सुसमाचार प्रचार गर्नुको चाबी जिम्‍मेवारी नै हो

25 फेब्रुअरी 2023

म आफ्‍नो कर्तव्यलाई त्यति गम्‍भीर रूपमा लिँदिनथिएँ र प्रायजसो सुस्त हुन्थेँ। म प्रायजसो अल्याङटल्याङ गर्थेँ। म सुसमाचार प्रचार गर्न लायक मानिसहरूलाई प्रवचनहरू सुन्‍न बोलाउँथेँ, तर तिनीहरूसँग कुराकानी गर्न वा आफूले सुनेको कुरा तिनीहरूलाई कस्तो लाग्यो भनेर सोध्‍न मन लाग्दैनथियो। धेरैभन्दा धेरै मानिसहरूलाई सुन्‍न बोलाएपछि मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गरेको हुन्छु भन्‍ने मलाई लाग्थ्यो। यसको साथै, मलाई यो काम सहज लाग्थ्यो। तिनीहरूसँग कुराकानी गर्न गाह्रो लाग्थ्यो; यसको लागि समय लाग्‍ने मात्र होइन, तिनीहरूको प्रश्‍नको उत्तर दिन धेरै प्रयास पनि लाग्थ्यो, त्यसकारण म तिनीहरूसँग अन्तरक्रिया गर्न चाहँदिनथिएँ। मलाई सुसमाचार सम्‍बन्धी कर्मचारीले तिनीहरूसँग कुराकानी गर्नेछन् र यो नै पर्‍याप्त हुन्छ, र मैले तिनीहरूको परिस्थिति जानिनँ भने पनि त्यसले फरक पार्दैन भन्‍ने लाग्थ्यो। एउटा भेलामा, अगुवाले भने, “जब हामी मानिसहरूलाई प्रवचन सुन्‍न बोलाउँछौँ, तब हामीले तिनीहरूको अवस्था के-कस्तो छ भनेर सेवापछि सोध्‍नुपर्छ, र तिनीहरू भेलाहरूमा आउँछन् कि आउँदैनन्, तिनीहरूले कुरा बुझे कि बुझेनन् भनी सोध्‍नुपर्छ, र तिनीहरूको दृष्टिकोण के छ सुन्‍नुपर्छ। हामीले तिनीहरूलाई प्रेम पूर्वक सहयोग गर्नको लागि सक्दो प्रयास गर्नुपर्छ, र यो हाम्रो जिम्‍मेवारी पनि हो।” तर मैले त्यो बेला यो कुरा बुझेकी थिइनँ। मलाई यो झमेला लाग्दो छ भन्‍ने लाग्थ्यो, त्यसकारण मैले त्यति धेरै बलिदान गरिनँ वा कठिनाइ भोगिनँ। मैले सबैभन्दा सजिलो बाटो रोजेँ, र मैले परिणामहरू हासिल गर्छु-गर्दिनँ भन्‍ने बारेमा विचार गरिनँ। एकपटक, अगुवाले के बताए भने कतिपय मानिसहरूले धेरै जना मानिसहरूलाई सुन्‍न बोलाए, तर तिनीहरूमध्ये थोरैले मात्र साँचो रूपमा खोजी वा अनुसन्धान गरे। मलाई यीमध्ये एक जना म पनि हुँ भन्‍ने थाहा थियो; म सतही काममा मात्रै ध्यान दिन्थेँ, र मैले कुनै पनि वास्तविक परिणामहरू प्राप्त गर्दिनथिएँ। त्यसपछि, अगुवा मेरो काम जाँच गर्न आए, र भने, “अहिले सुसमाचार प्रचार गर्न लायक यी मानिसहरूको अवस्था कस्तो छ?” मलाई लाज लाग्यो, र के भन्‍ने मलाई थाहा भएन। तिनीहरूमध्ये धेरै जनासँग म सम्पर्कमा थिइनँ, र प्रवचन सुन्‍न नआएका कतिपय मानिसहरूलाई सम्पर्क गरेकी थिइनँ। मैले त्यसरी तिनीहरूलाई त्यागेकी थिएँ।

अगुवासँग कुरा गरेपछि मैले मनन गर्न थालेँ। परमेश्‍वरले यसो भन्‍नुभएको रहेछ, “परमेश्‍वरले मानिसहरूलाई गर्नू भनी भन्‍नुभएका सबै कुराहरू र परमेश्‍वरको घरमा हुने विभिन्‍न प्रकारका काम—यी सबै नै मानिसहरूले गर्न आवश्यक छ, ती सबै नै मानिसहरूको कर्तव्यको रूपमा गनिन्छन्। मानिसहरूले जुनसुकै काम गरे पनि, यो उनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्य हो। कर्तव्यहरूले एकदमै फराकिलो दायरा समेटेका हुन्छन्, र यिनमा थुप्रै क्षेत्रहरू समावेश हुन्छन्—तर तैँले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, सरल शब्दमा भन्‍नुपर्दा, यो तेरो दायित्व हो, यो तैँले