जेलको कष्ट

15 अक्टोबर 2021

जियाओ फान, चीन

मे २००४ को एक दिन, म केही दाजुभाइ-दिदीबहिनीहरूसँग भेलामा सहभागी भइरहेकी थिएँ त्यही बेला अचानक २० जनाभन्दा बढी प्रहरीहरू अचानक आए। तिनीहरूले हामी नगर राष्ट्रिय सुरक्षा ब्रिगेडबाट आएका हौँ र विगत चार महिनादेखि तपाईंको मोबाइल फोनको निगरानी गरिरहेका छौं भने। तिनीहरूले तिनीहरू प्रान्त-स्तरीय कारबाहीमा अङ्ग भएको र सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै विश्‍वासी पक्राउ परिसकेको कुरा गरे। तिनीहरूले मलाई सोधपुछको लागि सहरको कम्युनिस्ट पार्टी स्कूलमा लगे। त्यहाँ पुग्‍नेबित्तिकै तिनीहरूले मलाई जुत्ता खोलेर टुक्रुक्क बस्‍न लगाए। केही समयपछि, मेरा खुट्टाहरू लाट्टिए, तर जब-जब मैले मेरो शरीरको स्थिति परिवर्तन गर्न चाहन्थेँ, प्रहरीले मलाई हल्‍लिन पनि नदिई हप्काउँथे। तिनीहरूले मलाई दुई घण्टासम्‍म टुक्रुक्क बस्न लगाए अनि तिनीहरूले मलाई सोधपुछ गर्न थाले। “तेरो अगुवा को हो? मण्डलीको पैसा कहाँ छ?” मैले केही पनि भनिन। राष्ट्रिय सुरक्षा ब्रिगेडको क्याप्टेन हतकडी लिएर आयो र जङ्गिँदै भन्यो, “त्यसमा समय बरबाद नगर्। त्यसलाई यसको स्वाद चखा!” त्यसपछि उसले मलाई भन्यो, “अर्को कोठामा के हुँदैछ सुनिस्?” मैले अर्को कोठामा एक जना सिस्टर चिच्याइरहेकी सुनेँ र म तुरुन्तै आत्तिएँ र मलाई अत्यन्तै डर लाग्यो, मैले सोचेँ, “यी प्रहरीहरूले मलाई त्यसरी नै यातना दिनेछन्। मैले कसरी सहने?” अनि मैले परमेश्‍वरसँग मनमनै प्रार्थना गरेँ, मलाई शक्ति दिनुहोस् भनी अनुरोध गरेँ र म उहाँमा भरोसा गर्न र साक्षी बन्‍न इच्‍छुक छु भनेँ। ठीक त्यही बेला, त्यो क्याप्टेनले मलाई लात मारेर भुइँमा लडायो, मेरो हातमा पछाडिबाट हतकडी लगायो र मलाई तलमाथि झट्क्यायो। मलाई यसरी एक-दुई पटक घिस्याउँदै र तान्दै गरेपछि, म यति धेरै पीडामा थिएँ कि मेरो जीउबाट पसिना बगिरहेको थियो। तिनीहरूले दश मिनेटभन्दा बढी यसै गरिरहे र अन्तिममा यसो गर्न छोडे। यसले काम नगरेको देखेर, तिनीहरूले फरक प्रयास गर्ने निर्णय गरे। तिनीहरूले अर्को ठाउँका केही प्रहरी ल्याए र सहरबाट केही दङ्गा प्रहरी ल्याए, जसले समूह-समूह गरी मलाई पालै-पालो सोधपुछ गरे। हरेक समूहमा चार-चार जना हुन्थे र तिनीहरूले मलाई दिन-रात पालै-पालो हेर्थे, अनि मलाई यातना दिएर सुत्‍न दिँदैनथे। जब मैले आँखा खुला राख्‍नै सक्थिन र झुल्‍न पुग्थें, पुलिसले मेरो सङ्कल्पलाई चकनाचूर पार्न र मलाई मेरा दाजुभाइ-दिदीबहिनीहरूको झोसपोल गर्न र परमेश्‍वरलाई धोका दिन लगाउन मेरो अनुहारमा चिसो पानी छ्याप्थे र मेरो कपाल जगल्टाउँथे। हरेक दिन, चोट लाग्‍ने गरी मेरा नसाहरू तन्काइन्थ्यो, र मैले एक क्षणको लागि पनि ध्यान गुमाएँ भने, मैले मण्डलीको जानकारी प्रकट गर्छु होला भन्‍ने मलाई डर थियो। मैले मेरो हृदयमा परमेश्‍वरलाई प्रार्थना गर्दै, ती भयानक दिनहरूमा मलाई अगुवाइ गर्न अनुरोध गरिरहेँ। पुलिसले जानी-जानी मलाई अपमानित पनि गरे। मैले शौचालय प्रयोग गर्दा तिनीहरूले मलाई ढोका थुन्‍न दिँदैनथिए, त्यस बेला बाहिर पुरुष प्रहरीहरू आउने-जाने गरिरहेका हुन्थे। तिनीहरूमध्ये कतिले भित्र हेर्ने बहाना बनाउँथे, र धेरैपटक म शौचालय गएको हेर्दै तिनीहरू ढोकामा उभिरहेका हुन्थे। मलाई यसरी सोधपुछ गर्ने र यातना दिने क्रम १२ दिनसम्‍म जारी रह्यो। म नसुतेको १० दिन भइसकेको र मेरा नसाहरू पोलिरहेको हुनाले, मलाई नराम्ररी कब्जियत भयो। तिनीहरूको यातनाले गर्दा मेरो ५८ केजी तौल घटेर ५२ केजी भयो। १२ दिनमा नै मेरो ६ केजी तौल घटेको थियो।

