अपरिहार्य कर्तव्य

25 फेब्रुअरी 2023

सेप्टेम्‍बर २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। त्यसपछि, मैले भेलाहरूमा निरन्तर सहभागिता जनाउन थालेँ र आफूले नबुझेको कुनै पनि कुराको बारेमा मेरा ब्रदर-सिस्टरहरूलाई सोध्थेँ। म परमेश्‍वरका वचनहरू सम्‍बन्धी आफ्‍नो बुझाइको बारेमा पनि सक्रिय रूपमा सङ्गति गर्थेँ र अरूलाई पनि सङ्गति गर्न प्रोत्साहन दिन्थेँ। एक पटक, समूह अगुवाले मलाई भने: “भेलाहरूमा तपाईंलाई एकदम राम्रो सङ्गति गर्नुहुन्छ र तपाईंसँग राम्रो बुझाइ छ, त्यसकारण तपाईं भेलाहरू संचालन गर्न इच्छुक हुनुहुन्छ?” मलाई त विश्‍वासै लागेन: उनले मलाई भेलाहरू संचालन गर्न लगाउन चाहन्छिन्? मैले लामो समयदेखि यो मौकाको प्रतीक्षा गरिरहेकी थिएँ। प्रभुमा विश्‍वास गरेपछि, मलाई प्रचारमा यता-उता जाने मानिसहरूप्रति सधैँ डाहा लाग्थ्यो। मलाई त पाष्टर समेत बन्‍न मन लाग्थ्यो ताकि एक दिन मैले पनि अल्गो मञ्‍चमा बसेर तिनीहरूले जस्तै प्रवचनहरू प्रचार गर्न सकूँ, अनि अरूको आदर र प्रशंसा पाउन सकूँ। मेरो सपना बल्‍ल पुरा भयो भनेर मैले विश्‍वासै गर्न सकिनँ। भेला भएकाहरूमध्ये संचालकको रूपमा छनौट हुने म मात्रै थिएँ र यसको अर्थ म अरू सबैभन्दा सिपालु छु भन्‍ने मलाई लाग्यो। मलाई निकै सौभाग्यशाली महसुस भयो र मैले अलिकति पनि नहिचकिचाइकन यो प्रस्ताव स्वीकार गरेँ। मैले अग्रिम रूपमा नै भेलाहरूको लागि तयार गर्ने, ब्रदर-सिस्टरहरूको समस्या थाहा पाउने बित्तिकै ती समाधान गर्ने, र समाधान गर्न सकिनँ भने, समूह अगुवालाई सहयोगको लागि अनुरोध गर्ने अठोट गरेँ। त्यसको केही समयपछि, समूह अगुवाले मलाई मैले संचालन गर्ने काम राम्ररी गरिरहेकी छु र मप्रति उनमा अझै आत्मविश्‍वास बढेको कुरा बताइन्। मलाई निकै गर्व लाग्यो। पछि, कामको निश्‍चित आवश्यकताहरूको कारण, मण्डली अगुवा सिस्टर इभीले मलाई सुसमाचार प्रचार अभ्यास गर्ने काम दिइन्। मेरो मुख्य जिम्‍मेवारी भनेको मानिसहरूलाई प्रवचनहरू सुन्‍न बोलाउनु थियो। मैले यो कुरालाई स्वीकार गर्न सकिनँ किनभने सुसमाचार प्रचार गर्ने व्यक्तिको हैसियत संचालकको भन्दा सानो हुन्छ भन्‍ने मलाई लाग्थ्यो। संचालकहरूलाई अगुवाहरूको रूपमा लिइन्छ—यो पदले मलाई अरूलाई अगुवाइ गर्ने र आफूलाई पृथक देखाउने मौका दिएको थियो, तर मानिसहरूलाई प्रवचन सुन्‍न निमन्त्रणा दिनु पर्दा पछाडिको काम थियो र अरूले यस कुरालाई ध्यान दिँदैनथिए। मैले मनमनै गुनासो गरेँ: “मलाई किन यो काम सुम्पियो? के म जति सिपालु हुनु पर्ने हो त्यति छैन?” मैले यो कुरा बुझ्‍नै सकेकी थिइनँ। म अगुवाप्रति पूर्वाग्रही पनि बनेँ र उनले मलाई कमको ठान्छिन् भन्‍ने सोचेँ। उनले मलाई सुसमाचार सुनाउन परमेश्‍वरको आज्ञा हो र यो हरेक व्यक्तिले पूरा गर्नुपर्ने कर्तव्य हो भनेर सङ्गति दिइन्। त्यसपछि मात्रै मैले मन नभइ-नभइ यो काम स्वीकार गरेँ। तर सुसमाचार प्रचार गर्दा मेरो मन त्यहाँ हुँदैनथियो र म सधैँ भेलाहरू संचालन गर्न फर्केर जान चाहन्थेँ। मलाई त सुसमाचार सुनाउने काम मेरो लागि उचित काम होइन, र मैले भेला संचालन नै अझै राम्ररी गर्न सक्छु भन्‍ने समेत लाग्थ्यो।