गर्नुपर्ने कुरा हो। तैँले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, यसलाई राम्रोसँग गरिस् भने, परमेश्‍वरले तेरो प्रशंसा गर्नुहुनेछ, र तँलाई उहाँमा साँचो विश्‍वास गर्ने व्यक्तिको रूपमा स्विकार्नुहुनेछ। तँ जोसुकै भए पनि, यदि तैँले सधैँ आफ्नो कर्तव्यबाट भाग्‍ने वा लुक्‍ने प्रयास गर्छस् भने, त्यहाँ समस्या छ: यसलाई हल्का रूपमा भन्दा, तँ अत्यन्तै अल्छी, अत्यन्तै छली छस्, तँ फोकटमा बस्छस्, तँलाई फुर्सत मन पर्छ र परिश्रम गर्न मन पर्दैन; यसलाई अझै गम्‍भीर रूपमा भन्दा, तँ आफ्‍नो कर्तव्य पूरा गर्न अनिच्‍छुक छस्, तँसँग कुनै प्रतिबद्धता, कुनै आज्ञापालन छैन। यदि तैँले यो सानो काममा पनि प्रयास लगाउन सक्दैनस् भने, तैँले केचाहिँ गर्न सक्छस्? तैँले के कामचाहिँ राम्ररी गर्न सक्छस्? यदि व्यक्ति साँचो रूपमा समर्पित छ भने, र आफ्‍नो कर्तव्यप्रति जिम्‍मेवारी बोध गरेको छ भने, उसले छनौट नगरीकन जे गर्न लगाइएको छ त्यही गर्नेछ, तर त्यो परमेश्‍वरको मापदण्डले मागेको, र परमेश्‍वरको घरलाई चाहिएको कुरा हुनुपर्छ। व्यक्तिले आफूले गर्न सक्‍ने र गर्नुपर्ने कुनै पनि कामको उत्तरदायित्व लिनु र त्यसलाई पूरा गर्नु—के यो कर्तव्य निर्वाह गर्ने एक सिद्धान्त होइन र? (हो।)” (वचन, खण्ड ३। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु १०: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, सार्वजानिक रूपमा सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन् (भाग चार))। “यदि तँ आज्ञाकारी र इमानदार छस् भने, तैँले काम गर्दा, तँ लापरवाह र झाराटारुवा हुँदैनस्, र सुस्त हुने उपायहरू खोज्दैनस्, बरु त्यसमा आफ्नो पूरै तनमन लगाउँछस्। मनभित्र गलत स्थिति हुँदा नकारात्मकता पैदा हुन्छ, जसले गर्दा मानिसहरूले उत्साह गुमाउँछन्, र त्यसैले तिनीहरू लापरवाह र असावधान बन्छन्। आफ्नो अवस्था ठीक छैन भनेर हृदयमा राम्ररी थाहा पाएर पनि सत्यता खोजी गरेर अवस्था ठीक पार्ने प्रयास नगर्ने मानिसहरूसित सत्यताप्रति प्रेम हुँदैन, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न अलिअलि मात्र इच्छा गर्छन्; तिनीहरू कुनै पनि प्रयास गर्न वा कठिनाइ भोग्‍न अनिच्छुक हुन्छन्, र सधैँ सुस्त हुने तरिकाहरू खोज्छन्। वास्तवमा, परमेश्‍वरले पहिले नै यो सबै कुरा देखिसक्‍नुभएको हुन्छ—त्यसो भए, तिनीहरूलाई किन उहाँ थोरै पनि ध्यान दिनुहन्‍न? परमेश्‍वर त उहाँका चुनिएका मानिसहरू कहिले ब्यूँझलान् र तिनीहरू वास्तवमा को हुन् भनेर पहिचान गर्लान्, र तिनीहरूलाई खुलासा गरी निष्कासन गर्लान् भनेर मात्र प्रतीक्षा गरिरहनुभएको हुन्छ(वचन, खण्ड ३। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु १०: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, सार्वजानिक रूपमा सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन् (भाग चार))। परमेश्‍वरका वचनहरूमा, मैले के देखेँ भने आफ्‍नो कर्तव्यमा जिम्‍मेवार हुने मानिसहरूलाई काम पूरा गर्न अरूको रेखदेख चाहिँदैन; तिनीहरूले आफ्‍नो कर्तव्यमा आफ्‍नो मन लगाउँछन्। तर आफ्‍नो कर्तव्यप्रति गम्‍भीर नरहेका मानिसहरूले