एक मानवजस्तै जिउनको लागि सत्यताको अभ्यास गर

11 अक्टोबर 2021

मियाओ जियाओ, चीन

मेरो कर्तव्य पूरा गरेर, दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर काम गरेर, र देखिने पाप नगरेर, म एक मानवजस्तै जिउँदैछु भन्‍ने विचार गर्थेँ। तर परमेश्‍वरको वचनद्बारा म घरिघरि न्यायमा परेँ र खुलासा गरिएँ र अन्तमा मैले देखेँ कि एक मानवजस्तै हुनु भनेको बाहिरी व्यवहारको विषय मात्र होइन। मुख्य कुरा भनेको त परमेश्‍वरको वचनलाई अभ्यास गर्नु, हाम्रो हितलाई छोड्नु र केही कुरा आइपर्दा सिद्धान्तहरूलाई पक्रिराख्‍नु, परमेश्‍वरको कामलाई समर्थन गर्नु र उहाँको इच्छाको वास्ता गर्नु हो।

जुलाई २०१८ मा, सुसमाचार प्रचार गर्दैगर्दा एक जना सिस्टर पक्राउ परिन्। उनी मेरो घरमा रहेकी हुनाले यदि पुलिसले उनलाई सोधपूछ गरे भने म कहाँ बस्छु भन्‍ने कुरा पुलिसले थाहा पाउने थियो। त्यसकारण हामी तुरून्त त्यहाँबाट अन्तै सर्‍यौँ। त्यहाँ सरिसकेपछि, पर्यवेक्षक आएर भने, “तीन जना दाजुभाइ-दिदीबहिनीहरूको पछि लागेर उनीहरू पनि पक्राउ परे। तिनीहरू भेला हुने हरेक ठाउँहरू सारिएका छन्। तिमी पनि होशियार हुनुपर्छ।” मैले थाहा पाएँ, “प्रहरीले केही दाजुभाइ-दिदीबहिनीहरूलाई पक्रिसकेको हुनाले तिनीहरूलाई प्रहरीले केही समयदेखि पछ्याइरहेका थिए। कम्यूनिष्‍ट पार्टीले परमेश्‍वरलाई र उहाँको सत्यतालाई घृणा गर्छ। उनीहरू सुरागहरू भेट्टाउनको लागि खोजिरहन्छन् र परमेश्‍वरको मण्डलीलाई नष्‍ट पार्न र विश्‍वासीहरूलाई पक्रिन समय लगाउँछन्। हाम्रा भेला हुने सबै ठाउँहरूलाई निगरानी गरिएका छन् र ती ठाउँहरूमा बस्‍ने सबै सक्दो छिटो सर्नुपर्छ।” तर पर्यवेक्षकले पक्राउ परेका मानिसहरू जाने ठाउँहरूको बारेमा मात्र सूचना दिएका थिए, अरू ठाउँहरूको बारेमा होइन। मैले उनलाई केही भन्‍नु पर्ने हो कि भनेर सोचेँ। यदि मैले भनिनँ र केही भइदियो भने, कसलाई के थाहा कति जना पक्राउ पर्नेछन् र यातना पाउनेछन्? यसले त मण्डलीको काममा हानि पुर्‍याउन पनि सक्छ। तर यदि मैले बोलेँ र उनले सुनिनन् भने, वा म डरपोक छु भनिन् भने, मप्रतिको उनको सकारात्मक धारणा बिग्रिँदैन र? मैले यस बारे चिन्ता गर्दैगर्दा परमेश्‍वरका यी वचनहरू स्मरण भयो: “परमेश्‍वरको कामका निम्ति फाइदाजनक सबै कुरा गर्नू र परमेश्‍वरको कामको हितका निम्ति हानिकारक केही नगर्नू। परमेश्‍वरको नाउँ, परमेश्‍वरको गवाही र परमेश्‍वरको कामको प्रतिरक्षा गर्नू(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। विश्‍वासी भएको नाताले मैले परमेश्‍वरको काम र मण्डलीको हितका कुराहरूलाई समर्थन गर्नुपर्छ भन्‍ने कुरा यसले स्मरण गरायो। त्यसकारण मैले मेरा विचारहरू र धारणाहरू उनीसँग बाडेँ। मैले कुरा सक्‍न नपाउँदै उनले निराश भएर भनिन्, “सर्ने? यदि हामी सानो कुरामा पनि भाग्यौं भने के त्यो परमेश्‍वरको शासनप्रतिको विश्‍वास हुन्छ र? मलाई लाग्थ्यो तिमी कद भएकी व्यक्ति हौ र समूहलाई अगुवाइ गर्न सक्छ्यौ, तर तिमी त सानो कुरा हुने बित्तिकै पछि हट्दिरहिछ्‍यौ।” यो सुनेर मलाई एकदम अशान्ति भयो। उनले मसँग यसरी व्यवहार गरिसकेपछि अरूले मेरो बारेमा के विचार गर्लान्? त्यसपछि मैले उनलाई कसरी अनुहार देखाऊँ? तर मैले मण्डलीको कामलाई कायम राख्ने र दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाको रक्षा गर्ने कुरालाई सम्झेँ, त्यसकारण मैले यो कुरा फेरि निकाल्न चाहेँ। तर उनको कडा स्वभावले मलाई चिन्तित बनायो। यदि उनले भर्खरै यसबारे कुरा गरिसकेको हुनाले मैले फेरि यही कुरा दोहोर्‍याएँ भने, ममा सत्यताको वास्तविकता छैन र म घमण्डी र जिद्दी छु भन्‍नेछिन्। के उनले मलाई अझै सत्यता खोज्ने व्यक्ति भनेर देख्‍नेछिन्? उनले मलाई सधैँ नै मूल्यवान ठानेकी छिन्, महत्वपूर्ण कर्तव्यहरूमा मलाई समावेश गरेकी छिन् र विभिन्‍न कुराहरूमा सल्लाह लिएकी छिन्। यदि मैले मेरो विचारमा कर गरिरहेँ भने, उनले मलाई तालिम दिन छोड्न सक्छिन् र अरूले मलाई हेलाको दृष्‍टिले हेर्नेछन्। मैले त्यस कुरालाई यतिकै छोडिदिने निर्णय गरेँ। मैले शीर झुकाएँ र केही पनि बोलिनँ।

