होशियार! ख्रीष्ट-विरोधीहरू तपाईंकै वरिपरि छन्!

25 फेब्रुअरी 2023

सन् २०२१ को मार्चमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। त्यसपछि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढ्न थालेँ, म प्रायजसो ब्रदर-सिस्टरहरूसँग भेला हुन्थेँ, र केही समयपछि नै, म समूह अगुवा भएँ। मण्डलीमा, मैले क्‍लाउडियालाई भेटेँ। उनले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेको डेढ वर्ष भयो, अहिले उनी मलजल डिकन रहेकी र धेरै भेला समूहहरूलाई व्यवस्थापन गर्ने गरेकी, अनि उनलाई कसरी मलजल गर्ने र ब्रदर-सिस्टरहरूलाई राम्ररी सहयोग गर्ने सो थाहा भएको भनी बताइन्। उनले मसँग अत्यन्तै मित्रवत् व्यवहार पनि गरिन्। उनले मलाई हरेक दिन अभिवादन गर्थिन् र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सुनाउथिन्, त्यसकारण मलाई निकै खुशी लाग्थ्यो, र उनले मेरो वास्ता गर्छिन् जस्तो लाग्थ्यो। उनले मलाई मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भएको छैन, मैले समूह अगुवाको काम एकलै गर्न सक्दिनँ, मैले परमेश्‍वरको वचन बुझेको छैनँ भने, मैले गल्ती गर्ने सम्भावना हुन्छ भनेर भनिन्, त्यसपछि उनले मलाई हरेक भेलाको बारेमा जानकारी दिन अनुरोध गरिन्। उनले त्यसो भनेको सुन्दा मलाई निकै चिन्ता लाग्यो। मैले गल्तीहरू गर्छु होला भन्‍ने डर लाग्यो, त्यसकारण भेला आयोजना गर्दा हरेक पटक नै म उनलाई जानकारी दिन्थेँ। मलाई उनले राम्ररी सङ्गति गर्छिन् र मलाई उनको सहयोग चाहिन्छ, किनभने म एकलैले यो काम गर्न सक्दिनँ भन्‍ने लागेको थियो। एक पटक, म नियमित भेलामा आउन छोडेकी एक जना सिस्टरलाई सहयोग गर्न जान लागेकी थिएँ, तब क्‍लाउडियाले मलाई भनिन्, “तपाईंले विश्‍वास गरेको भर्खरै हो र तिमीलाई धेरै कुरा आउँदैन। तपाईंले नयाँ विश्‍वासीलाई एकलै सहयोग गर्न सक्‍नुहुन्‍न। म तपाईंलाई सहयोग गर्न र मार्गदर्शन गर्न सधैँ तयार छु।” उनले मलाई अझै थप कुरा सिकाउँछु भनेर पनि भनेकी थिइन्। मलाई उनी अत्यन्तै असल सिस्टर हुन भन्‍ने लागेको थियो किनभने म समस्यामा पर्दा उनी सधैँ मलाई सहयोग गर्न आउँथिन्।

पछि, मण्डलीले नयाँ अगुवा र डिकनहरू निर्वाचित गर्नुपर्ने भयो। निर्वाचन हुनुभन्दा पहिले, क्‍लाउडियाले मलाई भनिन्, “माथिल्‍लो स्तरको अगुवाले सङ्गतिहरूमा राम्रो सङ्गति गर्दिनन्। हामीले खडा भएर उनलाई विरोध र इन्कार गर्नुपर्छ। हामीले उनलाई अगुवाको रूपमा काम गरिरहन दिनु हुँदैन। यदि उनले कुनै काम राम्ररी गरिरहेकी छैनन् भने, त्यसको अर्थ उनी झूटो हुन् भन्‍ने हुन्छ। तपाईंले यी कुराहरू पत्ता लगाउनुभयो भने, तपाईंले मलाई भन्‍नुपर्छ। भन्‍नुभएन भने, तपाईंले परमेश्‍वरलाई धोका दिइरहनुभएको हुन्छ।” मैले भनेँ, “अगुवामा त्यस्तो कुनै खराबी छ जस्तो लाग्दैन। म तपाईंले भन्‍नुभएको कुरा गर्न सक्दिनँ। म आफूलाई थाहा नभएको कुरा भन्‍न सक्दिनँ।” उनले भनिन्, “मैले मण्डलीमा काम गरेको डेढ वर्ष भयो, र कसरी अगुवाइ गर्ने मलाई थाहा छ, तर माथिल्‍लो स्तरका अगुवाले मलाई कहिल्यै पनि अगुवाको रूपमा छनौट गरिनन्। तपाईंले तिनीहरूको निर्वाचनको विरोध गर्नुपर्छ। त्यसरी मात्रै तपाईंले अगुवाको रूपमा निर्वाचित हुने मौका पाउनुहुन्छ।” मलाई उनको कुरा ठीक होइन जस्तो लाग्यो। मानिसहरूले चाहँदैमा तिनीहरू अगुवा बन्‍न सक्छन् भन्‍ने छैन। तिनीहरू सबैलाई सिद्धान्तहरूका आधारमा ब्रदर-सिस्टरहरूले निर्वाचित गरेका हुन्छन्, र अगुवाइ गर्नको लागि हामीलाई छनौट गरिए पनि नगरिए पनि, हामीले परमेश्‍वरका बन्दोबस्तहरूलाई पालना गर्नुपर्छ। केही समयपछि नै, म डिकनको रूपमा निर्वाचित भएँ। यो थाहा पाएपछि क्‍लाउडिया अत्यन्तै क्रोधित भइन्, र अगुवाहरूले गल्ती गरेका छन् भनेर भन्‍न थालिन्। उनले यसो पनि भनिन्, “तपाईं नयाँ विश्‍वासी हुनुहुन्छ, र तपाईंलाई अझै केही पनि थाहा छैन। तिनीहरूले कसरी तपाईंलाई डिकन बनाए?” उनले यसो भनेको सुन्दा, मलाई के गर्ने थाहा भएन। म त्यो कर्तव्य इन्कार गर्न चाहँदिनथिएँ, तर मैले राम्ररी काम गर्दिनँ भन्‍ने मलाई चिन्ता लागेको थियो। मलाई अत्यन्तै दोधार भयो।