तर अचम्‍मको कुरो, एक दिन, माथिल्‍लो स्तरका एक जना अगुवाले मलाई भने: “मसँग खुशीको खबर छ, तपाईंलाई मण्डली अगुवाको रूपमा छनौट गरिएको छ।” म छक्‍क परेँ। मैले अझै सत्यता बुझेकी थिइनँ, त्यसकारण मैले कसरी यस्तो महत्त्वपूर्ण भूमिका लिन सक्थेँ र? तर यो परमेश्‍वरले मलाई गर्नुभएको उत्थान हो भन्‍ने मलाई थाहा थियो, त्यसकारण मैले यसलाई स्वीकार गरेँ। पछि, अगुवाले मलाई म सुसमाचार कामको लागि मात्रै मुख्य रूपमा जिम्‍मेवार हुनेछु भनेर बताए। मैले “सुसमाचारको काम” भन्‍ने शब्‍द सुन्‍ने बित्तिकै, मलाई झट्टै के सोच आयो भने यो अझै पनि त्यति महत्त्व नभएको कर्तव्य हो। यसमा सत्यताको खोजी गर्नेहरूलाई सङ्गति दिने काम मात्रै समावेश हुन्छ, यसले मलाई चर्चित बन्‍न सहयोग गर्दैन। मैले फेरि पनि मनमनै गुनासो गर्न थालेँ र अटेरी बन्‍न मन लागिरहेको थियो। मलाई सुसमाचार सुनाउने कामको इन्‍चार्ज हुन मन थिएन। पछि, आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा मैले भेलाहरू संचालन गर्ने कार्यमा मात्रै ध्यान दिन्थेँ र सुसमाचार सुनाउने काममा त्यति ध्यान दिँदिनथिएँ। माथिल्‍लो स्तरका अगुवाले सुसमाचार सुनाउने कामको बारेमा सोध्दा, मैले केही बुझेकी हुँदिनथिएँ र भन्‍ने कुरा केही हुँदैनथियो। मण्डलीले सुसमाचारको काममा त्यति राम्रा परिणामहरू प्राप्त नगर्नु र ब्रदर-सिस्टरहरूलाई सुसमाचार प्रचार कसरी गर्ने भन्‍ने थाहा नहुनु मेरो हेलचेक्र्याइँको कारणले गर्दा हो भन्‍ने मलाई थाहा थियो। मलाई अत्यन्तै नरमाइलो लाग्यो। पछि, मैले मेरो स्थितको बारेमा अगुवाहरूलाई खुलस्त बताएँ र तिनीहरूले मलाई सङ्गति प्रदान गरे र यो परिस्थितिलाई कसरी समाधान गर्ने त्यसको बारेमा छलफल गरे। अघि बढ्ने क्रममा सुसमाचारको काममा अझै धेरै ध्यान दिन पनि तिनीहरूले मलाई अनुरोध गरे। मलाई निकै दोषी महसुस भयो। अगुवाको रूपमा, मैले सुसमाचार कार्यमा बोझ लिनुपर्थ्यो, तर मैले आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी लिन सकिनँ जसको परिणाम स्वरूप, सुसमाचार कार्यमा हामीले त्यति राम्रो परिणाम हासिल गरेनौँ। यो महसुस गरेपछि, मलाई नरमाइलो महसुस भयो।

एउटा भेलामा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेटेँ जसले मलाई आफ्‍नो बारेमा केही बुझाइ प्राप्त गर्न सहयोग गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छ, “तेरो मनोवृत्तिलाई सही र परमेश्‍वरको इच्छाअनुरूपको भनेर भन्‍न मिल्नको लागि तँमा आफ्नो कर्तव्यप्रति कस्तो मनोवृत्ति हुनुपर्छ? पहिलो, त्यो कोद्वारा प्रबन्ध गरिएको हो, यो कुन स्तरका अगुवाहरूद्वारा खटाइएको हो भनी तैँले छानबिन गर्नु हुँदैन—तैँले त्यसलाई परमेश्‍वरबाट पाएको भनी स्वीकार गर्नुपर्छ। तैँले यसलाई विश्‍लेषण गर्न सक्दैनस्, तैँले यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ। यो एउटा सर्त हो। यसबाहेक, तेरो कर्तव्य जेसुकै भए पनि, तिनलाई ठूलो र सानो भनेर नछुट्या। मानौं तैँले यसो भन्छस्, ‘यो काम परमेश्‍वरबाट आएको आज्ञा र परमेश्‍वरको घरको काम भए पनि, यदि मैले यो काम गरेँ भने, मानिसहरूले मलाई तुच्‍छ नजरले हेर्न सक्छन्। अन्य व्यक्तिहरूले भने आफूलाई