उनी गएपछि, मलाई अशान्ति भयो, त्यसैले मैले मनमनै प्रार्थना गरेँ। त्यसपछि परमेश्‍वरका यी वचनहरू मेरो मनमा आए: “विवेक र तर्कशक्ति दुवै व्यक्तिको मानवताको तत्वहरू हुनुपर्छ। यी दुवै सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण हुन्। अन्तस्करणको कमी भएको र सामान्य मानवजातिको विवेक नभएको व्यक्ति कस्तो प्रकारको मानिस हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवताको कमी भएको, अत्यन्तै कमजोर मानवता भएको एक व्यक्ति हो। यसलाई हामी यसलाई नजिकबाट विश्लेषण गरौं। यस व्यक्तिले पतित मानवताका के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्दछ जसको कारण मानिसहरूले ऊसँग मानवता नै छैन भनेर भन्छन्? त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन्? तिनीहरूले के-कस्ता खास प्रकटीकरणहरू प्रस्तुत गर्छन्? त्यस्ता मानिसहरू तिनीहरूको कार्यहरूमा लापरवाही हुन्छन् र तिनीहरूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्‍वरको भवनको हित विचार गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका इच्छाको बारेमा वास्ता नै राख्छन्। तिनीहरूले परमेश्‍वरको बारेमा गवाही दिने वा तिनीहरूका कर्तव्यहरू पूरा गर्ने भार बोक्दैनन्, र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन। … आफूले गरेको कर्तव्यमा समस्या देखेपछि चुप लागेर बस्‍ने किसिमका मानिसहरू समेत हुन्छन्। तिनीहरू अरूले रोकावट र बाधाहरू उत्पन्न गरेका देख्छन्, तापनि तिनीहरूलाई रोक्न केही पनि गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरको हितको बारेमा रत्तीभर पनि विचार गर्दैनन्, न त तिनीहरूले आफ्नो कर्तव्य र जिम्मेवारीहरूको बारेमा नै सोच्छन्। तिनीहरू आफ्नै गर्व, इज्जत, ओहदा, हितहरू र सम्मानका निम्ति मात्र बोल्छन्, काम गर्छन्, डटेर खडा हुन्छन्, कोसिस गर्छन्, र ऊर्जा खर्च गर्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनले मेरो स्थितिलाई हुबहु देखाइदियो। ती ठाउँहरू खतरामा हुन सक्छन् र यदि त्यहाँ बस्‍ने मानिसहरूलाई त्यहाँबाट सारिएन भने उनीहरू गिरफ्तार हुन सक्‍ने कुरा मलाई थाहा थियो। तर मेरो सुपरिवेक्षकले मलाई डरछेरूवा र विश्‍वास नभएको भन्‍छिन् र मेरो बारेमा राम्रो विचार गर्दिनन् कि भन्‍ने डर लाग्यो। मैले सिद्धान्तहरूमा अडान लिने र मण्डलीको कामलाई समर्थन गर्ने आँट गरिनँ। मलाई सत्यता थाहा थियो तर मैले यसलाई अभ्यास गरिनँ। मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले मेरो विश्‍वासमा सत्यताको अभ्यास गर्दिनँ रहेछु भन्‍ने कुरा वास्तविकताले देखाएको छ। मैले परमेश्‍वरको कामलाई समर्थन गर्दिनँ। म केवल मेरो सम्मान, प्रतिष्ठा र हितको मात्र विचार गर्छु। म कति स्वार्थी र घृणित छु! परमेश्‍वर, मलाई तपाईंको मार्गदर्शन दिनुहोस्। म साँचो पश्‍चात्ताप गर्न चाहन्छु।” ती माथिका कार्य बन्दोबस्तहरू शर्तहरू मलाई याद छ, हामी सधैँ नै सुरक्षाको लागि हाम्रो कर्तव्यमा सतर्क हुनुपर्छ। सुरक्षित वातावरणमा, दाजुभाइ-दिदीबहिनीहरूले शान्त भएर आफ्नो कर्तव्य पूरा गर्न सक्छन्, र परमेश्‍वरको घरको काम सजिलैसँग अवरुद्ध हुँदैन। त्यसपछि, मैले मेरा विचारहरू टोलीका अरू मानिसहरूसँग बाँडेँ र उनीहरू पनि अन्य काम गर्ने ठाउँहरू खतरामा छन् र सारिनु पर्छ भन्‍ने कुरामा मसँग सहमत भए। मैले फेरि सुपरिवेक्षकसँग यसको बारेमा कुरा गर्ने निर्णय गरेँ। मैले परमेश्‍वरसँग सत्यताको अभ्यास गर्न सक्नको लागि साहस दिनुहोस् भनेर पनि प्रार्थना गरेँ।