तेह्रौं दिनमा, पुलिसले मलाई सहरको थुना घरमा लगेर गए। एक महिना नपुग्दै, तिनीहरूले मलाई अनुगमनको लागि उच्‍च-स्तरीय होटेलमा लिएर गए। तिनीहरूले मेरो श्रीमानलाई ल्याए र उहाँलाई मसँग एकलै कोठामा थुनिदिए, ताकि उहाँले मलाई मण्डलीको बारेमा जानकारी दिन प्रोत्साहन दिनुहोस्। सुरुमा त मलाई कमजोर महसुस हुन थालेको थियो, र मैले त्यो नरकको दुलोबाट मेरो श्रीमानसँगै जतिसक्दो चाँडो निस्कन पाऊँ भन्‍ने चाहेकी थिएँ। तर त्यहाँबाट निस्कनको लागि, मैले परमेश्‍वरलाई धोका दिएर मेरा दाजुभाइ-दिदीबहिनीहरूको झोसपोल गर्नुपर्थ्यो। अनि मलाई परमेश्‍वरका यी वचनहरूको याद आयो: “तिमीहरू सँधै जागा र पर्खिरहनुपर्छ, र तिमीहरूले मेरो सामु अझै बढी प्रार्थना गर्नुपर्छ। तिमीहरूले शैतानका विभिन्‍न षड्यन्त्रहरू र धूर्त चलाकीहरूलाई पहिचान गर्नुपर्छ, आत्माहरूलाई चिन्‍नुपर्छ, मानिसहरूलाई जान्नुपर्छ, र हरेक प्रकारका मानिसहरू, घटनाहरू, र थोकहरूलाई छुट्याउन सक्‍नुपर्छ” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय १७”)। परमेश्‍वरका वचनहरूले मलाई मैले परमेश्‍वरलाई धोका दिन सकूँ भनी प्रहरीले मलाई नरम बनाउन मेरो श्रीमानलाई ल्याएका हुन् भन्‍ने कुरा स्मरण गराए। यो शैतानको चलाक युक्ति थियो र म त्यसको फन्दामा पर्ने खतरामा थिएँ। केरकार गरिरहेको बेला, प्रहरीले मलाई दाजुभाइ-दिदीबहिनीहरूको नामको सूची र केही फोटो दिएका थिए र मैले चिन्‍नेहरूलाई देखाउन लगाएका थिए, र मैले त्यसो गर्न इन्कार गरेकी थिएँ, त्यसबारेमा मैले विचार गरेँ। मेरो श्रीमानले सधैँ मेरो विश्‍वासको समर्थन गर्नुभएको कुरा पनि मैले स्मरण गरेँ, र यो अवसरलाई मैले मेरो श्रीमानलाई ती दाजुभाइ-दिदीबहिनीहरूलाई चेतावनी दिन लगाउनको लागि प्रयोग गर्न सक्छु भनी सोचेँ, ताकि तिनीहरू भूमिगत भएर पक्राउ हुनबाट बच्‍न सकून्। अनि मैले मेरो श्रीमानको काँधमा रोएको बहाना बनाएँ र मेरो योजनाको बारेमा उहाँलाई कानेखुसी गरेँ। उहाँले यसो गर्ने सहमति जनाउनुभयो। एकजना महिला प्रहरी तुरुन्तै कोठामा बम्किँदै आइन् र मेरो श्रीमानलाई भनिन्, “हामीले तपाईंलाई यहाँ हाम्रो सहयोगको लागि ल्याएका हौं। तपाईंहरू के कुरा गर्दै हुनुहुन्छ? यहाँबाट निस्किहाल्‍नुहोस्!” म त छक्क परेँ। मेरो श्रीमानले मलाई मण्डलीको बारेमा जानकारी दिन र परमेश्‍वरलाई धोका दिन प्रोत्साहन गरून् भन्‍ने प्रहरीको चाहना थियो, तर जब त्यो महिला प्रहरीले तिनीहरूको युक्तिले काम नगरेको देखी, ऊ हताश भई र उसले मेरो श्रीमानलाई बाहिर निकाली। यी प्रहरीहरू अत्यन्तै कुटिल र दुष्ट थिए! परमेश्‍वरको अगुवाइको निम्ति धन्यवाद, जसले मलाई शैतानको कुटिल युक्तिमा फस्‍नबाट रोक्यो।

