कर्तव्य राम्ररी निर्वाह गर्न सिद्धान्तहरूमा रहनुहोस्

16 डिसेम्बर 2024

छु नुओ, चीन

अगस्ट २०१९ मा मण्डलीकी एक अगुवा सिस्टर लिन छिनले राजीनामा दिइन्। मेरी अगुवाले मलाई त्यो मण्डली गएर अनुसन्धान गर्न अह्राइन्। सिस्टर लिनले साँच्‍चै व्यावहारिक काम गर्न नसकेकी भए, तिनलाई बर्खास्त गर्नुपर्छ र नयाँ चुनाव हुनुपर्छ भनेर उनले भनिन्। म त्यहाँ पुगेपछि, त्यहाँका डिकनहरूले लिन छिनको परिस्थितिबारे कुरा गर्दै तिनले आफ्नो पारिवारिक हित वा व्यक्तिगत मामिलासित सम्बन्धित कुनै पनि कुरा आइपर्नेबित्तिकै, मण्डलीको कामलाई पन्छाएर त्यो सम्हाल्ने जिम्मा साझेदार सहकर्मी सिस्टरलाई छोडिदिने गरेको बताए। यसले गर्दा, तिनकी साझेदार सहकर्मीलाई कामको ठूलो बोझ भयो र कामको फलोअप राम्ररी हुन सकेन। केही अपर्झट मामिलाहरू थिए, तर तिनलाई तुरुन्तै समाधान गरिएको थिएन। माथिल्लो तहका अगुवाहरूले सिस्टर लिनलाई धेरैपटक मदत र साथ दिएका थिए, तर तिनी सुध्रिनन् र परिस्थितिलाई सुधार्न सकिएन। भेलाहरूमा परमेश्‍वरको वचनबारे लिन छिनले गर्ने सङ्गतिमा अन्तर्दृष्टि हुँदैनथ्यो, र दाजुभाइ-दिदीबहिनीहरूलाई समस्या वा कठिनाइ हुँदा सो समाधान गर्न तिनले सत्यता सङ्गति गर्न सक्दिनथिन्, केवल शब्द र धर्मसिद्धान्तका कुरा बोलेर प्रोत्साहन दिन मात्र सक्थिन्, र कुनै कुराको समाधान निकाल्न आफ्नै तरिका र सांसारिक दर्शनहरू प्रयोग गर्थिन्। उदाहरणको लागि, कुनै ब्रदर वा सिस्टर बिमारले गर्दा नराम्रो आत्मिक स्थितिमा हुँदा, तिनले केवल कुन डाक्टरलाई देखाउने र के-कस्ता स्वास्थ्यप्रद चीजहरू खाने भनेर मात्र बताउँथिन्, तर परमेश्‍वरको इच्छाको खोजी गर्न, र पाठहरू सिक्‍न मार्गदर्शन गर्दिनथिन्। साथै, केही मानिसहरूले भेलाको दौरान लगानीको कुरा गर्दा, तिनीहरूलाई खुलासा गर्नु र रोक्‍नुपर्छ भन्‍ने समझ लिन छिनमा नभएको मात्र होइन, तिनी त्यसैमा सहभागी भएर दाजुभाइ-दिदीबहिनीहरूलाई समेत त्यसमा सहभागी गराउँथिन्। केही दाजुभाइ-दिदीबहिनीहरूले तिनलाई सत्यताको पछि लाग्‍न र आफ्ना कर्तव्य पूरा गर्नमा ध्यान लगाउन सम्झाएका थिए, तर तिनले सुनिनन्। दाजुभाइ र दिदीबहिनीहरूले तिनलाई पैसाको लालची भन्छन् भन्‍ने डरले, तिनले लुकीछिपी लगानी गरिन् र ४ लाख युआन गुमाइन्, जसले गर्दा आफ्नो कर्तव्यप्रति तिनको ध्यान झन् भङ्ग भयो। लिन छिनले आफ्ना कर्तव्यलाई हेल्चेक्र्याइँ गरिरहेकी थिइन् र व्यावहारिक काम गरिरहेकी थिइनन्, त्यसैले मण्डली जीवन प्रभावकारी भएन र दाजुभाइ-दिदीबहिनीहरू नकारात्मक र कमजोर भए। तिनीहरूमध्ये कतिपय त भेलाहरूमा आउनै चाहँदैनथे, र तिनी आफै पनि दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्न डराउँथिन्, किनकि तिनी तिनीहरूका समस्याहरू समाधान गर्नै सक्दिनथिन्।

परिस्थितिबारे डिकनहरूको रिपोर्ट सुनेपछि, मैले सोचेँ, “लिन छिन सत्यता पछ्याउने वा व्यावहारिक काम गर्ने गर्दिनन्, र तिनको दृष्टिकोण अविश्‍वासीको जस्तो छ। त्यसरी त कसरी तिनले मण्डलीको नेतृत्व गर्न सक्छिन् र? तिनले राजीनामा नदिएको भए पनि, तिनलाई झूटो अगुवाको रूपमा बर्खास्त गर्नुपर्थ्यो।” अनि, मैले सान्दर्भिक सिद्धान्तको कुरा झिकेँ, र त्यो सिद्धान्त र उनको व्यवहारको आधारमा, असल-खराब छुट्याउने समझबारे सङ्गति गरेँ। मेरो सङ्गतिपछि, सबै डिकनहरूले लिन छिनसित पवित्र आत्माको कार्यको कमी रहेको पुष्टि गरे। तर मैले लिन छिनलाई कर्तव्यबाट बर्खास्त गर्ने कुरा गर्दा, एक डिकनले भने, “लिन छिनसित असल मानवता छ, दाजुभाइ-दिदीबहिनीहरूलाई जुनसुकै कठिनाइ हुँदा पनि तिनले मदत गर्छिन्, तिनी मिलनसार छिन र आडम्बर गर्दिनन्।” एकजनाले तिनीसित राम्रो क्षमता छ, तिनी बाठी छिन्, र दाजुभाइ-दिदीबहिनीहरू नराम्रो स्थिति वा केही समस्यामा हुँदा, तिनले तिनीहरूलाई सान्त्वना दिन सक्छिन् भनेर भने। यदि तिनलाई बर्खास्त गरियो भने, मण्डलीले तिनीभन्दा योग्य अगुवा पाउन सक्‍नेछैन। अर्को डिकनले यसो पनि भने, “लिन छिन केही समयको लागि मात्र खराब स्थितिमा भएकी हुन सक्छिन्। पहिला तिनलाई सङ्गति गरेर मदत गर्ने प्रयास गरौँ।” तिनीहरूले तर्क-वितर्क गरे, र तिनलाई बर्खास्त गर्नु हुँदैन भन्‍नेमा सबैजना सहमत भए। अगुवा र सेवकहरूलाई प्रतिस्थापन गर्ने सिद्धान्तअनुसार, यदि अगुवा र सेवकहरूले पवित्र आत्माको काम प्राप्त गर्दैनन् र लामो समयसम्म व्यावहारिक काम गर्न सक्दैनन् भने, तिनीहरूलाई प्रतिस्थापित गर्नुपर्छ। तिनीहरूसित पवित्र आत्माको कामको कमी छ र तिनीहरूलाई राखिराख्यौँ भने, के हामी परमेश्‍वरसित कुरा फेरिरहेका हुँदैनौँ र? यी डिकनहरूले लिन छिन मानिसहरूको ख्याल गर्न सक्‍ने, तिनीहरूको शारीरिक हितको विचार गर्ने, र केही हदसम्म प्रेमिलो छिन् र तिनीसित केही चतुऱ्याइँ र क्षमता छ भनेर मात्र देखे, तर तिनी सत्यताको पछि लाग्‍ने व्यक्ति हुन् कि होइनन्, र तिनले व्यावहारिक काम गर्न सक्छिन् कि सक्दिनन् भन्‍ने कुरा देखेनन्। तिनको मूल्याङ्कन् गर्न तिनीहरूले मानिसहरू चयन गर्ने परमेश्‍वरको घरका मापदण्डहरू प्रयोग गरिरहेका थिएनन्। लिन छिन सत्यताको पछि नलाग्‍ने व्यक्ति थिइन् र तिनको दृष्टिकोण अविश्‍वासीहरूको जस्तो थियो। कुनै घटना घट्दा तिनले सत्यता सङ्गति गर्दिनथिइन् र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशका व्यावहारिक समस्याहरू फिटिक्‍कै समाधान गर्न सकिनन्। तिनी झूटो अगुवाको रूपमा पर्दाफास भएकी थिइन्। तिनी आफ्ना कर्तव्यमा रहिरहेकी भए, तिनले मण्डलीको काममा रोकावट र बाधा मात्र ल्याउनेथिन् र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा ढिलाइ ल्याउनेथिन्। त्यसकारण तिनलाई विस्थापन गर्नेबारे मैले फेरि सङ्गति गरेँ। मेरो सङ्गतिपछि, ती डिकनहरू मौन भए, र तिनीहरू अझै पनि तिनलाई बर्खास्त गर्न सहमत छैनन् भनेर मैले देख्‍न सक्थेँ। त्यो क्षण, म अलि हिच्किचाएँ र सोचेँ, “यदि मैले आफ्नो दृष्टिकोणमै जोर दिएँ, अनि सत्यता र लिन छिनको साँचो रूप चिन्‍नेबारे सङ्गति गरिरहेँ भने, के यी डिकनहरूले मलाई असाध्यै अहङ्कारी र स्वेच्छाचारी र अरूका राय नस्विकार्ने व्यक्ति भनेर नसोच्लान्?” यदि मैले यहाँ आउनासाथ यी डिकनहरूसित मेरो सम्बन्ध बिगारेँ भने, मेरो बाँकी काम गाह्रो हुनेछ। मैले यो कुरा सोचेपछि, झूटा अगुवाहरूलाई चिन्‍ने सिद्धान्तहरूबारे ती डिकनहरूसित सङ्गति गर्न छोडेँ, र मैले ममाथिका अगुवालाई मण्डलीको परिस्थितिबारे रिपोर्ट दिएँ। मैले सोचेँ, यदि मेरो अगुवा मेरो दृष्टिकोणसित सहमत भइन् भने, मैले लिन छिनलाई बर्खास्त गर्न सक्‍नेछु, र ती डिकनहरूले मेरो बारेमा नराम्रो धारणा राख्‍नेछैनन्। त्यसपछि, लिन छिनबारे दृष्टिकोणहरू बुझ्न त्यस मण्डलीका अरू सिस्टरहरूलाई भेटेँ, तर यी सिस्टरहरूले पनि तिनलाई बुझेका रहेनछन् भन्‍ने थाहा भयो। तिनीहरू सबैले तिनीसित असल मावनता छ, तिनी तिनीहरूप्रति प्रेमिलो छिन्, तिनीहरूका कठिनाइ बुझ्छिन् र तिनी चलाख र क्षमतावान् छिन् भनेर भने। तिनीहरूको दृष्टिकोण ती डिकनहरूकै जस्तो थियो। यस्तो देखेपछि, मैले लिन छिनलाई चिन्‍न सत्यता सङ्गति गर्ने आँट गरिनँ। तिनीहरूले मलाई अहङ्कारी, आत्मधर्मी र अरूको दृष्टिकोण बेवास्ता गर्ने व्यक्ति भन्लान् र तिनीहरूको मनमा मेरो नराम्रो छाप बस्‍ला भनेर म डराएँ। त्यसैले, म चुपचाप अगुवाको प्रत्युत्तर पर्खेर मात्र बसेँ। त्यसप्रकार, लिन छिनलाई बर्खास्त गर्ने मामिलाको बोझ ममाथि पर्दैनथ्यो। यी दाजुभाइ र दिदीबहिनीहरूमा सत्यताको कमी छ र तिनीहरूले कुरा बुझ्न सक्दैनन् भनेर स्पष्टसित बुझेँ, तर मैले तिनीहरूसित सङ्गति गर्ने इच्छा गरिनँ। ती दिनहरूमा, मैले भित्री रूपमा अन्धकार महसुस गरेँ, र परमेश्‍वरको उपस्थिति महसुस गर्न सकिनँ। त्यसैले परमेश्‍वरसामु आई प्रार्थना गरेँ र आफ्नो स्थितिलाई चिन्‍न सकूँ भनी उहाँसँग अन्तर्दृष्टि र मार्गदर्शन मागेँ।

केही दिनपछि, अगुवाले मलाई भेट्नू भनेर भनिन्। अनि हामीले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढ्यौँ: “परमेश्‍वरको घरमा, तैँले जस्तो कर्तव्य निर्वाह गरे पनि, तैँले सिद्धान्तहरू बुझ्‍नै पर्छ, र सत्यता अभ्यास गर्न सक्ननैपर्छ। त्यसपछि तँसित सिद्धान्तहरू हुनेछन्। यदि तैँले कुनै कुरा छर्लङ्गै देख्न सक्दैनस्, यदि तँ व्यवहार गर्ने उचित तरिकाबारे निश्‍चित छैनस् भने, तैँले सहमतिमा पुग्‍नको लागि खोजी र सङ्गति गर्नुपर्छ। तैँले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको लागि फाइदाजनक के छ भन्‍ने कुरा तय गरेपछि, त्यही गर्। कुनै पनि नियमहरू द्वारा बाधित नहो, ढिलाइ नगर्, प्रतीक्षा नगर्, साथै हात बाँधेर रमिता हेर्ने व्यक्ति नबन्। यदि तँ सधैँ निष्क्रिय रूपमा अवलोकन मात्रै गर्छस्, र कहिल्यै आफ्‍नो राय राख्दैनस्, सधैँ अरू कसैले निर्णय गरेपछि मात्र केही गर्छस्, र, कसैले निर्णय नगरेसम्म टालटुल गर्दै पर्खन्छस् भने, परिणाम के हुनेछ? हरेक काम ठप्प हुनेछ, र केही पनि फत्ते हुनेछैन। तैँले सत्यता खोज्न सिक्नुपर्छ, वा कम्तीमा आफ्नो विवेक र समझको आधारमा काम गर्न सक्नुपर्छ। यदि तैँले केही काम गर्ने उचित तरिका छर्लङ्गै देख्न सक्छस्, र अधिकांश मानिसहरूलाई पनि त्यो विधि व्यवहार्य