बहाना बनाउँछन् र अल्याङटल्याङ गर्छन्। मानिसहरूले हेर्दा तिनीहरूले धेरै काम गरेका छन् जस्तो देखिए पनि, यो सतही हुन्छ, र कुनै पनि वास्तविक परिणामहरू प्राप्त गरेको हुँदैन। तिनीहरूले मानिसहरूलाई धोका दिइरहेका हुन्छन्। परमेश्‍वरका वचनहरूले मेरो स्थितिलाई खुलासा गरे। सुसमाचार प्रचार गर्न लायक मानिसहरूलाई प्रवचनहरू सुन्‍न बोलाउने काम गर्नमा नै म खुशी थिएँ किनभने मैले कति जना मानिसहरूलाई बोलाएकी छु भनी सबैले देख्दा, तिनीहरूले मलाई जिम्‍मेवार व्यक्ति ठान्‍नेथिए। तर वास्तवमा, पछि तिनीहरूको अवस्था कस्तो छ भनेर मैले जान्‍नु पर्दा, मलाई मूल्य चुकाउन, वा थप समय र प्रयास लगाउन मन लाग्दैनथियो। म यो काम सुसमाचार सुनाउने कर्मचारीको हातमा सुम्‍पन चाहन्थेँ। मलाई सजिलो बाटो लिन मन पर्थ्यो। जुन तरिकामा कम कठिनाइ हुन्थ्यो र सबैभन्दा सहज हुन्थ्यो, म त्यही तरिका अपनाउँथेँ। कठिनाइ आइपर्दा म छिटो-मीठो तरिका अपनाउँथेँ। कुनै कुरा कठिन देखिएमा वा मैले धेरै प्रयास गर्नु परेमा म हरेस खान्थेँ। म कति सुस्त व्यक्ति रहेछु! सुसमाचार प्रचार गर्न लायक मानिसहरूले प्रवचनहरू सुनेपछि तिनीहरूसँग के-कस्ता प्रश्‍नहरू छन्, तिनीहरू भेलाहरूमा आइरहेका छन् कि छैनन्, र आउन छोडेका छन् भने, किन आउन छोडे इत्यादि कुरा पत्ता लगाउने झमेला लिन मलाई मन लाग्दैनथियो। म आफ्‍नो कर्तव्यमा निकै अजिम्‍मेवार थिएँ, र आफूलाई समर्पित गर्न चाहँदिनथिएँ, तैपनि म आफ्‍नो कर्तव्यमा प्रभावकारी छु भन्‍ने देखिन चाहन्थेँ। म कति धूर्त र छली थिएँ, र म भरोसा गर्न लायक थिइनँ। मलाई मेरो विगतको अर्को अनुभव याद आयो। जब म स्कूलमा थिएँ र नराम्रो अङ्क ल्याउँथेँ, तब मैले फेरि कक्षा दोहोर्‍याउनुपर्थ्यो, तर पनि म परिश्रम गरेर पढ्दिनथिएँ। म सधैँ कठिन कामको सट्टा सजिलो काम मन पराउँथेँ, र अल्छी गर्थेँ। यो मेरो प्रकृतिको भाग नै बनेको थियो। यो महसुस गरेपछि, मैले मेरो काममा अझै ध्यान दिन थालेँ, र मेरो शैली बदलेँ, अनि सुसमाचार प्रचार गर्न लायक मानिसहरूसँग कुराकानी गर्न थालेँ। म सुसमाचार सुनाउने कर्मचारीसँग कुराकानी गरेर तिनीहरूको सहयोग पनि लिन्थेँ। यसो गरेपछि, म अलिक प्रभावकारी भएँ।

पछि, मैले साँचो मार्ग स्वीकार गर्न तयार भएका मानिसहरूलाई मलजलकर्ताहरूको हातमा हस्तान्तरण गरेँ, तर भेलाहरूमा आइरहने मानिसहरू अझै पनि त्यति धेरै थिएनन्। एक जना व्यक्ति आफ्‍नो काममा अत्यन्तै व्यस्त भएको कारण भेलाहरूमा आउँदैनथिए। र, उनकी आमा भर्खरै बितेकी थिइन्। उनी शोकमा थिइन्, र संसारबाट अलग बसेकी थिइन्। केही सरल शब्‍दहरू बोल्‍ने बाहेक उनीसँग कसरी सङ्गति गर्ने मलाई थाहा थिएन। र जब कतिपय मानिसहरूलाई समस्या हुन्थ्यो, तब ती समस्या समाधान गर्न सहयोग गर्नको लागि मैले परमेश्‍वरको सही वचन भेट्टाउँदिनथिएँ। यो कुराले गर्दा मलाई गाह्रो भएको थियो। मानिसहरूलाई प्रवचन सुन्‍न बोलाउने काम गर्न नै मलाई मन पर्थ्यो, किनभने यो काम सजिलो थियो। तिनीहरूसँग कुराकानी गर्न मलाई त्यति मन पर्दैनथियो; तिनीहरूले मलाई मैले उत्तर दिन नसक्‍ने प्रश्‍नहरू गर्छन् भन्‍ने डर लाग्यो, त्यसकारण म तिनीहरूदेखि टाढा बस्थेँ वा