त्यसपछि, प्रहरीले मलाई सोधपुछको लागि फेरि कम्युनिस्ट पार्टीको स्कूलमा लग्यो। तिनीहरूले मलाई बाघे कुर्सीमा बाँधे र एकजना महिला अफिसर कोठामा आई र मलाई अनुहारमा प्‍लास्टिकको चप्‍पलले हिर्काउन थाली। सबै कुरा अँध्यारो भयो त्यसपछि म कुर्सीमै घोप्टो परेँ। उसले मलाई बहाना बनाइरहेकी छस् भनी, अनि, सराप्दै, मेरो कपाल जगल्टाई र कुटिरही। मेरो अनुहार बैजनी रङ्गको बैगुनजस्तै सुन्नियो र आँखाबाट रगत तपतप चुहियो। एकजना पुरुष अफिसर आयो र मलाई बाघे-कुर्सीबाट फुकायो, अनि मेरो कपालमा पक्रेर झट्काउँदै तान्यो र मलाई बाघे-कुर्सीमूनि खाँद्‍ने प्रयास गर्यो। म कुर्सीको मुनि अटिन, त्यसैले उसले मलाई लात मार्दै सरापेर भन्यो, तँ कुकुरभन्दा कम छैनस्। तिनीहरूले मलाई कुर्सीमुनि घुसारे र हलचल नगर् भने त्यसपछि मलाई फेरि कुर्सीमा राखेर साङ्लाले बाँधे। यसरी निर्दयी रूपमा कुटिएको र अपमानित गरिएको कारण म अति उदास भएँ र मलाई कमजोर महसुस हुन थाल्यो। मैले मनमनै विचार गरेँ: “तिनीहरूले मलाई यातना दिन रोक्‍नेछैनन्। यो कहिले रोकिनेछ?” त्यस्तो चरम पीडामा, मैले मृत्युको कामना गर्न थालेँ, तर मलाई बाघे कुर्सीमा बाँधिएको हुनाले, त्यसको कुनै सम्‍भावना थिएन। अनि मैले मेरो हृदयमा परमेश्‍वरलाई प्रार्थना गरिरहेँ, त्यसपछि प्रभुको सुसमाचार प्रचार गरेको कारण इतिहासभरि सताइएका सबै सन्तहरूको बारेमा मैले विचार गरेँ। कतिलाई घोडामा बाँधेर च्यातिएको थियो, कतिलाई ढुङ्गाले हानेर मारिएको थियो, र कतिलाई करौंतीले टुक्रा-टुक्रा परिएको थियो। तिनीहरू सबैले सामान्य मानिसहरूले सहन नसक्‍ने यातना भोगेका थिए र तिनीहरू सबैले आफ्‍नो जीवनबाट परमेश्‍वरको गवाही दिएका थिए। अर्कोतर्फ म भने मैले यो थोरै पीडालाई पनि लिन सकेकी थिइन, र उम्कने बाटोको रूपमा मृत्युको समेत कामना गरेकी थिएँ। म अत्यन्तै कमजोर थिएँ र मैले अलिकति पनि गवाही दिइरहेकी थिइन। यी कुराहरूको बारेमा विचार गर्दा, म ग्‍लानि र वेदनाले भरिएँ, त्यसैले मैले हतार-हतार परमेश्‍वरसमक्ष प्रार्थना र पश्‍चात्ताप गरेँ। त्यही बेला, झ्यालबाहिर बसिरहेको एउटा चरी देखेँ। यसका प्वाँखहरू खैरा थिए र मलाई याद छ, त्यो दिन सिमसिम पानी परिरहेको थियो। यसले चिरबिर-चिरबिर गरिरह्यो र मलाई चरीले “गवाही देऊ, गवाही देऊ…।” भनिरहेको जस्तो लाग्यो। चरीको चिरबिर झन्-झन् छिटो हुँदै गयो, र अन्तिममा यो चिच्याएको जस्तै सुनियो। परमेश्‍वरले मलाई ताकिता गर्ने यो चरीको प्रयोग गरिरहनुभएको महसुस गरेँ, र म अत्यन्तै भावुक बनेँ। परमेश्‍वरलाई प्रार्थना गर्दै म रोएँ र भनेँ, “प्रिय परमेश्‍वर, म डरपोक वा कायर हुन चाहन्‍न। म यति कमजोर र भयभीत अवस्थामा मर्न चाहन्‍न। कृपया मलाई विश्‍वास र सामर्थ्य दिनुहोस्। म गवाहीको रूपमा खडा भएर शैतानलाई लज्‍जित पार्न चाहन्छु।” त्यही बेला, मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “सायद, तिमीहरूलाई सबैलाई यी वचनहरू थाहा छ होला: ‘किनभने हाम्रो हल्का र क्षणिक कष्टले हाम्रो निम्ति अझै अत्याधिक र अनन्त महिमाको काम गर्छ।’ तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू त्यसको साँचो महत्त्वको बारेमा पूरै सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा फन्को मारेर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू उपहास र उत्पीडनको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?”)। “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति र परमेश्‍वरको कृपामा विश्‍वासयोग्य रहनुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (वचन देहमा देखा पर्नुहुन्छको “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्”)। परमेश्‍वरका वचनहरूले मलाई सान्त्वना र प्रोत्साहन दिए। ती वचनहरूले मलाई के देखाए भने परमेश्‍वरमा विश्‍वास गर्ने र मेरो कर्तव्य पूरा गर्ने क्रममा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सताइनु र हानि गरिनु अपरिहार्य छ किनभने चिनियाँ कम्युनिस्ट पार्टी दियाबलस शैतान, परमेश्‍वरको शत्रु हो। तर परमेश्‍वरको बुद्धि शैतानको चतुर युक्तिहरूको आधारमा अभ्यास गरिन्छ र परमेश्‍वरले शैतानका सतावट र निर्दयी यातनाहरू हाम्रो विश्‍वास र आज्ञापालनलाई सिद्ध तुल्याउन प्रयोग गर्नुहुन्छ, र त्यस क्रममा, उहाँले विजेताहरूको समूह निर्माण गर्नुहुन्छ। मैले सत्यता प्राप्त गर्नको खातिर कष्ट भोगिरहेकी थिएँ, र यो कष्ट अर्थपूर्ण र सार्थक थियो। ठीक त्यही बेला मैले परमेश्‍वर स्‍वयम् कसरी हामीलाई मुक्ति दिन देह बन्‍नुभयो र इन्कार र गिल्‍ला सहनुभयो, र चिनियाँ कम्युनिस्ट पार्टीको खेदो र सतावटको कारण, बस्‍ने ठाउँ पाउनुभएन त्यसबारेमा विचार गरेँ। परमेश्‍वरले त यस्तो ठूलो अपमान र पीडा सहनुभयो भने, भ्रष्ट मानवको रूपमा, मेरो थोरै कष्ट कति नै थियो र? ख्रीष्टसँग कष्ट भोग्‍न पाउनु एउटा सम्‍मानको कुरा थियो। मैले डर मान्दै मृत्युको सामना गर्नु हुँदैनथियो; शैतानले मलाई जसरी यातना दिए पनि, मैले मेरो अन्तिम साससम्‍मै गवाहीको रूपमा खडा भएर परमेश्‍वरको इच्छा सन्तुष्ट पार्ने निर्णय गरेँ! केही पछि, राष्ट्रिय सुरक्षा ब्रिगेडको प्रमुखले कुटिल हाँसो हाँस्दै भन्यो, “तैँले थाम्न सक्ने रैछस्। हामीले तँलाई यसरी व्यवहार गर्ने योजना बनाएका थिएनौं। तैँले हामीलाई सबै कुरा भनिस् र सहकार्य गरिस् भने, म तँलाई चाँडै नै घर जान दिइने ग्यारेन्टी दिन्छु, र तँ फेरि तेरो परिवारसँग बस्‍न सक्छस्।” तिनीहरूले मलाई कुखुराको केही फिला र रोटी खान दिए, तर यो परमेश्‍वरलाई धोका दिन मलाई लोभमा पार्ने अर्को षड्यन्त्र हो भन्‍ने मलाई थाहा थियो। मैले तिनीहरूतिर हेर्दै दृढताको साथ भनेँ, “मलाई तपाईंहरूको सत्कार मन परेन, यस्तो झमेला नगर्नुहोस्। म त अचानोमा राखेको मासु जस्तै हो, जसलाई तपाईंहरूले जसरी मन लाग्छ त्यसरी काट्न सक्‍नुहुन्छ। मलाई थाहा छ म यहाँबाट जिउँदै बाहिर निस्कनेछैन र मैले यो तथ्य स्वीकार गरिसकेकी छु, त्यसैले तपाईंहरूलाई जे मन लाग्छ त्यही गर्नुहोस्। मैले पहिले नै तपाईंहरूको प्रश्‍नहरूको उत्तर थाहा छैन भनेर भनिसकेकी छु!” त्यसपछि उसले रूखो मुस्कान दिँदै भन्यो, “त्यति गम्‍भीर नबन्। अलिक हल्‍का बन्‍ने प्रयास गर्। हामीले जे जान्‍न चाहन्छौं त्यो हामीलाई भन् अनि घर जान पाउनेछस्।” अनि ऊ फर्केर गयो। ती प्रहरीले मलाई बाघे कुर्सीमा नै राखिरहे। दुई हप्तापछि, तिनीहरूले मलाई थुनाघरमा लगे। जब त्यहाँको कर्मचारीले मलाई यति गम्‍भीर चोटपटक लागेको अवस्थामा देखे, तिनीहरूले मलाई त्यहाँ राख्‍न मानेनन्। राष्ट्रिय सुरक्षा ब्रिगेडको प्रहरीले मलाई म आफै लडेर चोट लागेको हो भन्‍न दबाब दिए, त्यसकारण थुनाघरसँग मलाई स्वीकार गर्ने बाहेक केही विकल्‍प थिएन।