केही दिनपछि अर्को सुपरिवेक्षक, सिस्टर झाङ्ग हाम्रो टोलीलाई भेट्न आइन्। उनले हामीलाई गिरफ्तार भएको कुरा थाहा पायौँ कि पाएनौँ र यसबारे के गर्ने विचार छ भनेर सोधिन्। मैले छिटो भनेँ, “मलाई लाग्छ अन्य भेला हुने ठाउँहरू पनि सुरक्षित छैन। हामीले उनीहरूलाई तुरून्तै सर्न लगाउनुपर्छ, केही भइहाल्यो भने—” मैले मेरो कुरा सक्‍न नपाउँदै, सिस्टर झाङ्गले कडारुपमा भनिन्, “सुरक्षित? चीनमा परमेश्‍वरलाई विश्‍वास गर्न कहाँ सुरक्षित छ? हामी खतराबाट कहाँ स्वतन्त्र छौं? यो सुसमाचार प्रचार गर्ने महत्वपूर्ण समय हो। हामी हरेक मोडमा डराएर कसरी हाम्रो कर्तव्य पूरा गर्न सक्छौं? परमेश्‍वरको काम पूरा नभएसम्म र कम्यूनिष्‍ट पार्टी नढलेसम्म तिमी लुकिबस्‍न चाहन्छौ?” उनको कुरा सुनेपछि मैले विचार गरेँ, “मैले त्यस्तो भनेको त होइन। परमेश्‍वरले हामीलाई अनुग्रहको समयमा भन्‍नुभएको छ, ‘हेर, तिमीहरूलाई मैले ब्वाँसाहरूको माझमा भेडाहरूझैँ पठाउँछु: यसैले तिमीहरू सर्पहरूझैँ बुद्धिमान् र ढुकुरहरूझैँ हानि रहित होओ(मत्ती १०:१६)। ‘जब तिनीहरूले तिमीहरूलाई यो सहरमा सताउँछन्, तिमीहरू अर्कोमा भाग(मत्ती १०:२३)। चीनमा हाम्रो कर्तव्य पूरा गर्न बुद्धिको खाँचो पर्छ।” तर सिस्टर झाङ्गको कुरा सुनेपछि मैले थाहा पाएँ कि उनले यी ठाउँहरूबाट सरेको चाहँदिनन् र यदि मैले कर गरेँ भने, मैले सत्यतालाई स्वीकार गर्दिनँ भनेर भन्‍नेछिन्, र ममा केही गलत छ पनि भन्‍नेछिन्। त्यसपछि उनले अझै भनिन्, “डरपोकहरूले आफ्नो काम पूरा गर्न सक्दैनन्। उनीहरू पक्राउ पर्दा यहूदा जस्तै बन्छन्।” यसले मलाई साँच्चै विवादित महसुस गरायो। यदि मैले सबैलाई सर्ने सल्लाह दिइरहेँ भने, सुपरिवेक्षकहरूले निश्‍चय पनि मलाई डरपोकको रूपमा हेर्नेछन्। उनीहरूले मलाई कामबाट हटाउन पनि सक्छन्। त्यसपछि अरूले मेरो बारेमा के विचार गर्छन्? मेरो जोश देखेर उनीहरूमा मेरो राम्रो प्रभाव परेको थियो, र उनीहरू समस्यामा पर्दा मसँग संगति मागेका थिए। म डरपोक र सत्यतालाई स्वीकार नगर्ने भनेर उनीहरूले सोचे भने, उनीहरूले मलाई पहिले जसरी हर्थे त्यसरी हेर्नेछैनन् र उनीहरूको अगाडि जान पनि मलाई लाज हुनेछ। मैले यसबारे धेरै विचार गरेँ, तर ठीक काम गर्ने मेरो इच्छा हरायो। म सुपरिवेक्षकसँग अप्ठ्यारोमा पर्न चाहिनँ। मैले भनेँ, “मैले मेरा विचारहरू मात्र बाँड्दै थिएँ। जे हुन्छ त्यो तिमीहरूकै हातमा छ।”

