनुहुन्छ भनेर साँच्चै अनुभूति गर्छस्, तब के तेरो भरोसा बढ्नेछ? यदि तँसँग साँचो भरोसा छ भने, के त्यो समयक्रमसँगै मेटिएर र हराएर जानेछ? त्यस्तो कदापि हुनेछैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो समर्पणद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ)। कठिनाइहरूको सामना गर्दा, हृदयदेखि परमेश्वरलाई पुकार्नुहोस्, र तपाईंले विश्वास र शक्ति पाउनुहुनेछ। मानिसका क्षमताहरू सीमित छन्। हाम्रो शारीरिक आँखाले देख्न सक्नेभन्दा बाहिर हामीले देख्न सक्दैनौँ, त्यसकारण हामी सधैँ हाम्रो नजर अगाडि देखा पर्ने कठिनाइहरूको डर मान्छौँ। परमेश्वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, त्यसकारण, परमेश्वरमा इमानदारिताको साथ भरोसा गर्यौँ भने, परमेश्वरले हामीलाई अगुवाइ गर्नुहुन्छ र हाम्रो कर्तव्य पूरा गर्न हामीलाई सहयोग गर्नुहुन्छ। परमेश्वरको वचनले मलाई विश्वास र शक्ति दियो। विभिन्न कठिनाइहरूको सामना गर्दा म आफ्नो कर्तव्य पूरा गर्नबाट चुक्नु हुँदैनथियो। यी कठिनाइहरूबाट पार पाउनका लागि मैले परमेश्वरलाई प्रार्थना र भरोसा गर्नुपर्थ्यो, अनि आफ्नो कर्तव्य पूरा गर्न अझै धेरै परिश्रम गर्नुपर्थ्यो। त्यसकारण म स्थिर इन्टरनेट कनेक्सन खोज्दै बाहिर सडकमा जान थालेँ, त्यसरी मैले सामान्य रूपमा नै भेलामा सहभागिता जनाउन सक्थेँ। कहिलेकहीँ भेला सञ्चालन गर्दा, म राती ८ बजे सडकमा जान्थेँ, र भेला समाप्त भएपछि राती साढे दश वा एघार बजे मात्रै घर फर्कन्थेँ। घर फर्किँदा मलाई निकै डर लाग्थ्यो किनभने म खतरनाक क्षेत्रमा बस्थेँ, र कसैले मेरो फोन लुटेर लिन्छ भन्ने डर लाग्थ्यो, किनभने मसँग फोन थिएन भने मैले भेला सञ्चालन गर्न वा आफ्नो कर्तव्य पूरा गर्न सक्दिनथिएँ। म परमेश्वरलाई प्रायजसो प्रार्थना गरिरहन्थेँ, र कठिनाइको बेला दृढ रहन सामर्थ्य दिनुहोस् भनेर अनुरोध गरिरहन्थेँ। केही समयपछि नै, मैले एउटा मेसेज पाएँ। एक जना ब्रदरले मेरो अवस्थाको बारेमा थाहा पाएछन् र मलाई यस्तो सन्देश पठाएछन्: “ब्रदर, मलाई थाहा छ, तपाईं अहिले कठिन समस्याबाट गुज्रिरहनुभएको छ, र आफ्नो कर्तव्य पूरा गर्न तपाईं राती बाहिर सडकमा जानुहुन्छ। यो निकै खतरनाक छ। मसँग एउटा बाइक छ, र तपाईंलाई चाहिएको बेला म तपाईंलाई चलाउन दिन सक्छु। यसले गर्दा तपाईंलाई सजिलो हुनेछ।” मैले परमेश्वरप्रति एकदमै आभार महसुस गरें। यी कठिनाइहरूबाट मैले धेरै कुरा सिकेँ, र परमेश्वरमा भरोसा गर्न पनि सिकेँ। मैले परमेश्वर नै सबै थोकमाथि सार्वभौम हुनुहुन्छ, र हरेक व्यक्तिका लागि वातावरण सिर्जना गर्ने परमेश्वर नै हुनुहुन्छ भन्ने मैले महसुस गरेँ। मैले वास्तवमा परमेश्वरका कार्यहरू देखेँ, र परमेश्वरमाथिको मेरो विश्वास पहिलेको भन्दा बलियो हुन पुग्यो। मैले सामना गरेजस्तै कठिनाइहरू अरूले सामना गर्दा, म तिनीहरूलाई परमेश्वरको वचन सुनाउँछु, र तिनीहरूलाई सहयोग गर्न आफ्नै अनुभवको बारेमा सङ्गति गरेर तिनीहरूलाई परमेश्वरमाथि विश्वास गर्न सहयोग गर्छु।