मलाई एक महिना थुनाघरमा राखेपछि, प्रहरीले मलाई फेरि थप सोधपुछको लागि कम्युनिस्ट पार्टीको स्कूलमा लग्यो। तिनीहरूले मलाई दिनको २४ घण्टा बाघे कुर्सीमा सीधा ठिङ्ग्रिएर मेरा खुट्टाहरूलाई ९० डिग्री बङ्ग्याएर बस्‍न लगाउँथे। यो क्रम एक महिनासम्‍म जारी रह्यो। मेरो घाँटीमा सहनै नसकिने पीडा हुन्थ्यो र मेरा खुट्टाहरू डरलाग्दो गरी सुन्निएका थिए। प्रहरीले सधैँ मलाई ताना मार्ने, अपमान गर्ने, र कुटपिट गर्ने गरिरहन्थे, र मलाई मनमनै अत्यन्तै रिस उठ्थ्यो। खास गरी, तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै जना विश्‍वासीहरू पक्रेको, तिनीहरूले पक्राउ गरेको व्यक्ति पुरुष होस् वा स्‍त्री, वृद्ध होस् वा जवान, तिनीहरूले सुरुमा तिनीहरूलाई तर्साउन यातना दिएको, अनि अन्त्यमा तिनीहरू सबैले जे भन्यो त्यही मानेको कुरा गर्थे। यो विश्‍वासलाई रोक्‍नको लागि हो भनेर तिनीहरू भन्थे। यी राक्षसहरूले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी चोट पुर्‍याइरहेका थिए त्यसको बारेमा जोसिँदै धाक लगाएको सुन्दा र तिनीहरूले आत्म-सन्तुष्टिको पाशविक हाँसो हाँसेको देख्दा, म घृणाले दाह्रा किट्थें। चिनियाँ कम्युनिस्ट पार्टी साँच्‍चै नै मानिसहरूलाई रमाइलोको लागि चोट पुर्‍याउने दैत्यहरू हुन्। मैले यी राक्षसहरूलाई सराप्दै मनमनै प्रार्थना गर्थेँ। पछि, प्रहरीले मबाट तिनीहरूले चाहेको जानकारी प्राप्त गरिरहेका छैनन् भन्‍ने देखे अनि तिनीहरूले मलाई थुना केन्द्र, अपराधी थुनाघरमा पठाए, त्यसपछि मेरो मष्तिष्क-सफाइ गर्न अर्को कुनै ठाउँमा पठाए। अन्तिममा, मलाई सहरको थुनाघरमा पठाइयो जहाँ मलाई एक वर्ष तीन महिना थुनियो। प्रहरीले मेरो आँत तहसनहस पार्न र मलाई परमेश्‍वरलाई धोका दिन लगाउनको लागि यो सब गरेका थिए, तर तिनीहरू सफल भएनन्। पछि, तिनीहरूले मलाई “कानुन कार्यान्वयनमा हस्तक्षेप गर्न सामन्ती अन्धविश्‍वासको प्रयोग गरेको” आरोप लगाए र मलाई चार वर्षको थुना सजाय सुनाए।