तिनीहरूलाई त्याग्थेँ। करिब छ महिनापछि, मैले बोलाएका छ जनाले मात्रै परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेका छन् भन्‍ने देखेँ, जब कि अरू ब्रदर-सिस्टरहरूले धेरै जना मानिसहरूलाई विश्‍वासमा ल्याएका थिए। मलाई लाज लाग्यो र म पछुतोले भरिएँ। मैले यी छ महिनाको अवधिमा आफ्‍नो कर्तव्यमा लापरवाही गरिरहेकी थिएँ। यदि म फर्केर त्यो समयमा जान सक्‍ने भए, म लापरवाही हुनेथिइनँ। अरूले यति धेरै मानिसहरूलाई परमेश्‍वरको घरमा ल्याएका थिए भन्‍ने तथ्यले यो कुरा सम्‍भव छ भन्‍ने देखाएको थियो।

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले यसो भन्दा रहेछन्, “सुसमाचार प्रचार गर्ने क्रममा, तैँले आफ्‍नो जिम्‍मेवारी पूरा गर्नैपर्छ र तैँले सुसमाचार सुनाएका हरेक व्यक्तिसँग इमानदारिताको साथ व्यवहार गर्नैपर्छ। परमेश्‍वरले सम्‍भव भएसम्म धेरैभन्दा धेरै मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र तैँले परमेश्‍वरको इच्‍छालाई ध्यान दिनुपर्छ, अनि साँचो मार्गको बारेमा खोजी र सोचविचार गरिरहेका कुनै पनि व्यक्तिलाई लापरवाही रूपमा छुटाउनु हुँदैन। यति मात्र होइन, सुसमाचार फैलाउने क्रममा, तैँले सिद्धान्तहरू बुझेको हुनुपर्छ। साँचो मार्गको बारेमा सोचविचार गरिरहेको हरेक व्यक्तिको हकमा, तैँले तिनीहरूको धार्मिक पृष्ठभूमि, र तिनीहरूको क्षमताको परिधी, तिनीहरूको मानवताको गुणस्तरजस्ता कुराहरूलाई अवलोकन गर्नु, बुझ्‍नु, र जान्‍नुपर्छ। यदि तैँले सत्यताको तृष्णा गर्ने, परमेश्‍वरका वचनहरू बुझ्‍न सक्‍ने, र सत्यता स्वीकार गर्न सक्‍ने व्यक्ति भेट्टाइस् भने, त्यो व्यक्तिलाई परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तिनीहरूसँग सत्यता सङ्गति गर्न र तिनीहरूलाई विश्‍वासमा ल्याउनको लागि तैँले सारा शक्तिले प्रयास गर्नुपर्छ—तर तिनीहरू कमजोर मानवता र खराब चरित्रको भने हुनु हुँदैन, र तिनीहरूको तृष्णा बहाना हुनु हुँदैन, र तिनीहरू तर्क गरिरहने, र आफ्‍नै धारणामा लागिरहने हुनु हुँदैन। त्यस्तो अवस्थामा, तैँले तिनीहरूलाई पाखा लगाउनुपर्छ र छोडिदिनुपर्छ। साँचो मार्गको बारेमा सोचविचार गरिरहेका कतिपय मानिसहरू बुझ्‍न सक्‍ने र राम्रो क्षमताका हुन्छन्, तर तिनीहरू अहङ्कारी र आत्मधर्मी हुनुका साथै धार्मिक धारणाहरूमै लागिरहन्छन्, त्यसकारण यसलाई समाधान गर्नको लागि तिनीहरूलाई सत्यता सङ्गति गर्नुपर्छ। तैँले तिनीहरूसँग जसरी सत्यता सङ्गति गरे पनि तिनीहरूले सत्यता स्वीकार गर्दैनन् भने मात्रै तैँले तिनीहरूलाई छोडिदिनुपर्छ, किनभने तैँले आफूले गर्न सक्‍ने र गर्नुपर्ने सबै गरिसकेको हुन्छस्। छोटकरीमा, सत्यता स्वीकार गर्ने र मान्‍ने कुनै पनि व्यक्तिलाई हल्‍कासँग नछोड्। तिनीहरूले साँचो मार्गको बारेमा सोचविचार गर्ने इच्‍छा गर्छन् र सत्यता खोजी गर्न सक्छन् भने, तैँले तिनीहरूलाई अझै धेरै परमेश्‍वरका वचनहरू पढेर सुनाउन र अझै धेरै सत्यता सङ्गति गर्न, अनि परमेश्‍वरको कामको गवाही दिएर तिनीहरूका धारणाहरू समाधान गर्नको लागि तैँले सक्दो प्रयास गर्नुपर्छ, यसरी तैँले तिनीहरूलाई विश्‍वासमा ल्याउन र परमेश्‍वरको अघि ल्याउन सक्‍छस्। यो