केही दिनपछि एक बिहान, एकजना सिस्टरले हडबडाएर हामीलाई भनिन्, ती गिरफ्तारपछि केहीभेला हुने ठाउँहरू छिटो सारेनन्। प्रहरी उनीहरूको पछि लागेको रहेछ, त्यसकारण तीनजना सुपरिवेक्षक र केही मानिसहरू भेला हुने ठाउँबाट पक्राउ परेका छन्। यो कुरा सुनेर म निकै चिन्तित बनेँ। यदि मैले सिद्धान्तमा अडेर र त्यस समयको महत्वलाई बुझाएक भए, वा यदि मैले मण्डलीको अगुवालाई सिधै सम्पर्क गरेकी भए, हामी सम्भवतः यस्तो परिस्थितिमा हुने थिएनौं। यतिका धेरै गिरफ्तार भएका थिए र मण्डलीको काम गम्भीर रूपमा अवरुद्ध भएको थियो। यो सीधै म उत्तरदायी नभएको कारण वा सिद्धान्तअनुसार नचल्दा यस्तो भएको थियो। अब त धेरै ढिला भइसकेको थियो। अब गर्न बाँकी एउटै काम भनेको सम्भावित खतरामा भएका सबैलाई सकेसम्म छिटो सूचित गराउनु थियो ताकि उनीहरू चिनियाँ कम्युनिस्ट पार्टीको दुष्‍ट हातमा नपरून्। मैले दाजुभाइ-दिदीबहिनीहरूलाई तुरून्तै यसबारे भनेँ।