छ भन्‍ने लागेमा, तैँले त्यसरी नै अभ्यास गर्नुपर्छ। जिम्मेवारी लिनुपर्ला वा अरू चिढिएलान्, वा परिणामहरू भोग्‍नुपर्ला भनी नडरा। यदि कुनै व्यक्तिले कुनै पनि वास्तविक काम गर्दैन, र सधैँ षड्यन्त्र गरिरहेको हुन्छ, जिम्मेवारी लिन डराउँछ, अनि आफ्ना क्रियाकलापहरूमा सिद्धान्तहरूमा अडिने आँट गर्दैन भने, यसले ऊ अत्यन्तै धूर्त र छली छ, अनि उसले अत्यन्तै धेरै चतुर युक्तिहरू बोकेको छ भन्‍ने देखाउँछ। परमेश्‍वरका अनुग्रह र आशिष्‌हरूमा रमाउने चाहना गर्नु तर कुनै वास्तविक काम नगर्नु भनेको एकदमै सद्गुण नहुनु हो। यस्ता धूर्त र छली मानिसहरूलाई जत्तिको परमेश्‍वरले अरू कसैलाई तिरस्कार गर्नुहुन्‍न। तैँले जे सोचिरहेको भए पनि, यदि तैँले सत्यताअनुसार अभ्यास गरिरहेको छैनस्, तँमा कुनै बफादारी छैन, तँ सधैँ व्यक्तिगत दूषणहरूद्वारा दूषित हुन्छस्, र तैँले सधैँ आफ्‍नै सोचविचार बोकिरहेको हुन्छस् भने, परमेश्‍वरले यी यावत् थोक छानबिन गर्नुहुन्छ, र तिनका बारेमा थाहा पाउनुहुन्छ। के तँलाई परमेश्‍वरलाई तिनका बारेमा थाहा हुँदैन भन्‍ने लाग्छ? यदि लाग्छ भने, तँ अत्यन्तै मूर्ख छस्! अनि यदि तैँले तुरुन्तै पश्‍चात्ताप गरिनस् भने, तैँले परमेश्‍वरको काम पाउनेछैनस्। किन त्यस्तो हुन्छ? किनभने परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइ जाँच्‍नुहुन्छ। उहाँले तिनीहरूमा भएका सबै चतुर युक्तिहरू स्पष्ट रूपमा देख्‍नुहुन्छ, र उहाँले तिनीहरूको हृदयमा उहाँविरुद्ध बार लगाइएको, र तिनीहरू उहाँसँग एउटै हृदयका नभएको कुरा देख्नुहुन्छ। मानिसहरूको हृदयलाई परमेश्‍वरबाट टाढै राख्‍ने मुख्य कुराहरू के-के हुन्? तिनीहरूका सोचहरू, तिनीहरूका स्वार्थ र घमण्ड, तिनीहरूको हैसियत र तिनीहरूका तुच्छ चतुर युक्तिहरू। जब मानिसहरूको हृदयमा तिनीहरूलाई परमेश्‍वरबाट अलग गर्ने यी कुराहरूको पर्खाल हुन्छ, र तिनीहरूले निरन्तर रूपमा गोप्य कुराहरू लुकाइरहेका हुन्छन् र सधैँ आफ्नै मनसायहरू बोकिरहेका हुन्छन्, तब यसले समस्या निम्त्याउँछ(परमेश्‍वरको सङ्गति)। मैले परमेश्‍वरको वचनबाट के सिकेँ भने, मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्दा हरेक कुरा सत्यता सिद्धान्तमा आधारित हुनुपर्छ। हामीले स्पष्टसित बुझ्न नसक्‍ने मामिलाहरूमा, हामी छलफल गरेर सहमतिमा पुग्‍न सक्छौं, र जुन कुराले मण्डलीको काममा सबैभन्दा बढी लाभ पुर्‍याउँछ त्यही गर्न सक्छौँ। हामीले स्पष्टसित बुझ्ने मामिलाहरूमा, सत्यताको अभ्यास र सिद्धान्तअनुसार काम गर्नुपर्छ। त्यसो गर्दा मात्र हामीले परमेश्‍वरको इच्छाको ख्याल गरिरेहेका हुन्छौँ। तर यदि हामीसित इमानदार हृदय छैन, हामी परमेश्‍वरसामु चाल चल्छौँ, सधैँ आफ्नै व्यक्तिगत हितलाई जोगाउने प्रयास गर्छौँ, सत्यता बुझ्छौँ तर त्यसलाई अभ्यास गर्दैनौँ र परमेश्‍वरप्रति बफादार र संवेदनशील हुँदैनौँ भने, हामीले कहिल्यै पनि पवित्र आत्माको काम र आफ्नो कर्तव्यमा परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्नेछैनौँ। मैले लिन छिन सत्यता नपछ्याउने व्यक्ति हुन्, तिनले व्यावहारिक काम गर्दै गर्दिनन्, र तिनी तुरुन्तै प्रतिस्थापित गरिनुपर्ने झूटो अगुवा हुन् भनेर पहिले नै स्पष्टसित निर्धारित गरिसकेकी थिएँ, तर डिकनहरू सहमत नभएको देख्दा, तिनीहरूले मलाई अहङ्कारी र आत्मधर्मी भन्लान् भनेर म डराएँ, त्यसैले मैले सत्यता सिद्धान्तहरू पालना गर्ने आँट गरिनँ र झूटा अगुवाहरूलाई चिन्‍ने सत्यताबारे तिनीहरूसित सङ्गति गर्नमा जोड लाउन चाहिनँ। मैले आफ्नो अगुवालाई रिपोर्ट लेख्दा, म बाहिरी रूपमा त आफ्नो कर्तव्यबारे गम्भीर थिएँ, तर वास्तवमा पाइला चाल्नचाहिँ हिच्किचाइरहेकी थिएँ, किनकि दाजुभाइ-दिदीबहिनीहरूले मलाई नकारात्मक दृष्टिकोणले हेर्लान् भन्‍ने डर थियो। मैले आफ्नो कर्तव्यमा परमेश्‍वरको इच्छाको ख्याल र मण्डलीको कामको रक्षा गरिनँ, केवल आफ्नै प्रतिष्ठा र हैसियतलाई मात्र विचार गरेँ। आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन, मैले मण्डलीको काममा बाधा पुऱ्याउने र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा रोकावट ल्याउने झूटो अगुवालाई सहने कामसमेत गरेँ। आफू एकदमै स्वार्थी, घृणित र धूर्त रहेछु भनेर मैले बुझेँ। परमेश्‍वरले मानिसहरूको मन र मस्तिष्क जाँच्नुहुन्छ, र मेरा विचारहरूले अरू मानिसहरूलाई धोका दिन सक्लान् तर परमेश्‍वरलाई धोका दिन सक्दैनन्। त्यो बेला, मेरो आत्मा अँध्यारो थियो र मैले परमेश्‍वरको उपस्थिति महसुस गर्न सकिनँ। यो वास्तवमा परमेश्‍वरको सजाय र अनुशासन थियो!