सुसमाचार प्रचार गर्ने सिद्धान्तअनुरूप छ। त्यसो भए, तिनीहरूलाई कसरी प्राप्त गर्न सकिन्छ? तिनीहरूसँग अन्तरक्रिया गर्ने क्रममा, यदि तैँले तिनीहरू राम्रो क्षमता र असल मानवता भएका मानिसहरू हुन् भन्‍ने पत्ता लगाइस् भने, तैँले आफ्‍नो जिम्मेवारि पूरा गर्न सके जति सबै कुरा गर्नुपर्छ; तैँले निश्‍चित मूल्य चुकाउनुपर्छ, र निश्‍चित तरिका र माध्यमहरू प्रयोग गर्नुपर्छ, र यदि त्यो तिनीहरूलाई प्राप्त गर्नकै लागि हो भने तैँले जुनसुकै तरिका र माध्यमहरू प्रयोग गर्दा हुन्छ। समग्रमा, तिनीहरूलाई प्राप्त गर्नको लागि, तैँले आफ्‍नो जिम्‍मेवारी पूरा गर्नुपर्छ, र प्रेमको प्रयोग गर्नुपर्छ, र आफ्‍नो शक्तिले भ्याएसम्म सबै कुरा गर्नुपर्छ। आफूले बुझेका सबै सत्यता तैँले सङ्गति गर्नुपर्छ र गर्नुपर्ने सबै कुरा गर्नुपर्छ। यो व्यक्ति प्राप्त भएन नै भने पनि, तेरो विवेक सफा हुनेछ। आफूले गर्न सक्‍ने र गर्नुपर्ने सबै कुरा गर्नु भनेको यही हो। यदि तैँले सत्यताको बारेमा स्पष्ट रूपमा सङ्गति गरिनस्, र त्यो व्यक्ति आफ्‍नो धारणामा लागिरहन्छ भने, र यदि तैँले आफ्‍नो धैर्य गुमाइस्, र आफ्‍नै हिसाबले यो व्यक्तिलाई छोडिदिइस् भने, तैँले आफ्‍नो कर्तव्यलाई बेवास्ता गरिरहेको हुन्छस्, र तेरो लागि यो एउटा कलङ्क हुनेछ। कतिपय मानिसहरू भन्छन्, ‘के यो कलङ्क लाग्‍नु भनेको मलाई परमेश्‍वरले दोषी ठहराउनुभएको हो?’ यो मानिसहरूले यी कुरा अनजानमा गरेका हुन् कि जानीजानी गरेका हुन् भन्‍नेमा भर पर्छ। आक्‍कलझुक्‍कल अपराध गर्दा परमेश्‍वरले मानिसहरूलाई दोषी ठहर्‍याउनुहुन्‍न; तिनीहरूले पश्‍चात्ताप मात्रै गरे पुग्छ। तर जब तिनीहरूले जानीजानी गलत काम गरेर पश्‍चात्ताप गर्न मान्दैनन्, तब परमेश्‍वरले तिनीहरूलाई दोषी ठहर्‍याउनुहुन्छ। आफूलाई साँचो मार्गको बारेमा स्पष्ट थाहा हुँदाहुँदै पनि तिनीहरूले जानीजानी पाप गर्छन् भने परमेश्‍वरले तिनीहरूलाई कसरी दोषी ठहर्‍याउनुहुन्‍न र? सत्यताका सिद्धान्तहरूअनुसार हेर्दा, यसो गर्नु भनेको गैरजिम्‍मेवार, लापरवाह र झारातिरुवा हुनु हो; कम्तीमा पनि, तैँले आफ्‍नो जिम्‍मेवारी पूरा गरेको हुँदैनस्, र परमेश्‍वरले त्यसरी नै तेरा गल्तीहरूको मूल्याङ्कन गर्नुहुन्छ; यदि तैँले पश्‍चात्ताप गर्न मानिनस् भने, तँलाई दोषी ठहर्‍याइनेछ। त्यसकारण, त्यस्ता गल्तीहरू कम गर्न वा त्यसबाट बच्‍न, मानिसहरूले आफ्‍नो जिम्मेवारी पूरा गर्न सक्दो गर्नुपर्छ, साँचो मार्गको बारेमा सोचविचार गरिरहेका मानिसहरूसँग भएका सबै प्रश्‍नहरूलाई सम्बोधन गर्न सक्रिय रूपमा प्रयास गर्नुपर्छ, र निश्‍चय नै महत्त्वपूर्ण प्रश्‍नहरूलाई थाती राख्‍ने वा ढिलाइ गर्ने गर्नु हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार फैलाउनु त्यो कर्तव्य हो जसलाई सम्मान गर्न सबै विश्‍वासीहरू बाध्य छन्)। परमेश्‍वरका वचनहरू पढेपछि म सोच्‍न बाध्य भएँ, र यसले मलाई निकै भावुक तुल्यायो। परमेश्‍वरले मानिसहरूलाई कर्तव्य दिनुभएको थियो, र त्यसमा तनमन लगाऊन् भन्‍ने अपेक्षा गर्नुभएको थियो, तर म मानिसहरूलाई परमेश्‍वरकहाँ ल्याउन आफ्‍नो कर्तव्यमा बलिदानहरू गर्न तयार थिइनँ। म अत्यन्तै अल्छी, र