मैले पछि यसबारे चिन्तन गरेँ। मलाई थाहा थियो मैले परमेश्‍वरको घरको हित र मण्डलीको कामको रक्षा गर्नुपर्छ, त्यसोभए मैले किन त्यस कुरालाई अभ्यास गरिनँ त? म किन यति स्वार्थी बनेँ, मैले किन मेरो हितको मात्र रक्षा गरेँ? त्यसपछि मैले परमेश्‍वरको यो वचन पढेँ: “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता हासिल नगरुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै तिमिहरूभित्र शैतानको विष हुनु हो। जहाँसम्म शैतानको विष के हो भन्ने कुरा छ, यसलाई शब्दहरूद्वारा पूर्ण रूपमा अभिव्यक्त गर्न सकिन्छ। उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको तर्क मानिसहरूको जीवन बनिसकेको छ। जेसुकै भए पनि, मानिसहरूले यो आफ्नै लागि मात्र गरिरहेका हुन्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन र दर्शनयही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। शैतानका यी शब्दहरू नै ठ्याक्‍कै शैतानको विष हो र जब मानिसहरूले यसलाई ग्रहण गर्छन्, तब यो तिनीहरूको प्रकृति नै बन्छ। शैतानको प्रकृति यी शब्दहरूबाट उदाङ्गो हुन्छ; यी शब्दहरूले त्यसको पूर्ण रूपमा प्रतिनिधित्व गर्छन्। यो विष मानिसहरूको जीवन र साथसाथै तिनीहरूको अस्तित्वको आधार स्तम्भ बन्छ, र भ्रष्ट मानवजाति हजारौं वर्षदेखि यही विषको प्रभुत्वमा रहिआएको छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”)। परमेश्‍वरको वचनले हाम्रो स्वार्थीपनाको जडलाई प्रकट गरिदिन्छ। हामी शैतानी दर्शनशास्त्रहरूद्वारा जिउँछौँ, जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” र “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्।” ती नै हाम्रो स्वभाव बनेका छन्। सबै आफ्नै लागि लड्छन् र जिउँछन् र आफ्नो हितको लागि अरूको हितको बलिदान पनि दिन्छन्। सबै भ्रष्‍ट मानिसहरू, झन् स्वार्थी, छली बन्दै यसरी नै जिउँछन्, र संसार झन् अन्धकार र दुष्‍ट बन्छ। म परमेश्‍वरमा विश्‍वास गर्ने मानिस भए पनि, परमेश्‍वरका वचनहरू मेरो जीवन बनेको रहेनछ। मेरा विचारहरू अझै पनि यी शैतानी विषले बिग्रिएका थिए, त्यसैकारण मलाई सत्यता थाहा भए तापनि मैले यसलाई अभ्यास गरिनँ। म सुपरिवेक्षकहरू रिसाउँछन् र मेरो नाम बिग्रिएला भनेर डराएँ। सत्यता र मण्डलीको काममाथि नभएर मेरो आफ्नो नाम र पदलाई माथि राखें। म एकदम स्वार्थी थिएँ! मैले कुन कर्तव्य गर्ने र कहिले भन्ने कुरा परमेश्‍वरले पूर्वनिर्धारण गर्नुहुन्छ। तर मैले मूर्ख हिसाबले मेरो भाग्य त सुपरिवेक्षकहरूको हातमा छ, त्यसैले उनीहरूलाई रिस उठाउनु मेरो कामको अन्त्य हुनु हो भन्ने ठानेँ। के मैले परमेश्‍वरको घरमा सत्यता र धार्मिकताले शासन गर्छ भन्ने कुरालाई इन्कार गर्दै थिइनँ र? मैले त एउटा अविश्‍वासीले जस्तै गरी हेर्दैथिएँ। त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू याद गरेँ: “परमेश्‍वरको कार्य र उहाँका घरका हितहरूमा जति नै धेरै हानि भए पनि, तैँले आफ्‍नो विवेकमा कुनै धिक्‍कार महसुस गर्दैनस्, जसको अर्थ तँ शैतानी स्वभावमा जिउने व्यक्ति बन्‍नेछस्। शैतानले तँलाई नियन्त्रण गर्छ र तँलाई त्यस्तो व्यक्ति भएर जिउने तुल्याउँछ, जो न त पूर्ण मानव हो न त पूर्ण भूत हो। तँ परमेश्‍वरको कुरा खान्छस्, परमेश्‍वरको कुरा पिउँछस्, र उहाँबाट आउने सबै कुराको उपभोग गर्छस्, तर जब परमेश्‍वरको घरको कार्यमा कुनै हानि हुन्छ, त्यससँग तेरो कुनै सम्‍बन्ध छैन भन्‍ने तँलाई लाग्छ, अनि जब तैँले यसो भएको देख्छस्, तैँले ‘तेरो कुइनो बाहिरपट्टि बङ्ग्याउँछस्,’[क] अनि परमेश्‍वरको पक्षमा उभिँदैनस्, न त तैँले परमेश्‍वरको कार्य वा परमेश्‍वरको घरका हितहरूलाई नै समर्थन गर्छस्। यसको अर्थ तँमाथि शैतानको शक्ति हुन्छ, होइन र? के त्यस्ता मानिसहरू मानव-प्राणीको रूपमा जिउँछन् त? स्पष्टै छ, तिनीहरू भूतहरू हुन्, मानव होइनन्!(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”)। सर्वशक्‍तिमान परमेश्‍वरको वचनले मेरो हृदयलाई तरबारले झैं छेड्यो। परमेश्‍वरले नै बनाउनु भएको हावामा श्‍वास फेरें र खाना खाएँ, उहाँको प्रेमको साटोमा दिने केही विचार नगरिकन, उहाँबाट पाएको जीवन र सत्यताको आनन्द लिएँ। मैले परमेश्‍वरको घरको काम गम्भीर रूपमा भत्किएको देखेँ र दाजुभाइ-दिदीबहिनीहरू खतरामा परेको देखेँ, तर मैले सिद्धान्तलाई समर्थन गर्ने साहस गरिनँ, आफ्नै लागि डराएँ। त्यसको नतिजा २०जना भन्दा बढी मानिसहरू गिरफतार भए, झ्यालखानामा राखिए र यातना पाए र हाम्रो सुसमाचारको काममा गम्भीरतापूर्वक बाधा आयो। भ्रष्टतामा जिउनुको परिणामहरू भयंकर थिए। मैले त केवल दुष्‍ट काम गरिरहेकी थिएँ। परमेश्‍वरले स्वार्थी मानिसहरूलाई किन मन पराउनुहुन्‍न भन्‍ने कुरा मैले कहिल्यै बुझ्ने गरेकी थिइनँ, तिनीहरूमा मानवता छैन र शैतानका हुन् भनेर उहाँले किन भन्‍नुभयो बुझेकी थिइनँ। अब मैले बुझेँ स्वार्थीहरूले केवल आफ्नै बारेमा विचार गर्छन्, र अरूको वास्ता गर्दैनन्, आफ्नो हितको रक्षा गर्नको लागि मण्डलीको काममा समेत हानि पुर्‍याउँछन्। यो कसरी मानवीय भयो? बरू जनावर अझ राम्रा हुन्छन्। आफ्नो मालिकको घर कसरी सुरक्षित राख्‍ने र निष्‍ठावान हुने भन्‍ने कुरा त कुकुरलाई पनि थाहा हुन्छ, तर परमेश्‍वरले मलाई यति धेरै दिनुभएको भएता पनि, मैले मेरो भलाइ गर्नेको विरूद्धमा कुभलो गरेँ। म बिल्कुल वफादार थिइनँ र म मानव भन्न लायक थिइनँ। तब मैले देखें कि परमेश्‍वरले स्वार्थी मानिसहरूलाई जिउँदो शैतानहरू भन्नु कुनै अतिशयोक्ति थिएन। यदि मैले पश्‍चात्ताप नगरेको भए, परिवर्तन नभएको भए र सत्यताको अभ्यास नगरेको भए, मैले दुष्‍ट काम गर्ने थिएँ, परमेश्‍वरको विरोध गर्ने थिएँ, र उहाँद्बारा दण्ड पाउने थिएँ। यो असफलताले मलाई के देखायो भने, सत्यताको अनुसरण र शैतानी स्वभावहरूको समाधान नगरिकन, हामीले सत्यताको अभ्यास गर्न सक्दैनौं र परमेश्‍वरको आज्ञा पालन गर्न सक्दैनौँ। त्यसपछि हामीले कहिले पनि हाम्रा स्वभाव परिवर्तन गर्ने छैनौं वा जति नै पुरानो विश्‍वासी भए पनि र जति नै बलिदान गरे पनि वा संकष्‍ट भोगे पनि मुक्ति पाउन सक्दैनौँ। त्यसपछि मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे सर्वशक्‍तिमान परमेश्‍वर! मैले सत्यताको अभ्यास नगर्दा, अनि सिद्धान्तमा नहिंड्दा मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूमाथि धेरै हानि भएको छ। परमेश्‍वर, मैले दुष्‍ट काम गरेँ। म पश्‍चात्ताप गर्न तयार छु र तपाईंको छानबिन स्वीकार गर्न तयार छु। यदि अझै पनि म परिवर्तन भइँन, स्वार्थी भएँ र परमेश्‍वरको घरको काममा सहयोग गरिनँ भने, तपाईंले मेरो न्याय गर्नुहोस् र सजाय दिनुहोस्।”