ठीक त्यही बेला मैले, एक ख्रीष्टविरोधीले मण्डलीमा दुष्कर्म गरिरहेको पत्ता लागेको तर कसैले रिपोर्ट वा खुलासा नगरेको घटनाबारे सुनेँ। त्यो ख्रीष्टविरोधीलाई निष्कासित गरिए पनि, मण्डलीका सदस्यहरूले उसलाई ढाकछोप गरेर जोगाए। यसले परमेश्‍वरको स्वभावलाई चिढ्यायो, र त्यो मण्डलीका सबैलाई चिन्तन गर्न लगाउन अलग्याएर राखियो। त्यो कुरा सुन्दा, मेरो हृदय डरले काँप्यो। मैले थाहा हुनेबित्तिकै किन त्यो झूटो अगुवालाई निष्कासित गरिनँ भनेर आफूलाई बारम्बार सोधेँ। अनि मैले परमेश्‍वरका वचनहरू पढेँ: “जब सत्यता तेरो जीवन बनिसकेको हुन्छ, तब यदि तैँले कसैले परमेश्‍वरको निन्दा गरिरहेको, परमेश्‍वरको डर नमानिरहेको, आफ्नो कर्तव्य पूरा गर्दा झारा टारिरहेको, वा मण्डलीको काममा अवरोध र बाधा दिइरहेको देखिस् भने, तैँले तिनीहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्नेछस्, खुट्ट्याउनुपर्नेहरूलाई खुट्ट्याउन सक्नेछस्, र खुलासा गरिनुपर्नेहरूलाई खुलासा गर्न सक्नेछस्। यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि आफ्ना शैतानी स्वभावहरूभित्र जिउँछस् भने, जब तैँले दुष्ट मानिसहरू र दियाबलसहरूले मण्डलीको काममा अवरोध गरिरहेको र बाधा दिइरहेको देख्छस्, तब तैँले देखेर पनि नदेखे र सुनेर पनि नसुनेको जस्तै गर्नेछस्, र त्यसलाई बेवास्ता गर्नेछस्, र आफ्नो विवेकबाट कुनै हप्की महसुस गर्नेछैनस्। तैँले त मण्डलीको काममा जसले बाधा दिए पनि, त्यसको तँसँग कुनै सरोकार छैन भनी समेत सोच्नेछस्। मण्डलीको काम र परमेश्‍वरको घरको हितलाई जतिसुकै हानि पुगे पनि, तैँले त्यसको वास्ता गर्नेछैनस् वा त्यसबारे सोध्नेछैनस्, वा आफ्नो विवेकबाट कुनै हप्की महसुस गर्नेछैनस्। त्यस अवस्थामा, तँ विवेक वा समझ नभएको व्यक्ति, एक अविश्‍वासी, एक श्रमिक हुन्छस्। तँ परमेश्‍वरकै खान्छस्, परमेश्‍वरकै पिउँछस्, र परमेश्‍वरबाटै आउने सबै कुराको आनन्द लिन्छस्, तैपनि परमेश्‍वरको घरको हितमा पुग्ने कुनै पनि हानिको तँसँग कुनै सरोकार नभएको महसुस गर्छस्—यसले तँलाई आफ्नै मान्छेहरूको मूल्यमा बाहिरियाहरूको पक्ष लिने एक गद्दार बनाउँछ, जुन हातले खुवाउँछ त्यसैलाई टोक्ने खालको चीज बनाउँछ। यदि तँ परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, के तँ मानव होस् र? तँ मण्डलीमा घुसपैठ गरेको एक पिशाच होस्। तँ परमेश्‍वरमा विश्वास गरेको ढोँग गर्छस्, परमेश्‍वरका चुनिएका मानिसहरूमध्येको एक भएको नाटक गर्छस्, र परमेश्‍वरको घरमा सित्तैमा खान चाहन्छस्—तँ मानवजस्तो देखिँदैनस्, र तँ स्पष्ट रूपमा एक अविश्वासी होस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनले मेरो मुटुमै घोच्यो र म भयभित भएँ। परमेश्‍वर मसित क्रोधित हुनुभएझैं लाग्यो। झूटो अगुवाले मण्डलीको काममा बाधा पुऱ्याइरहेको र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा बाधा पुऱ्याएको मैले स्पष्टसित देखेँ, तर डिकनहरू र दाजुभाइ-दिदीबहिनीहरूसितको मेरो सम्बन्धलाई जोगाउन र तिनीहरूको मन दुखाउँछु कि भन्‍ने डरले, मैले झूटो अगुवालाई खुलासा गर्ने वा हटाउने आँट गरिनँ र दाजुभाइ-दिदीबहिनीहरूलाई कुरा बुझाउन सत्यता सङ्गति गरिनँ। म थाहै नभई झूटो अगुवाको ढाल बनेकी थिएँ। म शैतानको मतियार भएकी थिएँ। मैले जे गरिरहेकी थिएँ, त्यो दुष्टता थियो। परमेश्‍वर देहधारण गरी आउनुभयो र हामीलाई सिञ्‍चन र पोषण प्रदान गर्न धेरै सत्यता व्यक्त गर्नुभयो, र मैले परमेश्‍वरबाट आएका धेरै कुराहरूको आनन्द लिइरहेकी थिएँ, तर मण्डलीमा झूटो अगुवा देखा पर्दाचाहिँ, मैले आफ्नै हितहरूको रक्षाको खातिर तिनले मण्डलीको काममा बाधा गरिरहेको सहेर बसेँ। मैले साँच्‍चै नै आफूले खाने थालमा आफै थुकिरेहेकी थिएँ। मभित्र कुनै विवेक र तर्कशक्ति थिएन, र मसित मानवताको थोरै छनकसमेत थिएन। मैले परमेश्‍वरलाई अत्यन्तै दुःखी तुल्याएकी थिएँ। त्यसपछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड सम्झेँ: “तिमीहरू सबै भन्छौ, तिमीहरू परमेश्‍वरको बोझलाई ख्याल गर्छौ र मण्डलीको गवाही कायम राख्नेछौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै ख्याल गरेको छ? आफैलाई सोध्: के तँ परमेश्‍वरको बोझलाई ख्याल गर्ने व्यक्ति होस्? के तैँले परमेश्‍वरका निम्ति धार्मिकता अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्‍न सक्छस्? के तैँले दृढताको साथ सत्यता अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूका विरुद्धमा लड्न सक्‍नेगरी साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तैँले मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले निर्णायक क्षणहरूमा आफ्‍नो हृदय अर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू प्रायः सोध्ने गर्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। परमेश्‍वरको वचनका यी पङ्क्तिहरूबाट मैले उहाँको इच्छा बुझेँ। यस मण्डलीमा एक जना झूटो अगुवा देखा पऱ्यो, र उहाँको आशा थियो कि म परमेश्‍वरको पक्षमा खडा हुनेछु, उहाँको इच्छाको ख्याल गर्नेछु र मण्डलीका हितहरूलाई जोगाउनेछु। मैले यी झूटो अगुवालाई पत्ता लगाएकी हुनाले, मैले तिनलाई तुरुन्तै बर्खास्त गर्नुपर्थ्यो, सही व्यक्ति छनौट गर्ने सिद्धान्तको प्रयोग गर्नुपर्थ्यो, र दाजुभाइ-दिदीबहिनीहरूलाई असल मण्डली जीवन प्रदान गर्नपर्थ्यो। यदि मैले सधैँ आफ्नै हितहरूको विचार गरेर मण्डलीको काम रक्षा गर्न खडा हुन नसकेकी भए, परमेश्‍वरले अवश्य नै मलाई इन्कार र तिरस्कार गर्नुहुनेथ्यो। यो महसुस भएपछि, मैले लिन छिनलाई तुरुन्तै प्रतिस्थापन गर्ने निर्णय गरेँ। मलाई अहङ्कारी र आत्मधर्मी भन्लान् भनेर त्यसउप्रान्त चिन्ता गरिनँ। त्यसो गर्नु भनेको सिद्धान्त पालना गर्नु हो, सत्यता अभ्यास गर्नु र मण्डलीको कामलाई जोगाउनु हो भनेर मलाई स्पष्टसित थाहा थियो, त्यसकारण त्यो अहङ्कारी र अभिमानी हुनु थिएन। परमेश्‍वरका वचनहरूको सत्यताको आधारबिना काम गर्नेहरू, जे मन लाग्यो त्यही गर्ने र आफ्नै धारणा र विचारहरूमा ढिपी कस्‍नेहरू मात्र अहङ्कारी, आत्मधर्मी र सत्यताविरुद्ध जाने व्यक्तिहरू हुन्।

त्यसैले त्यसपछि, मैले अगुवा र सेवकहरूले कसरी व्यावहारिक काम गर्नुपर्छ, झटो अगुवालाई बर्खास्त नगर्दाको परिणाम के हुन्छ, असल मानवता भनेको के हो, राम्रो क्षमता भनेको के हो र प्रेमिलो हृदय भनेको के हो भनेर परमेश्‍वरको वचन प्रयोग गर्दै सङ्गति गरेँ। मेरो सङ्गतिमार्फत, दाजुभाइ-दिदीबहिनीहरूले लिन छिनलाई चिन्‍ने समझशक्ति विकास गरे। परमेश्‍वरको घरमा स्थानन्तरण र बर्खास्तीका सिद्धान्तहरू छन् भनेर पनि तिनीहरूले बुझे। यो भनेको व्यक्तिको सतही प्रेम, प्रतिभा वा क्षमतालाई हेर्ने कुरा होइन, बरु ऊ सत्यताको पछि लाग्‍न सक्छ कि सक्दैन, सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन, र व्यावहारिक काम गर्न सक्छ कि सक्दैन भनेर हेर्ने कुरा हो। अनि सबैले लिन छिन झूटो अगुवा हुन् र तिनलाई बर्खास्त गर्नुपर्छ भनेर स्पष्टसित थाहा पाए। तिनलाई बर्खास्त गरिएपछि, मैले चुनावका सिद्धान्तहरूबारे दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति गरेँ र हामीले नयाँ मण्डली अगुवा चयन गऱ्यौँ।

चुनावको काम समाप्त भएपछि, दाजुभाइ-दिदीबहिनीहरूले ब्रदर जिया लिऊका केही व्यवहारबारे कसरी रिपोर्ट गरे भनेर मैले सोचेँ। तिनीहरूले भनेअनुसार तिनी कहिल्यै सत्यताको पछि लाग्दैनथे, वर्षौंदेखि आफ्नो दृष्टिकोण परिवर्तन नगरी परमेश्‍वरमा विश्‍वास गरेका थिए, तिनी सांसारिक वस्तुको लालच गर्दै पैसाको पछि लाग्थे, र तिनी धनी बन्‍ने र असाधारण जीवन जिउनेबारे मात्र चिन्ता गर्थे। तिनलाई हरेकपटक कर्तव्य दिइँदा, तिनी पैसा कमाउने काममा व्यस्त हुन्थे, र आफ्नो कर्तव्य निर्वाह गर्न इच्छा गर्दैनथे। तिनले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई लगानी गर्न उक्साए, र त्यसको परिणामस्वरूप तिनीहरू सबैले पैसा गुमाए। तिनको व्यवहारले मण्डली जीवनमा पहिल्यै बाधा र व्यवधान खडा गरिसकेको थियो। मैले तिनलाई सङ्गति गरी चेतावनी दिने सोचे बनाएँ। तर भेलाको दिन, तिनी जानाजानी साँझ नहुन्जेलसम्म घर अएनन्, र त्यो बेलासम्म भेला सकिसकेको थियो। मैले तिनलाई हालसालै भएका घटनाहरूको बारेमा के सोच्नुभयो, र आत्मसमीक्षा गरी आफूलाई बुझ्ने प्रयास गर्नुभएयो कि भएन भनेर सोधेँ। तिनीसित आफ्नो कार्यप्रतिको कुनै बुझाइ र पछुतो थिएन, र तिनीसित धेरै गलत बुझाइ र गुनासाहरू थिए। परमेश्‍वरमा यत्तिका वर्ष विश्‍वास गरेर पनि केही प्राप्त भएन भनेर तिनले भने। तिनको छोराले तिनको कुरा सुनेन र तिनकी श्रीमतीले तिनलाई गलत बुझिन्। … तिनले भनेका सबै कुरा अविश्‍वासीको दृष्टिकोणबाट बोलिएका थिए। मैले तिनलाई सङ्गति गर्दै चिन्तन गर्न र आफूलाई चिन्‍न मार्गदर्शन गरेँ, तर तिनले अत्यन्तै धेरै प्रतिरोध गरे। तिनले यसो पनि भने, “सत्यता अभ्यास गरेर के फाइदा?” दाजुभाइ-दिदीबहिनीहरूले पहिले तिनलाई सम्झाएका र सहयोग गरेका थिए, र तिनको प्रतिक्रिया त्यस्तै रहेको थियो। जिया लिऊले सत्यता कहिल्यै पछ्याएका थिएनन् र तिनीसित अविश्‍वासीका थुप्रै प्रकटीकरणहरू थिए। सिद्धान्तअनुसार, सत्यता नस्विकार्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने र मण्डली जीवनमा व्यवधान खडा गर्ने व्यक्तिहरूलाई आत्मचिन्तन गर्न सकून् भनेर अरूबाट अलग राख्‍नुपर्छ। तिनीहरूलाई मण्डली जीवन बिथोल्न दिनु हुँदैन। अनि, यदि तिनीहरूले पश्‍चात्ताप गरेनन् भने, तिनीहरूलाई मण्डलीबाटै बाहिर निकालेर फाल्नुपर्छ। अलि सानो कद भएका दाजुभाइ-दिदीबहिनीहरूलाई धोका र बाधा दिनबाट रोक्‍नको लागि जिया लिऊलाई अलग राखेर चिन्तन गर्ने समय दिइनुपर्थ्यो। तसर्थ, मैले मण्डली अगुवा र डिकनहरूसित सङ्गति गरेँ र समझ प्रदान गरेँ। जिया लिऊलाई अलग राख्‍नुपर्छ र चिन्तन गर्ने समय दिइनुपर्छ भनेर सबै जना सहमत भए। तर केही दिनपछि, एक जना सिस्टरले मलाई जिया लिऊ पश्‍चात्ताप र परिवर्तन हुन, र सत्यता अभ्यास गर्न चाहन्छन् तर भ्रष्ट स्वभावद्वारा नियन्त्रित भएकाले सत्यता अभ्यास गर्न सक्दैनन् भनी पत्र पठाइन्। ती सिस्टरले तिनलाई अलग राख्‍नु उचित हो कि होइन भनेर थाहा नभएको कुरा गरेकी थिइन्। त्यो पत्र पढेर म अनकनाएँ। यदि जिया लिऊ पश्‍चात्ताप गर्न र परिवर्तन हुन चाहन्छन् भने, मैले तिनलाई अलग राख्‍ने प्रबन्ध गरेँ भने तिनी झनै नकारात्मक पो हुने हुन् कि? त्यो मेरो सुझाव थियो भनेर जिया लिऊ र दाजुभाइ-दिदीबहिनीहरूले थाहा पाए भने, मैले मानिसहरूलाई पश्‍चात्ताप गर्ने मौका दिइरहेकी छैन भनेर तिनीहरूले सोच्दैनन् र? म भर्खरै यस मण्डलीमा आएकी थिएँ तर मैले झूटा अगुवाहरूलाई बर्खास्त गरिरहेकी र अविश्‍वासीहरूलाई सम्हालिरहेकी थिएँ। के दाजुभाइ र दिदीबहिनीहरूले मलाई नयाँ पद सुरु गर्नेबित्तिकै कठोर कदम चालेको र एकदमै निर्दयी बनको भन्‍नेछैनन् र? जिया लिऊ बोल्नमा पोख्त थिए—मैले तिनलाई खुलासा गर्दा, यदि तिनी सहमत भएनन्, र मेरो विरोध गरे वा मसित रिसाए भने, मैले के गर्ने? यी कुराहरूबारे सोच्दा, मैले फेरि आफूलाई अप्ठ्यारो स्थितिमा पाएँ र मलाई के गर्ने भन्‍ने नै थाहा भएन, तसर्थ परमेश्‍वरसामु आई प्रार्थना गरेँ र मैले सत्यता सिद्धान्तअनुसार काम गर्न सकूँ भनी उहाँको इच्छा बुझ्न मार्गदर्शन मागेँ।

त्यसपछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ: “मण्डली निर्माणाधीन अवस्थामा छ, र यसलाई ध्वस्त गर्नको लागि शैतानले सक्दो प्रयास गरिरहेको छ। यसले मेरो निर्माणलाई सम्भावित कुनै पनि माध्यमद्वारा नष्ट गर्न चाहन्छ; यस कारणले गर्दा, मण्डलीलाई तुरुन्तै शुद्ध पारिनुपर्छ। दुष्टताको अलिकति फोहोर पनि बाँकी रहनु हुँदैन; मण्डलीलाई यसरी शुद्ध पारिनुपर्छ कि यो खोटरहित बन्‍न सकोस् र विगतमा जस्तै शुद्ध रहिरहोस्। तिमीहरू सधैँ जागा रहनुपर्छ र पर्खिरहनुपर्छ, र तिमीहरूले मेरो सामु अझै बढी प्रार्थना गर्नुपर्छ। तिमीहरूले शैतानका विभिन्‍न षड्यन्त्रहरू र धूर्त चलाकीहरूलाई छर्लङ्ग देख्नैपर्छ, आत्माहरूलाई पहिचान गर्नुपर्छ, मानिसहरूलाई चिन्नुपर्छ, र हरेक प्रकारका मानिस, घटना, र कामकुराहरूलाई खुट्टयाउन सक्‍नुपर्छ; तिमीहरूले मेरो वचनलाई अझै बढी खानु र पिउनु पनि पर्छ र, अझै महत्त्वपूर्ण कुरा के छ भने, तिमीहरूले ती आफै खान र पिउन सक्‍नुपर्छ। आफैलाई सारा सत्यताले सुसज्जित गर, र मेरो सामने आओ, ताकि म तिमीहरूका आत्मिक आँखा खोल्‍न सकूँ र तिमीहरूलाई आत्माभित्र भएका सबै रहस्यहरूलाई देख्‍न सक्‍ने तुल्याउन सकूँ…। जब मण्डली यसको निर्माणको चरणमा प्रवेश गर्छ, सन्तहरू युद्धमा अघि बढ्छन्। शैतानका विभिन्‍न घृणित विशेषताहरूलाई तिमीहरूका अघि राखिएका छन्: तिमीहरू रोकिएर पछि फर्कन्छौ कि खडा भएर मप्रति भरोसा गर्दै निरन्तर अघि बढ्छौ? शैतानको भ्रष्ट र कुरूप विशेषताहरूलाई पूर्ण रूपमा खुलासा गर, कुनै पनि भावना बाँकी नराख, र कुनै दया नदेखाओ! मृत्युसम्‍मै शैतानसँग लडाइँ गर! म तेरो मद्दत हुँ, र तँसँग पुरुषार्थको आत्मा हुनैपर्छ! शैतानले त्यसको अन्तिम मृत्यु वेदनामा आक्रमण गर्दैछ, तर यो अझै पनि मेरो न्यायबाट उम्कन सक्नेछैन। शैतान मेरो खुट्टामुनि छ र तिमीहरूका आफ्नै खुट्टाले पनि यसलाई कुल्चँदै छ—यही नै तथ्य हो!