आफ्‍नो कर्तव्यमा अत्यन्तै सुस्त थिएँ। मैले परमेश्‍वरले भन्‍नुभए अनुसार गरेर साँचो मार्गको अनुसन्धान गर्ने सबैलाई उत्सुकताको साथ दिइनँ, वा आफ्‍नो जिम्‍मेवारी पूरा गरिनँ। मलाई धेरै जना मानिसहरूलाई सुन्‍न बोलाउनु नै पर्‍याप्त छ, र त्यसपछि गर्नुपर्ने काम मेरो काम होइन भन्‍ने लाग्थ्यो। मेरो नजरमा, त्यो काम मलजलकर्ताको जिम्‍मेवारी हो, र तिनीहरू भेलामा आउनु-नआउनु मेरो समस्या वा मेरो जिम्‍मेवारी होइन भन्‍ने लाग्थ्यो। त्यसकारण जब तिनीहरू भेलामा आउँदैनथिए, तब मैले तिनीहरूलाई सहयोग गर्न परमेश्‍वरका वचनहरू सुनाउने सक्दो प्रयास गर्दिनथिएँ। मलाई तिनीहरूको समस्याहरू समाधान गर्न कठिन हुन्छ भन्‍ने लाग्थ्यो, त्यसकारण म तिनीहरूलाई छोडिदिन चाहन्थेँ। तर वास्तवमा, सुसमाचार प्रचार गर्ने सम्‍बन्धी सिद्धान्तहरू अनुरूप रहेर, मैले तिनीहरूलाई गम्‍भीर रूपमा ध्यान दिनुपर्थ्यो, र तिनीहरूलाई सुन्‍न बोलाउने व्यक्ति म नै हुन्थेँ। साधारण परिस्‍थितिमा, पछि पनि मैले तिनीहरूसँग सम्पर्क कायम गरिरहनु पर्थ्यो, तर मैले त्यसो गरिनँ। मैले तिनीहरूलाई मलजलकर्ताको हातमा सुम्पेँ र त्यतिकै छोडिदिएँ। ममा साँच्‍चै नै जिम्‍मेवारी बोध थिएन, न त परमेश्‍वरको इच्‍छाप्रति ध्यान थियो। मैले मेरो समस्या पहिचान गरेपछि, मैले आफ्‍नो आचरण परिवर्तन गर्ने अठोट गरेँ, तर मैले यो एकलै गर्न सक्दिनँ भन्‍ने मलाई थाहा थियो। मैले प्रार्थना गरेर परमेश्‍वरको सहायता खोज्‍नुपर्थ्यो। त्यसपछि, जब म सुसमाचार प्रचार गर्न लायक व्यक्तिहरू भेट्थेँ, तब म तिनीहरूलाई उहाँकहाँ ल्याउन, र परिश्रम गरेर वास्तविक बलिदानहरू गर्न सहायता गर्नुहोस्, पहिलेजस्तो लापरवाही हुनबाट जोगाउनुहोस् भनेर परमेश्‍वरलाई प्रायजसो प्रार्थना गर्थेँ। मैले मेरो अगुवालाई पनि मानिसहरूलाई कसरी परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्न लगाउने भनेर सोधेँ। उनले मलाई धेरै तरिकाहरू बताइन्, र मैले अझै के कुरा लागू गरेकी छैन भनेर हेर्ने इच्‍छा गर्दै मनन गर्न थालेँ। मैले आफ्‍नो काममा सत्यताको खोजी गरिरहेकी छैन, र मैले मेरा ब्रदर-सिस्टरहरूबाट सिकिरहेकी छैन भन्‍ने थाहा पाएँ। जब कतिपय मानिसहरू भेलामा आउँदैनथिए, मैले किन आएन भनेर जान्‍न चाहिनँ, र म तिनीहरूलाई त्याग्‍न मात्रै चाहन्थेँ। मेरो कर्तव्यप्रतिको मेरो आचरण अत्यन्तै लापरवाही किसिमको रहेछ।

यो कुराले मलाई परमेश्‍वरले भन्‍नुभएको यो वचन याद दिलायो, “परमेश्‍वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ, र त्यो एकदमै गम्भीर विषय हो! यदि परमेश्‍वरले मानिसहरूलाई सुम्‍पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ। परमेश्‍वरले सुम्पिनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नुपर्छ भन्ने कुरा स्वर्गद्वारा आदेश दिइएको र धर्तीद्वारा स्वीकार गरिएको कुरा हो; यो तिनीहरूको सर्वोच्च उत्तरदायित्व हो, र यो कुरा तिनीहरूको जीवन जत्तिकै महत्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिई रहेको हुन्छस्; यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले आफूलाई परमेश्‍वरले के सुम्‍पनुहुन्छ सो कुरालाई