पछि, क्‍लाउडियाले मण्डली डिकनहरू, समूह अगुवाहरू, र मलाई एउटा समूहमा बोलाइन्। त्यहाँ जम्‍मा एक दर्जन जति मानिसहरू थिए, र उनले हामीलाई यो कुरा अगुवाहरूलाई कहिल्यै नभन्‍नुहोस् भनेर भनिन्। मैले उनलाई किन भनेर सोधेँ, अनि उनले भनिन्, “तपाईंहरू सबैलाई सिकाउनको लागि मैले यो समूह स्थापित गरेकी हुँ। म तपाईंहरूलाई अझै धेरै सत्यता बुझ्‍न मार्गदर्शन दिएर तपाईंहरूलाई आफ्‍नो कर्तव्य अझै राम्ररी पूरा गर्न सहयोग गर्न सक्छु। अगुवाहरूसँग यो समूहको कुनै सम्‍बन्ध छैन। मैले तपाईंहरूकै हितको लागि यसो गरिरहेकी छु।” त्यो बेला, मलाई क्‍लाउडिया अत्यन्तै असल छिन्, र उनले सधैँ हामीलाई सहयोग गर्ने उत्कट इच्‍छा गर्छिन् भन्‍ने लागेको थियो। मैले सोचेँ, “हुन्छ, हाम्रै भलाइको लागि हो भने, अगुवाहरूलाई नभन्दा पनि हुन्छ।” पछि, क्‍लाउडियाले यो समूहमा अगुवाहरू खराब छन्, तिनीहरूलाई आफ्‍नो काम गर्न आउँदैन, तिनीहरू झूटा अगुवाहरू हुन्, हामी सचेत हुनुपर्छ, र यस्तै इत्यादि कुरा बताइन्। मलाई उनले भनेकी कुरा साँचो हो भन्‍ने लागेन। हाम्रा अगुवाहरू अरूलाई माया गर्ने किसिमका थिए, र हामीलाई परमेश्‍वरका वचनहरू बुझ्‍न र हाम्रो कर्तव्य पूरा गर्न सहयोग गर्थे। उनले हाम्रो अगुवाहरूका बारेमा भनेकी कुरा सही थिएन। त्यो बेला, एक जना ब्रदरले उनलाई यसो भन्दै खण्डन गरिन्, “तपाईंले भन्‍नुभएको कुरा सही होइन, र त्यसो भन्‍नु गलत हो।” तर यो सुनेर क्‍लाउडिया अत्यन्तै रिसाइन्, र यो ब्रदरसँग तर्क-वितर्क गर्न थालिन्। त्यसपछि, तिनी र अर्की सिस्टर समूहबाट निस्के। पछि, म क्‍लाउडियाकहाँ गएँ, र मैले भनेँ, “तपाईंले अगुवाहरूको बारेमा तिनीहरूको पिठ्यूँपछाडि कुरा काट्नु गलत हो। ब्रदरले तपाईंलाई यो कुरा औँल्याइदिँदा, किन तपाईं रिसाउनुभयो? तपाईंले किन तिनीसित तर्क गर्नुभयो?” क्‍लाउडियाले यो कुरालाई स्वीकार नगरेकी मात्र होइन, तर उनी अत्यन्तै रिसाइन्। पछि, मैले पनि समूह त्यागेँ।

उनले सेवकहरूको हरेक भेलामा अगुवाहरूका समस्याहरू कोट्याउँछिन् भनेर मैले कहिल्यै अपेक्षा गरेकी थिइनँ। सेवकहरूको एउटा भेलामा, उनले एक जना डिकनलाई उक्साइन् र मण्डली अगुवा नोएलियाले राम्ररी काम गरिरहेकी छैनन्, र उनले ब्रदर-सिस्टरहरूको समस्या समाधान गर्दिनन् वा समूह अगुवाहरूलाई वृद्धि-विकास गर्दिनन्, र उनले पद-त्याग गरेर कसैलाई त्यो पद दिनुपर्छ भनेर समूहमा मेसेज पठाउन लगाइन्। माथिल्‍लो स्तरका अगुवाले भने, “नोएलिया त्यति बेला बिरामी भएकी हुनाले उनले कतिपय काम गर्न सकिनन्, तर सामान्यतया उनी आफ्‍नो कर्तव्यमा अत्यन्तै जिम्‍मेवार हुन्छिन्।” तर क्‍लाउडिया यो सुनेपछि पनि, उनले यो कुरालाई छोड्न मानिनन्, र भनिन्, “उनी अगुवा हुन्, त्यसकारण उनले हामीले भन्दा बढी परिश्रम गर्नुपर्छ।” त्यसपछि उनले यसो भनेर मेसेज पठाइन्, “मैले त मण्डलीको कामको प्रतिरक्षा गरिरहेकी छु। विगतमा, अल्यङटल्याङ गरेकोमा र व्यवहारिक काम नगरेकोमा अगुवाले मलाई निराकरण गरे। मलाई कति चित्त दुख्यो, तर मेरो हृदयको कुरा परमेश्‍वरलाई थाहा छ, र सबै कुरा पछि प्रष्ट हुनेछ।” पछि, क्‍लाउडियाले हाम्रो मण्डली राम्रो छैन, हाम्रा अगुवाहरू झूटा अगुवा हुन्, र उनलाई आफ्‍नो कर्तव्य अर्को मण्डलीमा गर्न चाहना छ भनेर भन्‍न थालिन्। भेलाहरूमा, उनले सधैँ यो राम्रो भएन वा त्यो ठीक होइन भनेर भनेकी देख्थेँ, यसले गर्दा सबै जना शान्त भएर परमेश्‍वरको वचन मनन गर्नु असम्‍भव भयो। मलाई यो अवस्था निकै खराब भएको छ जस्तो लाग्यो, र मलाई यो वातावरण मन परेन। मण्डली परमेश्‍वरको आराधना गर्ने स्थान हुनु पर्ने हो, ब्रदर-सिस्टरहरू परमेश्‍वरका वचनहरू खान-पिउन भेला हुने ठाउँ, तर यो बेला, यो पूर्ण रूपमा लथालिङ्ग भएको थियो। म यो कुरा अगुवालाई रिपोर्ट गर्न चाहन्थेँ, तर मलाई क्‍लाउडियाले थाहा पाइन् भने, उनले मलाई नराम्रो सोच्छिन् र मैले उनको बारेमा अफवाह फैलाइरहेकी छु भन्‍ने ठान्छिन् भन्‍ने चिन्ता लाग्यो। म कसैलाई चिढ्याउन चाहन्‍नथिएँ, त्यसकारण मैले केही पनि भनिनँ। पछि, क्‍लाउडिया फेरि मकहाँ आइन्, र मण्डली अगुवाहरू झूटा छन् र हामी तिनीहरूको विरुद्धमा खडा हुनुपर्छ भनेर भनिन्। त्यो बेला, ममा यस्तो कुरा छुट्याउने शक्ति थिएन, र के गर्ने मलाई थाहा थिएन, त्यसकारण मलाई के गर्ने, के गर्ने भयो। मैले यी कुराहरू परमेश्‍वरको अघि ल्याएँ र मलाई अगुवाइ गर्नुहोस् भनी अनुरोध गर्दै उहाँलाई प्रार्थना गरेँ। पछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेँ। “मेरो अगाडि तेरो हृदय राख्नको लागि तेरो सम्पूर्ण प्रयास लगा, र म तँलाई सान्त्वना दिनेछु र तेरो लागि शान्ति र खुशी ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि कुनै निश्चित रूपमा खडा हुने प्रयास नगर्; के मलाई सन्तुष्ट बनाउँदा यसले थप महत्त्व र वजन बोक्दैन र? मलाई सन्तुष्ट बनाउँदा, के तँ अनन्त र आजीवन शान्ति र खुशीले थप परिपूर्ण हुनेछैनस् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले यो कुरा बुझेँ। क्‍लाउडियाले मण्डली जीवनमा बाधा पुर्‍याइरहेकी छिन् भन्‍ने मलाई थाहा भयो, तर मैले यसको बारेमा रिपोर्ट गर्ने आँट गरिनँ, किनभने मैले मेरो छवि र हैसियतको बारेमा र मानिसहरूलाई चिढ्याउँछु होला भन्‍ने बारेमा धेरै चिन्ता गर्थेँ। तैपनि, मैले मण्डली जीवनको रक्षा गरिनँ भने, म शैतानको पक्षमा उभिरहेकी हुन्छु, जुन परमेश्‍वरले तिरस्कार गर्नुहुने कुरा हो भन्‍ने कहिल्यै सोचिनँ। मेरो हृदयमा कुनै शान्ति र आनन्द थिएन, पीडा र कष्ट मात्रै थियो, किनभने मैले सत्यताको अभ्यास गरेकी थिइनँ। मैले उप्रान्त मानिसहरूसँगको मेरो सम्‍बन्धलाई रक्षा गर्नु हुँदैनथियो। मैले परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गरेर मण्डली जीवनको रक्षा गर्नुपर्थ्यो। एक दिन, माथिल्‍लो स्तरका अगुवाले मलाई भेलाहरूमा क्‍लाउडियाले देखाउने व्यवहार कस्तो लाग्छ भनेर सोधे। मैले भनेँ, “उनले जे गरिन् त्यो गलत हो। मण्डलीमा यस्तो कुरा हुनु हुँदैन।” मैले क्‍लाउडियाका अरू व्यवहारको बारेमा पनि अगुवालाई बताएँ।

पछि, मण्डली अगुवाले हामीलाई क्‍लाउडियाको वास्तविकतालाई कसरी पत्ता लगाउने भनेर सङ्गति दिए र हामीले परमेश्‍वरको वचनको एउटा खण्ड पढ्यौँ। “छल गर्नु र बहकाउनुको अर्थ उस्तै-उस्तै हुन्छ, तर सार र शैलीमा भिन्‍नता छ। छल गर्नु भनेको मानिसहरूलाई भ्रमित पार्न काल्‍पनिक कुराको प्रयोग गर्नु र ती कुरालाई सत्यताको रूपमा स्वीकार गर्न लगाउनु हो; बहकाउनु भनेको जानीजानी केही शैलीहरू प्रयोग गरेर मानिसहरूलाई आफूले भनेअनुसार गर्न र आफूले हिँडेको मार्ग हिँड्न लगाउनु हो, र यो अभिप्राय निकै स्पष्ट हुन्छ। छल गर्नु र बहकाउनु भनेको मानिसहरूलाई भ्रममा पार्नको लागि सही बोलीवचनको प्रयोग गर्नु हो। यो भनेको मानिसहरूलाई पूर्ण रूपमा सही लाग्‍ने र तिनीहरूले सहजै स्वीकार गर्ने कुराहरू भन्‍नु, अनि तिनीहरूले थाहै नपाई यी कुरा भन्‍ने व्यक्तिमा विश्‍वास गर्न र उसलाई पछ्याउन लगाउनु, अनि उसकै पक्षमा उभिने बनाउनु हो, अनि यति गरेपछि, तिनीहरू उसका घनिष्ट मित्र बन्छन्। यो सही समूहका मानिसहरूलाई आफ्‍नै गिरोहमा सामेल गराउनु हो। छोटकरीमा भन्दा, यदि मानिसहरूले ख्रीष्टविरोधीको यस्तो शैलीलाई स्वीकार गर्छन् भने, तिनीहरूले ख्रीष्टविरोधीलाई विश्‍वास गर्न र पछ्याउन थाल्छन्, र त्यसपछिदेखि ख्रीष्टविरोधीले जे भने पनि तिनीहरूले स्वीकार र पालना गर्छन्। थाहै नभई, तिनीहरू ख्रीष्टविरोधीको पछि लाग्‍न थाल्छन्। के तिनीहरूलाई छल गरिएको हुँदैन र? मानिसहरूलाई छल गर्ने र बहकाउने आफ्‍नो उद्देश्य हासिल गर्न कतिपय ख्रीष्टविरोधीहरूले मानिसहरूसँग सम्पर्क गर्दा र आफ्‍नो बोलीवचनमा निश्‍चित तौरतरिकाहरू प्रयोग गर्छन्। यसले गर्दा मण्डलीमा गुट, समूह, र पक्ष-विपक्षको सिर्जना हुन्छ। … यसरी, ख्रीष्टविरोधीले अलिकति पनि नहिचकिचाईकन मानिसहरूलाई छल र बहकाउमा पार्छन् अनि गुट र समूह निर्माण गर्न लगाउँछन्। तिनीहरूले मण्डलीलाई विभाजन र नियन्त्रण गर्न यी शैलीहरू अपनाउँछन्। त्यसो गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? (स्वतन्त्र राज्य निर्माण गर्नु।) स्वतन्त्र राज्य स्थापना गर्नुको सार के हो? यो आफूलाई ख्रीष्‍टको विपक्षमा खडा गर्नु, परमेश्‍वरका चुनिएका मानिसहरूमाथि जबरजस्ती प्रभुत्व कायम गर्नु, र परमेश्‍वरको विरुद्धमा उभिनु हो। के यो परमेश्‍वरको प्रतिद्वन्द्वी बन्‍ने प्रयास होइन र? (हो।) हो, कुरा यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ५: तिनीहरूले मानिसहरूलाई छल गर्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्)। अगुवाले क्‍लाउडियाको व्यवहारको बारेमा हामीलाई सङ्गति दिन परमेश्‍वरका वचनहरू प्रयोग गरे, र भनिन्, उनले अरूको अगाडि प्रायजसो आफूलाई सत्यता बुझ्‍न सक्‍ने, र अगुवा र डिकनहरूको काम गर्न सक्‍ने व्यक्तिको रूपमा प्रस्तुत गर्दै आफ्‍नो गवाही दिन्छिन्, जसले गर्दा धेरै नयाँ विश्‍वासीहरूले उनको छलमा परेर, उनलाई पूजा गर्छन्, र उनी अगुवा हुन नपाउनु अन्याय हो भनेर तर्क गर्छन्। वास्तवमा, उनले डिकनको रूपमा सेवा गर्दाको समयमा, उनले सधैँ झारा टार्थिन्, कहिल्यै व्यवहारिक काम गर्दिनथिइन्, र उनले मलजल गर्ने गरेकी धेरै जना नयाँ विश्‍वासीहरू नियमित रूपमा भेलाहरूमा आउन छाडे। उनका समस्याहरूको बारेमा माथिल्‍लो स्तरका अगुवाले सङ्गति गरिसकेपछि, उनले आफ्‍नो बारेमा मनन नगरेकी मात्र होइन, तर उनले उनीमाथि अनुचित व्यवहार गरिएको छ भनेर दाबी गरिन् र परमेश्‍वरले उनको हृदय देख्‍नुभएको छ भनेर भनिन्। यसको साथै, मण्डलीमा उनले प्रायजसो ख्याति र प्राप्तिको लागि प्रतिस्पर्धा गर्थिन्। मण्डलीले उनलाई अगुवाको रूपमा छनौट नगरेपछि, उनले निर्वाचित अगुवाहरू अनुभव विहीन छन् र तिनीहरूले काम गर्न सक्दैनन् भनेर हल्‍ला फिँजाउन थालिन्। माथिल्‍लो स्तरका अगुवाले उनलाई अगुवाहरू निर्वाचित गर्ने सम्‍बन्धी सिद्धान्तहरूको बारेमा सङ्गति गरे, र सबैभन्दा बढी काम सम्‍बन्धी अनुभव भएका मानिसहरू मात्रै होइन, तर सत्यताको खोजी गर्ने र असल मानवता भएका मानिसहरू चुनिएका छन् भने, तर उनले यो कुरालाई पटक्‍कै स्वीकार गरिनन्, र उनले गुप्तमा समूह समेत निर्माण गरिन्। यस समूहमा, उनले आफूसँग नजिक भएका सबैलाई ल्याइन्, र माथिल्‍लो स्तरका अगुवाले राम्ररी काम मिलाउन सक्दैन भनेर निराधार दाबी गरिन् र अगुवा अनि ब्रदर-सिस्टरहरूको बीचमा द्वन्द्व खडा गरिन्। उनले एक-दुई जना डिकनहरूलाई उक्साएर नयाँ अगुवाहरूलाई आक्रमण गर्न अनि तिनीहरूलाई पद-त्याग गर्न समेत लगाइन्। मण्डलीमा उनले कोलाहल मच्चाइन्, त्यसले गर्दा मण्डलीको काम सामान्य रूपमा अघि बढ्न सकेन। क्‍लाउडिया जानी-जानी मण्डली जीवनमा बाधा दिने र मण्डली फुटाउने ख्रीष्ट-विरोधी थिइन्। केही समयसम्‍म, मलाई अगुवाले भनेको कुरा स्वीकार गर्नै गाह्रो भयो। मलाई त विश्‍वासै लागेन। कसरी क्‍लाउडिया ख्रीष्ट-विरोधी हुन सक्थिन्? प्रायजसो, उनी राम्रो देखिन्थिन्, र उनले सधैँ अरूलाई सहयोग गर्ने उत्कट इच्‍छा गर्थिन्। उनले केही गलत काम गरेकी भए पनि, के त्यसले उनलाई ख्रीष्ट-विरोधी तुल्यायो त? के उनलाई पश्‍चात्ताप गर्ने अर्को मौका दिइनु पर्दैन र? यस्तो सोचेपछि, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, उहाँको इच्‍छा बुझ्‍न मलाई अगुवाइ गर्नुहोस् र क्‍लाउडियाको वास्तविकतालाई देख्‍न सहयोग गर्नुहोस् भनेर अनुरोध गरेँ।