अरूभन्दा उच्‍च देखाउने काम गर्न पाउँछन्। मलाई भने अरूभन्दा माथि देखिन नदिने, बरु पर्दापछाडि मेहनत गर्न लगाउने काम दिइएको छ, यो त अन्याय भो! म यो कर्तव्य निर्वाह गर्दिनँ। मेरो कर्तव्य त्यस्तो हुनुपर्छ जसले मलाई अरूभन्दा माथि देखाउँछ र मलाई मेरो नाम राख्‍न दिन्छ—र मैले मेरो आफ्‍नै नाम नराखे पनि वा मलाई माथि नदेखाए पनि, मैले यसबाट लाभ प्राप्त गर्नुपर्छ र शारीरिक रूपमा सहजताको अनुभूति गर्नुपर्छ।’ के यो स्वीकार्य मनोवृत्ति हो त? यो वा त्यो भन्दै छनौट गर्नु परमेश्‍वरबाट आउने कुरालाई स्वीकार गर्नु होइन; यो त तेरा आफ्‍नै रुचिहरूअनुसार छनौट गर्नु हो। यो तेरो कर्तव्यलाई स्वीकार गर्नु होइन; यो तेरो कर्तव्यलाई इन्कार गर्नु हो, तेरो विद्रोहीपनको प्रकटीकरण हो। त्यस्तो छनौट गर्ने कार्यमा तेरा व्यक्तिगत रुचि र इच्‍छाहरू मिसिएका हुन्छन्; जब तैँले तेरा आफ्‍नै लाभहरू, तेरो प्रतिष्ठा, आदि इत्यादि कुरालाई ध्यान दिइरहेको हुन्छस्, तब कर्तव्यप्रतिको तेरो मनोवृत्ति समर्पित हुँदैन। तँसँग कर्तव्यप्रतिको कस्तो मनोवृत्ति हुनुपर्छ? पहिलो, तैँले यसलाई विश्‍लेषण गर्नु हुँदैन, न त कसले तँलाई यो कर्तव्य दिएको हो भन्‍ने नै विचार गर्नु हुन्छ; बरु, तैँले यसलाई परमेश्‍वरबाट आएको, परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्यको रूपमा स्वीकार गर्नुपर्छ, र तैँले परमेश्‍वरका बन्दोबस्तहरूलाई पालना गर्नुपर्छ, र परमेश्‍वरबाट आएको कर्तव्यलाई स्वीकार गर्नुपर्छ। दोस्रो, ठूलो र सानो भनेर छुट्याउनु हुँदैन, र यसले तँलाई अरूभन्दा राम्रो देखाए पनि नदेखाए पनि, यसलाई सबैले देख्‍ने गरी गरिए पनि वा पर्दापछाडि गरिए पनि, तैँले यसको प्रकृतिको बारेमा चिन्ता गर्नु हुँदैन। यी कुराहरूको बारेमा विचार नगर्। अर्को मनोवृत्ति पनि छ: र त्यो आज्ञापालन र सक्रिय सहकार्य हो(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले बढी वा कम महत्त्वको कर्तव्य भन्‍ने हुँदैन भन्‍ने महसुस गरेँ। परमेश्‍वरको नजरमा, मण्डलीमा हामीले जुन काम गरे पनि, हामी सबैले सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गरिरहेका हुन्छौँ। हामीले बढी वा कम महत्त्वको कर्तव्य भनेर छुट्याउनु हुँदैन र ती कर्तव्यलाई व्यक्तिबाट आएको भनेर लिनु हुँदैन। किनभने ती हामीले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरू हुन्। आफ्‍नो बारेमा मनन गर्ने क्रममा, मैले आफ्‍नै इच्‍छाहरूलाई प्राथमिकता दिइरहेकी छु, र मलाई अरूभन्दा राम्रो देखाउने कामहरू मात्रै छनौट गरिरहेकी छु भन्‍ने थाहा भयो। हरेक पटक मलाई मन नपर्ने र मलाई पृथक नदेखाउने काम पाउँदा, म यसलाई स्वीकार गर्दिनथिएँ र मनमनै अटेर बनेर गुनासो गर्थेँ। जब अगुवाले मलाई भेलाहरू संचालन गर्ने काम दिए, तब मलाई त्यो काम मन परेकोले, अनि मेरो इच्‍छालाई सन्तुष्ट पार्ने भएकोले र म आफूलाई पृथक तुल्याउने मौका दिएकोले, म खुशी थिएँ र कर्तव्यमा धेरै परिश्रम गरेँ। तर जब अगुवाले मलाई सुसमाचार सुनाउन लगाए, तब मैले उनलाई नराम्रो सोचेँ किनभने त्यो कर्तव्यले मलाई पृथक देखाउन सहयोग गर्दैनथियो, र मलाई उनले कमको ठान्छिन् भन्‍ने