कसरी हेर्ने भन्ने बारेमा पूर्ण बुझाइ हासिल गर्नुपर्छ र कम्तीमा पनि उहाँले मानवजातिलाई सुम्पिनुभएका आज्ञाहरू परमेश्‍वरबाट प्राप्त पदोन्नति र विशेष कृपाहरू हुन् भनी बुझ्नुपर्छ; तिनीहरू सबैभन्दा महिमामय कुराहरू हुन्। अन्य सबै कुराहरूलाई त्याग्न सकिन्छ; व्यक्तिले आफ्नो जीवनलाई समेत बलिदान दिनुपर्छ भने पनि, उसले परमेश्‍वरका आज्ञाहरूलाई पूरा गर्नैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी जान्ने)। परमेश्‍वरका वचनहरू पढेपछि, मलाई निकै लाज लाग्यो। परमेश्‍वरको सृष्टि भएको हुनाले, मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ। यो मेरो मिसन र जिउनुको कारण हो। यदि मैले यो काम गर्न सक्दिनँ भने, मैले म सृष्टि हुनुको उद्देश्यलाई गुमाएको हुन्छु, र म परमेश्‍वरको अघि जिउन योग्य हुनेछैनँ। अन्त्यमा परमेश्‍वरले मलाई घृणा गर्नुहुनेछ र हटाउनुहुनेछ। राज्यको सुसमाचार फैलाउनु नै परमेश्‍वरको सबैभन्दा अत्यावश्यक इच्‍छा हो, र मैले आफ्‍नो कर्तव्यमा सबै कुरा सुम्पनुपर्छ, यसप्रति हेलचेक्रयाइ गर्नु हुँदैन। मलाई परमेश्‍वरले नोआलाई जहाज बनाउन दिनुभएको बोलावटको बारेमा याद आयो। यो अत्यन्तै कठिन काम भए पनि, नोआले हरेस खाएनन्। जहाज कहिले पूरा हुनेछ वा कहिले प्रलय हुन्छ भनेर तिनले परमेश्‍वरलाई सोधेनन्। तिनले परमेश्‍वरका निर्देशनहरूलाई पछ्याएर जहाज बनाउने काम मात्रै गरे। यो महसुस गरेपछि, मैले के चाल पाएँ भने मैले आफ्‍नो कर्तव्यप्रतिको आफ्‍नो आचरणलाई परिवर्तन गर्नुपर्छ, नोआको उदाहरण पछ्याउनुपर्छ, र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सक्दो प्रयास गर्नुपर्छ। एक पटक भेलाको बेला, अरूले प्रचार सम्‍बन्धी आफ्‍ना अनुभवहरू र सुसमाचार प्रचार गर्न लायक मानिसहरूका समस्याहरू समाधान गर्न कसरी तिनीहरूले परमेश्‍वरको वचन प्रयोग गरिरहेका छन् बाँडिरहेका थिए। तिनीहरूको कुरा सुनेर म निकै भावुक भएँ। मलाई उप्रान्त अल्छी हुन मन लागेन। म जिम्‍मेवार हुन चाहेँ। म मेरो सबै ऊर्जा आफ्‍नो कर्तव्यमा लगाउन चाहन्थेँ।

को-को मानिसहरू भेलामा आएका छैनन् भनेर म निरन्तर अवलोकन गर्थेँ, र नआएकाहरूलाई तुरुन्तै सम्पर्क गर्थेँ, र तिनीहरूलाई परमेश्‍वरका वचनहरूमा सङ्गति दिन्थेँ। जब मैले हरेक व्यक्तिलाई सहभागी गराउन मन लगाएँ, तब तिनीहरूमध्ये धेरै जना नियमित रूपमा सङ्गति आए। मलाई याद छ, एक जना व्यक्ति धेरै दिनदेखि आएका थिएनन्। मैले उनलाई टेक्स्ट मेसेज पठाएँ, तर केही दिनसम्‍म उनले प्रतिक्रिया नदिएपछि, मलाई चिन्ता लाग्‍न थाल्यो। मैले मलजलकर्ता ब्रदर डेर्लीलाई बोलाएँ र यसको बारेमा बुझेँ। तिनले उनको काममा समस्याहरू भइरहेको छ, त्यसकारण तिनले उनीसँग परमेश्‍वरका केही वचनहरू बाँडे भनेर बताए। यो सुनेपछि, मलाई यो पर्‍याप्त छैन भन्‍ने लाग्यो, त्यसकारण मैले ब्रदर डेर्लीलाई उनलाई फोन गरेर फोनमा सङ्गति गर्न अनुरोध गरेँ। अचम्‍मको कुरा के भयो भने, सङ्गतिपछि, उनले त्यही दिनदेखि सहभागिता जनाउन थालिन्, र पहिले नआएकोमा माफी मागिन्। केही समयपछि नै, उनी मण्डलीमा आबद्ध भइन्। मेरो हृदय उल्‍लसित भयो। म परमेश्‍वरप्रति अत्यन्तै आभारी भएँ!