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १७)। मैले परमेश्‍वरको वचनबाट के सिकेँ भने, परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन काम गर्नुहुँदा, शैतानले पनि परमेश्‍वरको काममा बाधा र अवरोध पुऱ्याउन सक्दो कोसिस गर्छ। परमेश्‍वरले झूटा अगुवाहरू, ख्रीष्टविरोधीहरू, दुष्कर्मीहरू र अविश्‍वासीहरूलाई मण्डलीमा देखा पर्न अनुमति दिनुहुन्छ ताकि हामीले असल-खराब छुट्याउने समझ विकास गर्न र सत्यता सिद्धान्तअनुसार आफू वरपरका मानिसहरू, मामिला र चीजबीजहरू चिन्‍न, कुन कुरा परमेश्‍वरबाट र कुन कुरा शैतानबाट आएका हुन् भनेर बुझ्न, सत्यताको पक्षमा खडा हुन, र शैतानका सबै नकारात्मक कुराहरूलाई चिनेर नकार्न सकौँ। र शैतानलाई अबउप्रान्त पटक्‍कै दया नदेखाउन सकौँ। जिया लिऊले सत्यताको खोजी कहिल्यै गरेनन्, तिनले वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेका थिए तैपनि अविश्‍वासीको जस्तो दृष्टिकोण राख्थे, र दाजुभाइ र दिदीबहिनीहरूले तिनीसित सङ्गति गर्दा, तिनीहरूको कुरा खण्डन गर्नलाई तिनीसित सधैँ भ्रमहरू तयारी अवस्थामै हुन्थे। तिनले कुनै पनि सत्यता स्वीकार गर्दैनथे। अझ महत्त्वपूर्ण कुरा त, भेलाहरूको अवधिमा तिनी सधैँ सत्यतासित सम्बन्धित नभएका कुराहरू गर्थे, दाजुभाइ-दिदीबहिनीहरूलाई पैसा कमाउन र आफूलाई धनी बनाउन उक्साउँथे, र यसरी मण्डली जीवन बिथोल्थे, र कहिल्यै सकारात्मक भूमिका खेल्दैनथे। यदि यस प्रकारको व्यक्तिलाई तुरुन्तै नसम्हालेको भए, दाजुभाइ-दिदीबहिनीहरूले नियमित मण्डली जीवन पाउँदैनथे, र अलि सानो कद भएकाहरू छलमा पर्न सक्थे। परमेश्‍वरको घरले अविश्‍वासीहरूलाई सम्हालिनुपर्छ भन्‍ने मापदण्ड तोकेको छ, किनभने गैरविश्‍वासीहरू र सत्यतालाई इमानदारीपूर्वक विश्‍वास र प्रेम गर्ने व्यक्तिहरू एकदमै फरक प्रकारका मानिसहरू हुन्। गैरविश्‍वासीहरूलाई अलग राख्‍नु भनेको तिनीहरूको दुष्कर्मलाई सीमित गर्नु, र दाजुभाइ-दिदीबहिनीहरूको मण्डली जीवनमा तिनीहरूले बाधा पुऱ्याउन नसक्‍ने कुरा सुनिश्‍चित गर्नु, र यसरी परमेश्‍वरका चुनिएका जनहरूलाई अझ राम्रोसित सत्यताको पछि लाग्‍ने र मुक्ति पाउने मौका दिनु हो। मैले गैरविश्‍वासीहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल्नुपर्थ्यो। यदि म पछि हट्थेँ, र यदि मैले आफ्नो हित जोगाउन र अरूलाई नचिढ्याउनका लागि तिनीहरूलाई तुरुन्तै सम्हाल्दिनथेँ भने, के मैले शैतानलाई ढाकछोप गरिरहेकी र मण्डली जीवनमा बाधा पुऱ्याउने अविश्‍वासीहरूलाई सहिरहेकी हुनेथिनँ र? मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ र मैले सत्यता अभ्यास गर्न वा सिद्धान्तहरू कायम गर्न नसक्‍नुको मूल कारण थाहा पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “अधिकांश मानिसहरू सत्यता पछ्याउन इच्छुक हुन्छन् र सत्यता अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र चाहना मात्रै हुन्छ; तर, भित्रबाट, सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। त्यसैले जब तैँले दुष्ट शक्तिहरूले मण्डलीको काममा बाधा दिने र अन्तर्ध्वंस गर्ने कार्यको सामना गर्छस्—उदाहरणका लागि, जब तैँले झूटा अगुवाहरूले सिद्धान्तहरूको उल्लङ्घन गर्दै मामिलाहरूलाई सम्हाल्ने र वास्तविक काम नगर्ने, वा दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्टता गर्ने र मण्डलीको काममा बाधा दिने र त्यसकारण परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि पुऱ्याउने कुराको सामना गर्छस्—तब तँसँग उठेर बोल्ने साहस हुँदैन। तँसँग यो साहस किन हुँदैन? के यो तँ डरपोक भएकाले वा स्पष्टवक्ता नभएकाले भएको हो, कि तैँले कामकुराहरू स्पष्ट रूपमा देख्न नसक्ने भएकाले बोल्ने आँट नगर्ने हुनाले भएको हो? यो यीमध्ये कुनै पनि कुराको कारणले भएको होइन; यो मुख्यतया तँ आफ्ना भ्रष्ट स्वभावहरूद्वारा बाँधिएको परिणाम हो। तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूमध्येको एक छली स्वभाव हो: जब केही हुन्छ, तब तैँले विचार गर्ने पहिलो कुरा तेरा आफ्नै हित, तेरा कार्यहरूका परिणाम, र ती तेरा लागि लाभदायक हुनेछन् कि छैनन् भन्‍ने कुरा हो। यो छली स्वभाव हो, होइन र? अर्को भनेको स्वार्थी र नीच स्वभाव हो। तँ सोच्छस्, ‘तिनीहरूले परमेश्‍वरको घरको हितलाई हानि पुऱ्याउनुसँग मेरो के सरोकार छ र? म अगुवा होइन, त्यसैले म किन संलग्न हुनुपर्‍यो र? यसको मसित कुनै सरोकार छैन, र यो मेरो जिम्मेवारी होइन।’ यस्ता विचार र शब्दहरू तैँले जानाजानी सोचेका कुराहरू होइनन्, बरु तैँले अनजानमा उत्पन्न गरेका कुराहरू हुन्—यी तिनै भ्रष्ट स्वभावहरू हुन्, जुन मानिसहरूले कुनै समस्याको सामना गर्दा प्रकट गर्छन्। तेरा विचारहरू यिनै भ्रष्ट स्वभावहरूको अधीनमा हुन्छन्, तिनले तेरा हात-खुट्टाहरू बाँध्छन्, र तैँले भन्‍ने कुरालाई नियन्त्रण गर्छन्। तेरो हृदयमा, तँ उठेर बोल्न चाहन्छस्, तर तँलाई चिन्ता लाग्छ…। तैँले भन्ने र गर्ने कुरा तेरो नियन्त्रणमा छैन। तँ आफूले चाहे पनि, आफूलाई साँच्चै लागेको कुरा भन्न वा सत्य बोल्न सक्दैनस्; तँ आफूले चाहे पनि सत्यता अभ्यास गर्न सक्दैनस्; तँ आफूले चाहे पनि आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्न