जेलमा हुँदा, मैले फेरि नरकमा बस्दा कस्तो हुन्छ त्यो चाल पाएँ। मलाई लुगा बनाउने उत्पादन पङ्क्तिमा खटाइएको थियो जहाँ सबैले आ-आफ्‍नो भागको काम गर्नुपर्थ्यो। जसले यो प्रक्रियालाई पछ्याउन सक्दैन वा आफ्‍नो काम समाप्त गर्न सक्दैन, उसलाई राति ११ बजे काम सकिएपछि ३० मिनेटदेखि एक घण्टासम्‍म उभिन लगाइन्थ्यो। त्यो अवधिमा, खाना खाने समय बाहेक, मैले मेरो सबै समय काम गर्ने कोठामा नै बिताएँ। तिर्खा लाग्दा मैले पानी पिउने समय पनि पाउँदिनथिएँ र म शौचालय पनि दौडिँदै जानुपर्थ्यो र दौडिँदै आउनुपर्थ्यो। मलाई नराम्ररी कब्जियत भयो। म दिनभरि बसेर काम गर्दै समय बिताइरहेको हुन्थें र गर्नुपर्ने काम धेरै हुने भएकोले, साथै मैले प्रहरीको हातबाट भोगेको यातना, दुई महिनाभन्दा बढी समय बाघे कुर्सीमा बस्‍न लगाइएको कारणले गर्दा, मलाई फेरि गम्‍भीर रूपमा घाँटीमा पीडा भयो र प्रायजसो मलाई टाउको दुख्‍ने र वाकवाकी लाग्‍ने हुन्थ्यो। एकपटक, म नुहाउने कोठामा चिप्‍लिएर लडेँ र मेरो टाउको नराम्ररी भूँइमा ठोक्‍कियो। मेरो ढाड खुड्किलामा ठोक्‍किएको थियो र म रन्थनिएँ र हलचल गर्नै सकिन। मेरो ढाड भाँचिएको जस्तै, र अत्यन्तै पीडा भयो। अरू कैदीहरू पनि म सिद्धिएँ वा अपाङ्ग भएँ भन्‍ने ठानेका थिए। तिनीहरू सबै सहयोगको लागि चिच्याए र अलार्म घण्टी बजाए, तर कोही पनि आएनन्। अन्तिममा, केही कैदीहरूले मलाई ओछ्यानसम्‍म बोकेर लगे। मलाई मेरो शरीर भाँचियो जस्तै लाग्यो र पीडाले रुनुबाहेक मैले केही गर्न सकिन। त्यो रात, यति पीडा भयो कि म सुत्‍नै सकिन। भोलि बिहान आठ बजे बल्‍ल एकजना गार्ड मेरो जेल-कोठामा आई। हतारमा, उसले मलाई कति नराम्ररी चोट लागेको छ भनेर सोधी। मैले भनेँ, “मलाई मेरो ढाड भाँचियो जस्तो लाग्छ। म हलचल गर्नै सक्दिन र मेरो टाउको अत्यन्तै दुख्छ।” तर उसले ठट्टा गर्दै भनी, “त्यति ठूलो समस्या त रहेनछ। तँ काम गर्न माथिल्‍लो तल्‍लामा जानुपर्छ, तेरो धेरै काम बाँकी छ। यदि तँ हलचल गर्न सक्दैनस् भने, अरू कसैलाई बोक्‍न लगाएर भए पनि माथि जा। यदि कसैले सहयोग गरेनन् भने, तँ घस्रिँदै माथि जानुपर्छ!” त्यसपछि ऊ फर्केर गई। अनि मैले त्यो भयानक पीडालाई सहनुपर्‍यो र मलाई ओछ्यानबाट बिस्तारै निस्‍कन सहयोग गर्न अरू कैदीहरूलाई अनुरोध गर्नुपर्‍यो। मलाई बस्‍ने स्थितिमा हुनको लागि समेत ३०-४० मिनेट लाग्यो त्यसपछि म बिस्तारै खुड्किलासम्‍म गएँ अनि खुड्किला चढेँ। मेरो काम गर्ने स्थानमा जानु निकै संघर्ष गर्नुपर्‍यो, र मैले बस्‍ने प्रयास गरिरहेकी थिएँ, तर धेरैपटक प्रयास गरेपछि पनि, म बस्‍न सकिनँ। अन्तिममा, मैले मेरो मेसिनमा पक्रिएर पीडाले दाह्रा किट्दै सारा शक्ति खर्च गरेर आफूलाई बस्‍न बाध्य गर्नुपरेको थियो। मेरो ढाडमा केही भाँचिएको जस्तो लाग्यो र यो अत्यन्तै पीडादायी थियो। डाक्टर ड्युटीमा आइञ्‍जेलसम्‍म पर्खिन निकै गाह्रो परेको थियो, तर उनले मेरो घाउमा केही आयोडिन दलिदिने र मलाई तीन वटा नोटोगिन्सेङ्ग ट्याबलेट दिनेबाहेक केही पनि गरिनन्। उनले मलाई ती औषधि निलेर फेरि काममा फर्किनू भनी भनिन्। त्यसकारण मैले मेरो शरीर र मेरो हृदयमा भोगेको पीडाको कारण म अबउप्रान्त केही पनि गर्न सक्दिन जस्तो लागेको थियो। मलाई यति अमानवीय तरिकाले व्यवहार गरेकोमा यी प्रहरीहरूप्रति मलाई अत्यन्तै घृणा लाग्यो। तिनीहरूको नजरमा, कैदीहरू कुकुरहरूजत्तिकै हुन्—हामी तिनीहरूको लागि पैसा कमाउने मेसिन मात्रै थियौं। मैले जेलमा बसेको एक वर्षभन्दा कम समय भए पनि, मेरो सजाय अवधि चार वर्षको हो भन्‍नेबारेमा विचार गरेँ। मैले कसरी त्यति लामो समय बिताउन सक्थेँ र? म यसमा बाँच्‍न सक्छु कि सक्दिन भन्‍ने वास्तवमा नै मलाई थाहा थिएन। यो सोच्दा मलाई अत्यन्तै एकलो र निराश महसुस हुन्थ्यो। थाहै नपाई, मैले परमेश्‍वरका वचनहरूसम्‍बन्धी मलाई मन पर्ने भजन गुनगुनाउन थालेँ: “जब तँ दुःखको सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्साउन सक्नुपर्छ र परमेश्‍वरको विरुद्धमा गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँ उहाँको पछि लाग्‍न सक्‍ने, तेरो प्रेमलाई डगमगाउन र बिलाउन नदिई आफ्नो विश्‍वासलाई थामेर राख्न सक्ने हुनुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि तँ उहाँको योजनामा समर्पित हुनुपर्छ, अनि उहाँको विरुद्ध गुनासो गर्नुको साटो उहाँको योजनामा समर्पित हुन र तेरो आफ्नै शरीरलाई सराप्न तयार हुनुपर्छ। जब तैँले जाँचहरूको सामना गर्छस् तँ नराम्रो घतले रुनु पर्ने भए पनि वा कुनै प्रिय वस्तुसित अलग्गिन अनिच्छुक महसुस गर्नु पर्ने भए पनि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ। यो मात्र साँचो प्रेम र विश्‍वास हो। तेरो वास्तविक कद जे-जस्तो भए पनि तँमा कठिनाइ सहने इच्छा र साँचो विश्‍वास, दुवै हुनुपर्छ, अनि तँमा देहलाई त्याग्ने इच्छा पनि हुनुपर्छ। परमेश्‍वरको इच्छा पूरा गर्न तँ व्यक्तिगत कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन तयार हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। यी कुनै पनि कुरामा तँ पछि पर्नु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध तुल्याउनुहुनेछ। यदि तँ यी मानदण्डहरू पूरा गर्न सक्दैनस् भने तँलाई सिद्ध तुल्याइन सकिँदैन” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “कसरी सिद्ध पारिने”)। मैले मनमनै यो भजन गुनगुनाएँ, र म जति गाउथें, त्यति नै यसले मेरो हृदय छुन्थ्यो। मलाई मेरो केही शक्ति फर्किएर आएको अनुभव हुन थाल्यो र अहिले मैले दियाबलसहरूको अखडामा कष्ट भोगिरहेको भए पनि, मेरो कमजोर स्थितिमा परमेश्‍वरका वचनहरूले मलाई अझै पनि मार्गदर्शन अनि विश्‍वास र सामर्थ्य दिइरहेका छन् भन्ने लाग्यो। परमेश्‍वरले मलाई कहिल्यै पनि छोड्नुभएको थिएन र परमेश्‍वरका वचनहरूको साथले म एकलै थिइन। यो विचारद्वारा मलाई अत्यन्तै धेरै सान्त्वना मिल्यो र कष्ट भोग्‍ने मेरो संकल्पको कमीप्रति मलाई पछुतो लाग्यो। यी कठिनाइ र परीक्षाहरूको सामना गर्ने क्रममा, मैले नकारात्मकतामा परेर परमेश्‍वरको हृदयमा चोट पुर्‍याएकी थिएँ। मैले पक्राउ परेपछि के-कस्ता अवस्थाको सामना गरेँ त्यसको बारेमा विचार गरेँ। मैले प्रहरीद्वारा लामो समय हानि र यातना भोगेकी थिएँ, र परमेश्‍वरका वचनहरूको अगुवाइ नभएको भए र परमेश्‍वरले मेरो हेरचाह नगर्नुभएको भए, म अहिलेसम्‍ममा धेरैपटक मरिसकेकी हुनेथिएँ। अहिले मैले फेरि पनि यो अमानवीय कष्ट भोगिरहेको बेला, मैले परमेश्‍वरमा भरोसा गरेँ भने, म यसबाट पनि गुज्रिन सक्छु भन्‍ने मलाई विश्‍वास थियो। परमेश्‍वरले मेरो विश्‍वासलाई सिद्ध तुल्याउनको निम्ति यो स्थितिको प्रयोग गरिरहनुभएको थियो। मैले उहाँलाई अबउप्रान्त कुनै चोट पुर्‍याउनु हुँदैन भन्‍ने मलाई थाहा भयो; मैले उहाँमा भरोसा गरेर दह्रिलो हुनुपर्थ्यो, बाँचिरहनुपर्थ्यो, र उहाँको गवाही दिइरहनुपर्थ्यो। यी कुराहरूको बारेमा विचार गर्दा, मैले अनुभव गरेको व्याकुलता हराउँदै गयो। त्यो बेला शैतानले मलाई दिएको चोट र यातनाको बीचमा मलाई डोर्‍याउने परमेश्‍वरका वचनहरू नै थिए। अन्तिममा, मेरो सजाय समाप्त भयो र म बाचेँ र त्यो पृथ्वीको नरकबाट निस्केर आएँ।