मेरो अगुवाले ख्रीष्ट-विरोधीहरूका बोलीवचन र व्यवहारका अभिप्राय र उद्देश्यहरूका बारेमा सङ्गति गरिसकेपछि, मैले बल्‍ल क्‍लाउडियाको वास्तविकताको बारेमा केही मात्रामा बुझेँ। परमेश्‍वरका वचनहरूले भन्छ, “ख्रीष्ट-विरोधीहरूको व्यवहारको सार भनेको हैसियत प्राप्त गर्ने, मानिसहरूको मन जित्‍ने र मानिसहरूलाई तिनीहरूको पछि लाग्‍ने र पूजा गर्ने तुल्याउनको लागि विभिन्‍न माध्यम र विधिहरूको निरन्तर प्रयोग गर्नु हो। तिनीहरूले आफ्नो हृदयको गहिराइमा मानवजातिको लागि परमेश्‍वरसँग जानी-जानी होड गरिरहेका नहुन सक्छन्, तर एउटा कुरा निश्‍चित छ: तिनीहरूले मानवको लागि परमेश्‍वरसँग होड नगरे पनि, तिनीहरूले अझै पनि मानवको बीचमा हैसियत र शक्ति प्राप्त गर्न चाहन्छन्। एक दिन तिनीहरूले हैसियतको लागि परमेश्‍वरसँग होड गरिरहेका छन् भन्‍ने तिनीहरूले पत्ता लगाए पनि, र तिनीहरूले आफैलाई अलिकति लगाम लगाए पनि, तिनीहरूले अझै हैसियत र प्रतिष्ठा पछ्याउन विविध विधिहरूको प्रयोग गर्छन्; अरूको अनुमोदन र आदर प्राप्त गरेर वैध हैसियत प्राप्त गर्न सकिन्छ भनेर तिनीहरूलाई हृदयमा स्पष्टै थाहा हुन्छ। छोटकरीमा भन्दा, ख्रीष्टविरोधीहरूले हरेक काममा कर्तव्य निभाएजस्तो देखिए पनि, यसको परिणाम भनेको मानिसहरूलाई मूर्ख बनाउनु, तिनीहरूलाई आफ्नो पूजा गर्न र आफूलाई पछ्याउन लगाउनु हो—यसरी तिनीहरूले आफ्‍नो कर्तव्य निभाउनु भनेको आफैलाई उचाल्‍नु र आफ्नै बारेमा गवाही दिनु हो। मानिसहरूलाई नियन्त्रण गर्ने—र मण्डलीमा हैसियत र शक्ति प्राप्त गर्ने—तिनीहरूको महत्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुनेछैन। यो पूराको पूरा ख्रीष्टविरोधी हो। परमेश्‍वरले जे भन्‍नुभए पनि वा गर्नुभए पनि, र उहाँले मानिसहरूलाई जे गर्न लगाउनुभए पनि, ख्रीष्टविरोधीहरूले जे गर्नुपर्ने हो त्यो गर्दैनन् वा उहाँका वचनहरू र मापदण्डहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्दैनन्, न त उहाँका वाणीहरू र सत्यताको थोरै अर्थ बुझेको परिणामस्वरूप तिनीहरूले शक्ति र हैसियतसम्‍बन्धी तिनीहरूको खोजीलाई नै त्याग्छन्। तिनीहरूका महत्वाकाङ्क्षा र चाहनाहरू अझै पनि रहिरहेका हन्छन्, यिनैद्वारा अझै पनि तिनीहरूको हृदय कब्जा गरिएको र तिनीहरूको सम्पूर्ण अस्तित्व नियन्त्रित पारिएको हुन्छ, र यसरी यिनैद्वारा तिनीहरूका बानीबेहोरा र विचारहरू निर्देशित गरिएको, र तिनीहरू हिँड्ने मार्ग निर्धारित भएको हुन्छ। कट्टर ख्रीष्ट-विरोधी यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ५: तिनीहरूले मानिसहरूलाई छल गर्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्)। अगुवाले यसो भन्दै सङ्गति गरे, “ख्रीष्ट-विरोधीहरूलाई प्रकट गर्ने परमेश्‍वरका वचनहरूबाट, हामी के देख्छौँ भने, तिनीहरूले हैसियतको लागि र शक्ति हातमा लिने आफ्‍नो इच्‍छालाई पूरा गर्नको लागि परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्। हैसियत प्राप्त गर्न, तिनीहरूले प्रायजसो आफूलाई उचाल्‍ने र आफ्‍नो बारेमा गवाही दिने गर्छन्, ताकि अरूले तिनीहरूलाई आदर-सम्‍मान गरून्, अथवा कहिलेकहीँ तिनीहरूले मण्डलीमा कलह मच्चाउने र गुटबन्दी गर्ने पनि गर्छन्। अब हामीले क्‍लाउडियाको वास्तविकता थाहा पाउन ख्रीष्ट-विरोधीहरूको व्यवहारलाई प्रयोग गर्न सक्छौँ। उनी मलजल डिकन बनेपछि, उनले सधैँ अगुवा बन्‍ने चाहना गरेकी थिइन्। ब्रदर-सिस्टरहरूले उनलाई अगुवाको रूपमा छनौट गरून् भनेर तिनीहरूको अनुमोदन पाउन, उनले प्रायजसो आफूलाई उचाल्‍ने र उनले परमेश्‍वर विश्‍वास गरेको धेरै भयो, उनले धेरै समूह अगुवाइ गरेकी छिन्, उनमा काम सम्‍बन्धी अनुभव छ, र उनले धेरै सत्यता बुझेकी छिन् भनेर गवाही दिने गर्थिन्। उनले नयाँ विश्‍वासीहरूलाई तिनीहरूले केही बुझेका छैनन् भन्दै आक्रमण पनि गर्थिन्, र तिनीहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न तिनीहरूलाई उनको सहयोग र साथ चाहिन्छ भनेर दाबी गर्थिन्, जसले गर्दा कतिपय मानिसहरूले उनको पूजा गर्न र उनको कुरा मान्‍न थाले। जब मण्डलीले उनले भन्दा थोरै समय परमेश्‍वरमा विश्‍वास गरेका मानिसहरूलाई अगुवा र डिकनहरूका रूपमा छनौट गरेको देख्दा, उनी असन्तुष्ट भइन्। उनले यिनीहरू झूटा अगुवा हुन् भनेर मण्डलीमा दोषारोपणहरू फैलाउन थालिन्, र अगुवाहरूलाई इन्कार गर्न, उनको समर्थन गर्न, र उनको कुरा सुन्‍न अनुरोध गरिन्, ताकि उनी अगुवाको रूपमा छनौट हुन सकून्। नवनिर्वाचित अगुवाहरूलाई आक्रमण गर्न र निन्दा गर्नको लागि उनले कतिपय मानिसहरूलाई समेत उक्साइन्, जसले गर्दा नवनिर्वाचित अगुवाहरूले बाध्य भएको र नकारात्मक अनुभव गरे। मण्डली परमेश्‍वरको वचन खाने-पिउने र उहाँको आराधना गर्ने स्थान हुनु पर्ने हो, तर क्‍लाउडियाले कलह मच्‍चाएर सबैलाई बाधा दिइन्, जसले ब्रदर-सिस्टरहरूलाई सामान्य मण्डली जीवनबाट बन्चित गर्‍यो। उनले हैसियत प्राप्त गर्नको लागि जुनसुकै उपाय अपनाइन्। उनको प्रकृति र सार विशेष रूपमा धूर्त र दुष्ट छन्, र तिनी सत्यतालाई घृणा गर्ने र परमेश्‍वरलाई शत्रु मान्‍ने ख्रीष्ट-विरोधी हुन्।” परमेश्‍वरका वचनहरू पढेपछि र अगुवाको सङ्गति सुनेपछि, मैले बल्‍ल क्‍लाउडियाको वास्तविकताको बारेमा केही मात्रामा बुझेँ। मलाई उनी दयालु छिन्, र उनी आफ्‍नो कर्तव्य र मानिसहरूलाई सहयोग गर्न उत्साहित छिन् भन्‍ने लाग्थ्यो। मलाई उनले यो मण्डलीको भलाइको लागि गरेकी हुन् भन्‍ने लाग्थ्यो। उनले अगुवाहरूलाई तिनीहरूको पिठ्यूँ पछाडि सधैँ आलोचना गर्ने गरेकी भए पनि, र हाम्रा ब्रदर-सिस्टरहरूसँग प्रायजसो विवाद गर्ने गरेकी भए पनि, मैले उनका बोलीवचन र व्यवहारको पछाडि रहेका उद्देश्य र अभिप्रायहरूलाई बुझ्‍न सकेकी थिइनँ। अब मलाई थाहा भयो क्‍लाउडियाले त यो सबै अगुवा बन्‍नको लागि गरिरहेकी थिइन्। उनले मलाई हरेक दिन अभिवादन गरेर सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पठाउँथिन्। उनले मलाई आफ्‍नो कर्तव्य पूरा गरेको एक वर्षभन्दा बढी भयो, उनले परमेश्‍वरको धेरै वचन जानेकी छिन्, र उनले पवित्र आत्‍माको काम पाएकी छिन् भनेर भन्थिन्। उनले नवनिर्वाचित अगुवाहरू, साथै माथिल्‍लो स्तरको अगुवा सबै झूटा हुन् भनेर पनि भनेकी थिइन्। उनले आफूलाई उचाल्‍न र अगुवाहरूलाई होच्याउनको लागि मात्रै यो सब गरेकी रहेछिन्, किनभने उनलाई अरूले अगुवाको रूपमा छनौट गरून् भन्‍ने तिनी चाहन्थिन्। उनले गुप्त रूपमा समूह स्थापित गरिन्, अगुवाहरूलाई आक्रमण गर्ने र तिनीहरूको आलोचना गर्ने गरिन्, र अगुवाहरूलाई इन्कार गर्न सबैलाई उक्साइन्, त्यसपछि गलत कुरा भनेकोमा अरूले उनलाई दोष दिँदा, उनले स्वीकार गर्ने वा पश्‍चात्ताप गर्ने नगरेकी मात्र होइन, तर उनी तिनीहरूसँग निरन्तर तर्क गर्थिन्। अब मैले स्पष्ट रूपमा के देखेँ भने, हैसियत प्राप्त गर्नको लागि, उनले गुटबन्दी गरेकी थिइन्, अगुवाहरूसँग द्वन्द्व सिर्जना गरिन्, र मण्डलीलाई विभाजन गर्ने प्रयास गरिन्। तिनी वास्तवमा नै ख्रीष्ट-विरोधी थिइन्।