सक्दैनस्। तैँले भन्ने सबै कुरा, तैँले गर्ने सबै कुरा, र तैँले गर्ने हरेक व्यवहार छल हो, र यो सबै झाराटारुवा कुरा हो। तँ पूर्ण रूपमा तेरा शैतानी स्वभावहरूद्वारा बाँधिएको र नियन्त्रित गरिएको छस्। यदि तँ सत्यता स्वीकार गर्न र अभ्यास गर्न चाहन्छस् भने पनि, तँ आफ्नै मालिक होइनस्। तेरा शैतानी स्वभावहरूले तँलाई नियन्त्रण गर्छन्, त्यसैले तँ यी स्वभावहरूअनुसार जिउँछस् र आफूलाई मन लागेको कुरा भन्छस् र गर्छस्। तँ पूर्ण रूपमा भ्रष्ट देहको कठपुतली बनेको छस्; तँ शैतानको औजार बनेको छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरले जे खुलासा गर्नुभयो, त्यो ठ्याक्‍कै मेरो आफ्नै स्थिति थियो। मैले हरेकपटक सत्यता अभ्यास गर्नु र मण्डलीको काम रक्षा गर्नु जरुरी हुँदा, म आफ्नै प्रतिष्ठा र हैसियतको लागि मात्र चिन्तित भएँ। म असाध्यै स्वार्थी र धूर्त थिएँ। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” र “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्” जस्ता शैतानी दर्शनहरूले मेरो मनमा गहिरो जरा गाडिसकेका थिए। म यी शैतानी विषहरूअनुसार जिइरहेकी थिएँ, त्यसैले मैले सत्यता सिद्धान्तहरू कायम गर्ने आँट गरिनँ। लिन छिनलाई बर्खास्त गर्ने मामिलामा, दाजुभाइ-दिदीबहिनीहरूले मलाई अहङ्कारी र आत्मधर्मी भन्लान्, र तिनीहरूमा मेरो राम्रो छाप नपर्ला भनेर म डराएकी थिएँ, त्यसकारण मैले सिद्धान्तहरू कायम गर्ने साहस गरिनँ। जिया लिऊको समस्या सम्हाल्ने क्रममा, सिद्धान्तअनुसार तिनलाई अलग पारेर राखिनुर्छ भनेर मलाई स्पष्टै थाहा थियो, तर मैले उनलाई पश्‍चात्ताप गर्ने मौका दिइरहेकी छैन र उनको कमजोरीप्रति संवेदनशील बनेकी छुइनँ भनेर दाजुभाइ र दिदीबहिनीहरूले भन्लान् भनेर म डराएँ। मैले सत्यता सिद्धान्तहरू कायम गर्नुको सट्टा, मण्डली जीवनमा हानि पुग्‍न दिन रोजेकी थिएँ। मेरो लागि महत्वपूर्ण कुरा भनेको कसरी आफ्नो छवि र हैसियत जोगाउने भन्‍ने थियो, र मैले मण्डलीको काम वा यसको हितमा कति क्षति पुगेको छ भन्‍ने कुरालाई वास्तै गरिनँ। कसरी मैले आफूलाई इमानदार विश्‍वासी भन्‍न सक्थेँ र? त्यसपछि मात्र मलाई शैतानी दर्शनहरूले गहिरोसित विषाक्त पारेका रहेछन्, र म स्वार्थी र छली रहेछु भन्‍ने महसुस भयो। परमेश्‍वरले न्यायको बोध भएका र सत्यता सिद्धान्तहरू कायम गर्न सक्‍ने, सबै सकारात्मक कुराहरूको पालन र सुरक्षा गर्न सक्‍ने, र सबै नकारात्मक कुराहरूलाई खडा भएर खुलासा र इन्कार गर्न साहस गर्ने मानिसहरू मन पराउनुहुन्छ। मैले न्यायको बोध भएको व्यक्ति बन्‍नुपर्थ्यो, र सत्यता सिद्धान्तहरू कायम गर्नुपर्थ्यो, चाहे अरूले मेरो बारेमा जेसुकै नै किन नसोचोस्। त्यसपछि, सङ्गतिमार्फत दाजुभाइ-दिदीबहिनीहरूले जिया लिऊको अविश्‍वासी व्यवहार असल-खराब के हो भनी छुट्याउन सिके, र तिनीहरूमध्ये ८० प्रतशितले तिनलाई अलग राख्‍नुपर्छ ताकि तिनले आत्मचिन्तन गर्न सकून् भनेर सहमति जनाए। त्यसपछि, म जिया लिऊसित सङ्गति गर्न गएँ र तिनका समस्याहरूलाई खुलासा गर्न मैले तिनले निरन्तर देखाएको व्यवहारलाई प्रयोग गरेँ। तर, मेरो कुरा टुङ्गिनसमेत नपाउँदै, तिनी ढिपी नछोड्ने र बेखुसी बनिसकेका थिए, र तिनले दाजुभाइ र दिदीबहिनीहरू आफैले स्वेच्छाले लगानी गरेका हुन् र यससित आफ्नो कुनै सरोकार नभएको कुरा गरे। … तिनको व्यवहारले तिनले कुनै पनि सत्यता स्वीकार गर्दैनन् र तिनी अविश्‍वासी हुन् भन्‍ने कुरा प्रमाणित गर्‍यो। अलग बसाइको क्रममा तिनले अझै पनि आत्मचिन्तन वा पश्‍चात्ताप नदेखाएको अवस्था आएको खण्डमा, तिनी मण्डलीबाट निकालिनेवाला थिए। सत्यता सिद्धान्तअनुसार अभ्यास गरेपछि, मैले मनमा बयानै गर्न नसकिने सुरक्षा, शान्ति र आनन्द महसुस गरेँ।

त्यस अनुभवपछि, मैले आफ्ना भ्रष्ट स्वभावहरूलाई बुझ्न थालेँ, र म आफ्ना हितहरूलाई त्याग्‍न र सत्यता अभ्यास गर्न र अलिअलि मानव स्वरूपअनुसार जिउन सक्‍ने भएँ। यो सबै परमेश्‍वरको मुक्ति थियो। परमेश्‍वरको घर यो संसारभन्दा बेग्लै छ भनेर पनि मैले बुझेँ। परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ। हामीले सत्यता अभ्यास गर्दा र सिद्धान्तअनुरूप काम गर्दा, परमेश्‍वरको आशिष् र मार्गदर्शन प्राप्त गर्छौं।

सम्बन्धित विषयवस्तु

आफ्नो कर्तव्यमा जति नै व्यस्त भए पनि, मैले जीवन प्रवेशमा ध्यान दिनुपर्छ

सिन्यी, चीनसन् २०२३ को मार्चमा, म जिल्ला अगुवाको कर्तव्य निर्वाह गर्दै थिएँ। मेरा जिम्मेवारीहरू धेरै भएकाले, म अक्सर हतारिएर बाहिर निस्कन...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्