जब म घरमा फर्केर आएँ, प्रहरीहरू मेरो बारेमा म ठग हुँ भन्‍ने झूटो हल्‍ला फिँजाउनमा नै व्यस्त रहेका रहेछन् भन्‍ने मैले सुनेँ। कुरा काट्ने र औंल्याउने छिमेकीहरूबाट टाढा जानको लागि मेरो श्रीमानले अर्कै ठाउँमा काम खोज्‍नुपरेको थियो र उनले मलाई डिभोर्स गरौं भनी भने। म जेल गएको कुराप्रति उनकी आमा यति लज्‍जित भएकी रहेछिन् कि उनले मेरो अनुहारसमेत हेर्न सकिनन्। मेरी छोरीलाई पनि शिक्षकहरू र कक्षाका साथीहरूले निर्दयीसाथ गिल्‍ला गर्थे त्यसैलेण गाउँको एउटा बच्‍चा पनि तिनीसँग खेल्‍न मान्दैनथे। यस्तो भएको देखेपछि मैले मेरो आँसु थाम्‍नै सकिन। हाम्रो परिवार कति सुखी थियो, तर अहिले चिनियाँ कम्युनिस्ट पार्टीको सतावटको कारण अवस्था यस्तो भएको थियो। मलाई भित्रैदेखि चिनियाँ कम्युनिस्ट पार्टीप्रति घृणा लाग्यो! मेरो दिमागमा परमेश्‍वरका वचनहरूको एउटा खण्ड आयो: सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्। … परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? स्नेह कहाँ छ? परमेश्‍वरका मानिसहरूसित चलाकी गर्न किन छलपूर्ण युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको आगमनलाई दमन गर्न किन शक्ति प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्‍वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्‍वरले उहाँको शिर टेकाउने ठाउँ नपाउञ्‍जेल किन उहाँको खेदो गर्नु? मानिसहरूमाझ स्नेह कहाँ छ? मानिसहरूमाझ स्वागत कहाँ छ? परमेश्‍वरको त्यत्ति धेरै चाहना किन पैदा गर्नु? परमेश्‍वरलाई किन घरीघरी बोलाउन लगाउनु? परमेश्‍वरलाई किन उहाँका प्रिय पुत्रका निम्ति चिन्तित हुन कर लाउनु? यस अँध्यारो समाजमा, त्यसका दु:खी रक्षक कुकुरहरूले किन परमेश्‍वरलाई उहाँले सृष्टि गर्नुभएको संसारमा स्वतन्त्र रूपमा आउन र जान दिँदैनन्?” (वचन देहमा देखा पर्नुहुन्छको “काम र प्रवेश (८)”)। मैले परमेश्‍वरका वचनहरूको बारेमा मनन गर्ने क्रममा, चिनियाँ कम्युनिस्ट पार्टीको कुरूपतालाई पूर्ण रूपमा बुझेँ। त्यसले बाहिरी रूपमा धर्मी भएको बहाना गर्छ, र “धार्मिक आस्थाको स्वतन्त्रता,” “जनताको लागि नियम र सुव्यवस्था कायम राख्छौं” र “जनताको हेरचाह गर्छौं” जस्ता देखावटी नारा फलाक्छ। यसले सदाचार र नैतिकताको बारेमा सबै सही कुराहरू भन्छ तर गप्त रूपमा यसले विश्‍वासीहरूलाई पक्राउ गर्न र सताउन अनि झूटा हल्‍लाहरू फैलाउनको लागि आफ्‍नो हातमा भएका सबै उपाय प्रयोग गर्छ, जसले गर्दा अनगिन्ती इसाईहरू जेल पर्छन्, घर फर्किन सक्दैनन्, र तिनीहरूका परिवार टुक्रा-टुक्रा हुन्छन्। चिनियाँ कम्युनिस्ट पार्टी वास्तवमा के हो भन्‍ने कुरा मैले कहिल्यै देखेकी थिइन, र मैले यसलाई आदर्श मान्‍ने गर्थेँ। तर मैले यसको सतावट भोगेपछि, मैले बल्ल थाहा पाएँ चिनियाँ कम्युनिस्ट पार्टी त मानिसहरूलाई हानि गर्ने मुख्य दुष्ट रहेछ। सारगत हिसाबमा, यो परमेश्‍वर र सत्यताको शत्रु हो, र सबैभन्दा दुष्ट, सबैभन्दा प्रतिक्रियावादी दियाबलसहरूको जत्था हो।