हरेक दिन माछा मारेर घर फर्केपछि, म घरमै बसेर परमेश्वरको वचन पढ्थेँ, र भेला हुने बेला भएपछि, राम्रो इन्टरनेट टिप्ने ठाउँ खोज्न बाइक चढेर बाहिर सडकमा जान्थेँ। हरेक पटक परमेश्वरलाई प्रार्थना गर्दा, मलाई आफ्नो कर्तव्य अझै राम्ररी पूरा गर्न अगुवाइ गर्नुहोस् भनेर प्रार्थना गर्थेँ। मलाई मेरो कठिन परिस्थितिको बारेमा चिन्ता लाग्न छोड्यो। परमेश्वरको इच्छा र मागलाई पालना गर्न म आफ्नो कर्तव्य मात्रै राम्ररी पूरा गर्न चाहन्थेँ। मैले अझै धेरै कठिनाइहरूको सामना गर्नु परे पनि, म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तलाई पालना गर्न, परमेश्वरले मेरो लागि तय गर्नुभएको वातावरणलाई अनुभव गर्न, र परमेश्वरको हृदयलाई सन्तुष्ट पार्ने प्रयास गर्न तयार थिएँ। केही समयपछि, ब्रदर-सिस्टरहरूले मेरो लागि उचित घर खोजी दिन सहयोग गरे जहाँ इन्टरनेट कनेक्सन तुलनात्मक रूपमा अलिक राम्रो थियो। म सर्वशक्तिमान् परमेश्वरप्रति कृतज्ञ भएँ, किनभने यहाँ, मैले आफ्नो कर्तव्य अझै राम्ररी पूरा गर्न सक्थेँ, र परमेश्वरको अगुवाइद्वारा, मैले आफ्नो कर्तव्यमा धेरै प्रगति गरेँ। त्यसपछि, अगुवाले मलाई मैले अझै धेरै कामको जिम्मेवारी लिनुपर्छ, मेरो बोझ अझै ठूलो हुनेछ, गर्नुपर्ने काम अझै धेरै हुनेछ र मैले अझै धेरै ब्रदर-सिस्टरहरूलाई रेखदेख र सहयोग गर्नुपर्छ भनेर बताए। तर मलाई पहिले जस्तो चिन्ता लागेन वा मनमा गुनासो उठेन। मैले परमेश्वरलाई विश्वास र भरोसा गरिरहेँ भने, परमेश्वरले मलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्न अगुवाइ र सहयोग गर्नुहुनेछ।
पछि, मैले परमेश्वरका अझ धेरै वचनहरू पढेँ: “तैँले परमेश्वरका अभिप्रायहरूलाई जति धेरै ख्याल गर्छस्, तैँले त्यति नै बढी बोझ वहन गर्नेछस्, अनि तैँले जति ठूलो बोझ वहन गर्छस्, तेरो अनुभव त्यति नै गहिरो हुनेछ। जब तैँले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, परमेश्वरले तँमाथि एउटा बोझ राखिदिनुहुनेछ, अनि त्यसपछि उहाँले तँलाई सुम्पनुभएका कार्यहरूका सम्बन्धमा तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। जब परमेश्वरले तँलाई यो बोझ दिनुहुन्छ, तब तैँले परमेश्वरका वचनहरू खाने र पिउने क्रममा सम्बन्धित सत्यताहरूलाई विशेष ध्यान