अगुवाले आफ्‍नो कुरालाई जारी राखे, “क्‍लाउडियाले यी कुराहरू गरेको कारण, उनलाई सहयोग गर्न माथिल्‍लो स्तरका अगुवाले धेरै पटक उनलाई सत्यताका सिद्धान्तहरूका बारेमा सङ्गति दिए, तर उनले पटक्‍कै यो कुरा स्वीकार गरिनन्। बरु, उनले मण्डलीमा कलह मच्‍चाइरहिन्, गुटबन्दी गरिरहिन्, र फाटो ल्याइरहिन्, यसले गर्दा मण्डलीको काममा गम्‍भीर बाधा पुग्यो।” अगुवाले हामीलाई परमेश्‍वरको वचनको एउटा खण्ड पढेर सुनाए, “दाजुभाइ र दिदी-बहिनीहरूको माझमा सधैँ आफ्नो नकारात्मक विचार पोखाउनेहरू शैतानका नोकरहरू हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता व्यक्तिहरूलाई एक दिन निकालिनु र हटाइनुपर्छ। … जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमा झगडा लगाउँछन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्‍वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू सच्‍चा दुष्ट शैतान हुन्। तिनीहरूको बानीव्यहोराले परमेश्‍वरको कामलाई बाधा र अवरोध गर्छ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई दुर्बल बनाउँछ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्‍याउँछ। ढिलो होस् वा चाँडो, भेडाहरूको भेस ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर आचरण, तिरस्कार गर्ने आचरण अपनाउनुपर्छ। परमेश्‍वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्‍वरका वचनहरू पढेपछि, अगुवाले यो सङ्गति गरे, “परमेश्‍वरका वचनहरूले हामीलाई स्पष्ट रूपमा के बताएका छन् भने, प्रायजसो नकारात्मकता फैलाउने, कलह मच्‍चाउने, र मण्डलीमा गुटबन्दी गर्ने मानिसहरू—तिनीहरूले निरन्तर बाधा उत्‍पन्‍न गर्छन्, कहिल्यै पनि सकारात्मक भूमिका निर्वाह गर्दैनन्, र पश्‍चात्ताप गर्न मान्दैनन्। तिनीहरू सबै परमेश्‍वरले हटाउनुहुने मानिसहरू हुन्, र तिनीहरू सबैलाई मण्डलीबाट सफाइ गर्नुपर्छ। यो परमेश्‍वरको धर्मी स्वभाव हो। मण्डलीले दुष्कर्मीलाई सिद्धान्तहरूअनुसार कारवाही गर्छ। कतिपय मानिसहरूमा भ्रष्ट स्वभाव मात्रै हुन्छ, तर तिनीहरू सारगत रूपमा दुष्ट हुँदैनन्। तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन्, र तिनीहरूले दुष्कर्म गरिसकेपछि, सङ्गति पाए भने तिनीहरूले पश्‍चात्ताप गर्न सक्छन्। मण्डलीले त्यस्ता मानिसहरूलाई अर्को मौका दिन्छ। तर कतिपय मानिसहरूको प्रकृति नै घातक हुन्छ र तिनीहरूले सत्यतालाई पटक्‍कै स्वीकार गर्दैनन्। तिनीहरूसँग सत्यताको बारेमा सङ्गति दिने कुनै पनि व्यक्तिलाई तिनीहरूले घृणा गर्छन्, र पछि पनि तिनीहरूले आफ्‍नो दुष्कर्मलाई जारी राख्छन्। तिनीहरूले देखाउने कुरा भ्रष्टताको सामान्य र क्षणिक प्रकटीकरण होइन। तिनीहरूको सार नै सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको विरोध गर्ने हुन्छ। यिनीहरू वास्तविक ख्रीष्ट-विरोधीहरू हुन्, र तिनीहरू जहिलेसुकै पत्ता लागे पनि तिनीहरूलाई हटाइन्छ।” परमेश्‍वरका वचनहरू र अगुवाको सङ्गति सुनेपछि, मैले के बुझेँ भने क्‍लाउडियाले सधैँ ब्रदर-सिस्टरहरूका बीचमा कलह मच्‍चाउँथिन्, अगुवाहरूलाई आक्रमण गर्ने र आलोचना गर्ने, मण्डली जीवनमा बाधा ल्याउने, र ब्रदर-सिस्टरहरूलाई मण्डली छोडेर उनको पछि लाग्‍न लगाउने गर्थिन्, त्यसकारण यो सबै कुराको आधारमा हेर्दा उनी साँचो ख्रीष्ट-विरोधी हुन्। सुरुमा ममा बुझाइको कमी थियो। म त सोच्थेँ, “क्‍लाउडियालाई किन पश्‍चात्ताप गर्ने मौका नदिने?” वास्तवमा, उनले धेरै पटक सङ्गति र सहयोग प्राप्त गरेकी थिइन् र उनलाई धेरै मौका दिइएको थियो, तर उनले अझै पनि सत्यतालाई स्वीकार गरिनन् र पश्‍चात्ताप गर्न इन्कार गरिन्। उनको प्रकृति सत्यतालाई घृणा गर्ने र परमेश्‍वरलाई शत्रु ठान्‍ने प्रकृति थियो। उनलाई जति पटक मौका दिइए पनि, उनले कहिल्यै पनि साँचो रूपमा पश्‍चात्ताप गर्दिनथिइन्, त्यसकारण उनलाई सफाइ गरिनुपर्थ्यो। यो महसुस गरेपछि, म यस्तो नसोची बस्‍नै सकिनँ, “परमेश्‍वरमा विश्‍वास गर्न थालेको केही समय नहुँदै मैले कसरी यस्तो व्यक्तिलाई भेट्न पुगेँ? किन ख्रीष्टविरोधीहरू मण्डलीमा देखा पर्छन्?”

अगुवाले हामीलाई परमेश्‍वरको वचनका दुई वटा खण्ड पढेर सुनाएपछि, मैले बल्‍ल परमेश्‍वरको इच्‍छालाई बुझेँ। “जब ख्रीष्टविरोधीहरू देखा पर्छन् र मण्डलीमा बाधा दिन्छन्, त्यो राम्रो कि नराम्रो कुरा हो? (नराम्रो कुरा।) कसरी नराम्रो? के यसमा परमेश्‍वरले गल्ती गर्नुभएको हुन्छ? के परमेश्‍वरले ध्यान दिनुनभएको, र ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरको घरमा घुसपैठ हुन दिनुभएको हुन्छ? (होइन।) त्यसो भए के भइरहेको हुन्छ? (परमेश्‍वरले ख्रीष्टविरोधीहरूको खुलासा गर्नुहुन्छ, ताकि हामी असल-खराब छुट्याउँदै वृद्धि हुन सकौँ, हामीले तिनीहरूको प्रकृति र सारलाई कसरी चिन्‍ने सो सिक्‍न सकौँ, शैतानले फेरि हामीलाई कहिल्यै मूर्ख बनाउन नसकोस्, र हामी परमेश्‍वरको गवाहीमा दह्रिलो गरी खडा हुन सकौँ। यो हाम्रो लागि परमेश्‍वरको मुक्ति हो।) हामी सधैँ शैतान कति दुष्ट, आक्रमक, र खराब छ, शैतान सत्यतादेखि दिक्‍क मान्छ र त्यसले सत्यतालाई घृणा गर्छ भनेर भन्छौँ। के तँ यो कुरा देख्‍न सक्छस्? शैतानले आत्मिक संसारमा के गर्छ देख्‍न सक्छस्? यसले कसरी बोल्छ र व्यवहार गर्छ, सत्यता र परमेश्‍वरप्रति यसको मनोवृत्ति के हुन्छ, यसको दुष्टता कहाँ हुन्छ—तैँले यीमध्ये कुनै पनि कुरा देख्‍न सक्दैनस्। त्यसकारण, शैतान दुष्ट छ, यसले परमेश्‍वरको विरोध गर्छ, र यसले सत्यताप्रति दिक्‍क मान्छ भनेर हामीले जसरी भने पनि, तेरो मनमा, यो एउटा अभिव्यक्ति मात्रै हुन्छ। यसको कुनै साँचो प्रतिरूप हुँदैन। यो अत्यन्तै खोक्रो हुन्छ, र यो अव्यवहारिक हुन्छ; यसले व्यवहारिक सन्दर्भको काम गर्न सक्दैन। तर व्यक्ति ख्रीष्टविरोधीको सम्पर्कमा आएपछि, उसले शैतानको दुष्ट, कटु स्वभाव र सत्यताप्रति दिक्‍क मान्‍ने यसको सारलाई अझै स्पष्ट रूपमा देख्छ, र शैतानसम्‍बन्धी उसको बुझाइ अझै स्पष्ट र व्यवहारिक हुन्छ। मानिसहरू सम्पर्कमा आउने र तिनीहरूले देख्‍ने यी वास्तविक उदाहरण र घटनाहरूविना, मानिसहरूले बुझ्‍ने सत्यताहरू अस्पष्ट, खोक्रा, र अव्यावहारिक हुन्छन्। तर जब मानिसहरू यी ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूको वास्तविक सम्पर्कमा आउँछन्, तब तिनीहरूले कसरी दुष्कर्म र परमेश्‍वरको विरोध गर्छन् भन्‍ने कुरा मानिसहरूले देख्छन्, र शैतानको प्रकृति र सारलाई पहिचान गर्न सक्छन्। तिनीहरूले यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू शैतानका देहधारण हुन्—तिनीहरू जिउँदो शैतान, जिउँदो दियाबलस हुन् भन्‍ने देख्छन्। ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरू मानिसहरूसँगको सम्पर्कमा आएपछि यस्तो प्रभाव आउँछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग आठ))। “मण्डलीमा, ख्रीष्टविरोधी परमेश्‍वरको मात्रै शत्रु हुँदैन, परमेश्‍वरका चुनिएका मानिसहरूको पनि शत्रु हुन्छ। यदि तिमीहरूले ख्रीष्टविरोधीलाई पहिचान गर्न सक्दैनौ भने, तिमीहरू छल र वशमा पर्ने, ख्रीष्टविरोधीको मार्गमा हिँड्ने, र परमेश्‍वरद्वारा श्रापित र दण्डित हुने सम्‍भावना हुन्छ। यदि त्यस्तो भयो भने, परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वास पूर्ण रूपमा असफल हुनेछ। मुक्ति पाउनको लागि मानिसहरूमा के हुनुपर्छ? पहिलो, तिनीहरूले सत्यता बुझेको हुनुपर्छ, र ख्रीष्टविरोधीको सार, स्वभाव, र मार्गलाई पहिचान गर्न सक्‍नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्दा मानिसहरूलाई पुज्ने वा पछ्याउने अवस्थाबाट निश्‍चित रूपमा बच्‍ने, र परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउने एक मात्र उपाय यही हो। ख्रीष्टविरोधीलाई पहिचान गर्न सक्‍ने मानिसहरूले मात्रै परमेश्‍वरमा विश्‍वास गर्न, उहाँलाई पछ्याउन, र उहाँको लागि गवाही दिन सक्छन्। ख्रीष्टविरोधीलाई पहिचान गर्नु चानचुने कुरा होइन, र यसको लागि तिनीहरूको सारलाई स्पष्ट रूपमा देख्‍ने, र तिनीहरूको हरेक कार्यपछाडि लुकेका षड्यन्त्र, चलाकी, र आशातीत लक्ष्यहरूलाई पहिचान गर्ने क्षमता चाहिन्छ। त्यसरी तँ तिनीहरूको धोका वा नियन्त्रणमा पर्दैनस्, र तँ दह्रिलो गरी खडा हुन, सत्यतालाई सुरक्षित र बलियो रूपमा पछ्याउन, र सत्यता पछ्याउने र मुक्ति पाउने मार्गमा दृढ भएर लागिपर्न सक्छस्। यदि तैँले ख्रीष्टविरोधीलाई पहिचान गर्न सक्दैनस् भने तँ ठूलो खतरामा छस्, र तैँले ख्रीष्टविरोधीको छल र पकडमा परी शैतानको प्रभावमा जिउने सम्भावना हुन्छ। … यसकारण, यदि तँ मुक्ति पाउने स्थानमा पुग्न चाहन्छस् भने तैँले पार गर्नुपर्ने पहिलो जाँच भनेको शैतानलाई छर्लङ्ग देख्न सक्ने हुनु हो, साथै तँमा खडा भएर शैतानलाई पर्दाफास गर्ने र त्याग्ने साहस पनि हुनैपर्छ। त्यसो भए शैतान कहाँ छ? शैतान तेरो छेउमा छ र तेरो वरिपरिका छ; त्यसले तेरो हृदयभित्र पनि बास गरिरहेको हुन सक्छ। यदि तँ शैतानको स्वभावभित्र जिइरहेको छस् भने, तँ शैतानको होस् भनेर भन्न सकिन्छ। तैँले आत्मिक क्षेत्रको शैतान वा दुष्टात्माहरूलाई देख्न वा छुन सक्दैनस्, तर वास्तविक जीवनमा