म जेलबाट निस्केपछि, प्रहरीले कहिल्यै पनि ममाथिको निगरानीलाई रोकेन। हाम्रो स्थानीय चौकीका प्रहरीले सधैँ मैले अझै परमेश्‍वरमा विश्‍वास गर्छु कि गर्दिन भनेर सोधिरहेका हुन्थे र जब म घरमा परमेश्‍वरका वचनहरू पढ्थें, मैले मेरो मूल ढोका बन्द गर्नुपर्थ्यो। मैले परमेश्‍वरका वचनहरूसम्‍बन्धी मेरो पुस्तकलाई सबैभन्दा गुप्त स्थानमा लुकाउनुपर्थ्यो र भेलामा जाँदा वा सुसमाचार प्रचार गर्दा म अत्यन्तै होसियार र सतर्क हुनुपर्थ्यो। २०१३ मार्च महिनाको एक दिन, म जिम्‍मेवार रहेको मण्डलीका एक जना अगुवा र दुई जना डिकनहरू पक्राउ परे र मैले मण्डलीका केही सामग्रीहरू तुरुन्तै स्थानान्तर गराउने बन्दोबस्त गरेर केही दाजुभाइ-दिदीबहिनीहरूलाई सतर्क बस्‍न जानकारी दिनुपर्ने भयो। मैले यसको बन्दोबस्त गरिरहेको बेला, एक जना सिस्टरले यसो भनेको मैले सुनेँ, “पक्राउ परेकी अगुवासँग सबै दाजुभाइ-दिदीबहिनीहरूको सूची थियो र अहिले त्यो सूची पुलिससँग छ।” प्रहरीले सबै निगरानी भिडियो हेरेर नचिनेका मानिसहरूको खोजी गरिरहेका छन्, र तिनीहरूले विश्‍वासीहरूको खोजी गर्दै घर-घर जाने योजना बनाइरहेका छन् भनेर उनले भनिन्। तिनीहरूले धम्की पनि दिएका थिए: “एक जनालाई जालबाट उम्कन दिनुभन्दा गलत रूपमा हजार जनालाई पक्राउ गर्नु नै राम्रो हुन्छ!” यो कुरा सुनेपछि मलाई अत्यन्तै बेचैन र डर भयो। तिनीहरूले मेरो विश्‍वासको कारण पहिले पनि पक्राउ गरिसकेका हुनाले, तिनीहरूसँग मेरो बारेमा खाता नै थियो। यदि पुलिसले अनुहार पहिचान गर्ने निगरानीको प्रयोग गरे भने, मलाई अवश्य नै पक्राउ गरिनेथियो। यदि मलाई फेरि पक्राउ गरियो भने, म बाँच्‍ने कुनै सम्भावना थिएन—तिनीहरूले त्यो कुरालाई सुनिश्‍चित गर्नेथिए। यो सोचेपछि, मैले म जतिसक्दो चाँडो भाग्‍नुपर्छ भन्‍ने महसुस गरेँ। तैपनि जब म अर्को मण्डलीमा गएँ, मैले मेरो मनलाई शान्त बनाउन सकिनँ र मेरो विवेकले मलाई आक्रमण गरिरहेको थियो। मण्डलीमा तुरुन्तै गर्नुपर्ने काम धेरै थिए, तर मैले मेरो आफ्‍नै जीवनको रक्षा गर्न मलाई दिइएको आज्ञालाई त्यागेकी थिएँ। यदि म अहिले भागेँ भने, मैले परमेश्‍वरको घरको हितलाई रक्षा गरिरहेकी हुँदिन! मेरो विवेक र मानवता कहाँ गयो? के मैले डरपोक र कायरले जस्तो व्यवहार गरिरहेकी थिइन र? परमेश्‍वरमाथि मसँग कुनै साँचो विश्‍वास थिएन—मेरो गवाही कहाँ थियो? यी कुराहरूको बारेमा विचार गर्ने क्रममा, मैले तुरुन्तै परमेश्‍वरसँग प्रार्थना गरिहालेँ, र मलाई विश्‍वास र शक्ति दिनुहोस् र मलाई रक्षा गर्नुहोस् ताकि म गवाही बन्‍न सकूँ भनेर उहाँलाई अनुरोध गरेँ।