प्रार्थना गरेपछि मैले परमेश्‍वरको वचनबाट यो पढेँ: “जब तैँले आफैलाई स्वार्थी र नीच व्यक्तिको रूपमा प्रकट गर्छस्, र यो कुरा थाहा पाएको हुन्छस्, तब तैँले सत्यताको खोजी गर्नुपर्छ: परमेश्‍वरको इच्छा अनुरूप हुनका निम्ति मैले के गर्नुपर्छ? सबैलाई फाइदा हुने तरिकाले मैले कसरी काम गर्नुपर्छ? अर्थात्, तैँले आफ्नै हितका कुराहरू पन्साएर सुरु गर्नुपर्छ, अनि तेरो हैसियतअनुसार अलिअलि गर्दै बिस्तारै तिनलाई तैँले त्याग्नुपर्छ। तैँले एक-दुई पटक यो अनुभव गरेपछि, तैँले ती कुराहरूलाई पूर्ण रूपमा पर पन्साएको हुन्छस्, र तैँले त्यसो गरेपछि त झन्-झन् बढी स्थिर भएको महसुस गर्नेछस्। तैँले आफ्ना रुचिहरूलाई जति धेरै पन्साउँछस्, एक मानिसको रूपमा तँसित विवेक र तर्कशक्ति हुनुपर्छ भनी तैँले त्यति नै बढी महसुस गर्नेछस्। तैँले कुनै स्वार्थी अभिप्रायहरूविना तँ निष्कपट, सोझो व्यक्ति बनिरहेको हुन्छस् भन्‍ने महसुस गर्नेछस्, र तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न सम्पूर्ण कामहरू गरिरहेको हुन्छस्। त्यस्तो व्यवहारले तँलाई ‘मानव’ कहलिने योग्यको बनाउँछ, र पृथ्वीमा यस प्रकारले जिएर, तँ खुला र इमानदार भइरहेको छस्, तँ एक सच्‍चा व्यक्ति होस्, तेरो विवेक शुद्ध छ, र तँ परमेश्‍वरले तँलाई प्रदान गर्नुभएका सबै कुराहरूका निम्ति योग्य छस् भन्‍ने तैँले महसुस गर्नेछस्। तँ जति धेरै यस प्रकारले जिउँछस्, तैँले त्यत्ति नै बढी स्थिर र उज्ज्वल महसुस गर्नेछस्। के यसरी तैँले सही मार्गमा पाइला टेकेको हुँदैनस् र?(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; तेरो आफ्नो कद, इज्जत वा प्रतिष्ठालाई मात्र विचार नगर्। साथै मानिसहरूको चासोमा पनि ध्यान नदे। तैंले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि छैनस्, तैंले बफादार हुने सक्दो कोसिस गरेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गर्न सक्दो प्रयास गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैंले परमेश्‍वरको घरप्रतिको आफ्नो कर्तव्य र कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैंले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। त्यसपछि मैले बुझेँ कि ख्रीष्‍टियानको रूपमा इमानदारी, आदरणीय, मानवताअनुसार जिउने एउटा मात्र तरिका भनेको परमेश्‍वरको वचनअनुसार र सत्यतामा जिउनु, उहाँको इच्छाको बारेमा सावधान बन्‍नु, आफ्नो हितका कुराहरू छोडेर सबै कुराहरूमा परमेश्‍वरको कामलाई सुरक्षित पार्नु हो। तब मात्र हामी शान्तिमा हुनेछौं। मैले परमेश्‍वरको वचनअनुसार अभ्यास गर्नुपर्छ र सठीक व्यक्‍ति हुन खोज्नुपर्छ भन्‍ने कुरा मैले जानें।