परमेश्‍वरले यसो पनि भन्‍नुभएको रहेछ, “यदि तँमा साँच्‍चै नै विवेक र समझ छ भने, तैँले काम गर्दा त्यसमा अलिक बढी हृदय लगाउँछस्, साथै अलिक बढी दया, जिम्‍मेवारी, र सोचविचार लगाउँछस्, र तँ थप प्रयास लगाउन सक्षम हुन्छस्। जब तँ थप प्रयास लगाउन सक्षम हुन्छस्, तब तैँले निभाउने कर्तव्यका नतिजाहरूमा सुधार आउनेछ। तेरा नतिजाहरू अझ राम्रा हुँदा, यसले अरू मानिसहरू र परमेश्‍वर दुवैलाई सन्तुष्ट तुल्याउनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “तैँले सकारात्मक पक्षबाट प्रवेश लिनुपर्छ। यदि तैँले निष्क्रिय भएर पर्खिस् भने, तँ अझै पनि नकारात्मक नै भइरहेको हुन्छस्। तँ मसँगको सहकार्यमा सक्रिय हुनुपर्छ; परिश्रमी हुनुपर्छ, र कहिल्यै अल्छी हुनु हुँदैन। सधैँ मसँग सङ्गति गर् र मसँग अझ गहन सामीप्य आर्जन गर्। यदि तैँले बुझिनस् भने, शीघ्र परिणामहरूका लागि अधीर नबन्। म तँलाई बताउनेछैन भन्ने होइन; के हो भने, तँ मेरो उपस्थितिमा हुँदा तँ मप्रति निर्भर रहन्छस् कि रहँदैनस्, र मप्रतिको तेरो निर्भरतामा तँ सुनिश्‍चित छस् कि छैनस् भनेर हेर्न मात्रै मलाई इच्छा लागेको हो। तँ सधैँ मेरो नजिक रहनुपर्छ, र सबै कुरा मेरो हातमा छोड्नुपर्छ। व्यर्थमा पछाडि नहट्। केही समयका लागि अवचेतन रूपमा तँ मेरो नजिक आएपछि, मेरा अभिप्रायहरू तेरो लागि खुलासा हुनेछन्। यदि तैँले तिनलाई बुझ्न सकिस् भने, तँ वास्तवमै मेरो सम्मुख आउनेछस्, र तैँले मेरा अनुहारलाई वास्तवमै भेट्टाएको हुनेछस्। तँभित्र अझ धेरै स्पष्टता र दृढता हुनेछ, र तँसँग निर्भर हुने केही कुरा हुनेछ। त्यसपछि तँसँग शक्तिका साथै आत्मविश्‍वास पनि हुनेछ, र तँसँग अगाडि हिँड्ने बाटो हुनेछ। सबै कुराहरू तँकहाँ सजिलै आउनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ९)। पहिले, म आफ्‍नो कर्तव्य निष्क्रिय हुन्थेँ र ममा अग्रसरताको कमी थियो। म सुसमाचार प्रचार गर्न लायक व्यक्तिहरूलाई लापरवाही रूपमा छोडिदिन्थेँ। परमेश्‍वरका वचनहरूको अगुवाइले मलाई हाम्रो हृदयमा जे छ त्यो अत्यन्तै महत्त्वपूर्ण हुन्छ भन्‍ने स्मरण गरायो। जब हामी मानिसहरूलाई प्रेमको साथ व्यवहार गर्छौँ, र इमानदारी पूर्वक सङ्गति गर्छौँ, तब हामीले परमेश्‍वरको अगुवाइ देख्‍नेछौँ। मैले यो बुझेपछि, परमेश्‍वरलाई प्रार्थना गरेँ, र मलाई आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न अनि उहाँका वचनहरू सचेत भई अभ्यास गर्न सहयोग गर्नुहोस् भनी अनुरोध गरेँ। त्यसपछि, म सुसमाचार प्रचार गर्न लायक मानिसहरूसँग बोल्‍न सक्रिय भएर लागिपर्न थालेँ। यदि तिनीहरूले प्रचार गर्ने सिद्धान्तहरू पूरा गरे भने, म तिनीहरूले परमेश्‍वरको कामलाई स्वीकार गरिञ्‍जेलसम्‍म तिनीहरूको परिस्थितिको बारेमा बुझिरहन्थेँ। यसो गर्न थालेपछि, परमेश्‍वरले मलाई अलि-अलि गर्दै अगुवाइ गरिरहनुभएको छ, र आफ्‍नो कर्तव्य कसरी पूरा गर्ने भनेर बुझ्‍न मलाई सहयोग गरिरहनुभएको छ भन्‍ने अनुभव भयो, र मलाई हृदयमा अत्यन्तै ढुक्‍क लाग्यो। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

वृद्ध-वृद्धाले पनि परमेश्‍वरको गवाही दिन सक्छन्

मैले ६२ वर्षको उमेरमा प्रभुमा विश्‍वास गरेँ। प्रभुले आफ्‍ना जनहरूलाई राज्य प्रवेश र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको कुरा थाहा पाउँदा, यो...

आफ्‍नो अहङ्कारबाट बिउँझँदा

जोनी, इटालीमैले २०१५ मा सुसमाचार प्रचारको काम गर्न थालेँ, र परमेश्‍वरको अगुवाइमा केही सफलता प्राप्त गरेँ। कहिलेकहीँ मैले प्रचार गरेका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्