त्यसपछि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “जब मानिसहरूले आफ्‍नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन। ‘देह’ को परिभाषामा देहलाई शैतानले भ्रष्ट तुल्याएको छ भनेर भनिए पनि, यदि मानिसहरूले आफूलाई साँचो रूपमा समर्पित गर्छन्, र शैतानद्वारा नियन्त्रित हुँदैनन् भने, तिनीहरूलाई कसैले पनि वशमा पार्न सक्दैनन्” (वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरूको “अध्याय ३६”)। परमेश्‍वरका वचनहरूलाई मनन गरेपछि, मैले यो परिस्थिति परमेश्‍वरको जाँच हो र आत्मिक संसारमा लडाइँ भइरहेको छ भन्‍ने मैले बुझेँ। म परमेश्‍वरको साथमा खडा भएर शैतानलाई लज्‍जित पार्न र परमेश्‍वरको गवाही दिनको लागि मैले आफ्‍नो जीवन दिनुपर्छ भन्‍ने मलाई थाहा थियो; त्यस्तो महत्त्वपूर्ण समयमा म कुनै पनि हालतमा लुरुक्‍क परेर भाग्‍नु हुँदैनथियो! मैले परमेश्‍वरको घरको कामको रक्षा गर्नुपर्थ्यो—विवेक र मानवता भएको व्यक्तिले गर्नुपर्ने कुरा त्यही हो। मैले धार्मिकताको खातिर सतावट भोगिरहेकी थिएँ, र यदि म मर्नु नै परे पनि, यो सार्थक हुनेथियो। यदि मैले बेवास्ता गर्दै र शैतानद्वारा घेरिएर बाँचिरहेकी भए, मेरो शरीर त बाँचे पनि, म जिउँदो लास बन्‍नेथिएँ। यो विचार गरेपछि मलाई स्वतन्त्र भएको महसुस भयो, त्यसकारण म त्यो मण्डलीमा फर्केर गएँ र दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरका वचनहरूको सबै पुस्तक-पुस्तिका सार्न लगाएँ र तिनीहरू सबैलाई लुकेर बस्‍नू भनेँ। मण्डलीको सबै कामको बन्दोबस्त चाँडै नै भयो र मैले परमेश्‍वरलाई उहाँको अगुवाइको लागि धन्यवाद दिएँ!

सर्वशक्तिमान्‌ परमेश्‍वरमा २० वर्षभन्दा बढी विश्‍वास गरेपछि र चिनियाँ कम्युनिस्ट पार्टीको निरन्तर सतावट र दमन सहेपछि, मैले केही कष्ट भोगेको भए तापनि, मैले परमेश्‍वरका वचनहरूको मार्गदर्शनको कारण, मैले केही सत्यताहरू बुझेकी छु र मैले सही र गलत, धार्मिकता र दुष्टताको बीचमा भिन्‍नता छुट्याउन सिकेकी छु। मैले त्यस्ता असाधारण परिस्‍थितिहरूमा परमेश्‍वरमा भरोसा गर्न पनि सिकेकी छु। मैले परमेश्‍वरका वचनहरूको अख्तियारलाई साँचो रूपमा अनुभव गरेकी छु र परमेश्‍वरमाथिको मेरो विश्‍वास वृद्धि भएको छ। यो सबै परमेश्‍वरको अनुग्रहले नै हो। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

मोआबका सन्तानहरूको परीक्षा

झुवान्वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय,...

परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई...

असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्