नोभेम्बर महिनाको एक साँझ, राति १० बजेपछि नयाँ सुपरिवेक्षक, सिस्टर लि हाम्रो टोलीमा आइन्। उनीसँगै काम गर्ने सिस्टर लियू दुई दिन अघि एकजना सिस्टरलाई भेट्न गएकी थिइन्, तर उनी फेरि फर्केर नआएको बताइन्। उनलाई गिरफ्तार गरियो कि भनेर उनी डराएकी थिइन्। यदि त्यस्तो हो भने, अरूलाई त्यहाँबाट तुरून्तै सर्नलाई भन्नुपर्छ। उनले सोचिन् कि सिस्टर लियू पनि कुनै काम विशेषले घर गइन् होला र सबैलाई सार्दा उनीहरूको कर्तव्यमा असर पर्न सक्ला। अब के गर्ने उनलाई थाहा भएन। यो सुनेर मैले विचार गरेँ, “सिस्टर लियूले परमेश्‍वरमा विश्‍वास गरेकी वर्षौँ भैसक्यो र आफ्नो कर्तव्य पूरा गर्न सबल थिइन्। यदि उनी घर गएकी थिइन् भने उनीले हामीलाई बताउँथिन्। पक्‍कै पनि उनी पक्राउ परिन्। मैले अगुवाहरूलाई तुरून्तै भन्‍नुपर्छ।” तर मैले सोचेँ, “सिस्टर लि सुपरिवेक्षक हुन्। यदि उनी नै निश्‍चित छैनन् र मण्डलीको काममा रोकावट आउँछ भनेर डराएकी छिन् भने म कसरी पक्‍का हुन सक्छु? यदि हामीले सबै कठिनाइ झेलेर सबैलाई सार्ने काम गर्‍यौँ तर सिस्टर लियू गिरफ्तार भएको होइन रहेछ भने, अगुवाले हाम्रो निराकरण गर्नेछन् र हामीले मण्डलीको काममा बाधा पुर्‍याइरहेका छौँ भन्‍नेछन्। म बोलूँ कि चुप लागूँ?”

मैले संघर्ष गर्दैगर्दा, परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरको कामका निम्ति फाइदाजनक सबै कुरा गर्नू र परमेश्‍वरको कामको हितका निम्ति हानिकारक केही नगर्नू। परमेश्‍वरको नाउँ, परमेश्‍वरको गवाही र परमेश्‍वरको कामको प्रतिरक्षा गर्नू(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। “यदि यो क्षण जति धेरै महत्त्वपूर्ण हुन्छ, मानिसहरूले त्यति नै धेरै समर्पित हुन र आफ्‍नो स्वार्थी रुचि, अभिमान, र अहङ्कारलाई त्यागेर, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन् भने मात्रै, तिनीहरूलाई परमेश्‍वरले याद गर्नुहुनेछ। ती सबै असल कार्य हुन्! मानिसहरूले जे गरे पनि, कुन बढी महत्त्वपूर्ण छ—तिनीहरूको गौरव र स्वाभिमान कि, परमेश्‍वरको महिमा? (परमेश्‍वरको महिमा।) कुन-कुन बढी महत्त्वपूर्ण छन्—तेरा जिम्‍मेवारीहरू कि तेरा आफ्‍नै रुचिहरू? तेरा जिम्‍मेवारीहरू पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र ती पूरा गर्नु नै तेरो कर्तव्य हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वर र सत्यतालाई प्राप्त गर्नु नै सबैभन्दा खुसीको कुरा हो”)। उहाँको कामलाई समर्थन र हाम्रो कर्तव्य राम्ररी गरोस् भनेर परमेश्‍वरले हामीलाई स्पष्‍टसँग भन्‍नुहुन्छ। अब मेरो हितका कुराहरू र मण्डलीको हितका कुराहरूको बीचमा मैले द्बन्द्बको सामना गरिरहेकी परमेश्‍वरले हेरिरहनुभएको छ। यदि म पहिलेको जस्तै स्वार्थी बनेँ भने, ममा मानवता रहन्‍न थियो। गएको बेला कष्‍टप्रद पाठ सिकेकी थिएँ, डरलाग्दो मूल्य चुकाएकी थिएँ। मैले फेरि त्यही गल्ती गर्न सक्दिनँ। मैले सिस्टर लिलाई भनेँ, “सिस्टर लियू घर फर्केकी हुन सक्छ, तर हामी पक्‍का हुन सक्दैनौँ। हामीले यो भन्दा नराम्रो अवस्थाको बारेमा योजना बनाएर त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूलाई सार्नुपर्छ। हामी गलत भए पनि, यो मण्डलीको कामको लागि र सबैको सुरक्षाको लागि हो। हामीले व्यापक कुरालाई हेर्दैछौँ। यदि हामीले खतरा देखेर समयमा नै काम गरेनौँ भने र मानिसहरू पक्राउ परे भने, हामी यहूदा जस्तै हुनेछौँ र पछि पछुताउनु ढिलो हुनेछ। खतरा दिनदिनै बढिरहेको छ। हामीले यसको वास्ता तुरून्तै गरौँ।” मैले उनीलाई पहिले कसरी मण्डलीका सदस्यहरू पक्राउ परेका थिए भनेर बताएँ र उनी पनि मसँग सहमत भइन्। उनले भोलि बिहानैदेखि काम शुरू गरिन् र त्यही रात हामीले पनि हाम्रो ठाउँ खालि गर्‍यौँ।