सोचेँ, त्यसकारण म निराश, दुःखित भएँ र उनीप्रति पूर्वाग्रही पनि भएँ। आफूले लिने कर्तव्यमा म निकै छनौट गर्ने व्यक्ति बनेँ, परमेश्‍वरबाट आएको कुरालाई स्वीकार गरिनँ र साँचो रूपमा समर्पित भइनँ। आफ्‍नो कर्तव्यप्रति ममा गलत दृष्टिकोण भएको हुनाले, म आफ्‍नो सुसमाचारको काममा लापरवाही भएँ र त्यस काममा त्यति ध्यान दिइनँ। परिणाम स्वरूप, हामीले नराम्रो नतिजा प्राप्त गर्‍यौँ र सुसमाचारको काममा प्रत्यक्ष रूपमा ढिलाइ भयो। मैले मेरो शैलीहरूमा रहेको गल्तीलाई महसुस गरेँ। मलाई जुन कर्तव्य दिइए पनि र मलाई यो मन परे पनि, नपरे पनि, मण्डलीको कामको लागि यसको आवश्यकता छ भने, म समर्पित भएर यसमा सक्दो लागिपर्नुपर्छ। मैले ध्यान दिनुपर्ने पहिलो कुरा यही हुनुपर्थ्यो, तर म सधैँ मेरा आफ्‍नै इच्‍छाहरूका आधारमा कर्तव्यहरूको बारेमा सोच्थेँ। म साँच्‍चै नै अनाज्ञाकारी र विश्‍वासघाती थिएँ। परमेश्‍वर धन्यवाद! परमेश्‍वरका वचनहरूको यो खण्ड पढेर मैले आफ्‍नो भ्रष्टतालाई पहिचान गरेकोमा मलाई निकै खुशी लाग्यो। मैले यो सङ्कल्‍प गरेँ: मलाई जुन कर्तव्य दिइए पनि, म यसमा समर्पित हुनेछु।

मैले मेरा विचारहरूलाई शान्त पारेँ र आफैलाई सोधेँ: किन मेरो कर्तव्यले मेरो इच्‍छा र चासोहरूलाई सन्तुष्ट पार्छ र मलाई पृथक हुन सहयोग गर्छ भने, म परमेश्‍वरलाई धन्यवाद दिन्छु, तर मलाई कर्तव्य मन परेन भने, म पूरा गर्न अनिच्छुक हुन्छ र गुनासो गर्ने र भनेको नमान्‍ने समेत गर्छु? मैले यसको उत्तर परमेश्‍वरका वचनहरूमा भेट्टाएँ। परमेश्‍वरका वचनहरूले भन्छ, “ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै हदसम्म पुग्छ, र यो तिनीहरूको स्वभाव र सारभित्रै हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीले गर्ने हरेक कामकुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै हैसियत र प्रतिष्ठा हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीको लागि, हैसियत र प्रतिष्ठा उसको जीवन हो, र उसको जीवनभरिको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कामकुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियतलाई के हुनेछ? अनि मेरो प्रतिष्ठालाई के हुनेछ? के यो काम गर्दा यसले मलाई प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलो पटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; तिनीहरूले यी समस्याहरूलाई अन्यथा सोच्दैनन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीको लागि, हैसियत र प्रतिष्ठा केही अतिरिक्त आवश्यकता होइनन्, यी कुराहरू तिनीहरूको लागि नहुँदा पनि हुने बाह्य वस्तुहरू हुने कुरा त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले हैसियत र प्रतिष्ठा धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? हैसियत र प्रतिष्ठा घनिष्ट रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा प्रयत्न गरिरहेको कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूको लागि, हैसियत र प्रतिष्ठा तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जेसुकैको लागि प्रयत्न गरे पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जेसुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च पद प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यसलाई कहिल्यै पनि पन्छ्याउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको साँचो सार यही हो(वचन, खण्ड ३, ख्रीष्ट विरोधीहरूको पर्दाफास, विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन))। परमेश्‍वरका वचनहरूबाट मैले ख्रीष्ट-विरोधीहरू कसरी प्रतिष्ठा र हैसियतको लोभ गर्छन् भन्‍ने थाहा पाएँ। तिनीहरू सधैँ अरू सबैभन्दा माथि हुन र मानिसहरूको हृदयमा स्थान पाउन चाहन्छन्। परिस्‍थिति जेसुकै भए पनि, तिनीहरूले ध्यान दिने पहिलो कुरा भनेको तिनीहरूले अरूको आदर र प्रशंसा पाउन सक्छन् कि सक्दैनन् भन्‍ने हो। सामान्य मानिसहरूले प्रतिष्ठा र हैसियत पाएनन् भने तिनीहरू अलिक निराश हुन सक्छन्, तर ख्रीष्ट-विरोधीहरूको हकमा भन्दा, तिनीहरू हलचल गर्नै सक्दैनन् र तिनीहरूलाई निकै कष्ट हुन्छ, यहाँसम्‍म किन तिनीहरूलाई जिउन समेत गाह्रो हुन्छ। ख्रीष्ट-विरोधीहरूका हकमा, प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन जिउने आधार नै हुन्छ। मेरो पनि स्वभाव यस्तै थियो: म सधैँ प्रतिष्ठा, हैसियत, अनि अरूको प्रशंसा कमाउन चाहने स्वभाव। मेरा दाजुभाइ-दिदीबहिनीहरूका बीचमा म सधैँ आमाबुबाको प्यारो बन्‍न चाहन्थेँ। मेरा साथीहरूका बीचमा, म सबैभन्दा चर्चित बन्‍न चाहन्थेँ। स्कूलमा, म मेरा शिक्षकहरूको अनुमोदन प्राप्त गर्न चाहन्थेँ र प्रभुका विश्‍वासीको रूपमा, म प्रचारकहरू जस्तो बनेर भीडहरूका बीचमा प्रवचन दिन र सबैको सम्‍मान पाउन चाहन्थेँ। परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेपछि, मैले अझै पनि उस्तै कुराको खोजी गरिरहेकी थिएँ: भेलाहरू संचालन गरेर मैले आफूलाई प्रमाणित गर्न, अरूको प्रशंसा पाउन र अगुवाहरूद्वारा सम्‍मान पाउन सक्छु भन्‍ने मलाई लाग्थ्यो। त्यसकारण जब मलाई भेलाहरू संचालन गर्ने काम दिइयो, तब मलाई निकै खुशी लाग्यो र सबैको सम्‍मान र प्रशंसा पाउँदाको अनुभूति मलाई मन पर्‍यो। तर सुसमाचार सुनाउने काम पर्दा पछाडि गरिने अनि कसैले ध्यान नदिने कर्तव्य थियो। मलाई “अगुवा” को पद नै दिइए पनि, म यसलाई स्वीकार गर्दिनथिएँ, किनभने मलाई यो त्यति महत्त्वपूर्ण काम होइन भन्‍ने लाग्थ्यो, र म कहिले भेलाहरू संचालन गर्ने काममा फर्कन पाउँछु भनेर सधैँ सोचिरहन्थेँ। मेरो इच्‍छा पूरा नभएपछि, मैले आफ्‍नो कर्तव्यमा लापरवाही व्यवहार गर्न थालेँ, जसले गर्दा सुसमाचारको कामको परिणाम त्यति राम्रो आएन। विगतमा, आफ्‍नो कर्तव्यमा सक्दो लागिपर्ने मेरा सबै प्रार्थना साँचो र इमानदार शब्‍दहरू थिएनछन्—मैले त परमेश्‍वरलाई छल गरिरहेकी थिएछु! मैले आफ्‍नो हैसियत र प्रतिष्ठा कायम राख्‍न, र ब्रदर-सिस्टरहरूको सम्‍मान पाउनको लागि मात्रै आफ्‍नो कर्तव्य पूरा गरिरहेकी थिएछु, परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि होइन। मैले मेरो ख्रीष्ट-विरोधी स्वभावलाई प्रकट गरिरहेकी र परमेश्‍वरलाई विरोध गर्ने मार्गमा हिँडिरहेकी थिएँ। यो सबै महसुस गरेपछि, मलाई निकै डर लाग्यो। कस्तो खतरनाक कुरा! मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ: “प्रिय परमेश्‍वर, म अत्यन्तै खतरनाक स्थानमा छु—प्रतिष्ठा र हैसियतको खोजी गर्दै म गलत मार्गमा लागेको रहेछु। म पश्‍चात्ताप गर्न र तपाईंको मुक्तिको लागि प्रार्थना गर्न तयार छु।”