अस्तित्वमा रहने शैतान र जीवित दियाबलसहरू सबैतिर छन्। सत्यताप्रति दिक्‍क मान्‍ने कुनै पनि व्यक्ति दुष्ट हो, र सत्यतालाई स्वीकार नगर्ने कुनै पनि अगुवा वा सेवक ख्रीष्टविरोधी वा झूटो अगुवा हो। के त्यस्ता व्यक्तिहरू शैतान र जिउँदा दियाबलसहरू होइनन् र? तैँले पूजा गर्ने र भर पर्ने मानिसहरू तिनै हुन सक्छन्; तिनीहरू तँलाई डोऱ्याउने मानिसहरू वा तैँले लामो समयदेखि आफ्नो हृदयमा आदर गरेका, विश्‍वास गरेका वा आशा लिएका मानिसहरू हुन सक्छन्। तापनि, वास्तवमा, तिनीहरू तेरो बाटो छेक्ने र तँलाई सत्यता खोजी गर्न र मुक्ति प्राप्त गर्नबाट रोक्ने बाधाहरू हुन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले तेरो जीवनलाई र तँ हिँड्ने मार्गलाई नियन्त्रण गर्न सक्छन्, र तिनीहरूले मुक्ति पाउने तेरो मौकालाई नाश पार्न सक्छन्। यदि तँ तिनीहरूलाई चिन्न र तिनीहरूलाई छर्लङ्ग देख्न असफल भइस् भने, कुनै पनि क्षण अचानक तँ तिनीहरूको छलमा पर्न, पकडमा आउन र तिनीहरूद्वारा लगिन सक्छस्। यसैले, तँ ठूलो खतरामा छस्। यदि तैँले आफूलाई यो खतराबाट मुक्त गर्न सक्दैनस् भने, तँ शैतानले बलि दिने शिकार हुन्छस्। जे होस्, ख्रीष्टविरोधीको बहकाउ र नियन्त्रणमा परेका, र ख्रीष्टविरोधीको अनुयायी बनेका मानिसहरूले कहिल्यै पनि मुक्ति पाउन सक्दैनन्। तिनीहरूले सत्यतालाई प्रेम र खोजी नगर्ने हुनाले, ख्रीष्टविरोधीले तिनीहरूलाई छल गर्न र आफ्‍नो पछि लगाउन सक्छ। त्यो अपरिहार्य परिणाम हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ३: तिनीहरू सत्यको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। अगुवाले यसो भन्दै सङ्गति गरे, “हामीले पाठ सिक्‍न सकौँ र हाम्रो भेदशक्ति बढोस् भनेर, परमेश्‍वरले ख्रीष्ट-विरोधीहरूलाई मण्डलीमा देखा पर्न दिनुहुन्छ, र उहाँले सबै किसिमका मानिसहरूलाई खुलासा गर्न पनि यसो गर्नुहुन्छ। यदि हामीले ख्रीष्ट-विरोधीहरूलाई चिन्‍न सक्दैनौँ भने, ख्रीष्ट-विरोधीहरूले हामीलाई छल गरेर बाधा दिँदा हामीले अन्धाधुन्ध तिनीहरूलाई पूजा गर्छौँ र तिनीहरूको कुरा मान्छौँ, र हामी सजिलै तिनीहरूद्वारा मूर्ख बन्‍न र तिनीहरूको नियन्त्रणमा पर्न सक्छौँ। हामी दुष्कर्म गर्न र परमेश्‍वरको विरोध गर्नमा समेत ख्रीष्ट-विरोधीको पछि लाग्‍न सक्छौँ, र परमेश्‍वरद्वारा हटाइन सक्छौँ, अथवा ख्रीष्ट-विरोधीहरूले हामीलाई दमन गर्दा र दण्ड दिँदा, हामीले तिनीहरूको विरोध गर्ने वा तिनीहरूलाई इन्कार गर्ने आँट गर्दैनौँ, र हामीले हृदयमा अन्धकार र पीडा अनुभव गर्छौँ, वा अझै खराब अवस्था पुग्यो भने, हामीले परमेश्‍वरलाई छोड्न र धोका दिन सक्छौँ अनि परमेश्‍वरले दिनुभएको मुक्ति पाउने हाम्रो मौका गुमाउँछौँ।” अगुवाले आफ्‍नो कुरालाई जारी राखे, “यो अनुभवद्वारा, हामीले सत्यताको खोजी गर्छौँ र विभिन्‍न प्रकारका मानिसहरूलाई चिन्‍न सिक्छौँ, ख्रीष्ट-विरोधीहरू को हुन् र तिनीहरूले कस्ता व्यवहार गर्छन् त्यो हामीलाई थाहा हुन्छ, हामीले ख्रीष्ट-विरोधीहरूका प्रकृति र सारलाई स्पष्ट रूपमा देख्‍न सक्छौँ, हामीले सत्यताका सिद्धान्तहरू अनुसार ख्रीष्ट-विरोधीलाई चिन्‍न, रिपोर्ट गर्न, र इन्कार गर्न सक्छौँ, र हामीले आफू र ख्रीष्ट-विरोधीहरूको बीचमा दूरी कायम गर्न सक्छौँ। यसरी मात्रै हामी शैतानको छल र नियन्त्रणबाट उम्‍कन सक्छौँ। यदि हामीमा समझशक्तिको कमी छ र हामीले ख्रीष्ट-विरोधीहरूलाई इन्कार गर्न सक्दैनौँ भने, हामीले ख्रीष्ट-विरोधीहरूको छलमा परेर मुक्ति पाउने र सिद्ध हुने मौकालाई गुमाउन सक्छौँ।” मेरो अगुवाको सङ्गति सुनेपछि, मैले के बुझेँ भने, हामीले सत्यता र समझ पाउन सकौँ, र आफूलाई शैतानको छल र नियन्त्रणबाट मुक्त गर्न सकौँ भनेर परमेश्‍वरले मण्डलीमा ख्रीष्ट-विरोधीहरूलाई देखा पर्न दिनुहुन्छ। ख्रीष्ट-विरोधीहरूसँगको वास्तविक सम्पर्कमा नआई, हामीले मानिसहरू कस्ता हुन्छन् भनेर पत्ता लगाउन सक्दैनौँ, र हामी अझै पनि ख्रीष्ट-विरोधीहरूको छलमा पर्न र तिनीहरूलाई पछ्याउन सक्छौँ। यस ख्रीष्ट-विरोधीको छल र बाधामा परेको अनुभवपछि, मैले के पनि बुझेँ भने जब परिस्थितिहरू आइपर्छन्, तब हामीले सत्यताको खोजी गर्नुपर्छ र परमेश्‍वरका वचनहरूका सिद्धान्तहरूका आधारमा यी परिस्थितिहरूलाई हेर्नुपर्छ। यदि कसैले सिद्धान्तहरू उल्‍लङ्घन गरिरहेको देख्यौँ भने, हामीले सत्यताको अभ्यास गरेर यसको खुलासा गर्नैपर्छ, र हामीले समयमा नै अगुवाहरूलाई यसको बारेमा रिपोर्ट गर्नुपर्छ। यसको साथै, म मानिसहरूलाई खुशी पार्दै हिँड्ने गर्थेँ, र मानिसहरूलाई चिढ्याउँछु होला भनेर म सधैँ डराउँथेँ र सधैँ तिनीहरूसँगको सम्‍बन्धलाई कायम राख्थेँ। अहिले मलाई यो त शैतानी दर्शनशास्‍त्र हो भन्‍ने थाहा भयो। जब हामी कुनै कुरा सत्यताको विरुद्धमा भएको देख्छौँ, तब हामीले यो कुरा सीधै भन्‍नुपर्छ, र हामीले मानिसहरूसँगको हाम्रो सम्‍बन्धलाई होइन, मण्डलीका हितहरूको रक्षा गर्नुपर्छ, किनभने हामीले आफ्‍नो सम्‍बन्ध जोगाउनु परमेश्‍वरको लागि अपमानजनक र घिनलाग्दो कुरा हो।