यो काम गर्दैगर्दा सुपरिवेक्षकले भनिन्, “सिस्टर लियू र अर्की सिस्टरलाई गिरफ्तार गरिएको थियो र प्रहरीले अरू चारजनालाई पनि पक्रेको थियो। हामी एकदम ठीक समयमा सर्‍यौँ। यदि हामीले पर्खेको भए, अझ अरू मानिसहरू पक्राउ पर्ने थिए।” यो सुन्दै गर्दा मलाई रिस उठ्यो। कम्यूनिष्‍ट पार्टी कति दुष्‍ट छ! चीन जस्तो ठूलो देशमा, ख्रीष्‍टियनहरूलाई कुनै लुक्ने ठाउँ छैन! मण्डलीको हितलाई जोगाउनु कति महत्वपूर्ण छ भन्‍ने कुरा पनि मैले महसुस गरें। मलाई अझ राम्रो लाग्यो किनकी मैले यसपटक सत्यताको अभ्यास गर्न सकेकी थिएँ र जिम्मवार बनेर थोरै मात्र खति भएको थियो। परमेश्‍वरको वचनमा जिउनु नै मानवतामा जिउने एकमात्र मार्ग हो भन्‍ने मलाई लाग्यो। मैले व्यक्‍तिगत रुपमा यो पनि थाहा पाएँ कि परमेश्‍वरका वचनहरूको न्याय नभएको खण्डमा म अझै पनि शैतानी दर्शनशास्त्रहरू र स्वभावमा बाँधिएको हुन्थेँ, दुष्ट काम गरिरहेको हुन्थें र परमेश्‍वरको विरोध गरिरहेको हुन्थेँ। म आफ्नो हितलाई छोड्न र सिद्धान्तहरूमा अडिन सक्ने थिइनँ, र ममा कहिल्यै मानवता हुने थिएन। जस्तो कि सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले भन्दछन्: “यदि तैँले आफ्ना उत्तरदायित्वहरूलाई पूरा गर्छस्, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउँछस्, आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाउँछस्, आफ्ना आशयहरू र अभिप्रायहरूलाई पन्छाउँछस्, परमेश्‍वरको इच्छाको बारेमा सोचविचार गर्छस् भने, र परमेश्‍वर र उहाँको घरको हितलाई सबैभन्दा अगाडि राख्छस् भने, तैँले केही समय यसलाई अनुभव गरिसकेपछि यो जीवन जिउने राम्रो शैली हो भन्ने कुरा तैँले महसुस गर्नेछस्। यो भनेको तुच्छ व्यक्ति वा बेकामे नबनीकन सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र संकीर्ण सोच राख्नु वा निर्दयी बन्नुको साटो न्यायसंगत रूपले र सम्मान पूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा जिउनु र कार्य गर्नुपर्छ भन्ने तैँले महसुस गर्नेछस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)

फूटनोट:

क. “तेरो कुइनो बाहिरपट्टि बङ्ग्याउँछस्” भनेको एक चिनियाँ टुक्‍का हो जसको अर्थ आफ्ना नजिकका व्यक्तिहरू जस्तै आमाबुबा, छोराछोरी, वा सहोदर दाजुभाइ वा दिदीबहिनीलाई हानि पुग्‍ने गरी अरूलाई सहयोग गर्नु भन्‍ने हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एक प्रतिभारको परीक्षा

क्षियाङदाओ, दक्षिण कोरिया“हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्