एउटा भेलामा मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ जुन खण्डले मलाई सुसमाचार कार्य सम्‍बन्धी मेरो गलत दृष्टिकोणलाई सुधार गर्न सहयोग गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छ, “म सबै मानिसहरूलाई चेतावनी दिँदै के भन्छु भने, र यो सबैले जानून् कि, सुसमाचार प्रचार गर्नु भनेको एक प्रकारको मानिसहरू वा समूहको विशेष काम होइन; यो परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिको काम हो। मैले किन मानिसहरूलाई सत्यताको यो पक्षबारे बुझाउनुपर्छ? अनि तिनीहरूले यो कुरा किन जान्‍नुपर्छ? किनभने वृद्ध होस् वा जवान, पुरुष होस् वा महिला, सुसमाचार सुनाउनु भनेको सृष्टि गरिएको हरेक प्राणी र परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिको मिसन र काम हो। यदि यो मिसन तकहाँ आयो र तैँले समर्पित हुनुपर्ने, मूल्य चुकाउनुपर्ने र आफ्‍नो देह नै चढाउनुपर्ने भयो भने, तैँले के गर्नुपर्छ? तैँले त्यसलाई स्वीकार गर्नुपर्छ, किनकि त्यसो गर्नु तेरो कर्तव्यमा हो। सत्यता यही हो, र तैँले बुझ्‍नुपर्ने कुरा यही हो। यो धर्मसिद्धान्तको सामान्य चोइटा होइन; यो त सत्यता हो। अनि केले यसलाई सत्यता तुल्याउँछ? समय जे-जसरी व्यतीत भएर गए पनि, वा युगहरू जसरी परिवर्तन भए पनि, वा भूगोल र अन्तरिक्ष जसरी परिवर्तन भए पनि, सुसमाचार प्रचार गर्नु र परमेश्‍वरको गवाही दिनु अनन्त रूपमा सकारात्मक कुरा हो; यसको अर्थ र मूल्य अपरिवर्तनीय छन्। यो समयको अन्तराल वा भौगोलिक स्थानद्वारा परिवर्तन हुँदैन। यो अनन्त रूपमै अस्तित्वमा रहन्छ, र यो सृष्टि गरिएको हरेक प्राणीले स्वीकार र अभ्यास गर्नुपर्ने कुरा हो। यो अनन्त सत्यता हो। कतिपय मानिसहरू भन्छन्, ‘मैले सुसमाचार प्रचार गर्ने कर्तव्य निर्वाह गरिरहेको छुइनँ।’ तर पनि, सुसमाचार प्रचार गर्नेसम्‍बन्धी सत्यता मानिसहरूले बुझ्‍नुपर्ने सत्यता हो। यो दर्शनहरूभित्र पर्ने सत्यता भएको हुनाले, परमेश्‍वरका सबै विश्‍वासीहरूले यसलाई बुझ्‍नुपर्छ; यो परमेश्‍वरमाथिको व्यक्तिको विश्‍वासको जरा गडाउने कुरा हो, र यसले व्यक्तिको जीवन प्रवेशलाई फाइदा पुर्‍याउँछ। यसको साथै, तेरो व्यवहार अविश्‍वासीहरूमाझ हुन्छ, त्यसैले तेरो कर्तव्य जेसुकै भए पनि, सुसमाचार फैलाउनु तेरो जिम्‍मेवारी हो। तैँले सुसमाचार फैलाउनेसम्बन्धी सत्यता बुझेपछि, तँलाई तेरो हृदयमा यो कुरा थाहा हुनेछ: ‘मानिसहरूलाई मुक्ति दिन परमेश्‍वरको नयाँ कामको प्रचार गर्नु र उहाँको कामको सुसमाचार प्रचार गर्नु मेरो काम हो; स्थान र समय जेसुकै भए पनि, मेरो पद वा भूमिका वा मैले अहिले निर्वाह गरिरहेको कर्तव्य जे भए पनि, परमेश्‍वरको नयाँ कामको शुभ समाचार सुनाउन जानु मेरो दायित्व हो। जब-जब मसँग अवसर वा समय हुन्छ सुसमचार सुनाउनु मेरो कर्तव्य हो।’ के यो धेरैजसो मानिसहरूको मनमा हुने विचार हो? (होइन।) धेरैजसो मानिसहरूले के विचार गर्छन्? ‘अहिले मेरो निश्‍चित कर्तव्य छ; अहिले म अध्ययन गरिरहेको छु र निश्‍चित पेशा र विशेषज्ञताको लागि लागिपरेको छु, त्यसकारण सुसमाचार सुनाउने कार्यसँग मेरो कुनै सम्‍बन्ध छैन।’ यो कस्तो प्रकारको मनोवृत्ति हो? यो आफ्‍नो जिम्‍मेवारी र मिसनबाट पछि हट्ने मनोवृत्ति हो, यो एक नकारात्मक मनोवृत्ति हो, र त्यस्तो व्यक्तिले परमेश्‍वरको इच्‍छा बुझ्दैन र उहाँप्रति अनाज्ञाकारी हुन्छ। तँ जोसुकै भए पनि, यदि तँमा सुसमाचार फैलाउने बोझको बोध हुँदैन भने, के तैँले विवेक र समझको कमी देखाइरहेको हुँदैनस् र? यदि तँ सहकार्य गर्न, जिम्‍मेवारी लिन, र समर्पित हुनमा उत्साहित र सक्रिय छैनस् भने, तैँले नकारात्मक र निष्क्रिय रूपमा प्रतिक्रिया मात्रै दिइरहेको हुन्छस्। यो तँमा नहुनुपर्ने मनोवृत्ति हो। तँ जुनसुकै कर्तव्यमा संलग्‍न भए पनि, र तेरो कर्तव्यमा जस्तो काम वा विशेषज्ञता संलग्‍न भए पनि, तेरो कामका सबै फलहरूको एक महत्त्वपूर्ण पक्ष भनेको मानवजातिलाई मुक्ति दिन सुसमाचार प्रचार गर्नु र परमेश्‍वरको कामको सुसमाचारको गवाही दिनु हो। यो सृष्टि गरिएको प्राणीले गर्नुपर्ने न्यूनतम काम हो(वचन, खण्ड ३, ख्रीष्ट विरोधीहरूको पर्दाफास, विषयवस्तु १: तिनीहरू मानिसहरूलाई जित्ने कोसिस गर्छन्)। परमेश्‍वरका वचनहरू पढेपछि, म रुन थालेँ—मलाई पछुतो लाग्यो। परमेश्‍वरका वचनहरूले मलाई स्पष्ट रूपमा के देखाए भने सुसमाचार प्रचार गर्नु परमेश्‍वरको आज्ञा हो र कसैले पनि इन्कार गर्न नमिल्‍ने कर्तव्य र मिसन हो। मण्डलीमा, हामीले जुनसुकै कर्तव्य पूरा गरे पनि, हाम्रो अन्तिम उद्देश्य उही हुन्छ: सुसमाचार फैलाउनु। जहाँसम्‍म मेरो कुरा छ, मलाई सुसमाचार प्रचार गर्न मन पर्दैनथियो र सुसमाचारको काममा मैले कुनै भूमिका खेल्‍नु पर्दैन भनेर समेत गलत रूपमा सोच्‍ने गर्थेँ। सोच्थेँ, मैले भेलाहरू संचालन गरेँ र ब्रदर-सिस्टरहरूलाई मलजल गरेँ भने, मैले आफ्‍नो कर्तव्य पूरा गरिरहेकी हुन्छु र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउँछु। सुसमाचारको काम कति महत्त्वपूर्ण छ भन्‍ने कुरा मैले बुझेकी नै थिइनँ। त्यसपछि मात्रै मलाई सुसमाचार फैलाउने काम परमेश्‍वरको अत्यावश्यक काम हो भन्‍ने महसुस भयो। सुसमाचारको काम मानवजातिलाई मुक्ति दिने, परमेश्‍वरको गवाही प्रत्यक्ष रूपमा सुनाउने, मानिसहरूलाई परमेश्‍वरको काम बुझ्‍न र मुक्ति पाउन उहाँको अघि आउन सहयोग गर्ने काम हो। यो साँच्‍चै नै अर्थपूर्ण कार्य हो। तर ममा परमेश्‍वरको गवाही दिने मन थिएन र मैले आफ्‍नो कर्तव्यमा अलिकति पनि बोझ लिइनँ। जब अगुवाले मलाई सुसमाचार सुनाउन लगाए, मैले अटेर गरेँ, इन्कार गरेँ र म आफ्‍नो जिम्‍मेवारीबाट पछि हटेँ। ममा विवेक र तर्कशक्तिको कमी थियो! यदि मलाई कसैले पनि सुसमाचार सुनाउन नबोलाएको भए, मलाई सुसमाचार नसुनाएको भए र परमेश्‍वरको गवाही नदिएको भए, मैले कहिल्यै पनि परमेश्‍वरको आवाज सुन्‍नेथिइनँ र सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्ने मौका पाउनेथिइनँ। यदि मैले सुसमाचार सुनाउन आफ्‍नो कर्तव्य पूरा गर्न सकिनँ तर अल्याङटल्याङ मात्रै गरेँ भने, परमेश्‍वरले मलाई आफ्‍नो