त्यसपछि, सबै ब्रदर-सिस्टरहरूले क्‍लाउडियाको वास्तविकतालाई बुझे, र सबैले उनलाई मण्डलीबाट निकाल्‍न सहमति जनाए। उनले समूह छोडेपछि, मलाई फोन गरिन्। उनले रुँदै भनिन्, “मण्डलीका मानिसहरूले मलाई ख्रीष्ट-विरोधी भनेर भन्छन्। तिनीहरूले मेरो बारेमा त्यसो भन्‍न मिल्दैन! सिस्टर, तपाईं मण्डली छोडेर जानुपर्छ। मण्डली अगुवाहरू सबै झूटा छन्। तिनीहरू सबै झूट बोल्छन्, र तपाईंले त्यहाँ बसेर तिनीहरूको झूटलाई साथ दिइरहनुभएको छ।” मैले उनलाई भनेँ, “परमेश्‍वरका विश्‍वासीहरू भएपछि हामीले परमेश्‍वरका वचनहरू पालना गर्नुपर्छ। अगुवाहरूको सङ्गति परमेश्‍वरका वचनहरू अनुरूप छ, त्यसकारण अवश्य नै हामीले तिनीहरूले भने अनुसार गर्नुपर्छ। तपाईंले सुन्‍न चाहनुभएन, र त्यो तपाईंको विचार हो। मलाई जित्‍ने प्रयास नगर्नुहोस्। तपाईंले मुक्ति पाउने मौका गुमाउनुभयो। म मेरो मौका गुमाउन चाहन्‍नँ।” त्यसपछि मैले उनलाई थप केही भनिनँ, र उनले मसँग फेरि कहिल्यै कुराकानी गर्ने प्रयास गरिनन्। क्‍लाउडिया मण्डलीबाट गएपछि, उनको वास्तविकतालाई कहिल्यै नचिनेका दुई जना मानिसहरू थिए, र तिनीहरूले जुनसुकै सङ्गति गरे पनि जिद्दी भएर तिनीहरू उनकै पछि लागे, र अन्त्यमा तिनीहरू पनि मण्डली छोडेर गए। यस अनुभवबाट, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरले मलाई दिनुभएको अगुवाइ र मुक्ति देखेँ। मलाई रक्षा गर्ने परमेश्‍वरकै वचन थियो, र ख्रीष्ट-विरोधीलाई चिन्‍न सक्‍न मलाई अगुवाइ गर्ने, र मलाई सही मार्गमा हिँड्न र ख्रीष्ट-विरोधीहरूको छलमा पर्नबाट बच्‍न सहयोग गर्ने यही थियो। मलाई थाहा छ, ममा अझै धेरै कमीकमजोरी छन्, मैले अझै पनि आफूलाई धेरै सत्यताले सुसज्‍जित तुल्याउनुपर्छ, तर म सर्वशक्तिमान्‌ परमेश्‍वरका अझै धेरै वचनहरू पढ्नेछु र परमेश्‍वरको काम अनुभव गर्न परमेश्‍वरमा भरोसा गर्नेछु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

जोइको कथा

आजको कथाको मुख्य पात्रको नाम जोइ हो। उनी फिलिपिन्सकी एक इसाई हुन्। विगतमा, उनले मानिसहरूलाई सधैँ भावनाको आधारमा व्यवहार गर्थिन्। यदि कुनै...

पुनः रोगको सामना

याङ्ग यि, चीन मैले १९९५ बाट प्रभु येशूमा विश्‍वास गर्न थालें। त्यसपछि, वर्षौंदेखिको मेरो मुटुको रोग चमत्कारी ढङ्गले ठिक भयो। म धेरै आभारी...

ईर्ष्याले गरेको हानि

केही समयअघि म केही मण्डलीहरूको कामको हेरचाह गर्ने मण्डली अगुवा चुनिएँ। त्यसको तुरुन्तै मैले केही नतिजाहरू देख्न थालेँ, र धेरै मण्डली...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्