दिनेछस्। यदि तँसित दाजुभाइ-दिदीबहिनीहरूको जीवन स्थितिप्रति बोझ छ भने, यो तँलाई परमेश्वरद्वारा सुम्पिएको बोझ हो, अनि तैँले आफ्ना दैनिक प्रार्थनाहरूमा यो बोझलाई सधैँ आफूसँगै बोक्नेछस्। परमेश्वरले जे गर्नुहुन्छ, त्यो तँमाथि लादिएको छ, अनि परमेश्वर जे गर्न चाहनुहुन्छ, तँ त्यो गर्न इच्छुक छस्; परमेश्वरको बोझलाई तेरो आफ्नै बोझका रूपमा लिनु भनेको यही नै हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर)। “धेरैजसो अवस्थाहरूमा, परमेश्वरले दिनुभएका परीक्षाहरू उहाँले मानिसहरूलाई दिनुहुने बोझ हुन्। परमेश्वरले तँमाथि जति नै गह्रौँ बोझ राख्नुभए पनि, त्यो तैँले वहन गर्नुपर्ने बोझ हो, किनभने परमेश्वरले तँलाई बुझ्नुहुन्छ, र तैँले यसलाई बोक्न सक्छस् भन्ने उहाँलाई थाहा छ। परमेश्वरले तँलाई दिनुहुने बोझ तेरो कद वा तेरो सहनशीलताको सीमा नाघ्ने हदको हुनेछैन, र तैँले त्यो वहन गर्न सक्छस् भन्ने कुरामा कुनै सन्देह छैन। परमेश्वरले तँलाई जस्तोसुकै बोझ, जस्तोसुकै परीक्षा दिनुभए पनि, एउटा कुरा याद राख्: तैँले परमेश्वरका अभिप्रायहरूलाई बुझे पनि नबुझे पनि र तैँले प्रार्थना गरेपछि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे पनि नगरे पनि, परमेश्वरले तँलाई यो परीक्षाद्वारा अनुशासनमा राखिरहनुभएको भए पनि वा चेतावनी दिइरहनुभएको भए पनि, तँ यो बुझ्दैनस् भने त्यसले फरक पार्दैन—जबसम्म तँ आफ्नो कर्तव्य निर्वाह गर्दा ढिलाइ गर्दैनस् र तँ बफादारी साथ लागिरहन्छस्, तबसम्म परमेश्वर सन्तुष्ट हुनुहुनेछ, र तँ तेरो गवाहीमा दह्रिलो गरी खडा हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ)। परमेश्वरको वचन पढेर, मैले परमेश्वरले हामीलाई बोक्न नसक्ने भारी बोकाउनुहुन्न, परमेश्वरले हाम्रो कद अनि हामीले के गर्न सक्छौँ सो जान्नुहुन्छ। हामीले परमेश्वरको इच्छालाई पूरा गर्न जति इच्छुक हुन्छौँ र हामीले हाम्रो कर्तव्यमा जति बोझ लिन्छौँ, हाम्रो अनुभव त्यति नै सम्पन्न हुन्छ, परमेश्वरको इच्छा सम्बन्धी हाम्रो बुझाइ त्यति नै गहन हुन्छ। यी कठिनाइहरूबाट गुज्रेपछि, अहिले कठिन परिस्थितिमा मैले आफूलाई र परमेश्वरको कार्यलाई अझै राम्ररी चिन्न सक्छु, र परमेश्वरमाथिको मेरो विश्वास अझै वृद्धि हुन सक्छ। जब मैले यो कर्तव्य पूरा गर्न थालेको थिएँ, त्यो बेला ममा विश्वास थिएन, परमेश्वरलाई प्रार्थना गर्न र उहाँमाथि भरोसा गर्न जान्दिनथेँ, र परमेश्वरको अगुवाइ खोजी गर्दिनथिएँ। म आफ्नो कर्तव्य पूरा गर्न आफ्नै प्रतिभामा भरोसा गर्ने प्रयास गरिरहेको हुन्थेँ। परमेश्वरको वचन पढेपछि र उहाँको इच्छा बुझेपछि, मैले विश्वास पाएँ र आफ्नो कर्तव्यमा परिश्रम गर्न थालेँ। म बारम्बार प्रार्थना गर्छु र परमेश्वरमा भरोसा गर्छु, र म अगुवाहरूसँग खोजी र कुराकानी गर्छु, यसरी आफ्नो कर्तव्य पूरा गर्नका लागि चाहिने सिद्धान्तहरूको बारेमा, साथै मण्डलीको काम गर्ने मार्ग र दिशाहरूको बारेमा सिक्छु। यी कुराहरूबाट गुज्रेपछि, म नकारात्मक स्थितिमा रहिरहन, र मेरो कर्तव्य राम्ररी पूरा गर्न सक्दिनँ जस्तो लाग्न छोडेको छ। हरेक दिन परिस्थितिहरू आइपर्दा, म सत्यताको खोजी गर्न, आफ्नो कर्तव्य लगनशीलताको साथ पूरा गर्न सिक्छु, र कठिनाइहरूको सामना गर्दा, म परमेश्वरलाई प्रार्थना गर्छु, र परमेश्वरले मलाई यी सबै परिस्थिति र कठिनाइहरूबाट गुज्रन अगुवाइ र सहयोग गर्नुहुन्छ। मलाई मेरा समस्या वा तनाव ठूलो लाग्न छोडेको छ। म यी परिस्थितिहरूबाट नगुज्रेको भए, मैले परमेश्वरबाट अन्तर्दृष्टि पाउनेथिइनँ, मसँग यी अनुभूति र प्राप्तिहरू हुनेथिएनन्, साँचो अनुभव पाउनु त परको कुरा हो। त्यस्तो भएको भए, मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेथिइनँ। अहिले मलाई परमेश्वरको यो वचनको अर्थ थाहा भयो: “तैँले परमेश्वरका अभिप्रायहरूलाई जति धेरै ख्याल गर्छस्, तैँले त्यति नै बढी बोझ वहन गर्नेछस्, अनि तैँले जति ठूलो बोझ वहन गर्छस्, तेरो अनुभव त्यति नै गहिरो हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर)। म परमेश्वरको प्रेमको ऋण तिर्न अझै धेरै बोझ लिन तयार छु।
आजभोलि, भेनेजुएलाको आर्थिक, सार्वजनिक सेवा, र इन्टरनेटमा धेरै समस्याहरू छन्। कहिलेकहीँ मलाई तनाव हुने भए पनि, मैले परमेश्वरमा भरोसा गर्न र उहाँको खोजी गर्न, अनि उहाँमा विश्वास गर्न सिकेको छु। मैले यी कठिनाइहरूको सामना नगरेको भए, मैले आफ्नो कर्तव्य पूरा गर्नुको महत्त्वलाई वा कठिनाइको बीचमा कसरी परमेश्वरको खोजी गर्ने भन्ने कुरा बुझ्नेथिइनँ। मलाई यी कुराहरू सिक्न र यो ज्ञान हासिल गर्न सहयोग गर्नुभएकोमा परमेश्वरलाई धन्यवाद।
जियाओसुआन, चीनडिसेम्बर ३१, २०२२, शनिबार, घमाइलो दिनसमय कति छिटो बितेको। म भिडियो कामको सुपरभाइजर बनेको दुई महिना भइसकेछ, र मलाई थाहा समेत...
सन् २०२१ मे महिनामा, म मण्डली अगुवा चुनिएँ र मुख्यगरी भिडियोको कामको प्रभारी बनाइएँ। यो कर्तव्य निर्वाह गर्नेबारे म अलिक चिन्तित भएँ र...
मेङ हान, चीनसन् २०२३ मा, म क्षेत्रीय अगुवाको रूपमा चुनिएँ। मलाई ठूलो जिम्मेवारी बोकेको महसुस भयो। म हरेक दिन विभिन्न मण्डलीहरूमा धाउँथे, र...
केही समयअघि मैले एउटा पत्र पाएँ जुन एउटी सिस्टरले एकजना अगुवा र दुईजना डिकनहरूको बारेमा दिएको उजुरी थियो। तिनले अगुवा सिस्टर शिनले...