विश्‍वासी र अनुयायीको रूपमा लिनुहुन्‍नथियो, र उहाँले ममा विवेक र मानवताको कमी छ भनेर सोच्‍नुहुनेथियो। मैले सुसमाचार सुनाउने मेरो जिम्‍मेवारीबाट म पछि हटेँ र यसलाई इन्कार गरेँ र भेलाहरू संचालन गर्ने कार्यमा ध्यान दिन सुसमाचारको कार्यलाई त्याग्‍न समेत चाहेँ। यसको बारेमा अहिले सोच्दा, त्यो निकै ठूलो गल्ती थिएछ भन्‍ने महसुस हुन्छ। मलाई नोआको बारेमा याद आयो: परमेश्‍वरका वचनहरू सुन्दा नोआले कुनै शङ्का गरेनन् र तिनले आफ्‍नै इच्‍छाहरूको बारेमा सोचेनन्। तिनले परमेश्‍वरलाई सन्तुष्ट पार्न, उहाँको इच्‍छा मान्‍न र परमेश्‍वरका आज्ञाहरू अनुसार ठूलो जहाज बनाउन मात्रै चाहन्थे। तिनले सुसमाचार सुनाउन पनि सक्दो प्रयास गरे। मलाई नोआको अनुभवबाट निकै उत्प्रेरणा मिल्यो। मैले परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुने र नोआले जस्तै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने चाहना गरेँ। मलाई सत्यताको यो पक्ष बुझ्‍न र मेरो भ्रष्टतालाई पहिचान गर्न सहयोग गर्नुभएकोमा मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद दिएँ। म पश्‍चात्ताप गर्न तयार भएँ र मलाई जुनसुकै काम दिइए पनि, सुसमाचार सुनाउन तयार भएँ!

त्यसपछि, मैले सुसमाचार सुनाउने काममा ध्यान दिन थालेँ। मसँग त्यति धेरै अनुभव थिएन, र फरक-फरक प्रकारका मानिसहरूसँग सङ्गति गर्नु मेरो लागि चुनौतीपूर्ण थियो। तिनीहरूले मलाई इन्कार गर्न सक्थे वा मैले हरप्रकारका कठिनाइहरू सामना गर्न सक्थेँ, तर मैले हरे खानु हुँदैनथियो। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “तँ जुनसुकै कर्तव्यमा संलग्‍न भए पनि, र तेरो कर्तव्यमा जस्तो काम वा विशेषज्ञता संलग्‍न भए पनि, तेरो कामका सबै फलहरूको एक महत्त्वपूर्ण पक्ष भनेको मानवजातिलाई मुक्ति दिन सुसमाचार प्रचार गर्नु र परमेश्‍वरको कामको सुसमाचारको गवाही दिनु हो। यो सृष्टि गरिएको प्राणीले गर्नुपर्ने न्यूनतम काम हो(वचन, खण्ड ३, ख्रीष्ट विरोधीहरूको पर्दाफास, विषयवस्तु १: तिनीहरू मानिसहरूलाई जित्ने कोसिस गर्छन्)। यो खण्डले मलाई साँच्‍चै नै उत्साहित तुल्यायो। मेरो दिइएको कर्तव्य एक जिम्‍मेवारी थियो। म समर्पित हुन तयार भएँ। कठिनाइहरू हुन सक्छन्, तर मैले इमानदारिताको साथ परमेश्‍वरलाई प्रार्थना गरेँ भने, उहाँले अगुवाइ गर्नुहुन्छ भन्‍ने मलाई थाहा थियो। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इमानदार व्यक्ति बनेर मैले के पाएँ

एक दिन, एक जना अगुवाले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने म इन्‍चार्ज रहेको मण्डलीको काम कसरी अघि बढिरहेको छ भनेर सोधिन्। के भन्‍ने मलाई थाहा...

म यी अध्ययनहरूको पछि लाग्दिनँ

मेरो जन्‍म इसाई परिवारमा भएको हो। मेरा आमाबुबा दुवै किसान हुनुहुन्छ। मेरो परिवारले सागसब्‍जी र धान खेती गरेर जीविकोपार्जन गर्छ। विद्यालयमा...

म अब जिम्‍मेवारीदेखि डराउँदिनँ

चेङ्ग नुओ, चीनईश्वी सम्वत् २०२० नोभेम्बर महिनामा एक दिन हाम्रो टोली भेलामा एकजना अगुवा सहभागी भए र भेला सकेपछि उनले हाम्रो सम्पादन कार्यको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्